generalnews
||Power News Asia||

आजको समाचार

काठमाडौं उपत्यकामा ८७ जना कोरोना संक्रमित थपिए

समाचार


काठमाडौं उपत्यकामा ८७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । बितेको २४ घण्टामा गरिएको परीक्षणमा काठमाडौंमा ७६ भक्तपुरका १ र ललितपुरमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

प्रचण्डसहित परिवारका सदस्यको कोरोना ‘नेगेटिभ’

समाचार


काठमाडौँ, २२ साउन: सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित परिवारका सदस्य एवं सचिवालयका सदस्यको कोरोना रिपोर्ट ‘नेगेटिभ’ आएको छ । अध्यक्ष दाहाललगायत परिवारका सम्पूर्ण सदस्य, सुरक्षाकर्मी र सचिवालयका सदस्यमा कोरोना परीक्षण गर्दा अध्यक्षको बाहिरी सुरक्षा घेरामा खटिएका छ सुरक्षाकर्मीमा मात्र सङ्क्रमण पुष्टि भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

बाहिरी घेरामा खटिने छ सुरक्षाकर्मीबाहेक अन्यको कोरोना रिपोर्ट ‘नेगेटिभ’ आएको अध्यक्ष दाहालका निजी सचिव गङ्गा दाहालले जानकारी दिए । कुपण्डोलमा रहेको बिध म्यानेजमेन्ट प्रालिद्वारा सञ्चालित कोभिड ल्याबमा अध्यक्ष दाहाल, परिवार, सचिवालयका सदस्य र सुरक्षाकर्मीलगायत ५३ जनाको कोरोना परीक्षण गरिएको थियो ।रासस

काठमाडौं उपत्यकामा कुनै पनि बेला भयावह स्थिति आउनसक्छ: स्वास्थ्यमन्त्री ढकाल

समाचार


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले दैनिक १८ हजार पीसीआर परीक्षण गर्न सक्ने क्षमतामा सरकारसँग रहेको बताएका छन् । सरकारले परिस्थितिलाई हेर्दै परीक्षणको दायरा बढाउने र त्यसको तयारी स्वरुप दैनिक १८ हजार परीक्षण गर्न सक्ने क्षमताको विकास गरेको मन्त्री ढकालले बताए । मन्त्री ढकालले सरकारले दैनिक १८ हजार जनासम्मको परीक्षण गर्न आवश्यक सबै सामग्रीलाई तयारी अवस्थामा रोखेको बताए ।

उनले भने– ‘हामीसँग क्षमताको हिसाबले कुरा गर्दा १८ हजार प्लसमा हामी पुगेका छौं र यो १८ हजारको क्षमतामा हामी प्रतिदिन त्यसको रिपोर्ट दिन सक्छौं भन्नुको अर्थ सामग्री पनि त्यही भोलुममा चाहिन्छ भन्ने कुरालाई हामीले हेक्का राखेका छौं ।’

६ लाख जनसंख्याको पीसीआर परीक्षण गर्ने तयारी सरकारले गरिरहेको समेत मन्त्री ढकालले बताए । अहिलेसम्म ३ लाख ७० हजारभन्दा बढीको पीसीआर परीक्षण भइसकेको र त्यसलाई ६ लाख पु¥याउने तयारी स्वरुप सरकार अगाडि बढेको बताए । उनले भने– ‘सम्माननीय प्रधानमन्त्रीले संसदमा बोल्दाखेरी नै जनसंख्याको दुई प्रतिशतलाई हामीले परीक्षणको दायरामा ल्याउँछौं भनेर उहाँले भन्नुभएको छ ।

 

हामीले त्यसलाई ६ लाखको संख्यामा बुझेका छौं र ६ लाख पीसीआर प्रविधिबाट परीक्षण गर्ने सामथ्र्यसहित रहनुपर्छ भन्ने विषयको तयारीमा मन्त्रालय छ । अहिलेसम्म मलाई लाग्छ हामी ३ लाख ७० हजार भन्दा बढी नै छौं । यसले गर्दा ६ लाखसम्म गराउने खालको जोहो गरेर नै हामी बसेका छौं ।’

उनले परीक्षण नगरेका कारणले रिपोर्टहरु कम भएको भन्ने कुरा सत्य नभएको बताए । तर सबै ठाउँमा पुगेर परीक्षण गरिएको दावी नगरिएको समेत उनले बताए । सरकारले बनाएको मापदण्ड अनुसारनै परीक्षण भएको उनको दावी छ ।

