काठमाण्डौ - नवप्रतिभा प्रज्ञा अधिकारी 'तिमिलाई नै सम्झिरहन्छु' गीतमार्फत नेपाली सांगीतिक बजारमा उदाएकी छिन् । अधिकारीले नरहरि प्रेमीको संगीत र पुष्पा पौडेलको शव्दमा तयार पारिएको गीतमा प्रज्ञाले नरहरिसँग युगल गायन गरेकी छिन् । लोकभाकालाई संगीत तथा प्रस्तुतिकरणका साथै वाद्यवादनको संयोजनले केहि नयाँपन थपेको महसुस गर्न सकिन्छ । संजय हमालको संगीत संयोजन रहेको गीतमा मिक्सिङ र मास्टरिङ मनोज परियारले गरेका छन् । सुर संगीत रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतलाई बजार व्यवस्थापन भने श्रुति संगीत विद्यालयले गरेकोछ ।
Narahari Premee YouTube Channel मार्फत प्रस्तुत यो क्यात Soft Romantic गीत निर्माण शैलीका हिसाबले हेर्नेहोभने विशेषगरि नयाँ पुस्तालाई लक्षित गरि तयार पारिएको देखिन्छ । यद्यपि शव्द संगीतको आधारमा भने सवै उमेरका श्रोताहरुले मन पराउने संकेत देखिन्छ । संगीतका सबैखाले विधामा उत्तिकैनिपुर्ण गायक तथा संगीतकार नरहरि प्रेमीले यस गीतमा आफ्ना अघिल्ला प्रस्तुतिहरुभन्दा केहि पृथकता दिने प्रयास गरेका छन् ।
नेपाली संगीत वृतका अत्यन्तै लोकप्रिय वाद्यवाधकहरु रत्न बि.क. को बाँसुरी , मनिष गन्धर्वका सारङ्गी , संजीव बराईलीको गिटार साथै पोषण मगरको मादल आदिको कलात्मक वाद्यसंयोजनले पनि यस गीतमा सुनमा सुगन्ध थपेजसरी काम गरेको छ ।
पछिल्लो थोरै समयकै अन्तरालमा एउटा गुनासो , नरोज माया, कान्हा र पैसोवाला गीतमा आफ्नो सिजर्नात्मक विविधता पस्किसकेका संगीत गुरु नरहरि प्रेमी आफ्नी नवचेलीसँगको 'तिमीलाई नै सम्झिरहन्छु' नेपाली संगीत जगतको नौलो दस्तावेज हुनेमा ढुक्क देखिएका छन् ।
काठमाडौं । ढाकामा सम्पन्न अन्तराष्ट्रि स्तरको फुलकन्ट्याक्ट कराँते प्रतियोगितामा समुह तौलतर्फ पुरुष खुल्ला ताैल समूहमा नेपालका सन्देश मानन्धरले स्वर्ण पदक र नेपालकै राजेन्द्र थापाले रजत पदक प्राप्त गरेका छन। त्यसैगरी महिला खुल्ला ताैल समुहमा नेपालकाे रजनि मल्ल ठकुरी स्वर्ण र नेपालकै पेम्बा लाम्हु शेर्पाले रजत पदक प्राप्त गरेका छन ।
त्यसैगरी ५५ के.जि ताैल समुहमा भारतका विवेक पाैलले स्वर्ण र भारतकै साम दिप दाईमरीले रजत पदक प्राप्त गरे। त्यस्तै ६० के.जि. ताैल समुहमा नेपालका विश्वास कर्मचार्य स्वर्ण तथा नेपालकै किशाेर कुमार डेका रजत पदक प्राप्त गरेका थिए। २७ देखि २९ डिसेम्बरसम्म संचालित उक्त कार्यक्रमकाे उद्घाटन समारोहकाे प्रमुख अतिथिमा बि.के.एस.पी. का तालिम निर्देशक काेलाेनेल माेहम्मद मिजानुर रेहमान रहेका थिए भने समापन समारोहकाे प्रमुख अतिथि बि.के.एस.पी.का अर्थ तथा प्रशासन प्रमुख माेहम्मद अन्वर हुसैन उपस्थित थिए । हुसेनले बिजेता खेलाडीहरु तथा रेफ्रिहरुलाई शिल्ड, मेडल तथा प्रमाणपत्र बितरण गरेका थिए । फुलकन्ट्याक्ट कराँते बिधा तर्फबाट मुख्य जुरीमा नेपालका शिहान प्रेम नाथ श्रेष्ठ , जुरी शिहान अशाेक कुमार श्रेष्ठ तथा गाेविन्द लाल श्रेष्ठ थिए भने मुख्य निर्णायकमा भारतका भाग्यश्वर कउलि रहेका थिए ।
नेपाल क्योकुसिन सेईसिन काइकान कराँते संघकाे तर्फबाट केन्द्रीय अध्यक्ष तथा नेपाल ब्रान्चचिफ शिहान अशाेक कुमार श्रेष्ठकाे नेतृत्वमा खेलाडीहरु बङ्लादेशको राजधानी ढाका प्रस्थान गरेका हुन । "अन्तर्राष्ट्रिय बि.जि. कराँते प्रतियोगिता- २०२१" मा सहभागी हुन उनीहरु २८ डिसेम्बरमा बंगलादेश, ढाका प्रस्थान गरेका थिए ।
