काठमाडौं- पुर्व प्रशासक मोतीशोभा श्रेष्ठद्वारा लिखित चार लघु उपन्यास र चिकित्सक डा. सविना श्रेष्ठद्वारा सिर्जित १०० वटा चित्रकला सार्वजनिक गरिएको छ । नाताले आमा छोरी रहेका मोतीशोभा र सविनाको सिर्जनालाई क्रमश साहित्यकार एवम् पुर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द र मुर्धन्य व्यक्तित्व शताब्दी पुरुष सत्यमोहन जोशीले शनिवार बबर महल स्थित कला परिषदमा आयोजित दुई भिन्न कार्यक्रम माझ लोकार्पण गरेका थिए ।
कार्यक्रमको पहिलो चरणमा पुर्व प्रशासक मोतीशोभाद्वारा लिखित चार लघु उपन्यास कृतिहरु प्रकृति, सम्झनाको डायरी, सत्य र आमा, आँसुको लोकार्पण गर्दै पुर्व प्रधानमन्त्री एवम् साहित्यकार चन्दले श्रष्टाले महिलाको सामाजिक स्थिती र बालश्रमको बिषयलाई उठान गर्दै समस्या समाधानको लागि रचनात्मक सुझाव प्रस्तुत गरेको उल्लेख गर्दै लेखिकाको लखनीको प्रशंसा गरे ।
यसैगरि, शताब्दी पुरुष सत्यमोहन जोशीले चिकित्सक डा. सविना श्रेष्ठद्वारा सिर्जित १०० वटा चित्रहरुको प्रदर्शनी भाईब्रेसनको समुदघाटन गर्दै डा. श्रेष्ठ बहुमुखी प्रतिभाको धनी रहेको उल्लेख सहित उनी सिर्जनाको खानी रहेको बताए । कार्यक्रममा लेखिका मोतीशोभाले आफु लेखनमा नर्सरी रहेको उल्लेख गर्दै रचनामा सामाजिक बिषयलाई बढि उजागर गर्न खोजेको उल्लेख गरिन भने चित्रकार डा. सविनाले आफुले शताब्दी पुरुष जोशीको सम्मानमा उनी सय बर्ष पुरा भएको खुशीयालीमा आफुले समयलाई चोरेर १०० वटा चित्र सिर्जना गरेको जानकारी दिदै यो आफ्नो शुरुवात भएको बताईन् ।
कृति लोकार्पण कार्यक्रममाझ चर्चित गीतकार कालीप्रसाद रिजालले प्रशासनिक क्षेत्रमा काम गर्ने सिलसिलामा आफुले मोतीशोभासँग एउटै कार्यालयमा काम गरेको स्मरण गर्दै विगतमा उनको साहित्य प्रतिको रुची बारे आफुलाई मेसो नरहेकोमा अचम्म मान्दै लेखिकाको प्रयास अत्यन्तै राम्रो भएको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पुर्व मन्त्री एवम् साहित्यकार शंकर कोईरालाले मोतीशोभा आफ्नो पुर्व हाकिम रहेको बताउदै उनका कृतिहरु पठनिय रहेको उल्लेख गरे । त्यसैगरि, साहित्यकार यादव खरेलले श्रष्टा अन्तरमुखी स्वभावकी भएको बताउदै सम्झनाका डायरी कृतिमा जीवन अनुभुतीलाई पस्किएको आफुले पाएको उल्लेख गरे । अर्का साहित्यकार ध्रुव मुनकर्मीले आँसु उपन्यासमा लम्जुङको धुन्सा भन्ने गाउँबाट आएको महिलाको कारुणिक वेदना र उद्यममा लागेर प्राप्त गरेको सफलतालाई प्रस्तुत गरिएको जनाए ।
त्यसैगरि, डा. सविना श्रेष्ठको एकल चित्रकला प्रदर्शनी कार्यक्रमलाई उपकुलपति कान्छा कुमार बज्राचार्य, हरि प्रसाद शर्मा, गोविन्द डङगोल लगायतले सम्बोधन गरेका थिए ।
