generalnews
||Power News Asia||

आजको समाचार

मजदुर, विद्यार्थी र शिक्षकलाई प्राथमिकताका साथ खोप दिन आग्रह : नेता शंकर भण्डारी 

समाचार


काठमाडौँ -नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा तरुण बिभाग प्रमुख शंकर भण्डारीले एक प्रेश बिज्ञप्ति निकाल्दै कोभिड-१९ को विषम परिस्थितिमा मजदुर, बिद्यार्थी र शिक्षकहरुलाई प्राथमिकताको साथ खोप दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ।  

हेर्नुहोस प्रेश बिज्ञप्ति: लामो अन्योल र अस्थिरता पार गर्दै मुलुकले नेपाली कांग्रेसको नेतृत्वमा सरकार पाएको छ । आम नागरिकले जस्तै म पनि यो सरकारले पूर्ण इमान्दारिताका साथ नागरिकको पीरमर्का बुझेर काम गरोस् भन्ने चाहन्छु । विषम परिस्थितिमा गठन भएको यो सरकारलाई असफल हुने कुनै सुविधा उपलब्ध छैन । जुनसुकै मूल्य चुकाएर पनि देश र जनताको यावत समस्या सम्बोधनमा खट्नु यो सरकारको प्रमुख दायित्व हो । विगतको सरकारले महामारीले थलिएका नागरिकको स्वास्थ्य समस्या सम्बोधन गर्न र जनजीविका असहज भएका नागरिकलाई सहयोग गर्नका लागि खर्च गर्नुपर्ने समय सबै राजनीतिक दाउपेच र भ्रष्टाचारमा निर्लिप्त रहँदा नागरिकमा अत्यन्त निराशा उत्पन्न भएको छ । विद्यमान स्वास्थ्य समस्या, महामारीका कारण ठप्प भएको आर्थिक क्रियाकलाप र सामाजिक समस्याको मिहिन समीक्षा गरी त्यसको समाधानमा सरकार लाग्नु अत्यावश्यक छ ।
महामारीबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय यथेष्ठ मात्रामा खोप प्राप्त गर्नु नै प्रमुख प्राथमिकता हो । केही नागरिकले खोप पाएका छन् तर अधिकांश यो सुविधाबाट बञ्चित भएको अवस्था छ । खोपमा पनि अनियमितता भएको र खोप पाउनु पर्ने वर्ग तथा समुदायको खोपमा पहुँच नपुगेको भन्ने आम गुनासो छ । टाठाबाठा र पहँुचवालाहरुले नियम मिचेर खोप लिएका समाचार निरन्तर सार्वजनिक हुदै आएका छन् । खोप सबैले पाउनु पर्दछ त्यसमा कुनै द्धिविधा छैन तर यसको प्राथमिकता भने निर्धारण गरी त्यसमा कडाई गरिनु आवश्यक छ । दैनिक काम नगरी खान नपुग्ने श्रमिक÷मजदुरहरु वा सर्वसाधारण नागरिकहरुलाई आवश्यक पर्ने अत्यावश्यक वस्तु तथा सेवाको उत्पादन र आपुर्तिमा योगदान गर्ने वर्गलाई खोपमा उच्च प्राथमिकता दिनुपर्नेमा त्यसतर्फ ध्यान पुगेको छैन । विद्यार्थी र शिक्षकहरु जसको काँधमा मुलुकको भविष्य र आशा अडिएको छ, उनीहरुलाई खोप दिने कार्यमा पनि अलमल देखिन्छ । 
नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारले उच्च प्राथमिकताका साथ श्रमिक तथा मजदुरलाई खोप उपलब्ध गराउनु पर्दछ । साथै विद्यार्थी र शिक्षकलाई पनि प्राथमिकताका साथ खोप प्रदान गरी पठन पाठन नियमित गर्नु अति आवश्यक छ । यो सरकारले खोप अनुदानको रुपमा मात्र लिने होइन आवश्यक परेमा आफैले खर्च गरेर पनि यथासक्य छिटो सबै नागरिकलाई खोप उपलब्ध गराउनु पर्दछ । नागरिकको जीवन रक्षा सरकारको प्रथम दायित्व हो भन्ने तथ्यलाई यो सरकारले आत्मसात गर्नेछ भन्नेमा म विश्वस्त छु । विशेष गरी श्रमिक÷मजदुर, विद्यार्थी र शिक्षकलाई उच्च प्राथमिकताका साथ खोप उपलब्ध गराउन म सरकारसँग आग्रह गर्दछु ।
जय नेपाल !
                                     शंकर भण्डारी
                        केन्द्रीय सदस्य एवं तरुण विभाग प्रमुख
                                     नेपाली कांग्रेस

