generalnews
||Power News Asia||

आजको समाचार

बाल गायक प्रियान्कुश गौतम को पहिलो डेब्यु गीत ‘सुन हैन’ सार्वजनिक (भिडियोसहित)

समाचार


काठमाडौं  — वैशाख १२, २०७८। 

बाल गायक प्रियान्कुश गौतम को पहिलो डेब्यु गीत ‘सुन हैन’  सार्वजनिक भएको छ।

'अनलाईन सुपर किड्स डान्स एन्ड सिंगिङ कम्पिटिसन, २०२०' (सिंगिङ) तर्फको  सेकेण्ड रनर अप प्रियान्कुश गौतमको आवाजमा रोमान्टिक स्वादको बालबालिका बीचको प्रेमभाव प्रस्तुत गरिएको गितको म्युजिक भिडियो सार्वजनिक भएको हो। 

उक्त गितमा प्रियान्कुश गौतमको स्वरसंगै अन्य 'अनलाईन सुपर किड्स डान्स एन्ड सिंगिङ कम्पिटिसन, २०२०' (सिंगिङ) तर्फका प्रतिस्पर्धीहरुले समेत आवाज भरेका छन।  उक्त गीतमा चर्चित गायक, रचनाकार तथा संगीतकार धर्मेन्द्र सेवानको शब्द र संगीत रहेको छ। त्यस्तै, गीतको एरेन्ज बालकृष्ण चौधरीले गरेका हुन्। उक्त गीतको कोरियोग्राफी भने निशिला शाक्य र टिमले गरेका हुन्।

साथै उक्त गितको म्युजिक भिडियोमा ड्रीम सर्च एजेन्सीद्वारा संचालित 'अनलाईन सुपर किड्स डान्स एन्ड सिंगिङ कम्पिटिसन, २०२०' (डान्स) तर्फका विजयी प्रतियोगीहरुको अभिनय देख्न सकिन्छ। 

काठमाडौंको थापागाउँस्थित पाठशाला नेपालमा अध्ययनरत प्रियान्कुश गौतम गायन संगसंगै खेलकुदमा समेत त्यतिकै संलग्न रहदै आएका छन। अध्ययन र गायन पस्चात ब्याडमिन्टन, क्रिकेट, फूटबल लगायतका खेलमा समेत गौतमको रुची रहेको छ।  

स्कूलमा संचालन हुने विभिन्न अतिरिक्त क्रियाकलाप तथा प्रतियोगिताहरुमा समेत आफूलाई अव्वल सावित गराईसकेका गौतमको डेव्यु गित पछिल्लो समय बालबालिकाहरुमाझ चर्चित हुँदै गएको छ। 

मीरा साउन्ड स्टुडियोमा रेकर्डिङ गरिएको गीतको म्युजिक भिडियोको प्रोड्युसरमा ड्रीम सर्च एजेन्सीका सिईओ कमल निकोन क्षेत्री रहेका छन भने भिडियोलाई राधाश्याम दुलालले निर्देशन गरेका हुन् ।

उक्त ‘सुन हैन’ गितको म्युजिक भिडियोलाई ‘ड्रीम सर्च एजेन्सी’ले आफ्नो अफिसियल युट्युव च्यानलमा ल्याएको छ ।

भिडियो — 

पद्मजा कार्कीको डेब्यु गीत ‘सुन हैन’ सार्वजनिक (भिडियोसहित)

समाचार


काठमाडौं  — वैशाख १२, २०७८। 

'अनलाईन सुपर किड्स डान्स एन्ड सिंगिङ कम्पिटिसन, २०२०' (सिंगिङ) तर्फकी विजेता पद्मजा कार्कीको पहिलो डेब्यु गीत ‘सुन हैन’  सार्वजनिक भएको छ।

रोमान्टिक स्वादको बालबालिका बीचको प्रेमभाव प्रस्तुत गरिएको ‘सुन हैन’ बोलको उक्त गितमा पद्मजा कार्कीको स्वरसंगै अन्य 'अनलाईन सुपर किड्स डान्स एन्ड सिंगिङ कम्पिटिसन, २०२०' (सिंगिङ) तर्फका प्रतिस्पर्धीहरुले समेत आवाज भरेका छन।  उक्त गीतमा चर्चित गायक, रचनाकार तथा संगीतकार धर्मेन्द्र सेवानको शब्द र संगीत रहेको छ। त्यस्तै, गीतको एरेन्ज बालकृष्ण चौधरीले गरेका हुन्। उक्त गीतको कोरियोग्राफी भने निशिला शाक्य र टिमले गरेका हुन्।

