काठमाडौं, ०३ चैत्र -नेपाली वाम आन्दोलनका शिखर बौद्धिक व्यक्तित्व प्रोफेसर माणिकलाल श्रेष्ठको निधन भएको छ । उनको आज बिहान बाँसबारी स्थित न्युरो अस्पतालमा निधन भएको हो । केही हप्ता यता श्रेष्ठलाई भेन्टीलेटरमा राखेर उपचार गराउदै आईएको थियो । श्रेष्ठ लामो समयदेखि अस्वस्थ रहँदै आएका थिए । यसअघि पनि निमोनिया लगायत अन्य विभिन्न संक्रमणहरुले ग्रसित श्रेष्ठलाई लामो समयसम्म सोही अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो ।
बामपन्थी आन्दोलनका सहयोद्धा श्रेष्ठलाई पुराना पुस्ताका तथा अहिलेका चर्चित वामपन्थी नेताहरुले समेत आफ्ना गुरु मान्ने गर्छन् । कतिपय पुराना पुस्ताका नेताहरु समेत सैद्धान्तिक विषय वस्तुहरुमा प्रष्ट हुनका लागि श्रेष्ठसँग बहस छलफल गर्ने तथा उहाँसँग सरसल्लाह लिने गर्छन् । लामो समय प्रध्यापन पेशामा सकृय श्रेष्ठ संवैधानिक कानुनमा स्नातक गर्ने पहिलो ब्यक्ति हुन भने नेपाल मार्क्सवादीका प्रथम प्रवक्ता समेत थिए ।उनी माणिक सरको नामले चर्चित र धेरैका आदरणीय समेत मानिन्छन् ।
मणिकलाल श्रेष्ठ नेपाल चेम्बर अफ कमर्शका पुर्व अध्यक्ष स्वर्गिय इश्वरलाल श्रेष्ठका भाई हुन। उनका दुई छोरा छन् ।विश्व प्रसिद्ध वरिस्ठ मुटु रोग बिशेषज्ञ प्रा. डा. मलखलाल श्रेष्ठ र डेन्ट्रेस्टिका विद्यावारिधी गरेका चर्चित डा. सितुलाल श्रेष्ठ उनका दुई छोरा हुन । नेपालकी पहिलो महिला वकिल तथा सर्वोच्च अदालतकी पहिलो महिला न्यायधिस सुशिला श्रेष्ठ (शिलु सिंह)स्वर्गिय श्रेष्ठकी धर्मपत्नी हुन । उनको दश महिना अघि मात्रै निधन भएको थियो ।
काठमाडौं-प्लास्टिकजन्य पदार्थबाट सिर्जित समस्या बिषयक छलफल कार्यक्रम सम्पन्न भएको छ । आईतबार राजधानीमा राष्ट्रिय उपभोक्ता मंचद्वारा आयोजित उक्त कार्यक्रम फेसियल हाउसको प्रायोजनमा संचालनमा आएको हो । राष्ट्रिय उपभोक्ता मंचका अध्यक्ष प्रेमलाल महर्जनको सभापतित्वमा भएको उक्त छलफल कार्यक्रम वाणिज्य आपुर्ती तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै वाणिज्य आपुर्ती तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले प्लास्टिकजन्य सामाग्रीको समुचित प्रयोग गर्न आवश्यक रहेको बताउदै दण्ड जरिवाना भन्दा पनि सचेतना अभिब्रिद्धीका कार्यक्रमहरु बढाउदै लग्नुपर्ने आवश्यकता औल्याए । साथै, महानिर्देशक पौडेलले काठमाडौंमा मात्र ४ लाख ५० हजार व्यवसायिक फर्महरु रहेको जानकारी गराउदै गुनासो आईसके पछि मात्र अनुगमन गर्नुपर्ने बाध्यता रहेको र आगामी दिनमा अनुगमनका क्रममा यस बिषयलाई प्राथमिकता दिइने प्रतिबद्धता व्यक्त गरे ।
त्यसैगरि, नेपाल चेम्बर अफ कमर्शका बरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले प्लास्टिकजन्य फोहरलाई जथाभावी फाल्ने कार्यलाई निरुत्साहित गर्न वातावरण संरक्षणलाई प्रोत्साहन गर्ने गरि सरकारकातर्फबाट सहुलियतको व्यवस्था गरिनुपर्ने धारणा राखे । साथै उनले फेसलेस, क्यासलेस र होम डेलिभरी सिस्टमलाई प्रबर्द्धन गर्दै जाने हो भने मात्र प्लास्टिकको प्रयोगलाई निकै हद घटाउन सकिने बताए ।
वातावरण विभागका उपमहानिर्देशक ईन्द्र बिक्रम जोशीले २०७१ सालमा प्लास्टिकजन्य सामाग्रीलाई निरुत्साहित गर्ने कार्यले प्राथमिकता पाउदै गर्दा सोको प्रयोग माथि नियन्त्रण कायमै हुँदै गईरहेको परिप्रेक्ष्यमा भुकम्प पस्चात भने प्रभावकारीतामा ह्रास आएको बताए । साथै उनले हाल सरकारी स्तरबाट प्लास्टिक सम्बन्धमा नियमावली ल्याउने तयारी स्वरुप विभिन्न तहमा छलफल भैरहेको जनाउदै प्लास्टिकको सट्टामा वैकल्पिक माध्यमको रुपमा कागज लगायतको सजिलै नस्ट हुने र कम प्रदुषणयुक्त वस्तुको प्रयोग माथि जोड दिदै आईएको उल्लेख गरे।
त्यसैगरि राष्ट्रिय उपभोक्ता मंचका अध्यक्ष प्रेमलाल महर्जनले प्रत्येक दिन नौ सय मेट्रिक टन प्लास्टिकजन्य पदार्थ फोहरका रुपमा थुप्रिने गरेको उल्लेख गर्दै यस तर्फ सरोकारवालाहरु बेलैमा सचेत हुन आवश्यक रहेको औल्याए । साथै, उनले हाल दैनिक रुपमा भैरहेको प्लास्टिकको प्रयोगमा कमी ल्याउनुको विकल्प नरहेको बताउदै राष्ट्रिय उपभोक्ता मंचले भावी दिनमा उपभोक्ता जागरणका कार्यक्रमहरुलाई प्राथमिकता दिदै जाने उल्लेख गरे ।
नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारीणी सदस्य तथा उद्योग समिती सभापति भरत आचार्यले प्लास्टिक आँफैमा समस्या नभएको उल्लेख गर्दै यसको ह्याण्डलिंङमा विचार पुर्याउन आवश्यक रहेको बताए । साथै, उनले नेपालमा पुनर्प्रयोग, प्रयोगमा कमी तथा पुनर्चक्र सम्बन्धमा नीतिगत अभाव रहेको र घर घरबाट यसको व्यवस्थापन हुनुपर्ने, स्थानिय सरकारले बढि जिम्मेवार ढ्ङगले अघि बढनुपर्ने खाँचो औल्याए ।
राष्ट्रिय उपभोक्ता मंचका उपाध्यक्ष पुष्पराम पौडेलले एउटा प्लास्टिकको बोतल पूर्ण रुपमा नस्ट हुन ४ सय पचास बर्ष लाग्ने तथ्य उजागर गर्दै मानिसहरु अझै पनि गम्भिर बन्न नसकि रहेको उल्लेख गरे । साथै, उनले नेपालको संविधानमा उपभोक्ता अधिकारको सुनिश्चितता गर्ने र वातावरण संरक्षण गर्ने सवालले स्थान पाएता पनि कार्यन्वयन पक्षमा कमजोरी रहेको औल्याए ।
राष्ट्रिय उपभोक्ता मंचका महासचिव गोविन्द सुवेदीले प्लास्टिकजन्य पदार्थको सन्दर्भमा सम्पूर्ण सरोकारवालाहरुको चासो र चिन्ता बढनुपर्ने बताउदै नीतिगत व्यवस्थाले समस्या समाधानमा सघाउ पुग्ने राय पेश गरे । कार्यक्रमलाई सहजीकरण गर्दै कर्पोरेट मिडियाका अध्यक्ष उज्जवलजंग शाहले मानिसले प्रयोग गर्ने हरेक जसो वस्तु प्लास्टिकजन्य रहने भएकाले यसको प्रयोगलाई रोक्न नसकिने तर वैकल्पिक उपाय अबलम्बन गर्दै आदत डाल्दै जानुपर्ने बताए । कार्यक्रममा कर्पोरेट म्यागाजिनका सम्पादक एवम् टेलिभिजन कार्यक्रम प्रस्तोता सरोज ओझा लगायतको उपस्थिती रहेको थियो ।
बर्दिबास – बर्दिबास,पाटु, दन्त्य रोगका एक बरिस्ठ चिकित्सकले गाउँमा हस्पिटल बनाउन करिब एक करोड २५ लाख रुपैयाँ मूल्य पर्ने जमिन दान दिएका छन्। बर्दिबास नगर पालिका वडा न घ पाटु स्थित पुर्ख्यौली गाउँमा सरकारी जनरल अस्पताल निर्माणका लागि डा.सुबाश घिमिरे ले पाच कटठा जग्गा दान गरेका हुन्।
दान गरिएको जग्गामा बन्ने सरकारी जनरल अस्पताल भवनको शिलान्यास कार्यक्रममा नगर प्रमुख विदुर कार्कि, वडा न ३ का वडा अधक्ष्य राजन ढुंगाना, डा.सुबाश घिमिरेका दाजु श्याम घिमीरे लगाएत गाउँका मान्यजन,बिशिस्ठ व्यक्तित्व हरुको पनि सहभागिता रहेको थियो भने वडा सदस्य श्री गणेश बस्नेत ले कार्यक्रम संचालन गर्नु भएको थियो।
शिलान्यास कार्यक्रममा जग्गादाता डा.सुबाश घिमिरे ले सामाजिक क्षेत्रमा योगदान पुर्याएका आफ्ना बाबुको स्मृतिमा स्थानीय बासिन्दाले सहज रुपमा स्वास्थ्य सेवा प्राप्त गरुन् भन्ने आफ्ना बुबाको सपना रहेको उद्देश्यले जग्गादान गरेको बताउदै स्थाननियहरु,नगर प्रमुख तथा वडा अधक्ष्य लाई यस्तो अवसर जुटाईदिएको मा धन्यबाद दिएका थिए ।
नगर प्रमख बिदुर कार्कीले भवन एक वर्षभित्र निर्माण हुने तथा उक्त हस्पिटल बनाउनका लागि नगर पालिका ले पैतालिस लाख रुपैयाँ सहयोग गर्ने पनि बताउनु भएको थियो ।
पाटुका स्थानीय बासिन्दा तथा देशकै नमूना स्कूलका प्रिन्सिपल दीपक बराल का अनुसार उक्त जमिन एक करोड २५ लाख रुपैयाँ मूल्य पर्ने बताइएको छ ।
डा.घिमिरेका बुबा स्वर्गीय इन्द्र प्रसाद घिमिरे उक्त क्षेत्रमा सामाजिक कार्यमा नाम कहलिएका व्यक्तित्व थिए।
काठमाण्डौ - दोलखा जिल्ला साविक च्यामा गाविस हाल तामाकोसी ६ मा जन्मी कार्यथलो काठमाण्डौ बनाउँदै राजनिती र ब्यापारलाई अगाडी बढाई रहनुहुने राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तथा युवा नेता विष्णु पोखरेलले नेपाल कम्युनिष्ट पार्टीको बिबाद पछि सर्वोच्च अदालतले गरेको फैसलालाई साविकको अवस्था नेकपा एमाले र नेकपा माओबादी केन्द्रमा रहि पार्टीको गतिविधि गर्नुहुन र यदि पार्टीएकता गर्ने हुँदा १५ दिनभित्र प्रक्रिया पुर्याई दर्तामा आउनको लागि निर्वाचन आयोगले गरेको पत्राचारमा नेता पोखरेलले समन्वयकारी सन्तुलित र उच्च बिचार सामजिक सञ्जाल फेसबुक मार्फत ब्यक्त गर्नु भएको छ । नेता पोखरेलले सर्वोच्च अदालतको निर्णयलाई उच्च सम्मान गर्दै नेपालमा रहेका सम्पूर्ण बामपंथी एवं कम्युनिस्टपार्टीका नेता कार्यकर्ताहरु संयमित र अनुसासित बनी नेकपा एमालेमा समाहित गराउदै जनताको जनबादलाई पार्टीको मार्गदर्शक सिद्धान्तको रुपमा अगाडि बढाउन सम्पुर्ण नेता कार्यकर्ताहरुले आफ्नो ठाउँबाट भुमिका निर्वाह गर्न अनुरोध गर्नु भएको छ ।
