काठमाडौँ, ११ भदौ। उच्चशिक्षाका लागि विदेशी विश्वविद्यालयहरुमा अध्ययन गर्न चाहने विद्यार्थीलाई वैदेशिक अध्ययन अनुमतिपत्र (नो अब्जेक्सज सर्टिफिकेट) जारीको कार्य पुनः सूचारु हुने भएको छ ।
मन्त्रिपरिषद्को यही भदौ ९ गतेको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । कोरोना महामारीको जोखिमका कारण सरकारले गत चैत ३ गते उक्त अनुमति दिने कार्य स्थगनको निर्णय गरेको थियो ।
जोखिम कायमै रहे ता पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइ यही भदौ १६ गतेदेखि अन्तर्राष्ट्रिय उडान खोल्ने तयारी भएपछि वैदेशिक अध्ययन अनुमतिपत्र पनि खुल्ने भएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्यस्तो अनुमति जारी गर्दै आएको छ ।-रासस/Photo By: Mukund Kalikote
News Source : Repoters Nepal
काठमाडौं, ११ भाद्र । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय ८३ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाँच महिला र तीन पुरुषसहित आठ जना कोरोना संक्रमितको मृत्यु पुष्टि गरेसँगै कुल संक्रमित एक सय ८३ पुगेको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मृत्यु भएकोहरुको विवरणबारे जानकारी दिएका हुन् । आज मृत्यु हुनेहरु ललितपुर, बारा, कास्की, रुपन्देही र बाँकेकी महिला छन् भने काठमाडौं, पर्सा र कपिलवस्तुका पुरुष छन् ।
हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेमध्ये एक सय ३८ पुरुष र ४५ महिला छन् । काठमाडौं उपत्यकामा निषेधाज्ञा भइरहँदा संक्रमित र मृतक संख्या झन् बढेको छ ।
कोरोना संक्रमणबाट मृत्यु भएकाको विवरण
१. सिन्धुपाल्चोक राम्चेकी २९ वर्षीया महिला । उनी १० दिनको सुत्केरी थिइन् । २ जेठमा निधन भई ३ जेठमा कोभिड १९ को संक्रमण पत्ता लागेको
२. बाँकेको नरैनापुरका २५ वर्षीय युवक । ३० वैशाखमा भारतबाट फर्किएर क्वारेन्टाइनमा राखिएका । ४ जेठमा मृत्यु भएपछि परीक्षणबाट संक्रमण पत्ता लागेको ।
३. गुल्मीका ४१ वर्षीय शिक्षक । ५ जेठमा रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा भर्ना भएका । जन्डिस समेत भएका उनको ८ जेठको विहान निधन भएको ।
४. बाराका ७० वर्षीय वृद्ध । क्षयरोग र स्वास प्रश्वासको समस्याका कारण २ जेठमा अस्पताल भर्ना भई ४ जेठमा मृत्यु भई १२ जेठमा संक्रमण पुष्टि भएको ।
५. ललितपुर बुङमतीका ५६ वर्षीय पुरुष, १२ जेठमा किष्ट अस्पताल भर्ना भई १४ जेठमा मृत्यु भएको छ । १५ जेठमा संक्रमण पुष्टि
६. अर्घाखाँचीको भुमिका स्थान घर भएका ३५ वर्षीय पुरुष, भारतबाट फर्किदा १० जेठमा बाटोमै मृत्यु भई परीक्षणबाट कोरोना संक्रमण पुष्टि, १६ जेठमा संक्रमण पुष्टि
७. दैलेखको दुल्लु नगरपालिका खागितडाका ३५ वर्षीय पुरुष । पटांगिनी बजार दुल्लुको क्वारेन्टाइनमा ढलेर बेहास भई केही समयमा मृत्यु । स्वाब परीक्षणका क्रममा १७ जेठमा कोरोना संक्रमण पुष्टि
८. बाजुराको बुढीगंगा नगरपालिका धुरालसैनकी २ वर्षीया बालिका । बाबुआमासँगै बाजुराको धुरालसैन माविको क्वारेन्टाइनमा रहेकोमा १८ जेठको विहान मृत्यु भएको । १० जेठमा भारतबाट सपरिवार आएकी ।
९. दोलखा घर भएका ७६ वर्षीय पुरुष, १३ जेठमा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना भएको र हेमोरेजिक स्ट्रोक भई शल्यक्रिया गरी १५ जेठमा कोरोना संक्रमण पुष्टि भएपछि टिचिङ अस्पताल महाराजगञ्ज लगिएको थियो । उपचारका क्रममा उनको २१ जेठमा टिचिङ अस्पतालमै मृत्यु भएको ।
१०. पाल्पा सिलुवाखोलाका ४५ वर्षीय पुरुष । स्थानीय क्वारेन्टाइनमा राखिएको र स्वास्थ्यमा गडबडीपछि १९ जेठमा मिसन अस्पताल पाल्पामा लगिएको थियो । उपचारका क्रममा उनको २० जेठमा मृत्यु भएको थियो । २२ जेठमा कोरोना संक्रमण पुष्टि भएको
११. सुर्खेत पञ्चपुरी नगरपालिका १ हाँसेका २० वर्षीय युवक । ७ जेठमा भारतबाट आएर स्थानीय क्वारेन्टाइनमा बसेका । परीक्षण गर्दा नेगेटिभ आएपछि २२ जेठमा घर गएकामा त्यहीं मृत्यु भएको थियो । मृत्यु भएपछि नमुना परीक्षणका क्रममा २३ जेठमा कोभिड १९ पुष्टि भएको
१२. डोल्पाका ५८ वर्षीय पुरुष । जगदुल्ला गाउँपालिका ३ घर भएका उनको २० जेठमा मृत्यु भएको । नमुना परीक्षणका लागि स्वाब संकलन गरी २२ जेठमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पुर्याइएको । २४ जेठमा कोरोना संक्रमण पुष्टि भएको
१३. कैलालीकी ५५ वर्षीया महिला । धनगढी ४ की मृगौला रोगी उनको डायलसिस गर्ने क्रममा २३ जेठमा मृत्यु भएको थियो । सेती अस्पतालमा डायलसिसका लागि आउँदा त्यही बेलामा मृत्यु भएको । २४ जेठमा कोरोना संक्रमण पत्ता लागेको
१४. स्याङ्जा वालिङ नगरपालिका घर भएका ५८ वर्षीय पुरुष । मृत्यु पछि २६ जेठमा कोरोना भाइरसको संक्रमण पत्ता लागेको
१५. चितवन भरतपुर ११ का पुरुषको २७ जेठमा निधन भएको । निमोनिया संक्रमित उनको २६ जेठमा कोरोना संक्रमण पुष्टि भएको ।
१६. अर्घाखाँचीको मालारानीको क्वारेन्टाइनमा बसेका ५७ का पुरुष । १२ दिन अघि मुम्बईबाट आई क्वारेन्टाइनमा राखिएको । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार गराई फर्कंदा कोद्रेखोलामा २८ जेठमा मृत्यु भएकोमा २९ जेठमा पत्ता लागेको । ३० जेठमा स्वास्थ्य मन्त्रालयले जानकारी दिएको
१७. पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका घन्टाघरमा २५ वर्षीय युवकको २८ जेठमा बेवारिसी लास फेला परेकोमा पोष्टमार्टमका लागि लगिएको । स्वाब परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमण भेटिएको छ । ३० जेठमा संक्रमण पत्ता लागेको र ३१ जेठमा स्वास्थ्य मन्त्रालयले जानकारी दिएको
१८. बारा जिल्ला निजगढ नगरपालिका ६ योजनाटोल निवासी ५ वर्षीय बालकलाई ज्वरो आएपछि वीरगञ्ज अस्पताल लगिएकोमा आरडिटी गर्दा पोजेटिभ आएपछि आइशोलेशनमा राखी उपचार शुरु । स्वाब परीक्षण गर्दा ३० जेठमा कोरोना पोजेटिभ पुष्टि भएको । प्रयोगशालाको नतिजा नआउँदै ३० जेठमा मृत्यु भएको ।
१९. गुल्मीका ३६ वर्षीय पुरुष । रेसुङ्गामा आइशोलेशनमा रहेकोमा ३१ जेठमा मृत्यु भएको । भारतबाट फर्किएपछि आइशोलेशनमा रहेकोमा स्वास्थ्यमा समस्या आएको । क्यान्सर संक्रमित उनको मृत्युको जानकारी ३२ जेठमा पुष्टि गरिएको
२०. बाँकेको बैजनाथ गाउँपालिका ६ की ४६ वर्षीइा महिला । फोक्सो, मृगौला र प्यारालाइसिलकी विरामी उनको १ असारमा आइसीयुमा मृत्यु भएको छ । ३ असारमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
