generalnews
||Power News Asia||

आजको समाचार

अनिल खनालको तीज गीत ‘नाच संगी’ बजारमा

समाचार


काठमाण्डौ  - लोकप्रिय गीतकार एवम् संगीतकार अनिल खनालको तीज गीत ‘नाच संगी’ बजारमा आएको छ । गीतकार अनिल खनालको शब्द रहेको गीतमा संगीत र एरेन्ज भने दिपेन्द्र बुढा क्षेत्रीको पाउन सकिन्छ ।यस गितमा गायिका टीका प्रसाईं र गगन सिंहले स्वर दिनुभएको छ । म्युजिक भिडियोमा साया भन्डारी, दुर्गा तामाङ, अरुण श्रेष्ठ र काजी एसिको नृत्य रहेको छ । उक्त म्युजिक  भिडियो निर्देशन निरेन श्रेष्ठले, छायांकन रामकृष्ण चौलागाईंले र सम्पादन सुजन कोइरालाले गरेका छन् । गीत OSR DiGITAL  युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।पछिल्लो पटक गीतकार खनालले आशा बिसीसँगको सहकार्यमा तीज गीत ‘छोरीको करिम’ बजारमा ल्याएका थिए । उक्त गित लगत्तै नयाँ गित लिएर खनाल नेपाली बजारमा फेरी आउनुभएको हो ।

 

प्रधानमन्त्री देउवाद्वारा डा. उपाध्यायलाई गिनिज बुक अफ वल्र्ड रेकर्डको प्रमाणपत्र हस्तान्तरण

समाचार


काठमाडौं - डा. डीआर उपाध्यायले एकै दिन ३६ राष्ट्रिय दैनिकमा लेख प्रकाशित गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा रेकर्ड दर्ता गराउनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार डा. उपाध्यायलाई उक्त रेकर्ड हस्तान्तरण गर्नुभएको हो । प्रधानमन्त्री निवास बालुवाटरमा गरिएको संक्षिप्त कार्यक्रममा डा. उपाध्यायलाई प्रधानमन्त्री देउवाले विश्व रेकर्ड हस्तान्तरण गर्नुभएको होे । सो अवसरमा गिनिज बुकको मिडिया को–अर्डिनेटरको प्रमाणपत्र हिमालय टाइम्सका कृष्ण भुसाल, प्राइम टेलिभिजनका नरेश भट्टराई, राजधानी दैनिकका डब्बु क्षेत्री, मिलाप मासिककी कार्यकारी सम्पादक गीता अधिकारी र राष्ट्र खबरका राज लुईंटेललाई प्रधानमन्त्री देउवाले प्रदान गर्नुभएको थियो ।

विश्व कीर्तिमानी डा. उपाध्यायका बारेमा सञ्चारकर्मी नरेश भट्टराईले संक्षिप्त जानकारी प्रधानमन्त्रीसमक्ष राख्नुभएको थियो । प्रधानमन्त्री देउवाले डा. उपाध्यायको यस कार्यका लागि बधाई तथा शुभकामना दिनुभएको थियो । मिलापको संयोजनमा गरिएको कार्यक्रममा साहित्यकार गणेश सुवेदीलगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । डा. उपाध्यायले नेपालमा भएका विभिन्न दैनिकमा २०७८ साल असार १५ गते मंगलबार तदनुसार २९ जुन २०२१ का दिन ‘महिला हिंसाको कारण र न्यूनीकरण’ शीर्षकमा एक हजार ५१ शब्दको लेख ३६ राष्ट्रिय दैनिकमा प्रकाशित गर्नुभएको थियो । यसअघि यो विश्व रेकर्ड बेलायतका क्रिस जिगरको नाममा रहेको थियो । जिगरले क्यान्सर जागरुकताका बारेमा लेख प्रकाशन गर्नुभएको थियो । उहाँका १९ राष्ट्रिय दैनिकमा लेख प्रकाशित भएको थियो ।

