काठमाण्डौ - हरितारा चलचित्र पुरस्कार, दुर्गादेवी पुण्य निरौला पुरस्कार र परिवर्तन सम्मान एक साथ प्रदान गरिएको थियो । गत वर्ष विविध कारणले गर्न नसकेको सम्मान पनि एक् साथ प्रदान गरिएको छ ।
२०५२ सालमा समाजसेवी विजया राणा (तारा नानी)ले आफू र आफ्ना पति हरि शम्शेरको नाममा स्थापना गरेको यस पुरस्कारलाई चलचित्र क्षेत्रको पहिलो पुरस्कार मानिन्छ ।
वि सं २०७६ का लागि ४ दश भन्दा बढी समय नेपाली चलचित्र क्षेत्रको उत्थान गर्नुभएको कृष्ण मल्ल र नेपाली कला संस्कृति, रंगमञ्च, रेडियो नाटक देश विदेशमा पु¥याउन योगदान गर्नुभएको मदनदास श्रेष्ठलाई पुरस्कृत गरिएको छ । पुरस्कार रकम जनही २५ हजार नगदका साथै सम्मान पत्ररहेको थियो । २०७७ को हरितार चलचित्र पुरस्कार सहदेव ढुङ्गानालाई प्रदान गरियो ।
२०७७ सालको श्री दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार संचारकर्मी राजेश खनाल र अभिनेत्री सपना श्रेष्ठलाई पुरस्कार रकम दश हजार सहित सम्मान पत्र प्रदान गरिएको छ ।
यस्तै चलचित्र निर्देशक माधव राज खरेललाई परिवर्तन सम्मान प्रदान गरिएको छ । विगत लामो समय देखी परिवर्तन नेपाल संग आवद्धरही नेपाली चलचित्र क्षेत्रमा पुर्याउनुभएको योगदानको कदर गर्दे उक्त सम्मान प्रदान गरिएको परिवर्तन नेपालका अध्यक्ष मोहन निरौलाले बताए । साथमा निर्देशक तथा कलाकार विश्वदिप घिमिरे र नेपाल पत्रकारमहासंघ काठमाण्डौ शाखाका सचिव मोहन पन्त परिवर्तन सम्मानबाट सम्मानित भएका छन् ।
काठमाडौं — पुस २२, २०७७।
जाएन्ट हाउस प्रोडक्सनको आयोजनामा हुन लागेको सौन्दर्य प्रतियोगिता ‘फेसन हेरिटेज’ को पहिलो अडिसन सम्पन्न भएको छ ।
राजधानीमा पुस १८ गते सम्पन्न भएको पहिलो अडिसनमा सहभागी भएका प्रतिस्पर्धीहरु मध्येबाट कुल ९ जना प्रतिस्पर्धीले अडिसन राउण्ड पार गर्दै प्रतियोगितामा आफ्नो स्थान सुरक्षित गरेको आयोजक संस्थाका प्रमुख सन्देश सिंहले जनाएका छन ।
आयोजक सिंहले पहिलो अडिसनको समाप्तीसँगै रहर हुँदाहुदै विभिन्न बाध्यता तथा कार्यव्यस्तताले गर्दा छनौट प्रक्रियामा सम्मिलित हुन नसक्नेहरुलाई मध्यनजर गर्दै प्रतियोगिताको दोश्रो चरणको अडिसन पुस २५ गते युनिभर्सल क्याफे, एकान्तकु्नामा हुनेछ ।
प्रतियोगिताको विजेताले अष्ट्रेलियामा हुने प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै भाग लिन पाउनुको साथै ३०,०००/- रुपैयाँ सहित विभिन्न गिफ्ट ह्याम्पर पुरस्कार प्राप्त गर्ने छन। प्रतियोगिताको विजेता साथै उत्कृष्ट क्षमता भएका प्रतिस्पर्धीहरुलाई विभिन्न म्युजिक भिडियो, विज्ञापन, टेलिचलचित्र तथा वेब सिरिजहरुमा समेत सहभागी गराईने छ ।
प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाई एक महिनासम्म विशेष प्रशिक्षण प्रदान गरिने छ, जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनरबाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् । प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागी गराइनेछ ।
