काठमाडौँ — मंसिर १०, २०७७।
नेपालको निजीको छाता संगठन अर्थात नेपाल उद्योग वाणिज्य महासंघ निर्वाचनको संघारमा छ । हाम्रो ५४ औ राष्ट्रिय अधिवेशन मङ्सिरको दोस्रो साता अर्थात मङ्सिर एघार, बाह्र र तेह्र गते सम्पन हुँदैछ । यस महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । हामीले चार पाँच बर्ष अघि मात्रै वरिस्ठ उपाध्यक्ष स्वत: अध्यक्ष बन्ने प्रावधान ल्याएकाले हाम्रो मुल नेतृत्व बाहेकका अन्य पदमा प्रतिस्पर्धा हुनेछ । महासंघकी हालकी अध्यक्ष भवानी राणा अघिल्लो निर्वाचनबाट त्यसै प्रावधानमा टेकेर निर्वाचित भएर आउनु भएको हो । अहिलेको निर्वाचनमा वरिस्ठ उपाध्यक्ष तर्फ चन्द्र ढकाल र किशोर प्रधानले आफनो उम्मेदवारी दिनु भएको छ । त्यसैले भविस्यमा उहाँ दुई मध्ये एकले महासंघ हाँक्नु हुनेछ । अझ भनौ शेखरजी पछि नेपालको समग्र निजी क्षेत्रलाई पाईलटका रुपमा हाँक्ने जिम्मेवारी उहाँहरु मध्ये एकको काँधमा जानेछ । हाम्रो विधी विधानमै त्यहि छ । र सोही स्प्रिट अनुरुप हामी निर्वाचनमा होमिएका छौ । उहाँ दुवै नेताहरु आफ्ना एजेण्डा बोकेर चुनावी मैदानमा उत्रनु भएको छ। हामीसँग अब धेरै दिन बाँकी छैन् । केही दिन भित्र नै हामीले दोस्रो वरियतामा अझ भनौ भावी अध्यक्षमा यि दुई मध्ये एकलाई पाउने छौ । यस्तै महासंघका अन्य शिर्ष तहमा उपाध्यक्षको तह छ । वस्तुगत, एशोसियट र जिल्लागत गरि तीन वटा तह यानेकी पदका लागि कुल छ जनाले आफ्नो उम्मेदवारी दिनु भएको छ । वस्तुगत तर्फ उमेशलाल श्रेष्ठ र अन्जन श्रेष्ठ, जिल्लागतमा गुणनिधी तिवारी र दिनेश श्रेष्ठ तथा एशोसियट तर्फ रामचन्द्र सांघाई र सौरभ ज्योति प्रतिस्पर्धामा हुनुहुन्छ । त्यसै गरि म लगायतका साथीहरु कार्यकारिणी सदस्यका लागि प्रतिस्पर्धामा उत्रेका छौ ।
महासंघ र नेतृत्व चयन
कोभिड पस्चात निजी क्षेत्रको अवस्था के कस्तो छ भन्ने पनि हामी सबैलाई थाहा छ । अर्थात आफ्ना पिडा, व्यवसाय गर्ने साथी संगीका पिडा अझ भनौ समग्र निजी क्षेत्र कुन हालमा छ भन्ने बिषयमा हामी सबै जानकार छौ, किनकी हामी सबैले कोभिडलाई झेलिरहेका छौ । हामी यसका भुक्त भोगी हौ । हामीले विगत लामो समय देखी थुप्रै खाले समस्याहरु पनि भोग्दै आएका छौ । कतिपय समस्याहरु विगतका नेतृत्व तहबाट पनि हल भएका छन् । तर हामीले गर्न बाँकी धेरै थुप्रै काम छन् । कोभिड पस्चात थपिएका जटिलता कम गराउनु पर्ने दायित्व महासंघ माथि छ । अभिभावकिय भूमिकाका लागि पहल लिनुपर्ने दायित्व पनि छ । साना देखी ठुला लगानीकर्ताका समस्या सुन्ने र हल गर्ने दायित्व महासंघसँग छ भने निजी क्षेत्र र सरकार बीच पुलको रुपमा काम गर्ने जिम्मेवारी महासंघले निर्वाह गर्नुपर्ने हुन्छ । त्यसैले महासंघको काम कर्तव्य धेरै छन् । सरकार पछिको ठुलो संजाल भएको राष्ट्रिय शक्ति पनि भएकाले महासंघले राख्ने कुराहरु, उप्काउने सवालहरु ज्यादै ठुलो महत्व बोक्दछ । यस्ता यावत सवाल वा सन्दर्भ छन् । मैले मेरा अघिल्ला लेखहरुमा पनि दर्शाई सकेको छु कि महासंघ भनेको सर्वव्यापी संस्था हो भनेर । गाँस, बास कपास जता ततै महासंघ छ भनेर मैले भन्दै आएको छु । अर्थात हामी माथि धेरैको आशा, भरोसा र देशकै भविस्य जोडिएको छ । यस मानेमा हामीले हाम्रो महासंघलाई वस्तुत चुस्त राख्न सक्नु पर्दछ । ताकि हामीले राम्रो कार्य सम्पादन गर्न सकौ । यसका लागि हामीलाई भिजनरी लिडरशिप अवश्य चाहिन्छ । नेतृत्व चयनका बखत हामी आत्मरतिमा रमायौ भने हामीले पछुताउनुको विकल्प हुँदैन । अल्पकालिन र दिर्घकालिन योजना बनाएर काम गर्न सक्ने भिजन भएको, कुशल नेतृत्व दिनसक्ने, राज्य सन्यन्त्रसँग सहज पहुँच राख्न सक्ने, निजी क्षेत्रलाई धरातल देखी बुझेको, सामाजिक भावना बोकेको, निजी क्षेत्र सहजै घुलमिल हुन सक्ने, कुरा सुन्ने खुवी भएको ओजनदार व्यक्तित्व नै महासंघका लागि उपर्युक्त रहन्छ । र हाल महासंघको निर्वाचन हुन गईरहेकाले यहि नै सहि मौका हो कुशल नेतृत्व छान्ने । क्षणिक स्वार्थ हेरेर निर्णय लिनु भन्दा भविस्यलाई पनि सोच विचार गरेर आफ्नो अमुल्य मत दिनु पर्छ । मतलाई त्यसै खेर फाल्नु हुँदैन । रिस राग राग आवेगमा आएर गलत निर्णय लिन पुग्यौ भने हामी जो कोही पनि अपरिपक्व ठहरिन सक्छौ । त्यसैले नहतारिईकन हामीले निर्णय लिनुपर्छ । महासंघलाई कस्तो नेतृत्व आवश्यक छ भन्नेमा मतदाताहरु सबै जानकार हुन हुन्छ नै । तसर्थ केबल सच्चा हृदयले निर्णय लिनु हुनेछ र बाटो नबिराई अघि बढनु हुनेछ भन्ने आश मैले लिएको छु । र आग्रह पनि गर्न चाहन्छु । हामी सबै राम्रा छौ तर राम्रा मध्ये पनि उत्कृस्ट छनौट गर्न हामी नचुकौ भन्न चाहन्छु ।
हाम्रो समुह र एजेण्डा
मेरो बिषयमा कुरा गर्नु पर्दा मैले चन्द्र ढकाल समुहका वस्तुगत उपाध्यक्ष उम्मेदवार उमेशलाल श्रेष्ठको प्यानलबाट आफ्नो उम्मेदवारी दिएको छु ।मेरो समुहका टोली नेता चन्द्र ढकाल हुनुहुन्छ भने मैले वस्तुगत तर्फबाट उम्मेदवारी दिएकाले उमेशलाल श्रेष्ठले त्यसको नेतृत्व गर्नु भएको छ । उहाँहरु दुवै जना मेरा श्रद्ध्ये नेता हुनुहुन्छ ।मैले हामी इतरका अग्रज नेताहरुलाई पनि सम्मान गर्नुपर्छ ।उहाँहरुका बिषयमा यस बेलामा मैले धेरै नबोल्नु नै वेश होला । किनकी हाम्रा आम व्यवसायी-उद्योगपति साथीहरुले पक्कै पनि सम्पूर्ण उम्मेदवारको बिषयमा खोजी निती गर्नु भएकै छ । महासंघको राजनिती र वस्तुस्थिती बारे पनि पक्कै जानकार हुनुहुन्छ ।
