generalnews
||Power News Asia||

आजको समाचार

नासर अल अली इन्टरप्राइसेसका तीस जना कामदारहरुले पाए सुनको सिक्का

समाचार


 दोहा-आइओएस प्राप्त कतारको एक प्रतिष्ठित कम्पनी नासर अल अली इन्टरप्राइसेसमा कार्यरत तिसजना कामदारहरुलाई कम्पनी मालिक आसर अल अलीले ५/ ५ ग्रामका दरले सुनको सिक्का पुरस्कार स्वरुप प्रदान गरेका छन् । कम्पनी मालिक अलीले उत्कृष्ट, मेहनती र इमान्दार कामदारहरुलाई सो सुनको सिक्का हालै प्रदान गरेका हुन् । सुनको सिक्का पाएर खुशीले दङग भएका कामदारहरुले आफुले पाएको सुनको सिक्का पुरस्कार घरमा श्रीमतिलाई पठाउने बताए । यसैगरी १ देखि ६ वर्षसम्म निरन्तररुपमा सोही कम्पनीमा काम गरिरहेका कामदारहरुलाई पनि कम्पनी मालिकअलीले प्रमाणपत्र प्रदान गरेका थिए । सुनको सिक्का पाउने मध्येका एक कामदारले आफु २००८ मा यस कम्पनीमा हेल्परको रुपमा आएको र पछि ट्रेड वर्कर (मेसन) मा पदोन्नती भएको बताउदै सो कम्पनीमा काम गरेर आफनो आर्थिक स्थितिमा समेत आफुले सुधार गर्न सकेको बताए । सुनका सिक्का पुरस्कार पाउने कामदारहरुका अनुसार नासर अल अली इन्टरप्राइसेस आफैमा राम्रो कम्पनी भएको र कम्पनी मालिक नासर अल अली असाध्यै सहयोगी हृदयको भएकोले उनले कामदारहरु सबैसँग मालिक जस्तो व्यवहार नगरेर अविभावकको व्यवहार गर्ने भएकोले सबै कामदारहरुका लागी उनी मालिक नभएर अविभावक हुन् । आफनो घर परिवारमा आर्थिक समस्या परेको बेलामा समेत आर्थिक सहयोग उपलब्ध गराएर समस्या टारिदिने गरेका कम्पनी मालिक नासर अल अलीले कामदारहरुलाई कहिले नहप्काउने तर सबैलाई मित्रवत व्यवहार गर्ने गरेको अनुभव त्यस कम्पनीमा कार्यरत् सवै कामदारहरुको रहेको छ । आफनो कार्यालयको ढोका कामदारहरुका लागि सधै खुला रहेको र आफना कामदारहरुलाई कुनैपनि समस्या भए सिधै आफनो कार्यालयमा आएर आफनो समस्या बताउन सक्ने बताउदै कम्पनी मालिक नासर अल अलीले आफुले मालिकको भन्दा पनि अविभावकको रुपमा व्यवहार गर्ने गरेको हुनाले कामदारहरुको कुनै समस्या भए अविभावकको रुपमै आफु समाधान गर्न सघाउने गरेको बताए । समय समयमा कामदारहरुलाई प्रोत्साहन स्वरुप सुनको सिक्का, नगद इनाम, प्रमाणपत्र आदि इत्यादी पुरस्कार स्वरुप दिएर कम्पनी मालिक नासर अल अलीले आफना कम्पनीको कामदारहरुको हौसला र मनोबल बढाउदै आइराखेको छ ।

 सृजना बनिन् 'मिस्टर एण्ड मिस टिकटक,२०२०' को विजेता

समाचार


चितवन — पुस १२, २०७७। 

'मिस्टर एण्ड मिस टिकटक' प्रतियोगितामा अष्ट्रेलियामा रहेर टिकटकमा सक्रिय सृजना घिमिरे विजेता भएकी छिन।  

राजधानीमा शनिवार सम्पन्न प्रतियोगितामा सृजनाले विजेताको अवार्डसहित १ लाख ५० हजार रुपैयाँ हात पार्न सफल भईन। साथै उनले एउटा चलचित्र र दुईवटा म्युजिक भिडियोमा अभिनय गर्ने अवसर समेत प्राप्त गरेकी छिन। 

प्रतियोगिताको फर्स्ट रनरअप काठमाडौं निवासी काजोल नेपाल भएकी छिन।  उनले फर्स्ट रनरअपको अवार्डसहित १ लाख रुपैयाँ हात पार्न सफल भईन। साथै नेपालले एउटा वेब सिरिज र एउटा म्युजिक भिडियोमा अभिनय गर्ने अवसर प्राप्त गरिन । त्यसैगरी पुनम तिरुवाले सेकेण्ड रनरअपको उपाधीसहित ५० हजार रुपैँया हात पारिन।