आयोजक सिंहले सौन्दर्य प्रतियोगिता ‘फेसन हेरिटेज’ ले युवा युवतीहरु बीच व्यक्तित्व विकास, सामाजिक उत्तरदायित्व बहन, सञ्चारकलाको विकास र आफुसंग भएको प्रतिभा प्रस्फुटन गरी समाजमा सकारात्मक सन्देश दिन सफल हुने दाबी गरे ।
काठमाडौं, २२ पौष – कृषिसँग सम्बन्धित सरोकारवाला पक्षहरुले नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने सरकारको निर्णय गलत भएको भन्दै उक्त निर्णय खारेजीको माग अघि सारेका छन् । कृषि क्षेत्रमा देशकै निजी क्षेत्रबाट अर्बौ लगानी भइराखेको अवस्थामा सरकारले अपारदर्शी निर्णय गरेकोमा आपत्ती जनाईएको हो । डेरी उद्योग संघ, नेपाल डेरी एसोसिएसन, केन्द्री दुग्ध सहकारी संघ र केन्द्रीय पशुपन्छी पालन सहकारी संघले मंगलबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन आयोजना गरी कृषिमा वैदेशिक लगानी ल्याउने सरकारको निर्णय खारेज हुनुपर्ने माग अघि सारेका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल डेरी एशोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले कृषिमा वैदेशिक लगानी भित्र्याउँदा देशको अर्थतन्त्रमा दीर्घकालिन असर पर्ने बताए । निजी क्षेत्रको अर्बौ लगानी रहेको क्षेत्रमा सरकोकारवालाहरुसँग कुनै सरसल्लाह नगरी किसानको हित विपरित चालिएको कदम तत्काल फिर्ता लिनुपर्ने उनको भनाई छ ।
नेपाल डेरी एसोसिएसनका पूर्व अध्यक्ष सुमित केडियाले अहिलेसम्म लगानी गरेर आधार तयार गरेको क्षेत्रमा प्रतिफल पाउने बेलामा वैदेशिक लगानी ल्याउनु गलत हुने उल्लेख गरे । सरकारले कसैलाई पनि थाहै नदिई राजपत्रमा प्रकाशित गरिसकेकोले तत्काल फिर्ता लिनुपर्ने उनले बताए ।
किसान अभियान्ता उद्वव अधिकारीले राजनीतिक अस्थिरता र जनप्रतिनिधिहरुको प्रतिनिधिमुलक संस्था नभएको अवस्थामा सरकारले संकास्पद तरिकाले कृषिमा वैदेशिक लगानी ल्याउने निर्णय गरेको बताए । कृषिमा देशभित्रकै लगानी प्रयाप्त भएको अवस्थामा राम्रो योजना दिनुपर्ने ठाउँमा प्रत्यक्ष वैदेशिक लगानी ल्याउने निर्णय गरेर गलत गरेको उल्लेख गरे । कृषिको प्रारम्भिक उत्पादनका लागि विदेशी लगानी ल्याउनै नहुने अधिकारीले धारणा राखे ।
सरकारले मन्त्रिपरिषद्को निर्णयबाट कृषि क्षेत्रमा सर्त सहित डेरी उद्योग, पशुपंक्षिपालन, माहुरीपालन, माछापालन, फलफूल, तरकारी लगायत कृषिका प्राथमिक उत्पादनसँग सम्बन्धित क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी खुल्ला गर्ने निर्णय गरी पुस २० गते राजपत्रमा प्रकाशित गरिसकेको छ । राजपत्रमा प्रकाशित भइसकेपछि मात्रै थाहा पाएका कृषि क्षेत्रका सरोकारवालाहरुले सरकारको यस्तो निर्णय तत्काल खारेज हुनुपर्ने माग गरेका छन् । उनीहरुले यस्तो निर्णयलाई खारेज गराउन विभिन्न संघर्षका कार्यक्रम गर्ने समेत बताएका छन् ।
नेपाल डेरी एसोसिएसनका महासचिव प्रल्हाद दाहालको लिखित भनाई
