generalnews
||Power News Asia||

आजको समाचार

साबिक बमोजिम किराना पसल खोल्ने व्यवस्था मिलाउन चेम्बरको माग

समाचार


काठमाडौ- नेपाल चेम्बर अफ कमर्शले साबिक बमोजिम किराना पसल खोल्न दिनुपर्ने माग राखेको छ । विहिवार विज्ञप्ती जारी गर्दै चेम्बरले आफनो धारणा सार्वजनिक गरेको हो । चेम्बरद्वारा जारी विज्ञप्तीमा भनिएको छ ’नेपाल सरकार गृह मन्त्रालय काठमाण्डौका प्रमूख जिल्ला अधिकारीबाट, नयाँ भेरियण्टको कोभिड१९ महामारीको संक्रमण तीव्र रुपमा वढि रहेको हुंदा उक्त संक्रमण रोकथाम तथा नियन्त्रणका लागि हालै जारी भएको विज्ञप्ती सम्वन्धमा नेपाल चेम्वर अफ कमर्सको ध्यानाकर्षण भएको छ’ ।

उक्त विज्ञप्तीमा किराना पसलहरु वन्द गर्ने व्यवस्थाले दैनिक रुपमा खरिद गरी उपभोग गर्ने न्युन आय भएका सर्वसाधारण उपभोक्ताहरुलाइ यस व्यवस्थाले मर्कापर्ने जनाउदै भनिएको छ ’किराना पसलहरुमा खाद्यान्न, किराना सामान, दूध, पानी तथा तरकारी पनि बिक्री हुने भएकोले किराना पसल वन्द गरिदा अति आवश्यक उपभोग्य वस्तुहरु सर्व साधारणलाइ सुलभ आपूर्ति नहुने भएकोले तोकिएको मापदण्डको भौतिक दूरी कायम गरी सुरक्षाका समस्त मापदण्ड कडाइका साथ लागूगर्ने व्यवस्था गरी साबिक बमोजिम किराना पसल खोल्ने व्यवस्थाका लागि सम्वन्धित निकाय समक्ष नेपाल चेम्वर अफ कमर्स अनुरोध गर्दछ’ ।

साल्ट ट्रेडिङ र खाद्य व्यापार कम्पनी मार्फत घरबाटै खाद्य वस्तु मगाउन सकिने

समाचार


काठमाडौं- जेष्ठ १४ शुक्रबार देखी साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र खाद्य व्यापार कम्पनीबाट अत्यावश्यक खाद्य वस्तु मगाउन सकिने भएको छ । यही जेठ १४ गते देखि खाद्यान्न पसल समेत बन्द गर्ने गरी लागु गरिएको लकडाउन (निशेधाज्ञा) ले दैनिक जिविका गरी खानेवर्गलाइ ठूलाे मर्का पर्ने भएकाेले काठमाडाैं उपत्यका स्थित तीन वटै जिल्लाका सिडिओ कार्यालयले उक्त व्यवस्था मिलाएका  हुन ।                     

खाद्यान्न खरिद गर्न असहज हुने अवस्थालाई ध्यानमा राखी भाेली जेठ १४ गते देखि नै उपत्यकाका सबै स्थानीय वडाहरूमा समेत पुग्ने गरी साल्ट ट्रेडिंङ कर्पाेरेशन लिमिटेड र नेपाल खाद्य व्यापार कम्पनीले दाल, चामल, तेल, चिनी , चिउरा, नून, तेल, चामल, च्यूरा र चिनी लगायतका दैनिक उपभाेग्य वस्तुहरू माेवाइल भ्यान मार्फत बिक्रि बितरण गर्ने निर्णय भएको छ ।  अत्यवाश्यक खाद्य वस्तु आवश्यक  परेमा हटलाइन नम्बरमा कल गर्ने सकिने व्यवस्था गरिएको छ ।

नागरिकमा खाद्य सामग्री नै पाइँदैन भन्ने भ्रम गएको भन्दै उपत्यका प्रशासनले नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट अत्यावश्यक सामग्री मगाउन सक्ने व्यवस्था मिलाएको  हो । 

आज उपत्यका स्थित तीन वटै जिल्लाका सिडिओ सहित साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका नायब महाप्रबन्धक कुमार राजभण्डारी, खाद्य तथा व्यापार कम्पनी लिमिटेका विभागीय प्रमुख भिम थापा, राष्ट्रिय उपभोक्ता मन्चका अध्यक्ष प्रेमलाल महर्जन, नेपाल चेम्बर अफ कमर्शका देवेन्द्र भक्त श्रेष्ठ, थोक बिक्रेता संघका ॐ प्रकाश वंशल लगायत सरकारी अधिकारीहरुको बैठक पस्चात उक्त निर्णय लिइएको हो ।                           

