काठमाण्डौ – यसो त पर्वत जिल्लामा जन्मिएका धेरै कलाकारहरूले नेपाली सांगीतिक क्षेत्रमा सफलताको शिखर छोइरहेका छन । यसै बीच त्यही ठाउँमा हुर्केर नेपाली सांगीतिक क्षेत्रमा महत्वपूर्ण योगदान गरेका कस्तुप पन्त र कुलेन्द्र विश्वकर्मालाई नेपाल सरकारले हरेक वर्ष प्रदान गर्ने प्रबल जनसेवाश्री पदकले सम्मान गरिएको छ ।
दर्जनौं कालजयी गीतमा शब्द तथा संगीत समेत दिएका पन्त तथा करोडौँ दर्शक बनाउन सफल दर्जनौं हिट गीतमा आवाज दिने कुलेन्द्र विश्वकर्मालाई सरकारले प्रदान गर्ने उच्च सम्मानले समग्र पर्वत जिल्लालाई नै हर्षित बनाएको यस क्षेत्रमा जानकारहरूको भनाई छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट बैशाख १ गते विभिन्न पदकमा यस अघि नै नाम घोषणा भएकाहरूलाई पदक वितरण गरिएको हो । पदक पाउनेमा गायिका विष्णु माझीको पनि नाम थियो तर उनी पदकको लागि नगएको बुझिएको छ । सरकारले आफ्नो कामलाई सम्मान गर्दै पदक दिएको प्रति दुवै कलाकारहरूले खुसी व्यक्त गर्नु भएको छ । साथै आगामी दिनमा अझ यस क्षेत्रको विकासको लागि आफूहरूले सक्दो योगदान गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भएको छ ।
काठमाडौँ – गायक कृष्ण काफ्ले र गायिका अस्मिता अधिकारीको आवाजमा ‘सिंहदरबार झ्यालैमा ऐना’ बोलको गीत सार्वजनिक भएको छ । मोहन थापाको शब्द रचना गीतमा समावेश छ । गीतको लय सिर्जना गायक काफ्ले स्वयंकै रहेको छ । गीतमा नरेन्द्र वियोगीको एरेन्ज रहेको छगायक काफ्ले कै निर्देशन रहेको भिडियोमा रोशन केसी र शिल्पा पोख्रेल फिचर्ड छन् । धेरै पहिले सुनिने अथवा पुराना गीतहरूमा प्रयोग हुने खालका शब्द र भाकाहरू राखेर बनाइएको यो गीत मौलिक रहेको छ ।
गीतको अरेन्जमेन्टमा पहिले र अहिले सुन्दा रुचाइने खालको म्युजिक ट्र्याक सुन्न सकिन्छ । भिडियोमा सन्कल भुजेलको छायाङ्कन, शिशिर खातीको कोरीयोग्राफी र मनोज कार्कीको भिडियो सम्पादन रहेको छ ।
काठमाडौं – चकलेटी नायक तथा मोडल संजित भण्डारी फिचर्ड ‘माया छरेर’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतकार रामचन्द्र ढकालको शव्दमा तयार गीतलाई प्रविशा अधिकारीको स्वरमा सार्वजनिक भएको म्युजिक भिडियो ‘माया छरेर’ ले छोटै समयमा धेरैको मन जित्न सफल भएको छ । गजल शैलीको यो गीतको भिडियो सामना म्यूजिक क्रियशन को यूट्यूब च्यानलबाट सार्वजनिक भएको थियो ।
गायिका प्रविशाको कर्णप्रिय स्वर रहेको गीतको भिडियोमा मोडल भण्डारीलाई निरुता शाही र अन्जली श्रेष्ठले अभिनयमा साथ दिएका छन । गीतको मर्म अनुरुप छायाङ्कन गरिएको कथावस्तु र यसका पात्रले गीति एल्बममा सुनमा सुगन्ध थपेको छ । हेमन्त शिशिरको संगीत रहेको उक्त म्युजिक भिडियोलाई ऋषि बरालले निर्देशन गरेका हुन् भने सन्तोष तिमल्सिनाको छायांकन र अमृत चापागाईको सम्पादन रहेको छ । सामना म्युजिक क्रियसनले बजारमा ल्याएको उक्त म्युजिक भिडियो थोरै समयमा नै सवैले रुचाएका छन ।
