generalnews
||Power News Asia||

आजको समाचार

ठमेलमा खुल्यो भिन्तुना नेवारी रेष्टुरेण्ट एण्ड वार

समाचार


काठमाण्डौ । काठमाण्डौको ठमेलमा भिन्तुना नेवारी रेष्टुरेण्ट एण्ड वार संचालनमा आएको छ । आजबाट संचालनमा आएको रेष्टुरेण्टमा नेवारी परिकारह्र खान पाईने छ । विशेष गरि विदेशी पर्यटकहरुको भ्रमण स्थल र पछिल्लो समय स्वदेशी पर्यटकहरुको लागि पनि आर्कषक बनेको ठमेलमा संचालनमा आएको यस रेष्टुरेण्टमा स्वच्छ नेवारी खाना खाजा उपलब्ध हुने यस रेष्टुरेण्टका संचालक मध्ये एक मधु ढकालले बताउनुभएको छ ।
स्वदेशी तथा विदेशी पर्यटकहहरु काठमााण्डौ आएपछि ठमेल नआउने कम नै हुने र ठमेलको बारेमा र काठमाण्डौको नेवारी खानाको बारेमा नसुनेको मान्छे नेपालमा कम नै भएको कारण एकदमै उत्कृष्ट नेवारी खानाका परिकारहरु पेश गर्नको लागि पनि बिषम परिस्थितमा पनि रेष्टुरेण्ट संचालनमा ल्याएका हा्े् अर्का संचालक महेश महर्जनको भनाई रहेको छ ।
ठमेलको नरसिंह चोकमा वर्ड टच टुर्स एण्ड टाभल्स् प्रा.लि. रहेको भवनमा संचालनमा आएको रेष्टुरेण्टमा स्वादिष्ट नेवारी परिकारहरु उपलब्ध छन् ।

मनास्लु वर्ल्ड कलेजको कार्यक्रममा हास्य कलाकारहरुले विशेष प्रस्तुति दिने

समाचार


काठमाडौं । मनास्लु वर्ल्ड कलेजले नव आगन्तुक विद्यार्थीको स्वागत तथा पुर्व विद्यार्थीको बिदाई कार्यक्रममा हाँस्य कलाकारहरु केदार घिमिरे ‘माग्नेबुढा’, सितादेवी तिमल्सिना, गायक धिरज राई, कलाकार सुजन मार्फालगायतका कलाकारहरुले विशेष प्रस्तुति दिने भएका छन् । काठमाडौंको चावहिल चुच्चेपाटीमा रहेको मनास्लु वर्ल्ड कलेजले पौष १ गते बिहीबार नव आगन्तुक विद्यार्थीलाई स्वागत तथा १२ कक्षा सकेका विद्यार्थीलाई विदाई गर्ने भएको छ ।

मनास्लु कलेजका अध्यक्ष गेन्द्र लामाका अनुसार नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ९ बजेबाट सुरु हुने कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरुको विशेष प्रस्तुति रहने छ । ‘अ होम फर फ्युचर्स लिडर’ भन्ने मूल नाराका साथ सञ्चालन गरिएको क्याम्पसले सस्तो र सुलभ दरमा विद्यार्थीलाई गुणस्तरीय सेवा दिँदै आएको छ । कलेजका प्रिन्सिपल राजन श्रेष्ठले आफ्नो क्याम्पस अरु क्याम्पसको तुलनामा हरेक ढंगले उत्कृष्ट रहेको जनाए ।

