निर्वाचन पछिको हाम्रो भावी कार्यदिशा : सुबोध कुमार गुप्ता सर्वप्रथम, मलाई अमुल्य मत दिई नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारीणी सदस्यमा निर्वाचित गराउनु भएकोमा मतदाता साथीहरुलाई धन्यवाद दिन चाहन्छु । यो म प्रतिको विश्वास हो भन्ने मेरो बुझाई छ । साथै आफ्नो प्रतिनिधी मान्दै महासंघको कार्यकारीणी सदस्यमा निर्वाचित गराउनु भएकोमा आभार प्रकट गर्न चाहन्छु । मलाई योग्य ठानी आफ्नो तर्फबाट मत जायर गर्नुहुने तमाम मतदाता साथीहरु प्रति म अनुग्रहित छु । तपाईंहरुले दिनु भएको मतको कदर गर्दै समग्र निजी क्षेत्रको साँखलाई उचो पार्दै अघि बढने प्रण गर्दछु । अग्रज एवम् समकक्षी साथीहरुको राय, सुझाव र सल्लाहलाई आत्मसात गर्दै आफ्नो विवेक र क्षमताले भ्याएसम्म निजी क्षेत्रको समस्याहरुलाई हल गर्न सकृय भएर लाग्नेछु भन्ने प्रतिबद्धता व्यक्त गर्दछु । यहाँहरुको आत्मियपना र रचनात्मक साथ सहयोगको अपेक्षा मेरो कार्यकाल भरि रहिरहनेछ । मुख्य कुरा यहाँहरुलाई मैले निराश बनाउने छैन भन्ने वचनबद्धता जनाउन चाहन्छु । निर्वाचन पछि हामी नेपालको निजीको छाता संगठन अर्थात नेपाल उद्योग वाणिज्य महासंघको ५४ औ राष्ट्रिय अधिवेशनले नयाँ नेतृत्व चयन गरिसकेको छ। हामीले चार पाँच बर्ष अघि मात्रै वरिस्ठ उपाध्यक्ष स्वत: अध्यक्ष बन्ने प्रावधान ल्याएकाले हाम्रो मुल नेतृत्व बाहेकका अन्य पदमा प्रतिस्पर्धा हुन पुग्यो । महासंघकी निवर्तमान अध्यक्ष भवानी राणा अघिल्लो निर्वाचनबाट त्यसै प्रावधानमा टेकेर निर्वाचित भएर आउनु भएको थियो ।सोही प्रावधान अनुरुप हामीले महासंघको अध्यक्षमा श्रद्धये शेखर गोल्छालाई पाएका छौ । यस निर्वाचनबाट वरिस्ठ उपाध्यक्ष तर्फ चन्द्र ढकाल विजयी हुनु भएको छ । त्यसैले गोल्छा पछि महासंघको नेतृत्वको कमान ढकालले गर्नुहुनेछ । अझ भनौ शेखरजी पछि नेपालको समग्र निजी क्षेत्रलाई पाईलटका रुपमा हाँक्ने जिम्मेवारी ढकालको काँधमा जानेछ । हाम्रो विधी विधानमै त्यहि छ । र सोही स्प्रिट अनुरुप हामी निर्वाचनमा होमिएका थियौ । चन्द्र ढकालजीको नेतृत्वमा हामीले आफ्ना एजेण्डा बोकेर चुनावी मैदानमा उत्रिएका थियौ । वस्तुगत तर्फबाट म स्वयम् पनि निर्वाचित भएको छु । हाम्रो समुहबाट अन्य साथीहरु समेत निर्वाचित भएर आउनु भएको छ । त्यसैले म लगायतका हाम्रो समुहबाट महासंघमा प्रतिनिधीत्व गरेर जाने सबैले हाम्रा चुनावी एजेण्डा मुताबिक महासंघको सुदृढिकरण र निजी क्षेत्र राज्य साझेदारीको कार्य योजनालाई कार्यान्वयन गर्न तर्फ ध्यान केन्द्रित गर्नुपर्छ भन्नेमा म अडिग छु । हामीले हाम्रा साथीहरुसँग गरेको प्रतिबद्धतालाई अक्षरश पालना गर्दै अगाडी बढनुको विकल्प हामीसँग छैन भन्ने पनि लाग्छ । त्यसैले हामीले निर्वाचन लडदै गर्दा गरेका वाचा पुरा गर्न दृढतापुर्वक लाग्नुपर्छ नै । हामीले हाम्रो प्रतिबद्धता बिर्सनु भनेको विश्वास गुमाउनु हुनेछ । त्यसैले हामी माथिको विश्वासलाई कायम राख्दै अघि बढन पनि हामीले निर्वाचनमा होमिदै गर्दा अघि सारेका एजेण्डालाई पुरा गर्न दत्तचित्त भएर लाग्नुपर्छ । हामीले हाम्रो एजेण्डालाई भुल्यौ भने हामी असफल त हुनेछौ नै साथै साथीहरु प्रति धोकाधडी गरेको ठहरिने छ । अर्को तर्फ किशोर प्रधान समुहबाट सबल र सुदृढ महासंघको नारा अघि सारिएको थियो । उहाँहरुले बोक्नु भएको नारा र हामीले अघि सारेका नारा वा एजेण्डामा समानता छ । समानता यस मानेमा कि दुवै पक्षबाट महासंघ साथै समग्र निजी क्षेत्रलाई मजबुत बनाउने भन्ने नारा लिएर दुई खेमा चुनावी मैदानमा उत्रिएका थियौ ।लोकतान्त्रिक पद्धतीलाई अपनाउदै निर्वाचनमा होमिदै गर्दा फरक धारमा बसेता पनि हाम्रो एजेण्डामा समानता नै थियो । साथै हामी बीच चुनाव सकिए लगत्तै पक्ष विपक्षको राप र ताप पनि सकिएको छ । हामी एकजुट छौ । हाम्रा समस्या साझा छन्, हाम्रो उदेश्य र लक्ष्य एउटै छ । त्यो भनेको निजी क्षेत्रको विकास र उन्नयन हो । चुनाव पछि बेजोडको मेल रहदै आएको गर्विलो ईतिहास हामीसँग छ । यस कोणबाट पनि हामीले चुनावलाई एउटा प्रकृयाको रुपमा लिदै आएका छौ भन्ने स्पस्ट हुन्छ । त्यो अभ्यासले यस पाली पनि निरन्तरता पाउनेमा कुनै शंका छैन । म बाट हामी बनि सकेका छौ, हामी सबै उम्मेदवारहरु । निर्वाचन प्रकृयामा फरक फरक समुहबाट प्रतिस्पर्धामा उत्रिएता पनि महासंघ कार्य समितीमा आईसके पस्चात हामी सबै एकजुट भैसकेका छौ । हामीले महासंघलाई सवल र सुदृढ बनाउन राज्यसँग सहकार्य गर्नुको विकल्प छैन । यसका लागि निर्वाचनबाट चुनिएर आउनेले पहल लिनु त पर्छ नै तर पनि ज्ञान, शिप, अनुभव, सम्बन्ध आदीले पनि अर्थ राख्ने हुँदा निर्वाचनमा विविध कारण बश भाग नलिनु हुने र भाग लिनु हुने सम्पुर्ण साथीहरुको भूमिका महत्वपूर्ण रहने नै छ । त्यसैले आ आफ्नो स्थानबाट निजी क्षेत्रको साझा धारणा राख्दै हामीले भोग्दै आएका प्रमुख समस्याको समाधानमा हामी जुटनु पर्छ । कोभिड १९ का कारण जुन खालको बिषमता निजी क्षेत्रले भोग्नु परेको त्यसबाट पार पाउन राज्यबाट ठोस कार्यक्रम आउन जरुरी देखिन्छ । कोभिडले चुनौती मात्र ल्याएको छैन कि अवसर पनिसंगै लिएर आएको छ । त्यसको पहिचान गरि अबिलम्ब राज्य स्तरबाट केही नितीगत र कार्यक्रमगत सुधारका प्रयास गर्न जरुरी देखिन्छ । यसका लागि अहिलेको हाम्रो नेतृत्व काबिल छ भन्ने मेरो ठम्याई छ । हामीसँग शेखर गोल्छा, चन्द्र ढकाल जस्ता सक्षम नेतृत्व हुनुहुन्छ । रामचन्द्र संघाई, अन्जन श्रेष्ठ र दिनेश श्रेष्ठले म्याण्डेट लिएर विभिन्न संघको नेतृत्व गर्दै हुनुहुन्छ । त्यो स्थानमा जो आएता पनि निजी क्षेत्रको लागि केही गर्छु भनेर आउने हुँदा हाम्रा साझा एजेण्डाले प्राथमिकता पाउने नै छ । मेरो तर्फबाट मैले प्रतिबद्धता जनाए अनुरुप काम गर्न कटिबद्ध छु । मेरो ध्यान महासंघलाई थप मजबुत बनाउने र कृषि क्रान्ति हुँदै औद्योगिक क्रान्तिमा देशलाई लैजाने गरि काम गर्ने छ । मेरो भिजन अनुसार म मेरो नेतृत्वलाई कन्भिन्स गर्ने र उहाँहरुको योजना अनुरुप निजी क्षेत्रलाई त्राण दिने रहन्छ । हामी आँफै बीच विचार मन्थन नगरि सिमित घेराबाट राज्य माझ कुरा राख्दा चुक्न सक्ने हुँदा महासंघ कार्यसमिती भित्र र बाहिर रहनु हुने तमाम अग्रज र साथीहरुसँग राय परामर्श लिनुमा नै श्रेयकर हुनेछ भने कार्य समितीमा रहेकाले सहि निर्णय लिदै आफ्नो क्षमता प्रस्तुत गर्न सक्नु पर्दछ । (लेखक नेपाल उद्योग वाणिज्य महासंघको नवनिर्वाचित कार्यकारीणी सदस्य र चामल दाल तेल उद्योग संघका अध्यक्ष हुन )