काठमाडौं प्रशासनले बिहिबार एक सूचना जारी गर्दै निषेधाज्ञाको अवधिमा कोही कसैलाई खाद्य वस्तुको अभाव भए खरिदका लागि वैकल्पिक व्यवस्था गरेको जनाएको छ । 

 

खाद्य वस्तु मगाउन नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको ९८५१३२०३१४, ९८५११३६७८५, ९८५११२१७८८ मा फोन गर्न सकिन्छ भने साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको ९८५१०२२५६४, ९८५१०३३३०३, ९८५१११३६६०, ९८४१३३२९९० र ९८१३२७२५६३  मा फोन गर्न सकिने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।  

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका नायब महाप्रन्बन्धक कुमार राजभण्डारीले प्रशासनसँग छलफल पस्चात भएको निर्णय अनुसार सेवा प्रवाह गर्न कर्पोरेशन सक्षम र पूर्ण रुपमा तयार रहेको उल्लेख गरे ।  ‘सेवा प्रवाहका लागि हामी तम्तयार अवस्थामा छौ, आवश्यक तयारी पुरा भैसकेको छ’ ।  ‘विगतमा पनि घुम्ती सेवा संचालन गरेको अनुभव हामीसँग छ, त्यसैले सेवा प्रवाहका क्रममा संभव भएसम्म हाम्रोतर्फबाट  कुनै कमी आउन दिने छैनौ’ ।  

यस प्रयोजनका लागि कर्पोरेशनले तीन वटा मोबाईल भ्यान परिचालन गर्ने नायब महाप्रबन्धक राजभण्डारीले बताए ।  

राष्ट्रिय उपभोक्ता मन्चका अध्यक्ष प्रेमलाल महर्जनले प्रशासनले सम्पूर्ण पसलहरु बन्द गर्ने भनेर लिएको यस अघिको निर्णय उपभोक्ता अधिकारका दृष्‍टिले त्रुटिपूर्ण रहेकामा ताजा निर्णयले राहत मिलेको बताए ।  

मोरङ स्थित ७ गाउँपालिका र स्वास्थ्य संस्थालाई भरतमोहन अधिकारी स्मृति फाउन्डेसनको राहत 

समाचार


मोरङ - पुर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको स्मृतिमा स्थापित संस्था भरतमोहन अधिकारी स्मृति फाउन्डेसनले मोरङ जिल्ला स्थित विभिन्न पालिका क्षेत्र र स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । फाउन्डेसनले जिल्ला स्थित पथरी शनिश्चरे नगरपालिका ,सुन्दर हरैचा नगरपालिका ,केरावारी गाउँपालिका ,मिक्लाजुङ्ग गाउँपालिका, कानेपोखरी गाउँपालिका,हसनदह कोभिड अस्पताल लगाएतलाई राहत स्वरुप  स्वास्थ्य सामाग्री वितरण गरेको हो ।  

कोभिड १९ बाट संक्रमित स्थानियको  स्वास्थ उपचारको लागि अति अवश्यक पर्ने स्वस्थ्य सामाग्रीहरु तथा त्यसको संक्रमण फैलन नदिन प्रयोग गरिने सामग्रीहरु फाउण्डेसनले उपलब्ध गराएको छ । जस अन्तर्गत १५० सेट पिपिई, ८० सेट अक्सिमिटर, ५००० गोटा साधारण माक्स, १५० गोटा एन एक्स माक्स, ५० जोडि बुट, ८० लिटर सेनिटाईजर, २० बक्सा साधारण पन्जा, ८० लिटर सोडियम हाईपोक्लोराईड, ५० थान फेस सिल्ड रहेका छन् ।  

उक्त राहत समाग्रीहरु सुन्दरहरैचाका मेयर शिव ढकाल तथा बडा अध्यक्ष राजेश थापा, केरावारी कि उपमेयर शान्तिकुमारी लिम्बू तथा बडा अध्यक्षहरु, मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देबी आचार्य, कानेपोखरी गाउँपालिकाका अध्यक्ष तारा काफ्ले,उपाध्यक्ष तथा वडा अध्यक्षहरु, पथरी शनिश्चरे स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले ग्रहण गरेका थिए ।

उक्त राहत सामाग्रीहरु फाउन्डेसनको तर्फबाट सचिव महेश आचार्य, सदस्य चण्डी राई र शुभाष आचार्यले वितरण गरेका थिए । कार्यक्रममा फाउन्डेसनका शुभचिन्तकहरु राजेश थापा, सुरेश कुमार श्रेष्ठ लगायतको प्रत्यक्ष सहभागीता रहेको थियो । 