‘विद्यार्थीलाई चाहिने उपयुक्त शैक्षिक वातावरणका साथै भौतिक पूर्वाधार निर्माणमा पनि विशेष चासो देखाएका छौं’ प्रिन्सिपल श्रेष्ठले भने ‘ दक्ष र प्राज्ञिक व्यक्तिको सहभागितामा क्याम्पस सञ्चालन गरिएकाले पनि हामी बेग्लै पहिचान बनाउन सफल भएका छौं ।’ क्याम्पसले समयसापेक्ष आफूलाई परिवर्तन गर्दै आएको जनाएको छ । ‘अन्तर्राष्ट्रिय जगतमा पनि प्रतिष्पर्धा गर्न सक्ने गरी विद्यार्थी उत्पादन गर्ने हाम्रो लक्ष्य हो’ क्याम्पस अध्यक्ष लामाले भने ‘ विद्यार्थीलाई पढाइका अतिरिक्त विभिन्न प्रकारका अतिरिक्त क्रियाकलापमा पनि सहभागी गराएका छौं, यो पनि सकारात्मक पक्ष हो ।’ पछिल्लो समयमा क्याम्पसमा विद्यार्थीको आकर्षण बढ्दै गरेको प्रिन्सिपल श्रेष्ठले जनाएका छन् ।

देउवा र शशांकबीच बालुवाटारमा वार्ता, देउवाले सहयोग मागेपछि यस्तो जवाफ फर्काए

समाचार


नेपाली काँग्रेसको सभापतिका उम्मेदवार तथा प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाबीच मंगलबार भेटवार्ता भएको छ । देउवाको आग्रहमा प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्ताका क्रममा देउवाले सभापतिमा आफूलाई सघाउन आग्रह गरेका थिए । तर, शशांकले आफू पार्टी एकताको पक्षमा रहेको भन्दै पार्टीलाई मिलाएर लैजान देउवाले आग्रह गरेका थिए । आफू एकताको पक्षमा रहेकाले कसैको पक्षमा खुल्न नसक्ने पनि उनको भनाइ थियो ।

 शशांकका स्वकीय सचिव भरत तिवारीले देउवाले सहयोगका लागि आग्रह गरेपनि महामन्त्रीले आफू एकताको पक्षमा रहेकाले कसैको पक्षमा खुल्न नसक्ने धारणा राखेर बालुवाटारबाट फर्किएको  बताए । आजै देउवा र शेखर कोइरालाबीच सभापतिमा स्रो चरणको प्रतिस्पर्धा हुँदैछ भने त्यसका लागि साढे ३ बजेदेखि मतदान सुरु हुनेछ ।

पिननिक जानेका लागि उत्कृष्ट गन्तव्य- रोयल भिल्ला रिसोर्ट

समाचार


 

काठमाडौ । काठमाडौँको भिडलाई छिचोल्ने सबैभन्दा नजिकको गन्तव्य पर्यटकीय नगरी शिवपुरी डाडागाउँमा एस.एस.हस्पिटालिटी सोलुशनको व्यवस्थापनमा रोयल भिल्ला रिसोर्ट पुर्ण रूपमा संचालनमा आएको छ । काठमाडौँको मुटु महाराजगन्ज हुदै ऐतिहासिक नगरी बुढानिलकण्ठ मन्दिर हुँदै प्राकृतिक रुपमा भरीपूर्ण छिचोल्दै कतै जंगल मनै लोभ्याउने हिम श्रृङ्खला गाँउबस्ती हुँदै शिवपुरी राष्ट्रिय निकुन्जको अवलोकन चराचुरुङ्गीका साथै अन्य वन्यजन्तुहरुको अवलोकन गदै पुगिन्छ रोयल भिल्ला रिसोर्ट ।

स्वदेशी तथा विदेशी पर्यटकहरुलाई लक्षित गरी संचालनमा ल्याइएको सो रिसोर्टबाट जङ्गल वाक,साइडसिन,लोकल र अर्गानिक खाना खान पाईन्छ । पारिवारीक र अफिसियल पिकनिक, सेमिनार, मिटिङ्हरुको लागि खुला ठाउँ । १०० सय भन्दा बढि क्षमताको आकर्षक मिटिङहल पनि रहेको छ । डिलक्स रुम,सिङ्गल रुम, डबल रुम, ग्रुप रुम र फेमिली रुमको व्यवस्था छ । क्याम्प फायर गर्दै साझ र रातको समयमा पनि पाहुनाहरुले मनोरञ्जन लिन सक्ने ग्राहकलाई विशेष ध्यान दिँदै २४ घण्टा ग्राहक सेवामा संचालन रहेकोे एस.एस.हस्पिटालिटी सोलुशनका प्रमुख नरेन्द्र अधिकारीले बताए ।

