काठमाडौं - कला संस्कृतिको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूला नारासहित विमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालद्वारा ‘हिमालय अन्तर्राष्ट्रिय अवार्ड २०७७’ सम्पन्न भएको छ । शुक्रबार राजधानीमा एक विशेष समारोहबीच अवार्ड सम्पन्न भएको हो ।
अवार्ड समारोहमा बरिष्ठ सङ्गीतकार राजु सिंहलाई दीर्घ साधना सम्मान प्रदान गरिएको थियो भने पत्रकारद्वय अनन्त वाग्ले र कुवेर गिरीलाई नगदसहित रङ्ग पत्रकारिता सम्मान प्रदान गरिएको थियो ।
यस्तै कार्यक्रममा चलचित्र निर्देशक खरेल सहित ३ जना किर्तिमानी सम्मानबाट सम्मानित भएका छन् । संसारकै अग्लो स्थान सोलुखुम्बुको गोक्यो लेकमा गएर म्युजिक भिडियो निर्माण गरि गिनिज बुक अफ वल्ड रेकर्डमा नेपाल र नेपालीको नाममा नयाँ रेकर्ड स्थापना गराउन सफल भएका निर्देशक माधव राज खरेल, संचारकर्मी कमला जोशी र गायक पुर्ण राईलाई सम्मानित गरिएको हो ।
साथै अवार्ड समारोहमा व्यवसायी ढण्डबहादुर अधिकारी, प्रोडक्सन डिजाइनर यमप्रसाद ओली, कलाकार सरिता राजोपाध्याय, निर्देशक तथा कलाकार ओम प्रतिक, निर्देशक राजु गिरी, राष्ट्र सेवक कर्मचारी सुशिला ढकाल, नृत्य निर्देशक सुनिता वस्नेत लाई सम्मान गरिएको थियो ।
विमेन्स ग्रुपकी अध्यक्ष प्रतिमा राई र अवार्ड कार्यक्रमका अध्यक्ष गणेश सुवेदीको सभापतित्वमा भएको कार्यक्रममा निर्माता संघका अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य संघका नवनिर्वाचित केन्द्रीय सदस्य आकाश अधिकारी, गीतकार संघका उपाध्यक्ष वसन्त वित्यासी थापा, चलचित्र कलाकार संघका उपाध्यक्ष मोहन निरौला, बरिष्ठ कलाकार लय संग्रौला, नेपाल टेलिभिजनकी नायवमहाप्रवन्धक आरती चटौत, नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य टेकबहादुर वम, बरिष्ठ कलाकार उत्तम केसी, गायक सीताराम पोख्रेललगायतका अतिथिहरू रहनु भएको थियो ।
अवार्ड समारोहमा अतिथिहरूले कला संस्कृतिका सर्जकहरूको सम्मानका लागि गरिएको यस्ता अवार्डले यसमा संलग्न सर्जकहरूलाई अझ प्रोत्सान मिल्ने बताएका थिए । कार्यक्रमको निर्देशकमा भीष्मराज फुलारा र संयोजकमा गीता अधिकारी रहनुभएको थियो भने सहजीकरण सञ्चारकर्मी दीपज्योति थापाले गर्नुभएको थियो ।
अवार्ड समारोहमा सर्वोत्कृष्ट आधुनिक गीत अवार्ड अञ्जु पन्त (कान्छा कान्छी) सर्वोत्कृष्ट गायक शिव परियार (आँशुको अर्थ -३, तिमीले पो सक्यौ होला), सर्वोत्कृष्ट आधुनिक वर्ष गीतकार डा. डीआर उपाध्याय (छोरी विदाई आफ्नै छातिबाट ढुकढुकी टाढा हुने बेला भो), सर्वोत्कृष्ट गीतकार अमर वान्तु (आए म त तिम्रो शहर), सर्वोत्कृष्ट लोकआधुनिक गीतकर जनक रावल (भुल्यौकी मायाले गोठालोमा गएको मेलापात धाएको), सर्वोत्कृष्ट आधुनिक गीत रचनाकार हरि उप्रेती (वल्ली होइन पल्ली), सर्वोत्कृष्ट आधुनिक गीत सङ्गीतकार विकास चौधरी (वल्ली होइन पल्ली) जुरी अवार्ड सङ्गीतकार सन्तोष श्रेष्ठ (एक्लो उदास जवानी), सर्वोत्कृष्ट राष्ट्रिय गीत गायक चेतन सापकोटा (बुद्ध पठाइदेऊ), सर्वोत्कृष्ट राष्ट्रिय गीत रचनाकार शोभा केसी (माया गरौ माया गरौ) लाई अवार्ड प्रदान गरिएको थियो ।
