generalnews
||Power News Asia||

आजको समाचार

Glory of 74 th independent Pakistan ceremony by Pakistan ambassy Kathmandu

समाचार


   Kathmandu,14 August 2020.         On the occasion of the 74th Independence Day of Pakistan, a simple and graceful flag hoisting ceremony was held at Embassy of Pakistan today. Ambassador, Mazhar Javed hoisted the flag. Embassy Officials, senior members of Nepal-Pakistan Friendship and Cultural Association (NPFCA) and media representatives were present. 
 
In his message the President of Pakistan H.E. Dr. Arif Alvi reaffirmed the resolve to live up to the ideals of Pakistan’s founding fathers, and paid homage to the heroic struggle of all the workers of Pakistan movement. 

Pakistan Prime Minister H.E. Imran Khan paid tribute to “all those sons of the soil who laid their lives while defending and protecting the territorial and ideological frontiers of the motherland”. The Prime Minister expressed the confidence that the struggle and resilience of the brave Kashmiris will culminate into their inalienable right to self-determination. 

A message of the Foreign Minister of Nepal H.E. Pradeep Kumar Gyawali on the occasion of Pakistan Independence Day was screened. The Foreign Minister expressed his felicitations to the people of Pakistan and appreciated the friendly cordial relations between the two countries. 

Addressing the ceremony Ambassador Mazhar  Javed recalled the history of Pakistan movement under the leadership of Quraid-i-Azam Muhammad Ali Jinnah. Referring to the Jammu Kashmir dispute, the Ambassador said that resolution of this long outstanding dispute in accordance to the wishes of the people and the UN resolutions would complete the agenda of the partition..

शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द, यी हुन् अर्को सूचना नआएसम्म बन्द हुने अन्य सेवा

समाचार


काठमाडौं । शैक्षिक संस्थाहरु अनिश्चितकालसम्मका लागि बन्द हुने भएका छन् । सरकारले कोरोना जोखिम रहेकोले अर्को सूचना जारी नभएसम्म शैक्षिक संस्था बन्द रहने जनाएको हो ।  सोमवार बसको  मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार सार्वजनिक गर्दै  सरकारका प्रवक्ता डा.युवराज खतिवडाले अर्को सूचना जारी नभएसम्मका लागि विद्यालय एवं शैक्षिक संस्थाहरु बन्द रहने जानकारी दिएका हुन् ।

‘शैक्षिक संस्था, सेमिनार, पाटी प्यालेस, सैलुन, पुस्तकालय अर्को सूचना नभएसम्म बन्द रहने निर्णय भएको छ’ डा. खतिवडाको भनाई छ । मन्त्रिपरिषद्को बैठकले यसअघि भदौ १ गतेदेखि विद्यार्थी भर्ना अभियान सुरु गर्ने घोषणा गरेको थियो । जसअनुसार शिक्षकलाई भदौं १ अगाडि नै विद्यालयमा पुग्न भनिएको थियो । तर पछिल्लो निर्णयले अघिल्लो निर्णय खारेज भएको छ ।

फुटबल खेलाडीको कोरोना परीक्षण आजदेखि

समाचार


काठमाडौं, साउन २६ । नेपाली राष्ट्रिय टोलीको पुरुष खेलाडीको कोरोना भाइरसको परीक्षण आजदेखि गरिने भएको छ । कोरोना परीक्षणको नतिजाका आधारमा उनीहरूलाई आगामी भदौ १ गतेदेखि थालिने प्रशिक्षणमा सहभागी गराइने छ ।

खेलाडीको पीसीआर परीक्षण सोमबार र मङ्गलबार गरिने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रवक्ता किरण राईले जानकारी दिए । विश्वकप छनोट खेलको प्रशिक्षणका लागि हाल पुरुष ३४ खेलाडीलाई क्वारेन्टिनमा राखिएको छ ।

खेलाडीसँगै प्रशिक्षक, पदाधिकारी र एन्फा होस्टलका कर्मचारीको पनि कोरोना परीक्षण गरिने राईले बताए। “खेलाडीको पीसीआर परीक्षण गर्न दुई दिन लाग्नेछ”, उनले भने । परीक्षणको नतिजा आएपछि प्रशिक्षण अगाडि बढ्नेछ ।