चन्द्र ढकाल समुहको कुरा गर्दा हामी सबै उम्मेदवारहरु सक्षम छौ भन्ने मलाई लागेको छ । मेरो कार्य क्षेत्र वस्तुगत तर्फ भएकाले मेरो चिनजान र भेटघाट बढी जसो वस्तुगत कै साथीहरु सँग छ । मैले वस्तुगत तर्फका उम्मेदवार साथीहरुलाई राम्रोसँग बुझेको छु । मलाई लाग्छ हामी अर्थात चन्द्र ढकाल समुह अन्तर्गत उमेशलाल श्रेष्ठ नेतृत्वको टोली हरकोणबाट सक्षम र निपूर्ण छौ । समावेशीता र अनुभव सबैमा सिद्ध छौ भन्ने दाबी हाम्रो हो । इतर पक्षका साथीहरुको बिषयमा टिका टिप्पणी गर्नु भन्दा पनि तुलनात्मक रुपमा हाम्रो सेट नै उत्कृस्ट छ भन्ने मेरो दाबी छ । चन्द्र ढकाल र उमेशलाल श्रेष्ठ दुवै महासंघको तागत हो । उहाँहरु वेगरको महासंघ खल्लो र अपुरो हुने देख्छु म । रामचन्द्र सांघाई र गुणनिधी तिवारी दुवै जना उस्तै क्षमतावान हुनुहुन्छ । समग्र सदस्य उम्मेदवारहरु महासंघलाई गति दिन सक्षम र टिम स्प्रिटमा काम गर्न सक्ने खालको हुनुहुन्छ ।यस सन्दर्भ मैले मेरो अघिल्लो लेखमा उल्लेख गरिसकेको छु । त्यसैले यस बिषयमा पुन: म गहिराईमा नगई हाम्रो एजेण्डा बारे केही उल्लेख गर्न चाहन्छु ।
हामी अर्थात चन्द्र ढकाल समुह निर्वाचनमा होमिदै गर्दा केही अवधारणाहरु अघि सारिएको छ । निजी क्षेत्रका तमाम समस्यालाई समाधान गर्ने रणनिती र कार्य योजना हामीले बुनेका छौ । महासंघलाई गति प्रदान गरि निजी क्षेत्रका तमाम समस्याको पहिचान र सोको समाधानार्थ हामीले काम गर्नुपर्छ भन्ने हाम्रो कार्य दिशा छ । सोही अनुरुप हाम्रो नारा तय गरेर हामी निर्वाचनमा होमिएका छौ । समृद्धीको आधार -निजी क्षेत्र सरकार साझेदार हाम्रो नारा रहेको छ । यो नारा केबल चुनावी नारा मात्र होईन । हामीले निजी क्षेत्रका समस्यालाई किटान गर्दै समाधानको लागि अघि बढने उदेश्य अनुरुप नै यो नारा अघि सारेका हौ । त्यसैले यस नारालाई हाम्रा सम्पूर्ण मतदाता साथीहरुलाई अर्थपूर्ण ढंगले हेरिदिनु हुनका लागि आग्रह गर्न चाहन्छु ।
मुलुकको समृद्धी नै हाम्रो मुल लक्ष्य हो । र जबसम्म निजी क्षेत्र सबल र सुदृढ हुँदैन तबसम्म समृद्धीको लक्ष्य हासिल हुनै सक्दैन । निजी क्षेत्रलाई सबल बनाउनु भनेकै देशको अर्थतन्त्रलाई सबल बनाउनु हो । कर, रोजगारी, उत्पादन आदीका लागि निजी क्षेत्रको योगदान महत्वपूर्ण हुने गर्दछ । कुल गार्हस्थ उत्पादनलाई बढाउनका लागि निजी क्षेत्रको साथ वेगर सरकार एक्लैले केही पनि गर्नै सक्दैन । यिनै बिषयलाई केन्द्रमा राखेर हामीले समृद्धीको आधारका लागि राज्य र निजी क्षेत्र सँगसंगै मिलेर जानुको विकल्प छैन भनेका हौ । त्यसैले सरकारसँग हातेमालो गर्दै अघि बढने कार्य योजना हाम्रो छ ।
कोभिड पस्चात देशलाई समृद्धी तर्फ अघि बढाउने अवसर र चुनौती हाम्रो सामु छ । यसका लागि निजी क्षेत्रले पनि आफ्नो तर्फबाट सक्षम नेतृत्व दिन सक्नु पर्छ । र अबको निर्वाचनले हामीलाई त्यो अवसर दिदैछ । यसर्थ सक्षम नेतृत्व चुन्ने दायित्वबाट हामी कोही पनि चुक्नु हुँदैन । यसका लागि सरकार र निजी क्षेत्र बीच पुलको रुपमा काम गर्न सक्ने पहुँच भएको नेतृत्वको पहिचान गरि अमुल्य मतको सदुपयोग गर्नु शिवाय अरु विकल्प हामी माझ छैन ।
हामीले तय गरेको नाराले महासंघको भविस्य बोल्छ । र हाम्रो जितका लागि हामीले तय गरेको नारा काफी रहेको हाम्रो बुझाई छ । यसले हाम्रो दुरगामी सोचलाई प्रतिबिम्बित गर्छ । तसर्थ यहाँहरुले हाम्रो समुहका उम्मेदवारहरुलाई आफ्नो अमुल्य मत दिई विजयी गराउनु भएको खण्डमा हामी महासंघमा रहेर धेरै काम गर्नेछौ । त्यो काम यहाँहरुकै म्याण्डेट लिएर हामी सबैका लागि गर्ने हो । अवसर जुराईदिनुस हामीले हाम्रो वचन खेर फाल्ने छैनौ भन्ने प्रण गर्न चाहन्छु /चाहन्छौ ।
(लेखक नेपाल चामल दाल तेल उद्योग संघका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा बस्तुगत तर्फबाट केन्द्रिय सदस्य पदका उम्मेदवार हुन् ।)
नेपालको निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य संघ हो भनेर सायदै भनि रहनु नपर्ला । किनकी, महासंघको संजाल राष्ट्रव्यापी रुपमा फैलिएको छ । र त्यो भन्दा पनि ठुलो कुरा हाम्रो अर्थात महासंघको संजाल नेपाल सरकार पछि सबै भन्दा ठुलो छ ।अर्थात भनौ संजालका हिसाबले, सदस्य संख्या भनौ वा मानव आवद्धताका हिसाबले हाम्रो संगठन दोस्रो स्थानमा छ । त्यसैले हाम्रो संगठन उपस्थितीगत र पहिचानको हिसाबले निकै अगाडी छ । महासंघ साना, मझौला र ठुला व्यवसायी एवम् उद्योगपतिहरु अर्थात निजी लगानीमा व्यापार व्यवसाय गर्ने वा कलकारखाना चलाउनेहरु सबैको साझा संगठन हो । हामी ग्रामीण दुरदराज देखी शहरोन्मुख नगर क्षेत्र र ठुला शहरसम्म फैलिएर रहेका छौ । सामान्य व्यापार गर्ने देखी दैनिक करोडौमा कारोबार गर्ने कारोबारीहरुलाई महासंघले छहारी दिईरहेको छ । निजी क्षेत्रको साझा धारणा महासंघले बोल्छ, बोल्नु पर्छ । राज्यले निजी क्षेत्रको धारणा बुझ्नुपर्यो भने पहिलो गुहार लगाउनु पर्ने भनेकै महासंघलाई नै हो, कुटनितिक नियोग देखी लिएर नियोगहरु, स्वदेशी एवम् विदेशी संघ संस्था वा व्यक्तीले निजी क्षेत्रको अवस्था बुझ्नु पर्दा र हातेमालो गर्नु पर्दा यही महासंघमा ठोक्किनु पर्छ । अर्थात महासंघ सर्वव्यापी पनि छ भन्ने हो । छ पनि त्यस्तै हामी सरकारमा हुन्छौ, सडकमा हुन्छौ, सदनमा हुन्छौ, घर, चौतारा, पाटीपौवा, चिया पसल, फ्याक्ट्री, पसल जताततै हुन्छौ । गास, बास अनि कपास सर्वत्र हामी छौ ।
