generalnews
||Power News Asia||

आजको समाचार

अधिवक्ता शर्माले ल्याए “सखिए हो”

समाचार


काठमाडौं - अधिबक्ता राजेन्द्र शर्मा “भाटु” ले सामाजिक सद्भाव बढाउने थारु नेपालि समायोजन गरिएको गित “सखिए हो” लिएर आएका छन । मेलिना राई, कमल बिसि माल्दाई र स्वयम राजेन्द्र शर्मा (भाटु ) को स्वरमा रहेको यस गित बागेश्वरी म्युजिक मार्फत बजारमा आएको हो ।

गायक तथा अधिबक्ता शर्माले आफुले थारु समुदाय र नेपालि समुदाय बिच सामाजिक सद्भाब बढाउन यो गित ल्याएको बताएका छ्न । शर्मा अधिबक्ता मात्र नभएर विभिन्न सामाजिक कार्यमा समेत आबद्ध छन । उनको शब्दर संगीत रहेको यस गितमा रमाइलो तरिकाले माया प्रेम लाई उतारिएको छ । थारु समुदायको केटा र पहाडि समुदायकी केटीको माया प्रेमलाई निकै रमाइलो किसिमले प्रस्तुत गरिएको राजेन्द्र शर्मा (भाटु ) ले बताएका छन ।

थारु केटाका बुवाले आफ्नो कला सस्कृति नबिर्सन समेत गित मार्फत भनेका छन । बुवाको भुमिकामा स्वयम राजेन्द्र शर्मा  (भाटु )  नै देखिएका छन । यस गितमा करिश्मा ढकाल , कमल बि।सि। माल्दाई र स्वयम राजेन्द्र शर्मा (भाटु )  ले उत्कृष्ट अभिनय तथा नृत्य गरेका छन भने चर्चित थारु मोडल सुनिता दहित र महिमा कुश्मि समेत यस गितको भिडियोमा गेस्ट आर्टिष्टको रुपमा देखा परेका छन ।

अब केहि दिनमा राजेन्द्र शर्मा “भाटु” सुनिता दहित र महिमा कुश्मिको दमदार अभिनय रहेको थारु भाषाकै थारु भर्जन पनि आउदैछ । जुन गितमा राजेन्द्र शर्मा (भाटु ) र समिक्षा चौधरीको स्वर रहेको छ । यस गितलाई अहिलेका चर्चित निर्देशक बिक्रम चौहानले निर्देशन गरेका हुन भने प्रकाश खड्काले छायांकन गरेका हुन । यो गित कमल बिसि माल्दाई युट्युब च्यानल मार्फत बजारमा आएको हो ।

 

थप खोप खरिदको प्रक्रिया अघि बढाइएको छ : मन्त्री त्रिपाठी

समाचार


परासी, -स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना विरुद्धको थप खोप खरिदको प्रक्रिया अघि बढाइएको बताएका छन् । कोरोना विरुद्धको खोप अभियानको अनुगमनका लागि नवलपरासी९बर्दघाट सुस्ता पश्चिम० को पृथ्वीचन्द्र अस्पताल परासीमा आएका मन्त्री त्रिपाठीले पत्रकारसँग कुराकानी गर्दै खोप उत्पादक मुलुकसँग सरकारले राजनीतिक प्रयत्नमार्फत खोप खरिदको प्रक्रिया अघि बढाएको बताए ।

मुलुकका ७२ प्रतिशत नागरिक खोपका लागि योग्य रहेको उल्लेख गर्दै मन्त्री त्रिपाठीले भ्रन्न्ुभयो, “सरकारले खोप उत्पादक मुलुकसँग सरकार–सरकार, सरकार–उत्पादक कम्पनीलगायत आधारमा खोप खरिदको प्रक्रिया अघि बढाएको छ, भारतसँग पनि हामीले खरिदकै प्रक्रिया अघि बढाएका थियौँ तर अनुदान उपलब्ध भयो ।” पहिलो चरणमा प्राथमिकतामा परेका स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालकलगायत चार लाख ३० हजार अर्थात तीन प्रतिशत नागरिकलाई खोप लगाएपछि दोस्रो चरणमा ५५ वर्ष माथीका नागरिकलाई प्राथमिकता दिइने मन्त्री त्रिपाठीले जानकारी दिए ।

पहिलो चरणमा जिल्ला अस्पतालमार्फत खोप अभियान सञ्चालन गरिएपनि दोस्रो चरणमा देशभरका १६ हजार खोप केन्द्रमार्फत खोप अभियान सञ्चालन गरिने उनको भनाइ थियो । मन्त्री त्रिपाठीले बढीभन्दा बढी सङ्ख्याले सहभागिता जनाउने गरी खोप अभियानलाई थप प्रभावकारी बनाउन निर्देशन दिए । खोप अभियानको अनुगमनमा निस्कनुभएका मन्त्री त्रिपाठीले देशभरको अभियान सन्तोषजनकरुपमा अघि बढीरहेको दाबी पनि गरे ।

संविधानभन्दा माथि बस्‍ने राष्ट्रपति र प्रधानमन्त्रीको चाहना : प्रदीप पौडेल

समाचार


 काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले राष्ट्रपति र प्रधानमन्त्री संविधानभन्दा माथि बस्‍न चाहेको आरोप लगाएका छन् । नेपाली कांग्रेस निर्वाचन क्षेत्र नम्बर ६ ले शुक्रबार सहिद दिवसको अवसर पारेर शान्ति वाटिकामा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । संविधानभन्दा माथि कसैलाई पनि नराख्न राजतन्त्रको अन्त्य गरेर गणतन्त्र ल्याएको स्मरण गर्दै नेता पौडेलले भने, “तर, राष्ट्रपति र प्रधानमन्त्रीले संविधानभन्दा माथि बस्न चाहिरहनुभएको छ ।”