काठमाडौँ - नेपाली सौन्दर्य प्रतियोगिता जगतमै पहिलोपटक कर्पोरेट क्षेत्रमा आवद्ध रहेका महिला र पुरुष दुबैलाई समेट्दै सौन्दर्य प्रतियोगिता ‘‘फेस अफकर्पोरेट २०२२” आयोजना हुने भएको छ । कलिउड हव मिडिया प्रा.लीले राजधानीको अनामनगरस्थि तक्याफे केटिएम हाईटमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रा.लिका अध्यक्ष राजन खरेलले, कर्पोरेट क्षेत्रमा आवद्ध महिला तथा पुरुषहरुलाई सहभागी गराउदै आयोजना गर्न लागिएको यस सौन्दर्य प्रतियोगीतामा देशभरिबाट इच्छुक उद्यमी महिला तथा पुरुषहरु सहभागीहुन पाउने जानकारी दिएका छन् ।
कर्पोरेट क्षेत्रमै आफ्नो भविष्य खोजि रहेकाहरुलाई विषेश प्राथमिकता दिदै उनीहरुको शैक्षिक विकास , व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, रोजगारीको लागि विभिन्न आकर्षक अवसर प्रदान गर्नुका साथै उनीहरुको आन्तरिक क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको विकास गराई एक कुसल व्यवसायिक व्याक्तित्व तथा शिक्षित व्यक्तिको रुपमा अगाडि आउन सहयोग गर्ने हेतुले यस्तो किसिमको कार्यक्रमको आयोजना गर्न लागिएको आयोजक पक्षले जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै कर्पोरेट क्षेत्रका साथै चलचित्रकर्मी, संगीतकर्मी, पत्रकार तथा विभिन्न क्षेत्रसंग आवद्ध व्यक्तित्वहरुले कार्यक्रमको पुर्ण सफलताको शुभकामना दिएका थिए । फेस अफ कर्पोरेटमा भाग लिन चाहाने व्यक्तिहरुले कलिउुडहव मिडिया प्रा.लिको कार्यलय बागबजारमा आएर फारम सक्ने छन् भने ग्लोवल अनलाईन पेको वेवसाईट मार्फत पनि अनलाईन फारम भर्न सकिने छ । कार्यक्रममा शिर्ष ताज उपाधि सहित नगद रु पचास हजार प्रदान गरिनुका साथै कुल १५ विधामा विभिन्न किसिमका गिप्ट ह्याम्परहरु समेत प्रदान गरिने बताइएको छ । उक्त कार्यक्रममा सहभागीताको लागि १८ वर्ष देखि माथिको उमेर समूहका युवा, युवती तथा विवाहित महिला/पुरुषले ‘‘फेस अफकर्पोरेट २०२२”मा सहभागी हुन पाउने अध्यक्ष खरेलले बताए ।
कार्यक्रममा चलचित्र निर्देशक एवं कार्यक्रमका सल्लाहकार तथा निर्णाक समितिका संयोजक समेत रहेका माधव राज खरेल, नेपाल टेलिभिजनको पहिलो महिला समाचार बाचिका रचना सिंह, कार्यक्रम संयोजक राजन थापा र कार्यक्रमका अध्यक्ष राजन खरेल सहित भएर फेस अफ कर्पोरेटको पोष्टरलाइ सामुहित रुपमा सार्वजनिक गर्दै आजकै मिति देखी फारम खुल्ला गरिएको घोषणा गरेका थिए ।
काठमाडौँ — चैत्र २८, २०७८। एएनपी मिडियाको आयोजनामा बालबालिका केन्द्रित प्रतियोगिता ‘लिटिल स्टार नेपाल' को दोश्रो संस्करण राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको छ। प्रतियोगिता ‘लिटिल स्टार नेपाल' को सिनियर नृत्य ग्रुपतर्फ गृष्मा राना मगर, जुनियर नृत्य ग्रुपतर्फ मारिया श्रेष्ठ, गायनतर्फ अधिश खतिवडा र अभिनयतर्फ अर्पनराज गजुरेलले शिर्ष उपाधी हात पारे। सिनियर नृत्यतर्फ प्रिश्मा ज्ञवाली फर्स्ट रनर अप, मानुश्री खनाल सेकेन्ड रनरअप, कारोल खड्का थर्ड रनर अप र स्वारिमा पराजुली मस्ट पपुलर घोषित भए। जुनियर नृत्यतर्फ आयुषा बिस्ट फर्स्ट रनर अप, आधिरा अचार्य सेकेन्ड रनर अप र मस्ट एक्टिभ, सायाङ लामा थर्ड रनर अप, कोशिष शर्मा फोर्थ रनर अप, पब्लिक चोईस युनिशा श्रेष्ठ र मस्ट पपुलर मारिया श्रेष्ठ घोषित भए। गायनतर्फ प्रान्जल पाण्डे फर्स्ट रनर अप, उपमा पाठक सेकेन्ड रनर अप र पब्लिक चोईस, तनिशा भट्टराई मस्ट पपुलर अवार्ड बिजेता घोषित भए। त्यसैगरी अभिनयतर्फ तेजल कुंवर फर्स्ट रनर अप र पब्लिक चोईस, सतिश्मा थापा सेकेण्ड रनर अप घोषित भएको आयोजक संस्था एएनपी मिडियाका सिइओ लव बहादुर कार्कीले जनाए ।
