generalnews
||Power News Asia||

आजको समाचार

नेपाली कांग्रेस ईमाडोल र शुभ श्रीले गर्‍यो रक्तदान

समाचार


रगत अभाबका कारण कोही कसैको ज्यान नजावस भनी शुभ श्री टोल बिकास सस्था र नेपाली कांग्रेस महालक्ष्मी नगरपालिका १ २ ३ ४ समन्वय समितीको सयुक्त आयोजनामा शनिबार ललितपुरको ईमाडोलमा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भयको छ ।
ब्लड डोनर्स एसोसियसन नेपाल र राष्ट्रबादी केन्द्र नेपाल र रक्तसन्चार सेवा भक्तपुरको प्राबिधिक सहयोगमा भयको रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका हुन १
यो प्राबिधिक टोलिले कोभिडको समयमा गरेको ५२ स्थानको रक्तसङ्कलन मध्य यो सबैभन्दा धेरै हो ।
नेपाली कांग्रेस ललितपुरका जिल्ला सभापति मदन अमात्यको प्रमुख आतिथ्यतामा भयको उक्त कार्यक्रममा दर्जनौ कांग्रेसी कार्यकर्ता जिल्ला सदस्यहरु तथा स्थानिय नेताहरुको बाक्लो उपस्थिती समेत थियो।
कोभिडको समयमा पनि पुन्यको काममा देखियको उत्साहलाई कांग्रेसी नेता मदन अमात्यले सराहना गर्दै अबको कांग्रेसको नेत्रित्त्व यिनै युबाहरुको प्रतिनिधि जमातले गर्नुपर्छ भन्दै नेपाली कांग्रेस यस्तै सामाजिक अभियानबाट जन्मियको पार्टी भयको बतायका छन

Embassy of Pakistan & NPFCA carried out Relief distribution in different parts of Nepal

समाचार


Kathmandu-Today, the Embassy of Pakistan in collaboration with Nepal-Pakistan Friendship and Cultural Association (NPFCA) distributed relief items among the destitute and needy families, effected due to COVID prompted economic slowdown. The relief distribution was carried out in different wards of Kathmandu, Lalitpur and Dhulikhel.

The distribution event was jointly inaugurated by Ambassador Syed Haider Shah and President, Nepal-Pakistan Friendship & Cultural Association (NPFCA), Mr. Himalaya Shumsher J.B. Rana at Thapathali Municipality, Kathmandu. Chairman Kathmandu Metropolitan City’s Ward No. 11, Mr. Hiralal Tandukar, on behalf of the recipient families, thanked Embassy of Pakistan and NPFCA for helping them during the economically testing times of COVID – 19 Pandemic in Nepal.