उनले पार्टीको आन्तरिक किचलो बढ्दै गएपछि प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेको आरोप लगाए । “प्रचण्ड–माधव नेपालसँग रिस उठेर प्रधानमन्त्रीले संसद् विघटन गर्नुभएको हो,” नेता पौडेलले प्रश्न गरे, “कसैसँग रिस उठेका आधारमा संसद् विघटन गर्न पाइन्छ ?” उनले प्रधानमन्त्री ओलीलाई गणतन्त्रविरोधी नेताको संज्ञा दिए । “केपी ओली गणतन्त्रवादी नेता होइनन्,” पौडेलले भने, “उनी गणतन्त्रविरोधी नेता हुन् ।” उनले नेपालमा समृद्धि नआउनुको प्रमुख कारण प्रधानमन्त्री ओली भएको पनि ठोकुवा गरे । “देशमा समृद्धि नआउनुको कारण केपीले देशको नेतृत्व गरेका कारण हो,” नेता पौडेलले भने ।

भारतको बाटो हुँदै कुनै पनि नेपाली कतार प्रहरीमा नआएको दाबी

समाचार


दोहा, कतार– पछिल्लो समय भारतको बाटो हुँदै नेपालीहरु कतार प्रहरीमा भर्ना भएको हल्ला चलेपनि भारतको बाटो हुँदै कुनै पनि नेपाली कतार प्रहरीमा नआएको देखिएको छ । कतार प्रवेश गरिएका भनिएका सरोज कुँवर अहिलेसम्म कतार प्रवेश नगरेको भेटिएको छ । यसरी कतार प्रहरीको रोजगारीबारे विभिन्न पक्षले भ्रम फैलाइरहेको भेटिएको हो । नेपाली कामदारहरुको लागि अत्यन्तै आकर्षक रोजगारीका रुपमा रहेको कतार प्रहरीको रोजगारी मेनपावर व्यवसायीको आन्तरिक बिबाद र द्वन्द अनि सरकारी निकायहरुको कमजोरीका कारण ‘आकाशको फल आँखा तरी मर’ भन्ने नेपाली उखान जस्तै हुँदैछ । जसका कारण नेपाली व्वसायीहरुको आन्तरिक द्वन्द्धका कारण कतार प्रहरीमा आएको अवसर नेपाल बाट अर्कै देशमा जाने सम्भाबना बढेको छ । कतार प्रवेश भइसकेको व्यक्तिको भिसा स्ट्याटसमा ‘इनसाइड कन्ट्री’ देखिन्छ, कतार प्रवेश भइसकेको व्यक्तिको भिसा स्ट्याटसमा ‘इनसाइड कन्ट्री’ देखिन्छ, त्यसैले कुँबर कतार इन्ट्री नभएको देखिन्छ । अहिले नेपालका हजारांै युवाहरु कतार रोजगारीको प्रतीक्षामा रहेपनि नेपाल सरकारको केही नीतिकै कारण पनि कतार प्रहरीको रोजगारी समस्यामा परेको मेनपावर व्यवसायीहरुहरु बताउछन । कतार प्रहरीको बिना स्वीकृत अन्तर्वाता गरिएकोबाट शुरु भएको रोजगारीको बिबाद अझै अन्त्य भएको छैन् ।

कतार प्रहरीमा रोजगारीको बिबाद भईरहँदा केही वैदेशिक रोजगार व्यवसायीहरुहरुले कतार प्रहरीमा भिसा प्रमाणीकरण नै नगरी कामदार कतार पुर्याएको समाचार केही संचारमाध्यममा सार्र्वजनिक भएपछि यसले नेपालको बैदेशिक रोजगारको क्षेत्रमा नयाँ तरङ्ग उत्पन्न गरेको छ । उक्त समाचारमा कतारस्थित नेपाली दूतावासको सम्पर्कमा आएका भनि दाबी गरिएका सरोज कुँवर बैदेशिक रोजगार बिभागबाट प्रमाणीकरण नै नगरी कतार प्रहरीको रोजगारीका लागि कतार पुगेको दाबी गरिएको छ । तर, कतारस्थित नेपाली राजदूत नारद भारद्वाजले उक्त समाचारमा सत्यता नभएको बताए राजदूत भारद्वाजले आफुहरुलाई नेपालबाट को कसरी आए भन्ने बिस्तृत जानकारी नहुने जनाउँदै उक्त व्यक्तिबारे राजदूताबास बेखबर रहेको र यसबारेमा कतार स्थितनेपाली दूताबासको नाम जोडिएकोमा आफु नै अनभिज्ञ रहेको बताए । राजदूत भारद्वाजले आफु र दूताबासलाई सरोज कुँवरको बारेमा आजसम्म कसैले कुनै जानकारी नदिएको समेत राजदूत भारद्वाजले बताए । यता भिसा नम्बर ८०२०२१००००४२ भएका नेपाली पासपोर्ट नम्बर ०७९१४५७३ भएका सरोज कुँवर कतार प्रवेश नगरेको कतारको सरकारी निकायले पनि दाबी गरेको छ । कुँवर कतार नआएको कतारस्थित नेपाली दूतावास र नेपालस्थित कतारी दूतावास स्रोतले समेत दाबी गर्यो ।

कतारस्थित नेपाली दूतावास स्रोतले केही मेनपावर कम्पनी र एजेन्टले भारत हुँदै नेपाली कामदार कतार प्रहरीमा लैजाने गरेको केहि सञ्चारमाध्यममार्फत आएको आफुहरुले सुनेपनि त्यो प्रमाणित नभएको बतायो । मेनपावर र एजेन्टले भारत हुँदै कतारमा कामदार ल्याइरहेको हल्लाका बारेमा दूतावासले वैदेशिक रोजगारी विभागसँग बुझ्न आग्रह गर्यो । यता बैदेशिक रोजगार विभागले आफुहरुलाई पनि सोबारे बिस्तृत जानकारी नभएको बतायो । नेपालबाट अहिले कतार प्रहरीका लागि श्रम स्वीकृति जारी नभएको मात्रै विभागका महानिर्देशक कुमार दाहालले बताए । कतारले विश्वकपकै लागि ५ हजारभन्दा धेरै नेपालीलाई कतार प्रहरीमा लैजानका लागि कोटा छुट्ट्याएको थियो । तर, नेपालबाट कामदार लैजान धेरै बिबाद भएपछि कतारी प्रहरी र सुरक्षा गार्ड डिमाण्ड अहिले अन्योलमा रहेको छ । कतार प्रहरीको रोजगारीमा सीमित कोटा रहेको र अत्यन्त आकर्षक सुविधा भएकाले त्यहाँ जान धेरै नेपालीहरु ईच्छुक रहेका छन् ।