मिस लिटिल नेवा: ११४१ आयोजना हुदै

समाचार


काठमाडौं — श्रावण ५, २०७८। 

मिस नेवा:को अर्को संस्करण मिस लिटिल नेवा: ११४१ को आयोजना हुदैछ । नेप्लिज फेशन होमले बिगत झैँ यस वर्ष पनि मिस लिटल नेवाको कार्यक्रम आयोजना गर्न लागेको जानकारी गराएको हो । लकडाउन सामान्य भएसंगै ट्रेनिङ शुरु हुने फेशन होमले बताएको छ ।

मिस लिटिल नेवा: ११४१ मा ९ देखि १४ बर्ष सम्मका प्रतिभावान नेवार समुदायका साना नानीहरुले सहभागिता जनाउन सकिने छन् । उक्त कार्यक्रममा साना नानीहरुलाई नेवारी भाषा, लिपि, भेषभुषा , संस्कार र संस्कृतिदेखि धेरै ज्ञान हासिल गर्ने थलोको रुपमा स्थापित भएको छ ।

नेप्लिज फेशन होमले बिगत १६ बर्ष देखि मिस लिटिल नेवा: संगै नेवा: समुदायमा बहुचर्चित कार्यक्रम मिस नेवा : कोआयोजना गर्दै आइरहेको छ । त्यसको अलवा मास्टर स्टार जस्ता बालबालिकाका प्रतिभा प्रस्फुटन गर्ने थलोको रुपमा आफूलाई अबल साबित गर्दै आइरहेको छ ।

सिवाकोटीको तीज गीत ‘मै घुमें फनफनी’ (भिडियोसहित)

समाचार


काठमाडौ - नेपाली नारीहरूको महान् चाड तीज नजिकिदै गर्दा तीज सम्बन्धि गीतहरू सार्वजनिक हुने क्रममा छन् । यही मेसोमा गायिका संगीता सिवाकोटीको स्वरमा रहेको तीन गीत ‘मै घुमें फनफनी‘’ सार्वजनिक भएको छ । तिलक बस्नेतको शब्द, संगीत र स्वरमा साथ रहेको रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

सुदीप सागरको एरेञ्ज रहेको सार्वजनिक गीतको भिडियोमा शिव वि।क।को निर्देशन छ । भिडियोमा आकाश श्रेष्ठ र बर्षा सिवाकोटीले कम्मर मर्काएका छन् । गीतको भिडीयोलाई बी के एभरेष्ट मोशन पिक्चर्सले बजारमा ल्याएको हो ।

चलचित्र कुईनेटोको शिर्ष गीत सार्वजनिक

समाचार


काठमाण्डौ– मिडिया एण्ड ईन्टरटेनमेन्ट प्रा.लि. र पिम नेपालको संयूक्त प्रस्तुतीमा कमला जोशी निर्माता रहेको चलचित्र कुईनेटोको शिर्ष गीत “धर्ती आकाश” ओएस्आर डिजिटल मार्फत सार्वजनिक भएको छ । नायक श्रीदेव भट्टराई र नायिका श्रीजु अधिकारीको अभिनय रहेको उक्त गीतलाई सुदुरपश्चिमको विभिन्न रमणिय एवं पर्यटकिय स्थानमा छायांकन गरिएको छ । गीतको शव्द गीतकार ललिता कुँवरले लेखेकी हुन् भने संगीत चर्चित संगीतकार सन्तोष श्रेष्ठले गरेका छन् । श्रेयसी चेम्जोङ र यूवराज चौलागाईको स्वर रहेको गीतको एरेन्जर ओम सुनार हुन् ।

हाँस्य विधामा समेटिएको चलचित्रमा माया, प्रेम, समर्पण, सद्भाव आदीलाई कलात्मक रुपमा चलचित्रमा प्रस्तुत गरिएको छ । माधव राज खरेल निर्देशित चलचित्र कोभिड १९को असर केही कम हुने वित्तिकै सार्वजनिक प्रर्दशनीमा आउने निर्माण कम्पनीले वताएको छ ।

