काठमाडौं- आयोडिनयुक्त नुनमा समेत सरकारले कमिशन र नाफाखोरलाई घुसाएको भन्दै विपक्षी गठबन्धनले सरकारको चर्को आलोचना गरेका छन् । पाँच राजनीतिक दल कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमालेको तर्फबाट वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाबाट दुर्गा पौडेलले शनिबार संयुक्त रुपमा विज्ञप्ति जारी गरी बजेटमार्फत् गरिएको उक्त घोषणा कमिशन र नाफाखोरीलाई प्रश्रय दिने मनशायबाट भएको जिकिर गरेको हुन । विपक्षी गठबन्धनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘सरकारले हालै सार्वजनिक गरेको बजेट भाषण मार्फत सबै तह र क्षेत्रका जनताले उपभोग गर्ने आयोडिनयुक्त नुनमा अनुदान दिई आपुर्ती गरिरहेकोमा हालै सरकारले बजेट मार्फत कसैलाई फाईदा पुर्याउने तथा कमिशन र नाफाखोरीलाई प्रश्रय दिने मनशायबाट निर्णय गरेको छ ।’
साथै, गठबन्धनले सो निर्णय जनताको थाप्लोमा बोझ हाल्ने षडयन्त्र भएको ठोकुवा गर्दै उक्त निर्णय तत्काल फिर्ता लिन जोडदार माग समेत गरेको छ । ‘यस्तो निर्णयबाट जनताले सुलभ रुपमा पाइरहेको आयोडिनयुक्त नुनमा समेत सरकारले कमिशन र नाफाखोरलाई घुसाएर त्यसको बोझ जनताको थाप्लोमा हाल्ने षडयन्त्र गरेको प्रति विरोध र निन्दा गर्दै यस्तो निर्णय तत्काल फिर्ता लिन हामी जोडदार माग गर्दछौ’ गठबन्धनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै गठबन्धनले ढुंगा, गिट्टी र बालुवा निकासी गर्न चुरे क्षेत्र लगायतको उत्खनन् गर्ने घोषणा राष्ट्रघाती र जनघाती रहेकाले खारेज गर्न माग गरेका छन् भने प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा विचाराधीन रहँदा प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद पुनर्गठन गरी संवैधानिक तथा लोकतान्त्रिक मूल्य र मान्यताको उपहास गरेको बताएका छन् ।
काठमाडौं- अर्थविद डा. गोविन्द बहादुर थापाको ७४ बर्षको उमेरमा निधन भएको छ । कोभिड संक्रमणका कारण उपचाररत थापाको गए राती बाँसबारी स्थित गंगालाल अस्पतालमा निधन भएको हो । कोभिड संक्रमण भए पस्चात मे ७ तारिकमा अस्पताल भर्ना भएका थापालाई असहज हुँदै गएपछि दुई हप्ता अघि देखी भेन्टिलेटरमा राखेर उपचार गराउँदै आईएको थियो । थापाको आजै दाह संस्कार गरिने पारिवारीक स्रोतले जानकारी दिएको छ । थापाका श्रीमती एक छोरा र एक छोरी छन् ।
थापाको संक्षिप्त परिचय
डा. गोविन्द बहादुर थापाको जन्म सन १९४८ मा कास्कीको पोखरामा भएको थियो । बरोडा विश्वविद्यालयबाट अर्थ शास्त्रमा विद्यावारिधि हासिल गरेका थापा नेपालका एक मुर्धन्य अर्थविदमा गनिन्छन् । लामो समय राष्ट्र बैंकमा उच्च तहमा रहेर काम गरेका थापाले भरतमोहन अधिकारी अर्थमन्त्री हुँदा २०५१ साल देखी अर्थ मन्त्रालयमा रहेर अर्थ सल्लाहकारको रुपमा कार्य गरेका थिए । त्यस्तै उनले मनिला स्थित एसियाली विकास बैंकको वैकल्पिक कार्यकारी निर्देशकको जिम्मेवारी समेत सम्हालेका थिए । पछिल्लो समय डा. थापा भरतमोहन अधिकारी स्मृति फाउण्डेसनको सल्लाहकारका रुपमा सकृय भूमिकामा थिए ।
Kathmandu-Today Pakistan Embassy Kathmandu arranged a charted flight for repatriation of stranded Pakistanis from Nepal to Pakistan. Pakistanis who arrived Nepal for various purposes and in different time frame were stranded in Nepal after ban on international flights due to resurge in COVID-19 cases.