काठमाण्डौ – डी.सीने अवार्डको १२ औँ संस्करण काभ्रेको धुलिखेलमा सम्पन्न भएको छ । छायाँछवि क्रियसनको आयोजनामा हुँदै आएको डिसीने अवार्ड यसअघि कोरोना भाइरसको महामारीका कारण रोकिएको थियो । २०७६ सालभर प्रदर्शनमा आएका फिल्म मध्येबाट दर्ता भएका फिल्महरूको आधारमा निर्णायक मण्डलले उत्कृष्ट छनौट गरेको हो । शनिवार धुलिखेलमा सम्पन्न अवार्डमा ‘छ माया छपक्कै’ले सर्वाधिक ८ विधामा अवार्ड जित्न सफल भएको छ । यस्तै, मारुनी र साङ्लो फिल्मले ६ विधामा अवार्ड जितेका छन् । प्रतिष्पर्धामा रहेका २७ विधासहित जुरीले थप ६ विधामा अवार्ड प्रदान गरिएको थियो । वर्षको उत्कृष्ट फिल्ममा मारुनीसँगै निर्देशक नवल नेपाल र अभिनेता पुष्प खड्काले पनि अवार्ड जित्न सफल भए ।
यस्तै अभिनेत्रीतर्फ छ माया छपक्कैबाट केकी अधिकारीले अवार्ड जित्न सफल भइन् । यस्तै, जुरी अवार्डतर्फ यहिँ फिल्मले पपुलर फिल्मको अवार्डसँगै निर्देशकमा दीपेन्द्र लामाले पनि अवार्ड जित्न सफल भए । यसै फिल्मतर्फ निर्देशनमा दीपेन्द्र लामा र पपुलर फिल्ममा छ माया छपक्कैले जुरी अवार्ड जित्यो । लेखक, निर्देशक तथा कलाकार मोहन निरौलाको संयोजकत्वमा निर्देशक राजेन्द्र उप्रेती, संगीतकार सन्तोष श्रेष्ठ एवं अभिनेत्री तथा मोडल शोभीता सिम्खडा निर्णायक रहेको टोलीले अवार्डमा दर्ता भएका फिल्म मध्येबाट उत्कृष्ट चयन गरेका हुन् ।
अवार्डको १२ औँ संस्करणमा आइपुग्दा डिजिटल फिल्मको विकल्प नरहेको अवार्ड अध्यक्ष शान्तिप्रियले बताए । उनले आफूसहित आफ्नो टिम सात प्रदेश चौध सहरमा फिल्म प्रमोसनका विविध कार्यक्रम लिएर पुग्नेसमेत बताए । इभेन्ट आयोजनाकालागि हेराल्ड मिडियाका तर्फबाट समिर लामा संयोजन रहेका थिए भने लामाको संयोजकत्वमा भएको १२ औँ संस्करणको अवार्डमा छायाँछवि लाइफटाइम लिजेन्ड्री अवार्ड नेपालकै पहिलो फिल्म ‘आमा’बाट नेपाली रजतपटमा प्रवेश गरी प्रथम नायिकाको उपमा पाएकी भुवन चन्दलाई प्रदान गरियो । उनलाई नगद पच्चीस हजार एक रुपैयाँसहित सम्मान गरिएको हो ।
त्यस्तै, छायाँछवि चलचित्रकर्मी रजत सम्मान (पुरुष तर्फ) अभिनेता विजय लामा र छायाँछवि चलचित्रकर्मी रजत सम्मान (महिला तर्फ) झरना थापालाई प्रदान गरियो । छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार विष्णुप्रसाद सुवेदीलाई प्रदान गरिएको छ । उनलाई नगद १२ हजार २ सय २२ रुपैयाँसहित पुरष्कार प्रदान गरिएको हो ।
यस्तै, नेपाली फिल्मको प्रवर्द्धनमा योगदान दिएको भन्दै मोडल सगार घिसिङ, गीतकार सुरेन्द्र महर्जन, निर्माता विनोद गुरुङ, मोडेल नन्दा बस्याल, संगीतकार राजेन्द्र बजगाईं, मोडेल गौतम खाती, कलाकार इन्द्र दोङ तामाङ, निर्माण नियन्त्रक यमप्रसाद ओली र फोटो पत्रकार च्याङवा लामालाई डिसीने अवार्डमा आयोजक संस्था छायाँछवि क्रियसनले सम्मान गरेको थियो ।