निर्देशक खरेलकै लेखन रहेको उक्त चलचित्रमा श्रीदेव भट्टराई, सानिया खान, श्रीजु अधिकारी, केशव रापकोटा, मनीराज लिम्बु, नवराज रिमाल, गंगा भुजेल, मोतीराम जैशी, सिद्धान्त क्षेत्री, साहिल चौधरी, दिपेश जैसी लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा किरण दाहालको द्धन्द निर्देशन, रुपेश उप्रेतीको नृत्य निर्देशन, जनकराज अधिकारीको छायांकन, नरेश खरेलको श्रृंगार, प्रदिप दाहाल र राजेश कुमारको सम्पादन हरेको छ भने चलचित्रमा राज सागर, पशुपति ताम्रकार, अनिल विरही, सुरेश अधिकारी लगायतका श्रष्टा एवं सर्जकहरुको स्वर शव्द र संगीत रहेको छ । 

 

समाजवादी ट्रेड युनियन महासंघद्वारा श्रमिकलाई स्वास्थ्य सामाग्री वितरण

समाचार


भक्तपुर-समाजवादी ट्रेड युनियन महासंघद्वारा श्रमिकलाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)बाट सहयोगार्थ संयुक्त ट्रेड युनियन समन्यव केन्द्र (जेटीयुसीसी)बाट उपलब्ध स्वास्थ्य सामग्री शनिबार भक्तपुरको ठिमीमा एक कार्यक्रमबीच ७० श्रमिकलाई वितरण गरिएको हो ।

प्रजातान्त्रिक उद्यौगीक कारखाना श्रीमक संगठनको केन्द्रीय अध्यक्ष रामबहादुर गोलेलगायत प्रजातान्त्रिक औद्योगीक श्रमिक संगठनको केन्द्रीय कमिटिको संयोजकत्वमा स्वास्थ्य सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।

समाजवादी ट्रेडयुनियन महासंघ नेपाल स्वतन्त्रको केन्द्रीय अध्यक्ष नवराज दाहालसहित अन्य पदधिकारीहरूको उपस्थिति स्वास्थ्य सामग्री वितरण गरिएको थियो ।

सो अवसरमा श्रमिकहरूको पनि हक र हित र श्रमिकको निमित सदैव खटेर डटेर सेवा गरिरहने अध्यक्ष गोलेले बताउनुभयो ।उहाँले देशैभरिका श्रमिकहरूको निमित राम्रो भूमिका खेल्नेका लागि वर्तमान सरकारले समन्वय गर्न उहाँले आग्रह गर्नुभयो । देशैभरिका लाखौ श्रमिकहरूको आवाजलाई वेवस्ता गरिए शान्तिपूर्ण आन्दोलन गर्ने चेतावनी पनि उहाँले दिनुभयो ।

वरिष्ठ अर्थशास्त्री स्व. डा थापाको ४५ औ पुण्य तिथीको अवसरमा स्मृतिसभा

समाचार


काठमाडौं- वरिष्ठ अर्थशास्त्री स्वर्गिय डा. गोविन्द बहादुर थापाको ४५ औ दिनको पुण्य तिथीको अवसरमा शुक्रबार स्मृति सभाको आयोजना गरिएको छ । भरतमोहन अधिकारी स्‍मृति फाउण्डेसनको आयोजना तथा अध्यक्ष सबिता अधिकारीको अध्यक्षतामा आयोजित उक्त सभा पुर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो ।

फाउण्डेसनकी अध्यक्ष सविता अधिकारीले कार्यक्रमको प्रारम्भ गर्दै स्वर्गिय भरतमोहन अधिकारी अर्थमन्त्री हुँदा अर्थविद् डा. गोविन्द बहादुर थापासँग प्रभावित भई आर्थिक सल्लाहकारका रुपमा रोज्नु भएको स्मरण गर्दै उनले आर्थिक सल्लाहकारको हैसियतमा निर्वाह गरेको भुमिका प्रशंसनिय रहेको बताइन् । त्यसैगरि, अध्यक्ष अधिकारीले थापाको निधनले फाउण्डेशन परिवार स्तब्ध बनेको धारणा राख्दै फाउण्डेशनका सल्लाहकारको हैसियतमा रहदै गर्दा थापाको अकल्पनिय निधन भएकोमा अभाव महशुश गरिएको स्पस्ट पारिन् । साथै, अधिकारीले स्व. थापा प्रति श्रद्धांजली व्यक्त गर्दै शोक सन्तप्त परिवार, भावविव्हल फाउण्डेसन परिवार, पार्टि पंक्ती र शुभेच्छुकमा धर्यधारण गर्ने शक्ती प्राप्तीको कामना गरिन ।