काठमाडौं – सञ्चारकर्मी गीता अधिकारी नयाँ गीत ‘श्वास फेरी‘’ सार्वजनिक भएको छ । योगेश काजीको स्वर, संगीत तथा एरेञ्ज र पवन विश्वकर्माको मिक्सिङ रहेको गीतको भिडियो बुधबार राजधानीमा बरिष्ठ संगीतकार राजु सिंहको प्रमुख आतिथ्यतामा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।गीता अधिकारीको सभापतित्वमा भएको गीत सार्वजनिक कार्यक्रममा विशिष्ट कलाकार तथा गीतकार लय संग्रौला, वरिष्ठ कलाकार उत्तम केसी, गीतकार संघका उपाध्यक्ष वसन्त वित्यासी थापा, कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ, गायक तथा संगीतकार योगेशकाजी साहित्यकार तथा गीतकार गणेश सुवेदी, साहित्यकार शैलेन्द्र चापागाईं, निर्देशक राजु गिरी, नायिका तथा गायिका सारिका घिमिरे लगायतले गीत राम्रो बनेको र गीतको भिडियो त्यतिकै उत्कृष्ट बनेको भन्दै शुभकामना मन्तव्य राख्नुभएको थियो ।राजु गिरीको निर्देशन सल्लाहाकार रहेको गीतको भिडियोमा श्याम खत्री तथा भीष्म फुलाराको निर्देशन र सुनिता बस्नेतको कोरियोग्राफ छ । गीतको भिडियोमा मनमाया महर्जन, राजन वैश्य, ऋतिका सापकोटा, सिएस साउद, रमेश सिंह लगायतको अभिनय छ । यमबहादुर चौधरीको छायाँकन रहेको भिडियोमा शोखिन तिम्लिसीनाको सम्पादन र सरिता पुरीको शृंगार छ । वियोगान्त शैलीको गीत निक्कै मार्मिक छ भने भिडियो पनि उत्कृष्ट बनेको छ ।निर्देशक तथा सञ्चारकर्मी माधव खरेलले सहजिकरण गरेको कार्यक्रममा मोडल लिगेश भट्टराई, एरेञ्जर तथा संगीतकार राजेन्द्र बजगाईं, गायक तथा संगीतकार सुरज पौडेल, हिमालय टाइम्स दैनिकका उपसम्पादक सन्दीप पौड्याललगायत विभिन्न क्षेत्रका व्यक्तित्वको उपस्थिति रहेको थियो ।गीता अधिकारीका यसअघि आधा दर्जन गीत सार्वजनिक भइसकेका छन् । नयाँ गीतलाई पनि लिएर आफू उत्साहित भएको उहाँले बताउनुभयो । आफ्ना अन्य गीतलाई जस्तै यो गीतले पनि सबैको माया पाउनेमा आफू आशावादी रहेको उहाँले बताउनुभयो ।
सञ्चार जगतमा सकृय रहँदै आउनु भएकी सञ्चारकर्मी अधिकारी गीतकार का रुपमा पनि परिचय बनाउनु भएकी प्रतिभा हुनुहुन्छ । उहाँ मिलाप फाउण्डेशनमार्फत पनि विभिन्न सामाजिक कार्यमा सक्रिय हुनुहुन्छ । विभिन्न सञ्चार माध्याममा काम गर्दै आउनुभएकी अधिकारी मिलाप म्यागजिन र मिलाप न्युज डटकमकी कार्यकारी सम्पादक हुनुहुन्छ ।
काठमाडौं – नवौं म्यूजिक खबर म्यूजिक अवार्ड २०२१ राजधानीमा भव्य रुपमा सम्पन्न भएको छ । म्यूजिक खबरको प्रस्तुति एवं शुभकामना मिडिया सोलुशनको आयोजनामा भएको नवौं म्यूजिक खबर म्यूजिक अवार्डमा वरिष्ठ गीतकार राजेन्द्र थापालाई म्यूजिक खबर दीर्घ साधना सम्मान अर्पण गर्दै सम्पन्न भएको हो । संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको प्रमुख आतिथ्यतामा राजधानीको लैनचौरस्थित लैनचौर बैंकटको हलमा भएको उक्त कार्यक्रममा थापालाई ३०५५५। रुपैयाँ नगद राशिसहित दोसल्ला र सम्मानपत्रद्वारा दीर्घ साधना सम्मान अर्पण गरिएको थियो । कार्यक्रममा गायक राज सागर र गायिका मनिषा पोखरेलले वरिष्ठ गायक थापाका चार वटा गीत गाएर सम्मान अर्पण गरेका थिए ।
कार्यक्रममा गायिका पूर्णिमा लामा र गायक सरोज कोइराला सर्वोत्कृष्ट गायक गायिका बन्न सफल भएका थिए । गायिका लामाले एक पल्ट भनन गीतबाट अवार्ड चुमेकी थिइन् भने गायक कोइरालाले माया केवल मायाबाट अवार्ड चुम्न सफल भएका थिए ।
