generalnews
||Power News Asia||

आजको समाचार

पहिलोपल्ट 'मिस कर्पोरेट नेपाल, २०२१' आयोजना हुँदै

समाचार


काठमाडौँ — चैत्र २५, २०७७। 

नेपालमा पहिलोपल्ट कर्पोरेट संस्थामा काम गर्ने महिलाहरुका लागि लक्षित गरी सौन्दर्य प्रतियोगिताको आयोजना हुने भएको छ। 

मिस कर्पोरेट नेपाल नाम दिइएको सौन्दर्य प्रतियोगितामा नेपालभरका कर्पोरेट संस्थामा काम गर्ने १८ बर्षदेखि २८ वर्षसम्मका महिलाले सहभागिता जनाउन पाउने आयोजक तथा अनुजा मिडियाकी संस्थापक अनुजा आचार्यले जानकारी दिइन्। त्यस्तै भर्खरै स्नातक सकेका महिलाले पनि प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन्।

असारको १० गते फिनाले हुने बताइएको सौन्दर्य प्रतियोगिताका सहभागीले आकर्षक पुरस्कारसँगै कर्पोरेट क्षेत्रमा काम गर्न पाउने आयोजकले जनाएको छ। 

कार्यक्रममा उच्च अदालतका न्यायाधीश नवराज थपलियाले कर्पोरेट क्षेत्रमा महिला नेतृत्व कम भएको बताए। उनले सबैभन्दा धेरै महिलाले काम गर्ने भनिएको बैंकमा समेत उच्च ओहोदामा महिला पुग्न नसकेको उल्लेख गरे। 

यस्ता सौन्दर्य प्रतियोगिताले कर्पोरेट क्षेत्रमा महिलालाई पनि उच्च ओहोदामा पुर्याउन मद्दत गर्नेमा थपलियाले विश्वास व्यक्त गरे। यता, नविल बैंकका अध्यक्ष उपेन्द्र पौडेलले भने ४० प्रतिशत महिला बैंकमा काम गर्ने बताउँदै कर्पोरेट क्षेत्रमा लैंङ्गिक समानता रहेको बताए। 

कर्पोरेट क्षेत्रको सबैभन्दा धेरै महिला कामदार भएको क्षेत्र नै बैंक हो। नविल बैंकले महिला सशक्तिकरणसँगै मिटू लगायतका बिषयमा समेत छलफल गर्ने गरेका छाैं, ' उनले भने।  अब हुन लागेको मिस कर्पोरेट नेपालले यसलाई अझै महत्वपूर्ण रुपमा अगाडी लैजाने उनको भनाइ छ।

एक कार्यक्रमको आयोजना गर्दै अनुजा मिडियाले आज कुनै पनि पेशामा आबद्द भएका महिलाले आफ्नो कार्यक्षेत्र एवम् सौन्दर्यसंगै अन्य केहि फरक गतिविधिबाट आफ्नो प्रतिभा प्रदर्शन गर्दै देश तथा युवावर्गलाई सशक्त एवम् प्रेरित गर्न सक्षम होस् भन्ने उद्देश्यले यस प्रतियोगिताको आयोजना गर्न लागिएको जानकारी दिएको हो । यस प्रतियोगिताले कर्पोरेट संस्थामा काम गर्ने महिलाहरुका लिडरसिपको समेत विकास हुने आयोजकको विश्वास रहेको छ ।

कार्यक्रममा बोल्दै मिडियाकी अध्यक्ष अनुजा आचार्यले उक्त प्रतियोगिताले कुनै न कुनै पेशामा आबद्व भएका महिलाभित्र लुकेको क्षमता प्रस्फुटन गर्नमा मद्दत गर्ने बताइन् । उनले सौन्दर्य प्रतियोगिता ग्ल्यामर तथा फोटोसुट मात्र नभई आफ्नो भित्री प्रतिभा प्रस्फूटन गर्ने माध्यम समेत रहेको भाव व्यक्त गरेकी छिन् । 