उक्त स्‍मृति सभा माझ प्रमुख अतिथीको आसनबाट बोल्दै पुर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले स्वर्गिय थापाको विगत र योगदान बारे स्मरण गर्दै नेपालको आर्थिक बिकासका लागि समाजवादको बाटो तय गर्नुपर्ने समयमा स्व भरतमोहन अधिकारीको सहयोगी र आफ्नो आर्थिक समुहको सदस्यका रुपमा रहेर उनले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरे । त्यसैगरि, नेता नेपालले स्व. थापाले पार्टि र देशलाई आर्थिक रुपमा सबल बनाउन तथा नागरिकको उत्थानका निम्ती अर्थविद्को हैसियतले वस्तुनिष्ठ तबरले योगदान पुर्याएको भन्दै मुक्तकण्ठले प्रशंसा गर्दै पछिल्लो समय सबै भन्दा बढि आवश्यकता महशुश भैरहेका बेला थापालाई गुमाउनुको पिडा बेग्लै रहेको उल्लेख गरे ।

नेता नेपालले पार्टि भित्र व्यक्तिवादी सोच हावी भएका कारण झण्डै दुई तिहाईको सरकार अवसानमा पुगेकोले आगामी दिनमा पार्टि पंक्तीलाई सामुहिकताको भावना अनुरुप अघि बढाउनुको विकल्प नरहेको बताए । भरतमोहन अधिकारी स्‍मृति फाउण्डेसनका प्रमुख संरक्षक समेत रहेका एमाले वरिष्ठ नेता नेपालले स्वर्गिय गोविन्द बहादुर थापा प्रति श्रद्धांजली व्यक्त गर्दै शोक सन्तप्त परिवारजन र शुभेच्छुकमा समवेदना व्यक्त गरे ।

स्‍मृति सभामा विशिस्ट अतिथीको आसनबाट बोल्दै पुर्व अर्थमन्त्री एवम् नेकपाका नेता सुरेन्द्र पाण्डेले आफुसँग समेत विभिन्न कमिटिमा रहेर काम गरेकाले स्वर्गिय थापालाई नजिकबाट चिन्ने मौका मिलेको बताउदै उनको ज्ञान र अनुभवले पार्टिलाई ठुलो योगदान पुगेको स्मरण गरे । नेता पाण्डेले स्वर्गिय थापा कुशल अर्थशास्त्री हुनुका साथै निर्भिक नेता भएको पनि स्पस्ट पारे ।

त्यसैगरि, भरतमोहन अधिकारी स्‍मृति फाउण्डेशनका उपाध्यक्ष समेत रहेका नेकपा एमालेका नेता सोम प्रसाद पाण्डेले स्वर्गिय थापा र आफु २०५१ सालमा तत्कालिन अर्थमन्त्री स्वर्गिय भरतमोहन अधिकारीको टिममा रहेर काम गर्दै गर्दा उनले देखाएको सैद्धान्तिक ज्ञान सहितको बौद्धिकता, भिजन र लगाव आदीबाट आफु प्रभावित रहेको बताए । साथै, उनले स्वर्गिय थापाका योगदानलाई डकुमेण्टेसन गर्न आवश्यक रहेको धारणा राख्दै स्वर्गिय थापा प्रति भावपूर्ण श्रद्धांजली प्रकट गरे ।

स्‍मृति सभामा बोल्दै अर्थविद् डा. केशव प्रसाद आचार्यले डा. थापासँग २०३६ साल देखी संगत शुरु भएको र उनीसँग लामो समयसम्म सहकार्य भएको स्मरण गर्दै उनी कुशल अर्थशास्त्री मात्र नभई कर्तव्यनिष्ठ अभिभावक, वाद्य वादक, एकदमै सक्रिय नेता, संवाददाता, स्तम्भकार रहेको पनि खुलासा गरे ।

