generalnews
||Power News Asia||

आजको समाचार

संरक्षक परिषदको अपमान गर्ने काम स्वीकार्य हुदैन : आचार्य

समाचार


काठमाडौँ–गैरआवासीय नेपाली संघ (एनआरएनए)को दशौं महाधिवेशनमा अध्यक्षका उम्मेदवार कुल आचार्यले संरक्षक परिषदको अपमान गर्ने काम नगर्न आग्रह गरेका छन । ‘एशिया प्रशान्त क्षेत्रलाई लक्षित गरी विदेशको पूँजी आर्जन, सीप, दक्षता र स्वेदशमा लगानी र स्वरोजगार’को विषयमा भर्चुअल छलफल कार्यक्रममा आचार्यले महाधिवेशन प्रतिनिधि छनौटमा भएका अनियमितता ढाकछोप गर्ने प्रयास भैरहेको बताए । कार्यक्रममा बोल्दै आचार्यले गैर आवासीय संघ सबै नेपालीको साझा संस्था भएकाले सबैलाई समेट्ने स्पष्ट पारे । आफु अध्यक्षमा विजयी भएमा गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन गरेरै छाड्ने प्रतिवद्धता उनले व्यक्त गरे ।

म्यानमार, थाइल्याण्ड,मलेसिया लगायतका मुलुकमा कैयौं पुस्तादेखि बसोबास गरिरहेका नेपाली मूलका नागरिकहरुका लागि ‘पिएनओ’ को व्यवस्था गर्न आफु लागि पर्ने उनले बताए । ‘सन २०१२ देखि न्यूनतम १ लाख र अधिकतम १ करोड जम्मा गरेर एनआरएन इन्भेस्टमेन्ट कम्पनी शुरु गरिएको थियो,’ उनले भने, ‘विदेशमा बस्ने सबै नेपालीलाई समेटेर नेपालमा लगानीको अवसरका लागि खोलिएको कम्पनी थियो ।’ नेपालमा सानातिना काम बाट व्यवसाय शुरु गर्ने अवसर भएकाले अब आउने नेतृत्वले साना लगानीलाई पनि अवसर दिने बताए । ‘साना लगानीकर्ता गैर आवासीय नेपालीले गरेको लगानीको महसुस हुनेगरी काम गर्नुपर्छ’ उनले भने । त्यसैगरी अध्यक्षका उम्मेदवार आचार्यले महाधिवेशनमा सदस्यता, प्रतिनिधिको विषयमा उठेको विवादलाई समाधान, अनियमितता सुधार्दै समयमै चुनाव हुनुपर्नेमा जोड दिए । ‘विभिन्न तिकडमबाजीका नाममा संस्थालाई दुरुपयोग नहोस् । विधि र विधानमा संसारभरका नेपालीको आत्मसम्मान हुनेगरी काम होस् । कसैको जित र हारका लागि नहोस् । सही र सत्य होस् । संस्थालाई मर्यादित र प्रतिष्ठित बनाउनको लागि अघि बढ्नुपर्छ’ आचार्यले भने । आचार्यले एनआरएन बचाउन लाग्न नेतृत्वलाई आग्रहसमेत गरे ।