कार्यक्रममा गायक निर्णय श्रेष्ठ, ब्यबसायीहरु रजत श्रेष्ठ, मोहन ओझा, सन्जीव थापा, बिष्णु बहादुर कार्की लगायतका ब्यक्तित्वहरुको उपस्थतिथी थियो । 

आगामी वैशाख २० र २१ अडिसन राउण्डबाट शुरु हुने उक्त प्रतियोगिताबाट असार १० विजयी चुनिनेछन् । प्रतियोगिताको लागि इच्छुक एवम् योग्य १८ वर्षदेखि २८ वर्षसम्मका महिला समूहले  मिस कर्पारेट नेपाल’ को वेबसाइटमा गएर आफ्नो नाम दर्ता गर्न सक्नेछन् ।

पूर्णिका र सबलले जिते ‘फेस अफ टिन,२०२१’ को शिर्ष उपाधि

समाचार


काठमाडौँ — चैत्र २४, २०७७। 

राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न ‘फेस अफ टिन,२०२१’ को उपाधि पूर्णिका सिजापति र सबल नकर्मीले जितेका छन् । 

सिल्भरस्टार ईन्टरटेनमेन्टको आयोजनामा सम्पन्न प्रतियोगितामा उपाधिसँगै विजेताले फ्लाईटेक ईन्टरनेशनलबाट एयरहोस्टेस स्टडीमा छात्रवृत्ती, एवरेस्ट फिल्म एकेडेमीमा रु १ लाख बराबरको छात्रवृत्ती प्राप्त गर्नुको साथै विभिन्न आकर्षक गिफ्ट ह्याम्पर हात पार्न सफल रहे ।  पूर्णिकाले उपाधी संगै मस्ट ब्युटिफुल र बेस्ट पर्सनालिटी विधाको अवार्ड र सबलले मस्ट ट्यालेन्टेड विधाको अवार्ड समेत आफ्नो हातमा पार्न सफल भए। 

सनिश शाक्यको कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा दीपिका पराजुली र साईस राज शाक्य ‘फस्ट रनर अप’ तथा अन्जली शाह र लायन जोशी सेकेण्ड रनर अप घोषित भए। 

साथै सिम्रिक श्रेष्ठ र साईस राज शाक्य मस्ट पपुलर घोषित हुँदा एन्जल श्रेष्ठ र सुजन थापा पब्लिक चोईस अवार्ड वीनर हुन सफल भए। 

विधागततर्फ भने मस्ट ईन्टलेक्चुअल प्रकृती कार्की, मस्ट ट्यालेन्टेड / मस्ट ग्ल्यामरस दिपिशा तामाङ, मस्ट फोटोजेनीक आयुषा के सी, मिस रनवे मोडल लिया आले मगर, मस्ट डिसिपिलिन्ड सलिना बस्नेत, मिस पब्लिक चोईस / मिस बेस्ट स्माईल एन्जल श्रेष्ठ, मिस फेशन आईकन / मिस फ्रेन्डशीप मन्दिरा लामा, मिस मल्टिमिडिया सिम्रीक श्रेष्ठ, मिस फोटो कन्टेस्ट वीनर बिनिशा बलामी, बेस्ट ड्रेस रबिना लामा, मस्ट कृयटिभ प्रनिता मोते, मस्ट कन्फिडेन्ट बिपना मगर, बेस्ट फिगर अन्जली शाह, मिस डाईनामिक सबिता सिवाकोटी, मस्ट पङ्चुअल करुणा रसाईली, मिस बेस्ट मोडल / बेस्ट पर्फमर दिपिका पराजुली, मस्ट इनर्जेटिक निर्जु साह, मिस एलिजेन्स सफलता डंगोल र, मिस फेवुलस बिपना मगर घोषित भए। 

त्यसैगरी विधागत पुरुषतर्फ भने बेस्ट पर्सनालिटी सुजन थापा, मस्ट फोटोजेनिक प्रज्वल बिके, मिस्टर रनवे मोडल साईस राज शाक्य, मस्ट डिसिपिलिन्ड बिबेक तामाङ, मिस्टर फ्रेन्डशीप खिर्जन कुशवाहा, बेस्ट फिजिक लायन जोशी र मिस्टर मल्टिमिडिया सुजन थापा घोषित भए। 