यसैगरी लोकगीत बैनी झ्यालैमाबाट सार्वोत्कृष्ट मोडल बहिरा कलाकार सुजल बम, यसै गीतबाट इनकरेजमेन्ट अवार्ड बहिरा कलाकार श्रद्धा भुसाल, सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक आदित्य बुढाथोकी (ढुंगामुडा), सर्वोत्कृष्ट युगल गायन योगश काजी र सारिका घिमिरे (हेल्लो), दृष्टिविहिन सङ्गीतकार रमेश सुवेदी इनकरेजमेन्ट अवार्ड (सेतो छडी), गायक पदम राई जुरी अवार्ड (के गुलियो छ र सखर चिनी), सर्वोत्कृष्ट भोजपुरी गायक श्यामकुमार मिश्रा (तु जान हमार), सुरज पौडेल आधुनिक पप गायक जुरी अवार्ड (लव लव), धमेन्द्र तिमिल्सिना (क्षितीज) गीतकार इनकरेजमेन्ट अवार्ड (के भो र), गायिका उषा मालाहा (सिम्रन) नवगायिका अवार्ड (झापाको सुपारी)बाट अवार्ड प्राप्त गर्न सफल हुनुभएको छ ।
यस्तै उक्त समारोहमा अवार्ड चुम्न सफल हुनेहरूमा विकास थपलिया टेलिभिजन प्रस्तोता, राजकुमार दर्जी सर्वोत्कृट नृत्य निर्देशक, चेतनाथ दंगाल सर्वोत्कृष्ट निर्देशक (लघुचलचित्र निम्तो), मेकअप आर्टिष्ट पुरुष नारायण भट्टराई, सर्वोत्कृष्ट चलचित्र निर्देशक श्यामराजा श्रेष्ठ (नेवारी चलचित्र मनु म्हसिकी), मेकअप आर्टिष्ट सुनिता मरासैनी, नायिका सुभेच्छा थापा चलचित्र मखमली, नायिका आशा भुसाल (चलचित्र सर्मपण जुरी अवार्ड) ,नायक दिनेश बुढाथोकी (विर बहादुर दंगपर्छ ) छायाँकार जीवन पराजुली (चलचित्र कालेदाई जुरी अवार्ड), पुरुषोत्म पराजुली (इन्करेजमेन्ट अवार्ड (चलचित्र बीचबाटो) ज्याक श्रेष्ठ हास्य अभिनेता (चलचित्र चंगा चेट), सोफिया बज्राचार्य नव मोडल, कपिलराज गिरी गीतकार इन्करेजमेन्ट अवार्ड (जति मन पराउ), शान भुसाल (सङ्गीतकार जति मन पराउ), इनु थापा फेशन डिजाइनर, शेखर खनाल हास्य कलाकार, हरि यादव ग्राफिक डिजाइनर, खेमराज फुलारा छायाँकार (वृतचित्र), छब्बु कार्की मेकअप आर्टिष्ट हुनुहुन्छ ।
काठमाण्डौ - राष्ट्रिय मानवअधिकार आयोगले विगतका गरेका सिफारिस तथा विश्वव्यापी आवधिक समीक्षाको क्रममा अन्तरराष्ट्रिय समुदायबाट प्राप्त सुझाव तथा आयोगका सिफारिसको कार्यान्वयनका लागि सरकारसँग आग्रह गरेको छ ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेल आज जारी गरेको विज्ञप्तिमा उक्त आग्रह गरेको हो । नेपालको मानवअधिकारको अवस्था सुदृढिकरण तथा आयोगको स्वायत्तता र स्वतन्त्रताप्रति संवेदनशील हुँदै दिएका सुझावप्रति आयोगले अन्तरराष्ट्रिय समुदायप्रति धन्यवाद व्यक्त गरेको छ । मानवअधिकार हनन्का विषयमा आममाफी दिन नसकिने सरकारको धारणालाई आयोगले महत्वका साथ हेरेको जनाएको छ ।
