generalnews
||Power News Asia||

आजको समाचार

पश्चिमा देशहरु इस्लाम, पैगम्बर र मुसलमानबीचको सम्बन्धलाई बुझ्न सक्दैनन् ः पाकिस्तानी प्रधानमन्त्री

समाचार


काठमाडौं -  फ्रान्स र मुस्लिम देशबीच तनाव जारी रहेको बेला पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पश्चिमी देशहरुले इस्लाम, मुसलमान र पैगम्बर मोहम्मदलाई बुझ्न नसकेको टिप्पणी गरेका छन् । अभिव्यक्ति स्वतन्त्रताको नाममा अरुको भावनामा चोट पुर्याउन नहुनेमा उनले जोड दिए ।

इस्लामावादमा शुक्रबार आयोजित एक कार्यक्रममा खानले भने, ‘इस्लामलाई मान्नेहरुमा पैगम्बर मोहम्मदप्रति जुन भावना छ, त्यसको बारेमा पश्चिमी देशहरुलाई कुनै जानकारी छैन । पश्चिमा देशहरु इस्लाम, पैगम्बर र मुसलमानबीचको सम्बन्धलाई बुझ्न सक्दैनन् । उनीहरुसँग ती किताब छैनन्, जो हामीसँग छन् । त्यसैले उनीहरुले बुझ्न सक्दैनन् ।’

यो बुझाउन मुसलमान बहुल देशका नेताहरुले नसकेको उनको भनाइ छ । उनले मुलसमान बहुल देशका नेताहरुले इस्लामको विरोध ९इस्लामोफोबिया०को मुद्दामा चर्चा गर्नुपर्नेमा जोड दिए ।

आवश्यक परे आफूले पनि यो विषयलाई अन्तर्राष्ट्रिय स्तरमा उठाउने बताउँदै प्रधानमन्त्री खानले भने, ‘मैले इस्लामिक देशका समूहका सबैसँग भनेको छु पश्चिममा इस्लामोफोबिया बढिरहेको छ र यसको समस्या समाधानका लागि सबै मुसलमान देशहरु एकजुट भएर बहस छेड्नुपर्ने आवश्यक छ ।’

कुनै देशमा अल्पसंख्यक रुपमा रहेका मुसलमानहरु इस्लामोफोबियाका कारण सबैभन्दा बढी प्रभावित हुने प्रधानमन्त्री खानको भनाइ छ ।

मुसलमानहरु अभिव्यक्ति स्वतन्त्रताको विरुद्ध छन् र संकिर्ण मानसिकताका छन् भनेर पश्चिमा देशहरुले मुसलमानहरुविरुद्ध अभियान चलाएको खानको भनाइ छ । उनले भने, ‘इस्लामको विरोधमा एउटा सानो तप्का छ, जसले गलत नजरले देखाउन चाहन्छ । हामीले सबैलाई भन्नुपर्छ कि यसले मुसलमानहरुलाई दुःख दिनेवाला छ ।’ उनले शार्ली एब्दो जस्ता घटनाको पछाडि पनि यस्तै तप्काका केही मानिसहरु रहेको बताए ।

प्रधानमन्त्री खानले पाकिस्तानमा कक्षा ९ देखि १२ सम्म विद्यालयको पाठ्यक्रममा इस्लामका पैगम्बर मोहम्मदको बारेमा जानकारी समेट्नुपर्ने कानुन ल्याउने बताए । यसो गरेमा विद्यार्थीहरुलाई इस्लामको बारेमा जानकारी मिल्ने उनले बताए ।

सो कार्यक्रममा सहभागी पाकिस्तान प्रशासित कश्मिरका प्रधानमन्त्री रजा फारुक हैदर पनि सहभागी थिए । उनले प्रदेशमा सबै प्रकारका फ्रान्सेली उत्पादनहरु बहिस्कार गर्न अपिल गरे ।

- एजेन्सीको सहयोमा

एक्लै बैठक बस्नु पर्ने नियतिले कहाँ सुशासन देला ?

