generalnews
||Power News Asia||

आजको समाचार

लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ ए १ को जिम्मेवारी लायन रेवत बहादुर कार्कीलाई

समाचार


काठमाडौँ — चैत्र १७, २०७७। 

लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ ए १ को नवौ  महाधिवेशन शनिबार सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना भएको अधिवेशनको प्रमुख अतिथि लायन्स क्लब इन्टरनेसनलका डाइरेक्टर सञ्जय खेतान रहेका थिए ।

लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ ए १   का डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठको  अध्यक्षतामा भएको कार्यक्रममा जी ए टि एरिया लिडर लायन खगेन्द्र सिटौला ,मल्टिपल काउन्सिल चियरपर्सन लायन इन्द्र खत्री राजन, एल सी आइ एफ मल्टिपल डिस्ट्रिक कोर्डिनेटर लायन रमेश अग्रवाल,जी एस टि मल्टिपल कोर्डिनेटर एबम पुर्व डिस्ट्रिक गभर्नर लायन अन्नत प्रसाद भेटुवाल, हंगर रिलिफ  मल्टिपल डिस्ट्रिक  चियरपर्सन एबम  पुर्व डिस्ट्रिक गभर्नर लायन  कुमार राज सुवेदी, डायबेटिज मल्टिपल डिस्ट्रिक चियरपर्सन एबम पुर्व डिस्ट्रिक गभर्नर लायन लीला कुमार ढुंगेल अपरच्युनिटी फर युथ एक्सचेन्ज  मल्टिपल डिस्ट्रिक चियरपर्सन एबम पुर्व डिस्ट्रिक गभर्नर लायन उत्तमराज कायस्थ लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ ए १का फर्स्ट डिस्ट्रिक गभर्नर लायन रेवत बहादुर कार्की, सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर लायन कर्म गुरुङ, पी डिजी लायन फुल कुमार लालवानी, लियो मल्टिपल डिस्ट्रिक चियर पर्सन  पिडिजी लायन रुवय नाथ कोइराला पास्ट मल्टिपल काउन्सिल चियर पर्सन लायन सुनिल भक्त श्रेष्ठ पास्ट मल्टिपल काउन्सिल चियर पर्सन दिनेश पौडेल ,लायन विश्वराम गोर्खाली ,पिडिजी लायन भिम घिमिरे,क्याबिनेट  सदस्यहरु सहित लायन लिडर तथा सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।

राष्ट्रिय गान संगै शुरु भएको सो कार्यक्रममा लायन उमा थापाले झण्डाको अभिबादन बाचन गरे संगै एक मिनेट विश्व शान्तिको लागि मौन प्रार्थना गरिएको थियो त्यसै गरि बिभिन्न कारणमा निधन भएका लायन्स लिडर तथा सदस्यहरुको सम्झनामा मैन बत्ति प्रज्वलन गरिएको थियो   कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ ए १  का डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए।

कार्यक्रममा लायन्स क्लब इन्टरनेसनलका डाइरेक्टर सञ्जय खेतानले पानसमा दिप प्रज्वलन सहित कार्यक्रमको उद्घाटन गरे सगै  लायन्सस्मारिका विमोचन गरिएको थियो ।कार्यक्रममा चिफ एरिया कोर्डिनेटर लायन राम शरण बस्नेतले   कन्भेन्सनको प्रतिज्ञा पत्र बाचन गरेका थिए  कार्यक्रम संचालन क्याबिनेट सेक्रेटरी लायन बिमल कुमार श्रेष्ठले गरेका थिए।

कार्यक्रमलाइ लायन्स क्लब इन्टरनेसनलका डाइरेक्टर सञ्जय खेतान, जी ए ट एरिया लिडर लायन खगेन्द्र सिटौला ,मल्टिपल काउन्सिल चियरपर्सन लायन इन्द्र खत्री राजन, जी एस टि मल्टिपल कोर्डिनेटर एबम पुर्व डिस्ट्रिक गभर्नर लायन अन्नत प्रसाद भेटुवाल, हंगर रिलिफ  मल्टिपल डिस्ट्रिक  चियरपर्सन एबम  पुर्व डिस्ट्रिक गभर्नर लायन  कुमार राज सुवेदी पी डिजी लायन फुल कुमार लालवानी, लियो मल्टिपल डिस्ट्रिक चियर पर्सन  पिडिजी लायन रुवय नाथ कोइराला पास्ट मल्टिपल काउन्सिल चियर पर्सन लायन सुनिल भक्त श्रेष्ठ, लियो  लगायतले  शुभकामना मन्तब्य राखेका थिए।