कंडेल कन्सल्टेन्सीको प्रस्तुतीमा द जीएमआई एकेडेमीको आयोजना तथा सही हो ईभेन्ट्सको सहकार्यमा संचालित उक्त प्रतियोगितामा उत्कृष्ट १२ मा प्रतिस्पर्धा गरिरहेकाहरुमध्ये बाट ग्लोवल अनलाईन पे मार्फत गरिएको डिजिटल भोटिङ र निर्णायकहरुको मत पश्चात विजेता छनौट गरिएको हो । जसको लागि ५० प्रतिशत मत अनलाईन भोटिङ मार्फत र ५० प्रतिशत मत निर्णायकमार्फत प्रदान गरिएको थियो । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगिताको निर्णायकको रुपमा चर्चित हांस्य कलाकार तथा निर्देशक किरण केसी, नायिका प्रियंका कार्की र नृत्य निर्देशक कविराज गहतराज रहेका थिए।  

प्रतियोगितामा विधागत तर्फ पब्लिक चोईस अवार्ड ईटहरीकी प्रेतिका अधिकारी, बेस्ट मेल डान्सर चितवनका मनोज बिके, बेस्ट फिमेल डान्सर चितवनकी शोना घिमिरे, बेस्ट मेल एक्टिङ गैंडाकोटका रोहित पाण्डे, बेस्ट पर्फर्मेन्स काठमाडौंका जनम परियार, मल्टीमिडिया अवार्ड चितवनकी अर्बिना ढकाल, कन्फिडेन्सियल अवार्ड चितवनकी बिकिता कंडेल, बेस्ट स्माईल अवार्ड रुपन्देहीकी आरोही अधिकारीले प्राप्त गरेकी छिन। 

कम उमेरका युवाहरूमाझ लोकप्रिय टिकटकबाट नयाँ प्रतिभा कलाकारितामा प्रवेश पाउन सजिलो भएको हामी कहाँ प्रशस्त उदाहरणहरु छन। जसको सेरोफेरोमा रहेर मिस्टर एण्ड मिस टिकट्क प्रतियोगिता आयोजना गरिएको द जिएमआइ एकेडेमी्का सिईओ महेश लामिछानेले जनाएका छन । कार्यक्रमको भव्य समापन पश्चात आफूलाई यस्ता कार्यक्रम आयोजना गर्न थप हौसला पुगेको लामिछानेले जनाए। 
 

मिस हिमालय नेपाल,२०२१” को पहिलो अडिसन सम्पन्न

समाचार


मिस हिमालय नेपाल,२०२१” को पहिलो अडिसन सम्पन्न कथा ईभेन्टको आयोजनामा राजधानीको चुचेपाटि, चाहबिल केअल टावर मा रहेको हायब्स लन्ज मा “ मिस हिमालय नेपाल,२०२१” को पहिलो अडिसन सम्पन्न भएको छ । नेपालमा सौन्दर्य प्रतियोगिताहरुको बढ्दो भिडमा आफुलाइ स्थापित गर्दै आएको कथा ईभेन्टले राजधानीमा “मिस हिमालय नेपाल,२०२१” आयोजना गर्ने भएको हो। अडिसन कार्यक्रममा निर्णायकको रुपमा कथा ईभेन्टका अध्यक्ष गनिका गुरुङ, वरिष्ठ र्ऱ्यापर निरनय ( NSK) र फेन्सी ब्याबसाही अनिता गुरूङ रहेका थिए । अडिसनमार्फत १८ जना प्रतिस्पर्धीहरु छनौट गरी संचालन गरिने “मिस हिमालय नेपाल,२०२१” प्रतियोगिताको लागि यसपटकको छनौट प्रक्रियामा समावेश कुल १८ प्रतिस्पर्धीहरुमध्येबाट ८ जना प्रतिस्पर्धीहरु छनौट गरिएको छ । प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ १७ दिन सम्म विशेष प्रशिक्षण प्रदान गरिने छ जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनर रोजिन शाख्य बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एम्सी , पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् भने नेपालका ख्याति प्राप्त डान्स कोरियोग्राफर गोविन्द राईबाट डान्स र कला सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन्। प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, सेल्फ मेकअप क्लास, फेशन क्लास , टेबल म्यानर सहित गतिविधीमा समेत सहभागि गराइने भएको छ । प्रतियोगीहरुले आफुले सिकेको ज्ञानहरुलाई समाजमा प्रतिश्प्रधा गर्न अनि आफ्नो आत्मा बिश्वास बढाएर भोलिको दिनमा आज सिकेको कुराहरुलाइ उपयोग गर्न सक्ने बनाउनुनै लक्ष्य रहेको कार्यक्रम व्यवस्थापक सुजना राईले बताए l यस सौन्दर्य प्रतियोगिताले समुदायका युवतीहरु बीच व्यक्तित्व विकास र आफुसंग भएको प्रतिभा प्रस्फुटन गरि समाजमा सकारात्मक सन्देश दिन सफल हुने कुरामा उनी बिस्वस्त छन् ।

पर्यटन प्रवद्र्धनका लागि व्यांकक लुम्विनी बीच सीधा हवाइ सम्पर्क आवश्यक: चेम्बर अध्यक्ष श्रेष्ठ