Charted flight of Himalaya Airlines H95891 from Kathmandu to Lahore, Pakistan not only enabled return of 62 Pakistanis but also facilitated rerun of 14 Nepalese Doctors who are studying in various medical institutions of Pakistan. Same aircraft will also bring back 14 Nepalese from Pakistan. Flight took off from TIA Kathmandu at 9:50 am is scheduled to return today around 4:00 pm.
काठमाडौ। नेपाली जनसम्पर्क समिति मलेसियाको तेश्रो अधिबेसन सम्पन्न भएको छ । नेपाली जनसम्पर्क समितीका सभापति चोलाकान्त पंगेनीको अध्यक्षतामा संपन्न भएको उक्त महाधिबेसनमा प्रमुख अतिथी नेपाली काङ्ग्रेसका उपसभापति एबं पुर्ब उपप्रधानमन्त्री बिमलेन्द्र निधी ,नेपाली काङग्रेसककी केन्द्रीय सदस्य तथा पुर्ब मन्त्री सुजाता कोईरालाको बिशीष्ट आतीथ्यता र अन्य अतिथिहरु नेपाली कांग्रेस केन्द्रीय सदस्य भिष्मराज आङदम्वे , नेपाली कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङ , नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं जनसम्पर्क समिति समन्वय प्रमुख गोविन्द भट्टराई , तरुणदल गण्डकी प्रदेश संयोजक एवं अधिबेसन प्रतिनिधि पुर्ण बहादुर गुरुङ,जनसम्पर्क समिति अमेरिकाका सभापति एवं नेपाली कांग्रेस केन्द्रीय आमन्त्रित सदस्य आनन्द बिष्टको उपस्थितिमा अधिबेसन संपन्न भएको थियो ।
नेपाली जनसम्पर्क समिति मलेसियाले विश्व व्यापीरुपमा फैलिएको कोरोना भाईरसलाई मध्यनजर राख्दै भर्चुअल अनलाईन मार्फत राष्ट्रिय अधिवेशन सम्पन गरेको हो । अधिवेशनले सभापतिमा चोलाकान्त पंगेनीलाई निरन्तरता दिदै पुनः अर्को कार्यकालको लागी सभापतिमा चयन गरको छ । अधिबेसनले सभापति चोलाकान्त पंगेनीको नेतृत्वमा सल्लाहकार सहित २७ जनाको नयाँ कार्यसमिति चयन गरेको छ । जसमा उपसभापतिमा कमल प्रसाद गौतम,महेन्द्र जंग शाह,टेक बहादुर टमाटा, विनोद बहादुर थापा ,राकेश कुमार महतो र चक्र मल्ल ठकुरी रहेका छन भने महामन्त्रीमा हरि कोइराला, सह– महामन्त्रीमा दिपक अधिकारी र कोषाध्यक्षमा जनक बहादुर बम चयन भएका छन । यसैगरी अधिबेसनबाट सदस्यहरुमा अञ्जु रेग्मी, चमेली लम्साल , गणेश राउत, घनस्याम चौधरी, जलान्धार उप्रेती, कुमार ओझा, नरेन्द्र लामा, उग्रेन गुरुङ, यज्ञ कुमार राइ, तेज कुमार राइ र निलकण्ठ अर्याल चयन भएका छन ।
यसैगरी सल्लाहकारहरुमा जितमान लिम्बू , सुमन याक्खा , जयराम तिमिल्सिना र राम कुमार राई चयन भएका छन । अधिबेसनले महासमिती सदस्यहरुमा चोलाकान्त पंगेनी , कमल प्रसाद गौतम , विनोद बहादुर थापा मनोनयन भएका छन भने महाधिवेशन प्रतिनिधिहरुमा महेन्द्र जंग शाह, सन्तोष रिजाल, राकेश कुमार महतो र टेक बहादुर टमाटा चयन भएका छन । कार्यक्रममा उपस्थित अतिथिहरुले उक्त महाधिबेसनको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
