काठमाडौँ — फाल्गुन १९, २०७७।
ड्रीम सर्च एजेन्सीले राजधानीमा नेपाली फेशन क्षेत्रको उत्सव 'फेशन फेयर अवार्ड' को पहिलो संस्करण सम्पन्न भएको छ । नेपाली गीत, संगीत क्षेत्रमा उत्कृष्ट स्रस्टालाई सम्मान गरिने यो अवार्डबाट विभिन्न उत्कृष्ट स्रष्टा सम्मानित भएका छन् ।
शनिबार भक्तपुरको इम्पेरियल बैंक्वेटमा आयोजित समारोहमा ‘सोसियल वर्कर अफ द ईयर’बाट समाजसेवी एवं राप्रपा नेपालका केन्द्रिय सदस्य रविन्द्र प्रताप शाहलाई प्रदान गरिएको छ ।
लिजेन्ड्री अर्टिस्ट अफ द इय़रमा गायक दिपक बज्रचार्य, फेशन एक्सीमेल्स अफ द ईयरमा मोडल अन्जली लामा, सेलिव्रेटी आर्टिस्ट अफ द ईयरमा मोदल तथा नायक गौरब पहारी, ब्युटी पेजेन्ट अफ द ईयरमा मिस युनिभर्स नेपाल, फेशन फोटोग्राफर अफ द ईयरमा राज भाई सुवाल, बेस्ट ईन्टरनेशनल पेजेन्ट कोरियोग्राफरमा रोजिन शाक्य, फेशन डिजाईनर अफ द ईयरमा तेन्जेन छेतेन भुटिया, जर्नालिस्ट अफ द ईयरमा निमेष गौतम, ईभेन्ट फोटोग्राफर अफ द ईयरमा महेश प्रधान तथा बेस्ट अनलाईन भोटिङ कम्पनी अफ द ईयरमा ग्लोबल अनलाईन पे ईन्टरनेशनललाई प्रदान गरिएको थियो।
नेपाली फेशन क्षेत्रका विभिन्न विधामा अवार्ड वितरण गरिएको कार्यक्रममा मनोनयनमा परेकाहरुमध्येबाट उत्कृष्ट भएकाहरुलाई 'फेशन फेयर अवार्ड-२०२०' वितरण गरिएको हो।
नेपाली फेशन र मोडलिङ क्षेत्रको उत्थान, यसमा आवद्द कलाकर्मीहरुको सम्मान र प्रोत्साहन एवं गुणात्मक श्री वृद्धिको निमित्त फेशन र मोडलिङका साधकहरुलाई उत्साहित बनाउन र यो उद्योेगको व्यावसायीकरणमा टेवा पुर्याउन हरेक वर्ष 'फेशन फेयर अवार्ड' गर्दै जाने ड्रीम सर्च एजेन्सीका प्रमुख कमल निकोन क्षेत्रीले जनाएका छन ।
अवार्ड प्राप्त गर्नेहरुको विवरण यस्तो छ…
Ravindra Pratap Shah
(Samaj Sebi & Ra Pra Pa Nepal ko Kendriya Sadasya)
Social Worker of the Year – Ravindra Pratap Shah
1. Special Honor Awards presented by Kamal Nikon Chhetri (Founder/Director – Dream Search Agency)
Legendary Artist of the Year - DEEPAK BAJRACHARYA
Fashion Excellence of the Year - ANJALI LAMA
Celebrity Artist of the Year - GAURAV PAHARI
Beauty Pageant of the Year - Miss UNIVERSE NEPAL
Fashion Photographer of the Year - RAJ BHAI SUWAL
Best International Pageant Choreographer - ROJIN SHAKYA
Fashion Designer of the Year - TENZEN TSTEN BHUTIA
Journalist of the Year - NEMISH GAUTAM
Event Photographer of the Year - MAHESH PRADHAN
2. Awards to be presented by Dharmendra Sewan
Best Fashion Icon (kids female) YESHASHREE MAHARJAN
Best Fashion Icon (kids male) AALOK CHAURELI
Best Fashion Icon (preteen female) VAIBHAVI SHAH
Best Fashion Icon (preteen male) SOHAN KHADGI
3. Awards to be presented by Gaurav Pahari
Best fashion model (kids male) DIVAM RAKHECHA
Best fashion model (preteen female) NIKKI LAWAJU
Best fashion model in international runway –Thailand International Fashion Fest 2019 (female) VAIBHAVI SHAH
Best fashion model in international runway –Thailand International Fashion Fest 2019 (male) ROSHISH CHIKANBANJAR
Best Fashion Model (preteen male) ARYAN JYAKHO
4. Awards presented by Kamal Nikon Chhetri
Best National Title winner (kids female) SAANVI SHAKYA
Best National Title winner (kids male) DIVAM RAKHECHA
Best Runway model (kids) RIJA NAPIT
Best Runway model (preteen) SAMPADA SUWAL
Best Runway model in international Runway-Thailand International Fashion Fest 2019 (female) NIKKI LAWAJU
Best Runway model in international Runway-Thailand International Fashion Fest 2019 (male) SWAGAT MALLA
5. Awards presented by Ravindra Pratap Shah