उनले भने– ‘परीक्षण नगरेको कारणले अथवा परीक्षण कम गरेको कारणले रिपोर्ट कम भयो भन्ने खालको कुरा सत्य होइन । त्यो यथार्थमा आधारित छैन् । यसको अर्थ पुग्नुपर्ने सबैठाउँमा पुगेर हामीले गरेका छौं, यो मेरो दावी होइन् । तर हामीले जे क्राइटेरिया बनाएका छौं अहिलेसम्म त्यसका आधारमा हामीले गरेका छौं ।’

काठमाडौं उपत्यकामा संक्रमण फैलिएको सम्बन्धमा मन्त्री ढकालले सरकार नयाँ रणनीतिअनुसार नियन्त्रण गर्ने गरी अगाडि बढ्न लागेको बताए । बाहिरी जिल्लाबाट उपत्यकाभित्र आउने व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने, जोर बिजोर प्रणालीबाट सवारी साधन सञ्चालन गर्न दिने र पीसीआर टेस्टको दायरालाई बढाएर जाने लगायतका विषयलाई अगाडि बढाइने उनले बताए । अहिले देखिएको संक्रमणको अवस्थाको वृद्धिदर अझै बढ्दै गयो भने काठमाडौं उपत्यकामा कुनैपनि बेला भयावह स्थिति आउन सक्ने भएकाले सचेत रहन आग्रह गरे ।

उनले भने– ‘बाहिरबाट आउने व्यक्तिहरुको हकमा क्वारेन्टाइनमा राख्ने खालको व्यवस्थापनमा हामीले जोड दिनुपर्छ । दोस्रो गाडी चलाउने कुरामा पनि भरमजदुर भन्दा पनि जोर बिजोर प्रणालीको कुरा गरियो भने त्यसले एक हदसम्म आवश्यकतालाई पनि पूर्ति गर्न सक्छ । अति आवश्यक भएको ठाउँमा हामीले पीसीआर टेस्टको निम्ति स्वाब कलेक्सन गर्ने खालको निकायलाई अझ प्रभावकारी र व्यवस्थित बनाएर तल सम्म जाने खालको कुरालाई गर्नुपर्छ । यस्तो खालको काम गरेर बाहिर र भित्रको सम्बन्धको बारेमा क्लियारिटी गरेर होम क्वारेन्टीनको कुरो अथवा स्थानीय क्वारेन्टीनको ग्यारेन्टी भएपछि मात्रै गर्ने खालको कुरा गरिएन भने जति जनसंख्या बेसी यति सघन मात्रामा रहेको काठमाडौंमा आगो सल्कियो अथवा डढेलो लाग्यो भने त्यो डढेलो निभाउने कुरा अरु बाहिर गाउँमा अथवा सानो सहरमा भएको भन्दापनि यो विस्फोटक हुन सक्छ ।’

सरकारले लागू गरेका नियम र मापदण्डहरुलाई पालना नगर्दा फेरि संक्रमणको स्थिति बढ्ने अवस्थामा देखिएको उनले बताए । लकडाउन खुकुलो भएपछि मानिसहरुको मुभमेन्ट बढेको र संक्रमण देखिएका ठाउँबाट समेत मानिसहरु काठमाडौंमा आउँदा जोखिम बढेको उनले बताए । काठमाडौं उपत्यकाका नाकाहरुमा परीक्षण गर्दा संक्रमण देखिनुले यसलाई पुष्टि गरेको समेत उनले बताए ।

उनले भने– ‘बाहिरबाट कोही आउँछ भने काम गर्ने, जस्तो उद्योगकै कुरा गरौं न कामदारहरु आउँछन् भने १४ दिन क्वारेन्टाइन बसेर मात्रै काममा हाजिर हुने भन्ने खालका जे हामीले नियम बनायौं, त्यो नियमचाहिं पालना भएन् । दोस्रो, हिजो सीमामा जुन तल मात्रै जोखिम थियो राजधानी चाहिं एकखालको फिल्टर भएर मात्रै आउने कुरा हुन्थ्यो भने अहिले लकडाउन खुकुलो बनाएपछि प्रत्येक दिन गाडीबाट मान्छेहरु आउँदा संक्रमित ठाउँबाट मान्छेहरु आउने भएको छ भन्ने कुरा त नाकामा परिक्षण गरेको कारणले पनि पुष्टि भयो ।’

