generalnews
||Power News Asia||

आजको समाचार

नेपाल चेम्बर अफ कमर्श ७० बर्ष पुगेको अवसरमा नेपाल महिला चेम्बरको रक्तदान

समाचार


काठमाडौं, ०७ फाल्गुण-नेपाल चेम्बर अफ कमर्श ७० बर्ष पुगेको अवसरमा नेपाल महिला चेम्बरले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । शुक्रबार ललितपुरको मंगलबजारमा आयोजित सो कार्यक्रमको विधीवत उद्धघाटन कार्यक्रमका प्रमुख अतिथी नेपाल चेम्बर अफ कमर्शका वरिस्ठ उपाध्यक्ष राजेन्द्र मल्लले गरेका थिए ।

उद्धघाटन पस्चात कार्यक्रमलाई सम्बोधन गर्दै वरिस्ठ उपाध्यक्ष मल्लले नेपाल चेम्बर अफ कमर्श ७० बर्ष पुगेको अवसरमा नेपाल महिला चेम्बरले रक्तदान जस्तो पुण्य कार्य गरेकोमा धन्यवाद ज्ञापन गर्दै महिला उद्यमशिलता विकाससँगसगै सामाजिक उत्तर दायित्वलाई पुरा गर्ने निस्वार्थ भावनाका साथ अघि बढेको भन्दै साधुवाद व्यक्त गरे । साथै वरिस्ठ उपाध्यक्ष मल्लले नेपाल चेम्बरको शाखा संजाल देशैभर बिस्तारित रहेको सन्दर्भ उल्लेख गर्दै अन्तर जिल्ला र नगर स्तरमा व्यवसायिक उत्पादनलाई प्रबर्धन गर्न केन्द्रले समन्वयको भूमिका निर्वाह गर्ने बताए । उनले ललितपुरको उत्पादनलाई खपतका लागि अन्य भुभागसम्म पुर्याउन र अन्य क्षेत्रको उत्पादनलाई त्यस क्षेत्रसम्म ल्याउने गरि व्यापार आदानप्रदानमा सकृय रहन पनि ललितपुर चेम्बर सम्बद्ध व्यवसायीलाई आव्हान गरे ।

सो अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले महिला चेम्बरले आयोजना गर्ने हरेक कार्यक्रममा चेम्बर अध्यक्ष एवम् वरिस्ठ उपाध्यक्ष सहित अन्य नेतृत्वको सल्लाह र सुझावलाई शिरोधार्य गर्दै आएको बताउदै नेतृत्वबाट सदैव साथ, सहयोग र समर्थन प्राप्त हुँदै आएको स्पस्ट पारिन् ।अध्यक्ष श्रेष्ठले रक्तदान जीवनदान भएकाले यस्तो पवित्र कार्यले मानव जीवन रक्षामा सानो भए पनि योगदान पुग्न जाने भएकाले रक्तदान कार्यक्रमको आयोजना गरिएको प्रस्ट पारिन् ।साथै, उनले महिला चेम्बरले महिला उद्यमशिलता विकासका लागि शहर बजार मात्र नभई गाउँघर एवम् जिल्ला तहमा सकृय महिला उद्यमीका उत्पादनको बजारिकरणका लागि पनि अनलाइन प्लेटफर्म जस्ता प्रभावकारी कार्यक्रम पस्किएको बताइन् ।

सो अवसरमा बोल्दै ललितपुर चेम्बर अफ कमर्शका अध्यक्ष पुष्परत्न शाक्यले ललितपुरको मंगलबजारमा रक्तदान कार्यक्रम आयोजना गरिएकोमा महिला चेम्बर र नेतृत्व प्रति आभार व्यक्त गर्दै महिला चेम्बरले प्रभावकारी कार्यक्रम गर्दै आएकोले ललितपुर चेम्बर नेतृत्वसँग सहकार्य गर्दै आपसी हितका लागि काम गर्न तत्पर रहेको उल्लेख गरे । साथै उनले ललितपुर पुरातात्विक महत्व बोकेको एतिहासिक धरोहरको क्षेत्र रहेको उल्लेख गर्दै यस् क्षेत्रको विकासमा ७० बर्षको पृष्‍ठभुमी बोकेको गर्विलो संस्था नेपाल चेम्बरले योगदान पुर्याउन सक्ने औल्याए ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै ललितपुर महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष निर्मलभक्त शाक्यले समुदायको विकासमा सामुहिक प्रयासले ठुलो महत्व राख्ने बताउदै महिला चेम्बरको सत्प्रयास गर्व गर्न लायकको भएको उल्लेख गरे ।