‘साँच्चै हामी संस्था बचाउन चाहेका छौं । संरक्षकहरुसँग छलफल गरेपछि अपमान गर्न मिल्छ ? अहिलेको परिस्थितिमा जसजसले गल्ती गरेका छौं, सच्चाएर जान तयार हुनुपर्छ’, उनले भने, ‘जुन किसिमले सानोतिनो खेल खेलेर संस्थालाई दुर्भाग्यपूर्ण वातावरणतिर धकेलिँदैछ यो मान्य छैन । सहज गर्नतिर नेतृत्व लागोस् ।’ एनआरएनका कोषाध्यक्ष महेश श्रेष्ठले गैर आवासीय नेपाली संघमा भएका जति पनि विवाद छन् ती अविश्वासको रहेको स्पष्ट पारे । उनले संघलाई कस्तो बनाउने भन्ने विषयमा सोच्नुपर्ने बताए । ‘पक्ष विपक्ष पनि हुनु हुँदैन । सामाजिक संस्थामा अति ध्रुविकरण पनि हुनुहुँदैन । आपसी सहमति, सहकार्य, विश्वास चाँहि हुनुपर्छ’ उनले भने । त्यसैगरी एनआरएन आइसीसीका उपाध्यक्ष पदका उम्मेदवार त्रिलोक गुरुङले एनआरएनमा म्यानमार, थाइलैण्डमा रहेका नेपाली भाषीहरुलाई समेट्नुपर्ने बताए । ’विदेशमा कमाएको पूँजी नेपालमा लगानी’ एनसीसी अमेरिकाका पूर्व अध्यक्ष तथा महासचिव पदका उम्मेदवार डा.केशव पौडेलले नेपालीहरुले दुख गरेर विदेशमा कमाएको सानो पूँजी पनि नेपालमा लगानी गर्न सक्ने गरी योजना बनाउने बताए । ‘पूँजी भित्राउने र देशमा कसरी स्वरोजगार बनाउन सकिन्छ भन्ने एनआरएन अभियानको मुख्य उद्देश्य हो,’ उनले भने, ‘पूँजी मात्रै होइन, ज्ञान, सीप, दक्षतालाई कसरी देशमा लैजान सकिन्छ भनेर हामीले ठोस काम गरेर देखाउने छौं ।’ धेरै कमाउनेले मात्रै नेपालमा लगानी गर्न सक्छन भन्ने धारणा तोडेर सामुहिक लगानीलाई संस्थागत रुपमा अघि बढाएर जाने डा. पौडेलले बताए । ‘थोरै आम्दानी भएका धेरैलाई सहभागी गराएर पूँजी नेपाल भित्राउने योजना छ । योजना आयोगसँग बसेर छलफल गरेर थुप्रै काम गर्नुपर्ने छ’, महासचिवका उम्मदवार पौडेलले भने, ‘संस्थालाई पारदर्शी, समावेशी बनाउन, संस्थाको इमेज सुधार गर्न सकेमा सबैको संस्थाप्रति आकर्षण बढ्नेछ ।’

आइसिसी सचिव पदका उम्मेदवार खगेन्द्र न्यौपानेले विदेशमा गएर सिकेको सीप ज्ञान हस्तान्तरण, स्वदेशमा लगानी गर्नमा लागि परेको बताए । ‘सामुहिक लगानी, विदेशमा बसेका गैरआवासीय नेपालीहरुले सोच्नुपर्छ । मलेसिया,कोरिया र मध्यपूर्वमा गरिने सानो कमाइलाई सही ठाउँमा लगानी गर्नको लागि कार्ययोजना बनाउनुपर्छ,’ न्यौपानेले भने, ‘जस्तै मलेशियाबाट तीनचार वर्ष काम गरेर फर्कँदा जम्मा गरेको रकम अनुत्पादक काममा खर्च गरेको देखिन्छ । आफूले कमाएको पूँजीलाई उत्पादनमूलक क्षेत्रमा खर्च गर्नुपर्ने उनले बताए । उनले जुन देशमा बसेपनि नेपालमै लगानी बढाउने सपना रहेको बताए । ‘जति कमाएका छौं नेपालमा धेरै थोरै लगानी गर्नेछौं,’ उनले भने बिदेशमा रहेका नेपालीलाई नेतृत्व, सीप दक्षता बढाउनतिर लाग्नुपर्छ ।’ कार्यक्रममा एनआरएन एशिया प्रशान्त क्षेत्रीय संयोजक गोविन्द श्रेष्ठले विदेशबाट रेमिट्यान्स भित्राए पनि अन्य देशमा फिर्ता पठाउने गरेको तीतो यथार्थ सुनाए । उनले नेपालमा सामूहिक लगानी गर्नुपर्ने महसुस भएको बताए ।

‘एनआरएनले ठूला प्रोजेक्टको काम थालेको छ । रोजगारको खोजीमा झोला बोकेर विदेश हामी आउनुपरे पनि अबको पुस्ता आउन नपरोस् भन्ने हाम्रो उद्देश्य हो’, श्रेष्ठले भने, ‘सामूहिक लगानीको शुरुवात भएको छ । अब पक्कै पनि देश विकासमा टेवा पुग्ने आसा छ । छिमेकी देशहरुले देशमा लगानी भित्राएर विकास गरेका छन् । हामीले जोसँग जे सिकेका छौं देशमा लगानी भित्राएर काम गर्नेछौं,’ उनले भने । त्यसैगरी एशिया प्रशान्त क्षेत्रीय संयोजक पदका उम्मेदवार विनोद कुँवरले वाध्यतावश विदेशमा बस्नु परेको अवस्थालाई स्पष्ट पार्दै नेपालसँगको सहकार्य कसरी गर्ने भन्ने विषयमा टिम बन्दै गरेको बताए । त्यसै अनुसार योजना बनाएर कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘विदेशमा आफूले कमाएको योग्यता, पूँजीलाई संस्थागत रुपमा लगानी गर्ने योजना रहेको छ,’ उनले भने ।