साथै उक्त गितको म्युजिक भिडियोमा ड्रीम सर्च एजेन्सीद्वारा संचालित 'अनलाईन सुपर किड्स डान्स एन्ड सिंगिङ कम्पिटिसन, २०२०' (डान्स) तर्फका विजयी प्रतियोगीहरुको अभिनय देख्न सकिन्छ। 

काठमाडौंको बसुन्धरामा रहँदै आएकी पद्मजाले बुढा्निलकण्ठ स्कूलबाट क्याम्ब्रिज ए-लेवल ग्र्याजुएसन पुरा गरेकी छिन। त्यसैगरी २०७४ सालको एसईई बोर्ड परिक्षामा बुढानिलकण्ठ स्कूल टप(गर्ल्स तर्फबाट) गरेकी थिईन।  साथै बुढानिलकण्ठ स्कूलले संचालन गरेको एनुअल ट्यालेन्ट शो मा सिनियर ग्रुप तर्फबाट थर्ड पोजिसन प्राप्त गरेकी थिईन।

मीरा साउन्ड स्टुडियोमा रेकर्डिङ गरिएको गीतको म्युजिक भिडियोको प्रोड्युसरमा ड्रीम सर्च एजेन्सीका सिईओ कमल निकोन क्षेत्री रहेका छन भने भिडियोलाई राधाश्याम दुलालले निर्देशन गरेका हुन् ।

उक्त ‘सुन हैन’ गितको म्युजिक भिडियोलाई ‘ड्रीम सर्च एजेन्सी’ले आफ्नो अफिसियल युट्युव च्यानलमा ल्याएको छ ।

भिडियो — 

गायक परियारको अमर स्रष्टाहरुमा समर्पित “जुन गीत सुनेर” सार्वजनिक

समाचार


काठमाडौं– नेपाली सांगीतिक क्षेत्रका अमर स्रष्टाहरुलाई समर्पित गर्दै संगीतकर्मी कन्हैया सिंह परियारद्वारा तयार पारिएको एउटा कालजयी गीत ‘जुन गीत सुनेर‘’ शुक्रवार बिहान काठमाडौंमा प्रिमियर गरिएको छ । नेपाल संगीत प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति एवं विशिष्ट संगीतकार शम्भूजीत बासकोटाको प्रमुख अतिथ्यमा हार्दिक होटल काठमाण्डौमा आयोजित एक समारोहमा उक्त गीतको भिडियो प्रिमियर गरिएको हो ।भिडियो प्रिमियर गर्न आयोजित समारोहलाई सम्बोधन गर्दै संगीतकार बासकोटाले गायक तथा संगीतकार कन्हैया सिंह परियारलाई बधाइ दिँदै अग्रजको सम्मान गर्ने व्यक्ति सांगीतिक क्षेत्रमा सधैं अमर रहने बताउनु भयो ।

टिका गोपाल डिजिटल एम क्रिएशनकी निर्देशक गीता परियारको सभापतित्वमा आयोजित भिडियो प्रिमियर समारोहमा सञ्चाकरर्मीद्वय दिनेश डिसी तथा हेम सुवेदी, निर्देशक सुमन दाहाल, कानूनविद् भीमार्जुन आचार्य, गीतकार शान्तिप्रिय, चलचित्र निर्देशक माधव राज खरेल , भिडियो निर्देशक हेमप्रभास अधिकारी आदि वक्ताले गीत तथा भिडियोको सफलताका कामना गरेका थिए ।
सार्वजनिक गीतका संगीतकार सन्तोष श्रेष्ठले गीतकार तथा गायक परियारले गीतका शब्दहरु उपलब्ध गराउँदा संगीत भर्न चुनौतीपूर्ण रहेको बताए । अमर श्रष्टाहरुलाई सम्मान गर्ने गीतमा हामीले सक्दो मेहनत गरेका गरेको उनको भनाइ छ ।

पिम नेपाल, काठमाण्डौको व्यवस्थापनमा सम्पन्न भएको उक्त समारोहमा गायक परियारले तीन वर्ष अघिदेखिको योजनालाई साकार रुप दिन पाउँदा खुशी लागेको बताए ।गायक परियारले उक्त गीत तीन वर्षअघि देखि नै रचना गर्न थालेका थिए, जसका हालै रेकर्डिङ गरेर म्युजिक भिडियो तयार पारिएको हो । साढे दुई दशकभन्दा लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायक तथा संगीतकार कन्हैया सिंह परियारले उक्त गीतको भिडियो रेडियो नेपालको प्रांगणमा छायांकन गराएका छन् ।