स्थापित कृषि क्षेत्र सक्षम हुदाहुदै स्वदेशी लगानीलाई प्रभाव पार्ने गरी विगतमा पनि पटक पटक कृषि क्षेत्रको प्राथमिक तहमा विभिन्न माध्यमबाट वैदेशिक लगानी भित्राउने अभ्यास भएकोमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्वर अफ कमर्श लगायत कृषि क्षेत्रमा आवद्ध सबै उद्योग व्यवसायीहरुको व्यापक विरोध तथा प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिती समेतले कृषिमा बैदेशिक लगानी खुल्ला नगर्न निर्देशन दिएको थियो । सोही अनुरुप विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धि कानूनलाई ससोधन तथा एकीकरण गर्र्न वनेको विधयेक २०७५ को दफा ३ उपदफा (२) (अनसूचि)मा वैदेशिक लगानी खुल्ला नगरिएका उद्योग व्यवसायमा स्वदेशमै फल्दै फुल्दै गरेका मत्स्यपालन, दुग्ध उत्पादन÷ प्रशोधन, पशुपंक्षी तथा माहुरीपालन, पोल्ट्री उद्योग लगायत कृषिका प्राथामिक उत्पादनका अन्य क्षेत्रहरुलाई साविक अनुसार कुनै संशोधन नगरी यथावत राखिएको थियो ।
हाम्रो देशमा माहुरीपालनमा ४ अर्व, माछापालनमा करीव ११ अर्व, डेरी उद्योगमा ३० अर्व दाना तथा कुखुरापालनमा ४० अर्व गरी कुल ८५ अर्वको लगानी भई करीव १५ लाख भन्दा वढि कृषक तथा श्रमिकहरुमा रोजगारी श्रृर्जना भइरहेको छ । यसरी नीजि क्षेत्रको अर्बौ लगानी भएको अवस्थामा प्रमुख सरोकारवाला संग कुनै सर–सल्लाह विना राष्ट्र र किसानको हित विपरित अपारदर्शी रुपमा गरिएको निर्णयले राष्ट्रको अर्थतन्त्रमा गम्भीर दीर्घकालिन असर पर्ने देखिन्छ ।
भर्खरै केहि समय अघि मात्र लोकतान्त्रिक पद्धतिबाट दुवै सदनबाट पारित भई आएको ऐनलाई कामचलाउ सरकारले राजनैतिक अस्थीरताको फाइदा उठाउदै ४ महिना पछि आउने ताजा जनादेश समेतको वेवास्ता गदै ऐनको दफाले दिएको अधिकारको दुरुपयोग गरी कृषिमा वैदेशिक लगानी ल्याउने गरी भएको निर्णयको गम्भीर असर ग्रामिण रोजगारीमा पर्न गई यस पेशामा आवद्ध व्यवसायीलाई मजदुर वनाउने र त्यसको लाभ विदेशी लगानीकर्ताको हातमा जाने, स्वदेशी व्यवसायीहरुको उद्यमशीलता विकासमा कुठाराघात र किसानको हातमुख जोर्ने मुख्य आयआर्जनको बाटो समेत अवरुद्ध भई देश चरम गरीवी तर्फ धकेलिने निश्चित प्रायः छ । यसर्थ कृषिको प्राथामिक तहमा कुनै पनि शर्तमा वैदेशिक लगानी आउदा ठूलो जनसंख्याको आयश्रोत गुम्ने खतरा छ । डेरी लगायत कृषिमा प्रत्यक्ष वैदेशिक लगानी ल्याउने निर्णय नेपाल सरकारले अविलम्ब फिर्ता लिनुपर्छ ।
शरीरलाई आवश्यक पोषण तत्वमध्ये अधिकांशको स्रोत खानेकुरा नै हो, जो हामी ग्रहण गर्छौ । प्रकृतिमा पाइने खानेकुरामा आ–आफ्नै पौष्टिक तत्व हुन्छ । ति सबैको सन्तुलित मात्रा शरीरलाई चाहिन्छ । स्वस्थ्य जीवनका लागि सन्तुलित पौष्टिक आहार अति आवश्यक हुन्छ ।शारीरिक सक्रियतासँगै खानपानको सन्तुलन कायम गर्न सकियो भने, सामान्य रोगहरुको असर रहँदैन । किनभने यसले हाम्रो प्रतिरक्षा प्रणाली बलियो बनाउँछ ।यहाँ त्यस्तै केहि ‘सुपर फुड’ दिइएको छ, जसको नियमित सेवनले रोगको भयबाट बच्न सकिन्छ ।
नीमको पात
नीमको पात सहजै उपलब्ध हुन्छ । त्यसो त नीमको पातदेखि बिज, बोक्रा सबै स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । दाँतको सफाईमा नीमको दातुन उत्कृष्ट बिकल्प हो । हुन त नीमको पात सोझै सेवन गर्दा धेरै तीतो हुनसक्छ । त्यसलाई पिसेर गोली बनाउने । अतः नियमित रुपमा खाली पेटमा सेवन गर्नुपर्छ ।यसले रगत शुद्धिकरण गर्छ, प्राकृतिक रुपमा । शरीरमा इम्युनिटी बुस्ट गर्छ । साथै छाला सम्बन्धी समस्या पनि हटाउँछ । नीमको पात मिश्रण गरिएको पानीले नुहाउँदा छालाको रोग लाग्दैन ।