‘मैले कायम गरेको यो विश्व रेकर्ड नेपालको गौरव बढाउने उद्देश्यका लागि होे’, डा. उपाध्यायले भन्नुभयो । डा. उपाध्यायले यसअघि गीतसंगीत तथा विभिन्न विधामा ५१ विश्व रेकर्ड कायम गरी नेपालको गौरव बढाउनुभएको छ । उपाध्यायका एक दर्जनजति उपन्यास प्रकाशित छन् भने तीन गीतिसंग्रह प्रकाशित छन् । यस्तै उहाँका २४ एल्बमका सयौं गीत श्रोता÷दर्शकमाझ रहेका छन् ।

उर्मिला श्रेष्ठ नेतृत्वको नेपाल महिला चेम्बरको कार्यसमिति गठन

समाचार


काठमाडौं- नेपाल महिला चेम्बर कार्य समिति गठन भएको छ । नेपाल  चेम्बर अफ कमर्शकी कार्य समिति उपाध्यक्ष उर्मिला श्रेष्ठ अध्यक्ष रहेको नेपाल महिला चेम्बरको नव गठित कार्य समितिमा महासचिव तर्फ लिमा अधिकारी तथा कोषाध्यक्षमा चारु सिखारिया तथा सल्लाहकारहरुमा क्रमश अन्जना ताम्राकार, सान्ती लक्ष्मी शाक्य, निलम ताम्राकार,सोफी उपाध्याय तथा सदस्यहरुमा क्रमस: राजलक्ष्मी सिंह,जानकी प्रधान श्रेष्ठ, कोहिनुर श्रेष्ठ, स्वरुपा श्रेष्ठ, रज्जु तण्डुकार, विना प्याकुरेल, कल्पना देवि पिया श्रेष्ठ र अदिति गोयल रहेका छन्  । 

नेपाल महिला चेम्बरको नवगठित समितिका पदाधिकारी, सल्लाहकार एवम् सदस्यहरुलाई  नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बुधबार मनोनयन पत्र प्रदान गरेका छन् । 

सो अवसरमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपाली महिलाहरुको आर्थिक उत्थान हुन सकेमा समृद्धि हाशिल गर्न सकिने भएकाले नव गठित महिला चेम्बरले महिला उद्यमशीलता विकास तर्फ ध्यान दिनु पर्ने बताए । 

नव गठित समितिमा महिलाहरुको आर्थिक सशक्तीकरण अभियानमा अनुभव हासिल गरेका पदाधिकारी तथा सदस्यहरुको प्रतिनिधित्व भएकोले नेपाल महिला चेम्बरको रचनात्मक कार्यमा योगदान प्राप्त हुने अपेक्षा राख्दै अध्यक्ष मल्लले कार्यकालको सफलताको कामना गरे ।  

आज आयोजित मनोनयनपत्र वितरण कार्यक्रममा चेम्बर अफ कमर्शकी कार्य समिति उपाध्यक्ष समेत रहेकी नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ समेत उपस्थिती रहेको थियो ।

स्पाइनी ब्याब्लर फिल्म फष्टिवल २०२१ भव्य रुपमा सम्पन्न

समाचार


काठमाण्डौ – स्पाइनी मुभिज प्रा.लीको प्रस्तुतीमा आयोजना गरिएकोे स्पाइनी ब्याब्लर फिल्म फेष्टिवल २०२१ मा पाकिस्तान, फिलिपिन्स, भारत, अमेरिका, जापान, क्यानेडा, श्रीलंका, बंगलादेश लगायतका देशहरुबाट १२५ भन्दा बढी लामा तथा छोटा चलचित्रहरुको सहभागीता रहेको थियो । फेष्टिवलमा कुईनेटो लगायत अन्य लामा तथा छोटा चलचित्र र डकुमेन्ट्रिहरु सर्वोत्कृष्ट बन्न सफल भएका छन् । राजधानीमा अगष्ट १८ मा सम्पन्न गरिएको कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, बरिष्ठ चलचित्र लेखक, निर्देशक एवं कलाकार मोहन निरौला, नायक धिरेन शाक्य, बिजय रत्न तुलाधर, बरिष्ठ गीतकार तथा पत्रकार शान्तिप्रिय , पत्रकार सुमन बैरागी, सुर्यचन्द, ज्योती प्रकाश लगायत नेपाली चलचत्रि तथा गीत संगीत क्षेत्रमा कार्यरत कलाकर्मीहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