काठमाडौं- ४३ औ टान दिवस तथा चौधौ सगरमाथा दिवसको अवसरमा टानले फुड बैँक शुभारम्भ गरेको छ ।सो अवसरमा ट्रेकिङ एजेन्सीज एशोसियसन अफ नेपाल (टान) का अध्यक्ष खुम बहादुर सुवेदीले बजेट आउनु पुर्व टानको तर्फबाट संघिय सरकार समक्ष आफ्न मागहरु पेश गरिएको जानकारी गराउदै राज्यले पर्यटन उद्योगले व्यहोर्दै आएको सास्ती र यस क्षेत्रका मजदुरहरुका सकसलाई बुझ्ने प्रयत्न गर्नुपर्ने बताए । हाल देशको पर्यटन उद्योग इतिहासमै कठिन मोडमा आईपुगेको उल्लेख गर्दै उनले प्रदेश सरकारले अभिभावकिय भूमिका निर्वाह गर्नुपर्ने खाँचो औल्याए । अध्यक्ष सुवेदीले टानबाट पर्यटन मजदुरहरुको गर्जो टार्ने प्रयत्न स्वरुप फुड बैँक शुभारम्भ भएको जानकारी दिदै पदयात्रा र पर्यटन सम्बद्ध सम्पूर्ण क्षेत्रका व्यवसायी लगायत शुभेच्छुकहरुले अप्ठ्यारो परिस्थितीका बाबजुद अभियानलाई सहयोग पुर्याउदै आएकामा धन्यवाद व्यक्त गरे । उनले जुन तहको सरकारले भए पनि पर्यटन व्यवसायीलाई २५ लाखसम्म सफ्ट लोन उपलब्ध गराउनुपर्ने धारणा राखे । उनले सगरमाथा नेपालको पर्यटन विकासको महत्वपूर्ण हिस्सा भएको बताउदै यसको संरक्षणमा सबै एक जुट हुनुपर्ने बताए ।
नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले सरकारसँग मजदुरको डाटा नरहेको र टानबाट पनि एकिन तथ्यांक नपाउँदा राहत उपलब्ध गराउन समस्या भएको उल्लेख गर्दै आफु पनि व्यवसायीक पृष्ठभुमीकै भएकाले पर्यटन व्यपसायीको हितमा काम गर्न हरमग्दुर प्रयत्नशील रहने बताए ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीले बोर्डले चाहेर पनि बिषम परिस्थितीका कारण काम गर्न नसकेको उल्लेख गर्दै बोर्डसँग प्रशस्त रकम छ भनेर नबुझीदिन सबैमा आग्रह गरे । साथै उनले गाउँपालिकाहरुसँग मिलेर कोभिड लगत्तै कार्यक्रम ल्याउने तयारीमा बोर्ड जुटेको जानकारी दिए ।
कार्यक्रममा होटल संघ नेपालकी सिर्जना राणाले पर्यटन क्षेत्रको विकासका लागि रिसर्च, ट्रेनिङ र दिगो विकासलाई ध्यान दिनुपर्ने औल्याउदै सबै जना मिलेर अघि बढनुको विकल्प नरहेको धारणा व्यक्त गरिन ।
सोटो नेपालका अध्यक्ष नारायण पराजुलीले टानले संचालन गरेको फुड बैँक निकै राम्रो र शुभ कार्य रहेको बताउदै कोभिड संकटमा आफनो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