काठमाडौं — मंसिर १५, २०७७। हिमालयन मुभिज प्रोडक्सन हाउस प्रा ली को आयोजनामा संचालित 'स्पर्श म्युजिक भिडियो अवार्ड,२०२०’को मनोनयन सार्वजनिक भएको छ । नेपाली म्युजिक भिडियो क्षेत्रको उत्थान, यसैमा समर्पित कलाकर्मीहरुको सम्मान र प्रोत्साहन एवं गुणात्मक श्रीवृद्धिको निमित्त म्युजिक, भिडियो सम्बद्ध सम्पूर्ण साधकहरुलाई उत्साहित बनाउन र यो उद्योेगको व्यावसायीकरणमा टेवा पुर्याउन यो अवार्ड कार्यक्रम आयोजना गरिएको हिमालयन मुभिज प्रोडक्सन हाउसको प्रवन्ध निर्देशक हिमानी सुब्बाले जनाईन । विश्वव्यापी महामारीको रुपमा देखापरेको कोभिड-१९ लाई मध्यनजर गर्दै आयोजक संस्थाले 'स्पर्श म्युजिक भिडियो अवार्ड,२०२०’का लागि आईतवार काठमाडौंमा एक अनौपचारिक कार्यक्रम गरी मनोनयन सार्वजनिक गरेको हो ।
आवार्ड कार्यक्रममा म्युजिक भिडियो सम्वद्द गरी कुल ५२ विधाका उत्कृष्ट मनोनयन सार्वजनिक गरिएको हो । मनोनयनमा देशभित्र र देशबाहिर रहेका उत्कृष्ट सर्जक,साधक एवं कलाकारहरु रहेका कार्यक्रमका व्यवस्थापक कमल खतिवडाले जनाएका छन । पौष १५ गत्ते सम्पन्न गरिने उक्त कार्यक्रमको सल्लाहकारको रुपमा दिक्पाल कार्की र यसराज गराज रहेका छन । मनोनयन सार्वजनिक भएसंगै मनोनित मध्येबाट उत्कृष्ट चयनको लागि ग्लोवल अनलाईन पे मार्फत अनलाईन भोटिङ समेत शुरु भएको छ । ग्लोबल अनलाईन पे डट कम (globalonlinepay.com) को एपमार्फत आफूलाई मनपर्ने प्रतियोगीलाई भोट गर्न सकिनेछ ।
प्रतियोगीलाई एक पटकमा न्यूनतम पाँच भोट देखि अधिकतम पाँच हजार भोटसम्म गर्न सकिने बताइएको छ । नेपालभित्र संचालनमा रहेका वालेट र मोबाएल बैंकिङका प्रयोगकर्ता साथै नेपाल बाहिरबाट भिजा कार्ड र मास्टरकार्डका प्रयोगकर्ताहरुले सजिलैसंग आफ्नो प्रतियोगीलाई भोट गर्न सक्नेछन। नेपाल बाहिरबाट भने भोट गर्नका लागि भिजा कार्ड र मास्टरकार्डका प्रयोगकर्ताहरुले आफ्नो संबन्धित बैंक मार्फत अनलाईन पेमेन्ट ट्रान्ज्याकसनको निमित्त आईपिजि / थ्रीडियस (IPG/3DS) सर्भिस एक्टिभेट गर्नुपर्नेछ। मनोनित मध्येबाट उत्कृष्ट चयनको लागि ५०% मत ग्लोबल अनलाईन पे मार्फत हुने भोटिङ बाट नै लिइने जनाईएको छ ।
यस अन्तर्गत जसले सबैभन्दा बढी भोट प्राप्त गर्छ, सोही व्याक्ति/संस्था विजेता घोषित हुने सम्भावना प्रवल रहनेछ । साथै उत्कृष्ट चयनको लागि ५०% मत मनोनयनमा चयन भएकाहरुलाई सम्बन्धीत विधाका विज्ञहरुबाट नै लिइने आयोजक सुब्बाले जनाएकी छिन।
उत्कृष्ट मनोनयनहरु -
1.Best Singer (Male) - Pop/Modern Category
Basanta Thapa Magar (Kahile Daya Kahile Baya)
Sapan Rai (Bato ko Kada)
Sachin Rouniyar (Jogi bhaye)
Indrajit Mijar (Junma hernu timilai)
Darwin Lungeli (Hawai Adda)
Aamir sheakh (Rail ko bhada)
2.Best Singer (Female) - Pop/Modern Category
Melina Rai (Chatta Rumal)
Sumita Rai (Harek Sanjh)
Prabisha Adhikari (Bhamarako Bhunbhun)
Rani Shakya (Dhalak Dhalak)
Nisha Kandel (ma k bhanu)
Rejina Rimal (mero maya herideu)
Abun Pandey (Mahasus)
3.Best Singer (Debut- Male/Female) - Pop/Modern Category
Ranjita Limbu (jodi parewa)
Indira Tiwari (Halka Halka)
Diya Pokharel (Timrai naam)
Urmila Lamgade (Jawani taja)
Sandip Subedi (Male-
Ayush Aryal (Male- Timro mayale)
Aditya Budhathoki (Male- Ye sanu)
4.Best Lyricist - Pop/Modern Category
Anu Shah (Mata Timro Pyarma)
Darpan Rai (Maya Yasto)
Nirmala Rai “Parivesh” (Tyo Timi hou)
Jyoti Gurung (Yo kasto maya)
Suman Yonjan (Kalapani)
Dadhi Adhikari (Mero maya)
Gopal Lohar (Junma hernu)
Darwin Lungeli (Hawai adda)
5.Best Music Director - Pop/Modern Category
Narayan Subedi “Aavash” (Mata Timro Pyarma)
Basanta Thapa Magar (Sadi ramro)
Sunil Maskey (Bhamarako Bhun bhun)
Tara Prakash Limbu (Juni juni)
Arjun Pokharel (Tyo timi hou)
Nagendra Shrestha (timi Bina)
Arjun bhusal (Gothalo)
6.Best Music Arranger - Pop/Modern Category
Rahul Pradhan (Hunna Hunna)
Keshab Prakash Badu (Oi Kajal)
Krishna BK “Bhanja” (Soltini)
7.Best Cameraperson/cinematographer - Pop/Modern Category
Shiva Dhakal (Facebook messenger)
Ram kumar kc (Bato ko kada)
Faraj Arpan (Aaja Bholi)
Biredra Bhatta (Mero maya lag6)
Avash M. Bajracharya (Timi machhi Fewatalko)
Mukesh Humagain (ye sanu)
8.Best Editor - Pop/Modern Category
Shakti Prajjwal Ghimirey (Mayako gharbar)
Aneel Katwal (Bandai chha Nepal)
Dhruvraj Parajuli “Prajwalit (Tyo timi hou/batoko kada)
Prabin Bhatta (Photo firimma
Milan Bishwokarma (Maile chot khada)
Robin B.K ( Jaba samma saans)
Ramesh Rasaili BK Yubraj (kina hola)
9.Best Model (Female) - Pop/Modern Category
Jyotsna Yogi (Aagaman)
Rima Bishwokarma (Mannko dailo)
Anchal Sharma (Tyo timi hou)
Rista Basnet (Photo Phirim-2)
Barsha Raut (Pirim nalaune-2)
Sushma Adhikari (Chatake)
Namrata Sapkota (uslai pauna)
Elina Deuja (Jaba samma)
10.Best Model (Male) - Pop/Modern Category
Dhurba Dutta (Yo kasto maya)
Karan Shrestha (Jau kali)
Paul Shah (Mayalu timi kata chhau)
Najir Hussain (Muna)
Dikpal Karki (Mero Premprastav)
Puspa Khadka (Motighati maya)
Naren Khadka (Jhan jhan maya)
11.Best Model Debutant (Male) - Pop/Modern Category
Ashish Kumar Rouniyar (Yo dhadkan)
Sandip subedi (Meri Maya)
Samyak Adhikari (Mayako Baina)
Darpan Rai (Maya yasto)
Sudeep Bhattarai (Ma royeko pal)
Abhisek oli (jaba samma)
Umesh LD (Timi bahek)
12.Best Model (Female Debutant) - Pop/Modern Category
Gurans Dhakal (Surakshit teej)
Fija Yonjan (Ma Royeko pal)
Kajal LC (ma ta pagal)
Sikha subedi (Aau na yata)
Rubishka Shrestha (Jani najani)
13.Best Music Video Director - Pop/Modern Category
Saman Adhikari (Kahile daya kahile baya)
Milan Chams (Tyo timi hou)
Gobind Rai (Harek saanjh)
Amrit Sunuwar (Timi machhi fewatal)
Sonam Pakhrin (Usko maya)
Aditya Budhathoki (Ye sanu)
Devendra Pandey (Mero prem prastav)
Kushal Shrestha (yo kasto maya)
14.Best Music video - Pop/Modern Category
Tyo Timi hou (Milan Chams)
Kahile Daya Kahile Baya (Saman Adhikari)
Photo Firima (Shisir Bhandari)