कामदारहरुको आकर्षण बढ्नु र सीमित संख्यामा रहेको मागपत्रमा धेरै मेनपावरहरुको प्रतिस्पर्धा रहनु नै अहिलेको मुख्य समस्या रहेको बताइएको छ । ‘मेनपावर व्यवसायीहरु बिचको अस्वस्थ प्रतिस्पर्धा नै अहिलेको समस्याको जड हो । मागपत्र कम हुनु र धेरै मेनपावरले उक्त मागपत्र आफ्नो हातमा पार्न बिभिन्न खेल खेल्नु नै कतार प्रहरीमा कामदार लैजानको लागि मुख्य समस्याको बिषय बनेको देखिन्छ । अझै यसरी नै व्यवसायीहरुबीच मागपत्र हत्याउन आपसी द्वन्द बढ्दै जाने हो भने नेपाली कामदारलाई आएको यो सुनौलो मौका गुम्ने खतरा देखिन्छ’, बैदेशिक रोजगार व्यवसायबारे लामो समयदेखि जानकार एक विज्ञले बताए । गलत हल्ला नफैलाउन राजदूत युसुफको आग्रह कतार प्रहरीका लागि आकर्षक रोजगारीका नाममा केही समय पहिलेदेखि भइरहेका बिभिन्न गतिविधिमा कतारी दूतावासको कुनै संलग्नता नरहेको र यसबाट कतारी दूतावास दुखित रहेको नेपालका लागी कतारका राजदूत युसुफ बिन मोहम्मद अल हैलले बताएका छन् ।

कतारको गृह मन्त्रालयको लक्ष्य भनेको नेपालबाट पाँच हजार भन्दा बढी सुरक्षा गार्ड लैजाने रहेको र त्यसको एकमात्र कारण नेपालीप्रतिको विश्वास रहेको उनले बताए । ‘नेपालबाट लगिने नेपाली सुरक्षा गार्डहरुलाई हाम्रो देशको कानून बमोजिम राम्रो तलव, निशुल्क खाना, निशुल्क बस्ने ब्यवस्था र निशुल्क औषधि उपचारको व्यवस्था गरेका छांै’, राजदूत युसुफले बताए । ‘नेपालीहरु धेरै ईमान्दार छन् तर पनि रोजगारीको अवसर पाएका छैनन् । कतारको एउटा सानो सहयोगले नेपालका युवाहरुले राम्रो मौका पाउन सक्छन् भन्ने मेरो बुझाई हो । यो नेपालीहरुप्रतिको माया र सम्बन्धको कारणले नै यतिधेरै संख्यामा सुरक्षा गार्ड लैजाने तयारी कतार सरकारले गरेको हो’, राजदूत युसुफले केही सञ्चारमाध्यममा आफु र दूतावासलाईसमेत जोडेर समाचार बनाईएकोप्रति दुखेसो व्यक्त गरे । युसुफले नेपालस्थित कतारी दूतावास कुनै प्रकारको व्यवसायिक र व्यापारिक कारोबार गर्ने, नेपालका मेनपावर छनौट गर्ने जस्ता काममा नलाग्ने र त्यस्ता काम नगर्ने बताए । ‘यो दूतावासको कार्यक्षेत्र भित्र पर्ने विषय पनि होईन । यस कारण केही सञ्चारमाध्यममा आएका समाचारका विषयहरुमा म सहमत छैन । किन भने अन्तराष्ट्रिय विषयहरुमा संचारमाध्यमहरुलाई अझ बढी जानकारी हुनु पर्ने हो । मैले जानकारी पाए सम्म मेनपावर छनौटको कुरा, नेपालका सबै मेनपावरले आवश्यक कागजातसहित प्रक्रियामा आउनुपर्छ । श्रम मन्त्रालयबाट आवश्यक कागजात लिनुपर्छ । सबै कागजात हेरेर प्रक्रिया अगाडि बढ्ने हो र त्यो सबै कार्य दोहाबाट नै हुन्छ । छनौटको काम भनेको दोहामा रहेको हाम्रो सरकारी निकायले गर्ने हो, त्यसमा हाम्रो दूतावासको कुनै प्रकारको भूमिका हूँदैन’, राजदूत युसुफले भने । नेपालमा माग आयो भन्दैमा जो पायो उही व्यक्ति कतार प्रहरीमा लैजाने नभई त्यसको लागि निश्चित मापदण्डहरु रहेको उनले बताए । ‘व्यक्तिको उचाइ, अनुभव, योग्यता, उमेर लगायतका मापदण्डहरु अनिवार्य पूरा गर्नुपर्छ जाने व्यक्तिले । अघिल्लो वर्ष पनि नेपालबाट हामीले ३०० सुरक्षा गार्ड लगेका थियौ । कतार सरकार र राजदरबारसमेत नेपाली सुरक्षागार्डको काम प्रति एकदमै सन्तुष्ट छ । त्यस कारण पनि पुनः माग आएको हो । यसलाई नेपाली युवाहरुले अवसरको रुपमा लिनुपर्छ,’ उनले बताए ।

राजदूत युसुफका अनुसार हाल नेपालबाट गएका सुरक्षा गार्डहरु त खुसी छन् भने कतार सरकार पनि उनीहरुबाट एकदमै खुसी छ । कामदार लैजाने प्रक्रियामा कतार सरकारको उच्च तहमा रहेका दस्तावेजहरुको आधारमा मेनपावर छनौट हुने र पछि जानकारी गराइने स्पष्ट प्रावधान हुँदाहुँदै पनि केही व्यक्तिहरुले आफ्नोे व्यक्तिगत चरित्र हत्या गर्ने उद्देश्यले आफुमाथि केही अप्रमाणित आरोप लगाएको भन्दै उनले गम्भीर आपत्ति प्रकट गरे । ‘मोनोपोलीरुपमा बिनाप्रमाण कुटनैतिक निकायको समाचार छाप्न पाईन्छ ? मैले सबैलाई स्पष्ट भनेको छु, मैले र दूतावासको कारणले मेनपावर छनौट गरेको कुनै प्रमाण भए आफू त्यस विषयमा छलफल गर्न तयार छ’, उनले भने । तर, केही सञ्चारमाध्यमले फलानो मेनपावर छनौट गर्नका लागि दबाव दिएको भनेर लेखको उल्लेख गर्दै राजदूत युसुफले आफुैले कसैलाई पनि दबाव नदिएको र त्यो आफ्नो काम भएको स्पष्ट पारे ।