समाचार


काठमाडौं, ०८ पौष- नेपाल र थाईल्याण्डको पर्यटन प्रवद्र्धनका लागि व्यांकक र लुम्विनी बीच सीधा हवाइ सम्पर्क आवश्यक रहेको औल्याएका छन् । नेपालका लागि थाईल्याण्डका नवनियुक्त राजदूत भोसिता भोरासफको सम्मानमा नेपाल चेम्वर अफ कमर्सद्धारा बुधबार चेम्वर भबन कान्तिपथमा आयोजित स्वागत कार्यक्रममा उनले सो धारणा राखेका हुन । सो अवसरमा चेम्बर अध्यक्ष राजेश काजी श्रेष्ठले राजदूत भोरासफको कार्यकालको सफलताको कामना गर्दै नेपाल थाइल्याण्ड वीच बिद्यमान व्यापार, लगानी तथा पर्यटन प्रवद्र्धनको सभावनालाइ उपयोग गर्न र वुद्धिष्ट सर्किट प्रवद्र्धनका लागि व्यांकक लुम्विनी वीच सीधा हवाइ सम्पर्कका लागि पहल गरिनुपर्ने बताए । अध्यक्ष श्रेष्ठले नेपाल चेम्वर अफ कमर्सको पृष्ठभूमी तथा नेपाल थाइल्याण्ड वीच आर्थिक सम्वन्ध सुदृढ गर्न चेम्वरले निर्वाह गरेको भूमिका बारे उल्लेख गर्दै नेपालमा वैदेशिक लगानीको वातावरण बनेकाले ठूला पूर्वाधार निर्माणका लागि ग्लोवल टेण्डरमा थाइ निर्माण कम्पनीहरुलाइ सहभागी गराउन आग्रह गरे । नेपालको पर्यटन, कृषी, तथा जडीवुटी उद्योग लगायतका क्षेत्रमा लगानीका लागि उपयुक्त हुन सक्ने पनि उनले बताए ।

थाईल्याण्ड वुद्धमार्गीहरुको मुलुक भएको उल्लेख गर्दै नेपाल र थाईल्याण्ड बिच वुद्धिष्ट संजालको माध्यमबाट नेपालमा थाइपर्यटक आगमनको लागि थाई पर्यटन वोर्डले उल्लेखनीय भूमिका निर्वाह गर्न सक्ने भएकोले सोको लागि पहल गरी दिन आग्रह समेत गरे । पूर्वी एशियाको उदीयमान अर्थतन्त्रको रुपमा थाईल्याण्डले आर्थिक बिकास तिव्र रुपमा गरि रहेको उल्लेख गर्दै थाईल्याण्डले नेपालको कृषि पर्यटन र व्यापारको आधुनिकीकरणमा उल्लेखनीय योगदान दिन सक्ने उल्लेख गरे ।

कार्यक्रममा उपस्थित पदाधिकारीहरुबाट नेपाली व्यवसायीहरुलाइ भीसा प्रकृयामा सरलीकरण तथा थाइल्याण्डबाट नेपालमा उच्च प्रविधियुक्त स्वास्थ्य क्षेत्रमा लगानीको लागि आग्रह गरेका थिए । थाईल्याण्डका राजदूत भोसिताले नेपाली व्यवसायी संस्थाहरुसँग सहकार्य गरी दुवै देशको आर्थिक सम्वन्ध विस्तारका लागि पहलगर्ने बताए । कोभिड महामारी समाप्ती पश्चात दुवै मुलुकका व्यापारिक प्रतिनिधि मण्डलहरुको पारस्पारिक व्यावसायीक भ्रमण हुनेमा आशान्वित रहेको बताउदै पर्यटन क्षेत्र बिस्तारका लागि वुद्धिष्ट सर्किटको अवधारणा तथा थाइल्याण्ड र लुम्विनी वीचको सीधा हवाइ सम्पकलाई सकारात्मक रुपमा लिएकोे उनले बताए ।नेपाल र थाइल्याण्ड बीम्स्टेकको सदस्य राष्ट्र भएकोले दुइ मुलुक वीच आर्थिक सम्वन्ध बिस्तारका लागि प्रशस्त संभावना रहेको पनि उनले बताए ।

उक्त स्वागत कार्यक्रममा नेपाल चेम्वरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल उपाध्यक्षद्धय कमलेश कुमार अग्रवाल, दिपककुमार मलहोत्रा, महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ एवं कार्य समितीका अन्य सदस्यहरुको पनि सहभागिता रहेको थियो ।