फाउन्डेसनकी संस्थापक तथा भरतमोहन अधिकारीको छोरी लिमा अधिकारीको संयोजनमा फाउण्डेसनले राष्ट्रव्यापी रुपमा राहत वितरण गर्दै आएको छ । 

सो सामाग्रीहरु हस्तान्तरण बारे प्रकाश पार्दै संस्थापक अधिकारी भन्छिन्  ‘श्रद्ध्य पिताजी भरतमोहन अधिकारीमा  गाउँ प्रति र ग्रामीण जनता प्रति धेरै स्नेहभाव थियो भन्ने कुरा उहाँको कार्यक्रमहरु बाटै प्रष्ट हुन्छ,  त्यसैले उहाँकै संझनामा उहाँले राष्ट्रिय राजनीतिमा प्रतिनिधित्व गर्नु भएको जिल्ला मोरङ लगाएतका विभिन्न ठाउँहरुमा सहयोग गर्नुपर्छ भनेर राहत कार्यक्रम संचालन गरेका  छौ’ ।  

फाउन्डेसनले कोभिडसँग लड्ने स्वास्थ्यकर्मी, कर्मचारीहरु तथा जनप्रतिनिधिहरुको उच्च कदर गर्दै सम्मानपत्र सहित राहत वितरण गरेको थियो ।  

त्यसक्रममा सबै पालिकाका प्रतिनिधिहरुले आवश्यक मात्रामा महत्त्वपूर्ण सामाग्रीहरु पाउन मुस्किल परिरहेको स्थितीमा अधिकारीको स्‍मृतिमा स्थापित संस्थाबाट राहत पाउँदा विगतमा भरतमोहन अधिकारीले गर्नुभएको योगदानको स्मरण भएको बताउनुका साथै उनको व्यक्तित्व बारे प्रकाश समेत पारेका थिए । 

त्यसैगरि केहीले हाल स्वास्थ्य सामाग्रीहरु पाईहाले पनि उच्च मुल्य भुक्तान गर्नु परेको दुखेसो गर्दै यी समाग्रीहरु प्राप्त भई दिदा ठुलो राहत मिलेको बताए । त्यस्तै उनीहरुले राहतका लागि फाउन्डेसन परिवारलाई धन्यवाद ज्ञापन गरेका थिए ।  

फाउण्डेसनले स्रोतले भ्याएसम्म स्वास्थ्यकर्मी एवम्     नागरिकहरुको जीवन रक्षाका लागि आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने फाउण्डेसनकी  अध्यक्ष सविता अधिकारीले जानकारी गराएकी छिन् । 

क्षेत्रपाटि निःशुल्क अस्पताललाई भरतमाेहन अधिकारी स्मृति फाउन्डेसनको २०० थान पिपिई तथा ५० थान अक्सिमिटर सहयोग 

समाचार


काठमाडौं- भरतमाेहन अधिकारी स्मृति फाउन्डेसनले क्षेत्रपाटि निःशुल्क चिकित्सालयलाई २०० थान पिपिई तथा ५० थान अक्सिमिटर  सहयाेग स्वरूप उपलब्ध गराएकाे छ । 

फाउण्डेसनले मंगलबार उक्त सहयोग उपलब्ध गराएको हो ।  फाउन्डेसनको तर्फबाट फाउण्डेसनकी संस्थापक तथा भरत माेहन अधिकारीकि छाेरी लिमा अधिकारीले अस्पतालका अध्यक्ष डा. मनाेजमान श्रेष्ठलाई स्वास्थ्य सामाग्री हस्ताण्तरण गरेकी थिईन् ।  

उक्त अस्पतालले निःशुल्क कोभिड  बिरामीकाे उपचार गर्दै आएको छ । कोभिड १९ को नयाँ भेरियण्टका कारण संक्रमणको जोखिम बढदै गईरहेको स्थित माझ देशको घना जनघनत्व रहेको राजधानी  स्थित क्षेत्रपाटीमा संचालित उक्त अस्पतालमा कार्यरत चिकित्सक एवम् स्वास्थ्यकर्मीको सुरक्षालाई ध्यानमा राख्दै मुख्य आवश्यकताको पहिचान गरि उक्त सहयोग उपलब्ध गराएको फाउण्डेसनकी संस्थापक लिमा अधिकारीले जानकारी गराईन् ।