गीतमा गायक परियाका स्वर तथा शब्द छ भने संगीतकार सन्तोष श्रेष्ठले यसलाई संगीत बद्ध गरेका छन् । गायक सिंहले आफ्नो रचनामा नारायण गोपाल, गोपाल योञ्जन, झलकमान गन्धर्व, तारादेवी, फत्तेमान, अम्बर गुरुङ, अरुणा लामा, गणेश परियार, मोतिराम भट्ट, लालबहादुर खाति, शिव शंकर, मेलवादेवी आदि स्रष्टालाई अटाएका छन् ।उहाँहरुले गाउनु भएका, संगीतबद्ध गर्नु भएका, रचना गर्नु भएका गीतहरु जति सुने पनि पुग्दैन, उहाँहरुका गीत सम्पूर्ण नेपालीहरुले सुन्नु भएको छ, हामी सबै उहाँहरुकै गीत सुनेर हुर्किएका हौं, तीनै महान् संगीतकर्मीहरुलाई सांगीतिक रुपले सम्झना गर्न यो गीत तयार पारेको हुँ, गायक सिंहको भनाइ छ ।

उक्त गीतलाई अमुल कार्की ढलीले संगीत संयोजन गरेका छन् । अकोस्टिक नेपाल स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतलाई राजाबाबु थारुले रेकर्ड गरेका हुन् । गीतलाई प्रकाश मिश्रले मिक्सिङ गरेका छन् । यो गीतमा शुभबहादुर सुनामले सेक्सोफोन बजाएका छन् भने मोहनकृष्ण कार्की ढली, नारायणदास कार्की ढली, केशव सुनाम, रविन कार्की ढली, किशोर कार्की ढली र विमल कार्की ढलीले भ्वाइलिनवादन गरेका छन् । त्यस्तै गीतमा ढोलक, तबला, मादल तथा कंगोमा कुमार महाराज तथा भुवन गन्धर्व छन् भने रिदम गिटारमा सचिन सिंह, बास गिटारमा अनुप दास, बाँसुरी वादनमा गोपाल देव तथा चेलोमा निषाद श्रेष्ठलाई सुन्न सकिन्छ ।

टिका गोपाल डिजिटल एम क्रिएसनले उक्त गीतको अडियो तथा भिडियो उत्पादन गरेको छ । उक्त गीतको भिडियोमा गायक कन्हैया सिंह, संगीतकार सन्तोष श्रेष्ठ, संगीतकर्मी अमूल कार्कीका साथेमा प्रकाश मिश्र, एलेस्का, हेमा, अञ्जु आदिले अभिनय गरेका छन् । हेमप्रभास अधिकारीद्वारा निर्देशित उक्त गीतको भिडियोलाई अजय रेग्मीले छायांकन गरेका हुन् । उक्त भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् ।

उक्त गीतको भिडियोमा गीतमा समावेश संगीतकर्मीहरुका स्केचलाई चित्रण गरिएको छ । उक्त भिडियोका प्रारम्भमा सञ्चारकर्मी दिनेश डिसीले गीतका बारेमा भ्वाइस ओभरमार्फत रोचक जानकारी दिएका छन् ।
 

आश्नेया बिनाडीको आवाजमा ‘सुन हैन’ बोलको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

समाचार


काठमाडौं  — वैशाख ७, २०७८। 

'अनलाईन सुपर किड्स डान्स एन्ड सिंगिङ कम्पिटिसन, २०२०' (सिंगिङ) तर्फकी सेकेण्ड रनर अप आश्नेया बिनाडीको पहिलो डेब्यु गीत ‘सुन हैन’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।

‘सुन हैन’ बोलको उक्त गितमा रोमान्टिक स्वादको बालबालिका बीचको प्रेमभाव प्रस्तुत गरिएको छ। किड्स सिंगर आश्नेया बिनाडीको स्वरसंगै अन्य 'अनलाईन सुपर किड्स डान्स एन्ड सिंगिङ कम्पिटिसन, २०२०' (सिंगिङ) तर्फका प्रतिस्पर्धीहरुको स्वरमा रहेको गीतमा चर्चित गायक, रचनाकार तथा संगीतकार धर्मेन्द्र सेवानको शब्द र संगीत रहेको छ। त्यस्तै, गीतको एरेन्ज बालकृष्ण चौधरीले गरेका हुन्। उक्त गीतको कोरियोग्राफी भने निशिला शाक्य र टिमले गरेका हुन्।

