generalnews
||Power News Asia||

आजको समाचार

उन्नती शीला बोहोरालाई लाइफटाइम सहित सातौं नेशनल क्यापिटल अवार्ड २०७७ सम्पन्न

समाचार


काठमाडौं – सातौं नेशनल क्यापिटल अवार्ड २०७७ आज नेपाल पर्यटन बोर्डमा भएको सम्पन्न भएको छ । क्यापिटल इन्टरटेनमेन्ट र शुभकामना मिडियाको सहकार्यमा भएको उक्त अवार्ड कार्यक्रममा गायक शिव परियार र गायिका अन्जु पन्त उत्कृष्ट गायक गायिका ठहरिए । गायक परियारले मेरो भागको खुशी गीतबाट अवार्ड चुमेका थिए भने अन्जु पन्तले थोपा थोपा आँसुबाट उत्कृष्ट गायिकाको अवार्ड चुमेकी हुन् । त्यसैगरी यस वर्षको लाइफटाइम अचिभमेन्ट अवार्डबाट प्रतिष्ठित गीतकार उन्नती शीला बोहोरालाई अर्पण गरियो ।

कार्यक्रममा वरिष्ठ पत्रकार शान्तिप्रियलाई पत्रकारिता रजत सम्मानबाट सम्मानित गरियो भने गीतकार युवराज अधिकारीलाई स्रष्टा सम्मान अर्पण गरियो । गायक छिरिङ भुटियालाई राष्ट्रिय संगीत सम्मान, संगीतकार सन्तोष श्रेष्ठलाई दशकको संगीत सम्मान, च्याङ्बा लामालाई राष्ट्रिय फोटोग्राफी सम्मान, घनश्याम राज कर्णिकारलाई साहित्य सम्मान, पत्रकार दिनेश थापालाई पत्रकारिता पुरस्कार प्रदान गरियो ।

त्यस्तै लोकदोहोरी तर्फ गायक सञ्जय गुरुङ र गायिका सीता केसीले उत्कृष्ट गायक गायिका लोकदोहोरीतर्फको अवार्ड चुम्न सफल भए । गायक गुरुङले लुकीलुकी गीतबाट अवार्ड चुमे भने गायिका केसीले भाग्यले नि ढाँट्यो गीतबाट अवार्ड चुम्न सफल भइन् । उत्कृष्ट लोकदोहोरी निर्देशक दीप गुरुङ बन्न सफल भए भने उत्कृष्ट कोरियोग्राफर कजिस श्रेष्ठ बन्न सफल भए । उत्कृष्ट लोकदोहोरी शब्द अमृत खातीले चुम्न सफल ।

सुगम संगीततर्फ उत्कृष्ट संगीतकार विकास चौधरी भए भने गीतकारतर्फ हरि उप्रेती उत्कृष्ट बन्न सफल भए । उनीहरुले वल्ली होइन पल्ली गीतबाट अवार्ड चुमेका हुन् । गौतम खाती र श्रेया दुलाल उत्कृष्ट म्यूजिक भिडियो मोडल सुगम संगीतर्फको अवार्ड चुम्न सफल भए भने एसके दाहाल र सोनाम गुरुङले उत्कृष्ट मोडल लोकदोहोरीतर्फको अवार्ड चुम्न सफल भए ।

त्यसैगरी उत्कृष्ट पप गायक चिरञ्जीवी भण्डारी भ एभने उत्कृष्ट पप गायिका उषा मलाहा बन्न सफल भइन् । पपुलर गायिका अफ दि इयर पपतर्फ गायिका लक्ष्मी पुरी प्रधान बन्न सफल भइन् भने पपुलर गायिका अफ दि इयर सुगम संगीततर्फ इन्दु बानियाँ उत्कृष्ट भइन् । उत्कृष्ट पप म्यूजिक भिडियो मोडल अनिता गिरी बन्न सफल भइन् भने पपुलर मोडल अफ दि इयर सुनिल लामिछाने बन्न सफल भए । राष्ट्रिय भावको गीतर्फ गायक नवीन पौडेलले लेऊ खुकुरी लेउ गीतबाट अवार्ड चुम्न सफल भइन् भने उत्कृष्ट गीतकार रमेश दाहालले ए झण्डा बोलको गीतबाट चुम्न सफल भए ।

मौलिक गीतको विधातर्फ उत्कृष्ट मौलिक विधा कौडातर्फ गायक प्रकाश गुरुङ र गायिका दीप गुरुङ उत्कृष्ट बन्न सफल भए । उत्कृष्ट मौलिक शब्द कौडातर्फ अविनाश थापा मगर उत्कृष्ट बन्न सफल भए । त्यस्तै उत्कृष्ट मौलिक गायिका सालैजोतर्फ बबिता गुरुङ उत्कृष्ट भइन् भने उत्कृष्ट नेवारी भाषा गायक देवमान तण्डुकार बन्न सफल भए ।कार्यक्रममा पश्चिमाञ्चल सांस्कृतिक केन्द्रका कलाकारहरुले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए भने गायिका मन्जु पौडेल, गायक गणेश गुरुङ, राज सागर र प्रकाश गुरुङले सांगीतिक प्रस्तुति दिएका थिए ।

 