त्यसैगरि राष्ट्रिय उपभोक्ता मंचका अध्यक्ष प्रेमलाल महर्जनले महिला चेम्बरको गतिविधीलाई आफुले नजिकबाट नियाल्दै आएको उल्लेख गर्दै सक्षम र इमान्दारितापुर्वक व्यवसाय गर्न महिला चेम्बरले सबैलाई प्रोत्साहित गर्दै आएको बताए ।

त्यसैगरि कार्यक्रम माझ बोल्दै नेपाल महिला चेम्बरकी सचिव लिमा अधिकारीले आगामी अन्तरराष्ट्रिय महिला दिवस र चेम्बर ७० बर्ष पुगेको उपलक्ष्यमा मार्च ८, ९ र १० गते महिला चेम्बरले उत्सव तथा मेड इन नेपाल, मेक इन नेपाल- प्रदर्शनी कार्यक्रम गर्ने जानकारी गराईन् ।

कार्यक्रम माझ बोल्दै नेपाल महिला चेम्बरकी हेल्थ कमिटी संयोजक स्वरुपा श्रेष्ठले महिला चेम्बरले उद्यमका अलवा स्वास्थ्य क्षेत्रलाई समेत महत्व दिदै आएको बताइन् ।

कार्यक्रममा महिला चेम्बरका सल्लाहकारद्वय निलम ताम्राकार एवम् शान्ती शाक्य, महिला चेम्बरकी मिडिया कोअर्डिनेटर पृथ्वबिन्दु महर्जन, महिला चेम्बरका केन्द्रिय पदाधिकारी एवम् सदस्य, नेपाल चेम्बरकी निर्देशक सृस्‍टि त्रिपाठी, ललितपुर महिला चेम्बरकी अध्यक्ष सबिता सिंह एवम् कार्यसमितीका पदाधिकारी एवम् सदस्य, शुभेच्छुक आदीको उपस्थिती रहेको थियो । उक्त कार्यक्रम माझ बाट महिला चेम्बर, ललितपुर चेम्बर, ललितपुर महिला चेम्बर, ललितपुर युथ चेम्बर सम्बद्ध र शुभेच्छुकहरुले रक्तदान गरेका थिए ।

भावातित ध्यान बिशेषांक बिशेषांक‘महर्षि सन्देश’ सार्वजनिक

समाचार


काठमाडौं, ०६ फाल्गुण- भावातित ध्यान विचार गोस्ठी माझ भावातित ध्यान बिशेषांक ‘महर्षि सन्देश’ विहिवार सार्वजनिक गरिएको छ । नेपाल महर्षि वैदिक फाउण्डेसनद्वारा प्रकाशित उक्त पुस्तकको विमोचन कार्यक्रमका प्रमुख अतिथी स्वामी ज्ञानानन्द सरस्वती, नेपाल महर्षि वैदिक फाउण्डेसनका अध्यक्ष तथा पुर्व मन्त्री दिपक प्रकाश बाँस्कोटा, नेपाल महर्षि वैदिक फाउण्डेसनका अन्तरराष्ट्रिय निर्देशक डा. किन्सली बुक, स्वामी वासुदेव प्रपन्नाचार्य, वरिस्ठ अभिनेत्री मनिषा कोइराला, नास्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठ, राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा. जगदिश चन्द्र पोखरेलले संयुक्त रुपमा गरे । सो अवसरमा पुस्तकको समिक्षा गर्दै भरत राज पौडेलले पुस्तक ५ खण्डमा विभक्त रहेको जानकारी गराउदै भावातित ज्ञानको आवश्यकता, महत्व, अबलम्बन विधी आदीको बारेमा विस्तृत रुपमा वर्णन गरिएको र पुस्तक जीवनमा एक पटक पढनै पर्ने खालको रहेको उल्लेख गरे ।

‘आजको सन्दर्भमा भावातीत ध्यानको आवश्यकता’ बिषयक राष्ट्रिय विचार गोस्ठीमा प्रमुख अतिथीको आसनबाट बोल्दै स्वामी ज्ञानानन्द सरस्वतीले पारमात्मिक सत्ता र व्यवहारिक सत्ता दुवैलाई अबलम्बन गर्न र २४ घण्टा मध्ये एक घण्टा ध्यानमा लिन हुन सके जीवन सार्थक र सुखी हुने बताए ।

नेपाल महर्षि वैदिक फाउण्डेसनका अध्यक्ष तथा पुर्व मन्त्री दिपक प्रकाश बाँस्कोटाले मानव मन मस्तिकलाई सकारात्मक उर्जाले भर्न भावातित ध्यान वरदान साबित हुने उल्लेख गर्दै देशको मुल नीति अर्थात राजनीतिलाई गति प्रदान गर्न पनि शान्त र अविचलित भई सहि निर्णय लिने अवस्थाको नेतृत्व पंक्ती तयार पार्नुपर्ने आवश्यकता औल्याए । अध्यक्ष बाँस्कोटाले भावातित ध्यानको माध्यमबाट अफ्रिकी मुलुक मोजाम्बिकमा लामो समयसम्म जारी रहेको सशस्त्र युद्ध अन्त्य भएको उदाहरण पेश गर्दै शान्ती, समृद्धी र अमनचयनका लागि साध्य र साधनका रुपमा वैदिक ध्यान विधी रहेको बताए ।