Best Stylish Fashion Model (preteen female) NIKKI LAWAJU
Best Stylish Fashion Model (kids female) YESHASHREE MAHARJAN
Best Stylish Model in International Runway-Thailand International Fashion Fest 2019 (female) DEELASTA BUDDHACHARYA
Best Stylish Model in International Runway-Thailand International Fashion Fest 2019 (male) ARYAN JYAKHO
6. Awards presented by Nagma Shrestha
Best International Runway Model (male) AMIT KUMAR RAUNIYAR (BANGALORE)
Best Event Management Company NEPLAY EVENTS (AUSTRALIA)
Best International Title Winner SILASHMA MALLA
Best Mrs. International Title Holder ALINA SHAKYA TULADHAR
Best international Fashion Designer JWALA RAJ POKHAREL
7. Awards presented by Anjali Lama
Best International National Director ANILA SHRESTHA
Best International Delegate (Male) SHERAP GYALTSEN LAMA
Best Event Sponsor/Supporter SHIKHAR HIMALAYAN SECURITY SERVICES
Best Event Organizer GREEN ARTS MEDIA
8. Awards presented by Anjali Lama
Best Fashion Designer SUSHILA ONTA
Best Voting Company of the Year GLOBAL ONLINE PAY
Make-up Artist of the Year SHAILAZA SHAH
Runway Model of the Year SANJAY BK
9. Awards presented by Raj Bhai Suwal
Best Event Choreographer ANILA SHRESTHA
Best Fashion Choreographer ASISH NAPIT
Best Fashion Designing Institute IIFT (INTERNATIONAL INSTITUTE OF FASHION TECHNOLOGY)
Best Mrs. International Delegate DURGA BISHURAL
10. Awards presented by Tenzin Tseten Bhutia
Best Emerging Choreographer (Mofasal) SIJAN CHAUDHARY
Best Emerging Choreographer UDEN THAKURI
Best Emerging Fashion Model (Male) SURESH GURUNG
Best Emerging Make-up Artist KRISHNA BC
11. Awards presented by Nemish Gautam
Best Model in International Runway –Thailand International Fashion Fest 2019 (female) GIRWANI CHAIKANBANJAR
Best Model in International Runway–Thailand International Fashion Fest 2019 (male) ASISH NAPIT
Best Stylish Fashion Model (Teen Male) SWAGAT MALLA
Best Event Supporter RAJU LAMA
Best Stylish Fashion Model (Preteen Female) BABYSHA BHANDARI
Best National Pageant Winner (female) KASISH RAI
12. Award presented by Nemish Gautam
Best Event DJ DJ KRISISNA (BAL KRISHNA THARU)
Best Fashion Stylish SUMAN KHADKA
Best Event Sound & Light EUPHONIC SOUND & LIGHTS
Best Graphic Designer ARBIN BISWAS
काठमाडौं, १९ फाल्गुण-गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ-नेपाल) को आसन्न निर्वाचनका लागि कृष्णबहादुर सुवेदीले अध्यक्ष पदमा दाबी पेश गर्दै उम्मेद्ववारी घोषणा गरेका छन्। भिटोफको २४ औं साधारण सभा मार्फत नयाँ नेतृत्व चयन हुन लागेमा सुवेदीले नेतृत्वका आफ्नो उम्मेद्ववारी घोषणा गरेका हुन । चैत्र २० गतेका लागि भिटोफको निर्वाचन मिती तोकिएको छ यसअघि भदौ २५ का लागि तय गरिएको साधारण सभा कोरोना महामारीका कारण स्थगन भएको थियो।
कोरोनाले थला परेको ग्रामीण पर्यटनलाई टेवा दिने उदेश्यले आफुले उम्मेदवारी दिन लागेको आकांक्षी सुवेदीले बताएका छन्। ‘कोरोनाले थला परेको नेपालको ग्रामीण पर्यटन व्युँताउन र पुनःप्रवर्धन गर्नलाई मैले उम्मेद्वारको घोषणा गरेको हुँ,' सुवेदीले भने।
'पुराना होमस्टेको बजारीकरण, नयाँ ग्रामिण पर्यटकीय गन्तब्यको खोजी एवम् प्रवर्द्धन र आवश्यक तालिमका लागि सहजीकरण गर्ने मेरो मुल लक्ष्य छ’ सुवेदीले आफ्नो दाबी पेश गर्दै भने । आफ्नो नेतृत्वमा भिटोफ-नेपालले ग्रामीण पर्यटनको पुनरुत्थानमा महत्वपूर्ण भूमिका खेल्न सक्ने पनि उनले औल्याए ।
को हुन सुवेदी ?