नेता पोखरेल २०६४ र ६५ देखी नेकपा एमाले निकट अनेरास्ववियुको राजनीति गर्दै आउनु भएको हो । उहाँ पार्टीमा जस्तो सुकै समस्या आउँदा पनि पार्टीको सस्थापन पक्षमा दृढताको साथ उभिने हुँदा उहाँलाई नेताको गुट विशेष भन्दा पनि पार्टीको दृढ र आत्माविस्वासी कार्यकर्ता तथा युवा नेताको रुपमा चिनन्छन जसअनुसार आज नेकपामा देखा परेको समस्यालाई पनि विचार गरेर पार्टीको सस्थापन पक्षमा उभिने निर्णय गर्नु भएको थियो । उहाँको क्षमतालाई माथिल्लो तहका नेताहरुले समेत राम्रोसँग बुझेर पार्टी नेताले विश्वासको रुपमा निकट राखेका छन् । उहाँलाइ चिन्नेहरु जस्तोसुकै कठिन कामलाई पनि सहज रुपमा समाधान गर्ने र विस्वासलाई सधै कायम राख्न सक्ने युवा नेताको रुपमा विश्लेषण गर्दै आएका छन । उहाँले राजनिती सँगसँगै विभिन्न ब्यवसाय र सामाजिक कामलाई पनि सफलताको साथ अगाडि बडाउदै आउनु भएको छ ।
काठमाडौँ — फाल्गुन २६, २०७७।
शनिवार राजधानीमा मोडल सङ्ग्स नेपालद्वारा आयोजित ‘नेपाली कला, संस्कृति, सष्ट्रा तथा सर्जकको सम्मानमा समर्पित अन्तर्राष्ट्रिय अवार्ड’ 'मोडल सङ्ग्स अवार्ड २०२०' मा क्वेस्ट ईभेन्ट मेनेजमेन्ट ‘‘बेस्ट ईभेन्ट मेनेजमेन्ट कम्पनी,२०२०” अवार्डबाट सम्मानित भएको छ ।
अन्तर्राष्ट्रिय स्तरमा सम्पन्न हुँदै आएको 'मोडल सङ्ग्स अवार्ड' को दोश्रो संस्करण भने कोरोना संक्रमणको जोखिमका कारण यस वर्ष राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा बिभिन्न साँस्कृतिक प्रस्तुतिहरुसहित पूर्व सुचना तथा संचारमन्त्री तथा प्रतनिधी सभा सदस्य डा. मिनेन्द्र रिजालको प्रमुख आतिथ्यतामा सु-सम्पन्न भएको थियो।
अवार्ड समारोहको समुद्घाटन प्रमुख अतिथि रिजाल,कार्यक्रम आयोजक डेभिल सिंह राजपुत, विशेष अतिथि नेपाल विद्यार्थी संघका महामन्त्री मनोज वैद्यले पानसमा दीप प्रज्ज्वलन गरी गरेका थिए ।
विगत लामो समयदेखि सौन्दर्य प्रतियोगिता लगायत क्वेस्ट ग्रुपमार्फत क्वेस्ट एजुकेशन इन्स्टिच्युट एन्ड कन्सल्टेन्सी, क्वेस्ट गोर्खा एकेडेमी, फेशन क्वेस्ट बुटिक संचालन गर्दै ईभेन्ट मेनेजमेन्टको क्षेत्रमा अग्रणी भुमिका निर्वाह गर्दै आएको क्वेस्ट ईभेन्ट मेनेजमेन्ट प्रा ली लाई नेपाली सौन्दर्य प्रतियोगिताको क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्याङ्कण गर्दै यस वर्षको 'मोडल सङ्ग्स अवार्ड २०२०' मा ‘‘बेस्ट ईभेन्ट मेनेजमेन्ट कम्पनी,२०२०” अवार्ड प्रदान गरिएको आयोजक संस्थाका सिईओ डेविल सिंह राजपुतले जनाए।
काठमाडौं, २६ फागुन । काठमाडौं कलंकी १४ स्थित मकालु पेट्रोल पम्प को अपजिट साइटमा रहेको खाडाडेवी फूडल्याण्डको प्रांगणमा हरेक शनिबार फरकफरक शैलीमा खाना महोत्सव हुने भएको छ । फाल्गुण २९ गते “खाडाडेवी फूडल्याण्डको सान नेपाली खानाको पहिचान " भन्ने मुल नाराको साथ खाडादेवी फूडल्याण्डमा सातै प्रदेशको खानाको बिशेष प्रदर्शनी हुन लागेको हो । प्रदर्शनीमा हिमाल, पहाड, तराईका जातजातिको परम्परागत खाजा, खानामा प्रयोग गर्ने सामग्री प्रदर्शनी पनि गरिने भएको छ। उक्त प्रदर्शनी ग्यास्ट्रोनोमी टुरिजम एशोसिएशन अफ नेपाल र खाडादेवी फूडल्याण्डको संयुक्त आयोजनामा हुन लागेको हो ।
प्रदर्शनीमा लाइभ लोकदोहोरी कार्यक्रमको साथै खाडादेवी फूडल्याण्डको मौलिक अनि पृथक खाना पस्कने कार्यक्रम छ। जसमा बिशेष गरि टर्किको सेकुवा, टर्किको बैजनी मम ,काला नमक, धानको चामलको खाना सेट लोकल,खसी कुखुराको मासुका परिकार परम्परागत कसौडीमा पकाएको खसिका परिकार र नेपालको मध्य पहाडी भागमा पाइने कागुनको खिर आदि इत्यादी खानाको परिकार रहने एजुकेटिभ सेफ गोपि थापाले बताए ।
खाना महोत्सवमा स्थानीय विभिन्न जातीहरुको संस्कृति मौलिक परिकारसहितको खाना खुवाउने तथा चर्चित गायक सरोज लामिछाने ,दिनेश थापा ,रितु मगर ,सिमा भण्डारी लगाएतले कलाकारबाट साँस्कृतिक प्रस्तुति हुने संचालक रमेश केसीले जानकारी दिएका छन् ।