सम्मानितहरु
शान्तिप्रिय वरिष्ठ पत्रकार (पत्रकारिता रजत सम्मान)
युवराज अधिकारी, वरिष्ठ गीतकार (राष्ट्रिय स्रष्टा सम्मान)
सन्तोष श्रेष्ठ, संगीतकार (दशकको स्रष्टा सम्मान)
छिरिङ भुटिया, वरिष्ठ गायक तथा साउन्ड इन्जिनियर (राष्ट्रिय संगीत सम्मान)
च्याङ्बा लामा, वरिष्ठ फोटोग्राफर (राष्ट्रिय फोटोग्राफी सम्मान)
घनश्याम राजकर्णिकार, वरिष्ठ साहित्यकार (राष्ट्रिय साहित्य सम्मान)
दिनेश थापा, पत्रकार (राष्ट्रिय पत्रकारिता पुरस्कार)
देवीमाया आचार्य, समाजसेवी (राष्ट्रिय समाजसेवी सम्मान)
भिष्मराज फुलारा, गीतकार (राष्ट्रिय स्रष्टा सम्मान)
प्रतिमा गुरुङ, गीतकार तथा समाजसेवी (राष्ट्रिय स्रष्टा सम्मान)
मीना लुम्बा, गीतकार तथा समाजसेवी (राष्ट्रिय स्रष्टा सम्मान)
सुरेन्द्र महर्जन, गीतकार तथा कवि (राष्ट्रिय साहित्य सम्मान)
सुरज पौडेल, गायक (राष्ट्रिय संगीत सम्मान)
लोकराज अधिकारी, गीतकार (राष्ट्रिय स्रष्टा सम्मान)
उन्नती शीला बोहरा, प्रतिष्ठित गीतकार (लाइफटाइम अचिभमेन्ट अवार्ड)

अवार्ड विजेताहरु
सर्वोत्कृष्ट गायक राष्ट्रिय भाव : नवीन पौडेल –लेऊ खुकुरी लेउ)
सर्वोत्कृष्ट गीतकार राष्ट्रिय भावः रमेश दाहाल –ए झन्डा)
सर्वोत्कृष्ट पप गायकः चिरञ्जीवी भण्डारी, (बदमास)
सर्वोत्कृष्ट पप गायिकाः उषा मलाहाल (बाल मतलब)
पपुलर गायिका अफ दि इयर पपगीतः लक्ष्मी पुरी प्रधान (सिठ्ठी बजाउँछन्)
सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल पप गीतः अनिता गिरी (लगन जु¥यो)
पपुलर मोडल अफ दि इयर लोकदोहोरीः सुनिल लामिछाने (ढुंगाको मुटु)
सर्वोत्कृष्ट युगल गायनः कन्हैया सिंह र अन्जना गुरुङ
सर्वोत्कृष्ट डेब्यू मोडल पप गीतः पेमा तामाङ (तोरी फुल्यो पहेंलै)
पपुलर गीतकार अफ दि इयरः किरण के. उप्रेती
सर्वोत्कृष्ट डायस्पोरा गीतकार सुगमसंगीतः मीन बानियाँ (आकाश पनि)
सर्वोत्कृष्ट डेब्यू मोडल पुरुष सुगम संगीतः रवि सिंह (मेरो रानी बनिदेऊ)
सर्वोत्कृष्ट डेब्यू मोडल महिला सुगम संगीतः अपेक्षा सिंह (ठ्याक्कै भेटौंला)
सर्वोत्कृष्ट एरेन्जर सुगम संगीतः राजु कार्की (जीवन संघर्ष हो)
सर्वोत्कृष्ट मिक्सिङ ः भोला पौडेल (ए झन्डा)
पपुलर गायिका अफ दि इयर ः इन्दु बानियाँ (आकाश पनि)
जुरी अवार्ड भिडियो निर्देशकः स्मृति तिमिल्सिना (ठ्याक्कै भेटौंला)
पब्लिक च्वाइस अवार्ड पप गायनः जयन जे वाइबा (पुरानो बुलेट)
सर्वोत्कृष्ट मौलिक गायिका सालैजोः बबिता गुरुङ
सर्वोत्कृष्ट गायक नेवारी भाषाः देवमान तण्डुकार (गुलिचक ह्याका मेजु)
क्रिटिक्स अवार्ड लोकदोहोरीः सन्तु थापा (शिरै चढाउँला सोरठी)
सर्वोत्कृष्ट शब्द लोकदोहोरीः अमृत खाती (मिर्मिरे साइँली)
सर्वोत्कृष्ट कोरियोग्राफर लोकदोहोरीः कजिश श्रेष्ठ (लाइदिउँकी मोहनी)
सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक सुगम संगीतः देवेन्द्र पाण्डे (चट्ट बसम देउरालीमा)
सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल पुरुष सुगम संगीतः गौतम खाती (यो मुटुमा तिम्रै नाम)
सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल महिला सुगम संगीतः श्रेया दुलाल (आज किन)
सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक लोकदोहोरीः दीप गुरुङ (हे ठूली)
सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल लोकदोहोरीः सोनाम गुरुङ (तिम्रो रुपैले)
सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल लोकदोहोरीः एस.के. दाहाल (रुँदै बाटो छेकम)
सर्वोत्कृष्ट मौलिक शब्द कौडाः अबिनाश थापा मगर (हे ठूली)
सर्वोत्कृष्ट मौलिक गायक कौडा गीतः प्रकाश गुरुङ (हे ठूली)
सर्वोत्कृष्ट मौलिक गायिका कोडा गीतः दीप गुरुङ (शिरैमा शिरफूल)
सर्वोत्कृष्ट गायक सुगम संगीतः शिव परियार (मेरो भागको खुशी)
सर्वोत्कृष्ट गायिका सुगम संगीतः अन्जु पन्त (थोपा थोपा आँसु)
सर्वोत्कृष्ट संगीतकार सुगम संगीतः विकास चौधरी (वल्ली होइन पल्ली)
सर्वोत्कृष्ट गीतकार सुगम संगीतः हरि उप्रेती (वल्ली होइन पल्ली)
सर्वोत्कृष्ट गायक लोकदोहोरीः सञ्जय गुरुङ (लुकीलुकी)
सर्वोत्कृष्ट गायिका लोकदोहोरीः सीता केसी (भाग्यले नि ढाँट्यो)
सर्वोत्कृष्ट भाका लोकदोहोरीः रामु खड्का (सोझो पन)

