काठमाडौं - सलमान खान पछिल्लो समय सामाजिक सञ्जालमा ट्रोलको शिकार बनेका थिए । उनले पत्नी र १७ वर्षकी छोरीलाई दुबईमा लुकाएको हल्ला फैलिएको थियो । सलमानले भर्खरैमात्र आफ्ना भाई अरबाज खानको टक शो ‘पिन्च टु’ टुमा यस्तो आरोपबारे खुलेर जवाफ दिएका छन् । यस शोमा आउने अतिथीहरुले ट्रोलर्स र उनीहरुले गरेका टिप्पणीमाथि प्रतिक्रिया दिन्छन् । अरबाजले यस्तै एक ट्रोल कमेन्टबारे प्रश्न राखे । जहाँ लेखिएको थियो,‘कहाँ लुकेको छस्, डरपोक । भारतमा सबैलाई थाहा छ कि तँ दुबईमा आफ्नी श्रीमती नूर र १७ वर्षकी छोरीसँग बस्छन् ।
भारतका मानिसहरुलाई कहिलेसम्म मुर्ख बनाउँछस् ।’सलमानले यस अफवाहलाई खारेज गर्दै भने,‘यो सबै बकवास हो । उनले कसका बारे टिप्पणी गरेका हुन् र कहाँ पोस्ट गरे भन्ने मलाई थाहा छैन । म उनलाई भन्न चाहन्छु, ‘भाई मेरी पत्नी छैनन् ।’ म ९ वर्षको उमेरदेखि भारतमा ग्यालेक्सी अपार्टमेन्टमा बस्दै आएको छु । मैले यी व्यक्तिलाई जवाफ दिन गइरहेको छैन । म कहाँ बस्छु भनेर पुरै भारतलाई थाहा छ ।’सोशल मिडिया सल्लाहकारका रुपमा कैटरिया कैफ वा दिशा पटानीमध्ये कसलाई राख्न चाहनुहुन्छ भनेर पनि शोमा उनलाई सोधिएको थियो । उनले कैटरिनाको नाम लिए । उनले सामाजिक सञ्जालमा कैटरिनाले निकै समझदारीपूर्वक पोस्ट गर्ने गरेको बताए ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले यही साउन ३१ गतेदेखि सञ्चालन हुन लागेको कक्षा ११ को परीक्षाको समय तालिका सार्वजनिक गरेको छ ।
गत जेठ २६ देखि नै सञ्चालन हुने तय भएको परीक्षा कोरोनाभाइरस महामारीका कारण रोकिएकोमा बोर्डले नयाँ मिति तय गरेर परीक्षा तालिका सार्वजनिक गरेको हो । जसअनुसार साउन ३१ देखि सुरु हुने परीक्षा भदौ ९ गतेसम्म चल्नेछ । परीक्षा सम्बन्धित विद्यालयमै भौतिक दुरी कायम गरेर सञ्चालन हुनेछ ।
काठमाडौं - कोरोना भाइरस को बढ्दो संक्रमणकैबीच विश्व खेलकुदको कुम्भमेला ओलम्पिक आजदेखि जापानको राजधानी टोकियोमा औपचारिक रूपमा सुरु हुँदैछ । ३२औं संस्करणको गृष्मकालीन ओलम्पिक अर्थात टोकियो ओलम्पिकका केही खेलहरू दुई दिन अघिदेखि नै सुरू भए पनि उद्घाटन समारोह आज हुन लागेको हो ।२०२० मै हुनुपर्ने ओलम्पिक कोरोना महामारीले गर्दा एक वर्ष पछि धकेलिएको थियो । त्यसैले यस ओलम्पिकको नाम भने ‘टोकियो ओलम्पिक २०२०’ नै छ ।ओलम्पिकको इतिहासमै पहिलो पटक स्थगित भएर एक वर्षपछि ओलम्पिक हुन लागेको हो । यसअघि विश्वयुद्धका कारण तीन पटक भने ओलम्पिक रद्द नै गरिएको थियो । टोकियो ओलम्पिक २०२० को उद्घाटन नेपाली समय अनुसार दिउँसो १स्४५ बजे सुरु हुनेछ । नेशनल स्टेडियम टोकियोमा हुने उद्घाटन समारोहमा १५ राष्ट्र र संगठन प्रमुख उपस्थित हुने तयारी भइरहेको छ । औपचारिक उद्घाटन आज हुन लागेको टोकियो २०२० को सफ्टबल र फुटबल खेलहरु भने दुई दिन अघिदेखि नै सुरु भइसकेको छ ।