कार्यक्रमको दोस्रो सत्रमा लायन वर्ष २०२१/२०२२ को नेतृत्व चयन गरिएको थियो। जसमा सेकेन्ड भाइस डिस्ट्रिक गभर्नरमा लायन नरनाथ सापकोटा निर्बिरोध रुपमा चयन भएका छन।

कार्यक्रमको दोस्रो सत्रमा लायन वर्ष २०२१/२०२२ को नेतृत्व चयन गरिएको थियो। जसमा सेकेन्ड भाइस डिस्ट्रिक गभर्नरमा लायन नरनाथ सापकोटा निर्बिरोध रुपमा चयन भएका छन।

उनले कुल ४सय मत मध्ये ४ वटा बदर भएका र ३९४ मत सहित सेकेन्ड भाइस डिस्ट्रिक गभर्नरमा चयन भएका हुन् ।त्यसै गरि फर्स्ट भाइस डिस्ट्रिक गभर्नर लायन कर्म गुरुङले कुल ४०३ मत मध्ये ८ वटा मत बदर भएका थिए  त्यस्तै तीन   वटा  नो भोट प्राप्त गरे भने ३९२ मत यस भोट प्राप्त गर्दै फर्स्ट डिस्ट्रिक गभर्नरमा चयन भएका छन ।

त्यसैगरि डिस्ट्रिक गभर्नरको लागि भएको निर्वाचनमा लायन रेवत बहादुर कार्कीले कुल ४०२ मत मध्ये  ५ मत बदर र २६ नो भोट प्राप्त भएको थियो भने ३७१ वटा यस भोट संगै डिस्ट्रिक गभर्नरमा चयन भएका छन ।

कार्यक्रममानवनिर्वाचित डिस्ट्रीक्ट गभर्नरलायन रेवत बहादुर कार्कीले क्याबिनेट सेक्रेटरीमा लायन धर्म शरण श्रेष्ठलाइ चयन गरेका छन भने क्याबिनेट ट्रेजररमा लायन कोमल शाक्यलाइ मनोनित गरेका छन।कार्यक्रममा आइ डि इन्डोर्सीमा डिष्ट्रिकको तर्फ बाट जी ए टि एरिया लिडर लायन खगेन्द्र सिटौलालाइ अत्याधिक मत प्रदान गरि छनौट गरिएको थियो।

“मिस्टर एण्ड मिस प्यासिफिक काठमाडौं,२०२१” को पहिलो संस्करणको लागि आवेदन फारम खुल्ला

समाचार


काठमाडौँ — चैत्र १७, २०७७। 

पछिल्लो समय मोफसलमा निरन्तररुपमा विभिन्न सौन्दर्य प्रतियोगीताहरुको आयोजना गर्दै आएको पि प्रोडक्सनले  “मिस्टर एण्ड मिस प्यासिफिक काठमाडौं,२०२१” को पहिलो संस्करणको लागि आवेदन फारम खुल्ला गरिएको जानकारी दिएको छ । 

उपत्यका लगायत मोफसलका विभिन्न स्थानबा्ट १६ वर्ष देखि २४ वर्ष सम्मका छात्र छात्राहरुलाई मध्यनजर राखि  “मिस्टर एण्ड मिस प्यासिफिक काठमाडौं, २०२१”  को आयोजना गर्न लागिएको पि प्रोडक्सनका कार्यकारी प्रमुख प्रशान्त शाहले जनाए । 

कलेज स्तरका युवा - युवतीहरुको शैक्षिक विकास, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, वैदेशिक शिक्षाको लागि अवसर साथै उनीहरुको आन्तरीक क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको विकास गराई  एक शिक्षित व्यक्तिको रुपमा समाजमा अगाडि आउन सहयोग गर्ने हेतुले यो कार्यक्रम गरिएको हो ।      