टानका निवर्तमान अध्यक्ष नवराज दाहालले टान स्थापनामा भूमिका खेल्ने टानका संस्थापकहरु प्रति कृतज्ञता व्यक्त गर्दै एकै दिन परेको टान दिवस र सगरमाथा दिवसले खुशी प्रदान गरेको उल्लेख गरे । साथै उनले हाल सरकार नभएको आभाष भएको बताउदै टानले शुभारम्भ गरेको फुड बैंकलाई सबैले साथ दिनुपर्ने राय राखे ।
कार्यक्रम माझ पुर्व मन्त्री समेत रहेकी टानकी पुर्व अध्यक्ष यांकिला शेर्पाले २ बर्ष पर्यटक क्षेत्रको प्रबर्धनमा सरकारी खर्च नभइरहेको सन्दर्भ उल्लेख गर्दै हाल श्रमिकहरुलाई खाद्यान्नका अलवा आर्थिक सहुलियत दिनुपर्ने धारणा राखिन ।
टानका पुर्व अध्यक्ष जेबि सिंहले मे २९ ले विश्वभर नेपाललाई चिनाउन ठुलो भूमिका खेलेको उल्लेख गर्दै हालसम्म आईपुग्दा एभरेस्टका कारण अन्य हिमालहरुको पनि प्रचार प्रसार हुँदै आएको बताए । साथै उनले प्रदुषण र ग्लोबल वार्मिङको बिषयमा ख्याल राख्दै वैज्ञानिक खोजलाई अघि बढनुपर्ने कुरा राखे । उनले गत बजेट मार्फत दिने भनिएको रकम ५-७ प्रतिशत मात्र दिइएको उल्लेख गर्दै रोजगारी दिएको भन्ने सरकारी दाबी समेत पारदर्शी नभएको बताए ।
टानका पुर्व अध्यक्ष सुमन पाण्डेले सन १९५३ मा पहिलो पटक सगरमाथाको सफल आरोहणले ठुलो अर्थ बोक्दै आएको स्मरण गर्दै यसले साहसिक पर्यटनको अवसरको ढोका खोलेको बताए । साथै उनले सन १९९० देखी सगरमाथाको वातावरणिय प्रभावको बिषयमा बहस चलेको र यसले नेपालको पर्यटन क्षेत्रको साँख धुमिल पार्ने चिन्ता बढदै नै गएको बताए ।
टानका पुर्व अध्यक्ष दिपक महतले महामारीले सोचे भन्दा लामो समय असर पारेकाले सम्बन्धित क्षेत्रबाट राहतको लागि पहल हुनुपर्ने राय राख्दै बाँच र बचाऔ भन्ने भावनाका साथ टानको फुड बैँकको अवधारणा आउनु राम्रो पक्ष रहेको बताए । साथै अरु बेला लिने सरकारले महामारी जस्तो प्रकोपले निम्त्याएको परिस्थितीमा दिन सक्नु पर्ने धारणा राखे ।
टानका पुर्व अध्यक्ष महेन्द्र थापाले टिम्स कार्डको काम छिटो सम्पन्न हुन सकोस भन्दै प्रदेश सरकारले पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्ने आशय व्यक्त गरे ।
टानका पुर्व महासचिव मोहन लम्सालले टानले श्रमिकहरुलाई लक्षित गर्दै फुड बैंक संचालन गरेकोमा सर्हाना गर्दै पर्वतारोहणका श्रमिकहरुबाट कर उठाउने कार्य उचित नभएको धारणा समेत राखे ।
कार्यक्रम माझ सगरमाथा आरोही जाङ्बु शेर्पाले गत मे १० तारिकमा आफुले सगरमाथाको शिखरमा टानको झन्डा फहराउन पाएकामा गौरव महशुश गरेको उल्लेख गर्दै कोभिड संक्रमण भएर निको भए लगत्तैको आरोहण बीच आफुले व्यहोरेका सास्ती बारे वर्णन गरेका थिए ।
टानका कार्य समिती सदस्य ठाकुर सापकोटाले कार्यक्रममा उपस्थित भएर विचार सम्प्रेसण गर्दै मार्ग निर्देशन गरेको बताउदै उपस्थितीका लागि धन्यवाद दिए ।