काठमाडौँ – नेपालमा पहिलो पटक सौन्दर्यकर्मीहरु, फेसन मोडल तथा फेशन डिजाईनरहरुको लागि “नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड २०७८” सम्पन्न भएको छ । क्रियटिभ ईन्साइट मिडिया प्रालिको आयोजना तथा रोज सीप विकास तालिम केन्द्रको व्यवस्थापनमा उक्त अवार्ड सम्पन्न भएको हो । सुन्दरताको क्षेत्रमा योगदान पुर्याएका पार्लर, ब्युटी ट्रेनीङ सेन्टर, सौन्दर्य व्यवसायीहरुलाई समेट्दै अवार्ड सम्पन्न गरिएको रोज सीप विकास तालिम केन्द्रका अध्यक्ष तथा वरिष्ठ सौन्दर्यविद् सोनी कारंजितले जानकारी गराउनुभयो ।
चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अवार्डमा चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, नेपाल फिल्म सोसाईटीका अध्यक्ष कृष्ण मल्ल, चलचित्र द्वन्द कलाकार संघका अध्यक्ष नारायण प्रधान, कलाकार संघका उपाध्यक्ष वरिष्ठ चलचित्रकर्मी मोहन निरौला, नृत्य कलाकार संघका अध्यक्ष जनक कार्की, चलचित्र निर्देशक समाजकि कोषाध्यक्ष समुन्द्र भट्ट, बरिष्ट अभिनेता धिरेन शाक्य, वरिष्ठ अभिनेत्री शर्मिला मल्ल, वरिष्ठ गायिका देविका बन्दना, वरिष्ठ हास्य कलाकार उत्तम केसी, समाजसेवी प्रकाश कुमार श्रेष्ठ, ईभेण्ट डाइरेक्टर निशु कान्त झा, पत्रकार डब्बु क्षेत्रि, अभिनेता प्रसान्त ताम्राकार, लागायतको उपस्थिती रहेको थियो ।
अहिले सौन्दर्यकला हरेक व्यक्तिको लागि अपरिहार्य भैसकेको हुँदा नेपाली सौन्दर्यकला व्यवसायलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा पुर्याउन तथा पेशालाइ सम्मान गर्दै काम र व्यक्तित्वलाइ निखार्दै सौन्दर्यकला प्रतिको लगावलाइ व्यवस्थितगर्ने र पार्लर तथा कस्टमेटिक व्यवसायलाई उद्योगको रुपमा स्थापना गर्ने ध्येयले अवार्ड आयोजना गरिएको अवार्डका संस्थापक निर्देशक सुर्य चन्दले बताउनु भयो। अवार्ड समारोहमा सौन्दर्यकला क्षेत्रमा उच्च योगदान पुर्याएका सौन्दर्यबिद, सौन्दर्यकर्मी, समाजका विभिन्न प्रतिष्ठित व्यक्तिहरुलाइ सम्मान समेत गरिएको थियो।
अवार्ड तथा सम्मानितहरु यस प्रकार छन् ।
– शर्मिला मुनिकर, वेष्ट ब्यूटी ट्रेनिङ सेन्टर अफ दि इयर (जस्मिन ब्युटी पार्लर एण्ड ट्रेनीङ सेन्टर)
– रिना अवाले, वेष्ट हेयर टेक्निसियन अफ दि इयर
– टेकराज पाण्डे, वेष्ट मेकअफ आर्टिष्ट अफ दि इयर लगायतले अवार्ड हात पार्नुभएको थियो ।
पाण्डे टिभी टुडे एचडीका अफिसियल मेकअप पार्टनर पनि हुनुहुन्छ ।
Today, in the honour of Nepalese citizens graduated from various educational institutions of Pakistan, the Embassy of Pakistan organized an Alumni Get Together event at Hotel Aloft Kathmandu. These Graduates were recipient of scholarships under Pakistan Technical Assistance Programme (PTAP) in different faculties such as MBBS / BDS / D. Pharmacy / BS Engineering etc.