कार्यक्रममा वरिष्ठ गायक रामप्रसाद खनाललाई म्यूजिक खबर डायस्पोरा संगीत सम्मान प्रदान गरिएको थियो भने लोकप्रिय गायक हेमन्त शर्मा र लोकप्रिय गायिका सीता थापालाई म्यूजिक खबर दशकको स्रष्टा सम्मान प्रदान गरिएको थियो । त्यस्तै गायक राजु ढकाललाई म्यूजिकखबर युवाप्रतिभा संगीत सम्मान प्रदान गरिएको थियो भने बालगायिका सफलता श्रेष्ठलाई म्यूजिक खबर बालप्रतिभा प्रोत्साहन सम्मान प्रदान गरिएको थियो । सोही कार्यक्रममा गायक सुमित खड्कालाई म्यूजिक खबर संगीत सम्मान प्रदान गरिएको थियो भने कवि तथा गीतकार युवराज अधिकारी र गीतकार अनु शाहलाई म्यूजिक खबर स्रष्टा सम्मानबाट सम्मानित गरिएको थियो । त्यस्तै फोटोग्राफर च्याङ्बा लामालाई म्यूजिक खबर फोटोग्राफी सम्मानबाट सम्मानित गरिएको थियो ।
कार्यक्रममा गायक भोजराज काफ्ले, गायिका अन्जु गौतम, गायिका पुष्पा बोहरा, गायक रविन लामिछाने, गायक सागर गुरुङ, गायक रमेशराज भट्टराई र गायक छिरिङ भुटियाले सांगीतिक प्रस्तुति दिएका थिए भने पश्चिमाञ्चल सांस्कृतिक केन्द्रका कलाकारहरुले सांगीतिक नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय सभा सदस्य वरिष्ठ गायिका कोमल वली, विराटनगर महानरपालिकाका मेयर भीम पराजुली, चलचित्र लेखक, निर्देशक गीतकार नीर शाह, अभिनेत्री लक्ष्मी गिरी, गीतकार चूडामणी देवकोटा, चलचित्र लेखन निर्देशक मोहन निरौला, गायक, संगीतकार तथा निर्देशक नारायण रायमाझी, अभिनेता शिवहरि पौडेल, गायक दुर्गा रायमाझी, संगीतकर्मी आरसी कोइराला, निर्देशक अभिनेता तथा सञ्चारकर्मी दिनेश डिसी, निर्देशक बाबुराजा केसी, पर्यटन व्यवसायी तथा समाजसेवी नवराज अम्गाई, गायक विष्णु खत्री, गायक इन्द्र जिसी, गायक रेशम सापकोटा, गायिका बीमा कुमारी दूरा, गायिका शीला आले, गायिका संगीता राना प्रधान, लगायत गीतसंगीत, चलचित्र उद्योगका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
त्यस्तै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजी, संगीतकार संघ नेपालका अध्यक्ष पारस मुकारुङ, गीतकार संघ नेपालका उपाध्यक्ष वसन्त वित्यासी थापा, लोकसंगीत बहुद्देश्यीय सहकारीका अध्यक्ष चन्द्र शर्मा, संगीत रोयल्टी संकलन समाजका निवर्तमान अध्यक्ष महेश खड्का, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, तमु कलाकार संघकी अध्यष शर्मिला गुरुङ लगायत विभिन्न संघसंस्थाको प्रतिनिधित्व रहेको थियो ।
अवार्ड पाउने स्रष्टा, कलाकार तथा प्राविधिक सूची सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत पारसमणी बराल–मेरी आफ्नी आमा सर्वोत्कृष्ट पप गायन महिला रुचि घिमिरे– गालैको कोठीमा सर्वोत्कृष्ट पप गायन पुरुष देव तण्डुकार– सक्दिनँ म सर्वोत्कृष्ट पप संगीतकार राम सिटौला– घुम्न जाउँ न सर्वोत्कृष्ट पप गीतकार अमर वान्तु– शिल्की कपाल सर्वोत्कृष्ट नवप्रतिभा लोकदोहोरी महिला जानुका तामाङ–उखु गुलियो सर्वोत्कृष्ट नवप्रतिभा लोकदोहोरी पुरुष निकेश तामाङ– औंठी सुनको सर्वोत्कृष्ट संगीत संयोजक लोकदोहोरी कृष्ण केसी–बनपालेको लौरी सर्वोत्कृष्ट मिक्सिङ लोकदोहोरी मानबहादुर बराल–औंठी सुनैको सर्वोत्कृष्ट मोडल महिला लोकदोहोरी सञ्चिता शाही– माछी