generalnews
||Power News Asia||

आजको समाचार

चौथो पिम नेपाल चलचित्र महोत्सव २०२१ आयोजना हुँदै

समाचार


काठमाण्डौ– पिम नेपाल चलचित्र महोत्सव २०२१ को लागि आवेदन खुल्ला गरिएको छ ।  यहि असोज १८ देखी २० गते सम्म काठमाण्डौमा आयोजना हुन गईरहेको फिल्म फेष्टिवलका लागि आवेदन दिने अन्तिम मिति तोकिएको छ । विभिन्न विधामा आवेदन फारम भर्न चाहाने स्रष्टाहरुले असोज १६ गते सम्म फारम भरिसक्नुपर्ने छ । नेपाली कला संस्कृतिको सम्वद्र्धन गर्दै नेपाली चलचित्र, वृत्तचित्र एवं लघुचलचित्रको प्रवद्र्धन गर्ने उदेश्यले सन् २०१८ देखी पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल)ले सुरु गरेको प्रतिष्ठित फेष्टिवल हो “पिम नेपाल फिल्म फेष्टिवल” ।

विभिन्न यथार्तपरक विषय, क्षेत्र, संस्कृति, संस्कार, सुन्दरता, व्यक्तित्व, विकास निर्माण, स्वास्थ्य, शिक्षा लगायत विभिन्न विषयहरुसंग सम्वन्धित रहेर सचेतना, जानकारी एवं प्रचारका लागी काम गर्ने फिल्म मेकर्सहरुलाई प्रोत्साहन गर्दै आईरहेको यस कार्यक्रमले यस पटकवाट स्थानिय स्तरमा वसेर भाषा, भेषभुषा र संस्कृति लागी काम गरेका फिल्म मेकर्सहरुलाई पनि समेट्ने उदेश्य लिएको छ । 

गत वर्ष प्रदेश नं ७ को राजधानी धनगढी रंगशालामा मिति २०७६ पौष २४, २५ र २६ सम्म आयोजना गरिएको थियो । ३ दिन सम्म संचालन गरिएको उक्त कार्यक्रमका चर्चित नेपाली गायक गायिका एवं अभिनेता अभिनेत्रीहरुको उपस्थिति समेत रहेको थियो । जसमा विशिष्ठि संगीतकार शम्भूजित बासकोटा, अभिनेत्री बसुन्धरा भुषाल, गायक यम बराल, रामचन्द्र काफ्ले, चक्र बम, तेजश रेग्मी, लोकनाथ सापकोटा, अभिनेता श्रीदेव भट्टराई, गोपाल ढकाल, संजीत भण्डारी, उद्धब भट्टराई, शेखर खनाल, भिष्मराज फुलारा,संचारकर्मी शान्तिप्रिय, लोकराज अधिकारी, गीता अधिकारी, राजन थापा, समिर लामा, गणेश सुवेदी, अरविन्द्र गौतम निर्देशक राजु अधिकारी, चलचित्रकर्मी ओम जैशीका साथमा स्थानिय कलाकारहरुको बेजोड सांस्कृतिक प्रस्तुती समेत रहेको थियो । 

महोत्सवमा नेपाली चलचित्र एवं विभिन्न भाषाभाषीका चलचित्रहरुतर्फ निर्देशक, लेखक, नायक/ नायिकाको लगायतको प्रतिष्प्रधा हुनेछ  भने वृत्तचित्रतर्फ पर्यटन, मानवअधिकार , सामाजिक उत्तरदायित्व लगायतका विषयमा प्रतिष्प्रधा हुनेछ जसमा निर्देशक, लेखक ,स्वरांकन, छाँयांकार लगायतका रहनेछन् । त्यस्तै लघु चलचित्र तर्फ निर्देशक र नायक / नायिकाको प्रतिष्प्रधा हुने र विजेतालाई अवार्ड समेत प्रदान गरिने आयोजकले वताएको छ । आवेदनको अन्तिम मिति २०७८ असोज १५ गते सम्म तोकिएको छ ।
 

‘अनलाइन एक्टिङ कम्पिटिसन’ को उपाधी मनिष पाण्डेलाई

समाचार


काठमाडौँ — आश्विन ५, २०७८। 

ग्रेट भिजन मिडियाको आयोजनामा संचालित ‘अनलाइन एक्टिङ कम्पिटिसन’ को उपाधी मनिष पाण्डेले हात पारेका छन। 

