generalnews
||Power News Asia||

आजको समाचार

२६ वर्षका अभिनेता अक्षतको मृत्यु, परिवारद्वारा हत्याको आशंका

समाचार


एजेन्सी-बलिउड अभिनेता सुशान्त सिंह राजपूतको संदिग्ध मृत्युको अनुसन्धान चलिरहेका बेला अर्का एक अभिनेता अक्षत उत्कर्षको मृत्युको खबर आएको छ ।

मुम्बई प्रहरीले रिपोर्ट दर्ता गरेर यसबारे अनुसन्धान सुरु गरेको छ । प्रारम्भिक अनुसन्धानमा अक्षतको मृत्युको कारण आत्महत्या बताइएको छ । यद्यपि, परिवारले हत्याको आशंका गरेका छन् ।

२६ वर्षका टिभी अभिनेता अक्षतको मृत शरीर आइतबार राती मुम्बईको अंधेरी इलाकास्थित उनको अपार्टमेन्टमा भेटिएको थियो । अम्बोली प्रहरीका अनुसार अक्षत काम नभएका कारण डिप्रेशनका शिकार थिए जसका कारण उनले आत्महत्याको बाटो चुने । यद्यपि, अक्षतका परिवारले डिप्रेशनको कुरा अस्विकार गर्दै अभिनेतको हत्या भएको दाबी गरे ।


प्रहरीलाई उद्धृत गर्दै एएनआईले ट्वीटमा अक्षतले अंधेरी इलाकामा रहेको आफ्नो निवासमा आत्महत्या गरेको जानकारी दिएको छ । मुद्दा दर्ता गरिएको छ र यसबारे अनुसन्धान भइरहेको छ । पोस्टमार्टमपछि शव परिवारलाई सुम्पिइएको छ ।

प्रहरी अधिकारीका अनुसार अक्षत आफ्नी एक महिना साथीसँग अंधेरी आरटीओ नजिकै एक टोलमा बस्दथे । अक्षतकी साथीका अनुसार आइतबार बेलुकासम्म उनको व्यवहार सामान्य थियो । उनीहरुबीच सामान्य कुराकानी नै भयो र सुत्नु अघि सँगै खाना पनि खाए ।

हिन्दुस्तान टाइम्सको रिपोर्टमा अम्बोली प्रहरी स्टेशनका सिनियर इन्सपेक्टर सोमेश्वर कांथेलाई उद्धृत गर्दै एक्सिडेन्टल मृत्युको रिपोर्ट दर्ता गरेर घटनाको अनुसन्धान सुरु गरिएको छ । प्रारम्भिक अनुसन्धान र पोस्टमार्टम रिपोर्टमा कुनै प्रकारको षड्यन्त्रको संकेत भेटिएको छैन । घटना आइतबार राती १० देखि साढे ११ बीचको हो । साथीसँगको सोधपुछमा उनी लकडाउनका कारण काम नभएका कारण तनावमा भएको र उनले साथी र परिवारसँग उधारो मागेर दैनिकी गुजारिरहेको जानकारी प्राप्त भएको भारतीय सञ्चार माध्यमले बताएका छन् । 

यद्यपि, परिवारले यसमा प्रहरीको लापरवाहीको आरोप लगाउँदै हत्याको आशंका जाहिर गरे ।

नेपालको ९० प्रतिशत जनसंख्यालाई पुग्ने कोरोनाविरुद्धको रुसी भ्याक्सिन ल्याउने सम्झौता

समाचार


काठमाडौं- विश्वको पहिलो कोभिड-१९ भ्याक्सिन नेपालमा आउने बाटो खुलेको छ । रुसी भ्याक्सिन स्पुतनिक-भी २ करोड ५० लाख डज दिन भ्याक्सिन निमार्ता कम्पनि सहमत भएपछि बाटो खुलेको हो ।

स्पुतनिक-भीले प्रेस विज्ञप्तिमार्फत् दी रसियन डाइरेक्ट इन्भेष्टमेन्ट फन्ड, रसियाज सोभरेन वेल्थ फन्ड र नेपालको औषधि वितरक कम्पनि ट्रिनिटी फार्मासिटिकल्सबीच भ्याक्सिन आपूर्ति गर्ने सम्झौता भएको जनाएको छ । यो सम्झौतासँगै नेपालको ९० प्रतिशत जनसंख्यामा कोरोना भाइरसविरुद्धको भ्याक्सिनको पहुँच पुग्ने विज्ञप्तिमा उल्लेख छ ।