नेपालको विगत पाँचवर्षको मानवअधिकारको अवस्थाका सम्बन्धमा संयुक्त राष्ट्र सङ्घीय मानवअधिकार परिषद्मा २१ जनवरी २०२१ मा छलफल भएको छ । सो छलफलमा नागरिक तथा राजनीतिक अधिकार एवम् आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार र मौलिकहक कार्यान्वयनका लागि भएका प्रयाससहित सरकारबाट व्यक्त धारणालाई राष्ट्रिय मानवअधिकार आयोगले सकारात्मकरूपमा लिएको छ ।
आयोगले उक्त समितिसमक्ष राष्ट्रिय महिला आयोग र राष्ट्रिय दलित आयोगसँग संयुक्तरूपमा सो अवधिको मानवअधिकार अवस्थासम्बन्धी प्रतिवेदन यसअघि नै प्रस्तुत गरिसकेको छ । नेपालको मानवअधिकार अवस्थाको सुदृढिकरणका लागि विश्वका विभिन्न राष्ट्रबाट प्राप्त सुझावलाई आयोगले गम्भीरतापूर्वक लिएको छ ।
महिला हिंसाको अन्त्य, जातियविभेद, लैङ्गिक समानता, बालश्रमको अन्त्य, कारागार सुधार, आप्रवासी कामदारको अधिकार, महिला तथा बालबालिकाको बेचविखन, महामारीमा मानवअधिकार, सङ्क्रमणकालीन न्याय, यातना, खाद्यअधिकार, शरणार्थीको अधिकार, जलवायु परिवर्तन, दिगो विकास लक्ष्यको कार्यान्वयन, मानवअधिकार राष्ट्रिय कार्ययोजनाको कार्यान्वयन आर्थिक स्वायत्तता र सवलीकरणलगायतका विषयमा अन्तरराष्ट्रिय समुदायबाट सुझाव प्राप्त भएका थिए ।
आयोगको स्वायत्तता र स्वतन्त्रता मानवअधिकारको पेरिस सिद्धान्तबमोजिम हुनुपर्नेलगायत यसअघि सरकारलाई सिफारिस गरेका सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐनको संशोधन, रोम विधानको अनुमोदन, आप्रवासी कामदारसम्बन्धी महासन्धि र बलपूर्वक बेपत्ता पार्ने कार्यविरुद्धको महासन्धिको अनुमोदन हुनुपर्ने जस्ता विषयमा विश्व समुदायले चासोका साथ दिएको सुझावलाई आयोग सराहना गरेको छ ।
काठमाण्डौ- नेपालको पहिलो समावेशी म्यूजिक अवार्ड “राष्ट्रिय समावेशी म्यूजिक अवार्ड २०२१” को आवेदन खुला गरिएको छ । आगामी चैत्र २० गते काठमाण्डौमा सम्पन्न हुने उक्त अर्वाडका लागी यहि पुष १६ गतेवाट आवेदन फारम खुल्ला गरिएको हो । तिन वर्ष देखी नेशनल पावर न्युज म्युजिक अवार्डको रुपमा आयोजना हुदै आएको यस अवार्डको नाम परिवर्तन गरी NATIONAL INCLUSIVE MUSIC AWARD (निम अवार्ड) अर्थात राष्ट्रिय समावेशी म्यूजिक अवार्ड नाम राखिएको हो । अव उप्रान्त नेशनल पावर न्युज म्युजिक अवार्डको आगामी संस्करणहरु राष्ट्रिय समावेशी अवार्डका रुपमा आयोजना गरिने आयोजक समितिका अध्यक्ष माधव राज खरलले वताएका छन् ।
यस अवार्डमा पहिलो वर्ष देखी नै नेपालमा बोलीने विभिन्न भाषा भाषीका गीत संगीतहरुलाई बिशेष प्राथमिकताका साथ समेटिदै आएको र अहिले सम्मकै बृहत संख्याका भाषाभाषीका गीतहरुको उत्साहपुर्वक सहभागिता हुदै आएकोले पनि यसलाई नेपालकै पहिलो सवाबेशी अवार्डको नारा दिईएको हो । नेपाली सहित काँठे भाका, देउडा भाका, नेपाल भाषा, तामाङ भाषा, मैथली, भोजपुरी, राई , लिम्बु , चौधरी, शेर्पा, मगर, गुरुङ, सतार, सुनुवार भाषाका गीतर भिडियोहरु अवार्डमा सहभागी हुँदै आएका छन् ।