 

 

दोश्रो नाट्यश्वर म्यूजिक अवार्ड यहि माघ २४ हुने

समाचार


नुवाकोट - नाट्यश्वर भगवान हामी सबैको शान कला र कलाकारीताको जगेर्ना गर्ने हाम्रो अभियान भन्ने मुल मन्त्रलाई चरितार्थ गर्दै विगतका वर्षदेखि नेपाली गीतसंगीत अनि कलाकारिताको जगेर्ना गर्ने हिसाबले नाट्यश्वर म्यूजिक अवार्ड गरिदै आएको छ । नेपालमानै समावेसि अवार्डको रुपमा नेपाली गीत संगीतको म्हेन्दोमाया, तामाङसेलो, मौलिक गीत, लोकदोहोरी, आधुनिक, पप तथा राष्ट्रिय भाव विधालाई समेट्दै दोस्रो नाट्यश्वर म्यूजिक अवार्डको उत्कृष्ट ५ मनोनयन सार्बजनिक भएपनि कोरोनाको महामारी र त्यसपछि उत्पन्न परिस्थिति र लकडाउनको कारण ९ महिना अगाडी नै हुनु पर्ने दोस्रो सस्करण यहि माघ २४ गते नुवाकोटमा हुने भएको छ।
कार्यक्रम नेपालि कांग्रेसको केन्द्रिय सदस्य तथा पुर्ब शिक्षा तथा स्वास्थ्य मन्त्रि अर्जुन नरसिंह केसीको प्रमुख आथित्यमा बिदुर नगरपालिका वडा नम्बर १ स्थित होटल यान्ग्राको सभा हलमा हुने आयोजकले जानकारी दिएको छ । साथै कार्यक्रममा जिल्लाको स्थानीय निकायको प्रमुख ,उपप्रमुख ,नेपालि संगीत क्षेत्रको बिशिस्ट व्यक्तिहरुको उपस्थिति रहनेछ ।
कार्यक्रमको दिन नेपाली गीतसंगीत क्षेत्रका हस्ती, रंगपत्रकारिताको क्षेत्रमा कलम चलाउने चार जना संचारकर्मीलाई सम्मानित गरिने नाट्यश्वर म्यूजिक अवार्डका अध्यक्ष प्रल्हाद केसीले जानकारी दिएका छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण अवार्डको पहिलेको मितिमा गर्न नसकी हाल परिस्थिति सहज भएकोले अवार्ड भब्य र शब्य रुपमा गर्न लागिएको कार्यक्रमका सदस्य सचिव दिनेश शिवाकोटीले जानकारी दिएका छन् ।
यसैगरी कार्यक्रममा संगीत क्षेत्रका बरिस्ठ एकजनालाइ दिर्घ साधना सम्मान समेत प्रदान गरिने छ ्यसको साथै नया पुरा केहि कलाकर ,सामाजिक व्यक्तित्व पनि सम्मानित हुदै छन् ।
विश्वब्यापी रुपमा फैलिएको महामारी कोरोना नियन्त्रण गर्न उल्लेखनीय योगदान पुराएको जिल्लाको स्थानीय निकाय र सस्था समेत समानित गरिन लागेको कार्यक्रम निर्देशक किरण अधिकारिले जानकारी दिएका छन्  सम्मानित हुने व्यक्ति ,श्रस्था ,सर्जक ,सामाजीक व्यक्तित्व र संचारकर्मिको नाम केहि दिनमा सार्बजनिक गरिनेछ ।

काठमाडौंस्थित रानीवनमा साधना डिजिटल रेकर्डिङ स्टुडियोको शुभारम्भ

समाचार


काठमाडौँ — माघ १२, २०७७। 

साधना डिजिटल रेकर्डिङ स्टुडियोको शनिबार शुभारम्भ गरेको छ । अत्याधुनिक डिजिटल प्रविधिद्वारा रेकर्डिङ गरिने साधनाको हिजो शनिबार एक कार्यक्रमबीच शुभारम्भ गरेको हो ।

काठमाडौंस्थित नागार्जुन नगरपालिका–१, रानीवनमा गायक चन्द्रकुमार मोक्तानले उद्घाटन गर्दै सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रममा धर्म टेलिभिजनका अध्यक्ष खेन्पो सोनाम घ्युर्मे, नेपाल तामाङ संस्कृति घेदुङका उपाध्यक्ष कुमार घिसिङ, वरिष्ट गायक संगीतकार चन्द्रकुमार दोङ, गायिका इन्दिरा गोले, संगीत संयोजक डिका गुरुङ,संस्कृति घेदुङका उपाध्यक्ष एवं ताम्बा संघका अध्यक्ष धावावाङ्गेल लामाले स्टुडियोहरुको भीडमा एउटा स्टुडियो थपिएकाले व्यावसायिक रुपमा अगाडि बढ्न शुभकामना दिएका थिए ।

रेकर्डिङ स्टुडियोका संचालक संगीत शिक्षक, म्युजिक एरेन्जर,गायक एवं सङ्गितकार छेवाङतेन्जिङ लामा र बाँसुरी बादक सोनाम लो लामा हुन् ।