२१. कैलाली, गोदावरी नगरपालिकाका ४६ वर्षीय पुरुष । सेती अस्पतालमा उपचाररत हुँदा मृत्यु भएको । धनगढीको नवजीवन अस्पतालमा उपचार गर्दा जेठ ३१ मा कोरोना संक्रमण पुष्टि भएपछि सेती अस्पताल सारिएको थियो । उपचारका क्रममा ३ असारको बेलुकी ७ बजेर ५२ मिनेटमा मृत्यु । स्वास्थ्य मन्त्रालयले ४ असारमा जानकारी दिएको
२२. कैलालीको लम्किचुआकी ४३ वर्षकी महिला । टाउकोमा चोट लागेपछि नेपालगञ्ज मेडिकल अस्पतालमा भर्ना गरेको । २ असारमा शल्यक्रिया गर्नुअघि नमुना संकलन गरेकोमा सोही दिन नै मृत्यु भएको ३ असारको साँझ पुष्टि भएको थियो । स्वास्थ्य मन्त्रालयले ४ असारमा जानकारी दिएको
२३. गुल्मीका छत्रकोट गाउँपालिका ५ महेन्द्रनाडा ६९ का पुरुष प्यारालाइसिसको उपचारका लागि भारत गएकोमा जेठ २५ मा स्वदेश फर्किई होम क्वारेन्टाइनमा बसेको । ५ असार २०७७ मा घरमै मृत्यु भएको । सोही दिन नमूना संकलन गरी पठाइएको ६ असारमा कोरोना पुष्टि । ६ असारमा शव व्यवस्थापन भएको । ७ असारमा कोरोना बारे स्वास्थ्य मन्त्रालयद्वारा जानकारी
२४. दैलेखको दुल्लु नगरपालिका वडा नं ३ का ४५ वर्षीय पुरुष । ८ असारको बेलुका सुर्खेत अस्पतालको आइशोलेशनमा मृत्यु । क्षयरोग तथा दमको बिरामी भई ३ असारमा अस्पताल भर्ना । ९ असारमा स्वास्थ्य मन्त्रालयद्घारा जानकारी
२५. स्याङ्जाको आँधीखोला घर भएका ५६ वर्षीय पुरुष किराना पसल गर्दै आएका । ज्वरो आएपछि ७ असारमा फेवा सिटी अस्पतालमा लगिएकोमा कोरोना शंका लागी उपचार गर्न नमानेपछि गण्डकी अस्पताल लगिएको । ८ असारमा कोरोना पुष्टि भएपछि भेन्टिलेटरमा राखेर उपचारका क्रममा १० असारमा मृत्यु भएको । ११ असारमा शव व्यवस्थापन । स्वास्थ्य मन्त्रालयद्वारा ११ असारमा कोरोना पुष्टि
२६. ललितपुरको महालक्ष्मी नगरपालिका ५ का पुरुष । ५ महिना अघि मृगौला प्रत्यारोपण भएका । नर्भिक अस्पतालमा भर्ना भएका उनलाई पाटन अस्पतालमा रिफर गरिएको थियो । ११ असारको विहान मृत्यु भएको ।
२७. दाङको राप्ती अस्पताल नजिकै अचेत अवस्थामा भेटिएकी महिला । अन्दाजी ३० वर्षकी उनको उपचारका क्रममा मृत्यु भएको । ११ असारमा स्वाब संकलन गरी जाँच गर्दा १२ असारमा नतिजा पोजेटिभ आएको छ ।
२८. कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरुष । चितवन मेडिकल कलेजमा उपचारका क्रममा १३ असारमा मृत्यु । फोक्साको क्यान्सको उपचार गर्दै आएका उनी भारतबाट फर्किएका । ११ असारमा कोरोना पुष्टि भएको थियो ।
२९. रौतहटका ३० वर्षीय पुरुष । १३ असारमा स्वास प्रश्वासमा कठिनाई भएपछि स्टार हस्पिटल सानेपामा उपचारका लागि पुगेपछि पाटन अस्पतालमा स्वाब परीक्षणका लागि पठाइएकोमा उपचारका क्रममा मृत्यु भएको । स्वाब परीक्षणका क्रममा १४ असारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । १५ असारमै नेपाली सेनाले शव व्यवस्थापन गरेको
३०. अछाम रामरोशनका ४५ वर्षीय पुरुषको बयलपाटा अस्पतालमा १४ असारमा मृत्यु । १३ असारमा स्वासप्रश्वासमा समस्या आएपछि अस्पताल लगिएको थियो । मधुमेहको विरामी उनको मृत्युपछि नमुना परीक्षण गरेपछि १६ असारमा कोरोना संक्रमण पुष्टि । १७ असारमा स्वास्थ्य मन्त्रालयबाट पुष्टि
३१. म्याग्दी जिल्ला धौगालिरी नगरपालिका ४ का ४९ दिनका शिशुको त्रिवि शिक्षण अस्पतालमा १७ असारको साँझ मृत्यु भएको । ९ असारमा शिक्षण अस्पताल भर्ना गरिएको थियो । भ्यान्टिलेटरको सहयोगमा आइसियुमा राखिएकोमा मृत्यु भएको । १८ असारमा कोरोना संक्रमणबाट मृत्यु भएको जानकारी
३२. काठमाडौं नयाँ बानेश्वर बस्ने उच्च रक्तचाप र पार्किन्सनका विरामी । ८५ वर्षीय विरामी छातिको समस्यापछि अस्पताल पुगेकोमा १७ असारको साँझ मृत्यु भएको । उनको कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले १९ असारमा जानकारी दिएको
३३. गोरखा पालुङटार ४४ वर्षका पुरुष । १९ असारमा निमोनिया भई गोरखा अस्पताल भर्ना भएकोमा २० असारमा मृत्यु भएको । १९ असारमा कोरोना पुष्टि भएको । १७ असारमा कतारबाट नेपाल फर्किएर पालुङटार क्वारेन्टाइनमा राखिएको । २० असारमा स्वास्थ्य मन्त्रालयले जानकारी दिएको
३४. रुपन्देही देवदहका ७५ वर्षीय पुरुष । १४ असारमा त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका । क्षयरोगको उपचाररत १७ असारमा मृत्यु भएको । १८ असारमा कोरोना पुष्टि भएको । २० असारमा स्वास्थ्य मन्त्रालयले जानकारी दिएको
३५. बाग्लुङको नसिखोला घर भएका २९ वर्षीय २१ असारमा मृत्यु । ढोरपाटन नगरपालिकाको क्वारेन्टाइनमा राखिएका थए । भारतबाट क्षयरोगको उपचारपछि नेपाल फर्किएका । २२ असारमा स्वास्थ्य मन्त्रालयले जानकारी दिएको
३६.. काठमाडौं वडा नं १० शंखमुलका ६० वर्षीय पुरुषको २६ असारमा निधन । फोक्सोमा पानी जमेको र मृगौला रोगका कारण १६ असारमा पाटन अस्पतालमा भर्ना भएका । असार १७ मा कोरोना संक्रमण पुष्टि भएको । २७ असारमा स्वास्थ्य मन्त्रालयले जानकारी दिएको
३७. सिन्धुपाल्चोक पाँचपोखरी वडा नं ६ का ४५ वर्षीय पुरुष १८ असारमा क्षयरोगको उपचरका लागि पाटन अस्पताल भर्ना भएका । उपचारका क्रममा २२ असारमा कोरोना पुष्टि भएको । २५ असारमा निधन भएको । २७ असारमा स्वास्थ्य मन्त्रालयले जानकारी दिएको
३८. गोकर्णेश्वर नगरपालिका ४ घर भएका ५४ वर्षीय पुरुषको २५ असारमा उपचारका क्रममा निधन भएको । मृगौला रोगका विरामी भई सिनामंगलस्थित नेपाल मेडिकल कलेजमा भर्ना भएकामा २१ असारमा कोरोना संक्रमण पुष्टि भएको । २७ असारमा स्वास्थ्य मन्त्रालयले जानकारी दिएको
३९. रौतहट परुवाका ३६ वर्षीय पुरुष । कोरोना भाइरसको संक्रमणबाट बैंगलोरमा मृत्यु भएका दाजुको मृत्यु संस्कार गर्न भारत पुगेर २४ असारमा फर्किएर परुवाको क्वारेन्टाइनमा बसेका । स्वास्थ्यमा समस्या आई २९ असारमा वीरगञ्जस्थित नारायण अस्पतालको आइसीयुमा राखिएका । उनको कोभिड १९ परीक्षणका क्रममा ३० असारमा नेगेटिभ नतिजा आएको । स्वास्थ्यमा निकै समस्या आएपछि ३१ असारमा भ्यान्टिलेटरमा राखिएका । उपचारका क्रममा ३१ असारको अपरान्ह साँढे २ बजे निधन भएको पुष्टि
४०. सप्तरी राजविराज नगरपालिका १ निवासी डायबेटिज तथा मुटुको दीर्घरोगी ७३ वर्षीय पुरुष । मुटुमा स्टेन्ट दुईपटक राखिएको । ३१ असारमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इमर्जेन्सीमा गएको । कोभिड १९ पुष्टि भएपछि भ्यान्टिलेटरमा राखी उपचार भएकोमा १ साउनमा उपचारका क्रममा निधन भएको । २ साउनमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
४१. ४९ वर्षीया चिनियाँ महिला । कामको सिलसिलामा पोखरामा बस्दै आएकी । २ साउनमा स्वास्थ्यमा समस्या भएपछि मणिपाल अस्पताल पोखरामा भर्ना गरिएको थियो । तर, स्वास्थ्यमा समस्या भएपछि आकस्मिक रुपमा हेलिकोप्टरबाट काठमाडौंको ग्रान्डी अस्पताल लगिएको । कोरोना पुष्टि भएपछि उनलाई टिचिङ अस्पताल रिफर गरिएकोमा ७ साउनको विहान मृत्यु भएको । ७ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको
४२. धनुषाको जनकपुर उपमहानगरपालिकाका ६० वर्षीय पुरुष । २ साउनमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा भर्ना भएको । सघन उपचारका क्रममा ६ साउनमा मृत्यु भएको । मृत्युपछि कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको । ७ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको
४३. पर्साको वीरगञ्ज महानगरपालिका माइस्थानका ७० वर्षीय पुरुष । ७ साउनमा नारायणी अस्पतालमा मृत्यु । ८ साउनमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
४४. पर्साको वीरगञ्ज महानगरपालिका ११ की ८५ वर्षीया महिला । मुटुरोगी उनी निमोनिया भएपछि अस्पताल भर्ना भएकी थिइन् । ९ साउनमा मृत्यु भई स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
४५. बाराको परवानीपुरकी १७ वर्षीया किशोरी । ९ साउनमा गण्डक कोभिड अस्पतलमा निधन भएको । वीरगञ्ज हेल्थ केयरमा ८ साउनमा भर्ना भएकोमा स्वाब संकलन गर्दा ९ साउनमा कोरोना भाइरस पुष्टि भएको थियो । उनलाई पखाला लाग्ने, जीउ काप्ने र स्वास प्रश्वासमा पनि समस्या आएको थियो । १० साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको
४६. पर्सा जिल्ला वीरगञ्ज महानगरपालिकाका ६५ वर्षीय पुरुष, ११ साउन गण्डक अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको । मुटु तथा मधुमेहका रोगी । १२ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको
४७. धनुषा सहिदनगर नगरपालिका ८ को डुमरियाका ३६ वर्षीय पुरुषको ११ साउनमा मृत्यु । ज्वरो, खोकी र स्वास प्रश्वारमा कठिनाई भई १० साउनमा जनकपुर प्रादेशिक अस्पतालमा आकस्मिक रुपमा भर्ना भएको । आइसीयुमा राखेको र धरान लैजाँदै गर्दा बाटोमा मृत्यु भएको । १२ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको
४८. बारा फेटा गाउँपालिका ३ का ६० वर्षी पुरुषको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा १२ साउनमा मृत्यु । निमोनिया, मस्तिष्कघात, मृगौलाका विरामी । १२ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको
४९. बझाङको बुंगल गाउँपालिका घर भएका ६५ वर्षीय पुरुष । ९ साउनमा घरमै मृत्यु भएको । मृतक भारतको बैंगलोरबाट २४ असारमा स्वदेश फर्किएका । दम रोग समेत रहेको उनको मृत्युपछि स्वाब संकलन गरी परीक्षणका क्रममा कोरोना संक्रमण पत्ता लागेको । १३ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको
५०. मोरङको सुनवर्षी नगरपालिकाका ४५ वर्षीय पुरुष । १४ साउनमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको । ज्वरो आई समस्या भएको । भारत आवतजावत गरिहरने । कोभिड अस्पताल विराटनगरबाट धरान अस्पताल रिफर गरेको । १४ साउनमै कोभिड १९ पुष्टि भएको । १५ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको
५१. पर्साको वीरगञ्जका ७० वर्षीय पुरुषको १४ साउनमा मृत्यु । मुटु तथा मृगौलाको समस्या भई ८ साउनमा नारायणी अस्पतालमा भर्ना भई उपचार भइरहेकोमा १४ साउनमा निधन भएको । १५ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको
५२. पर्साको वीरगञ्जका ६८ वर्षीय पुरुषको १४ साउनमा मृत्यु । ७ साउनमा कोरोना पुष्टि भएको । मृगौलाको समस्या हुँदै आएका उनी झाडापखालाको उपचारका लागि निजी अस्पतालमा जाँच गराई १३ गते नारायणी अस्पताल पुगेको । आइसीयुमा राख्न नसकेपछि नेस्नल मेडिकल कलेजमा भर्ना भएको । १५ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको
५३. पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका ११ श्रीपुरका ५६ वर्षीय पुरुषको १५ साउनको राति निधन भएको । मुटुको रोगी उनको आइसियु र भेन्टिलेटरमा राखेर उपचार गरिएको । ६ साउनमा कोरोना पुष्टि भएपछि ७ साउनमा गण्डक अस्थायी कोरोना अस्पतालमा भर्ना गरिएको । मृत्युका समयमा अक्सिजनको कमी भएको । १६ साउनमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
५४. पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका १६ का ३५ वर्षीय पुरुषको गण्डक अस्थायी अस्पतालमा १५ साउना निधन । ५ साउनमा निजी क्लिनिक हुँदै तराई अस्पतालमा भर्ना भएका । १३ साउनमा स्वास्थ्यमा निकै समस्या आएपछि परीक्षणका क्रममा १५ साउनमा कोरोना पुष्टि भएको । १६ साउनमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
५५. पर्सा जिल्ला वीरगञ्ज को छपकैयाका ६५ वर्षका पुरुषको १५ साउनको विहान निधन भएको । मृत्युपश्चात् दिउँसा स्वाव परीक्षण हुँदा कोरोना पुष्टि भएको । १६ साउनमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
५६. पर्सा जिल्ला वीरगञ्ज ११ घर भई थलिखेल ललितपुर बस्ने वर्ष ६५ की महिलाको पाटन अस्पतालमा १६ साउनमा मृत्यु भएको । मधुमेह तथा प्रेसरको विरामी ६ साउनमा पाटन अस्पतालमा भर्ना भएकी । ज्वरो खोकीलगायत स्वास्थ्यमा समस्या भई उपचारको लागि स्टार अस्पतालमा भर्ना भएकी उनको ६ साउनमा कोरोना पुष्टि भएपछि पाटन अस्पतालमा रेफर गरिएको । १६ साउनमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
५७. पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका १६ की वर्ष ६८ की वृद्धा । श्रावण १७ गते मृत्यु भएको । ज्वरो तथा श्वासप्रश्वासको समस्या आएपछि १४ साउनमा नारायणी बयोधा अस्पतालमा भर्ना भएकी । आइसियुमा राखिएकी उनको १६ साउनमा कोरोना पुष्टि भएको । मधुमेहकी रोगी उनलाई १७ साउनमा नारायणी कोभिड अस्पतालमा रिफर गर्दा बाटोमै मृत्यु भएको । १८ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको
५८. मोरङका ७७ वर्षीय वृद्धको १९ साउनमा मृत्यु भएको । ज्वरो तथा स्वासप्रश्वासको समस्या भएपछि कोशी अञ्चल अस्पताल भर्ना भएका । उपचारका क्रममा निधन भएको थियो । मृतक मधुमेह तथा उच्च रक्तचापका विरामी । २० साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको
५९. पर्सा जिल्लाको पोखरिया ९ घर भएकी १८ वर्षीया युवतीको १९ साउनमा मृत्यु भएको । झाडापखालाको विरामी भई नेशनल मेडिकल कलेज लाँदै गर्दा बाटोमा मृत्यु । २१ साउनमा कोरोना संक्रमण पुष्टि भएको हो । २१ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको
६०. पर्सा जिल्ला वीरगञ्जका ४६ वर्षीय पुरुषको २१ साउनमा निधन भएको । मधुमेहका रोगी उनी ज्वरो तथा खोकी लागी २० साउनमा आइशोलेशनमा राखिएका । २१ साउनको विहान मृत्यु भई स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको
६१. मोरङ जिल्ला रंगेली नगरपालिका ८ दरवेसाका ४५ वर्षीय पुरुषको २१ साउनमा मृत्यु । कोशी अञ्चल अस्पतालमा लगिएकोमा मृत्यु । २२ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको
६२. मोरङ विराटनगरका ४५ वर्षीय पुरुषको २१ साउनमा मृत्यु । कोशी अस्पतालमा निधन । २२ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको
६३. सर्लाही जिल्ला मलंगवा ८ की ६५ वर्षीया महिलाको २१ साउनमा सशस्त्र प्रहरी बल हलचोकस्थित अस्पतालमा निधन भएको । २२ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको
६४. धनुषा मिथिला नगरापलिका लालगढकी ७२ वर्षीया महिलाको १७ साउनमा ओम अस्पतालमा निधन । १७ गते विहान दम, मधुमेह र उक्त रक्तचापको विरामी निमोनिया भएपछि अस्पताल भर्नाभएकी । २२ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको
६५. सप्तरीको रुपनी नगरपालिकाका ४२ वर्षीय पुरुषको २१ साउनमा मृत्यु । २२ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको
६६. पर्सा वीरगञ्ज ९ को माइस्थानका ४५ वर्षीय पुरुषको साउन २२ मा पाटन अस्पतालमा निधन । मधुमेह र उच्च रक्तचापका विरामी । २३ साउनमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
६७. पर्सा वीरगञ्ज ११ श्रीपुरका ७९ वर्षीय पुरुषको २० साउनमा घरमै निधन । नमुना परीक्षण गर्दा कोरोना पुष्टि ।
६८. पर्सा वीरगञ्ज ११ को श्रीपुरका ५७ वर्षका पुरुषको २२ साउनमा निधन । मधुमेह, मुटु र उक्त रक्तचापका विरामी । २३ साउनमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
६९. सिराहा गोलबजार ञ्२ का २५ वर्षीय पुरुषको २२ साउनमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा निधन । मृगौलाका विरामी डायलसिस गरिरहेका थिए । २३ साउनमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
७०. सर्लाही वसन्तपुरका ४५ का पुरुषको २३ गते विहान पाटन अस्पतालमा निधन भएको । २३ साउनमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
७१. पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका छपकैयाका ७४ वर्षीय पुरुष । २३ साउनमा गण्डक अस्थायी कोभिड अस्पतालमा मृत्यु । मधुमेह र दमको बिरामी । २४ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको
७२. मोरङ जिल्ला विराटनगर महानगरपालिकाका ५८ वर्षीय पुरुष । २३ साउनमा कोशी अस्पतालमा निधन । उक्त रक्तचापका विरामी उनी निमोनिया भई सप्तकोशी अस्पतालमा उपचार गराइरहेकोमा कोशी अस्पताल रिफर गरिएको । २४ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको
७३. काठमाडौंको टोखाकी ४१ वर्षीय महिला पाटन अस्पतालमा २३ साउनमा निधन । २४ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको
७४. कास्की जिल्ला पोखरा महानगरपालिका १९ का ६२ वर्षीय पुरुषको २४ साउनमा मृत्यु । मधुमेहका विरामी । २५ साउनमा कोरोना संक्रमणबाट मृत्यु पुष्टि
७५. पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका २ की २० वर्षीया महिलाको २४ साउनमा मृत्यु । नारायणी कोभिड अस्थायी अस्पतालमा पुर्याउँदा मृत घोषित । २५ साउनमा कोरोना संक्रमणबाट मृत्यु पुष्टि
७६. बाके जिल्ला कोहलपुर नगरपालिका २ का ७० वर्षीय महिलाको २५ साउनमा मृत्यु । उच्च रक्तचापको विरामी । २६ साउनमा कोरोना संक्रमणबाट मृत्यु पुष्टि
७७. पर्साकी ४५ वर्षीया महिलाको २५ साउनमा मृत्यु । नारायणी कोभिड अस्थायी अस्पतालमा पुर्याउँदा बाटोमै मृत्यु भई अस्पतालमा मृत घोषित । २६ साउनमा कोरोना संक्रमणबाट मृत्यु पुष्टि
७८.काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका १० मध्य बानेश्वरका ७६ वर्षीय पुरुषको २६ साउनमा मेडिकेयर अस्पतालमा मृत्यु । २६ साउनमा कोरोना संक्रमणबाट मृत्यु पुष्टि
७९.काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका ट्याङलाफाँटका ६४ वर्षिय पुरुषको २६ साउनमा मृत्यु । उच्च रक्तचाप र निमोनियाको बिरामी उनी मेडसीटी अस्पतालमा भर्ना भएकोमा अस्पतालमै मृत्यु । २६ साउनमा कोरोना संक्रमणबाट मृत्यु पुष्टि
८०. धनुषा जिल्ला विहियर नगरपालिका २ का ६० वर्षीय पुरुषको २६ साउनमा मृत्यु । जनकपुर अस्पतालमा भर्ना गरिएका उनको उपचारका क्रममा मृत्यु भएको । २७ साउनमा स्वास्थ्य मन्त्रालयबाट कोरोना संक्रमणबाट मृत्यु पुष्टि
८१. धनुषा जिल्ला मिथिलाबिहारी नगरपालिका ५ का ५० वर्षीय पुरुषको २५ साउनमा मृत्यु । मृतक जनकपुर क्यान्सर अस्पतालमा कार्यरत । २७ साउनमा स्वास्थ्य मन्त्रालयबाट कोरोना संक्रमणबाट मृत्यु पुष्टि
८२. काभ्रे जिल्ला पाँचखाल नगरपालिका १ की ५० वर्षीया महिलाको २७ साउनमा मृत्यु । किष्ट मेडिकल कलेजमा स्वास्थ्यमा समस्या भएपछि भर्ना भएकी परीक्षणका क्रममा कोरोना पुष्टि भएपछि शिक्षण अस्पताल महाराजगञ्जमा रिफर गरिएको । २७ साउनमा स्वास्थ्य मन्त्रालयबाट कोरोना संक्रमणबाट मृत्यु पुष्टि
८३. सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका ४ का ८४ वर्षीय पुरुषको २२ साउनमा मृत्यु । त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्थियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मृत्यु भएको । २७ साउनमा स्वास्थ्य मन्त्रालयबाट कोरोना संक्रमणबाट मृत्यु पुष्टि
८४. काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका टेकु १२ की ७८ वर्षीया महिलाको २८ साउनमा मृत्यु । किस्ट मेडिकल कलेजमा भर्ना भएकी उनको उपचारका क्रममा मृत्यु । २८ साउनमा कोरोना संक्रमण बाट मृत्यु पुष्टि
८५. धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका १ का ७१ वर्षीय पुरुषको ललितपुरको मेडिसिटी अस्पतालमा २८ साउनमा मृत्यु । २८ साउनमा कोरोना संक्रमणबाट मृत्यु पुष्टि
८६.धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका ८ का ३८ वर्षीया महिलाको २८ साउनमा मृत्यु । २८ साउनमा कोरोना संक्रमणबाट मृत्यु पुष्टि
८७.धादिङ जिल्ला निलकण्ठ नगरपालिका १४ का ३२ वर्षिय पुरुष २७ साउनमा मृत्यु । ह्याम्स अस्पतालमा मृत्यु भएकोमा २८ साउनमा मृत्यु पुष्टि
८८.सप्तरी जिल्ला डाकेस्वरी नगरपालिका राजविराजका ७२ वर्षिय पुरुष २७ साउनमा मृत्यु । पाटन अस्पतालमा मृत्यु । २८ साउनमा मृत्यु पुष्टि
८९.मोरङ जिल्ला बुढिगंगा नगरपालिका गंगाचोक २ का ५५ वर्षिय पुरुष २८ साउनमा मृत्यु । विपी कोइराला प्रतिष्ठान धरान अस्पतालमा मृत्यु । २८ साउनमा मृत्यु पुष्टि
९०.कपिलवस्तु जिल्ला कपिलवस्तु नगरपालिका २ का ४२ वर्षिय पुरुष २८ साउनमा मृत्यु । बुटवल विशेष कोरोना अस्पतालमा मृत्यु । २८ साउनमा मृत्यु पुष्टि