समाचार


काठमाडौं - राष्ट्रिय समावेशी, महिला र मधेशी आयोगका पदाधिकारीले आयोगले पूर्णता नपाउँदै पुनरावलोकनको प्रश्न नउठाउन संसद् र  सरकारलाई सुझाव दिएका छन् । सरकारले आयोगलाई पूर्णता नदिएको तथा संसद्बाट  कानून निर्माणमा ढिलाइ हुँदा काम गर्न अप्ठेरो परेका बेला क्षमतामा प्रश्न उठाएर पुनरावलोकनको कुरा नगर्न पदाधिकारीले संसद् र  सरकारको गम्भीर ध्यानाकषर्ण गराएका हुन् ।  

राष्ट्रिय महिला आयोग र  राष्ट्रिय समावेशी आयोगका साथै दलित, मधेशी, थारु, मुस्लिम आयोग सङ्घीय संसदले संविधान जारी भएको मितिले १० वर्षपछि पुनरावलोकन गर्ने संवैधानिक व्यवस्था छ । राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिमा राष्ट्रिय समावेशी आयोगका कार्यवाहक अध्यक्ष विष्णु ओझाले भने, “पदाधिकारी नभएर एक्लै मिटिङ बस्नुपरेको छ, आफैँ मिटिङ बोलाउने, प्रस्ताव गर्ने, स्वीकृत गर्ने र लागू गर्ने परिस्थितिले कहाँ सुशासन देला रु”


अध्यक्षको नियुक्ति गरेको डेढ वर्ष बितिसके पनि सदस्यको मनोनयन नहुँदा त्यस्ता आयोगका काम  प्रभावकारी हुन सकेका छैनन् । कानूनमा बलियो व्यवस्था भए पनि पदाधिकारी नियुक्ति र बजेट विनियोजनले व्यवहारमा बेवास्ता गरिएको आभाष भएको आयोग पदाधिकारीको गुनासो छ ।

राष्ट्रिय महिला आयोग त लामो समयदेखि पदाधिकारीविहिन नै छ भने अरु आयोगमा अध्यक्ष भए पनि सदस्यको नियुक्ति नहुँदा कार्यसम्पादनको विषयलाई लिएर विभिन्न कोणबाट आयोगकै औचित्यमाथि प्रश्न उठाइएको छ । कार्यवाहक अध्यक्ष ओझा भन्छन्, “कानून निर्माण गर्न नसकेर काम गर्न सकिएको छैन, सांसद भने कानून निर्माण गर्ने मुख्य काम छोडेर विकास निर्माणका लागि कुदेको देखिन्छ, यो सुहाँउदो कुुरा भएन, सबैले आफनो मुख्य जिम्मेवारीलाई नै प्राथमिकतामा राखेर काम गर्नु पर्यो ।”

ती आयोगले तत् समुदायलाई लक्षित गरी जागरण, सचेतना र रूपान्तरणका कार्यक्रम सञ्चालन र प्राप्त उजुरीलाई कसैको दवाब र प्रभावमा नपरी तदारुताकासाथ फरफारक गरिरहेको जानकारी दिइयो । भौतिक पूर्वाधार र बजेटको अभावका कारण कतिपय आयोगका पदाधिकारी नियुक्ति गरिएमा पनि बस्ने कोठा नभएको जानकारी दिइयो ।

मधेशी आयोगका अध्यक्ष डा विजयकुमार दत्तले भने, “आयोगमा तत्कालै चार सदस्य नियुक्त भयो भने उनीहरुलाई बस्ने ठाउँ नै छैन, कार्यक्रम गर्न रु पाँच लाख दिइएको छ, त्यो पैसाले मधेशी समुदायको समस्या कसरी सम्बोधन हुन्छ रु”

आयोगका गतिविधिलाई प्रभावकारी तुल्याउने विषयमा सम्बन्धित मन्त्रालयबाट राम्रो सहयोग र समन्वय नपाएको बताउँदै उहाँले डेढ वर्षको अवधिमा १८ जना सचिव फेरिेन्छन् भने कसरी स्थायित्वको कल्पना गर्न सकिन्छ भनी प्रश्न गरे ।

राष्ट्रिय महिला आयोगका सचिव शान्ता अधिकारीले पदाधिकारी अभावमा आयोगबाट हाल सामान्य विज्ञप्तिसमेत जारी गर्न नसकिएको जनाउँदै यो अवस्थाले निरन्तता पाएमा दाताको सहयोगमा सञ्चालन हुँदै आएका हेल्पलाइनलगायतका कार्यक्रम रोकिन सक्ने जानकारी गराए ।

