generalnews
||Power News Asia||

आजको समाचार

महासंघको बैंक बित्तिय तथा बिमा समितिको उपसभापतिमा सुवोध कुमार गुप्ता मनोनित

समाचार


काठमाडौँ — माघ २७, २०७७। 

नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारीणी   सदस्य सुवोध कुमार गुप्ता महासंघ अन्तर्गत बैंक बित्तिय तथा बिमा समितिको उपसभापतिमा मनोनित भएका छन् ।  महासंघले सोमबार उनलाई  सो समितिको उपसभापतिमा मनोनित गरेको हो ।महासंघका केन्द्रिय अध्यक्ष शेखर गोल्छाद्वारा जारी विज्ञप्तीमा गुप्तालाई  बित्तिय समितिको उपसभापतिमा मनोनित गरिएको उल्लेख गरिएको छ ।

महासंघका कार्यकारिणी समिति सदस्य शाहिल अग्रवाल उक्त समितीको सभापति छन् । यस समितिले नेपालका बैंक, वित्तीय संस्था, विमा कम्पनी लगायतका वित्त क्षेत्रसँग सम्बन्धित रहेर देशको वित्त, उद्योग, व्यवसाय आदी उकास्न भूमिका खेल्ने गर्छ ।महासंघ भित्रको एक प्रमुख समितीका रुपमा रहदै आएको उक्त समितीले सभापति र उपसभापति दुवै काबिल पाएको महासंघ भित्र चर्चा हुन थालेको छ ।  

महासंघले गठन गरेको अन्य कमिटीमा पनि गुप्तालाई सदस्यका रूपमा मनोनित गरिएको छ ।  सुबोध कुमार गुप्ता नेपाल तेल, चामल, दाल संघका केन्द्रिय अध्यक्ष साथै वीरगञ्ज उद्योग संघका वरिष्ठ उपाध्यक्ष पनि हुन् ।

मिस टिन एण्ड मिस्टर टिन शेर्पाको उपाधि डोल्मा र युगेनलाई

समाचार


काठमाडौँ — माघ २७, २०७७। 

मिस टिन शेर्पा २०२१ को उपाधि डोल्मा छिरिङ शेर्पाले प्राप्त गरेकी छिन् । काठमाडौँमा आइतवार सम्पन्न प्रतियोगितामा ९ प्रतिस्पर्धीलाई उछिन्दै डोल्माले उपाधि जितेकी हुन् ।

यता मिस्टर टिन शेर्पा २०२१ को उपाधि युगेन शेर्पाले हात पारेका छन् । युगेनले पाँच प्रतिस्पर्धीलाई पछि पारेका हुन् । उपाधि जितेका डोल्मा र युगेनाले ताज सहित जनही २० हजार रुपैयाँ नगद हात पारेका छन् ।

प्रतियोगितमा मिस टिन शेर्पातर्फ डोल्मा शेर्पा र मिङमा शेर्पा फस्ट र सेकेण्ड रनर अप बनेका छन् । यस्तै मिस्टर टिन शेर्पा तर्फ दावा जाङबु शेर्पा  र गौतम शेर्पा  फस्ट र सेकेण्ड रनर अप भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ, विशेष अतिथि नेपाल शेर्पा संघका अध्यक्ष गेल्जे शेर्पा सहभागी थिए ।

संघका अध्यक्ष गेल्जे शेर्पा लामाले प्रतियोगिताले शेर्पा समुदायको किशोर र किशोरीमा रहेको प्रतिभा प्रस्फुटन गराउने बताउनुभयो । उहाँले यस्ता खालका अवसरले आत्मविश्वास बढाउन समेत मद्दत गर्ने बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक घिसिङले यस्ता कार्यक्रमले किशोर किशोरीको व्यक्तित्व विकास हुने बताउनुभयो । उहाँले शेर्पा समुदायको हक आधिकरका लागि सहयोग गर्न तयार रहेको बताउनुभयो ।

यसपालिको प्रतियोगिता मिस एण्ड मिस्टर टिन शेर्पाको तेस्रो संस्करण हो । प्रतियोगिता गौतम बुद्ध फिल्म्स प्रालिले सन् २०१९ देखि आयोजना गर्न थालेको हो । शेर्पा समुदायको किशोर किशोरीहरुमा भएको खुबीलाई प्रस्फुटन गराउन र आत्मबल बढाउन प्रतियोगिता गरेको संस्थाले जनाएको छ ।