Mr. Himalaya Shumsher J.B Rana, President, Nepal-Pakistan Friendship and Cultural Association (NPFCA) graced the occasion as a Chief Guest. Addressing at the occasion, Mr. Himalaya Shumsher Rana recollected the deepness of Nepal-Pakistan friendly relations and praised the support of Pakistan in Nepal’s development endeavors, especially in the fields of technical education.
He also appreciated Government of Pakistan for equipping Nepalese students with quality education from its renowned educational institutions. He acclaimed that the students qualified from Pakistan are continuously contributing towards progress of Nepal with their rich educational experience. Mr. Rana expressed the hope for Pakistan’s continued support in future as well. In his remarks, the Charge d`Affaires of Pakistan Mr. Adnan Javed Khan said that the Educational scholarships to Nepalese students is a reflection of people-to-people relations between Pakistan and Nepal.
He also assured of Pakistan’s continued support for Educational scholarships to Nepalese students in future as well. He thanked the Alumni for upholding the spirit of serving humanity.
काठमाडौ- नेपाल चेम्बर अफ कमर्शकी कार्यकारिणी सदस्य तथा नेपाल महिला चेम्बरकी महासचिव लिमा अधिकारी र नेपाल महिला चेम्बरकी सल्लाहकार निलम ताम्राकारलाई नेपाल चेम्बर अफ कमर्श र नेपाल महिला चेम्बरले सम्मान प्रकट गरेका छन् । शुक्रबार चेम्बर भवनमा आयोजित एक कार्यक्रम माझ नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले माला लगाई बधाई दिदै सम्मान गरेका थिए । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शकी उपाध्यक्ष तथा नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।
सल्लाहकार ताम्राकार बागमती प्रदेश सरकारबाट बागमती प्रदेश नीति तथा योजना आयोगको सदस्य र कार्यकारिणी सदस्य एवम् महासचिव अधिकारी मनमाेहन प्राविधिक विश्वविद्यालयको सिनेट मेम्बरमा मनोनयनमा पर्न सफल भएकोमा द्वयको सम्मानमा चेम्बर एवम् महिला चेम्बरले कार्यक्रम राखेको हो ।
सो अवसरमा चेम्बर अध्यक्ष मल्ल र महिला चेम्बर अध्यक्ष श्रेष्ठले अधिकारी र ताम्राकारको सफल कार्यकालको कामना सहित बधाई एवम् शुभकामना व्यक्त गर्दै उनीहरुको सफलताले आफुहरु खुशी र गौरव महशुश भएको धारणा राखेका थिए ।