उनले संक्रमण बढी देखिएका जिल्लाहरुलई अनुगमन र मूल्याङ्कन गरी कडाई गर्ने र जिल्लास्तरीय लकडाउनलाई कार्यान्वयन गर्ने कुरामा सरकारले जोड दिएको बताए । उनले भने, ‘वीरगञ्जमा देखिएको संक्रमणको स्थिति हेर्दा त्यहाँ सिल गरेर जानुपर्ने र आवतजावतलाई पूर्णरुपमा बन्द गर्नुपर्ने भएको छ । त्यस्तै काठमाडौंका विभिन्न नाकामा स्वाब संकलन गरिएकाहरुमा पनि संंक्रमण देखिएकाले काठमाडौंभित्र आउने सबैलाई होम क्वारेन्टाइन अथवा स्थानीय क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने व्यवस्था गरिने ।’

उनले भने, ‘५ सयभन्दा बेसी केसहरु भएका जिल्लाहरु र २ सयभन्दा बेसी केस भएका जिल्लाहरुमा चाहिं त्यहाँ अनुगमन गर्ने, मूल्याङ्कन गर्ने र कडाई गर्ने खालको कुरा अथवा जिल्लास्तरीय लकडाउन गर्ने कुरा हुन्छकि त्योभन्दा बेसी कुनै एउटा क्षेत्रमा मात्रै जस्तो बीरगञ्जमा अहिले जुनखालको संक्रमण देखिएको छ । त्यस्तोमा सिल गरेरै आवतजावतलाई रोक्नुपर्छ कि भन्ने कुरा र अहिले पछिल्लो काठमाडौंका विभिन्न नाकाहरुमा स्वाब टेस्ट गर्दाखेरी जो मान्छेहरुमा पोजेटिभ देखियो, यसले गर्दा काठमाडौं भरिमै र बाहिरिने खालको कुरामा पनि होम क्वारेन्टाइन तथा स्थानीय क्वारेन्टाइनमा बस्ने स्वीकृतिको अनिवार्य गर्ने कुराले मात्रै संक्रमण नियन्त्रण गर्न सकिन्छ कि भन्ने विषयमा पनि हामी छलफल गरेका छौं ।’

उच्च जोखिम भएका स्थानमा नीतिगत निर्णयहरु मात्र गरेर नभई सामग्रीहरुको उपलब्धतामा समेत सकरारले ध्यान दिएको मन्त्री ढकालले बताए । जनशक्ति र अन्य व्यवस्थापनको काममा काबुभन्दा बाहिर जान नदिन सरकारले काम गरिरहेको बताए । उनले भने– ‘जुन ठाउँमा उच्च जोखिम हुन्छ, त्यसमा नीतिगत हिसाबका निर्णयहरु मात्रै होइन सामग्रीहरुको उपलब्धता मात्रै होइन जनशक्ति र अन्य व्यवस्थापनको काममा पनि हामी लागेका छौं, यसर्थ यसलाई काबुभन्दा बाहिर जान नदिने गरिनै सरकारको तर्फबट एकीकृत ढंगले लागेका छौं ।’

लकडाउनभन्दा अघि कोरोना संक्रमणको अवस्थालाई लिएर सबैमा भय र त्रास रहेको र लकडाउनमा सबै नागरिकले साथ दिएकाले नियन्त्रण र व्यवस्थापनामा केही हदसम्म सफल भइएको समेत उनले बताए । तर लकडाउन खोलेपछि मानिसहरुले सुरक्षा सावधानीहरुलाई उलङ्घन गरेकाले स्थिति खराब बन्दै गएको उनले बताए ।

उनले भने– ‘अहिले लकडाउन अलि खुकुलो गरेपछि र पछिल्लो दिनमा करिब २० हजारभन्दा माथि संक्रमणको स्थिति पुग्दाखेरी अब यो केही होइन रहेज जस्तो गरेर, कोरोना हाम्रो देशमा छैनकि जस्तो गरेर हामीले अप्नाउनुपर्ने सुरक्षा सावधानीहरुका कुराहरुलाईचाहि उलङ्घन गरियो भने यसले जुनकुनै बेलापनि हामीलाई विस्फोटको स्थितिमा पु¥याउनसक्छ । यो सरकारको लागि मात्र होइन, यो तपाई हामी सबैका लागि हो भन्ने अर्थमा यो आव्हानलाई कार्यान्वयन गर्ने कुरामा दृढतापर्वक इच्छा शक्तिका साथ सबैको सहयोगको लागि म अपिल गर्न चाहन्छु ।’

