generalnews
||Power News Asia||

आजको समाचार

आफू करोडौंको पार्टी गर्ने अनि निर्माणाधिन माझी बस्तीको लागि सहयोग याचना !

समाचार


काठमाडौं- नायिका स्वेता खड्काले निर्माणाधिन माझी बस्तीको लागि सहयोग गर्छु भन्नेहरुले सहयोग नगरेको गुनासो सामाजिक सञ्जालमा गरेपछि अहिले उनको बारेमा विभिन्न टिकाटिप्पणी सुरु भएको छ। खड्काले आफूहरुले कुनै जोर जबरजस्ती नगरिकनै पनि स्वतःस्र्फूत रुपमा सहयोग कबुल गरेका तर अहिलेसम्म कुनै सहयोग नगरेको लिष्ट लामै रहेको कुरा लेखेकी थिईन् । तर, उनका फ्यानहरुले नै उनीमाथि प्रश्न गरेका छन् । आफू करोडौं खर्च गरेर विहे भोजमा सरिक हुने तर माझी वस्तीको लागि सहयोगको याचना गर्ने भनेर प्रश्न समेत फ्यानले उठाएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छिन् “धुर्मुस सुन्तली फाउण्डेशनु को झै हाम्रो पिंडा पनि उहि हो । निर्माणाधिन माझी बस्तीले पनि रिण बोकेर नै बसेकोछ । स्थानिय सरकार , सरोकारवाला निकाय तथा बिभिन्न दक्ताहरुलाई माझी बस्तिसंग जोडिदिने हाम्रो प्रयासमा धेरै मनकारी सहयोगीहरु भेटिनु भयो अनि आफ्नो क्षमता, दक्षता र गक्षले भ्याए सम्मको सहयोग गर्नु भयो । तर केहि यस्ता दाताहरु पनि भेटिए जस्ले सहयोग रकम बोल्नु भयो तर सहयोग उपलब्ध गराउनु भएन । हामिले कुनै जोर जबर्जस्ती नगरिकनै आफ्नै मनले, स्वस्तस्फुर्त रुपमा कबुल गर्नु भएको सहयोग प्रदान गर्नलाई आनाकानी गर्नेहरुको लिष्ट लामै छ । खैर , दान , धर्म र कर्म भनेको मनदेखी स्फुटन हुने कुरा हो । हामिले त सहयोगको अपिलसम्म गर्ने हो ,बलजफती गर्ने होईन । तथापी , आफ्नो प्रतिवद्दता र कटिवद्दतालाई भुलेर गरिवहरुको आशा र भरोशा माथी खेलवाड गर्नु भने पक्कै राम्रो होईन । पुरा गर्न नसक्ने, बाचा, पुर्ती गर्न नसक्ने , आस्वासन र दिन नसक्ने , सहयोगको कुनै अर्थ छैन । अत स् आफुलाई समाज सेवी को रुपमा चिनाउन कोही कसैको भरोशा माथी खेलवाड नगरौ ।”

उनले धनगढीका युवा विजेयन्द्रसँग हालै विवाह गरेकी हुन् । उनीहरुलेकाठमाडौंको गोकर्ण फरेष्ट रिसोर्टमा भव्य विवाह गरेका थिए भने काठमाडौं र धनगढीमा पनि भव्य विहे भोजको आयोजना गरेका थिए । कोरोना कहरको बेला उनीहरुले करोडौं खर्च गरेर विवाह गरे । त्यतिवेला माझी बस्तीको लागि केही पनि सोचेनन् । अहिले बस्ती निर्माणमा रकम अभाव भएको भन्दै सामाजिक सञ्जालमा भने रोईरहेकी छिन् ।

 

चीनको उपग्रह टियानवेन–१ मंगलको कक्षमा प्रवेश गरेलगतै पहिलो तस्वीर पठायो

समाचार


एजेन्सी- चीनको टियानवेन–१ मंगलको कक्षमा प्रवेश गरे लगतै पहिलो तस्वीर पठाएको छ । पहिलो तस्वीर उपग्रहले पठाएको विषयलाई चिनियाँ स्पेस एजेन्सीले जनाएको हो । चीनले आफ्नो उपग्रहको नाम ‘क्वेस्ट अफ हेभेन्ली त्रुथ’ राखेको छ ।