हरेक खेलाडीको सपना कम्तीमा एक पटक ओलम्पिक खेल्ने हुन्छ नि त्यसमा पदक जित्दै अझ ठूलो उपलब्धि हात पार्न चाहन्छन् । १७ दिन चल्ने ओलम्पिकमा यस पटक पनि करिब ११ हजार भन्दा बढी खेलाडी थप उपलब्धि हासिल गर्ने लक्ष्यसहित टोकियो ओलम्पिकमा प्रतिस्पर्धा गर्दैछन् । टोकियोमा कोरोना संक्रमणको दर बढिरहेको अवस्थामा आपतकालीन अवस्था लागू गर्दै विनादर्शक ओलम्पिक आयोजना हुँदैछ । टोकियोमा अहिले झण्डै दैनिक करिब २ हजार संक्रमण देखिन थालेको छ । टोकियोमा त्रास बढिरहेको छ । स्थानीय बासिन्दाहरु ओलम्पिक आयोजनाको विरोधमै छन् । तैपनि विश्वकै धेरै खेल एकैपटक हुने कुम्भमेला ओलम्पिक आजदेखि सुरु हुँदैछ । यस पटकको सबैभन्दा ठूलो फरक भनेकै दर्शकविना ओलम्पिक हुँदैछ । दर्शकले अब टेलिभिजनमै ओलम्पिक हेर्नेछन् ।
यसैगरी ओलम्पिकमा सहभागी हुने देशहरुबाट भ्रमण गर्ने पदाधिकारीको संख्या पनि यसपटक घटाइएको छ । आयोजकले कोभिड(१९ को असरलाई ध्यानमा राख्दै सहभागिहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै विभिन्न सेटमा प्लेबुक सार्वजनिक गरेको छ । जसलाई खेलाडी अफिसियलदेखि लिएर ब्रोडकास्टरहरुले समेत पालना गर्नुपर्नेछ । दैनिक रुपमा सबैले कोरोना परीक्षण गराउनुपर्नेछ । ओलम्पिक भिलेजमा सबैले अनिवार्य रुपमा मास्क लगाउनुपर्नेछ । ओलम्पिक सुरु हुनु अघिल्लो दिन गिनीले कोरोनाकै त्राका कारण आफ्नो कुनै खेलाडी नपठाउने निर्णय गरेको छ । उत्तर कोरियाले पनि यसअघि नै कोरोनाकै कारण ओलम्पिकमा सहभागी नहुने जनाइसकेको छ ।टोकियो ओलम्पिकमा अमेरिकाबाट सबैभन्दा धेरै ६१३ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । आयोजक जापानबाट ५५२ खेलाडी प्रतिस्पर्धा गर्दैछन् । यस पटक शरणार्थी टिमबाट २९ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । टोकियो ओलम्पिकमा पाँच नयाँ खेलसँगै विभिन्न ३३ खेलको ३३९ इभेन्टमा प्रतिस्पर्धा हुँदैछ ।
काठमाडौं - गत मे महिनामा भारतका घाटहरुमा लाशहरु जलाएको तस्वीर भाइरल भएको थियो । उक्त तस्वीरले भारतमा कोरोनाले भयानक रुप लिएको स्पष्ट देखिन्थ्यो । तर, भारतले भोगेको उक्त अवस्था दक्षिणपूर्वी एसियामा सरेको छ । पछिल्लो दुई सातामा भारतमा कोरोनाको दोस्रो लहर उच्च विन्दुको तुलनामा दक्षिणपूर्वी एसियामा कोरोनाको मृत्युदर धेरै भइसकेको छ ।दक्षिणपूर्वी एसियामा डेल्टा भेरियन्टको कारण निकै तीव्र गतिमा संक्रमण फैलिरहेको छ । यो क्षेत्रमा नयाँ संक्रमितको संख्या अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । जसको कारण यी क्षेत्रका मुलुकको स्वास्थ्य प्रणालीले धान्न नसक्ने अवस्था आएको छ । यो क्षेत्रका केही मुलुकले कोरोना नियन्त्रणको लागि तोकिएको मापदण्डहरु पनि पालना गराउन सकेका छैनन् ।दक्षिणपूर्वी एसियाको मुलुक इन्डोनेसियाले कोरोनाको संक्रमण बढेसँगै मुलुकमा उत्पादन हुने समग्र अक्सिजन मेडिकल प्रयोगको लागि खपत गर्ने निर्णय गरेको छ । कोरोना संक्रमण बढेसँगै अक्सिजनको माग पनि ह्वात्तै बढेको छ ।