धादिङ ज्वालामुखी गाउँपालिका-६, खत्री गाउँ मुल थलो रहेका ३४ वर्षे सुवेदी युवा पर्यटन व्यवसायी हुन्। उनी विगत दुई दशक देखी पर्यटन व्यवसायमा आवद्ध छन् । नेपाल क्लाइम्बिङ एडभेञ्चर प्रा.लिका प्रबन्ध निर्देशक रहेका सुवेदीले भिटोफ नेपालको सह-कोषाध्यक्षको जिम्मेवारी समेत सम्हालिसकेका छन्।
काठमाडौं- ओम समाज डेन्टल हस्पिटल ले चाबहिल स्थित हेल्पिंग हेन्ड सामुदायिक अस्पतालमा आफ्नो दन्त्य सेबा बिस्तार गरेको छ। उक्त सेबा को उद्घाटन हेल्पिंग हेन्ड सामुदायिक अस्पतालका अधक्ष्य डा.गुप्त बहादुर श्रेष्ठ तथा ओम समाज डेन्टल हस्पिटल का अधक्ष्य डा.सुबाश घिमिरेले गर्नु भएको थियो ।
उक्त उद्घाटन समारोहमा काठमान्डू महानगर पालिका वडा न ७ का वडा सदस्य श्री कृष्ण मणि भट्टराई, ओम समाज डेन्टल हस्पिटलका उपाध्यक्ष रामेश्वर के.सी, सल्लाहकार मोहन पोख्रेल लगाएत हेल्पिंग हेन्ड अस्पतालका बिसिस्ट कर्मचारी हरुको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै डा.घिमिरेले ओम समाज डेन्टल हस्पिटल जसको दाँत सबल उसको जिबन सफल भन्ने एक रास्ट्रीय नाराका साथ् अघि बढिरहेको बताउदै कोहि पनि कुनै कारणले पनि उपचार बाट बन्चित हुन् नपरोस सबैको लागि उपचार सहज,सुलभ होस् भन्ने उदेस्यले यस सामुदायिक अस्पतालमा आफ्नो सेबा बिस्तार गरेको जानकारी गराउनु भयो ।
भने अधक्ष्य डा.श्रेष्ठले हेल्पिंग हेन्ड सामुदायिक अस्पतालमा अब जुनसुकै (बिभाग) रोग का बिरामीको उपचार सम्भब भएकोमा खुशी व्यक्त गर्नुभयो । हाल उक्त बिस्तारित शाखामा उपचार का लागि डा. शोभा योंग हांग,डा रिमिशा भट्टराई रहनु भएको तथा यहि चैत्र ७ गते सम्म बिश्व मुख स्वास्थ दिबस को उपलक्ष्यमा निस्सुल्क चेक जाच तथा छुट को ब्यबस्था गरिएको अस्पताल प्रसासनले जानकारी दिएको छ ।
काठमाडौँ — फाल्गुन १६, २०७७।
राजधानीको डल्लुकी कृषा महर्जन नयाँ ‘मिस नेवाः नेपाल ११४१’ बनेकी छन् । नेप्लीज फेसन होमले आयोजना गरेको १५ औं संस्करणको प्रतियोगितामा कृषाले १४ प्रतिष्पर्धीलाई पछि पार्दै शीर्ष उपाधि चुमेकी हुन् ।
कृषाले उपाधिसँगै १ लाख रुपैयाँ पनि जितेकी छन् । प्रतियोगितामा ललितपुर पाटनस्थित सुन्धाराकी प्रिया तण्डुकार ‘फष्ट रनर अप’ र काठमाडौं कलंकीकी कृष्टीना महर्जन ‘सेकेण्ड रनर अप’ चुनिए । उनीहरुले उपाधिवापत क्रमशः २५ हजार र १५ हजार रुपियाँ जिते ।
प्रियाले ‘मिस–पब्लिक च्वाइस’ र कृष्टीनाले ‘मिस चार्मिङ’को विधागत उपाधि पनि जिते । प्रतियोगितमा मनिका खड्गी ‘मिस ट्यालेण्ट’ र ‘मिस फोटोजेनिक’, रोहिना महर्जन ‘सोसिएल वेलफेयर एम्बेसडर चिफ’ र ‘वेस्ट स्किन’, मनिषा महर्जन ‘वेष्ट ड्रेस’, एञ्जिला अवाले ‘मिस डिसिप्लेन’, लेनिका डंगोल ‘वेष्ट हेयर’ र ‘मिस पर्सनालिटी’, सौर्य शाही ‘बेस्ट स्माइल’ तथा स्वीकृति महर्जन ‘मिस फ्रेन्डसिप’ चुनिए ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा फेसन होमकी अध्यक्ष हेमा मानन्धरले नेवारी कला, धर्म, संस्कृति, भाषा र भेषलाई जिवन्त राख्न १७ वर्षदेखि मिस नेवाः नेपालको आयोजना गर्दै आएको बताइन् ।