रुविश्का श्रेष्ठले सञ्चालन गरेको प्रतियोगिताको निर्णायक मण्डलमा अनुप सक्सेना, महेश केसी, दिपक घिमिरे, आस्था शाखा, निलम पौडेल र रोजिका पोखरेल रहेका थिए। 

प्रशिक्षणको क्रममा प्रतिस्पर्धीहरुलाई नृत्य, गायन, शारीरिक फिटनेश ,फोटो सेसन, व्यक्तित्व विकास,  र स्टेज पर्फमेन्स क्याटवाक सम्वन्धी बिभिन्न विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। टीन एजर युवा युवतीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता अभिवृद्दि गरी समाजमा सकारात्मक संदेश फैलाउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजक तथा कोरियोग्राफर सनिश शाक्यले बताए ।
 

आधितुफान-२ मा नायक सन्जित भण्डारी अनुबन्धित

समाचार


काठमाण्डौ – चर्चित लेखक तथा फिल्म निर्माता मौनता श्रेष्ठले निर्माण गर्ने तथा ओमसाइभक्त भुमीको ब्यानरमा निर्माण हुने चलचित्र आधितुफान २ मा नायक संजित भण्डारी पनि प्रबेस गरेका छन् । मदन घिमिरेको निर्देशनमा बन्ने थ्रिलर र संस्पेन्स बिषय रहने यस चलचित्रको कास्ट एंड क्रू पुरा भएको छ र वर्कसपको समापनका पश्चात छांयाकनमा जानेछ ।यस चलचित्रमा नायक सन्जित भण्डारीले स्टालिस लवर वायको भुमिकामा देखिनेछन् भने उनि भारतको विश्व प्रसिद्ध फिल्म एड टेलिभिजन सस्थान पुने बाट फिल्म सम्बन्धी अध्ययन गरि फर्केका कलाकार हुन ।चलचित्रमा उनिलाइ सुहाउने भएकाले धेरै चरणको छनौट पश्चात उनलाई लिएको निर्माण पक्षले बताउछ । कथा अनुसार आफुलाई सुहाउदो उपयुक्त पात्र देखिएकोले आफु सो चलचित्रका लागी काम गर्न लागेको नायक भण्डारीले बताए ।
केहि हप्ता अगाडि पत्रकार सम्मेलन गरेर अन्य कलाकारको जानकारि दिएको निर्माण टिमले यस चलचित्रमा भारतीय जगतका चर्चित खलनायक कनिज कोइराला का साथ मा आरति आर्याल,याङ्सु,श्रेष्ठ,मुकून्द थापा,धुव्र कोइराला,संजय खतिवडा,पुस्कर राउत ,भोला अधिकारि,सिवन लामा,राजाराम गौतम,गोकुल सुबेदि,पुनम गौतम,सान अधिकारी,सोनी बि.सी ,जोया बुढाथोकी,रुपा के.सि,सरोज दाहल बिन्द्धीया शाहि ,रमेस तमाङ्ग बाल कलाकार अरुण कलिजराजको अभिनय रहनेछ । २०६३ सालमा सर्वाधिक सफल चलचित्र आधि तुफान “को सिक्वेलको रुपमा बन्ने नारी प्रधान,नारी एक्सनले भरिपुर्ण चलचित्र हुनेछ । रामशरण उप्रेतीको छायांकन,प्रेम चुल्ठेको द्धन्द ,सुरेस अधिकारिको संगित रहनेछ

 

‘मेरो माया करोडमा’ भन्दै सोना, उत्कृष्ट टिकटक बनाउनेलाई ५० हजार

समाचार


काठमाडौं - गायिका सोना अमात्यको नयाँ गीत ‘मेरो माया करोडमा’ सार्वजनिक गरिएको छ । सोनाको स्वरसँगै अभिनयसमेत रहेको गीतको भिडियो सार्वजानिक भएको हो । राजधानीमा केहीदिन अघि उद्योग वाणिज्य संघकी निवर्तमान अध्यक्ष भवानी राणाको उपस्थितिमा गीतको भिडियो सार्वजनिक गरिएको थियो ।