उपग्रहले मंगलको रोता र सेता तस्वीर पठाएको जनाइएको छ । गत वर्षको जुलाईमा उडेको उपग्रह चीनको पहिलो मंगल मिसन रहेको जनाइएको छ । उपग्रह तत्काल कक्षमा रहेर मंगलको परिक्रममा गरिरहेको छ । उपग्रहले तुरुन्तै मंगलान अवतरण गर्ने भएको छ । त्यसले मंगलको माटो, वातावरण, भौगोलिक संरचना र पानीको स्रोतको विषयमा अध्ययन गर्ने जनाइएको छ ।

उपग्रह अहिले १८४ किम पृथ्वी भन्दा टाडा रहेको छ भने मंगलबाट ११ लाख किमी टाडा रहेको चिनियाँ स्पेस सेन्टरले जनाएको छ । उपग्रह मंगल पुग्न करिब १९७ दिनको यात्रा तय गरेको थियो । उपग्रह्ले फब्रुहरी १० मा रोचरलाई मंगलको सतहमा छाडिएको थियो ।

जनयद्धका समयमा झण्डै ६० करोडको अनियमितता भएको मन्त्री भट्टद्वारा खुलासा

समाचार


काठमाडौँ- उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले जनयद्धका समयमा झण्डै ६० करोडको अनियमितता भएको खुलासा गरेका छन्। पूर्वजनमुक्ति सेना नेपालको आज बुटवलमा भएको राष्ट्रिय भेला तथा अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।

मन्त्री भट्टले भने,’माओवादी जनयद्धका समयमा पूर्वलडाकुका विभिन्न डिभिजनमा झण्डै रु ६० करोडको अनियमितता भएको थियो ।’ उनले विद्यालयमा पढ्दै गरेका विद्यार्थीलाई बुर्जुवा शिक्षाको काम छैन भनी विद्यालयबाट निकालेर जनयुद्धमा समावेश गराएकाले अहिले आफ्नो स्वार्थ पूरा भएपछि लात हान्ने काम गरेको बताए । उनले जनयुद्धका कमीकमजोरी र राम्रा पक्षको विश्लेषण गर्दै यसको स्वामित्व लिन प्रधानमन्त्रीलाई आग्रह गरेको बताए ।

मन्त्री भट्टले भूमि, व्यवस्था आयोगमार्फत घरबारविहीन भएका पूर्वलडाकुका मागलाई सम्बोधन गर्ने बताउँदै विध्वंशकारी अराजनीतिक प्रतिक्रान्ति गतिविधि रोक्न जनमुक्ति सेना अगाडि आउनुपर्ने धारणा राखे।

१९ अर्बको हिसाबकिताब प्रचण्डले देखाउनु पर्छ : मन्त्री रायमाझी

समाचार


काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा उर्जा जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले जनयुद्धकालको १९ अर्ब रकम कहाँ गयो भनेर प्रचण्डले जबाफ दिनु पर्ने बताएका छन्। उनले दाहाल–नेपाल पक्ष विकास र समृद्धिको मुद्दा बिर्सिएर सडक सङ्घर्षमा लागेको बताए । बुटवलमा पूर्वजनमुक्ति सेना नेपालको राष्ट्रिय भेलामा बोल्दै मन्त्री रायमाझीले जनयुद्धकालका धेरै विषयको हिसाबकिताबसमेत गर्ने दिन आएको बताए।

उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि राजनीतिक सङ्घर्ष समाप्त भएर देश विकास र समृद्धिमा अघि बढ्ने अपेक्षालाई केही नेताहरुको व्यक्तिगत स्वार्थका कारण पूरा गर्न नसकिएको बताए । “केही नेताको व्यक्तिगत स्वार्थ र आकाङ्क्षाका कारण परिवर्तनका लागि लडेका योद्धाहरुको खोजी हुन सकेन त्यही कारण यो स्थिति आयो”, उनले भने।