सो अवसरमा नेपाल महर्षि वैदिक फाउण्डेसनका अन्तरराष्ट्रिय निर्देशक डा. किन्सली बुकले वैदिक ध्यानलाई आधुनिक बि ज्ञानसँग जोडदै अघि बढन सम्पूर्ण मानव समुदाय जागरुक हुनुपर्ने बताए । सो अवसरमा वरिस्ठ अभिनेत्री मनिषा कोइरालाले आफ्नो अनुभव राख्दै क्यान्सर पस्चात मनलाई विचलित हुन नदिन आफुले शरीर, दिमाग र अध्यात्म बीचको अन्तरसम्बन्धलाई व्यवहारिक रुपमा लागु गर्ने क्रममा ध्यानको मार्गलाई अबलम्बन गर्दै आएको उल्लेख गरिन ।

त्यसैगरि, कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नास्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठ, राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा. जगदिशचन्द्र पोख्रेल, मिर्गौला रोग बिशेषज्ञ डा. ॠषि कुमार काफ्ले, वास्तुविद एवम् इन्जिनियर अर्जुन कोइराला, ज्ञाता माधव प्रसाद अर्याल लगायतले मानव जीवनलाई स्वस्थ राख्न र सकारात्मक उर्जा प्रवाह गर्न भावातित ध्यानको महत्व रहने उल्लेख गरेका थिए । कार्यक्रममा महर्षि महेश योगीले वैदिक योगलाई आधुनिक शिक्षामा समाहित गराउन पुर्याएको योगदानको चर्चा गरिनुका साथै उनले प्रबर्द्धन गरेका वैदिक चिन्तनलाई सयमा एकलाई मात्र बुझ्न र अनुशरण गर्न सक्ने बनाउँदा राष्ट्रले छिट्टै समृद्धी हासिल गर्न सक्ने उल्लेख गरिएको थियो ।

भक्तपुरको नागरिक समाज संजालद्धारा जिसस प्रमुखलाई ध्यानाकर्षण पत्र हस्तान्तरण

समाचार


दिपेश विसुन्के

भक्तपुर -भक्तपुर नागरिक समाज संजालले जिल्ला समन्वय समिति भक्तपुर ध्यानाकर्षण पत्र हस्ताण्तरण गरेको छ । भक्तपुर जिल्लाका चार वटै स्थानीय तहलाई नागरिक प्रति उत्तरदायी, जवाफदेही बनाउन र पारदर्शीता एवम् सुशासन कायम गर्न जिल्ला समन्वय समिति मार्फत उक्त ध्यानाकर्षण पत्र हस्ताण्तरण गरिएको हो । नागरिक समाजले तयार पारेकाे पत्रमा समेटिएको सुझावहरु कार्यान्वयन गर्न जिसस प्रमुख नवराज गेलाललाई नागरिक संजालमा आबद्ध गैसस महासंघ नेपाल भक्तपुर, नेपाल पत्रकार महासंघ भक्तपुर, नेपाल बार भक्तपुर , नेपाल रेडक्रस भक्तपुर, शिक्षक महासंघ भक्तपुर र नागरिक समाजका अगुवाहरु उपस्थित भई कार्यन्वयनका लागि आग्रह समेत गरेका छन् ।

ध्यानाकर्षण पत्रमा वर्तमान परिस्थितिमा भक्तपुर जिल्लामा नागरिकहरुले भाेग्दै आएका समस्याहरु, सार्वजनिक सेवा प्रवाहमा भएका कमिकमजोरीहरु, भष्ट्राचार,अनियमिता,ढिला, सुस्ती, सुशासन र पारदर्शिता,कृषि, स्वास्थ्य उपचार, कालाेबजारी लगायत नागरिकसँग सराेकारका विषयहरु समेटिएको छ ।

उक्त पत्र बुझ्दै प्रमुख गेलालले यस्तो ध्यानाकर्षण समय सापेक्ष रुपमा नागरिक समाजहरु जागरुग भई आवाज उठाईराख्नुपर्ने र नागरिक समाजका गुनासोहरु सम्बाेधन गर्न स्थानीय तहकाे याेजना तर्जुमा प्रक्रिया र नीति तथा कार्यक्रम तर्जुमा प्रक्रियामा नागरिक समाजकाे पनि सहभागीता भएको खण्डमा अझै स्थानीय सरकारलाई सुशासनमैत्री, जवाफदेही, पारदर्शी बनाउन मद्दत पुग्ने धारणा राखे । साथै उनले नागरिकका मागहरु नीतिगत रुपमा समावेश गरेर अगाडि बढाउनु पर्ने आवश्यकता रहेकाे र नागरिक समुदायकाे