अन्तर विद्यालय कविता प्रतियोगितामा प्रथम भएर समृद्धिले पाइन् ८ हजार नगद

समाचार


 काठमाडौँ । राष्ट्रिय जेष्ठ नागरिक कोष र नेशनल प्याव्सन काठमाडौको सयुंक्त आयोजनामा असार १ गते भर्चुअल माध्यमबाट विद्यालयस्तरीय कविता बाचन सम्पन्न भएको छ । काठमाडौँ उपत्यकाभित्रका करिव ७० वटा विद्यालयले भाग लिएको उक्त प्रतियोगितामा महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री चन्दा चौधरी, राज्यमन्त्री रेणुका गुरुङ, समाजकल्याण परिषदका सदस्य सचिव पुष्कर खाती, नेशनल प्याव्सनका केन्द्रीय अध्यक्ष रितुराज सापकोटा, जेष्ठ नागरिक तथा पत्रकार भैरव रिसाल, जेष्ठ नागरिक कोषका सभापति बसन्तराज कार्की, सदस्य सचिव धनु राई, पत्रकार, नेशनल प्याव्सन काठमाडौका अध्यक्ष खड्क बहादुर बस्नेत, नेशनल प्याव्सन ललितपुरका अध्यक्ष तारा सापकोटा लगायतको उपस्थिति रहेको थियो । जेष्ठ नागरिकको दुर्व्यवहार विरुद्धको जनचेतना दिवसको अवसरमा आयोजित कार्यक्रममा उपस्थित प्रमुख अतिथि तथा अतिथिहरुले विद्यालय तहबाट नै जेष्ठ नागरिकप्रति गर्नुपर्ने उच्च सम्मान र आचरणको शिक्षा दिनुपर्नेमा जोड दिएका थिए । ‘जेष्ठ नागरिक भनेका बोझ हैनन्, हाम्रा सम्पति हुन्’ भन्ने सन्देश फैलाउनुपर्ने सहभागीहरुले स्पष्ट पारेका थिए । प्रतियोगितामा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य एवं कवि डा. देवी नेपाल, साहित्यकार एवं कवि अनिल पौडयाल, युवा कवि भोजराज न्यौपाने निर्णायक रहेका थिए । उक्त प्रतियोगितामा प्रथम विजेता भ्याली भ्यु स्कुल काठमाडौकी समृद्धि पोख्रेललाई ८ हजार रुपैंयाँ, द्धितीय हुने पूर्णचण्डी स्कुल ललितपुरकी सानिया लामालाई ६ हजार रुपैंंया, तृतीय हुने पिस प्वाइन्ट एकेडेमी लालितपुरका सुभम कार्कीलाई ४ हजार रुपैंया र ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो । सान्त्वनातर्फ ग्रीनफिल्ड नेशनल स्कुल काठमाडौकी सुस्मिचा सापकोटा, सेन्ट जेभिएर स्कुल ललितपुरका इभान पोख्रेल, पिक प्वाइन्ट स्कुल काठमाडौका सारिका लिम्बु र कामना आवासीय मावि काठमाडौका अर्पण सिग्देलले पनि नगद १ हजार रुपैंयाँ र ट्रफी तथा प्रमाणपत्र पाएको नेशनल प्याव्सन काठमाडौका सञ्चार विभाग प्रमुख राजन श्रेष्ठले जानकारी दिएका छन् । विद्यार्थी, अभिभावक तथा अन्य साहित्यकारहरु गरी करिव ६ सय जनाको सहभागितामा भएको उक्त कार्यक्रमका सभापति बसन्तराज कार्कीले आगामी दिनमा शैक्षिक कार्यक्रमहरुका साथै बालबालिकाको थप प्रतिभा विकास गर्ने प्रकारका कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाए । नेशनल प्याव्सन काठमाडौका सचिव अमृत खड्काले कार्यक्रम सञ्चालन गरेका थिए ।

म जनता थिएँ जेल हाले, नरोत्तम नेता भएकाले माफी मागे पुग्यो : निर्देशक निरौला

समाचार


काठमाडौ -२१ वर्षअघि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई गोली हान्न तयार छु भन्ने अभिव्यक्ति दिएपछि बरिस्ठ कलाकार तथा निर्देशक मोहन निरौला पक्राउ परेका थिए ।

ठीक २१ वर्षपछि वागमती प्रदेशका कांग्रेस सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गोली हान्छु त भनेनन् तर गोड्से बन्न तयार छु भनेर हत्या गर्न तयार रहेको अभिव्यक्ति दिए ।

आजकालका धेरै मान्छेले मोहन निरौलालाई बिर्सिसकेका छन् । नरोत्तम वैद्यको विवादस्पद अभिव्यक्तिले फेरि कलाकार, निर्देशक निरौलालाई सम्झाइदिएको छ ।

निरौला पुरानो दिनलाई सम्झँदै भन्छन "वैद्य नेता भएकाले उनलाई राजनीतिक दबाबमा माफी मगाएपछि छाडिहाले, हामी जनतालाई सजाय गर्ने त हुन् । त्यसबेला म १५ दिन भूभिगत भएँ,अन्तिममा पक्राउ गरेर जेल हालेका थिए अदालतबाट छुटेँ ।"

के थियो त्यो घटना, जसले निरौलालाई भुमिगत बनायो ?
नेपालमा बहुदलीय व्यवस्था स्थापना भएको १० वर्षमै व्यवस्था बदनाम भइसकेको थियो । अहिले जस्तै दलहरुभित्र विकृतीले सरकार बन्ने र ढल्ने सांसद किनबेचका खेल भइरहेका थिए ।

