अस्ट्रेलिया - एनआरएनए अस्ट्रेलियाको ३१ जुलाईमा सम्पन्न हुने निर्वाचनका लागि तास्मानिया राज्यबाट ‘सामुदायका लागि प्रतिवद्ध, सधै प्रगतिमा सर्मपित र प्राप्त गर्ने कोसिस’नाराका सहित सन्देश परियारले आफ्नो सुमह सार्वजनिक गर्दै उमेद्वारी घोषणा गरेका छन् ।
हालै आयोजित विशेष भेलाले एनआरएनए तास्मानिया संयोजक सहितका उम्मेदवारहरुको नाम घोषणा गरिएको हो । जसमा एनआरएनए एनसिसि संयोजकमा सन्देश परियारको उमेद्वारी रहेको छ भने एनआरएनए एनसिसि सदस्यमा प्रेमप्रसाद धामी ९प्रमेज० र कविन कर्मचार्य सदश्य रहेका छन् ।
त्यस्तै यसै समुहबाट एनआरएनए एससिसि उपसंयोजक राज्य टेकनाथ सापकोटा, एनआरएनए एससिसि सचिव प्रदीप पोखरेल, एनआरएनए एससिसि संयुक्तसचिव मुगेन्द्र गौतम, एनआएनए एससिसि कोषाध्यक्ष उमेस सेन्चुरी, एनआएनए एससिसि युवा संयोजक रिवाज राउत क्षेत्री, एनआएनए एससिसि सदश्य सहारा पोखरेल, अर्जुन श्रेष्ठ, प्रमोद भण्डारी, सुमन पराजुली, महेश्वरी नेपाल र सदस्य सुभाष खतिवडा लगायत रहेका छन् ।
नेपाली समुदायलाई अझ सक्षम र सबल बनाउन सबैको एकता र सक्रियताको खाँचो रहेको संयोजक उमेद्वार सन्देश परियाले बताएका छन् ।
संयोजक सन्देश समुहले ६ बुदे कार्यक्रम समेत सार्वजनिक गरेको छ । जसमा एनआएनए समुहलाई ताम्सानियमा दर्ता गर्ने, स्थानिय लाइबेरीमा नेपाली पुस्तक राख्ने र स्थानिय स्कुलमा नेपाली पठनपाठनको ब्यवस्था गर्ने, सामुदायिक भवन तथा नेपाली डिजाइन अनुसारको मन्दिर निर्माण गर्ने, युवा बर्गका लागि स्वस्थ्य तथा खेलकुदका कार्यक्रम, नेपाली कलासंस्कृति प्रवद्र्धन तथा संम्बद्र्धनका लागि फेष्टिभललगायतका कार्यक्रम लगायत रहेका छन् ।
यो समूहका उमेद्वारहरुले संस्थागत रुपमा मात्र नभएर ब्यक्तिगत रुपमा पनि स्थानिय नेपालीहरुका लागि सधै सहयोग र साथ दिदै आएकोले आफ्नो समुहको विजय हुने सदस्य पदका उमेद्वार र दिंदै आएको साथले पनि यो समूह विजय हुने दावी सदस्य उमेद्वार प्रेम प्र। धामीले गरे । उनले आफ्नो समुहको प्रचारप्रसार राम्रो भएको र सबैको प्रिय ब्यक्ति आफ्नो समुदायमा उमेद्वार रहेकोले जित हुनेमा आफ्नो समुह ढुक्क रहेको सुनाए ।
काठमाडौं - चलचित्र निर्देशक माधव राज खरेलले आफ्नो नयाँ चलचित्रमा मुख्य नायकको भुमिकामा नायक संजित भण्डारीलाई अनुबन्धीत गरेका छन् भाद्र पहिलो सातावाट छायांकन हुनलागेको चलचित्रको नाम भने केही दिनमा सार्वजानिक गर्ने बताए । यस अघि कमेडियन कलाकार खड्गबहादुर पुनमगर ‘खबपु’, गोपाल ढकाल ‘छन्दे’, कंचन चालिसे, लगायतका कलाकारहरु अनुबन्धित भईसकेका छन् ।
पिम नेपालको प्रस्तुति रहने फिल्मका लागि वरिष्ठ चलचित्रकर्मी मोहन निरौला, नवराज थापा, मुस्कान लामा, नम्रता खरेल पौडेल, डेविड सिंह राजपुत समेत कलाकारको रुपमा छानिएको र थप कलाकारहरु छनौट प्रकृयामा रहेको निर्माण कम्पनीले जनाएको छ । कमेडी जनारामा निर्माण हुन लागेको फिल्मको कथा सस्पेन्स र थ्रीलर रहने निर्देशक खरेलले वताए ।
यस अगाडि मौन फिल्म ‘ढुङ्गे युग’, ‘विरानो माया’, ‘कुइनेटो’, ‘ढुङ्गे युग–२’ निर्देशन गरेका खरेलले गतवर्ष ‘द हिमालयन गोल्ड रस’ सिनेमा निर्माणको तयारी गरेका थिए । तर कोरोनाको कारण उक्त फिल्म निर्माण हुन सकेन ।