काठमाडौँ — फाल्गुन २६, २०७७।
काजी प्रोडक्सनद्वारा आयोजित “मिस ग्लोबल इन्टरनेशनल नेपाल २०२१” को शिर्ष उपाधी रिदम घिसिङले पहिरिएकी छिन। विजेता घिसिङले दुबईमा आयोजित हुने मिस ग्लोबल इन्टरनेसनल, २०२१ मा आधिकारिक रूपमा नेपालको प्रतिनिधित्व गर्न पाउनेछिन।
गोदावरी भिलेज रिजोर्टमा सम्पन्न भएको अन्तिम प्रतियोगितामा आलोका जोशी फर्स्ट रनर अप भईन भने पलिस्था शाक्य सेकेण्ड रनर अप भईन।

सागरिका श्रेष्ठले संचालन गरेको उक्त कार्यक्रमको निर्णायक मण्डलमा मिस ग्लोबल ईन्टरनेशनल नेपालकी नेशनल डिरेक्टर मनिशा डंगोल श्रेष्ठ, सौन्दर्य ब्यवसायी रुश्का श्रेष्ठ, मिस कोस्मोपोलिटियन २०१९ प्रिया रानी लामा, गायिका,संगितकार तथा रचनाकार अश्रा कुवँर, राईनो नेपाल लेदर क्र्याफ्ट निर्देशक एलिशा शाह र मिस्टर नेपाल २०१९, मिस्टर सुपरनेशनल नेपाल २०२१ब सन्तोष उपाध्याय रहेका थिए।

त्रिलोक बिक्रम थापाको संयोजनमा आयोजित प्रतियोगिताको कोरियोग्राफी सुमन खड्का र एसिस्टेन्ट कोरियोग्राफी वर्षा भण्डारीले गरेकी थिईन भने कार्यक्रमको संचालन सागरिका श्रेष्ठले गरेकी थिईन ।
प्रशिक्षणको क्रममा प्रतिस्पर्धीहरुलाई शारीरिक फिटनेश ,फोटो सेसन, व्यक्तित्व विकास, कल्चरल भिजीट र स्टेज पर्फमेन्स क्याटवाक सम्वन्धी बिभिन्न विषयमा प्रशिक्षण प्रदान गरिएको थियो । सौन्दर्य प्रतियोगिता मार्फत अन्तरनिहित प्रतिभा प्रष्फुटनका लागि प्रतियोगिता आयोजना गर्दै आएको आयोजक संस्थाका प्रबन्ध निर्देशक सुशान्त काजी श्रेष्ठले बताए ।
शिवराज गौतम
दोहा, आइओएस प्रमाणित कम्पनी नासर अल अली इन्टरप्राइजेज कतारले सोही कम्पनीमा कार्यरत् नेपाल, भारत, पाकिस्तान, बंगलादेशका १ शय ३ जना कंपनीले कामदारहरुलाई प्रतिव्यक्ति ५ ग्राम सुनका् सिक्का, नगद १ हजार रियाल र प्रशंसापत्र प्रदान गरी पुरस्कृत गरेको हो । हेल्पर, कार्पेन्टर, मेसन, ट्रेड लगायत विभिन्न क्षेत्रमा काम गरिरहेका ती कामदारहरुलाई गत जनवरी महिनामा इमान्दार र उत्कृष्ट काम गरेवापत् सो इनाम कम्पनी मालिक नासर अल अलीले प्रदान गरे।
नासर अल अली इन्टरप्राइजेजका मालिक नासर अल अलीले नेपालमा समेत शिक्षा, स्वास्थ्य, मस्जिद, मदरसा, अनाथ बालबालिकाहरुको सहयोग लगायतका विभिन्न सामाजिक तथा मानविय कार्यहरुमा सहयोग प्रदान गर्दे उच्च योगदान पुरयाउदै आइरहेका छन् । कम्पनीका मालिक नासर अली अल अलीले आफनो कम्पनीमा काम गरीरहेका कामदारहरुलाई उनीहरुको इमान्दारिता, लगनशिलता र योगदानको मुल्यांकन गर्दै पुरस्कार दिन पाउदा आफुलाई खुशी लागेको बताउदै उनीहरुको योगदान आफनो कम्पनीमा प्रशंसनिय रहेको बताए । कम्पनीले आर्जन गरेको रकमबाट यसरी कामदारहरुलाई समयसमयमा पुरस्कृत गर्न पाउदा कम्पनी र कामदारको विचमा गाढा सम्बन्ध हुने र कामदारहरु पनि प्रोत्साहित हुने बताए ।
कामदारहरुको वफादारी र कडा परिश्रमले कम्पनीको सफलतामा समेत ठुलो योगदान पुगेको उनी बताउँछन् । उनीहरुको कामको सर्हना गर्दै उत्साह स्वरुप कामदारहरुको मनोबल उच्च पार्न र उनीहरुको आर्थिक सहयोग होस् भनेर यसरी समयसमयमा सहयोग गर्दै आएको बताउदै आफना कामदारहरूले आगामी दिनमा अझ बढी योगदान दिने र उनीहरुले अरु सफलताहरू प्राप्त गर्दै जाने कुरामा आफु विश्वस्त रहेको नासिरले बताए ।
काठमाडौं – पीम नेपालको प्रस्तुती रहेको नेपालको पहिलो समावेशी अवार्ड “चौथो राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२१”को मनोनयन सूची सार्वजनिक गरिएको छ । आयोजकले एक विज्ञप्ति मार्फत ५३ विधाका लागी आज उत्कृष्ट परेकाहरुको मनोनयन सूचि सार्वजनिक गरेको हो ।
नेपाल भित्र छरिएर रहेका विविध भाषामा तैयार भएका गीत संगीतहरुको प्रवद्र्धनमा सहयोग पुर्याउने उदेश्यले विगत तीन वर्षदेखि नियमित आयोजना हँुदै आएको अवार्ड श्रष्टा र सर्जकहरुलाई प्रोत्साहन गर्ने उदेश्यले नियमित आयोजना हुँदै आएको कार्यक्रमका अध्यक्ष माधवराज खरेलले बताए ।