लेवैमा सर्वोत्कृष्ट मोडल पुरुष लोकदोहोरी रमेश थापा– रामकसम सर्वोत्कृष्ट निर्देशक लोकदोहोरी दीप गुरुङ– लाहुरेको कर्म सर्वोत्कृष्ट शब्द लोकदोहोरी रविन लामिछाने– हातमा घडी–२ सर्वोत्कृष्ट भाका लोकदोहोरी धरोधर्म विद्यानास– श्रीकृष्ण बममल्ल सर्वोत्कृष्ट गायक लोकदोहोरी शिव संगीत– बनमा चरी सर्वोत्कृष्ट गायिका लोकदोहोरी कला लम्साल– लाहुरे आएन सर्वोत्कृष्ट कल्चरल गीत चोखो माया सलौजो हरिराम परियार–विनिता गुरुङ सर्वोत्कृष्ट कल्चरल गायिका ए साइली–तारा श्रीष सर्वोत्कृष्ट कल्चरल गायक सन्तु थापा– सुपारी काँचो सर्वोत्कृष्ट कल्चरल संगीतकार दिपसागर थापा– फूलजस्तो जोवन सर्वोत्कृष्ट लोकगीत पाटनैको पातलो चिउरा–तुलसी पराजुली सर्वोत्कृष्ट दोहोरी गीत नैना रेशम सूर्य खड्का–दुर्गा सापकोटा सर्वोत्कृष्ट पूर्वेली गीत शम्भू राई र अन्जु गौतम सर्वोत्कृष्ट देउडा गायिका लक्ष्मी आचार्य सर्वोत्कृष्ट देउडा गायक मायाले नै हो प्यारी–जोसेफ शाही ठकुरी सर्वोत्कृष्ट चलचित्र गीतकार लोकराज अधिकारी ओ मेरो परान– म त मर्छु कि क्या हो सर्वोत्कृष्ट चलचित्र संगीतकार सुरेश अधिकारी–झ्याम्मै आँखा सर्वोत्कृष्ट चलचित्र गायिका सहिमा श्रेष्ठ– राइफलको सिरानी सर्वोत्कृष्ट चलचित्र गायक ध्रुव विस्को– राइफलको सिरानी सर्वोत्कृष्ट गजल पुरानो घाउ– चन्द्र प्रसाईं परिस्कृत सर्वोत्कृष्ट नवप्रतिभा सुगम संगीत अनु अधिकारी– चड्कन दिनुपर्नेलाई सर्वोत्कृष्ट मोडल पुरुष सुगम संगीत गौतम खाती–कोरेको छु तिम्रो तस्विर सर्वोत्कृष्ट मोडल महिला सुगम संगीत सुशीला थापा–कति माया गर्छौ सर्वोत्कृष्ट निर्देशक सुगम संगीत विज्ञान राई–तिमी नबुझी आयौ सर्वोत्कृष्ट छायाँकन सुगम संगीत नवराज उप्रेती–कुरा काट्ने मान्छेले सर्वोत्कृष्ट सम्पादन सुगम संगीत प्रविन भट्ट–गुड्डु आइ लभ यू सर्वोत्कृष्ट संगीत संयोजक सुगम संगीत मनोहर सुनाम– कुवाको पानी सर्वोत्कृष्ट युगल गायन सुगम संगीत सपना श्री र प्रेम सेन्चुरी जीवन यहाँ यस्तै सर्वोत्कृष्ट मिक्सिङ सुगम संगीत भोला पौडेल– कुवाको पानी सर्वोत्कृष्ट गीतकार महिला सुगम संगीत प्रतिमा गुरुङ–विस्तारै विस्तारै सर्वोत्कृष्ट डायस्पोरा गीतकार नूतन भुसाल–थाहा छैन के हुन्छ सर्वोत्कृष्ट गीतकार पुरुष सुगम संगीत प्रकाशपुञ्ज– एउटा फूल सर्वोत्कृष्ट संगीतकार सुगम संगीत राजेश थापा–थियौ तिमी दिलमा सर्वोत्कृष्ट गायिका सुगम संगीत पूर्णिमा लामा– एकपल्ट भनन सर्वोत्कृष्ट गायक सुगम संगीत सरोज कोइराला–माया केवल माया सर्वोत्कृष्ट गीत सुगम संगीत झम्के माया समिर आचार्य र अन्जु पन्त सर्वोत्कृष्ट एल्बम नीवन– नवीन कार्की जुरी अवार्ड गायिका देविका बन्दना–परदेशी जुरी अवार्ड गायक कौशलराज खड्का–यति धेरै जुरी अवार्ड संगीतकार डेनी निरौला–बितेका दिन जुरी अवार्ड गायक लोकदोहोरी विमल डाँगी–मेरो हजुर पब्लिक च्वाइस अवार्ड पूजा क्षेत्री–केमा चित्त दुख्यो इन्करेजमेन्ट अवार्ड सुप्रिमा भट्टराई–राजराज भन्थी क्रिटिक्स अवार्ड गायिका लोकगीत सीता केसी–सुनका बाला पपुलर मोडल अफ दि इयर दुर्गेश थापा–राजा राजा भन्थी पब्लिक च्वाइस अवार्ड पूजा क्षेत्री– के मा चित्त दुख्यो