मन्त्री ढकालले सीमा बाहिरबाट आउने व्यक्तिहरुलाई होल्डिङ क्वारेन्टाइनमा राख्ने र परीक्षण गराउने काम भएको र विदेशबाट प्लेनमा आउनेहरुलाई पनि ५ दिनसम्म काठमाडौंमा राखेर परीक्षण गरेपछि मात्रै स्थानीय क्वारेन्टाइनमा पठाउने व्यवस्था गरिएकाले त्यो जोखिम कम रहेको बताए । उनले भने– ‘पछिल्लो दिन हामी सीमा बाहिरबाट आउने व्यक्तिहरुलाई होल्डिङ क्वारेन्टाइन मै राखेर परीक्षण गराउने र विदेशबाट प्लेनको माध्यमबाट आउने व्यक्तिहरुको हकमा काठमाडौंमा राखेर ५ दिनको क्वारेन्टाइनपछि परीक्षण गरेपछि मात्रै नेगेटिभ हरुलाई सम्बन्धित ठाउँको क्वारेन्टीनमा पठाउने व्यवस्था गर्ने र बाँकी पोजेटिभहरुको हकमा आइसोलेसन सेन्टर वा अस्पतालमा जाने खालको व्यवस्था हामीले गरेका छौं ।’

विदेशमा अलपत्र नेपालीको उद्धारका लागि उडान सुरु

समाचार


काठमाडौं– विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आजदेखि चौथो चरणको उद्धार उडान सुरु भएको छ । कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश फर्काउन आजदेखि यही साउन २४ गतेसम्म उद्धार उडान हुने भएको हो ।

नेपालका दुई एयरलाइन्स नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सले उडान तालिका सार्वजनिक गरिसकेका छन् भने नेपालीलाई घर फर्काउन विभिन्न मुलुकका एयरलाइन्सको पनि उडान तालिका बनेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बनाएको उद्धार उडान तालिकाअनुसार नेपाल एयरलाइन्सले सो अवधिसम्म जम्मा १८ उडान गर्नेछ ।

युएईको दुबई, कतारको दोहा, साउदी अरेबियाको दमाम र जेदाह, मलेशियाको क्वालालम्पुर र जापानको नारिता चार्टर्ड उडान हुने निगमले जनाएको छ ।

हिमालयले पनि साउन २३ सम्म कूल १८ उडान गर्ने जनाएको छ । चीनको कुनमिङ, दोहा, अबुधाबी, क्वालालम्पुर र दमामामा चार्टर्ड उडान गर्ने जनाएको छ ।

यस्तै नेपालीको उद्धारका लागि विदेशी एयरलाइन्सले पनि चार्टर्ड उडान गर्नेछन् । जजिरा एयरले कुवेत, इतिहाद एयरले अबुधाबी, एयर अरेबियाले सारजाह, फ्लाइ दुबईले दुबई, कतार एयरवेजले दोहाबाट उद्धार उडान गरी नेपाली फर्काउनेछन् । सोही अवधिमा मालिन्दो एयरले क्वालालम्पुरबाट निरन्तर चार्टर्ड गर्ने जनाइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगमन र प्रस्थान दुवै गरी १३ अन्तर्राष्ट्रिय उडान हुँदैछन् । नेपालीलाई स्वदेश फर्काउन नेपाल एयरलाइन्सले आज कुवेत र दुबईबाट चार्टर्ड उडान गर्दैछ । हिमालय एयरलाइन्सले दोहा र अबुधाबीबाट नेपाली काठमाडौँ ल्याउनेछ । एयरलाइन्सले कुवेतबाट दुई उडान गरी नेपाली फर्काउने जनाइएको छ ।