केसरयुक्त दुध
केशरयुक्त दुधको सेवनले शरीरमा ताकत मिल्छ । यसले छाला, केस, आँखामा राम्रो प्रभाव पार्छ । साथसाथै केसरयुक्त दुधको सेवन यौन दुर्बलतामा पनि फाइदाजनक मानिन्छ । गर्भवतीले केसर मिश्रित दुध पिउनु राम्रो हो । यसले आमा र गर्भको बच्चा दुबैलाई फाइदा गर्छ ।
अदुवाको सेवन
अदुवा, भान्सामा सजिलै पाइन्छ । यसले तरकारीको स्वाद त बढाउँछ नै, स्वस्थ्यका लागि फाइदाजनक पनि हुन्छ । खासगरी चिसोले सताएको छ भने अदुवाको चिया बनाएर पिउनुपर्छ । बाह्य चोट पटकमा समेत औषधीको काम गर्छ यसले । केस झर्नबाट रोक्न, केस उमार्न अदुवाको रस उपयोगी हुन्छ ।
तुलसीको पात
तुलसी त आर्युवेदमा अति महत्वपूर्ण वनस्पती मानिन्छ । यसलाई हामी घर आँगनमा रोपेर पूज्ने पनि गर्छौ । वास्तवमा तुलसी बहुगुणी वनस्पती हो । दैनिक ५–७ वटा तुलसीको पात खानाले रोग प्रतिरोधात्मक क्षमता बढ्छ । चिसो वा रुँघामा तुलसीको चिया बनाएर सेवन गर्नुपर्छ, फाइदा गर्छ ।
दही
दहीमा यस्तो सुष्म ब्याक्टेरिया पाइन्छ, जो पाचन यन्त्रका लागि अति फाइदाजनक मानिन्छ । दहीको सेवनले पेट सम्बन्धी रोगबाट छुटकारा मिल्छ । यद्यपी दही बिहान वा मध्यन्हको खानामा मात्र सेवन गर्नुपर्छ । राती दही सेवन गर्नु हानिकारक मानिन्छ ।
ग्रीन टि
ग्रीन टि एन्टिअक्सिडेन्टको सबैभन्दा राम्रो स्रोत हो । पेट सफा राख्न, रगतको शुद्धिकरणका लागि समेत ग्रीन टि उपयोगी हुन्छ । ग्रीन टिमा यस्तो तत्व हुन्छ, जसले शरीरमा रोगसँग लड्ने क्षमता बढाउँछ । यो छाला, केस, हड्डी स्वस्थ्य राख्न प्रभावकारी मानिन्छ । ग्रीन टिमा एन्टि क्यान्सर गुण समेत हुने अध्ययनहरुबाट थाहा भएको छ ।
गहुँको पातको रस
गहुँको पातको रस निकै उपयोगी हुन्छ, स्वास्थ्यका लागि । यद्यपी धेरै कमलाई मात्र यसबारे थाहा छ । गहुँको पातको रसले खासगरी दम, गलाको इन्फेक्सन, चिसो, रुँघा, पखला लाग्नबाट बचाउँछ ।
बेसार
धेरैले बेसारलाई सामान्य मसालको रुपमा लिन्छन्, जसले सब्जीको रंग र स्वादमा प्रभाव पार्छ । यद्यपी बेसार मसला मात्र होइन, यो उत्तिकै औषधिय गुणले भरिपूर्ण छ । बेसारले शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउँछ । शरीरको दुखाई कम गर्न पनि यो उपयोगी हुन्छ । केस, छालाको सौन्दर्य निखार्न समेत बेसारको प्रयोग गर्न सकिन्छ ।
दालचिनी
दालचिनी धेरै परिकारको स्वाद बढाउन प्रयोग गरिन्छ । यसको सेवनले स्वाद मात्र बढ्दैन, रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ । यसको सेवनले ब्लड शुगर लेभल नियन्त्रणमा सहयोग पुग्छ । त्यसैले खानामा दालचिनीको प्रयोग लाभदायक हुन्छ ।
लसुन
लसुन, जो दिनहुँ भान्सामा प्रयोग हुन्छ । यसलाई पकाएर वा काँचो खान सकिन्छ । लसुनमा भिटामिन बि–६, भिटामिन–सि, आइरन र फस्फोरस जस्ता तत्व पाइन्छ । यसमा एन्टि फंगल र एन्टि ब्याक्टेरियल गुण पनि पाइन्छ । लसुनको सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।
