generalnews
||Power News Asia||

आजको समाचार

सुमनको निर्देशनमा यो जीवन मिठोको भिडियो सार्वजनिक

समाचार


काठमाडौं – नयाँ गीत यो जीवन मिठोको भिडियो शुक्रबार रिलिज गरिएको छ । यो गीतको भिडियोलाई सम्राट क्रियसन युट्युव च्यानलबाट रिलिज गरिएको छ । यो जीवन मिठो गीतलाई सुदन डोटेलले लेखेका हुन् । जसमा कृष्ण काफ्ले र रिता केसीको स्वर रहेको छ । गीतमा सरोज प्याकुरेलले संगीत सृजना र मनोहर सुनामले संगीत संयोजन गरेका छन् ।

सँयुक्त राज्य अमेरिकामा बसेर पनि म्युजिक भिडियो, लघू चलचित्र तथा लोक दोहोरी कार्यक्रम निर्देशन गर्दै आएका सुमन दाहालको निर्देशनमा यो गीतको भिडियो तयार गरिएको हो । भिडियोलाई सँयुक्त राज्य अमेरिकाको ल्याक्जिङटन शहरका आसपासमा छायाँकन गरिएको हो । भिडियोका दृष्यहरु मनमोहक छन् ।

गीतको भिडियोमा युगल जोडीको प्रगाढ प्रेमलाई प्रस्तुत गरिएको छ । जसमा मोडलको रुपमा भुवन लोहनी र अन्जली दियाली प्रस्तुत भएका छन् । उनीहरु रोमान्टिक जोडीको रुपमा भिडियोमा अभिनयरत छन् । नया कलाकार भएर पनि सुमनले उनीहरुलाई परिपक्क कलाकार जस्तै अभिनयमा प्रस्तुत गरेका छन् ।
अक्की शर्माले खिचेको यो गीतको भिडियोलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् । जसमा रंग सँयोजन रेनिश फागोको रहेको छ ।

साइमन र खुशीलाई फेश अफ टिनको उपाधि

समाचार


काठमाडौं, साइमन थापा र खुशी कार्कीलाई फेश अफ टिन सिजन टूको उपाधि प्राप्त भएको छ । राजधानी शहरको जमलस्थित राष्ट्रिय नाचघरमा संचालन भएको प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा साइमन र खुशीले विजेताको ट्रफी उचालेका हुन् । प्रतियोगितामा शीर्षक श्रेष्ठ र प्रशंसा श्रेष्ठले फस्ट रनर अप तथा रोहित तामाङ र अन्शा मुल्मीले सेकेन्ड रनर अप उपाधि हात पार्न सफल भएका छन् । सिल्भर स्टार इन्टरटेन्मेन्टको ब्यानरमा सम्पन्न सो प्रतियोगितामा करिष्ना श्रेष्ठलाई मोस्ट पपुलर विधाको विजेता चयन गरिएको थियो ।

चीनमा फुटबलका राष्ट्रिय खेलाडीलाई ट्याटु खोप्न प्रतिबन्ध

समाचार


काठमाण्डौ – चीनमा फुटबलका राष्ट्रिय खेलाडीलाई ट्याटु खोप्न प्रतिबन्ध गरिएको छ।साथै ट्याटु भएका खेलाडीलाई हटाउन निर्देशन दिएको छ। चिनियाँ खेलकुद प्रशासन कार्यालयले राष्ट्रिय स्तर र युवा टोलीमा ट्याटु भएका नयाँ खेलाडी राख्न कडा प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ। चिनियाँ संस्कृतिमा ट्याटुलाई राम्रो मानिन्न । तर पछिल्ला दिनहरूमा ट्याटु लोकप्रिय हुन थालेको छ।

दुई हजार पच्चीस मतदाता कायम

समाचार


काठमाडौँ- राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि दुई हजार २५ जना मतदाता कायम हुने भएका छन् । सातवटै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको मतदाता नामावलीमा कुनै दाबी विरोध र उजुरी नपरेपछि आयोगले जारी गरेको नामावली नै कायम हुने भएको हो ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गरेको मतदाता नामावलीपछि नाम, थर सच्याउन र नामावलीउपर दाबी विरोध गर्न तय गरेको समयसीमाभित्र कुनै निवेदन वा दाबी विरोध नपरेको जानकारी दिनुभएको छ । सातवटै प्रदेशमा स्थापित निर्वाचन अधिकृतको कार्यालयले शनिबार बिहान १० बजे मतदाता नामावली प्रकाशन गरेको थियो । बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म दाबी विरोध र नाम सच्याउन निवेदन आह्वान गरिएकोमा कुनै निवेदन परेन ।