यस मानेमा निजी क्षेत्र देशको महत्वपूर्ण हिस्सा हो । देशको व्यवस्था र राज्य भित्र लागु हुने निती नियम कानुन आदीको अधिनमा रहने हुँदा सिमितता र असिमितताको दायरामा तल माथि हुन सक्ला तर हामी फेरि पनि कही न कही अवश्य हुन्छौ । दायित्व पनिसँगै जोडिन्छ तर अधिकार पनि छ हाम्रो । तर हामीले हाम्रो दायित्वलाई पुरा गर्दै गर्दा के हामीले हाम्रो अधिकारलाई निर्वाध रुपमा उपयोग गर्न पाएका छौ त ? कदापी छैन । हामी लगाम लगाएको घोडा झै नियमको परिधीमा बसेर आफ्नो पेशा गर्छौ, रात विहान नभनी कुदछौ, कर तिर्छौ, रोजगारी सिर्जना, अर्थतन्त्र चलायमान गराउछौ । अझ ठुलो कुरा आफ्नो भविस्य दाउमा लगाएर ठुलो जोखिम उठाउछौ । हामीले पनि पाक्दै गरेको खाना छाडेर, मध्यरातमा पनि सुतिरहेको बिस्तारा छाडेर, घर परिवारलाई दिनुपर्ने समय काटेर काममा नै तल्लिन हुन्छौ । आखिर त्यो हामीले के का लागि र किन गरिरहेका छौ ? किन गर्दै आएका छौ ? हामीले आँफै स्वयम् पनि बुझ्नु पर्छ र अरु सबैलाई बुझाउन सक्नुपर्छ । हामीले गर्दै आएको पेशाले हामी मात्रै होईन सिंगो मुलुकको विकासमा योगदान पुगेको छ ।
तर पनि हामी किन राज्यबाट उपेक्षामा छौ, यसको समिक्षा गर्न आवश्यक छ । हामीसँग अपवाद वाहेक सबै चिज छ- बल, बुद्धी, विवेक, स्रोत छ, साधन छ हर चिज छ तर पनि हामी कुईराको काग झै बन्नु परेको छ । हामी बादल भित्रै हराई रहेका छौ । हामीले यसो भनि रहँदा हामी कहाँ नेर चुकिरहेका छौ त, हामीले त्यो बुझ्न, पहिचान गर्न जरुरी छ । मेरो ब्रम्ह, विचारले हामीले सत्ता र सदनमा जानेहरुलाई निजी क्षेत्रको महत्व नै बुझाउन सकेनौ, हामीले उनीहरुसँग हाक्काहाक्की कुरा राख्नै सकेनौ, निजी क्षेत्रको महत्वबोध गराउनमा चुकिरहयौ । हो कुरा त पुर्यायौ होला तर पनि हाम्रो कुरालाई जायज मान्न सक्ने वातावरण तयार पार्नै सकेनौ ।यसो हुनुको पछाडी पक्कै पनि हाम्रा कमी कमजोरीहरु छन् । यस मानेमा विगतलाई केलाउदै समिक्षा गर्नुपर्छ भन्ने मलाई लाग्छ ।र निजी क्षेत्रलाई सहि गति दिन सक्ने करिज्मा बोकेको लिडर छनौट गर्न तर्फ हामी केन्द्रित हुनु पर्छ भन्ने मान्यता मेरो छ । म मेरा अग्रजलाई सम्मान गर्छु, उहाँहरु अनुभवका खानि हुनुहुन्छ, यद्यपी विगतका कमी कमजोरीको समिक्षाले महासंघलाई अघि बढन ठुलो मद्धत मिल्ने मेरो विश्वास छ ।
मैले देख्दा मुल नेतृत्वमा बस्नेहरुमा लिडरशिपको अभाव देखिनु हुँदैन । नेपालको निजी क्षेत्रका मुद्धाको सुनुवाइ हुने वातावरण तयार पार्ने दायित्व पनि हाम्रै हो । साना तिना एजेण्डामा रुमल्लिने र आफ्ना व्यक्तिगत स्वार्थका लागि महासंघलाई भर्याङ बनाउने प्रब्रित्तीबाट हामीहरु टाढै बस्नुपर्छ । विगतमा जे भए भए, अब भने हामीले महासंघलाई नयाँ शिराबाट अगाडी बढाउनै पर्छ । दुरगामी सोच बोकेर सार्थक पाईला चाल्न अब कम्मर कसेर लाग्नु पर्छ । कोभिडबाट सिर्जित बिषमता माझ धेरै साथीहरु आहतमा हुनुहुन्छ । उहाँहरुको पिडा, रोदन आदीलाई राज्य स्तरबाट सम्बोधन गर्नलाई महासंघले नेतृत्व लिनुपर्छ । यो दायित्वबाट महासंघ विमुख हुनु हुँदैन । हामीले निजी क्षेत्रका तमाम समस्याहरुलाई हल गर्ने गरि आफु सक्य प्रयास जारी राख्नु पर्छ । यसका लागि आफ्नो व्यवसायलाई भन्दा पनि महासंघलाई माया गर्ने, संगठन भित्र लोकप्रिय र राज्यस्तरमा नीति निर्माताहरुसँग सहजै पहुँच राख्न सक्ने नेतृत्व हामीलाई चाहिन्छ । हाम्रा साझा मुद्धालाई बोकेर हिडने र अहोरात्र खटिने निर्भिक नेतृत्व नै हाम्रो आजको आवश्यकता हो । भोलीको लागि पनि हामीले सोच्नुपर्छ ।
महासंघलाई दिशाबोध गर्न सक्ने करिज्मा बोकेका व्यक्ति बिशेषलाई पहिचान गरि स्व विवेकले अमुल्य मत जायर गर्ने अवसरबाट हामी चुक्नु हुँदैन । यो हाम्रो साझा धारणा बन्नुपर्छ भन्ने मेरो भनाई छ । आसन्न निर्वाचन र नेतृत्व चयन हाल नेपाल उद्योग वाणिज्य महासंघ निर्वाचनको संघारमा छ । यही बेला हो सहि व्यक्तीहरु चुन्ने । त्यसैले हामीले सोच विचार गरेर नेता छनौट गर्नुपर्छ । निर्वाचनका लागि हाल दुई समुहरु सतहमा छन् । दुवै समुहका उम्मेदवार प्रति मेरो सम्मान छ । सबै जना सक्षम हुनुहुन्छ । निजी क्षेत्रलाई बुझेको हुनुहुन्छ । तर पनि सरसर्ती हेर्दा निजी क्षेत्रका समस्यालाई समाधान गर्दै अघि बढन सक्ने ल्याकत चन्द्र ढकालमा छ भन्ने मेरो मान्यता छ । उहाँले सानो व्यवसाय देखी शुरु गरेर ठुलो व्यवसाय खडा गर्न जुन सफलता हासिल गर्नु भयो त्यो उदाहरणिय र प्रेरणादायी छ । उहाँको बानी व्यवहार उस्तै शालिन र भद्र छ । उहाँलाई उद्योगी व्यापारी सबैले मन पराउँछन् । जनस्तरमा पनि राम्रो छवी छ । सरकारसम्म सहज पहुँच राख्न सक्ने व्यक्तित्व पनि छ । अनुभव छ, भिजन पनि राम्रो छ । राम्रा एजेण्डा अघि सार्दै आउनु भएको छ ।
अरु धेरै गुण उहाँमा छ । लाग्छ पक्कै उहाँले महासंघलाई गति दिनुहुनेछ । यता उपाध्यक्ष तर्फका उम्मेदवारहरु उस्तै उम्दा हुनुहुन्छ । उमेशलाल श्रेष्ठ, गुणनिधी तिवारी र रामचन्द्र साँघाईमा वेजोडको इच्छा शक्ती र संगठन भित्र टिम स्प्रिटमा काम गर्न सक्ने खुवी म देख्छु । मैले वस्तुगत तर्फबाट उम्मेदवारी दिएकाले उमेशलाल श्रेष्ठको बारेमा केही उल्लेख गर्न मनाशिव हुने ठानेको छु । पहिलो कुरा त उहाँको पहुँच निकै माथिसम्म छ । महासंघमा उहाँ जादा उहाँको राजनितिक पहुँचले विगतमा पनि काम गरेको अनुभव हामीसँग छ । बग्रेल्ती घटना छन् त्यस्ता । उल्लेख गरेर साध्य छैन । चाहे स्वदेशी डेरी उद्यो गलाई संरक्षण गर्ने कार्य होस् वा निर्यातका सवाल वा गएको मौद्रिक नितीमा निजी क्षेत्रका समस्यालाई सम्बोधन गर्न लगाउने कुरा उहाँको साथ महासंघले सधैं पाउदै आएको छ । उहाँ निर्भिक, स्वतन्त्र, अटल र हक्की स्वभावका हुनुहुन्छ । कसै प्रति आग्रह पुर्वाग्रह नगर्ने उहाँको बानी छ । शायद राजनितीमा त्यही भएर पनि नजानु भएको होला । महान नेता स्व. पुष्पलाल एवम् अग्रज नेतृ स्व. सहाना प्रधानका सुपुत्र भएता पनि उहाँमा कत्ति घमण्ड छैन ।