यसअघि बैठकमा सांसद खीमलाल भट्टराईले सुझाव, दवाव र जागरणको भूमिकामा रहेका आयोगले छिटो पूर्णता प्राप्त गरेपछि मात्र गरिएका प्रयास र पहिचान भएका समस्या कार्यान्वयन हुन सक्ने बताए । धेरै संवेदनशील क्षेत्रको समस्या र मुद्दा पहिचान गर्न गठन भएका आयोगले समयमै पूर्णता नपाउँदा अहिलेसम्म ठोसरूपमा केही गर्न नसकेको जस्तो देखिएको बताउदै उहाँले कोभिड–१९ ले निम्त्याएको लकडाउनपछि महिलामाथि घरेलु हिंसाका घटना बढेकाले यसलाई रोक्न यो बेला आयोगको अझ प्रभावकारी भूमिका आवश्यक रहेको उल्लेख गरे ।

समितिका सभापति दिलकुमारी रावलले संविधानको मर्म र भावनाअनुसार आयोग गठन गर्नु उपलब्धि भए पनि साधन स्रोतसहित आयोगलाई पूर्णता दिनु आजको अपरिहार्य भएकाले यसतर्फ गम्भीर हुन सरकारलाई सुझाव दिए ।

आईपीएल : हैदरावादले दिल्लीलाई १५ रनले हरायो

समाचार


काठमाडौं - सनराइजर्स हैदरावादले आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सलाई १५ रनले हराउँदै जितको खाता खोलेको छ । हैदरावादले दिल्लीको सामु जितका लागि १६३ रनको लक्ष्य दिएको थियो । जवाफमा दिल्लीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४७ रन मात्रै बनाउन सक्यो ।

राशिद खानले १४ रन खर्चेर ३ विकेट र भुवनेश्वर कुमारले २५ रन खर्चेर २ विकेट लिए । अन्तिम ओभरमा दिल्लीलाई जितका लागि २८ रन आवश्यक परेको थियो तर महत्वपूर्ण यो ओभरमा १२ रन मात्रै जोड्न सक्यो । दिल्लीको शुरुआत राम्रो थिएन । भुवनेश्वर कुमारले पहिलो ओभरमै ओपनर पृथ्वी शालाई आउट गरे । उनले केवल २ रन मात्र बनाउन सके ।

तेस्रो नम्बरमा ब्याटिङमा आएका कप्तान श्रेयस अय्यरले शिखर धवनका साथ दोस्रो विकेटका लागि ४० रन बटुले । रन बटुल्न संघर्ष गर्दागर्दै उनी आठौं ओभरमा आउट भए । उनलाई राशिद खानले पेभेलियनको बाटो देखाए । अय्यरले २१ बलमा दुई चौकाको मद्दतमा केबल १७ रन बनाए ।

१० ओभरमा दिल्लीले जम्मा ५४ रन बनाउन सकेको थियो । १२ औं ओभरमा राशिद खानले नै शिखर धवनलाई पनि पेभेलियन फर्काए । उनले ३१ बलमा चार चौकाको मद्दतमा ३४ रन बनाए । अप्ठ्यारोमा देखिएको दिल्लीको टिमलाई ऋषभ पन्तले सम्हाले । १३ औं ओभरमा उनले अभिषेक शर्माको बलमा दुई छक्का प्रहार गरे । शर्मालाई शिमरान हेटमायरले साथ दिएका थिए । उनले पनि १५ औं ओभरमा खलिल अहमदको बलमा लगातार दुई छक्का प्रहार गरे । यसका साथ दिल्लीले एक सय रन पूरा गर्यो ।

१५ औं ओभरमा दिल्लीको स्कोर ३ विकेटको क्षतिमा १०४ रन थियो । अन्तिम ५ ओभरमा जितकालागि ५९ रन आवश्यक थियो । १६ औं ओभरको पहिलो बलमा हेटमायरलाई भुवनेश्वर कुमारले आउट गरे । हेटमायरले १२ बलमा २१ रन जोडे ।

हेटमायर आउट भएपछि क्रिजमा आएका मार्कस स्टोइनिसले चौकाको साथमा रनको खाता खोले । १७ औं ओभरमा राशिद खानले ऋषभ पन्तलाई आउट गरे । पन्तले २७ बलमा दुई छक्का र दुई चौकाको मद्दतमा ३२ रन बटुले । राशिद खानले यस ओभरमा केबल ५ रन बनाए । अब दिल्लीलाई अन्तिम तीन ओभरमा ४४ रन आवश्यक थियो । १८ औं ओभरमा बलर टी नटराजन थिए । ओभरको पहिलो पाँच बलमा केबल सात रन खर्चिएका नटराजनले अन्तिम बलमा स्टोइनिसलाई आउट गरे । स्टोइनिसले केबल ११ रन बनाउन सके ।