छन्देको ‘जुन दिन मलाई’ सार्वजनिक

समाचार


काठमाडौं –हाँस्यकलाकार गोपाल ढकाल ‘छन्दे’ निर्देशित तथा सञ्चारकर्मी राज लुईटेल द्वारा वियोगान्त कथामा निर्मित ‘जुन दिन मलाई’ बोलको आधुनिक गीतको म्युजिक भिडियो आज सार्वजनिक भएको छ । छन्दे च्यानल नामको युट्यूबमार्फत सार्वजनिक गरिएको भिडियो एभरग्रीन वल्र्ड वाईड ईन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको हो ।

कृष्णराज भण्डारीको स्वर, शब्द, सङ्गीत रहेको गीतको मुख्य भुमिकामा चकलेटी नायक तथा मोडल संजित भण्डारी, श्रीदेब भट्टराई तथा नवमोडल चन्दा कुईकेल रहेका छन् अन्य कलाकारहरूमा प्रेम पाण्डे, रोहित कार्की, शुशिला बिडारीलगायत रहेका छन् । यस गीतको भिडियोमा तारा थापा किम्भेको सम्पादन, हर्कमान वाईवा (रिदम)को छायांकन, युमिशा पाण्डेको शृङ्गार, मनोज ढकालको प्रकाश व्यबस्थापन रहेको छ ।

अडियोतर्फ सबिन लिम्बुको म्युजिक एरेञ्ज, राजा बाबु, अजय कार्की रेकर्डिस्ट, चन्द्र चौधरीको मिक्सिङ रहेकोे छ भने अकेस्टिक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यो गीतको पोस्टर डिजाईन आई क्याच स्टुडियोले गरेको छ । माया बोलिमा होईन व्यवहारमा देखाउनु पर्छ भन्ने मूल मर्मका साथ बनेको यो गीतलाई वास्तविकता एल्बममा समाबेश गरिएको छ ।

केटू हिमालका किर्तीमानी १० आरोहीलाई टानको सम्मान

समाचार


 काठमाडौं - यस हिउँद ऋतुमा संसारको दोस्रो अग्लो हिमाल माउण्ट केटूको आरोहण गरेर विश्व कीर्तिमान कायम गर्न सफल १० नेपाली आरोहीहरुलाई ट्रेकिंग एजेन्सी एसोसियन (टान ) ले सम्मान गरेको छ। विश्व रेकर्ड कायम गरेका कीर्तिमानी आरोहीहरुलाई टानले शुक्रबार होटल रेडिसन, लाजिम्पाटमा सम्मान गरेको हो । टान अध्यक्ष खुम वहादुर सुबेदी एवम् टानका पूर्व अध्यक्षहरुले कदर पत्र सहित किर्तीमानी आरोहीहरुलाई सम्मान गरेका थिए ।

कार्यक्रममा बोल्दै के टू आरोहण दलका सबैभन्दा कान्छा आरोही मिङमारले आफूले नेपालको लागि उदाहरणीय काम गर्दा अत्यन्तै खुशी लागेको बताए । पाकिस्तनमा आफ्नो देशको झण्डा फहराउन पाउँदा हिमालको टुप्पोमा पनि छुट्टै राष्ट्र प्रेम अनुभव गरेको उनले स्मरण गरे ।उनले नेपालमा कोरोना कारण पर्यटन क्षेत्रमा निक्कै गाह्रो भइरहेको र क्वारेन्टाइनको सिस्टम ले गर्दा पनि पर्यटन क्षेत्रमा धेरै असर गरेको बताउदै क्वालिटी टिको पर्यटन भित्र्याउन धेरै कुराहरु सुधार गर्नुपर्ने भएकाले आवश्यक पहल गर्न टानलाई अनुरोध समेत गरे ।

टानकी संस्थापक अध्यक्ष अम्बिका श्रेष्ठले नेपालीले यस अघि हिमाल आरोहण गरेपनि अन्तरराष्ट्रियस्तरमा खासै चर्चा पाउने नगरेको र यस पटक भने उत्साहजनक रुपमा चर्चा परिचर्चा भैरहेको बताउदै निर्मल पुर्जा र टीमले आफ्नो भन्दा पनि देशको नाम अगाडि राख्न सफल भएको भन्दै धन्यवाद ज्ञापन गरिन ।