विश्वव्यापी संकटको रुपमा देखापरेको कोभिडको त्रास र खतराको बीचमा मनोरन्जन प्रदान गर्ने र लुकेर रहेका प्रतिभाको क्षमता उजागर गर्ने हेतुले “अनलाईन एक्टिङ कम्पिटिसन,२०२१” को आयोजन गरिएको आयोजक संस्थाका प्रवन्ध निर्देशक के. डी. भट्टराईले जनाए।   

आयोजक भट्टराईले दिएको जानकारी अनुसार २१ जना प्रतियोगीहरु सहभागी भएको उक्त प्रतियोगितामा २० जना प्रतिस्पर्धीलाई पछि पार्दै पाण्डे ले उपाधी जितेका हुन। 

प्रतियोगिताको निर्णायकको रुपमा निर्देशक गोबिन्द राई, वरिष्ठ अभिनेत्री मौषमी मल्ल र मोडल तथा एक्टर एसराज गराच रहेका थिए ।निर्णायकहरुको निर्णयसंगै युट्युबको भ्युज र ग्लोवल अनलाईन पे मार्फत संचालित अनलाईन भोटिङ मार्फत विजेताको छनौट गरिएको हो । 

विजयी पाण्डेले नगद पुरस्कार, अवार्ड, ट्रफीको साथै म्युजिक भिडियो, सर्ट मुभि र वेभ सिरिजमा अभिनय गर्ने अवसर सहित अन्य बिभिन्न आकर्षक गिफ्ट ह्याम्परहरु प्राप्त गर्नेछन।  

ग्रेट भिजन मिडियाद्वारा आयोजित सौन्दर्य प्रतियोगिताको ग्राण्ड फिनालेको अवसरमा विजयी प्रतिस्पर्धीलाई पुरस्कार हस्तान्तरण गरिने  आयोजक भट्टराईले जनाएका छन ।

‘मिस्टर एण्ड मिस ग्ल्यामर’ बने रोमन र रिया

समाचार


काठमाडौँ — आश्विन ५, २०७८। 

डेस्टिनी ईभेन्ट मेनेजमेन्टद्वारा आयोजित सौन्दर्य प्रतियोगिता ‘मिस्टर एण्ड मिस ग्ल्यामर’ को विजेता रोमन परियार र रिया नापित भएका छन।  विजेताद्वयले ‘मिस्टर एण्ड मिस टिन ग्ल्याम नेपाल २०२१’ को उपाधिसहित विभिन्न आकर्षक पुरस्कारहरु प्राप्त गरेका छन। 

राजधानीमा सम्पन्न भएको उक्त सौन्दर्य प्रतियोगितामा गौरव बिश्वकर्मा र प्रियंका शाही फष्ट रनरअप भए भने प्रतियोगितामा राहुल गरु र प्रसंसा ढुङ्गेलले सेकेन्ड रनरअपको उपाधी हात पारे।

त्यसैगरी प्रतियोगिताको ब्रान्ड एम्बासडर अनिता तामाङ, पपुलर चोईस सुरक्षा भट्टराई, मस्ट पपुलर कौशला कट्वाल, अर्गनाईजर चोईस सम्झना दनुवार घोषित भए। 

सुवास प्रधानको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको निर्णायक मण्डलमा नवराज देउवा, संजय श्रेष्ठ र पुजा ठाकुर रहेको ईभेन्ट व्यवस्थापक रशिला गरुले बताईन।

करिब २५ दिनको प्रशिक्षण अविधिमा आन्तरिक प्रशिक्षणको क्रममा अफिसियल कोरियोग्राफर विशाल पासवान र ईभेन्ट कोरियोग्राफर रेनुका चौधरीले व्यक्तित्व विकास साथै ‘स्टेज पर्फमेन्स’का तयारी कक्षाहरुमा प्रशिक्षण प्रदान गरेका थिए। 

यस्ता प्रतियोगितात्मक कार्यक्रमले युवायुवतीको व्यक्तित्व विकास तथा आत्मविश्वास अभिवृद्धि गराउनुका साथै नेतृत्वदायी क्षमताको विकास गराउने भएकाले अझै व्यवस्थित रुपमा अन्य सौन्दर्य प्रतियोगिताहरु समेत आयोजना गर्दै अघि बढ्न हौसला मिलेको संस्थाका सिईओ राजन पटेलले बताए।