साथै उक्त गितको म्युजिक भिडियोमा ड्रीम सर्च एजेन्सीद्वारा संचालित 'अनलाईन सुपर किड्स डान्स एन्ड सिंगिङ कम्पिटिसन, २०२०' (डान्स) तर्फका अन्य विजयी प्रतियोगीहरुको समेत अभिनय देख्न सकिन्छ। 

एपेक्स लाईफ स्कूल, सरस्वतीनगर ,चावहिलमा अध्ययनरत किड्स सिंगर आश्नेया बिनाडी ड्रीम सर्च एजेन्सीद्वारा संचालित 'अनलाईन सुपर किड्स डान्स एन्ड सिंगिङ कम्पिटिसन, २०२०' (सिंगिङ) तर्फको सेकेण्ड रनर अप हुन। साथै एपेक्स लाईफ स्कूलले संचालन गरेको डिवेट, स्पेलिङ, नेपाली स्पिच, ईङ्ग्लिश स्पिच, पोएम रिसाईटेसन लगायतका कम्पिटिसनमा विजेता समेत भईसकेकी बहुप्रतिभाशाली आश्नियाले स्कुल लेभलका विभिन्न प्रतियोगिताहरुमा थुप्रै अवार्ड र मेडलहरु प्राप्त गरिसकेकी छिन। 

मीरा साउन्ड स्टुडियोमा रेकर्डिङ गरिएको गीतको म्युजिक भिडियोको प्रोड्युसरमा ड्रीम सर्च एजेन्सीका सिईओ कमल निकोन क्षेत्री रहेका छन भने भिडियोलाई राधाश्याम दुलालले निर्देशन गरेका हुन् ।

उक्त ‘सुन हैन’ गितको म्युजिक भिडियोलाई ‘ड्रीम सर्च एजेन्सी’ले आफ्नो अफिसियल युट्युव च्यानलमा ल्याएको छ ।

भिडियो — 

आज्ञा थपलियाको पहिलो डेब्यु गीत ‘सुन हैन’ को म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

समाचार


काठमाडौं  — वैशाख ७, २०७८। 

आज्ञा थपलियाको पहिलो डेब्यु गीत ‘सुन हैन’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।

‘सुन हैन’ बोलको उक्त गितमा रोमान्टिक स्वादको बालबालिका बीचको प्रेमभाव प्रस्तुत गरिएको छ। 'अनलाईन सुपर किड्स डान्स एन्ड सिंगिङ कम्पिटिसन, २०२०' का सिंगिङ तर्फको विजयी किड्स सिंगर आज्ञा थपलियाको स्वरसंगै अन्य प्रतिस्पर्धीहरुको स्वरमा रहेको गीतमा चर्चित गायक, रचनाकार तथा संगीतकार धर्मेन्द्र सेवानको शब्द र संगीत रहेको छ। त्यस्तै, गीतको एरेन्ज बालकृष्ण चौधरीले गरेका हुन्। उक्त गीतको कोरियोग्राफी भने निशिला शाक्य र टिमले गरेका हुन्।

 

साथै उक्त गितको म्युजिक भिडियोमा ड्रीम सर्च एजेन्सीद्वारा संचालित 'अनलाईन सुपर किड्स डान्स एन्ड सिंगिङ कम्पिटिसन, २०२०' (डान्स) तर्फका अन्य विजयी प्रतियोगीहरुको समेत अभिनय देख्न सकिन्छ। 

एलिट ग्राण्ड स्कूल चुच्चेपाटी, काठमाडौंको क्लास २ मा अध्ययनरत किड्स सिंगर आज्ञा थपलिया ड्रीम सर्च एजेन्सीद्वारा संचालित 'अनलाईन सुपर किड्स डान्स एन्ड सिंगिङ कम्पिटिसन, २०२०' (सिंगिङ) तर्फको विजेता हुन।

मीरा साउन्ड स्टुडियोमा रेकर्डिङ गरिएको गीतको म्युजिक भिडियोको प्रोड्युसरमा ड्रीम सर्च एजेन्सीका सिईओ कमल निकोन क्षेत्री रहेका छन भने भिडियोलाई राधाश्याम दुलालले निर्देशन गरेका हुन् ।

उक्त ‘सुन हैन’ गितको म्युजिक भिडियोलाई ‘ड्रीम सर्च एजेन्सी’ले युट्युवमा ल्याएको छ ।