पछिल्लो समय मोफसलमा रहेर विभिन्न सामाजिक सांस्कृतीक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको पि प्रोडक्सनले काठमाडौंमा गर्न लागेको पहिलो चरणको यस प्रतियोगिताका लागि आवेदन फारम खुल्ला गरिएको हो उक्त कार्यक्रममा विभिन्न कलेज तथा शहरहरुबाट करिव ३० जना प्रतियोगीहरुलाई सहभागी गराइने छ । 

उक्त कार्यक्रमको लागि सहभागीताको लागि चैत्र अन्तिम साता सम्म आवेदन फारम  भर्न सकिनेछ ।प्रतियोगिताका विजेताले “मिस्टर एण्ड मिस प्यासिफिक काठमाडौं, २०२१” कोे ताज उपाधि सहित आकर्षक गिफ्ट ह्याम्परहरुको साथै विभिन्न मोडलिङ/म्युजिक भिडियो कन्ट्र्याक्ट प्रदान गरिनेछ।  साथै यस बाहेक अन्य विभिन्न विधामा पनि विजेता छनौट गरिनेछ । 

Pakistan embassy organized a 14th free medical camp

समाचार


Kathmandu- The Embassy of Pakistan in collaboration with Nepal-Pakistan Friendship and Cultural Association (NPFCA) organized a Free Medical Camp at St. Paul’s School, Godawari-12, Thecho, Lalitpur. The Free Medical Camp was jointly inaugurated by Ambassador Syed Haider Shah, Deputy Mayor of Godawari Municipality, Ms. Mona Adhikari, and Secretary-General, Nepal-Pakistan Friendship & Cultural Association (NPFCA), Dr. Manju Ratna Sakya. During the inauguration ceremony, Ambassador Shah handed over a gift of computer equipment to the Deputy Mayor of Godawari Municipality for St. Paul’s School. In the Free Medical Camp, Nepalese doctors and para-medical staff (who had graduated from various medical intuitions of Pakistan) provided free medical advice, treatment, and three months medicines to more than 500 men, women, and children.

Patients were apprised about preventive measures against COVID-19 and they were provided with free face masks & hand sanitizers. In his remarks, Deputy Mayor of Godawari Municipality, Ms. Mona Adhikari thanked the Embassy of Pakistan and NPFCA for organizing a free medical camp in Godawari Municipality and the provision of free medical facilities to the deserving people. She praised the Government of Pakistan and NPFCA for generously helping humanity. She also thanked the Embassy for donating computer equipment to the School. In his remarks, Ambassador Shah said that the Free Medical Camp is a reflection of people-to-people relations between Pakistan and Nepal. He thanked NPFCA, doctors, and para-medical staff for upholding the spirit of serving humanity. Ambassador Shah also assured Pakistan’s continued support for such medical camps in the future as well.

Pakistan embassy organized an Urdu poetry event

समाचार


Kathmandu- The Embassy of Pakistan, Kathmandu organized a Mehfil-e-Mushaira (poetry event) titled “Aik Shaam Urdu Kay Naam” at Marriot Hotel, Kathmandu on 26 March 2021. Mr. Himalaya Shamsher Rana (President Nepal-Pakistan Friendship Association) was the Chief Guest on the occasion.

Famous poets/ poetesses of Nepal & Pakistan including Mr. Imtiaz Wafa (President Urdu Academy, Nepal), Mr. Jamshed Ansari, Mr. Abdul Mobeen Khan (Saqib Harooni), Mr. Sahar Mehmood, Ms. Sakeena Khan, Ms. Sheetal Kadambani (from Nepal) and Mr. Syed Khalid Mohsin & Mr. Asad Kamran, (from Pakistan) attended the program.

At the end of the program, Mr. Syed Haider Shah, Ambassador of Pakistan to Nepal distributed “Appreciation Certificates” among the poets/poetesses. The event was organized while observing all relevant health safety guidelines by the Nepal Government.