सुझावहरुलाई कार्यान्वयन गर्न र सहजिकरण समन्वय गर्न जिल्ला समन्वय समितिले कुनै कसर बाकी नराख्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमकाे समन्वयकारी भुमिका पारस्परिक जवाफदेही र सुशासन प्रबर्द्धनमा काम गर्दै आएको संस्था मानव अधिकार सञ्चार प्रतिष्ठान नेपालले गरेकाे थियाे ।

गौरीशंकर च्छोरोल्पा मिडियाले द्धारा समाजसेवी विदुर शर्मालाई उच्च व्यक्तित्व सम्मान प्रदान

समाचार


काठमाण्डौ-  दोलखा जिल्लाका स्थायी बासिन्दा हुन विदुर शर्मा, विषेशत व्यवसायीक पृष्ठभुमीका शर्मा समाज सेवामा पनि उत्तिकै जुझारु र सक्रिय रहेका छन् । पछिल्लो समय कोभिड १९ का कारणले खान र आवासले अलपत्र परेका नेपालीहरुलाई उनले व्यक्तिगत खर्चमा खाने व्यस्था मिलाएका थिए भने दोलखाका स्थानिय मानिसहरुलाई राजधानी काठमाण्डौ देखि लाखौं रुपैया खर्च गरेर यातायातको व्यस्था गरि अलपत्र परेका दोलखाली र छिमेकी जिल्लाका मानिसहरुको समेत उद्धार गरेका थिए । सोही समय देखि समाज सेवाका क्षेत्रमा समेत शर्माले चर्चा कमाएका थिए ।

विभिन्न क्षेत्रमा ख्याती प्राप्त श्रष्टा, सर्जक तथा व्यक्तित्वहरुलाई सम्मान गर्ने क्रममा गौरीशंकर च्छोरोल्पा मिडिया प्रा.लिको प्रथम वार्षिकोत्सव अवसरमा समाजसेवी शर्मालाई उच्च व्यक्तित्व सम्मान द्धारा सम्मानीत गरिएको छ । बरिष्ठ कलाकार मदनदास श्रेष्ठको सभापतित्वमा सम्पन्न गरिएको कार्यक्रममा प्रमुख अतिथि माननिय संचार तथा सुचना प्रविधि मन्त्री  तथा नेपाल सरकारका प्रवक्ता पार्वत गुरुङ रहनुभएको थियो । 
कार्यक्रममा विभिन्न क्षेत्रमा रहेर विशिष्ट योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गरिएको छ ।  नेपालमा शुसासन कायम गर्नको लागि योगदान पुर्याउने पुर्व रक्षा सचिव देवेन्द्र सिटौला, सेनाका अवकास प्राप्त महासेनानी माधव सुन्दर खड्का, चलचित्र निर्देशक एवं गीनिज वुक अफ वल्ड रेकर्ड होल्डर माधव राज खरेल, व्यवसायी विदुर शर्मा,  अभिनेता श्रीदेव भट्टराई, अधिवक्ता सुदर्शन थपलिया, दुव्र्यसन विरुद्धका अभियान्ता प्रविन शिवाकोटी, अधिकारकर्मी तारा तामाङ, जानकी वज्राचार्य, मिना वज्राचार्य, लक्ष्मी बस्नेत, लगायतका विभिन्न व्यक्तित्वहरुलाई  उनिहरुको योगदानको कदर गर्दै विभिन्न शिर्षकबाट सम्मान गरिएको थियो ।
संचारकर्मी अर्जुन राज भण्डारीले संचालन गरेको कार्यक्रममा विविध किसिमका सांस्कृतिक प्रस्तुती समेत प्रस्तुत गरिएको थियो ।