कार्यक्रममा प्रतिष्पर्धामा रहेका बाहेक चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, चलचित्र संघका पूर्वअध्यक्ष प्रदीपकुमार उदय, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, वरिष्ठ फिल्मकर्मी कृष्ण मल्ल, निर्देशक तथा निर्माता अशोक शर्मा, चलचित्र पत्रकार संघका अध्यक्ष दिनेश सिटौला, निर्देशक दीपक श्रेष्ठ, कलाकार गजित विष्ट, निर्देशक शोभित बस्नेतलगायत फिल्मकर्मीको उपस्थिति थियो । कार्यक्रममा जीतु नेपालले आफ्नो हाँस्य प्रस्तुति दिँदै बढ्दो सामाजिक सञ्जालको विकृतिमाथि व्यंग्य गरेका थिए भने दीपशा विसीले नृत्य प्रस्तुत, कृष्ण काफ्लेको गायन प्रस्तुती तथा संजिवनी स्कूलको स्वागत नृत्य रहेको थियो ।
अवार्ड विजेताको सूची १. उत्कृष्ट पाश्व संगीत : एलिस कार्की : साङ्लो २. उत्कृष्ट ध्वनीमिश्रण : अमित श्रेष्ठ : जात्रै जात्रा ३. उत्कृष्ट गीतकार : राजेन्द्र थापा – जुनको जुनेली : छ माया छपक्कै ४. उत्कृष्ट पाश्र्व गायिका : इतु जोजीजु – बिर्सन सकिन : मखमलीमखमली ५. उत्कृष्ट पाश्र्व गायक : कृष्ण काफ्ले – हाने मैले झटारो : मारुनी ६. उत्कृष्ट चलचित्रलोक संगीत संगीतकार : बसन्त थापा – जुनको जुनेली : छ माया छपक्कै ७. उत्कृष्ट संगीतकार : अर्जुन पोखरेल – सुन्यौ की सुनेनौ : लभ डायरीज ८. उत्कृष्ट नृत्य निर्देशक : कविराज गहतराज – एम जी रोडैमा : हजार जुनीसम्म ९. उत्कृष्ट द्वन्द्व निर्देशक : श्री श्रेष्ठ : साङलो १०. उत्कृष्ट हाँस्यकलाकार : केदार प्रसाद घिमिरे : छ माया छपक्कै ११. उत्कृष्ट खलपात्र : प्रकाश शाह : साङ्लो १२. उत्कृष्ट कथा : गोविन्द फूयांल : मारुनी १३. उत्कृष्ट पटकथा : आशुतोष राज श्रेष्ठ : जाईरा १४. उत्कृष्ट सम्वाद : रामबाबु गुुरुङ÷उपेन्द्र सुब्बा : कबड्डी कबड्डी कबड्डी १५. उत्कृष्ट नव–नायिका : रुवीना थापा : लभ डायरीज १६. उत्कृष्ट नव–नायक : अंकीत शर्मा : रातो टीका निधारमा १७. उत्कृष्ट नव–निर्देशक : विराज भट्ट : साङ्लो १८. उत्कृष्ट चरित्र अभिनेत्री : मिथिला शर्मा : आमा १९. उत्कृष्ट चरित्र अभिनेता : माओत्से गुरुङ : कबड्डी कबड्डी कबड्डी २०. उत्कृष्ट सह–अभिनेत्री : स्वस्तीमा खड्का : हजार जुनीसम्म २१. उत्कृष्ट सह–अभिनेता : जीतु नेपाल : छ माया छपक्कै २२. उत्कृष्ट छायाँकार : सञ्जय लामा : मारुनी २३. उत्कृष्ट सम्पादक : बिपिन मल्ल : छ माया छपक्कै २४. उत्कृष्ट अभिनेत्री : केकी अधिकारी : छ माया छपक्कै २५. उत्कृष्ट अभिनेता : पुष्प खड्का : मारुनी २६. उत्कृष्ट निर्देशक : नवल नेपाल : मारुनी २७. उत्कृष्ट फिल्म : मारुनी : पुनम इन्टरटेनमेन्ट प्रा.लि. जुरीद्वारा थप गरिएको ६ विधा इनकरेजमेन्ट अवार्ड : क्षितिज सुवेदी : वीर विक्रम २ साउण्ड एडिटर : किशोर आचार्य : सानो मन भिएफएक्स आर्टिस्ट : समिर मियाँ : साङ्लो वर्षको पपुलर गायिका : मिलन नेवार : चरीले काफल : साङ्लो जुरी अवार्ड (निर्देशक) : दीपेन्द्र लामा : छ माया छपक्कै पपुलर फिल्म : छ माया छपक्कै : रोहित अधिकारी फिल्म्स् प्रा.लि.