चलचित्रको छायाँकन बैशाखको पहिलो सााताबाटै गर्ने भनिए पनि कोरोनाका कारण केही पछि धकेल्लिएको निर्देशक खरेलले बताए । चलचित्रमा कलाकारहरु छनौट प्रकृया पनि लगभग अन्तिम चरणमा पुगेको र वाँकी कलाकारहरुलाई केही दिन भित्रै छनौट वर्कसप संचालन गर्ने खरेलले बताएका छन् । शान्ति प्रिय काष्टिङ निर्देशक रहेको फिल्ममा साहिल चौधरीको छायाँकन, किरण दाहालको द्धन्द्ध रहनेछ । कमला जोशी निर्माता रहने फिल्मको भदौ पहिलो साताबाट छायाँकन सुरु हुँदैछ ।
काठमाडौं - दश वर्षीया सफलता श्रेष्ठ ‘म हुँ नेपाली’ राष्ट्रिय भावको गीत लिएर दर्शकमाझ आएकी छन् ।उनको स्वर र अभिनय रहेको गीतको भिडियो बिहीबार गोल्डेन क्रियशनको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
विश्वकीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको गीतलाई सन्तोषले नै लेखेका हुन् भने दवेन्द्र नेवाःको संगीत संयोजन छ । हेम प्रभास अधिकारीको निर्देशन र समीर थकोरको कोरियोग्राफी रहेको गीतको भिडियोमा सफलतालाई नै फिचरिङ गरिएको छ । अजय रेग्मीको छायांकन रहेको भिडियोमा टेकेन्द्र शाहको सम्पादन छ ।
अनामनगरको नेपाल मेघा स्कुलमा कक्षा ६ मा अध्ययनरत सफलता गीतसंगीत र अभिनय भनेपछि हुरुक्क हुनुहुन्छ । यो सार्वजनिक गीत उहाँको पहिलो गीत हो । उहाँका बुबा सन्तोष श्रेष्ठ नेपालका ख्यातिप्राप्त संगीतकार हुन ।
सन्तोषले थुप्रै गीतमा स्वर समेत दिएका छन् भने उनले संगीत गरेका गीतले विश्व रेकर्ड समेत राख्न सफल भएका छन् । सफलताले बाबुकै पदचाप पछ्याउने छनक यो सार्वजनिक गीतले दिएको छ । बाल गायिका सफलतालाई हाम्रो पनि यस कार्यका लागि शुभकामना ।
काठमाण्डौ– वातावरण भन्ने वित्तिकै आफु वरपरको हरियाली सेरोफेरो भन्ने बुझिन्छ र वातावरणले मानव जीवन जोगाउनको लागि महत्वपुर्ण भूमिका निर्वाह गर्दछ । जव प्रकृतिनै रहेन भने हामीले प्रत्येक सेकेण्डमा फेर्ने श्वास प्रस्वास प्रकृयामा असर गर्दछ । तसर्थ आफु वरपर मात्रै नभई समग्र पृथ्वीमा रहने मानव जातिहरुका लागि स्वच्छ सफा र आरामदयी वातावरण आवश्यक छ । खाली ठाउँमा विरुवा रोपेर हराभरा बनाउने र प्रदुषण नियन्त्रण गर्ने कार्यमा वातावरण मैत्री समाज निरन्तर लागि रहेकोछ । वि सं २०७५ सालमा स्थापना भएको यस संस्थाले स्थापना काल देखिनै वातावरण प्रदुषण तथा सरसफाइमा जोड दिदै आइरहेको छ र ती चिजहरुलाई जोगाउन संस्थाले विभिन्न किसिमका कार्यक्रहरु पनि संचालन गर्दै आईरहेको छ ।
कोरोना महामारिमा विभिन्न क्षेत्रहरुमा खाद्यान्न तथा अत्यवश्यक सेवाहरु उपलब्ध गराएर समाज सेवामा पनि आफ्नो दरिलो उपस्थिती जनाउदै आएको यस संस्थाले २०७८ असार २६ गते शनिबार बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १३ स्थित रातमाटेमा झण्डै ५ सय भन्दा बढी विरुवाहरु रोपेको छ ।