Maya Garaula (Saroj Oli)
Pirim Nalaune (Subrat Raj Acharya)
15.Best Singer (Male) - Lok/ Dohori Category
Roshan singh (Ye jhari)
Tilak Oli (China puryaideu)
Khem Senchury (Kapal korera)
Nabaraj Ghorasaini (Mirmire kapalaima)
Ramji khand (Dhalkebar)
Kulendra Bishwokarma (Lauchha maya)
Bikram Pariyar (Adha Maya)
Dhanraj Chunara (aauna sangai )
16.Best Singer (Female) - Lok/ Dohori Category
Sunita Dulal (Mukhaima chini/wastai nagarne)
Shanti Shree pariyar (Mayalu ajai lai)
Sarita Gurung Shrestha (Khandani ghar)
Devi Gharti Magar (tala tala talkine)
Purna kala bc (Jhola)
17.Best Lyricist - Lok/ Dohori Category
Shiva Hamal (Lalumai)
Basanta Thapa (Jau sustai)
Karan Neupane (Banpale)
Khem senchury (Bhijne jhola)
Roshan Singh (Ye jhari)
Arjun Senchury Awaj(Jado Bhayo)
18.Best Music arranger - Lok/ Dohori Category
Ashish Abiral (Lauchha maya)
Tilak oli (China puryaideu)
Bikram pariyar ( aadha)
Krishna bk bhanja ( Bhirne jhola)
Bipin acharya (Banpale)
19.Best Cinematographer - Lok/ Dohori Category
Ajaya Regmi (Maya haseko)
Durga Poudel (Bhirne jhola)
Nabraj upreti (Bokejhar)
Karan chaiseer (Maya marera)
Mahesh mahara ( sait)
20.Best Editor - Lok/ Dohori Category
Pravin bhatta (Galbandi)
Dipak bista (K bhanau)
Rabin BK ( Khandani ghar )
Rajkumar Magar ( Purbai dharan)
Milan Bishwokarma ( Mulko pani)
Bishnu Sharma (Lalumai)
21.Best Model (Male) - Lok/ Dohori Category
Mahendra Gautam (lauchha maya)
Dhurba Himali (Kasto bhagya)
Lomash Sharma (Naujale rumal)
Roshan Singh ( Ye jhari)
Sanjiv Thakuri (Ye hasi Resham)
Shivam Pokharel (Banpale)
Bimal Adhikari (Laltin)
22.Best Model (Female) - Lok/ Dohori Category
Sarika Kc ( Balidan)
Anjali Adhikari (Talatala talkine)
Jina Thapa Magar (Kaleji)
Depasha BC (Pir nabhayeko)
Anu Parajuli (Kasari)
Sagun Shahi (Dukhne mutu)
Elina Rayamajhi (Banpale)
Jebicca Karki (Mirmire Kapal)
23.Best Model (Male debut) - Lok/ Dohori Category
Rupesh Luitel (Pardeshi)
Makal pulami magar (Runu pardaina)
Yanjor mahara (Dukhne mutu)
24.Best Model (Female- Debut) - Lok/ Dohori Category
Nikita shrestha (khandani ghar)
Bandana Nepal (Chautari)
Durga Kc (Bhote Lasun)
25.Best Music Video Director - Lok/ Dohori Category
Shiva BK (Lobhi aankha)
Bikram chauhan (Ye jhari)
Dipendra Timilsina (Chini jo)
Mausam himali (nirmaya)
Kajish Shrestha (Laidium ki mohani)
Kranti KC (mayalu ajai)
Chitra Maskey Magar (Ramkasam)
Ashok BK (Khandani ghar)
26.Best Music video - Lok/ Dohori Category
Authi Beruwako (Shiva BK)
Bhirne Jhola (Sunil Chhetri)
Mukhaima Chini (Gambhir Bista)
Mirmire Kapal (Shiva BK)
Salla dhupaile (Prakash Bhatta)
27.Best Kid Model
Ayushi Dhakal
Parishna Bastola
Apekshya Sherchan
Nerishka Sthapit
Aarshina Bhattarai
28.Best Emerging Singer (Male)
Bikram Rai
Rishu Rouniyar
Sandip subedi
Sani Pariyar (Lok Dohori)
Ganesh Pariyar (Lok Dohori)
Man singh (Lok dohori)
Kiran Subhash (Purnimako raat)
29.Best Emerging Singer (Female)
Samjhana Pariyar
Niruta Rai
Kavya Gurung
Gita Rai
Sujata KC
Bimala Paija
30.Best Emerging Model Male
Manab Tamang Theeng
Sandeep Subedi
Jivan Khadka
Jordan Rajbhandari
Ram babu
Ichha ram pariyar
Nirmal chhetri
31.Best Emerging Model Female
Renuka Singh Thakuri
Pujan Ghimire
Prashamsha Rayamajhi
Elina Patel
Shilpa Khadka
32.Best Aspiring Model
Durga KC
Riya Shrestha
Manita Poudel
Hira devi rai
33.Best Emerging Music Video Director
Aamir Sheakh
Gopal Dhakal
Chitra Maskey Magar
Shreya Dulal
Prahil Karki
Tenju Yonjan
34.Best Emerging Dress Designer
Jamuna Thapa
Kalpana Rai
Sharmila Tamang
Sushmita Gautam
35. Debut Singer Female - Lok/ Dohori Category
Sangita Paudel (Bichhodi Yasi)
Bhumsari Pun Magar (Facebook Ma)
Samjhana Pun (Mutu Bhitra Mayalu)
36.Best Makeup Artist
Animesh Jordan
Kabital Tolangi
Bimala Tamang
Rekha Balami
Manu Thaap Magar
Rita Balami
37.Best Hair Dresser
Santosh Gurung
Sharda Khanal karki
Rita Balami
Sarita Magar
38.Best Dress Designer
Sukneeta Chaulagain
Kajal Sharma
Rabin Pariyar
Kamal Manandhar
Pramin Shakya
39.Celebrity dress designer
Manish rai
Manju banjara dhakal
Shukneeta Chaulagain
Rabin Pariyar
40.Celebrity Makeup artist
Sophie Sunuwar
Dinesh Rai
Jyoti Limbu
Gaura Rai
41.Best Choreographer
Kamal Rai
Gobind Rai
Shanker BC
Gambhir Bista
Kabiraj Gahatraj
Surendra Basel
Naresh Veer Singh
42.Best Emerging Choreographer
Manoj B.K
Deepak Raj Sunar
Sunil B.K
Arjun Bhusal
Sanjay Lama
Saroj Moktan
Sapana Malla
Sarita Khadka
Kamana Lama
Sabitri Thapa
43.Legendary Choreographer
Kamal Rai
Gobind Rai
Rajendra Kamal Rai
Dinesh Pakhrin
44.Best Singer (Male)-Indegenious Category
Sannu Kumar (Piya Piya-Maithali song)
Ganesh Choudhary (Solha shringar- Tharu song)
Jeevan Ranbanshi (sun goree- rajbanshi song)
Rajendra Kumar Maharjan (Swore Jitah hayka- Nepal bhasa)
Mohan Shakya (Mayosa na tuei- Nepal bhasa)
45.Best Singer (Female)- Indegenious Category
Tika Prasain (Sun Goree- Rajbanshi)
Samikshya Choudhary (Solha sringar- Tharu song)
Yogita maharjan (Swore Jitah- Nepal Bhasa)
Asha Nakarmi (Mayosa- Nepal bhasa)
Anjali Mandal (Badi fursat se- Maithali song)
46.Best Model (Male)- Indegenious Category
Mahesh kumar choudhary(Akash)- (Solha Sringar- Tharu song)
Shailendra Yadav (piya piya –Maithali song)
Dr. Saroj yadav (badi fursat- maithali song)
Bikesh Maharjan (Swore jitah – nepal bhasa)
Ves maharjan (Tamima- nepal bhasa)
47.Best Model (Female)- Indegenious Category
Ranjju Limbu (Sun goree- Rajbanshi song)
Samita Giri (Piya piya- Maithali song)