‘यो अप्रमाणित हल्ला फैलाउँदा नेपाली जनतालाई नै घाटा हुने हो । मैले त नेपालीहरुलाई अवसर प्रदान गर्नको लागि कतार सरकारसमक्ष कुरा राखेर यति राम्रो अवसर आएको हो नेपालमा । मेरो काम भनेको व्यापार गर्ने नभई नेपाली जनता र कतारी जनताबीचको सम्बन्ध सुमुधुर राख्ने हो’, उनले भने । कतार सरकार र नेपाल सरकारको बीच एकदमै राम्रो र सुमधुर सम्बन्ध रहेको बताउँदै राजदूत युसुफले दुई देशको बीच बिगत ४२ बर्ष देखि सुमुधुर सम्बन्ध रहदै आएको उल्लेख गरे । ‘नेपालमा आएको बिनासकारी भूकम्प र अन्य प्रकृतिक प्रकोपको समयमा कतार सरकारले नेपाललाई धेरै सहयोग गर्दै आईरहेको र निरन्तर सहयोग पनि रहनेछ । हामीले कतार च्यारिटीमार्फत धेरै नेपालीहरुलाई सहयोग गरिरहेका छौ । स्वास्थ्य, शिक्षा र अस्पताललगायतका धेरै क्षेत्रमा हामीले धेरै सहयोग गरिरहेका छौं र भविस्यमा पनि गर्नेछौ । हाम्रो यस्तो सम्बन्धमा अनाबस्यक हल्ला नफैलाउन नेपालका संचारमाध्यम हरुलाई म अनुरोध गर्दछु’, राजदूत युसुफले बताए ।

उन्नती शीला बोहोरालाई लाइफटाइम सहित सातौं नेशनल क्यापिटल अवार्ड २०७७ सम्पन्न

समाचार


काठमाडौं – सातौं नेशनल क्यापिटल अवार्ड २०७७ आज नेपाल पर्यटन बोर्डमा भएको सम्पन्न भएको छ । क्यापिटल इन्टरटेनमेन्ट र शुभकामना मिडियाको सहकार्यमा भएको उक्त अवार्ड कार्यक्रममा गायक शिव परियार र गायिका अन्जु पन्त उत्कृष्ट गायक गायिका ठहरिए । गायक परियारले मेरो भागको खुशी गीतबाट अवार्ड चुमेका थिए भने अन्जु पन्तले थोपा थोपा आँसुबाट उत्कृष्ट गायिकाको अवार्ड चुमेकी हुन् । त्यसैगरी यस वर्षको लाइफटाइम अचिभमेन्ट अवार्डबाट प्रतिष्ठित गीतकार उन्नती शीला बोहोरालाई अर्पण गरियो ।

कार्यक्रममा वरिष्ठ पत्रकार शान्तिप्रियलाई पत्रकारिता रजत सम्मानबाट सम्मानित गरियो भने गीतकार युवराज अधिकारीलाई स्रष्टा सम्मान अर्पण गरियो । गायक छिरिङ भुटियालाई राष्ट्रिय संगीत सम्मान, संगीतकार सन्तोष श्रेष्ठलाई दशकको संगीत सम्मान, च्याङ्बा लामालाई राष्ट्रिय फोटोग्राफी सम्मान, घनश्याम राज कर्णिकारलाई साहित्य सम्मान, पत्रकार दिनेश थापालाई पत्रकारिता पुरस्कार प्रदान गरियो ।

त्यस्तै लोकदोहोरी तर्फ गायक सञ्जय गुरुङ र गायिका सीता केसीले उत्कृष्ट गायक गायिका लोकदोहोरीतर्फको अवार्ड चुम्न सफल भए । गायक गुरुङले लुकीलुकी गीतबाट अवार्ड चुमे भने गायिका केसीले भाग्यले नि ढाँट्यो गीतबाट अवार्ड चुम्न सफल भइन् । उत्कृष्ट लोकदोहोरी निर्देशक दीप गुरुङ बन्न सफल भए भने उत्कृष्ट कोरियोग्राफर कजिस श्रेष्ठ बन्न सफल भए । उत्कृष्ट लोकदोहोरी शब्द अमृत खातीले चुम्न सफल ।

सुगम संगीततर्फ उत्कृष्ट संगीतकार विकास चौधरी भए भने गीतकारतर्फ हरि उप्रेती उत्कृष्ट बन्न सफल भए । उनीहरुले वल्ली होइन पल्ली गीतबाट अवार्ड चुमेका हुन् । गौतम खाती र श्रेया दुलाल उत्कृष्ट म्यूजिक भिडियो मोडल सुगम संगीतर्फको अवार्ड चुम्न सफल भए भने एसके दाहाल र सोनाम गुरुङले उत्कृष्ट मोडल लोकदोहोरीतर्फको अवार्ड चुम्न सफल भए ।

त्यसैगरी उत्कृष्ट पप गायक चिरञ्जीवी भण्डारी भ एभने उत्कृष्ट पप गायिका उषा मलाहा बन्न सफल भइन् । पपुलर गायिका अफ दि इयर पपतर्फ गायिका लक्ष्मी पुरी प्रधान बन्न सफल भइन् भने पपुलर गायिका अफ दि इयर सुगम संगीततर्फ इन्दु बानियाँ उत्कृष्ट भइन् । उत्कृष्ट पप म्यूजिक भिडियो मोडल अनिता गिरी बन्न सफल भइन् भने पपुलर मोडल अफ दि इयर सुनिल लामिछाने बन्न सफल भए । राष्ट्रिय भावको गीतर्फ गायक नवीन पौडेलले लेऊ खुकुरी लेउ गीतबाट अवार्ड चुम्न सफल भइन् भने उत्कृष्ट गीतकार रमेश दाहालले ए झण्डा बोलको गीतबाट चुम्न सफल भए ।

