काठमाडौं - चलचित्र तथा म्युजिक भिडियो निर्देशक सुमन दाहाल सम्मानित भएका छन् । स्थानीय संस्थाहरु इनास क्यान्टकी, एन्का र नास्क केन्टकीको सहकार्यमा उनलाई एनआरएनए क्यान्टकी च्याप्टरले सम्मान गरेको हो । एनआरएनले क्यान्टकीका अध्यक्ष केशवराज लोहनीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा चलचित्र निर्देशक सुमन दाहाललाई बिदेशमा बसेर पनि नेपाली चलचित्र तथा म्युजिक भिडियोको माध्यमबाट नेपाली गीत संगीत, कला संस्कृतिको संरक्षण एवम् प्रवर्धनमा योगदान पुर्याएको र विभिन्न सांस्कृतिक कार्यक्रमको आयोगना गर्दै आएको ठहर गर्दै सो सम्मानबाट सम्मानित गरिएको हो । उनी बिगत ५ वर्ष देखि क्यान्टकीको ल्याक्सिङटनमा रहेर म्युजिक भिडियो निर्देशन तथा विभिन्न सांस्कृतिक गतिविधिमा निकै सक्रिय रहँदै आएका छन् ।
यस्तै एनआरएनए क्यान्टकी स्थापना गरेर पहिलो र दोश्रो कार्यक्रममा महत्वपूर्ण योगदान पुर्याएका ठहर सहित एनआरएनए क्यान्टकीका पूर्व अध्यक्ष दिलु पराजुली सहित एनआरएनए क्यान्टकीका अग्रज व्यक्तित्व पुरुषोत्तम बोहरा, शशी अधिकारीलाई कार्यक्रममा एनआरएनए मुभमेन्ट सम्मानबाट सम्मानित गरियो । यस्तै नृत्यमा निकै प्रतिभाशाली बाल कलाकार बारुणी पान्डेलाई प्रोत्साहन सम्मान, युवा स्वयम्सेवकहरु सौरभ खड्का, सफल डुम्रे, सार्थक रिजाललाई युथ स्पोर्ट अवार्ड प्रदान गरियो ।
यस्तै निशान बुढाथोकी, विशेष पौडेल तथा ०१८ देखि २०२१सम्म हाईस्कुल ग्राजुएट गर्ने ५० जना नेपाली विधार्थीहरुलाई प्रोत्साहन पुरस्कार पत्र प्रदान गरियो ।
एनआरएनए केन्टकी च्याप्टरका अध्यक्ष केशब राज लोहनीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथिमा एनआरएनए आईसीसी अमेरिका क्षेत्रका आरसी राजन त्रिपाठी, अतिथिहरु एनआरएनए आईसीसी मेम्बर पुरुषोत्तम बोहरा, एनआरएनए एसीसी उपाध्यक्ष दिलु पराजुली, एन्काका अध्यक्ष थिरलाल अर्याल, नेपाल अमेरिका सोसाईटी अफ केन्टकीका अध्यक्ष राजन भुजेल, इनास केन्टकीका अध्यक्ष अर्जुन थापालगायत विभिन्न संस्थाका सल्लाहकार तथा पदाधिकारीहरु थिए ।
एनआरएनए केन्टकी च्याप्टरका उपाध्यक्ष डमरु पौडेल र सचिब अर्जुन किशोर न्यौपानेले सञ्चालन गरेको सो सम्मान कार्यक्रममा कलाकार बारुणी पान्डेले प्रस्तुत गरेको नृत्य र गायक गायक बिष्णु डुम्रेको गायन निकै आकर्षक थियो ।
काठमाडौं- नेपाल महिला चेम्बरकी सल्लाहकार निलम ताम्राकार बागमती प्रदेश नीति तथा योजना आयोगको सदस्य नियुक्त भएकी छिन् । ताम्राकारलाई बागमती प्रदेश सरकारले उक्त जिम्मेवारी सुम्पिएको हो । बागमती प्रदेश सरकारले आयोगको उपाध्यक्षमा सिन्धुपाल्चोक मेलम्ची–६ का डा. जगत बहादुर बस्नेत र सदस्यहरुमा काठमाण्डौ–४ वालुवाटारकी निलम ताम्राकार सहित रामेछाप भीरपानी–६ का ज्ञानु कुमार श्रेष्ठ र नुवाकोट विदुर–१० का रामशरण प्याकुरेललाई नियुक्त गरेको हो । आयोगका नवनियुक्त उपाध्यक्ष एवम् सदस्यहरुलाई बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सपथग्रहण गराएकी छिन् ।