भरतमोहन अधिकारी स्‍मृति फाउण्डेसन पूर्व उपप्रधान एवम् अर्थमन्त्री स्वर्गिय भरतमोहन अधिकारीको स्‍मृतिमा स्थापना भएको सामाजिक संस्थाले । स्वर्गिय नेता अधिकारीकी धर्मपत्नी सबिता अधिकारी फाउण्डेसनको अध्यक्ष छिन । फाउण्डेसनले जेष्ठ नागरिकको क्षेत्रमा उल्लेख्य योगदान पुर्याउदै आएको छ भने अन्य सामाजिक कार्यमा समेत संलग्न रहदै आएको छ ।

सङ्कटमा रहेका श्रमजीवी पत्रकार र निम्न बर्गिय श्रमिकहरुको लागी खाध्यन्न सहितको राहत वितरण

समाचार


काठमाडौ । नेपाल समाजवादी काङ्ग्रेसले कोरोना महामारीका कारण सङ्कटमा रहेका श्रमजीवी पत्रकार र निम्न बर्गिय श्रमिकहरुको लागी खाध्यन्न सहितको राहत वितरण गरेको छ । पार्टी अध्यक्ष गोविन्द निरौलाको उपस्थितिमा ठुलो सङ्ख्यामा पत्रकार र निम्नवर्गिय श्रमिकहरुलाई खाद्यान्न तथा राहत वितरण गरिएको हो । वितरण कार्यक्रममा पार्टीका उपाध्यक्ष महेशमान सिंह, सचिव मानबहादुर गुरुङ, सह सचिव पुष्पा राणा घले, कोषाध्यक्ष दुर्गा गौतम र सदस्य दुर्गा भुसालको समेत उपस्थिति रहेको थियोे । पत्रकारहरुको समन्वय युगान्तर खबर डटकमका प्रकाशक / सम्पादक वसन्त परियार र श्रमिकहरुको समन्वय सोनी शर्माले गरेका हुन् ।

मोरङ निवासी गोविन्द निरौला नेपाली काङ्ग्रेसमा लामो समय भुगोल तथा सङ्गठनमा काम गरेका व्यक्ति हुन् । उनले पछिल्लो राजनितिक परिवर्तन पछि बैचारिक मत भिन्नताका आधारमा नेपाल समाजवादी काङ्ग्रेस गठन गरि अघि बढिरहेका छन् । वर्तमान राजनीति सर्वसत्ता उन्मुख भइरहेकोे छ । कोरोना संक्रमणका कारणले जनता छ्टपटाइ रहेको अवस्थामा शासक वर्ग भने भ्रष्टाचार र सत्ताको दाउपेचमा लाग्नु आपत्तिजनक रहेको उनको भनाई छ। देशको समस्या समाधानको लागी नेपाल समाजवादी काङ्ग्रेस सहितको राष्ट्रिय सरकार गठन गर्नुपर्ने उनको तर्क रहेको छ । आफुहरु अहिलेको व्यवस्था ढाल्न लागी परेको बताउदै उनले भने कोरोनाको यो विषम परिस्थितिमा निशुल्क उपचार र खाद्यान्न उपलब्ध गराउन राज्यसंग जोडदार माग गर्दछौं ।

श्रमजीवी पत्रकार र निम्न बर्गिय श्रमिकहरुलाई यो सङ्कटको बेला पार्टीको हैसियत अनुसार खाद्यान्न सहितको राहत वितरण गर्न पाउँदा खुसी लागेको निरौलाले बताए ।

१९ बर्षे पाकिस्तानी आरोही सहरोज कासिफले गरे सगरमाथाको सफल आरोहण

समाचार


काठमाडौँ-१९ बर्षे पाकिस्तानी आरोही सहरोज कासिफले सगरमाथाको सफल आरोहण गरेका छन् ।उनले गत वैशाख २८ गते विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका हुन । सफल आरोहणसँगै उनले राष्ट्रिय किर्तीमान समेत राखेका छन् । १९ बर्षको उमेरमा सगरमाथाको शिखरमा पाइला राख्दै पाकिस्तानी मध्ये कम उमेरमा विश्वको सर्वोच्च शिखर पुग्ने पहिलो नागरिक बन्दै उनले किर्तिमान राखेका हुन ।

सगरमाथाको सफल आरोहण पस्चात उनले खुशी हुँदै भने ‘म यो सफलताबाट निकै खुशी छु, आठ बर्ष अघि देखीको सोचले सार्थक रुप धारणको सन्दर्भलाई म बयान नै गर्न सक्दिन’ । सगरमाथा चढ्ने सबैभन्दा कान्छा पाकिस्तानी सहरोज कासिफले नेपाल र पाकिस्तानको हिमालले दुई देशको सम्बन्धलाई बयान गर्ने बताए ।