त्यस्तै मलेसियाका अस्पतालले बिरामीको चाप थेग्न नसकेपछि बिरामीलाई भुइँमा राखेर उपचार गराउनुपर्ने अवस्था आएको छ । म्यानमारको सबैभन्दा ठूलो सहरमा चिहानमा काम गर्ने कर्मचारी अहिले निकै व्यस्त देखिएका छन् भने चिहानमा चाप बढेसँगै दिनरात नभनी चिहान खन्नुपर्ने अवस्था आएको छ । भारतमा सातदिने औसत हेर्ने हो भने कोरोनाको मृत्युदर गत मे महिनामा सबैभन्दा उच्च विन्दुमा पुग्दा प्रति १० लाखमा ३.०४ को मृत्यु भएको थियो । अहिले यो दरमा निरन्तर कमी आइरहेको छ । तर, इन्डोनेसिया, म्यानमार र मलेसियामा भने जुनयता यो दर निरन्तर बढ्दो क्रममा छ ।
गत जुन १७ मा मलेसियाको सेलाङगोर राज्यका एरिक लाम कोरोनाबाट संक्रमित भए र अस्पतालमा भर्ना भए । उनी सरकारी अस्पतालमा पुग्दा वार्डमा कुनै बेड खाली थिएनन् । अस्पतालका प्यासेज बिरामीले भरिएका थिए । यद्यपि सेलाङगोरको अन्य अस्पतालसँग तुलना गर्ने हो भने उक्त अस्पतालको अवस्था राम्रो हो ।
मलेसियाको सबैभन्दा सम्पन्न र धेरै जनसंख्या रहेको यो राज्यका कुनै पनि अस्पतालमा बेड खाली थिएनन् र धेरै बिरामीको उपचार स्ट्रेचर वा भुइँमा नै राखेर गराउनुपरेको थियो । सरकारले कोरोना संक्रमण बढेपछि अस्पतालका बेडहरु थप्दै कोरोना संक्रमितको लागि थप वार्डहरु निर्माण गरेको छ ।
३८ वर्षीय लाम तीन साता अस्पतालमा बस्दा उनले आफ्नै आँखाअघि बिरामीहरुको मृत्यु भइरहेको देखे ।
पछिल्लो समय दक्षिणपूर्वी एसियामा कोरोना संक्रमण बढ्नुमा धेरै कारकले भूमिका खेलेका छन् । जसमा महामारी नियन्त्रणको लागि लगाइएको मापदण्डबाट मानिसहरु दिक्क हुनु, सावधानी नअपनाउनु, खोप अभियान निकै सुस्त चल्नु र निकै संक्रामक मानिएको डेल्टा भेरियन्टको संक्रमण देखिनुजस्ता कारक रहेको मलेसियास्थित रेडक्रस एसिया–प्यासिफिक इमर्जेन्सी हेल्थ कोर्डिनेटर अभिषेक रिमाल बताउँछन् ।
‘सरकारले तय गरेको हात धुने, मास्क लगाउने, भौतिक दूरी कायम राख्ने र खोप लगाउनेजस्ता आधारभूत मापदण्ड पालना गर्ने हो भने अबको दुई साताभित्र हामीले कोरोना संक्रमणमा उल्लेख्य कमी आएको देख्न सक्छौं’, उनले भने ।
मलेसियाले कोरोना नियन्त्रणको लागि लकडाउन गरे पनि संक्रमणमा भने कमी देखिएको छैन । तीन करोड २० लाखभन्दा धेरै जनसंख्या रहेको यो मुलुकमा जुलाई १३ मा पहिलोपटक १० हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका थिए । त्यसयता दैनिक नयाँ संक्रमितको संख्या त्योभन्दा तल झरेको छैन ।
मलेसियामा कोरोना खोप लगाउनेको संख्या पनि निकै कम छ तर यो संख्या बढ्ने क्रम भने जारी छ । करिब १५ प्रतिशत जनसंख्याले कोरोनाको पूरा डोज खोप लगाइसकेका छन् । सरकारले यस वर्षको अन्तिमसम्ममा अधिकांश मानिसहरुलाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य राखेको छ ।