जनआन्दोलनमा लडेकालाई सम्मानजनक राहतका लागि सरकारले योजना बनाइसकेको जनाउँदै उहाँले अब छिट्टै कार्यान्वयन हुने विश्वास व्यक्त गरे । “पुरानो व्यवस्था पल्टाएर नयाँ व्यवस्था ल्याउने सबै पूर्वलडाकुलाई हामीले सम्झनुपर्छ”, मन्त्री रायमाझीले भने, “क्यान्टोनमेन्टमा १९ हजार सेना राखेर रु ३४ हजार भत्ता बुझ्यौँ, करिब  सात अर्ब घोटाला भएको छ, त्यो पैसा कहाँ गयो ? त्यसको हिसाबकिताब हुनुपर्छ ।”

” हामी अहिले वैचारिक र राजनीतिक संघर्षमा छौं। त्यसैले १९ हजार लडाकु कार्यकर्ताको नाम राखेर ल्याएको पैसा कहाँ गयोरु अब १९ अर्बको हिसाबकिताब प्रचण्डले देखाउनु पर्छ,” उनले भने।

समुन्नत महिला मञ्च नेपाल र नेपाल च्याम्वर अफ कमर्सका द्धारा काभ्रेमा स्कुलको पोशाक वितरण

समाचार


काठमाण्डौ – समुन्नत महिला मञ्च नेपाल र नेपाल च्याम्वर अफ कमर्सको सहकार्यमा काभ्रेको देउपुर नगर पालिका वडा नम्बर ६ र ७ का दुइ वटा विद्यालयलाई स्कुल पोशाक वितरण गरिएको छ ।

विद्यालयमा अध्ययनरत दलित, जनजाती निम्मन वर्गका विद्याथीहरुलाई विद्यालयको पोशाक वितरण गरिएको समुन्नत महिला मञ्च नेपालकी अध्यक्ष सोमा खत्रीले बताईन । वडा नम्बर ७ को कालि देवी आधारभुत विद्यालय र वडा नम्बर ६को भिमेश्वर प्राथमिक विद्यालयमा गरि १ सय ७० जना विद्याथीहरुलाई स्कुले पोशाक वितरण गरिएको बताइएको छ ।
समुन्नत महिला मञ्च नेपालले स्थापना काल देखीनै समाजमा रहेका गरिव विपन्न र निम्न वर्गका वालवालिका र महिलाहरुका क्षेत्रमा कार्य गर्दै आईरहेको छ ।

Nepal’s First Ever Sci-Fi Time Travel Movie : Rose of Jericho

समाचार


Kathmandu-  2078 is about to begin in a very enthusiastic note for Nepali Film Industry. Titled, Rose of Jericho, the movie has been confirmed as a science fiction, time travel thriller. The movie is set to explore various scientific paradoxes.

However, the main story and the cast are kept under wraps. The movie is written and directed by Jason Lopchan, a graduate of Oscar International College. Nawa Shrestha & Soniya Thapa is to serve as Producers. The movie is to be made by J-Quad Entertainment under the banner of Kipalaya Productions.

नाट्यश्वर म्युजिक अवार्डको दोस्रो संस्करण सम्पन्न

समाचार


नुवाकोट-नाट्यश्वर म्युजिक अवार्डको दोस्रो संस्करण सम्पन्न भएको छ । किरण अधिकारीको संयोजन, प्रल्हाद केसीको सभापतित्व र पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह के.सीको प्रमुख आतिथ्यमा आइतबार नुवाकोटको विदुरमा अवार्ड सम्पन्न भएको हो ।

‘नाट्यश्वर सबै कलाकारको शान, कलाकारिताको जगेर्ना हाम्रो अभियान’ भन्ने मूल नाराका साथ कार्यक्रमको आयेजना गरिएको थियो । ०७६ मा नै आयोजना गर्नुपर्ने कार्यक्रम विश्वभर महामारीका रुपले फैलिएको कोरोना भाइरस (कोभिड-१९)का कारण रोकिएर अहिले गरिएको संयोजक अधिकारीले जानकारी दिए । साथै, आफू पनि उक्त भाइरसबाट संक्रमित भइ निको भएको उनले बताए । कर्यक्रमका अधिकारीले यसभन्दा अगाडिको कार्यक्रम काभ्रे जिल्लाको बनेपामा आयोजना गरिएको जानकारी दिए ।