रुसी भ्याक्सिनलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मान्यता भने दिइसकेको छैन । डब्लुएचओले यसको प्रभावकारिता र सुरक्षाको सुनिश्चितता भएपछि मात्र मान्यता दिने स्पष्ट पारेको छ । तर, ५० भन्दा बढी मुलुकहरुले रुसी भ्याक्सिन प्रयोग गर्ने तत्तपरता देखाएका छन् । रुसको गेमेलियाद्वारा विकास गरिएको भ्याक्सिन रुसमा प्रयोगमा ल्याइँदैछ । रुसले उक्त भ्याक्सिनको दोस्रो चरणको परीक्षणपछि तेस्रो चरणको परीक्षण हुँदै गर्दा ११ अगष्टमा दर्ता अनुमति दिएको थियो ।

पहिलो र दोस्रो चरणको परीक्षणपछि भ्याक्सिन प्रभावकारी र उपयोगी भएको रिसर्च पेपरमा ४ सेप्टेम्बरमा तथ्य प्रकाशित गरिएको थियो । द लान्सेट नामको जर्नलले यसबारे वृस्तृत जानकारी दिएको थियो ।

अब पाँच डलरमै कोरोना परीक्षण, एक मिनेट मै रिपोर्ट

समाचार


काठमाडौं- अब पाँच डलरमै कोभिड–१९ को परीक्षण गर्ने गरी नयाँ उपकरण आउने बताएको छ। डब्ल्यूएचओका अनुसार यो परीक्षणको खर्च केवल पाँच डलर हुने छ। यसले कम स्वास्थ्यकर्मी र प्रयोगशाला भएका देशलाइृ फाइदा हुने बीबीसीले जनाएको छ।

कोभिड–१९ को पहिचान गर्ने एउटा नयाँ उपकरणले गरिब तथा साधारण आय भएका देशमा संक्रमण पत्ता लगाउने क्षमतामा निकै वृद्धि हुने बताएको डब्ल्यूएचओको विश्वास छ।

संगठनका अनुसार यो परीक्षण विकसित गर्ने कम्पनीसँग जुन सम्झौता भएको छ, त्यसअनुसार कम्पनीले ६ महिनाभित्र १२ करोड परीक्षण गर्नेछ।

 

दीपिका, सारा, श्रद्धा र रकुलप्रितको बैंकको खाता अनुसन्धान हुने, सात नायकसँग  पनि सोधपुछ हुने

समाचार


एजेन्सी- सुशान्त सिंह राजपूतको मृत्युसँग जोडिएको ड्रग्स मामिलाको अनुसन्धानमा नारकोटिक्स कन्ट्रोल ब्यूरो ९एनसीबी० ले अब दीपिका पादुकोण, सारा अली खान, श्रद्धा कपुर र रकुलप्रित सिंहको बैंक खाताबाट भएको कारोबारको अनुसन्धान गर्नेछ । यी नायिकासँग एनसीबीका अधिकारीले ड्रग्ससँग जोडिएको ह्वाट्सएप च्याटबारे थुप्रै घण्टा सोधपुछ गरिसकेको छ । मिडिया रिपोर्टका अनुसार अब उनीहरुले ड्रग्स खरिद गर्नका लागि केही ट्रान्ज्याक्सन गरेका छन् छैनन् भनेर जान्ने कोसिस भइरहेको छ ।

 भारतीय मिडियाका अनुसार चारै नायिकाले पछिल्लो तीन वर्षमा क्रेडिट कार्डमार्फत् गरिएको भुक्तानीको अनुसन्धान गरिएको छ । एनसीबीलाई उद्धृत गर्दै भारतीय मिडियाले दाबी गरे अनुसार ड्रग्स मामिलामा बलिउडका थुप्रै ठूला निर्माता र ७ ठूला नायकमाथि पनि सोधपुछ गरिनेछ ।