काठमाडौं -नेपाली नयाँ वर्ष २०७९ को पहिलो दिन वैशाख १ गते काठमाडौंको टुंडिखेलमा विशेष कार्यक्रम हुने भएको छ । ध्यान, संगीतिक प्रस्तुति, नृत्य र उत्सवका साथ नयाँ वर्षको सुरुवात गर्ने लक्ष्यसहित ओम नेपाल मिडियाको आयोजना र ओशो तपोवनको सहकार्यमा कार्यक्रम हुन लागेको हो । कार्यक्रमको तयारी अन्तिम अवस्थामा पुगेको आयोजकको भनाइ छ । ‘ध्यान र नृत्यको उत्सवमा रमाएर न्यु इअर सेलिब्रेसन गर्नु यहाँले अहिलेसम्म गरेर आउनु भएको सेलिब्रेसन भन्दा भिन्दै हुनेछ,’ स्वामी आनन्द अरुणले भन्नुभएको छ, ‘आउनुहोस् यो नयाँ वर्ष नयाँ तरिकाले सुरुवात गरौं । आफ्नो जीवनमा ध्यानको सुरुवात गरौं ।
आउनुहोस् यो नयाँ वर्ष ध्यानमा रमाउनुहोस् ।’ कार्यक्रममा स्वामी आनन्द अरुणले सत्संग तथा ध्यान गराउनेछन् भने विश्वप्रसिद्ध निर्गुण कबीरवाणी गायक पद्मश्री विभुषित श्री प्रह्लाद सिंह टिपणियाको विशेष प्रस्तुति रहनेछ । त्यस्तै नेपाली लोक सुप्रासिद्ध ‘कुटुम्ब’ ब्याण्डको लाइभ प्रस्तुति रहनेछ । हाँस्य कलाकार स्ट्यान्डप कमेडियन मनोज गजुरेलले आफ्नो प्रस्तुति दिनुहुने छ, ।
गजल प्रस्रतोता प्रदीप रोदन, गायिका बेनिसा पौडेल, मोहन वीणा वादक रोशन शर्माको पनि प्रस्तुति रहने जनाइएको छ । मौलिक नेपाली पर्वहरू ओझेल परि रहेको वर्तमान सामाजिक परिस्थितिमा नयाँ वर्षको पहिलो दिनलाई विशेष बनाउने र हरेक वर्ष मनाउने आयोजकको लक्ष्य छ । कार्यक्रम सुरुवात ४ बजेबाट हुने जनाइएको छ भने कार्यक्रम स्थलमा ३ बजेबाट प्रवेश गर्न सकिनेछ ।
काठमाडौं -मनोरन्जन क्षेत्रको सम्पूर्ण विधा समेट्दै ‘दोस्रो नेशनल ईन्टरटेनमेन्ट अवार्ड – २०२२’ हुने भएको छ। मौलिक कला, संस्कृति, गीत संगीत, चलचित्र, खेल, कमेडी, फेशन, सौन्दर्य, कस्टमेटिक, टुरिजम एण्ड कल्चर क्षेत्रका व्यक्तित्वहरुलाई अवार्ड तथा सम्मान प्रदान गर्ने उदेश्यले मनोरन्जन तथा संगीतका विभिन्न विधा तर्फ ‘दोस्रो नेशनल ईन्टरटेनमेन्ट अवार्ड–२०२२’ गरिने भएकोछ । अवार्ड कार्यक्रम यहिं आउँदो जेष्ठ महिना २०७९ भित्र काठमाडौंमा गरिने भएको छ।
अवार्ड आबेदनको लागि दर्ता फारम निशुल्क गरिएको छ भने बैसाख २० गते सम्म फारम भरिने जानकारी गराईएको छ । जसका लागि २०२० जनवरी देखि २०२१ डिसेम्बर सम्मका गित संगीतहरुलाई समाबेश गरिने भएको छ भने नब प्रतिभाको हकमा २०२१ भित्र गीत निकालेको हुनु पर्नेछ ।