आरोही कासिफले सगरमाथाको सफल आरोहण पस्चात आफुले नेपालमा पाएको माया र सम्मान अनि पाकिस्तानको ‘के टु’ आरोहण गर्ने समुहले पाएको सम्मानमा समानता रहेको पनि उल्लेख गरे । कासिफ सेभेन समिट कम्पनी मार्फत सगरमाथा आरोहणमा सामेल भएका थिए ।

लकडाउनमा १३ सयलाई राहत वितरण गर्दासम्म पनि एउटै फोटो नखिचाउने दानवीर लक्ष्मीप्रसाद संग्रौला

समाचार


 

 काठमाडौं । कोरोना भाइरसका कारण भएको लकडाउनमा समस्यामा पर्दै आएका नागरिकलाई झापा दमकका लक्ष्मीप्रसाद संग्रौलाले राहत बाँड्दै आएका छन् । उनले दोस्रो चरणको लकडाउनमा अहिलेसम्म झण्डै ५ सय जना र परिवारलाई राहत स्वरुप चामल, दाल, नुन, तेल, साबुन, सेम्फो र अत्यावश्यक सामग्री वितरण गरेका छन् । केही समय अघिदेखि काठमाडौं बस्दै आएका उनले नागरिकको जनजीवन अस्तव्यस्त बन्दै गएकाले आफ्नो तर्फबाट सहयोग गरेको बताएका छन् । उनले कसैलाई पनि राहत दिएको फेसबुकमा फोटो पोष्ट गरेका छैनन् । ‘मैले चर्चाका लागि राहत दिएको होइन, केही दिन चुपचाप बसें, जनताको अवस्था गम्भीर भएकाले केही गर्नुपर्छ भनेर लागें’ उनले भने ‘यो असहज भएका बेला एकले अर्कालाई सहयोग गर्नुपर्दछ भनेर अभियान चलाएको हुँ, यसमा मेरो कुनै राजनीतिक र अन्य स्वार्थ छैन ।’

उनले फेसबुकमा झापा क्षेत्र नम्बर ५ घर भई काठमाडौं आएर बसेका कसैलाई दैनिकी गुजार्न समस्या भएमा म सहयोग गर्न तयार छु भनेर आफ्नो सम्पर्क नम्बरसहित फेसबुकमा राखेका थिए त्यसपछि उनलाई राहत लिएर जान भ्याइनभ्याई छ । उनले झापाकालाई मात्र होइन जुनसुकै जिल्लाबाट काठमाडौं आएर बसेकालाई सहयोग गरेका छन् । ‘मेरो गाडी छ त्यसैमा सबै चाहिने सामग्री हाल्छु र बिहानैदेखि दौडन्छु, जसले फोन गरे पनि उठाउँछु र त्यो ठाउँमा पुगेर सामग्री दिन्छु अरु धेरै कुरा सोध्दिन’ उनले खुशी हुँदै भनेका छन् ‘ सेवा गर्न पाएकामा मलाई आनन्द आएको छ, कतिलाई भने सागसब्जी किन्ने पैसा पनि छोडिदिने गरेको छु ।’ उनले सबैतिर पुग्दा मानिसको धेरै समस्या देखेका छन् ।

उनले कसैलाई अप्ठेरो परेको भए ९८५२६७०६४१ मा सम्पर्क गर्न अनुरोध पनि गरेका छन् । गतवर्ष भएको लकडाउनमा पनि उनले ७ सय ९० जनालाई राहत वितरण गरेका थिए । उनले झापाका विभिन्न ठाउँमा आफ्नो तर्फबाट सक्दो सहयोग गरेका छन् । केही दिनअघि उनले झापामा झुलसमेत वितरण गरेका थिए । उनले स्वास्थ्य, शिक्षाका साथै नागरिकका प्रत्येक समस्यालाई नजिकबाट बुझ्दै आएका छन् । उनले आफ्नो अभियानले निरन्तरता पाउने पनि जनाएका छन् ।