यसपटकको अवार्डमा नेपाली मुलभाषा अन्तर्गत (स्वदेशगान, गजल, आधुनिक, पप, लोकपप र लोकदोहोरी सहित ६ विधा समावेश भउको छ भने नेपालमा वोलिने अन्य विभिन्न राष्ट्रिय भाषाहरु अन्तर्गत नेपाल भाषा, देउडा भाका, तामाङ भाषा, तामाङ सेलो, काँठे भाका, थारु भाषा , लिम्बु भाषा , भोजपुरी भाषा र मैथली भाषा गरेर ५३ विधा समेटिएको खरेलले जानकारी दिए । मनोनयमा परेका मध्येबाट उत्कृष्ट एकलाई अवार्ड समारोहमा पुरस्कृत समेत गरिने आयोजकले जनाएको छ ।
1.उत्कृष्ट राष्टिय भाव
100 नारायण प्रसाद आचार्य : हामी हिमालका मुटु
101 चvन्द्रलाल तामाङ : कालापानी
102 के.पी. शर्मा ओली स्वदेशमै रोजगारी
103 बद्रि देशार : करोडौं नेपालीको ढुकढुकी
104 अर्जुन राज भण्डारी : पुर्व पनि हाम्रै हो
२. उत्कृष्ट गजल
105 केशव राज आचार्य: म कैदी प्रेमको
106 सरिता भारती: पहिलो भेटमै
107 राज सागर . पिंउँदीन सराव
108 केशव पौडेल : हिसाव नगर यार
109 बी.बी.थापा : प्रेम पुजारी
३. उत्कृष्ट युगल गायन
110 सर्गम राई /अनु चौधरी : सूस्तरी सुस्तरी
111 भिम चापागाई / मेलिना राई :चट्ट बसम देउरालीमा
112 रानी शाक्य / कमल खत्री : कथा
113 निशान भट्टराई / कविता शिवाकोटी : साईत जुरेन
114 आनन्द कार्की / शान्ता खत्री कार्की : लाउँमाया पिरती
४. उत्कृष्ट आधुनिक गीतकार (महिला)
115 सुष्मा देवकोटा : दोवाटोमा
116 प्रमिला बस्नेत : भंगेरी चरी
117 राखी गौचन : खाली हुँदा
118 सबुरवी : अरुको बन्न सकिन
119 विमला हुमागाई : ढुङ्गा मुढा
५. उत्कृष्ट आधुनिक गीतकार (पुरुष)
120 महेश आचार्य : थाहा छैन जिन्दगीमा
121 रामचन्द्र ढकाल : छटपटिले होकी
122 राजेश गुरुङ : रहर
123 चिरञ्जिवी भट्ट : आकाशकी चरी
124 बिसु कमार के.सी : नरोज माया हतारमा
६. उत्कृष्ट आधुनिक गीत गायन (पुरुष)
125 शिव परियार: आँसुको अर्थ–३
126 सुसन लिम्बु : आँखैमा राखौंकी
127 गुणराज श्रेष्ठ : दोवाटोमा
128 सुरेन्द्र कुमार थापा : खाली हुँदामा
129 नरेन्द्र प्यासी : कसको मुटु कती दुख्छ
७. उत्कृष्ट आधुनिक गीत गायन (महिला)
130 अस्मिता श्रेष्ठ : भन्छेउ मलाई
131 मेलिना राई : कसको मुटु कती दुख्छ
132 अनु चौधरी : सुस्तरी सुस्तरी
133 रचना रिमाल : भंगेरी चरी
134 लक्ष्मी पुरी प्रधान : माया विरानी
८. उत्कृष्ट पप गायन
135 सचिन रौनियार : जोगी भएँ
136 मेलिना राई : हाम्रो मिलन
137 चिञ्जिवी भण्डारी : बदमास
138 संजीव सिंह राना : तिम्ले जसतै
139 जिना रासाईली : अरुको त बन्न सकिन
९.उत्कृष्ट पप गीतकार
140 रमेश दाहाल : मेल्टरीको जुत्ता
141 विजयदेव गिरी : आफ्नै माया
142 प्रकाश विष्ट : जाली जिन्दगी
143 जनक विवश न्यौपाने : मुनामदन–२
144 अम्बिका गुरुङ : चाखुम चाखुम
१०. उत्कृष्ट नव गीतकार ( आधुनिक÷पप)
145 होम राज श्रेष्ठ : घार्र घुर्र
146 शिर्षक धिमिरे : लाजको घुम्टो
147 ज्ञान बहादुर लामा : त्यो रात
148 कमल राज केशी : कसको मुटु कती दुख्छ
११. उत्कृष्ट लोकपप गायन ( पुरुष)
149 सुनिल कटुवाल : केटो अलि कमाउने होस
150 कृष्ण काफ्ले : चाखुम चाखुम
151 रामजी खाँड : आफ्नै माया
152 शिव परियार : रानी
153 पवन गिरी : मेल्टरीको जुत्ता
१२. उत्कृष्ट लोकपप गायन ( महिला)
154 सुजाता के.सी : बाजा बजाउदै
155 सुजाता बर्मा : मुना
156 अनिता कुँवर : घार्र घुर्र
157 बसन्ती लामा : नेपाल गए कपाल संगै
158 रचना रिमाल : चाखुम चाखुम
१३. उत्कृष्ट लोकपप संगीतकार
159 सरोज प्याकुरेल : आफ्नै माया
160 भिम वि.सी : बदमास
161 दीपक शर्मा : जोगी भए
162 सर्गम राई : हाम्रो मिलन
163 अर्जुन पोखरेल : बजाबजाउदै
१४. उत्कृष्ट आधुनिक संगीतकार
164 सरोज कोईराला : क्या बात
165 अश्मि रिजाल : कस्को मुटु कती दुख्छ
166 किरण कंडेल : खाली हँदा
167 ज्योती प्रकाश : आकाशको चरी
168 पदम साम्सोहाङ लिम्बु : नरुनु है मेरी
१५. उत्कृष्ट नव गायन (पप/आधुनिक)
169 सुकन्तला प्रसाई : चरी भरर
170 अन्तरा : आमा
171 रमित थिङ : नाच माया
172 जे.पी. रेग्मी : तिमिलाई सम्झँदै निदाए
173 अपेक्षा खनाल : नाच माया
१६. उत्कृष्ट भिडियो निर्देशन आधुनिक
174 जीवन शाही : कथा
175 जनक सिंह : मुना मदन २