एकातिर माओवादीले सशस्त्र युद्ध चलाइरहेको थियो भने अर्कोतिर वहुदलीय व्यवस्थाको विकृतिका कारण उत्पन्न जनताको असन्तुष्टीलाई दरबारले उपयोग गरिरहेको थियो ।

‘राजा आऊ देश बचाऊ’ अभियान चलाइरहेका एकजना अभियन्ता थिए मोहन निरौला । त्यसबेला चर्चित टेलिसिरियल र फिचर फिल्ममा समेत नाम कमाएका निर्देशक निरौला दरबार नजिकका मानिन्थे ।

तत्काली राजा वीरेन्द्रका भाइ पूर्व अधिराजकुमार धिरेन्द्र शाहसँग भित्रभित्रै माओवादीका नेताहरु पनि वार्तामा थिए । अधिराजकुमार पदवी खोसिए पनि दाजुको पक्षमा सक्रिय थिए ।

५७ सालमा राजावादी कलाकार मोहन निरौलाले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई आफैं गोली हान्न तयार भएको भनी भाषण गरेवापत उनी गिरफ्तार भएका थिए । उनी त्यसबेला परिवर्तन नेपाल नामक संस्थामार्फत राजालाई सक्रिय बनाउने गतिविधिमा संलग्न थिए । पर्यटन बोर्डको हलमा अधिराजकुमार धीरेन्द्र शाहको उपस्थिति रहेको कार्यक्रममा उनले त्यस्तो बोलेका थिए ।

निरौलाले भनेका थिए– गिरिजा भ्रष्टाचारी हो । यस्ता भ्रष्टलाई छानीछानी गोली हानुपर्छ । यसका लागि म तयार छु ।

प्रहरीले खोजेपछि उनी केही दिन भूमिगत भए । आइजिपी खरेलका दाइ तथा वरिष्ठ चलचित्रकर्मी यादव खरेलमार्फत गिरफ्तार नगर्ने कुरा मिलाएर उनी भूमिगत जीवनबाट निस्किए । तर, गृहमन्त्री खुमबहादुर खड्काको निर्देशनमा पुतलीसडक स्थित परिवर्तन नेपालको कार्यालयबाटै गिरफ्तार भएका थिए।

गिरिजाप्रसाद कोइराला अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली जस्तै थिए । कि त उनका समर्थकमात्र थिए कि त उनका विरोधीमात्र । एमालेले गिरिजा प्रसादलाई लाउडा विमान भ्रष्टाचार काण्डमा संलग्न भएको भन्दै ५७ दिन संसद अवरोध गरेको थियो भने सडक आन्दोलनमा केही एमाले कार्यकर्ताको ज्यान समेत गएको थियो ।

निरौलाले प्रधानमन्त्रीको हत्या गर्छु भनेपछि उनलाई प्रहरीले पक्राउ गर्न खोज्यो । उनी १५ दिनसम्म भूमिगत बसे । कोइराला समर्थकले उनलाई दरवारले लुकाएको आरोप समेत लगाएका थिए ।

त्यसबेला आइजीपी थिए अच्युतकृष्ण खरेल, जसको दरवारसँग खटपट थियो । अन्ततः उनलाई वडा प्रहरी कार्यालय सिंहदरवाारले पक्राउ ग¥यो । तर जिल्ला अदालत काठमाडौंले  छाड्ने आदेश दिएपछि आफू छुटेको त्यो समयलाई निरौला सम्झिन्छन् ।

निरौलालाई जिम्मा लिन कलाकार रविन्द्र खड्का गएका थिए, जो पछि राजा ज्ञानेन्द्रको शासनकालमा पनौतीको मेयर बने । अझ रोचक संयोग त के भने नरोत्तम वैद्यको अभिव्यक्तिलाई एमालेकै माधव नेपाल पक्षका नेता मेटमणी चौधरीले समर्थन जनाए जस्तै त्यसबेला पनि निरौलाको अभिव्यक्तिको समर्थन गर्दै तत्काली विद्रोही माओवादीका नेता डा.बाबुराम भट्टराईले कान्तिपुर दैनिकमा लेख लेखेका थिए ।