लायन्स क्लब अफ काठमाडौं कृएटिभ युथद्धारा राज्यमन्त्री रामविर मानन्धर लगायत विभिन्न व्याक्तित्वहरु सम्मानित

समाचार


काठमाडौं — चैत्र १०, २०७७। 

लायन्स क्लब अफ काठमाडौं कृएटिभ युथ र एन्टप्रेनर को इनडक्सन, चाटर प्रेजेनटेसन र इन्सटलेसन कार्यक्रम स्मार्ट प्यालेसमा सम्पन्न भएको छ। 

कार्यक्रममा राज्यमन्त्री रामविर मान्नधर ज्यूको प्रमुख आतिथ्यता रहेको थियो भने विशिष्ट अतिथिमा ग्याट एरिया लिडर लायन खगेन्द्र सिटौला, इन्सटलिङ्ग अफिसर डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठ साथै अन्य अतिथिहरू डिस्ट्रिक फस्ट लेडि लायन मनमाया श्रेष्ठ , जिएस्टि मल्टिपल कोर्डिनेटर लायन अन्नत प्रसाद भेटुवाल, प्रथम डिस्ट्रिक गभर्नर लायन रेहत बहादुर कार्की, दोस्रो डिस्ट्रिक गभर्नर लायन कर्म गुरूङ लगायत लायन्सका दिग्गज व्यक्तित्व, लायन लिडर र विभिन्न क्षेत्रबाट उपश्थित अतिथिहरुको भारि उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियोे ।

समारोहमा ४ घण्टामा ५९ गीत गाएर विश्व र्कितिमान राख्न सफल नेपालको राज्यमन्त्री रामविर मानन्धर ज्यूलाई उच्च कदर गर्दै 
लायन्स क्लब अफ काठमाडौं कृएटिभ युथले सम्मान गर्नुका साथै कोराना भाइरसको माहामारिमा आफ्न‍ो ज्यानको बाजि लगाएर दिनरात दिन दुःखीका लागि खटिएर उदाहरणीय कार्य गर्नु हुने वरिष्ठ र्यापर, मिडिया पर्सन तथा समाजसेवी निर्णय  श्रेष्ठ, वरिष्ठ पत्रकार कुसुम बर्जचार्य, पत्रकार तथा म‍ोडल शिशिर भण्डारी , समाजिक अभियन्ता विष्णु  प्रसाद पोखरेल र रामकृष्ण सिमखडा , युवा अभियन्ता बब्लु गुप्ता नेपाली र सरला पन्तिको का्र्यकोक‍ो उच्च कदर गर्दै लायन्स क्लब अफ काठमाडौं कृएटिभ युथले सम्मान गरेको हो। 

समारोहमा बोल्दै  राज्यमन्त्री रामविर मानन्धरले लायन्स क्लब अफ काठमाडौं कृएटिभ युथ परिवारलाई विशेष धन्यवाद दिदै समाज र राष्ट्रको लागि उदाहरणीय कार्य गर्दै आएको भन्दै मुक्तकण्ठले प्रशंशा गरे । साथै मानन्धरले कोराना भाइरसको महामारीमा दीन दुःखीको आशाको किरण बन्न पाउँदा खुसी मिलेको भन्दै क्लबका संस्थापक अध्यक्ष गनिका गुरुङ,  पूर्व अध्यक्ष अनिल बुर्जा मगर र अध्यक्ष सुजना राईको प्रशंसा गर्दै सम्मान व्यक्त गरे।


 

नेशनल सोसल वेयलफेयर अवार्ड कार्यक्रममा सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरु सम्मानित

समाचार


काठमाडौँ — चैत्र ८, २०७७। 

सामाजिक, साँस्कृतिक र सञ्चार क्षेत्रमा लामो समयदेखि क्रियाशील सिजन मिडियाले समाजका विभिन्न क्षेत्रमा योगदान पुुर्याउने व्यक्तित्वलाई सम्मान गरेको छ । आज काठमाडौंमा आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले अपाङ्गता, एकल महिला, शिक्षालगायत क्षेत्रमा क्रियाशील संस्थाका प्रमुख तथा प्रतिनिधिलाई सम्मान गर्नुभयो ।