नेपाल योग खेलकुद संघ काठमाडौं समितिको पुनर्गठन सम्पन्न

समाचार


काठमाडौँ — आश्विन १३, २०७८

नेपाल योग खेलकुद संघ अन्तर्गत नेपाल योग खेलकुद संघ काठमाडौं समितिको पुनर्गठन सम्पन्न भएको छ। 

योगी  श्रीषनाथ ज्यु को प्रमुख आतिथ्यतामा नेपाल योग खेलकुद संघका अध्यक्ष प्रा.डा सुर्य बहादुर कार्की, कोषाध्यक्ष दिलिप कुमार बिष्ट, सचिब पर्शुराम आचार्यको उपस्थितिमा १३ जनाको कार्य समिति चयन गरिएको छ।  समितिमा योगी केदारमान राजभन्डारी अध्यक्ष, डा. रबिद्र श्रेष्ठ उपाध्यक्ष, बद्री भट्टराई सचिब,  रेबत रमन भट्टराई कोषाध्यक्ष सरोज थापा सह-सचिव सहित सदस्यहरु योगि प्रेम लाल भुसाल, श्याम चौधरी, राज बस्याल, पुकार भन्डारी बेनिजा कार्की लगायत १३ जनाको  समिति पुनर्गठन सम्पन्न भएको छ। 

सन्तोष श्रेष्ठको ‘खोजिरहेछ देशले एक युग नायक’ गीतको म्युजिक भिडियो सार्वजनिक

समाचार


काठमाडौं - गीतकार डा. नवि अधिकारी (टाकिन्द्र) को शब्द र सन्तोष श्रेष्ठको स्वरमा सजिएको ‘खोजिरहेछ देशले एक युग नायक’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतलाई देबेन्द्र नेवाले एरेन्ज गरेका हुन भने गायक सन्तोष श्रेष्ठकै संगित रहेको छ । 
काठमाडौंमा मंगलबार एक कार्यक्रमको आयोजना गरेर रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलाले उक्त भिडिओ सार्वजनिक गरेका हुन् । युवराज दाहालको अभिनय रहेको भिडियोलाई हेमप्रभास अधिकारीले निर्देशन गरेका हुन् । भिडियोलाई राजकुमार केसीले खिचेका हुन भने सम्पादन टेकेन्द्र शाहले गरेका छन् । भिडियोलाई गोल्डेन क्रियसन नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

कहिले राणाले खाए बोलको गीत सार्वजनिक

समाचार


काठमाण्डौ - गायक शिशिर योगीको स्वरमा सजिएको गीत कहिले राणाले खाए बजारमा आएको छ । इष्ट वेष्ट नेपालकोे युटुव  च्यानर मार्फत सार्वजनिक गरिएको उक्त गीतको  सम्पादन तथा भिडियो निर्देशन सम्पादक विरेन्द्र भाट विपिनको रहेको छ भने शब्द तथा संगीत भुपिन्द्र खत्रीको रहेको छ ।

गीतमा  ईतिहासका  राजा रजौटा देखी लिएर अहिलेका पाटी हरुसम्म देशलाई कुनै न कनै रुपमा खाने व्यक्ति मात्रै भेटिएको र साच्चिकै देशको लागी काम गर्ने व्यक्ति नभेटिएको दुखलाई व्यक्त गरिएको छ । सत्तामा जो आए पनि जनताले सधै दुख पाएको कुराहरुलाई समेटेर तयार पारिएको गीतमा हरिश महराको छायाँकन रहेको छ ।
 

स्रष्टा लेखनाथ पोखरेलले ल्याए कथासंग्रह ‘मार्बल हाउसकी शालिनी’