मौलिक गीतको विधातर्फ उत्कृष्ट मौलिक विधा कौडातर्फ गायक प्रकाश गुरुङ र गायिका दीप गुरुङ उत्कृष्ट बन्न सफल भए । उत्कृष्ट मौलिक शब्द कौडातर्फ अविनाश थापा मगर उत्कृष्ट बन्न सफल भए । त्यस्तै उत्कृष्ट मौलिक गायिका सालैजोतर्फ बबिता गुरुङ उत्कृष्ट भइन् भने उत्कृष्ट नेवारी भाषा गायक देवमान तण्डुकार बन्न सफल भए ।कार्यक्रममा पश्चिमाञ्चल सांस्कृतिक केन्द्रका कलाकारहरुले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए भने गायिका मन्जु पौडेल, गायक गणेश गुरुङ, राज सागर र प्रकाश गुरुङले सांगीतिक प्रस्तुति दिएका थिए ।

 

सम्मानितहरु
शान्तिप्रिय वरिष्ठ पत्रकार (पत्रकारिता रजत सम्मान)
युवराज अधिकारी, वरिष्ठ गीतकार (राष्ट्रिय स्रष्टा सम्मान)
सन्तोष श्रेष्ठ, संगीतकार (दशकको स्रष्टा सम्मान)
छिरिङ भुटिया, वरिष्ठ गायक तथा साउन्ड इन्जिनियर (राष्ट्रिय संगीत सम्मान)
च्याङ्बा लामा, वरिष्ठ फोटोग्राफर (राष्ट्रिय फोटोग्राफी सम्मान)
घनश्याम राजकर्णिकार, वरिष्ठ साहित्यकार (राष्ट्रिय साहित्य सम्मान)
दिनेश थापा, पत्रकार (राष्ट्रिय पत्रकारिता पुरस्कार)
देवीमाया आचार्य, समाजसेवी (राष्ट्रिय समाजसेवी सम्मान)
भिष्मराज फुलारा, गीतकार (राष्ट्रिय स्रष्टा सम्मान)
प्रतिमा गुरुङ, गीतकार तथा समाजसेवी (राष्ट्रिय स्रष्टा सम्मान)
मीना लुम्बा, गीतकार तथा समाजसेवी (राष्ट्रिय स्रष्टा सम्मान)
सुरेन्द्र महर्जन, गीतकार तथा कवि (राष्ट्रिय साहित्य सम्मान)
सुरज पौडेल, गायक (राष्ट्रिय संगीत सम्मान)
लोकराज अधिकारी, गीतकार (राष्ट्रिय स्रष्टा सम्मान)
उन्नती शीला बोहरा, प्रतिष्ठित गीतकार (लाइफटाइम अचिभमेन्ट अवार्ड)

अवार्ड विजेताहरु
सर्वोत्कृष्ट गायक राष्ट्रिय भाव : नवीन पौडेल –लेऊ खुकुरी लेउ)
सर्वोत्कृष्ट गीतकार राष्ट्रिय भावः रमेश दाहाल –ए झन्डा)
सर्वोत्कृष्ट पप गायकः चिरञ्जीवी भण्डारी, (बदमास)
सर्वोत्कृष्ट पप गायिकाः उषा मलाहाल (बाल मतलब)
पपुलर गायिका अफ दि इयर पपगीतः लक्ष्मी पुरी प्रधान (सिठ्ठी बजाउँछन्)
सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल पप गीतः अनिता गिरी (लगन जु¥यो)
पपुलर मोडल अफ दि इयर लोकदोहोरीः सुनिल लामिछाने (ढुंगाको मुटु)
सर्वोत्कृष्ट युगल गायनः कन्हैया सिंह र अन्जना गुरुङ
सर्वोत्कृष्ट डेब्यू मोडल पप गीतः पेमा तामाङ (तोरी फुल्यो पहेंलै)
पपुलर गीतकार अफ दि इयरः किरण के. उप्रेती
सर्वोत्कृष्ट डायस्पोरा गीतकार सुगमसंगीतः मीन बानियाँ (आकाश पनि)
सर्वोत्कृष्ट डेब्यू मोडल पुरुष सुगम संगीतः रवि सिंह (मेरो रानी बनिदेऊ)
सर्वोत्कृष्ट डेब्यू मोडल महिला सुगम संगीतः अपेक्षा सिंह (ठ्याक्कै भेटौंला)
सर्वोत्कृष्ट एरेन्जर सुगम संगीतः राजु कार्की (जीवन संघर्ष हो)
सर्वोत्कृष्ट मिक्सिङ ः भोला पौडेल (ए झन्डा)
पपुलर गायिका अफ दि इयर ः इन्दु बानियाँ (आकाश पनि)
जुरी अवार्ड भिडियो निर्देशकः स्मृति तिमिल्सिना (ठ्याक्कै भेटौंला)
पब्लिक च्वाइस अवार्ड पप गायनः जयन जे वाइबा (पुरानो बुलेट)
सर्वोत्कृष्ट मौलिक गायिका सालैजोः बबिता गुरुङ
सर्वोत्कृष्ट गायक नेवारी भाषाः देवमान तण्डुकार (गुलिचक ह्याका मेजु)
क्रिटिक्स अवार्ड लोकदोहोरीः सन्तु थापा (शिरै चढाउँला सोरठी)
सर्वोत्कृष्ट शब्द लोकदोहोरीः अमृत खाती (मिर्मिरे साइँली)
सर्वोत्कृष्ट कोरियोग्राफर लोकदोहोरीः कजिश श्रेष्ठ (लाइदिउँकी मोहनी)
सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक सुगम संगीतः देवेन्द्र पाण्डे (चट्ट बसम देउरालीमा)
सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल पुरुष सुगम संगीतः गौतम खाती (यो मुटुमा तिम्रै नाम)
सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल महिला सुगम संगीतः श्रेया दुलाल (आज किन)
सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक लोकदोहोरीः दीप गुरुङ (हे ठूली)
सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल लोकदोहोरीः सोनाम गुरुङ (तिम्रो रुपैले)
सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल लोकदोहोरीः एस.के. दाहाल (रुँदै बाटो छेकम)
सर्वोत्कृष्ट मौलिक शब्द कौडाः अबिनाश थापा मगर (हे ठूली)
सर्वोत्कृष्ट मौलिक गायक कौडा गीतः प्रकाश गुरुङ (हे ठूली)
सर्वोत्कृष्ट मौलिक गायिका कोडा गीतः दीप गुरुङ (शिरैमा शिरफूल)
सर्वोत्कृष्ट गायक सुगम संगीतः शिव परियार (मेरो भागको खुशी)
सर्वोत्कृष्ट गायिका सुगम संगीतः अन्जु पन्त (थोपा थोपा आँसु)
सर्वोत्कृष्ट संगीतकार सुगम संगीतः विकास चौधरी (वल्ली होइन पल्ली)
सर्वोत्कृष्ट गीतकार सुगम संगीतः हरि उप्रेती (वल्ली होइन पल्ली)
सर्वोत्कृष्ट गायक लोकदोहोरीः सञ्जय गुरुङ (लुकीलुकी)
सर्वोत्कृष्ट गायिका लोकदोहोरीः सीता केसी (भाग्यले नि ढाँट्यो)
सर्वोत्कृष्ट भाका लोकदोहोरीः रामु खड्का (सोझो पन)