राष्ट्रिय सभा निर्वाचनका लागि स्थापना गरिएको सातवटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा मङ्गलबार उम्मेदवारी दर्ता हुँदैछ । विराटनगरस्थित निर्वाचन कार्यालयका प्रमुख लेबन कश्यपले ९२ जना प्रदेश सभा सदस्य र २७२ जना स्थानीय तहका प्रमुख र उपप्रमुख गरी प्रदेश १ मा राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि ३६४ जना मतदाता कायम भएको जानकारी दिनुभयो । प्रदेश २ मा १०४ प्रदेश सभा सदस्य र २६८ स्थानीय तहका गरी कुल ३७२ जना मतदाता कायम भएको निर्वाचन कार्यालयका प्रमुख पुष्पा झाले जानकारी दिनुभयो ।

बागमती प्रदेशमा १०९ प्रदेश सभा सदस्य र २३७ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ३४६ जना मतदाता रहेका छन् । गण्डकीमा ५९ प्रदेश सभा सदस्य र १७० स्थानीय तहका गरी कुल २२९ मतदाता रहने भएका छन् । लुम्बिनीमा ८१ प्रदेश सभा सदस्य र २१५ स्थानीय तहका गरी कुल २९६ मतदाता रहनेछन् । कर्णालीमा ३५ प्रदेश सभा सदस्य र १५६ स्थानीय तहका प्रमुख गरी १९१ जना मतदाता कायम भएका छन् । सुदूरपश्चिममा ५२ प्रदेश सभा सदस्य र १७५ स्थानीय तहका प्रमुख गरी २२७ जना मतदाता रहेका छन् ।

प्रतिनिधिसभाकाे बैठक स्थागित, अर्काे बैठक पुस २२ गते

समाचार


काठमाडाैं-आज जबस्ने भनिएकाे प्रितिनिधिसभा बैठक पुस २२ गतेसम्मका लागि स्थगित भएकाे छ । संसद सचिवालयले सूचना प्रकाशन गरी विशेष कारणले बैठक स्थगित भएकाे जनाएकाे छ । 

बारले एक घण्टा विरोध कार्यक्रम जारी राख्ने, काम नरोकिने

समाचार


काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै कात्तिक १४ गतेदेखि नेपाल बार एशोसिएसनले सुरु गरेको आन्दोलन दुई महिनाभन्दा बढी भएको छ । सर्वोच्च परिसरमा धर्ना दिँदै आएको बारले अहिले पनि हरेक दिन विहान ११ देखि १२ बजेसम्म धर्ना जारी राखेको बारका महासचिव अधिवक्ता लीलामणि पौडेलले जानकारी दिनुभयो । प्रधानन्यायाधीश जबराले विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको र न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेको भन्दै बारले जबराको राजीनामा माग गर्दै आइरहेको छ ।

आन्दोलनकै क्रममा बारले मङ्सिर ६ गते प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुलाई ध्यानाकर्षण पत्र बुझाएको थियो । यस क्रममा सभामुख सापकोटाले बारको ध्यानाकर्षण पत्र बुझ्दै न्यायपालिकामा देखिएको समस्याको सहज र स्वाभाविक निकास निकाल्ने सम्बद्ध सबै पक्ष गम्भीर हुनुपर्ने बताउनुभएको थियो ।

साथै, सपकोटाले आफ्नो तर्फबाट निष्पक्ष, स्वतन्त्र र तटस्थ भूमिका निर्वाह गर्ने भन्दै न्यायपालिकाको समस्या समाधान छिटोभन्दा छिटो निकाल्नुपर्नेमा जोड दिनुभएको थियो ।

‘हामीले उहाँहरुलाई भेटेर वास्तविकताबारे जानकारी गराएका थियौं । अब त्यो कुरा अगाडि बढाउने नबढाउने उहाँहरुको कुरा हो ।’ बारका महासचिव अधिवक्ता पौडेलले भन्नुभयो, ‘हामीले आफ्नो तर्फबाट गर्नुपर्ने कुरा गर्यो ।’ पौडेलले जारी आन्दोलनबाट प्रधानन्यायाधीश जबराको राजीनामा मात्र नमागेको जानकारी दिनुभयो ।

प्रधानन्यायाधीशको जबराको राजीनामा सँगसँगै न्यायालय सुधार सुझावसहितको प्रतिवेदन कार्यान्वयन र सर्वोच्चमा गोलाप्रथा प्रणालीबाट पेशी तोक्नुपर्ने विषय पनि उठाएको उहाँले बताउनुभयो । यद्यपि, गोलाप्रथाबाट पेशी तोक्ने माग भने पूरा भइसकेको छ । ‘यसबाहेक अरु माग पूरा गर्न प्रधानन्यायाधीशज्यू बाधक हुनुभएको छ । यसका लागि उहाँको बहिर्गमन आवश्यक छ ।,’ पौडेलले भन्नुभयो, ‘उहाँ सँगसँगै बसेर काम गर्न सक्ने अवस्था छैन ।