भिडियो — 

किड्स मोडल दिभम राखेचाको पहिलो डेब्यु गीत ‘सुन हैन’ को म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

समाचार


काठमाडौं  — वैशाख ७, २०७८। 

किड्स मोडल दिभम राखेचाले आफ्नो पहिलो डेब्यु गीत ‘सुन हैन’ को म्युजिक भिडियो सार्वजनिक गरेका छन्।

गितमा रोमान्टिक स्वादको बालबालिका बीचको प्रेमभाव प्रस्तुत गरिएको छ। 'अनलाईन सुपर किड्स डान्स एन्ड सिंगिङ कम्पिटिसन, २०२०' का विजयी प्रतिस्पर्धीहरुको स्वरमा रहेको गीतमा चर्चित गायक, रचनाकार तथा संगीतकार धर्मेन्द्र सेवानको शब्द र संगीत रहेको छ। त्यस्तै, गीतको एरेन्ज बालकृष्ण चौधरीले गरेका हुन्। उक्त गीतको कोरियोग्राफी भने निशिला शाक्य र टिमले गरेका हुन्।

म्युजिक भिडियोमा मोडल दिभम राखेचासंगै ड्रीम सर्च एजेन्सीद्वारा संचालित 'अनलाईन सुपर किड्स डान्स एन्ड सिंगिङ कम्पिटिसन, २०२०' (डान्स) तर्फका अन्य विजयी प्रतियोगीहरुको समेत अभिनय देख्न सकिन्छ। 

टोडलर्स हेवन स्कूल बिराटनगरको क्लास १ मा अध्ययनरत किड्स मोडल दिभम राखेचा ड्रीम सर्च एजेन्सीद्वारा संचालित 'अनलाईन सुपर किड्स डान्स एन्ड सिंगिङ कम्पिटिसन, २०२०' (डान्स) तर्फको विजेता हुन। साथै दिभमले 'फेशन फेयर अवार्ड, २०२०' मा 'बेस्ट नेसनल टाईटल विनर किड्स' तर्फको अवार्ड र 'बेस्ट फेशन मोडल(किड्स) तर्फको अवार्ड जित्न सफल भएका थिए। 

मीरा साउन्ड स्टुडियोमा रेकर्डिङ गरिएको गीतको म्युजिक भिडियोको प्रोड्युसरमा ड्रीम सर्च एजेन्सीका सिईओ कमल निकोन क्षेत्री रहेका छन भने भिडियोलाई राधाश्याम दुलालले निर्देशन गरेका हुन् ।

उक्त ‘सुन हैन’ गितको म्युजिक भिडियोलाई ‘ड्रीम सर्च एजेन्सी’ले युट्युवमा ल्याएको छ ।

भिडियो — 

'अनलाईन सुपर किड्स डान्स एन्ड सिंगिङ कम्पिटिसन, २०२०' का बिजेताहरुको नयाँ गीत 'सुन हैन' को म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

समाचार


काठमाडौं  — वैशाख ७, २०७८। 

'अनलाईन सुपर किड्स डान्स एन्ड सिंगिङ कम्पिटिसन, २०२०' का बिजेताहरुको नयाँ गीत 'सुन हैन' को म्युजिक भिडियो सार्वजनिक भएको छ। 

चर्चित गायक, रचनाकार तथा संगीतकार धर्मेन्द्र सेवानको शब्द रहेको उक्त गीतमा धर्मेन्द्र सेवानले नै संगीत भरेका छन्। त्यस्तै, गीतको एरेन्ज बालकृष्ण चौधरीले गरेका हुन्। उक्त गीतको कोरियोग्राफी भने निशिला शाक्य र टिमले गरेका हुन्।

ड्रीम सर्च एजेन्सीको अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको 'सुन हैन' बोलको उक्त गीतमा 'अनलाईन सुपर किड्स डान्स एन्ड सिंगिङ कम्पिटिसन, २०२०'  सिंगिङ तर्फका विजयी प्रतिस्पर्धीहरु पद्मजा कार्की, विक्रम बस्नेत, प्रियान्कुश गौतम, आज्ञा थपलिया, अर्नव बन, आश्निया बिनाडीले आफ्नो आवाज भरेका छन। 