पेशाले मार्बल व्यवसायी संग्रौला मार्बल संघका अध्यक्ष पनि हुन ।

पुन: प्रतिनिधिसभाको विघटन, कात्तिक २६ र मंसिर ३ गते चुनावको घोषणा

समाचार


काठमाडौ(  राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार राति १ बजेर ४९ मिनेटमा प्रतिनिधिसभा विघटन गर्दै आउँदो कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी मिति तोकेकी छन् ।
सरकार निर्माणका सबै संवैधानिक ढोकाहरू बन्द भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन र चुनावको मिति राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए । राष्ट्रपति भण्डारीले मध्यराति प्रधानमन्त्री पदका लागि ओली र शेरबहादुर देउवाले गरेको दाबी नपुग्ने निर्णय गरेलगत्तै सरकार निर्माणका लागि संविधानअन्तर्गतका सबै ढोकाहरू बन्द भएका थिए । त्यसपछि राति १२ बजे प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएर १२ बजेर ४५ मिनेटमा संविधानको धारा ७६ ९७० बमोजिम प्रतिनिधिसभा विघटनको सिफारिस गर्दै दुई चरणमा चुनावको मिति तय गरेका हुन् ।
नयाँ संविधान जारी भएपछि राजनीतिक स्थिरताको अपेक्षा गरिए पनि साढे तीन वर्षमै सत्ता राजनीतिको दलीय कचिंगलमा परेर प्रतिनिधिसभा विघटनको अवस्था आएको हो । कोरोना महामारीका कारण जनजीवन आक्रान्त भइरहेका बेला अब मुलुकले फेरि निर्वाचनको भारी बोक्नुपर्ने भएको छ । एउटा कार्यकाल पूरा नहुँदै प्रतिनिधिसभा विघटन हुने विगतको नियतिको फेरि पुनरावृत्ति भएको छ ।

राष्ट्रपति भण्डारीले राति ११ बजेर ३८ मिनेटमा संविधानको धारा ७६ ९५० अन्तर्गतको प्रधानमन्त्री नियुक्त गर्न नसक्ने निर्णय गरेकी थिइन् । प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्ने आधार नदेखिएको तर्क गर्दै राष्ट्रपति भण्डारीले ओली र देउवा दुवैलाई नियुक्त गर्न नमिल्ने निर्णय गरेपछि प्रतिनिधिसभा विघटनको धारा प्रयोग गर्ने बाटो खुलेको हो । संविधानको धारा ७६ ९७० मा उपधारा ५ बमोजिम ‘प्रधानमन्त्री नियुक्त हुन नसके प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी ६ महिनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्ने’ व्यवस्था छ ।

प्रतिनिधिसभा विघटन हुँदै चुनावमा जाने ओली योजनामा राष्ट्रपतिको निर्णर्यले सहयोग पुगेको छ । ‘यो प्रतिनिधिसभाबाट सरकार बन्ने सबै विकल्प सकिएकाले प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जानुपर्ने संवैधानिक बाध्यता सिर्जना भयो,’ मन्त्रिपरिषद् बैठकपछि अर्थमन्त्री विष्णु पौडेलले कान्तिपुरसँग भने, ‘त्यसैअनुसार प्रतिनिधिसभा विघटनको सिफारिस र निर्वाचनको मिति तय भएको हो ।’

प्रधानमन्त्री ओलीले गत पुस ५ मा आफूविरुद्ध घेराबन्दी भएको भन्दै प्रतिनिधिसभाको विघटन गरेका थिए । ओलीको उक्त कदम असंवैधानिक भन्दै सर्वोच्च अदालतले फागुन ११ मा प्रतिनिधिसभा ब्युँताइदिएको थियो । त्यसपछि ओलीले कुनै न कुनै रूपमा आफ्नो उक्त निर्णय सही थियो भन्ने दाबी गर्ने आधारहरू खोजिरहेका थिए । त्यसैले उनी संविधानभित्रकै बाटोबाट प्रतिनिधिसभाको कार्यकाल पूरा नहुँदै विघटनको कोसिसमा थिए । उनको उक्त प्रयास शुक्रबार पूरा भएको छ । चुनावमा जाने योजनामा कांग्रेस र जसपाका केही नेताहरू पनि ओलीसँग निकट थिए । उनीहरूको छद्मइच्छा पनि अब पूर्ति भएको छ ।

संविधानको धारा ७६ ९१० मा बहुमत प्राप्त दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था छ । उक्त व्यवस्थाअनुसार ओली नै यसअघि नेकपाको नेताका रूपमा प्रधानमन्त्री भइसकेका थिए । नेकपाको एकीकरण अदालतले बदर गरेपछि ओली नै संविधानको धारा ७६ ९२० अन्तर्गत दुई वा दुईभन्दा बढी दलको समर्थनका प्रधानमन्त्रीका रूपमा रूपान्तरण भए । माओवादी केन्द्रले समर्थन फिर्ता लियो । ओली प्रतिनिधिसभामा विश्वासको मत लिन गए । विश्वासको मत नपाएपछि संविधानको धारा ७६ ९२० अनुसार राष्ट्रपतिले तीन दिनको समय दिएर दलहरूलाई सरकार निर्माणको आह्वान गरिन् ।