कार्यक्रममा टानका अध्यक्ष खुम वहादुर सुबेदीले के टू आरोहण गरेर देशको शिर उचो पारेकामा किर्तीमानी आरोहीहरुलाई धन्यबाद ज्ञापन गर्दै उक्त पर्वतारोही दलका सदस्यहरुले आगामी दिनहरुमा अझै आफ्नो ब्रान्डलाई अगाडि बढाउनेमा आफु विश्वस्त रहेको उल्लेख गरे । साथै आगामी दिनमा पर्यटन क्षेत्र र पर्वतारोहण सम्बन्धी जुनसुकै कामको लागि टानले सदैव सहयोगीको भूमिका निभाउदै जाने प्रतिबद्धता समेत व्यक्त गरे ।

‘मिस ग्लोवल ईन्टरनेशनल नेपाल’ २०२१ को अडिसन माघ २४ गते हुने

समाचार


काठमाडौँ — माघ २१, २०७७।

नेपाली अविवाहित युवतीमा केन्द्रित सौदर्य प्रतियोगिता ‘मिस ग्लोवल ईन्टरनेशनल नेपाल’ २०२१ को आवेदन खुल्ला भएको छ । आयोजक काजी प्रोडक्सनले एक विज्ञप्ति जारी गर्दै  प्रतियोगिताको अडिसन माघ २४ गते शनिवार ठमेलस्थित काठमाडौँ गेस्ट हाउसमा हुने जनाएको छ । 

यस प्रतियोगितामा भाग लिन ईच्छुक प्रतिस्पर्धी नेपाली अबिवाहित युवती, १६ वर्षदेखि २५ वर्षसम्मका हुनेपर्ने जानकारी गराइएकाे छ  ।   

युवतीहरुको व्यक्तित्व विकास,आत्मविश्वास अभिवृद्धि, वाककला तथा नेतृत्वदायी क्षमताको विकास गराउँदै समाजका लागि एउटा सक्षम नागरिक र जिम्मेवार व्यक्तिको उत्पादन गर्ने उदेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो । कोभिडको महामारीलाई ध्यानमा राखेर यो कार्यक्रम सुरक्षित तवरवाट गरिने आयोजक काजी प्रोडक्सनका प्रबन्ध निर्देशक सुशान्त काजी श्रेष्ठले बताए ।

प्रतियोगिताको पहिलो चरणमा छानिएका प्रतियोगीलाई अन्तिम स्पर्धाका लागि शारीरिक फिटनेश, जुम्वा, एरोविक्स, सेल्फ डिफेन्स, सेल्फ मेकअप, फोटो सेसनलगायत प्रशिक्षण दिइनेछ । स्टेज पर्फमेन्स क्याटवाक आदि विद्यामा भने कोरियोग्राफर सुमन खड्काले ग्रुमिङ गर्नेछन् ।

प्रतियोगिताका विजेताले ‘मिस ग्लोवल ईन्टरनेशनल नेपाल,२०२१’ को शीर्ष उपाधिका साथमा विभिन्न गिफ्ट ह्यामपर जित्नेछन् । विभिन्न विधामा उपविजेता चयन समेत हुने प्रतियोगिताको विजेताले सिंगापुरमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिता ‘मिस ग्लोवल ईन्टरनेशनल,२०२१’  मा नेपालको प्रतिनिधित्व समेत गर्ने प्रतियोगिताका कार्यक्रम व्यवस्थापक त्रिलोक बिक्रम थापाले जनाएका छन।

तेजसको भंगेरी उडेको किन मलाई भन अरुलाई भन्दिनले सर्वत्र बजारमा चर्चा बटुल्दै (भिडियो सहित)

समाचार


काठमाडौँ – चर्चित गायक तथा संगीतकार तेजस रेग्मीको आवाजमा लोकदोहोरी गीत मलाई भन अरुलाई भन्दिन रिलिज भएको केहि दिनमा नै सर्बत्र चर्चा बटुल्न सफल भएको छ ।

गीतमा गायक तेजस रेग्मीलाई राजु कंडेल र गायिका रिना केसीले साथ् दिएका छन् । छोटो समयमा नै चर्चा बटुल्न सफल उक्त गीतको शब्द, संगीत गायक स्योयम् रेग्मीले गरेका हुन् ।