रोजिन शाक्यको कोरियोग्राफी तथा रोजिनसँगै पूर्व ‘मिस नेवाः नेपाल’ सुनिता डंगोलले सञ्चालन गरेको प्रतियोगितामा नेपाल क्योकुसिन सेइसिन काइकान कराँते संघका अध्यक्ष सिहान अशोककुमार श्रेष्ठ, नेपाल टेलिकमका मेनेजर सरोजकुमार शाक्य, स्पेशल ओलम्पिक नेपालका अध्यक्ष डा. शिक्षिता श्रेष्ठ, कन्सर्न नेपालका निर्देशक डा. विजय सैंजु, पूर्व ‘मिस नेवाः नेपाल’ एलिशा बज्राचार्य र नेपाल लिपी गुठीका उपाध्यक्ष अनिल स्थापित निर्णायक थिए ।
काठमाडौँ — फाल्गुन १६, २०७७।
ग्लोबल अनलाईन पे ‘बेस्ट भोटिङ कम्पनी अफ द ईयर २०२०' बाट सम्मानित भएको छ । ड्रीम सर्च एजेन्सीद्वारा आयोजित फेशन फेयर अवार्डमा उत्कृष्ट भोटिङ सर्भिस प्रदायक बन्दै बेस्ट भोटिङ कम्पनी अफ द ईयर २०२० बाट ग्लोबल अनलाईन पे सम्मानित भएको हो ।
नेपालभर संचालित विभिन्न रियालिटि शो, ब्युटी पेजेन्ट, अवार्ड शो लगायतका उत्कृ्ष्ट ईभेन्टहरुमा भोटिङ सर्भिस प्रदायकको रुपमा सर्वोत्कृष्ट भोटिङ सर्भिस प्रदायक कम्पनीको रुपमा आफुलाई स्थापित गर्न सफल भएकाले ग्लोबल अनलाईन पे का प्रमुख डेविल सिंह राजपुतलाई उक्त पुरस्कार प्रदान गरिएको ड्रीम सर्च एजेन्सीका कार्यकारी प्रमुख कमल निकोन क्षेत्रीले जनाएका छन।
उक्त अवसरमा राजपुतले संचालनमा आएको छोटो समयमा नै प्रतिष्ठित पुरस्कार प्राप्त गर्नु ग्लोबल अनलाईन पेका लागि गौरवको विषय भएको र यसबाट ग्लोबल अनलाईन पेलाई भोटिङ सर्भिसको बृहत्तर हितमा काम गर्न अझै प्रेरणा मिलेको बताएका छन् । सो अवसरमा उनले ग्लोबल अनलाईन पे देशकै पहिलो राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरबाट डिजिटल अनलाईन भोटिङ सर्भिस प्रदायक भएकाले नेपालमा आधुनिक डिजिटल अनलाईन भोटिङ प्रणालीका निम्ति कम्पनीले ठूलो योगदान गरेको दाबी समेत गरे ।
काठमाडौँ — फाल्गुन १६, २०७७।
सौन्दर्य प्रतियोगिता मिस तामाङ २०२१ को ट्यालेन्ट शो सम्पन्न भएको छ । शुक्रबार काठमाडौंस्थित हिमालयन रिमठिम क्याफेमा सबै सहभागीले नृत्य, अभिनय, कविता, गायन र भाषण कला प्रस्तुत गरेका हुन् ।
एभरेष्ट फेसन होमद्वारा आयोजित १३ औं संस्करणको मिस तामाङ प्रतियोगितामा काठमाडौंकी शिष्मा लामा, काभ्रेकी प्रतिभा तामाङ, सफलता तामाङ, संगीता लामा, सुजाता तामाङ, रिमा लामा, सिता दोङ, दिपाशा लामा दोङ र प्रतिभा लामा सहभागी भएका छन् ।