गौरीशंकर च्छोरोल्पाको वार्षिकोत्सव सम्पन्न

समाचार



काठमाण्डौ - विभिन्न क्षेत्रमा ख्याती प्राप्त श्रष्टा, सर्जक तथा व्यक्तित्वहरुलाई सम्मान गर्दै गौरीशंकर  च्छोरोल्पा मिडिया प्रा.लिको प्रथम वार्षिकोत्सव काठमाण्डौमा  सम्पन्न भएको छ । बरिष्ठ कलाकार मदनदास श्रेष्ठको सभापतित्वमा सम्पन्न गरिएको कार्यक्रममा प्रमुख अतिथि माननिय संचार तथा सुचना प्रविधि मन्त्री  तथा नेपाल सरकारका प्रवक्ता पार्वत गुरुङ रहनुभएको थियो । प्रमुख अतिथिको आसनवाट बोल्दै मन्त्री गुरुङले गौरीशंकर च्छोरोल्पा मिडियाले नेपालको मिडिया क्षेत्रमात्र नभई गौरीशंकर हिमाल र सबै भन्दा उचाइमा रहेको च्छोरोल्पा हिमतालको समेत अस्थित्वलाई  आत्मसाथ गर्दै लैजानुपर्ने बताए । 
दोलखा जिल्ला प्राकृतिक सम्पदाले भरिपुर्ण र सम्पन्न रहेको र यसको प्रचार प्रसार र सशक्त रुपमा लैजाने काम राज्यको चौथो अंगको रुपमा रहेको गौरीशंकर च्छोरोल्पा मिडियाले गर्ने विश्वसा व्यक्त गरे ।  कार्यक्रममा विभिन्न क्षेत्रमा रहेर विशिष्ट योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गरिएको छ ।  नेपालमा शुसासन कायम गर्नको लागि योगदान पुर्याउने पुर्व रक्षा सचिव देवेन्द्र सिटौला, सेनाका अवकास प्राप्त महासेनानी माधव सुन्दर खड्का, चलचित्र निर्देशक एवं गीनिज वुक अफ वल्ड रेकर्ड होल्डर माधव राज खरेल, व्यवसायी विदुर शर्मा,  अभिनेता श्रीदेव भट्टराई, अधिवक्ता सुदर्शन थपलिया, दुव्र्यसन विरुद्धका अभियान्ता प्रविन शिवाकोटी, अधिकारकर्मी तारा तामाङ, जानकी वज्राचार्य, मिना वज्राचार्य, लक्ष्मी बस्नेत, लगायतका विभिन्न व्यक्तित्वहरुलाई  उनिहरुको योगदानको कदर गर्दै विभिन्न शिर्षकबाट सम्मान गरिएको थियो ।
संचारकर्मि अर्जुन राज भण्डारीले संचालन गरेको कार्यक्रममा विविध किसिमका सांस्कृतिक प्रस्तुती समेत प्रस्तुत गरिएको थियो ।


 

उपत्यकामा ट्राफिक स्वयंसेवक परिचालन

समाचार


 काठमाडौँ, ०४ फागुन ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकास्थित सामुदायिक सेवा केन्द्रको सहकार्यमा ट्राफिक स्वयंसेवक परिचालन गरेको छ । महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरूस्त तथा सहज बनाउने उद्देश्यका साथ उपत्यकास्थित सामुदायिक सेवा केन्द्रको सहकार्यमा ३०० जना ट्राफिक स्वयंसेवकलाई १० दिनसम्म दिनसम्म परिचालन गरेको हो । सवारी चाप हुने तथा बढी भीडभाड हुने स्थानमा सहज र सुरक्षित आवागमन गर्ने लक्ष्य सहित ट्राफिक स्वयंसेवक परिचालन अन्तरगत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवीले बालुवाटार चोकमा हिजो देखि बिहान ९ देखि ११ र साझ ४ देखि ६बजे सम्म पैदलयात्रुहरुलाई सुरक्षित तरिकाले बाटो काट्न सहयोग गर्नुका साथै जथाभावी बाटो नकाट्ने र नियम पालना गर्न सन्देश प्रवाह गर्नेछन् ।

स्वयमसेवक परिचालनबाट ट्राफिक व्यवस्थापनमा आम जनमानसले थोरै भएपनि राहत महशुस भएको र आम सडक प्रयोगकर्तालाई सहजता मिलेको र व्यस्त सडकमा ट्राफिक बनेर काम गर्दाको नौलोपना सामाजिक काम गर्न पाएकोमा खुसी लागेको सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष राम प्रसाद न्याैपानेले बताए । आजको स्वयंसेवक परिचालनमा अध्यक्ष न्याैपाने सहित समाजसेवी राजेन्द्रमान जोशी ,शर्मिला खनाल र सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु तथा स्वयमंसेवकहरुको उपस्थिति रहेको थियो ।

प्रेम दिवसको अवसर पारी शिवले गरे जिन्दगी तिम्रो र मेरो गीतको सार्वजनिक

समाचार


काठमाण्डौ - प्रेम दिबसको अबसरमा निर्देशक दिवाकर भट्टराई निर्देशित म्युजिक भिडियो सार्वजनिक गरिएको छ । शिव परियार र बानिका प्रधानको स्वर रहेको ‘जिन्दगी तिम्रो र मेरो गीत’ बोलको गीत शिव परियार अफिसियल युटुब च्यानलमा सार्वजनिक गरिएको हो । हरिभक्त बुढाथोकीको शब्द रहेको गीतमा दिपक सिलवालको संगीत सुन्न सकिन्छ ।