दीपक शर्माको शब्द र सङ्गीत रहेको गीतमा सोनासँगै सुगम पोखरेलको स्वर रहेको छ । एड एजेन्सी फुल सर्कलकी सीईओसमेत रहनुभएकी सोनाले ‘मेरो माया’ एल्बम अन्तर्गतको सिंगल गीत सार्वजनिक गर्नुभएकी हो । उहाँले आउँदो दिनमा यसका गीतहरुलाई सार्वजानिक गर्दै जाने र एल्बममा सङ्ग्रहित गर्ने बताउनुभएको छ । ‘गीतमा न्याय गर्ने कोसिश गरेकी छु’ उहाँले भन्नुभयो ।

गम्भीर विष्टको निर्देशन रहेको गीतको भिडियोमा सोनासँगै सागर लम्साल ‘बले’ हुनुहुनछ । भिडियोमा सागर र सोनासँगै गोविन्द सिंह विष्टको पनि अभिनय रहेको छ । गीतमा माया अमूल्य हुने भावलाई भिडियो र अडियो मार्फत प्रस्तुत गर्ने कोसिस गरिएको छ । भिडियोमा शुभम भुजेलको कोरियोग्राफी, बुद्ध थापाको छायाँकन, नवीन निरौलाको कलर र सम्पादन, दीपक आचार्यको भिडियो कन्सेप्ट रहेको छ ।

गीतको टिकटक च्यालेन्ज पनि घोषणा गरिएको छ । सार्वजनिक गीतको उत्कृष्ट टिकटक बनाउने मध्ये तेस्रोलाई १० हजार नगद, दोस्रोलाई २० हजार नगदसँगै मोबाइल फोन र पहिलो हुनेलाई ५० हजार नगदसँगै मोबाइल फोन दिइने घोषणा गरिएको छ । यो पुरस्कार वितरण सोनाकै तीन सातापछि सार्वजनिक हुने नयाँ गीतको कार्यक्रममा गरिने बताउनुभयो ।

 

Mr. Ananta Prasad Bhetuwal gets Felicitated with Star 2021 by World Book of Records – London

समाचार


Kathmandu, World Book of Records, London and World Record Publishing Company has initiated publishing an edition of Star 2021 to appreciate the Corona Warriors. During the lockdown period and combat against COVID-19 individuals, professionals, health workers, and organizations that have been pivotal and paved the way forward to serve humanity have been bestowed with the Star2021. Globally several bonafide warriors and organizations have already been bestowed with this coveted recognition.This was informed by Shri Santosh Shukla, Supreme Court; Advocate (President, World Record Publishing Company (United Kingdom).    

                       

Mr. Ananta Prasad Bhetuwal who is a social worker and a bonafide  Lion has been bestowed with Star 2021. Mr. Ananta Prasad Bhetuwal initiated Lions Food Bank in 2018 AD and during the COVID-19 several families and ten & thousands of people were supported through food bank. Not only human beings but he showered his compassion upon birds and street animals . VTM kits and medical materials were supported to Nepal Government including several hospital. He also initiated Lions Copy Bank and Lions Cloth Bank in 2018 AD and during this pandemic situation hundreds of families were supported warm clothes during winters. He  also undertook the initiation initiation to establish Lions Isolation Centre in Gokarnewshwor, Kathmandu where many people with COVID-19 were treated.                          

Amidst the Certificate Handover Ceremony held at Delight Party Venue chaired by Lion Ganika Gurung Charter President of host club (Lions Club of Kathmandu Creative Youth) Chief Guest Hem Kumari Bhetuwal, Lion Karma Gurung, PMJF, Elect First Vice District Governor, Sagar Katwal (President, World Book of Records, Nepal), Nirnaya Shrestha (Performing Artist/Social Worker) and dignitaries from various walks of life were present. On being felicitated with Star 2021, Mr. Ananta Prasad Bhetuwal was congratulated by Shri K.P Sharma Oli (Prime Minister of Nepal), Shri Virendra Sharma (Member of Parliament, England ), Dr. Diwakar Sukul( Chairman, World Book of Records, London), Shri Santosh Shukla (President, World Book of Records, Shri Sagar Katwal(President, World Book of Records, Nepal)  and personalities from across the globe.