ड्राइ फुड्स
नियमित रुपले ड्राई फुड्स सेवन गर्नुपर्छ । काजु, बदाम आदिको सेवनले पनि रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । ड्राई फुड्समा ओमेगा–३ फ्याटी एसिड, जिंक, म्याग्नेसियम, भिटामिन इ जस्तो तत्व पाइन्छ ।
भिटामिन सि युक्त खानेकुरा
कागति, सुन्तला, अमला, किवी जस्ता फल भिटामिन सिको राम्रो स्रोत हुन् । यस्ता फलको सेवनले पनि रोगसँग लड्ने क्षमता बृद्धि गर्छ ।
मौसमी फल
प्राकृतिले हाम्रो शरीरको आवश्यक्ता अनुसार फलहरु दिएका छन् । जुन मौसममा, शरीरलाई जस्तो पोषण तत्व आवश्यक हुन्छ । त्यही अनुसार फलहरु प्राप्त हुन्छ । त्यसैले मौसम अनुसार फल सेवन गर्नुपर्छ । फलले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ ।
गोरखा-पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भ पारेर गोरखा(काठमाडौं एकीकरण मार्गमा नेपाली सेनाले पदयात्रा सुरु गरेको छ । मंगलबार गोरखा दरबारको हनुमान भञ्ज्याङबाट यात्रा सुरु भएको हो ।
सहसेनानी दल बहादुर थापाको नेतृत्वमा ४० जनाको टोली पदयात्रामा सहभागी छन् । नेपालको राष्ट्रिय झण्डा, टर्च र नेपाली सेनाका प्रथम पााच कम्पनी ९श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्द बहादुर र सवुज० का झण्डाहरु लिएर पृथ्वी नारायण शाहकालीन पोशाकमा बाजागाजा सहित टोली यात्रामा निस्किएको रणसिंह दल गणका गणपती उज्वल केसीले बताए ।
गोरखा दरबारबाट सुरु भएको यात्रा धादिङ, नुवाकोट हुादै काठमाडौं पुग्ने उनले जानकारी दिए । ‘आज यो टोली गोरखा नगरपालिकाको ताप्ले, भीमसेन थापा गाउापालिको अश्राङ, बोर्लाङ हुादै बुंकोटघाट पुगेर धादिङको देविदत्त गणलाई टर्च र झण्डा बुझाएर र्फकन्छ,’ गणपती केसीले भने, ‘त्यो टोलीले नुवाकोटको जबरजंग गणलाई बुझाउाछ र काठमाडौंको पल्टनलाई बुझाउन नुवाकोटको टोली पुस २६ गते काठमाडौं पुग्छ ।’ टर्च र झण्डासहित काठमाडौंको पल्टन पुस २७ गते पृथ्वी जयन्तीको दिन सिंहदरबार अगाडि हुने कार्यक्रममा सहभागी हुने उनले बताए ।
पदमार्ग, कोट, गढी र किल्लाहरु सम्वर्द्धन तथा प्रवर्द्धन गर्ने नेपाली सेनाको विशेष कार्यक्रम अन्तर्गत पदयात्रा गरिएको उनले जानकारी दिए । ‘राज्य एकीकरणको क्रममा पृथ्वी नारायण शाहले प्रयोग गरेको मार्गलाई एकीकरण मार्गको रुपमा विकास गर्न अघिल्लो वर्षबाट पदयात्रा सुरु गरेका हौं, बर्सेनि यसलाई निरन्तरता दिने छौं,’ केसीले भने । उक्त मार्गको दुरी २६ कोष रहेको उनले जानकारी दिए ।
पदयात्रामा सहभागी टोलीलाई मंगलबार एक कार्यक्रमका बिच टर्च र नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गरिएको छ । प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई, गोरखा नगरपालिका प्रमुख राजनराज पन्त र नेपाली सेनाका पृतनापति विनय विक्रम राणाले संयुक्त रुपमा सहसेनानी दल बहादुर थापालाई टर्च र झण्डा हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराइले एकीकरण मार्ग प्रवर्द्धनका लागि जिल्लाहरु बिच आवश्यक समन्वय हुनुपर्ने बताए ।