नेपाली भाषाको हकमा अंग्रेजी क्यालेन्डर अनुसार २०२० जनवरी १ देखि २०२० डिसेम्बर ३० सम्म बजारमा आएका गीत तथा भिडियोहरु हुनु पर्नेछ भने अन्य भाषाहरुको लागि २०१९ र २०२० वर्ष भित्रका वजारमा आएका गीतहरुलाई समावेश गरिने छ आयोजक समितिको निर्देशक कमला जोशीले वताईन् । गीतहरु दर्ता गर्नको लागी आवेदनको अन्तिम म्याद फाल्गुन ५गते सम्म निर्धारण गरिएको वताईएको छ ।
काठमाण्डौ – प्रसिद्ध गायक प्रमोद खरेलको मार्मिक गीत दोष सार्वजनिक भएको छ । गीतकार धर्मेन्द्र तिम्सिना क्षितिजको उत्कृष्ट शब्द रचनामा पछिल्लो पुस्ताका लोकपृय संगितकार रोशन सिंहको उत्कृष्ट संगित रहेको छ ।
अधिकांस गायक प्रमोद खरेलका म्युजिक भिडियोमा अभिनय गर्ने उनै सदाबहार मोडल सनम कठायतको बेजोड अभिनय रहेको उक्त गीतको भिडियोमा सनमसंगै अस्मिता पन्तसं, सन्कर कोइराला र आबृती कोइरालाको समेत अभिनय रहेको छ ।
विकाश दाहालको सम्पादन , ज्ञानेन्द्र शर्माको छायांकन रहेको उक्त भिडियोको कथा र परिकल्पना मोडल स्वयं सनम कठायतकै रहेको छ भने निर्देशन अन्जन शर्माले गर्नु भएको छ ।
निकै मेहनतका साथ निर्माण गरिएको उक्त म्युजिक भिडियो चितवन् क्षेत्रमा छायांकन गरिएको हो भने एभरेष्ट ग्यालरीले बजार व्यवस्थापन र निर्माण गरेको छ । म्युजिक भिडियो सार्वजनिक भए संगै यसको सर्वपक्षीय चर्चामा संगित वृतमा बढेको छ ।
बिष्णु गौतम तनहुँ, ५ माघ - तनहुँको व्यास नगरपालिकाले यही माघ १६ गते सहिद दिवसको अवसरमा चौथो व्यास नगर अल्ट्रा म्याराथन प्रतियोगिता २०७७ गर्ने भएको छ । व्यास नगरपालिकाले सोमबार दमौलीमा पत्रकार सम्मेलन गरि म्याराथन बारे जानकारी दिएको हो । पत्रकार सम्मेलन माझबाट अल्ट्रा म्याराथनमा भाग लिन इच्छुक धावकहरुले अनिवार्य रुपमा फाराम भर्नुपर्ने जानकारी दिईएको छ । माघ १४ गते बेलुका ४ बजेसम्म फाराम भर्न सकिने र माघ १५ गते सहभागी हुने धावकहरुलाई दिउसो २ बजे सभाकक्षमा अभिमुखीकरण गराइने व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले पत्रकार सम्मेलनमा बताए । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुने धावकहरुलाई क्रमशः ८५ हजार ७७, ६५ हजार ७७, ५५ हजार ७७ रुपैयाँका साथै सान्त्वना हुने ५ जनालाई जनही १६ हजार ७७ रुपैयाँ र मेडल, ट्रफी र प्रमाणपत्र वितरण गरिने जानकारी पनि उनले दिए । प्रतियोगिता सम्पन्न गर्नका लागि १५ लाख रुपैयाँ खर्च लाग्ने जानकारी उपप्रमुख मिरा जोशीले दिइन ।