स्वर्गिय थापाका सखा रामप्रसाद अधिकारीले स्व थापासँग २०३६ साल देखी मित्रता कायम भैसके पस्चात घनिष्ठ मित्रतामा परिणत भएको जनाउदै उनी अध्ययनशिल, लगनशिल, मिलनसार, सक्षम र निष्ठावान व्यक्तित्वको छविले ओतप्रोत रहेको स्मरणका साथ असल मित्र गुमाउनु पर्दा पिडाबोध भएको उल्लेख गरे ।

त्यसैगरि, प्राध्यापक डा. सुरवीर पौडेलले स्वर्गिय थापा आफना अत्यन्तै निकट सखा रहेको बताउदै २०२८ साल देखी उनीसँग चिनजान भएको र विद्यार्थी कालमा जल्दोबल्दो क्रान्तिकारी नेता भएकोले प्रहरीको तारो बन्ने गरेको स्मरण गरे । साथै, उनले स्वर्गिय थापा व्यवहारिक र होनहार अर्थशास्त्री रहेको र उनको निधनले मर्माहत तुल्याएको बताए ।

स्‍मृति सभा माझ बोल्दै राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष एवम् नेपाल राष्ट्र बैंकका पुर्व गभर्नर डा. दिपेन्द्र बहादुर क्षेत्रीले डा. थापा आफना सहपाठी भएको बताउदै उनी अर्थशास्त्रका अलवा साहित्य, संगित र लेखनी आदी कार्यमा रुचि भएका विलक्षण प्रतिभा रहेको स्मरण गरे । साथै, उनले थापा जनपक्षिय नेता भएको उल्लेख गर्दै डा. थापा अर्थशास्त्रका गोल्ड मेडलिस्ट भएता पनि तत्कालिन सत्ताले पुर्वाग्रह गरेको र जागिरे जीवनमा पनि अवरोध सिर्जना गर्ने गरेको जानकारी दिए ।

त्यसैगरि, राष्ट्रिय योजना आयोगका पुर्व सदस्य डा. चन्द्रमणि अधिकारीले आफुले २०५१ सालबाट स्वर्गिय थापासँग घनिष्ठ भएर काम गरेको र बजेट निर्माण एवम् आर्थिक नीति निर्माणका सवालमा उनीसँग घनिभुत छलफल हुने गरेको स्मरण गरे । साथै, उनले स्वर्गिय थापाले अर्थशास्त्रको ज्ञाताका रुपमा बौद्धिक, अनुशासित र लगनपुर्वक कार्य सम्पादन गरेको बताउदै उनको निधनले देशलाई अपुरणिय क्षति पुगेको उल्लेख गरे ।

स्वर्गिय थापाकी छोरी प्रसुती रोग बिशेषज्ञ डा. लक्ष्मी थापाले स्वर्गिय बुवा गोविन्द बहादुर थापाको योगदान बारे चर्चा परिचर्चा हुँदै गर्दा गर्व महशुश भएको बताउदै उनलाई गुमाउदै गर्दा पिडा महशुश भएको उल्लेख गरिन । साथै, उनले स्‍मृति सभा आयोजना गरेकामा भरतमोहन अधिकारी स्‍मृति फाउण्डेसन र पहलकदमी लिएकामा संस्थाकी संस्थापक लिमा अधिकारी प्रति आभार व्यक्त गरिन ।

स्‍मृति सभा माझ बोल्दै भरतमोहन अधिकारी स्‍मृति फाउण्डेशनकी संस्थापक लिमा अधिकारीले स्वर्गिय गोविन्द बहादुर थापा बौद्धिक व्यक्तित्व भईकन पनि सरल र सहृदयी रहेको स्मरण गर्दै उनलाई आफुले आफ्नै परिवारको सदस्यका रुपमा हेर्ने गरेको उल्लेख गरिन । त्यसैगरि, उनले स्वर्गिय थापाले आफ्ना पिताजी श्रद्धय नेता स्वर्गिय भरतमोहन अधिकारीको सारथीको रुपमा रहेर देश र पार्टिलाई मार्गदर्शन गर्दै पुर्याएको योगदान अतुलनिय रहेको बताईन् । साथै, उनले स्वर्गिय थापा प्रति श्रद्धांजली र शोक सन्तप्त परिवारजन प्रति समवेदना व्यक्त गर्दै स्‍मृति सभामा उपस्थित सबैमा धन्यवाद व्यक्त गरिन ।