“मिस एयर होस्टेज २०२१” को लागि आवेदन फारम खुल्ला

समाचार


काठमाडौँ — चैत्र २३, २०७७। 

विगत ११ वर्ष देखि निरन्तररुपमा विभिन्न सौन्दर्य प्रतियोगीताहरुको आयोजना गर्दै आएको सिजन मिडियाले “मिस एयर होस्टेज २०२१” पाचौं संस्करणको लागि आवेदन फारम खुल्ला गरिएको जानकारी दिएको छ । 

उपत्यका लगायत मोफसलका विभिन्न एयरहोस्टेज तालिम केन्द्रमा तालिम लिइरहेका साथै विभिन्न समयमा एयरहोस्टेज सम्वन्धी तालिम  लिएर वसेका अथवा विमान परिचारिका वन्ने लक्ष्य लिएकाहरुले यस प्रतियोगीतामा सहभागी हुन सक्नेछन ।


 
उक्त कार्यक्तममा सहभागीताको लागि १२ कक्षा पास भएका १६ वर्ष देखि २४ वर्ष सम्म उमेर समूह साथै ५ फिट २ इन्च उचाई भएका  छात्राहरुले  “मिस एयर होस्टेज २०२१” मा सहभागी हुन पाउने सिजन मिडियाका प्रवन्ध निर्देशक प्रदीपराज वन्तले वताउनु भयो । 
विमान परिचारीका वन्न चाहाने युवतीहरुको लागि विशेष फोकस गरी उनीहरुको शैक्षिक विकास , व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, रोजगारीको लागि अवसर साथै उनीहरुको आन्तरीक क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको विकास गराई  एक कुसल विमान परिचारिका तथा शिक्षित व्यक्तिको रुपमा अगाडि आउन सहयोग गर्ने हेतुले यो कार्यक्रम गरिएको हो ।  


    
विगत केहि वर्षको अन्र्तराल पछि फेरी पनि यस प्रतियोगीतालाई निरन्तरता दिने हेतुले योे पाचौं चरणको लागि आवेदन फारम खुल्ला गरिएको हो उक्त प्रतियोगीतनत्मक कार्यक्रममा २५ जना प्रतियोगीहरुलाई  सहभागी गराइने छ । 

उक्त कार्यक्रमको लागि सहभागीताको लागि वैसाख द्रोस्रो साता सम्म आवेदन फारम सिजन मिडियाको कार्यालय कमलादीमा भर्न सकिनेछ । उत्त प्रतियोगीताको अन्तिम प्रतिष्प्रधा जेष्ठको पहिलो साता राजधानीमा सम्पर्न हुनेछ । प्रतियोगिताका विजेताले “मिस एयर होस्टेज २०२१” कोे ताज उपाधि सहित विमान परिचारीका वन्ने अवसर साथै मोवाइल फोन,ट्याव साथै ३ जना विजेतालाई पोखरा भ्रमणको लागि हवाई टिकट प्रदान गरिनेछ भने उच्च शिक्षाको लागि विभिन्न देशको लागि छात्रावृत्ति पाउने छिन भने अन्य गिफ्टहयाम्पर पाउने छन यस बाहेक अन्य विभिन्न १५ विधामा पनि विजेता छनौट गरिनेछ । 

आयोजक
सिजन मिडिया
प्रदिपराज वन्त(अध्यक्ष)
सम्पर्कः–४२३८४०१,
९८५१०४४८३५,९८०१३४४८३५

१७ औँ पटक सगरमाथा आरोहण गर्न लागेका जाङ्ग्बुले टानको झन्डा सर्वोच्च शिखरमा फहराउने