९१. बारा जिल्ला कलैया उपमहानगरपालिकाका ७५ वर्षिय पुरुष २८ साउनमा मृत्यु । किस्ट अस्पतालमा मृत्यु । २८ साउनमा मृत्यु पुष्टि
९२. महोत्तरी जिल्ला मटियारीका ४५ वर्षीय पुरुषको २५ साउनमा मृत्यु । क्षयरोग तथा मधुमेहका विरामी । २९ साउनमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
९३. धनुषा मिथिला ढल्केबरकी ८५ वर्षीया महिलाको २८ साउनमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान अस्पतालमा मृत्यु । २९ साउनमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
९४. अछामको रामारोशनका १८ वर्षीय पुरुषको २८ साउनमा पाटन अस्पताल ललितपुरमा मृत्यु । २९ साउनमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
९५. मोरङ जिल्लाको विराटनगरका ५७ वर्षीय पुरुषको २८ साउनमा कोशी प्रादेशिक अस्पतालमा मृत्यु । मधुमेह तथा उच्च रक्तचापका विरामी थिए । २९ साउनमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
९६. मोरङका पुरुष । स्वास्थ्य मन्त्रालयले ३० साउनमा मृत्यु पुष्टि गरेको
९७. सिरहाका पुरुष । स्वास्थ्य मन्त्रालयले ३० साउनमा मृत्यु पुष्टि गरेको
९८. बाराका पुरुष । स्वास्थ्य मन्त्रालयले ३० साउनमा मृत्यु पुष्टि गरेको
९९. बाराका पुरुष । स्वास्थ्य मन्त्रालयले ३० साउनमा मृत्यु पुष्टि गरेको
१००. कपिलवस्तुको मायादेवी गाउँपालिका ७ का ४० वर्षीय पुरुषको ३१ साउनमा मृत्यु । ३१ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको
१०१. पर्साको वीरगञ्ज महानगरपालिका १२ का ६० वर्षीय पुरुष । ३० साउनमा नारायणी अस्थायी कोरोना अस्पतालमा मृत्यु । ३१ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको
१०२. धनुषाको जनक नन्दनी गाउँपालिका ४ का ५० वर्षीय पुरुष । २९ साउनमा मृत्यु भएको छ । ३१ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको
१०३. पर्सा जिल्लाका एक पुरुष । ३२ साउनमा मृत्यु भएका । स्वास्थ्य मन्त्रालयले ३२ साउनमा पुष्टि गरेको
१०४. मोरङ जिल्लाकी एक महिला ३२ साउनमा मृत्यु भएका । स्वास्थ्य मन्त्रालयले ३२ साउनमा पुष्टि गरेको
१०५. रौतहट जिल्लाका ३२ वर्षीय पुरुष । १ भाद्रमा मृत्यु पुष्टि
१०६. मोरङका ६० वर्षीय पुरुष । १ भाद्रमा मृत्यु पुष्टि
१०७. काठमाडौंकी ५८ वर्षीय महिला । १ भाद्रमा मृत्यु पुष्टि
१०८. काभ्रेका पुरुष । २ भाद्रमा मृत्यु पुष्टि
१०९. नवलपरासीका पुरुष । २ भाद्रमा मृत्यु पुष्टि
११०. मोरङका पुरुष । २ भाद्रमा मृत्यु पुष्टि
१११. धनुषाका पुरुष । २ भाद्रमा मृत्यु पुष्टि
११२. बाँकेका पुरुष । २ भाद्रमा मृत्यु पुष्टि
११३. कास्कीका पुरुष । २ भाद्रमा मृत्यु पुष्टि
११४. तनहुँकी महिला । २ भाद्रमा मृत्यु पुष्टि
११५. काठमाडौंका पुरुष । ३ भाद्रमा मृत्यु पुष्टि
११६. बदिर्याका पुरुष । ३ भाद्रमा मृत्यु पुष्टि
११७. भक्तपुरकी महिला । ३ भाद्रमा मृत्यु पुष्टि
११८. चितवनकी महिला । ३ भाद्रमा मृत्यु पुष्टि
११९. मोरङकी महिला । ३ भाद्रमा मृत्यु पुष्टि
१२०. सुनसरीकी महिला । ३ भाद्रमा मृत्यु पुष्टि
१२१. काठमाडौंकी महिला । ४ भाद्रमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
१२२. मकवानपुरका पुरुष । ४ भाद्रमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
१२३. सप्तरीका पुरुष । ४ भाद्रमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
१२४. पर्साकी महिला । ४ भाद्रमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
१२५. पर्साका पुरुष । ४ भाद्रमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
१२६. पर्साका पुरुष । ४ भाद्रमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
१२७. दोलखाकी ३० वर्षीया महिलाको ५ भाद्रमा मृत्यु । २ भाद्र देखि पाटन अस्पतालमा उपचाररत । ५ भाद्रमा मृत्यु पुष्टि
१२८. सर्लाही जिल्ला मलंगवाका ४६ वर्षीय पुरुष । ३१ साउनदेखि पाटन अस्पतालमा उपचाररत उनको ५ भाद्रमा मृत्यु । ५ भाद्रमा मृत्यु पुष्टि
१२९. प्युठान जिल्ला स्वर्गद्वारी नगरपालिका २ का ६४ वर्षीय पुरुषको ५ भाद्रमा मृत्यु । रुपन्देही जिल्लाको बुटवलस्थित कोरोना विेशष अस्पतालमा उपचाररत थिए । साउनको अन्तिम साता भारतबाट आएका । ५ भाद्रमा मृत्यु पुष्टि
१३०. मोरङका पुरुष । ५ भाद्रमा मृत्यु पुष्टि
१३१. पर्साका पुरुष । ५ भाद्रमा मृत्यु पुष्टि
१३२. बाराका पुरुष । ५ भाद्रमा मृत्यु पुष्टि
१३३. सप्तरीका पुरुष । ५ भाद्रमा मृत्यु पुष्टि
१३४. ललितपुरका पुरुष । ५ भाद्रमा मृत्यु पुष्टि
१३५. चितवनका पुरुष । ५ भाद्रमा मृत्यु पुष्टि
१३६. मकवानपुरका पुरुष । ५ भाद्रमा मृत्यु पुष्टि
१३७. काठमाडौंका पुरुष । ५ भाद्रमा मृत्यु पुष्टि
१३८. सुनसरीकी छ वर्षीया बालिका । ६ भाद्रमा मृत्यु पुष्टि
१३९. सुनसरीका ६७ वर्षीय पुरुष । ६ भाद्रमा मृत्यु पुष्टि
१४०. पर्साका ६१ वर्षका पुरुष । ६ भाद्रमा मृत्यु पुष्टि
१४१. पर्साका ५८ वर्षका पुरुष । ६ भाद्रमा मृत्यु पुष्टि
१४२. पर्साका ४८ वर्षका पुरुष । ६ भाद्रमा मृत्यु पुष्टि
१४३. बाराका ५८ वर्षका पुरुष । ६ भाद्रमा मृत्यु पुष्टि
१४४. सिराहाका ६८ वर्षका पुरुष । ६ भाद्रमा मृत्यु पुष्टि
१४५. मकवानपुरका ५६ वर्षका पुरुष । ६ भाद्रमा मृत्यु पुष्टि
१४६. भक्तपुरका ७३ वर्षका पुरुष । ६ भाद्रमा मृत्यु पुष्टि
१४७. झापाका ५८ वर्षीय पुरुष । ७ भाद्रमा मृत्यु पुष्टि
१४८. पर्साका ५६ वर्षीया महिला । ७ भाद्रमा मृत्यु पुष्टि
१४९. सर्लाहीका ३३ वर्षीय महिला । ७ भाद्रमा मृत्यु पुष्टि
१५०. सुनसरीका ६८ वर्षीय पुरुष । ८ भाद्रमा मृत्यु पुष्टि
१५१. पर्साका ७० वर्षीय महिला । ८ भाद्रमा मृत्यु पुष्टि
१५२. काठमाडौंका ४८ वर्षीय महिला । ८ भाद्रमा मृत्यु पुष्टि
१५३. मोरङका ६५ वर्षीय पुरुष । ८ भाद्रमा मृत्यु पुष्टि
१५४. रुपन्देहीका ३८ वर्षीय पुरुष । ८ भाद्रमा मृत्यु पुष्टि
१५५. रुपन्देहीका ३८ वर्षीय पुरुष । ८ भाद्रमा मृत्यु पुष्टि
१५६. रुपन्देहीका ५३ वर्षीय पुरुष । ८ भाद्रमा मृत्यु पुष्टि
१५७. रुपन्देहीका ५४ वर्षीय पुरुष । ८ भाद्रमा मृत्यु पुष्टि
१५८. काठमाडौंकी ७१ वर्षीया महिला । ९ भाद्रमा मृत्यु पुष्टि
१५९. सिराहाका २२ वर्षीय पुरुष । ९ भाद्रमा मृत्यु पुष्टि
१६०. पर्साका ६८ वर्षीय पुरुष । ९ भाद्रमा मृत्यु पुष्टि
१६१. धनुषाका ७६ वर्षीय पुरुष । ९ भाद्रमा मृत्यु पुष्टि
१६२. काठमाडौंका ७४ वर्षीय पुरुष । ९ भाद्रमा मृत्यु पुष्टि
१६३. काठमाडौंका ७६ वर्षीय पुरुष । ९ भाद्रमा मृत्यु पुष्टि