गायक सुनिल थापा मगरको मर्मस्पर्शी गीत ‘निर हो’ सार्वजनिक

समाचार


सुनिल थापा मगरले ल्याए मर्मस्पर्शी गीत ‘निर हो’ भ्वाइस अफ नेपालका सुनिल थापा मगरको ‘निर हो’ सार्वजनिक शशान कंडेलको निर्देशनमा सुनिल थापा मगरले ल्याए मर्मस्पर्शी गीत ‘निर हो’ माझिको कथा व्यथा बोकेको सुनिल थापा मगरको ‘निर हो’ सार्वजनिक काठमाण्डौँ, असोज ३ ।

भ्वाइस अफ नेपाल सिजन ३ बाट राम्रै चर्चा बटुलेका गायक सुनिल थापा मगरले हालै ‘निर हो’ बोलको मर्मास्पर्शी गीतको भिडियो सार्वजनिक गरेका छन । २०६६ सालबाट आफ्नो सांगितिक यात्राा शुरु गरेका गायक मगर नुवाकोटमा जन्मेका हुन भने उनले पहिलो पल्ट रेकर्डिङ गरेर सार्वजनिक गरेको पहिलो गीतको बोल ‘नशालु’ हो । सानैदेखि नै गीत संगीतको मोहमा डुबेका उनले सबै थरिका गीतहरु गाउने लेख्ने र संगीत भर्ने पनि गर्छन् भने थुप्रै गीत र भिडियोहरु सांगितिक बजारमा ल्याइसकेका छन । गीत संगीत त मेरो नसा नसामा रगत बनेर बगेको छ भन्ने उनी भ्वाइस अफ नेपालमा राम्रै लेभलसम्म पुगेका थिए । आफुलाई त्यो बेला स्वास्थ्य र भाग्यले साथ दिएन भन्दै आफ्नो मनको व्यथा पोखेका थिए । दर्शक श्रोताले त्यो बेला राम्रै माया र साथ दिनु भएको थियो । प्रतिस्पर्धामा त हार र जित त भई हाल्छ नी तर पनि दर्शकश्रोताको यती धेरै माया पाए म त्यस्मै खुशी छु ‘ गायक सुनिलले तेजनेपाललाई बताए ।

हालै सार्वजनिक गीतमा उनलाई स्वरमा सुजिता योञ्नजनले साथ दिएकी छिन भने शब्द संगीत किरण माइकल घिमिरेको रहेको छ । सञ्जय हमालको संगीत संयोजन रहेको गीतलाई गोबिन्द सोनीले मिक्सिङ मास्टरिङ्ग गरेका हुन भने ब्याक्राउण्ड स्कोर म्युजिक बिनय कार्कीले गरेका हुन ।

एउटा सामान्य माझिको जोडीको कथा व्यथालाई सेमेटेर प्रस्तुतु गरिएको भिडियोलाई चर्चित म्युजिक भिडियो निर्देशक शसान कंडेलको निर्देशन गरेका छन । भिडियोमा जि बि चिरन र सोनिया महतको दमदार अभिनय देख्न सकिन्छ भने बाल कलाकार प्रियाान्स कंडेलको पनि अभिनय देख्न सकिन्छ । भिडियोमा बुद्ध लामा र दिपक गिरीको छांयाकन, बिकास दाहालको सम्पादन रहेको छ । भिडियोलाई गायक सुनिल थापा मगरले आफ्नै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन ।

चिज कुमार श्रेष्ठको अभिनयमा जे बि बिष्टको सन्देशमुलक गीत सार्वजनिक

समाचार


काठमाण्डौ- परदेशमा गएका छोराछोरीले आमाबाबु र देशलाई नभुलुन भन्ने सन्देश सहितको “सबै कुरा भुल तिमी आमाबुवा कहीले नभुल”बोलको गीतको भिडियो सार्वजनिक भएको छ । निर्माता निर्देशक तथा लोकप्रिय अभिनेता निर्मल शर्माको निर्देशनमा बनेको उक्त भिडियोमा वरिष्ठ अभिनेता चीज कुमार श्रेष्ठको बेजोड अभिनय देख्न सकिन्छ भने सहनिर्देशन रजनी के.सि.को रहेको छ ।

गायक जे बि बिष्टको सुमधुर स्वरले सुसज्जित मर्मस्पर्शी सन्देशमुलक गीतमा स्वयमा गायक विष्टकै शब्द संगीतमा रहेको छ भने संगीत संयोजन किरण कडेँलको रहेको छ । काठमाण्डौको पर्यटकिय धार्मिक स्थल सांखुमा रहेको निकै नै रमणीय ठाउँ पालुबारिको ‘पालुबारि होम स्टे’लगायतका ठाउँहरुमा छाँयाकन भएको उकत भिडियोलाई निकै नै अनुभवी वरिष्ठ सिनेम्याटोग्राफर राजु के.सि.ले खिचेका हुन ।