उक्त कार्यक्रममा सङ्गीत क्षेत्रका विभिन्न ४८ विधामा अवार्ड वितरण गरिएको थियो । गायन तथा सङ्गीत क्षेत्रबाट मनोनयनमा परेकाहरूमध्येबाट सर्वोतकृष्ट भएकाहरूलाई अवार्ड वितरण गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा लोकदोहोरी गायक विष्णु खत्री, कृष्ण रेउले, गायिका जमुना राना, रमिला न्यौपाने, सविता परियार, मोडल दिपाशा बिसी, टिका जैसीले अवार्ड प्राप्त गरेका छन् । साथै, कार्यक्रममा कलासंस्कृति संरक्षणमा योगदान पुर्‍याएको भन्दै नुवाकोटको विदुर र वेलकोटगढी नगरपालिका र १० गाउँपालिका एवम् जिल्ला समन्वय समिति र सहयोगी संस्था साकुरा कन्सल्टेन्सीलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा वरिष्ठ सङ्गीतकार राजु सिंहलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको थियो । उनलाई नगद ११ हजार रुपैयाँसहित सम्मान गरिएको हो । सोही क्रममा कला एवम् रङ्ग पत्रकारितामा कलाम चलाएर संस्कृति तथा संरक्षणमा सहयोग गरेको भन्दै पत्रकारहरू निमेष गौतम, बाबुराम सिग्देल, देवचन्द्र भट्ट, दीपज्योति थापा र राममणी ढकाल सम्मान गरेको थियो ।

पत्रकारलगायत विभिन्न व्यक्तिहरूलाई सम्मान गर्दै प्रमुख अतिथि नेता केसीले कलाकारहरू राष्ट्रका गहना भएको र सञ्चार माध्यमले पनि देश विदेशमा सन्देश दिएर थप चिनाउन मद्दत गरेको बताए । ‘कलाकारहरुले देशको सौन्दर्य बढाएका छन्, जहाँ पनि गीत सङ्गीतको आवश्यकता पर्दछ र पत्रकारहरूले पनि विभिन्न सञ्चार क्षेत्रबाट कलम चलाएर देशविदेशमा सन्देश दिएर कलाकारहरूलाई चिनाउन मद्दत गरेका छन्’, उनले भने ।

नेता केसीले नुवाकोट आफ्नो गृह जिल्लामा कार्यक्रमको आयोजना गरेर कलाकारहरूलाई अवार्ड वितरण गरेकोमा आयोजकप्रति गर्वको महसुस भएको जनाउँदै आगामी वर्षहरूमा पनि कलाकारहरूलाई जिल्लामा यसरी नै स्वागत गर्ने प्रतिबद्धता व्यक्त गरे ।

 

'मिस्टर एण्ड मिन नेपाल टिन वर्ल्ड २०२१' को उपाधि दिक्षा र शाश्वतको हातमा

समाचार


काठमाडौँ —  माघ २८, २०७७। 

मिस्टर एण्ड मिस नेपाल टिन २०२१’ को ग्राण्ड फिनाले काठमाडौंमा सम्पन्न भएको छ । अभ्यानी प्रोडक्सनको आयोजनामा काठमाडौंस्थित आम्रपाली बैंकेटमा सम्पन्न भव्य ग्राण्ड फिनालेमा मिस तर्फको उपाधि दीक्षा रिसालले चुमेकी छन् ।

उनले 'मिस नेपाल टिन वर्ल्ड २०२१' का साथै व्युटि विथ प्रपोज र पिपुल्स च्वाइस अवार्ड समेत हात पारेकी छन् । त्यसैगरी श्रृयंका थापाले मिस नेपाल टिन युनिभर्स र मिस कन्फिडेन्स अवार्ड जितिन् । स्टेला लामिछानेले मिस नेपाल टिन इन्टरनेसनल र मिस इन्टेलेक्चुवल अवार्ड जितिन् । सुस्जिता पौडेलले मिस नेपाल टिन अर्थ र मिस फेसन आइकल अवार्ड जितेकी छन् ।