सरोज थापा/काठमाडौं-नेपाली काङ्गेसको कागेश्वरी मनहरा नगरपालिका वडा नं. ५ इकाईको सभापतिमा युवा नेता सुजन काफ्लेले उम्मेदवारी दिएका छन् । काफ्ले उक्त वडाका तरुण दल सचिव समेत हुन ।
गएराति ८–१० जनाको वैठकले सहमति गरि शंकर पाण्डेलाई इकाई सभापति बनाउने निर्णय भएपछि ९०% क्रियाशिललाई खबर नै नगरि सोझै बन्द कोठामा प्रमाणपत्र तयारी गर्ने चाल पाएपछि असन्तुष्ट बनेका युवा नेता काफ्लेले इकाई सभापतिमा उम्मेदवारी घोषणा गरेको बुझिएको छ ।
काठमाडौ – नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा नेपाली काँग्रेस काठमाडौ महानगरपालिका वडा नं ४ को वडा सभापतिमा रामप्रसाद न्यौपाने निर्वाचीत भएका छन् ।
मंगलबार बिशाल मिलन केन्द्रमा भएको १४ औं अधिवेशनबाट न्यौपानेले १८३ मत पाएर ईकाई सभापतिमा पुनः दोहोरिका हुन् ।
अधिवेशनले निर्वाचन प्रक्रियाबाट वडा समितिका साथै क्षेत्रीय प्रतिनिधी समेत चयन गरिएको छ ।
वडाको विकास निर्माण कार्यमा अतुलनीय योगदान प्रस्तुत गर्दै प्रत्यक्ष तथा अप्रत्यक्ष विभिन्न सामाजिक कार्यहरु मार्फत स्थानीयको मन जित्ने कार्य गर्दैआएका न्याैपाने वि स २०४७ सालमा शङ्करदेव क्याम्पसमा नेविसङ्घको सदस्य समेत भएर निरन्तर २० वर्ष देखि काँग्रेसबाट वडाको विभिन्न पदमा रहेर काम गर्नुभएका न्यौपाने कामपा वडा नं ४ को दुई कार्यकाल सचिव बन्नुभएको थियो ।

१४ औं महाधिवेशनमा नेपाली काँग्रेस काठमाडौ महानगरपालिका वडा नं ४ को वडा सभापतिमा रामप्रसाद न्यौपाने पुनः निर्वाचीत भए पछि न्युज लाइन्स नेपाल डटकमलाई भन्नुभयो ।मलाई वडा सभापतिमा निर्वाचित हुँदा जति खुसी छु, त्यति नै जिम्मेवारीले थिचिएको महसुस भएको छ। ‘मलाई विश्वास गरेर पार्टी र वडामा क्रियाशील सदस्यहरुले वडा सभापतिमा विजयी गराउनु भएको छ,यो विश्वास र भरोसालाई मर्न दिने छैन।’ पार्टी राजनीतिसँगै समाजसेवा मा पनि निरन्तरता दिने छु।
यस्तो छ नेपाली कांग्रेस काठमाडौ –४ का वडा समीति साथै क्षेत्रीय प्रतिनिधीहरु-
काठमाडौ – नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा नेपाली काँग्रेस काठमाडौ महानगरपालिका वडा नं ४ को वडा सभापतिमा रामप्रसाद न्यौपाने निर्वाचीत भएका छन् ।
मंगलबार बिशाल मिलन केन्द्रमा भएको १४ औं अधिवेशनबाट न्यौपानेले १८३ मत पाएर ईकाई सभापतिमा पुनः दोहोरिका हुन् ।
अधिवेशनले निर्वाचन प्रक्रियाबाट वडा समितिका साथै क्षेत्रीय प्रतिनिधी समेत चयन गरिएको छ ।
वडाको विकास निर्माण कार्यमा अतुलनीय योगदान प्रस्तुत गर्दै प्रत्यक्ष तथा अप्रत्यक्ष विभिन्न सामाजिक कार्यहरु मार्फत स्थानीयको मन जित्ने कार्य गर्दैआएका न्याैपाने वि स २०४७ सालमा शङ्करदेव क्याम्पसमा नेविसङ्घको सदस्य समेत भएर निरन्तर २० वर्ष देखि काँग्रेसबाट वडाको विभिन्न पदमा रहेर काम गर्नुभएका न्यौपाने कामपा वडा नं ४ को दुई कार्यकाल सचिव बन्नुभएको थियो ।