भिडियोमा ड्रीम सर्च एजेन्सीद्वारा संचालित 'अनलाईन सुपर किड्स डान्स एन्ड सिंगिङ कम्पिटिसन, २०२०' का डान्स तर्फका विजयी प्रतिस्पर्धीहरुलाई फिचरिङ गरिएको छ । जसमा सोनी लामा तामाङ, ओम राजवंशी, अपुर्व कर्मचार्य, प्रलक्षा कार्की, कृष तामाङ, दिभम राखेचा, दृष्टि धिमाल र आज्ञा थपलियाको अभिनय देख्न सकिने छ। 

मीरा साउन्ड स्टुडियोमा रेकर्डिङ गरिएको गीतको म्युजिक भिडियोको प्रोड्युसरमा ड्रीम सर्च एजेन्सीका सिईओ कमल निकोन क्षेत्री रहेका छन भने भिडियोलाई राधाश्याम दुलालले निर्देशन गरेका हुन् ।

भिडियो — 

मिस तामाङ वर्ल्ड २०२१ को घोषणा

समाचार


तामाङ समुदायको मौलिक पहिचान, जातियता र साँस्कृतिक गरिमाको जगेर्ना, सम्बद्र्धन र प्रवद्र्धनका साथै नयाँ पुस्ताका तामाङ युवतीहरुमा यसको महत्वका बारे प्रकाश पार्दै उनीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, प्रतिभा प्रस्फुटन र समग्रमा उनीहरुको सशक्तिकरणमा योगदान पुर्‍याउने हेतुले विश्वभर छरिएर रहेका प्रतिभाशाली तामाङ युवतीहरुमा केन्द्रित रहेर मिस तामाङ वर्ल्ड २०२१ को आयोजना हुने भएको छ । कार्यक्रम संचालन हुन लागेको सम्बन्धमा राजधानीको हात्तीसार स्थित नेपाल हाउसमा आयोजित पत्रकार भेटघाट मार्फत् यसबारे औपचारिक रुपमा जानकारी गराइएको हो ।

मिस तामाङ वल्र्ड फाउन्डेसन तथा साधना कला केन्द्रको आयोजनामा संचालन हुन लागेको मिस तामाङ वर्ल्ड २०२१ले तामाङ समुदायको अन्य जातिसंगको सामाजिकरणमा पनि जोड दिने उद्देश्य राखेको कुरा आयोजक संस्थाका मिलन मोक्तानले उल्लेख गरेका छन् । तामाङ संस्कृतिको अन्तर्राष्ट्रियकरण होस् भन्ने मिस तामाङ वल्र्डको उद्देश्य रहेको उनको भनाई छ । सो कार्यक्रममा पूर्व मिस तामाङ विजेताहरु जेनिशा मोक्तान, सुमि मोक्तान, पिंकी घिसिङ तथा सिम्रन स्याङ्बो पनि उपस्थिति रहेको थियो ।
प्रतियोगितामा सहभागिता लागि आगामी वैशाख १५ गतेसम्म आवेदन दिनुपर्नेछ । कार्यक्रममा विश्वको जुन सुकै स्थानमा बसोबास गर्ने तामाङ जातिको अविवाहित युवतीहरुले आवेदन दिन सक्नेछन् । आवेदक १६ देखि २८ वर्ष उमेर समूह भित्रको हुनुपर्ने, कम्तिमा दश जोड दुई वा सरहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्ने, कम्तीमा पाँच फिट उँचाईको हुनुपर्ने र मानसिक सन्तुलन सही हुनुपर्ने मुख्य प्रावधान राखिएको छ । प्रतियोगिताको फाइनल प्रतिस्पर्धा आगामी जेठ १२ गते बुद्ध जयन्तीको अवसर पारेर लुम्बिनीमा आयोजना गरिने बताइएको छ ।

चेम्बर अध्यक्ष मल्लद्वारा हलेसीलाई १ किलो चाँदी

समाचार


काठमाडौं । नेपाल चेम्बर अफ कमर्स अध्यक्ष राजेन्द्र मल्लले हलेसीमा १ किलो चाँदी चढाएका छन् । अध्यक्ष मल्ल र श्रीमती कान्ति मल्लले हलेसी गुफामा रहेको महादेवको शिवलिंग ढाक्ने जलहरी निर्माणार्थ चाँदी चढाएका हुन् ।

२०७७ फागुन १४ गते हलेसी दर्शन गर्दा आफुले १ किलो चाँदी हलेसीमा चढाउने वचन दिएको जानकारी दिदै मल्लले भने ’मैले मेरो वाचा पुरा गरेको हुँ’ । विशुद्ध धार्मिक आस्थाले चाँदी चढाइएको चेम्बर अध्यक्ष मल्लले बताए । मल्ल दम्पतीले व्यक्तिगत रूपमा चढाएका चाँदीबाट शिवलिंग ढाक्ने जलहरी बनाइने हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले जानकारी गराए ।