सोसल वेयलफेयर अवार्ड पाउनु हुनेहरुमा संयुक्त अपाङ्गता एकता आवाज केन्द्रका संस्थापक तोलाबहादुर कार्की, सामाजिक अभियान्ता केपी खनाल र रन्जु राई, जातीय विभेदको क्षेत्रमा क्रियाशील बेला फाउण्डेशनका अध्यक्ष आरती लम्साल, महिला अधिकारकर्मी तथा पत्रकार रुपा सर्मा नेहा,महिला अधिकारकर्मी रेखा तामाङ लोप्चन, वुटवलका युवा व्यापारी तथा समाजसेवी सिद्धार्थ गुरुङ, रामनारायण घिमिरे, समाजसेवी विमल पन्त, निता राउत, राधा मताङ्गी, स्नेहा श्रेष्ठ, इन्दिरा राना मगर, उत्तम सञ्जेल र लिली थापा लगायत हुनुुहुन्छ ।

त्यसै शिक्षा तथा समाजिक क्षेत्रमा न्यू क्रियटिम इगलिस वोडीङ स्कुल नार्गाजुन , श्रम तथा रोजगार विषयमा कलम चलाउने राससका पत्रकार असोक घिमिर, वैङकीङ तथम इन्सुरेन्स कम्पनी साथै समाजसेवीे लक्ष्मी रिजाल , सिसेज व्यूटी क्वीन तथा समाजसेवी राजनैतिक स न्तोषी शाही ठकुरी , व्यवसायी तथा समाजसेवी रोटरीयन रसुमिला श्रेष्ठ, इटहरीका वरिष्ठ पत्रकार तथा समाजसेवी गणेश निरौला, टेक्सटायल व्यापारी तथा राजनैतिक तथा समाजसेवी जाकिर हुसेन , इटहरीका वरिष्ठ पत्रकार कृष्ण अधिकारी अन्तराष्ट्रिय खेलाडी रेफ्री तथा समाजसेवी पर्खिधन राई, वेलायति सेनाका मेजर तथा समाजसेवी योगेश कोयी राई साउथ वोस्टन स्टेट कलेजका भाइस प्रिन्सीपल हरिसिंह केसी , पूर्व ट्राफिक प्रहरी तथा ललितपुर महानगरपालीका प्रहरी प्रमुख सिताराम हाछेथु , समाजसेवी तथा राजनितिक व्यक्तित्व देवेन्द्र प्रधान र एनआरएन आइसिसि केन्द्रिय उपाध्यक्ष समाजसेवी अजुन कुमार श्रेष्ठलाई विशेष सम्मान गरिएको थियो ।

कार्यक्रममा शिक्षामन्त्री श्रेष्ठले समाजसेवामा तल्लीन व्यक्ति तथा संस्थालाई सामाजिक रुपान्तरणका लागि सिजन मिडियाले गरेको सहयोग सरहानीय रहेको बताउनुुभयो । समाजसेवामार्फत नेपाल र नेपालीको सेवामा खट्ने सहयोगी हातलाई सधैँ सबैले सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुुभयो । वर्तमान सरकार ‘समृद्ध नेपाल, सुुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई मूर्तरुप दिन लागि परेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले मुुलुुकलाई सम्पूर्ण नेपाली जनता खुसी हुने अवस्थामा पुुर्याउनुपर्ने बताउनुुभयो ।

सम्मानित व्यक्तित्व तथा एकल महिला नेपालको संस्थापक अध्यक्ष लिली थापाले समाजसेवामा जस्तो आत्मसन्तुष्टि अन्य क्षेत्रमा नपाइने अनुुभव सुनाउनुुभएको थियो । सम्मानले आफूलाई सामाजिक सेवामा तल्लीन हुन थप हौसला मिलेको उहाँको भनाइ थियो ।
अर्का अवार्ड प्राप्त गर्ने व्यक्तित्व एवं सफाइ अभियान्ता केपी खनालले मुलुकको समृद्धिका लागि सरकारको मात्र मुख ताक्न नहुुने बताउनुुभयो । यातायात विज्ञ देवेन्द्र प्रधानले सम्मानबाट सामाजिक क्षेत्रमा लाग्न उत्प्रेरणा थपेको बताउनुुभयो । सिजन मिडियाका संस्थापक प्रदीपराज वन्तले स्वदेश तथा विदेशमा रही मातृभूमिको सेवामा समर्पित समाजसेवीलाई हौसला प्रदान गर्न सम्मान गरिएको बताउनुुभयो । कार्यक्रममा कलाकारहरुले सांस्कृति प्रस्तुति देखाएका थिए ।