समाजसेवी शंकर दुलालको विशेष सहयोगमा बनेको भिडियोमा सम्पादन गौतम राज खडका, मेकअप मुना नेपाली राई र फिल्ड सपोर्टमा सुमन कुमार श्रेष्ठ र कपिल कार्की रहेका छन । भिडियोलाई निर्माता निर्देशक अभिनेता निर्मल शर्माको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

‘मिस्टर एण्ड मिस टिन ग्ल्याम नेपाल २०२१’ को उपाधी सुमन तामाङ र निर्जला रजकको हातमा

समाचार


काठमाडौँ — आश्विन ५, २०७८। 

एआर ईन्टरटेनमेन्टको प्रस्तुती तथा राईजिङ कृयसनसंगको सहकार्यमा पि प्रोडक्सनलेआयोजना गरेको ‘मिस्टर एण्ड मिस टिन ग्ल्याम नेपाल २०२१’ मा काठमाडौंका सुमन तामाङ र निर्जला रजक विजयी भएका छन।  विजेताले ‘मिस्टर एण्ड मिस टिन ग्ल्याम नेपाल २०२१’ को उपाधि, म्युजिक भिडियो कन्ट्र्याक्टसहित अन्य विभिन्न आकर्षक पुरस्कारहरु प्राप्त गरेका छन। 

गायक कमल खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा प्रमुख निर्णायक मिस नेपाल ईन्टरनेसनल वर्षा लेखी सहित अभिबिन्द खनिया, रोहित मल्ल र गोमा तिवारी निर्णायक रहेका थिए। 

निशा पाठकले संचालन गरेको उक्त प्रतियोगितामा विधागत तर्फको अवार्ड हातपार्नेमा मिस्टर भिवर्स चोईस र मिस्टर फोटोजेनिक सप्रस्वत कोईराला, मिस भिवर्स चोईस, मिस फोटोजेनिक र मिस ट्यालेन्ट आयुस्का महर्जन, मिस्टर पिपुल्स चोईस र मिस्टर ट्यालेन्ट मनदोज लामा, मिस पिपुल्स चोईस, मिस मल्टिमिडिया बिनु थापा, हेन्सम विथ पर्पस र बेस्ट वाक राजु साह, मिस्टर मल्टिमिडिया र बेस्ट ड्रेस सुमन तामाङ, मिस एथ्लेट निकिता चौहान, बेस्ट ड्रेस पल्लवी क्षेत्री, मिस क्याटवाक पुजा शर्मा, मिस डिसिपिलिन रितु थापा, मिस्टर कन्जिनियालिटी आयुष खत्री, मिस कन्जिनियालिटी गंगा राई रहेको आयोजक संस्थाका सिईओ सगर मगरले जनाए।

प्रतियोगितात्मक कार्यक्रमले युवायुवतीको व्यक्तित्व विकास तथा आत्मविश्वास अभिवृद्धि गराउनुका साथै नेतृत्वदायी क्षमताको विकास गराउने मिडियाका अध्यक्ष प्रशान्त साहले बताए ।  

करिब २५ दिनको प्रशिक्षण अविधिमा आन्तरिक प्रशिक्षणको क्रममा अफिसियल कोरियोग्राफर आर्शु महर्जनले व्यक्तित्व विकास साथै ‘स्टेज पर्फमेन्स’का तयारी कक्षाहरु गराएको कायक्रमका हेड अफ अपरेसन सौरभ चौधरीले जनाए। 

‘मिस्टर एण्ड मिस प्यासेफिक काठमाडौँ २०२१’ को उपाधी राजु साह र निकिता चौहानको हातमा

समाचार


काठमाडौँ — आश्विन ४, २०७८। 

पि प्रोडक्सनले एआर ईन्टरटेन्मेन्टको प्रस्तुतीमा सञ्चालन गरेको ‘मिस्टर एण्ड मिस प्यासेफिक २०२१’ मा सिराहका राजु साह र रामेछापकी निकिता चौहान विजयी भएका छन।  विजेताले ‘मिस्टर एण्ड मिस प्यासेफिक २०२१’ को उपाधि, म्युजिक भिडियो कन्ट्र्याक्टसहित अन्य विभिन्न आकर्षक पुरस्कारहरु प्राप्त गरेका छन। 