“वातावरण जोगाउन सक्यौं भने यसले सफा स्वच्छ हावा मात्रै नभई वाढी पहिरो तथा भुक्षय जस्ता प्राकृतिक प्रकोपहरु नियन्त्रणमा ठुलो सहयोग पुग्ने अपेक्षाको लिईएको वातावरण मैत्री समाजका अध्यक्ष राधेश्याम मिश्रले बताउनु भयो ।” बृक्षारोपण कार्यक्रममा संस्थाका पदाधिकारीहरु, समाजसेवी, पत्रकार लगायत विभिन्न क्षेत्रका मानिसहरुको सहभागिता रहेको थियो । यस संस्थाले विगत देखिने प्रत्येक शनिबार सरसफाईको कार्यक्रमहरु समेत सञ्चालन गर्दै आईरहेको छ ।
काठमाडौँ — असार २७, २०७८।
विगत केही समयदेखी सौन्दर्य जगतमा विभिन्न कार्यक्रमहरुको निरन्तरतासंगै ओन कृयसन प्रा.लि.ले सर्लाही जिल्लामा रहेका युवा युवतीहरु लक्षित “मिस्टर एण्ड मिस सर्लाही, २०२१" नामक सौन्दर्य कार्यक्रमको आवेदन फारम खुल्ला गरेको छ ।
यो प्रतियोगितामा १६ देखी २८ वर्ष उमेर समूहका युवायुवतीहरुले सहभागिता जनाउन पाउनेछन । उनीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर , नेतृत्वदायी क्षमताको विकास उच्च शिक्षा अध्ययनमा सहयोगि र मनोरन्जन तथा मोडलिङयात्राको लागि पनि सहयोग पुर्याउने उदेश्यले यो कार्यक्रमको आयोजना गर्न लागिएकोे आयोजक संस्थाका सिईओ बिशाल महरले जनाएका छन ।
प्रतियागिताको ग्राण्ड अडिसन २०७८ श्रावण १६ गते सर्लाहीको बरहथवास्थित सर्लाही होटलमा हुने आयोजक राहुल जयसवालले जनाएका छन । उक्त प्रक्रियावाट छनौट भएका प्रतियोगीहरुलाई २०७८ साल श्रावण तेस्रो सातावाट प्रशिक्षण प्रदान गरिने छ ।
प्रशिक्षणको क्रममा मोडलिङ ,फेशन सो , र्याम्प सो , शारारिक फिटनेश ,फोटो सेसन, टेवल म्यानर, फोटोग्राफी शिक्षा सासेसल मिडिया प्रयोग कसरी गर्ने लगायत विभिन्न प्रतियोगीतात्मक कार्यक्रमहरु, व्यक्तित्व विकास सम्वन्धी पनि प्रशिक्षण दिइने छ । विभिन्न सामाजिक संस्थाहरु ,वाल आश्रम, वृद्धा आश्रम साथै मिडिया सम्वन्धी जानकारी तथा अन्तरक्रिया कार्यक्रम गरिने आयोजक जयसवालले जनाए ।
प्रतियोगिताका विजेताले “मिस्टर एण्ड मिस सर्लाही, २०२१" को ताज उपाधि सहित म्यूजिक भिडियो खेल्ने अवसरका साथै अन्य गिफ्टहयाम्पर प्रदान गरिने छ । साथै फस्ट रनर अप र सेकेण्ड रनर अपले विभिन्न उपहारहरु पाउनेछन र त्यसैगरि मोडलिङ करियरमा प्रवेश गर्नेहरुको लागि पनि सहयोग गरिने जनाईएको छ ।
गोरखा-‘बुढिगण्डकी सभ्यता र सेरोफेरो’ बिषयमा निर्माण गर्न लागिएको वृत्तचित्र निर्माणमा भिमसेन थापा गाँऊपालिकाले सहयोग गर्ने भएको छ । राष्ट्रिय गौरवको रुपमा हेरिएको बुढीगण्डकी जलविद्युत परियोजना प्रभावित क्षेत्र गोरखा र धादिङ जिल्लाका बुढिगण्डकी जलविद्युत परियोजनाबाट स्थानीय स्तरमा पर्ने प्रभाव र जनजिवनमा पर्ने असरलाई समेटेर ग्लोरी मिडियाको व्यानरमा निर्माण गर्न लागिएको अन्तराष्ट्रिय स्तरको वृत्तचित्रका लागी गाउँपालिकाले समन्वयात्मक भूमिका सहित सहयोग गर्न लागेको हो ।
सोका लागि गाँऊपालिकाले आफ्नो बार्षिक नीति तथा कार्यक्रममा योजना तय गरिसकेको छ । भिमसेन थापा गाँऊपालिकाका अध्यक्ष ईश्वर पाण्डेले वृत्तचित्र निर्माण बारे जानकारी दिदै भने ’यहि असार २९ गते हुने दोस्रो चरणको गाऊ सभाबाटनै वृत्तचित्र निर्माणका लागी गाँऊपालिकाले निर्णय गर्नेछ’ । प्रभावित क्षेत्र भित्रका स्थानिय युवाहरुको संयुक्त पहलमा निर्माण गर्न लागिएको वृत्तचित्रका लागि गोरखा र धादिङका स्थानिय निकाय,राजनितिक दलहरुसँग लामो समयदेखि छुट्टाछुट्टै बैठक सम्पन्न भएको थियो। स्थानिय तहहरुकै संयुक्त लगानीमा यो वृत्तचित्र निर्माण कार्य सफल हुने वृत्तचित्र निर्माण टिमका प्रोजेक्ट कोर्डिनेटर विराट बाबु खनालले जानकारी दिएका छन् ।