Rojina Suwal (Swore jitah- Nepal bhasa)
Sarita Bajracharya (tamimah- nepal bhasa)
Samita Giri (Solah Sringar- Tharu song)
48.Best Music Video- Indegenious Category
Piya piya (Maithali Song)
Solah Sringar (Tharu Song)
Sun Goree (Rajbanshi song)
Swore Jitah (Nepal bhasa)
Tamimah (Nepal bhasa)
49.Popular singer (Male) - Popular Category
Budhha Lama
Pratap Das
Mahesh Kafle
C.D Bijay Adhikari
Nishan Ghimire
Ravi Oad
50.Popular Singer (Female) - Popular Category
Melina Rai
Prabisha Adhikari
Rachana Rimal
Ashmita Adhikari
Taya Hangma Rai
Elina Chauhan
51.Popular Model (Female) - Popular Category
Rista Basnet
Eliza Gautam
Rima Bishwokarma
Neeta Dhungana
Keki Adhikari (Modern/lok dohori)
Saya Bhandari (Lok dohori)
Sagun Shahi (Lok Dohori)
52.Popular model (Male) - Popular Category
Paul shah
Najir Hussain
Dikpal Karki
Naren khadka
Sraaj Garach
Nirajan Pradhan
Binod Neupane
Puspa Khadka
Chakra Bam
Sunil Lamicchane(Lok Dohori)
Lomash Sharma(Lok Dohori)
Durgesh Thapa(Lok Dohori)
गोरखा, १५ मंसिर- गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नं. ६ भुम्लीचोक स्थित भद्रकाली मा.वि. र थुम्का प्रा.वि. का १ सय ३८ जना चेपाङ विद्यार्थीहरुलाई १ लाख ५० हजार रुपैया बराबरको स्टेशनरी तथा खाजा सहयोग गरिएको छ । भद्रकाली मा.वि. का ५० जना, थुम्का प्रा.वि. का ८८ जना चेपाङ विद्यार्थीलाई कापी, कलम, ज्यामिती बक्स, बिस्कुट लगायतका सामग्रीहरु सहयोग गरिएको हो । काठमाडौं महानगर -३, महाराजगन्ज, मनिकुल टोल घर भई विगत लामो समयदेखि ताइपेइ ताइवानमा बस्दै आएका रोहित श्रेष्ठ, आरुघाट गाउँपालिका वडा नं. ५ अल्काटार स्थायी घर भई हाल हङ्गकङ्गमा बस्दै आएका आकाश बञ्जारा र गण्डकी गाउँपालिका वडा नं. ५ दर्बुङ घर भई हाल जापानमा रहेका बिराट बाबु खनालले सो सहयोग उपलब्ध गराएका हुन । ताइपेइ ताइवान निवासी रोहित श्रेष्ठले सो सामग्री सहयोग गर्नको लागि रु. १ लाख रुपैया तथा आकाश बञ्जारा तथा बिराट बाबु खनालले रु. ५० हजार रुपैया सहयोग उपलब्ध गराएका थिए । रोहित ताइपेइ ताइवानका सफल ह्यान्डीक्राफ्ट ब्यबसायी एवं मेडिटेसन तथा साउण्ड थेरापीका मास्टर समेत हुन । उनले सो सहयोग रकम काठमाडौं निवासी आमा कमला श्रेष्ठ मार्फत स्वर्गीय बुबा रामकुमार श्रेष्ठको पुण्य स्मृतिमा उपलब्ध गराएका हुन । रोहित श्रेष्ठले बिपन्न चेपाङहरुलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताउदै आगामी दिनमा पनि बिपन्न र समस्यामा परेकाहरुलाई सहयोग गर्ने बताएका छन् । सो सहयोग कार्यक्रमका लागि ग्लोबल गोरखा समाज अन्तर्राष्ट्रिय समन्वय परिषदका कोषाध्यक्ष समेत रहेका आकाश बन्जारा र सचिब बिराटबाबु खनालले समन्वय गरेका थिए । भद्रकाली मा.वि. भुम्लीचोकमा आयोजित एक कार्यक्रमका बिच सो सामग्रीहरु विद्यार्थीहरुलाई प्रदान गरिएको थियो । सो विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष रिम्क गुरुङको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि गण्डकी गाउँपालिकाका अध्यक्ष होम बहादुर राना मगरले विद्यार्थीहरुलाई सो सामग्रीहरु हस्तान्तरण गरे । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि राना मगरले चेपाङ विद्यार्थीको शैक्षिक विकासको लागि विदेशमा रहेर सहयोग उपलब्ध गराईएकोमा धन्यवाद व्यक्त गरे । उनले सहयोगीदाताहरु रोहित श्रेष्ठ, आकाश बञ्जारा तथा बिराट बाबु खनाललाई विपन्न चेपाङहरुको शैक्षिक उन्नतिको लागि पुर्याएको योगदान प्रति गाउँपालिकाको तर्फबाट आभार प्रकट गरे । सोमबार आयोजित कार्यक्रममा सोही वडाका अध्यक्ष जीवन गुरुङ, विद्यालयका प्रधानाध्यापक नरेन्द्रराज तिमल्सिना, चेपाङ अभियन्ता केपीकिरण शर्मा, प्रेस सङ्गठन नेपालका केन्द्रीय सदस्य तथा पत्रकार शिशिर सिंखडा, समाजसेवी निलकण्ठ लामिछाने, देवेन्द्र भट्टराई लगायतले मन्तव्य राखेका थिए ।
काठमाण्डौ नेपाल र नेपालीहरुकाको नाममा नयाँ विश्वरेकर्ड स्थापित भएको छ । संसारको अग्लो स्थानमा छायाँकन गरिएको म्युजिक भडियो हाम्रो साझा हिमाललाई गीनिज बुक अफ वल्ड रेकर्डमा स्थापित गराउदै नेपालीहरुका लागी नयाँ सफलता दिलाउन सफल भएका छन् चलचित्र निर्देशक माधव राज खरेल, निर्माताद्धय कमला जोशी, पुष्कर नेपाल र गायक पुर्ण राई ।
लामो समय देखी नेपाली चलचित्र कलाकारीता क्षेत्रमा होमिएको खरेलको टिमले पाएको सफलता सम्पुर्ण नेपाल र नेपालीहरुको लागी गौरवको विषय हो । अहिले सम्म कसैले पनि उक्त शिर्षकमा भिडियो निर्माण नगरेको र यो नै पहिलो सफलता भएको गीनिज बुक अफ वल्ड रेकर्डले बताएको छ । अग्लो स्थान मात्रै नभएर एकै स्थानमा क्यामेराको एङ्गल मात्रै चेन्ज गरेर तयार पारिएको भिडियोले संसारकै उच्च सफलता दिएकोमा खुशी व्यक्त गरेका छन् किर्तिमानी टिमका सदस्यहरुले।
नेपालको रमणीय पर्यटकिय नगरी सोलुखुम्बुको गोक्यो ( ४ हजार ७ सय ६८ मिटरको उचाईमा २०७६ असोज १० गते उक्त गीतको छायांकन गरिएको थियो । गीतमा हिमाल भनेको संसाको साझा हो र विश्वले यसलाई धर्तिको स्वर्गको रुपमा लिदै यसको संरक्षण र प्रवद्र्धनमा सबैले लाग्नुपर्नेमा जोड दिईएको छ । गिनिज वल्र्ड रेकर्डवाट प्राप्त प्रमाण पत्र केही दिन पछि विशेष कार्यक्रम गरी किर्तिमानधारी व्यक्तित्वहरुलाई प्रदान गरिने कुरा आयोजक पिम नेपालले जनाएको छ ।

काठमाडौँ — मंसिर १०, २०७७।
नेपालको निजीको छाता संगठन अर्थात नेपाल उद्योग वाणिज्य महासंघ निर्वाचनको संघारमा छ । हाम्रो ५४ औ राष्ट्रिय अधिवेशन मङ्सिरको दोस्रो साता अर्थात मङ्सिर एघार, बाह्र र तेह्र गते सम्पन हुँदैछ । यस महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । हामीले चार पाँच बर्ष अघि मात्रै वरिस्ठ उपाध्यक्ष स्वत: अध्यक्ष बन्ने प्रावधान ल्याएकाले हाम्रो मुल नेतृत्व बाहेकका अन्य पदमा प्रतिस्पर्धा हुनेछ । महासंघकी हालकी अध्यक्ष भवानी राणा अघिल्लो निर्वाचनबाट त्यसै प्रावधानमा टेकेर निर्वाचित भएर आउनु भएको हो । अहिलेको निर्वाचनमा वरिस्ठ उपाध्यक्ष तर्फ चन्द्र ढकाल र किशोर प्रधानले आफनो उम्मेदवारी दिनु भएको छ । त्यसैले भविस्यमा उहाँ दुई मध्ये एकले महासंघ हाँक्नु हुनेछ । अझ भनौ शेखरजी पछि नेपालको समग्र निजी क्षेत्रलाई पाईलटका रुपमा हाँक्ने जिम्मेवारी उहाँहरु मध्ये एकको काँधमा जानेछ । हाम्रो विधी विधानमै त्यहि छ । र सोही स्प्रिट अनुरुप हामी निर्वाचनमा होमिएका छौ । उहाँ दुवै नेताहरु आफ्ना एजेण्डा बोकेर चुनावी मैदानमा उत्रनु भएको छ। हामीसँग अब धेरै दिन बाँकी छैन् । केही दिन भित्र नै हामीले दोस्रो वरियतामा अझ भनौ भावी अध्यक्षमा यि दुई मध्ये एकलाई पाउने छौ । यस्तै महासंघका अन्य शिर्ष तहमा उपाध्यक्षको तह छ । वस्तुगत, एशोसियट र जिल्लागत गरि तीन वटा तह यानेकी पदका लागि कुल छ जनाले आफ्नो उम्मेदवारी दिनु भएको छ । वस्तुगत तर्फ उमेशलाल श्रेष्ठ र अन्जन श्रेष्ठ, जिल्लागतमा गुणनिधी तिवारी र दिनेश श्रेष्ठ तथा एशोसियट तर्फ रामचन्द्र सांघाई र सौरभ ज्योति प्रतिस्पर्धामा हुनुहुन्छ । त्यसै गरि म लगायतका साथीहरु कार्यकारिणी सदस्यका लागि प्रतिस्पर्धामा उत्रेका छौ ।