दीपिकाले ड्रग्स च्याट गरेका स्विकारेकी थिइन्ः

एनसीबीले शनिबार दीपिका पादुकोणलाई साढे पाँच घण्टा सोधपुछ गरेको थियो । स्रोतका अनुसार उनले आफ्नो म्यानेजर करिश्मा प्रकाशसँग ड्रग्सको च्याट स्विकारेकी थिइन् । यद्यपि, उनले ड्रग्स सेवन भने नगरेको बताएकी छिन् । यस्तै सारा र श्रद्धाले सोधपुछमा सुशान्तले ड्रग्स लिने गरेको बताएका थिए । यसअघि रकुलप्रित सिंहले रियासँग ड्रग्सबारे च्याट गरेको स्विकारेकी थिइन् ।

रियाको जमानत याचिकामा आज सुनुवाई

ड्रग्स मामिलामा गिरफ्तार भएकी नायिका रिया चक्रवर्ती र उनका भाइ शोविक चक्रवर्तीको जमानत याचिकामा मंगलबार बम्बे उच्च अदालतमा सुनुवाई हुनेछ । सुशान्तका हाउस म्यानेजर रहेका स्यामुअल मिरान्डा, कुक दिपेश सावन्त र लागुऔषध कारोबारी बासित परिहारको जमानतको निर्णय पनि आउनसक्छ । यी सबैको याचिका तल्लो अदालतले दुई पटक खारेज गरिसकेको छ ।

ट्रम्प प्रशासनले चुनावलाई लक्षित गरी चीनको टापुमा आक्रमण गर्ने आशंकास चीनद्वारा खतरनाक प्रत्याक्रमणको चेतावनी

समाचार


एजेन्सी- चीनले दाबी गरेको टापुमा अमेरिकाले आक्रमण गर्ने चर्चा चलेको छ । चीनले भने त्यस्तो आक्रमण भएमा खतरनाक प्रत्याक्रमण गर्ने चेतावनी दिएको छ ।

चीनको विदेश मामलाबारे जानकारी दिदै आएको ग्लोबल टाइम्सले सम्पादकीयमार्फत् अमेरिकाले चिनियाँ टापुमा आक्रमण गरे प्रत्याक्रमण गर्ने चेतावनी दिएको हो । ग्लोबल टाइमसले सम्वादकीयमा भनेको छ, ‘अमेरिकाद्वारा चीनका टापुमाथि हुनसक्ने आक्रमणको खतरनाक प्रत्याक्रमण हुनेछ ।’

अमेरिकी राष्ट्रपति निर्वाचन नजिकिदै गर्दा अमेरिकाले चीनविरुद्ध कुनै आक्रमणको कदम चाल्न सक्ने आशंका समेत गरिएको छ । अमेरिकी विदेश मन्त्रालयले सोमबार चीनले नान्सा टापुमा निर्माण गरेकोप्रति आलोचना समेत गरेर विज्ञप्ति जारी गरेको छ । अमेरिकी सेनाले ड्रोन आक्रमणका लागि पठाउन सक्ने समेत रिपोर्टहरु सार्वजनिक भएको छ ।

यदि नान्सा टापुमा अमेरिकाले ड्रोन हमला गरेमा चीनले यसलाई युद्धको कदम भन्ने ग्लोबल टाइम्सले लेखेको छ । त्यतिबेला चिनियाँ जनमुक्ति सेनाले प्रत्याक्रमण गरेर अमेरिकी सैनिकले ठूलो मूल्य चुकाउनुपर्ने अवस्था निर्माण गर्ने चेतावनी दिएको छ ।

ट्रम्प प्रशासनले पुनः निर्वाचित हुन कुनै सैन्य संकट ल्याउन खोजेको समेत आरोप लगाइएको छ । चीनलाई तारो बनाएर युद्धको अवस्था ल्याउन सक्ने र शान्तिलाई बिगार्न खोज्ने खतरा समेत औल्याएको छ । ग्लोबल टाइम्सले अमेरिकाको सम्भावित आक्रमणलाई लक्षित गरी सम्पादकीयमा लेखेको छ, हाम्रो एउटै विकल्प कडा आक्रमण गर्नु हो र अमेरिकाले कहिल्यै नबिर्सने पाठ सिकाउनु हो ।