 

 

दोश्रो नाट्यश्वर म्यूजिक अवार्ड यहि माघ २४ हुने

समाचार


नुवाकोट - नाट्यश्वर भगवान हामी सबैको शान कला र कलाकारीताको जगेर्ना गर्ने हाम्रो अभियान भन्ने मुल मन्त्रलाई चरितार्थ गर्दै विगतका वर्षदेखि नेपाली गीतसंगीत अनि कलाकारिताको जगेर्ना गर्ने हिसाबले नाट्यश्वर म्यूजिक अवार्ड गरिदै आएको छ । नेपालमानै समावेसि अवार्डको रुपमा नेपाली गीत संगीतको म्हेन्दोमाया, तामाङसेलो, मौलिक गीत, लोकदोहोरी, आधुनिक, पप तथा राष्ट्रिय भाव विधालाई समेट्दै दोस्रो नाट्यश्वर म्यूजिक अवार्डको उत्कृष्ट ५ मनोनयन सार्बजनिक भएपनि कोरोनाको महामारी र त्यसपछि उत्पन्न परिस्थिति र लकडाउनको कारण ९ महिना अगाडी नै हुनु पर्ने दोस्रो सस्करण यहि माघ २४ गते नुवाकोटमा हुने भएको छ।
कार्यक्रम नेपालि कांग्रेसको केन्द्रिय सदस्य तथा पुर्ब शिक्षा तथा स्वास्थ्य मन्त्रि अर्जुन नरसिंह केसीको प्रमुख आथित्यमा बिदुर नगरपालिका वडा नम्बर १ स्थित होटल यान्ग्राको सभा हलमा हुने आयोजकले जानकारी दिएको छ । साथै कार्यक्रममा जिल्लाको स्थानीय निकायको प्रमुख ,उपप्रमुख ,नेपालि संगीत क्षेत्रको बिशिस्ट व्यक्तिहरुको उपस्थिति रहनेछ ।
कार्यक्रमको दिन नेपाली गीतसंगीत क्षेत्रका हस्ती, रंगपत्रकारिताको क्षेत्रमा कलम चलाउने चार जना संचारकर्मीलाई सम्मानित गरिने नाट्यश्वर म्यूजिक अवार्डका अध्यक्ष प्रल्हाद केसीले जानकारी दिएका छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण अवार्डको पहिलेको मितिमा गर्न नसकी हाल परिस्थिति सहज भएकोले अवार्ड भब्य र शब्य रुपमा गर्न लागिएको कार्यक्रमका सदस्य सचिव दिनेश शिवाकोटीले जानकारी दिएका छन् ।
यसैगरी कार्यक्रममा संगीत क्षेत्रका बरिस्ठ एकजनालाइ दिर्घ साधना सम्मान समेत प्रदान गरिने छ ्यसको साथै नया पुरा केहि कलाकर ,सामाजिक व्यक्तित्व पनि सम्मानित हुदै छन् ।
विश्वब्यापी रुपमा फैलिएको महामारी कोरोना नियन्त्रण गर्न उल्लेखनीय योगदान पुराएको जिल्लाको स्थानीय निकाय र सस्था समेत समानित गरिन लागेको कार्यक्रम निर्देशक किरण अधिकारिले जानकारी दिएका छन्  सम्मानित हुने व्यक्ति ,श्रस्था ,सर्जक ,सामाजीक व्यक्तित्व र संचारकर्मिको नाम केहि दिनमा सार्बजनिक गरिनेछ ।

काठमाडौंस्थित रानीवनमा साधना डिजिटल रेकर्डिङ स्टुडियोको शुभारम्भ

समाचार


काठमाडौँ — माघ १२, २०७७। 

साधना डिजिटल रेकर्डिङ स्टुडियोको शनिबार शुभारम्भ गरेको छ । अत्याधुनिक डिजिटल प्रविधिद्वारा रेकर्डिङ गरिने साधनाको हिजो शनिबार एक कार्यक्रमबीच शुभारम्भ गरेको हो ।

काठमाडौंस्थित नागार्जुन नगरपालिका–१, रानीवनमा गायक चन्द्रकुमार मोक्तानले उद्घाटन गर्दै सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रममा धर्म टेलिभिजनका अध्यक्ष खेन्पो सोनाम घ्युर्मे, नेपाल तामाङ संस्कृति घेदुङका उपाध्यक्ष कुमार घिसिङ, वरिष्ट गायक संगीतकार चन्द्रकुमार दोङ, गायिका इन्दिरा गोले, संगीत संयोजक डिका गुरुङ,संस्कृति घेदुङका उपाध्यक्ष एवं ताम्बा संघका अध्यक्ष धावावाङ्गेल लामाले स्टुडियोहरुको भीडमा एउटा स्टुडियो थपिएकाले व्यावसायिक रुपमा अगाडि बढ्न शुभकामना दिएका थिए ।