महासंघ र नेतृत्व चयन
कोभिड पस्चात निजी क्षेत्रको अवस्था के कस्तो छ भन्ने पनि हामी सबैलाई थाहा छ । अर्थात आफ्ना पिडा, व्यवसाय गर्ने साथी संगीका पिडा अझ भनौ समग्र निजी क्षेत्र कुन हालमा छ भन्ने बिषयमा हामी सबै जानकार छौ, किनकी हामी सबैले कोभिडलाई झेलिरहेका छौ । हामी यसका भुक्त भोगी हौ । हामीले विगत लामो समय देखी थुप्रै खाले समस्याहरु पनि भोग्दै आएका छौ । कतिपय समस्याहरु विगतका नेतृत्व तहबाट पनि हल भएका छन् । तर हामीले गर्न बाँकी धेरै थुप्रै काम छन् । कोभिड पस्चात थपिएका जटिलता कम गराउनु पर्ने दायित्व महासंघ माथि छ । अभिभावकिय भूमिकाका लागि पहल लिनुपर्ने दायित्व पनि छ । साना देखी ठुला लगानीकर्ताका समस्या सुन्ने र हल गर्ने दायित्व महासंघसँग छ भने निजी क्षेत्र र सरकार बीच पुलको रुपमा काम गर्ने जिम्मेवारी महासंघले निर्वाह गर्नुपर्ने हुन्छ । त्यसैले महासंघको काम कर्तव्य धेरै छन् । सरकार पछिको ठुलो संजाल भएको राष्ट्रिय शक्ति पनि भएकाले महासंघले राख्ने कुराहरु, उप्काउने सवालहरु ज्यादै ठुलो महत्व बोक्दछ । यस्ता यावत सवाल वा सन्दर्भ छन् । मैले मेरा अघिल्ला लेखहरुमा पनि दर्शाई सकेको छु कि महासंघ भनेको सर्वव्यापी संस्था हो भनेर । गाँस, बास कपास जता ततै महासंघ छ भनेर मैले भन्दै आएको छु । अर्थात हामी माथि धेरैको आशा, भरोसा र देशकै भविस्य जोडिएको छ । यस मानेमा हामीले हाम्रो महासंघलाई वस्तुत चुस्त राख्न सक्नु पर्दछ । ताकि हामीले राम्रो कार्य सम्पादन गर्न सकौ । यसका लागि हामीलाई भिजनरी लिडरशिप अवश्य चाहिन्छ । नेतृत्व चयनका बखत हामी आत्मरतिमा रमायौ भने हामीले पछुताउनुको विकल्प हुँदैन । अल्पकालिन र दिर्घकालिन योजना बनाएर काम गर्न सक्ने भिजन भएको, कुशल नेतृत्व दिनसक्ने, राज्य सन्यन्त्रसँग सहज पहुँच राख्न सक्ने, निजी क्षेत्रलाई धरातल देखी बुझेको, सामाजिक भावना बोकेको, निजी क्षेत्र सहजै घुलमिल हुन सक्ने, कुरा सुन्ने खुवी भएको ओजनदार व्यक्तित्व नै महासंघका लागि उपर्युक्त रहन्छ । र हाल महासंघको निर्वाचन हुन गईरहेकाले यहि नै सहि मौका हो कुशल नेतृत्व छान्ने । क्षणिक स्वार्थ हेरेर निर्णय लिनु भन्दा भविस्यलाई पनि सोच विचार गरेर आफ्नो अमुल्य मत दिनु पर्छ । मतलाई त्यसै खेर फाल्नु हुँदैन । रिस राग राग आवेगमा आएर गलत निर्णय लिन पुग्यौ भने हामी जो कोही पनि अपरिपक्व ठहरिन सक्छौ । त्यसैले नहतारिईकन हामीले निर्णय लिनुपर्छ । महासंघलाई कस्तो नेतृत्व आवश्यक छ भन्नेमा मतदाताहरु सबै जानकार हुन हुन्छ नै । तसर्थ केबल सच्चा हृदयले निर्णय लिनु हुनेछ र बाटो नबिराई अघि बढनु हुनेछ भन्ने आश मैले लिएको छु । र आग्रह पनि गर्न चाहन्छु । हामी सबै राम्रा छौ तर राम्रा मध्ये पनि उत्कृस्ट छनौट गर्न हामी नचुकौ भन्न चाहन्छु ।
हाम्रो समुह र एजेण्डा
मेरो बिषयमा कुरा गर्नु पर्दा मैले चन्द्र ढकाल समुहका वस्तुगत उपाध्यक्ष उम्मेदवार उमेशलाल श्रेष्ठको प्यानलबाट आफ्नो उम्मेदवारी दिएको छु ।मेरो समुहका टोली नेता चन्द्र ढकाल हुनुहुन्छ भने मैले वस्तुगत तर्फबाट उम्मेदवारी दिएकाले उमेशलाल श्रेष्ठले त्यसको नेतृत्व गर्नु भएको छ । उहाँहरु दुवै जना मेरा श्रद्ध्ये नेता हुनुहुन्छ ।मैले हामी इतरका अग्रज नेताहरुलाई पनि सम्मान गर्नुपर्छ ।उहाँहरुका बिषयमा यस बेलामा मैले धेरै नबोल्नु नै वेश होला । किनकी हाम्रा आम व्यवसायी-उद्योगपति साथीहरुले पक्कै पनि सम्पूर्ण उम्मेदवारको बिषयमा खोजी निती गर्नु भएकै छ । महासंघको राजनिती र वस्तुस्थिती बारे पनि पक्कै जानकार हुनुहुन्छ ।
चन्द्र ढकाल समुहको कुरा गर्दा हामी सबै उम्मेदवारहरु सक्षम छौ भन्ने मलाई लागेको छ । मेरो कार्य क्षेत्र वस्तुगत तर्फ भएकाले मेरो चिनजान र भेटघाट बढी जसो वस्तुगत कै साथीहरु सँग छ । मैले वस्तुगत तर्फका उम्मेदवार साथीहरुलाई राम्रोसँग बुझेको छु । मलाई लाग्छ हामी अर्थात चन्द्र ढकाल समुह अन्तर्गत उमेशलाल श्रेष्ठ नेतृत्वको टोली हरकोणबाट सक्षम र निपूर्ण छौ । समावेशीता र अनुभव सबैमा सिद्ध छौ भन्ने दाबी हाम्रो हो । इतर पक्षका साथीहरुको बिषयमा टिका टिप्पणी गर्नु भन्दा पनि तुलनात्मक रुपमा हाम्रो सेट नै उत्कृस्ट छ भन्ने मेरो दाबी छ । चन्द्र ढकाल र उमेशलाल श्रेष्ठ दुवै महासंघको तागत हो । उहाँहरु वेगरको महासंघ खल्लो र अपुरो हुने देख्छु म । रामचन्द्र सांघाई र गुणनिधी तिवारी दुवै जना उस्तै क्षमतावान हुनुहुन्छ । समग्र सदस्य उम्मेदवारहरु महासंघलाई गति दिन सक्षम र टिम स्प्रिटमा काम गर्न सक्ने खालको हुनुहुन्छ ।यस सन्दर्भ मैले मेरो अघिल्लो लेखमा उल्लेख गरिसकेको छु । त्यसैले यस बिषयमा पुन: म गहिराईमा नगई हाम्रो एजेण्डा बारे केही उल्लेख गर्न चाहन्छु ।
हामी अर्थात चन्द्र ढकाल समुह निर्वाचनमा होमिदै गर्दा केही अवधारणाहरु अघि सारिएको छ । निजी क्षेत्रका तमाम समस्यालाई समाधान गर्ने रणनिती र कार्य योजना हामीले बुनेका छौ । महासंघलाई गति प्रदान गरि निजी क्षेत्रका तमाम समस्याको पहिचान र सोको समाधानार्थ हामीले काम गर्नुपर्छ भन्ने हाम्रो कार्य दिशा छ । सोही अनुरुप हाम्रो नारा तय गरेर हामी निर्वाचनमा होमिएका छौ । समृद्धीको आधार -निजी क्षेत्र सरकार साझेदार हाम्रो नारा रहेको छ । यो नारा केबल चुनावी नारा मात्र होईन । हामीले निजी क्षेत्रका समस्यालाई किटान गर्दै समाधानको लागि अघि बढने उदेश्य अनुरुप नै यो नारा अघि सारेका हौ । त्यसैले यस नारालाई हाम्रा सम्पूर्ण मतदाता साथीहरुलाई अर्थपूर्ण ढंगले हेरिदिनु हुनका लागि आग्रह गर्न चाहन्छु ।