टानकी महासचिव सरिता लामाले कार्यक्रम संचालकको भूमिका निर्वाह गर्दै पर्वतारोहीहरुलाई प्रोत्साहन गर्ने राज्य चुकिरहेको बताईन् ।
ट्रेकिङ एजेन्सीज एशोसियसन अफ नेपाल (टान)का अध्यक्ष खुम बहादुर सुवेदीको सभापतित्व माझ आयोजित भर्चुअल कार्यक्रममा बागमती प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री सरेश नेपाल, सचिव डा. सिन्धु ढुङ्गाना, पर्यटन बोर्डका अधिकारी, टान कार्यसामितीका वर्तमान कार्यसमिती पदाधिकारी एवम् सदस्यहरु, पुर्व अध्यक्ष एवम् महासचिव, अन्य अग्रज पर्यटन व्यवसायी, संचारकर्मी लगायतको उपस्थिती रहेको थियो ।
Kathmandu-Nepal Ambassador to Pakistan Mr. Tapas Adhikari paid a courtesy call on the Senator Dr. Shahzad Waseem, Leader of House at his chamber in the Parliament of Pakistan in Islamabad. During the call on, they discussed the matters related to Nepal-Pakistan relations, SAARC and regional cooperation and ways to further strengthen it.
Similarly, Ambassador also paid a courtesy call on Sardar Muhammad Israr Tareen, Convener of the Pakistan-Nepal Parliamentary Friendship Group at the Parliament of Pakistan. Pakistan-Nepal Parliamentary Friendship Group is a 106-member friendship group of Lower House of Pakistan. During the call on, they discussed the matters related to Nepal-Pakistan bilateral relations, cooperation between two parliaments, bilateral trade, investment, tourism, cultural cooperation and bilateral exchanges between two countries to further strengthen the relations.
काठमाडौ- नेपाल चेम्बर अफ कमर्शले साबिक बमोजिम किराना पसल खोल्न दिनुपर्ने माग राखेको छ । विहिवार विज्ञप्ती जारी गर्दै चेम्बरले आफनो धारणा सार्वजनिक गरेको हो । चेम्बरद्वारा जारी विज्ञप्तीमा भनिएको छ ’नेपाल सरकार गृह मन्त्रालय काठमाण्डौका प्रमूख जिल्ला अधिकारीबाट, नयाँ भेरियण्टको कोभिड१९ महामारीको संक्रमण तीव्र रुपमा वढि रहेको हुंदा उक्त संक्रमण रोकथाम तथा नियन्त्रणका लागि हालै जारी भएको विज्ञप्ती सम्वन्धमा नेपाल चेम्वर अफ कमर्सको ध्यानाकर्षण भएको छ’ ।
उक्त विज्ञप्तीमा किराना पसलहरु वन्द गर्ने व्यवस्थाले दैनिक रुपमा खरिद गरी उपभोग गर्ने न्युन आय भएका सर्वसाधारण उपभोक्ताहरुलाइ यस व्यवस्थाले मर्कापर्ने जनाउदै भनिएको छ ’किराना पसलहरुमा खाद्यान्न, किराना सामान, दूध, पानी तथा तरकारी पनि बिक्री हुने भएकोले किराना पसल वन्द गरिदा अति आवश्यक उपभोग्य वस्तुहरु सर्व साधारणलाइ सुलभ आपूर्ति नहुने भएकोले तोकिएको मापदण्डको भौतिक दूरी कायम गरी सुरक्षाका समस्त मापदण्ड कडाइका साथ लागूगर्ने व्यवस्था गरी साबिक बमोजिम किराना पसल खोल्ने व्यवस्थाका लागि सम्वन्धित निकाय समक्ष नेपाल चेम्वर अफ कमर्स अनुरोध गर्दछ’ ।