महिला उद्यमीलाई कोभिडबाट सिर्जित प्रतिकुल असर न्यूनिकरण गर्न महिला चेम्बरको परामर्शमुलक कार्यक्रम

समाचार


काठमाण्डौ -नेपाल महिला चेम्बरले ‘नेपालको व्यापार क्षेत्र र कोभिड १९ को सामना’ बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आईतबार आयोजित उक्त कार्यक्रममा नेपाल महिला चेम्बरकी उपाध्यक्ष अम्बिका शर्माले वक्ताको रुपमा प्रस्तुती दिएकी थिईन् ।

प्रस्तुती दिने क्रममा शर्माले कोभिड १९ विश्वव्यापी रुपमा फैलिएको हुनाले यसबाट जोगिदै अगाडि बढनुको विकल्प नभएको औल्याउदै नविनतम सोच र आत्मविश्वासका साथ कर्म क्षेत्रमा कृयाशिल हुनुपर्ने बताएकी थिईन । कार्यक्रम माझ उठेका प्रश्नहरुको जवाफ दिने क्रममा उपाध्यक्ष शर्माले महिला उद्यमशीलतालाई प्रबर्धन गर्न आपसी समन्वयको खाँचो टड्कारो रहेको बताउदै हाल महिला चेम्बरले गर्दै आईरहेको अन्तर्कृया कार्यक्रमले समस्याको पहिचान गर्दै निदानका लागि मार्ग प्रशस्त गर्ने उल्लेख गरिन ।

कार्यक्रममाझ नेपाल महिला चेम्बरकी उपाध्यक्ष सुष्मा शर्मा उपाध्यक्ष शर्माको व्यक्तित्व बारे प्रकाश पार्ने क्रममा शर्मा बहुआयामिक व्यक्तित्व भएको उल्लेख गरेकी थिईन । कार्यक्रममाझ सहजकर्ताको भुमिका निर्वाह गर्दै महिला चेम्बरकी महासचिव लिमा अधिकारीले कोभिड पस्चात महिला व्यवसायीहरुले विभिन्न समस्या झेल्दै आएकाले समस्या समाधानका लागि वेमिनार मार्फत चरणबद्ध रुपमा छलफल कार्यक्रम राखिएको बताईन ।

सो अवसरमा महिला चेम्बरकी सदस्य चारु सिकरियाले सहभागिताका लागि सबैमा धन्यवाद ज्ञापन गर्दै कोभिड १९ पस्चात व्यापारको क्षेत्रमा देखिएको समस्यालाई सामुहिक पहलमा हल गर्न सकिने आधार अन्तर्कृयाले दिएको धारणा राखेकी थिईन । नेपाल महिला चेम्बर सम्बद्ध करिब ४० जना महिला उद्यमी व्यवसायीहरु सहभागी रहेको सो कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेश काजी श्रेष्ठ, महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ, इजरायलका लागि नेपालकी राजदुत डा। अन्जन शाक्य, सल्लाहकार त्रय शान्ती शाक्य, अन्जना ताम्राकार, निलम ताम्राकार, नेपाल चेम्बरका महानिर्देशक कैलाश कुमार वजिमय, उप निर्देशक सृस्टि त्रिपाठीको उपस्थिती रहेको थियो ।

कार्यक्रमको अन्तमा जिज्ञासाको जवाफदिने क्रममा महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले महिला उद्यमी व्यवसायीहरु कोभिडबाट सिर्जित प्रतिकुल अवस्थामा हतोत्साही नहुन भन्ने अभिप्रायले महिला चेम्बरले नियमित रुपमा परामर्शमुलक कार्यक्रम गर्दै आएको जनाईन ।
 