’वृत्तचित्रमा बुढीगण्डकी जलविद्युत आयोजनाले स्थानिय स्तरमा पार्ने प्रभावलाई उजागर गर्ने तथा भावी पुस्ताका लागि पनि पुर्खाको थातथलो र प्रचलनमा रहेका सांस्कृतिक पक्ष आदीको बिषयमा जानकारी दिलाउन सकिने भएकाले हामीले यो प्रयास गर्न लागेका हौ’ खनालले भने ।
ग्लोरी मिडियाका संचालक समेत रहेका प्रोजेक्ट निर्देशक किरण खनालको निर्देशनमा बन्ने वृत्तचित्रमा प्रभावित क्षेत्रहरुको हालको बस्तुस्थिति,बसोबास, धार्मिक,ऐतिहासिक धरोहर, मठ, मन्दिर, ऐतिहासिक बगैचा, ऐतिहासिक बजार, धर्म, कला, संस्कृति, रितिरिवाज, सो क्षेत्रका बासिन्दाले मान्दै आएका चार्डपर्व,जात्रा लगाएत सो क्षेत्रमा १ बर्षभरी ऊत्पादन हुने बालिनालीलाई समेटिनेछ ।
श्रव्यदृष्य सामाग्री वृत्तचित्र निर्माण गर्दै विकासका लागी पुर्वाधारको तयारी गर्ने र पुर्खाको थलो भावि पुस्तासम्मलाई हस्तान्तरण गर्नुपर्ने जिम्मेवारीलाई पुरा गर्ने अभिलाषा सहित परियोजना संचालन गर्न लागिएको प्रोजेक्ट निर्देशक किरण खनालले बताए । ‘ऐतिहासिकताको संरक्षण गर्ने र सम्पदा संस्कृतीको जगेर्ना गर्दै भावी पुस्तासम्मलाई धरोहर बारे अवगत गराउनुपर्ने दायित्वबोधका साथ हामीले यस परियोजना संचालनमा ल्याएका हौं’ खनालले आफ्नो धारणा राख्दै भने ।
वृत्तचित्र निर्माण टिमले करिब ७/८ महिना देखि गोरखा र धादिङ जिल्लाका स्थानिय निकायहरुसँग वृत्तचित्र निर्माण कार्यका लागी प्रपोजल सहित पेश गरेको भएपनि आधिकारीक निर्णय गर्ने पहिलो स्थानिय निकाय भिमसेन थापा गाँऊपालिका हुन आएको खनालले बताए । निर्माण टिमले छिट्टै अन्य स्थानिय निकायहरुसँग छलफल गरिसकेको छ । विगतका दिनमा हाम्रो टिमसँग भएका प्रतिबद्धता र डुबान प्रभावित क्षेत्रको सुरक्षित अभिलेखिकरण गर्ने कार्यमा आवश्यक निर्णय आऊने अपेक्षा रहेको छ’ प्रोजेक्ट कोर्डिनेटर खनालले भने ।
निर्माण टिमले कोभिड-१९ को दोस्रो लहरलाई मध्यनजर गर्दै र बर्षातको समयलाई समेत ख्याल गर्दै भर्चुअल माध्यमबाट दुवै जिल्लाका स्थानिय निकायका प्रतिनिधिहरु बिच बैठक गराऊने अन्तिम तयारीमा जुटिसकेको मिडियाका प्रबन्ध निर्देशक सरोज ओझाले बताए । सहकार्यका लागि हाम्रो पहिलो प्राथमिकता प्रभावित स्थानिय तहहरु नै हुन, स्थानिय हामीसँग अन्य विकल्प हुँदाहुँदै पनि यस परियोजनामा अरु इन्ट्रेस्ट ग्रुपलाई नमिसाउने योजना लिएका छौ’ उनले भने ।
निर्माण टिमले हरेक स्थानिय निकायमा रहेका प्रभावित क्षेत्रका वडा अध्यक्ष,टोल सुधार समिति, स्थानिय क्लब, स्थानिय सामाजिक क्षेत्रमा क्रियाशिल युवाहरु बिच समेत आवश्यक कोर्डिनेशन,छलफल गरि रहेको र सो क्षेत्रका विभिन्न समुदायका रिति रिवाज,कला,संस्कृतीका बारेमा जानकारहरु संग समेत आवश्यक परामर्श लिग्ने कामहरु भई रहेको परियोजना निर्देशक किरण खनालले जानकारी दिएका छन् ।