संस्कृति बचाऔं महाअभियानको शुभारम्भ

समाचार


काठमाडौं- नेपाली चलचित्रकर्मीहरु नेपाली कला, साहित्य, संस्कृति, चलचित्र, चाड पर्व लगायतमा भएको अतिक्रमणको विरुद्ध एकिकृत भएका छन् । उनीहरुले यसका बिरुद्ध लड्नका लागि ‘नेपाली संस्कृति बचाऔं राष्ट्रिय महाअभियान २०७८’ को घोषणा भएको छ । परिवर्तन नेपाल मार्फत उनीहरुले यो अभियानको शुभारम्भ गरेका हुन् । महाअभियान अन्तर्गत नाटक मञ्चन गर्नेदेखि फिल्म समेत निर्माण हुनेछ । आइतवार राजधानीमा एक कार्यक्रमका बीच यसको घोषणा गरिएको हो । ‘नेपाली संस्कृति बचाऔं राष्ट्रिय महाअभियान’ को संयोजकमा मोहन निरौला रहेका छन् भने सुन्दर श्रेष्ठ, मुकुन्द मैनाली, ठण्डबहादुर अधिकारी, मनोज कुमार भेटवाल र विश्वमणी घिमिरे सदस्यमा छन् । संयोजक निरौलाले आवश्यकता अनुसार थप सदस्यहरु मनोनयन गरिने र महाअभियानसँग संस्थाबाहेक अन्य तह र तप्काका व्यक्तिहरु पनि क्रमशः जोडिन सक्ने जानकारी दिएका छन् । उनले यो महाअभियानको कार्यक्रम गैह्र मुनाफा र गैह्र व्यवसायिक रहने जानकारी दिएका छन् । महाअभियान प्रारम्भ भएको ३ महिनामा वक्तव्यमार्फत् कार्य प्रगति पनि सार्वजनिक गरिने उनले बताए । नेपालको कला, साहित्य, संस्कृति मासिएको खण्डमा देशको पहिचान पनि मासिने भएकाले नेपाली संस्कृतिमाथिको अतिक्रमण अन्त्य गर्न यो अभियान थालिएको उनको भनाई छ ।
महाअभियानका संयोजक मोहन निरौलाले राजनीनिक दल, सांस्कृतिक सम्पदा, पुरातात्विक सम्पदा, मठ मन्दिरका प्रमुख र विज्ञहरुलाई भेटेर अभियानबारे जानकारी गराउने, उपत्यकाका विभिन्न स्थानहरुमा अभियानका अभियान्ताहरुले मौन प्रदर्शन र अपिल गर्ने, समाजका रहेका विभिन्न व्व्यक्तिहरुसँग अन्तरक्रिया गर्ने लगायत महाअभियानका कार्यक्रमहरु रहेको बताए । कलाकार तथा फिल्म निर्देशक समेत रहेका निरौलाले भने, ‘देश समाप्त पार्न युद्ध लड्नै पर्दैन, संस्कृति सकिएपछि देश नै सकिन्छ । अहिले हामी संस्कृति सकिने कठघरामा छौं । त्यसकारण संस्कृति बचाउनु पर्छ भनेर हामीले यो महाअभियानको शुभारम्भ गरेका हौं ।’ नेपाली कला, साहित्य, चलचित्रहरु आफ्नै पहिचान र मौलिकतामा रहेर प्रस्तुत गर्न पनि उनको आग्रह छ ।
‘नेपाली संस्कृति बचाऔं राष्ट्रिय महाअभियान’ को शुभारम्भ समारोहका प्रमुख अतिथी तथा फिल्म निर्देशक यादव खरेलले पछिल्लो समय नेपाली संस्कृतिमाथि अतिक्रमण बढेको भन्दै यो अभियानले संस्कृतिलाई जोगाउन भूमिका खेल्नेमा विश्वास व्यक्त गरे । नयाँ पुस्तालाई हामीले बेलैमा हाम्रो संस्कृतिबारे सजग नगराए यो धारसायी हुने चिन्ता खरेलले कार्यक्रममा व्यक्त गरे ।
यस्तै अग्रज अभिनेत्री बसन्धुरा भुषालले पनि नेपाली संस्कृति बचाउने अभियानमा सबै क्षेत्र र व्यक्तिले साथ सहयोग गर्नुपर्ने बताएकी छन् । अबका दिनमा चलचित्र निर्माण गर्दा मौलिक संस्कृतिलाई सकेसम्म समेट्नु पर्नेमा उनले जोड दिईन् । त्यस्तै, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले देशको भाषा र संस्कृति मिचिँदा नेपालीको पहिचान र अस्तित्व नै नरहने भन्दै नेपाली संस्कृतिमाथि भइरहेको अतिक्रमणको विरुद्धमा सबै एकजुट हुन आग्रह गरेकी छन् । परिवर्तन नेपालको संस्थापक अध्यक्ष समेत रहेकी उनले अबदेखि आफूले नेपाली गीतबाहेक विदेशी भाषाका गीतमा टिकटक नबनाउने समेत वाचा गरेकी छन् ।
यो महाअभियानलाई शुभकामना दिन कार्यक्रममा सांस्कृतिक संस्थानका अध्यक्ष प्रेमनाथ अधिकारी, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, नेपाल द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधान, नेशनल डेल्फिक काउन्सिल नेपालका अध्यक्ष श्रीदेव विएल लगायतको उल्लेख उपस्थिति रहेको थियो । कार्यक्रममा संस्थाको अपिल महाअभियानका सदस्य ठण्डबहादुर अधिकारीले प्रस्तुत गरेका थिए भने महाअभियान अन्तर्गतका कार्यक्रमको जानकारी मनोज भेटवालले दिएका छन् ।