नेपाली सुगम संगीतका लोकप्रिय गायक शिवको यो गीतमा अडियो पक्ष निकै मज्जाको छ । भने नेपाली फिल्मका चर्चित निर्देशक दिवाकर निर्देशित भिडियो पनि हेर्दा मज्जा लाग्छ ।भिडियोमा रिता कट्टेल, इन्जामम अलि खान, जेरी साउद र सुप्रिया खनालको अभिनय रहेको छ । महेश पौडेल डिओपी रहेको भिडियोलाई दिर्घ खड्काले सम्पादन गरेका हुन् । 

हेर्नुहोस् भिडियो

समिक्षा निरौलालाई ‘मिस टिन ईन्टरनेशनल नेपाल’ २०२०/२१ को शिर्ष उपाधी

समाचार


काठमाडौँ — फागुन ०३, २०७७। 

क्रिएटिभ नेरोद्धारा हालै आयोजित ‘मिस टिन ईन्टरनेशनल नेपाल’ २०२०/२१ को उपाधी समिक्षा निरौलाले जितेकी छिन् ।

गठ्ठाघर, भक्तपुरकी १८ वर्षिय समिक्षाले उपाधिको साथमा विधागत तर्फको मिस क्याट वाकको अवार्डसंगै  ‘मिस टिन ईन्टरनेशनल नेपाल’ को ब्राण्ड एम्बासडरको उपाधी समेत जितेकी हुन् ।

विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ लाई मध्यनजर गर्दै भौतिक दुरी कायम गर्दै  ललितपुरस्थित झम्सिखेलमा रहेको द अर्वान हब मा सम्पन्न प्रतियोगितामा बौद्दकी १७ वर्षिय सोनिया तुलाधरले मिस टीन युनिभर्स नेपाल र विधागत तर्फको मिस पपुलर अवार्ड जितिन् । त्यसैगरी नया बानेश्वरकी १८ वर्षिय आस्था कुवँरले  मिस टिन ग्लोबल ब्युटी नेपालको उपाधी संगै विधागत तर्फ मिस फोटोजेनिक अवार्ड हात पार्दा भक्तपुरकी १३ वर्षिय सिमरन कुटुले मिस टिन चार्म नेपालको उपाधीसंगै विधागत तर्फको मिस ट्यालेन्ट अवार्ड हात पारिन। 

साथै बानेश्वरकी १७ वर्षिय स्मारिका बरालले मिस टीन प्लानेट नेपालको उपाधी संगै विधागत तर्फको मिस पिपुल्स चोइसको अवार्ड आफ्नो हातमा पार्न सफल भईन। 

विधागत तर्फ भने स्मृती डाँगी अर्गनाईजर चोइस, बिहानी श्रेष्ठ मिस कन्जिनियालिटी, श्रेया गुरुङ मिस फेशन आइकन, दिक्षा तामाङले बेस्ट स्माईलको अवार्ड आ-आफ्नो हातमा पार्न सफल भए। 

प्रतियोगितामा मोडल तथा ईभेन्ट मेनेजर सुशान्तकाजी श्रेष्ठ, दिक्षा चौधरी, चन्द्र सिरमल, फ्लाबिया श्रेष्ठ, सुमन खड्का,रुबिश्का श्रेष्ठ निर्णायक रहेका थिए।

टेकुस्थित मसला कटेजमा करिव दुई हप्तासम्मको सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण प्रदान गरी अन्तिम प्रतिस्पर्धामा सहभागी गराईएको थियो  । प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागि गराउदै आएको जानकारी आयोजक जनक मगरले गराए।