अहिले व्यापक मात्रामा कोरोना संक्रमण बढेसँगै मलेसियाको अस्पतालका डाक्टर र नर्सले दिनरात नभनी काम गरिरहेका छन् । उनीहरुले आफ्नो तर्फबाट अवस्था नियन्त्रणमा ल्याउने प्रयास गरिरहेका छन् । उक्त प्रयासको कारण मृत्युको मुखबाट फर्किएकामध्ये लाम पनि एक हुन् । उनको अवस्था बिग्रिएसँगै उनलाई भेन्टिलेटर र आईसीयूमा राखेर उपचार गरिएको थियो र बिस्तारै उनको अवस्थामा सुधार आयो । उनी दुई साताअघि अस्पतालबाट डिस्चार्ज भएका थिए ।
तर, लामले कोरोना संक्रमणको कारण आफ्ना बाबु र भिनाजुलाई भने गुमाउनुपर्यो । उनका एक भाइ अहिले पनि आईसीयू र भेन्टिलेटरमा छन् । ‘मलाई दोस्रो जन्म पाएको र बाँच्नका लागि दोस्रो मौका पाएको महसुस भइरहेको छ’, उनले भने । एक अर्ब ३० करोडभन्दा धेरै जनसंख्या रहेको भारतमा सातदिने औसत हेर्ने हो भने कोरोनाको मृत्युदर गत मे महिनामा सबैभन्दा उच्च विन्दुमा पुग्दा प्रति १० लाखमा ३.०४ को मृत्यु भएको थियो । अहिले यो दरमा निरन्तर कमी आइरहेको छ । तर, इन्डोनेसिया, म्यानमार र मलेसियामा भने जुनयता यो दर निरन्तर बढ्दो क्रममा छ । बुधबार यी तीन मुलुकमा प्रति १० लाखमा क्रमशः ४.३७, ४.२९ र ४.१४ जनाको मृत्यु भएको थियो । कम्बोडिया र थाइल्याण्डमा पनि कोरोनाका नयाँ संक्रमित र मृतकसंख्यामा उल्लेख्य वृद्धि भएको छ । यद्यपि यी दुई मुलुकमा भने कोरोना संक्रमणको कारण मृत्यु हुनेको दर कम छ ।
भारतमा फैलिएको कोरोना संक्रमणबाट पाठ सिकेर अधिकांश मुलुकले तुलनात्मकरुपमा छिटै नै लकडाउन गरी कोरोना संक्रमणलाई तीव्र गतिमा फैलिन नदिने प्रयास गरिरहेको र कोरोना संक्रमणसँगै अस्पतालमा पनि बिरामीको आवश्यकताअनुसारको व्यवस्था गर्ने प्रयास गरिरहेको रिमाल बताउँछन् । ‘यो क्षेत्रका मानिसहरु निकै सचेत छन् किनकी उनीहरुको आँखा अगाडि नै भारतमा दैनिक चार लाख नयाँ संक्रमित फेला परेका थिए र उनीहरुले वास्तवमा नै त्यो अवस्था दोहोरियोस् भन्ने चाहँदैनन्’, रिमालले भने । तर, जनस्वास्थ्यको मापदण्ड लगाइएसँगै त्यसले काम गर्न भने केही समय लाग्छ । अहिले यो क्षेत्रका मुलुकहरु संक्रमण नियन्त्रणका लागि संघर्ष गरिरहेका छन् ।
विश्वको चौथो धेरै जनसंख्या भएको इन्डोनेसियामा बिहीबार एकैदिन १ हजार ४४९ जनाको कोरोनाको कारण मृत्यु भएको छ । कोरोना महामारी सुरु भएसँगै इन्डोनेसियामा एकै दिन यो महामारीको कारण सबैभन्दा धेरैको मृत्यु भएको हो ।
गत जुनको मध्यमा करिब आठ हजारको हाराहारीमा रहेको दैनिक नयाँ संक्रमितको संख्या पनि गत साता ५० हजारभन्दा धेरै थियो । इन्डोनेसियाको परीक्षणको दर सीमित रहेकाले वास्तविक संक्रमितको संख्या धेरै हुन सक्ने विशेषज्ञहरुले बताएका छन् ।
कोरोना संक्रमण बढेसँगै सरकारले मुलुकमा उत्पादन हुने अधिकांश अक्सिजन मेडिकल प्रयोगको लागि पठाएको छ । यो संकट सुरु हुनुभन्दा पहिला मेडिकल प्रयोगको लागि दैनिक ४ सय टन अक्सिजन मेडिकल प्रयोगको लागि आवश्यक पथ्र्यो तर कोरोनाका संक्रमण उल्लेख्य संख्यामा बढेसँगै मेडिकल प्रयोगको लागि आवश्यक अक्सिजन पाँच गुणा बढेर दुई हजार टन पुगेको थियो ।