छिम्केश्वरी डाँडा र मनोकांक्षा पुरा गर्ने छिम्केश्वरी

समाचार


तनहुँ-तनहुँ जिल्लाको सबै भन्दा अग्लो चुचुरोको रुपमा छिम्केश्वरीलाई लिइन्छ ।यसै छिम्केश्वरी डाँडामा छिम्केश्वरी माइको मन्दिर विराजमान छ । बुढीदेवी माईको मन्दिर पनि छिम्केश्वरी मन्दिरको निकट दुरीमा विराजमान छ । यि दुवै शक्ती पिठमा प्रत्येक दिन जसो टाढा टाढाबाट कोही न कोही दर्शनार्थीहरु आउने गरेको पाईन्छ । जैविक विविधताले भरिपुर्ण छिम्केश्वरी लेकलाई ग्रामिण र धार्मिक पर्यटका लागी उत्कृष्ट गन्तव्यको रुपमा लिइन्छ । सो डाँडाबाट धौलागिरी –लाङ्गटाङ्गसम्मको हिमाली श्रखंलाको मनोरम दृष्य , हरियाली डाँडाकाँडा, नदीनाला, समथर भुभाग, सूर्योदय र सूर्यास्तको दृश्य, चितवनको नारायणगढ बजार, त्यस क्षेत्रका परम्परागत संस्कृतिमा आधारित घर, डाडैभरी ढकमक्क फुलेको लालीगुराँसले यहाँ घुम्न आउने पर्यटकको मन लोभ्याउने गर्दछ । सात देवीहरु मध्ये जेठी बुढीदेवी माई र माहिली मनकामना माई, अन्तरी इच्छाकामना माई, जन्तरी अन्नपूर्ण माई र कान्छी अकला माईलाई सोही स्थलबाट दृष्यावलोकन गर्न सकिन्छ । ६वटै देवीहरुको दर्शन गरेता पनि छिम्केश्वरीमाईको दर्शनगरेसम्म मनोकांक्षा पुरा हुँदैन भन्ने जनविश्वास रहदै आएको छ ।

छिम्केश्वरी माइलाई मनकामना र गोरखाकाली माइको दिदीबहिनीको रुपमा पुजिदै आएको छ । मनोकांक्षा पुरा हुने उद्देश्यले भक्तजनहरु उक्त मन्दिरको दर्शनका लागि आउने गर्दछन् । विशेषगरि फागुपुर्णिमा र वैशाख नयाँ वर्षमा यस मन्दिरमा भक्तजनहरुको भिड लाग्ने आँवुखैरेनी गाँउपालिका ५ नम्बर वडाका वडाध्यक्ष पञ्चवहादुर गुरुङ्ग बताउँछन्। आँवुखैरेनी गाउपालिकाको वाड नं ५ मा अवस्थीत यस मन्दिरको जिर्णोद्वारको लागि आँवुखैरेनी गाँउपालिकाले ४५ लाख रुपैयाँको लागतमा आकर्षक गजुर सहित पुननिर्माण कार्य द्रुत गतिमा निर्माण गरिराखेको छ । मन्दिर निर्माणको काम द्रुत गतिमा भइरहेको छ । छिम्केश्वरीको प्रचार प्रसारमा टेवा पुग्ने हेतुले पहिलो पटक छिम्केश्वरी डाँडामा बसेको आँवुखैरेनी गाँउपालिकाको बैठकले मन्दिरको पुननिर्माणको लागी थप पन्ध्र लाख विनियोजन गरेको छ । यस अघि तिस लाख रुपया मन्दिर निर्माणको लागी अपुग भएको भन्दै वैठकले १५ लाख रुपैयाँ थप गर्ने निर्णय गरेको हो । गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले धार्मिक एवं पर्यटकीय स्थल छिम्केश्वरी माइको आवश्यक प्रचारप्रसारका लागी पनि आवश्यक बजेट विनियोजन हुँदै आएको जानकारी गराएका छन् ।

हाल छिम्केश्वरी मन्दिर दर्शन गर्न जाने मुख्य मोटर बाटो आँवुखैरेनी बजार देखी लाद्यदी गाँउसम्म १५ किलोमिटर कालोपत्रेको काम भइरहेको छ । छिम्केश्वरी, आँधीमुल, अकला मन्दिर, ऐना पहराको झरना आँबुखैरेनी गाउँपालिकाकै प्रमुख पर्यटकीय स्थल भएकाले यसको प्रबर्द्धनका लागि आफुहरु लागिपरेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले बताए ।