व्यास नगरपालिका ५ को पर्यटकीय स्थल मानुङकोटदेखि व्यास ८ को पुलिम¥याङ सहिद पार्कको ४४ किलोमिटरको दुरीमा चौथो व्यास नगर अल्ट्रा म्याराथन प्रतियोगिताको आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जनाए । सो अवसरमा बोल्दै नगर शिक्षा अधिकारी नगेन्द्रप्रसाद रेग्मीले प्रतियोगिताका लागि ८ वटा चेक पोइन्ट राखिएको बताए । उक्त प्रतियोगिता भव्य रुपमा सम्पन्न गर्न जनप्रतिनिधि, आमा समूह, युवा क्लब, टोल विकास संस्था, शिक्षक, विद्यार्थी, किसान, उद्योगी, व्यापारी, सबैलाई आग्रह गरिएको जानकारी उनले दिए । प्रतियोगिता सम्पन्न गर्न मुल समारोह समिति र विविध ९ वटा उपसमिति गठन गरिएको पनि जानकारी गराईएको छ । सोही अवसरमा अन्तर्राष्ट्रिय नारी दिवसका दिन व्यास पराशर क्षेत्रबाट ऐतिहासिक तनहुँसुर दरबारसम्मको महिला दौडको आयोजना गरिने जानकारी नगरप्रमुख न्यौपानेले दिएका छन् ।
काठमाडौँ — माघ ५, २०७७।
नेप्लिज फेशन होमले आयोजना गरेको ‘मिस नेवाः ११४१’ पन्ध्रौं संस्करणका प्रतिस्प्रर्धिहरुलाई राजधानीस्थित काठमाडौँ मलमा रहेको ग्लो ब्यूटि स्टुडियोमा सौन्दर्य सम्वन्धी ज्ञान प्रदान गरिएको छ ।
एन एफ एच इभेण्टको सहकार्यमा ग्लो ब्यूटि स्टुडियोको संचालक तथा मोडल दिपाशा बिसीले ‘मिस नेवाः ११४१’का सम्पूर्ण प्रतिस्पर्धी तथा आयोजक टिमलाई खादा तथा केक काटेर सौन्दर्य सम्वन्धी ज्ञान प्रदान गर्ने कार्यक्रममा स्वागत गर्नुभएको थियो।
आयोजक नेप्लिज फेशन होमले नेवार कला, भाषा तथा संस्कृतिको जगेर्ना गर्नका लागि विगत १७ वर्षदेखि लगातार ‘मिस नेवाः’ का साथै सानासाना नेवाः नानीहरुका लागि ‘मिस लिटिल नेवाः’ जस्ता सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आईरहेको आयोजक संस्थाका अध्यक्ष हेमा मानन्धरले जनाउनु भयो।
‘मिस नेवाः ११४१’ का प्रतिस्पर्धीहरुलाई नेवारी कला, भाषा, भेषभुषा, संस्कृतीसम्वन्धी ज्ञानका लागि विभिन्न चरणमा हुने कार्यक्रम अन्तर्गत कल्चरल फोटोसुट, नेवारी पहिरण सम्वन्धी ज्ञान, नेवार भाषा तथा लिपीसम्बन्धी ज्ञान, नेवारी भोज तथा लाखवत्ती सम्वन्धी कार्यक्रम, ट्यालेन्ट शो लगायत विभिन्न चरणमा प्रतिस्पर्धीहरुलाई उक्त बिषयप्रतिको ज्ञान तथा उनीहरुको क्षमता अभिवृद्दी गराउँदै लैजाने क्रममा सौन्दर्य सम्वन्धी ज्ञान प्रदान गर्नु पनि आवश्यक रहेकोले उक्त प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको थियो।
विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ का कारण स्थगित रहेको कार्यक्रम स्वास्थ्य सम्वन्धी सम्पूर्ण सुरक्षाका उपायहरु अवलम्बन गर्दै पुनः संचालनमा आएको हो। हाल अडिसनमार्फत छानिएका उत्कृष्ट १५ नेवार सुन्दरीहरु ‘मिस नेवाः ११४१’ को ताज जित्न प्रतिस्पर्धामा उत्रिएका छन।
उक्त कार्यक्रममा नेपाल क्याेकुशिन सेईसिनका अध्यक्ष तथा नेपाल ब्रान्चचिफ शिहान अशाेक कुमार श्रेष्ठ लगायत मिस नेवाःनेपाल ११३९ का बिजेता नितु डंगाेल तथा मिस नेवाःहरु प्रजिता श्रेष्ठ, युनिसा शाहीकाे समेत विशेष उपस्थिति रहेकाे थियाे ।
धनगढी — माघ ५, २०७७।