 

आयोडिनयुक्त नुनमा कमिशन र नाफाखोरलाई घुसाईनु निन्दनिय रहेको विपक्षी गठबन्धनको भनाई

समाचार


काठमाडौं- आयोडिनयुक्त नुनमा समेत सरकारले कमिशन र नाफाखोरलाई घुसाएको भन्दै विपक्षी गठबन्धनले सरकारको चर्को आलोचना गरेका छन् । पाँच राजनीतिक दल कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमालेको तर्फबाट वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाबाट दुर्गा पौडेलले शनिबार संयुक्त रुपमा विज्ञप्ति जारी गरी बजेटमार्फत् गरिएको  उक्त घोषणा कमिशन र नाफाखोरीलाई प्रश्रय दिने मनशायबाट भएको जिकिर गरेको हुन ।  विपक्षी गठबन्धनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘सरकारले हालै सार्वजनिक गरेको बजेट भाषण मार्फत सबै तह र क्षेत्रका जनताले उपभोग गर्ने आयोडिनयुक्त नुनमा अनुदान दिई आपुर्ती गरिरहेकोमा हालै सरकारले बजेट मार्फत कसैलाई फाईदा पुर्याउने तथा कमिशन र नाफाखोरीलाई प्रश्रय दिने मनशायबाट निर्णय गरेको छ ।’ 

साथै, गठबन्धनले सो निर्णय जनताको थाप्लोमा बोझ हाल्ने षडयन्त्र भएको ठोकुवा गर्दै उक्त निर्णय तत्काल फिर्ता लिन जोडदार माग समेत गरेको छ  ।  ‘यस्तो निर्णयबाट जनताले सुलभ रुपमा पाइरहेको आयोडिनयुक्त नुनमा समेत सरकारले कमिशन र नाफाखोरलाई घुसाएर त्यसको बोझ जनताको थाप्लोमा हाल्ने षडयन्त्र गरेको प्रति विरोध र निन्दा गर्दै यस्तो निर्णय तत्काल फिर्ता लिन हामी जोडदार माग गर्दछौ’ गठबन्धनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।    

त्यस्तै गठबन्धनले ढुंगा, गिट्टी र बालुवा निकासी गर्न चुरे क्षेत्र लगायतको उत्खनन् गर्ने घोषणा राष्ट्रघाती र जनघाती रहेकाले खारेज गर्न माग गरेका छन् भने प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा विचाराधीन रहँदा प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद पुनर्गठन गरी संवैधानिक तथा लोकतान्त्रिक मूल्य र मान्यताको उपहास गरेको बताएका छन् ।                          

 

काठमाडौं- अर्थविद डा. गोविन्द बहादुर थापाको ७४ बर्षको उमेरमा निधन भएको छ । कोभिड संक्रमणका कारण उपचाररत थापाको गए राती बाँसबारी स्थित गंगालाल अस्पतालमा निधन भएको हो । कोभिड संक्रमण भए पस्चात मे ७ तारिकमा अस्पताल भर्ना भएका थापालाई असहज हुँदै गएपछि दुई हप्ता अघि देखी भेन्टिलेटरमा राखेर उपचार गराउँदै आईएको थियो । थापाको आजै दाह संस्कार गरिने पारिवारीक स्रोतले जानकारी दिएको छ । थापाका श्रीमती एक छोरा र एक छोरी छन् । थापाको संक्षिप्त परिचय डा. गोविन्द बहादुर थापाको जन्म सन १९४८ मा कास्कीको पोखरामा भएको थियो । बरोडा विश्वविद्यालयबाट अर्थ शास्त्रमा विद्यावारिधि हासिल गरेका थापा नेपालका एक मुर्धन्य अर्थविदमा गनिन्छन् । लामो समय राष्ट्र बैंकमा उच्च तहमा रहेर काम गरेका थापाले भरतमोहन अधिकारी अर्थमन्त्री हुँदा २०५१ साल देखी अर्थ मन्त्रालयमा रहेर अर्थ सल्लाहकारको रुपमा कार्य गरेका थिए । त्यस्तै उनले मनिला स्थित एसियाली विकास बैंकको वैकल्पिक कार्यकारी निर्देशकको जिम्मेवारी समेत सम्हालेका थिए । पछिल्लो समय डा. थापा भरतमोहन अधिकारी स्मृति फाउण्डेसनको सल्लाहकारका रुपमा सकृय भूमिकामा थिए ।