समाचार


 चैत २०, काठमाडौं-ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल टानले १६ औँ पटक सगरमाथा आरोहण गर्न सफल जाङ्ग्बु शेर्पालाई १७ औँ पटक सगरमाथा आरोहणको सफलताको कामना गर्दै शुभकामना एवम् बिदाइ कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा आरोही जाङ्ग्बु शेर्पालाई सफलताको शुभकामना दिँदै टानका अध्यक्ष खुम बहादुर सुबेदीले कोरोनाको कारण ठप्प भएको हिमाल आरोहण यात्रा पुन सञ्चालनमा आएको सन्देश दिन जाङ्ग्बु शेर्पाको यो कदमले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । सगरमाथा चढ्नु आफैमा एउटा जटिल काम भएता पनि हरेस नखाई १६ पटक सगरमाथा आरोहण गरिसकेर १७ औँ पटक त्यही यात्राको लागि निस्कनु आफैँमा सम्मानयोग्य कदम भएको सुबेदीले बताए । साथै सगरमाथाको शिखरमा पुगेर सम्पूर्ण ट्रेकिङ कम्पनीहरूको प्रतिनिधित्व गर्दै टानको झन्डा फहराईदिन समेत उनले अनुरोध गरे ।

त्यसै गरी कार्यक्रममा बोल्दै टानकि महासचिव सरिता लामाले जाङ्ग्बुलाई बिदा गर्दा खुसी र दुख दुवै अनुभव भएको बताईन । २००३ देखि २०१९ सम्म १६ पटक सगरमाथा आरोहण गरिसकेका जाङ्बु अनुभवी आरोही भएको बताउदै १७ पटकको यात्रा गर्दा परिस्थिति उही सामना गर्नुपर्ने हुँदा सहज र सजक बनेर जान आग्रह गरिन। २००६ मा ४.४० सेकेन्ड सगरमाथाको चुचुरोमा कपडा नलगाई विश्व रेकर्ड राखेका जाङ्ग्बुलाई कुनै नयाँ गर्ने सोचमा भए देशको आचारसंहिता भित्र बसेर मात्रै गर्न र रिक्स लिन अनुरोध गरिन ।

टानको सचिवालयमा भएको यस विदाई कार्यक्रममा टानका पदाधिकारीहरू अध्यक्ष खुमबहादुर सुबेदी, महासचिव सरिता लामा, कोषाध्यक्ष रितु ग्याम्जन, सदस्य निमा डिकी शेर्पा लगायतले जाङ्ग्बू शेर्पालाई टानको झन्डा हस्तान्तरण गरेका थिए। उक्त झन्डा उनले सगरमाथाको शिखरमा फहराउने छन्। जाङ्ग्बु शेर्पाको टोली सगरमाथा आरोहणको लागि शुक्रबार काठमाडौँबाट प्रस्थान गर्दैछ।

“मिस एण्ड मिस्टर चन्द्रागिरी नेपाल” र "चन्द्रागिरी प्रीन्स एन्ड प्रीन्सेस् नेपाल" को आवेदन फाराम खुल्ला

समाचार


काठमाडौँ - चैत्र १९। 

नेतृत्व र व्यक्तित्व बिकास एवं आत्मविश्वास अभिवृद्धिलाई मध्यनजरमा राखेर उत्कृष्ट प्रतिस्पर्धालाई स्थापित गर्दै कार्यक्रमहरु आयोजना र व्यबस्थापन गर्ने उदेश्यले चाँदनी इन्टरटेन्मेन्ट एन्ड ट्रेनिङ प्रालिले “मिस एण्ड मिस्टर चन्द्रागिरी नेपाल” र "चन्द्रागिरी प्रीन्स एन्ड प्रीन्सेस् नेपाल" नाम दिईएको दुई सौन्दर्य प्रतियोगिता एकैसाथ आयोजना गर्ने भएको छ । 

“मिस चन्द्रागिरी नेपाल-२०१९" सौन्दर्य प्रतियोगिताको सफल आयोजना गरिसकेको आयोजक संस्थाले अब पुनः सौन्दर्य प्रतियोगितालाई निरन्तरता दिने उदेश्यले उक्त दुई कार्यक्रम आयोजना गर्न लागेको हो। 