यसै गरी रामेछापकी ज्योति लामा, नुवाकोटकी सुनिता तामाङ, सिन्धुलीकी गंगामाया रुम्बा र पासाङ ब्लोन, दोलखाकी अनिता तामाङ, धादिङकी आनन्दी तामाङ, रसुवाकी सविना गोले, भक्तपुर नगरकोटकी सफिला थिङ, धरानकी विनीता तामाङले सहभागिता जनाएकी छन् ।
अडिसनबाट छनौट भएकालाई तालिम दिइरहेको होमकी अध्यक्ष रञ्जिता ब्लोन तामाङले जानकारी दिइन् । तालिम अवधिमा तामाङ भाषा, व्यक्तित्व विकास, तामाङ जातिको इतिहास, श्रृंगार, ऐतिहासिक ठाउँको भ्रमण, फोटो सुट, सामाजिक कार्य अनुभव, आत्मविश्वास, सवाल जवाफ, क्याटवाकलगायतमा जानकारी दिइरहेको उनले बताइन् ।
‘आफ्नो सुन्दरतासँगै आफू जन्मेको भूमि, कला र संस्कृतिलाई जगेर्ना गर्नु हाम्रो कर्तव्य हो, अध्यक्ष तामाङले भनिन् ।’
ट्यालेन्ट शो को निर्णायक मण्डलमा निर्देशक एवं नायक अमिर दोङ, २०१७ की मिस तामाङ फस्ट रनर अप एवं मोडल नवाङ मोक्तान, म्हेन्दोमाया गायक एवं नायक राजकिङ वाइबा, मोडल अनिता गोले र २०१८ की फष्ट रनर अप रञ्जिता गोले रहेका छन् ।
तामाङ भाषा, धर्म, कला, संस्कृति, भेषभुषा, रीतिरिवाज र रहनसहनलाई युवामाझ पुर्याउने उद्देश्यले विगत २००९ देखि यो प्रतियोगिता गर्दै आइरहेको छ । अहिलेसम्म जेनिशा मोक्तान, उपाली ग्याबाक, समी बज्यु, रोजिना घिसिङ, सुमि मोक्तान, लाक्पा तामाङ, मुनाश्री तामाङ, लक्ष्मी मोक्तान तामाङ, उर्मिला लामा योञ्जन र पिंकी घिसिङ, सिम्रन स्याङ्बोले मिस तामाङको उपाधि जितेका छन् ।
प्रतियोगिताको फिनाले होटर्ल र्याडिसनमा हुनेछ ।
मिस तामाङ विजेताले नगद १ लाख रुपैयाँ, सिल्भर क्राउन र गिफ्ट ह्याम्पर पाउनेछ । यस्तै फस्ट रनर अफले ५० हजार रुपैयाँ, सिल्भर क्राउन र गिफ्ट ह्याम्पर र सेकेन्ड रनर अफले नगद ३० हजार रुपैयाँ, सिल्भर क्राउन र गिफ्ट ह्याम्पर पाउनेछ ।
प्रतियोगितामा सहभागी १० जनालाई विभिन्न सबटाइटल पुरस्कार प्रदान गरिनेछ ।
काठमाडौ । नेकपा (ओली समूहको) राष्ट्रिय युवा सङ्घ नेपालको काठमाडौँमा सम्पन्न केन्द्रीय कमिटीको प्रथम पूर्ण बैठक बाट केन्द्रीय सदस्यमा रामनारायण श्रेष्ठ(आर्यन) केन्द्रीय सदस्यमा चयन भएका छन् । श्रेष्ठ लाई युवासंघले केन्द्रीय सदस्यमा चयन गरेको हो । चयन भएका केन्द्रीय सदस्यहरूलाई युवा सङ्घले शपथ खुवाएको छ ।
राष्ट्रिय युवा संघ नेपालको नुवाकोटका नेता राम नारायण श्रेष्ठ प्रधानमन्त्री केपी ओलीको समर्थनमा स्वस्पुर्तका साथ बाइक र्यालीमा जुलुस नेतृत्व गदै भब्य रूपमा सहभागी गराउदै आएको थिए। श्रेष्ठ यसअघि केन्द्रीय लेखा आयोगका सद्स्य समेत थिए।
काठमाडौ । नेकपा (ओली समूहको) राष्ट्रिय युवा सङ्घ नेपालको काठमाडौँमा सम्पन्न केन्द्रीय कमिटीको प्रथम पूर्ण बैठक बाट केन्द्रीय सदस्यमा रामनारायण श्रेष्ठ(आर्यन) केन्द्रीय सदस्यमा चयन भएका छन् । श्रेष्ठ लाई युवासंघले केन्द्रीय सदस्यमा चयन गरेको हो । चयन भएका केन्द्रीय सदस्यहरूलाई युवा सङ्घले शपथ खुवाएको छ ।