काठमाडौं । न्यूज लाइन्स् मिडिया प्रा. लि. को छैठौ वार्षिकोत्सव समारोह भव्यतापुर्वक सम्पन्न भएको छ । शनिवार शिवपुरी डाँडागाउँ स्थित रोयल भिल्ला रिसोर्टमा आयोजित ‘वार्षिकोत्सव एवं सम्मान’ कार्यक्रम श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको प्रमुख आतिथ्यता तथा पूर्व मन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुननरसिंह केसीको विशिष्ठ आतिथ्यतामाझ सम्पन्न भएको हो । न्यूज लाइन्स मिडियाका अध्यक्ष राजु भट्टले पत्रकारिताको भावना र मर्मअनुसार न्युजलाइन्स मिडियाले सत्य, तथ्य र विश्वसनीय समाचार सम्प्रेषण गर्दै आएको बताए । साथै उनले मिडियाले आगामी दिनहरुमा समेत नागरिकहरुको आवाज बनेर निर्भिक रुपमा अघि बढने प्रतिबद्धता समेत व्यक्त गरे ।
सो अवसरमा कार्यक्रमको उदघाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सरकारले स्वदेशमै रोजगारीको वातावरण निर्माण गर्न लागेको बताए । ‘वार्षिकोत्सव एवं सम्मान’ कार्यक्रमलाई संवोधन गर्दै उनले स्वदेशमै रोजगारीको वातावरण निर्माण गर्न वर्तमान सरकार लागेको जनाए । “समृद्ध नेपाल निर्माणका लागि सरकार लागेको छ, सरकार बेरोजगार युवालाई स्वदेशमै रोजगारी प्रदान गर्नका लागि वातावरण निर्माण गर्दैछ”, उनले भने ।
मन्त्री श्रेष्ठले नेपालको अर्थतन्त्रमा वैदेशिक रोजगारको महत्वपूर्ण भूमिका रहेको बताउँदै विदेश जाने युवाका लागि तालिम प्रदान गर्न सरकारले सातै प्रदेशमा तालिम केन्द्र निर्माण गर्न लागेको बताए । सामाजिक सुरक्षा कोषलाई सरकारले कडाइका साथ लागू गर्न खोजेको उनको भनाई थियो ।
त्यसैगरि कार्यक्रमका विशिष्ठ आतिथि पूर्व मन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुननरसिंह केसीले लोकतन्त्रको मेरुदण्डका रूपमा नेपाली पत्रकारिता क्षेत्र अगाडि बढेको भन्दै सत्य, तथ्य र विश्वसनीय समाचार सम्प्रेषण गर्नुपर्ने उल्लेख गरे । पूर्वमन्त्री केसीले अनलाइन पत्रकारिताले जनतालाई तत्काल सुसूचित गर्ने कार्य गरेको बताउँदै आवाजविहीनहरूका आवाज बन्न अनलाइनलाई आग्रहसमेत गरे ।
कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य देवेन्द्र प्रधानले नेपाली अनलाइनले सत्य, तथ्य र निष्पक्ष भएर समाचार सम्प्रेषण गर्नुपर्ने राय राखे ।
कार्यक्रममा संचारकर्मीहरुको तर्फबाट मन्तव्य धारणा राख्दै वरिष्ठ पत्रकार सरोज ओझा न्युजलाइन्स मिडियाले सदैव स्वतन्त्र र निष्पक्ष पत्रकारिता गर्दै आएको उल्लेख गर्दै राजनीतिक दलहरुले स्वार्थ केन्द्रित पत्रकारितालाई प्रश्रय दिदै आउनु बिडम्बनापूर्ण रहेको बताए । कार्यक्रममा ट्रेकिङ एजेन्सिज् एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीले कोरोनाले थला परेको नेपालको पर्यटन क्षेत्रलाई पुनःउत्थान गर्नका लागि सञ्चारकर्मीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे। कोरोना भ्याक्सिन लगाएका पर्यटकलाई नेपालमा निर्वाध रुपमा हिँड्ने वातावरण निर्माण गर्नुपर्ने उनको भनाई थियो ।
सो अवसरमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) कतारका अध्यक्ष मोहम्मद मुसलमानले नेपालको कुल गार्हस्थ उत्पादनमा विप्रेषण (रेमिटेन्स) को योगदान २८ प्रतिशत रहेको उल्लेख गर्दै सोको उचित मुल्यांकन हुनु पर्ने धारणा राखे ।कार्यक्रममा नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–४ का सभापति एवं समाजसेवी रामप्रसाद न्यौपानेले अनलाइन मिडियाले समाजमा भएका कमजोरीलाई कुनै लोभ र लालचमा नपरी औँल्याउनुपर्ने जनाएका थिए ।