काठमाण्डौमा मात्रै ५० प्रतिशत कोरोना संक्रमित

समाचार


काठमाडौं-केही सातायता काठमाडौं उपत्यकामा कोरोना संक्रमण दर दिनदिनै बढ्दै गएको छ । मुलुकका कुल सक्रिय संक्रमितमध्ये ५० प्रतिशतभन्दा बढी उपत्यकामा छन् ।उपत्यकामा दैनिक संक्रमण दर बढ्दै गए पनि नियन्त्रणका लागि भने सरकारसँग कुनै ठोस योजना छैन् । नियन्त्रण तथा रोकथामको जिम्मा पाएको स्वास्थ्य मन्त्रालयले संयुक्त प्रयासबिना मन्त्रालय एक्लैले केही गर्न नसक्ने जनाएको छ । मन्त्रालयले कोरोना संक्रमण रोक्न उपत्यका बाहिरबाट भित्रिएका मानिस र संक्रमितको सम्पर्कमा आएकालाई क्वारेन्टिनमा राख्ने, उनीहरूको निगरानी गर्नेलगायत काम गरिरहेको छ । यसमा सरोकारवाला सबै पक्षको सहयोग भएमात्र संक्रमण नियन्त्रण प्रभावकारी हुन सक्ने मन्त्रालयको भनाइ छ ।

‘सरोकारवाला निकाय र नागरिकको सहभागिताबिना स्वास्थ्य मन्त्रालयको एक्लो प्रयासले काठमाडौंमा कोरोना नियन्त्रण सम्भव हुँदैन,’ मन्त्रालयका सहायक प्रवक्ता डा। समीर अधिकारीले भने ।डा। अधिकारी मन्त्रालयसँगै स्थानीय निकाय, गृह प्रशासन, जनप्रतिनिधिले नियन्त्रणका लागि आआफ्नो ठाउँबाट पहल गर्नुपर्ने र नागरिक पनि स्वयं सचेत बन्नुुपर्ने बताउँछन् । उनी २५ हजारभन्दा बढी सक्रिय सक्रमित भए व्यवस्थापन गर्न नसकिने भएकाले लकडाउन गर्नुपर्ने अवस्था आउन सक्ने बताउँछन् । नेपालको स्वास्थ्य प्रणाली कमजोर र सुरुवाती चरणको रहेकाले नागरिक स्वयंले पूर्वसावधानी अपनाए मात्र कोरोना संक्रमण नियन्त्रण गर्न सकिने मन्त्रालयका अधिकारी बताउँछन् । ‘सरकारले के गर्दैछ भन्दा पनि हामी स्वयंले सचेतता अपनाउनु जरुरी छ । 

कोरोना संक्रमणबाट पूर्व न्यायाधीश माधवप्रसाद चालिसेको मृत्यु

समाचार


काठमाडौँ — भाद्र १६, २०७७। 

कोरोना संक्रमणबाट पूर्व न्यायाधीश माधवप्रसाद चालिसेको मृत्यु भएको छ ।

लामो समयदेखि मुटुको समस्या रहेका उहाँ उपचारका लागि गंगालाल अस्पतालमा भर्ना हुनुभएको थियो ।

काठमाडौं महानगरपालिका वडा नम्बर ३ का स्थायी बासिँदा चालिसे २०७० साल असार २५ गते तत्कालीन पुनरावेदन अदालत पोखराका मुख्य न्यायाधीशबाट रिटायर्ड हुनुभएको थियो ।

उहाँ पाँच दिन अघि शहिद गंगालाल अस्पतालमा भर्ना हुनु भएको थियो ।

काठमाडौं महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष दीपक केसीले उहाँको उपचारकै क्रममा निधन भएको पुष्टि गर्नुभयो ।

(ईमेज खबर)

कक्षा १२ को परीक्षा दशैँ अगावै

समाचार


काठमाडौँ — भाद्र १६, २०७७। 

कक्षा १२ को परीक्षामा जुटेका विद्यार्थीलाई छिट्टै नै उच्च शिक्षामा अध्ययन गर्ने बाटो खुला हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का विद्यार्थीको स्थगित परीक्षाको निकास दिने गरी प्रक्रिया अगाडि बढाउने भएपछि विद्यार्थीको उच्च शिक्षा अध्ययन गर्ने बाटो खुल्ने भएको हो । बोर्डका कक्षा ११ र १२ हेर्ने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी स्थगित परीक्षा छिट्टै लिने अन्तिम तयारीमा आफूहरू जुटेको र दशैँअघि नै हुने जानकारी दिनुभयो । विद्यार्थीलाई २१ दिनअघि नै पूर्वसूचना दिएर दशैँअघि नै परीक्षा लिने तयारी परिषद्का अधिकारीहरू जुटेका छन् ।