१४ औं महाधिवेशनमा नेपाली काँग्रेस काठमाडौ महानगरपालिका वडा नं ४ को वडा सभापतिमा रामप्रसाद न्यौपाने पुनः निर्वाचीत भए पछि न्युज लाइन्स नेपाल डटकमलाई भन्नुभयो ।मलाई वडा सभापतिमा निर्वाचित हुँदा जति खुसी छु, त्यति नै जिम्मेवारीले थिचिएको महसुस भएको छ। ‘मलाई विश्वास गरेर पार्टी र वडामा क्रियाशील सदस्यहरुले वडा सभापतिमा विजयी गराउनु भएको छ,यो विश्वास र भरोसालाई मर्न दिने छैन।’ पार्टी राजनीतिसँगै समाजसेवा मा पनि निरन्तरता दिने छु।
यस्तो छ नेपाली कांग्रेस काठमाडौ –४ का वडा समीति साथै क्षेत्रीय प्रतिनिधीहरु-
काठमाण्डौ- अभिनेत्रीएंव मोडल अनामिका चौलागाईं अब गायिकाभएकी छिन् । बिभिन्नचलचित्रसहितम्युजिकभिडियोकी मोडल अनामिका चौलागाईंले माया गर्ने मान्छेले कहिले काही रीसाउननी पाउँछ , बोलको गीतबजारमा ल्याएकीहुन् ।
गीतको शब्दशान्तिप्रियको रहेको छ । गीतको संगीतरामसिटौलाले गरेका हुन् भने एरेञ्ज राजेन्द्रबजगाईंले गरेका हून् । गीतको भिडियो पनितयार पारीएको छ ।
भिडियोमा गायिकाअनामिकाचौलागाईं नै फिचरिङ छिन् । श्रृंगार भने पवित्रा भट्टराईको रहको छ । भिडियो गोविन्दअञ्जानले छायांकन गरेका हुन् भने रंग संयोजन एवं सम्पादनबिनोद बमले गरेका हुन् । भिडियोमा क्यामरा असिस्टेनको रुपमा राममणी ढकाल छन् भने प्रोडक्सन दीपकथापाले हेरेका हुन् । भिडियोको निर्देशनगीतकार स्वयंशान्तिप्रियले गरेका छन् । छायांछवि क्रियशनले भिडियोनिमार्ण गरेको हो । सीसी नेपाल युट्युबच्यानल बाटगीत रीलीज गरिएको छ ।
काठमाडौं - नेपालमा पहिलो पटक सौन्दर्यकर्मीहरु, फेसन मोडल तथा फेशन डिजाईनरहरुको लागि ूनेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड पाएका छन् । क्रियटिभ ईन्साइटको आयोजना तथा रोज शिप विकास तालिम केन्द्रको व्यवस्थापनमा उक्त सम्मान तथा अवार्ड कार्यक्रम सम्पन्न भएको हो ।
सुन्दरताको क्षेत्रमा योगदान पुर्याएका पार्लर, ब्युटी ट्रेनीङ सेन्टर, सौन्दर्य व्यवसायसँग आबद्ध सम्पूर्ण विधा-मेकअप, हेयर, नेल, फेसियल लगायत अन्य विधा, कस्टमेटिक प्रोडक्ट, कस्टमेटिक कम्पनि र फेसन मोडल र फेसन बुटिकलाइ समेट्दै अवार्ड सम्पन्न गरिएको कुरा रोज शिप विकास तालिम केन्द्रको अध्यक्ष बरिष्ट सौन्दर्यबिद सोनी कारंजितले जानकारी गराएकी छिन।