बहुल जात, भाषा, धर्म र कला, संस्कार, संस्कृति रहेको हाम्रो देशको श्रृंगारको रुपमा रहेको लोपोन्मुख गीतसंगीतहरु संकलन गर्दै अत्याधुनिक डिजिटल प्रविधिद्वारा रेकर्डिङ गरी उक्त गीतसंगीतलाई पुस्तौपस्तासम्म विश्वभरिका संगीत अनुरागीहरुले हेर्न र सुन्न सक्ने गरी डिजिटल लाइब्रेरीमा भण्डारण गर्ने उद्देश्यले स्थापना गरेको संचालकहरुले बताएका छन् ।

साथै विभिन्न चर्चित कलाकारहरुले यसै महिनामा सोहि रेकर्डिङ स्टुडियोमार्फत रेकर्डिङ गर्ने प्रतिबद्धता समेत जनाईसकेको युथ कृयसन नेपालका संस्थापक अध्यक्ष रबि लामा तामाङ ले जानाएका छन।  

गायक छेवाङतेन्जिङले स्वर साधना संगीत पाठशालाबाट विगत वि.सं.२०५९ बाट गीतसंगीतका प्रशिक्षण दिइरहेका छन् ।

न्युज लाइन्स मिडियाको ४ औं वार्षिकोत्सव र सम्मान कार्यक्रम भब्यताका साथ सम्पन्न

समाचार


काठमाडौं, ११ माघ - न्युज लाइन्स मिडियाको ४ औं वार्षिकोत्सव र सम्मान कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । मिडियाकी प्रबन्ध निर्देशक रिता भट्टको सभापतित्व माझ आयोजित सो कार्यक्रम बोधिसत्व स्वामी आनन्द अरुणको प्रमुख आतिथ्यता माझ आईतबार चक्रपथ महाराजगन्ज स्थित अरिकल इभेण्टमा सम्पन्न भएको हो । कार्यक्रम माझ प्रमुख अतिथी आनन्द अरुणले विभिन्न क्षेत्रमा कृयाशिल व्यक्तित्वहरुलाई न्युजलाइन्स सम्मानबाट विभुसित गरे । सो अवसर माझ सम्मानित हुनेहरुमा होटल सोल्टी क्राउन प्लाजाका सु सेफ आर बि बुढाथोकी, वरिस्ठ सौन्दर्यविद सुश्मा महरा, पर्यटन व्यवसायी एवम् समाजसेवी जगत बहादुर गुरुङ, खेलाडीद्वय सुर्य बहादुर बुढाथोकी र हरि कार्की, समाजसेवी अक्कल बहादुर तामाङ, द्वन्द निर्देशक याम प्रसाद ओली, चलचित्र निर्देशक श्याम राजा श्रेष्ठ, समाजसेवी भावना केसी, युवा व्यवसायी राजेन्द्र महर्जन, साहित्यकार भिस्म राज फुलारा, गायिकाद्व्य विद्या तिवारी र एनी श्रेष्ठ तथा स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउदै आएका अभियन्ता शिव फुँयाल रहेका छन् ।

सो अवसर कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी बोधिसत्व स्वामी आनन्द अरुणले आध्यात्मिक चिन्तन साथै प्रणायाम,योग र ध्यानलाई आत्मसात गर्न सके जीवनलाई खुशी र सुखी तुल्याउन सकिने बताए । साथै, उनले अध्यात्मले मानिसको जीवनलाई सफलता तर्फ डोर्याउन बल प्रदान गर्ने हुँदा व्यस्ततर जीवन व्यथित गर्ने पत्रकारहरुले समय निकालेर दैनिक योग र ध्यानमा लिन हुनुपर्नेमा जोड दिए ।

सो अवसरमा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा न्युजलाइन्स मिडियाका अध्यक्ष राजु भट्टले दिनानुदिन पत्रकारिता पेशामा चुनौतीहरु थपिदै गएको उल्लेख गर्दै राज्यले मिडियालाई हेर्ने दृष्‍टिकोण झन झन साँघुरिदै गएको बताए । त्यसो त उनले बदलिदो परिवेशमा मिडियाले देश विकासमा टेवा पुर्याउदै आएको सन्दर्भ कोटयाउदै न्युजलाइन्स मिडियाले पनि देशको समग्र क्षेत्रको विकासका लागि हातेमालो गर्दै आएको बताए ।

त्यसैगरि, कार्यक्रम माझ विशिस्ठ अतिथीको आसनबाट बोल्दै नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टले पत्रकारहरु हकहितका निम्ती महासंघले बुलन्द रुपमा आवाज उठाउदै आएको प्रसङ् कोटयाउदै पत्रकारिता पेशालाई मर्यादित र समाजमैत्री बनाउन एकजुट भएर लाग्नुको विकल्प नभएको धारणा राखे ।

सो अवसरमा वरिस्ठ पत्रकार ॠषि धमलाले न्युजलाइन्स मिडियाले संचार जगतको शिर उचो पार्दै आएको स्मरण गर्दै पत्रकार जगतले लोकतन्त्रको रक्षार्थ कटिबद्ध भएर लाग्नुपर्ने धारणा राखे । कार्यक्रम माझ सभापतिको आसनबाट बोल्दै न्युजलाईन्स मिडियाकी प्रबन्ध निर्देशक रिता भट्टले न्युजलाइन्स मिडिया सदैव राष्ट्रहितलाई केन्द्रमा राखेर संचार क्षेत्रमा कृयाशिल रहदै आएको उल्लेख गर्दै कार्यक्रममा उपस्थित भई सफल पार्न सहयोग गरेकामा प्रमुख अतिथी लगायत सबैलाई धन्यवाद व्यक्त गरिन ।