सरकारले आगामी भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि प्रशिक्षण गर्न सकिने निर्णय गरेपछि एन्फाले प्रशिक्षणको तयारी थालेको हो । फिफा र विश्व स्वास्थ्य सङ्गठनका साथै नेपाल सरकारको स्वास्थ्य सुरक्षासम्बन्धी निर्देशिकाअनुसार एन्फाले खेलाडीलाई प्रशिक्षणको व्यवस्था गर्नेछ ।

विश्वकप छनोटअन्तर्गत समूह ‘बी’ मा रहेको नेपालले अब तीन खेल खेल्न बाँकी छ । कोरोना भाइरसका कारण स्थगित भएको छनोट खेल आगामी अक्टोबर र नोभेम्बरमा गराउने एशियाली फुटबल महासङ्घ ९एएफसी० ले फिफालाई प्रस्ताव गरेको छ । स्थगित भएका खेल आगामी अक्टोबर ८ र १३ तारिख तथा नोभेम्बर १२ र १७ तारिखमा गराउने उल्लेख छ ।

दोस्रो चरणको छनोटअन्तर्गत नेपालले अब तीन खेल खेल्न बाँकी छ । ती सबै खेल नेपालले घरेलु मैदानमा खेल्नेछ । नेपालले चाइनिज ताइपेई, अस्ट्रेलिया र जोर्डनसँग खेल्नेछ । समूह बी मा रहेको नेपाल पाँच खेलमध्ये एउटामा जित निकाल्दै तीन अङ्क जोडेर चौथो स्थानमा छ । नेपालले चाइनिज ताइपेईलाई हराएको थियो । अन्य चार खेलमा नेपाल पराजित भएको थियो । रासस

महानगरीय प्रहरी कार्यालयमा थप तीन प्रहरीमा कोरोना संक्रमण

समाचार


महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत थप तीन जना प्रहरीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ।

कार्यालयमा गरिएको परीक्षणमा आइतबार राति थप तीन जनामा संक्रमण देखिएको एक प्रहरी अधिकारीले जानकारी दिए।

संक्रमित प्रहरीहरू कन्ट्रोलमा कार्यरत थिए। रानीपोखरीको कन्ट्रोलमा एक सयभन्दा बढी प्रहरीहरू छन्।

अहिले संक्रमित प्रहरीहरूलाई आइसोलेशनमा पठाइएको छ। आइतबार नै कपाल काट्ने एक प्रहरीमा संक्रमण देखिएको थियो।

उनीहरूको सम्पर्कमा आएकाहरूको कन्ट्र्याक्ट ट्रेसिङ भइरहेको छ।

एक चिकित्सकसहित पर्सामा थप २२ जनामा कोरोना

समाचार


नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायका अनुसार संक्रमित हुनेमा ६ महिलासहित १८ वर्ष देखि ५० वर्ष उमेर समूहका व्यक्ति छन् । चार जना कन्ट्याक्ट ट्रेसिङका क्रममा परीक्षण गरिएकाहरू छन् । संक्रमितमध्ये दुई जनामा ज्वरो, खोकी र छाती दुख्ने लक्षण देखिएको छ ।

पोखरिया अस्पतालका चिकित्सकसहित तीन स्वास्थ्यकर्मी, नारायणी अस्पतालको मेडिकल वार्डका एक कर्मचारी र म्यागनस फर्मा औषधि उद्योगका तीन जना कर्मचारीमा संक्रमण पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी मनोजित कुँवरका अनुसार आइतबार राति गरिएको परीक्षणमा चार प्रहरीमा कोरोना देखिएको छ । अन्य संक्रमितमा वीरगन्ज ११ श्रीपुरका चार जना, मुर्लीका २ जना, नगवा र छपकैयाका एक/एक जना छन् ।

अन्तरजिल्ला यातायात र हवाई उडान नखोल्न सीसीएमसीको सिफारिस

समाचार


काठमाडौं–अन्तर जिल्ला यातायात र बाह्य तथा अन्तरिक हवाई उडान भदौ १ गतेदेखि सञ्चालनमा नल्याउन कोभिड-१९ संकट व्यवस्थापन सेन्टर ‘सीसीएमसी’ ले सरकारलाई सिफारिस गरेको छ। सीसीएमसीको आइतबार बसेको बैठकले लकडाउन हटाएपछि कोरोना भाइरसको संक्रमणको जोखिम बढेको भन्दै यसलाई १५ दिन पर सार्न सिफारिस गरेको हो।