१६४. रुपन्देहीका ५३ वर्षीय पुरुष । ९ भाद्रमा मृत्यु पुष्टि
१६५. मोरङकी ४६ वर्षीया महिला । १० भाद्रमा पुष्टि
१६६. भक्तपुरकी ५३ वर्षीया महिला । १० भाद्रमा पुष्टि
१६७. कैलालीका ४५ वर्षीय पुरुष । १० भाद्रमा पुष्टि
१६८. कैलालीका ५० वर्षीय पुरुष । १० भाद्रमा पुष्टि
१६९. महोत्तरीका ६० वर्षीय पुरुष । १० भाद्रमा पुष्टि
१७०. महोत्तरीका ७२ वर्षीय पुरुष । १० भाद्रमा पुष्टि
१७१. महोत्तरीका ७५ वर्षीय पुरुष । १० भाद्रमा पुष्टि
१७२. बाँकेका ३७ वर्षीय पुरुष । १० भाद्रमा पुष्टि
१७३. काठमाडौंका ५१ वर्षीय पुरुष । १० भाद्रमा पुष्टि
१७४. बाराका ४१ वर्षीय पुरुष । १० भाद्रमा पुष्टि
१७५. बाराका ४६ वर्षीय पुरुष । १० भाद्रमा पुष्टि
१७६. ललितपुरकी ६५ वर्षीया महिला । ११ भाद्रमा पुष्टि
१७७. बाराकी २३ वर्षीया महिला । ११ भाद्रमा पुष्टि
१७८. कास्कीकी ३२ वर्षीया महिला । ११ भाद्रमा पुष्टि
१७९. रुपन्दहीकी ७० वर्षीया महिला । ११ भाद्रमा पुष्टि
१८०. बाँकेकी ७० वर्षीया महिला । ११ भाद्रमा पुष्टि
१८१. काठमाडौंका ४८ वर्षीय पुरुष । ११ भाद्रमा पुष्टि
१८२. पर्साका ६२ वर्षीय पुरुष । ११ भाद्रमा पुष्टि
१८३. कपिलवस्तुका ५० वर्षीय पुरुष । ११ भाद्रमा पुष्टि
News Source: Reporters Nepal
काठमाडौं- नेपाल विद्युत प्राधिकरएणका कार्यकारी निर्देशक कुलमान घिसिङले एक जना व्यक्तिको प्रयासबाट मात्रै लोडसेडिङ अन्त्य नभएको प्रस्ट पारेका छन्। पछिल्लो समय सामाजिक सञ्जालमा चर्को टिकाटिप्पण हुन थालेपछि घिसिङले प्रेस विज्ञप्ति जारी गर्दै भ्रामक सूचना सम्प्रेषण दगरिदिन आग्रहसमेत गरेका छन्।
उनले आफू २९ भदौ २०७३ मा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा ४ वर्षका लागि नियुक्त भएको स्मरण गर्दै नेपाल सरकारको पूर्ण स्वामित्वको संस्था भएकाले सम्माननीय प्रधानमन्त्री नेतृत्वको सरकारको निर्देशन एवं मार्गदर्शन र नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमार्फत् यस अवधिमा केही उल्लेखनीय उपलब्धीहरु हासिल भएको उल्लेख गरेका छन्।
'लोडसेडिङको अन्त्य गरी उज्यालो नेपाल बनाउन, वित्तीय तथा प्रशासनिक सुधार गरी प्राधिकरणलाई नाफामूलक, सबल, सक्षम तथा प्रतिश्पर्धी संस्था बनाउन सम्माननीय प्रधानमन्त्री र माननीय ऊर्जा मन्त्रीको निर्देशन एवं मार्गदर्शन, प्रशासनिक संयन्त्र, अहोरात्र खटिने कर्मचारीहरु र आम उपभोक्ताको निरन्तरको सहयोग र हौसला नपाएको भए एकजना व्यक्तिको प्रयासबाट मात्रै लोडसेडिङको अन्त्य, संस्थालाई मुनाफामा लैजाने लगायतका उपलब्धीहरु हासिल गर्न सम्भव थिएन,' विज्ञप्तिमा उनले भनेका छन्।
उनले सबै नेपालीको घरमा उज्यालो पुर्याउने, ऊर्जा खपत बढाउने, उपभोक्तालाई गुणस्तरीय, भरपर्दो तथा पर्याप्त विद्युत् उपलब्ध गराउने, प्राधिकरणभित्र सुशासन कायम गर्दै प्रभावकारी सेवा सञ्चालन गर्न प्रणालीलाई स्वचालित र डिजिटलाइजेसन गर्ने, नेपालको पानी जनताको लगानी हरेक घर विद्युतको शेयरधनी कार्यक्रमको प्रभाकारी कार्यन्वयन गर्ने, ठूला जलविद्युत तथा प्रसारण लाइन आयोजनाहरुको निर्माण गर्नेलगायतका नेपाल सरकारका नीति तथा कार्यक्रमको कार्यान्वयन गर्न प्राधिकरण निरन्तर क्रियाशील रहेको जानकारीसमेत गराएका छन्।
उनले आफ्नो पुनर्नियुक्तिको विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीर ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनलाई जोडेर भ्रामक समाचार सम्प्रेषण नगर्द आग्रहसमेत गरेको छ।
'मेरो अर्को कार्यकालको पुनर्नियुक्तिका विषयलाई लिएर सम्मानीय प्रधानमन्त्री, माननीय ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री र मलाई जोडेर आधार तथा तथ्यहीन गलत सूचना तथा समाचार सम्प्रेषण नगरिदिनु हुन अनुरोध गर्दछु,' विज्ञप्तिमा भनिएको छ।
काठमाडौँ — भाद्र ११, २०७७।
कोरोना महामारीको संक्रमण तिब्र रुपमा फैलिरहेको छ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको अवधि थपिएको छ । काठमाडौंका प्राय हरेक वडा र टोलटोलमा कोरोना संक्रमण फैलिसकेको छ । यस्तो बेला कोरोना महामारी न्यूनीकरणमा स्वास्थ्यकर्मी र जनप्रतिनिधीहरुले निर्वाह गरेको भूमिका वास्तवमै सह्राहनीय छ ।
कोरोना महामारीको यस्तो भयावह परिस्थितिमा पनि आफ्नो ज्यानको सुरक्षाको समेत कुनै प्रवाह नगरी जनताको सेवामा समर्पित स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरु समाजका नायक हुन, सम्मानका पात्र हुन् । कोरोना महामारीको जोखिमको बेला हामीले घरबाहिर निस्कनु स्वास्थ्यका लागि खतरापूर्ण हुनसक्छ ।
त्यसैले तपाईलाई कुनै स्वास्थ्य समस्या भए सिधै फोन सम्पर्क गर्न आग्रह गर्दै काठमाडौं महानगरपालिका र नेपाल नेपाल चिकित्सक सङ्घले अपिल गरेका छन् । कोरोना भाइरसको लक्षणसँग मिल्ने कुनै पनि स्वास्थ्य समस्या देखा परे तत्काल चिकित्सक सङ्घले सार्वजनिक गरेका निम्न नम्बरमा फोन गरेर चिकित्सकको सल्लाह लिन सकिने छ ।
काठमाडौंभित्र कुनै समस्यामा हुनुहुन्छ भने काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई सिधा सम्पर्क गर्न फोन गर्न सकिने छ ।
कोरोनाका कुनै लक्षणसंग मिल्ने समस्या देखिए यी नम्बरमा फोन गुर्नहोस्
डा. श्रवण कुमार मिश्र ९८५१२६८२२०
डा. रञ्जित शाह ९८७२७०१४६५
राजेश कुमार गुप्ता ९८५१२३९९८८
दिनेश थापा मगर ९८२३१६८५४०
नरेश थापा मगर ९८०३१५२१४९
स्वास्थ्य सम्बन्धी कुनै पनि समस्या भए यी नम्बर फोन गर्नुहोस्
डा.लोचन कार्की, फिजिसियन ९८५१०५६६८९
डा.शिव प्रसाद श्रेष्ठ बालरोग ९८५१०५७१९०
डा. अनिल विक्रम कार्की , नाक कान घाँटी ९८०४२५९२८३
डा. बद्रि रिजाल, हाडजोर्नी, ९८५११४८६९९
डा. प्रकाश बुढाथोकी दन्तरोग ९८४१३३६९४३
डा. निरज कुमार सिह फिजिसियन ९८४९२२८९०३
डा.विश्वराज दबाडी फेमिली फिजिशियन ९८४१२२६३२२
डा. बिपेश आचार्य , प्याथोलोजिष्ट , ९८५१०७३४
डा. लिजन महर्जन, नाक कान र घाटी ९८४११९०२५८
डा. नन्द कुमारी गुरुङ, आखाँ ९८४७०३१४८६
डा. प्रमोद जोशी, हाड जोर्नी ९८४१५२५६७०
डा. रितेश थापा, मानसिक रोग, ९८४१५५६४१२
डा. सञ्जिब तिवारी, फेमिली फिजिसियन, ९८५११६७७२२
काठमाडौँ महानगरभित्र कुनै समस्या परे यी नम्बरमा सम्पर्क गर्नुहोस्
प्रमुख उपप्रमुखः
विद्यासुन्दर शाक्य – ९८५१२७९९००
हरिप्रभा खड्गी श्रेष्ठ – ९८५१२७९८९९
वडा अध्यक्षहरूः
१० भरतलाल श्रेष्ठ – ९८५१२७९९०१ २० राजेन्द्रकुमार श्रेष्ठ ९८५१२७९९०२
३० दिपक के.सी. – ९८५१२७९९०३ ४० मोहन बिष्ट – ९८५१२७९९०४
५० रमेश डंगोल – ९८५१२७९९०५ ६० दिपेन्द्र लामा – ९८५१२७९९०६