काठमाडौं-ईश्वरलाल प्रतिष्ठानले काठमाडौं महानगरपालिका वडा नं १७ स्थित शान्ति शिक्षा मन्दिर विद्यालयमा अध्ययनरत २० जना बालबालिकालाई खाद्यान्न सहयोग गरेको छ । प्रतिष्ठानले राहत स्वरुप बिहिबार उक्त सहयोग उपलब्ध गराएको हो । प्रतिष्ठानका अध्यक्ष प्रदिपलाल श्रेष्ठले उक्त सहयोग हस्तान्तरण गरेका थिए । सहयोग सामाग्रीमा चामल, तेल, दाल लगायतका सामाग्रीहरु छन् । प्रतिष्ठानले शान्ति शिक्षा मन्दिर विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई दिवा खाजामा निरन्तर सहयोग गर्दै आईरहेको छ । ईश्वरलाल प्रतिष्ठान नेपाल चेम्बर अफ कमर्शका पुर्व अध्यक्ष एवम् प्रतिष्ठित उद्योगपति स्वर्गिय इश्वरलाल श्रेष्ठको स्मृतिमा स्थापित सामाजिक संस्था इश्वरलाल प्रतिष्ठान हो ।
Kathmandu-Embassy of Islamic Republic of Pakistan handed over medical supplies to Birendra Military Hospital, today. Embassy has handed those supplies in recognition and to supplement the excellent efforts being rendered by Army’s hospital. Embassy mentions that they were impressed with management and handling of Covid-19 pandemic cases by the hospital.
Also it states that Embassy of Pakistan stands with Nepal in its efforts to deal with Covid-19 pandemic and will continue to extend all possible support to the Government and People of Nepal.
एनआरएनए कतारको नवौं महाधिबेशनमा मुक्तदाको पल्ला भारी (उम्मेदवारको नामावलि सहित)
दोहा । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एनआरएनए कतारको ९ जुलाईमा हुने नवौं महाधिवेशनका लागी अध्यक्षमा दुई जनाले उम्मेदवारी दिएका छन भने अन्य बिभिन्न पदमा जम्मा ५५ जनाको उम्मेदवारी परेको कार्यसमिति चयन समितिका संयोजक रमेस भट्टले बताए । आगामी कार्यकालको लागी बर्तमान अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान र पुर्व कोषाध्यक्ष चुडामणि कार्कीले उम्मेदवारी दर्ता गराएका छन ।
अध्यक्षका उम्मेदवार मुक्तदा जनप्रगतिशिल मन्च कतार ,जनसम्पर्क समिति कतार , प्रबासि नेपालि मन्च नेपाल समुह कतार , नेपालि समाज कतार, बिबेकशिल साझा कतार ,जनजाति महासंघ कतार , अन्तरास्ट्रीय मुस्लिम समाज लगाएत कतारका बिभिन्न संघ/सँस्थाहरुको साझा उम्मेदवारका रुपमा पुन अध्यक्षमा उम्मेदवारी दिएका छन भने अध्यक्षका अर्का उम्मेदवार चुडामणि कार्कीलाई प्रबासि नेपालि मन्च ओली समुह कतारलगायत अन्य केहि सँस्थाले आफ्नो उम्मेदवारको रुपमा अगाडी बढाएका छन । कतारका बैचारिक सँस्था र अन्य ९०% संघ सँस्थाको साझा उम्मेदवार भएकाले अध्यक्षमा मुक्तदाको जित सुनिश्चित देखीएको छ भने कार्कीको उपस्थिति धेरै कमजोर देखीएको छ । मुक्तदालाई कतार स्थित बिभिन्न संघसंस्थाहरुको बलियो सर्मथन रहेसंगै जित सुनिश्चित देखिएको हो ।