समाचार


काठमाडौं- स्रष्टा लेखनाथ पोखरेलको कथासंग्रह ‘मार्बल हाउसकी शालिनी’ पाठकमाझ आएको छ । केही समयअघि नियात्रासंग्रह ‘फकलीको गाउँ’ पाठकमाझ ल्याउनुभएका पोखरेलको दोस्रो कृति ‘मार्बल हाउसकी शालिनी’ पाठकमाझ आएको हो । सावित्री पोखरेल प्रकाश रहनुभएको २४० पेजको यो कथासंग्रहमा विभिन्न परिवेशका कथा समेटिएको छ । कृति भित्रै कै एक कथा ‘मार्बल हाउसकी शालिनी’लाई लिएर पुस्तकको नाम राखिएको छ ।
पुस्तकमा ‘तृष्ण’, ‘ममता’, ‘विद्रोही’, ‘विकल्प’, ‘जन्मकुण्डली’, ‘प्रतिकार’, ‘मार्बल हाउसकी शालिनी’, ‘पुनर्मिलन’, ‘उज्ज्वला’, ‘अन्ततः’, ‘कक्टेल पार्टी’, ‘गृहलक्ष्मी’ र ‘कथा यस्तो पनि’ जस्ता कथाका पन्ध्र गुच्छा समेटिएका छन् । लेखकले आफ्नै गाउँघरका विविध परिवेश र विषयवस्तुलाई टपक्क टिपेर पन्ध्र गुच्छालाई मालामा उन्नु भएको छ ।
कृतिमा लेखकले समुद्रबाट मोती टिपेझैँ टिपेका समाजभित्रका विविध वस्तुलाई उनेर तयार पारेको साहित्यकार खेमनाथ दाहाल बताउनुहुन्छ । ‘समाजमा रहेका रिती र विकृतिको अत्यन्तै सरल भाषा र पठनीय शैलीमा कथाकारले समेटेका छन्र’, दाहालले भन्नुभयो । कृतिमा स्रष्टाले प्रायशः सबै कथालाई नारी प्रधान कथाका रुपमा प्रस्तुत गर्नुभएको छ ।
‘आत्मकथा होस् कि नियात्रा ¤ चाहे त्यो आख्यान नै किन नहोस् । मानिसले अरुको कुरा कहाँ लेख्दछ र रु पात्र र स्थानविशेषको नामकरण जेसुकै गरिएको किन नहोस् घटना र विषयवस्तुको प्रस्तुति प्रायः आफूसम्बद्ध नै हुने गर्छन् । जे–जति लेखिन्छन्, ती आफ्नै मन–मस्तिष्कमा छरपस्ट भई तम्तयार बसेका, देखेका, सुनेका, जानेका र भोगेका घटना शब्दरुपी अलंकारको रंगले लिपपोत गरेर पस्किइने अव्यक्तमध्येका केही भाव र घटनाक्रम मात्र हुन्’, स्रष्टा पोखरेल भन्नुहुन्छ । आफ्नो पहिलो कृति नियात्रासंग्र्रह ‘फकलीको गाउँ’ जस्तै यो कथा संग्र्रहले पनि पाठकको मन जित्नेमा आफू आशावादी भएको बताउँदै कमीकमजोरीलाई सुझाव र सल्लाह उपलब्ध गराइदिन उहाँले आग्रह गर्नुभयो ।
पत्रकाररलेखक कृष्ण भुसालले सम्पादन गरेको कृतिमा साहित्यकार खेमनाथ दाहालको भूमिका छ भने रमेश दाहालको आवरण र भाषाविन्यास रहेको छ ।
स्रष्टा पोखरलेका विभिन्न पत्र पत्रिकामा नियमित वंग्यात्क लेख, कथा र नियात्रा प्रकाशन हुँदै आएका छन् । उहाँको अर्को कृति प्रेत लेखक (हास्य निबन्ध) पनि पाठकमाझ आउने तयारीमा रहेको छ ।

वियोगान्त भावको गीतमा सङ्गीतकार ज्योतिप्रकाश

समाचार


काठमाण्डौ - गायक एवं सङ्गीतकार ज्योतिप्रकाशले सङ्गीत भरेको गीत दिलमा सजाउन छोडेँ को भिडिओ सार्वजनिक भएको छ । डा। बी। पी। भुसालको शब्दरचना रहेको यस गीतमा प्रवीण बेडवालले आवाज दिएका छन् भने  मन्धर सुनामको सङ्गीत संयोजन रहेको छ । बेनिश थापाको निर्देशनमा तयार भएको यो भिडिओमा राज पोख्रेलको सिनेम्याटोग्राफी रहेको छ । भिडिओमा मनोज वली, प्रीति श्रेष्ठ, सुरज कपाली, आकाश गहतराज, महिमा भुजेल र समुन्द्र कार्कीले अभिनय गरेका छन् ।