अधिकार सम्पन्न राजश्व वोर्ड आवश्यक छ : राजेशकाजी श्रेष्ठ, नेपाल चेम्बर अध्यक्ष

समाचार


काठमाडौं, २६ मंसिर- नेपाल राजश्व परामर्श समिति र नेपाल चेम्वर अफ कमर्स बीच राजश्व परिचालन र व्यवस्थापन सम्वन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कोभिड-१९ का कारण व्यवसायीक क्षेत्रमा देखिएको शिथिलताबाट राजश्व तथा रोजगारीमा प्रत्यक्ष प्रभाव परेको सन्दर्भमा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा चेम्वरको पदाधिकारी तथा विभिन्न समितिका सभापतिहरु र नेपाल राजश्व परामर्श समितिका अदिकारीहरु बीच बिहिवार अन्तर्कृया भएको हो । अन्तर्कृयाका क्रममा चेम्बर अध्यक्ष श्रेष्ठले निजी क्षेत्रले धेरै वर्ष देखि निजी क्षेत्रको प्रतिनिधित्व सहित अधिकार सम्पन्न राजश्व वोर्ड स्थापनाका लागि सरकार समक्ष पहल गर्दै आएको स्मरण गर्दै हाल गठित नेपाल राजश्व परामर्श समिति सो अनुरुप नभएको औल्याए । अध्यक्ष श्रेष्ठले अधिकार सम्पन्न राजश्व वोर्डको स्थापना हुनु पर्नेमा सो अनुरुप नभएको धारणा व्यक्त गरे । कोभिड-१९ महामारीका कारण व्यवसायमा शिथिलता आइ निजी क्षेत्र प्रभाबित भएको उल्लेख गर्दै जनताको क्रयशक्तीमा कमी आएको उनले बताए । मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको अहम भूमिका रहने र निजी क्षेत्रको दीगो विकासले नै आर्थिक विकास तथा रोजगारी अभिवृद्धिलाइ टेवा दिने हुदाँ व्यवसायीक पारदर्शीता अपनाउन र अनधिकृत व्यापार नियन्त्रण गरी अर्थतन्त्रलाइ चलायमान बनाउन राजश्वमा समसामयिक सुधारको खाँचो रहेको अध्यक्ष श्रेष्ठले बताए । व्यापार बिस्तार हुन सकेमा राजश्व तथा रोजगारीमा स्वतः वृद्धि भइ समग्र अर्थतन्त्रमा अनुकुल प्रभाव पर्न जाने भएको धारणा राखेका श्रेष्ठले राजश्वसँग सम्बन्धित समसामयिक सुझावहरु प्रस्तुत समेत गरे । उक्त अवसरमा अध्यक्ष श्रेष्ठले विश्व ब्यापार संगठन, विम्स्टेक, साफ्टा आदिमा गरिएका प्रतिवद्धता अनुसार भन्सार दरबन्दी घटाउँदै लैजानु पर्ने, कारोवार मूल्यलाई मान्यता दिइनु पर्ने, दुइ तहको मूल्य अभिवृद्धि कर प्रणाली लागू गरिनुपर्ने राय पेश गर्दै आयकर तथा अन्तशुल्कका बिबिध समस्यावारे अवगत गराए । अध्यक्ष श्रेष्ठले राजश्व दाखिला म्याद थप गर्ने, म्याद नाघेका तथा बिक्री अयोग्य वस्तु तथा खराव कर्जामा लागेको मूल्य अभिवृद्धि छुट, उधारो कारोवारमा लागेको मूल्य अभिवृद्धि करको नियमन तथा असुली सम्बन्धमा पनि चेम्बरको तर्फबाट सुझाव पस्किए ।. यसका साथै भंसार प्रमूखको तजबिजी अधिकारले पनि ब्यापार सहजीकरण हुन नसकेको उल्लेख गर्दै नेपालको जलविद्युत प्रयोग गरी प्रोत्साहन गर्न इन्डक्सन चुल्हो तथा इलेक्ट्रिक गाडीमा महशुल छुट दिइनु पर्ने माग अघि सारे । समितिका अध्यक्ष महेश दाहालले राजश्व परिचालन तथा व्यवस्थापन सम्वन्धमा नेपाल सरकारलाई आवश्यक सुझाव दिन तथा सिफारिस गर्न बिकास समिति ऐन अन्तर्गत एक स्थायी संरचनाको रुपमा नेपाल राजश्व परामर्श समिति गठन भएको र बिज्ञ समुहको अध्ययनबाट सिफारिस गरिने भएकाले यसका सुझावहरु वस्तुगत तथा यथार्थपरक हुने बताए । विगतमा बजेट प्रयोजनको लागि मात्र राजश्व परामर्श समिति निश्चित अवधिका लागि कृयाशील हुने गरेको सन्दर्भमा हाल नेपाल राजश्व परामर्श समिति स्थापना भए पश्चात निजी क्षेत्रका माग सम्वन्धमा जुनसुकै वेलामा छलफल तथा अध्ययन गर्ने अवसर प्राप्त भएकोे स्पस्ट पारे । त्यसैगरि, राजश्व परामर्श समितिका सदस्य निर्मलहरी अधिकारीले नेपाल राजश्व परामर्श समितिको उद्धेश्य वारे प्रकाश पार्दै चेम्वरबाट प्रस्तुत बिबिध सुझावहरुका सम्वन्धमा बिज्ञ समुहबाट छलफल गराइने बताए । कार्यक्रममा चेम्वरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल,उपाध्यक्षद्धय कमलेश कुमार अग्रवाल र दीपक मल्होत्राको पनि उपस्थिति रहेको थियो ।

रुसी व्यापारिक प्रतिनिधी मण्डल र चेम्बर पदाधिकारी बिच भ्याक्सिन र लगानी बारे छलफल 

समाचार


काठमाडौं — मंसिर २५, २०७७।

रसियन फेडरेशनका ब्यापारिक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आएका भ्लादिसम मिट्रिभको टोलीले नेपाल चेम्बर अफ कमर्सको सचिवालय जमलमा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठ नेतृत्वमा चेम्बर पदाधिकारीसँग  भेट गरेको छ ।  सो अवसरमा नेपालका लागी रुसका राजदुत अलेकसेइ नेइकोभले कोभिड कहर माझ रसियन फेडरेशनका ब्यापारीक प्रतिनिधिमण्डलको भ्रमण भएकोले यसको विशेष महत्व रहेको र यस भ्रमणबाट दुवै मुलुकका जनता र व्यवसायीले लाभ लिन सक्ने कुरा व्यक्त गरे ।