साउन ५ गते बसेको मन्त्रिपरिषद् बैठकले चार महिना लामो लकडाउन अन्त्य गर्दै अन्तर जिल्ला यातायात, बाह्य तथा अन्तरिक हवाई उडान तथा विद्यालय भर्ना लगायतका गतिविधि भदौ १ गतेदेखि सञ्चालनमा ल्याउने निर्णय गरेको थियो।

बैठकले अन्तर्राष्ट्रिय सीमा नाकाहरुमा थप कडाई गर्न पनि सिफारिस गरेको छ। बैठकले कोरोना संक्रमितको केस २०० भन्दा बढी भएका जिल्ला र काठमाडौं उपत्यकाका सरकारी तथा गैरसरकारी निकाय, बैंक तथा वित्तीय संस्था लगायत जनतासँग प्रत्यक्ष सम्पर्कमा रहेका निकायहरुलाई अनलाइन,भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाहमा जोड दिने निर्णय समेत गरेको छ।

साथै स्थानीय तहको समन्वयमा थप आइसोलेसन र क्वारेन्टिन स्थलहरु व्यवस्था गर्ने निर्णय गरेको छ। जनस्वाथ्यका मापदण्ड पालना नगर्न संक्रमणको जोखिमसँगै मृत्युदर बढेको निष्कर्ष निकाल्दे बैठकले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन र निस्कनै परे स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्न पनि आग्रह गरेको छ।

रोकिएन सुपरमार्केटबाट उपभोक्ता ठगिने क्रम

समाचार


काठमाडौं–कोरोना भाइरसको संक्रमणको जोखिमका समयमा पनि उपभोक्ता ठूला सुपरमार्केटबाट निरन्तर ठगिने क्रम बढ्न थालेको छ।वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरिरहेको बजार अनुगमनका क्रममा पनि आधुनिक उपकरण जडान गरिएका भाटभटेनीबाट उपभोक्ता निरन्तर ठगिरहेको प्रतिवेदन सार्वजनिक भएको छ।

विभागले प्रत्येक दिन गरेको अनुगमनको विवरण वेबसाइटमार्फत सार्वजनिक गर्दै आएको छ। गतचैत ११ गते कोरोना भाइरसको संक्रमणबाट बच्न बन्दाबन्दी लागू गरिएपछिको अवधिमा भाटभटेनीका दुई वटा शाखा कारवाहीमा परेको विभागले जनाएको हो। यस अवधिमा भाटभटेनीको नक्साल र अनामनगर शाखा कारवाहीमा परेका हुन्।

भाटभटेनी सुपरमार्केटले उपभोक्ताबाट नयाँ तरिकाबाट बढी पैसा असुल्ने गरेको छ। भाटभटेनीले सहुलियत दरमा सामान बिक्री गर्ने गरेको दाबी गरे पनि उपभोक्ताबाट पैसा लिई फिर्ता गर्ने बेलामा भीडभाडको मौका छोपी कम दिएर ठग्ने नयाँ शैली उपयोग गरेको बानेश्वरका पीडित उपभोक्ता राजेन्द्र कार्कीले बताए। अनामनगर शाखाले सामान किनेपछि पैसा फिर्ता गर्दा भीडभाडको मौका छोपी रु ९० कम फिर्ता दिएको उनले बताए।

भाटभटेनी सुपरमार्केटबाट सामान लिई बिल तिरेर फर्कने बेलामा काउन्टरमा भीड भएको मौका छोपी दिनुपर्ने भन्दा कम पैसा फिर्ता गरिएको उनले सुनाए। कोरोनाका कारण भीडभाडमा नबसौँ भनी भाटभटेनीमा माइकिङ भइरहेको हुन्छ। भाटभटेनीबाट पैसा फिर्ता लिई फर्केर बाहिर आई हेर्दा कम भेटिने गरेको पीडित उपभोक्ताको गुनासो छ। सिसीटिभी क्यामेरासमेत जडान गरिएको भनिएको भाटभटेनीमा यस विषयमा गुनासो गर्दा पनि सुनुवाइ नहुने गरेको उपभोक्ता उनको गुनासो छ।