कार्यक्रममा सार्थक नेपाल अभियानका अध्यक्ष भरत गौतम, नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेश सदस्य भक्त श्रेष्ठ, लगायतले अनुशासित र मर्यादित ढङ्गले पत्रकारिता गर्न संचारगृह एवम् पत्रकारहरुलाई आग्रह गरेका थिए ।न्यूज लाइन्स मिडियाकी प्रबन्ध निर्देशक रीता ढकालले समृद्ध नेपाल निर्माणका लागि सकारात्मक समाचार सम्प्रेषणलाई न्यूज लाइन्स मिडियाले सधैँ अग्रभागमा बसेर कलम चलाउने बताईन्। कार्यक्रममा समाजमा विशेष योगदान पु¥याउने रामप्रसाद न्यौपाने, शिवहरि गिरी, नीरज सिटौला, पुष्कल मल्ल, अनिल पोखरेल, शिवलोचन पराजुली, महेशजङ्ग कुँवर,आनि भीम सुवा गुरुङ, तुलसा कोइराला, भक्तबहादुर (बिबी) कार्की,सुशीला थापा, नवीना खड्का, भुषण महर्जन र सोभा पौडेललाई सम्मान गरिएको थियो ।
काठमाण्डौं – सिमानामा काँडेतार बारले मुलुक बिचका नागरिक र भूमिको संरक्षण मात्रै गर्दैन असल छिमेकीसँगको सद्भाव कायम राख्छ भन्ने कथासार रहेको चलचित्र ‘काँडेतार’ को सम्पूर्ण शुटिङ्ग समाप्त भएको छ ।
आफ्ना अघिल्ला चलचित्र निर्माणमा आईपरेको अड्चन सम्झदै निर्माता, निर्देशन नवल खड्का भन्छन् ‘विगतमा देशभक्तिपूर्ण चलचित्रहरूलाई विभिन्न थरिका तत्वहरूबाट गरिएका कर्तुतलाई स्मरण गर्दा थप चुनौति बढ्दै छ भन्ने लागेको छ । त्यसैले त्यस्ता कर्तुत बिरूध्द लड्न सबैको सकारात्मक सहयोग अपेक्षा राखेको छु ।’
करिब ३ करोडको लगानीमा निर्माण भएको बताइएको ‘काँडेतार’मा नवल खडका, गौरब पहाड, रेविका गुरूङ्ग, प्रशान्त यादब, सुरबिना कार्की, मुरलिधर, संजय खतिवडा, रोमियन लिम्बु, प्रेम सुब्बा, पर्शुराम चौधरी, पुष्प श्रेष्ठ, महेश गिरी, रवि शाह, केशव रायमाझी, राजेन्द्र भगत, पन्नालाल चौधरी, अन्जु के।सी।, खेम नेपाली, देवेन्द्र कोईराला, राम बिश्वास थारू, मातृका घिमिरे, रितु चौधरी, रामेश्वर बुर्लाकोटी, प्रतिक श्रेष्ठ, प्रेम कार्की छवि बैरागी घिमिरे बाललाकारमा नादिया खड्का र सनया खड्का आदि रहेका छन् ।
नवल खडकाको निर्देशन रहेको ‘काँडेतार’मा कार्यकारी निर्माता सत्यकला राई, लेखन शिवम् अधिकारी र नवल खड्का, छायांकन सौरभ लामा, द्वन्द श्री श्रेष्ठ, नृत्य कविराज गहतराज, एसोसियट निर्देशक रामशरण कोईराला, कास्टिङ्ग निर्देशक केशव रायमाझी, मुख्य सहायक निर्देशक बिश्वजंङ्ग माझी, संगित मणि थापा र दिपक शर्माको रहेको छ ।
१५ वर्षदेखि नेवारी कला, संस्कृति र संस्कारको प्रवद्र्धन तथा विकासका लागि नेवार समुदायका युवतीहरुबीच सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएको नेप्लीज फेसन होमले यस वर्ष पनि मिस नेवा ः नेपाल आयोजना गर्ने भएको छ।
आगामी फागुन अन्तिममा आयोजना गरिने १६औं संस्करणको मिस नेवाः नेपाल ११४२ का लागि देशैभरका इच्छुक नेवार समुदायका युवतीहरुको अडिसन गरिने नेप्लीज फेसन होमले जनाएको छ। आयोजक संस्थाले जानकारी गराएअनुसार यसका लागि नेप्लीज फेसन होमको कार्यलयमा सम्पर्क गरी आवेदन भर्नु पर्नेछ।