योगेश काजीको संगीत संयोजन रहेको गीतलाई तेजस रेग्मीको आफ्नै अफिसियल युटुब च्यानल टि आर सिरिजबाट सार्बजनिक गरिएको हो ।

गीतको भिडिओमा मोडल दुर्गेश थापा, तेजस रेग्मी, अर्जुन गौतम, दिपाषा बिसी, गरिमा शर्मा र अस्मिता जुरेलीको दमदार अभिनय देख्न सकिन्छ ।

 

 

क्यानडाबाट नेपाली युवाको र्‍याप गीत ‘कोक एण्ड जेडी’ सार्वजनिक (भिडियोसहित)

समाचार


काठमाडौं – क्यानडाबाट नेपाली युवाहरूले हिपपप म्युजिक भिडियो सार्वजनिक गरेका छन् । लामो समयदेखि क्यानडा स्थायी बसोबास गर्दै आएका सुघब बन्जरा, कुशल बराल र निर्वाना श्रेष्ठको संयुक्त प्रयासमा ‘कोक एण्ड जेडी’ गीत सार्वजनिक भएको हो ।

दीप विष्ट (लेजी ब्याई)को सङ्गीत रहेको यो गीतको भिडियो क्यानडाको टोरोन्टो आसपासमा छायांकन गरिएको छ । युवा पुस्तालाई लक्षित गरेर निर्माण भएको गीतमा बिदेशी नागरिक र नेपालीको अभिनयलाई फ्युजन गराइएको छ ।

क्यानडाबाट सञ्चालित युटुब च्यानल ‘वानभर्स इन्टरटेन्मेन्ट’ बाट सार्वजनिक गरिएको गीतको भिडियो कोर्डेल फेर्मिनले खिचेका हुन् भने सम्पादन सुदिप मानन्धरले गरेका छन् ।
पछिल्लो समय हिपपप म्युजिक युवा पुस्ताको रोजाइमा पर्दै आएकोकोले यो गीत पनि दर्शक स्रोताले रुचाउने निर्माण टिमले अपेक्षा राखेका छन् ।

 

मिस नेवाः ११४१ या ट्यालेन्ट शो क्वचाल

समाचार


नेवाः भाय्, तजिलजिलिसें नेवाःया सकतां खँया प्रचार प्रसार यायेगु, न्हूपुस्तायात स्यनेकने यायेगुलिसें ल्यंका तयेगु तातुनां न्ह्याकाच्वंगु मिस नेवाः ११४१ या ट्यालेन्ट शो शनिवाः क्वचाःगु दु । नेप्लिज फेसन होमया ग्वसालय् दँय्​दसं याना वयाच्वंगु मिस नेवाः कासा थुगुसी झिंन्याक्वःगु खःसा थुकिया ट्यालेन्ट शो शनिवाः किपूया नकतिनि दयेकाच्वंगु ससःत्वालय् क्वचाःगु खः ।

ज्याझ्वःया मूपाहां किपू नगरपालिकाया प्रमुख रमेश महर्जनं त्वाःदेवाय् मत च्याका उलेज्या यानादीगु ज्याझ्वलय् मिस नेवाः ११४१ य् ब्वति कयादीपिं झिंप्यम्हेसिनं थःथःगु प्रतिभा न्ह्यब्वःगु खः । ब्वति कयादीपिं मध्ये न्हय्​म्हसिनं आधुनिक नेपालभाषाया म्येय् हुला प्याखं न्ह्यब्वःगु खःसा छम्हेसिनं कुमारी चर्या प्याखं न्ह्यब्वःगु खः । अथेहे अंग्रेजी भासं छम्ह व नेवाः भासं छम्ह याना निम्हेसिनं चिनाखँ न्ह्यब्वःगु खःसा बाँकीपिंसं आर्ट, बाँसुरीया धून, सितिं वनाच्वंगु प्लाष्टिकपाखें स्वां दयेकेगु कला व भ्वाइलिनया धून न्ह्यब्वयादीगु खः ।