भाटभटेनीको अनामनगर शाखाका व्यवस्थापक अजय लामा उपभोक्तालाई दिनुपर्नेभन्दा कम पैसा दिइएको उजुरीका आधारमा सिसीटिभीको फुटेज परीक्षण गर्दा कमजोरी भएको भेटिएको स्वीकार गर्छन्। कम पैसा फिर्ता दिने कर्मचारीलाई आइन्दा गल्ती दोहोर्याएर कारवाही गर्ने चेतावनी दिइएको पनि उनले सुनाए।

ठूलो सुपरमार्केट भएर पनि भाटभटेनीमा गुणस्तरीय सामान नपाइएको चुच्चेपाटीकी डोल्मा शेर्पाले गुनासो गरे। भाटभटेनीबाट ल्याएको तरकारी भित्रभित्र कुहिएको हुने गरेको उनको भनाइ छ। भाटभटेनी आफैँले प्याकिङ गरेको दालको पोकाभित्र प्रसस्त ढुंगा भेटिने गरेको पनि उपभोक्ताको दुःखेसो छ। यस्ता सुपरमार्केटलाई पारदर्शी रुपमा गुणस्तरीय सामान बिक्री गराउन निरन्तर बजार अनुगमन गरिनुपर्ने माग पनि उपभोक्ताले गरेका छन्।

उपभोक्ता मञ्चका केन्द्रीय सदस्य रोशन पोखरेल ठूला सुपरमार्केटमा बजार अनुगमन औपचारिकतामा मात्र सीमित हुने गरेको सुनाउँछन्। यस्ता सुपरमार्केटमा जोडिएका राजनीतिक व्यक्तित्वका कारण पनि विभाग अनुगमनका लागि हच्कने गरेको उनको आरोप छ। लाखौँ उपभोक्ता पुग्ने र सबै खाले सामान राखिएका यस्ता बजारको नियमित अनुगमन गर्ने गरी जनशक्तिको व्यवस्थापन हुन नसकेको उपभोक्ता हितमा कार्यरत संस्थाको भनाइ छ।

गतचैत ११ गतेदेखि बन्दाबन्दी सुरु भएलगत्तै भाटभटेनीको मुख्य सुपरमार्केट नक्सालमा विभागले गरेको बजार अनुगमनका क्रममा म्याद नाघेका सामान बिक्री गरेको भेटिएको जनाउँदै कारवाही गरेको थियो। केही समय अघि भाटभटेनीको अनामनगर शाखा पनि मिति नाघेको सामान भेटिएको भनी कारवाहीमा परेको विभागका प्रवक्ता रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए। ‘अनुगमनका क्रममा गल्ती भेटिएपछि भाटभटेनीका अधिकारी भूल भयो, छुट भयो, झुक्कियो, बिर्सियो भन्नेजस्ता जवाफ दिएर उम्कने गरेका छन्, यसो भन्दैमा गरेको गल्तीबाट बचाउन सकिँदैन, कर्मचारीलाई दोष दिएर सुपरमार्केटका अधिकारीले कारवाहीबाट उम्कन खोज्छन्’, उनले भने।

यस सम्बन्धमा प्रतिक्रियाका लागि भाटभटेनीको मुख्य शाखा नक्सालका अधिकारीसँग प्रतिक्रियाका सम्पर्क गर्दा अधिकारी एकापसमा पन्छिए । भाटभटेनीका उपत्यकाका अनामनगर, नक्साल, महाराजगञ्ज, त्रिपुरेश्वर, पाटन, सातदोबाटो, कोटेश्वर, भक्तपुर, बौद्ध र कलङ्कीमा गरी १० स्थानमा शाखा छन्। यसैगरी उपत्यका बाहिर धरान, विराटनगर, बुटवल, नारायणघाट, पोखरा, भैरहवा र नेपालगञ्ज गरी सात स्थानमा शाखा छन्। भाटभटेनीका देशभर १७ स्थानमा आफ्नै भव्य भवनसहित शाखा स्थापना भएका छन्। रासस 

प्रतिक्षा उडानको : गौतमबुद्ध विमानस्थल निर्माणको काम अब ९ प्रतिशत मात्र बाँकी

समाचार


बुटवल ।  भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अब ९ प्रतिशतमात्र बाँकी छ । ३१ डिसेम्बर २०१४ बाट काम शुरु भएको विमानस्थलको भौतिक प्रगति ९१ प्रतिशत पुगेको छ ।