इन्डोनेसियामा अक्सिजन उत्पादनमा कुनै किसिमको समस्या नभए पनि आपूर्तिमा देखिएको समस्याको कारण अहिले पनि केही अस्पतालमा अक्सिजनको अभाव देखिइरहेको छ । इन्डोनेसियामा अहिलेसम्म करिब १४ पैतित मानिसले कम्तीमा एक डोज कोरोना खोप लिएका छन् ।
म्यानमारमा गत फेब्रुअरीमा सेनाले सत्ता आफ्नो हातमा लिएको विरोधमा भएको प्रदर्शनले मुलुकको स्वास्थ्य प्रणाली ध्वस्त बन्यो । पछिल्लो केही सातामा मात्र कोरोनाको परीक्षण तथा गणनाको कार्यले पुनः गति लिन थालेको छ । म्यानमारमा गत मेको मध्यदेखि कोरोनाको नयाँ लहर देखिएको छ । साथै कोरोनाबाट मृत्यु हुनेको संख्या पनि उल्लेख्यरुपमा वृद्धि भइरहेको छ ।
जुलाईको सुरुदेखि मृत्युदर निकै उच्च गतिमा बढेको छ । साथै म्यानमारको सेनाले कोरोनाका संक्रमित तथा मृतकको संख्या गम्भीररुपमा लुकाएको आशंका छ । यसअघि नै नाजुक बनेको स्वास्थ्य प्रणाली, निकै कम परीक्षण, अक्सिजन तथा अन्य मेडिकल सामग्रीको अभावलगायत कारण आगामी सातामा म्यानमारको अवस्था निकै खराब हुन सक्ने क्षेत्रीय मानवअधिकारवादी समूहले बताएको छ ।
त्यस्तै अधिकांश मानिसहरुमा सेनाको सरकारमाथिको विश्वास निकै कम हुनुले पनि समस्या बढाएको छ । बिहीबार म्यानमारको सरकारले ६७ सय नयाँ संक्रमित देखिएको र संक्रमणको कारण ३१९ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरेको छ । खोप लगाएका मानिसको पनि यकिन तथ्यांक छैन । उपलब्ध खोपको आधारमा करिब ३ प्रतिशत मानिसले पूरा डोज कोरोना खोप लगाएको अनुमान गरिएको छ । सामाजिक सञ्जालमा मानिसहरुले पोस्ट गर्दै मुलुकको सबैभन्दा ठूलो सहर यान्गुनको चिहानले आएका शव धान्न नसक्ने अवस्था आएको बताएका छन् । अधिकारीहरुले भने सामाजिक सञ्जालको दाबी अस्वीकार गर्दै आएका छन् । यद्यपि उनीहरुले धेरै मानिसहरुको मृत्यु घरमा नै हुने गरेको स्वीकार गरेका थिए ।
म्यानमारको चिहानहरुको व्यवस्थापन हेर्ने विभागका प्रमुख चो टुङ औङले सेनाले चलाएको टेलिभिजनमा बोल्दै सोमबार यान्गुनका प्रमुख सात चिहानमा ३५० जना कर्मचारीहरुले जुलाई ८ देखि तीन सिफ्ट काम गरिरहेको बताएका थिए । उनका अनुसार आइतबार कर्मचारीहरुले १२ सयभन्दा धेरै शव व्यवस्थापन गरेका थिए । उनीहरुमध्ये १ हजार ६५ जनाको मृत्यु कोरोना संक्रमणको कारण उनीहरुको आफ्नै घरमा भएको थियो भने १६९ जनाको मृत्यु अस्पतालमा भएको थियो ।
काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी कसरी अगाडि बढ्छ भनेर हेरिरहेको बताएका छन् । पुष्पलाल स्मृति दिवसको अवसरमा काठमाडौंको चम्पादेवीमा बिहीबार आयोजित कार्यक्रममा नेता नेपालले कम्युनिस्ट आन्दोलन सही दिशामा लिएर जाने क्रान्तिकारी पार्टीलाई बलियो बनाउन चाहेको बताए । त्यो क्रान्तिकारी पार्टीको स्वरुप लिएर एमाले अगाडि बढोस् भन्ने चाहेको भन्दै उनले भने, ‘त्यो स्वरुपमा अगाडि बढ्छ कि बढ्दैन, पर्खेर हेरिरहेका छौं ।’