‘मिस्टर प्यासेफिक २०२१’ का विजेता साहले विधागत तर्फको हेन्सम विथ पर्पस र बेस्ट वाकको उपाधीसमेत आफ्नो हातमा पारे त्यसैगरी ‘मिस प्यासेफिक २०२१’ की विजेता चौहानले विधागत तर्फको मिस एथ्लेटको उपाधी हात परिन। 

यस्तै ‘मिस्टर एण्ड मिस प्यासेफिक २०२१’ को एम्वासडरमा काभ्रेका मनदोज लामा र काँडाघारीकी बिनु थापा चयन भएका छन।

गायक कमल खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा प्रमुख निर्णायक मिस नेपाल ईन्टरनेसनल वर्षा लेखी सहित अभिबिन्द खनिया, रोहित मल्ल र गोमा तिवारी निर्णायक रहेका थिए। 

निशा पाठकले संचालन गरेको उक्त प्रतियोगितामा विधागत तर्फको अवार्ड हातपार्नेमा मिस्टर भिवर्स चोईस र मिस्टर फोटोजेनिक सप्रस्वत कोईराला, मिस भिवर्स चोईस, मिस फोटोजेनिक र मिस ट्यालेन्ट आयुस्का महर्जन, मिस्टर पिपुल्स चोईस र मिस्टर ट्यालेन्ट मनदोज लामा, मिस पिपुल्स चोईस, मिस मल्टिमिडिया बिनु थापा, मिस्टर मल्टिमिडिया र बेस्ट ड्रेस सुमन तामाङ र पल्लवी क्षेत्री, मिस क्याटवाक पुजा शर्मा, मिस डिसिपिलिन रितु थापा, मिस्टर कन्जिनियालिटी आयुष खत्री, मिस कन्जिनियालिटी गंगा राई रहे।

प्रतियोगितात्मक कार्यक्रमले युवायुवतीको व्यक्तित्व विकास तथा आत्मविश्वास अभिवृद्धि गराउनुका साथै नेतृत्वदायी क्षमताको विकास गराउने मिडियाका अध्यक्ष प्रशान्त साहले बताए ।  

करिब २५ दिनको प्रशिक्षण अविधिमा आन्तरिक प्रशिक्षणको क्रममा अफिसियल कोरियोग्राफर आर्शु महर्जनले व्यक्तित्व विकास साथै ‘स्टेज पर्फमेन्स’का तयारी कक्षाहरु गराएका थिए। 

गायक संजय लामा र गायिका रोस्ना लुङबाको ‘ज्यान मैच्याङ’ सार्वजनिक

समाचार


काठमाडौँ — आश्विन ४, २०७८। 

धेरै समयको अन्तराल पछि गायक संजय लामाको सांगीतिक कोशेलि ‘ज्यान मैच्याङ’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । गायक संजय लामा र गायिका रोस्ना लुङबाको सुमधुर स्वर रहेको गीत जिग्मे मिडियाको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।

सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरि थाङपाल गाउँ पालिका वडा नम्बर – ५ थाङपाल गुन्सामा जन्मेका युवा गायक केही समयको अन्तराल भएपनि पुन: सांगितिक यात्रालाई निरन्तरता दिने गरि बजारमा नयाँ गीत सहित पुनरागमन गरेको बताउछन ।

नेपाली कांग्रेस सिन्धुपाल्चोकका पुर्व जिल्ला कोषाध्यक्ष देबेन्द्र खत्रिको प्रमुख आतिथ्यता तथा सिन्धुपाल्चोक पाँच पोखरि थाङपाल गाउँ पालिकाका नेपाली कांग्रेस पालिका सभापति सुर्य बहादुर अधिकारि र बरिष्ठ गायक प्रेम लोप्चन सहित अन्य विशिष्ठ व्याक्तित्वहरुको आतिथ्यतामा राजधानीमा पत्रकार सम्मेलन गरि उक्त गितको म्युजिक भिडियो सार्वजनिक गरिएको थियो। कार्यक्रममा कलाकार , समाजसेवी एवम पत्रकारहरुको बाग्लो उपस्थिति रहेको थियो ।

गीतको शब्द संगीत विश्व दोङले गरेका हुन भने भिडियो निर्देशन भिमफेदी ग्रुपका मिथुन बिजि र बिसन लामाले गरेका छ। त्रिलोक लामाको भिडियोको छायांकन तथा सुर्य लामाको भिडियोको सम्पादन रहेको उक्त म्युजिक भिडियोमा कलाकारहरुमा मिथु बिजि , बिसन लामा , रेहान लामा, पेम्फा लामा , सुनिल घतानि, आशिस सेवा, सरोज लामा, याङ्गि दोङ , मन्जु श्रेष्ठ , अनुसा लामा र दीक्षा लामालाई देख्न सकिन्छ ।