नेपालका सौन्दर्य क्षेत्रमा ख्याती प्राप्त व्यक्तित्वहरुको निर्णायक टोलीले ईच्छुक सहभागीहरुको छनौट गर्नेछन । उक्त प्रतियोगिताको बिजेताले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगितामा भाग लिन पाउने छन् । प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ २० दिनको विशेष प्रशिक्षण समेत प्रदान गरिने छ जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा तथा नेतृत्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् । प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, मेकअप तथा फोटोग्राफी सम्बन्धि क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागि गराइने छ । प्रतियोगीहरुले आफु भित्र रहेको प्रतीभालाई समेत खुलेर प्रस्तुत गर्न पाउनेछन्।

इच्छुक प्रतियोगीहरुले थानकोट क्याफे (थानकोट चोक), प्रधान फोटो स्टुडियो (सतुङल चोक), चन्द्रागिरी कम्प्लेक्स- जस्ट किक्स् (विष्णुदेबी स्कुल नजिक) र  चाँदनी इन्टरटेन्मेन्ट प्रालीको फेसबुक पेज मार्फत तथा इमेल "chandragiriprincessnepal@gmail.com" 
मार्फत फारम लिएर अडिसनमा सहभागीता हुन सकिने छ ।

“मिस्टर एण्ड मिस आईकन अफ भक्तपुर, २०२१” को शिर्ष उपाधी अनिश र शुष्माको हातमा

समाचार


काठमाडौँ - चैत्र १९। 

अनिश बु्ढाथोकी र सुष्मा खत्रीले यो वर्षको ‘मिस्टर एण्ड मिस आईकन अफ भक्तपुर –२०२१’ को ताज पहिरिन सफल भएका छन् । 

रोयल मेजेन्टाको आयोजनामा भक्तपुरको सुर्यविनायकस्थित ईम्पेरियल बैंक्वेटमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा अन्य प्रतिस्पर्धीहरुलाई पछि पार्दै  ‘मिस्टर आईकन अफ भक्तपुर –२०२१’ को उपाधी अनिश बु्ढाथोकी ले हात पारे । ‘मिस आईकन अफ भक्तपुर –२०२१’ को ताज भने सुष्मा खत्रीले पहिरिईन।

प्रतियोगितामा मिस्टर तर्फबाट सौरभ राज गिरि फर्स्ट रनर अप भए भने मिस तर्फबाट अस्मिता कार्की फर्स्ट रनर अप घोषित भईन। त्यसैगरी  रियनुज तण्डुकार र अल्विना श्रेष्ठ क्रमशः मिस्टर र मिस तर्फबाट सेकेण्ड रनर अप घोषित भएका थिए । 

कोरियोग्राफर आशिष नापितको करिव एक महिना लामो प्रशिक्षण पश्चात प्रतियोगीहरुलाई स्टेजमा उतारिएको थियो । प्रशिक्षणको क्रममा प्रतिस्पर्धीहरुलाई शारारिक फिटनेश ,फोटो सेसन, व्यक्तित्व विकास र स्टेज पर्फमेन्स क्याटवाक सम्वन्धी बिभिन्न विषयमा प्रशिक्षण प्रदान गरिएको थियो । ‘पछिल्लो समय सौन्दर्य प्रतियोगिताले प्रतिस्पर्धीको अन्तर्निहित क्षमता उजागर गर्नेतर्फभन्दा आयोजक संस्थाको मनोपोलीको कारण यस क्षेत्रलाई हेर्ने दृष्टिकोण नै नकारात्मक बन्दै आएको अवस्थामा हाम्रो उदेश्य व्यवस्थित एवं गुणस्तरिय मोडल उत्पादन गर्नु र यसतर्फ आफ्नो करियर सुनिश्चित गर्न चाहनेहरुलाई मञ्च दिनु पनि हो’,आयोजक रविन देउजाले बताए ।