समाचार


काठमाडौं- अर्थविद डा. गोविन्द बहादुर थापाको ७४ बर्षको उमेरमा निधन भएको छ ।  कोभिड संक्रमणका कारण उपचाररत थापाको गए राती बाँसबारी स्थित गंगालाल अस्पतालमा निधन भएको हो । कोभिड संक्रमण भए पस्चात मे ७ तारिकमा अस्पताल भर्ना भएका थापालाई असहज हुँदै गएपछि दुई हप्ता अघि देखी भेन्टिलेटरमा राखेर उपचार गराउँदै आईएको थियो । थापाको आजै दाह संस्कार गरिने पारिवारीक स्रोतले जानकारी दिएको छ । थापाका श्रीमती एक छोरा र एक छोरी छन् ।  

थापाको संक्षिप्त परिचय 

डा. गोविन्द बहादुर थापाको जन्म सन १९४८ मा कास्कीको पोखरामा भएको थियो ।  बरोडा विश्वविद्यालयबाट अर्थ शास्त्रमा विद्यावारिधि हासिल गरेका थापा नेपालका एक मुर्धन्य अर्थविदमा गनिन्छन् । लामो समय राष्ट्र बैंकमा उच्च तहमा रहेर काम गरेका थापाले भरतमोहन अधिकारी अर्थमन्त्री हुँदा २०५१ साल देखी अर्थ मन्त्रालयमा रहेर अर्थ सल्लाहकारको  रुपमा कार्य गरेका थिए ।  त्यस्तै उनले  मनिला स्थित एसियाली विकास बैंकको वैकल्पिक कार्यकारी निर्देशकको जिम्मेवारी समेत सम्हालेका थिए । पछिल्लो     समय डा. थापा भरतमोहन अधिकारी स्मृति फाउण्डेसनको सल्लाहकारका रुपमा सकृय भूमिकामा थिए ।  

 

Pakistan Embassy arranged a charted flight for repatriation of stranded Pakistanis from Nepal

समाचार


Kathmandu-Today Pakistan Embassy Kathmandu arranged a charted flight for repatriation of stranded Pakistanis from Nepal to Pakistan. Pakistanis who arrived Nepal for various purposes and in different time frame were stranded in Nepal after ban on international flights due to resurge in COVID-19 cases.

Charted flight of Himalaya Airlines H95891 from Kathmandu to Lahore, Pakistan not only enabled return of 62 Pakistanis but also facilitated rerun of 14 Nepalese Doctors who are studying in various medical institutions of Pakistan. Same aircraft will also bring back 14 Nepalese from Pakistan. Flight took off from TIA Kathmandu at 9:50 am is scheduled to return today around 4:00 pm.

नेपाली जनसम्पर्क समिति मलेसियामा पंगेनीको नेतृत्वमा नयाँ कार्यसमिति,उपसभापतीमा गौतम,शाह,टमाटा,थापा , महतो र ठकुरी