भिडियो —

धाँधलीको सुनुवाइ नभए पछि बाध्य भएर परराष्ट्र मन्त्रालय

समाचार


काठमाडौं -- गैर आवासीय नेपाली संघ एनआरएनको आगामी १० औं महाधिवेशनको सन्दर्भमा भएको धाँधलीको संस्थापन पक्षले सुनुवाई नगर्दा वाध्य भएर परराष्ट्र मन्त्रालय पुग्नु परेको निवेदनकर्ताहरुले बताएका छन । आइसीसीले गरेका विभिन्न १९ वटा कमजोरी तत्काल सुधार्न परराष्ट्र मन्त्रालयबाट तत्काल आवश्यक कदम चाल्न निवेदनकर्ताहरुले मागसमेत गरेका छन । काठमाडौंमा आईतबार आयोजित पत्रकार सम्मेलनमा एनआरएनमा आबद्ध ६४ देशको आवद्धता र प्रतिनिधि छान्ने विषयमा गम्भीर समस्या भएको उनीहरुले बताए ।

परराष्ट्र मन्त्रालयमा निवेदन दिएका एनआरएनए अमेरिकाका सल्लाहकार बेदप्रसाद खरेल, मानार्थ सदस्य नवराज ओली (शनि ओली–कतार) र आइसीसी पूर्व सचिव जानकी गुरुङले पत्रकार सम्मेलन गरी समयमै चुनाव हुनुपर्नेमा जोड दिए । निवेदकहरुले विधानविपरित सार्वजनिक गरिएको नामावली नसच्चिएसम्म आगामी अक्टोबर २३–२५ का लागि तोकिएको महाधिवेशन सम्बन्धि काम कारबाही रोक्न गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषद र सचिवालयको नाममा निर्देशन जारी गर्न परराष्ट्रसमक्ष मागसमेत गरेका छन ।

एनआरएनले प्रारम्भ गरेको निर्वाचन प्रक्रिया पूर्णरूपमा धाँधलीपूर्ण तथा संघको विधान, प्रचलित मान्यता, न्यायिक सिद्धान्त विपरित भएको बताए । एनआरएन केन्द्रले विधान विपरित भएका कामका विषयमा पटक पटक जानकारी गराउँदा पनि सुनुवाई नभएकाले परराष्ट्र मन्त्रालयसम्म पुग्नु परेको उनीहरुले स्पष्ट पारेका हुन । आफूहरु परराष्ट्र मन्त्रालयमा निवेदन दिँदा राजनीति गरेको आरोप लगाएर विषयलाई मोड्न खोजिएको उनि हरुले बताए । उनीहरुले संघको मनोमानी तोड्नकै लागी आफुहरु पररास्ट्र पुगेको बताए । संघको केन्द्रीय सचिवालयले गरेका काम, निर्णय संघको विधान विपरित भएको उनीहरुले पत्रकार सम्मेलनमा बताए । ‘संघको भविष्य, यसमा आबद्ध सम्पूर्ण एनसिसीहरुको भविष्य र विश्वभरि रहेका गैर आवासीय नेपालीहरूको हक अधिकारका लागि हामी परराष्ट्र मन्त्रालयमा धाँधलीको प्रमाणसहित उजुरी दर्ता गराएका छौं’ तीनजनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

गैर आवासीय नेपाली संघ आइसीसीका महासचिव हेमराज शर्मा तथा सचिव गौरीराज जोशीले सञ्चालन गरेको सचिवालयले संघको विधान आफूखुसी व्याख्या गर्ने, आफ्नो अनुकूल नरहेका एनसीसीलाई बिनाकारण दुःख दिने, विभिन्न देशबाट छानिएर आउने प्रतिनिधिमा दोहोरो तेहेरो मापदण्ड अपनाउने काम गरेको उनीहरुले बताए । ‘विश्वभरि छरिएका नेपालीहरूको हकहित र अधिकारको संरक्षणका लागि हामी बाध्य भएर उजुरीको तहसम्म पुग्नु परेको हो’, जारी विज्ञप्तिमा भनिएको छ, ‘गत जुनमा महासचिव शर्माले एनसीसीहरुको चुनाव नहुँदै पुरानै एनसीसीहरुलाई अगष्ट १५ भित्र ६५ प्रतिशत प्रतिनिधि चयन गरी पठाउन पत्र लेखे । जसअनुसार अधिकांश पूर्व एनसिसीहरुले विधान विपरित एकलौटी रुपमा प्रतिनिधिहरुको नामावली पठाएको खुलासा भएको छ ।’ विभिन्न देशका एनसीसीहरुले विधानसम्मत रुपमा चयन गरी पठाएको डेलिगेट्सहरुको नामावली महासचिव शर्मा र सचिव जोशीले आफूखुसी हेरफेर गरी निर्वाचनलाई प्रभावित पार्ने उद्देश्य राखेको पत्रकार सम्मेलनमा महिला उपाध्यक्षकी प्रत्यासी जानकी गुरुङले बताइन ।