साथै, उहाँले न्यायपरिषद्, न्याय सेवा आयोगलगायत अन्य क्षेत्रमा देखिएका विकृति, विसंगति र भ्रष्टाचार समाधान गर्दै कार्यान्वयन गर्न सक्ने अवस्था पनि देखिएन ।’ बारका महासचिव अधिवक्ता पौडेलले जबसम्म प्रधानन्यायाधीश जबराले राजीनामा दिनुहुन्न तबसम्म विरोध कार्यक्रम निरन्तर एक घण्टा जारी रहने बताउनुभयो । यस विरोध कार्यक्रमबाट नागरिकका कामहरुलाई नरोक्ने पनि उहाँले बताउनुभयाे ।

नेपाली सेनाको अधिकृत क्याडेट पदमा भर्ना खुल्यो

समाचार


काठमाडौं -  नेपाली सेनाले अधिकृत क्याडेट पदमा विज्ञापन खुलाएको छ । नेपाली सेनाले २२९ जना अधिकृत क्याडेटका लागि आज विज्ञापन खुलाएको हो । खुलातर्फ १२० जनाको कोटा छ । यसैगरी शारीरिक रुपमा अशक्त भएका र कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका नेपाली सैनिकका सन्ततीका लागि ६ जना, महिला २१ जना, आदिवासी जनजाती ३३ जना, मधेसी २९ जना, दलित १५ जना पिछडिएको क्षेत्रबाट ५ जनाको कोटा छ ।

आजदेखि माघ १७ गतेसम्म एक हजार रुपैयाँ दस्तुर बुझाएर दरखास्त दिने म्याद छ । दोब्बर दस्तुर तिरेर माघ १८ गतेसम्म दरखास्त बुझाउन सकिने नेपाली सेनाले जनाएको छ ।

दीक्षा बनिन् मिसेस् नेपाल वर्ल्ड

समाचार


काठमाडौँ – ‘मिसेस् नेपाल वर्ल्ड २०२१’ को उपाधि बाफल, काठमाडौँकी दीक्षा केसीले जितेकी छन् । शनिवार आर्मी अफिसर्स क्लबमा सम्पन्न प्रतियोगितामा शीर्ष उपाधि चुमेकी उनले नेपालको प्रतिनिधित्व गर्दै ‘मिसेस् वर्ल्ड’ जाने अवसर समेत प्राप्त गरिन् ।

विवाहित महिलाहरूबीच आयोजित प्रतियोगितामा अभिनेत्री उषा रजक ‘मिसेस् नेपाल इन्टरनेसनल’ र पविता गिरी ‘एमएस इन्टरनेसनल’ घोषित भए । दुवै सिङ्गापुरमा आयोजना हुने क्रमशः मिसेस् इन्टरनेसनल र एमएस इन्टरनेसनलमा नेपालको प्रतिनिधित्व गर्नेछन् । उषा प्रतियोगितामा मस्ट ट्यालेन्टेड तथा मस्ट बोल्डको उपाधि पनि हात पारिन् ।

रिबन इन्टरटेनमेन्ट आयोजक रहेको प्रतियोगितामा सुनिता लामा फस्ट रनरअप, राजश्री थापा सेकेण्ड रनरअप र मनीता प्याकुरेल थर्ड रनरअप भए । प्रतियोगितामा माधुरी कर्णले बेस्ट स्माइल, भ्यूअर्स च्वाइस र प्रदेश २ उद्योग तथा पर्यटन मन्त्रलाय मिसेस् टुरिजम एम्बेस्डरको अवार्ड जितिन् भने लक्ष्मी जोशीले पब्लिक च्वाइस अवार्ड हात पारेकी छन् ।

नरहरी र प्रज्ञा को "तिमिलाई नै सम्झिरहन्छु" सार्वजनिक

समाचार


काठमाण्डौ -  नवप्रतिभा प्रज्ञा अधिकारी 'तिमिलाई नै सम्झिरहन्छु' गीतमार्फत नेपाली सांगीतिक बजारमा उदाएकी छिन् । अधिकारीले नरहरि प्रेमीको संगीत र पुष्पा पौडेलको शव्दमा तयार पारिएको गीतमा प्रज्ञाले नरहरिसँग युगल गायन गरेकी छिन् । लोकभाकालाई संगीत तथा प्रस्तुतिकरणका साथै वाद्यवादनको संयोजनले केहि नयाँपन थपेको महसुस गर्न सकिन्छ । संजय हमालको संगीत संयोजन रहेको गीतमा मिक्सिङ र मास्टरिङ मनोज परियारले गरेका छन् । सुर संगीत रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतलाई बजार व्यवस्थापन भने श्रुति संगीत विद्यालयले गरेकोछ ।