पृतनापति राणाले राष्ट्रिय एकताको सन्देशका लागि पनि पदयात्रा गरिएको बताए । पदमार्ग, कोट, गढी र किल्लाहरु सम्वर्द्धन, संरक्षण तथा प्रवर्द्धन गर्ने सेनाको विशेष कार्यक्रम रहेको बताउादै उनले इतिहास सम्बर्द्धनको कार्यमा सहयोग गर्न सबैलाई आग्रह गरे ।
गोरखा नगरपालिकाका मेयर पन्तले इतिहास संरक्षणका लागि सेनाले सुरु गरेको कार्यलाई सबै स्थानीय तहले सहयोग गर्नुपर्ने बताए । इतिहास जर्गेनाका लागि सेनाले गरेको कामको प्रशंसा गर्दै उनले गत वर्षबाट गोरखा नगरपालिकाले पनि पृथ्वी जयन्ती भव्यताका साथ मनाउन थालेको जानकारी गराए ।
पत्रकार महासंघ गोरखा शाखाका अध्यक्ष किशोरजंग थापाले पदमार्गमा पर्ने पाटी, पौवा, चौताराहरुको संरक्षणको काममा पनि अगुवाइ लिन नेपाली सेनालाई आग्रह गरे । यात्राको क्रममा टोलीलाई बिभिन्न स्थानीय तहमा स्वागतका कार्यक्रमहरु पनि राखिएको छ ।
काठमाडौँ — पुस २०, २०७७।
विवाहित महिलाहरुमा केन्द्रित सौदर्य प्रतियोगिता ‘मिसेस व्यूटी क्विन नेपाल’ २०२१ को आवेदन खुल्ला भएको छ । आयोजक सिजन मिडियाले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताको आवेदन खुल्ला भएको जनाएको छ ।
महिलाहरुको व्यक्तित्व विकास,आत्मविश्वास अभिवृद्धि, वाककला तथा नेतृत्वदायी क्षमताको विकास गराउँदै समाजका लागि एउटा सक्षम महिला र जिम्मेवार व्यक्तिको उत्पादन गर्ने उदेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो । कोभिडको महामारीलाई ध्यानमा राखेर यो कार्यक्रम सुरक्षित तवरवाट गरिने आयोजकले सिजन मिडियामा प्रबन्ध निर्देशक प्रदीपराज वन्तले बताए ।
प्रतियोगिताको पहिलो चरणमा छानिएका प्रतियोगीलाई अन्तिम स्पर्धाका लागि शारीरिक फिटनेश, जुम्वा, एरोविक्स, सेल्फ डिफेन्स, सेल्फ मेकअप, फोटो सेसनलगायत प्रशिक्षण दिइनेछ । स्टेज पर्फमेन्स क्याटवाक आदि विद्यामा भने कोरियोग्राफर रोजिन शाक्यले गु्रमिङ गर्नेछन् ।
प्रतियोगिताका विजेताले ‘मिसेस व्यूटी क्विन नेपाल २०२१’ को शीर्ष उपाधिका साथमा फ्रिज, टेलिभिजन, हिटरलगायत घरायसी सामानका अलवा सिंगापुर भ्रमणको ३ वटा हवाई टिकट र लेटमिइनको तर्फवाट ५० हजार वरावरको गिफ्ट भौचर जित्नेछन् । विभिन्न १५ विधामा उपविजेता चयन समेत हुने प्रतियोगिताको विजेताले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व समेत गर्नेछिन् ।
काठमाडौं - सामाजिक अभियन्ता एवम् निर्माता मनोज कार्कीको नयाँ गीत मुनामदन-२ को म्युजिक भिडियोको बिमोचन भएको छ । शनिबार काठमाडौं बानेश्वरस्थित होटेल हङ्गर हबमा एक समारोहबीच सो म्युजिक भिडियोको बिमोचन गरिएको हो ।
चर्चित गायक जनक बिबश न्यौपाने र चर्चित गायिका रचना रिमालको स्वरमा रहेको गीतमा शब्द र संगित पनि गायक जनक बिबश न्यौपानेकै रहेको छ । राजु कार्कीको एरेन्ज रहेको छ। उक्त गीतको भिडियोमा चर्चित नायक आकाश श्रेष्ठ र नवनायिका याङसु श्रेष्ठको सशक्त अभिनय रहेको छ।