लेक ट्वान्टि थाउजन्ड रिजर्टले गर्यो द फेस वन्यजन्तु संरक्षण -र्यालिका मडलहरुको भव्य स्वागत

समाचार


काठमाडौं । 'यु क्यान फ्लाई' को आयोजनामा राजधानीमा संचालित 'द फेस'का प्रतिस्पर्धी मोडलहरु चितवनमा बन्यजन्तु संरक्षणको निम्ति एक र्‍यालीमा सहभागी भएका छन । 'द फेस' मोडलहरू आ-आफ्नै रचनात्मक नारासहित प्लेकार्ड बोकेर वन्यजन्तु संरक्षण र्‍यालीमा सहभागी भएका थिए । नेपाली युवाहरूमाझ वन्यजन्तु संरक्षणको आवश्यकता र त्यसतर्फ सरोकारवालाहरुको ध्यानाकर्षण गराउने उद्देश्यसहित नयाँ दृष्टिकोण सहित फेसनलाई सामाजिक अभियानमा जोड्दै प्रदर्शन गरेको ‘द फेस’ का आयोजक संम्शाद शाहले जनाए । 'लेक ट्वान्टी थाउजेन्ड फार्म एन्ड रिट्रिटबाट र्‍यालीलाई कार्यक्रम संयोजक सुप्रिया थापाले झण्डा देखाएर शुभारम्भ गरेकी थिईन । नारायणी नदीमा पुगेर समापन भएको उक्त र्‍यालीको मुख्य उद्देश्य वन्यजन्तु संरक्षण र वन क्षेत्र बढाउन चेतना जगाउनु रहेको थियो । लेक ट्वान्टी थाउजेन्ड फार्म एन्ड रिट्रिट'का संचालक देवेन्द्र लोहनीसंगको सहकार्यमा र्‍याली संगै 'द फेस' का प्रतियोगी मोडलहरु बीच लघु चलचित्र प्रतियोगिता समेत सम्पन्न भएको थियो । उक्त कार्यलाई प्रोत्साहित गर्दै 'म्यान विथ भिजन' र 'व्युटी विथ पर्पस' को अवार्डले सर्वोत्कृष्ट भिडियो छनौट गरि सम्मान प्रदान गरिने आयोजकले जनाएको छ ।