मुलुकको समृद्धी नै हाम्रो मुल लक्ष्य हो । र जबसम्म निजी क्षेत्र सबल र सुदृढ हुँदैन तबसम्म समृद्धीको लक्ष्य हासिल हुनै सक्दैन । निजी क्षेत्रलाई सबल बनाउनु भनेकै देशको अर्थतन्त्रलाई सबल बनाउनु हो । कर, रोजगारी, उत्पादन आदीका लागि निजी क्षेत्रको योगदान महत्वपूर्ण हुने गर्दछ । कुल गार्हस्थ उत्पादनलाई बढाउनका लागि निजी क्षेत्रको साथ वेगर सरकार एक्लैले केही पनि गर्नै सक्दैन । यिनै बिषयलाई केन्द्रमा राखेर हामीले समृद्धीको आधारका लागि राज्य र निजी क्षेत्र सँगसंगै मिलेर जानुको विकल्प छैन भनेका हौ । त्यसैले सरकारसँग हातेमालो गर्दै अघि बढने कार्य योजना हाम्रो छ ।
कोभिड पस्चात देशलाई समृद्धी तर्फ अघि बढाउने अवसर र चुनौती हाम्रो सामु छ । यसका लागि निजी क्षेत्रले पनि आफ्नो तर्फबाट सक्षम नेतृत्व दिन सक्नु पर्छ । र अबको निर्वाचनले हामीलाई त्यो अवसर दिदैछ । यसर्थ सक्षम नेतृत्व चुन्ने दायित्वबाट हामी कोही पनि चुक्नु हुँदैन । यसका लागि सरकार र निजी क्षेत्र बीच पुलको रुपमा काम गर्न सक्ने पहुँच भएको नेतृत्वको पहिचान गरि अमुल्य मतको सदुपयोग गर्नु शिवाय अरु विकल्प हामी माझ छैन ।
हामीले तय गरेको नाराले महासंघको भविस्य बोल्छ । र हाम्रो जितका लागि हामीले तय गरेको नारा काफी रहेको हाम्रो बुझाई छ । यसले हाम्रो दुरगामी सोचलाई प्रतिबिम्बित गर्छ । तसर्थ यहाँहरुले हाम्रो समुहका उम्मेदवारहरुलाई आफ्नो अमुल्य मत दिई विजयी गराउनु भएको खण्डमा हामी महासंघमा रहेर धेरै काम गर्नेछौ । त्यो काम यहाँहरुकै म्याण्डेट लिएर हामी सबैका लागि गर्ने हो । अवसर जुराईदिनुस हामीले हाम्रो वचन खेर फाल्ने छैनौ भन्ने प्रण गर्न चाहन्छु /चाहन्छौ ।
(लेखक नेपाल चामल दाल तेल उद्योग संघका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा बस्तुगत तर्फबाट केन्द्रिय सदस्य पदका उम्मेदवार हुन् ।)
नेपालको निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य संघ हो भनेर सायदै भनि रहनु नपर्ला । किनकी, महासंघको संजाल राष्ट्रव्यापी रुपमा फैलिएको छ । र त्यो भन्दा पनि ठुलो कुरा हाम्रो अर्थात महासंघको संजाल नेपाल सरकार पछि सबै भन्दा ठुलो छ ।अर्थात भनौ संजालका हिसाबले, सदस्य संख्या भनौ वा मानव आवद्धताका हिसाबले हाम्रो संगठन दोस्रो स्थानमा छ । त्यसैले हाम्रो संगठन उपस्थितीगत र पहिचानको हिसाबले निकै अगाडी छ । महासंघ साना, मझौला र ठुला व्यवसायी एवम् उद्योगपतिहरु अर्थात निजी लगानीमा व्यापार व्यवसाय गर्ने वा कलकारखाना चलाउनेहरु सबैको साझा संगठन हो । हामी ग्रामीण दुरदराज देखी शहरोन्मुख नगर क्षेत्र र ठुला शहरसम्म फैलिएर रहेका छौ । सामान्य व्यापार गर्ने देखी दैनिक करोडौमा कारोबार गर्ने कारोबारीहरुलाई महासंघले छहारी दिईरहेको छ । निजी क्षेत्रको साझा धारणा महासंघले बोल्छ, बोल्नु पर्छ । राज्यले निजी क्षेत्रको धारणा बुझ्नुपर्यो भने पहिलो गुहार लगाउनु पर्ने भनेकै महासंघलाई नै हो, कुटनितिक नियोग देखी लिएर नियोगहरु, स्वदेशी एवम् विदेशी संघ संस्था वा व्यक्तीले निजी क्षेत्रको अवस्था बुझ्नु पर्दा र हातेमालो गर्नु पर्दा यही महासंघमा ठोक्किनु पर्छ । अर्थात महासंघ सर्वव्यापी पनि छ भन्ने हो । छ पनि त्यस्तै हामी सरकारमा हुन्छौ, सडकमा हुन्छौ, सदनमा हुन्छौ, घर, चौतारा, पाटीपौवा, चिया पसल, फ्याक्ट्री, पसल जताततै हुन्छौ । गास, बास अनि कपास सर्वत्र हामी छौ ।
यस मानेमा निजी क्षेत्र देशको महत्वपूर्ण हिस्सा हो । देशको व्यवस्था र राज्य भित्र लागु हुने निती नियम कानुन आदीको अधिनमा रहने हुँदा सिमितता र असिमितताको दायरामा तल माथि हुन सक्ला तर हामी फेरि पनि कही न कही अवश्य हुन्छौ । दायित्व पनिसँगै जोडिन्छ तर अधिकार पनि छ हाम्रो । तर हामीले हाम्रो दायित्वलाई पुरा गर्दै गर्दा के हामीले हाम्रो अधिकारलाई निर्वाध रुपमा उपयोग गर्न पाएका छौ त ? कदापी छैन । हामी लगाम लगाएको घोडा झै नियमको परिधीमा बसेर आफ्नो पेशा गर्छौ, रात विहान नभनी कुदछौ, कर तिर्छौ, रोजगारी सिर्जना, अर्थतन्त्र चलायमान गराउछौ । अझ ठुलो कुरा आफ्नो भविस्य दाउमा लगाएर ठुलो जोखिम उठाउछौ । हामीले पनि पाक्दै गरेको खाना छाडेर, मध्यरातमा पनि सुतिरहेको बिस्तारा छाडेर, घर परिवारलाई दिनुपर्ने समय काटेर काममा नै तल्लिन हुन्छौ । आखिर त्यो हामीले के का लागि र किन गरिरहेका छौ ? किन गर्दै आएका छौ ? हामीले आँफै स्वयम् पनि बुझ्नु पर्छ र अरु सबैलाई बुझाउन सक्नुपर्छ । हामीले गर्दै आएको पेशाले हामी मात्रै होईन सिंगो मुलुकको विकासमा योगदान पुगेको छ ।
तर पनि हामी किन राज्यबाट उपेक्षामा छौ, यसको समिक्षा गर्न आवश्यक छ । हामीसँग अपवाद वाहेक सबै चिज छ- बल, बुद्धी, विवेक, स्रोत छ, साधन छ हर चिज छ तर पनि हामी कुईराको काग झै बन्नु परेको छ । हामी बादल भित्रै हराई रहेका छौ । हामीले यसो भनि रहँदा हामी कहाँ नेर चुकिरहेका छौ त, हामीले त्यो बुझ्न, पहिचान गर्न जरुरी छ । मेरो ब्रम्ह, विचारले हामीले सत्ता र सदनमा जानेहरुलाई निजी क्षेत्रको महत्व नै बुझाउन सकेनौ, हामीले उनीहरुसँग हाक्काहाक्की कुरा राख्नै सकेनौ, निजी क्षेत्रको महत्वबोध गराउनमा चुकिरहयौ । हो कुरा त पुर्यायौ होला तर पनि हाम्रो कुरालाई जायज मान्न सक्ने वातावरण तयार पार्नै सकेनौ ।यसो हुनुको पछाडी पक्कै पनि हाम्रा कमी कमजोरीहरु छन् । यस मानेमा विगतलाई केलाउदै समिक्षा गर्नुपर्छ भन्ने मलाई लाग्छ ।र निजी क्षेत्रलाई सहि गति दिन सक्ने करिज्मा बोकेको लिडर छनौट गर्न तर्फ हामी केन्द्रित हुनु पर्छ भन्ने मान्यता मेरो छ । म मेरा अग्रजलाई सम्मान गर्छु, उहाँहरु अनुभवका खानि हुनुहुन्छ, यद्यपी विगतका कमी कमजोरीको समिक्षाले महासंघलाई अघि बढन ठुलो मद्धत मिल्ने मेरो विश्वास छ ।
मैले देख्दा मुल नेतृत्वमा बस्नेहरुमा लिडरशिपको अभाव देखिनु हुँदैन । नेपालको निजी क्षेत्रका मुद्धाको सुनुवाइ हुने वातावरण तयार पार्ने दायित्व पनि हाम्रै हो । साना तिना एजेण्डामा रुमल्लिने र आफ्ना व्यक्तिगत स्वार्थका लागि महासंघलाई भर्याङ बनाउने प्रब्रित्तीबाट हामीहरु टाढै बस्नुपर्छ । विगतमा जे भए भए, अब भने हामीले महासंघलाई नयाँ शिराबाट अगाडी बढाउनै पर्छ । दुरगामी सोच बोकेर सार्थक पाईला चाल्न अब कम्मर कसेर लाग्नु पर्छ । कोभिडबाट सिर्जित बिषमता माझ धेरै साथीहरु आहतमा हुनुहुन्छ । उहाँहरुको पिडा, रोदन आदीलाई राज्य स्तरबाट सम्बोधन गर्नलाई महासंघले नेतृत्व लिनुपर्छ । यो दायित्वबाट महासंघ विमुख हुनु हुँदैन । हामीले निजी क्षेत्रका तमाम समस्याहरुलाई हल गर्ने गरि आफु सक्य प्रयास जारी राख्नु पर्छ । यसका लागि आफ्नो व्यवसायलाई भन्दा पनि महासंघलाई माया गर्ने, संगठन भित्र लोकप्रिय र राज्यस्तरमा नीति निर्माताहरुसँग सहजै पहुँच राख्न सक्ने नेतृत्व हामीलाई चाहिन्छ । हाम्रा साझा मुद्धालाई बोकेर हिडने र अहोरात्र खटिने निर्भिक नेतृत्व नै हाम्रो आजको आवश्यकता हो । भोलीको लागि पनि हामीले सोच्नुपर्छ ।