प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अवार्डमा विषेश अतिथिहरुमा चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, नेपाल फिल्म सोसाईटीका अध्यक्ष कृष्ण मल्ल, चलचित्र द्वन्द कलाकार संघका अध्यक्ष नारायण प्रधान, कलाकार संघका उपाध्यक्ष बरिष्ट चलचित्रकर्मी मोहन निरौलाको उपस्थिति रहेको थियो ।
त्यस्तै, नृत्य कलाकार संघका अध्यक्ष जनक कार्की, चलचित्र निर्देशक समाजकि कोषाध्यक्ष समुन्द्र भट्ट, बरिष्ट अभिनेता धिरेन शाक्य, बरिष्ट अभिनेत्री शर्मिला मल्ल, बरिष्ट गायिका देविका बन्दना, बरिष्ट हास्य कलाकार उत्तम केसी, समाजसेवी प्रकाश कुमार श्रेष्ठ, ईभेण्ट डाइरेक्टर निशु कान्त झा, पत्रकार डब्बु क्षेत्रि, अभिनेता प्रसान्त ताम्राकार, लागायतका रहेका थिए।
अवार्ड समारोहमा सौन्दर्यकला क्षेत्रमा उच्च योगदान पुर्याएका सौन्दर्यबिद, सौन्दर्यकर्मी, समाजका विभिन्न प्रतिष्ठित व्यक्तिहरुलाइ सम्मान समेत गरिएको थियो। सम्मानित हुनेहरुमा शर्मिला मुनिकर, वेष्ट ब्यूटी ट्रेनिङ सेन्टर अफ दि इयर (जस्मिन ब्युटी पार्लर एण्ड ट्रेनीङ सेन्टर), रिना अवाले, वेष्ट हेयर टेक्निसियन अफ दि इयर, टेकराज पाण्डे, वेष्ट मेकअफ आर्टिष्ट अफ दि इयर, ट्र्यु ड्रमा, वेष्ट ड्रमा कम्पनी अफ दि इयर, गोमा विस्ट, कृपाज ब्यूटी होम एण्ड ट्रेनिङ सेन्टर, वेष्ट ब्यूटी पार्लर अफ दि इयर रहेका छन् ।
त्यस्तै, प्रतिभा शाही, वेष्ट आइलेस टेक्निसियन अफ दि इयर, रुबिस्का श्रेष्ठ, वेष्ट नेल टेक्निसियन अफ दि इयर, प्रोत्साहना राना मगर, पपुलर नेल टेक्निसियन अफ दि इयर, मिनु श्रेष्ठ, वेष्ट फेसन डिजाइनर अफ दि इयर, सिर्जना कँडेल, वेष्ट हेयर कलर टेक्निसियन अफ दि इयर, मन्जुश्री श्रेष्ठ, वेष्ट ब्यूटीसियन अफ दि इयर छन् ।
त्यस्तै, मिना लामा, पपुलर मेकअप आर्टिष्ट अफ दि इयर, रिना लामा, पपुलर ब्यूटिसियन अफ दि इयर, सिर्जना कुँवर, मेकअफ आर्टिष्ट अफ दि इयर(महिला), सुनिता राना मगर, वेष्ट ब्यूटिसियन ट्रेनर अफ दि इयर, निकिता बुढाथोकी, पपुलर नेल आर्टिष्ट अफ दि इयर, भावना विष्ट, वेष्ट फेसन डिजाइनर अफ दि इयर सम्मानित भएका छन् ।
त्यस्तै, गीता मगर, बेष्ट नेल आर्टिष्ट अफ दि इयर, कार्भनल प्रोफेसनल हङकङ, वेष्ट ब्यूटी प्रोडक्ट अफ दि इयर(डबल ट्रिट्मेण्ट), दिपिका गैरे, वेष्ट हेयर स्टाइलिस्ट अफ दि इयर, गुड्डी जोशी वेस्ट ब्युटिसियन अफ द ईयर विरगंज छन् ।
त्यस्तै, सुशीला चूडाल गौतम (रजत), रुश्का श्रेष्ठ वैद्य (विशिष्ट सौन्दर्यविद् ), रश्मिला श्रेष्ठ, वरिष्ठ सौन्दर्यविद्स, रचना शाक्य, वरिष्ठ सौन्दर्यकर्मी, रेणु शाक्य राना, वरिष्ठ सौन्दर्यकर्मी, कुमारी सिग्देल लामिछाने, वरिष्ठ सौन्दर्यकर्मी छन् ।