न्यू राईज इन्टरटेनमेन्टको आयोजनामा धनगढीमा सम्पन्न भएको ‘लिटिल एण्ड टिन फारवेस्ट नेपाल २०२१’ को उपाधि एन्जल घिमिरे, आशिका शाह सन्दीप चौधरी ले जित्न सफल भएका छन्।
एन्जलले मिस लिटिल फारवेस्ट नेपालको उपाधी हात पार्दा आशिकाले मिस टिन फारवेस्टको उपाधी आफ्मो हातमा पारिन। त्यसैगरी मिस्टर टिन फारवेस्टको उपाधी सन्दीपले हात पार्न सफल भए।
सुदूरपश्चिम प्रदेश पर्यटन ईकाइ प्रमुख भोजराज पाठकको प्रमुख आतिथ्यता तथा नाङ्ग्लो क्याफेका संचालक वहादुर कार्कीको आतिथ्यतामा सम्पन्न प्रतियोगितामा फर्स्ट रनरअपको उपाधी आरुषी शाहले पहिरिदा अर्गनाईजर चोईस तर्फको अवार्ड एलिजा देउवाले हात पारेकी थिईन।
प्रतियोगिताका बिजेताहरुले उपाधीको साथमा बिभिन्न गिफ्ट ह्याम्परसंगै विभिन्न कम्पनिको ब्राण्ड एम्बस्डर तथा म्युजिक भिडियोहरुमा अभिनय गर्न पाउने कुरा कार्यक्रमका आयोजक कमल देउवाले जानकारी गराएका छन्।
पुजा सिंह र सागर सिंहको कोरियोग्राफी रहेको ‘लिटिल एण्ड टिन फारवेस्ट नेपाल २०२१’ को निर्णायकमण्डलमा रजनी केसी, ऐश्वर्य क्षेत्री र रितिका गुरुङ्ग रहेका थिए।
कला संस्कृ्तिको सम्वर्द्दन तथा प्रवर्द्दन गर्ने हेतुले संचालित यस्ता कार्यक्रमले बालबालिकामा सकारात्मक प्रभाव पार्दै नयाँ प्रतिभाहरु उजागर गर्न आगामी दिनमा समेत यस्ता अन्य प्रतियोगिताहरु संचालन गर्दै जाने आयोजक हिमानी देउवाले जनाएकी छिन।
एजेन्सी-अमेरिकी हाउसले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दास्रो पटक महाभियोग लगाएको छ । बुधबार दिउँसो अमेरिकी हाउसमा महाभियोग प्रति भएको मतदान दानमा ट्रम्पको विपक्षमा भारी मत खसेको हो ।
२३२ जान प्रतिनिधि भएको हाउसमा १९७ जनाले ट्रम्पलाई महाभियोग लगाउन दोस्रो पटक स्वीकृती दिएको छ । त्यस मध्ये १० जना उनकै पार्टीककाले विपक्षमा मत खसालेका थिए । राजधानीमा दंगा भड्किएपछि उनी अमेरिकी इतिहासमा पहिलो राष्ट्रपति हुन् जसलाई दूई पटक महाभियोग लागेको जनाइएको छ ।
काठमाडौं, १ माघ - हालै नेकपाका केन्द्रीय सदस्यमा मनोनित भएका पर्यटन व्यवसायी चन्द्र प्रसाद रिजालको सम्मानमा नेकपा समर्थक यृबा पर्यटन व्यवसायीले बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेका छन् । उनीहरुले विहिवार होटल यात्रीको हलमा उक्त कार्यक्रम गरेका हुन । सो अवसरमा अधिकांश युवा पर्यटन व्यवसायीहरुले पार्टीले चन्द्र प्रसाद रिजाललाई केन्द्रीय सदस्य बनादाँ , पर्यटन ब्यबसायीहरु अझै धेरै उत्साहित भएको र पर्यटन क्षेत्रका नेतालाई पनि पार्टिले न्याय गरेको आभाष गरेको बताए । युवा बर्गलाई यसबाट नेकपाको सँगठन प्रति अझै जिम्मेवारी बन्न प्रेरित गर्ने पनि उनीहरुले उल्लेख गरे । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य चन्द्र प्रसाद रिजालले भाबुक मन्त्यब्य दिदै सबै साथीहरुलाई एक जुट हुन आग्रह गर्दै युवा पर्यटन ब्यबसायीले गरेको माया र सम्मानकोलागी धन्यबाद ब्यक्त गरे । साथै उनले सँगठनलाई गतिशिल र ब्यबसायीमुखी बनाउन जिम्मेबार भएर अघि बढन निर्देशन समेत दिए । कुशल संगठकको छवी विद्यार्थी राजनितीबाट आम पर्यटन ब्यबसायीमा पहिचान बनाएका पर्यटन ब्यबसायी हुन , चन्द्र प्रसाद रिजाल ।पारिवारिक गुजाराकोलागी केही न केही काम गर्नुपर्ने बाध्यता सबैमा रहन्छ, उनी पनि त्यही परिबन्ध माझ रुमल्लिरहेका थिए । यहि नै परिस्थिती माझ पर्यटन क्षेत्रमा कार्यरत साथीभाईको सँगतले उनलाई पनि यसै क्षेत्रमा आकर्षित गर्यो । उनी भन्छन् ‘म मा सामाजिक न्याय र उत्पिडनको बिरुद्दमा आवाज उठाउने स्वभाव थियो, २०५३ साल तिर माओबादी समूहको डर त्रास सुरु भयो, काङ्गेसको समुह पर्यटनमा सँगठन बनाउन तिर लागे तर पुर्ब एमालेको क्रियाकलाप सुस्त थियो’ । विगतको अवस्था बारे स्मरण गर्दै उनले भने ‘सँगठित नहुदाँ अप्ठ्यारो महशुस हुन थाल्यो, मनमा चसक्क बिझ्यो र राजेन्द्र प्रसाद सापकोटाको सहयोग लिई सँगठन निर्माणमा म अहोरात्र खटिए, त्यसताका हामीले काठमाण्डौको पर्यटन क्षेत्रमा लागेका अग्रज होस वा समकक्षी खोजी - खोजी सदस्य बितरण गर्ने काम गर्याै। यसैको फलस्बरुप हामी आज स्थापित सँगठन भएका छाै’ । हो उनले भने झै संगठन निर्माणमा चन्द्र प्रसाद रिजाल सफल भएका छन् । एक कुशल संगठक मात्र होईन उनी साधारण ब्यक्तित्व र सँगठनका ब्यक्तिलाई पर्दा सहयोग गर्न जहिले नि आतुर हुने अगुवामा गनिन्छन् । उनी भन्छन् ’पार्टिको जीवनमा अनेक हण्डर खानु पर्यो , आफु भन्दा जुनियर अघि बढदा र आफु पछि पर्दा चसक्क हुन्थ्यो । तर मैले ईमान्दारिता र बफादारितामा देखाउदै अघि बढे। पार्टीले दिएको जिम्मेबारीमा एक ईन्च पनि तल माथी हुन दिईन ।’ नेकपा ( के. पी.) प्यानलका केन्द्रीय सदस्य चन्द्र प्रसाद रिजाल भन्छन् ।
काठमाडौं, २८ पौष -आज बसेको नेपाल डेरी एसोसिएसनको केन्द्रिय समितिको भर्चुअल बैठकले कोरोना भाईरस (कोभिड–१९) का कारण समयमा सम्पन्न हुन नसकेको एसोसिएसनको २२औं साधारण सभा एवं ८ औं राष्ट्रिय महाधिवेशन छिट्टै गर्ने निर्णय लिएको छ । सो बैठकले माघ महिनामा बस्ने केन्द्रिय कमिटीको बैठकले स्थान र समय तोक्ने निर्णय पनि लिएको हो । साथै बैठकले गत पुस २० गते राजपत्रमा प्रकाशित सुचना अनुसार कृषि क्षेत्रमा वैदेशिक लगानी आउने कुरा अत्यन्तै दुःखद भएकोले त्यसको घोर विरोध गर्ने र चरणवद्ध रुपमा एसोसिएसनका सातै प्रदेश, जिल्ला समिती, पालिका स्तरमा विरोध कार्यक्रम गर्ने निर्णय लिएको छ । एसोसिएसनको २२औं स्थापना दिवस आउँदो माघ ७ गते सातै प्रदेश, जिल्ला एवं क्षेत्रमा भव्य तरिकाले गत सालको जस्तै आश्रम, बालगृह, विद्यालय, हस्पिटल एवं अन्य विभिन्न स्थानमा दुध तथा दुग्ध पदार्थ वितरण गरि मनाउने र एसोसिएसनको आगामी बैठक माघ महिनाको दोश्रो हप्तामा बस्ने निर्णय भएको कुरा एसोसिएसनका महासचिव प्रल्हाद दाहलले बताए ।