महासंघलाई दिशाबोध गर्न सक्ने करिज्मा बोकेका व्यक्ति बिशेषलाई पहिचान गरि स्व विवेकले अमुल्य मत जायर गर्ने अवसरबाट हामी चुक्नु हुँदैन । यो हाम्रो साझा धारणा बन्नुपर्छ भन्ने मेरो भनाई छ । आसन्न निर्वाचन र नेतृत्व चयन हाल नेपाल उद्योग वाणिज्य महासंघ निर्वाचनको संघारमा छ । यही बेला हो सहि व्यक्तीहरु चुन्ने । त्यसैले हामीले सोच विचार गरेर नेता छनौट गर्नुपर्छ । निर्वाचनका लागि हाल दुई समुहरु सतहमा छन् । दुवै समुहका उम्मेदवार प्रति मेरो सम्मान छ । सबै जना सक्षम हुनुहुन्छ । निजी क्षेत्रलाई बुझेको हुनुहुन्छ । तर पनि सरसर्ती हेर्दा निजी क्षेत्रका समस्यालाई समाधान गर्दै अघि बढन सक्ने ल्याकत चन्द्र ढकालमा छ भन्ने मेरो मान्यता छ । उहाँले सानो व्यवसाय देखी शुरु गरेर ठुलो व्यवसाय खडा गर्न जुन सफलता हासिल गर्नु भयो त्यो उदाहरणिय र प्रेरणादायी छ । उहाँको बानी व्यवहार उस्तै शालिन र भद्र छ । उहाँलाई उद्योगी व्यापारी सबैले मन पराउँछन् । जनस्तरमा पनि राम्रो छवी छ । सरकारसम्म सहज पहुँच राख्न सक्ने व्यक्तित्व पनि छ । अनुभव छ, भिजन पनि राम्रो छ । राम्रा एजेण्डा अघि सार्दै आउनु भएको छ ।
अरु धेरै गुण उहाँमा छ । लाग्छ पक्कै उहाँले महासंघलाई गति दिनुहुनेछ । यता उपाध्यक्ष तर्फका उम्मेदवारहरु उस्तै उम्दा हुनुहुन्छ । उमेशलाल श्रेष्ठ, गुणनिधी तिवारी र रामचन्द्र साँघाईमा वेजोडको इच्छा शक्ती र संगठन भित्र टिम स्प्रिटमा काम गर्न सक्ने खुवी म देख्छु । मैले वस्तुगत तर्फबाट उम्मेदवारी दिएकाले उमेशलाल श्रेष्ठको बारेमा केही उल्लेख गर्न मनाशिव हुने ठानेको छु । पहिलो कुरा त उहाँको पहुँच निकै माथिसम्म छ । महासंघमा उहाँ जादा उहाँको राजनितिक पहुँचले विगतमा पनि काम गरेको अनुभव हामीसँग छ । बग्रेल्ती घटना छन् त्यस्ता । उल्लेख गरेर साध्य छैन । चाहे स्वदेशी डेरी उद्यो गलाई संरक्षण गर्ने कार्य होस् वा निर्यातका सवाल वा गएको मौद्रिक नितीमा निजी क्षेत्रका समस्यालाई सम्बोधन गर्न लगाउने कुरा उहाँको साथ महासंघले सधैं पाउदै आएको छ । उहाँ निर्भिक, स्वतन्त्र, अटल र हक्की स्वभावका हुनुहुन्छ । कसै प्रति आग्रह पुर्वाग्रह नगर्ने उहाँको बानी छ । शायद राजनितीमा त्यही भएर पनि नजानु भएको होला । महान नेता स्व. पुष्पलाल एवम् अग्रज नेतृ स्व. सहाना प्रधानका सुपुत्र भएता पनि उहाँमा कत्ति घमण्ड छैन ।
कुर्सी मोह छैन । उहाँले आफ्नै बलबुताले कम्पनी खडा गरि सानो उद्योगलाई ठुलो बनाउन मै मेहनत गर्नुभयो ।उहाँ भावी अध्यक्ष बन्ने हैसियत र क्षमता राख्नु हुन्छ । अन्य धेरै गुण उहाँमा छ । उहाँ महासंघको तागत हो । त्यसैले उहाँ निर्वाचित हुनुपर्छ भन्ने मान्यता शायद हामी धेरैमा छ । अर्को तर्फ यस समुह समावेशी किसिमको छ । क्षेत्र, जाती, व्यवसायको प्रकृती आदी हिसाबले राम्रो कम्बिनेशन छ । उम्मेदवारहरु अनुभवी हुनुहुन्छ । म जस्ता हामी केही नयाँ अनुहारमा महासंघलाई सहि दिशा दिने प्रबल सोच छ । जोस छ, जाँगर छ । मलाई लाग्छ हामी समुहगत रुपमा निपूर्ण छौ । अनि महासंघ हाँक्न उस्तै सक्षम छौ ।तसर्थ हाम्रो समुहको विकल्प छैन झै लाग्छ । साथीहरुले पक्कै पनि उचित मुल्यांकन गर्दै अमुल्य मत दिएर नेतृत्व चयन गर्नुहुनेछ भन्ने अपेक्षा लिएको छु । (लेखक नेपाल चामल दाल तेल उद्योग संघका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा बस्तुगत तर्फबाट केन्द्रिय सदस्य पदका उम्मेदवार हुन् ।)
ड्रग्सको मुद्दामा गिरफ्तारमा परेकी भारतकी चर्चित कमेडियन भारती सिंह र उनका पति हर्ष लिंबाचियालाई डिसेम्बर ४ सम्म न्यायिक हिरासतमा राख्न अदालतले आदेश दिएको छ । नारकोटिक ड्रग्स एन्ड साइकोट्रापिक सब्सटेंसेज अदालतले यस्तो आदेश दिएको हो ।
भारतीलाई कल्याण जेल र हर्षलाई तलोजा जेलमा राखिएको छ । दुबै जनाले जमानतका लागि निवेदन दिएका छन् । यसको सुनुवाई आज हुँदैछ । एनसीबीले १८ घन्टा सोधपुछ गरेपछि आइतबार हर्षलाई गिरफ्तार गरेको थियो ।
यस्तै, शनिबार साढे ३ घन्टा सोधपुछ गरेपछि एनसीबीले भारतीलाई गिरफ्तार गरेको थियो । शनिबार एनसीबीले भारतीको अफिसमा छापा मार्दा ८६।५ ग्राम गाँजा बरामद गरेको थियो । उनले, पति हर्षको साथमा गाँजा लिने गरेको स्विकार गरेकी छिन् ।
बलिउड नायक अक्षय कुमारले एक युटुबरमाथि ५ सय करोड रुपैयाँको मानहानीको केस दर्ता गराएका छन् । राशिद सिद्दिकी नाम गरेका युटुबरमाथि अक्षयले नायक सुशान्त सिंह राजपुतको निधनपछि झुटो भिडियो बनाएको आरोप लगाउँदै केस दर्ता गराएका हुन् । भिडियोमा राशिदले सुशान्तको निधनपछि उनकी प्रेमिका रिया चक्रवर्तीलाई क्यानडा भाग्नका लागि अक्षयले सहयोग गरेको आरोप लगाएका छन् ।
उनले भिडियोमा सुशान्तको निधनपछि अक्षयले महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरे र उनका छोरा आदित्यसँग गोप्य रुपमा भेटघाट गरेको समेत आरोप लगाएका छन् । सिद्दिकीले आफ्नो युटुब च्यानलमा चलचित्र ‘एमएस धोनीः दि अनटोल्ड स्टोरी’ सुशान्तको हातमा गएपछि अक्षय खुशी नभएको पनि आरोप लगाएका छन् । भारतीय मिडियाका अनुसार, सुशान्तको निधनपछि उनको बिषयमा भिडियोहरु तयार पारेर ४ महिनामा राशिदले १५ लाख भन्दा बढी कमाएका छन् ।
२५ बर्षका राशिद बिहारमा बसेर एफएफ न्यूज नामबाट युटुब च्यानल संचालन गरिरहेका छन् । अदालतले सिद्दिकीको अग्रिम जमानत दिएर प्रहरीलाई यो मुद्दाको छानबिनमा सहयोग गर्न आदेश दिएको छ ।
नेपाल–भारत सीमास्थल जौबारीमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ । इलामको सन्दकपुर गाउँपालिका–५ स्थित जौबारीमा स्थापित बिओपी प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की र प्रदेशका कृषिराज्यमन्त्री राम रानाले संयुक्तरूपमा उद्घाटन गरेका हुन् ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ गण इलामअन्तर्गत स्थापना भएको सो बिओपी सीमा सुरक्षा, सीमा क्षेत्रमा हुने चोरीपैठारी निकासी नियन्त्रण, सीमा अपराध नियन्त्रणलगायतका विविध कामकारवाहीमा परिचालित हुने सशस्त्र प्रहरी बल इलामका प्रहरी उपरीक्षक सुधीरजङ्ग थापाले जानकारी दिए । इलाम सदरमुकामदेखि करिब ३९ किलोमिटरको दूरीमा नेपाल–भारत सीमा नाकाभन्दा करिब एक किलोमिटर वर स्थापना गरिएको उक्त बिओपीले सोमबारदेखि नै दैनिककार्य सञ्चालन गरेको छ ।