“मिस्टर एण्ड मिस मगर, २०२१” को आवेदन फाराम खुल्ला, अडिसन चैत्र २० मा हुने

समाचार


काठमाडौँ — चैत्र ८, २०७७। 

मगर युवा युवतीहरुलाई लक्षित गर्दै सौन्दर्य प्रतियोगिता “मिस्टर एण्ड मिस मगर” आयोजना हुने भएको छ । 

कृयटिभ नेरो नेपालको आयोजनामा आगामी चैत्र २० गते कुमारीपाटीस्थित स्टेप अप लन्जमा “मिस्टर एण्ड मिस मगर, २०२१”  को  पहिलो अडिसन हुने भएको छ। 

मगर समुदायको कला, भाषा र संस्कृतिलाई जीवन्त राख्न प्रतियोगिता आयोजना गर्न लागेको साथै प्रतियोगीताले मगर समुदायमा एकता कायम गर्नुका साथै संस्कार र संस्कृतिको संरक्षणमा जागरण पैदा गर्ने आयोजक जनक मगरले बताए। यस संस्थाले मगर युवा युवतीहरुको आफुभित्र भएका क्षमतालाई बाहिर ल्याई मगर जातिको कला, सँस्कृति, भेषभुषा, बाजा, रीतिरीवाज तथा धर्मको संरक्षण तथा प्रबद्र्धन गर्ने उद्देश्यले तयारी थालिएको मगरले जनाए ।

अडिसनमार्फत छनोट भएका प्रतिस्पर्धीहरुलाई नेपालका ख्यातिप्राप्त कोरियोग्राफरबाट करिव एक महिना लामो मोडलिङसम्बन्धी विशेष ज्ञान तथा प्रशिक्षण दिइने छ ।

प्रतियोगिताको विजेतालाई उपाधीसंगै पेरु भ्रमण प्याकेज,  आकर्षक छात्रवृत्ती र बिभिन्न गिफ्ट ह्याम्परहरु प्रदान गरिने छ। साथै विजेताले नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस टिन स्युप्रा ग्रान्ड ईन्टरनेशनल, २०२२’ र ‘मिस्टर टिन एसिया,२०२२’ मा सहभागी हुन पाउने छन। 

“मिस्टर एण्ड मिस टिन मगर” लाई भव्य साँस्कृतिक उत्सवको रुपमा विकास गर्नेगरी तयारी थालिएको आयोजक मगरको भनाई छ ।
 

“मिस टिन काठमाडौं आईकन” र “टप मोडल युनिभर्स” को अन्तिम स्पर्धा सम्पन्न

समाचार


काठमाडौँ — चैत्र ४, २०७७।

न्यु राईज ईन्टरटेनमेन्टद्वारा आयोजित सौन्दर्य प्रतियोगिता “मिस टिन काठमाडौं आईकन, २०२१” र “टप मोडल युनिभर्स,२०२१” को अन्तिम स्पर्धा सम्पन्न भएको छ ।

राजधानीको जडिबुटीस्थित जडिबुटी बैंक्वेटमा सम्पन्न भएको “मिस टिन काठमाडौं आईकन, २०२१” को शिर्ष विजेताको ताज सनिया बिष्टले पहिरिईन भने “टप मोडल युनिभर्स,२०२१” को शिर्ष बिजेताको ताज सामना खत्रीले पहिरिईन। विजेताले उपाधीसंगै विभिन्न आकर्षक गिफ्ट ह्यापरहरु प्राप्त गरेका थिए ।  