राष्ट्रिय युवा संघ नेपालको नुवाकोटका नेता राम नारायण श्रेष्ठ प्रधानमन्त्री केपी ओलीको समर्थनमा स्वस्पुर्तका साथ बाइक र्यालीमा जुलुस नेतृत्व गदै भब्य रूपमा सहभागी गराउदै आएको थिए। श्रेष्ठ यसअघि केन्द्रीय लेखा आयोगका सदस्य समेत थिए।
काठमाडौं, १३ फाल्गुण- राष्ट्रपति विद्या देवी भण्डारीले डा. गौरी शंकर लाल दासलाई हेम बहादुर मल्ल सम्मान प्रदान गरेकी छिन् ।विहिवार राष्ट्रपति भवन शितल निवासमा आयोजित सम्मान समर्पण कार्यक्रम माझ दासलाई उक्त सम्मानबाट विभुषित गरिएको हो । जन प्रशासन संघका अध्यक्ष कृष्णहरि बाँस्कोटाको सभापतित्वमा भएको उक्त सम्मान कार्यक्रममा पुर्व मन्त्री एवम् कानुन आयोगका अध्यक्ष माधव पौडेल, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका संचालक समिति अध्यक्ष लक्ष्मीदास मानन्धर, साल्ट ट्रेडिङकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ, साल्ट ट्रेडिङका संचालक समिती सदस्यहरु कल्याणगोविन्द श्रेष्ठ, प्रदिपलाल श्रेष्ठ, अन्जन श्रेष्ठ, वहालवाला एवम् पुर्व उच्च प्रशासक, साल्ट ट्रेडिङका अधिकारीहरु आदीको उपस्थिती रहेको थियो ।
सम्मान ग्रहण पस्चात कार्यक्रम माझ बोल्ने क्रममा डा. दासले राष्ट्रपतिबाट सम्मानित हुन पाएकामा गौरव महशुश गरेको धारणा राख्दै आफुलाई योग्य ठानेकामा जनप्रशासन संघ, सम्मान छनौट समिति र पुरस्कार स्थापना गरेकामा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड प्रति आभार व्यक्त गरे ।
कार्यक्रम माझ सभापतिको आसनबाट बोल्दै जन प्रशासन संघका अध्यक्ष कृष्णहरि बाँस्कोटाले संघले निजामती ऐन, कर्मचारीको क्षमता विकास, जनशक्ती व्यवस्थापन आदीको पक्षपोषण गर्दै आएको जानकारी गराउदै यो सम्मान १६ औ श्रिँखला भएको उल्लेख गरे । साथै, उनले हेम बहादुर मल्लको व्यक्तित्व बारे चर्चा गर्दै उनी कर्मठ, इमान्दार, सदाचारी एवम् कुशल व्यवस्थापक भएको स्मरण समेत गरे ।
यसैगरि, उक्त सम्मान छनौट समितीका संयोजक पुर्व मन्त्री एवम् कानुन आयोगका अध्यक्ष माधव पौडेलले कुल नब्बे सिफारिस मध्येबाट विभिन्न्न चरण पार गरी अन्तिममा ३ जना मध्येबाट पनि डा. दासलाई सर्वोकृष्ट ठहर गरिएको जानकारी दिए ।
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका संचालक समिति अध्यक्ष लक्ष्मीदास मानन्धरले कर्पोरेशनको सेवा प्रवाह पारे प्रकाश पार्दै सुपथ मुल्यमा सर्वसुलभताका साथ अत्यावश्यकिय वस्तुहरुको कारोबार गर्दै आएको उल्लेख गरे । साथै, उनले कार्यक्रममा उपस्थितीका लागि राष्ट्रपति लगायत समस्तमा धन्यवाद व्यक्त गरे ।