उक्त आह्वानअनुसार सरकार बन्न नसकेपछि ओली नै धारा ७६ ९३० अनुसार सबैभन्दा ठूलो दलको नेताका रूपमा प्रधानमन्त्री बने । गत साता उपधारा ३ अन्तर्गतको प्रधानमन्त्रीको शपथ लिएका ओलीले बिहीबार आफूले विश्वासको मत प्राप्त गर्न नसक्ने भन्दै राष्ट्रपतिलाई धारा ७६ ९५० अन्तर्गतको सरकार निर्माणको प्रक्रिया आरम्भ गर्न सिफारिस गरेका थिए । ओलीको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले करिब २१ घण्टाको मात्र समय तोकेर दलहरूलाई प्रधानमन्त्रीको दाबी गर्न आह्वान गरेकी थिइन् । त्यही समय सीमाभित्रको ओली र देउवाले गरेको दाबीलाई उनले दाबी नपुग्ने निर्णय गरिन् । क्रमशः यसरी संविधानभित्रबाट सरकार निर्माणका सबै ढोका बन्द भए ।

राष्ट्रपति भण्डारीले बिहीबार संविधानको धारा ७६ को ५ अन्तर्गत प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न शुक्रबार ५ बजेसम्मको समय दिएकी थिइन् । उक्त समयमा ओली र देउवाले दाबी पेस गरेका थिए । तर दुवैका दाबीमाथि कानुनी अप्ठ्याराहरूसमेत औंल्याउँदै राष्ट्रपतिले विश्वासको मत प्राप्त गर्न नसक्ने अवस्था आएको उल्लेख गरेकी थिइन् ।

‘दाबीकर्ता दुवै माननीय सदस्यहरूका समर्थनकर्ता भनिएका सदस्यहरू एकअर्कामा दोहोरो परेका, दलको निर्णयविपरीत एकले अर्कोलाई समर्थन गरेको समेत देखिएको र सम्बन्धित दलले मान्यता नदिन लेखी आएको समेत देखिएकाले नेपालको संविधानको धारा ८९ को खण्ड ९ङ० समेत आकर्षित हुन सक्ने, राजनीतिक दलसम्बन्धी ऐन २०७३ को परिच्छेद ६ का विषयहरूसमेतलाई ध्यान दिँदै दाबीकर्ता दुवै माननीय सदस्यहरूले संविधानको धारा ७६ को उपधारा ९५० बमोजिम प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने ठोस आधार नदेखिएकाले उक्त उपधारा ९५० बमोजिमका दाबीकर्ता दुवै माननीय सदस्यहरूको दाबी नपुग्ने देखिएकाले प्रधानमन्त्री पदमा नियुक्ति गर्न मिल्ने देखिएन’ राष्ट्रपतिको निर्णयमा छ ।

राष्ट्रपति भण्डारीका अनुसार ओलीको पक्षमा एमाले १२१ र जनता समाजवादी पार्टीका ३२ जना सदस्यको समर्थन प्राप्त भएको भनिए पनि एमालेकै २६ जना र जनता समाजवादी पार्टी, नेपालका १२ जना सदस्यले अर्का दाबीकर्ता देउवालाई समर्थन गरेको देखिएको थियो । त्यस्तै देउवाका तर्फबाट पेस भएको दाबीमा १४९ जनाको हस्ताक्षर रहेको र एमालेबाट अर्का दलका उम्मेदवारको पक्षमा हस्ताक्षर गरेका सदस्यहरूलाई मान्यता नदिन अनुरोध आएको, निजहरूले दलीय अनुशासनविपरीत हस्ताक्षर गरेको पाइए प्रतिनिधिसभाको सदस्य नरहने गरी निष्कासन गरिने कुरा लेखी आएको राष्ट्रपतिको निर्णयमा उल्लेख छ । त्यस्तै जनता समाजवादी पार्टीबाट पनि पार्टीका सदस्यहरूले पार्टीको आचरण र मर्यादाविपरीत हस्ताक्षर गरेकाले अस्वीकृत गर्न आग्रह गरेकाले दुवैको दाबी नपुग्ने राष्ट्रपतिको तर्क छ । त्यही तर्कका आधारमा उनले ओली र देउवाको दाबी नपुग्ने निर्णय गरेकी थिइन् ।

दाबी नपुग्ने राष्ट्रपति भण्डारीको निर्णयप्रति विपक्षी दलका नेताहरूले आपत्ति जनाएका थिए । उनीहरूले आपत्ति जनाइरहँदा राति नै प्रतिनिधिसभा विघटनको निर्णय भएको थियो । शुक्रबार दिउँसो नै ओलीले आफ्नो नेतृत्वमा सरकार बन्ने अवस्था नभए प्रतिनिधिसभा विघटनमा जान सक्ने घोषणा गरिसकेका थिए । उनले राष्ट्रिय सहमतिको सरकार बनाउन आफू तयार भएको र त्यसका लागि अरूले समर्थन गर्नुपर्ने उनको तर्क थियो । अन्यथा प्रतिनिधिसभा विघटन भए त्यसको जिम्मेवार अन्य दलहरू हुने उनको घोषणा थियो । दिउँसो उनले गरेको घोषणाबाटै करिब प्रतिनिधिसभा विघटनको अनुमान भइसकेको थियो । सभार स् कान्तिपुरबाट