आयोजना प्रमुख ईन्जिनियर प्रवेश अधिकारीले रातोपाटीसँग भने, ‘हामीले अब उपकरण जडानसहित ९ प्रतिशत काम गर्न बाँकी छ । अन्य काम सकिएको छ ।’ उनका अनुसार अहिले रनवे लाईट जडानको काम अन्तिम चरणमा पुगेको छ भने टर्मिनल भवनमा एयर कण्डिसन तथा अन्य उपकरण जडान सम्बन्धी काम भइरहेको छ ।

निर्माणको क्रममा आईसीबी १ र आईसीबी २ गरी छुट्याएर ठेक्का लगाएको थियो । जसमा आईसीबी–१ अन्तर्गत अधिकांश उपकरण जडानका काम भइसकेका छन् भने आइसीबी–२ अन्तर्गतका कम्युनिकेशन, नेभिगेशन र सर्भिलेन्स (सिएनएस) लगायतका काममध्ये डिभिओआर/डीएमई सञ्चार उपकरण, मौसम पूर्वानुमान उपकरणहरु ९५ प्रतिशत भन्दा बढी आइसकेका र जडानको क्रममा छन् ।

 

यस्तै फिनिसिङ्ग बाहेक अर्को ठूलो काम धावनमार्ग वरिपरि पेरिमिटर सडक निर्माण बाँकी  छ । बाँकी उपकरण र विशिष्ट दक्ष प्राविधिकहरु आउने क्रममा रहेको जनाइएको छ । लकडाउनका कारण हाल अन्तर्राष्ट्रिय उडान बन्द रहेका कारण उपकरण र प्राविधिकहरु आउन ढिलाइ भएको हो ।

सरकारले अन्तर्राष्ट्रिय उडान सञ्चालन गरेपछि ती प्राविधिक आउने र उपकरण ल्याएर जडान गर्ने काम हुनेछ । राष्ट्रिय गौरवका आयोजनामध्ये गौतमबुद्ध विमानस्थल निर्माणको काम लकडाउनमा समेत भएको थियो ।

चिनियाँ कम्पनी नर्थ वेष्ट सिभिल एभिएशनले सन् २०१४ डिसेम्बर ३१ मा ६ अर्ब २२ करोड ५१ लाख २० हजार दुई सय २७ रुपैयाँमा ग्लोबल टेण्डरमार्फत विमानस्थल निर्माणको ठेक्का लिएर काम शुरु गरेको थियो ।

लकडाउनमा पनि काम जारी

विमानस्थल विस्तार आयोजनाका अनुसार बन्दाबन्दीको अवधिमा विमानस्थल निर्माणमा करिव तीन प्रतिशत भौतिक प्रगति थपिएको छ ।  

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि जारी गरेको लकडाउनमा धेरै क्षेत्रको काम रोकिन पुग्यो । चार महिना लामो लकडाउनका कारण अधिकांश निर्माण काम रोकिए पनि निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम भने जारी रहेको थियो ।

छुट्टीमा चीन गएका केही चाईनिज कामदारहरु कोरोना महामारीका कारण भएको लकडाउनले गर्दा फर्कनसमेत पाएनन् । उनीहरु नआए पनि भैरहवामै रहेका चिनियाँ र सहित स्वदेशी कामदर, प्राविधिकबाट काम गरिएको थियो ।

विमानस्थल आयोजना प्रमुख अधिकारीले बन्दाबन्दी भएपछि करिव एक महिना भने विमानस्थल निर्माणको काम रोकिए पनि त्यसपछिका दिनहरुमा काम जारी गर्दा ३ प्रतिशतभन्दा धेरै भौतिक प्रगति भएको रातोपाटीलाई बताए । हाल विमानस्थल निर्माणमा २९ जना चिनियाँसहित तीन सयभन्दा बढी कामदारले काम गरिरहेका छन् ।

राष्ट्रिय गौरवको आयोजना निर्माणका लागि सरकारले काम अगाडि बढाउन निर्देशन दिएसँगै विमानस्थल निर्माणका लागि स्थानीय प्रशासनसँगको समन्वयमा काम आगाडि बढाएको उनले बताए । जसको परिमाण लकडाउनबीचमा पनि ट्याक्सी वे, तारबार र माटो फिलिङ, रङरोगन, एसी वायरिङ र रनवे लगायतका विद्युतीय काम पूरा भएको अधिकारीले बताए ।

विमानस्थल निर्माणमा चाहिने नदीजन्य पदार्थको मौज्दात यही बीचमा आवश्यकमात्रामा राखिएको छ । बन्दाबन्दीकै बीचमा करिव पाँच करोड रुपैयाँ मुआब्जा वितरणमा खर्च भएको उनले बताए ।