ज्याझ्वःया मूपाहां किपू नगरपालिकाया प्रमुख महर्जनं मिस नेवाः ११४१ या ल्यज्यामिपिंत मतिनाया चिं लःल्हानादीगु खःसा पाहांपिं किपू नगरपालिका वडा नं १० या अध्यक्ष अमन महर्जन, कीर्तिपुर उद्योग बाणिज्य संघया अध्यक्ष राज्यलक्ष्मी शाक्य, ससःत्वाःया अध्यक्ष फिरोज सिंहयात नं मतिनाया चिं लःल्हानादीगु खः । ज्याझ्वलय् थःगु नुगः खँ तयादिसें मूपहाँ महर्जनं नेपालभाषाया उत्थानया लागि मद्दिक्क न्ह्यचिला च्वनादीगुलिं नेप्लिज फेसन होमयात सुभाय् बियादिल । मूपाहां महर्जनं नेवाः मिसातय्गु प्रतिभा ब्वयेगु इभेन्ट कथं छगू मंकाः दबू दयेकाच्वंगु तसकं महत्व दुगु खँ धयादिसें थुकी ब्वति कयादीपिं सकलसित भिंतुना देछानादिल ।

ग्वसाः खलः नेप्लिज फेसन होमया अध्यक्ष हेमा मानन्धरं थ्व सहित झिंन्याक्वःखुसी मिस नेवाः याये धुनागु जानकारी बियादिसें मिस नेवाः यायेमाःगु आवश्यकता व महत्वया बारे ध्वाथुइका दीगु खः । थुगु मिस नेवाः ११४१ या ट्यालेन्ट शोयात ग्वसाः खलःया अफिसियल सामाजिक संजाल नेवाः प्राइडपाखें तप्यंक प्रशारण जूगु खः । ज्याझ्वः सन् २०११ या मिस नेवाः टाइटल त्याकादीम्ह मय्​जु सुनिता डंगोलं न्ह्याकादीगु खः ।

थुगु ट्यालेन्ट शोया विजयी थ्वहे वइगु ११४१ सिल्लाथ्व सप्तमि (२०७७ फागुन ७ गते) जुइगु मिस नेवाः११४१ या बिजं कासाय् घोषणा याइगु खः ।

साधना म्युजिक अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्बजनिक

समाचार


काठमाडौं-दोस्रो राष्ट्रिय साधना म्युजिक अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्बजनिक गरियको छ । ‘अग्रज लाई सम्मान नब प्रतिभा लाई प्रोत्साहन, कला, गला संस्कृती संरक्षणमा हाम्रो अभियान’ भन्ने उद्देश्य का साथ अवार्ड आयोजना गरियको अवार्ड का अध्यक्ष सामना साहले जानकारी दिइन । मनोनयनमा परेका स्रष्टा सर्जक लाई एक कार्यक्रमको आयोजनागरी प्रमाणपत्र बितरण गरिने आयोजकले जानकारी दिएको छ । यस्तै भोटिङ कोड पनि छिटो प्रदान गरिने जनाइएको छ ।

उत्कृष्ट पाँच मनोनयन

लोकदोहोरी बिधा
बिष्णु माझी-शित
बिरही कार्की-आमा ५
कृष्ण रेउले- मालै
प्रतिमा अर्याल-ताई न तुईको जिन्दगी
गंगा पुन-भुल्न सक्ने हो कि होईन खोई

लोकदोहोरी शब्द
प्रल्हाद सुबेदी-सयको गुन
शिव हमाल-झुम्का झलक्कै
नेत्र अर्याल- झ्यालमा पर्दा छ
कस्तुप पन्त- जिन्दगी पानीको फोका
सुजन लम्साल – सुन्तला गुलियो

 लय
खेम सेञ्चुरी- झ्यालमा पर्दा छ
रामु खड्का- सोझोपन
श्री कृष्ण बम मल्ल- धरोधर्म बिध्यानास
सुर्य खड्का-लाईदिम कि मोहनी
केशब सापकोटा – कि सानुलाई सन्चो छैन र

शब्द (नबप्रतिभा)
अमृत खाती- मिरमिरे साईली
अनिस दवाडी- कामी दाईको छोरो
रमेश बाबु थापा- रित्तो झोला
राजेश ढकाल – के लाई टाढा हुन्छौ र सानु
बिदुर आपागाई – होनी रेसम

लय (नब प्रतिभा)

नमराज ढुङ्गाना- पिरतीमा दम छ
बिक्रम जंग शाह- खोला खल्सी
ओम छिनाल- हारे मैले
प्रकाश पराजुली – मञ्जरी
दामोदर भण्डारी- छुर्पी चौरी गाईको