“मिस टिन काठमाडौं आईकन, २०२१” तर्फको अन्तिम प्रतियोगितामा साहारा गिरी फर्स्ट रनर अप भईन भने “टप मोडल युनिभर्स,२०२१”  तर्फ शनी सिंह फर्स्ट रनर अप भए । त्यसैगरी टप मोडल एसिया क़ृष्टिना श्रेष्ठ, मिस टिन चार्मिङ ईन्टरनेशनल प्रतिष्ठा ढकाल , मिस्टर टिन अनुराग भट्ट, मिस्टर प्रि टिन सलोम तामाङ, एम्बास्डर ईशिका चौधरी र मिस प्रि टिन सुहाना थापा घोषित भए।  

कोरियोग्राफर नवराज देउवाले संचालन गरेको उक्त कार्यक्रमको निर्णायक मण्डलमा एलिसा गौतम, आशिका शाह, मन्जेश गिरि र माधव निर्दोश रहेका थिए।  

प्रशिक्षणको क्रममा प्रतिस्पर्धीहरुलाई शारीरिक फिटनेश ,फोटो सेसन, व्यक्तित्व विकास, कल्चरल भिजीट र स्टेज पर्फमेन्स क्याटवाक सम्वन्धी बिभिन्न विषयमा प्रशिक्षण प्रदान गरिएको थियो । सौन्दर्य प्रतियोगिता मार्फत युवायुवतीहरुको अन्तरनिहित प्रतिभा प्रष्फुटनका लागि प्रतियोगिता आयोजना गर्दै आएको र आगामी दिनमा अझ उच्च स्तरिय सौन्दर्य प्रतियोगिताहरु आयोजना गर्दै जाने आयोजक संस्थाका प्रबन्ध निर्देशक नवराज देउवाले बताए ।

टर्कि पारखीको लागि उत्कृष्ट रोजाई बन्दै खाँडादेवी फूडल्याण्ड

समाचार


काठमाडौ। राजधानीको कलंकीमा रहेको खाँडादेवी फूडल्याण्ड टर्कि पारखीहरुको लागि उत्कृष्ट गन्तब्य बनेको छ ।

आफनै उत्पादनका टर्कीका अनेक परिकारहरु पस्किएसँगै खाँडादेवी फूडल्याण्ड धेरैको रोजाईमा पर्न सफल भएको हो । टर्कीको मासुमा चिल्लो पदार्थको मात्रा कम हुने हुँदा उच्च रक्तचाप,मधुमेह,यूरिक एसिड भएका मानिसलाई बढी फाइदा हुने गर्दछ ।


फूडल्याण्ड टर्कीका सेकुवा,विभिन्न थरीका मम,तास,रोस्ट,बगर,खाजा सेट,थाली खाना, पिजा,चिल्ली,पोलेको,वोइल,साधैको,सुप,चाउमिन लगाएत नेपाली,चाइनिज,कन्टिनेन्टल तथा पाहुनाको चाहना अर्डर अनुसारको मासुको उत्कृष्ट परिकार साथै हाईजेनिक खाना तथा गुणस्तरीय सेवा सुबिधाले सुसम्पन्न“खाँडादेवी फूडल्याण्डमा”स्वदेशी तथा विदेशी खानाका पारखीहरुलाई ध्यानमा राखेर पूर्ण पारिवारिक वातावरणमा सञ्चालनमा ल्याईएको छ।

 ग्राहकहरुको चहाना बमोजिम खानाहरुलाई थप गुणस्तरीय बनाउने र नयाँ नयाँ नेपाली स्वादहरु विकास गर्ने उद्धेश्य समेत रहेको २० बर्ष देखी नेपाल लगाएत विभिन्न देशमा खाना तथा आतिथ्य क्षेत्रमा अनवरत रुपमा योगदान गरिरहेका एजुकेटिभ सेफ गोपि थापाले बताए।

मनोरम शान्त बाताबरण,गार्डेन,फेमिलीको लागि बस्ने छुट्टा छुट्टै रुम,यथेष्ट पार्कीङको समेत ब्यबस्था भएको यस“खाँडादेवी फूडल्याण्डमा “बार”सहित पारिवारिक तथा रमाइलो बाताबरणमा सेवा सुबिधा लिन सकिन्छ ।