अन्तिम दुई ओभरमा दिल्लीलाई अब ३७ रन आवश्यक थियो तर नौ रन मात्र बटुल्न सक्यो । अब अन्तिम ओभरमा जितका लागि २८ रन आवश्यक पर्यो । खलिल अहमदले तेस्रो बलमा अक्षर पटेललाई आउट गरिदिए । पटेलले केबल ५ रन बनाउन सके । दिल्लीले यस ओभरमा केबल १२ रन थप्यो र स्कोर १४७ रनसम्म मात्र पुग्यो ।

यसअघि टस हारेर ब्याटिङ थालेको हैदरावादले निर्धारित २० ओभरमा १६२ रनको योगफल तयार पारेको थियो । हैदरावादका कप्तान डेभिड वार्नर र जोनी बेयरस्टोले सुरुमा सम्हालिएर खेले । पहिलो पाँच ओभरमा केबल २४ रन बन्यो । बेयरस्टोले अमित मिश्राको बलमा छक्का प्रहार गरे । छैटौं ओभरमा एनरिज नोर्जेको बलमा एक छक्का र एक चौका प्रहार गरेर वार्नरले रन बटुल्ने संकेत गरे । यस ओभरमा हैदरावादको स्कोर ५० रन नाघ्यो ।

नवौं ओभरमा वार्नरले एक छक्का प्रहार गरे । तर यसै ओभरको तेस्रो बलमा वार्नर आउट भए । आउट हुनुअघि उनले ३३ बलमा ४५ रन जोडेका थिए । अमित मिश्राले फेरि मनिष पाण्डेलाई कागिसो रबाडाबाट क्याचआउट गराए । पाण्डेले ३ रन मात्र बनाउन सके । चौथो नम्बरमा ब्याटिङमा आएका विलियम्सनले १६ औं ओभरमा नोर्जेको बलमा लगातार दुई चौका प्रहार गरे । १७ औं ओभरमा उनले मार्कस स्टोइनिसको बलमा पनि लगातार दुई चौका हाने ।

१८ औं ओभरको पहिलो बलमा बेयरस्टोले दुई रन बटुलेर आफ्नो अर्धशतक पूरा गरे । पाँचौं बलमा भने रबाडाले उनलाई पेभेलियनको बाटो देखाइदिए । ४८ बल सामना गरेका बेयरस्टोले दुई चौका र एक छक्काको मद्दतमा ५३ रन बनाए । केन विलियम्सनले २० औं ओभरमा ४१ रन बनाएर रबाडाको शिकार बने । २६ बलमा उनले पाँच चौका हाने । अब्दुल समद ७ बलमा १२ रन बनाएर नटआउट रहे । दिल्लीका सबैभन्दा कम रन दिने बलर रबाडा रहे । उनले चार ओभरमा केबल २१ रन खर्चिएर दुई विकेट पनि लिए । अमित मिश्राले पनि चार ओभरमा ३५ रन खर्चिएर दुई विकेट लिए ।

विराटनगर र धरानमा २ जना कोरोना संक्रमितको मृत्यु

समाचार


विराटनगर । कोरोना संक्रमणका कारण प्रदेश १ मा थप दुई जनाको मृत्यु भएको छ । बुधबार कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगर र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १–१ जनाको पुरुषको मृत्यु भएको हो ।

कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत मोरङको जहदा गाउँपालिका–६ का ६० वर्षीय पुरुषको बुधबार बिहान ४ बजे मृत्यु भएको हो । यसैगरी सप्तरीको राजविराज–४ घर भएका ३९ वर्षीय पुरुषको बिहान करिब ३ बजे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो । कोभिड १९ उपचार केन्द्र विराटनगरका प्रमुख एवं बरिष्ठ फिजिसियन डा। दीपक सिग्देलका अनुसार मोरङका मृतक पुरुषलाई उपचारका लागि असोज ४ गते बिहान कोभिड अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा उनलाई आठ दिनयता भेण्टिलेटरमा राखिएको थियो ।

एक सय १० किलो तौल भएका पुरुषलाई श्वासप्रश्वास, उच्च रक्तचाप, मधुमेह, मोटोपनाको पुरानो समस्या थियो । सिग्देलले अवस्था नाजुक बन्दै गएपछि संक्रमित पुरुषमा रेमडिसिभर औषधि पनि चलाइएको जनाए ।