नेवार समुदायको कला, संस्कृति, भाषा र संस्कार नयाँ पुस्तालाई हस्तानतरण गर्नका लागि डेढ दशकदेखि यो प्रतियोगिता आयोजना गरिँदै आएको आयोजक संस्था नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले जानकारी गराइन्। ‘आत्म विश्वास र व्यक्तित्व विकास त जसले पनि सिकाउँछ। हामी चाहिँ नेवारी संस्कृति र संस्कारअनुसार पूजा कसरी गर्नेदेखि भोज कसरी बनाउने, नेवारी लिपीदेखि भाषा र पहिरनसम्म गरी नेवार कला,संस्कृति, भाषा र संस्कारसम्बन्धी सबै कुरा सिकाउँछौँ। त्यसैले मिस नेवाः नपालको फाइनल कम्टीशिन शोका हिसाबले एक दिन मात्र जस्तो देखिए पनि प्रतियोगिताअन्र्तगत कम्तीमा २ महिनाको कार्यक्रम हुन्छ’ मानन्धरले भनिन्।
मिस नेवाः नेपाल ११४१ कृषा महर्जनले यो प्रतियोगिता सांस्कृति सौन्दर्य प्रतियोगिता भएको र यसबाट नेवारी संस्कृति, संस्कारदेखि जात्रा, पर्व, लवाई खुवाईका बारेमा नयाँ पिढीलाई ज्ञान प्रदान गरिने उत्कृष्ट थलोका रुपमा पाएको अनुभव सुनाईन्। महर्जनले आफुभित्रको प्रतिभा प्रष्पूmटन तथा नेवारी समुदायका हरेक विषयका कुरा सिक्नका लागि मिस नेवाः नेपाल सुनौलो अवसर भएको बताइन्।
आयोजक हेमा मानन्धरका अनुसार मिस नेवाः नेपालको उपाधि चुम्नेले एक लाख रुपियाँ नगद पुरस्कार प्राप्त गर्नेछिन्। त्यसै गरी फस्ट र सेकेण्ड रनर्सअप विजेताले क्रमशः ५० र २५ हजार रुपियाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।
अडिसन राउण्डबाट छानिएका नेवार युवतीहरुबीचको अन्तिम स्पर्धाबाट मिस नेवाः नेपाल, फस्ट रनर्सअप र सेकेण्ड रनर्सअपका साथमा मिस ट्यालेन्ट, वेस्ट नेपाल भाषा, सोसल वेलफेयर एम्बेस्डर चिफ, वेस्ट ड्रेस, मिस फोटोजेनिक, वेस्ट स्माइल, वेस्ट हेयर, मिस पब्लिक च्वाईस, मिस डिसिप्लेन, मिस पे्रmन्डसीप, मिस पर्सनालिटी, मिस चार्मिङ र वेस्ट स्किन गरी कुल १६ विधामा विजेता चयन गरिनेछ। प्रतियोगिताका सहभागीहरुलाई विभिन्न सैद्धान्तिक तथा व्यबहारिक ज्ञान प्रदान गरिने आयोजक संस्थाले जनाएको छ। यसका लागि प्रतियोगिहरुलाई विभिन्न विषयका विज्ञबाट तालिम र प्रशिक्षण प्रदान गरिनेछ भन्ने विभिन्न स्थल घुमाएर व्यबहारिक ज्ञान पनि दिइनेछ।
काठमाण्डौँ - विगत एक दशकदेखि विभिन्न कार्यक्रमहरु आयोजना गरिरहेको इभेन्ट म्यानेज मेन्ट कम्पनी युथ क्रियसन नेपालले ‘मिष्टर एण्ड मिस बेष्टमोडल अफ द इयर २०२२’सिजन- ३ र फेस अफ दि स्मार्ट किड्स २०२२ सिजन-२ गरेर एकैचोटी दुईवटा प्रतियोगिता गर्ने घोषणा गरेको छ ।
यही आँउदो पुषको शनिबार युथ क्रियसन नेपालको कार्यालय पुतलीसडकमा उक्त प्रतियोगिताको अडिसन हुने जानकारी आयोजक युथ क्रियसनका अध्यक्ष रवि लामा तामाङले जानकारी गराए ।
मोडलिङ क्षेत्र रोजेर उज्ज्वल भविष्य बनाउने सोचमा रहेका युवा युवतीको मार्ग निर्देशन गर्दै मोडलिङका लागि आत्मा बिश्वास, मोडलिङ प्रशिक्षण र ग्रुमिङ तयार हुने उचित वातावरण बनाउने उद्देश्य प्रतियोगिताको रहेको कुरा पनि अध्यक्ष लामाले बताए साथे आफुले गर्ने सौन्दर्य प्रतियोगिता अरुले गर्ने भन्दा केही भिन्न तरिकाले गर्ने र प्रतिभाको मुल्याङ्कन पनि भिन्न तरिकाले गर्ने गरेको समेत जानकारी गराए ।
विशेष गरि बालबालिकालाई मध्यनजर गर्दै शिक्षा क्षेत्रमा टेवा पुर्याउने र बालबालिकाको व्यक्तित्व बिकास गर्ने उद्देश्यले फेस किड्स गरिरहेको अध्यक्ष लामाले बताए ।
‘मिष्टर एण्ड मिस बेष्टमोडल अफ द इयर २०२०’सिजन-३ र फेस अफ दि स्मार्ट किड्स २०२२ सिजन-२ को कोरियोग्राफी अन्तराष्ट्रिय स्तरका कोरियोग्राफर रोजिन शाक्यले गर्नेछन् । दुवै प्रतियोगिताका विजेता, फष्ट रनर अपर, सेकेन्ड रनर अपले आकर्षक गिफ्ट ह्याम्परका साथै विभिन्न अवसर पुरस्कारको रुपमा जित्न सक्नेछन ।