व्यापारीक प्रतिनिधिमण्डलका प्रमुख मिट्रभले कोभिड विरुद्धको भ्याक्सिन रुसले परिक्षण गरी अधिक रुपमा प्रयोगमा आईसकेको उल्लेख गर्दै नेपालमा पनि सो भ्याक्सिनको प्रयोग गर्न सरल, सहज र छिटो हुने व्यवस्था मिलाउने उदेश्य निहित रहेको बताए । साथै उनले नेपाल भ्याक्सिन प्राप्त गर्ने संभाव्य दश मुलुकको सूचीमा रहेको बताउन पाउँदा आफुलाई खुसि लागेको कुरा ब्यक्त गरे । रुस फर्मास्युटिकल सामानको निकासीमा जेनेरिक निकासी गर्ने गरिएको बताउँदै अन्र्तराष्ट्रिय निकासीको ठूलो सम्भावना रहेको दुई मुलुक बीच सहकार्य गर्नु ठूलो संभावना रहेको पनि उनले औल्याए ।  उनले पूर्वाधार विकास अन्तर्गत  रेल्वे सेवा, मेट्रो सेवा र अटोमोबाईल क्षेत्रमा विभिन्न परियोजना संचालन गर्न दुई मुलुकबीच सहयोग र सद्भावको पर्याप्त संभावना रहेको बताए । यसको साथै रुसले डिजिटल अर्थतन्त्रमा समेत जोड दिदै आएको र नेपालसंग कृषि क्षेत्रमा “फिजियोलोजीको” सहयोगका लागि प्रारम्भिक चरणको कार्य भइरहेको उनले उल्लेख गरे ।  मिट्रभले दुई ठूला मुलुकको बीचमा रहेको नेपाल ले पुलको काम गर्न सक्ने बताए । खासगरि नेपालमा परापूर्वककाल देखि प्रयोग भइरहेको आयुर्वेद एवम् पर्यटन र रुसमा प्रविधि पर्याप्त भएको कारणले आयुर्वेदको वैज्ञानिक ढंगले विकास गर्न सहकार्य गर्न सकिने बताए ।  साथै उनले    ब्यवसायीहरुलाई लगानी गर्न आग्रह गर्दै “मेडिकल टुरिजम”मा जोड दिन सुझाए । पर्यटन प्रवद्र्धन र व्यवसाय प्रवद्र्धन गर्न नेपाल र रुस बीच सिधा हवाई सम्पर्क सुरुवात हुनुपर्ने रुसी ब्यापारीका प्रतिनिधीमण्डलका प्रमुख मिट्रभको तर्क थियो ।  

सो अवसरमा नेपाल चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले धेरै पछि रुसको व्यापारीक प्रतिनिधमण्डललाई चेम्बरमा स्वागत गर्न पाउँदा खुसि लागेको बताउदै कोभिड–१९को भ्याक्सिन रुसले सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई तथा शुभकामना दिँए । अध्यक्ष श्रेष्ठले सो भ्याक्सिन नेपालमा आयात गरी नेपाली जनतामा वितरण गर्न चेम्बरले सहजकर्ताको भुमिका खेल्न तयार रहेको पनि बताए । साथै नेपालको अपार जलसम्पदाको समुचित प्रयोग गर्न जलस्रोत र ४०० के.भी. ट्रान्समिसन लाईनमा समेत रुसी लगानी आउने आशा एवं विश्वास व्यक्त गरे ।

विगतमा रुससँग सिधा सम्पर्क गर्न एरोफ्लोटको सेवा उपलब्ध भएको स्मरण गर्दै सो वा अन्य सेवावाट पर्याप्त प्रवद्र्धन गर्न सिधा हवाई सम्पर्क हुनुपर्ने बताउदै नेपाल जडिबुटी र आयुर्वेद्को जननी मुलुक नेपाल भएकोले स्वास्थ्य उपचारका लागी नेपालको जडिबुटी र रुसको प्रविधीको प्रयोग गर्नुपर्ने बताए । नेपालमा रुसबाट मलखाद आयात गर्न साल्ट ट्रेडिङ वा अन्य निकायसँग समेत वि टु वि वैठक गरी सो कार्य गर्न सकिने समेत श्रेष्ठले स्पस्ट पारे  । खनीज तथा खनीजजन्य वस्तुको उत्खनन, आपसी ब्यापार र लगानीको लागी समेत नेपाल उपयुक्त मुलुक रहेको अध्यक्ष  श्रेष्ठले उल्लेख गरे ।  साथै  उनले नेपाल अल्पविकसित मुलक भएकोले र विकाशोन्मुख मुलुकमा स्तरोन्नतिको क्रममा रहेको हुदा हाल सम्म अमेरिका, अस्ट्रेलिया र यूरेपियन मुलुकहरुमा सामान्य गाह्यता प्रणली जि.एस.पी. र एभीथ्रिङ्ग बट आर्म अन्तर्गत विना भन्सारकोटा फ्रि सामान निकासी गर्न समेत अवसरको फाईदा लिन रुसी लगानीकर्ताहरुलाई आग्रह र अनुरोध गरे । दुई मुलुकमा हुने ब्यापर मेला तथा प्रर्दशनीमा सहभागीतामा समेत अध्यक्ष श्रेष्ठले जोड दिए ।