कार्यक्रममा टान अध्यक्ष खुम बहादुर सुवेदी, कृषि वैज्ञानिक डा. हरिकुमार श्रेष्ठ, संचार उद्यमी उज्वल जंग शाह, समाजसेवीद्व्य लोक कृष्ण भट्टराई र निलकण्ठ तिवारीले शुभकामना मन्तब्य व्यक्त गर्दै न्युजलाइन्स मिडियाको उत्तरोत्तर प्रगतीको कामना गरे । कार्यक्रममा रामप्रसाद न्यौपानेले स्वागत मन्तब्य राखेका थिए भने नारायण बेल्बासेले धन्यवाद मन्तब्य राखेका थिए ।

कार्यक्रममा न्युजलाइन्स मिडियाका सल्लाहकारद्व्य सरोज ओझा र रविन थपलिया लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो । सोही अवसर माझ विज्ञापनदाता, संचारकर्मी, संचार गृह आदीलाई सम्मानार्थ कदर पत्र प्रदान गरिएको थियो ।

होटल सोल्टी क्राउन प्लाजाका सु सेफ आर बि बुढाथोकी‘न्युजलाइन्स’ सम्मानबाट बिभुषित

समाचार


काठमाडौं- सेफ आर बि बुढाथोकी न्युजलाइन्स सम्मानबाट बिभुषित भएका छन् । न्युजलाइन्स मिडियाद्वारा महाराजगंज स्थित अरिकल्स इभेण्टद्वारा आईतबार आयोजित चौथो वार्षिकोत्सव तथा सम्मान कार्यक्रम माझ उनी सम्मानित भएका हुन । न्युजलाइन्स मिडियाले विभिन्न क्षेत्रमा कृयाशिल व्यक्तित्वहरुलाई सम्मान गर्ने क्रममा बुढाथोकी पाककला क्षेत्रबाट १५ उत्कृष्टमा पर्न सफल भएका हुन । कार्यक्रमका प्रमुख अतिथी बोधिसत्व स्वामी आनान्द अरुण र न्युजलाइन्स मिडियाका अध्यक्ष राजु भट्टले संयुक्त रुपमा सम्मानित गरेका थिए ।

पाककलाको क्षेत्रमा मात्र नभएर नेपाली, चाईनिज, जापानिज, लगायत धेरै देशका परिकार बनाउन दक्ष सेफका रुपमा परिचित उनी नेपाली सेफ जगतमा परिकार माष्टरको रुपमा चर्चामा रहदै आएका छन् । यही नै आधारमा मुल्याङकन गरि उनलाई न्युजलाइन्स सम्मान २०२१ बाट सम्मानित गरिएको न्युजलाइन्स मिडियाले जनाएको छ ।

को हुन आर बि बुढाथोकी ?

रामेछापमा जन्मिएका आर बि बुढाथोकी नेपालको प्रतिष्ठित पाँचतारे होटल होटल सोल्टी प्लाजाका सु सेफ हुन । यस अघि स्वदेश स्थित विभिन्न होटल, रेस्टुरेँण्ट एवम् शैक्षिक प्रतिष्ठान काम गरेर अनुभव हासिल गरेका बुढाथोकीले कुवेतमा रहेर पनि पाककलामा अभ्यस्त रहेका थिए । खानाको अन्वेषण, खाना सम्बन्धी लेख रचना साथै पाकशिक्षा एवम् प्रशिक्षण कार्यमा उनी सकृय छन् ।

नेवार सुन्दरीहरूद्वारा विश्व शान्तिकोे प्रार्थना

समाचार


नयाँ मिस नेवाः नेपाल चयन हुन अब धेरै दिन बाँकी छैन। नेवार सुन्दरीहरुको सौन्दर्य प्रतियोगिता मिस नेवा: नेपालको नयाँ नजिकिएसँगै यसका प्रतियोगीहरुको व्यस्तता र चुनौती पनि बढ्दै छ। नेवार समुदायको कला, धर्म, संस्कृति, भाषा र भेष चिनाउने तथा यसको पहिचानलाई जीवन्त राख्ने अभियानअन्तर्गत नेप्लिज फेसन होमले आयोजना गर्दै आएको मिस नेवाः नेपालका प्रतियोगीहरुको व्यस्तता विभिन्न तालिम, प्रशिक्षण र भ्रमणका कारण बढ्दै गएको हो।

यसै क्रममा १५औं संस्करणको मिस नेवाः नेपाल ११४१ का प्रतियोगीहरुले राजधानीको महांकाल र संकटा मन्दिरमा पूजाआजा विश्व शान्तिका लागि प्रार्थना गरेका छन्। प्रतियोगीहरुले कोभिडको संक्रमण हटोस् र देशमा स्थिरता छाओस् तथा विश्वमा शान्ति होस् भन्ने कामना गर्दै शुक्रबार महांकाल मन्दिरमा लाखबत्ती बाले।

शनिबार यही कामना गर्दै नेवार सुन्दरीहरुले संकटा मन्दिरमा पनि पूजाआजा गरे। मिस नेवाः नेपालको आयोजक संस्था नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरका अनुसार नेवार सुन्दरीहरुमा नेवारी कला, धर्म, संस्कृति, भाषा र भेषबारे ज्ञान अभिवृद्धि गराउने उद्देश्यका साथ हरेक वर्ष विश्व शान्तिको कामना गर्दै मन्दिरमा लगेर लाखबत्ती बाली पूजाआजा गराउने क्रममा यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको हो।