कार्यसमिति चयनको लागि कार्यसमिति चयन समितिले मनोनयन दर्ता गराएका आकांक्षीहरुको शुक्रबार साँझ प्रारम्भिक नामावली प्रकाशित गरेको छ । निर्वाचन समितिद्घारा जारी नामावलिमा एकै पदमा माग गरिए भन्दा बढी उम्मेद्घवारी परेपछी निर्बाचबाटै नयाँ नेतृत्व छान्नुपर्ने भएको छ ।

निर्बाचन समितिका अनुसार एनआरएनए राष्ट्रिय समन्बय परिषद कतारबाट ९ जनाले आइसीसी सदस्यमा उम्मेद्धारी दिएका छन । आईसिसि सदस्यमा नरेश श्रेष्ठ , सरिता भण्डारी पौडेल, टंक बहादुर खड्का(कुमार),अर्षद हुसेन मुसलमान , पूर्ण बहादुर पोखरिया, रामु रेग्मी(कुमार) ,अर्जुन मुडभरी, तेज कटुवाल र मदसिर नजरको उम्मेदवारी परेको छ । त्यस्तै आगामी कार्यकालका लागी अध्यक्षमा बर्तमान कार्यसमितिका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान र चुडामणी कार्कीको उम्मेदवारी परेको छ ।
यसैगरी कार्यसमितिको प्रथम उपाध्यक्षमा जैवी राई र गफुर अहम्मद , द्धितिय उपाध्यक्षमा प्रेम चलाउने र केशबराज कार्की, महिला उपाध्यक्षमा अम्बिका खत्रीले उम्मेदवारी दिएका छन । महिला उपाध्यक्षमा खत्रीको मात्रै उम्मेदवारी परेकाले उनि निर्बिरोध निर्बाचित भएकि छिन ।

बर्तमान कार्यसमितिका महासचिव पदम गिरीले पुन महासचिवमा उम्मेदवारी दिएका छन भने उनिसंगै अफसर अलि खानले पनी महासचिव पदमा आफ्नो उम्मेदवारी दिएका छन । रबिन थापा मगर, दिप जंग शाह, भवानी प्रसाद कोइराला र सुनिल कुमार घिमिरेले सचिव पदमा उम्मेदवारी दिएका छन भने बिनोद प्रसाद बसौलाले कोषाध्यक्ष र मिनराज वाग्ले , झबिन्द्र आचार्य, बालकृष्ण न्यौपानेले सहकोषाध्यक्षमा उम्मेदवारी दिएका छन । कोषाध्यक्षमा बिनोद प्रसाद बसौलाको एकल उम्मेद्धारी परे संगै उनि निर्बिरोध निर्बाचित भएका छन ।

यसैगरी नानु घले ब्लोन र सन्ध्या अर्यालले महिला संयोजकमा ,
डेक ब. भारति (सुमन) र मो. कलाम हुसेनले यूवा संयोजकमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन ।
निर्वाचन समितिको मापदन्ड अनुसार सन्तोष रेग्मीले लेखा समिति संयोजक , टिकाराम गौतम (अमित) र गणेश भट्टले लेखा समिति सदस्यमा उम्मेदवारी दिएका छन । लेखा समितिमा रेग्मी , गौतम र भट्टको मात्रै उम्मेदवारी परेकाले उनिहरु निर्बिरोध निर्बाचित भएका छन ।
यसैगरी कार्यसमितिको सदस्यमा सेवक बि.क., खडक बा. पा फागो, तारानाथ बास्तोला (पवन), नारायण प्रसाद ढुङगांना , मुखतार आलम, सन्तोष पौडेल, ओम बहादुर क्षेत्री (सन्तोष) बिष्णु बहादुर खड्का,सबिन्द्र श्रेष्ठ, गजेन्द्र राई, एकराज कट्वाल, महोम्मद इनजाद आलम, अब्दुल खालिक शेख, दिनेश खत्रि, जय प्रकाश यादव, मोहम्मद मन्नान,राम गिरी, मो मजु दिन,रामबाबु यादव, अगन्धर देवकोटा, नियम शेख र टेक बहादुर नेपालीको उम्मेदवारी परेको छ ।
अध्यक्षका उम्मेदवार मुक्तदालाई कतारमा रहेका जनप्रगतिशिल मन्च कतार ,जनसम्पर्क समिति कतार , प्रबासि नेपालि मन्च नेपाल समुह कतार , नेपालि समाज कतार, बिबेकशिल साझा कतार ,जनजाति महासङ्घ कतार , अन्तरास्ट्रीय मुस्लिम समाज लगाएत कतारका ९०% संघ/सँस्थाहरुले समर्थन गरेका छन भने अध्यक्षका अर्का उम्मेदवार चुडामणि कार्कीलाई प्रबासि नेपालि मन्च ओली समुह कतारले आफ्नो उम्मेदवारको रुपमा निर्बाचनमा अगाडी बढाएको छ । यति धेरै सँस्थाहरुले समर्थन गरेपछि अध्यक्षमा मुक्तदाको जित शुनिश्चित भएको हो ।