काठमाडौं- जेष्ठ १४ शुक्रबार देखी साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र खाद्य व्यापार कम्पनीबाट अत्यावश्यक खाद्य वस्तु मगाउन सकिने भएको छ । यही जेठ १४ गते देखि खाद्यान्न पसल समेत बन्द गर्ने गरी लागु गरिएको लकडाउन (निशेधाज्ञा) ले दैनिक जिविका गरी खानेवर्गलाइ ठूलाे मर्का पर्ने भएकाेले काठमाडाैं उपत्यका स्थित तीन वटै जिल्लाका सिडिओ कार्यालयले उक्त व्यवस्था मिलाएका हुन ।
खाद्यान्न खरिद गर्न असहज हुने अवस्थालाई ध्यानमा राखी भाेली जेठ १४ गते देखि नै उपत्यकाका सबै स्थानीय वडाहरूमा समेत पुग्ने गरी साल्ट ट्रेडिंङ कर्पाेरेशन लिमिटेड र नेपाल खाद्य व्यापार कम्पनीले दाल, चामल, तेल, चिनी , चिउरा, नून, तेल, चामल, च्यूरा र चिनी लगायतका दैनिक उपभाेग्य वस्तुहरू माेवाइल भ्यान मार्फत बिक्रि बितरण गर्ने निर्णय भएको छ । अत्यवाश्यक खाद्य वस्तु आवश्यक परेमा हटलाइन नम्बरमा कल गर्ने सकिने व्यवस्था गरिएको छ ।
नागरिकमा खाद्य सामग्री नै पाइँदैन भन्ने भ्रम गएको भन्दै उपत्यका प्रशासनले नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट अत्यावश्यक सामग्री मगाउन सक्ने व्यवस्था मिलाएको हो ।
आज उपत्यका स्थित तीन वटै जिल्लाका सिडिओ सहित साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका नायब महाप्रबन्धक कुमार राजभण्डारी, खाद्य तथा व्यापार कम्पनी लिमिटेका विभागीय प्रमुख भिम थापा, राष्ट्रिय उपभोक्ता मन्चका अध्यक्ष प्रेमलाल महर्जन, नेपाल चेम्बर अफ कमर्शका देवेन्द्र भक्त श्रेष्ठ, थोक बिक्रेता संघका ॐ प्रकाश वंशल लगायत सरकारी अधिकारीहरुको बैठक पस्चात उक्त निर्णय लिइएको हो ।
काठमाडौं प्रशासनले बिहिबार एक सूचना जारी गर्दै निषेधाज्ञाको अवधिमा कोही कसैलाई खाद्य वस्तुको अभाव भए खरिदका लागि वैकल्पिक व्यवस्था गरेको जनाएको छ ।
खाद्य वस्तु मगाउन नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको ९८५१३२०३१४, ९८५११३६७८५, ९८५११२१७८८ मा फोन गर्न सकिन्छ भने साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको ९८५१०२२५६४, ९८५१०३३३०३, ९८५१११३६६०, ९८४१३३२९९० र ९८१३२७२५६३ मा फोन गर्न सकिने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका नायब महाप्रन्बन्धक कुमार राजभण्डारीले प्रशासनसँग छलफल पस्चात भएको निर्णय अनुसार सेवा प्रवाह गर्न कर्पोरेशन सक्षम र पूर्ण रुपमा तयार रहेको उल्लेख गरे । ‘सेवा प्रवाहका लागि हामी तम्तयार अवस्थामा छौ, आवश्यक तयारी पुरा भैसकेको छ’ । ‘विगतमा पनि घुम्ती सेवा संचालन गरेको अनुभव हामीसँग छ, त्यसैले सेवा प्रवाहका क्रममा संभव भएसम्म हाम्रोतर्फबाट कुनै कमी आउन दिने छैनौ’ ।