हिमालययकै जहाज आज बिहान ७ः०० बजे चीनको कुनमिङ र श्रीएयरलाइन्सको जहाज बैंकक प्रस्थान गरेको विमानस्थल कार्यालयले जनाएको छ । मालिन्दो एयरले क्वालालम्पुरबाट आजै नेपाली ल्याउँदैछ । सरकारले गत जेठ १६ गते तेस्रो मुलुकमा रहेका नेपाली नागरिकलाई प्राथमिकीकरण गरेर स्वदेश फर्काउने निर्णय गरेको थियो ।

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र 'सिसीएमसी' को निर्णयअनुरुप चौथो चरणको उडानका लागि ५४ वटा उडान अनुमति दिएको छ । अहिलेसम्म ३६ हजारभन्दा बढी नेपाली स्वेदश फर्किसकेका छन् । सरकारले आगामी भदौ १ गतेदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यावसायिक उडान सुरु गर्ने निर्णय गरिसकेको छ ।

सरकारले मुलुकभरका विद्यालय सञ्‍चालन कार्यढाँचा जारी गर्ने

समाचार


काठमाडौं — श्रावण १५, २०७७।  

विद्यालय भवन र परिसरमा क्‍वारेन्टाइन, आइसोलेसन सञ्‍चालन नगर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले मुलुकभरका विद्यालय सञ्‍चालन कार्यढाँचा जारी गर्ने भएको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै बिहीबार सरकारका प्रवक्ता एवं सञ्‍चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्‍चालन कार्यढाँचा जारी गर्ने निर्णय भएको जानकारी दिएका हुन् । भदौ १ गतेदेखि भर्ना खोल्ने निर्णय भने यसअघिको बैठकले गरेको थियो ।

मन्त्रिपरिषद् बैठकले विद्यालय भवन र परिसरमा क्‍वारेन्टाइन, आइसोलेसन सञ्‍चालन नगर्ने र त्यस्ता संरचना बनाइ प्रयोग हुन छाडेका विद्यालय, भवनलाई मापदण्डअनुसार स्थानीय तहले निर्मलीकरण गरी अध्यापन गराउन योग्य बनाउने निर्णय समेत गरेको छ ।

विद्यालय, विद्यालय परिसरभित्र र विद्यार्थी आवगमनमा प्रतिकूल पर्ने वा विद्यालय क्षेत्र निकट हुने गरी कोभिड १९ र रोकथाम र नियन्त्रणसम्बन्धी कुनै पनि संरचना नबनाउने र गतिविधि नगर्ने पनि सरकारको निर्णय छ ।

प्रवक्ता खतिवडाले शैक्षिक सत्र २०७६/७७ का परीक्षाको बाँकी नतिजा प्रकाशन गर्ने, भदौ १ देखि नयाँ विद्यार्थी भर्ना गर्ने, भर्ना भएका विद्यार्थीको शैक्षिक तथ्यांक भराउने, पाठ्यपुस्तक उपलब्ध गराउने, कक्षागत विद्यार्थीको संख्या एकीन गर्ने र विद्यालयका शैक्षिक क्रियाकलाप सञ्‍चलानार्थ शिक्षकहरु अबिलम्ब विद्यालय पुग्ने व्यवस्था मिलाउने निर्णय बैठकले गरेको जानकारी दिए ।

(कान्तिपुर दैनिक)

कुरिनटारमा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध

समाचार


भरतपुर । पृथ्वीराजमार्ग अन्तर्गत पर्ने इच्छाकामना गाउँपालिका– ४ कुरिनटारमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ । अबिरल बर्षाका कारण आज बिहान करिब ९ बजेको समयमा पहिरो खस्दा दुइतर्फी बाटो नै अवरुद्ध भएको हो ।

पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेकाले पहिरो हटाउन केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सुर्यबहादुर थापाले जानकारी दिए ।

Photo Source : OnlineKhabar

लकडाउनका कारण बन्द रहेको गैरीधारा टंगाल स्थित भोजघर रेष्टुरेन्ट,बार एण्ड लाउन्जले सेवा सुचारु

समाचार


                        काठमाण्डौ । कोरोना भाइरस महामारीपछि कतिपय देशमा होटल रेस्टुरेन्ट आंशिक रुपमा खुल्न थालेका छन् । तर,सरकारले होटल रेस्टुरेन्ट खोल्नका लागि सामाजिक दुरी पालनाका कडा नियम तय गरेको छ ।