शिलन लम्सालले सम्पादन गरेको यो भिडिओ ओएसआर डिजिटल नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । गीत वियोगान्त भावमा रहेको छ  िमाया प्रेमका विभिन्न प्रसङ्गलाई गीतको शब्दका भावमा उठान गरिएको कुरा सङ्गीतकार ज्योतिप्रकाशले बताए । लामो समयदेखि साङ्गीतिक क्षेत्रमा क्रियाशील गायक एवं सङ्गीतकार ज्योतिको आफ्नै आवाज र सङ्गीतमा यसभन्दा अघिपनि थुप्रै गीतहरु बजारमा आइसकेका छन् । साथै, उनले विभिन्न संस्थाहरुद्वारा आयोजित अवार्ड समारोहहरुमा म्युजिक अवार्डहरु पनि प्राप्त गरेका छन् ।

गायक तथा संगीतकार सरोज कोइरालाले ल्याए भकारीमा धान

समाचार


काठमाडौं - गायक तथा संगीतकार सरोज कोइराला र मेलिना राईको स्वरमा रहेको नयाँ रोमान्टिक गीत ‘भकारीमा धान’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सरोज कोइरालाकै शब्द तथा संगीत रहेको यस गीतको संगीत संयोजन भने पुरुषोत्तम सुवेदीले गरेका छन् ।
गायनको क्रममा आफूलाई पछिल्लो आशा लागेको गीतको रुपमा भाकारीमा धान लिएको गायक कोइरालाले बताए । शब्द, संगीत र गायनसँगै पछिल्लो समयको ट्रेन्डलाई पछ्याएको हुँदा यो गीतबाट आशावादी रहेको उनले बताए ।

यसै गीतबाट गायक कोइरालाले आफ्नी जीवन संगीनी सगुन कोइरालाई भिडियोमा डेब्यू गराएका छन् । विधान कार्कीको निर्देशन रहेको भिडियोमा उनले सुगनसँगै सुधिर श्रेष्ठलाई अभिनय गराए छन् । भिडियोको छायाँकन उत्सव दाहालको रहेको छ भने सम्पादन विकास दाहालले गरेका छन् ।
यस गीतको भिडियोलाई द डिभाइन म्युजिक युटुब च्यानलबाट म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

नआरएनए अध्यक्षमा उम्मेदवार घोषणा गर्दै कुल आचार्यले भने, ‘आइएलओ घोटाला छानवीन गर्छु’

समाचार


काठमाडौं, १० असोज – गैरआवासीय नेपाली संघ (एनआरएनए) का सल्लाहकार कुल आचार्यले अध्यक्ष पदका उम्मेदवारी घोषणा गरेका छन् । विश्वका विभिन्न देशका एनआरएनए प्रतिनिधि र अगुवाहरूको उपस्थितिमा काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा आचार्यले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । एनआरएनएका पूर्वउपाध्यक्ष आचार्यले आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै आइएलओको सहयोगबाट सञ्चालित परियोजनामा भएको अनियमतिताको छानवीन गर्न माग गरेका छन् । आचार्यले आफू निर्वाचित भएमा संस्थाभित्र गरिएका अनियमितताहरूलाई बाहिर ल्याउने घोषणा गरेका छन् । उनले संघभित्र सानो समूहले चरम दुरुपयोग गरिसकेपछि ठूलो समूहमाथि दोष लगाउने गरेको बताए । ‘एनआरएनएलाई सही अर्थमा आम प्रवासी नेपालीहरूको साझा संस्था बनाउने मेरो अभियान हो, संस्थामा सबैको सहभागिता र अपनत्व सिर्जना गरेर यो अभियानलाई पूर्णता दिनेछु, पैतृक सम्पतिको अधिकार, राहदानीसहित तेश्रो पुस्तापछि पनि कायम रहने गरी गैरआवासीय नेपाली नागरिकतालाई कार्यान्वयन गर्न सर्वोच्च प्राथमिकता दिने छु,’ आचार्यले भने ।