यस प्रयोजनका लागि कर्पोरेशनले तीन वटा मोबाईल भ्यान परिचालन गर्ने नायब महाप्रबन्धक राजभण्डारीले बताए ।
राष्ट्रिय उपभोक्ता मन्चका अध्यक्ष प्रेमलाल महर्जनले प्रशासनले सम्पूर्ण पसलहरु बन्द गर्ने भनेर लिएको यस अघिको निर्णय उपभोक्ता अधिकारका दृष्टिले त्रुटिपूर्ण रहेकामा ताजा निर्णयले राहत मिलेको बताए ।
मोरङ - पुर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको स्मृतिमा स्थापित संस्था भरतमोहन अधिकारी स्मृति फाउन्डेसनले मोरङ जिल्ला स्थित विभिन्न पालिका क्षेत्र र स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । फाउन्डेसनले जिल्ला स्थित पथरी शनिश्चरे नगरपालिका ,सुन्दर हरैचा नगरपालिका ,केरावारी गाउँपालिका ,मिक्लाजुङ्ग गाउँपालिका, कानेपोखरी गाउँपालिका,हसनदह कोभिड अस्पताल लगाएतलाई राहत स्वरुप स्वास्थ्य सामाग्री वितरण गरेको हो ।
कोभिड १९ बाट संक्रमित स्थानियको स्वास्थ उपचारको लागि अति अवश्यक पर्ने स्वस्थ्य सामाग्रीहरु तथा त्यसको संक्रमण फैलन नदिन प्रयोग गरिने सामग्रीहरु फाउण्डेसनले उपलब्ध गराएको छ । जस अन्तर्गत १५० सेट पिपिई, ८० सेट अक्सिमिटर, ५००० गोटा साधारण माक्स, १५० गोटा एन एक्स माक्स, ५० जोडि बुट, ८० लिटर सेनिटाईजर, २० बक्सा साधारण पन्जा, ८० लिटर सोडियम हाईपोक्लोराईड, ५० थान फेस सिल्ड रहेका छन् ।
उक्त राहत समाग्रीहरु सुन्दरहरैचाका मेयर शिव ढकाल तथा बडा अध्यक्ष राजेश थापा, केरावारी कि उपमेयर शान्तिकुमारी लिम्बू तथा बडा अध्यक्षहरु, मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देबी आचार्य, कानेपोखरी गाउँपालिकाका अध्यक्ष तारा काफ्ले,उपाध्यक्ष तथा वडा अध्यक्षहरु, पथरी शनिश्चरे स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले ग्रहण गरेका थिए ।
उक्त राहत सामाग्रीहरु फाउन्डेसनको तर्फबाट सचिव महेश आचार्य, सदस्य चण्डी राई र शुभाष आचार्यले वितरण गरेका थिए । कार्यक्रममा फाउन्डेसनका शुभचिन्तकहरु राजेश थापा, सुरेश कुमार श्रेष्ठ लगायतको प्रत्यक्ष सहभागीता रहेको थियो ।
फाउन्डेसनकी संस्थापक तथा भरतमोहन अधिकारीको छोरी लिमा अधिकारीको संयोजनमा फाउण्डेसनले राष्ट्रव्यापी रुपमा राहत वितरण गर्दै आएको छ ।