नेता नेपालले अघि भने, ‘यस रुपमा अगाडि बढ्छ, सुध्रिन्छ, रुपान्तरण हुन्छ, ठीक छ । कसले आफूले बनाएको घरबाट त्यत्तिकै बाहिर निस्कन चाहन्छ ? तर अपमान सहेर कोही पनि बस्दैन ।’गलत कुरालाई स्वीकार गरेर शिर निहुर्याएर बस्नु दास हुनु भएको उनले बताए । सबैको मर्यादा राख्नुपर्ने भन्दै नेता नेपालले भने, ‘अरुको अपमान गर्ने मान्छेहरुले समाजको अपमान गर्छ, त्यसलाई कुसन्तान भन्छन्, त्यसलाई निरुत्साहित गर्नुपर्छ ।’
काठमाडौँ – संचारकर्मी सुर्य चन्द नेपाली कांग्रेस तरुण बिभाग प्रचार तथा प्रकाशन समन्वय केन्द्रीय सह-संयोजकमा मनोनयन भएका छन्। नेपाली कांग्रेसका केन्द्रिय सदस्य पूर्व मन्त्रि एबम तरुण बिभाग प्रमुख शंकर भण्डारीले संचारकर्मी चन्दलाइ एक कार्यक्रम बीच तरुण बिभागमा स्वागत गर्दै मनोनयन पत्र हस्तान्तरण गरेका थिए।
संचारकर्मी सुर्य चन्द बिगत २ दशक भन्दा बेसी समय देखि नेपाली कांग्रेसको सक्रिय राजनीतिमा योगदान गर्दै आएका युवा नेता हुन्। संचार क्षेत्रलाइ राम्रो संग बुझेका सुर्य चन्दले सामाजिक कार्यमा अग्रणी भूमिका निर्बाह गर्दै आएका छन्। विभिन्न संघ संस्थामा समेत आबद्ध रहेर काम गर्दै आएका उनि नेपाली सिने उधोगका लोकप्रिय कलाकार तथा म्युजिक भिडियो निर्देशक हुन्। युवा नेता सुर्य चन्दले विभिन्न अवार्ड, इभेन्ट, मेला महोत्सबको आयोजना गर्दै युवा वर्गलाइ स्वरोजगार बनाउने देखि देशको आर्थिक बिकाशमा समेत योगदान पुर्याउदै आएका छन्।
तरुण नेता सुर्य चन्दलाइ नेपाली कांग्रेस केन्द्रीय तरुण बिभागको निर्णय अनुसार “प्रचार तथा प्रकाशन समन्वय केन्द्रीय सह-संयोजक”मा मनोनित गरिएको नेपाली कांग्रेस तरुण बिभाग प्रमुख एवम पुर्व मन्त्रि शंकर भण्डारीले बताएका छन् ।
आफुले पाएको जिम्मेवारी प्रति निष्ठावान ढंगले कार्यसम्पादन गरी पार्टी, संगठन तथा बिभाग प्रति पूर्ण बफादार रही तरुणहरुलाई गतिशिल बनाउन लागि पर्ने कुरा युवा नेता सुर्य चन्दले जानकारी गराएका छन् ।
गीता सिंह - व्यवसायी स्याम भट्टराइको सहयोगमा सुकुम्बासी बस्तीका दुई जना वालवालिकाहरुलाइृ वातावरण मैत्री समाजले विद्यालय भर्ना गरेको छ । अहिले लाई एक वर्ष सम्म भनेर त्रीपुरेश्वर स्थित विस्व विद्या निकेतनमा उनिहरुलाई भर्ना गरिएको र सहयोग जुट्दै गए आगामी दिनहरुमा पनि ति वालवालिकाहरुको शिक्षा दिक्षा निरन्तर राख्ने वातावरण मैत्री समाजका अध्यक्ष राधे श्याम मिश्रले बताए । मिश्र लगायत उनको संस्थाले काठमाण्डौ महानगरपालीका वडा नम्बर - ११ बन्सीघाट का रोयल श्रेष्ट र कौशल थापालाई क्रमशः एल केजी र नर्सरीमा भर्ना गरेका हुन् । वातावरण सरसफाई र जगेर्ना गर्ने उदेश्यले स्थापना गरिएको वातावरण मैत्री समाजले विभिन्न सामाजिक कार्यहरुमा पनि सक्रिय भमिका खेल्दै आइृरहेको छ
काठमाडौँ – इस्लाम धर्मावलम्बीहरुको पर्व इद-उल-अजहा (बकरइद)को अवसरमा नेपाली काङ्ग्रेस तरुण बिभागले शुभकामना बिज्ञप्ति निकालेको छ। उक्त बिज्ञप्तिमा नेपालमा बसोबास गर्ने इस्लाम समुदायको बृहत नेपालको एकीकरणमा महत्त्वपूर्ण योगदान रहेको उल्लेख गरिएको छ।
यस्तो छ शुभकामना बिज्ञप्तिको पुर्णपाठ
हार्दिक शुभकामना !