बन्यजन्तु संरक्षणमा 'द फेस' मोडलहरु

समाचार


काठमाडौं । 'यु क्यान फ्लाई' को आयोजनामा राजधानीमा संचालित 'द फेस'का प्रतिस्पर्धी मोडलहरु चितवनमा बन्यजन्तु संरक्षणको निम्ति एक र्‍यालीमा सहभागी भएका छन । 'द फेस' मोडलहरू आ-आफ्नै रचनात्मक नारासहित प्लेकार्ड बोकेर वन्यजन्तु संरक्षण र्‍यालीमा सहभागी भएका थिए । नेपाली युवाहरूमाझ वन्यजन्तु संरक्षणको आवश्यकता र त्यसतर्फ सरोकारवालाहरुको ध्यानाकर्षण गराउने उद्देश्यसहित नयाँ दृष्टिकोण सहित फेसनलाई सामाजिक अभियानमा जोड्दै प्रदर्शन गरेको ‘द फेस’ का आयोजक संशद शाहले जनाए । 'लेक ट्वान्टी थाउजेन्ड फार्म एन्ड रिट्रिटबाट र्‍यालीलाई कार्यक्रम संयोजक सुप्रिया थापाले झण्डा देखाएर शुभारम्भ गरेकी थिईन । नारायणी नदीमा पुगेर समापन भएको उक्त र्‍यालीको मुख्य उद्देश्य वन्यजन्तु संरक्षण र वन क्षेत्र बढाउन चेतना जगाउनु रहेको थियो । लेक ट्वान्टी थाउजेन्ड फार्म एन्ड रिट्रिट'का संचालक देवेन्द्र लोहनीसंगको सहकार्यमा र्‍याली संगै 'द फेस' का प्रतियोगी मोडलहरु बीच लघु चलचित्र प्रतियोगिता समेत सम्पन्न भएको थियो । उक्त कार्यलाई प्रोत्साहित गर्दै 'म्यान विथ भिजन' र 'व्युटी विथ पर्पस' को अवार्डले सर्वोत्कृष्ट भिडियो छनौट गरि सम्मान प्रदान गरिने आयोजकले जनाएको छ ।

नेपालमा पनि भेटियो ओमिक्रोन, दुई व्यक्ति सङ्क्रमित

समाचार


नेपालमा पनि ओमिक्रोन भेरिअन्टबाट सङ्क्रमित दुई व्यक्ति भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ।दक्षिण अफ्रिकाबाट आएका दुई जनाको नमुना संकलन गरेर जिन स्विकन्सिङ गर्दा ओमिक्रोन ​भेरियन्टको सङ्क्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समिर कुमार अधिकारीले जानकारी दिए ।

सोमवार मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सह(प्रवक्ता समिर अधिकारीले नेपालमा पनि कोरोनाभाइरसको ओमिक्रोन भेरिअन्ट भेटिएको जानकारी दिए। ओमिक्रोन भेटिएको देशबाट मंसिर ३ गते नेपाल प्रवेश गरेका एक ६६ वर्षीय विदेशी र उनको सम्पर्कमा आएका अर्का एकजना ७१ वर्षीय व्यक्तिमा ओमिक्रोन सङ्क्रमण भेटिएको उनले बताए। उनीहरूको मंसिर ७ गते परीक्षण गरिएको थियो।

दक्षिण अफ्रिकामा पहिलोपटक पहिचान भएको ओमिक्रोन भेरिअन्ट अहिलेसम्म छिमेकी भारत सहित ४० भन्दा बढी देशहरूमा फैलिइसकेको छ। यो भरिअन्ट अत्यधिक उत्परिवर्तित भएको भनिएपनि खोपको प्रभावकारिता हुने वा नहुनेबारे बैज्ञानिकहरू अझैसम्म स्पष्ट भइसकेका छैनन्।

 विश्व स्वास्थ्य सङ्गठनका वैज्ञानिकहरूले यसबाट नआत्तिन तर सचेत रहन आग्रह गरेका छन्। विश्वका धेरै देशहरूले दक्षिण अफ्रिका सहित ओमिक्रोन भेटिएका देशहरूमा यात्रा प्रतिबन्ध लगाएका छन्। नेपालले पनि दक्षिण अफ्रिकाबाट नेपाल आउन रोक लगाएको छ।
 