यसैगरी बीपी प्रतिष्ठानमा ९ असोजमा भर्ना भएका राजविराजका ३९ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए । ती पुरुषलाई विराटनगरको गोल्डेन अस्पतालले रेफर गरेको थियो ।

मधुमेह र उच्च रक्तचाप भएका पुरुषमा मिर्गौलाको समस्या पनि थियो । उनी नियमित डाइलायसिस गराउँदै आएका थिए । १० असोजमा भर्ना भएका पुरुषलाई भेण्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो । उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो । हालसम्म प्रदेश १ का विभिन्न कोभिड अस्पतालमा उपचाररत ६९ जना संक्रमितको मृत्यु भइसकेको छ । ज्यान गुमाउनेमा १९ महिला र ५० पुरुष छन्  ।

अपहरण अभियोगमा समातिए व्यवसायी डेबिड

समाचार


काठमाडौ -नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अपहरण तथा शरीर बन्धक सम्बन्धी अभियोगमा डेबिड भनिने दुर्गाबहादुर श्रेष्ठलाई पक्राउ गरेको छ ।

ब्युरोका अनुसार मलेसियामा बसेर गुन्डागर्दी र अपहरण गरेको भन्दै पीडित पक्षको जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको हो । ब्युरोका डीआईजी सहकुल थापाका अनुसार डेबिडले १५ लाख रुपैयाँ फिरौती मागेको उजुरी छ ।

श्रेष्ठले मलेसियामा डान्सबार तथा रेष्टुरेन्ट सञ्चालन गर्दै आएका थिए । श्रेष्ठमाथि जिल्ला अदालत, काठमाडौंबाट अनुसन्धानका लागि म्याद थप गरेर विस्तृत अनुसन्धान गर्ने तयारी सीआईबीको छ ।

बहिनीलाई बजार पठाएर दिदी बलात्कार १ आरोपित पक्राउ

समाचार


राजविराज- बहिनीलाई चकलेट खान बजार पठाएर दिदी बलात्कार गरेको आरोपमा सप्तरी प्रहरीले एक जनालाई पक्राउ गरेको छ। घरमा रहेकी पाँच वर्षीया बालिकालाई चकलेट खान पाँच रुपैयाँ दिएर बजार पठाएर एक्लो भएको मौका छोपी ११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले सप्तकोशी नगरपालिका९१ का २२ वर्षीय शंकर साहलाई पक्राउ गरेको हो।

पीडितका अनुसार घरमा कोही नभएका बेला मादक पदार्थ सेवन गरेर आएका आरोपितले गत शुक्रबार साँझ बलात्कार गरेको खुलेको छ। बजारबाट चकलेट किनेर फर्किएकी पाँच वर्षीया बालिकाले आफू घर आएपछि आरोपित हतार–हतार पेन्ट लगाएर भागेको बताइन्।

बालिकालाई बलात्कार गरेको उजूरी परेपछि प्रहरी चौकी फत्तेपुरले आरोपितलाई पक्राउ गरी कारवाहीका लागि इलाका प्रहरी कार्यालय कञ्चनरुपमा बुझाएको छ।

पीडितको वयानका आधारमा उनकी माइजूले दिएको उजूरी दर्ता गरी कारवाही प्रकिया अगाडि बढाएको इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीले जानकारी दिएको खबर आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।

२६ वर्षका अभिनेता अक्षतको मृत्यु, परिवारद्वारा हत्याको आशंका

समाचार


एजेन्सी-बलिउड अभिनेता सुशान्त सिंह राजपूतको संदिग्ध मृत्युको अनुसन्धान चलिरहेका बेला अर्का एक अभिनेता अक्षत उत्कर्षको मृत्युको खबर आएको छ ।

मुम्बई प्रहरीले रिपोर्ट दर्ता गरेर यसबारे अनुसन्धान सुरु गरेको छ । प्रारम्भिक अनुसन्धानमा अक्षतको मृत्युको कारण आत्महत्या बताइएको छ । यद्यपि, परिवारले हत्याको आशंका गरेका छन् ।