साथै प्रकृति थापाले मिस नेपाल टिन सुपरानेशनल र वेस्ट फिगर अवार्ड जितिन् ।

मिस्टर नेपाल टिन २०२१ को उपाधि शाश्वत ओलीले चुमेका छन् । साथसाथै मिस्टर ट्यालेन्ट अवार्ड पनि हात पारे । नन्दु आचार्यले फस्ट रनर अपको साथसाथै मिस्टर मल्टिमिडिया र पिपुल्स च्वाइस अवार्ड जिते । सेकेन्ड रनर अपको उपाधि संग संगै मिस्टर फिजिक्सको अवार्ड साइरस विश्वकर्माले जिते ।

‘मिस नेपाल टिन २०२१’ को उपाधि जितेका विजेताहरूले वैदेशिक शिक्षाको लागि छात्रवृत्ति, ट्रफी, क्राउन, गिफ्ट ह्याम्परहरु, सर्ट मुभीको साथै विभिन्न पुरस्कारहरु हात पारे । विजेताले इक्वाडोरमा हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपाललाई प्रतिनिधित्व गर्नेछन् ।

त्यसैगरी मिस ट्यालेन्टको उपाधि निर्जला बराईली, मिस मल्टिमिडिया तथा मिस भेटेरन  गरिमा गुरागाईं, मिस फोटोजेनिक अपेक्षा भट्टराई, वेस्ट ड्रेस प्रियंका तामाङ, बेस्ट वाल्क मनस्वी ढकाल, मिस डिस्सिपिल्नड जस्मिन रिजाल, मिस पर्सानालिटी निश्मा बुढाथोकीले हात पारे ।

किशोरतर्फ हेन्डसम विथ प्रपोज राजु शाह र मिस्टर मोडल अनुराग भट्टले जिते ।

मिस तर्फ यदि अहिले तपाई नेपालको प्रधानमन्त्री हुनुभयो भने  वर्तमान समयमा रहेको कोभिड १९ को समस्यालाई कसरी हल गर्नुहुन्छ भनेर सोधिएको थियो भने मिस तर्फ मिहेनत र भाग्यमा सबैभन्दा ठुलो कुरा के हो भनेर सोधिएको थियो ।

टिन एजका युवा युवतीको क्षमता अभिवृद्धिका लागि आयोजित यो प्रतियोगिता एक महिनासम्म व्यक्तित्व विकास र आत्मविश्वास बढाउन विभिन्न कक्षा संचालन गराइएको इभेन्ट कोरियोग्राफी पवन आचार्यले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि पुर्व उर्जा राज्यमन्त्री भास्कर भद्रा थिए ।

मुख्य अतिथिहरु नेता गोविन्दराज खनिया, अभिनेत्री कविता राय  र रोडिज सिजन–२ को विजेता आयुष श्रेष्ठ थिए ।

निर्णायकको भूमिकामा चर्चित मोडल दिपक घिमिरे, इभेन्ट्स नेपालका सिइयो तथा डाइरेक्टर हुकुम राज लुईटेल, मिस्टर नेपाल वर्ल्ड २०१८ विकल्प राज श्रेष्ठ, फेसिनेटेड ब्युटि पार्लरकी डाइरेक्टर लक्ष्मी महत तथा मिस हेरिटेज इन्टरनेश्नल तथा गायिका आश्रा कुँवर थिए । प्रतियोगितामा अफिसियल  कोरियोग्राफरका रुपमा पवन आचार्य थिए । कार्यक्रम प्रस्तोताको भूमिकामा रोजिन शाक्य थिए । कार्यक्रमको व्यवस्थापनमा सौरभ चौधरी र मुख्य व्यवस्थापक सिमोन पण्डित रहेकी थिइन् ।