समाचार


काठमाडौ। नेपाली जनसम्पर्क समिति मलेसियाको तेश्रो अधिबेसन सम्पन्न भएको छ । नेपाली जनसम्पर्क समितीका सभापति चोलाकान्त पंगेनीको अध्यक्षतामा संपन्न भएको उक्त महाधिबेसनमा प्रमुख अतिथी नेपाली काङ्ग्रेसका उपसभापति एबं पुर्ब उपप्रधानमन्त्री बिमलेन्द्र निधी ,नेपाली काङग्रेसककी केन्द्रीय सदस्य तथा पुर्ब मन्त्री सुजाता कोईरालाको बिशीष्ट आतीथ्यता र अन्य अतिथिहरु नेपाली कांग्रेस केन्द्रीय सदस्य भिष्मराज आङदम्वे , नेपाली कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङ , नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं जनसम्पर्क समिति समन्वय प्रमुख गोविन्द भट्टराई , तरुणदल गण्डकी प्रदेश संयोजक एवं अधिबेसन प्रतिनिधि पुर्ण बहादुर गुरुङ,जनसम्पर्क समिति अमेरिकाका सभापति एवं नेपाली कांग्रेस केन्द्रीय आमन्त्रित सदस्य आनन्द बिष्टको उपस्थितिमा अधिबेसन संपन्न भएको थियो ।
नेपाली जनसम्पर्क समिति मलेसियाले विश्व व्यापीरुपमा फैलिएको कोरोना भाईरसलाई मध्यनजर राख्दै भर्चुअल अनलाईन मार्फत राष्ट्रिय अधिवेशन सम्पन गरेको हो । अधिवेशनले सभापतिमा चोलाकान्त पंगेनीलाई निरन्तरता दिदै पुनः अर्को कार्यकालको लागी सभापतिमा चयन गरको छ । अधिबेसनले सभापति चोलाकान्त पंगेनीको नेतृत्वमा सल्लाहकार सहित २७ जनाको नयाँ कार्यसमिति चयन गरेको छ । जसमा उपसभापतिमा कमल प्रसाद गौतम,महेन्द्र जंग शाह,टेक बहादुर टमाटा, विनोद बहादुर थापा ,राकेश कुमार महतो र चक्र मल्ल ठकुरी रहेका छन भने महामन्त्रीमा हरि कोइराला, सह– महामन्त्रीमा दिपक अधिकारी र कोषाध्यक्षमा जनक बहादुर बम चयन भएका छन । यसैगरी अधिबेसनबाट सदस्यहरुमा अञ्जु रेग्मी, चमेली लम्साल , गणेश राउत, घनस्याम चौधरी, जलान्धार उप्रेती, कुमार ओझा, नरेन्द्र लामा, उग्रेन गुरुङ, यज्ञ कुमार राइ, तेज कुमार राइ र निलकण्ठ अर्याल चयन भएका छन ।
यसैगरी सल्लाहकारहरुमा जितमान लिम्बू , सुमन याक्खा , जयराम तिमिल्सिना र राम कुमार राई चयन भएका छन । अधिबेसनले महासमिती सदस्यहरुमा चोलाकान्त पंगेनी , कमल प्रसाद गौतम , विनोद बहादुर थापा मनोनयन भएका छन भने महाधिवेशन प्रतिनिधिहरुमा महेन्द्र जंग शाह, सन्तोष रिजाल, राकेश कुमार महतो र टेक बहादुर टमाटा चयन भएका छन । कार्यक्रममा उपस्थित अतिथिहरुले उक्त महाधिबेसनको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

४३ औ टान दिवस तथा चौधौ सगरमाथा दिवसको अवसरमा टान- फुड बैँक शुभारम्भ

समाचार


काठमाडौं- ४३ औ टान दिवस तथा चौधौ सगरमाथा दिवसको अवसरमा टानले फुड बैँक शुभारम्भ गरेको छ ।सो अवसरमा ट्रेकिङ एजेन्सीज एशोसियसन अफ नेपाल (टान) का अध्यक्ष खुम बहादुर सुवेदीले बजेट आउनु पुर्व टानको तर्फबाट संघिय सरकार समक्ष आफ्न मागहरु पेश गरिएको जानकारी गराउदै राज्यले पर्यटन उद्योगले व्यहोर्दै आएको सास्ती र यस क्षेत्रका मजदुरहरुका सकसलाई बुझ्ने प्रयत्न गर्नुपर्ने बताए । हाल देशको पर्यटन उद्योग इतिहासमै कठिन मोडमा आईपुगेको उल्लेख गर्दै उनले प्रदेश सरकारले अभिभावकिय भूमिका निर्वाह गर्नुपर्ने खाँचो औल्याए । अध्यक्ष सुवेदीले टानबाट  पर्यटन मजदुरहरुको गर्जो टार्ने प्रयत्न स्वरुप फुड बैँक शुभारम्भ भएको  जानकारी दिदै पदयात्रा र पर्यटन सम्बद्ध सम्पूर्ण क्षेत्रका व्यवसायी लगायत शुभेच्छुकहरुले अप्ठ्यारो परिस्थितीका बाबजुद अभियानलाई सहयोग पुर्याउदै आएकामा धन्यवाद व्यक्त गरे । उनले जुन तहको सरकारले भए पनि पर्यटन व्यवसायीलाई २५ लाखसम्म सफ्ट लोन उपलब्ध गराउनुपर्ने धारणा राखे ।  उनले सगरमाथा नेपालको पर्यटन विकासको महत्वपूर्ण हिस्सा भएको बताउदै यसको संरक्षणमा सबै एक जुट हुनुपर्ने बताए ।

नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले सरकारसँग मजदुरको डाटा नरहेको र टानबाट पनि  एकिन तथ्यांक नपाउँदा राहत उपलब्ध गराउन समस्या भएको उल्लेख गर्दै आफु पनि व्यवसायीक पृष्ठभुमीकै भएकाले पर्यटन व्यपसायीको हितमा काम गर्न हरमग्दुर प्रयत्नशील रहने बताए ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीले बोर्डले चाहेर पनि बिषम परिस्थितीका कारण काम गर्न नसकेको उल्लेख गर्दै बोर्डसँग प्रशस्त  रकम छ भनेर नबुझीदिन सबैमा आग्रह गरे । साथै उनले गाउँपालिकाहरुसँग मिलेर कोभिड लगत्तै कार्यक्रम ल्याउने तयारीमा बोर्ड जुटेको जानकारी दिए ।                                           

कार्यक्रममा होटल संघ नेपालकी सिर्जना राणाले पर्यटन क्षेत्रको विकासका लागि रिसर्च, ट्रेनिङ र दिगो विकासलाई ध्यान दिनुपर्ने औल्याउदै सबै जना मिलेर अघि बढनुको विकल्प नरहेको धारणा व्यक्त गरिन ।  

सोटो नेपालका अध्यक्ष नारायण पराजुलीले टानले संचालन गरेको फुड बैँक  निकै राम्रो र शुभ कार्य रहेको बताउदै कोभिड संकटमा आफनो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।  

टानका निवर्तमान अध्यक्ष नवराज दाहालले टान  स्थापनामा भूमिका खेल्ने टानका संस्थापकहरु प्रति कृतज्ञता व्यक्त गर्दै एकै दिन परेको टान दिवस र सगरमाथा दिवसले खुशी प्रदान गरेको उल्लेख गरे । साथै उनले हाल सरकार नभएको आभाष भएको बताउदै टानले शुभारम्भ गरेको फुड बैंकलाई सबैले साथ दिनुपर्ने राय राखे ।  

कार्यक्रम  माझ पुर्व मन्त्री समेत रहेकी टानकी पुर्व अध्यक्ष यांकिला शेर्पाले २ बर्ष पर्यटक क्षेत्रको प्रबर्धनमा सरकारी खर्च नभइरहेको सन्दर्भ उल्लेख गर्दै हाल श्रमिकहरुलाई खाद्यान्नका अलवा आर्थिक सहुलियत दिनुपर्ने धारणा राखिन ।  

टानका पुर्व अध्यक्ष जेबि सिंहले मे २९ ले विश्वभर नेपाललाई चिनाउन ठुलो भूमिका खेलेको उल्लेख गर्दै हालसम्म आईपुग्दा     एभरेस्टका कारण अन्य हिमालहरुको पनि प्रचार प्रसार हुँदै आएको बताए । साथै उनले प्रदुषण र ग्लोबल वार्मिङको बिषयमा ख्याल राख्दै वैज्ञानिक खोजलाई अघि बढनुपर्ने कुरा राखे । उनले गत बजेट मार्फत दिने  भनिएको रकम ५-७ प्रतिशत मात्र दिइएको उल्लेख गर्दै रोजगारी दिएको भन्ने सरकारी दाबी समेत पारदर्शी नभएको बताए ।                                                         