२६ वर्षका टिभी अभिनेता अक्षतको मृत शरीर आइतबार राती मुम्बईको अंधेरी इलाकास्थित उनको अपार्टमेन्टमा भेटिएको थियो । अम्बोली प्रहरीका अनुसार अक्षत काम नभएका कारण डिप्रेशनका शिकार थिए जसका कारण उनले आत्महत्याको बाटो चुने । यद्यपि, अक्षतका परिवारले डिप्रेशनको कुरा अस्विकार गर्दै अभिनेतको हत्या भएको दाबी गरे ।


प्रहरीलाई उद्धृत गर्दै एएनआईले ट्वीटमा अक्षतले अंधेरी इलाकामा रहेको आफ्नो निवासमा आत्महत्या गरेको जानकारी दिएको छ । मुद्दा दर्ता गरिएको छ र यसबारे अनुसन्धान भइरहेको छ । पोस्टमार्टमपछि शव परिवारलाई सुम्पिइएको छ ।

प्रहरी अधिकारीका अनुसार अक्षत आफ्नी एक महिना साथीसँग अंधेरी आरटीओ नजिकै एक टोलमा बस्दथे । अक्षतकी साथीका अनुसार आइतबार बेलुकासम्म उनको व्यवहार सामान्य थियो । उनीहरुबीच सामान्य कुराकानी नै भयो र सुत्नु अघि सँगै खाना पनि खाए ।

हिन्दुस्तान टाइम्सको रिपोर्टमा अम्बोली प्रहरी स्टेशनका सिनियर इन्सपेक्टर सोमेश्वर कांथेलाई उद्धृत गर्दै एक्सिडेन्टल मृत्युको रिपोर्ट दर्ता गरेर घटनाको अनुसन्धान सुरु गरिएको छ । प्रारम्भिक अनुसन्धान र पोस्टमार्टम रिपोर्टमा कुनै प्रकारको षड्यन्त्रको संकेत भेटिएको छैन । घटना आइतबार राती १० देखि साढे ११ बीचको हो । साथीसँगको सोधपुछमा उनी लकडाउनका कारण काम नभएका कारण तनावमा भएको र उनले साथी र परिवारसँग उधारो मागेर दैनिकी गुजारिरहेको जानकारी प्राप्त भएको भारतीय सञ्चार माध्यमले बताएका छन् । 

यद्यपि, परिवारले यसमा प्रहरीको लापरवाहीको आरोप लगाउँदै हत्याको आशंका जाहिर गरे ।

नेपालको ९० प्रतिशत जनसंख्यालाई पुग्ने कोरोनाविरुद्धको रुसी भ्याक्सिन ल्याउने सम्झौता

समाचार


काठमाडौं- विश्वको पहिलो कोभिड-१९ भ्याक्सिन नेपालमा आउने बाटो खुलेको छ । रुसी भ्याक्सिन स्पुतनिक-भी २ करोड ५० लाख डज दिन भ्याक्सिन निमार्ता कम्पनि सहमत भएपछि बाटो खुलेको हो ।

स्पुतनिक-भीले प्रेस विज्ञप्तिमार्फत् दी रसियन डाइरेक्ट इन्भेष्टमेन्ट फन्ड, रसियाज सोभरेन वेल्थ फन्ड र नेपालको औषधि वितरक कम्पनि ट्रिनिटी फार्मासिटिकल्सबीच भ्याक्सिन आपूर्ति गर्ने सम्झौता भएको जनाएको छ । यो सम्झौतासँगै नेपालको ९० प्रतिशत जनसंख्यामा कोरोना भाइरसविरुद्धको भ्याक्सिनको पहुँच पुग्ने विज्ञप्तिमा उल्लेख छ ।

रुसी भ्याक्सिनलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मान्यता भने दिइसकेको छैन । डब्लुएचओले यसको प्रभावकारिता र सुरक्षाको सुनिश्चितता भएपछि मात्र मान्यता दिने स्पष्ट पारेको छ । तर, ५० भन्दा बढी मुलुकहरुले रुसी भ्याक्सिन प्रयोग गर्ने तत्तपरता देखाएका छन् । रुसको गेमेलियाद्वारा विकास गरिएको भ्याक्सिन रुसमा प्रयोगमा ल्याइँदैछ । रुसले उक्त भ्याक्सिनको दोस्रो चरणको परीक्षणपछि तेस्रो चरणको परीक्षण हुँदै गर्दा ११ अगष्टमा दर्ता अनुमति दिएको थियो ।