रेकर्डिङ स्टुडियोका संचालक संगीत शिक्षक, म्युजिक एरेन्जर,गायक एवं सङ्गितकार छेवाङतेन्जिङ लामा र बाँसुरी बादक सोनाम लो लामा हुन् ।

बहुल जात, भाषा, धर्म र कला, संस्कार, संस्कृति रहेको हाम्रो देशको श्रृंगारको रुपमा रहेको लोपोन्मुख गीतसंगीतहरु संकलन गर्दै अत्याधुनिक डिजिटल प्रविधिद्वारा रेकर्डिङ गरी उक्त गीतसंगीतलाई पुस्तौपस्तासम्म विश्वभरिका संगीत अनुरागीहरुले हेर्न र सुन्न सक्ने गरी डिजिटल लाइब्रेरीमा भण्डारण गर्ने उद्देश्यले स्थापना गरेको संचालकहरुले बताएका छन् ।

साथै विभिन्न चर्चित कलाकारहरुले यसै महिनामा सोहि रेकर्डिङ स्टुडियोमार्फत रेकर्डिङ गर्ने प्रतिबद्धता समेत जनाईसकेको युथ कृयसन नेपालका संस्थापक अध्यक्ष रबि लामा तामाङ ले जानाएका छन।  

गायक छेवाङतेन्जिङले स्वर साधना संगीत पाठशालाबाट विगत वि.सं.२०५९ बाट गीतसंगीतका प्रशिक्षण दिइरहेका छन् ।

न्युज लाइन्स मिडियाको ४ औं वार्षिकोत्सव र सम्मान कार्यक्रम भब्यताका साथ सम्पन्न

समाचार


काठमाडौं, ११ माघ - न्युज लाइन्स मिडियाको ४ औं वार्षिकोत्सव र सम्मान कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । मिडियाकी प्रबन्ध निर्देशक रिता भट्टको सभापतित्व माझ आयोजित सो कार्यक्रम बोधिसत्व स्वामी आनन्द अरुणको प्रमुख आतिथ्यता माझ आईतबार चक्रपथ महाराजगन्ज स्थित अरिकल इभेण्टमा सम्पन्न भएको हो । कार्यक्रम माझ प्रमुख अतिथी आनन्द अरुणले विभिन्न क्षेत्रमा कृयाशिल व्यक्तित्वहरुलाई न्युजलाइन्स सम्मानबाट विभुसित गरे । सो अवसर माझ सम्मानित हुनेहरुमा होटल सोल्टी क्राउन प्लाजाका सु सेफ आर बि बुढाथोकी, वरिस्ठ सौन्दर्यविद सुश्मा महरा, पर्यटन व्यवसायी एवम् समाजसेवी जगत बहादुर गुरुङ, खेलाडीद्वय सुर्य बहादुर बुढाथोकी र हरि कार्की, समाजसेवी अक्कल बहादुर तामाङ, द्वन्द निर्देशक याम प्रसाद ओली, चलचित्र निर्देशक श्याम राजा श्रेष्ठ, समाजसेवी भावना केसी, युवा व्यवसायी राजेन्द्र महर्जन, साहित्यकार भिस्म राज फुलारा, गायिकाद्व्य विद्या तिवारी र एनी श्रेष्ठ तथा स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउदै आएका अभियन्ता शिव फुँयाल रहेका छन् ।

सो अवसर कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी बोधिसत्व स्वामी आनन्द अरुणले आध्यात्मिक चिन्तन साथै प्रणायाम,योग र ध्यानलाई आत्मसात गर्न सके जीवनलाई खुशी र सुखी तुल्याउन सकिने बताए । साथै, उनले अध्यात्मले मानिसको जीवनलाई सफलता तर्फ डोर्याउन बल प्रदान गर्ने हुँदा व्यस्ततर जीवन व्यथित गर्ने पत्रकारहरुले समय निकालेर दैनिक योग र ध्यानमा लिन हुनुपर्नेमा जोड दिए ।

सो अवसरमा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा न्युजलाइन्स मिडियाका अध्यक्ष राजु भट्टले दिनानुदिन पत्रकारिता पेशामा चुनौतीहरु थपिदै गएको उल्लेख गर्दै राज्यले मिडियालाई हेर्ने दृष्‍टिकोण झन झन साँघुरिदै गएको बताए । त्यसो त उनले बदलिदो परिवेशमा मिडियाले देश विकासमा टेवा पुर्याउदै आएको सन्दर्भ कोटयाउदै न्युजलाइन्स मिडियाले पनि देशको समग्र क्षेत्रको विकासका लागि हातेमालो गर्दै आएको बताए ।

त्यसैगरि, कार्यक्रम माझ विशिस्ठ अतिथीको आसनबाट बोल्दै नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टले पत्रकारहरु हकहितका निम्ती महासंघले बुलन्द रुपमा आवाज उठाउदै आएको प्रसङ् कोटयाउदै पत्रकारिता पेशालाई मर्यादित र समाजमैत्री बनाउन एकजुट भएर लाग्नुको विकल्प नभएको धारणा राखे ।

सो अवसरमा वरिस्ठ पत्रकार ॠषि धमलाले न्युजलाइन्स मिडियाले संचार जगतको शिर उचो पार्दै आएको स्मरण गर्दै पत्रकार जगतले लोकतन्त्रको रक्षार्थ कटिबद्ध भएर लाग्नुपर्ने धारणा राखे । कार्यक्रम माझ सभापतिको आसनबाट बोल्दै न्युजलाईन्स मिडियाकी प्रबन्ध निर्देशक रिता भट्टले न्युजलाइन्स मिडिया सदैव राष्ट्रहितलाई केन्द्रमा राखेर संचार क्षेत्रमा कृयाशिल रहदै आएको उल्लेख गर्दै कार्यक्रममा उपस्थित भई सफल पार्न सहयोग गरेकामा प्रमुख अतिथी लगायत सबैलाई धन्यवाद व्यक्त गरिन ।