७० शुद्ध डंगोल – ९८५१२७९९०७ ८० दिनेशकुमार डंगोल – ९८५१२७९९०८
९० रामकृष्ण जयखु श्रेष्ठ – ९८५१२७९९०९ १०० रामकुमार के।सी। – ९८५१२७९९१०
११० हिरालाल तण्डुकार – ९८५१२७९९११ १२० विकास डंगोल – ९८५१२७९९१२
१३० ध्रुवनारायण मानन्धर – ९८५१२७९९१३ १४० शोभा सापकोटा – ९८५१२७९९१४
१५० इश्वरमान डंगोल – ९८५१२७९९१५ १६० मुकुन्द रिजाल – ९८५१२७९९१६
१७० नवीन मानन्धर – ९८५१२७९९१७ १८० न्हुछेकाजी महर्जन – ९८५१२७९९१८
१९० शशिलाल श्रेष्ठ – ९८५१२७९९१९ २०० राजेन्द्र मानन्धर – ९८५१२७९९२०
२१० उदयचुडामणि वज्राचार्य – ९८५१२७९९२१ २२० चिनीकाजी महर्जन – ९८५१२७९९२२
२३० मचाराजा महर्जन – ९८५१२७९९२३ २४० बालकृष्ण श्रेष्ठ – ९८५१२७९९२४
२५० नीलकाजी शाक्य – ९८५१२७९९२५ २६० ख्यामराज तिवारी – ९८५१२७९९२६
२७० चिनियामान वज्राचार्य – ९८५१२७९९२७ २८० भाइराम खड्गी – ९८५१२७९९२८
२९० कुश ढकाल – ९८५१२७९९२९ ३०० दलबहादुर कार्की – ९८५१२७९९३०
३१० नारायणप्रसाद भण्डारी – ९८५१२७९९३१ ३२० नवराज पराजुली – ९८५१२७९९३२
कार्यपालिका सदस्यहरूः
लक्ष्मी श्रेष्ठ – ९८५१२७९९५१ रमिताकमल स्थापित – ९८५१२७९९५२
रश्मी खड्का – ९८५१२७९९५३ कान्ता अधिकारी गौतम – ९८५१२७९९५४
हिरादेवी पोखरेल – ९८५१२७९९५५ पासाङ नूर्वु लामा – ९८५१२७९९५६
दिपक गोर्खाली राई – ९८५१२७९९५७ प्रेम पोडे पुजारी – ९८५१२७९९५८
काठमाडौँ — भाद्र १०, २०७७।
त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसका कारण गत चैत महिनामा स्थगित परीक्षा असोजभित्रै सञ्चालन गर्ने गरी आन्तरिक तयारी सुरु गरेको छ ।
विभिन्न तहको अन्तिम सेमेस्टरमा रहेका विद्यार्थीको शैक्षिक सत्र नै पूरै बिग्रने र विद्यार्थीको उच्च शिक्षाको ढोका नै बन्द हुने भएपछि त्यसलाई सहज बनाउने उद्देश्यले जुनसुकै विकल्पबाट पनि परीक्षा लिने तयारीमा विश्वविद्यालय पुगेको हो ।
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायका डिन प्राडा डिल्लीराज शर्माले स्थगित परीक्षा लिने विषयमा आफूहरू अन्तिम निर्णयमा पुगेको जानकारी दिए।
खासगरी स्नातकोत्तर तहका सेमेस्टरमा केही विषय परीक्षा दिएका र केही बाँकी रहेका विद्यार्थीको हकमा निकास निकाल्ने निर्णय विश्वविद्यालयका पदाधिकारी तथा डिनहरूको बैठकले गरेको छ ।
व्यवस्थापन सङ्कायको स्नातकोत्तर तहको चौथो सेमेस्टरमा विद्यार्थीले दुई विषयको परीक्षा दिएका थिए भने दुई विषय बाँकी थियो ।
यो अवस्थामा विद्यार्थीको परीक्षा रोकिँदा शैक्षिक सत्र बिग्रनुका साथै माथिल्लो अध्ययनमा समेत अवरोध हुने भएपछि बाटो खोल्ने तयारी भएको हो । धेरै विद्यार्थीले आफ्नो भविष्य डामाडोल भएको र थप करियर बन्द भएको गुनासो गरेपछि विकल्प खोल्ने दबाब विश्वविद्यालयका पदाधकिारीलाई परेको थियो ।
अहिलेकै अवस्थामा विद्यार्थीको लिखित परीक्षा गर्न नसकिने निष्कर्षमा विश्वविद्यालयका पदाधिकारीहरू पुगेका छन् । व्यवस्थापन सङ्कायका डिन शर्माले लिखित सम्भव नभएको अवस्थामा विद्यार्थीको व्यक्तिगत उपस्थिति या भर्चुअल विधिबाट परीक्षा गरी निकास निकालिने जानकारी दिए । यसमा निर्णय लिन विश्वविद्यालय तथा डिन कार्यालय स्वतन्त्र रहेको जनाइएको आजको गोरखापत्र दैनिकमा खवर छ ।
काठमाडौँ — भाद्र ७, २०७७।
कोभिडको जोखिम कम गर्न काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू गरिएको छ ।
मानिसमा भौतिक दूरी कायम गरी जोखिम न्यूनीकरणका लागि निषेधाज्ञा जारी गरिएको हो ।
तर दैनिक उपभोग्य वस्तुका पसलमा सर्र्वसाधारण दूरी कायम गर्नेमा उति सचेत भएको देखिएन ।
कोरोनाको संक्रमण तीव्र गतिमा फैलिएपछि नियन्त्रणको प्रयास स्वरुप काठमाडौँ उपत्यकाका तीन जिल्लामा एक हप्ताका लागि निषेधाज्ञा लागू भएको हो ।
मानिसमा भौतिक दूरी कायम गर्नु नै निषेधाज्ञाको मुख्य उद्देश्य हो । तर दैनिक उपभोग्य वस्तुका कतिपय पसलमा सर्र्वसाधारणको भीड लाग्ने गरेको देखिन्छ ।
दैनिक उपभोग्य वस्तुका पसल खोल्ने समय थोरै भएकाले पनि भीड लाग्ने गरेको कतिपय व्यवसायीको भनाइ छ ।
कतिपय स्थानमा ब्यवसायीहरु प्रहरीको आँखा छल्दै पसल खोल्ने दाउ पर्खेर बस्ने गरेको पनि पाइन्छ ।
मानौ प्रहरी र ब्यापारीहरु लुकामारी खेल खेलिरहेका छन् । बजारमा पसल खुल्ने समयमा भएको भीड हेर्दा त उपत्यकामा निषेधाज्ञा नै नभएको भान समेत हुन्छ ।
प्रहरीले भने किनमेलको बहानामा मर्निङ्ग वाक समेत गर्ने गरेको पाएसंगै अनावश्यक रुपमा घर बाहिर हिडडुल गर्नेहरुलाइ कारबाही स्वरुप ३ घण्टा सम्म पनि होल्डमा राख्ने गरेको छ ।
अनावश्यक हिडडुल गर्ने माथी परिस्थिति हेरेर कारवाहि गर्दै आएको महानगरिय प्रहरी परिसरका प्रमुख श्याम ज्ञवाली बताउनुहुन्छ ।
प्रहरीको आँखा छल्नेतिर लाग्नुभन्दा निषेधाज्ञा हाम्रै स्वास्थका लागि हो भनेर आम सर्वसाधारण आफै सचेत हुनुपर्ने देखिन्छ ।
(ईमेज खबर)
काठमाडौँ — भाद्र ७, २०७७।
सरकारले नेपाल प्रहरीको नायब महानिरीक्षक (डिआइजी)को दरबन्दी थप्ने गरी गृहकार्य अघि बढाएको छ । गत वर्षको २८ चैतमा डिआइजीको संख्या कटौती गरेको सरकारले संख्या घटाएको चार महिनापछि फेरि पाँच वटा दरबन्दी थप गर्न तयारी अघि बढाएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा डिआइजी दरबन्दी थप गर्न सहमत भएपछि मत्रालयले थप तयारी समेत अघि बढाएको मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।
गृह मन्त्रालय स्रोतका अनुसार सो विषयमा प्रहरी प्रधान कार्यालय र मन्त्रालयबीच कति संख्यामा दरबन्दी थप गर्ने भन्नेमा समेत सहमति जुटिसकेको छ ।
प्रधान कार्यालयले महत्वपूण विभागमा डिआइजीको दरबन्दी आवश्यक रहेको भन्दै प्राविधिकतर्फ बाहेक हाल १४ जनाको संख्या रहेको डिआइजीबाट पाँच बढाएर १९ पु९याउन प्रस्ताव गरिसकेको छ ।
यसअघि नेपाल प्रहरीमा प्राविधिकतर्फ बाहेक डिआइजीको दरबन्दी २६ थियो भने सरकारले एकै पटक गत चैतमा संख्या घटाएर १४ मा झारेको थियो । त्यसयता डिआइजी प्रमुख रहेका प्रहरी संगठनका कतिपय विभागहरू एसएसपीको भरमा चल्दै आएका छन् ।
सरकारले डिआइजीको संख्या कटौती गर्दा बढुवाको मुखमा रहेका धेरै एसएसपी मर्कामा परेका थिए भने प्रहरी संगठनभित्र असन्तुष्टिसमेत बढेको थियो । त्यसबखत गृह सचिव महेश्वर न्यौपाने र प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीबीचपटक पटक भनाभन समेत भएको थियो ।
संख्या थप गर्ने विषयमा मन्त्रालयका सहसचिव रामप्रसाद आचार्यको संयोजकत्वमा संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति (ओएनएम) समेत गठन भएको थियो । तर हाल उनी गृहबाट रक्षा मन्त्रालय सरुवा भएका छन् । समितिमा प्रहरीतर्फबाट डिआइजी प्रकाशजंग कार्की सदस्य छन् ।