सभा माझ स्वर्गिय थापाको स्‍मृति गर्दै दुई मिनेट मौन धारणा गरिएको थियो ।

भरतमोहन अधिकारी स्‍मृति फाउण्डेशनका सदस्य एवम् नेता भोला पोखरेलले सहजकर्ताको भूमिका निर्वाह गरेको उक्त सभामा स्वर्गिय थापाकी धर्मपत्नी इन्दिरा थापा, छोराहरु डा. विजय थापा, बसन्त बहादुर थापा, नेकपा एमालेका नेताहरु प्रकाश ज्वाला, सोम प्रसाद पाण्डे, गणेश पहाडी, महेश रेग्मी, साबित्री भुसाल, चुणामणी जंगली, रबिना खातुन, पेमल कुमार खनाल, टन्क कार्की, फाउण्डेशनका कोषाध्यक्ष सुदिप आचार्य, फाउण्डेशनका सल्लाहकारहरु, नेकपाका केन्द्रिय एवम् जिल्ला तहका नेता कार्यकर्ता एवम् शुभेच्छुकहरुको उपस्थिती रहेको थियो ।

थापाको संक्षिप्त परिचय

डा. गोविन्द बहादुर थापाको जन्म सन १९४८ मा कास्कीको पोखरामा भएको थियो । बरोडा विश्वविद्यालयबाट अर्थ शास्त्रमा विद्यावारिधि हासिल गरेका थापा नेपालका एक मुर्धन्य अर्थविदमा गनिन्छन् । लामो समय राष्ट्र बैंकमा उच्च तहमा रहेर काम गरेका थापाले भरतमोहन अधिकारी अर्थमन्त्री हुँदा २०५१ साल देखी अर्थ मन्त्रालयमा रहेर अर्थ सल्लाहकारको रुपमा कार्य गरेका थिए । त्यस्तै उनले मनिला स्थित एसियाली विकास बैंकको वैकल्पिक कार्यकारी निर्देशकको जिम्मेवारी समेत सम्हालेका थिए । पछिल्लो समय डा. थापा भरतमोहन अधिकारी स्मृति फाउण्डेसनको सल्लाहकारका रुपमा सकृय भूमिकामा थिए ।

 

 

 

एनआरएनए अस्ट्रेलियाको तास्मानियाबाट सन्देश समुहको उमेद्वारी घोषणा

समाचार


अस्ट्रेलिया - एनआरएनए अस्ट्रेलियाको ३१ जुलाईमा सम्पन्न हुने निर्वाचनका लागि तास्मानिया राज्यबाट ‘सामुदायका लागि प्रतिवद्ध, सधै प्रगतिमा सर्मपित र प्राप्त गर्ने कोसिस’नाराका सहित सन्देश परियारले आफ्नो सुमह सार्वजनिक गर्दै उमेद्वारी घोषणा गरेका छन् । 
हालै आयोजित विशेष भेलाले एनआरएनए तास्मानिया संयोजक सहितका उम्मेदवारहरुको नाम घोषणा गरिएको हो । जसमा एनआरएनए एनसिसि संयोजकमा सन्देश परियारको उमेद्वारी रहेको छ भने एनआरएनए एनसिसि सदस्यमा प्रेमप्रसाद धामी ९प्रमेज० र कविन कर्मचार्य सदश्य रहेका छन् । 
त्यस्तै यसै समुहबाट एनआरएनए एससिसि उपसंयोजक राज्य टेकनाथ सापकोटा, एनआरएनए एससिसि सचिव प्रदीप पोखरेल, एनआरएनए एससिसि संयुक्तसचिव मुगेन्द्र गौतम, एनआएनए एससिसि कोषाध्यक्ष उमेस सेन्चुरी, एनआएनए एससिसि युवा संयोजक रिवाज राउत क्षेत्री, एनआएनए एससिसि सदश्य सहारा पोखरेल, अर्जुन श्रेष्ठ, प्रमोद भण्डारी, सुमन पराजुली, महेश्वरी नेपाल र सदस्य सुभाष खतिवडा लगायत रहेका छन् ।
नेपाली समुदायलाई अझ सक्षम र सबल बनाउन सबैको एकता र सक्रियताको खाँचो रहेको संयोजक उमेद्वार सन्देश परियाले बताएका छन् । 
संयोजक सन्देश समुहले ६ बुदे कार्यक्रम समेत सार्वजनिक गरेको छ । जसमा एनआएनए समुहलाई ताम्सानियमा दर्ता गर्ने,  स्थानिय लाइबेरीमा नेपाली पुस्तक राख्ने र स्थानिय स्कुलमा नेपाली पठनपाठनको ब्यवस्था गर्ने,  सामुदायिक भवन तथा नेपाली डिजाइन अनुसारको मन्दिर निर्माण गर्ने, युवा बर्गका लागि स्वस्थ्य तथा खेलकुदका कार्यक्रम, नेपाली कलासंस्कृति प्रवद्र्धन तथा संम्बद्र्धनका लागि फेष्टिभललगायतका कार्यक्रम लगायत रहेका छन् । 
यो समूहका उमेद्वारहरुले संस्थागत रुपमा मात्र नभएर ब्यक्तिगत रुपमा पनि स्थानिय नेपालीहरुका लागि सधै  सहयोग र साथ दिदै आएकोले आफ्नो समुहको विजय हुने सदस्य पदका उमेद्वार र दिंदै आएको साथले पनि यो समूह विजय हुने दावी सदस्य उमेद्वार प्रेम प्र। धामीले गरे । उनले आफ्नो समुहको प्रचारप्रसार राम्रो भएको र सबैको प्रिय ब्यक्ति आफ्नो समुदायमा उमेद्वार रहेकोले जित हुनेमा आफ्नो समुह ढुक्क रहेको सुनाए ।