 गायक
रामजी खाँड- जिन्दगी पानीको फोका
पुश्कल शर्मा-सतीप्रथा
राजेन्द्र कंडेल – निशाव
नेत्र भण्डारी – बनपालेको लौरी
बिरु लामा-भिरमा सेती गाई

गायक (नबप्रतिभा)
हरी गीरी “बिर्मर्सी”-ओई भन्यो
बिक्रम राना- साईलो
इश्वर थापा -लाइदिम कि मोहोनी
रञ्जीत परियार- रेलको भाँडा
बाबुराम भट्टराई – लाम छ माया

गायीका
बिष्णु माझी-पानी पाए पछी
देवी घर्ती- बन कि चरी
लक्ष्मी मल्ल – धरोधर्म बिध्यानास
सरीता कार्की – लाउँछ माया
उमा श्रेष्ठ – मिरमिरे साईली

 गायीका (नबप्रतिभा)
बविना किराती – ओई भन्यो
सिर्जु अधिकारी-खोला खल्सी
मिरा गिरी- अमिलो अम्चुर
रितु तामाङ्ग- मनचरी
सञ्जु न्यौपाने -चाँदी कहाँ होला

मोडल पुरुष (अभिनय)
महेन्द्र गौतम- दुर्भाग्य
बिमल अधिकारी – पिरती नलाम माया
बुद्धबिर थापा – रुदै रुदै बसे
ओबि रायमाझी – आँसी
शिशिर पौडेल- आज मुटु

मोडल महिला (अभिनय)
सगुन शाही -ढुङ्गा जस्तो मन
सारीका के.सी. -रुने भयो काम
सञ्चिता शाही- स्यानु मायालु
साया भण्डारी-पिरती नलाम माया
उषा सुबेदी- दुई दिन हसायौ

मोडल पुरुष (नृत्य)
शंकर बि.सी. – लाम माया छपक्कै
शिवन पोखरेल- बनपालेको लौरी
सागर लम्साल “बले”- ओई भन्यो
पि।एन।सापकोटा- न बनिदेउ छुच्चो
लोमस शर्मा- मिर्सी खाने लाई

 मोडल महिला (नृत्य)
अञ्जली अधिकारी – नगर पिर माया
आरुसी मगर-मोयाले
टिका जैशी-ओए छैली
रिना थापा- जाने कि नजाले
आयुस्मा कार्की – पिरतीमा दम छ

 निर्देशक
शंकर बि.सी.- लाम माया छपक्कै
काजीस श्रेष्ठ – लाईदीम कि मोहोनी
कपिल लामा – जुनी जुनी लाई
चित्र मास्के मगर-राम कसम
बबिता श्रेष्ठ – तिमी हिड्ने बाटो


आधुनिक बिधा

गीतकार
लोकराज अधिकारी – अरुको बन्न सकिन
कृष्ण के.सी. -सक्दिन म त
नारद आचार्य “सुदामा”-मोहनी
अम्बिका गुरुङ्ग- कती माया गर्छौ
रामचन्द्र ढकाल – पिडा


 नव गीतकार
माया भट्टराई – कोशौँ टाढा
गौतम डंगोल सन्देश -कहाँ थिए
अरुन काफ्ले -भुल भुलैया
बिरेन्द्र कुमार बलामी – मैले भुल्नै जानीन
सुबिन गुरागाई- नलाएको माया


संगीत
सन्तोष श्रेष्ठ- उदास जवानी
राजकुमार बगर – भाग्य मिलेन
दिपक शर्मा- नलाएको माया
राजेश थापा – पुतली
हरी लम्साल- पानीको फोका २


गायक
प्रमोद खरेल – भुपु माया २
स्वरुपराज आचार्य – जसलाई म आफ्नो
सिडि बिजय अधिकारी – भुल भुलैया
प्रताप दास- चाहन्छु
राज सागर – याद लहर


गायीका
अञ्जु पन्त – धरै माया
बिन्दु परियार-माया गर्छु है
मेलिना राई -एक दिन
प्रबिशा अधिकारी – कती माया
रिमा गुरुङ्ग होडा- तिमी जुन बनेउ



मोडल पुरुष
नाजिर हुसेन- कुटु कुटु
सनम कठायत- भुपु माया २
दुर्गेश थापा- बौलाह ३
बिकास लामिछाने – दुनियाँ लाई दुर राखौंला
सुधिर श्रेष्ठ – भाग्य मिलेन