कार्यक्रमलाई संबोधन गर्दै मुख्यमन्त्री शाक्यले आयोगको कामलाई द्रुतगतिमा अगाडी बढाउनका लागि आफुहरुले आयोगलाई पूर्णता दिएको बताईन् । पदाधिकारी नहुँदा आयोगका कामहरुलाई अगाडी बढाउनका लागि समस्या भएकाले यसलाई पूर्णता दिएको बताउदै उनले शुशासनमा प्रदेशलाई अगाडी वढाउने उल्लेख गरिन । कार्यक्रममा प्रदेशका मुख्यन्यायधिवक्ता ओम प्रकास थपलीया मुख्यमन्त्री कार्यालयका कर्मचारीहरु लगायतकाको सहभागिता रहेको थियो ।
ताम्राकारको नियुक्ती पस्चात नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले राज्य दैनिकसँग कुरा गर्दै उनको नियुक्ती प्रति खुशी व्यक्त गर्दै बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गरेकी छिन् । ’नेपाल महिला चेम्बरको सल्लाहाकार निलम ताम्राकार ज्यु बागमती प्रदेशकाे नीति तथा याेजना आयोगको सदस्य जस्ताे गरिमामय पदमा मनाेनयन हुनु भएकाेमा खुशी लागेको छ, उहाँलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्न चाहान्छु र महिला उद्यमशिलता विकासमा नीतिगत र अन्य व्यवस्थाको लागि उहाँले आफ्नो स्थानबाट सक्दो योगदान दिनु हुनेछ भन्ने विश्वास लिएको छु, उहाँको अनुभव र विज्ञता प्रति विश्वस्त छु, फेरि पनि निलम म्यामलाई शुभकामना भन्न चाहन्छु’ उनले भनिन् ।
काठमाडौं – चलचित्र निर्देशक माधव राज खरेलले आफ्नो नयाँ चलचित्र चिठ्ठी को विषेश भुमिकामा नायक श्रीदेव भट्टराइलाई अनुबन्धीत गरेका छन् । यस अघि कमेडियन कलाकार नायक संजित भण्डारी , गोपाल ढकाल ‘छन्दे’, खड्गबहादुर पुनमगर ‘खबपु’, कंचन चालिसे, लगायतका कलाकारहरु अनुबन्धित गरिसकेका निर्देशक खरेलले विषेश भुमिकामा भट्टराईलाई अनुबन्धीत गरेका हुन् ।
पिम नेपालको प्रस्तुति रहने चलचित्रका लागि वरिष्ठ चलचित्रकर्मी मोहन निरौला, नवराज थापा, मुस्कान लामा, नम्रता खरेल पौडेल समेत कलाकारको रुपमा छानिएकोे निर्माण कम्पनीले जनाएको छ । कमेडी जनारामा निर्माण हुन लागेको फिल्मको कथा सस्पेन्स र थ्रीलर रहने निर्देशक खरेलले वताए ।
चलचित्रको छायाँकन बैशाखको पहिलो सााताबाटै गर्ने भनिए पनि कोरोनाका कारण केही पछि धकेल्लिएको निर्देशक खरेलले बताए । चाँडै छायाँकन सुरु गरिने चलचित्रमा कलाकारहरु छनौट प्रकृया पनि लगभग अन्तिम चरणमा पुगेको निर्देशक खरेलले बताएका छन् । शान्तिप्रिय काष्टिङ निर्देशक रहेको फिल्ममा जिवन पराजुलीे छायाँकन, किरण दाहालको द्धन्द्ध रहनेछ । कमला जोशी निर्माता रहने फिल्ममा सह–निर्माताको रुपमा राजन थापाको उपस्थिती रहने छ ।
चलचित्रको छायाँकन काभ्रे र काठमाण्डौका विभिन्न रमणीय स्थलहरुमा गरिदै छ ।