सो सामाग्रीहरु हस्तान्तरण बारे प्रकाश पार्दै संस्थापक अधिकारी भन्छिन् ‘श्रद्ध्य पिताजी भरतमोहन अधिकारीमा गाउँ प्रति र ग्रामीण जनता प्रति धेरै स्नेहभाव थियो भन्ने कुरा उहाँको कार्यक्रमहरु बाटै प्रष्ट हुन्छ, त्यसैले उहाँकै संझनामा उहाँले राष्ट्रिय राजनीतिमा प्रतिनिधित्व गर्नु भएको जिल्ला मोरङ लगाएतका विभिन्न ठाउँहरुमा सहयोग गर्नुपर्छ भनेर राहत कार्यक्रम संचालन गरेका छौ’ ।
फाउन्डेसनले कोभिडसँग लड्ने स्वास्थ्यकर्मी, कर्मचारीहरु तथा जनप्रतिनिधिहरुको उच्च कदर गर्दै सम्मानपत्र सहित राहत वितरण गरेको थियो ।
त्यसक्रममा सबै पालिकाका प्रतिनिधिहरुले आवश्यक मात्रामा महत्त्वपूर्ण सामाग्रीहरु पाउन मुस्किल परिरहेको स्थितीमा अधिकारीको स्मृतिमा स्थापित संस्थाबाट राहत पाउँदा विगतमा भरतमोहन अधिकारीले गर्नुभएको योगदानको स्मरण भएको बताउनुका साथै उनको व्यक्तित्व बारे प्रकाश समेत पारेका थिए ।
त्यसैगरि केहीले हाल स्वास्थ्य सामाग्रीहरु पाईहाले पनि उच्च मुल्य भुक्तान गर्नु परेको दुखेसो गर्दै यी समाग्रीहरु प्राप्त भई दिदा ठुलो राहत मिलेको बताए । त्यस्तै उनीहरुले राहतका लागि फाउन्डेसन परिवारलाई धन्यवाद ज्ञापन गरेका थिए ।
फाउण्डेसनले स्रोतले भ्याएसम्म स्वास्थ्यकर्मी एवम् नागरिकहरुको जीवन रक्षाका लागि आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने फाउण्डेसनकी अध्यक्ष सविता अधिकारीले जानकारी गराएकी छिन् ।
काठमाडौं- भरतमाेहन अधिकारी स्मृति फाउन्डेसनले क्षेत्रपाटि निःशुल्क चिकित्सालयलाई २०० थान पिपिई तथा ५० थान अक्सिमिटर सहयाेग स्वरूप उपलब्ध गराएकाे छ ।
फाउण्डेसनले मंगलबार उक्त सहयोग उपलब्ध गराएको हो । फाउन्डेसनको तर्फबाट फाउण्डेसनकी संस्थापक तथा भरत माेहन अधिकारीकि छाेरी लिमा अधिकारीले अस्पतालका अध्यक्ष डा. मनाेजमान श्रेष्ठलाई स्वास्थ्य सामाग्री हस्ताण्तरण गरेकी थिईन् ।
उक्त अस्पतालले निःशुल्क कोभिड बिरामीकाे उपचार गर्दै आएको छ । कोभिड १९ को नयाँ भेरियण्टका कारण संक्रमणको जोखिम बढदै गईरहेको स्थित माझ देशको घना जनघनत्व रहेको राजधानी स्थित क्षेत्रपाटीमा संचालित उक्त अस्पतालमा कार्यरत चिकित्सक एवम् स्वास्थ्यकर्मीको सुरक्षालाई ध्यानमा राख्दै मुख्य आवश्यकताको पहिचान गरि उक्त सहयोग उपलब्ध गराएको फाउण्डेसनकी संस्थापक लिमा अधिकारीले जानकारी गराईन् ।
भरतमोहन अधिकारी स्मृति फाउण्डेसन पूर्व उपप्रधान एवम् अर्थमन्त्री स्वर्गिय भरतमोहन अधिकारीको स्मृतिमा स्थापना भएको सामाजिक संस्थाले । स्वर्गिय नेता अधिकारीकी धर्मपत्नी सबिता अधिकारी फाउण्डेसनको अध्यक्ष छिन । फाउण्डेसनले जेष्ठ नागरिकको क्षेत्रमा उल्लेख्य योगदान पुर्याउदै आएको छ भने अन्य सामाजिक कार्यमा समेत संलग्न रहदै आएको छ ।