‘मिष्टर एण्ड मिस बेष्टमोडल अफ द इयर २०२०’सिजन-२ का प्रतिस्प्रधीहरुलाइ विभिन्न अतिरिक्त क्रियाकलापहरु चङ्गा चेट, रक्तदान कार्यक्रम, निशुल्क पानि तथा खाना बितरण, अनाथ बालबालिकालाई सहयोग गर्ने लगायतका विभिन्न सामाजिक कार्यमा समेत सहभागी गराईनेछ । त्यसैगरि विभिन्न सेलिब्रेटीहरुको साथमा मोटिभेसन क्लास लगायत अन्य आधारभूत कुराको जानकारी अध्यक्ष लामा गराए ।
काभ्रे । इनोभेसन इभेण्ट म्यानेजमेण्टको आयोजनमा पौष ३ गते काभ्रेमा सम्पन्न लिटिल स्टार काभ्रेको ताज यानी सिग्देल र शिखा मानन्धरले जितेका छन् । ए र बि- दुई भिन्न समुहबाट स्पर्धामा उत्रिएका सिग्देल र मानन्धरले समुहको शिर्षमा रहदै उक्त ताज जितेका हुन । सिग्देल र मानन्धरले ताज जितेको उक्त प्रतियोगितामा फर्स्ट रनर अपको उपाधी प्रनिशा चौलागाई र रिजा शिल्पकारले जितेका छन् भने अनुज्ञा ढकाल र दिया पराजुली सेकेण्ड रनर अप बन्न सफल भएका छन् । त्यसैगरि प्रतियोगिता अन्तर्गत थर्ड रनर अपमा सृसा लामा र अपेक्षा लिम्बु र फोर्थ रनर अपमा संयोग जंग थापा र अभय डङोलले स्थान सुरक्षित गरेका छन् ।
त्यस्तै प्रतियोगिता अन्तर्गत लिटिल प्रिन्स र लिटिल प्रिन्सेसको टाईटल क्रमश: अमोश श्रेष्ठ र स्मृति ढकालले जिते भने एलिशा सिंह मल्टिमिडियाको टाईटल जित्न सफल भईन् ।
शुशान्त काजी श्रेष्ठको कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा रोजिन शाक्यले एमसीको भुमिका निभाएका थिए ।
कार्यक्रम सौहार्दपुर्ण तबरले सम्पन्न भएको आयोजक संस्थाका प्रमुख महेश केसीले जनाएका छन् ।
मिस नेवाः र मिस लिटिल नेवाःका विजेता, उपविजेता तथा पूर्व मिस नेवाःहरुले आइतबार योमरी पुन्ही दिवस मनाएका छन्।
ती सौन्दर्य प्रतियोगिताका सहभागीहरुले नेप्लिज फेसन होममा भेला भएर एक–अर्कालाई योमरी बनाउन सिकाएर योमरी पुन्ही मनाएका हुन्। आफूहरुले सिकेको योमरी बनाउने कला आगामी दिनमा अरूलाई पनि सिकाउने र परिवारमा योमरी बनाएर यो चाड मनाउने मिस नेवाः विजेताहरुले बताए।
नेवार चाड पर्वमध्यको महत्त्वपूर्ण पर्व योमरी पुन्ही भएकाले यो दिवस मनाइएको नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले बताइन्। योमरी संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्न पनि आफूहरुले मिस नेवाःहरुलाई हरेक वर्षझैं यस वर्ष पनि योमरी बनाउन सिकाएको अध्यक्ष मानन्धरले बताइन्।
कार्यक्रममा मिस नेवाः र मिस लिटील नेवाः को आयोजक संस्था नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धर, प्रवन्ध निर्देशक अशोक कुमार श्रेष्ठ मिस नेवाः हरु सुनीता डंगोल, नीतु डंगोल, कृषा महर्जन, प्रिया तण्डुकार, मिस लिटील नेवाः आर्या श्रेष्ठ, रिकृष्णा डंगोल, प्रकृति महर्जन, नयना शाक्य, इभान जोलिना महर्जन, तिसा तण्डुकार, वितिषा कंसाकार उपविजेतालगायतका साथमा अभिभावकहरु सहभागी थिए।
यसैबीच नेवार समुदायको सांस्कृतिक महत्व, जातीय पहिचान, मूल्य मान्यता एवं भाषा, भेषभूषाको सम्वद्र्धन एवं प्रवद्र्धनलाई प्रतियोगितात्मक कार्यक्रमबाट युवापुस्तामा सचेतना फैलाउने उद्देश्यले आयोजना हुँदै आएको १६औं संस्करणको मिस नेवाः प्रतियोगिताको तयारी आरम्भ भएको मानन्धरले जानकारी गराएकी छिन्।