लकडाउनका कारण बन्द रहेको गैरीधारा टंगाल स्थित भोजघर रेष्टुरेन्ट,बार एण्ड लाउन्जले सेवा सुचारु गरेको छ ।
ग्राहकहरुलाई सन्तुटी दिने वातावरण माझ काठमाडौ को गैरीधाराको पुरानो राणाकालीन घरमा भोजघर संचालनमा रैथाने नेपाली परम्परागत खानाका प्रकार ढिंडो,गुन्द्रुकको झोल,फापरको रोटी,थकाली खानाको परिकार,ट्राउट माछाका झोलसंगै इन्डियन र चाइनिज खाना पनि पाइन्छ ।

भोजघर रेष्टुरेन्ट एण्ड बारका निर्देशक रमेश गिरीका अनुसार भोजघरको मुख्य विशेषता भनेको ठाँउ,भोजघरको अर्को विशेषता भनेका यहाँ पाइने खाना विषादीमुक्त हाइजेनिक रहेको छ । यसमा हामीले विशेष ध्यान दिएका छौ’ उनले थप्दै भने ।

रेस्टुरेन्टमा खाना सभिस दिदा डेलिभरी गर्दा
अहिले बिश्वब्यापी रुपमा महामारीकोरुपमा फैलिएको कोरोना भाइरस(covid 19)को विषम परिस्थिति मा गुज्रिएको अवस्थालाई हेरेर संक्रमणको पक्षलाई ध्यानमा राखेर सावधानीका विभिन्न उपाय अपनाउने छ।
डेलिभरी पर्सनलाई पीपीई,पञ्जा,मास्क र सेनिटाइजर दिएर अधिकतम सतर्कता ग्राहकलाई ताजा र स्वस्थकर खाना पुर्‍याउन हामीले कुनै सम्झौता नगरी सेवा दिने जानकारी दिनु भयो ।

Pakistan Embassy Gifts Ambulances to Teaching Hospital

समाचार



July 15, 2020, Kathmandu. According to Press release of embassy of Pakistan in Kathmandu today  Ambassador of Pakistan Dr. Mazhar Javed handed over a gift of two fully equipped ambulances to Dr. Rohit Kumar Pokhrel Executive Director Teaching Hospital, Tribhuwan University (TUTH) today. The handing over ceremony was held at the Hospital on the occasion of the 38th Annual Day of the TUTH. The event was attended by the senior diplomats of the Embassy and the top faculty of the Hospital. Executive Director Dr. Pokhrel  thanked and appreciated Pakistan’s support for the Hospital. He said that the ambulances gifted today, besides serving the patients in and around Kathmandu would also symbolize the bonds of love between the two countries. He recalled that the Embassy had also gifted ambulances to the hospital in the past and expressed the hope that such cooperation would continue in future too. Dr. Pokharel also appreciated the role of College of Physicians and Surgeons of Pakistan (CPSP) in providing post-graduate facilities to Nepali doctors. Ambassador Javed said there was a large untapped potential existing between medical institutions in Pakistan and those in Nepal. He lauded the level of cooperation between the Nepali hospitals and Pakistani health infrastructure and wished this cooperation to grow further, especially with the Teaching Hospital.The Ambassador stressed that relations between Pakistan and Nepal found their roots in the strong sentiment of love and friendship between the two countries. He expressed his desire to further these relations.

खाजा र खानाका परिकार डेलिभरी शुरु

समाचार


काठमाडौं। सिटिईभिटी तथा युरो टेक्निकल एण्ड भोकेशनल एकेडेमी,मलेसियाबाट सम्बन्धन प्राप्त राजधानी स्थित कालिमाटीमा संचालित एक्सप्लोर इन्स्टिच्युट अफ हस्पिटालिटी म्यानेजमेण्टमा अध्यरत विद्यार्थी मिलेर बन्दाबन्दी को सदुपयोग गदै स्वास्थ्य सुरक्षाका सावधानी अपनाएर खाजा र खानाका परिकार डेलिभरी शुरु गरेको छ ।


काठमाडौ कालिमाटी रिङरोड उपत्यकाभित्रका विभिन्न ग्राहकको रोजाइअनुसार घर तथा अफिसमा खाना तथा खाजा डेलिभरी गरिने छ।