कुर्सी मोह छैन । उहाँले आफ्नै बलबुताले कम्पनी खडा गरि सानो उद्योगलाई ठुलो बनाउन मै मेहनत गर्नुभयो ।उहाँ भावी अध्यक्ष बन्ने हैसियत र क्षमता राख्नु हुन्छ । अन्य धेरै गुण उहाँमा छ । उहाँ महासंघको तागत हो । त्यसैले उहाँ निर्वाचित हुनुपर्छ भन्ने मान्यता शायद हामी धेरैमा छ । अर्को तर्फ यस समुह समावेशी किसिमको छ । क्षेत्र, जाती, व्यवसायको प्रकृती आदी हिसाबले राम्रो कम्बिनेशन छ । उम्मेदवारहरु अनुभवी हुनुहुन्छ । म जस्ता हामी केही नयाँ अनुहारमा महासंघलाई सहि दिशा दिने प्रबल सोच छ । जोस छ, जाँगर छ । मलाई लाग्छ हामी समुहगत रुपमा निपूर्ण छौ । अनि महासंघ हाँक्न उस्तै सक्षम छौ ।तसर्थ हाम्रो समुहको विकल्प छैन झै लाग्छ । साथीहरुले पक्कै पनि उचित मुल्यांकन गर्दै अमुल्य मत दिएर नेतृत्व चयन गर्नुहुनेछ भन्ने अपेक्षा लिएको छु । (लेखक नेपाल चामल दाल तेल उद्योग संघका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा बस्तुगत तर्फबाट केन्द्रिय सदस्य पदका उम्मेदवार हुन् ।)
ड्रग्सको मुद्दामा गिरफ्तारमा परेकी भारतकी चर्चित कमेडियन भारती सिंह र उनका पति हर्ष लिंबाचियालाई डिसेम्बर ४ सम्म न्यायिक हिरासतमा राख्न अदालतले आदेश दिएको छ । नारकोटिक ड्रग्स एन्ड साइकोट्रापिक सब्सटेंसेज अदालतले यस्तो आदेश दिएको हो ।
भारतीलाई कल्याण जेल र हर्षलाई तलोजा जेलमा राखिएको छ । दुबै जनाले जमानतका लागि निवेदन दिएका छन् । यसको सुनुवाई आज हुँदैछ । एनसीबीले १८ घन्टा सोधपुछ गरेपछि आइतबार हर्षलाई गिरफ्तार गरेको थियो ।
यस्तै, शनिबार साढे ३ घन्टा सोधपुछ गरेपछि एनसीबीले भारतीलाई गिरफ्तार गरेको थियो । शनिबार एनसीबीले भारतीको अफिसमा छापा मार्दा ८६।५ ग्राम गाँजा बरामद गरेको थियो । उनले, पति हर्षको साथमा गाँजा लिने गरेको स्विकार गरेकी छिन् ।
बलिउड नायक अक्षय कुमारले एक युटुबरमाथि ५ सय करोड रुपैयाँको मानहानीको केस दर्ता गराएका छन् । राशिद सिद्दिकी नाम गरेका युटुबरमाथि अक्षयले नायक सुशान्त सिंह राजपुतको निधनपछि झुटो भिडियो बनाएको आरोप लगाउँदै केस दर्ता गराएका हुन् । भिडियोमा राशिदले सुशान्तको निधनपछि उनकी प्रेमिका रिया चक्रवर्तीलाई क्यानडा भाग्नका लागि अक्षयले सहयोग गरेको आरोप लगाएका छन् ।
उनले भिडियोमा सुशान्तको निधनपछि अक्षयले महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरे र उनका छोरा आदित्यसँग गोप्य रुपमा भेटघाट गरेको समेत आरोप लगाएका छन् । सिद्दिकीले आफ्नो युटुब च्यानलमा चलचित्र ‘एमएस धोनीः दि अनटोल्ड स्टोरी’ सुशान्तको हातमा गएपछि अक्षय खुशी नभएको पनि आरोप लगाएका छन् । भारतीय मिडियाका अनुसार, सुशान्तको निधनपछि उनको बिषयमा भिडियोहरु तयार पारेर ४ महिनामा राशिदले १५ लाख भन्दा बढी कमाएका छन् ।
२५ बर्षका राशिद बिहारमा बसेर एफएफ न्यूज नामबाट युटुब च्यानल संचालन गरिरहेका छन् । अदालतले सिद्दिकीको अग्रिम जमानत दिएर प्रहरीलाई यो मुद्दाको छानबिनमा सहयोग गर्न आदेश दिएको छ ।
नेपाल–भारत सीमास्थल जौबारीमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ । इलामको सन्दकपुर गाउँपालिका–५ स्थित जौबारीमा स्थापित बिओपी प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की र प्रदेशका कृषिराज्यमन्त्री राम रानाले संयुक्तरूपमा उद्घाटन गरेका हुन् ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ गण इलामअन्तर्गत स्थापना भएको सो बिओपी सीमा सुरक्षा, सीमा क्षेत्रमा हुने चोरीपैठारी निकासी नियन्त्रण, सीमा अपराध नियन्त्रणलगायतका विविध कामकारवाहीमा परिचालित हुने सशस्त्र प्रहरी बल इलामका प्रहरी उपरीक्षक सुधीरजङ्ग थापाले जानकारी दिए । इलाम सदरमुकामदेखि करिब ३९ किलोमिटरको दूरीमा नेपाल–भारत सीमा नाकाभन्दा करिब एक किलोमिटर वर स्थापना गरिएको उक्त बिओपीले सोमबारदेखि नै दैनिककार्य सञ्चालन गरेको छ ।
नेपाल सरकारको नीतिअनुरूप सिमानालाई अझ मजबुद बनाउन तथा सीमा अपराध नियन्त्रण र रोकथाम गर्नका लागि सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट थप गर्दै लगिएको हो । इलामको सलकपुर, छब्बीसे, समालबुङ, कालपोखरीलगायतका स्थानमा यसअघि नै बिओपी स्थापना भइसकेको छ ।
बिओपी उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली जौबारी आउने कार्यक्रम तय भएको थियो तर प्रतिकूल मौसमका कारण जहाज अवतरण गराउन नसक्दा समस्या भएको थियो । प्रधानमन्त्री ओली सवार जहाज इलाममा अवतरण गर्न नसकेपछि विराटनगरमा अवतरण गराइएको थियो ।
काठमाण्डौ - नेपाली गीत संगीत क्षेत्रमा यस साता का उत्कृष्ट १०० मा परेका गीतहरुको यस प्रकार रहेका छन् । मिति २०७७ मंसीर ८ (२३ नोभेम्वर) गते देखी मंसीर १४ (२९ नोभेम्वर) सम्मको तालिका ।
|
हालको श्रेणी |
गीतको नाम |
कलाकारको नाम |
गत साता श्रेणी |
Song’s Video |
|
१. |
शालि मन पर्यो |
कालिप्रशाद बासकोटा |
९ |
|
|
२. |
कुटुमा कुट |
राजन राज शिवाकोटी |
१४. |
https://www.youtube.com/watch?v=VwIWfvW3SD8&list=PLD7wW5VULQmgmlds7rBqfzDxLsfkIDAyS |
|
३. |
पुर्व पश्चिम रेल |
अञ्जु पन्त |
७. |
|
|
४. |
भिर्नी झोलामा
|
सरस्वती लामिछाने |
३. |
|
|
५. |
ढल्के बरका |
राम जी खाँड |
६. |
|
|
६. |
लाउछ माया |
कुलेन्द्र वि.क |
५. |
|
|
७. |
भंगेरी चरी |
तेजश रेग्मि |
३. |
|
|
८. |
देखन चम्पा |