द्विपक्षिय भेटका क्रममा चेम्बरका बरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्ष कमलेश कुमार अग्रवाल, महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठ, युथ चेम्बरका अध्यक्ष ,पर्यटन समितिका सभापति,सामाजिक तथा स्वास्थ्य समितिका सभापति, भन्सार समिति सभापति , नेपाल चीन व्यापार प्रवद्र्धन समिति सभापति , वाणिज्य समितिका सभापति र  कार्य समिती     सदस्यहरुको उपस्थिति रहेको थियो ।  सामाजिक दुरी र सरकारबाट तोकिएको स्वास्थ्य प्रोटोकल कायम गरी सिमित रुपमा भेट एवम् छलफल गरिएको चेम्बर अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् ।

‘मिस्टर एण्ड मिस वर्ल्ड वाईड नेपाल— २०२०’ को ग्राण्ड फिनाले सम्पन्न

समाचार


बुटवल— मंसिर २३, २०७७।

पि प्रोडक्सन नेपालले सञ्चालन गरेको ‘मिस्टर एण्ड मिस वर्ल्ड वाईड नेपाल— २०२०’  को उपाधि सन्ध्या श्रेष्ठ, बरुण भुषाल र रोशिनी खप्तरीले जित्न सफल भएका छन्।

बुटवलको दरवार लनमा सम्पन्न भएको ग्राण्ड फिनालेमा सन्ध्याले ‘मिस वर्ल्ड वाईड नेपाल ईन्टरनेसनल, २०२०’ को ताज पहिरिदा बरुणले बरुणले ‘मिस्टर वर्ल्ड वाईड नेपाल, २०२०’को उपाधी हात पारे भने ‘मिस वर्ल्ड वाईड नेपाल, २०२०’ को ताज पहिरिन।

 

त्यसैगरी ‘मिस वर्ल्ड वाईड नेपाल टिन, २०२०’ तर्फको उपाधी सपना क्षेत्री, ‘मिस्टर वर्ल्ड वाईड नेपाल टिन, २०२०’ तर्फको उपाधी निखिल योगी, ‘मिस वर्ल्ड वाईड नेपाल प्री-टिन, २०२०’ तर्फको उपाधी आयु्षा कालिराज र ‘मिस वर्ल्ड वाईड नेपाल लिटिल, २०२०’ तर्फको उपाधी
आयु्षा पौडेलले हात पार्न सफल भएका छन। 

प्रशान्त शाहको कोरियोग्राफीमा संचालित उक्त कार्यक्रममा ग्लोवल अनलाईन पे मार्फत गरिएको डिजिटल भोटिङमार्फत सर्वाधिक भोट प्राप्त गर्दै ग्लोवल अनलाईन पे पब्लिक चोईस अवार्ड सन्ध्या श्रेष्ठले हात पार्न सफल भईन । 

विधागत तर्फको मिस्टर भिवर्स चोईस सक्षम सापकोटा, मिस भिवर्स चोईस अमीशा थापा, मिस्टर अर्गनाईजर चोईस रमेश कार्की, मिस अर्गनाईजर चोईस अप्सरा विश्वकर्मा, मिस ब्युटी विथ पर्पस मीना ज्ञवाली र मिस पपुलर चोईस अवार्ड अस्मिता खत्रीले जित्न सफल भए। 

विश्वभर महामारीको रुपमा फैलिएको कोभिड संक्रमणलाई मध्यनजर गर्दै स्वास्थ्य साबधानीका सम्पूर्ण कुराहरु अबलम्बन गर्दै भौतिक दुरी कायम राखि सम्पन्न गरिएको ग्राण्ड फिनालेको निर्णायक मण्डलमा निश्चल खड्का, सुजित बस्याल, नवराज देउवा, गीता खरेल रहेका थिए ।

यस्ता प्रतियोगितात्मक कार्यक्रमले युवाहरुको व्यक्तित्व विकास तथा आत्मविश्वास अभिवृद्धि गराउनुका साथै नेतृत्वदायी क्षमताको विकास गराउने भएकाले राजधानी लक्षित मात्रै रहदै आएका सौन्दर्य प्रतियोगितालाई मोफसलमा समेत आयोजना गरिएको कार्यक्रमका निर्देशक आनन्द भुर्तेलले बताए ।
 

निर्देशक खरेल परिवर्तन सम्मान २०७६बाट सम्मानित हुदै

समाचार


काठमाण्डौ - हरितारा चलचित्र पुरस्कारका संरक्षक मनोज शम्सेर जबराको अध्यक्षतामा मंसिर १७ गते बसेको बैठकले २०७५ सालको हरितार चलचित्र पुरस्कार विशिष्ट चलचित्रकर्मीं अभिनेता कृष्ण मल्ल र विशिष्ट चलचित्रकर्मी नाट्यकर्मी अभिनेता मदनदाश श्रेष्ठलाई अर्पण गर्ने निर्णय गरेको छ । सोही बैठकले २०७६ सालको हरितारा चलचित्र पुरस्कार विशिष्ट गीतकार सहदेव ढुंगानालाई अर्पण गर्ने पनि नर्णय गरेको छ ।