अध्यक्ष पदका उम्मेदवार आचार्यले आफ्नो दुई वर्षे कार्यकालमा संसारभर एनआरएनएको पञ्जीकृत सदस्य संख्या पाँच लाख पुर्‍याउने र राष्ट्रिय समन्वय परिषद्हरूको संख्या कम्तिमा एक सय पु¥याउने घोषणा गरेका छन् । हाल एनसीसीको संख्या ८४ रहेपनि कतिपय एनसीसीहरू निष्क्रिय रहेका छन् । संघका पञ्जीकृत सदस्यहरूको संख्या एक लाखको हाराहारीमा छ । गैरआवासीय नेपालीहरूलाई मात्रै नभई संसारका विभिन्न देशमा रहेका नेपाली मूलका मानिसहरूलाई पनि जोड्ने आचार्यको योजना रहेको छ । उनले थाइल्याण्ड, म्यानमार लगायतका मुलुकमा बसोबास गर्ने नेपालीलाई ‘पिपुल अफ नेपाली ओरिजिन (पिएनओ) को मान्यता दिलाउन पहल गर्ने घोषणा गरे ।

पर्वतको धाइरिङमा जन्मेका आचार्य हाल बेलायतमा बसोबास गर्दै आइरहेका छन् । उनी लण्डनका स्थापित व्यवसायी हुन्, समाजसेवी पनि हुन् । करिब दुई दशकदेखि एनआरएन अभियानमा सक्रिय आचार्यले आफ्ना कार्ययोजना सार्वजनिक गर्दै संगठनको सुदृढीकरण र संस्थागत पारदर्शिताको मुद्दालाई प्राथमिकतामा राखेको बताए । वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउने अध्यक्षका उम्मेदवार आचार्यले वैदेशिक रोजगारीलाई थप व्यवस्थित र मर्यादित बनाउने उद्घोष गर्दै मध्यपूर्व, मलेसिया लगायतका मुलुकमा काम गर्ने नेपालीहरूको सुरक्षामा पनि विशेष ध्यान दिने घोषणा गरेका छन् । आचार्यले वैदेशिक रोजगारीमा रहेका र थपिने नेपाली महिला कामदारको सुरक्षा र सीपको विकासमा संघले संस्थागत रुपमा ध्यान दिने बताए । विदेशमा नेपाली भाषा, कला र संस्कृतिको जगेर्ना गर्दै संसारभरि नेपालको पर्यटन प्रवर्द्धनका लागि अभियान चलाउने उनको योजना छ ।

प्रवासी नेपालीहरूको खेलकुदप्रतिको चाहना र आकर्षणलाई सम्बोधन गर्न एनआरएनए खेलकुद प्रतिष्ठान स्थापना गर्ने घोषणा पनि आचार्यले गरे । नेपालमा गैरआवासीय नेपालीहरुको लगानी मात्रै नभई प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन पनि आफूले पहल गर्ने आचार्यले बताए । ‘विदेशी लगानी भित्र्याउन केही कानुनी जटिलता छन्, त्यसलाई सुल्झाउनुपर्छ, मेरो ध्यान यसमा केन्द्रित हुने छ,’ उनले भने, ‘नेपालबाट अवैधरुपमा विदेश गइरहेको सम्पत्तिलाई रोकी नेपालमै लगानीको वातावरण बनाउनु पनि मेरो अर्को प्राथमिकता हो ।’

आचार्यको उम्मेदवारीलाई संघका ६५ मध्ये झण्डै दुइतिहाई राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूले समर्थन गरेका छन् । आचार्यले अगाडि सारेका एजेण्डा र प्रतिबद्धतासँग सहमति जनाउँदै आइसीसीका अन्य पदमा पनि उम्मेदवारी घोषणा भएको छ । सोही कार्यक्रममा एनसीसी अमेरिकाका पूर्वअध्यक्ष डा. केशव पौडेलले महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् । एनआरएनएका संस्थापक महासचिव तथा पूर्व राजदूत भीम उदासले आचार्यलाई शुभकामना दिँदै विदेशमा रहेका नेपालीहरूलाई मतदान अधिकार दिलाउन तथा दोहोरो कर हटाउने सम्झौताका लागि पहल गर्न सुझाव दिएका छन् ।