नेपालमा ३५ प्रतिशतले एक मात्रा र २८ प्रतिशतले पूर्ण मात्रामा खोप लगाएका छन्। नयाँ भेरिअन्ट आएसँगै अग्रपङ्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी लगायतलाई खोपको बुस्टर मात्रा दिनुपर्ने माग भइरहेको छ।

गायिका रचना रिमाल र गायक केशब भावुकको तिम्रो मायाले बोलको गीत सार्वजनिक

समाचार


काठमाण्डौ –  नायक सलोन र रुबिनाको जोडी फेरी पनि अर्को म्युजिक भिडियो मार्फत देखिएको छ । तर हामी वस्तबिक जोडी होइनौ सलोनले भने म त माया पौडिदै छु उनी त यो क्षेत्र भन्दा फरक विधामा छिन, सलोनले बताए । तिम्रो मायाले बोल रहेको उक्त गीतमा गायिका रचना रिमाल र गायक केशब भावुकको सुमधुर स्वरले सजिएको छ ।

भिडियोमा सलोन र रुबिनसंगै भाईरल टिकटकर सन्तोष बस्नेत, लोसिन लमिछने, प्रख्यात घिमिरे, तप्स्या, गोपाल, कृति लगायतले अभिनयमा साथ दिएका छन । बिदेशमा रहेर पनि आफ्नै देशको संस्कृति, भेषभुषा र नेपाली गीत संगीतलाई माया गर्ने, थुप्रै चर्चित गीतहरुकी सर्जक गीतकार सुधा मरहठ्ठाको शब्द लेखन र चर्चित संगीतकार राजन तिमिल्सिनाले संगीत रहेको गीतको भिडियो निर्देशन चर्चित तथा अहिलेका व्यस्त म्युजिक भिडियो निर्देशक शशान कँडेलले गरेका हुन ।

भिडियोमा जती नै लगानी भएपनी यसबाट हुने कमाईसआओ समाज सेवामा लगाउछु गीतकार मरहठ्ठाले बताईन गीतमा योगेश काजीको संगीत संयोजन अशिष अविरलको मिक्सिङ मास्टरिङ्ग रहेको छ । काठमाण्डौ एक प्रेस रिलिज कार्यक्रम गरी उक्त भिडियो सार्वजनिक गरिएको हो । भिडियोमा सन्तोष राजबाहकको कोरियोग्राफी बुद्ध थापाको छाँयाकन बिकास दाहालको सम्पादन रहेको छ । भिडियोलाई गीतकार सुधा मरहठ्ठाको अफिसियल युट्युब च्यानल सुधा इन्टरटेन्मेण्ट मार्फत सार्वजनिक गरिएको छ ।

तेश्रो नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिवल भव्य रुपमा सम्पन्न, चलचित्र कुईनेटोवाट खरेलले जिते निर्देशकको अवार्ड

समाचार


काठमाण्डौ-  नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिवलको तेश्रो संस्करण राजधानी काठमाण्डौमा भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रममा सर्वोत्कृष्ट चलचित्र निर्देशकको अवार्ड चलचित्र कुईनेटोवाट निर्देशक माधव राज खरेलले हात पारेका छन् । त्यस्तै  महोत्सवमा कल्चरल फिल्म डाईङ क्याण्डल, फिचर फिल्म कथा ७२, डकुमेन्ट्रि फिल्म एउटा फरक कथा, वुमेन फिल्म द कन्फ्युजन, चिल्डेन फिल्म अ स्केयर क्रो, सर्टफिल्म फिट द्याट टच नेशन, इन्भारोमेन्ट फिल्म द वइन्टर ट्याप, जुरी अवार्ड धुलोबाट प्रधुम्न मिश्र, विषेश वुमेनफिल्म इन्द्रायाणीबाट दर्शनवीर शाक्य, चोरखाते फिल्मका कृष्ण भण्डारी र सिया फिल्मका मिरा गुरुङले रिकग्निशन एवं स्पेशल मेन्सन फिल्म अवार्ड हात पारेका थिए ।