176 अञ्जन शर्मा : दोष
177 प्रकाश धिताल : एउटा कथा
178 श्रीजन बराल : हेर यो मुटुमा
१७. उत्कृष्ट भिडियो निर्देशन ( लोकपप)
179 लिगेश भट्टराई : लाउँ माया पिरती
180 सरोज वली : फुल फुलेको बन
181 दिलिप ओखेडा : बदमास
182 काजिश श्रेष्ठ : साईत जुरेन
183 दिपक आचार्य : मेल्टरीको जुत्ता
185 माइकल चन्द : छककै परे
१८. उत्कृष्ट कोरियो ग्राफर
184 राहुल शाह : रानी
186 गम्भिर विष्ट : फुटेको चुरा (लोकदोहोरी)
187 संजय शाह : देउसी रे (मैथली)
188 सन्तोष राजवहाक : माछी भुल्यो (काँठे)
१९. उत्कृष्ट मोडल पुरुष (आधुनिक÷पप)
189 सनम कठायत : दोष
190 दिलिप रायमाझी : साईत जुरेन
191 प्रेम भारती : माया गरन
192 दृश्य सुवेदी : ढुङ्गा मुढा
193 प्रदिप बास्तोला : पिपल चौतारी
२०. उत्कृष्ट मोडल महिला ( आधुनिक÷लोकपप)
194 शिलाष्मा हमाल : क्या वात
195 प्रिया न्यौपाने : एउटा कथा
196 याङ्सु श्रेष्ठ : मुना मदन–२
197 बिद्या कुवँर : खाली हुंदा
198 मरिस्का पोखरेल : कथा
२१. उत्कृष्ट नव मोडल (पप÷आधुनिक)
199 अनिता गिरी : सजाएर तिम्रो माया
200 मनिषा पोखरेल : बाध्यताले टाढा भएँ
201 बिवश ठगुन्ना : भुपु माया
202 रञ्जन शाह : मुटु मात्रै
203 दिपेन्द्र सोनाम : बदमास
204 सिमा ढकाल : आफ्नै माया
205 अमृता खनाल : पिपल चौतारी
२२. उत्कृष्ट सम्पादन ( आधुनिक)
206 राजेश कुमार : लाख विन्ती
207 विनोद बम : भोकले मर्छु
208 सुर्य लामा : दुई मुटु
209 जय कामत : कस्को मुटु कती दुख्छ
210 विकास धमला : आँशुको अर्थ–३
२३. उत्कृष्ट सम्पादन ( लोकपप)
211 सुरेश कुमार राउत : बाडुली
212 विजय ज्ञवाली : आफ्नै माया
213 विकाश दाहाल : चाखुम चाखुम
214 सुप्रिम पराजुली : मुना
215 जीवन थापा : मेल्टरीको जुत्ता
२४ उत्कृष्ट छायाँकन (पप/आधुनिक)
216 हर्कमान वाइबा : बाटो भन तिम्रो गाउँको
217 ज्ञानेन्द्र शर्मा : मायाको सुगन्ध
218 अर्जुन तिवारी : बाजा बजाउदै
219 चक्र बहादुर बराल : नेपाल गए कपाल संगै
220 नवराज उप्रेती : फुल फुलेको बन
२५ उत्कृष्ट चेतना मुलक भिडियो निर्देशन
221 राजु लामा : कालापानी
222 मोहन निरौला : स्वदेशमै रोजगारी
223 दिनेश अधिकारी : बोकी सधै दुनियाँमा
२६ . उत्कृष्ट बाल नव प्रतिभा
224प्रिन्स लम्साल : ढाकाटोपी शिरैमा
225 दिपिका कंडेल : बानी चकचके
226 सम्राट दाहाल : नेपाली वर्णमाला
227 आयुषा गौतम : सानु
228 सम्राट दाहाल : नेपाली अंक गणित
२७. उत्कृष्ट उत्कृष्ट चाडपर्व गीत
229 रश्मी चौधरी : आयो होली
230 पुष्कर जंगम : मारुती नन्दन
231 अश्मि रिजाल : देउसी रे (नेपाली)
232 दिनेश सिंह : देउसी रे (मैथली
२८. उत्कृष्ट मौलिक गीत
233 मुकुन्द जि.सी : थरुनी व्युटिफुल छे (थारु भाका)
234 सोमा खत्री : बोकी सधै दुनियामा (चेतामुलक गीत)
235 घमेश दुलाल : सानु ( काँठे भाका)
236 विजय थिङ : काट्दै थियो रे (तामाङ सेलो)
237 विष्णा विरही वि.सी : सुदुर पश्चिम कति राम्रो (डेउडा भाका )
२९. उत्कृष्ट एरेन्जर
238 राजेन्द्र बजगाई : साईत जुरेन
239 विष्णु तामाङ : घैया मकै (काँठे)
240 प्रयास दोङ : रामपुले मेला(सेलो)
241 टेकराज अवस्थी : बाबाके सगरम मुरिया (थारु)
242 शैलेन्द्र विश्वकर्मा : देउसी रे (मैथली)
३० उत्कृष्ट लोकदोहोरी गीतकार
243 गौतम शेर्पा : मञ्जरी
244 दिपक कंडेल : बानी चकचके
245 सामना शाह : पानी पाए पछि
246 विरही कार्की : आमा–५
247 पारस सोनी : मार्यो मायले
३१. उत्कृष्ट लोकदोहोरी संगीतकार
248 अनिल खनाल : तिम्रो माया
249 भगिरथ चलाउने : पानी पाएपछि
250 बद्रि पाठक : मञ्जरी
251 प्रेम सापकोटा सोनु : जाले रुमाल
252 प्रदिप अधिकारी : मस्यौरी
३२. उत्कृष्ट लोकदोहोरी गायन (पुरुष)
253 प्रकाश सपुत : फुटेका चुराले
254 तेजस रेग्मी : पानपाते ओठ
255 अमृत भारती : बेसारे माया
256 प्रेम सापकोटा “सोन”: जाले रुमाल
257 कमल वि.सी “माल्दाई” : मार्यो मायाले
३३. उत्कृष्ट लोकदोहोरी गायन (महिला)
258 गीता सेञ्चुरी : ओठमा लाली
259 अनिता चलाउने : फुटेका चुराले
260 समिक्षा अधिकारी : आधी कपाल
261 मिना लामा : अधेरीमा अज्यालो टुकी