विभिन्न एनसिसीहरुले पटकपटक उजुरी गर्दा पनि अध्यक्ष कुमार पन्त तथा केन्द्रीय सचिवालयमा रहेका पदाधिकारीहरूले कुनै सुनुवाइ नगरेको विज्ञप्तिमा उल्लेख छ । संघले अहिलेसम्म ती उजुरीबारे आधिकारिक रुपमा सल्लाह, परामर्श नगरी एकलौटी रूपमा निर्वाचन प्रकिया अघि बढाउन थालेको निवेदकहरुको टिप्पणी छ । ‘गलत भयो भन्नेहरूको आवाज दबाउने र पेलेर लैजाने काम भएकोले हामीले वाध्य भएर मन्त्रालयमा उजुरी दिएका हौँ’ विज्ञप्तिमा भनिएको छ ।

गतसाता परराष्ट्र मन्त्रालयले एनसिसीहरुको निर्वाचनमा प्रविधिको दुरुपयोग गरिएको, एनसीसीहरुको अधिवेशनका लागि तोकिएको मितिभन्दा पछि पनि अधिवेशन गरिएको, तोकिएको मितिभन्दा पछि पनि महाधिवेशन प्रतिनिधि चयन गरिएको, उम्मेदवार भएका व्यक्तिहरु नै निर्वाचन प्रक्रियामा सहभागी भएकोले निर्वाचनको निष्पक्षतामा प्रश्न उठेको, निर्वाचन आचारसंहिता पालना तथा लागू नगरिएको, महाधिवेशन प्रतिनिधिहरुको विवरण संघको वेबसाइटमा प्रकाशित नगरिएको लगायतका विषयमा पाँच दिनको समय दिएर एनआरएनए आइसीसीसँग स्पष्टीकरण माग गरेको थियो । परराष्ट्रले सोधेको स्पष्टीकरणका बारेमा गम्भीर भएर जवाफ दिनुका साथै समस्या समाधान गर्नुको सट्टा केन्द्रीय समितीले झारा टार्ने र संघमा परेका उजुरी समाधान गर्न तत्परता नदेखाएको बताएका छन् ।

गैर आवासीय नेपाली संघ २०६० सालमा परराष्ट्र मन्त्रालयमा विधिवतरुपमा दर्ता भई नेपाल तथा विदेशमा समेत आफना गतिविधिहरु संचालन गरिरहेको गैर आवासीय नेपालीहरुको साझा संस्था हो । मन्त्रालयमा दर्ता भएकाले संघको विधान तथा निर्णयहरुमा एकरुपता नभई विवाद भएकाले कानुन बमोजिम एकरुपता कायम गरी विवाद समाधान गर्ने एकमात्र निकाय परराष्ट्र भएकाले निवेदन दिन वाध्य भएको निवेदनकर्ताहरुले जनाएका छन । पत्रकार सम्मेलनमा संघको बर्तमान नेतृत्वले हालको मनोमानी तोडेर तुरुन्त डेलिगेट्स सच्याएर अगाडी बढनुपर्ने बताए ।

साथीहरु रहरले नभई बाध्यताले परराष्ट्र मन्त्रालयमा गएका हुन् – आचार्य

समाचार


काठमाडौं –गैरआवासीय नेपाली संघ (एनआरएनए) का सल्लाहकार तथा आसन्न दशौं महाधिवेशनमा अध्यक्षका उम्मेदवार कुल आचार्यले संघको आसन्न महाधिवेशनका लागि गरिएको प्रतिनिधि चयनमा संस्थापन पक्षले जबरजस्ती गरेपछि केही सदस्यहरु न्याय माग्दै परराष्ट्र मन्त्रालय पुगेको स्पष्ट पारेका छन् । उनले पटक–पटक आइसीसीमा उजुरी गर्दासमेत सुनुवाइ नभएपछि परराष्ट्र मन्त्रालय जानु उनीहरुको बाध्यता भएको पनि बताए ।
बिहीबार साँझ पत्रकारहरुसँग भएको भर्चुअल अनौपचारिक छलफलमा अध्यक्षका उम्मेदवार आचार्यले संघको आइसीसीका पदाधिकारीले तोकिएको म्याद भन्दा पछि छुट्टै नियमावली बनाएर बिधानकै उल्लंघन गरेको दाबी गरे । ‘साथीहरु रहरले नभई बाध्यताले परराष्ट्र मन्त्रालयमा गएका हुन् ।