काठमाण्डौ - हरेक गीतहरुमा प्रेमिप्रमिकालाई सम्झेर गीतहरु लेखिन्छन् । आमाप्रति समपर्ण गरेर गीतहरु लेखिन्छन् तर बुवाप्रति समर्पण गरेर गीत बजारमा लिएर आएको पाइदैन ।बुवाको बारेमा गीत बजारमा आइहाले पनि त्यति चासो दिएर सुनेको पाइदैन । तर,लोकप्रिय गीतकार लोकराज अधिकारीले बुवाको सम्झनामा ‘भन्नुहुन्थ्यो बा’ले’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । केहि दिन अघि सार्वजनिक गरिएको यो गीतमा बाबुले छोराको खुसीका लागि के–केसम्म गरेका हुन्छन् भाव देखाउन खोजिएको छ ।
सोमबार अनामनगरमा यो गीतको भिडियो हेर्न कार्यक्रम राखिएको थियो । गीतको भिडियो हेर्दै दिवंगत् बुवा सम्झिएर भावुक बनेका गीतकार अधिकारीले भने,‘आमाको बारेमा गीत लेखेको थिए । तर, बुवाकाका बारेमा गीत लेख्न पाएको थिइन् । मेरो बुवाले यो गीत देखाउने धोको थियो तर,उहाँले मलाई छोडेर जानुभएको सात, आठ वर्ष भइसक्यो । यसमा म निकै दुखी छु ।’ यसगीतमा अभिनेता आकाश अधिकारीले बुवाको भुमिका निभाएका छन् । कार्यक्रममा उपस्थित भएका अभिनेता आकाश अधिकारी यो गीतको भिडियो हेर्दा आफ्ना बुवालाई सम्झिएर निकै भावुक बने । भिडियो हेर्दा उनका आखामा आँसु टिलपिल भएको थियो । गीतको बारेमा बोल्दै गर्दा भकानिएका अभिनेता अधिकारीले बुवाले बाल्यकालमा माया गरेको हिडेको ,बोलेको र आफु पढाईसिल सिलामा राजधानी फर्किदा मुग्लिङसम्मको यात्रा सम्झिए ।
आफु पढाईका सिलसिलामा मुम्बई हिडेको र बुवा आमा पुर्व जानेक्रममा मुग्लिङसम्मको यात्रा सम्झिदै अभिनेता अधिकारीले भने,‘त्यो नै मेरो र पिताजीको अन्तिम भेट रहेछ । त्यसपछि मैले कहिलै बुवाको मुख देख्न पाइन । म मेरो बुवाको र मेरो नजिकको मित्र श्रीकृष्ण श्रेष्ठको बारेमा बोल्दा निकै भावुक हुन्छु ।’
आफु सामाजिक विषय बस्तुमा आधारित फिल्म निर्माण गर्न रुचाउने भएका कारण यस्ता भावका गीतहरुमा अभिनय गर्न उत्सुक हुने बताए । उनले यस्ता विषयवस्तु कहिलै पुराना नहुने समेत दाबी गरे । अभिनेता अधिकारीले बुवालाई माया सम्मान गर्नुछ भने जिउँदो अवस्थामा नै गर्न सबैलाई आग्रह गरे ।
यो गीतमा राजेन्द्र बुढाथोकीको स्वर तथा अर्जुन पोखरेलको संगीत रहेकोे उक्त गीत र भिडियो गायक बुढाथोकीको आफ्नै युटुव च्यानलमार्फत सार्वजनिक गरिएको छ । गीतकार लोकराज अधिकारीले यो गीत रचना गर्दा निकै पटक भावुक बनेको सुनाए । गीतको भिडियोमा अभिनेता आकाशका अलवा संगम भण्डारी,जेल्सन अधिकारी,सुमन बैरागी पण्डित,ज्योती प्रकाश,दियान गौतम लगायतको अभिनय रहेको छ । भिडियोमा निर्देशक प्रकाश धिताल सम्पादन बिकाश दाहालको छ भने उत्सव दाहालले खिचेका छन् ।
काठमाडौं — भाद्र २३, २०७८।
न्यु राईज ईन्टरटेनमेन्टद्वारा आयोजित 'वर्ल्ड डाईभरसिटी नेपाल, २०२१' मा एलेक्स गुरुङ बिजयी भएका छन । जडिबुटीस्थित जडिबुटी बैङ्क्वेटमा सम्पन्न प्रतियोगितामा टिन र मिस डाईभरसिटी भने ऐश्वर्या क्षेत्री,र संस्कृती पौड्यालले हात पारे।