“लिटिल प्रिन्स एण्ड प्रिन्सेस, २०२१” को शिर्ष उपाधी श्रीनिका र श्रीतुको हातमा

समाचार


काठमाडौँ - चैत्र १८। 

भक्तपुर निस्ट स्कूल भक्तपुरसंगको सहकार्यमा इनोभेसन इभेन्ट मेनेजमेन्टद्वारा आयोजित “लिटिल प्रिन्स एण्ड प्रिन्सेस, २०२१” को शिर्ष उपाधी श्रीनिका श्रेष्ठ र श्रीतु रिजालले जितेका छन। 

काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको अन्तिम प्रतिस्पर्धामा ग्रुप 'ए' तर्फबाट श्रीनिका श्रेष्ठले विजेताको ताज पहिरिदा बिलक्षना लुईटेल फर्स्ट रनर अप भईन । साथै तविसि राणा सेकेण्ड रनर अप, सेरेना गौतम थर्ड रनर अप र अबिन्ता सिवाकोटी फोर्थ रनर अप घोषित भए। 

त्यसैगरी ग्रुप 'बी' तर्फबाट श्रीतु रिजालले विजेताको ताज पहिरिदा हर्षन कार्की फर्स्ट रनर अप भए । साथै सान्वी भट्टराई सेकेण्ड रनर अप, सुदेश्ना नेपाल थर्ड रनर अप र परधी फुयाँल फोर्थ रनर अप घोषित भए। 

प्रतियोगितामा लिटिल स्टार प्रिन्सको अवार्ड साईमन बरुवालले हार पारे भने लिटिल स्टार प्रिन्सेसको अवार्ड एन्जल पोखरेलले हात पारिन। 

निशा पाठकले संचालन गरेको अन्तिम प्रतिस्पर्धामा तेन्जु योन्जनको कोरियोग्राफी रहेको थियो। कार्यक्रमको निर्णायक मण्डलमा ग्रुप अफ इभेन्ट एन्टरटेन्टरका संस्थापक सीईओ, नेशनल डिरेक्टर (म्यानहन्ट इन्टरनेशनल नेपाल र मिस एशिया प्यासिफिक इन्टरनेशनल नेपाल) अनुप सक्सेना, मिस एवरेस्ट नेपाल,२०१६ की विजेता आकांक्षा भट्टराई, वरिष्ठ सौन्दर्यविद तथा रुश्का रुश्का मेक अप स्टुडियोकी डिरेक्टर रुश्का बैध, अभ्यनी प्रोडक्सनका सिईओ अभिविन्द खनिया, मिस्टर नेपाल २०१९ का विजेता डा सन्तोष उपाध्याय, ईभेन्ट कन्सेप्ट डिजाईनर तथा भोग लस्टकी संस्थापक तथा सिईओ सोन्या गुरुङ, म्यान हन्ट नेपाल २०१९ को विजेता बिबेश श्रेष्ठ, प्रोफेशनल बाईक राईडर, नेचुरल मेन्स फिजिक एथलेट तथा फिटनेस मोडल सुवर्ण खड्का, शास्त्रीय गायिका, ललित कला केन्द्रीय विभाग एचओड, त्रिभुवन विश्वविद्यालय सह प्राध्यापक संगीता प्रधान रहेका थिए। कार्यक्रम को अर्डिनेटरको रुपमा राज रिशाल रहेका थिए। 

प्रशिक्षणको क्रममा प्रतिस्पर्धीहरुलाई नृत्य, गायन, शारीरिक फिटनेश ,फोटो सेसन, व्यक्तित्व विकास,  र स्टेज पर्फमेन्स क्याटवाक सम्वन्धी बिभिन्न विषयमा प्रशिक्षण प्रदान गरिएको निस्ट स्कुलका प्रिन्सिपल दिलीप राणाले जनाए। सौन्दर्य प्रतियोगिता मार्फत  बालबालिकाको अन्तरनिहित प्रतिभा प्रष्फुटनका लागि प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाका प्रबन्ध निर्देशक महेश केसीले बताए ।