प्रणय दिवसमा डा. डि आरले ल्याए कफी लभ

समाचार


काठमाडौं- गीत लेखनबाटै गिनिज बुक अफ वल्र्ड रेकर्ड बनाएका किर्तिमानी गीतकार डा. डि आर उपाध्यायले आफ्नो ११ औं उपन्यास ‘कफी लभ’ बजारमा ल्याएका छन् ।
आइतबार प्रणय दिवसको अबसर पारेर नेपाल प्रज्ञा प्रतिष्ठानमा सो प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेती, आख्यानकार भुवनहरि सिग्देल, कृतिका लेखक, प्रकाशकलगायतले यो पुस्तकको सँयुक्त बिमोचन गरे ।
कलेज पढ्दै गरेका युवा युवतीको कफीको चुस्कीसँगै सुरु भएको प्रेम सम्बन्ध र त्यसले जीवनमा ल्याएको आरोह अबरोहको कथामा यो उपन्यास केन्द्रित रहेको छ । देहरादुनका दुन विश्वविधालयमा भेटिएका पाँच जना नेपाली विधार्थीहरुबीचको कलेज अध्ययन क्रमका विभिन्न घटना र उनीहरुको आपसी प्रेममा यो उपन्यास केन्द्रित छ ।
पुस्तकबारे बोल्दै कुलपति उप्रेतीले अहिलेका तन्नेरी पुस्ताको प्रेम एवम् जीवन शैली र बर्तमान नेपाली समाजको अबस्था यसले छर्लङ्ग पारेका बताए । गीत लेखनबाट कृतिमानी कायम गरेका डा. उपाध्ययको उपन्यास पनि त्यत्तिकै पठनीय भएको भनाई उनले सो कार्यक्रममा राखे ।
अग्रज आख्यानकार भुवनहरि सिग्देलले यो उपन्यासले प्रेमको परिभाषा सामाजिक मूल्य र मान्यता भन्दा फरक किसिमले दिएको बताए । समकालिन पुस्तालाई यो उन्यासका कथा अहिले आफ्नो भोगाई जस्तो लाग्ने र पौढ पुस्ताले आफ्ना कलेजका दिनहरु स्मरण गर्ने पनि उनले बताए ।
आख्यानकार डि. आर उपाध्यायले यो पुस्तक लेख्दा आफु २४ वर्षीय तन्नेरी भएर त्यही उमेरका युवा युवतीहरुको सँगतमा रही उनहरुको प्रेम भावलाई पुस्तकमा समेटेको बताए । यो पुस्तक तन्नेरी मनहरुसँग सामिप्य रहेको र सबै पुस्ता एवम् बर्गको भाव यसमा समेटेको पनि उनले जानकारी गराए ।
यो पुस्तकको समीक्षा गर्दै कवि हेम प्रवासले तृतिय पुरुषमा लेखिएको यो उपन्यास सम्बाद शैलीको भएको बताए । उपन्यास पढ्न थालेपछि उपन्यास भित्रका पात्रहरुको यात्रा र उनीहरुबीच अब के होला भन्ने कौतुहलताले कृति पढेर सकिएको महसुस नै नहुने बताए ।
यस्तै सँगीतकार सन्तोष श्रेष्ठले लेखकको बारेमा जानकारी गराउँदै अरु उपन्यास भन्दा यो निकै फरक शैलीमा लेखकले तयार गरेको बताए । पुस्तक पढ्दा आफुलाई एउटा सफल चलचित्र हेरेको महसुस उनले सुनाए ।
गायक तथा संगीतकार सागर सरद अधिकारीले कार्यक्रममा अतिथिलाई स्वागत गर्दै राम्रा गीत लेखेर विश्व रेकर्ड कायम गरेका डा. उपाध्याय आख्यान लेखनमा पनि त्यत्तिकै प्रभावशाली भएको बताए ।
पुस्तकका सम्पादक तथा गीतकार सञ्चारकर्मी डब्बु क्षत्रीले आफ्नो उमेर भन्दा आधा उमेरमा झरेर आख्यानकार डि आर उपाध्यायले अहिलेको पुस्ताको प्रेमलाई गहन रुपमा पुस्तकमा उतारेको बताए । घटना, स्थान, परिवेश र सम्बादलाई यथार्थपरक रुपमा समेटेकाले यो उपन्यास सबैलाई आफ्नो कथा हो जस्तो लाग्ने पनि उनले बताए ।
प्रकाशक पुष्पराज पौडेलले पुस्तक पढेपछि आफ्नो लगानी सही कितावमा परेको महसुस पाठकलाई हुने जिकिर गरे ।
शिखा बुक्सले प्रकाशन तथा ज्ञानज्योती पब्लिकेशनले वितरण गरेको यो उपन्यासलाई डब्बु क्षत्रीले सम्पादन गरेका हुन् । २४० पृष्ठको यो पुस्तकको मूल्य ३७५ रुपैयाँ रहेको छ । 

सेनाका राजन रोकायालाई पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि

समाचार


कास्की- नेपाली सेनाका राजन रोकायाले १५औँ संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को उपाधि जित्न सफल भएका छन् । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा आज पोखरामा सम्पन्न म्याराथनमा रोकायाले दुई घण्टा २८ मिनेट ५६ सेकेण्डमा निर्धारित ४२ किमी दूरी पूरा गरी उपाधिसहित नगद रु दुई लाख तथा ट्रफी पुरस्कार प्राप्त गरे । यसैगरी द्वितीय र तृतीय स्थानको उपाधिसमेत सेनाका धावकहरुले प्राप्त गरे ।