बृहत नेपालको एकीकरणमा महत्वपूर्ण योगदान रहेको सम्पुर्ण ईस्लाम धर्मावलम्बीहरुको महान चाड इद–ऊल–अजहा (बकरइद)को सु–अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण ईस्लाम धर्मावलम्बीहरुमा हार्दिक मंगलमय शुभकामना (ईद–मुबारक) ब्यक्त गर्दछु । यस महान पर्वले मुलुकमा धार्मिक सहिष्णुता, सुख–शान्ति, भाईचारा र राष्ट्र प्रेमको अभिबृद्धि होस भन्ने कामना गर्दछु ।
विश्वव्यापी महामारीको यस कठिन परिस्थितिमा सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी पर्व मनाउन सम्पूर्ण ईस्लाम धर्मावलम्वीहरुमा आग्रह समेत गर्दछुु ।
जय नेपाल !
शंकर भण्डारी
केन्द्रीय सदस्य, पूर्वमन्त्री
एवम् तरुण विभाग प्रमुख
नेपाली कांग्रेस

काठमाडौं–युवा निर्देशक सुमन दाहालको सक्रियतामा अमेरिकाको केन्टकी राज्यको लेक्सिनटन शहरमा लोकदोहरी सांगीतिक कार्यक्रम ‘लेक्सिनटन दोहोरी’ सुरू भएको छ ।
यो कार्यक्रममा विष्णु डुम्रेकाे नेतृत्वमा हिम कुँवर, सन्दीप अर्याल, सीताराम अधिकारी, कुष्माखर भट्टराई, श्याम पराजुली, कृष्ण पराजुली , र गायिकातर्फ सम्झना अधिकारी, सिर्जना मरासिनी, नर्वदा खरेल छन् । त्यस्तै गायिकातर्फ रूपा अर्याल, मञ्जु थापा, कल्पना अधिकारी, बबिता अधिकारी पराजुली, तुलसा सुवेदी, सरस्वती पाण्डे, शर्मिला सुवेदी, आरती थापा छन् ।
कार्यक्रमममा वाद्यवादनमा मादलमा गणेश खड्का, हार्माेनियममा सनातन रेग्मी, गिटारमा कृष्ण राना, तबेलामा उद्धवराज उप्रेती छन् । कार्यक्रममा एनआरएनएका अमेरिका केन्टकी च्याप्ट अध्यक्ष केशवराज लोहनी, स्थानीय नेपाली संस्था फोनाका पूर्व अध्यक्ष रामप्रसाद खनाल र कवी, डमरू पौडेललगायत अतिथी थिए ।
सम्राट क्रिएसनको च्यानलबाट प्रसारण हुने कार्यक्रमको छायांकन पवन गौतम, राजु तिमल्सिना र अक्की शर्मा छन् । कार्यक्रमको सञ्चालन निर्देशक सुमन दाहालले गर्नेछन् ।
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनको प्रमुख दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुस्पकमल दाहाल (प्रचण्ड) बीच भेटवार्ता भएको छ । मंगलबार बिहान नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेपछि प्रचण्डले बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका हुन् ।
भेटमा सरकार सञ्चालन र गठबन्धनका साझा नीति तथा कार्यक्रम तय गर्ने विषयमा छलफल भएको बताइएको छ । माधव नेपालसँग भएको भेटमा पनि यसै विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।