कार्यक्रममा टान अध्यक्ष खुम बहादुर सुवेदी, कृषि वैज्ञानिक डा. हरिकुमार श्रेष्ठ, संचार उद्यमी उज्वल जंग शाह, समाजसेवीद्व्य लोक कृष्ण भट्टराई र निलकण्ठ तिवारीले शुभकामना मन्तब्य व्यक्त गर्दै न्युजलाइन्स मिडियाको उत्तरोत्तर प्रगतीको कामना गरे । कार्यक्रममा रामप्रसाद न्यौपानेले स्वागत मन्तब्य राखेका थिए भने नारायण बेल्बासेले धन्यवाद मन्तब्य राखेका थिए ।

कार्यक्रममा न्युजलाइन्स मिडियाका सल्लाहकारद्व्य सरोज ओझा र रविन थपलिया लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो । सोही अवसर माझ विज्ञापनदाता, संचारकर्मी, संचार गृह आदीलाई सम्मानार्थ कदर पत्र प्रदान गरिएको थियो ।

होटल सोल्टी क्राउन प्लाजाका सु सेफ आर बि बुढाथोकी‘न्युजलाइन्स’ सम्मानबाट बिभुषित

समाचार


काठमाडौं- सेफ आर बि बुढाथोकी न्युजलाइन्स सम्मानबाट बिभुषित भएका छन् । न्युजलाइन्स मिडियाद्वारा महाराजगंज स्थित अरिकल्स इभेण्टद्वारा आईतबार आयोजित चौथो वार्षिकोत्सव तथा सम्मान कार्यक्रम माझ उनी सम्मानित भएका हुन । न्युजलाइन्स मिडियाले विभिन्न क्षेत्रमा कृयाशिल व्यक्तित्वहरुलाई सम्मान गर्ने क्रममा बुढाथोकी पाककला क्षेत्रबाट १५ उत्कृष्टमा पर्न सफल भएका हुन । कार्यक्रमका प्रमुख अतिथी बोधिसत्व स्वामी आनान्द अरुण र न्युजलाइन्स मिडियाका अध्यक्ष राजु भट्टले संयुक्त रुपमा सम्मानित गरेका थिए ।

पाककलाको क्षेत्रमा मात्र नभएर नेपाली, चाईनिज, जापानिज, लगायत धेरै देशका परिकार बनाउन दक्ष सेफका रुपमा परिचित उनी नेपाली सेफ जगतमा परिकार माष्टरको रुपमा चर्चामा रहदै आएका छन् । यही नै आधारमा मुल्याङकन गरि उनलाई न्युजलाइन्स सम्मान २०२१ बाट सम्मानित गरिएको न्युजलाइन्स मिडियाले जनाएको छ ।

को हुन आर बि बुढाथोकी ?

रामेछापमा जन्मिएका आर बि बुढाथोकी नेपालको प्रतिष्ठित पाँचतारे होटल होटल सोल्टी प्लाजाका सु सेफ हुन । यस अघि स्वदेश स्थित विभिन्न होटल, रेस्टुरेँण्ट एवम् शैक्षिक प्रतिष्ठान काम गरेर अनुभव हासिल गरेका बुढाथोकीले कुवेतमा रहेर पनि पाककलामा अभ्यस्त रहेका थिए । खानाको अन्वेषण, खाना सम्बन्धी लेख रचना साथै पाकशिक्षा एवम् प्रशिक्षण कार्यमा उनी सकृय छन् ।

नेवार सुन्दरीहरूद्वारा विश्व शान्तिकोे प्रार्थना

समाचार


नयाँ मिस नेवाः नेपाल चयन हुन अब धेरै दिन बाँकी छैन। नेवार सुन्दरीहरुको सौन्दर्य प्रतियोगिता मिस नेवा: नेपालको नयाँ नजिकिएसँगै यसका प्रतियोगीहरुको व्यस्तता र चुनौती पनि बढ्दै छ। नेवार समुदायको कला, धर्म, संस्कृति, भाषा र भेष चिनाउने तथा यसको पहिचानलाई जीवन्त राख्ने अभियानअन्तर्गत नेप्लिज फेसन होमले आयोजना गर्दै आएको मिस नेवाः नेपालका प्रतियोगीहरुको व्यस्तता विभिन्न तालिम, प्रशिक्षण र भ्रमणका कारण बढ्दै गएको हो।

यसै क्रममा १५औं संस्करणको मिस नेवाः नेपाल ११४१ का प्रतियोगीहरुले राजधानीको महांकाल र संकटा मन्दिरमा पूजाआजा विश्व शान्तिका लागि प्रार्थना गरेका छन्। प्रतियोगीहरुले कोभिडको संक्रमण हटोस् र देशमा स्थिरता छाओस् तथा विश्वमा शान्ति होस् भन्ने कामना गर्दै शुक्रबार महांकाल मन्दिरमा लाखबत्ती बाले।

शनिबार यही कामना गर्दै नेवार सुन्दरीहरुले संकटा मन्दिरमा पनि पूजाआजा गरे। मिस नेवाः नेपालको आयोजक संस्था नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरका अनुसार नेवार सुन्दरीहरुमा नेवारी कला, धर्म, संस्कृति, भाषा र भेषबारे ज्ञान अभिवृद्धि गराउने उद्देश्यका साथ हरेक वर्ष विश्व शान्तिको कामना गर्दै मन्दिरमा लगेर लाखबत्ती बाली पूजाआजा गराउने क्रममा यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको हो।

यस वर्षको मिस नेवाः नेपाल आगामी फागुन ७ गते राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानमा हुँदै छ। मिस नेवाः नेपाल ११४१ मा १५ जना नेवार सुन्दरी अन्तिम प्रतिस्पर्धामा स्पर्धा गर्दै छन्। उनीहरुलाई विभिन्न विधाको तालिम र प्रशिक्षण दिइरहेको नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले जानकारी गराइन्। नेप्लिज फेसन होमले डेढ दशकदेखि नेवार समुदायका युवतीहरुका लागि मिस नेवाः नेपाल आयोजना गर्दै आएको छ भने नेवार समुदायका बालिकाहरुका लागि लिटिल मिस नेवाः आयोजना गर्दै आएको छ।