कृष्ण काफ्ले |
१५ |
|
|
९. |
माया विरानी |
महेश काफ्ले |
१. |
|
|
१०. |
लालुमै |
सन्दिप न्यौपाने |
२९. |
|
|
११. |
परान |
आशिष अविरल |
१२. |
|
|
१२ं |
ओए काजल |
चक्र बम |
११. |
|
|
१३. |
पिपलु बर |
समिक्षा अधिकारी |
१०. |
|
|
१४. |
मञ्जरी |
कमला घिमिरे |
२ |
|
|
१५. |
फुल फुल्दै जाउ |
मुना थापा |
३२. |
|
|
१६ . |
लुरुक्क |
विष्णु माझी ,आकाश महत |
२४. |
|
|
१७ं |
झुम्का झलक्क |
सानी विश्वकर्मा |
१९. |
|
|
१८. |
घांसै काटौं |
सम्झना भण्डारी |
२२. |
|
|
१९. |
गाजलैको धर्को |
शुसिल सन्दास |
१७. |
|
|
२०. |
माया मारेर |
नरेश खाती |
२०. |
|
|
२१. |
निर्माया |
अञ्जु पन्त |
२१. |
|
|
२२. |
टलटल टल्कने |
देवी घर्ती |
१८. |
|
|
२३. |
जाली रुमाल |
मेलिना राई |
३०. |
|
|
२४. |
रातो रिवन कालो कपालैमा |
अर्जुन पोख्रेल |
१६ . |
|
|
२५. |
तल्लो जातैको |
गणेश अधिकारी |
२५. |
|
|
२६. |
चरी बनैमा |
मौसम गुरुङ |
२७. |
|
|
२७. |
हातमा घडी |
रविन लामिछाने |
३८. |
|
|
२८. |
नैना रेशम |
शुरे खड्का |
२६. |
|
|
२९. |
मार्यो मायाले |
कमला विसी |
१३. |
|
|
३०. |
चट्ट रुमाल |
शान्ति श्री परियार |
३१. |
|
|
३१. |
छुर्पि चौरी गाइको |
दामोदर भण्डारी, तलशी घर्ती |
२३. |
|
|
३२. |
पापी मायाले |
प्रमोद खरेल |
८. |
|
|
३३. |
जाउला रेलैमा |
सिम्पल खरेल |
४२. |
|
|
३४. |
आँशु झारेको |
सितल गुरुङ |
३९. |
|
|
३५. |
शंकालु |
पुष्कल शर्मा |
३५. |
|
|
३६. |
मिनरल वाटर |
एलिना चौहान |
३६. |
|
|
३७. |
पिरती नलाम |
अर्जुन सापकोटा |
४० |
|
|
३८. |
नगर हल्ला |
खेम सेन्चुरी |
२८. |
|
|
३९. |
एक्लो जिवन |
रुपेश डोटेल |
३४. |
|
|
४० |
हाम्रो साझा हिमाल |
पुर्ण राई |
३७. |
|
|
४१. |
चुरी फुरी |
प्रिती आले |
४१. |
|
|
४२. |
जिन्दगी डामाडोल भयो |
खुमन अधिकारी |
३३. |
|
|
४३. |
मलाई नाला पानी |
अश्विन घिमिरे |
५०. |
|
|
४४. |
माया गरौं |
आनन्द कार्की |
४४. |
|
|
४५. |
गंगा र जमुना |
नमोज थापा |
६३. |
|
|
४६. |
गुरांसको रातो रंग |
जगदिश समाल |
४६. |
|
|
४७ |
नेपाली हौं |
लाक्पा शेर्पा |
४९. |
|
|
४८. |
गलबन्दीको फुर्को |
अमृत सापकोटा |
४८. |
|
|
४९. |
ज्यान दिन राजी |
सुधिर श्रेष्ठ |
४५ |
|
|
५०. |
आउ माया साथैमा |
प्रताप दास |
४३. |
|
|
५१. |
माया गर्छु |
विन्दु परियाल |
५४. |
|
|
५२. |
को संग बोलु |
रचना रिकाल |
५२. |
|
|
५३. |
छेन मलाई पिर |
सञ्जिव पराजुली |
६५. |
|
|
५४. |
ए झरी |
रोशन सिंह |
५१. |
|
|
५५. |
मन पराउने |
प्रमोद खरेल |
६०. |
|
|
५६. |
कहिले माया देखायौं |
सम्राट चौलागाई |
५७. |
|
|
५७. |
मुना |
राज खुम्बु |
५६. |
|
|
५८. |
बटौली |
मनिष ढकाल |
५८. |
|
|
५९. |
माया हुन्छ |
हेमन्त शिशिर |
६१. |
|
|
६०. |
तिम्रो मेरो घर |
श्री कृष्ण बम मल्ल |
५५. |
|
|
६१. |
मेरो परान |
एलिना चौहान |
५९. |
|
|
६२. |
डिनिटल फोटो |
सुनिल कटुवाल |
६२. |
|
|
६३. |
कोईली कराउने |
मेन’का राई, ख’मन अधिकारी |
.४७ |
|
|
६४. |
ढाका टोपी |
अञ्जु पन्त |
६४. |
|
|
६५. |
आउ प्रिय |
द्रोण पराजुली |
५३. |
|
|
६६. |
तिमिलाई मुटु भित्र |
प्रविशा अधिकारी |
७३. |
|
|
६७. |
बादल पारी |
जितेन वान्तवा |
७२. |
|
|
६८. |
पुर्वको वादल उड्यो |
भानु थापा |
६८. |
|
|
६९. |
मन मेरो केवल |
सरोज कोइराला |
७१. |
|
|
७०. |
हलचल जिन्दगीमा |
यम बराल |
७०. |
|
|
७१. |
धोको फेरम्ला |
रामचन्द्र चन्द |
६९. |
|
|
७२ं |
निष्ठुरी मन |
कृष्ण राज भण्डारी |
६७. |
|
|
७३ं |
पियर नशा |
रवि ओड |
७९. |
|
|
७४ं |
मैले बुझ्न सकेको भए |
अनुपमा प्रधान |
८३. |
|
|
७५. |
तिम्रो आँखामा |
वानिका प्रधान |
७५. |
|
|
७६. |
यो जंघार नाघेर |
काव्या आचार्य |
७६. |
|
|
७७ं |
जितेर पनि हारमा छु |
शुरेस बाग्ले |
७८. |
|
|
७८ं |
ठ्याक्कै भेटम्ला |
कन्हैया सिंह |
७७. |
|
|
७९. |
दिल बेच्ने बजार |
इश्वरी कार्की |
६६. |
|
|
८०. |
तिन पाते |
स’जन चापागाई |
८०. |
|
|
८१. |
मान्छे चिन्ने हो |
शुरेश शाही |
८१. |
|
|
८२. |
सक्दैन हाँस्न |
जुनु गौतम |
८२. |
|
|
८३. |
बबाल |
अजर्’न पौडेल |
९९. |
|
|
८४. |
क्या हो त कानछी |
सागर अधिकारी |
८४. |
|
|
८५. |
च्याङ्वाले मन |
सुम्निमा लो तामाङ् |
८५. |
|
|
८६ |
पिरतीको ताल |
पुष्कर सुनुवार |
१००. |
|
|
८७. |
ए मेरी पुजा |
कौशल राज खड्का |
८७. |
|
|
८८. |
टालाटुली वाटुली |
राजेन्द्र बुढाथोकी |
९६. |
|
|
८९. |
मायाको मिटर |
लक्ष्मी सिर्माली |
८९. |
|
|
९०. |
मेरो जवानी |
सरिता भारती |
९८. |
|
|
९१. |
सोल्टिनी |
अपेक्षा गिरी |
९७. |
|
|
९२. |
खुल्लम खुल्ला |
अभिनास ठकुरी |
९२. |
|
|
९३. |
लाउछ माया |
कुलेन्द्र वि.क |
९४. |
|
|
९४. |
सुनरी मै |
प्रमोद खरेल |
९५. |
|
|
९५. |
चिसो मैना पुसैको |
मोहन खड्का |
९३. |
|
|
९६. |
मायाले मलाई बोलायो |
स्मीता दाहाल |
८८. |
|
|
९७. |
दर्शन नमस्ते |
राजेश पायल राई |
९१. |
|
|
९८. |
नजरले |
क’लेन्द्र विश्वकर्मा |
९०. |
|
|
९९. |
देवी धर्ती |
बदला बरीलै |
७४ |
|
|
१००. |
मञ्जरी |
देवी घर्ती, प्रकाश सपुत |
८६ |
|
काठमाडौँ — मंसिर ५, २०७७।