नायक संजित भण्डारी निर्देशक खरेललेको चलचित्रमा अनुबन्धित 

समाचार


काठमाडौं - चलचित्र निर्देशक माधव राज खरेलले आफ्नो नयाँ चलचित्रमा मुख्य नायकको भुमिकामा नायक संजित भण्डारीलाई अनुबन्धीत गरेका छन् भाद्र  पहिलो सातावाट  छायांकन हुनलागेको चलचित्रको नाम भने केही दिनमा सार्वजानिक गर्ने बताए । यस अघि कमेडियन कलाकार खड्गबहादुर पुनमगर ‘खबपु’, गोपाल ढकाल ‘छन्दे’, कंचन चालिसे, लगायतका कलाकारहरु अनुबन्धित भईसकेका छन् ।
पिम नेपालको प्रस्तुति रहने फिल्मका लागि वरिष्ठ चलचित्रकर्मी मोहन निरौला, नवराज थापा, मुस्कान लामा, नम्रता खरेल पौडेल, डेविड सिंह राजपुत  समेत कलाकारको रुपमा छानिएको र थप कलाकारहरु छनौट प्रकृयामा रहेको निर्माण कम्पनीले जनाएको छ । कमेडी जनारामा निर्माण हुन लागेको फिल्मको कथा सस्पेन्स र थ्रीलर रहने निर्देशक खरेलले वताए ।
यस अगाडि मौन फिल्म ‘ढुङ्गे युग’, ‘विरानो माया’, ‘कुइनेटो’, ‘ढुङ्गे युग–२’ निर्देशन गरेका खरेलले गतवर्ष ‘द हिमालयन गोल्ड रस’ सिनेमा निर्माणको तयारी गरेका थिए । तर कोरोनाको कारण उक्त फिल्म निर्माण हुन सकेन ।
चलचित्रको छायाँकन बैशाखको पहिलो सााताबाटै गर्ने भनिए पनि कोरोनाका कारण केही पछि धकेल्लिएको निर्देशक खरेलले बताए । चलचित्रमा कलाकारहरु छनौट प्रकृया पनि लगभग अन्तिम चरणमा पुगेको र वाँकी कलाकारहरुलाई केही दिन भित्रै छनौट वर्कसप संचालन गर्ने खरेलले बताएका छन् । शान्ति प्रिय काष्टिङ निर्देशक रहेको फिल्ममा साहिल चौधरीको छायाँकन, किरण दाहालको द्धन्द्ध रहनेछ । कमला जोशी निर्माता रहने फिल्मको भदौ पहिलो साताबाट छायाँकन सुरु हुँदैछ ।