सेनाका ज्ञानप्रसाद भट्टराईले दुई घण्टा ३३ मिनेट ४८ सेकेण्डमा दौड पूरा गरी रु एक लाख पुरस्कार प्राप्त गरे भने देवीराज बस्नेतले दुई घण्टा ४२ मिनेट ३३ सेकेण्डमा म्यारथनको निर्धारित दूरी पार गरी तृतीय स्थानको पुरस्कार रु ७५ हजार प्राप्त गरे । पाँचथरका प्रदीप तामाङले दुई घण्टा ५४ मिनेट आठ सेकेण्डमा दूरी पार गरी सान्त्वना स्थानसहित रु २५ हजार पुरस्कार तथा ट्रफी प्राप्त गर्न सफल भएका छन् ।

यस वर्ष पहिलोपटक पोखरा म्याराथनमा महिलाका लागि २१ किमीको हाफ म्याराथन समावेश गरिएकामा नेपाल प्रहरीका राजपुरा पछाईँले हाफ म्याराथनको उपाधि जित्न सफल भए। निर्धारित दूरी एक घण्टा २७ मिनेट आठ सेकेण्डमा पूरा गरी उनले रु एक लाख र ट्रफी पुुरस्कार प्राप्त गरे।

यसैगरी जुम्लाका राममाया बुढाले एक घण्टा ३० मिनेट पाँच सेकेण्डमा दौड पूरा गरी द्धितीय स्थान हासिल गर्न सफल भई रु ७५ हजार पुुरस्कार प्राप्त गरे । सशस्त्र प्रहरी बलका ब्रिन्दा श्रेष्ठले एक घण्टा ३१ मिनेट दुई सेकेण्डमा निर्धारित दूरी पार गरी तृतीय स्थान हासिल गरे । उनले रु ५० हजार पुरस्कार पाउन सफल भए ।

नेपाल प्रहरीका रेखा विष्टले एक घण्टा ३६ मिनेट दुई सेकेण्डमा हाफ म्याराथन पूरा गरी सान्त्वना स्थान प्राप्त गरेर रु १५ हजार पुरस्कार प्राप्त गरे । पोखरा रङ्गशालाबाट शुरु भएको म्याराथन बजार विभिन्न क्षेत्र पुगेर रङ्गशालामा आएर समापन गरिएकामा म्याराथनमा २०९ र महिलाको हाफ म्याराथननमा २९ जनाले सहभागिता जनाएको आयोजकले जनाएको छ ।

विजेता खेलाडीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाल, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, मञ्चका अध्यक्ष तेजबहादुर गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए । विगतका संस्करणमा विदेशी धावकहरुले प्रतियोगितामा सहभागिता जनाउने गरेकामा यस वर्ष कोरोना कारणले विदेशीको सहभागिता थिएन । गत संस्करणको उपाधि जापानका खेलाडीले जित्न सफल भएका थिए ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेश र पोखरालाई खेल पर्यटनको राजधानी बनाउनका लागि विभिन्न सङ्घसंस्थाले गर्ने प्रतियोगिताले मद्दत पुगेको बताउँदै प्रदेश सरकार खेलकूद विकासमा प्रतिबद्ध रहेको बताए । सुन्दर पर्यटकीय नगरी पोखरालाई खेलकूदको विश्वमान चित्रमा स्थापित गराइ खेलकूद पर्यटन प्रवद्र्धनका लागि म्याराथनलाई कोरोना कहरबाट सिर्जित चूनौतीपूर्ण अवस्थामा पनि निरन्तरता दिइएको मञ्चका अध्यक्ष गुरुङले बताए ।

विगतका संस्करणमा म्याराथनसहितका अन्य विधाहरु एकै दिन सञ्चालन हुने भएकामा यस वर्ष कोरोना भाइरस सङ्क्रमणको सम्भावित जोखिमलाई मध्यनजर गरी अन्य इभेन्टहरुलाई फरक–फरक मितिमा आयोजना गरिएको मञ्चले जनाएको छ । जस अन्तर्गत ह्विलचियर दौड महिला र पुरुष तथा दृष्टिविहीन दौड फागुन २२ गते हुनेछ । १० किमी महिला÷पुरुष दौड आगामी चैत १४ गते र पाँच किमी छात्र÷छात्रा दौड आगामी वैशाख ४ गते सञ्चालन गरिने आयोजकले जनाएको छ । दश किमी महिला÷पुरुष दौडमा विजेता रु १५ हजार तथा द्धितीय र तृतीयले रु १० हजार र रु पाँच हजार पुरस्कार प्राप्त गर्नेछन् ।

ह्लिचियर र दृृष्टिविहीनतर्फका दुवै इभेन्टमा विजेताले रु सात हजार, द्वितीयले रु पाँच हजार र तृतीयले रु तीन हजार पुरस्कार पाउनेछन् । यसैगरी छात्र÷छात्रा दौडमा प्रथमले रु १० हजार द्धितीयले रु सात हजार र तृतीय हुनेले रु चार हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । रासस