नेपाली चलचित्रको प्रवद्र्धन लागी विभिन्न कार्यक्रहरु आयोजना गर्दे आएको स्पाइनी मुभिज प्रा.ली. ले नेपाली चलचित्रहरुलाई अन्तराष्ट्रिय स्तरसम्म लैजाने र आफ्नो कला संस्कृतिलाई विश्वसामु चिनाउने उदेश्य लिएर पहिलो पटक यस किसिमको फेष्टिवलको आयोजना गरेको आयोजक समितिका अध्यक्ष डा. हुस्नेत आजादले बताएका छन् । गत मे १ मा सम्पन्न हुन पर्ने कार्यक्रम कोभिड १९ का कारणले स्थगित भएको थियो । सिमित कलाकर्मी र संचारकर्मीहरुको विचमा अगष्ट १८ मा एक समारोहका विच कार्यक्रम समापन गरिएको थियो

अन्तराष्ट्रिय अवार्ड विजेता सर्ट फिल्म
र्टोटड : डायरेक्टर अफ फोटोग्राफी (पाकिस्तान)
नक : सर्वोत्कृष्ट अन्तराष्ट्रिय स्क्रिप्ट (फिलिपिन्स)
हाउसब्रेकिंगः  सर्वोत्कृष्ट अन्तराष्ट्रिय लघु फिल्म (भारत)
हाउस ब्रेकिंगः सर्वोत्कृष्ट अन्तराष्ट्रिय निर्देशक (भारत)

राष्ट्रिय वृत्तचित्र अवार्ड विजेता
२०९७ साल (सर्वोत्कृष्ट छायांकार) :दिपेन महर्जन र मोहन कुमार
ओसिस –सर्वश्रेष्ठ राष्ट्रीय लघु वृत्तचित्र : (जैस्पर न्यौपाने, रस्मिता लिम्बु)
काठमांडू देखी गोक्यो सम्म ट्रेकिंग : (सर्वोत्कृष्ट राष्ट्रीय वृत्तचित्र फिल्म पर्यटन)  - निर्देशक माधब राज खरेल, निर्माताः कमला जोशी र पूर्ण राइ)

राष्ट्रिय चलचित्र अवार्ड विजेता
लम्फू : सर्वोत्कृष्ट अभिनेता – संजीत भंडारी
लक्ष्मी पूजा : सर्वोत्कृष्ट निर्देशक – समीर मियाँ
कुईनेटो : सर्वोत्कृष्ट छायांकार – जीवन पराजुली
कुईनेटो : सर्वोत्कृष्ट चलचित्र – निर्देशक माधव राज खरेल/ नायक श्रीदेब भट्टराई 

राष्ट्रिय लघु चलचित्र अवार्ड विजेता
बिस्कुन : सर्वोत्कृष्ट नेशनल इंस्पिरेशनल – गणेश उपाध्याय
फागुनिया : सर्वोत्कृष्ट निर्देशक –सरिता शाह
जनको जुत्ता : सर्वोत्कृष्ट नेशनल मोटिवेशनल – केदार श्रेष्ठ
प्रिष्टः सर्वोत्कृष्ट स्क्रिप्ट लेखन – तिल थापा मगर
द रेड मून : सर्वोत्कृष्ट छायांकार – रबिन श्रेष्ठ र लुजाव सिंह
वार आफ्टर वारः सर्वोत्कृष्ट राष्ट्रिय लघु चलचित्र –– राजेश श्रेष्ठ
वेदानाः सर्वोत्कृष्ट कृषि लघु चलचित्र – अशोक पाठक
कन्फिडेन्सः सर्वोत्कृष्ट एजुकेशनल लघु चलचित्र – डा. नजीम सेख