३२ वर्षदेखि सफल व्यवसायीका रूपमा ख्यातिप्राप्त मल्लले चेम्बरको कार्यालयमा हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख राईलाई १ किलो चाँदी आइतबार हस्तान्तरण गरेका हुन् । प्राप्त चाँदी नगरप्रमुख राईले हलेसीमा बुझाउनेछन् ।

साल्ट ट्रेडिङका बोर्ड डाईरेक्टर कल्याण गोबिन्द श्रेष्ठ कर्पोरेट लाईफ टाइम एचिभमेण्ट अवार्डबाट

समाचार


काठमाडौं- तेस्रो कर्पोरेट अवार्ड तथा फेशन ट्रेड कार्यक्रम सम्पन्न भएको छ । कर्पोरेट मिडिया ग्रुपद्वारा आयोजित सो कार्यक्रम मिडियाका अध्यक्ष उज्जवल जङ शाहको सभापतित्व र उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्टको प्रमुख आतिथ्यता एवम् श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीको बिशिस्ठ आतिथ्यतामा सम्पन्न भएको हो । उक्त कार्यक्रम समारोह माझ उद्योग र व्यापारको क्षेत्रमा उल्लेख्य योगदान पुर्याए बापत बिभिन्न उद्योगपति, व्यापारी एवम् व्यवस्थापकहरुलाई सम्मानित गरियो । सो अवसरमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका बोर्ड डाईरेक्टर समेत रहेका अग्रज उद्योगपति एवम् व्यवसायी कल्याण गोबिन्द श्रेष्ठलाई लाईफ टाइम एचिभमेण्ट अवार्डबाट विभुषित गरियो भने राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवाल कर्पोरेट माइलस्टोन अवार्ड र नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष दिपक मल्होत्रा कर्पोरेट बेसष्ट लिडरशिप अवार्डबाट सम्मानित भए । सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका शिक्षा तथा स्वास्थ्य समिती सभापती हेमराज ढकाल कर्पोरेट आईडल अवार्ड, एनआईसी एसिया बैंकका सिईओ रोशन कुमार न्यौपाने कर्पोरेट सिईओ अफ द एअर, अग्रज अटो व्यवसायी ध्रुब थापा कर्पोरेट अटोमोटिभ अवार्ड, स्नेहा हस्पिटालिटी ग्रुपका अध्यक्ष अग्रज पर्यटन व्यवसायी असित शमशेर जबरा कर्पोरेट टुरिजम अवार्ड, मेरिगोल्ड ज्वेलर्सकी प्रबन्ध निर्देशक तथा नेपाल उद्योग वाणिज्य महासंघकी कार्यकारीणी सदस्य ज्योत्सना श्रेष्ठ कर्पोरेट वुमन इन्टरप्रेनरशिप अवार्ड, अजोड इन्सुरेसका सिईओ कुमार बहादुर खत्री कर्पोरेट इन्सुरेन्स अवार्ड ९ननलाईफ०डिशहोमका प्रबन्ध निर्देशक तथा कामना सेवा विकास बैंकका अध्यक्ष सुदिप आचार्य कर्पोरेट युथ अवार्ड, नेपाल उद्योग वाणिज्य महासंघका बित्त तथा इन्सुरेन्स समिती सह सभापती एवम् विरगंज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध कुमार गुप्ता इन्फ्लुन्सियल लिडरशिप अवार्ड, रमन कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक रमन महतो कर्पोरेट कन्स्ट्रक्सन अवार्ड, गरिमा विकास बैंकका सिईओ गोविन्द ढकाल डेभलपमेण्ट बैंक सिईओ अफ द एअर, नेपाल लाइफ इन्सुरेसका सिईओ सन्तोष प्रसाई इन्सुरेन्स इन्सुरेन्स अवार्ड ९लाईफ०, आवरणका हेल्थ केयरका अध्यक्ष डा। रुपक घिमिरे कर्पोरेट हेल्थ अवार्ड, हुत्तानन्द खनाल कर्पोरेट इन्डस्ट्री अवार्ड, शुक्रपथ कोअपरेटिभका मधुकर वाग्ले कर्पोरेट कोअपरेटिभ अवार्ड र वेदु पाण्डे कर्पोरेट पेण्ट अवार्ड २०७८ बाट सम्मानित भए । सोही अवसर माझ चेली फाउण्डेसनलाई सोसल इम्पावरमेण्ट अवार्ड र प्रिया राजकर्णिकारलाई गत बर्षको कर्पोरेट युथ अवार्ड २०७७ बाट सम्मानित गरियो । कार्यक्रम का प्रमुख अतिथी, विशिष्ठ अतिथी, कार्यक्रमका सभापती र फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महराले अवार्ड वितरण गरेका थिए ।