खाना डेलिभरी गर्दा संक्रमणको पक्षलाई ध्यानमा राखेर सावधानीका विभिन्न उपाय अपनाउने गरिएको छ । डेलिभरी पर्सनलाई पीपीई, पञ्जा,मास्क र सेनिटाइजर दिएर अधिकतम सतर्कता ग्राहकलाई ताजा र स्वस्थकर खाना पुर्‍याउन हामीले कुनै सम्झौता नगरी सेवा दिने प्रोग्राम डाइरेक्टर सागर जि सि ले जानकारी दिनु भयो ।

२ नेपाली युवा वल्ड बुक अफ रेकर्ड, लण्डनको STAR 2020 अन्तरार्ष्टिय उपाधिबाट सम्मानित

समाचार


लायन्स क्लब अफ काठमाण्डौ कृयेटिभ युथको संस्थापक अध्यक्ष गनिका गुरुङ र पूर्व अध्यक्ष अनिल बुर्जा मगरलाई वल्ड बुक अफ रेकर्ड, लण्डन ले ( STAR 2020) द्वारा विभुशीत गरेको छ। वरिष्ठ समाजसेवक लायन्स क्लब अन्तराष्ट्रिय डिस्ट्रिक ( 325 ए वान ) को डिस्ट्रिक गर्भनर लायन टंक बहादुर श्रेष्ठको प्रमुख आतिथ्य, त्यसै गरी जि.एस.टि मल्टीपल कोडीनेटर लायन अन्नत प्रसाद भेटुवाल, भाईस डिस्ट्रिक गर्भनर लायन कर्म गुरुङ, वरिष्ठ ऱ्यापर निर्णय श्रेष्ठ र पि. ई.एफ का अध्यक्ष विष्णु पोखरेलको विशेष उपस्थितिमा STAR 2020 को प्रमाण पत्र प्रदान गरिएको जानकारी श्री सागर कटवाल, अध्यक्ष वल्ड बुक अफ रेकर्ड,नेपालले दिनु भएको छ।

वल्ड बुक अफ रेकर्ड विश्वव्यापी रूपमा रेकर्डहरू प्रमाणिकरण गर्ने अन्तराष्ट्रिय संस्था हो। यसले बेलायत, अमेरिका, अष्ट्रेलिया, क्यानडा, केनिया, मोरिसियस,भारत, सिंगापुरबाट आफ्नो गतिविधिहरू सन्चालन गर्दै आईरहेको छ। एसिया, अफ्रिका र युरोपभर विश्वव्यापी संजाल मार्फत वल्ड बुक अफ रेकर्डले ऐतिहासिक सम्पदा, मठमन्दिर र सामाजिक, आर्थिक सांस्कृतिक,संगितिक लगायत क्षेत्रमा उल्लेख्य योगदान पुऱ्याएका व्यक्ति र संस्थालाई सूचिकृत र सम्मानित गर्दै आएको छ।

यहि सन्दर्भमा वल्ड बुक अफ रेकर्डले COVID-19 को महामारी र लकडाउनको अवस्थामा विभिन्न मानविय सेवा कार्यहरु मार्फत विशेष योगदान पुऱ्याउनु हुने यी दुई नेपाली युवालाई STAR 2020 द्वारा बिभुशित गरेको छ। यी दुई नेपाली युवा ८ वर्ष देखि निरन्तर रूपमा आफ्नो जीवन समाज सेवामा सर्म्पित गर्दै आईराख्दा आफू लायन्स क्लब अन्तराष्ट्रिय डिस्ट्रिक ३२५ एवानको सदस्य हुनुमा गर्व गर्दछन्।

चेपाङ्ग बस्ती देखि सॅखुवासभा , मुगु देखी बाजुरा हुदै अनेक दैबीक प्रकोप बाडि पहिरो र अहिले COVID-19 महामारिको बेलामा पनि यी दुई नेपाली युवाको सक्रियाताले हजारौ मानिस र संयौ परिवारलाई सेवा पुगेको छ। "Hunger Relief Program" र रक्तदान कार्यक्रम मार्फत सेवा कार्यलाई विशेष रुपमा अघि बढाएका थिए । श्री सन्तोष शुक्ला ( अध्यक्ष वल्ड बुक अफ रेकर्ड) श्री सागर कट्वाल ( अध्यक्ष वल्ड बुक अफ रेकर्ड, नेपाल) लगायत नेपाल र लण्डनका विशिष्ट व्यक्तित्वहरूले बधाई ज्ञापन गर्नु भएको छ।