फस्ट रनर अप ईसिका र सरोजले हात पारे भने मिस ट्यालेन्ट पुजा खत्री, बेष्ट पर्सनालिटी अन्जली शाह, मिस कन्जेनालिटी सम्झना लामा र मिस्टर पर्सनालिटी रोमस मगरले हात पारे।

प्रतियोगिताको निर्णायकमा मनिष राउत, सङ्सिता श्रेष्ठ र वेनिस भन्डारी रहेका थिए । अतिथिका रुपमा माधव निर्दोस र दयाराम घिमिरे रहेका थिए। ।

न्यु राईज ईन्टरटेनमेन्टले अबको आउँदो दिनमा अझै नयाँ प्रतिभालाई प्राथमिकता दिने र अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गराउँदै प्रोत्साहन दिने आयोजक कमल देउवाले बताए।

आयोजकका अनुसार अडिसनमार्फत छनोट भएका प्रतिस्पर्धीहरुलाई करिब एक महिना लामो प्रशिक्षण प्रदान गरि अन्तिम प्रतिस्पर्धामा उतारिएको थियो जसमा प्रतिस्पर्धिहरुलाई नेपालका ख्यातिप्राप्त ट्रेनर, कोरियोग्राफरबाट मोडलिङ सम्बन्धी ज्ञान तथा प्रशिक्षण दिइएको थियो ।
चितवन — भाद्र २३, २०७८।
चितवनमा बिगत १३ वर्ष देखी निरन्तर रुपमा विद्यार्थीहरु माझ परिचीत एवं गुणस्तरिय शिक्षा प्रदान गर्दै आएको भरतपुर - १० सप्तगण्डकी चोकमा अबस्थित 'द जि एम आइ एकेडेमी' ले उत्कृष्ट नतिजा दिन सफल भएको छ।नेपाल नर्सिङ काउन्सिलले यहि भदौ १९ गते लिएको २७ औं नर्सिङ लाइसेन्स परिक्षामा द जि एम आइ एकेडेमीू मा अध्यनरत १३६ विद्यार्थी मध्य १३३ जना विद्यार्थीहरुले नर्सिङको लाइसेन्स परिक्षा उत्तीर्ण गर्न सफल भएका छ्न।
चितवनका विभिन्न नर्सिङ कलेजका दक्ष एवं अनुभवी शिक्षक,शिक्षीकाहरुबाट २०७७ फाल्गुन ४ गते देखि भदौ १० गते सम्म भौतिक तथा अनलाइन दुबै कक्षा सञ्चालन भएको थियोकक्षा अबधि भर विद्यार्थीहरुलाई कसरि हुन्छ नर्सिङको लाइसेन्स परिक्षा पास गराउन आफुहरु कक्षा सञ्चालन भएको दिन देखि लागि परेको र अहिले विद्यार्थीहरुले राम्रो नतिजा ल्याउन सफल हुँदा आफुहरु पनि सफल भएको 'द जि एम आइ एकेडेमी' का प्रबन्ध निर्देशक महेश लामिछानेले जानकारी गराउनु भयो।
साथै 'द जि एम आइ एकेडेमी' मा पढेर नर्सिङको लाइसेन्स परिक्षा पास गर्न सफल सम्पूर्ण विद्यार्थीहरुलाई प्रबन्ध निर्देशक लामिछानेले बधाई एवं आगामी दिनको सफलताको शुभकामना व्यक्त गर्नु भएको छ।
सरोज थापा/ काठमाडौं- नवगठित पार्टि संयुक्त राष्ट्रिय जनमुक्ति मोर्चाका सह महामन्त्री रामेश्वर थापाले कुनै हालतमा एमसिसी पास हुन नदिईने बताएका छन् । आईतबार राजधानीको जमलमा आयोजित संयुक्त राष्ट्रिय जनमुक्ति मोर्चा पार्टि घोषणा कार्यक्रम माझ उनले उक्त भनाई राखेका हुन । एमसिसी राष्ट्र हितमा नहुने राय राखेका उनले पार्टिले राष्ट्र हित विपरितका कामहरुको बारेमा भण्डाफोर गर्दै जाने उदघोष समेत गरे ।