सम्मान
चलचित्रकर्मी सम्मान : ऋषि लामिछाने
संचारकर्मी सम्मान: विष्णु सुवेदी
चलचित्रकर्मी सम्मान : लक्ष्मण सुवेदी

निर्णायक समुह
शिव परियार : पाश्र्व गायक
गोपाल ढकाल : कमेडी अभिनेता
जिवन थापा : चलचित्र लेखक/ निर्देशक
दयाराम घिमिरे : बृत्तचित्र निर्देशक एवं संचारकर्मी
रविचन्द्र कोईराला : छायांकार
आयुष श्रेष्ठ : लेखक तथा निर्देशक
भुुपेन्द्र अधिकारी : चलचित्र सम्पादक
सुरज पौडेल : गायक
अच्युत बजगाई : भिज्युअल ईफेक्ट आर्टिष्ट
साहिल खान : चलचित्र सम्पादक

टप सेक्रेट पोएट्री तथा स्टोरी टेलिङ भर्चुअल प्रतियोगिता आयोजना हुँदै

समाचार


काठमाडौँ — भाद्र १, २०७८। 

टप सेक्रेट नेपाल पेजेन्ट हवको आयोजनामा विराटनगरमा पोएट्री तथा स्टोरी टेलिङ प्रतियोगिता आयोजना हुने भएको छ । कोरोना संक्रमणका कारण आक्रान्त रहेको परिस्थितिमा भर्चुअल माध्यमबाट गर्न लागिएको प्रतियोगितामा जुनसुकै विद्यालय वा कलेजमा अध्ययनरत युवा/युवतीले सहभागिता जनाउन पाउनेछन । 

समाजमा देखिएका/भोगिएका विभिन्न विषयहरु समावेश गरी कविता तथा कथा वाचन मार्फत युवा/युवतीहरुमाझ रहेको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउन उक्त प्रतियोगिताको आयोजना गरिएको आयोजक युवराज बुढाथोकीले जनाएका छन। 

भर्चुअल माध्यमबाट गरिने भनिएको उक्त प्रतियोगितामा सहभागी हुनको निमित्त प्रतितियोगीहरुले घरै बसीबसी आफुमा रहेको कलालाई भिडियोमा कैद गरी पठाउनुपर्ने आयोजक संस्थाकी संयोजक इसु पन्तले जनाईन। 

प्रतियोगिताका विजेतालाई आकर्षक उपहारको साथसाथै ट्रफी, प्रमाणपत्र र अन्य बिभिन्न अवसरहरु प्रदान गरिने आयोजक बुढाथोकीले जनाएका छन । 
 

भारतीय युथ स्पोर्ट्स काउन्सिलद्वारा पोल बल हस्तान्तरण

समाचार


काठमाडौं -भारतीय स्पोर्ट्स काउन्सिलले गोर्खा पोलब्रेकर्स संघ नेपाललाई पोल बल हस्तान्तरण गरेको छ । युथ स्पोर्ट्स क्लब इन्डियाको सहयोगार्थमा शनिबार गोर्खा पोलब्रेकर्स संघलाई पोल बल हस्तान्तरण गरिएको हो । भारतीय युथ स्पोर्ट्स काउन्सिलका अध्यक्ष दीपक कडारियाले गोर्खा पोलब्रेकर्स संघका संस्थापक अध्यक्ष उद्धवनारायण श्रेष्ठलाई ५ सय बल हस्तान्तरण गरेका थिए ।