अध्यक्ष मुक्तदासँगै कतारबाट आईसिसि सदस्य नरेश श्रेष्ठ , सरिता भण्डारी पौडेल, टंक बहादुर खड्का(कुमार),अर्षद हुसेन मुसलमान , पूर्ण बहादुर पोखरिया, रामु रेग्मी(कुमार) ,अर्जुन मुडभरी,प्रथम उपाध्यक्ष जैबि चाम्लिङ्ग राई, दितिय उपाध्यक्ष प्रेम चलाउने,महासचिब पदम गिरि,सचिब रबिन मगर र दिपजंग शाह,सहकोषाध्यक्ष मिनराज वाग्ले,महिला संयोजक नानु घले ब्लोन र युवा संयोजक डेक बहादुर भारती(सुमन) र कार्यसमितिको सदस्यहरुमा सेवक बि.क., खडक बा. पा फागो, तारानाथ बास्तोला (पवन), नारायण प्रसाद ढुङगांना , मुखतार आलम, सन्तोष पौडेल, ओम बहादुर क्षेत्री (सन्तोष) बिष्णु बहादुर खड्का,सबिन्द्र श्रेष्ठ, गजेन्द्र राई, एकराज कट्वाल, महोम्मद इनजाद आलम, अब्दुल खालिक शेख, दिनेश खत्रि, जय प्रकाश यादव, मो मजुदिन,रामबाबु यादव, अगन्धर देवकोटा, नियम शेखको जित शुनिश्चित देखिएको छ उनीहरुले धेरै मतको अग्रताले निर्बाचन जित्ने प्रारम्भिक नतिजा देखिएको छ ।
कतारमा अघिल्लो कार्यकालको अधुरा कार्य पुरा गर्न मुक्तदाको पुनः उम्मेदवारी
अध्यक्षका उम्मेदवार मुक्तदाले आठौ महाधिबेशनबाट निर्बाचित भए संगै अघिल्लो कार्यकालमा अधुरा रहेका कार्ययोजनालाई पुर्णता दिन पुनः उम्मेद्धारी दिएको बताएका छन । एनसीसी कतारलाई गतिशिल नेतृत्व प्रदान गरि एनसीसी कतारको हरेक गतिबिधीहरुलाई श्रममैत्री बनाउन पुन एक कार्यकाल काम गर्ने मुक्तदाले बताएका छन् ।
उनले भनेका छन्–‘२०१९÷२०२१ कार्यकालका लागि यहाँहरुले दिनुभएको अध्यक्ष पदको जिम्मेवारी संगै सहयोग र सद्धभावका लागि हार्दिक आभार प्रकट गर्दछु, कोभिडका कारण आपसि भेटघाटमा भौतिक सहभागिताका साथ निर्धारित एबं घोषीत कार्यक्रमहरु सम्पन्न गर्न सकेनौ ।तथापी कोभिडको महामारीमा यहाहरु सबैको साथ र सहयोगको कारण अधिकतम सेवा प्रदान गर्ने अबसर प्राप्त भयो ।’ मुक्तदाले उम्मेद्धारी घोषणा संगै आफ्ना केही घोषणा पत्र समेत सार्बजनिक गरेका छन ।नेपाल बाहीर बस्ने नेपालीहरु स्वतः गैरआबासीय नेपाली हुन भन्न्ो परिभाषालाई पुर्नस्थापित गर्नका लागी अन्र्तराष्ट्रिय समन्बय परिषद मार्फत पहल गरिने जानकारी गराएका छन ।उनले बिगतमा घोषित कार्यक्रमहरु बिबिध कारणबश सम्पन्न गर्न असर्मथ भएको बताउदै ति अधुरा कामहरु सम्पन्न गर्न पुनः अध्यक्षमा विजयी गराउन आग्रह गरेका छन ।उनले बतारबासी एनसीसी सदस्यहरुलाई सहयोग र सर्मथन गरि आगामी नबौं महाधिबेशनमा अध्यक्षमा निर्बाचित गरि अघिल्लो कार्यकालका बाकी कार्यभारहरुलाई पसरा गर्ने अबसर प्रदान गर्न अपिल गरेका छन ।मुक्तदालाई कतारमा रहेका जनप्रगतिशिल मन्च कतार ,जनसम्पर्क समिति कतार , प्रबासि नेपालि मन्च नेपाल समुह कतार , नेपालि समाज कतार, बिबेकशिल साझा कतार ,जनजाति महासङ्घ कतार , अन्तरास्ट्रीय मुस्लिम समाज लगाएत सन्स्थाहरुले समर्थन रहेका दाबी गरेका छन ।यद्यपी उनको बिरुद्ध अर्को पक्षको उम्मेद्धारी पर्ने प्रबल सम्भाबना रहेको छ ।
मुक्तदाका प्रतिबद्धताहरुः