थापाले पार्टिको भावी कार्यक्रम र रणनीती बारे स्पस्ट पार्दै आफुहरुले एमसिसी पास हुन नदिन हरमग्दुर प्रयास गर्ने र यदी पास भैहाले राज्यले ठूलो क्षती बेहोर्नु पर्ने जिकिर गरे । साथै, निजले धॅर्म सापे्क्ष हिन्दु राष्ट्र, अखण्ड नेपाल र हिन्दू अधिराज्य समेत आफुहरुको माग रहेकोधारणा राखे । 
काठमाण्डौ- आठौं छायाँ छवी तीज म्युजिकअवार्डसम्पन्नभएकोछ। राजधानीमा आयोजित बिशेष समारोहका बिच २९ बिधामा उत्कृष्ट श्रष्टा स्रजक लाई अवार्ड प्रदान गरिएको छ ।नेपाली चलचित्रकी प्रथम नेपाली नायिका भुवनचन्दको प्रमुख आतिथ्यता मासम्पन्न कार्यक्रममा बरिष्ठ गायिका देविका बन्दना, कलाकार तथा निर्देशकदिपाश्री निरौला, कलाकार तथानिर्देशकमोहननिरौला, निर्माता प्रदिप उदय, चलचित्र लेखक तथा निर्देशक माधव राज खरेल, चलचित्र पत्रकार संघकापूर्व उपाध्यक्ष बिष्णु प्रसाद सुबेदी, कलाकार रोशनीकेसी, नायिका अनामिकाचौलागाई लगायतकाकलाकर्मीकोउपस्थितिरहेकोथियो।
विगत आठ वर्ष देखि निरन्तर रुपमा आयोजना हुँदै आए को छायाँछवी तीज म्युजिक अवार्ड नेपालको पहिलो तीज म्युजिक अवार्ड हो।कार्यक्रम मा आयोजक संस्था छायाँछवी का अध्यक्ष शान्तिप्रियले मौलिक तीज गीत लाई प्रोत्साहन गर्दै नेपाली कलासंस्कृति को विकासमा अवार्डकामाध्यमबाट टेवापु¥याउने उद्देश्यले अवार्ड आयोजनागर्दै आएको जनाएका छन्। उनले कोरोनाको कहरका बिच स्वास्थ्यमाप दण्ड पुरा गरि अवार्ड आयोजना गरिएको जनाएका छन्।यस्तै प्रमुख अतिथी भुवनचन्द ले यस्ता खालका कार्यक्रमले मौलिक गीतसंगीतको विकासकालागि अहम्भुमिका खेल्ने जनाएका छिन।गायिका देविका बन्दना ले पछिल्लो वर्ष मौलिक शैलीका तीजगीत बढी आएको भन्दै त्यसोहुनुमा तीजम्युजिकअवार्ड जस्ता कार्यक्रम को प्रभावरहेको जनाइन।कार्यक्रममा दिप्सा थापाले फुल्यै फुल्योतिउरी बोलकोगीतमा नृत्यप्रस्तुतगरेकी थिइन भने कार्यक्रम सुमनबैरागीले संचालन गरेकाथिए ।
यस्तोछ२९विधामाबिजेताकोनामावली
उत्कृष्ट तीजगीत मिक्सीङ
मनोज परियार : पातली –३
उत्कृष्ट तीजगीत एरेञ्जर
राकेश सोनी : घिन घिन मादल
उत्कृष्ट तीज मौलिकगीत नव-गायिका
सकुना श्रेष्ठ : माइतीकोआगन
इन्करेजमेन्टअवार्ड
सारदा धिताल : सिङ्गापुरे साडी
उत्कृष्ट तीजगीत मोडल पुरुष
दिपेन्द्र तिमिल्सीना : पारी बन हरियो
उत्कृष्ट तीजगीत मोडल महिला
टीका जैशी : डालीमा पुतली भुरुभुरु
उत्कृष्ट तीजगीत भिडियो छायांकार
मुकेश हुमागाई : आँखा गयो नयाँ चिजैमा
उत्कृष्ट तीजमौलिकगीत भिडियो सम्पादक
बिनोद बम : आँखा गयो नयाँ चिजैमा
उत्कृष्ट तीज दोहोरीगीत भिडियो सम्पादक
राजकुमार मगर : हङ्कङ्कोसाडी –२
उत्कृष्ट तीजगीत नृत्य निर्देशक
केशवराज भट्ट : झिलिमाई
उत्कृष्ट तीज गीत भिडियो निर्देशक
सुरेन्द्र वसेल : यस पाली कोतीमा
उत्कृष्ट तीज दोहोरीगीत भिडियो निर्देशक
सुमन सागर जंग केसी : जम्काभेट
उत्कृष्ट तीज गीत भिडियो निर्देशक (मोफसल)