त्यस्तै, मेनुका शिवाकोटी, वरिष्ठ सौन्दर्यकर्मी, मञ्जु प्रधान, वरिष्ठ सौन्दर्यकर्मी, ईश्वरी कारञ्जित, राष्ट्रिय सौन्दर्यकर्मी, सरोज लामिछाने, राष्ट्रिय चिकित्सक, सरु श्रेष्ठ, राष्ट्रिय सौन्दर्यकर्मी, चेसाङ लामा, राष्ट्रिय सौन्दर्यकर्मी, गोपीमाया थुलुङ, राष्ट्रिय सौन्दर्यकर्मी सम्मान, सिता श्रेष्ठ, वरिष्ठ सौन्दर्यकर्मी सम्मानित भएका छन् ।
त्यस्तै, अनिता सुब्बा लिम्बू, वरिष्ठ सौन्दर्यकर्मी सम्मान, विमला बोहरा, वरिष्ठ सौन्दर्यकर्मी, चाँदनी घिमिरे, राष्ट्रिय सौन्दर्यकर्मी, इन्ता श्रेष्ठ, राष्ट्रिय फेसन डिजाइनर, काजल शर्मा, राष्ट्रिय फेसन डिजाइनर , रायन राई, राष्ट्रिय सौन्दर्यकला, सुजन तिमिल्सिना, राष्ट्रिय सौन्दर्यकला,सुलोचना श्रेष्ठ, राष्ट्रिय सौन्दर्यकर्मी,निकिता पाण्डे, राष्ट्रिय समाजसेवी, लिना डंगोल, सौन्दर्यकर्मी, सुहाना अर्याल, सौन्दर्यकर्मी सम्मान पाएका छन् ।
ममता साह, सौन्दर्यकर्मी, भावना विष्ट, सौन्दर्यकर्मी , देवी महर्जन, सौन्दर्यकर्मी, अन्जु श्रेष्ठ, सौन्दर्यकर्मी, अनु नापित, सौन्दर्यकर्मी ,आश्मा शाक्य, सौन्दर्यकर्मी,देवीमाया दाहाल, सौन्दर्यकर्मी , मन्जु सुवेदी, सौन्दर्यकर्मी,मनु पुन, सौन्दर्यकर्मी, मीना पौडेल, सौन्दर्यकर्मी,रुबि महर्जन, सौन्दर्यकर्मी, नविना राजथला, सौन्दर्यकर्मी,नमिना श्रेष्ठ, सौन्दर्यकर्मी, रविता कुमारी महतो, सौन्दर्यकर्मी, नन्दकुमारी अधिकारी, सौन्दर्यकर्मी,सजना राई, सौन्दर्यकर्मी, शान्ति तामाङ, सौन्दर्यकर्मी, सीता धमाला, सौन्दर्यकर्मी, गंगा लामा, सौन्दर्यकर्मी र शेष जिकुल्लाह, फेसन डिजाइनरले सम्मान पाएका छन् ।
काठमाडौं–गैरआवासीय नेपाली संघ (एनआरएन)को आगामी १० औं महाधिवेशनका लागि एशिया प्यासिफिक क्षेत्रीय सहसंयोजक खगेन्द्र न्यौपानेले एनआरएनए आईसिसि सचिव पदमा उम्मेदवारी दिएका छन । सरल, इमान्दार र सहयोगी स्वभावका धनी न्यौपाने आफ्नो कर्मथलो मलेसियामा जति प्रख्यात छन् त्यति नै प्रख्यात विश्वभरका गैरआवाशिय नेपालीमा पनि छन् । हाल एसिया प्यासिफिक सहसंयोजक भएर सफलताका साथ जिम्मेवारी पुरा गरेका न्यौपानेले आगामी कार्यकाल २०२१–२३ का लागि सचिवमा उम्मेदवारी दिएका छन।
संघको अभियानमा आफूले प्राप्त गरेको अनुभव, अग्रजहरुको आग्रह र साथीभाईको अनुरोधपछी सचिव पदमा उम्मेदवारी दिएको न्यौपानेले बताए । एनआरएनए मलेसियाको उपाध्यक्ष, आईसीसी सदस्य, अध्यक्ष र हाल एसिया प्यासिफिक सहसंयोजकको जिम्मेवारी सफलतापूर्वक निभाईसकेका न्यौपानेले एनआरएनए अभियानमा लागिरहँदा मलेसिया, मध्यपुर्व र कोरियाका श्रमिकका मुद्धालाई स्थापित गर्न आइसीसी सचिव पदमा उम्मेदवारी दिएको बताए । गैरआवासीय नेपाली संघले दिएको जिम्मेवारीलाई आत्मसाथ गर्दै विश्वसनिय, पारदर्शी र सफलतापुर्वक रुपमा प्राप्त गरेको ऐतिहासिक सफलता, सीप, क्षमता तथा अनुभवलाई आईसीसी सचिवका माध्यमबाट विश्वसामु पुग्न नयाँ जिम्मेवारी वहन गर्न सक्ने न्यौपानेले प्रतिवद्धता व्यक्त गरे ।