नेपाली सुगम संगितमा आफ्नो छुट्टै पहिचान बनाउन सफल निर्देशक जनक सिंहको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायांकन र टेकेन्द्र शाहको सम्पादन र अभि वाग्लेको कोरियोग्राफी रहेको छ। मनोज कार्की निर्माता रहेको भिडियो जनक बिबश न्यौपाने युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ।

काठमाण्डौ – नेपाल र नेपालीहरुकाको नाममा नयाँ विश्वरेकर्ड स्थापित गरेका युवाहरुलाई प्रमाण पत्र वितरण गरिएको छ । पिम नेपालको आयोजनमा सम्पन्न गरिएको कार्यक्रम विभिन्न क्षेत्रमा ख्याति प्राप्त व्यक्तित्वहरुको सहभागिता रहेको थियो । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री भानुभक्त ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा चलचित्र विकाश कोर्डका अध्यक्ष दयाराम दहाल, निर्देशक समाजका महासचिव जनकदीप पराजुली, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र निर्देशक दिनेश डि।सी, बरिष्ठ कलाकार उत्तम के।सी।, वरिष्ठ गीतकार एवं संचारकर्मी भरत बम्जन लगायतका विशिष्ठ व्यक्तित्वहरुको सहभागिता रहेको थियो भने कार्यमको सभापतित्व चलचित्र निर्देशक एवं लेखक मोहन निरौलाले गरेका थिए।संशारको अग्लो स्थानमा छायाँकन गरिएको म्युजिक भडियो हाम्रो साझा हिमाललाई गिनिज बुक अफ वल्ड रेकर्डमा स्थापित गराउदै नेपालीहरुका लागी नयाँ सफलता दिलाउन सफल भएका छन् चलचित्र निर्देशक माधव राज खरेल, निर्माताद्धय कमला जोशी, पुष्कर नेपाल र गायक पुर्ण राई ।

साझा हिमाल गीतलाई मुर्तरुप दिन सघाउने कलाकारहरु श्रीदेव भट्टराई, दिर्घ राज जोशी, नयनराज जोशी, विश्वास पराजुली, सञ्च बहादुर राई, सुस्मा भट्टराई, दृश्य सुवेदी, गोपाल ढकाल (छन्दे), प्रमिला राई, शान्तिप्रिय, राजन खरेल, विपिन भाट, अस्मिता श्रेष्ठ, शोमा खत्री, कानुनी सल्लाहकार राजेन्द्र शर्मा, राजन थापा, किरण चौधरी, रोशन श्रेष्ठ लगायतलाई उक्त कार्यक्रममा गिनिज वल्र्ड रेकर्डवाट प्राप्त सहभागिताको प्रमाणपत्रहरु समेत प्रदान गरिएको छ ।त्यस्तै कार्यक्रममा गायिका सरिता भारतीलाई गायन सम्मान समेत गरिएको थियो ।
नेपालको नाम भिडियो मार्फत विश्वमा राख्न सफल भएकोमा रेकर्ड होल्डर खरेल लगायत चारै जनालाई प्रमुख अतिथि सांस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाल , चलचित्र विकास वोर्डका अध्यक्ष दयाराम दाहाल, राष्ट्रिय गीतका रचनाकार ब्याकुल माईला, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, निर्देशक समाजका जनकदीप पराजुली, कान्तिपु टिभिका स्टेशन हेड एवं चलचित्र निर्देशक दिनेश डि।सी। लगायतले बधाई एवं शुभकामना दिएका थिए ।लामो समय देखी नेपाली चलचित्र कलाकारीता क्षेत्रमा होमिएको खरेलको टिमले पाएको सफलता सम्पुर्ण नेपाल र नेपालीहरुको लागी गौरवको विषय हो । अहिले सम्म कसैले पनि उक्त शिर्षकमा भिडियो निर्माण नगरेको र यो नै पहिलो सफलता भएको गीनिज बुक अफ वल्ड रेकर्डले बताएको छ । अग्लो स्थान मात्रै नभएर एकै स्थानमा क्यामेराको एङ्गल मात्रै चेन्ज गरेर तयार पारिएको भिडियोले संशारकै उच्च सफलता दिएकोमा खुशी व्यक्त गरेका छन् किर्तिमानी टिमका सदस्यहरुले ।नेपालको रमणीय पर्यटकिय नगरी सोलुखुम्बुको गोक्यो ४ हजार ७ सय ६८ मिटरको उचाईमा २०७६ असोज १० गते उक्त गीतको छायांकन गरिएको थियो ।