घोषणासभामा एनआरएनए उपाध्यक्ष मन केसी, आइसीसी सल्लाहकार विश्वआदर्श पण्डित, एसी शेर्पा, हरिबोल भण्डारी, सचिव आरके शर्मा, एनसीसी अमेरिकाका सल्लाहकार वेद खरेल, पूर्वकोषाध्यक्ष हिक्मत थापा लगायतले शुभकामना दिएका थिए । त्यस्तै, गैरआवासीय नेपाली अभियन्ताहरू जानकी गुरुङ, आरके शर्मा, प्रवीण गुरुङ, राज रेग्मी, खगेन्द्र न्यौपाने, नारायण आचार्य, मनोज गोर्खाली, भोमा लिम्बु, हिमाल गुरुङ लगायतले कुल आचार्यको टिमबाट विभिन्न पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

पुर्व प्रशासक आमा र चिकित्सक छोरीको कला एवम् कृति सार्वजनिक

समाचार


काठमाडौं- पुर्व प्रशासक मोतीशोभा श्रेष्ठद्वारा लिखित चार लघु उपन्यास र चिकित्सक डा. सविना श्रेष्ठद्वारा सिर्जित १०० वटा चित्रकला सार्वजनिक गरिएको छ । नाताले आमा छोरी रहेका मोतीशोभा र सविनाको सिर्जनालाई क्रमश साहित्यकार एवम् पुर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द र मुर्धन्य व्यक्तित्व शताब्दी पुरुष सत्यमोहन जोशीले शनिवार बबर महल स्थित कला परिषदमा आयोजित दुई भिन्न कार्यक्रम माझ लोकार्पण गरेका थिए ।

कार्यक्रमको पहिलो चरणमा पुर्व प्रशासक मोतीशोभाद्वारा लिखित चार लघु उपन्यास कृतिहरु प्रकृति, सम्झनाको डायरी, सत्य र आमा, आँसुको लोकार्पण गर्दै पुर्व प्रधानमन्त्री एवम् साहित्यकार चन्दले श्रष्टाले महिलाको सामाजिक स्थिती र बालश्रमको बिषयलाई उठान गर्दै समस्या समाधानको लागि रचनात्मक सुझाव प्रस्तुत गरेको उल्लेख गर्दै लेखिकाको लखनीको प्रशंसा गरे ।

यसैगरि, शताब्दी पुरुष सत्यमोहन जोशीले चिकित्सक डा. सविना श्रेष्ठद्वारा सिर्जित १०० वटा चित्रहरुको प्रदर्शनी भाईब्रेसनको समुदघाटन गर्दै डा. श्रेष्ठ बहुमुखी प्रतिभाको धनी रहेको उल्लेख सहित उनी सिर्जनाको खानी रहेको बताए । कार्यक्रममा लेखिका मोतीशोभाले आफु लेखनमा नर्सरी रहेको उल्लेख गर्दै रचनामा सामाजिक बिषयलाई बढि उजागर गर्न खोजेको उल्लेख गरिन भने चित्रकार डा. सविनाले आफुले शताब्दी पुरुष जोशीको सम्मानमा उनी सय बर्ष पुरा भएको खुशीयालीमा आफुले समयलाई चोरेर १०० वटा चित्र सिर्जना गरेको जानकारी दिदै यो आफ्नो शुरुवात भएको बताईन् ।

कृति लोकार्पण कार्यक्रममाझ चर्चित गीतकार कालीप्रसाद रिजालले प्रशासनिक क्षेत्रमा काम गर्ने सिलसिलामा आफुले मोतीशोभासँग एउटै कार्यालयमा काम गरेको स्मरण गर्दै विगतमा उनको साहित्य प्रतिको रुची बारे आफुलाई मेसो नरहेकोमा अचम्म मान्दै लेखिकाको प्रयास अत्यन्तै राम्रो भएको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पुर्व मन्त्री एवम् साहित्यकार शंकर कोईरालाले मोतीशोभा आफ्नो पुर्व हाकिम रहेको बताउदै उनका कृतिहरु पठनिय रहेको उल्लेख गरे । त्यसैगरि, साहित्यकार यादव खरेलले श्रष्टा अन्तरमुखी स्वभावकी भएको बताउदै सम्झनाका डायरी कृतिमा जीवन अनुभुतीलाई पस्किएको आफुले पाएको उल्लेख गरे । अर्का साहित्यकार ध्रुव मुनकर्मीले आँसु उपन्यासमा लम्जुङको धुन्सा भन्ने गाउँबाट आएको महिलाको कारुणिक वेदना र उद्यममा लागेर प्राप्त गरेको सफलतालाई प्रस्तुत गरिएको जनाए ।