वीरहरुको देश नेपालमा जन्मिएको व्यक्तिसँग जोडिन पाउँदा निकै खुसी लागेको र त्यसमा पनि सहयोग गर्न पाउँदा आफूलाई निकै भाग्यमानी ठानेको भारतीय युथ काउन्सिलका अध्यक्ष कडारियाले बताए । अहिले पोलब्रेकर्स खेल नेपाल, भारत, भुटान, कतार र अमेरिकामा गरी पाँच देश पुगेको नेपाल पोलब्रेकर्स संघका अध्यक्ष श्रेष्ठले बताए । बिस्तारै यो नेपाली खेल विश्वभर फैलिएर नेपाल र नेपालीको नाम विश्वभर चम्किने अध्यक्ष श्रेष्ठको विश्वास छ । ‘अर्को वर्ष कोरोना महामारी कम भयो भने दक्षिण एसियाली राष्ट्रबीच पोलब्रेक प्रतियोगिताको आयोजना गर्ने तयारी गर्छौं,’ संघका अध्यक्ष श्रेष्ठले भने ।

पाँचौ काठमाण्डौ सर्ट फिल्म फेस्टा भव्य रुपमा सम्पन्न

समाचार


काठमाण्डौ- पाँचौ काठमाण्डौ सर्ट फिल्म फेस्टा –२०२१को अवार्ड कार्यक्रम सम्पन्नभएको छ । छायाँछबि क्रियशनको आयोजनामानियमित सम्पन्नहुँदै आइरहेको काठमाण्डौ सर्ट फिल्म फेस्टा कोरोना महामारीका कारण केहि पछि आयेजना गर्न सकिएको र कोरोनाका कारण सानो स्तरमा आयोजना गर्न परेको आयोजक संस्था छायाँछबिले जनाएको छ ।
पाँचौ काठमाण्डु सर्ट फिल्म फेस्टा आयोजित समारोहमाचलचित्रविकाशबोर्डका अध्यक्षदयारामदमहालप्रमुखअतिथि थिए । प्रमुखअतिथिको आसनबाट बोल्दै दाहालले चलचित्रउद्योगको वर्तमानअवस्था र चलचित्रको बिकासमा अब के गर्नु पर्छ भन्ने विषयमाबोले । यस्तै समारोहमावरिष्ठ चलचित्र लेखक÷निर्देशकएवं नेपालचलचित्रकलाकार संघका उपाध्यक्ष मोहन निरौला, वरिष्ठ अभिनेताधिरेन शाक्यएवं अवार्ड जुरी संयोजकऋषि लामिछाने विशिष्ट अतिथिका रुपमाथिए ।
समारोहमाआयोजक संस्था छायाँछबि क्रियशनकाअध्यक्षशान्तिप्रियले स्वागत राख्दै सर्ट mिल्म फेस्टा तथाफिल्मीखबर सबिन स्मृति रंग पत्रकारिता पुरस्कारका बारेमा प्रस्ट्याएकाथिए । कोरोना महामारीका कारण कार्यक्रम ढिलो आयोजना गर्नुपरेको बताए । पाँचौ पटक आयोजना गरिएको सर्ट फिल्म फेस्टा विगत देखि हरेक दुइ÷दुई वर्षमा आयोजनाहुँदै आएकोमा आगामीदिनमा हरेक वर्ष प्रदान गरिने पनिजानकारी गराए ।समारोहमाप्रविशाप्रकाशनप्रा.लिकाअध्यक्ष बरिष्ठ चलचित्रकर्मी एवम् राप्रपाका नेताप्रदिपकुमार उदयले गरेका थिए । उदयले वर्तमान कोरोना कहर र चलचित्रउद्योगकाबारेमा मन्तब्य राखेका थिए ।
पाँचौं काठमाडौं सर्ट फिल्म फेष्टामा सहभागी सर्ट फिल्मतथा डकुमेन्ट्री मध्ये अवार्डेड चलचित्रकर्मीलाई सो समारोहमा अवार्ड प्रदान गरिएको थियो । नवराज बु्ढाथोकीनिर्देशितहाउस हजवेण्डले इन्करेजमेण्ट अवार्ड, लक्ष्मण सुबेदीनिर्देशित मेहन्दीको रङ्गलाई बेष्ट कन्सेप्ट स्कृप्टको अवार्ड दिपेन्द्र लामानिर्देशित सावधानलाई पब्लिकच्वाइस अवार्ड, सरोज खनालनिर्देशितबिहानीमै अस्ताएको सूर्यलाई जुरी अवार्ड, कल्याण अधिकारीलाई सर्ट फिल्मनिर्देशकको अवार्ड, पुरन जोशीनिर्देशितमह्ःपुजालाई उत्कृष्ट डकुमेण्ट्री एवम् अभिनवश्रेष्ठ निर्देशित स्वीट सिक्सटिनलाई उत्कृष्ट सर्ट फिल्म अवार्ड प्रदान गरिएको थियो ।
यसै समारोहमा बरिष्ठ रंग पत्रकार सविनशाक्यको स्मृतिमा स्थापितएवम् फिल्मीपत्रिकाफिल्मीखबरको नाममा स्थापना गरिएको फिल्मीखबर–सविन स्मृति रंग पत्रिकारिता पुरस्कार समेत प्रदान गरियो । १० हजार १० रुपैयाँ सहितको यो पुरस्कारमा विगत डेढ दशक देखि रंग पत्रकारितामा संलग्न रही समग्र चलचित्र, संगीतएवम् यस क्षेत्रको विकास योगदान पु¥याएवापत सुमन बैरागीलाई यो पुरस्कार प्रदान गरिएको थियो । सुमन वैरागीम्युजिकखबर डटकमसँग आवद्ध छन् ।
समारोहमा सर्ट फिल्म फेष्टाका जुरीहरु प्रवण भुषाल, सुवास बुढाथोकी, रेनिस फागो, गोपाल ढकाल एवम् जुरी संयोजकऋषी लामिछानेलाई प्रमाण पत्रप्रदान गरियो ।कार्यक्रमको सञ्चालन समिर लामाले गरेका थिए ।