Narahari Premee YouTube Channel मार्फत प्रस्तुत यो क्यात Soft Romantic गीत निर्माण शैलीका हिसाबले हेर्नेहोभने विशेषगरि नयाँ पुस्तालाई लक्षित गरि तयार पारिएको देखिन्छ । यद्यपि शव्द संगीतको आधारमा भने सवै उमेरका श्रोताहरुले मन पराउने संकेत देखिन्छ । संगीतका सबैखाले विधामा उत्तिकैनिपुर्ण गायक तथा संगीतकार नरहरि प्रेमीले यस गीतमा आफ्ना अघिल्ला प्रस्तुतिहरुभन्दा केहि पृथकता दिने प्रयास गरेका छन् ।  

नेपाली संगीत वृतका अत्यन्तै लोकप्रिय वाद्यवाधकहरु रत्न बि.क. को बाँसुरी , मनिष गन्धर्वका सारङ्गी , संजीव बराईलीको गिटार साथै पोषण मगरको मादल आदिको कलात्मक वाद्यसंयोजनले पनि यस गीतमा सुनमा सुगन्ध थपेजसरी काम गरेको छ ।

पछिल्लो थोरै समयकै अन्तरालमा एउटा गुनासो , नरोज माया, कान्हा र पैसोवाला गीतमा आफ्नो सिजर्नात्मक विविधता पस्किसकेका संगीत गुरु नरहरि प्रेमी आफ्नी नवचेलीसँगको 'तिमीलाई नै सम्झिरहन्छु' नेपाली संगीत जगतको नौलो दस्तावेज हुनेमा ढुक्क देखिएका छन् । 

ढाकामा सम्पन्न अन्तर्राष्ट्रिय बि.जि. कराँते प्रतियोगिता- २०२१" मा नेपाललाई स्वर्ण र रजत

समाचार


काठमाडौं ।  ढाकामा सम्पन्न अन्तराष्ट्रि स्तरको  फुलकन्ट्याक्ट कराँते प्रतियोगितामा समुह तौलतर्फ पुरुष खुल्ला ताैल समूहमा नेपालका सन्देश मानन्धरले स्वर्ण पदक र  नेपालकै राजेन्द्र थापाले रजत पदक प्राप्त गरेका छन। त्यसैगरी महिला खुल्ला ताैल समुहमा नेपालकाे रजनि मल्ल ठकुरी स्वर्ण र नेपालकै पेम्बा लाम्हु शेर्पाले रजत पदक प्राप्त गरेका छन । 

त्यसैगरी ५५ के.जि ताैल समुहमा भारतका विवेक पाैलले स्वर्ण र भारतकै साम दिप दाईमरीले रजत पदक प्राप्त गरे। त्यस्तै ६० के.जि. ताैल समुहमा नेपालका विश्वास कर्मचार्य स्वर्ण तथा नेपालकै किशाेर कुमार डेका रजत पदक प्राप्त गरेका थिए। २७ देखि २९ डिसेम्बरसम्म संचालित उक्त  कार्यक्रमकाे उद्घाटन समारोहकाे प्रमुख अतिथिमा बि.के.एस.पी. का तालिम निर्देशक काेलाेनेल माेहम्मद मिजानुर रेहमान रहेका थिए भने समापन समारोहकाे प्रमुख अतिथि  बि.के.एस.पी.का अर्थ तथा प्रशासन प्रमुख माेहम्मद अन्वर हुसैन उपस्थित थिए ।  हुसेनले बिजेता खेलाडीहरु तथा रेफ्रिहरुलाई शिल्ड, मेडल तथा प्रमाणपत्र बितरण गरेका थिए । फुलकन्ट्याक्ट कराँते  बिधा तर्फबाट मुख्य जुरीमा नेपालका शिहान प्रेम नाथ श्रेष्ठ , जुरी शिहान अशाेक कुमार श्रेष्ठ तथा गाेविन्द लाल श्रेष्ठ थिए भने मुख्य निर्णायकमा भारतका भाग्यश्वर कउलि रहेका थिए ।  

नेपाल क्योकुसिन सेईसिन काइकान कराँते संघकाे तर्फबाट केन्द्रीय अध्यक्ष तथा नेपाल ब्रान्चचिफ शिहान अशाेक कुमार श्रेष्ठकाे नेतृत्वमा खेलाडीहरु  बङ्लादेशको राजधानी  ढाका प्रस्थान गरेका हुन ।  "अन्तर्राष्ट्रिय बि.जि. कराँते प्रतियोगिता- २०२१" मा  सहभागी हुन उनीहरु २८ डिसेम्बरमा बंगलादेश, ढाका प्रस्थान गरेका थिए ।