त्यस्तै अन्तराष्ट्रिय विधा अन्तर्गत मानवाधिकार फिल्म कुम गेसी (टर्की), फीचर फिल्म मार्केट (भारत), वृत्तचित्र फिल्म  द खे सेन पीस गार्डन (भियतनाम), एनिमेशन फिल्म बडीज द्याट फाइट (चिली), वुमेन फिल्म फेमिनाईजेसन (लेबनान), चिल्ड्रेन फिल्म कर्मा (ईरान), सर्ट फिल्म द ट्यालेन्ट (रसियन फेडेरेसन), जूरी च्वाईस फिल्म मन्नू (भारत), विशेष फिल्म सेनाइ (भारत), स्पेशल मेन्सन फिल्म अन्टार्कटिका (बुल्गारिया)। स्पेशल मेन्सन फिल्म सरिता (नेपाल), रिकग्निशन फिल्म अर्थ इज होम (ट्यूनीसा), रिकग्निशन फिल्म फायर अफ टीक फ्लेम अफ चिनार (भारत)ले उक्त महोत्सवमा उत्कृष्ट अवार्ड जित्न सफल भएका थिए ।

कार्यक्रममा कलाकार प्रेम पाण्डे, झा, समता फाउन्डेशनका दिपक संजेल, पत्रकार राज लुईटेल,ईभेन्ट डाईरेक्टर तथा कार्यक्रम व्यबस्थापन संघ नेपालका अध्यक्ष लब वहादुर कार्की, पेजेन्ट डाईरेक्टर निशुकान्त झा, संचारकर्मी राजन थापा लगायतका ब्यक्तिहरुलाई आयोजकले सम्मान समेत प्रदान गरेको थियो । साथै उक्त महोत्सवमा विभिन्न राष्ट्रबाट चलचित्र कर्मीहरुका साथै समाजसेवी एवम् कलाकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम समेत रहेको थियो ।

नेपाली चलचित्र जगतलाई अन्तराष्ट्रिय चलचित्र क्षेत्रसंग जोड्ने एवं नेपाली चलचित्र, कला र संस्कृतिलाई विश्वसामु चिनाउने उदेश्यले आयोजना गरिएको उक्त चलचित्र महोत्सवमा विभिन्न ५० देशका १०७ वटा चलचित्र, वृत्तचित्र एवं एनिमेशन, लघुचलचित्रहरुले प्रतिष्प्रधातमक सहभागीता जनाएका थिए । 

नेपाल कल्चरल फिल्मी सेन्टरको आयोजनामा मंसीर १५ देखी १७ गते सम्म तीन दिन संचालन भएको कार्यक्रममा आयेजनामा सहभागीता जनाएका विभिन्न चलचिहरुको प्रर्दशनी गरिएको नेपाल कल्चरल फिल्मी सेन्टरका अध्यक्ष एवं फेष्टिवलका निर्देशक सन्तोष सुवेदी वताएका थिए ।

यूवा तथा खेलकुद मन्त्री माननिय महेश्वर जंग गहतराजको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा राष्ट्रिय तथा अन्तराष्ट्रिय विधाका फिचर फिल्म,सर्ट फिल्म, डकुमेन्ट्री फिल्म, ह्युमन राइट्स, चिल्ड्रेन फिल्म, वुमन फिल्म र एनिमेटेड फिल्म, उत्कृष्ट निर्देशक, उत्कृष्ट कथा, जुरी अवार्ड लगाएत विभिन्न २५ वटा विधामा अवार्ड प्रदान गरिएको थियो । ऋषि लामीछाने, दिनेश राउत, बिष्णु प्रसाद सुवेदी, उत्तम न्यौपाने, शितल के.सी. लगाएतका नेशनल जुरी र डेभिड विल्सन, बोर्जे लुम्बर्ग, योङ उ किम, विलजान टुटोरोभ, मिया माईल्जर, रादा सेसिक लगायतका ईन्टरनेशनल जुरीहरुले चलचित्रका मुल्यांकन गरेका थिए ।