सुबोध कुमार गुप्ता एक सफल उद्योगपति एवम् व्यवसायी हुन । उनको जन्म सन १९७४ मा औंद्योगिक नगरी विरगंज स्थित रानीघाटमा भएको थियो । पिता सुकदेव र माता कान्तिदेवी गुप्ताका सुपत्रका रुपमा उनले यस धर्तीमा पाइला हालेका हुन । गुप्ताले आफ्नो शिक्षारम्भ विरगंज स्थित रेलवे माध्यमिक विद्यालयबाट गरेका थिए । २ कक्षासम्म सो विद्यालयमा अध्ययन गरे पस्चात उनले ३ देखी ७ कक्षासम्म विरगंजकै त्रिभुवन माध्यमिक विद्यालयमा अध्ययन गरे । अध्ययन प्रति बिशेष रुची राख्ने गुप्ताले भारतबाट म्याथ बिषयमा बिएस्सी गरेका छन् । उनमा नेपाली अंग्रेजी र हिन्दी भाषाको राम्रो ज्ञान छ । क्रिकेट र फुटबल खेलका अलवा संगित सुन्ने र पढने आदत उनमा छ । उनी विश्वका करिब ४० देश पुगिसकेका छन् । ९० को दशकमा व्यवसायको क्षेत्रमा पाईला हाल्दै उम्दा व्यवसायीको रुपमा परिचय बनाउने सफल सुबोध कुमार गुप्ता पारिवारिक दायित्वलाई पनि उत्तिकै महत्व दिने गर्छन् । परिवारको साथ विना सफलता हासिल गर्ने मानिसहरुलाई हम्मेहम्मे पर्ने उनी बताउँछन् । ४६ बर्ष टेकेका गुप्ता यो अवस्थासम्म आईपुग्दा आफ्ना पिता मातासँगै श्रीमती रानी, छोरा मोहित अनि साहिल, छोरी मोहिनी र साथीभाइ एवम इस्टमित्रको दर्विलो साथ र स्नेह आफुसँग रहेको स्मरण गर्छन् । सामाजिक चेतका धनी तथा शिक्षाप्रेमी सुबोध कुमार गुप्ता विभिन्न सामाजिक संघ संस्था एवम् शैक्षिक प्रतिस्ठानहरुमा समेत आवद्ध छन् ।
व्यवसाय र संगठनमा गुप्ताको भूमिका
सुबोध कुमार गुप्ता २२ बर्षको उमेर देखी उद्योग व्यापारको क्षेत्रमा लाग्दै आएका छन् । गुप्ता व्यवसायिक रुपमा कृषि एवम् खाद्यान्नको क्षेत्रमा सकृय छन् । त्यसो त उनी कृषि एवम् खाद्यान्नको क्षेत्रमा लगानी गर्दै आएको प्रतिस्ठित व्यवसायिक घराना मोहित ग्रुपका संचालक हुन । उनले मोहित ग्रुपको प्रबन्ध निर्देशकको जिम्मेवारी समेत सम्हाल्दै आएका छन् । मोहित ग्रुप खाद्य क्षेत्रको एक स्थापित ब्राण्ड मानिन्छ । ग्रुपलाई सहि दिशा र गति दिन नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका सुबोध कुमार गुप्ताको सार्थक सोच, अद्धितिय कार्यकौशलता तथा व्यवस्थापकिय क्षमताका कारण मोहित ग्रुप छोटो समयमा नै स्थापित हुन सफल भएको मान्न सकिन्छ । यसरी एक प्रतिस्ठित व्यवसायिक प्रतिस्ठान खडा गर्न सफल गुप्तालाई सम्भावना बोकेका व्यवसायी नेताका रुपमा हेरिदै आईएको छ ।
कृषि एवम् औद्योगिक क्रान्तिबाट नै देशले समृद्धी हासिल गर्न सक्छ भन्ने सोच र भावनाबाट ओतप्रोत गुप्ताले देशको मुहार फेर्न सक्ने उत्पादनशिल क्षेत्रमा लगानी विस्तार गरिरहेका मात्र छैनन् कि यसका अलवा पनि निजी क्षेत्रको तर्फबाट सो क्षेत्रको नेतृत्व समेत गरिरहेका छन् । गुप्ता हाल चामल, दाल, तेल उत्पादक संघका केन्द्रिय अध्यक्ष समेत हुन । उक्त संघको नेतृत्व सम्हाल्दै गर्दा गुप्ताले नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउने दुरगामी सोच बोकेर अघि बढेका छन् । संगठन सुदृढिकरणको कार्य होस् वा राज्य स्तरमा निजी क्षेत्रको आवाजलाई बुलन्द पार्ने कार्य यस मामिलामा गुप्ताको कार्यकाल निकै सफल मानिन्छ । खाद्य उद्योगको क्षेत्रको विकास र उन्नयनमा निकै सकृयतापुर्वक लागि पर्दै आएका गुप्तालाई व्यवसायिक ब्रित्तमा भिजन भएका नेताको रुपमा लिईन्छ । युवा व्यवसायीहरु माझ निकै चर्चित गुप्तामा नयाँ पुस्ताका लागि रोल मोडल बन्न सक्ने ल्याकत देखिन्छ ।
त्यसो त सुबोध कुमार गुप्ता नेपालको व्यापारिक नगरी विरगंज वासी माझ उत्तिकै चर्चित र लोकप्रिय छन् । उद्योगपति एवम् व्यवसायीहरुको शहरको उपमा पाएको वीरगंज वास्तवमै नेपालको प्रमुख व्यापारिक केन्द्र हो । गुप्ताले यहि शहरबाटै आफ्नो व्यवसायिक यात्राको शुभारम्भ गर्दै सफलताको मुकाम प्राप्ती गरेका हुन ।दुई दशक अघि देखी विरगंज उद्योग वाणिज्य संघको कार्य समितीमा रहेर कार्य गर्दै आएका गुप्ता हाल संगठनको वरिस्ठ उपाध्यक्ष छन् । यस अघि उनी संघको महासचिव र उपाध्यक्षमा निर्वाचित भएका थिए । साथै उनले महासंघमा रहेर ट्रेड कमिटी सदस्यको कार्यानुभव संगालेका छन् । यस अर्थ उनलाई समग्र निजी क्षेत्रले उद्योग वाणिज्य क्षेत्रका अनुभवी र दिग्गज सारथीका रुपमा हेर्ने गरेको पाईन्छ ।
अब्बल नेतृत्व र ख्याती
चामल, तेल दाल उद्योग संघको अध्यक्षको जिम्मेवारी सम्हाल्दै गर्दा गुप्ताले देश, देशवासी, व्यवसायी र खाद्य क्षेत्रमा पुर्याएको योगदान प्रशसनिय रहेको छ । मुलुकले विगत ८ महिना यता कोभिडको कहर झेलिरहेको अवस्थामा उनले बागडोर सम्हालेको संघले जनस्तर एवम् राज्यस्तरमा राम्रो छाप छोडन सफल रह्यो । विशेषत यस अवधी माझ मुलुकमा खाद्यान्न पदार्थको अभाव हुन नदिन उनको नेतृत्वमा संघले लिएको पहलकदमी राष्ट्रिय अर्थतन्त्र साथै उपभोक्ताको खाद्य अधिकारको क्षेत्रमा कोशे ढुङ्गा साबित भएको छ । गएको झण्डै ८ महिनाको अन्तरालमा नेपालमा खाद्यान्नको अभाव महशुश हुन पाएन । यसलाई सुखद पक्ष नै मान्नु पर्छ ।त्यसो त यस माझमा व्यवसायिक वातावरण निर्माण गर्न उनले संघको तर्फबाट सरकारका विभिन्न तह समक्ष गरेको लबीका कारण व्यवसायीहरुले निर्धक्कका साथ आफ्नो व्यवसाय संचालन गर्ने माहौल बन्दै आएको छ । व्यवसायीहरुका तमाम समस्याहरुलाई समाधान गर्न समेत आफ्नो बलबुताले भ्याएसम्म उनी सकृयतापुर्वक लागि पर्ने गर्दछन् । निजी क्षेत्रको साँख र गरिमालाई अक्षुण राख्दै व्यापार व्यवसायी गर्नुपर्छ भन्ने मान्यता राख्ने गुप्तालाई एक इमान्दार र कर्मठ व्यवसायीका रुपमा लिईन्छ । फलत: उनको व्यक्तित्व र नेतृत्वको सर्वत्र चर्चा हुँदै आएको छ ।