262 रिना के.सी : नौजाले
३४. उत्कृष्ट लोकदोहोरी (नव गायक)
263 केशव रिजाल : नौजाले
264 अर्पण राज गिरी : मिठो पिरती
265 लक्ष्मी दाहाल : यो दिलको टे«न्डिङ
३५. उत्कृष्ट लोकदोहोरी मोडल (महिला)
266 करिष्मा ढकाल : नौजाले
267 एलिजा गौतम :आधी कपाल
268 नम्रता श्रेष्ठ : फुटेका चुरा
269 सन्ध्या सानु : मुना पलायो
270 एलिना रायमाझी : बानी चकचके
३६. उत्कृष्ट लोकदोहोरी मोडल (पुरुष)
271 लोमस शर्मा : अधेरीमा उज्याले
272 रामजी खाँड : जाले रुमाल
273 महेन्द्र गौतम : नौजाले
274 जय किशन बस्नेत : बानी चकचके
275 शंकर वि.सी : लाम माया छपक्कै
३७. उत्कृष्ट लोकदोहोरी भिडियो निर्देशन
276 काजिस श्रेष्ठ : मार्यो मायाले
277 होम गुरुङ : लुकी लुकी
278 दिपेन्द्र तिमल्सिना : मेरो मायालाई
279 विक्रम चौहान : मञ्जरी
2780 शंकर वि सी : लाम माया छपक्कै
३८. उत्कृष्ट लोकदोहोरी छायाङ्कन
281 गणेश सापकोटा : लुकी लुकी
282 ज्ञानेन्द्र शर्मा : आधी कपाल
283 नवराज उप्रेती : फुटेका चुरा
284 राजेश धिमिरे : पानी पाएपछि
285 बुद्ध थापा : मञ्जरी
३९. उत्कृष्ट लोकदोहोरी सम्पादन
286 निशान घिमिरे : पानपाते ओठ
287 प्रविण भट्ट : फुटेका चुराले
288 मनोज कार्की : मेरो मायालाइ
289 अमृत चापागाई : पानी पाए पछि
290 मिलन वि.क : मञ्जरी
४०. उत्कृष्ट डेउडा गीत
291 चक्र बम : ओए काजत
292 सुर्य वि.सी : दशैं आयो
293 विष्णु धामी : गौमुलको पानी
294 निरुता खत्री : अछाम डौठैगडा
295 चाँदनी मल्ल : सुदुरपश्चिम मेरो कलेजीमा
296 भिम वि.सी : साईबउ
297 विष्णा वि.सी : सुदुरपश्चिम कति राम्रो
४१. उत्कृष्ट डेउडा भिडियो
298 विनोद बोहोरा (बोग्टानी किंग): साईवउ
299 उमेश भट्ट : दशै आयो
300 गीता ढुंगाना : ओए काजल
301 विक्रम चौहान : ओए काजल
302 एलिसा चाड :साइवउ
303 भिम विष्ट : सुदुरपश्चिम कति राम्रो
304 प्रमिला थापा : गौमुलको पानी
४२. उत्कृष्ट काँठे गीत
305 उमा श्रेष्ठ : मिर्मिरे साईली
306 नवराज ढुंगाना : पिरतीमा दम छ
307 विक्रम जंग शाह : खोला खोल्सी
308 काव्य आचार्य : घैया मकै
309 नवराज घोरासैनी : मोटर साईकल
310 रुपक परियार : मन भरि
311 रामशरण आले : घैया मकै
४३. उत्कृष्ट काँठे भिडियो
312 राज तामाङ : घैया मकै
313 आकाश श्रेष्ठ : सानु
314 पल शाह : माछी भुल्यो
315 विक्रम चौहान : पिरतीमा दम छ
316 एलिजा गौतम : सानु
317 संजिव ठकुरी : मिर्मिरे साईली
318 प्रव्हान जे : सानु
४४. उत्कृष्ट भोजपुरी (भाषा) गीत
319 सन्तोष राज सहनी : तोहर से मैरिज करब
320 सेलिना कुंवर : तेरी गुपचुप जवानी
321 झोठन मेहता : मार ए राजा जी
322 नरहरी पे्रमी : गोरी खाली
323 अञ्जली पटेल : ए दिलवर
४५. उत्कृष्ट लिम्बु भाषा गीत
324 सुसन साम्सोहाङ लिम्बु : माकसे फेक्ते
325 हस्त बहादुर लिम्बु : सिङ जागो फुङ
326 मन नेम्वाङ : नाङिन सेम्बे
४६. उत्कृष्ट नेपाल भाषा गीत
327 सुमन मानन्धर : जमाना मथिं स्व
328 राजु कर्माचार्य : म्वय वम्द मयजु
329 कल्पना श्रेष्ठ : छंगु लँ स्वैच्वगुं मिखा
330 हरिराम महर्जन “ठेचो” : माः अबु दतले
331 दिपेन्द्र बज्राचार्य : मयोजित :
४७. उत्कृष्ट मैथली गीत
332 अञ्जु यादव : प्रिया हम्रा प्यार
333 रामवली यादव : हमरा मिथिला माहान
334 समिर खान : मिथिला हमार जान
335 सुनिता सरदार : हमर पाएल वजे
336 समिर खान : रक्षा बन्धन
337 रिज्वान खान : आइ लव यु
338 भुल्टन यादव : चान्द सन चेहेरा
४८. उत्कृष्ट मैथली भिडियो
339 दिनेश सिंह : आहाँ धड्कन छी
340 प्रदिप कुमार रसाईली : नाग आहाँ नागीन हम
341 राजाराम साह : हमर दिल मे आहाँ
342 आलम खान : किसान भैया
343 दिनेश सिंह : रक्षा बन्धन
344 संजय साह : मिथिला हमर जान
345 अशोक आर्यन यादव : प्रिया हम्रा प्यार
४९. थारु भाषा गीत
346 राजेन्द्र शर्मा : मै हुँ थारु नेपाली
347 सोमती थारु : बाबाके सगरम
348 राजु चौधरी : धड्कन बनके
349 अनु चौधरी : चुडिया पाएल
350 समिक्षा चोधरी : मै हु थारु नेपाली
351 आनन्द कार्की : खोजु टु मे
352 सोमती थारु : चाहे कहो मदुवा
५०. उत्कृष्ट थारु भिडियो