सो समितिले नेपाल प्रहरीमा प्रशासनतर्फका ५ जना डिआइजीको दरबन्दी थप्ने प्रस्ताव गरेको हो । सो प्रस्ताव सहमती पछि अर्थमन्त्रालयमा पठाई सकिएको आजको राजधानी दैनिकमा खवर छ ।
काठमाडौँ — भाद्र ७, २०७७।
अब विद्यालयले कक्षा–११ मा विद्यार्थी भर्ना गराउँदा सङ्कायका आधारमा भर्ना लिन नपाइने भएको छ । विगतको जस्तो विज्ञान, शिक्षा शास्त्र, मानविकी र व्यवस्थापन सङ्कायका रूपमा यस पटकबाट भर्ना लिन नपाइने भएको हो ।
पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक गणेशप्रसाद भट्टराईले यस पटकबाट विद्यालयले विगत जस्तो सङ्काय छुट्याएर विद्यार्थी भर्ना गर्न नपाइने जानकारी दिनुुभयो । उहाँले अब एकलपथीय हिसाबले मात्रै विद्यार्थी भर्ना गर्न पाइने जानकारी दिनुभयो ।
यसमा भर्ना हुँदा विद्यार्थीलाई ऐच्छिक विषय छनोट गर्न दिइन्छ तर सङ्कायका आधारमा त्यसलाई मान्यता दिइँदैन । यसपटक कक्षा–११ मा तीनवटा अनिवार्य विषय र तीनवटा समूहबाट एक÷एक विषय ऐच्छिक गरी छवटा विषय अध्यापन गराइन्छ । विद्यार्थीले चाहेमा सातौँ विषयका रूपमा पनि अध्ययन गर्न पाउने व्यवस्था छ । कक्षा–११ पनि अब विद्यालय मातहतमै सञ्चालन हुने भएकाले विद्यार्थी भर्ना प्रक्रिया कक्षा–९ र १० को जस्तै गरी लिइनेभएको हो । एकलपथीय प्रणालीमा सङ्काय छुट्याएर अब भर्ना हुुँदैन र पठनपाठन पनि हुँदैन ।
साथै विद्यार्थीलाई प्रमाणपत्र दिँदा पनि सङ्कायका आधारमा नदिइने भएको छ । कक्षागत उत्तीर्ण भनेर मात्र प्रमाणपत्र दिइन्छ । विद्यालय तहमा गएपछि अब कक्षा १२ को भर्ना पनि यसैगरी हुनेछ । यसअघि उच्च माध्यमिक शिक्षा परिषद्को मातहतमा कक्षा–११ र १२ मा विद्यार्थी भर्ना तथा प्रमाणपत्र जारी गर्दा सङ्कायका आधारमा गर्ने गरिएको थियो ।
हतारमा निर्णय
राजधानीको विश्व निकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हेरम्ब कँडेलले विद्यार्थी, शिक्षक तथा अभिभावकलाई बुझाएर मात्रै यस खालको नीतिगत निर्णय गर्नुपर्नेमा त्यसमा हतार गरिएको बत९ाउनुभयो । यसबाट आफूहरू पनि अन्योलमा परेको उहाँ बताउनुहुन्छ ।
सङ्काय नमाने पनि विद्यालयले आन्तरिक रूपमा त्यसको अभ्यास गर्ने उहाँको भनाइ छ । विद्यार्थीलाई निश्चित समूहमा विभाजन गराएर नपढाएको अवस्थामा उच्च शिक्षामा विद्यार्थीको शैक्षिक यात्रा अन्योलमा पर्ने उहाँले बताउनुभयो । बेलायतस्थित क्याम्ब्रिज प्रणालीको ‘ए’ लेभलमा भने यस खालको अभ्यास लामो समयदेखि गरिँदै आएको छ ।
नेपालमा पनि त्यस अनुसारको पठनपाठन हुुँदै आएको छ तर कक्षा–११ को हकमा यो नौलो भएको जनाइएको छ । शिक्षकको व्यवस्थापन गर्न विद्यालयलाई समस्या हुने भएकाले निश्चित समूहमा विद्यार्थीलाई विभाजन गराएर अध्यापन गराउन विद्यालय बाध्य हुने उहाँको भनाइ रहेको खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।
लिपुलेक — भाद्र ७, २०७७।
दुई देशको सीमा विवादलाई लिएर कैयौं ठाउँमा मुठभेडको स्थितिमा रहेको चीन र भारतबीच नेपालले आफ्नो भूमि दाबी गर्दै नक्सामा समेत सार्वजनिक गरिसकेको लिपुलेकमा थप विवाद उत्पन्न भएको छ ।
लिपुलेकमा चीनले क्षेप्यास्त्र तैनाथ क्षेत्रका रूपमा विकसित गर्ने तयारीमा आवश्यक संरचनाको निर्माणकार्य शुरु गरेको सञ्चारमाध्यमहरुले दाबी गरेका छन् । हालै प्राप्त स्याटलाइट तस्वीरले पनि उक्त दाबीलाई बल मिलेको बताइएको छ । लिपुलेक त्यही इलाका हो जसलाई लिएर भारत र नेपालबीच विवाद उत्कर्षमा पुगेको छ ।
ओपन सोर्स इन्टेलिजेन्स डेट्रेस्फाले जारी गरेको स्याटलाइट तस्वीरमा लिपुलेकनजिकै ट्राइ जंक्सन क्षेत्रमा चीनले सैनिक तैनाथ गरेको मात्र नभई क्षेप्यास्त्र तैनाथका लागि निर्माणकार्यको तयारी पनि भइरहेको देखिएको बताइएको छ ।
डेट्रेस्फाका अनुसार यस इलाकामा सय किलोमिटर जियोइन्ट स्क्यानिङबाट पिपुल्स लिबरेसन आर्मी (पीएलए) को गतिविधि थाहा भएको हो । यहाँ जमिनबाट आकाशमा प्रहार गर्ने क्षेप्यास्त्रका लागि साइटको निर्माण मानसरोवर तालनजिकै भइरहेको छ ।
यहाँ चीनले सैनिक पनि तैनाथ गरिरहेको सञ्चारमाध्यमले जनाएका छन् । यहाँ सन् २०२० मेदेखि संरचना र आवासका लागि तयारी भइरहेको छ । लिपुलेक इलाका नेपाल, भारत र चीनको सीमाको संगमस्थल हो । चीनले लिपुलेकमा आफ्नो सेना तैनाथ गरेको विज्ञहरुले बताएका थिए । चीनले एक बटालियन अर्थात् १ हजारभन्दा धेरै सैनिक जवान लिपुलेकनजिकै तैनाथ गरेको खबर आजको समाचार पत्रले उल्लेख गरेको छ ।
काठमाडौँ — भाद्र ७, २०७७।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सञ्चालन गर्न पाँच मोडालिटी अघि सारेको छ । बोर्डले विभिन्न सरोकारवाला संस्था र विज्ञसँग छलफल गरी उनीहरुको सुझावमा पाँच मोडालिटी अघि सारेको हो । पाँच महिनादेखि स्थगित कक्षा १२ को परीक्षा सञ्चालन गर्ने विषयमा बोर्डले नयाँ मोडालिटी अघि बढाएको हो ।
बोर्डले अघि सारेको मोडालिटीमा तयारी भइरहेको प्रश्नपत्र प्रदेश परीक्षा कार्यालयमा पठाएर विद्यालयमै केन्द्र राखेर परीक्षा सञ्चालन गर्ने, कोरोना महामारी कम भएको जिल्ला र क्षेत्रमा परीक्षा सञ्चालन गर्दै जाने रहेको छ ।
त्यस्तै ओपन बुक प्रणालीअन्तर्गत प्रश्नपत्र तयार गरी अनलाइनबाट परीक्षा सञ्चालन गर्ने, कक्षा १२ को आन्तरिक परीक्षालाई मूल्यांकन गरी परीक्षा लिने र कक्षा ११ को परीक्षालाई आधार मानी सोही आधारमा कार्यविधि तयार गरी परीक्षा सञ्चालन गर्ने मोडालिटीको विषयमा छलफल गरेको छ ।
बोर्डले विद्यालयले परीक्षा दिएको प्राप्ताङ्क सम्परीक्षण गर्ने, आवश्यक परेको आधारमा धेरै नम्बर दिएका विद्यार्थीको उत्तरपुस्तिका परीक्षण गरी पुनः प्राप्ताङ्क दिने अधिकार बोर्डले लिएर गर्ने तयारी गरेको छ । बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले पाँच मोडालिटीको विषयमा छलफल भएपछि कुन आधारमा परीक्षा सञ्चालन गर्ने भन्ने विषयमा निर्णय भइनसकेको बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘छलफलकै क्रममा छौं, उपत्यकामा निषेधाज्ञा सकेलगत्तै मोडालिटीसहितको प्रतिवेदन तयार गरी मन्त्रीलाई बुझाउनेछौं, मन्त्रालयले दिएको निर्देशनको आधारका परीक्षा सञ्चालन गर्नेछौं ।’ बोर्डले देशैभरका शिक्षक, प्रदेश परीक्षा प्रमुख, विज्ञ, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक संघ, संगठन, महासंघलगायत निकायसँग छलफल गरिसकेको छ । बोर्डले विद्यार्थी संघ, संगठन, हिसान र केही प्रतिनिधिमूलक संघसंगठनका प्रतिनिधिसँग छलफल गर्ने तयारी गरेको खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।