यस बाहेक पनि उनले विरगंज उद्योग वाणिज्य संघमा विगत दुई दशक देखी विभिन्न तहमा रहेर गर्दै आएको कार्यले वाणिज्य आन्दोलनलाई बल पुर्याईरहेको छ । त्यसो त विरगंज उद्योग वाणिज्य संघमा निरन्तरको उनको उपस्थितीले यसको सुदृढिकरणमा उस्तै योगदान पुगेको छ । बौद्धिकता, निर्भिक र दृढ आत्मविश्वास, मिलनसारिता, सहयोगीपना, नेतृत्वदायी भूमिका आदी जस्ता सदगुणबाट ओतप्रोत गुप्ताले संगठन विस्तारका लागि खेल्दै आएको भूमिका सर्हानायोग्य रहेको छ ।
बौद्धिक व्यक्तित्व
मन, वचन र कर्मले आफ्नो दायित्वमा खरो उत्रदै आएका गुप्ता आम व्यवसायी माझ बौद्धिक व्यक्तित्वका रुपमा पनि परिचित छन् । समय समयमा उनले खाद्य, कृषि र व्यवसाय क्षेत्रसँग सम्बन्धित रही कलम चलाउदै आएको पाईन्छ । उनका लेख रचनाहरु राष्ट्रिय एवम् स्थानिय स्तरका संचार माध्यममा प्रकाशित हुँदै आएका छन् । व्यवसायिक रुपमा उद्योग र व्यापारको क्षेत्रमा लाग्दै गर्दा लेख मार्फत विचार सम्प्रेषणले सो क्षेत्रको विकासमा टेवा पुग्ने उनको विश्वास छ । तसर्थ पनि अनवरत रुपमा उनी लेखन कार्यमा जुटदै आएका छन् । निजी क्षेत्रको भनाई राख्दै लेखिने यस्ता समसामयिक लेखले
सरकारलाई निती एवम् योजना बनाउन, उपभोक्तालाई बजार अवस्था बारे जानकारी दिलाउन र आम व्यवसायीलाई हौसला प्रदान गर्न सघाउ पुग्ने उनको बुझाई छ । व्यवसायिक वातावरणमा आँच आयो भने देशको अर्थतन्त्र र जनजीवनमा समेत नकारात्मक प्रभाव पर्ने हुँदा यस तर्फ राज्य र सरोकारवाला सबैले ध्यान पुर्याउन जरुरी रहेको उनको भनाई छ ।
गुप्ताको उम्मेदवारी र वचनबद्धता
सुबोध कुमार गुप्ताले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वस्तुगत संघका तर्फबाट कार्यकारीणी सदस्य पदका लागि आफ्नो उम्मेदवारी मनोनयन गरेका छन् ।
महासंघका लागि यो उनको पहिलो प्रयास हो । उनमा निहित प्रबल सोच, काम गर्ने तौरतरिका र सबल नेतृत्वदायी भूमिका उनका सकारात्मक पक्ष हुन । भावी दिनमा महासंघलाई हाक्न सक्ने क्षमता भएको नेताको रुपमा पनि उनलाई हेरिएको छ ।भिजनरी बिजनेश लिडरका रुपमा हेरिदै आईएका सुबोध कुमार गुप्ता देशको समृद्धि हासिल गर्न सकिने क्षेत्रमा कृषि रहेको औंल्याउछन् ।
नेपालमा प्रशस्त मात्रामा खेतीयोग्य जमिन भएपनि सरकारको गलत निति र असहयोगका कारण उद्योग कारखानाका लागी चाहिने कच्चा पदार्थको आयात गर्नुपर्ने बाध्यता आम उद्योगी व्यावसायीमा रहेको उनको भनाई छ ।
पहाडी क्षेत्रमा कृषिको यान्त्रिकरण गर्न कठिन रहेको अवस्था औल्याउदै तराई मधेश क्षेत्रमा भएको जमिनको खन्डिकरणले उत्पादन क्षमता घट्दै गएको प्रति उनी चिन्ता व्यक्त गर्छन् । फलत: हामीले भारत, चीन, भियतनाम, श्रीलंका, अमेरिका जस्ता देशहरुको जस्तै गरी कृषिबाट प्रतिफल लिन नसकिरहेको उनको दाबी छ ।
यसर्थ पनि उत्पादनशिल क्षेत्रको पहिचान र विकासका लागि नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनबाट आउने समुहले काम गर्नुपर्ने उनको धारणा छ । यस्ता तमाम खालका समस्याहरुको समाधान गरेर कृषिमा क्रान्ति ल्याउदै देशलाई औद्योगिक क्रान्ति तर्फ अघि बढाउन र कोभिड पस्चात सिर्जित परिस्थितीबाट आम व्यवसायी एवम् मुलुकलाई राहत दिलाउन आफु सधैं अग्रसर रहने वचनबद्धता उनले व्यक्त गरेका छन्।
चितवन — कार्तिक २८, २०७७।
पछिल्लो समय चर्चित 'मिस्टर एण्ड मिस टिकटक' प्रतियोगिताको उत्कृष्ट १२ प्रतियोगीहरु छनौट भएका छन् । कंडेल कन्सल्टेन्सीको प्रस्तुतीमा द जीएमआईको आयोजना तथा सही हो ईभेन्ट्सको सहकार्यमा संचालित उक्त प्रतियोगितामा उत्कृष्ट २० मा प्रतिस्पर्धा गरिरहेकाहरुमध्ये बाट निर्णायकहरुको मत पश्चात उत्कृष्ट १० प्रतियोगीहरु र २ जना वाईल्ड कार्डमार्फत छनौट गरिएको हो ।
प्रतियोगिताको निर्णायकको रुपमा चर्चित हांस्य कलाकार तथा निर्देशक किरण केसी, नायिका प्रियंका कार्की र नृत्य निर्देशक कविराज गहतराज रहेका छन।
उत्कृष्ट १२ मा काभ्रेबाट सम्मान मल्ल श्रेष्ठ, चितवनबाट शोना घिमिरे, काठमाडौंबाट काजोल नेपाल, अष्ट्रेलियाबाट पूनम तिरुवा, काठमाडौंबाट जनम परियार, अष्ट्रेलियाबाट सृजना घिमिरे, चितवनबाट अर्बिना ढकाल, रुपन्देहीबाट आरोही अधिकारी, चितवनबाट मनोज बिक र गैंडाकोटबाट रोहित पाण्डे रहेका छन्। त्यसैगरी वाईल्ड कार्डमार्फत छनौट हुनेमा चितवनबाट बिकिता कंडेल र ईटहरीबाट प्रेतिका अधिकारी रहेका छन् ।

अब भने बिजेताको लागि उत्कृष्ट १२मा पर्न सफल रहेका प्रतिस्पर्धीहरुमाझ ग्लोबल अनलाईन पे डट कम (globalonlinepay.com) गएर वा ग्लोबल अनलाईन पेको एप मार्फत संचालित हुने भोटिङ मार्फत आफूलाई मनपर्ने प्रतियोगीलाई भोट गर्न सकिनेछ । नेपाल/बिदेशबाट प्रतियोगीलाई एक पटकमा न्यूनतम पाँच भोट देखि अधिकतम पाँच हजार भोटसम्म गर्न सकिने बताइएको छ ।
नेपाल बाहिरबाट भने भोट गर्नका लागि भिजा कार्ड र मास्टरकार्डका प्रयोगकर्ताहरुले आफ्नो संबन्धित बैंक मार्फत अनलाईन पेमेन्ट ट्रान्ज्याकसनको निमित्त आईपिजि / थ्रीडियस (IPG/3DS) सर्भिस एक्टिभेट गर्नुपर्नेछ।
विजेताका लागि शुरु भएको अन्तिम भोटिङ प्रतिस्पर्धा मंसिर २५ गते शुक्रबार राती १२ बजेसम्म संचालित हुनेछ । 'मिस्टर एण्ड मिस टिकटक,नेपाल' को उपाधीको लागि अब उत्कृष्ट १२ प्रतियोगीले प्रतिस्पर्धा गर्ने छन् । जसको लागि ५० प्रतिशत मत अनलाईन भोटिङ मार्फत र ५० प्रतिशत मत निर्णायकमार्फत प्रदान गरिने छ।
समाजिक संजालमा पछिल्लो समय अत्याधिक रुचाईएको टिकटकबाट नयाँ प्रतिभावान युवाहरु कलाकारिता्मा प्रवेश पाउन सजिलो भएको हामी कहाँ प्रशस्त उदाहरणहरु छन। त्यसैको सेरोफेरोमा रहेर द जिएमआइ एकेडेमीको आयोजनामा मिस्टर एन्ड मिस टिकट्क प्रतियोगिता आयोजना गरिएको द जिएमआइ एकेडेमी्का सिईओ महेश लामिछानेले जनाएका छन ।