टानका पुर्व अध्यक्ष सुमन पाण्डेले सन १९५३ मा पहिलो पटक सगरमाथाको सफल आरोहणले ठुलो अर्थ बोक्दै आएको स्मरण गर्दै यसले साहसिक पर्यटनको अवसरको ढोका खोलेको बताए ।  साथै उनले सन १९९० देखी सगरमाथाको वातावरणिय प्रभावको बिषयमा बहस चलेको र यसले नेपालको पर्यटन क्षेत्रको साँख धुमिल पार्ने चिन्ता बढदै नै गएको बताए ।  

टानका पुर्व अध्यक्ष दिपक महतले महामारीले सोचे भन्दा लामो समय असर पारेकाले सम्बन्धित क्षेत्रबाट राहतको लागि पहल हुनुपर्ने राय राख्दै बाँच र बचाऔ भन्ने भावनाका साथ टानको फुड बैँकको अवधारणा आउनु राम्रो पक्ष रहेको बताए ।  साथै अरु बेला लिने सरकारले महामारी जस्तो प्रकोपले निम्त्याएको  परिस्थितीमा दिन सक्नु पर्ने धारणा राखे ।  

टानका पुर्व अध्यक्ष महेन्द्र थापाले टिम्स कार्डको काम छिटो सम्पन्न हुन सकोस भन्दै प्रदेश सरकारले पर्यटन विकासमा महत्वपूर्ण  भूमिका खेल्न सक्ने आशय व्यक्त गरे ।  

टानका पुर्व महासचिव मोहन लम्सालले टानले श्रमिकहरुलाई लक्षित गर्दै फुड बैंक संचालन गरेकोमा सर्हाना गर्दै पर्वतारोहणका श्रमिकहरुबाट कर उठाउने कार्य उचित नभएको  धारणा समेत राखे ।  

कार्यक्रम  माझ सगरमाथा आरोही  जाङ्बु शेर्पाले गत मे १० तारिकमा आफुले सगरमाथाको शिखरमा टानको झन्डा फहराउन पाएकामा गौरव महशुश गरेको उल्लेख गर्दै कोभिड  संक्रमण भएर निको भए लगत्तैको आरोहण बीच आफुले व्यहोरेका सास्ती बारे वर्णन गरेका थिए ।  

टानका कार्य समिती सदस्य  ठाकुर सापकोटाले कार्यक्रममा  उपस्थित भएर विचार सम्प्रेसण गर्दै मार्ग निर्देशन गरेको बताउदै उपस्थितीका लागि धन्यवाद दिए ।  

टानकी महासचिव सरिता लामाले कार्यक्रम संचालकको भूमिका निर्वाह गर्दै पर्वतारोहीहरुलाई प्रोत्साहन गर्ने राज्य चुकिरहेको बताईन् ।  

ट्रेकिङ एजेन्सीज एशोसियसन अफ नेपाल (टान)का अध्यक्ष  खुम बहादुर सुवेदीको सभापतित्व माझ आयोजित भर्चुअल  कार्यक्रममा बागमती प्रदेशका  उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री सरेश नेपाल, सचिव  डा. सिन्धु ढुङ्गाना, पर्यटन बोर्डका अधिकारी, टान कार्यसामितीका वर्तमान कार्यसमिती पदाधिकारी एवम् सदस्यहरु, पुर्व अध्यक्ष एवम् महासचिव, अन्य अग्रज पर्यटन व्यवसायी, संचारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

 

Meeting between Nepali Ambassador and Pakistani MP held on Islamabad

समाचार


Kathmandu-Nepal Ambassador to Pakistan Mr. Tapas Adhikari paid a courtesy call on the Senator Dr. Shahzad Waseem, Leader of House at his chamber in the Parliament of Pakistan in Islamabad. During the call on, they discussed the matters related to Nepal-Pakistan relations, SAARC and regional cooperation and ways to further strengthen it.

Similarly, Ambassador also paid a courtesy call on Sardar Muhammad Israr Tareen, Convener of the Pakistan-Nepal Parliamentary Friendship Group at the Parliament of Pakistan. Pakistan-Nepal Parliamentary Friendship Group is a 106-member friendship group of Lower House of Pakistan. During the call on, they discussed the matters related to Nepal-Pakistan bilateral relations, cooperation between two parliaments, bilateral trade, investment, tourism, cultural cooperation and bilateral exchanges between two countries to further strengthen the relations.