गीतमा हिमाल भनेको संसाको साझा हो र विश्वले यसलाई धर्तीको स्वर्गको रुपमा लिदै यसको संरक्षण र प्रवद्र्धनमा सबैले लाग्नुपर्नेमा जोड दिईएको छ । कार्यक्रमको आयोजना पावर ईन्टरनेशनल मिडिया नेपालले गरेको हो ।

१४ पुस,काठमाडौं । संसद विघटनको विरोधमा प्रमुख विपक्षी नेपाली कांग्रेसले देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको छ। सोमबार काठमाडौं क्षेत्र नम्बर ५ मा आयोजित विरोध सभालाई सम्बोधन नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले गरेका छन । विरोध सभालाई सम्बोधन गर्दै महतले नेकपा र ओली सरकारले जनतातिर फर्किएर राष्ट्रियताको कुरा गर्ने,तर भन्नुपर्ने ठाउँमा नभन्ने गरेको बताए । यसक्रममा काठमाडौं महानगरपालिका वडा नम्बर ४ का नेपाली काङ्ग्रेसका युवा नेता तथा सभापति रामप्रसाद न्यौपानेको नेतृत्वमा चण्डोलस्थित विशाल मिलन केन्द्रबाट शुरुभएको विरोध जुलुसमा नेपाली कांग्रेसका कार्यकर्ता तथा सर्वसाधरणहरुको बाक्लो सहभागिता रहेको थियो। विशाल मिलन केन्द्रवाट शुभारम्भ भएको सभा तथा जुलुस महाराजगञ्ज चक्रपथमा पुगेर कोणसभा सहभागी भएको थियो। सभापति न्यौपानेले केपी ओलीको सरकारले संविधान माथी उठेर आफ्नो व्यक्तिगत स्वार्थको लागि संविधान माथी नै कु गरेको आरोप लगाएका छन् । देशको संविधान र कानुन भन्दा माथि कोही व्यक्ति हुनै सक्दैन, तर ओलीको कदम प्रतिगमनकारी छ, यो सच्याईनु पर्छ’ उनले भने । ओलीको कदमले आफुहरु सडकमा आउन बाध्य भएको पनि उनले बताए । कार्यक्रममा काठमाडौं क्षेत्र नं ५ का १५ वटै इकाई सभापतिहरूको नेतृत्वमा हजारौं नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
काठमाडौं, १२ पौष -नेपाल चेम्वर अफ कमर्स र लर्ड बुद्ध एजुकेसन फाउण्डेसन बीच दोश्रो नेपाल चेम्वर व्यवसायीक छात्रवृत्ति सम्वन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । चेम्बर र क्याम्पस बीच चेम्वर मार्फत शैक्षिक छात्रवृत्ती उपलब्ध गर्न फाउण्डेशनबाट बिगतमा उपलब्ध हुंदै आएकोमा सोको निरन्तरता स्वरुप उक्त सम्झौता भएको हो ।
सो अवसरमा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले दोश्रो पटक शैक्षिक छात्रवृत्ती उपलब्ध गराएकोमा लर्ड बुद्ध एजुकेसन फाउण्डेसनलाई धन्यबाद दिदै प्राप्त छात्रवृत्ती जिल्ला चेम्वर मार्फत बिपन्न वर्गका प्रतिभाशाली बिद्यार्थीहरु छनौट गरी बितरण गरिने बताए । यसबाट बिपन्न वर्गका जेहन्दार बिद्यार्थीहरु लाभान्वित हुने बताए ।
लर्ड बुद्ध एजुकेसन फाउण्डेसन क्याम्पसको तर्फबाट फाउण्डेशनका अध्यक्ष पंकज जालान तथा नेपाल चेम्वर अफ कमर्सको तर्फबाट चेम्वरका सामाजिक तथा खेलकुद समितिका सभापति दीपककाजी तुलाधरले समझदारी पत्रमा हस्ताक्षर गरे । हस्ताक्षर कार्यक्रममा नेपाल चेम्बरका वरिस्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्ष कमलेश अग्रवाल लगायतको उपस्थिती रहेको थियो ।