यस वर्षको मिस नेवाः नेपाल आगामी फागुन ७ गते राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानमा हुँदै छ। मिस नेवाः नेपाल ११४१ मा १५ जना नेवार सुन्दरी अन्तिम प्रतिस्पर्धामा स्पर्धा गर्दै छन्। उनीहरुलाई विभिन्न विधाको तालिम र प्रशिक्षण दिइरहेको नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले जानकारी गराइन्। नेप्लिज फेसन होमले डेढ दशकदेखि नेवार समुदायका युवतीहरुका लागि मिस नेवाः नेपाल आयोजना गर्दै आएको छ भने नेवार समुदायका बालिकाहरुका लागि लिटिल मिस नेवाः आयोजना गर्दै आएको छ।

चलचित्र निर्देशक माधव राज खरेललाई किर्तिमानी सम्मान सहित, ‘हिमालय अन्तर्राष्ट्रिय अवार्ड २०७७’ सम्पन्न

समाचार


काठमाडौं - कला संस्कृतिको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूला नारासहित विमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालद्वारा ‘हिमालय अन्तर्राष्ट्रिय अवार्ड २०७७’ सम्पन्न भएको छ । शुक्रबार राजधानीमा एक विशेष समारोहबीच अवार्ड सम्पन्न भएको हो ।
अवार्ड समारोहमा बरिष्ठ सङ्गीतकार राजु सिंहलाई दीर्घ साधना सम्मान प्रदान गरिएको थियो भने पत्रकारद्वय अनन्त वाग्ले र कुवेर गिरीलाई नगदसहित रङ्ग पत्रकारिता सम्मान प्रदान गरिएको थियो ।

यस्तै कार्यक्रममा चलचित्र निर्देशक  खरेल सहित ३ जना किर्तिमानी सम्मानबाट सम्मानित भएका छन् । संसारकै अग्लो स्थान सोलुखुम्बुको गोक्यो लेकमा गएर म्युजिक भिडियो निर्माण गरि गिनिज बुक अफ वल्ड रेकर्डमा नेपाल र नेपालीको नाममा नयाँ रेकर्ड स्थापना गराउन सफल भएका निर्देशक माधव राज खरेल, संचारकर्मी कमला जोशी र गायक पुर्ण राईलाई सम्मानित गरिएको हो ।

साथै अवार्ड समारोहमा व्यवसायी ढण्डबहादुर अधिकारी, प्रोडक्सन डिजाइनर यमप्रसाद ओली, कलाकार सरिता राजोपाध्याय, निर्देशक तथा कलाकार ओम प्रतिक, निर्देशक राजु गिरी, राष्ट्र सेवक कर्मचारी सुशिला ढकाल, नृत्य निर्देशक सुनिता वस्नेत लाई सम्मान गरिएको थियो  ।

विमेन्स ग्रुपकी अध्यक्ष प्रतिमा राई र अवार्ड कार्यक्रमका अध्यक्ष गणेश सुवेदीको सभापतित्वमा भएको कार्यक्रममा निर्माता संघका अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य संघका नवनिर्वाचित केन्द्रीय सदस्य आकाश अधिकारी, गीतकार संघका उपाध्यक्ष वसन्त वित्यासी थापा, चलचित्र कलाकार संघका उपाध्यक्ष मोहन निरौला, बरिष्ठ कलाकार लय संग्रौला, नेपाल टेलिभिजनकी नायवमहाप्रवन्धक आरती चटौत, नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य टेकबहादुर वम, बरिष्ठ कलाकार उत्तम केसी, गायक सीताराम पोख्रेललगायतका अतिथिहरू रहनु भएको थियो ।

अवार्ड समारोहमा अतिथिहरूले कला संस्कृतिका सर्जकहरूको सम्मानका लागि गरिएको यस्ता अवार्डले यसमा संलग्न सर्जकहरूलाई अझ प्रोत्सान मिल्ने बताएका थिए । कार्यक्रमको निर्देशकमा भीष्मराज फुलारा र संयोजकमा गीता अधिकारी रहनुभएको थियो भने सहजीकरण सञ्चारकर्मी दीपज्योति थापाले गर्नुभएको थियो ।

अवार्ड समारोहमा सर्वोत्कृष्ट आधुनिक गीत अवार्ड अञ्जु पन्त (कान्छा कान्छी) सर्वोत्कृष्ट गायक शिव परियार (आँशुको अर्थ -३, तिमीले पो सक्यौ होला), सर्वोत्कृष्ट आधुनिक वर्ष गीतकार डा. डीआर उपाध्याय (छोरी विदाई आफ्नै छातिबाट ढुकढुकी टाढा हुने बेला भो), सर्वोत्कृष्ट गीतकार अमर वान्तु (आए म त तिम्रो शहर), सर्वोत्कृष्ट लोकआधुनिक गीतकर जनक रावल (भुल्यौकी मायाले गोठालोमा गएको मेलापात धाएको), सर्वोत्कृष्ट आधुनिक गीत रचनाकार हरि उप्रेती (वल्ली होइन पल्ली), सर्वोत्कृष्ट आधुनिक गीत सङ्गीतकार विकास चौधरी (वल्ली होइन पल्ली) जुरी अवार्ड सङ्गीतकार सन्तोष श्रेष्ठ (एक्लो उदास जवानी), सर्वोत्कृष्ट राष्ट्रिय गीत गायक चेतन सापकोटा (बुद्ध पठाइदेऊ), सर्वोत्कृष्ट राष्ट्रिय गीत रचनाकार शोभा केसी (माया गरौ माया गरौ) लाई अवार्ड प्रदान गरिएको थियो ।