एसियाली विकास बैंकको ऋण सहयोगमा ७८७ बिघा क्षेत्रफलमा निर्माण भइरहेको विमानस्थलमा दैनिक १६ हजार यात्रुलाई सेवा दिने दीर्घकालीन लक्ष्य छ । विमानस्थल अन्तर्गत प्राधिकरणकै करिब एक अर्ब लगानीमा कार्गो भवन निर्माण प्रक्रियामा रहेको छ ।

२०७१ पुसमा तत्कालीन प्रधानमन्त्री सुशील कोईरालाले शिलान्यास गरेको विमानस्थल निर्माणको काम सुरुवाती दिनमा मधेश आन्दोलन, नाकाबन्दी लगायतका कारणले लक्षित समयभन्दा पर सरेको थियो ।

‘उडानको मिति ठ्याक्कै भन्न सकिँदैन’

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सकिएपछि उडानको जिम्मा दिने पर्यटन मन्त्रालय हो । अबको केही महिनापछि उडानको जिम्मा, मिति आदिबारे निर्णय हुने आयोजना प्रमुख अधिकारीको भनाइ छ ।

अधिकारीले भने, ‘हामीले जतिसक्दो छिटो काम पुरा गरिदिने भनेर नै कामलाई गति दिएका छौं, उडानको विषयमा माथिबाटै निर्णय हुन्छ, हामीले कहिलेबाट उडान हुन्छ भनेर ठ्याक्कै भन्न सक्ने विषय रहेन ।’

चीनमा फैलियो यो किराबाट नयाँ भाइरस, ७ जनाको मृत्यु, ६७ जना सङ्क्रमित

समाचार


काठमाडौं- कोरोना भाइरसको संक्रमण निर्मुल नभइसकेको अवस्थामा चीनमा पुनः अर्को भाइरसको संक्रमण देखा परेको छ । कोरोनाको उदगमस्थल चीनमा अर्को ‘एसएफटीएस’ नामको भाइरसको संक्रमण देखा परेको जनाइएको छ । यो भाइरसको संक्रमणका कारण ७ जनाको मृत्यु भएको छ भने ६७ जना संक्रमित भएका छन् ।

दक्षिण चीनमा फैलिएको यो भाइरस अन्य मानिसमा समेत सर्न सक्ने भन्दै चेतावनी दिइएको छ । पूर्वी चीनको जियांग्शू प्रान्तमा एसएफटीएस नामको यो भाइरसका कारण ३७ जना संक्रमित भएका छन् । त्यस्तै अन्हूईमा २३ जना संक्रमित भएका छन् । जियांग्शूको नानजियांगमा एक महिलामा पहिलोपटक यो संक्रमण देखिएको थियो ।

उनलाई खोकी धेरै लागेको थियो । एक महिना उपचार गरेपछि उनी अस्पतालबाट डिस्चार्ज भएकी थिइन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार झेजियांग प्रान्तमा हालसम्म यो भाइसका कारण सात जनाको मृत्यु भएको छ ।
यो भाइरस सन् २०११ मा पत्ता लागेको थियो । भायरोलोजिस्टका अनुसार जनावरको शरीरमा टाँसिने किराहरुबाट यो मानिसमा सर्ने जनाइएको छ।

ढुक्क हुनुहोस् अब सरकारले पुन: लकडाउन गर्दैन : मन्त्री खतिवडा

समाचार


काठमाडौं । देशभर कोरोना संक्रमितको संख्याका तिब्र बृद्धि भईरहदा पनि सरकारले पुन: लकडाउन गर्ने योजना नरहेको बताएको छ । बिहीबार

सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले सरकारले फेरि पूर्ण रूपमा लकडाउन नगर्ने बताएका छन्।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा डा. खतिवडाले पुरानै मोडलमा देशभर पुन: पूर्ण लकडाउन गनें योजना नरहेको बताएका हुन् ।

कोरोना संक्रमण फैलिएका केही स्थानीय तहहरुमा स्थानीय प्रशासनले नै लकडाउन गर्नसक्ने भन्दै केन्द्रबाट पुन: लकडाउन गर्ने योजनामा सरकार नरहेको स्पष्ट पारेका छन् ।

News Copy From :- News Of Nepal