नेपाल सरकारको नीतिअनुरूप सिमानालाई अझ मजबुद बनाउन तथा सीमा अपराध नियन्त्रण र रोकथाम गर्नका लागि सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट थप गर्दै लगिएको हो । इलामको सलकपुर, छब्बीसे, समालबुङ, कालपोखरीलगायतका स्थानमा यसअघि नै बिओपी स्थापना भइसकेको छ ।
बिओपी उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली जौबारी आउने कार्यक्रम तय भएको थियो तर प्रतिकूल मौसमका कारण जहाज अवतरण गराउन नसक्दा समस्या भएको थियो । प्रधानमन्त्री ओली सवार जहाज इलाममा अवतरण गर्न नसकेपछि विराटनगरमा अवतरण गराइएको थियो ।
काठमाण्डौ - नेपाली गीत संगीत क्षेत्रमा यस साता का उत्कृष्ट १०० मा परेका गीतहरुको यस प्रकार रहेका छन् । मिति २०७७ मंसीर ८ (२३ नोभेम्वर) गते देखी मंसीर १४ (२९ नोभेम्वर) सम्मको तालिका ।
|
हालको श्रेणी |
गीतको नाम |
कलाकारको नाम |
गत साता श्रेणी |
Song’s Video |
|
१. |
शालि मन पर्यो |
कालिप्रशाद बासकोटा |
९ |
|
|
२. |
कुटुमा कुट |
राजन राज शिवाकोटी |
१४. |
https://www.youtube.com/watch?v=VwIWfvW3SD8&list=PLD7wW5VULQmgmlds7rBqfzDxLsfkIDAyS |
|
३. |
पुर्व पश्चिम रेल |
अञ्जु पन्त |
७. |
|
|
४. |
भिर्नी झोलामा
|
सरस्वती लामिछाने |
३. |
|
|
५. |
ढल्के बरका |
राम जी खाँड |
६. |
|
|
६. |
लाउछ माया |
कुलेन्द्र वि.क |
५. |
|
|
७. |
भंगेरी चरी |
तेजश रेग्मि |
३. |
|
|
८. |
देखन चम्पा |
कृष्ण काफ्ले |
१५ |
|
|
९. |
माया विरानी |
महेश काफ्ले |
१. |
|
|
१०. |
लालुमै |
सन्दिप न्यौपाने |
२९. |
|
|
११. |
परान |
आशिष अविरल |
१२. |
|
|
१२ं |
ओए काजल |
चक्र बम |
११. |
|
|
१३. |
पिपलु बर |
समिक्षा अधिकारी |
१०. |
|
|
१४. |
मञ्जरी |
कमला घिमिरे |
२ |
|
|
१५. |
फुल फुल्दै जाउ |
मुना थापा |
३२. |
|
|
१६ . |
लुरुक्क |
विष्णु माझी ,आकाश महत |
२४. |
|
|
१७ं |
झुम्का झलक्क |
सानी विश्वकर्मा |
१९. |
|
|
१८. |
घांसै काटौं |
सम्झना भण्डारी |
२२. |
|
|
१९. |
गाजलैको धर्को |
शुसिल सन्दास |
१७. |
|
|
२०. |
माया मारेर |
नरेश खाती |
२०. |
|
|
२१. |
निर्माया |
अञ्जु पन्त |
२१. |
|
|
२२. |
टलटल टल्कने |
देवी घर्ती |
१८. |
|
|
२३. |
जाली रुमाल |
मेलिना राई |
३०. |
|
|
२४. |
रातो रिवन कालो कपालैमा |
अर्जुन पोख्रेल |
१६ . |
|
|
२५. |
तल्लो जातैको |
गणेश अधिकारी |
२५. |
|
|
२६. |
चरी बनैमा |
मौसम गुरुङ |
२७. |
|
|
२७. |
हातमा घडी |
रविन लामिछाने |
३८. |
|
|
२८. |
नैना रेशम |
शुरे खड्का |
२६. |
|
|
२९. |
मार्यो मायाले |
कमला विसी |
१३. |
|
|
३०. |
चट्ट रुमाल |
शान्ति श्री परियार |
३१. |
|
|
३१. |
छुर्पि चौरी गाइको |
दामोदर भण्डारी, तलशी घर्ती |
२३. |
|
|
३२. |
पापी मायाले |
प्रमोद खरेल |
८. |
|
|
३३. |
जाउला रेलैमा |
सिम्पल खरेल |
४२. |
|
|
३४. |
आँशु झारेको |
सितल गुरुङ |
३९. |
|
|
३५. |
शंकालु |
पुष्कल शर्मा |
३५. |
|
|
३६. |
मिनरल वाटर |
एलिना चौहान |
३६. |
|
|
३७. |
पिरती नलाम |
अर्जुन सापकोटा |
४० |
|
|
३८. |
नगर हल्ला |
खेम सेन्चुरी |
२८. |
|
|
३९. |
एक्लो जिवन |
रुपेश डोटेल |
३४. |
|
|
४० |
हाम्रो साझा हिमाल |
पुर्ण राई |
३७. |
|
|
४१. |
चुरी फुरी |
प्रिती आले |
४१. |
|
|
४२. |
जिन्दगी डामाडोल भयो |
खुमन अधिकारी |
३३. |
|
|
४३. |
मलाई नाला पानी |
अश्विन घिमिरे |
५०. |
|
|
४४. |
माया गरौं |
आनन्द कार्की |
४४. |
|
|
४५. |
गंगा र जमुना |
नमोज थापा |
६३. |
|
|
४६. |
गुरांसको रातो रंग |
जगदिश समाल |
४६. |
|
|
४७ |
नेपाली हौं |
लाक्पा शेर्पा |
४९. |
|
|
४८. |
गलबन्दीको फुर्को |
अमृत सापकोटा |
४८. |
|
|
४९. |
ज्यान दिन राजी |
सुधिर श्रेष्ठ |
४५ |
|
|
५०. |
आउ माया साथैमा |
प्रताप दास |
४३. |
|
|
५१. |
माया गर्छु |
विन्दु परियाल |
५४. |
|
|
५२. |
को संग बोलु |
रचना रिकाल |
५२. |
|
|
५३. |
छेन मलाई पिर |
सञ्जिव पराजुली |
६५. |
|
|
५४. |
ए झरी |
रोशन सिंह |
५१. |
|
|
५५. |
मन पराउने |
प्रमोद खरेल |
६०. |
|
|
५६. |
कहिले माया देखायौं |
सम्राट चौलागाई |
५७. |
|
|
५७. |
मुना |
राज खुम्बु |
५६. |
|
|
५८. |
बटौली |
मनिष ढकाल |
५८. |
|
|
५९. |
माया हुन्छ |
हेमन्त शिशिर |
६१. |
|
|
६०. |
तिम्रो मेरो घर |
श्री कृष्ण बम मल्ल |
५५. |
|
|
६१. |
मेरो परान |
एलिना चौहान |
५९. |
|
|
६२. |
डिनिटल फोटो |
सुनिल कटुवाल |
६२. |
|
|
६३. |
कोईली कराउने |
मेन’का राई, ख’मन अधिकारी |
.४७ |
|
|
६४. |
ढाका टोपी |
अञ्जु पन्त |
६४. |
|
|
६५. |
आउ प्रिय |
द्रोण पराजुली |
५३. |
|
|
६६. |
तिमिलाई मुटु भित्र |
प्रविशा अधिकारी |
७३. |
|
|
६७. |
बादल पारी |
जितेन वान्तवा |
७२. |
|
|
६८. |
पुर्वको वादल उड्यो |
भानु थापा |
६८. |
|
|
६९. |
मन मेरो केवल |
सरोज कोइराला |
७१. |
|
|
७०. |
हलचल जिन्दगीमा |
यम बराल |
७०. |
|
|
७१. |
धोको फेरम्ला |
रामचन्द्र चन्द |
६९. |
|
|
७२ं |
निष्ठुरी मन |
कृष्ण राज भण्डारी |
६७. |
|
|
७३ं |
पियर नशा |
रवि ओड |
७९. |
|
|
७४ं |
मैले बुझ्न सकेको भए |
अनुपमा प्रधान |
८३. |
|
|
७५. |
तिम्रो आँखामा |
वानिका प्रधान |
७५. |
|
|
७६. |
यो जंघार नाघेर |
काव्या आचार्य |
७६. |
|
|
७७ं |
जितेर पनि हारमा छु |
शुरेस बाग्ले |
७८. |
|
|
७८ं |
ठ्याक्कै भेटम्ला |
कन्हैया सिंह |
७७. |
|
|
७९. |
दिल बेच्ने बजार |
इश्वरी कार्की |
६६. |
|
|
८०. |
तिन पाते |
स’जन चापागाई |
८०. |
|
|
८१. |
मान्छे चिन्ने हो |
शुरेश शाही |
८१. |
|
|
८२. |
सक्दैन हाँस्न |
जुनु गौतम |
८२. |
|
|
८३. |
बबाल |
अजर्’न पौडेल |
९९. |
|
|
८४. |
क्या हो त कानछी |
सागर अधिकारी |
८४. |
|
|
८५. |
च्याङ्वाले मन |
सुम्निमा लो तामाङ् |
८५. |
|
|
८६ |
पिरतीको ताल |
पुष्कर सुनुवार |
१००. |
|
|
८७. |
ए मेरी पुजा |
कौशल राज खड्का |
८७. |
|
|
८८. |
टालाटुली वाटुली |
राजेन्द्र बुढाथोकी |
९६. |
|
|
८९. |
मायाको मिटर |
लक्ष्मी सिर्माली |
८९. |
|
|
९०. |
मेरो जवानी |
सरिता भारती |
९८. |
|
|
९१. |
सोल्टिनी |
अपेक्षा गिरी |
९७. |
|
|
९२. |
खुल्लम खुल्ला |
अभिनास ठकुरी |
९२. |
|
|
९३. |
लाउछ माया |
कुलेन्द्र वि.क |
९४. |
|
|
९४. |
सुनरी मै |
प्रमोद खरेल |
९५. |
|
|
९५. |
चिसो मैना पुसैको |
मोहन खड्का |
९३. |
|
|
९६. |
मायाले मलाई बोलायो |
स्मीता दाहाल |
८८. |
|
|
९७. |
दर्शन नमस्ते |
राजेश पायल राई |
९१. |
|
|
९८. |
नजरले |
क’लेन्द्र विश्वकर्मा |
९०. |
|
|
९९. |
देवी धर्ती |
बदला बरीलै |
७४ |
|
|
१००. |
मञ्जरी |
देवी घर्ती, प्रकाश सपुत |
८६ |
|