‘काेराेनाबाट ज्यान गुमाउनेकाे वास्तविक तथ्याङ्क दुई या तीन गुणा धेरै’ : डब्लुएचओ

समाचार


काठमाण्डौ – विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ० ले कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको वास्तविक तथ्याङ्क जति आधिकारिक रूपमा बताइएको छ त्योभन्दा दुई या तीन गुणा बढी रहेको बताएको छ ।

सङ्गठनका अनुसार आधिकारिक रूपमा विश्वभर अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणका कारण ३४ लाख जनाको ज्यान गइसकेको छ ।

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार आफ्नो वार्षिक प्रतिवेदनमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ६० देखि ८० लाखबीच हुन सक्ने बताएको छ ।

प्रतिवेदनकाअनुसार सन् २०२० मा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा ३० लाख या बताइएको भन्दा १२ लाख धेरैको ज्यान गएको छ ।

‘प्रत्यक्ष रूपमा होस् या फेरि अप्रत्यक्ष रूपमा कोभिड–१९ बाट ज्यान गुमाउनेको तथ्याङ्क वास्तविक मृत्युको तथ्याङ्कभन्दा निकै कम छ’, प्रतिवेदनमा भनिएको छ ।

विश्व स्वास्थ्य सङ्गठनकी प्रबन्ध निर्देश समीरा अस्माले भन्नुभयो, ‘वास्तवमा ज्यान गुमाउनेको तथ्याङ्क दुई या तीन गुणा धेरै हुन सक्छ । यो तथ्याङ्क ६० देखि ८० लाख छ ।’

तथ्याङ्क कम हुनुमा यसका विभिन्न कारण हुन सक्ने विश्व स्वास्थ्य सङ्गठनले बताएको छ । सङ्गठनकाअनुसार महामारी सुरु हुने बेलामा कैयौँ व्यक्तिको मृत्यु उनीहरूमा कोभिड–१९ पुष्टि हुनुभन्दा पहिले नै भएको थियो ।

साथै केही देशसँग त्यस समयमा कोभिड–१९ का कारण हुने मृत्युसँग जोडिएको डाटा राख्नका लागि उचित प्रक्रियासमेत नभएको सङ्गठनले बताएको छ । – साभार उज्ज्यालो अनलाईन बाट

पाँचथरका लागि कन्सन्ट्रेटर र अक्सिजन सिलिण्डर खरिदमा बाँस्कोटाको सहयोग

समाचार


काठमाडौ, ६ जेठ- पाँचथर उद्योग वाणिज्य संघलाई कन्सन्ट्रेटर र अक्सिजन सिलिण्डर खरिदका लागि महिला उद्यमी शान्ता बाँस्कोटाले सहयोग गरेकी छिन । पाँचथर उद्योग वाणिज्य संघद्धारा संचालित २० थान अक्सिजन कन्सन्ट्रेटर मेसिन र ५० थान अक्सिजन सिलिण्डर व्यवस्थापन गर्ने अभियानमा शान्ता बास्कोटा कोईरालाले २० हजार नगद सहयोग गरेकी हुन ।

त्यसो त उक्त अभियानलाई सफल पार्न बाँस्कोटाले रकम संकलनमा समेत सघाउने भएकी छिन । त्यसका लागि स्वदेश र विदेशमा रहने आफन्तजन लगायत शुभेच्छुकजनसँग अभियानमा जोडिएर काम गर्न आफुले आग्रह गर्ने गरेको उनले बताईन् ।

फिदिम नगरपालिका वडा नं ७ मा जन्मिएकी बाँस्कोटा हाल काठमाडौंमा बसोबास गर्छिन् । उनी नेपाल घरेलु तथा साना उद्योग महासंघ अन्तर्गत केन्द्रिय महिला कार्य समितीकी सचिव समेत हुन ।

त्यसैगरि फिदिम २ स्थित श्री लक्ष्मी ट्रेड एंड इन्टरप्राइजेज प्रा लि का संचालकद्वय गौरी प्रसाद भण्डारी र टासी शेर्पाले एक थान अक्सिजन सिलिन्डर बापतको रु १५००० सहयोग गरेका छन् ।