प्रतियोगीको मुख्य सहयोगी संस्था एस. पि. एम कृयशन, राम्रो इन्टरटेनमेन्ट, व्युटि पेजेन्ट एशोशियसन नेपाल, पेजेन्ट नेपाल इन्टरनेशनल, ग्रेस इन्टरनेशनल, सिम्प्यान, थ्री एम, शाशा व्यांकेट, लोटस माइन्डफुलनेस सेन्टर, प्रोटिन गाउस चितवन, ग्लोवल अनलाइन पे, फेसिनेटेड वुयुटि पार्लर, तारा प्रोडक्सन हाउस, द सेलिव्रेटी टाइम्स, अशोक फोटोग्राफी, ग्लोबल अनलाइन पे थिए । ड्रेस डिजाइनरको भूमिकामा सिमोन पण्डित रहेकी थिइन् ।

अभ्यानी प्रोडकसनका सिइओ अभिविन्द खनियाको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई रोजीन शाक्यले संचालन गरेका थिए । कार्यक्रममा झण्डै १ हजार दर्शकको उपस्थिती थियो । 

गौरी शंकर च्छोरोल्पा मिडिया प्रा.लिको प्रथम वार्षिकोत्सव मिति परिवर्तन सम्बन्धी विज्ञप्ती जारी

समाचार


 काठमाण्डौ - गौरी शंकर च्छोरोल्पा मिडिया प्रा.लिको प्रथम वार्षिकोत्सवको अवसरमा मिति २०७७ फागुन १ गते गर्ने भनिएको कार्यक्रम विषेश कारणले गर्दा रोकिएको गौरी शंकर मिडियाले जनाएको छ ।
 गौरी शंकर च्छोरोल्पा मिडियाका सचिव मनोज कार्कीका अनुसार १ गते गर्ने भनिएको प्रथम बार्षिकोत्सवको कार्यक्रम  विषेश कारणले गर्दा फागुन ५ गते बुधबारको लागि सारिएको जानकारी गराएका छन् ।
 केन्द्रिय राजधानी काठमाण्डौको पुरानो बानेश्वर स्थित विग फुडल्याण्ड पार्टी प्यालेसमा मिति २०७७ फागुन ५ गते  बुधबार विहान ९ बजे  सञ्चार तथा सुचना प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता माननीय पार्वत गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न हुने आयोजकले बताएका छन् ।


 

निर्वाचनको तयारी निरन्तर अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

समाचार


काठमाडौं -प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको तयारीको काम निरन्तर अगाडि बढाउन निर्वाचन आयोगलाई आग्रह गरेका छन् । आज निर्वाचन आयोगको कार्यालय पुगेर प्रधानमन्त्री ओलीले सो आग्रह गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

आयोग कार्यालय परिसरमा पत्रकारहरुसँग थापाले भने, ‘प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनको तयारीबारे जानकारी गराउनु भयो । प्रधानमन्त्रीज्यूले आयोगले गरिरहेका तयारीका सन्दर्भमा धन्यवाद ज्ञापन गर्नु भएको छ र निर्वाचनको तयारीको कामलाई निरन्तर अगाडि बढाउन सुझाव पनि दिनु भएको छ ।’

प्रधानमन्त्री ओली निर्वाचनको तयारीबारे जानकारी लिन आयोगको कार्यालय कान्तिपथ पुगेका थिए । प्रधानमन्त्रीसँगै उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपा महासचिव विष्णु पौडेल र नेता सुवास नेम्वाङ पनि आयोगको कार्यालय पुगेका थिए ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनको लागि आवश्यक बजेट, बन्दोबस्तीका सामान लगायतका विभिन्न विषयमा जानकारी गराएको पनि थापाले जानकारी दिए ।

नेकपाको आधिकारिकता विवादबारे पत्रकारले राखेको जिज्ञासामा प्रेस सल्लाहकार थापाले प्रधानमन्त्री ओली आज निर्वाचन आयोग जानुको उद्देश्य त्यो नभएको बताए । गत पुस ५ गते सरकारले संसद विघटन गरेलगत्तै नेकपा दुई खेमामा विभाजित भएपछि प्रधानमन्त्री ओली निर्वाचन आयोग पुगेको पहिलो पटक हो ।

संसद विघटन गर्दै वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन गर्ने प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरेकी थिइन् ।