यसैगरी लोकगीत बैनी झ्यालैमाबाट सार्वोत्कृष्ट मोडल बहिरा कलाकार सुजल बम, यसै गीतबाट इनकरेजमेन्ट अवार्ड बहिरा कलाकार श्रद्धा भुसाल, सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक आदित्य बुढाथोकी (ढुंगामुडा), सर्वोत्कृष्ट युगल गायन योगश काजी र सारिका घिमिरे (हेल्लो), दृष्टिविहिन सङ्गीतकार रमेश सुवेदी इनकरेजमेन्ट अवार्ड (सेतो छडी), गायक पदम राई जुरी अवार्ड (के गुलियो छ र सखर चिनी), सर्वोत्कृष्ट भोजपुरी गायक श्यामकुमार मिश्रा (तु जान हमार), सुरज पौडेल आधुनिक पप गायक जुरी अवार्ड (लव लव), धमेन्द्र तिमिल्सिना (क्षितीज) गीतकार इनकरेजमेन्ट अवार्ड (के भो र), गायिका उषा मालाहा (सिम्रन) नवगायिका अवार्ड (झापाको सुपारी)बाट अवार्ड प्राप्त गर्न सफल हुनुभएको छ ।

यस्तै उक्त समारोहमा अवार्ड चुम्न सफल हुनेहरूमा विकास थपलिया टेलिभिजन प्रस्तोता, राजकुमार दर्जी सर्वोत्कृट नृत्य निर्देशक, चेतनाथ दंगाल सर्वोत्कृष्ट निर्देशक (लघुचलचित्र निम्तो), मेकअप आर्टिष्ट पुरुष नारायण भट्टराई, सर्वोत्कृष्ट चलचित्र निर्देशक श्यामराजा श्रेष्ठ (नेवारी चलचित्र मनु म्हसिकी), मेकअप आर्टिष्ट सुनिता मरासैनी, नायिका सुभेच्छा थापा चलचित्र मखमली, नायिका आशा भुसाल (चलचित्र सर्मपण जुरी अवार्ड) ,नायक  दिनेश बुढाथोकी (विर बहादुर दंगपर्छ ) छायाँकार जीवन पराजुली (चलचित्र कालेदाई जुरी अवार्ड), पुरुषोत्म पराजुली (इन्करेजमेन्ट अवार्ड (चलचित्र बीचबाटो) ज्याक श्रेष्ठ हास्य अभिनेता (चलचित्र चंगा चेट), सोफिया बज्राचार्य नव मोडल, कपिलराज गिरी गीतकार इन्करेजमेन्ट अवार्ड (जति मन पराउ), शान भुसाल (सङ्गीतकार जति मन पराउ), इनु थापा फेशन डिजाइनर, शेखर खनाल हास्य कलाकार, हरि यादव ग्राफिक डिजाइनर, खेमराज फुलारा छायाँकार (वृतचित्र), छब्बु कार्की मेकअप आर्टिष्ट हुनुहुन्छ ।

आयोगका सिफरिसहरु कार्यन्वयन गर्न आग्रह

समाचार


काठमाण्डौ - राष्ट्रिय मानवअधिकार आयोगले विगतका गरेका सिफारिस तथा विश्वव्यापी आवधिक समीक्षाको क्रममा अन्तरराष्ट्रिय समुदायबाट प्राप्त सुझाव तथा आयोगका सिफारिसको कार्यान्वयनका लागि सरकारसँग आग्रह गरेको छ । 

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेल आज जारी गरेको विज्ञप्तिमा उक्त आग्रह गरेको हो ।  नेपालको मानवअधिकारको अवस्था सुदृढिकरण तथा आयोगको स्वायत्तता र स्वतन्त्रताप्रति संवेदनशील हुँदै दिएका सुझावप्रति आयोगले अन्तरराष्ट्रिय समुदायप्रति धन्यवाद व्यक्त गरेको छ । मानवअधिकार हनन्का विषयमा आममाफी दिन नसकिने सरकारको धारणालाई आयोगले महत्वका साथ हेरेको जनाएको छ ।
 
नेपालको विगत पाँचवर्षको मानवअधिकारको अवस्थाका सम्बन्धमा संयुक्त राष्ट्र सङ्घीय मानवअधिकार परिषद्मा २१ जनवरी २०२१ मा छलफल भएको छ । सो छलफलमा नागरिक तथा राजनीतिक अधिकार एवम् आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार र मौलिकहक कार्यान्वयनका लागि भएका प्रयाससहित सरकारबाट व्यक्त धारणालाई राष्ट्रिय मानवअधिकार आयोगले सकारात्मकरूपमा लिएको छ ।


आयोगले उक्त समितिसमक्ष राष्ट्रिय महिला आयोग र राष्ट्रिय दलित आयोगसँग संयुक्तरूपमा सो अवधिको मानवअधिकार अवस्थासम्बन्धी प्रतिवेदन यसअघि नै प्रस्तुत गरिसकेको छ । नेपालको मानवअधिकार अवस्थाको सुदृढिकरणका लागि विश्वका विभिन्न राष्ट्रबाट प्राप्त सुझावलाई आयोगले गम्भीरतापूर्वक लिएको छ ।