न्यौपानेले अहिलेसम्म सबै साथिहरुको माया, साथ, शुभेच्क्षा र समर्थनले सफलता हासिल गरेकोले अब पनि सोही अनुरुप आईसीसी सचिवमा पनि अत्याधिक मतले विजयी गराई सफलतालाई निरन्तरता दिन सबै गैरआवासीय नेपालीलाई अपिल गरे । एनआरएनएले संचालन गरेका हरेक अभियानमा सबैभन्दा धेरै आर्थिक तथा भौतिक सहयोग गरेका न्यौपाने नेपालमा नाकाबन्दी हुँदा होस् या महाभूकम्पमा यात तराई बाढिपहिरोमा आफै खटिएर सेवा गरेका छन् । गोरखामा बनेको भूकम्पपीडितको लाप्राक नमूना बस्ती, एनआरएनएको कार्यालय निर्माण तथा अन्य बेलाबेलमा आइपर्ने सामाजिक कार्यमा अग्रस्थानमा रहेर न्यौपानेले आर्थिक सहयोग गरिरहेका छन् । एनआरएनएले आयोजना गरेका सबै कार्यक्रममा भौतिक,आर्थिकलगायतका सबै प्रकारका सहयोगमा अग्रसर न्यौपानेले संघप्रतिको आफ्नो निःस्वार्थ र निरन्तर सहभागितालाई मूल्यांकन गरि आगामी कार्यकालमा संस्थामार्फत थप सेवा पुर्याउनका लागि आफ्नो उम्मेदवारी भएको बताए । संघको सचिबमा रहेर ‘पद्धति र पारदर्शिताः समावेशी एनआरएनए हाम्रो प्रतिबद्धता’ भन्ने प्रमुख एजेण्डा बोकेर न्यौपानेले आफ्नो उम्मेदवारी घोषणा गरेका बताउँछनत् ।
आफ्नो उम्मेदवारीबारे प्रष्ट पार्दै उनले एनआरएनएमा पद्धति र पारदर्शिताको विकास गरी समावेशी एनआरएनए बनाउन र एनआरएनएभित्र भईरहेको फोहोरी खेलको गन्धसमेत छिर्न नदिनु नै आफ्नो उम्मेदवारीको प्रमुख उद्देश्य रहेको बताए । सचिब पदमा उम्मेदवारी दिंदै न्यौपानेले आफ्ना प्रतिवद्धताहरु पनि सार्बजनिक गरेका छन् । उनको प्रतिवद्धतामा सुरक्षित, मर्यादित र सम्मानित वैदेशिक रोजगार, गैरआवासीय नेपाली नागरिकता, रेमिट्यान्सको सही सदुपयोग र लगानी, स्वदेशमा पर्यटन प्रर्वद्धन र विदेशमा नेपाल चिनाउन, एनआरएनमा सबैको स्वामित्व, गोर्खाजको सम्मानित अधिकार तथा राष्ट्र विकासका लागि योगदान र विज्ञ नेपालीको पहिचानलगायतका विषय रहेको छ ।
मलेसिया तथा नेपालमा विभिन्न व्यवसायमा लगानी गरेर सयौंलाई रोजगारी दिएका न्यौपानेले मलेसियासँगै नेपालमा हाईड्रो,ट्राभल्स,रियल स्टेटलगायत क्षेत्रमा लगानी गरेका सफल व्यवसायी हुन । एसिया प्यासिफिक क्षेत्रको प्रतिनिधित्व गर्दै टिम कुल आचार्यबाट आइसीसी सचिव पदका उम्मेदवार न्यौपानेको विजय निश्चित देखिएको छ ।