झरी सृँखलामा डब्बुको नयाँ गीत अलिफ र सरितासँग

समाचार


काठमाडौं - गीतकार डब्बु क्षत्री झरी सम्बन्धि नयाँ गीत असारै मास।।।९झरी० लिएर आएका छन् । यो गीतको भिडियोलाई बुढासुब्बा डिजिटलको युट्युव च्यानलबाट रिलिज गरिएको छ । ७ वर्ष अघि झरी सम्बन्धि गीति संग्रह झरी ल्याएका गीतकार डब्बु क्षत्रीको यो झरीको नयाँ सृँखला हो ।
भोगटे गीतबाट हिट भएका गायक अलिफ खान र गायिका सरिता भारतीले यो नयाँ गीत असारै मात्र।।।लाई गायका छन् । अलिफ खान पछिल्लो पुस्ताका रुचाईएका लोक गायक हुन् । सरिता र अफिलले लुडो र तास गीत पछि दोश्रो पटक यो गीतमा सँगै काम गरेका हुन् । गीत निकै राम्रो बनेको गायक अलिफको भनाई छ ।
यो गीतमा युवा सँगीतकार तथा सँगीत संयोजक राजेन्द्र बजगाईंको संगीत रहेको छ । यो गीतको सँगीत सँयोजन पनि राजेन्द्रले नै गरेका छन् । यसको सँगीत कर्णप्रिय बनेको छ । मनोज परियारलाई यो गीतलाई मिक्सिङ गरेका हुन् ।
यो गीतको भिडियोमा अभिनेता प्रदीप बास्तोल र गायिका सरिता भारतीले मोडलिङ गरेका छन् । यो लोक भाकाको गीतमा प्रदीप र सरिताको नृत्य एवम् अभिनय आकर्षका छ । आफुहरुले दर्शकबाट राम्रो प्रतिक्रिया अहिले भिडियोबाट पाईरहेको अभिनेता प्रदीपले बताए । यसपटक आफुले यो गीतको भिडियोमा बिगतको भन्दा केही राम्रो नृत्य गरेको सरिताको भनाई छ ।
भिडियोलाई गीतकार डब्बु क्षत्री आफैंले निर्देशन गरेका हुन् । यस अघि वर्षात ऋतु तथा झरी सम्बन्धि आठ वटा ७ वटा गीत ल्याईसकेका क्षत्रीको यो आठौं झरी गीत हो । उनका अर्को पनि झरी गीत तयार छ ।
गीतको भिडियोलाई अग्रज नृत्य निर्देशक सुवास बुढाथोकीले कोरियोग्राफी गरेका हुन् । टंक केसीको छायाँकन रहेको यो गीतलाई सम्पादक सुरेश कुमार राउतले सम्पादन गरेका हुन् । जसमा दिलमायाँ मगरको ड्रेस डिजाईन, शोभा श्रेष्ठको सृँगार छ ।