वि.सं. २०५२ सालमा समाजसेवी श्रीमती विजया राणा (तारा नानी) ले आफु र आफ्ना पति हरि सम्सेरको नाममा अक्षय कोष राखी स्थापना गर्नु भएको हरितार चलचित्र पुरस्कार चलचित्र क्षेत्र कै पहिलो पुरस्कार हो ।  वि.सं. २०७५ सालको पुरस्कार ४ दशक भन्दा बढी समय देखि नेपाली चलचित्र क्षेत्रको उत्थान, संरक्षण र पेशाकर्मीको हक हितका साथै नेपाली कला संस्कृती, रंगमञ्च, रेडियो नाटक एवं नेपालको गौरव देश विदेशमा पु¥याउन महत्वपुर्ण योगदान गर्नु भएकाले अभिनेता कृष्ण मल्ल र अभिनेता मदनदाश श्रेष्ठलाई अर्पण गर्न लागिएको हो । यसैगरी ०७६ सालको हरितारा चलचित्र पुरस्कार ४ दशक भन्दा बढी समयदेखि गीत रचनाको माध्यमबाट नेपाली कला संस्कृती एवं गीत संगीत र चलचित्र क्षेत्रको उत्थानका लागि देश विदेशमा पु¥याउनु भएको योगदानका लागि  गीतकार सहदेव ढुंगानालाई अर्पण गर्न लागिएको हो । पुरस्कारको थैली जनही पचिस पचिसहजार रहेको छ ।
  यसैगरी मंसिर १८ गते बसेको परिवर्तन नेपालको बैठकले वि.सं. २०७६ सालको श्री दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार संचारकर्मी राजेश खनाल र अभिनेत्री सपना श्रेष्ठलाई अर्पण गर्ने निर्णय गरेको छ । श्री दुर्गा देवी पुण्य निरौला स्मृति पुरस्कारको थैली जनही दश दश हजार रहेको छ । 

परिवर्तन नेपालको सोही बैठकले परिवर्तन सम्मान २०७६ बाट निर्देशक/अभिनेता, संचारकर्मी माधवराज खरेल,  नेपाल पत्रकार महासंघ काठमाण्डौ शाखाका सचिव मोहन पन्त, निर्देशक/अभिनेता विश्वदीप घिमिरे लाई सम्मानित गर्ने पनि निर्णय गरेको छ । पुरस्कार तथा सम्मानको सिफारिस मोहन निरौला, डिजाइनर सुन्दर श्रेष्ठ र संचारकर्मी/गीतकार शान्तिप्रिय रहनु भएको समितिले गरेको हो ।

यस अघि हरितारा चलचित्र पुरस्कार मह जोडी, शिव श्रेष्ठ, विश्व बस्नेत, रविन्द्र खड्का, रमेश बुढाथोकी, भुवन थापा, करिष्मा मानन्धर, शर्मिला मल्ल, रेखा थापा आदिलाई अर्पण गरिसकिएको छ । डब्लु एच ओ र नेपाल सरकारको स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाएर पुषको दोस्रो सातामा दुबै पुरस्कार तथा सम्मान अर्पण गरिने कार्यक्रम रहेको छ ।

कृष्णनगरमा ड्राईपोर्ट निर्माण गर्न आवश्यक छ : राजेशकाजी श्रेष्ठ, चेम्बर अध्यक्ष

समाचार


 कपिलवस्तु, १५ मंसिर- लुम्बिनी प्रदेशको आर्थिक विकासमा कृष्णनगरमा ड्राईपोर्ट निर्माण गर्न आवश्यक रहेको औल्याएका छन् । चेम्बर अफ कमर्स कपिलबस्तुको साधारणसभाको उदघाटन गर्दै श्रेष्ठले सो कुरा राखेका हुन । कार्यक्रममा प्रमूख अतिथिको आसनबाट बोल्दै चेम्बर अध्यक्ष श्रेष्ठले विकासको ढोका र सम्भावना बोकेको कपिलबस्तु जिल्लाको कृष्णनगरमा सुख्खा बन्दरगाह (ड्राईपोर्ट) को निर्माण आवश्यक रहेको र यसका लागि चेम्बरले पहल गर्ने बताए । यसको निर्माणबाट भारतको बढनी रेलवे स्टेसनसंग प्रत्यक्ष सम्पर्क कायम हुने र भारत लगायत अन्य राष्ट्रसंगको आयात निर्यात ब्यापारमा सहज हुन गई लागतमा समेत कमि आउने हुँदा कपिलवस्तु जिल्ला तथा समग्र प्रदेशको विकासमा टेवा पुग्ने धारणा अध्यक्ष श्रेष्ठले ब्यक्त गरे । त्यसैगरी उनले जिल्लाको समग्र विकासका लागि सबैसंग सहकार्य गरी अगाडी बढ्न जिल्ला चेम्बरलाई सुझाव समेत दिए । महिला तथा युवा ब्यावसायीहरुलाई समेत समेटेर अगाडी बढ्न महिला तथा युवा चेम्बर गठन गरी सबैलाई समेट्न पनि उनले सुझाए । उक्त साधारणसभाबाट केहि पदको हेरफेर गरी पदस्थापन गरिएको छ । साथैआजै सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।