सफलताको ‘म हुँ नेपाली’ सार्वजनिक

समाचार


काठमाडौं - दश वर्षीया सफलता श्रेष्ठ ‘म हुँ नेपाली’ राष्ट्रिय भावको गीत लिएर दर्शकमाझ आएकी छन् ।उनको स्वर र अभिनय रहेको गीतको भिडियो बिहीबार गोल्डेन क्रियशनको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

विश्वकीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको गीतलाई सन्तोषले नै लेखेका हुन् भने  दवेन्द्र नेवाःको संगीत संयोजन छ । हेम प्रभास अधिकारीको निर्देशन र समीर थकोरको कोरियोग्राफी रहेको गीतको भिडियोमा सफलतालाई नै फिचरिङ गरिएको छ । अजय रेग्मीको छायांकन रहेको भिडियोमा टेकेन्द्र शाहको सम्पादन छ ।

अनामनगरको नेपाल मेघा स्कुलमा कक्षा ६ मा अध्ययनरत सफलता गीतसंगीत र अभिनय भनेपछि हुरुक्क हुनुहुन्छ । यो सार्वजनिक गीत उहाँको पहिलो गीत हो । उहाँका बुबा सन्तोष श्रेष्ठ नेपालका ख्यातिप्राप्त संगीतकार हुन ।

सन्तोषले थुप्रै गीतमा स्वर समेत दिएका छन् भने उनले संगीत गरेका गीतले विश्व रेकर्ड समेत राख्न सफल भएका छन् ।  सफलताले बाबुकै पदचाप पछ्याउने छनक यो सार्वजनिक गीतले दिएको छ । बाल गायिका सफलतालाई हाम्रो पनि यस कार्यका लागि शुभकामना ।

वाताबरण मैत्रीद्धारा रातमाटेमा बृक्षारोपण कार्यक्रम सम्पन्न

समाचार


काठमाण्डौ– वातावरण भन्ने वित्तिकै आफु वरपरको हरियाली सेरोफेरो भन्ने बुझिन्छ र वातावरणले मानव जीवन जोगाउनको लागि महत्वपुर्ण भूमिका निर्वाह गर्दछ । जव प्रकृतिनै रहेन भने हामीले प्रत्येक सेकेण्डमा फेर्ने श्वास प्रस्वास प्रकृयामा असर गर्दछ । तसर्थ आफु वरपर मात्रै नभई समग्र पृथ्वीमा रहने मानव जातिहरुका लागि स्वच्छ सफा र आरामदयी वातावरण आवश्यक छ । खाली ठाउँमा विरुवा रोपेर हराभरा बनाउने  र प्रदुषण नियन्त्रण गर्ने कार्यमा वातावरण मैत्री समाज निरन्तर लागि रहेकोछ । वि सं २०७५ सालमा स्थापना भएको यस संस्थाले स्थापना काल देखिनै वातावरण प्रदुषण तथा सरसफाइमा जोड दिदै आइरहेको छ र ती चिजहरुलाई जोगाउन संस्थाले विभिन्न किसिमका कार्यक्रहरु पनि संचालन गर्दै आईरहेको छ ।

कोरोना महामारिमा विभिन्न क्षेत्रहरुमा  खाद्यान्न तथा अत्यवश्यक  सेवाहरु उपलब्ध गराएर समाज सेवामा पनि आफ्नो दरिलो उपस्थिती जनाउदै आएको यस संस्थाले २०७८ असार २६ गते शनिबार बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १३ स्थित रातमाटेमा झण्डै ५ सय भन्दा बढी विरुवाहरु रोपेको छ । 

“वातावरण जोगाउन सक्यौं भने यसले सफा स्वच्छ हावा मात्रै नभई वाढी पहिरो तथा भुक्षय जस्ता प्राकृतिक प्रकोपहरु नियन्त्रणमा ठुलो सहयोग पुग्ने अपेक्षाको लिईएको वातावरण मैत्री समाजका अध्यक्ष राधेश्याम मिश्रले बताउनु भयो ।” बृक्षारोपण कार्यक्रममा संस्थाका पदाधिकारीहरु, समाजसेवी, पत्रकार लगायत  विभिन्न क्षेत्रका मानिसहरुको सहभागिता रहेको थियो । यस संस्थाले विगत देखिने प्रत्येक शनिबार सरसफाईको कार्यक्रमहरु समेत सञ्चालन गर्दै आईरहेको छ ।