खाँडादेवी फुडल्याण्डमा कुनै पनि किसिमको पार्टी,गीति एल्बम बिमोचन,लोकार्पण,चलचित्रहरु शुभ मुहर्त,पत्रकार सम्मेलन बिबाह,बर्थडे,गुन्यु चोली र अन्य शुभकार्य गर्न सकिन्छ ।

पृथक रहेको व्यवस्थापन पूर्ण पारिवारिक वातावरणमा ग्राहकहरुलाई विहानको ब्रेकफष्टदेखि रातीको डिनरसम्मको गुणस्तरीय सेवा पस्कने गरी प्रबन्ध मिलाइएको संचालक रमेश केसीले जानकारी दिए। खाँडादेवी फूडल्याण्डमा प्रत्यक्ष रुपमा १७जनाले रोजगारीको समेत अवसर पाएका छन् ।

‘भक्तपुर फेशन रनवे’ को दोश्रो सिजन सम्पन्न

समाचार


काठमाडौँ — चैत्र ३, २०७७। 

भक्तपुर स्थित इम्पेरियल बैंक्वेटमा ‘भक्तपुर फेशन रनवे’ भब्य रुपमा सम्पन्न भएको छ । 

लु खा ईभेन्टसको आयोजना तथा रोश्ना मेकअप स्टुडियो र क्याप्चर मोशन नेपालको सहकार्यमा  ‘भक्तपुर फेशन रनवे, २०२१’ नाम दिइएको उक्त शो मा दुई दर्जन भन्दा बढि चर्चित मोडलहरु र्याम्पमा उत्रिएका थिए । 

कोरियोग्राफर आशिष नापित तथा उजोल सन्धाको कोरियोग्राफीमा संचालित रन वे शोमा गायक मानस राज, भोईस अफ नेपाल सिजन २ का प्रतिस्पर्धी गायक कुमा सागर लगायतले आफ्नो सांगितिक प्रस्तुति दिएका थिए।  

नेपाल आईस नेचुरा, श्री जनशक्ति सेभिङ एण्ड क्रेडिट को अपरेटिभ, सुर्य किरण सेभिङ एण्ड क्रेडिट को अपरेटिभ तथा हुण्डाई ईलेक्ट्रोनिक्सको प्रायोजन रहेको उक्त फेशन रन वेमा बेस्ट मोडलको उपाधी प्रतिक मुलगुठीले हात पारे। त्यसैगरी पब्लिक चोईस अवार्डका लागि ग्लोवल अनलाईन पे मार्फत भएको अनलाईन भोटिङ्मा सर्वाधिक भोट प्राप्त गरी मिकेन धौबन्जारले पब्लिक चोईस अवार्ड जित्न सफल भए। 

प्रजिता श्रेष्ठले संचालन गरेको फेशन रन वे मा मोडलहरुले १० ‘सिक्वेन्स’मा विभिन्न आकर्षक पहिरनहरु प्रस्तुत गरेका थिए । लु खा ईभेन्ट्सको व्यवस्थापनमा आयोजना भएको ‘भक्तपुर फेशन रनवे, २०२१’को उद्देश्य नेपाली कपडाको प्रवर्द्दन तथा नेपाली पहिरनलाई विश्वसामु पुर्याउनु रहेको आयोजक संस्थाका सिईओ सन्जु शाखाकर्मीले बताए। 

बेस्ट युथ इन्टरप्रेनर अवार्ड २०१६ का विजेता सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा सम्पन्न शोमा ‘इन्स्ट्रुमेन्टल म्युजिक’को तालमा  र्याम्पमा मोडलहरु एक–एक गरी देखिए। दर्शकरुले एकपछि अर्को गर्दै उनीहरुलाई तालीले हौसला दिईरहेका थिए ।

मोडल को-अर्डिनेटर सन्जोक मुनानकर्मी तथा ईभेन्ट म्यानेजर सन्दीप फासिकवाको कार्यक्रम व्यस्थापनमा ६ किड्स मोडल र २५ टिन मोडल गरी कुल ३१ मोडल र्याम्पमा उत्रिएका आयोजक संस्था लु खा इभेन्ट्सकी म्यानेजिङ डिरेक्टर रोशना चौगुठीले बताईन।