 

निकिसा, प्रिया र प्रमिसा एसईई सुन्दरी घोषित

समाचार



अभ्यानी प्रोडक्सनको आयोजनामा सुरक्षा मापदण्ड अपनाउंदै मिस्टर एण्ड मिस नेपाल एसईई २०२१ को ग्राण्ड फिनाले काठमाडौमा समपन्न भएको छ । उक्त आयोजनमा मिस तर्फको उपाधि निकिसा खड्काले चुमेकी छिन् साथै उनले मिस क्याटवाक पनि हात पारिन्। प्रिया गौतमले फस्ट रनर अप र वेस्ट फिगरको उपाधि हात पारिन्। त्यसैगरी  प्रमिसा सेजुवाल सेकेन्ड रनर अप हुन सफल भएकी छिन्।
मिस्टर तर्फको उपाधि भने सविन निरौलाले जिते, उनले मिस्टर मल्टिमिडिया र ह्यान्डसम विथ परपोस को उपविधा पनि जित्न सफल भएका छन्। फस्ट रनर अपको उपाधि अपुर्व गौतमले जितै साथै उनले मिस्टर ट्यालेन्ट पनि हात पारेका छन्। त्यसैगरी रिन्जिन स्यानंबोले सेकेन्ड रनर अप उपाधि हात पारे र भ्युअर्स च्वाइस अवार्ड पनि जितेका छन्। 

प्रोभिन्सतर्फको उपाधिमा प्रोभिन्स १ मा पेमा डोल्मा तामांग, प्रोभिन्स २ मा सुभेक्षा लामा, प्रोभिन्स ३ मा प्रिन्सा आचार्य, प्रोभिन्स ४ मा दिक्षा थापा मगर र प्रोभिन्स ५ मा पुजा वस्याल विजेता धोषित भएका छन्। 

अभ्यानी प्रोडक्सनको ब्यानरमा आयोजित उक्त कार्यक्रममा राप्रपा महामन्त्री तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र लिंगदेन मुख्य अतिथिको रुमा हुनुहुन्थ्यो भने निर्णायक भुमिकामा मोटिभेसनल स्पिकर रोहित मल्ल, सिनियर कोरियोग्राफर महेश केसी, एस. पि. एम कृयसनको संस्थापक अध्यक्ष पवन आचार्य, संचारकर्मी तथा मोडेल प्रमिला कार्की, नेक्स्ट टप मोडेल अफ नेपाल २०१६ कि विजेता पुजा गिरी तथा फेसिनेटेड व्युटि पार्लरकी संचालक तथा व्युदि एक्सपर्ट लक्ष्मी महत रहनुभएको थियो। 