मोडल महिला
बर्षा रावत -एक्लै छु म
शिल्पा पोखरेल -भुपु माया २
अप्सना थापा- एक पल्ट भन २
एलिजा गौतम- आटो पिठो
सुनिषा बजगाई- कोशौँ टाढा


मोडल पुरुष (नबप्रतिभा)
दिनेश कठायत -जीवन साथि
चिरञ्जीबि सापकोटा – हेर यो मुटुमा
रबी सिंह -रानी बनाईदेउ
जीवन संसार – मिलन खोज्ने यि नयन
राज तामाङ्ग – बारीको बनमारा


मोडल महिला (नबप्रतिभा)
सुजल बम -जसलाई म आफ्नो
प्रमिला क्षेत्री – कुटु कुटु आवाज आयो
लक्ष्मी कार्की- मलाई सम्झी
सुजिना घले- कहाँ थिए
अस्मिता पन्त- पिपलु बर


 गायक (नबप्रतिभा)
बादल थापा- हेर यो मुटुमा
सम्राट चौलागाइ – आमा
आर एन ठकुरी – अती भो
भिम बिष्ट- मिनिरल वाटर
सुमन सरगम- मेरो रानी बनाईदेउ


 गायीका (नबप्रतिभा)
रचना रिमाल – पिरतीमा दम छ
एलिना चौहान- छोडेर नजाउ
मिना कार्की – सिरफुल
इश्वरी बराल-नरीसाउन है
रन्जिता लिम्बु – छोडेर नजाउ


युगल गीत

बादल थापा र मेलीना मैनाली – किन के भो र
सुनिल कटुवाल र मेलिना राई – मुखैमा रामराम
सुरेश लामा र बेनिशा पौडेल – पर्दैन पर्दैन
राज खम्बु र सुजता बर्मा – मुना
सम्राट चौलागाई र नितु पौडेल- आँखैमा प्यार


निर्देशक

अञ्जान शर्मा – अरुलाई माया
देबेन्द्र पाण्डे – एक्लै छु म
जीवन शाही – जवानी मा
जनक सिंह – कथा एउटै
सिर्जन बराल -हेर यो मुटुमा

अन्य बिधा
छायांकार

शम्भु चालिसे – राम कसम
उत्सव दाहाल – भुपु माया २
राजेश घिमिरे – पानी पाए पछी
अजय रेग्मी – भिरमा सेती गाई
राम कुमार के.सी. – किन के भो र

सम्पादक

दिपक बिष्ट – लाईदिम कि मोहोनी
टेकेन्द्र शाह -अरुलाई माया
बिनोद बम – निरजन किनार
विकाश दाहाल – कोशौ टाढा
राजेश कुमार – पीडा

एरेन्जर
केशव बडु- ओए काजल
कमल सौराग- मोहनी
सुदिप सागर-माया गर्छु
राकेश शोनी – सेतो किरिमले
सुविन सेञ्चुरी – किन के भो र
Reception in the Honour of Nepalese 1st Winter K2 Ascent

समाचार


Kathmandu 29 January 2021 The Embassy hosted a reception in the honour of Nepalese Winter K2 Ascent Teams who have successfully scaled K2 in Winter. It is for the first time in history that the “Savage Mountain” has been successfully scaled in winters, setting a new world record. The reception was held at Aloft Hotel, Thamel, Kathmandu. Mr. Dhananjay Regmi, CEO of Nepal Tourism Board, notables of Nepal’s Tourist Industry and senior officials also attended the reception/dinner.

Speaking at the occasion, Ambassador-designate Syed Haider Shah congratulated Nepalese climbers’ teams and praised their extraordinary success. Recalling the history, Ambassador Shah said that the previous six attempts to scale the world’s second highest peak in winters had unfortunately ended in failure. He commended the exemplary courage, tenacity and teamwork of the Indigenous Himalayan climbers in overcoming the odds and setting a new world record. Ambassador Shah presented souvenirs to the teams’ leaders Mr. Nirmal Purja and Mr. Mingma Gyalje Sherpa. Speaking at the occasion, the ascent teams thanked Embassy of Pakistan for their support, appreciation and recognition of their success. They also recalled the warm and memorable reception from the leadership and people of Pakistan.