सोही अवसर माझ फेसन ट्रेड कार्यक्रम समेत आयोजना गरियो । उक्त कार्यक्रम अन्तर्गत मोडलहरुलाई र्याम्पमा उतारिएको थियो भने कार्यक्रम माझमा कलाकारहरुले सांगितिक प्रस्तुती दिएका थिए ।

सो अवसरमा प्रमुख अतिथीको आसनबाट बोल्दै उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्टले पुँजी, उद्योग र मजदुर बीच सु सम्बन्ध कायम हुने गरि सरकारले सहजकर्ताको भूमिका निर्वाह गर्ने र नेपालको उद्योग व्यापारको प्रबर्धनका निम्ती वस्तुनिस्ठ तबरले अघि बढदै जाने प्रतिबद्धता व्यक्त गरे ।

त्यसैगरि विशिस्ठ अतिथि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले देशको अर्थतन्त्रलाई कसरी सबल बनाउन सकिन्छ भनेर सरकार लागि पर्दै आएको उल्लेख गर्दै श्रमिकलाई उद्योगी लगानीकर्ता र उद्योगी लगानीकर्तालाई श्रमिक नभई नहुने भएकाले सरकारले दुवै पक्षको हितलाई ध्यानमा राखेर सहजीकरण गर्दै आएको बताए ।


कार्यक्रममा विद्युत नियमन आयोगका अध्यक्ष दिल्ली बहादुर सिंहले समृद्ध नेपाल, सुखी नेपाली बिषयमा केन्द्रित रहेर वक्ताका रुपमा बोल्दै तन मन र धन लगाएर सबैले आ आफ्नो क्षेत्रबाट लागि परे मात्रै समृद्ध नेपाल, सुखी नेपालीको मुल मर्म पहिल्याउन सकिने बताए ।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले कोभिडका कारणले गर्दा आर्थिक क्षेत्रलाई पुर्ववत अवस्थामा फर्कन ७(८ बर्ष लाग्न सक्ने तर्फ सचेत हुन आवश्यक रहेको बताउदै निजी क्षेत्र र सरकार बिचको सुमधुर सम्बन्धबाट मात्रै मुलुकको अर्थतन्त्रलाई सबल बनाउन सकिने औल्याए ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिस्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रलाई सहयात्रीको रुपमा लिएर अघि बढे मात्र सुखी नेपाली समृद्ध नेपालको सपना साकार हुन सक्ने बताउदै निजी क्षेत्रका समस्या समाधान गर्न सरकारलाई आग्रह गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष भवानी राणाले आर्थिक परिसुचक सन्तोषजनक देखिनु सुखद भए पनि अझै ढुक्क भएर अघि बढनका लागि सरकार र निजी क्षेत्रले हातेमालो गर्दै अघिल्ला बढनुपर्ने बताईन ।

सभापतिको आसनबाट बोल्दै कर्पोरेट मिडिया ग्रुपका अध्यक्ष उज्जवल जंग शाहले कर्पोरेट मिडियाले देशमा व्यापार व्यवसाय र उद्योग क्षेत्रको श्रीब्रिद्धीका लागि सहज वातावरण निर्माणमा जोड दिदै आएको उल्लेख गरे ।

कार्यक्रममा स्वागत मन्तब्य व्यक्त गर्दै कर्पोरेट म्यागाजिन तथा कर्पोरेट खबर डटकमका सम्पादक सरोज ओझाले कर्पोरेट अवार्ड तथा फेशन ट्रेडले उत्प्रेरणा र मनोरन्जन प्रदान गर्ने बताउदै कर्पोरेट मिडियाले सत्य तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।

ईश्वरलाल फाउण्डेसनको मुख्य प्रायोजन, फेसियल हाउसको सह प्रायोजन र स्याकार कम्पनी होन्डाको सहयोगमा संचालित सो कार्यक्रममा इश्वरलाल फाउण्डेसनका अध्यक्ष प्रदिप लाल श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष उर्मिला श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।