पहिलो र दोस्रो चरणको परीक्षणपछि भ्याक्सिन प्रभावकारी र उपयोगी भएको रिसर्च पेपरमा ४ सेप्टेम्बरमा तथ्य प्रकाशित गरिएको थियो । द लान्सेट नामको जर्नलले यसबारे वृस्तृत जानकारी दिएको थियो ।

अब पाँच डलरमै कोरोना परीक्षण, एक मिनेट मै रिपोर्ट

समाचार


काठमाडौं- अब पाँच डलरमै कोभिड–१९ को परीक्षण गर्ने गरी नयाँ उपकरण आउने बताएको छ। डब्ल्यूएचओका अनुसार यो परीक्षणको खर्च केवल पाँच डलर हुने छ। यसले कम स्वास्थ्यकर्मी र प्रयोगशाला भएका देशलाइृ फाइदा हुने बीबीसीले जनाएको छ।

कोभिड–१९ को पहिचान गर्ने एउटा नयाँ उपकरणले गरिब तथा साधारण आय भएका देशमा संक्रमण पत्ता लगाउने क्षमतामा निकै वृद्धि हुने बताएको डब्ल्यूएचओको विश्वास छ।

संगठनका अनुसार यो परीक्षण विकसित गर्ने कम्पनीसँग जुन सम्झौता भएको छ, त्यसअनुसार कम्पनीले ६ महिनाभित्र १२ करोड परीक्षण गर्नेछ।

 

दीपिका, सारा, श्रद्धा र रकुलप्रितको बैंकको खाता अनुसन्धान हुने, सात नायकसँग  पनि सोधपुछ हुने

समाचार


एजेन्सी- सुशान्त सिंह राजपूतको मृत्युसँग जोडिएको ड्रग्स मामिलाको अनुसन्धानमा नारकोटिक्स कन्ट्रोल ब्यूरो ९एनसीबी० ले अब दीपिका पादुकोण, सारा अली खान, श्रद्धा कपुर र रकुलप्रित सिंहको बैंक खाताबाट भएको कारोबारको अनुसन्धान गर्नेछ । यी नायिकासँग एनसीबीका अधिकारीले ड्रग्ससँग जोडिएको ह्वाट्सएप च्याटबारे थुप्रै घण्टा सोधपुछ गरिसकेको छ । मिडिया रिपोर्टका अनुसार अब उनीहरुले ड्रग्स खरिद गर्नका लागि केही ट्रान्ज्याक्सन गरेका छन् छैनन् भनेर जान्ने कोसिस भइरहेको छ ।

 भारतीय मिडियाका अनुसार चारै नायिकाले पछिल्लो तीन वर्षमा क्रेडिट कार्डमार्फत् गरिएको भुक्तानीको अनुसन्धान गरिएको छ । एनसीबीलाई उद्धृत गर्दै भारतीय मिडियाले दाबी गरे अनुसार ड्रग्स मामिलामा बलिउडका थुप्रै ठूला निर्माता र ७ ठूला नायकमाथि पनि सोधपुछ गरिनेछ ।

दीपिकाले ड्रग्स च्याट गरेका स्विकारेकी थिइन्ः

एनसीबीले शनिबार दीपिका पादुकोणलाई साढे पाँच घण्टा सोधपुछ गरेको थियो । स्रोतका अनुसार उनले आफ्नो म्यानेजर करिश्मा प्रकाशसँग ड्रग्सको च्याट स्विकारेकी थिइन् । यद्यपि, उनले ड्रग्स सेवन भने नगरेको बताएकी छिन् । यस्तै सारा र श्रद्धाले सोधपुछमा सुशान्तले ड्रग्स लिने गरेको बताएका थिए । यसअघि रकुलप्रित सिंहले रियासँग ड्रग्सबारे च्याट गरेको स्विकारेकी थिइन् ।

रियाको जमानत याचिकामा आज सुनुवाई

ड्रग्स मामिलामा गिरफ्तार भएकी नायिका रिया चक्रवर्ती र उनका भाइ शोविक चक्रवर्तीको जमानत याचिकामा मंगलबार बम्बे उच्च अदालतमा सुनुवाई हुनेछ । सुशान्तका हाउस म्यानेजर रहेका स्यामुअल मिरान्डा, कुक दिपेश सावन्त र लागुऔषध कारोबारी बासित परिहारको जमानतको निर्णय पनि आउनसक्छ । यी सबैको याचिका तल्लो अदालतले दुई पटक खारेज गरिसकेको छ ।