होमगुरुङ : मुग्लिन
उत्कृष्ट तीज गीत शब्द
ज्योति गुरुङ : परदेशको छोरी
उत्कृष्ट सन्देशमुलक गीत गायिका
शुष्मा शाही ठकुरी : सानी
उत्कृष्ट तीज मौलिक गीत लय
एचवि सुनार : माईतीकोआगन
उत्कृष्ट तीज दोहोरीगीत लय
रमेशपरियार : माईतीदेशैको
उत्कृष्ट दोहोरी तीज गीत गायिका
चिजा तामाङ : ताराजुन
उत्कृष्ट दोहोरी तीजगीत गायक
भुवन प्यासी : मखमली
उत्कृष्ट दोहोरी तीजगीत गायक (पब्लिकच्वाइस)
सम्राट चौलागाई : सम्झिने पानी छम्कने
उत्कृष्ट तीजगीत
दीया नेपाल : पिलासेचोली
उत्कृष्ट तीजगीत
ऋतु कडेल : अलि अलि लजाउँदै
उत्कृष्ट तीजगीत गायिका
रोशनी रसाईली : गर्छु माया गर्छु
उत्कृष्ट तीज मौलिकगीत
सुनिता दुलाल : स्वामी कोप्यारी
उत्कृष्ट तीज मौलिक गीत गायिका
कल्पना काफ्ले : कम्मरैढलमल
उत्कृष्ट तीजगीत कम्पनी
शिवदर्शनफिल्मस् : गायत्रीथापा
युगलतीजगीतगायन
सोभा जि.सी / सोमाखत्री
जुरीअवार्ड
आमा कोवेदना : शुशील ज्ञावाली
काठमाडौं,भदौ २०-नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको सरगर्मी सुरु भएका बेला पूर्वमन्त्री एवं पार्टी नेता दीपकप्रकाश बाँस्कोटाले आफु चुनावी प्रतिस्पर्धामा नहोमिने घोषणा गरेको स्पष्ट पारेका छन् । पाचथर सदरमुकाम फिदिममा आईतबार पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले वैचारिक रुपमा सक्रिय राजनीतिबाट विश्राम नलिईकन र कृयाशिल सदस्य रहेर पार्टिका लागि काम गर्न चाहेको उल्लेख गर्दै उनले उप्रान्त आफुले चूनावि प्रतिस्पर्धामा भने भाग नलिने निर्णय लिएको बताए । अघिल्लो पुस्ताले विगतका अनुभव र योगदानलाई पार्टिको सुदृढिकरणमा खर्चनुपर्ने धारणा राख्दै उनले पार्टिलाई गतिशिल बनाउदै अघि बढनुपर्ने दायित्वबाट विमुख नभई पुस्ताण्तरणलाई आत्मसाथ गर्नुपर्ने धारणा राखे ।
लामो समयदेखि पार्टीको महासमिति सदस्यका रूपमा क्रियाशील पूर्वगृह राज्यमन्त्री बाँस्कोटाले गत हप्ता विज्ञप्ति जारी गरी सक्रिय राजनीतिबाट विश्राम लिएर वैचारिक राजनीति र समाजसेवामा सक्रिय हुने घोषणा गरेका थिए । “साउन ११ गतेदेखि ७३ वर्ष पूरा भएर ७४ वर्ष प्रवेश गरेँ, ५२ वर्षको राजनीतिक जीवनबाट विश्राम लिँदैछु, विसं २०२६ देखि २०६४ सम्म अति क्रियाशील भएर कांग्रेसमा काम गरेँ, २०६४ सालदेखि सामान्य क्रियाशील थिएँ”, विज्ञप्तिमा नेता बाँस्कोटाले उल्लेख गरेका छन् । विसं २०५१ को संसदीय निर्वाचनमा पाँचथर जिल्ला निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित भई शेरबहादुर देउवाको पहिलो प्रधानमन्त्रीत्व कालमा बाँस्कोटाले गृहराज्यमन्त्रीका रूपमा काम गरेका थिए । पार्टीको १४औँ महाधिवेशनदेखि पार्टी राजनीतिमा क्रियाशील नभई लोकतन्त्र र लोकतान्त्रिक मूल्य मान्यतालाई पृष्ठपोषण गर्न वैचारिकरूपमा काम गरी पुस्तान्तरण गर्ने निर्णय आज श्रीकृष्ण जन्माष्टमीका दिन गरेको उनले स्पष्ट पारे ।