त्यसैगरि, डा. सविना श्रेष्ठको एकल चित्रकला प्रदर्शनी कार्यक्रमलाई उपकुलपति कान्छा कुमार बज्राचार्य, हरि प्रसाद शर्मा, गोविन्द डङगोल लगायतले सम्बोधन गरेका थिए ।

पुर्व प्रशासक आमा र चिकित्सक छोरीको कला एवम् कृति सार्वजनिक

समाचार


काठमाडौं- पुर्व प्रशासक मोतीशोभा श्रेष्ठद्वारा लिखित चार लघु उपन्यास र चिकित्सक डा. सविना श्रेष्ठद्वारा सिर्जित १०० वटा चित्रकला सार्वजनिक गरिएको छ । नाताले आमा छोरी रहेका मोतीशोभा र सविनाको सिर्जनालाई क्रमश साहित्यकार एवम् पुर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द र मुर्धन्य व्यक्तित्व शताब्दी पुरुष सत्यमोहन जोशीले शनिवार बबर महल स्थित कला परिषदमा आयोजित दुई भिन्न कार्यक्रम माझ लोकार्पण गरेका थिए ।

कार्यक्रमको पहिलो चरणमा पुर्व प्रशासक मोतीशोभाद्वारा लिखित चार लघु उपन्यास कृतिहरु प्रकृति, सम्झनाको डायरी, सत्य र आमा, आँसुको लोकार्पण गर्दै पुर्व प्रधानमन्त्री एवम् साहित्यकार चन्दले श्रष्टाले महिलाको सामाजिक स्थिती र बालश्रमको बिषयलाई उठान गर्दै समस्या समाधानको लागि रचनात्मक सुझाव प्रस्तुत गरेको उल्लेख गर्दै लेखिकाको लखनीको प्रशंसा गरे ।

यसैगरि, शताब्दी पुरुष सत्यमोहन जोशीले चिकित्सक डा. सविना श्रेष्ठद्वारा सिर्जित १०० वटा चित्रहरुको प्रदर्शनी भाईब्रेसनको समुदघाटन गर्दै डा. श्रेष्ठ बहुमुखी प्रतिभाको धनी रहेको उल्लेख सहित उनी सिर्जनाको खानी रहेको बताए । कार्यक्रममा लेखिका मोतीशोभाले आफु लेखनमा नर्सरी रहेको उल्लेख गर्दै रचनामा सामाजिक बिषयलाई बढि उजागर गर्न खोजेको उल्लेख गरिन भने चित्रकार डा. सविनाले आफुले शताब्दी पुरुष जोशीको सम्मानमा उनी सय बर्ष पुरा भएको खुशीयालीमा आफुले समयलाई चोरेर १०० वटा चित्र सिर्जना गरेको जानकारी दिदै यो आफ्नो शुरुवात भएको बताईन् ।

कृति लोकार्पण कार्यक्रममाझ चर्चित गीतकार कालीप्रसाद रिजालले प्रशासनिक क्षेत्रमा काम गर्ने सिलसिलामा आफुले मोतीशोभासँग एउटै कार्यालयमा काम गरेको स्मरण गर्दै विगतमा उनको साहित्य प्रतिको रुची बारे आफुलाई मेसो नरहेकोमा अचम्म मान्दै लेखिकाको प्रयास अत्यन्तै राम्रो भएको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पुर्व मन्त्री एवम् साहित्यकार शंकर कोईरालाले मोतीशोभा आफ्नो पुर्व हाकिम रहेको बताउदै उनका कृतिहरु पठनिय रहेको उल्लेख गरे । त्यसैगरि, साहित्यकार यादव खरेलले श्रष्टा अन्तरमुखी स्वभावकी भएको बताउदै सम्झनाका डायरी कृतिमा जीवन अनुभुतीलाई पस्किएको आफुले पाएको उल्लेख गरे । अर्का साहित्यकार ध्रुव मुनकर्मीले आँसु उपन्यासमा लम्जुङको धुन्सा भन्ने गाउँबाट आएको महिलाको कारुणिक वेदना र उद्यममा लागेर प्राप्त गरेको सफलतालाई प्रस्तुत गरिएको जनाए ।

त्यसैगरि, डा. सविना श्रेष्ठको एकल चित्रकला प्रदर्शनी कार्यक्रमलाई उपकुलपति कान्छा कुमार बज्राचार्य, हरि प्रसाद शर्मा, गोविन्द डङगोल लगायतले सम्बोधन गरेका थिए ।