त्यसैगरि अर्को चरणमा दरबार मार्गमा आयोजित कार्यक्रम माझ सम्मानित व्यक्तित्व डा. दासलाई दोसल्ला ओडाईनुका साथै पुरस्कार राशी सहितको चेक हस्ताण्तरण गरिएको थियो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा साल्ट ट्रेडिङकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले कर्पोरेशनले आम उपभोक्ताको हितलाई केन्द्रमा राख्दै आएको सन्दर्भ उल्लेख गर्दै सामाजिक उत्तरदायित्वलाई पुरा गर्ने सिलसिला कर्पोरेशनले विभिन्न कार्यक्रमहरु गर्दै आएको जनाइन् । साथै, उनले कर्पोरेशनले २०६० साल देखी हेम बहादुर मल्ल सम्मानका लागि जनप्रशासन संघसँग सहकार्य हुँदै आएको जानकारी गराउदै हेम बहादुर मल्ल सम्मान २०७५ बाट सम्मानित व्यक्तित्व डा. गौरी शंकर लाल दासले चिकित्सा एवम् सामाजिक क्षेत्रमा पुर्याएको योगदानको सर्हाना गर्दै बधाई ज्ञापन गरिन ।
सम्मानित व्यक्तित्व डा. दासले आफुले २०१८ सालमा चिकित्सा सेवा प्रारम्भ गरेको स्मरण गर्दै रोचक प्रसङ्हरु बारे चर्चा गरेका थिए ।
सो अवसरमा संघ अध्यक्ष कृष्णहरि बाँस्कोटा, प्रा. डा. चुणाराज शर्मा, प्रा. यशोधा पौडेल, संघ महासचिव रामशरण चिमोरिया लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा पुर्व सचिवहरु विद्याधर मल्लिक, उमेश मैनाली, शान्तराज सुवेदी, चन्द्र घिमिरे लगायत उच्च पदस्थहरुको सहभागीता रहेको थियो ।
सो कार्यक्रम जनप्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको संयुक्त आयोजनामा भएको थियो । हेम बहादुर मल्ल सम्मान साल्ट ट्रेडिङ कर्पोरेशन लि. का पुर्व अध्यक्ष एवम् पुर्व महाप्रबन्धक स्व. हेम बहादुर मल्लको स्मृतिमा स्थापना गरिएको हो ।
यस अघि हेमबहादुर मल्ल सम्मानबाट विभुषित हुनेहरुमा केदार भक्त माथेमा, चादनी जोशी, भगवान कोईराला, विमल कोइराला, महाविर पुन, अम्बिका श्रेष्ठ, भोजराज पोखरेल, डा. दमननाथ ढुङ्गाना, डा.सुरेश राज शर्मा, खिलराज रेग्मी, उमेश मैनाली, दामोदार रेग्मी, देवेन्द्र राज कँडेल, कुलमान घिसिङ र सुन्दुक रूइत छन् । यो सोह्रौ सम्मान समर्पण हो ।
को हुन डा. गौरीशंकर लाल दास
डा. गौरी शंकर लाल दास पेशाले चिकित्सक र प्रशासक हुन । वि. स. २००९ साल देखी उनले विर अस्पतालमा रेजिडेन्ट मेडिकल अफिसरका रुपमा स्वास्थ्य सेवा आरम्भ गरेका थिए । उनले वि. स. २०२४ सालमा स्वास्थ्य सेवा विभागको निर्देशक हुँदै स्वास्थ्य मन्त्रालयको प्रमुख योजना अधिकृत भएर काम गरेका थिए । त्यसैगरि उनले सन १९७५ देखी १९९० सम्म विश्व स्वास्थ्य संगठनमा आवद्ध रहि अन्तरराष्ट्रिय स्तरमा काम गरेका थिए । डा. दासले २०३५ देखी २०४७ सालसम्म लोक सेवा आयोगको सदस्य र २०५७ देखी २०६२ सालसम्म
राष्ट्रिय मानव अधिकार आयोगको सदस्य भई सेवा गरेका थिए । साथै उनी एक दर्जन भन्दा बढी सामाजिक संघ संस्थामा आवद्ध छन् । सिरहाको इनरुवामा जन्मिएका दास हाल ९६ बर्ष टेक्दै छन् ।