353 संगत चौधरी : खोजु टु मे
354 सुनिता दहित : बाबाके सगरम
355 विर चौधरी : ओई पगली
356 समु चौधरी : लेहेङ्गा चोल्याम
357 साहिल चौधरी : दिल मे तोहर
358 देवदास चौधरी : धिरे धिरे सजना
359 महिमा कुष्मी /ऋतिक शर्मा : मै हुँ थारु नेपाली
५१. उत्कृष्ट तामाङ भाषा गीत
360 टिका बम्जन : ह्याङ्ला माया
361 विशाल योञ्जन : माया लाउ ङादा
362 मानदोर्जे तामाङ : ल्हुल्साला माया
363 लिलि योञ्जन : तोजा ल्हारी
364 माया स्याङ्वो : अम्मैली ज्यान खैलाला
365 पदम दोङ : देम्बा माया
366 छिरिङ दोर्जे लामा : झ्यार्ई लासी
५२. उत्कृष्ट तामाङ भाषा भिडियो
367 दिपक तामाङ : देन्वा माया
368 अमृत कुमार लुङ्वा : झ्याई लासी
369 विक्रम लामा : माया लाउ ङादा
370 कृष्ण ब्लोन : राम्पुले मेला
371 मनोज थिङ : राजाको दरवार
372 जोन राई : गुरांस फुल्यो है
373 अमिर दोङ : आम्मैली ज्यान खैलाला
५३ . उत्कृष्ट तामाङ सेलो
374 जीवन तामाङ : छोडेर जाने
375 जीवन बम्जन : चौरीं त गोठमा
376 रमिता स्याङ्तान : स्याङ्तान आप्पाको म छोरी
377 दोर्जे घलान : राम्पुले मेला
378 विशाल योञ्जन : आस्याङ्की छोरी
379 पासाङ रुम्वा : गुरांस फुल्यो है
380 राजा दोङ : सेलोमा नाचौं है
381 विजय थिङ : काट्दै थियो रे
382 रण बहादुर डिम्डुङ : यस पाली ल्होछार
HOW TO VOTE ONLINE VOTE :
Visit :www.globalonlinepay.com
Click EVENT TAB
Click on NATIONAL INCLUSIVE MUSIC AWARD(NIM AWARD)TAB
Click on AWARD CATEGORYTAB
Select & Vote you FAVORITE NOMINEE
SMS VOTE :NIM<Space> VOTING CODE & SEND TO - 33001
विराटनगर-भरतमोहन अधिकारी स्मृति फाउण्डेसनको आयोजना तथा बिष्णु माया पुस्तकालय, विराटनगरको सह आयोजनामा फाल्गुण १८ गते विराटनगर स्थित पोखरियामा सम्पन्न भरतमोहन अधिकारी स्मृति सभा माझ १२५ जना जेष्ठ नागरिकहरु सम्मानित भएका छन् । फाउण्डेसनका संरक्षक समेत रहेका नेकपा अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले जेष्ठ नागरिकहरुलाई सम्मान गरेका हुन । सम्मानित हुनेहरुमा पुर्व उपप्रधान एवम् अर्थमन्त्री स्वर्गिय भरतमोहन अधिकारीका युवावय अवस्था देखीका समकालिन, कम्युनिस्ट आन्दोलनका सहयोद्धा अग्रज लगायत १२५ जना जेष्ठ नागरिक छन् । सम्मानित हुनेहरुमा ७० बर्ष देखी १०७ बर्षसम्म जेष्ठ नागरिकहरु छन् । जेष्ठ नागरिक सम्मान कार्यक्रम पस्चात उक्त स्मृति सभालाई सम्बोधन गर्दै नेकपा अध्यक्ष माधव कुमार नेपालले भरतमोहन अधिकारी विवेकशिल, सरल, अध्ययनशिल र बौद्धिक नेता भएको स्मरण गर्दै जेष्ठ नागरिक र सामाजिक क्षेत्रमा स्व. अधिकारीले पुर्याएको योगदान गर्व गर्न लायकको रहेको बताए ।
त्यसैगरि, स्मृतिसभा माझ सभापतिको आसनबाट बोल्दै फाउण्डेसनका उपाध्यक्ष सोम प्रसाद पाण्डेले नेपालमा जेष्ठ नागरिकहरुको हक अधिकारलाई स्थापित गर्न स्व. नेता भरतमोहन अधिकारीको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै नेताका रुपमा स्व. अधिकारीबाट दुरदर्शीता प्रस्तुत भएको र समाजको स्वरुपलाई बदल्ने सामर्थ्य बोकेका अग्रज क्रान्तिकारी नेताको रुपमा स्व. भरतमोहनलाई आफुले स्मरण गर्ने बताए ।
त्यसैगरि, फाउण्डेसनकी संस्थापक एवम् स्व. नेता अधिकारीकी सुपुत्री लिमा अधिकारीले स्व. पिता भरतमोहन अधिकारीलाई स्मरण गर्दै उहाँ उच्च सामाजिक चेतनाले ओतप्रोत व्यक्तित्व भएको उल्लेख गरिन । साथै, उनले स्व. अधिकारीले जेष्ठ नागरिक प्रति अभियानका रुपमा थालनी गरेका कार्य र सोचलाई सार्थक पार्दै अघि बढन फाउण्डेसनले आगामी दिनमा थप कार्यक्रमहरु पस्कदै जाने बताइन् ।
कार्यक्रम माझ अधिकारीका अग्रज कम्युनिस्ट सारथी लगायत नेता कार्यकर्ताहरुले स्व. अधिकारीको योगदान बारे चर्चा गरेका थिए । उक्त स्मृति सभामा नेकपाका प्रभावशाली नेताहरु भिम आचार्य, घनेन्द्र बस्नेत लगायतको उपस्थिती रहेको थियो । स्वर्गिय भरतमोहन अधिकारी स्मृति फाउण्डेसन पुर्व उप प्रधानमन्त्री स्व. भरतमोहन अधिकारीको स्मृतिमा स्थापित संस्था हो । स्वर्गिय नेता अधिकारीको धर्मपत्नी सबिता अधिकारी उक्त फाउण्डेसनको अध्यक्ष छिन् ।