१. एनसीसी कतारको हरेक गतिबिधीहरुलाई श्रमिक मजदुरहरुको पक्षमा अधिकतम श्रममैत्री बनाउन कोसिस गरेको र अझ सशक्त बनाईने छ ।
२. विगतका वर्षहरुदेखि नै घोषित नेपाली सांस्कृतिक केन्द्र ,स्थापना गर्ने कार्यका लागि पहल भैरहेको र उक्त कार्य सम्पन्न गर्नका लागि यथासम्भब प्रयास गरिनेछ ।
३. नेपालमा पर्यटन प्रबर्द्धनका लागि अधिकतम पहल गरीरहेको र आगामी दिनहरुमा अझ प्रभावकारी र परिणममुखी वनाउनका लागि पहल गरिनेछ ।
४. विगतमा नेपाली नियोगसंग सहकार्य गर्दै नेपाली समुदायमा आइपरेका समस्या तथा अलपत्र परेका नेपाली श्रमिकहरुको हकहित तथा समस्या समाधानका लागि अधिकतम पहल गरीरहेको र आगामि दिनहरुमा थप रचानात्मक ढङ्गवाट कार्य सम्पादन गरिनेछ ।
५. कतार सरकारको सम्वन्धित निकायसंगको सहकार्यमा विगतमा नेपाली श्रमिकहरुका लागि वेलावेलामा चेतनामुलक कार्यहरु गरीएको र आगामि दिनहरुमा समेत यसको निरन्तरता र संस्थागत रुपमा सम्वन्ध स्थापित गरी थप कार्यहरु गरिनेछ ।
६, प्राय नेपालीहरु कतार आउदा कतारको भाषा,सस्कृति, धर्मका वारेमा त्यति जानकारी नहुदा समस्यामा पर्ने हुदा सोको न्युनिकरणका लागि चेतनमुलक कार्यक्रमको आयोजना गरिनेछ ।
७, २०२२ विश्वकप आयोजक राष्ट्र कतारसंग नेपाली समुदायको भुमिका प्रभावकारी वनाउनका लागि सम्वन्धित पक्षसंग समन्वय गरिनेछ ।
८, नेपालमा वेदेशिक लगानिका लागि संवृद्ध नेपाल निमार्णको अभियानमा कतारवाट इच्छुक लगानीकर्ताहरुको लागि आवश्यक पहल गर्न नेपाली नियोगको समन्वयमा प्रभावकारी भुमिका निर्वाह गरीनेछ ।
९, नेपालको पहिचान रहने नेपाली कला तथा सस्कृतिलाई विश्व सामु चिनाउनका लागि गैरआवसिय नेपाली संघको विश्व संजाल मार्फत आवश्यक पहल गरिनेछ ।
१०, पुर्व परिभाषीत गैरआवसिय नेपाली संघको मान्यता अनुसार सार्क मुलुक भन्दा वाहिर एक आर्थिक वर्षमा १८२ दिन नेपाल वाहिर वस्ने नेपाली स्वतः गैरआवसिय नेपाली हुन भन्ने परिभाषालाई पुन स्थापित गर्नका लागि अन्तराष्ट्रिय समन्वय परिषद मार्फत पहल गरिनेछ ।
काठमाडौं -लोक प्रिय गायक प्रविन बेडवालको आवाज श्रीदेव भट्टराई र नग्मा श्रेष्ठको अभिनयमा ‘तिम्रो मुहारमा’ बोलको गीत सार्वजनिक भएको छ।
गीतले माया प्रेमको कुरालाई देखाउन खोजेको छ।
गीतमा प्रमोद भट्टराई प्रतीकको शब्द,कृति न्यौपानेको संगीत रहेको छ । उक्त गीतमा सबैको लोक प्रिय गायक प्रविन बेडवालको स्वर रहेको छ। प्रग्यस्वरी स्टुडियोमा रेकर्ड गरेको गीतलाई शम्भु तनडुकरले मिक्सिङ / मास्टरिङ र राजु कार्कीले संगीत संयोजन गरेका हुन्।
हेमप्रभास अधिकारीको निर्देशन अन्जु सुनारको कोरीयोग्राफर रहेको उक्त भिडियोमा श्रीदेव भट्टराई र नग्मा श्रेष्ठको अभिनय देख्न सकिन्छ। अजय रेग्मीले छायांकन गरेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन,कलर गरेका हुन् । ‘तिम्रो मुहारमा’ म्यूजिक भिडियो ओ एस आर डिजिटलको अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । ‘तिम्रो मुहारमा’ म्यूजिक भिडियो प्रमोद भट्टराई प्रतीकद्वारा निर्माण भएको हो। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।