११ फागुन २०७७ शर्मिला विश्वकर्मा, काठमाण्डौं
नेपाल अपाङ्ग मानव अधिकार केन्द्रको आयोजना, ओपन सोसाइटी फाउण्डेशनको सहयोग तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको संयोजनामा अब हुने राष्ट्रिय जनगणनामा अपाङ्गता भएका व्यक्तिहरुको सही विवरण समावेश गरिने सम्बन्धमा काठमाण्डौंमा एक छलफल कार्यक्रम गरियो । सो छलफल कार्यक्रममा केन्द्रिय तथ्याङ्क विभागका निर्देशक ढुण्डिराज लामिछानेले राष्ट्रिय जनगणना २०७८ को तयारी कार्य र राष्टिय अपाङ्ग महासंघ नेपालसँग सहकार्यका क्षेत्र विषयमा कार्यपत्र प्रस्तुत भएको थियो ।
यसै क्रममा उहाँले यस जनगणनामा अपाङ्गता भएका व्यक्तिहरुको सही तथ्याङ्क संकलनको लागि वासिङटन ग्रुपका प्रश्नावलीहरु समावेश गरिएको, राष्ट्रिय प्रशिक्षक सहजकर्ताको रुपमा अपाङ्गता भएका व्यक्तिहरुको क्षेत्रमा काम गर्ने व्यक्तिहरुलाई पनि सामावेश गरिएको बताउनु भयो । त्यसै गरी अपाङ्गता भएका महिलाहरुको महासंघ नेपालकी अध्यक्ष निर्मला धितालले अब हुने राष्ट्रिय जननणनामा सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको सही विवरण समावेश गर्नको लागि सबै एकजुट भएर आवश्यक सहयोग गर्नु पर्ने, प्रशिक्षक, गणक तथा सुपरिवेक्षेकहरुमा पनि अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता गराउनु पर्ने कुरामा जोड दिनु भयो ।
कार्यक्रम सञ्चालनकै क्रममा आयोजक संस्था नेपाल अपाङ्ग मानव अधिकार केन्द्रका कार्यकारी निर्देशक जगदिश प्रसाद अधिकारीले अब हुने राष्ट्रिय जनगणनामा सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको गणना छुट्न तथा दोहोरिन नहुने भन्दै सम्बन्धीत निकायहरुलाई अपाङ्गता भएका व्यक्तिहरुका सवालमा आवश्यक सल्लाह तथा सुझाब र अन्य सहयोग गर्न सकिने बताउनु भएको थियो ।
नेपाल अपाङ्ग मानव अधिकार केन्द्रले काठमाण्डौंमा आयोजना गरेको राष्ट्रिय जनगणनामा अपाङ्गता भएका व्यक्तिहरुको सवालका विषयमा छलफलका क्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष मित्रलाल शर्माले अब हुने राष्ट्रिय जनगणनामा सबै प्रकारका प्रकारका अपाङ्गता भएका व्यक्तिहरुलाई समावेश गर्नको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र, त्रिभूवन विश्व विद्यालय, केन्द्रिय तथ्याङ्ग विभाग लगायतका अन्य सम्बन्धीत निकायहरुसँग सहकार्य गरेर काम गरि रहेको बताउनु भयो ।
सो छलफलमा सहभागी व्यक्तिहरुले यस पटकको राष्ट्रिय जनगणनामा सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको सही विवरण आउनु पर्ने, यसको लागि गणकहरुलाई अपाङ्गता भएका व्यक्तिहरुका विषयमा जानकारी मूलक तालिम प्रदान गर्नु पर्ने, यो राष्ट्रिय कार्यमा अपाङ्गता भएका व्यक्तिहरुलाई पनि सहभागी गराउनु पर्ने बताउनु भएको थियो ।