पटक पटक आइसीसीमा उजुरी गर्दा र निवेदन दर्ता गर्दासमेत कुनै सुनुवाइ नभएपछि उनीहरु बाध्य भएर अनियमितता विरुद्ध मन्त्रालयमा गएका हुन । उनीहरु न्यायका लागि गएका हुन्, यसलाई अन्यथा मान्नु हुँदैन’ उनले भने । संघका सल्लाहकारसमेत रहेका आचार्यले केही पदाधिकारीले संस्थालाई आफ्नो स्वार्थसिद्धि गर्न लागेको आरोप लगाए । सहमतिमा तयार पारिएको विधानलाई अपव्याख्या गर्दै आफूँखुसी नियमावली बनाउने र समयसीमाको समेत वास्ता नगर्ने काम केही पदाधिकारीले गरेको उनको भनाइ थियो ।
विवादित एनसीसीहरुका बारेमा केही नबोल्ने र जहाँ विधिसम्मत निर्वाचन भएका छन्, तीनै एनसीसीलाई विवादित एनसीसीका रुपमा चित्रण गर्ने काम भएको उनले दाबी गरे । आइसीसीकै अधिकांश पदाधिकारी र सदस्यहरु आइसीसीको निर्णय र निर्देशनका बारेमा बेखबर रहेको उनले बताए । सचिवालयमा सल्लाह हुँदैन, पदाधिकारीमा छलफल हुँदैन, कसले कसरी र किन यसो गरिरहेको छ ?’ उनले प्रश्न गरे । गैर आवासीय नेपाली संघ परराष्ट्र मन्त्रालयमा दर्ता भएको संस्था रहेको स्मरण गर्दै आचार्यले संघले परराष्ट्र मन्त्रालयसँग मिलेर नै काम गर्नुपर्ने बताए । ‘संघको उद्देश्य प्राप्तिका लागि पनि मन्त्रालयसँग समन्वय गरेर काम गर्नुपर्छ, उनले भने, सरकार कुन पार्टीको हुन्छ भन्ने कुरा गौण हो ।
आचार्यले संघमा राजनीति गर्नुहुन्न भन्नेहरुले नै संघमा राजनीतिक हस्तक्षेप निम्त्याएको बताए । हामी हाम्रो पक्षमा निर्णय होस् भन्ने चाहना राख्दैनौं, संस्थाको पक्षमा निर्णय होस् भन्ने चाहन्छौं, संस्थालाई मर्यादा भित्र राख्न मात्रै खोजेका हौं, उनले स्पष्ट पारे । जालझेल गरेर प्रतिनिधि हेरफेर गर्ने काम भएको बताउँदै आचार्यले विधानको अपव्याख्या गर्ने अधिकार कुनै पनि पदाधिकारीलाई नभएको बताए । सोही अन्तरक्रियामा एनसीसी अमेरिकाका पूर्व अध्यक्ष एवम् आसन्न महाधिवेशनमा महासचिवका उम्मेदवार डा.केशव पौडेलले नेतृत्वले विवादित ठाउँलाई बेवास्ता गर्ने र नियमसँगत अधिवेशन भएका देशका प्रतिनिधिहरुलाई मान्यता नदिने काम गरेपछि विवाद उत्पन्न भएको बताए ।
परराष्ट्र मन्त्रालयमा निवदेन दिँदा राजनीतिक हस्तक्षेप भयो भन्नुमा कुनै तुक छैन, पौडेलले भने, जसरी विशेष महाधिवेशन जबरजस्तीमा गरिएको थियो, अहिले पनि जबरजस्तीमै महाधिवेशन गर्न खोजिँदै छ, जुन स्वीकार्य छैन, पौडेलले भने । पौडेलले निर्वाचनलाई निष्पक्ष बनाउन प्रयास गरिएको बताउँदै निष्पक्ष निर्वाचन हुन नदिन भ्रम सिर्जना गर्ने काम भइरहेको पनि दाबी गरे ।