महिला हिंसाको अन्त्य, जातियविभेद, लैङ्गिक समानता, बालश्रमको अन्त्य, कारागार सुधार, आप्रवासी कामदारको अधिकार, महिला तथा बालबालिकाको बेचविखन, महामारीमा मानवअधिकार, सङ्क्रमणकालीन न्याय, यातना, खाद्यअधिकार, शरणार्थीको अधिकार, जलवायु परिवर्तन, दिगो विकास लक्ष्यको कार्यान्वयन, मानवअधिकार राष्ट्रिय कार्ययोजनाको कार्यान्वयन आर्थिक स्वायत्तता र सवलीकरणलगायतका विषयमा अन्तरराष्ट्रिय समुदायबाट सुझाव प्राप्त भएका थिए ।

आयोगको स्वायत्तता र स्वतन्त्रता मानवअधिकारको पेरिस सिद्धान्तबमोजिम हुनुपर्नेलगायत यसअघि सरकारलाई सिफारिस गरेका सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐनको संशोधन, रोम विधानको अनुमोदन, आप्रवासी कामदारसम्बन्धी महासन्धि र बलपूर्वक बेपत्ता पार्ने कार्यविरुद्धको महासन्धिको अनुमोदन हुनुपर्ने जस्ता विषयमा विश्व समुदायले चासोका साथ दिएको सुझावलाई आयोग सराहना गरेको छ । 

चौथो संस्करणको समावेशी म्यूजिक अवार्डको आवेदन खुल्ला

समाचार


काठमाण्डौ- नेपालको पहिलो समावेशी म्यूजिक अवार्ड “राष्ट्रिय समावेशी म्यूजिक अवार्ड २०२१” को आवेदन खुला गरिएको छ । आगामी चैत्र २० गते काठमाण्डौमा सम्पन्न हुने उक्त अर्वाडका लागी यहि पुष १६ गतेवाट आवेदन फारम खुल्ला गरिएको हो । तिन वर्ष देखी नेशनल पावर न्युज म्युजिक अवार्डको रुपमा आयोजना हुदै आएको यस अवार्डको नाम परिवर्तन गरी NATIONAL INCLUSIVE MUSIC AWARD (निम अवार्ड) अर्थात राष्ट्रिय समावेशी म्यूजिक अवार्ड नाम राखिएको हो । अव उप्रान्त नेशनल पावर न्युज म्युजिक अवार्डको आगामी संस्करणहरु राष्ट्रिय समावेशी अवार्डका रुपमा आयोजना गरिने आयोजक समितिका अध्यक्ष माधव राज खरलले वताएका छन् । 

यस अवार्डमा पहिलो वर्ष देखी नै नेपालमा बोलीने विभिन्न भाषा भाषीका गीत संगीतहरुलाई बिशेष प्राथमिकताका साथ समेटिदै आएको र अहिले सम्मकै बृहत संख्याका भाषाभाषीका गीतहरुको उत्साहपुर्वक सहभागिता हुदै आएकोले पनि यसलाई नेपालकै पहिलो सवाबेशी अवार्डको नारा दिईएको हो । नेपाली सहित काँठे भाका, देउडा भाका, नेपाल भाषा, तामाङ भाषा, मैथली, भोजपुरी, राई , लिम्बु , चौधरी, शेर्पा, मगर, गुरुङ, सतार, सुनुवार भाषाका गीतर भिडियोहरु अवार्डमा सहभागी हुँदै आएका छन् । 

नेपाली भाषाको हकमा अंग्रेजी क्यालेन्डर अनुसार २०२० जनवरी १ देखि २०२० डिसेम्बर ३० सम्म बजारमा आएका गीत तथा भिडियोहरु हुनु पर्नेछ भने अन्य भाषाहरुको लागि २०१९ र २०२० वर्ष भित्रका वजारमा आएका गीतहरुलाई समावेश गरिने छ आयोजक समितिको निर्देशक कमला जोशीले वताईन् । गीतहरु दर्ता गर्नको लागी आवेदनको अन्तिम म्याद फाल्गुन ५गते सम्म निर्धारण गरिएको वताईएको छ ।
 

प्रमोदको दोषमा देखिए सनम

समाचार


काठमाण्डौ – प्रसिद्ध गायक प्रमोद खरेलको मार्मिक गीत दोष सार्वजनिक भएको छ । गीतकार धर्मेन्द्र तिम्सिना क्षितिजको उत्कृष्ट शब्द रचनामा पछिल्लो पुस्ताका लोकपृय संगितकार रोशन सिंहको उत्कृष्ट संगित रहेको छ ।

अधिकांस गायक प्रमोद खरेलका म्युजिक भिडियोमा अभिनय गर्ने उनै सदाबहार मोडल सनम कठायतको बेजोड अभिनय रहेको उक्त गीतको भिडियोमा सनमसंगै अस्मिता पन्तसं, सन्कर कोइराला र आबृती कोइरालाको समेत अभिनय रहेको छ ।

विकाश दाहालको सम्पादन , ज्ञानेन्द्र शर्माको छायांकन रहेको उक्त भिडियोको कथा र परिकल्पना मोडल स्वयं सनम कठायतकै रहेको छ भने निर्देशन अन्जन शर्माले गर्नु भएको छ ।

निकै मेहनतका साथ निर्माण गरिएको उक्त म्युजिक भिडियो चितवन् क्षेत्रमा छायांकन गरिएको हो भने एभरेष्ट ग्यालरीले बजार व्यवस्थापन र निर्माण गरेको छ । म्युजिक भिडियो सार्वजनिक भए संगै यसको सर्वपक्षीय चर्चामा संगित वृतमा बढेको छ ।