उक्त कार्यक्रमलाई सम्पन्न गर्नका लागि सहयोगी भूमिकामा फेसन पेन्ट्स, एसपिएम कृयसन, ए.आई.टि.म कलेज, द चान्डवाग कलेज, ब्लुबर्ड कलेज, थ्रि एम, सिम्पान,कास्टमण्डप , फेसिनेटेड व्युटि पार्लर, ग्लोबल अनलाइन पे रहेका थिए। विषम परिस्थितिका वावजुत पनि कार्यक्रम सफल भएकाले आफूमा थप उर्जा प्राप्त भएको र यस्तै अभिमुखीकरण कार्यक्रमहरु फेरि प्रस्तुत गर्ने अभ्यानी प्रोडक्सनको संस्थापक अध्यक्ष अभिविन्द खनियाले जानकारी दिनुभयो। 

२० दिनसम्म विभिन्न सुरक्षा मापदण्ड भित्र रही सन्चालन गरिएको व्यक्तित्व अभिमुखीकरण , जिवन कौशल कला र मोडलिंग सम्वन्धी उक्त तालिम कार्यक्रममा कोरियोग्राफरको भूमिकामा रोजिन शाक्य, अफिसियल फेसन डिजाइनर सिमोन पन्डित, प्रोजेक्ट डाइरेक्टर अनिकेत अधिकारी, डान्स कोरियोग्राफरको भुमिकामा सुजन श्रेष्ठ, र मुख्य व्यवस्थापकको भूमिकामा सौरभ चौधरी रहेका थिए।

मौलिक तीज गीत ‘दिदिबहिनी’ सार्वजनिक

समाचार


काठमाण्डौ -पछील्लो समय छक्का पञ्जा सिरिजको चलचित्रबाट नाम र दाम कमाएकी अभिनेत्री दिपा श्री निरौलाको अभिनय तथा निर्देशन रहेको मौलिकता झल्काउने तीज गीत ‘दिदीबहिनी’ सार्वजनिक भएको छ ।

आज भोली पहिलेको जस्तो तीज गीतहारु आउनै छाडे, तीज भनेको नारीहरुको महान चाड हो, यसले देशको संस्कृति, नारीहरुको सभ्यता झलकाउंछ । तर आज भोली त्यस्तो गीतहरु कमै मात्र बन्ने गरेको छ, अभिनेत्री दिपा श्रीले तेजनेपाललाई बताईन । हामीहरुले यस्पाली भने तीजको मौलिकता झल्काउने भिडियो बनाउने कोशीस गरेका छौं जसलाई दर्शकहरुले मनपराईदिनु हुन्छ भन्ने आशा रहेको कुरा पनि निर्देशक निरौलाले थपिन ।

भिडियोमा दिदीको रुपमा स्वयम अभिनेत्री दिपा श्री देखा परेकि छिन भने उनलाई बहिनी बनेर नायिका रजनी के सिले साथ दिएकी छिन । त्यस्तै अभिनेता निर्मल शर्मा ‘गैंडा’, गजित विष्ट, सुमा गिरी भान्जा, कमला लामिछाने लगायतको पनि अभिनय देख्न सकिन्छ । भिडियोलाई सह निर्देशन निर्मल शर्माले गरेका हुन भने वरिष्ठ छांयाकार राजु के सिको छांयाकन, गजित विष्टको कोरियोग्राफी, सँगम विष्टको सह कोरियोग्राफी, टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

शान्ति श्री परियार, लक्ष्मी मल्ल र श्री कृष्ण बम मल्लको स्वरले सुसज्जित गीतमा स्वयम गायक मल्लकै शब्द संगीत रहेको छ भने संगीत संयोजन योगेश काजीको रहेको छ । भिडियोलाई म्युजिक नेपालको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।