“पार्टी तथा संसदीय निर्वाचनमा भाग लिई चुनावी प्रक्रियाका क्रममा कुनै तहमा पनि सहभागी हुन्नँ, बीपी कोइरालाको लोकतान्त्रिक समाजवादको आदर्शलाई वैदिक समाजवादमा रूपान्तरण गर्दै वैदिक ज्ञान र प्रविधिको प्रयोगद्वारा नेपाललाई आध्यात्मिक वैदिक राष्ट्र निर्माण गर्ने महाअभियानमा बाँकी सम्पूर्ण जीवन अर्पण गर्छु”, पूर्वमन्त्री बाँस्कोटाले भने । वैदिक नेपाल निर्माणका लागि नेपाली विज्ञ, सङ्घ संस्था र विश्वभर कार्यरत वैज्ञानिकहरुसँगको सहकार्यलाई निरन्तरता दिने उनको योजना छ । यसका लागि नेपाल सरकार, राजनीतिक दल, विश्व हिन्दू महासङ्घलगायत सामाजिक संस्था, विश्व ॐ कार एकता महाअभियान जस्ता अभियानसँग विनाशर्त सहकार्य गर्ने घोषणा पनि नेता बाँस्कोटाले गरेका छन् ।
राज्यका सबै कामकाजलाई वैदिकीकरण गर्न र समाजलाई वैदिक जीवनशैलीअनुसार चलायमान गराउन वैदिक संसद् गठन गर्ने एवं सङ्घीय तथा प्रादेशिक संसद्लाई पृष्ठपोषण गर्ने योजना पनि उनले अघि सारेका छन् । नेपाल महर्षि वैदिक फाउण्डेशनमार्फत वैदिक नेपाल निर्माण अभियानमा विगत २४ वर्षदेखि लाग्नुभएका बाँस्कोटाले यस अभियानका विश्वव्यापी १२ क्षेत्रमध्ये वैदिक शिक्षा (चेतनामा आधारित शिक्षा), वैदिक कृषि (विषादी एवं रासायनिक पदार्थरहित शुद्ध जैविक उत्पादन), वैदिक स्वास्थ्य (आयुर्वेद एवं प्राकृतिक चिकित्साको ज्ञान र प्रविधि), वैदिक निर्माण (वास्तुसम्मत घर, कार्यालय, विद्यालय, महाविद्यालयको निर्माण), वैदिक सञ्चारलगायत १२ क्षेत्रको वैज्ञानिक अध्ययन र अनुसन्धानबाट पुष्टि गरिएको प्रविधिलाई पार्टीको घोषणापत्रमा समावेश गरी राज्यव्यवस्थाको कार्यक्रममा समावेश गराउन लागि पर्ने योजना पनि उनले अघि सारेका छन् ।
काठमाडौं - बिन्दास मिडिया नेटवर्कको प्रस्तुति रहेको´तडपी तडपी` बोलको गित सार्वजनिक भएको छ। संचारकर्मी एवम् चर्चित मोडेल चिरञ्जीवी सापाकोट (जिबि चिरन), मोडेल निरुता शाही र समीर खान को मुख्य अभिनय रहेको यस गितमा नवराज पौडेल,समीर नेपाल र बिनोद खड्काको समेत अभिनय देख्न सकिन्छ। यस गितलाई ऋषि बराल(सिर्जन) ले निर्देशन गरेका हुन् ।
शिव परियारको स्वर रहेको यस गितमा सुवास कार्की अर्थात कार्की जि को शब्द एवम् संगित, बिसाल निरौलाको एरेन्ज रहेको सार्वजनिक गित लाई कुमार रानाले संगित मिश्रण गरेका छन्।करण चैसिरको छायांकन,दिन्सन शाह को सम्पादन रहेको यस गितलाई आइ क्याच स्टुडियोले निर्माण समायोजन गरेका छ।गितलाई आहा टिभिको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो।सार्वजनिक भएको छोटो समयमै टिकटिकमा भाइरल नै भएको छ चौबीस घन्टा बित्दाबित्दै लगभग हजार भन्दा माथी टिकटक बनिसकेको छ।उक्त गितले युटुबमा पनि दर्शक राम्रो प्रतिक्रिया संगै माया पाएको छ।
हेर्नुहोस् गितको पूरा भिडियो….