पुरानै मोडलमा असम्भव

बोर्डलाई स्थगित परीक्षाको निकास कसरी निकाल्न सकिन्छ भन्ने हिसाबमा विभिन्न सुझाव दिइएको छ । पुरानै मोडलमा देशभर एकै पटक विद्यार्थी कक्षाकोठामा बसेर परीक्षा लिन सक्ने अवस्था नरहेकाले परीक्षाको विभिन्न विकल्पका बारेमा छलफल भइरहे पनि कुन मोडेलबाट परीक्षा लिने भन्ने कुराको भने निर्णय हुन सकेको छैन ।

नयाँ विकल्प

बोर्डले विद्यार्थीको शैक्षिक सत्र सदुपयोग गर्ने गरी कुनै विधि अपनाएर परीक्षा सञ्चालन गरिनु पर्ने विषयमा छलफल चलाइरहेको छ ।
कक्षा १२ को परीक्षाले एक तहको शैक्षिक तह पूरा नै गर्ने र यसले अन्तर्राष्ट्रिय तहको मान्यता पनि पाउने भएकोले परीक्षा लिएर बाहेक अन्य विधिबाट काम गर्न सकिने अवस्था नरहेको परीक्षा नियन्त्रक शर्माले बताउनुभयो ।

यस क्रममा ५० अङ्कको लिखित तथा ५० को अन्य विधिबाट विद्यार्थीको मूल्याङ्कन गर्न सकिने, विद्यार्थी सङ्ख्या कम भएको ठाउँमा सामाजिक दूरी कायम राख्दै परीक्षा सञ्चालन र अनलाइन विधिबाट भए पनि परीक्षा लिन सकिने लगायतका विकल्प खुला गर्ने सम्भावना रहेको जनाइएको छ ।

वैधतामा प्रश्न उठ्न नदिऔँ

शिक्षाविद् प्रा।डा। वासुदेव काफ्ले कक्षा १२ का विद्यार्थीलाई परीक्षा तथा खुल्ला परीक्षा पद्धति गरी दुवै विधिको प्रयोग गरेर निकास निकाल्नुपर्ने बताउनुहुन्छ । विद्यार्थीलाई नजिकको विद्यालय या आफ्नै विद्यालयमा बोलाएर सामाजिक दूरी कायम गरी परीक्षा गर्न सकिने विकल्प सोच्नुपर्ने बताउँदै उहाँले परीक्षाको वैधतामा प्रश्नचिह्न उठन थालेकोले यसमा विचार गर्नुपर्ने बताउनुभयो ।
सरोकारवालाले कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमण नभएको स्थानीय तहमा कक्षा १२ को परीक्षा गर्न सुझाव दिएका छन् । यस खालको सुझाव स्थानीय तहबाट पनि आएको जनाइएको छ । परीक्षा नियन्त्रक शर्माले यसलाई पनि छलफलको विषयमा बनाइएको बताउनुभयो । यो समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।

उपत्यकामा दुई हजार वेड क्षमताको क्वारेन्टाइन बनाइँदै

समाचार


काठमाडौँ — भाद्र १६, २०७७। 

सरकारले काठमाडौं उपत्यकामा दुई हजार वेड क्षमताको क्वारेन्टिन शीघ्र निर्माण गर्ने निर्णय गरेको छ।

कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारको प्रभावकारी व्यवस्थाका साथै उपचारका निम्ति उक्त स्थल निर्माणको जिम्मेवारी सहरी विकास मन्त्रालयलाई दिइएको छ।

मन्त्रिपरिषदको आइतबार बसेको निर्णय सोमबार सार्वजनिक गर्दै अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले सहरी विकास मन्त्रालयलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६६ र सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४५ अनुसार आवश्यक सामग्री खरिद गर्ने अनुमति दिएको जानकारी दिए।

सरकारले वाह्य उडानको व्यवस्था गर्दा आइसोलेसन बेडको क्षमता हेरेर दैनिक ८ सय यात्रु नबढ्ने गरी प्रबन्ध मिलाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डय मन्त्रालयलाई निर्देशन दिएको छ।

संक्रमण जोखिम कायमै रहेकाले भदौ १६ गतेदेखि सुरु गर्ने भनिएका सार्वजनिक यातायात र आन्तरिक उडान असोज १ गतेसम्मका लागि सारिएको बताएको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।