काठमाडौँ — कार्तिक २५, २०७७।
नेपाल क्योकुशिन सेईसिन काईकान कराँते संघको बार्षिक कार्यक्रम अनुसार ककनि अन्तराष्ट्रिय ट्रेनिङ सेण्टर, नुवाकोटमा २ दुई दिने “पाँचौ राष्ट्रिय फुलकन्ट्याक्ट कराँते कोच सेमिनार–२०२०” सम्पन्न भएको छ।
राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव रमेश कुमार सिलवालको प्रमुख आतिथ्यमा पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको समुदघाटन गरिएको कार्यक्रममा उहाँले मन्तव्यको क्रममा अहिले विश्वब्यापी रुपमा फैलिरहेको कोभिड–१९ ले समग्र खेलकुद क्षेत्रलाई नै प्रभावित गरिरहेको छ र पनि यो समय संग उच्च मनोबलका साथ लडने र सजगताका साथ दैनिक खेलकुद गतिविधिलाई संचालन गर्नुपर्नेमा जोड दिनुभयो । विश्व क्योकुशिन काई कराँतेका उपाध्यक्ष तथा नेपाल क्योकुशिन सेईसिन काईकान कराँते संघका अध्यक्ष सिहान अशोक कुमार श्रेष्ठको सभापतित्वमा संचालन गरिएको उक्त सेमिनारमा स्वागत मन्तब्य संघका महासचिव तथा प्रशिक्षक प्रविण बस्नेतले व्यक्त गर्नुभएको थियो भने सो सेमिनारमा नेपाल भरीको ३५ वटा डोजो प्रमुखहरुको सहभागिता जनाएका थिए ।

मिसः नेवा प्रजिता श्रेष्ठद्धारा उदघोषक गरिएको उक्त सेमिनारमा सहभागिहरुलाई स्वयं राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवद्धारा “स्पोर्ट्स साईकोलोजी एण्ड लिडरशिप डेवलपमेन्ट " बिषयमा प्रस्तुतीकरण दिनुभएको थियो भने राष्ट्रिय खेलकुद परिषद्बाट उपलब्ध गराईएको प्रशिक्षकहरु डा.मनोज के.सी.द्धारा “खेल र व्यायाम" बिषयमा, प्रशिक्षक रिता प्रजापतिद्धारा “खेल व्यवस्थापन र पोषण" बिषयमा, प्रशिक्षक तथा संघका उपाध्यक्ष समाजसेवी हेमा मानन्धरद्धारा “आत्मविश्वास र मानवता" विषयमा अन्तर्राष्ट्रिय कराँते रेफ्री एवं प्रशिक्षक सिहान अशोक कुमार श्रेष्ठद्धारा "कराँते टेक्निक एण्ड टेक्नोलोजी" बिषयमा प्रस्तुति गर्नुभएको थियो ।
विश्व क्योकुशिन काई कराँतेका उपाध्यक्ष तथा नेपाल क्योकुशिन सेईसिन काईकान कराँते संघका अध्यक्ष सिहान अशोक कुमार श्रेष्ठद्धारा प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव रमेश कुमार सिलवाललाई मायाको चिनो प्रदान गर्नुभएको थियो भने प्रमुख अतिथीद्धारा सेमिनारमा सहभागिहरु तथा सहयोगीहरुलाई प्रमाणपत्र तथा प्रशंसापत्र बितरण गर्नुभएको थियो । उक्त कार्यक्रममा मिसःनेवा ११३९को बिजेता नितु डंगोलले बिशेष आतिथ्यता ग्रहण गर्नु भएको थियो भने अतिथीहरुमा संघका कानुनी सल्लाहकार तथा प्रशिक्षक ज्योति फुयाल तथा सल्लाहकार सोनी लामिछाने रहनुभएको थियो ।
उक्त सेमीनारको समापन समारोहमा प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव रमेश कुमार सिलवालद्धारा सेमीनारमा सहभागी कोचहरुलाई अन्तरक्रिया गर्ने क्रममा कोचहरुद्धारा यस्तो सेमीनारहरुले खेलाडी तथा कोचहरुको मनोबल बढ्ने तथा फुलकन्ट्याक्ट कराँते जस्तो डरलाग्दो कराँतेको अभ्यास तथा प्रतियोगिताको क्रममा हुनसक्ने घाउ चोटपटक तथा घटनाहरुलाई कसरी तत्काल निराकरण गर्ने जस्ता विषयमा तालिम दिनुभएकोमा संघ तथा रा.खे.प.लाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो ।
काठमाडौं - नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले पार्टी सभापतिको उम्मेदवार बन्ने घोषणा गरेकी छिन् । उनले पार्टीको चौंधौं महाधिवेशनमा सभापतिका लागि उम्मेदवार बन्ने घोषणा गरेकी हुन् ।
‘पार्टीको पुरानो साखलाई फिर्ता गरेर देशलाई एउटा निकास दिने दृढ संकल्प र अठोटका साथ म पार्टीको चौधौं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने निर्णय गरेकी छु,’ सुजाता कोइरालाले भनिन् । उनले पार्टीमा योगदान गरेका अग्रज तथा युवापुस्ताबीच समन्वय गरी अगाडि बढ्ने संकल्प गरेको बताउँदै सबैलाई सहयोगको आग्रह समेत गरेकी छिन् ।

पार्टीलाई पुर्नजिवन दिनुपर्ने बेला भएको भन्दै सबैले अब रुपान्तरित भएर बढ्नुपर्ने बेला आएको बताइन् । ‘आज पार्टीमा निरन्तर योगदान गरेर संगठन गरेरका साथीहरु भूमिकाविहिन हुनुभएको छ,’ कोइरालाले भनिन्, ‘पार्टीमा त्याग गरेका इमान्दार नेता तथा कार्यकर्ताहरुको उचित मूल्यांकन भइराखेको छैन ।’
कोइरालाले पार्टी नेतृत्वको चर्को आलोचना गर्दै देश र जनतामा भन्दा आफू केन्द्रित भएको आरोप लगाइन् । उनले भनिन्, वीपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर, गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई लगायतको दुरदृष्टि र योजनाले पार्टीले विभिन्न कालखण्डमा ठूलै भूमिका पाएको थियो ।
पार्टीभित्र नेता कार्यकर्ताको ठूलो पंक्तिमा चरम निराशा छाएको औल्याउँदै कोइरालाले काँग्रेस शिथिल हुँदा सिंगो मुलुक नै अधिनायकवादतर्फ जाने खतरा बढेको बताइन् । पार्टी र देशलाई संकटबाट जोगाउन पनि आफूले काँग्रेसको नेतृत्व गर्ने दिशामा पाइला बढाएको बताइन् ।
काँग्रेसभित्र चौधौं महाधिवेशनमा एक दर्जन जति नेतृत्वका आकांक्षी भइरहँदा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाको उम्मेदवारी घोषणालाई अर्थपूर्ण मानिएको छ । कोइराला परिवारभित्रै सुजातासहित महामन्त्री डा. सशांक कोइराला र केन्द्रीय सदस्य डा. शेखर कोइराला पनि सभापतिका आकांक्षी हुन्।
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री भइसकेकी सुजाता कोइराला पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाकी छोरी हुन् । उनका पिता लामो समय काँग्रेस सभापति थिए । सुजातासँग लामो समय काँग्रेसको विदेश विभागको नेतृत्व हाँकेको अनुभव समेत रहेको छ ।