क्रियटिभ ईन्साइट मिडियाको प्रस्तुति तथा ब्यबस्थापनमा हुन लागेको यस अवार्ड कार्यक्रमको संयोजक तथा संस्थापक निर्देशक सुर्य चन्द रहेका छन् । उत्कृष्ट गायक, गायिका, संगीतकार, रचनाकार, नवप्रतिभा, लोक तथा दोहोरी गायक(गायिका, पर्ब बिसेष गीत –तिज, दशैँ तिहार, होलि, भेग बिसेष –पुर्बेली, काठे, पश्चिमेली, भजन, पप रआधुनिक गायक–गायिका, भाषा–भाषिका गीत, म्युजिक भिडियो मोडल, चलचित्रका सम्पूर्ण विधा, खेल, कमेडी, फेशन, सौन्दर्य, कस्टमेटिक, टुरिजम एण्ड कल्चर लगायत विभिन्न विधामा अवार्ड प्रदान गरिनेछ ।
अवार्डमा समाजका विभिन्न प्रतिष्ठित व्यक्तिहरुलाइ सम्मान गरिने छ भने नेपाल कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने आयोजक संस्थाले जनाएको छ ।
“दोस्रो नेशनल ईन्टरटेनमेन्ट अवार्ड(२०२२” को लागि आबेदन फर्म भर्न चाहने इच्छुक व्यक्तित्वले निशुल्क फर्म भर्न पाउने छन्। फारम भर्नको शुभकामना मिडिया सोलुसनको कार्यालय सामाखुसी र क्रियटिभ ईन्साइट मिडियाको कार्यालयमा सम्पर्क गर्न सकिनेछ।
काठमाण्डौ– नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठनको औपचारिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कार्यसमिति मानार्थ सदस्यता प्रदान, पदाधिकारी तथा सदस्यको परिचय पत्र वितरण लगायतका कार्यक्रम सहित मंगलबार राजधानीको रक हाउस क्याफेमा फावनको परिचय तथा भेटघाट कार्यक्रम सम्पन्न भएको हो ।
गत साउनमा सम्पन्न फावनको पाँचौ अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमिति पदाधिकारी तथा सदस्यहरुको औपचारिक तथा नव नियुक्ति मानार्थ तथा साधारण सदस्यलाई सांगठनिक सदस्यता परिचय पत्र र प्रमाण पत्र प्रदान गरिएको थियो । नवनिर्वाचित अध्यक्ष खगेन्द्र प्याकुरेल, वरिष्ठ उपाध्यक्ष ऋmषिराज आचार्य, कृष्ण काफ्ले, शिव परियार, ऋषि लामिछाने, चिरञ्जिवी गरागाई, महांसंघका केन्द्रिय सदस्य बेदराज लामा, उपाध्यक्ष दयाराम घिमिरे, महिला उपाध्यक्ष सरिता भारती, महासचिव राजन थापा, सचिव प्रदिप वासतोला, कोषाध्यक्ष कमला कुमारी जोशी र सहकोषध्यक्ष प्रवण भुषाल, सदस्य सन्जित भण्डारी, मिडिया संयोजक जिवन पराजुली, केन्द्रिय सदस्य तथा आईटी विज्ञ डेविल सिंह राजपुत, सदस्य सुस्मा देवकोटो, सदस्य साक्षि लम्साल गायत कार्यसमिति सदस्य, मानार्थ सदस्य तथा सल्लाहकार समितिको उपस्थिती रहेको थियो ।
कार्यक्रममा गायक शिव परियार र गायक कृष्ण काफ्लेलाई पनि मानार्थ सदस्यका रुपमा सम्मान सहित कार्य समितिमा मनोनयन गरिएको छ । चार वर्षका लागि निर्वाचित नयाँ कार्यसमितिको मानार्थ सदस्यमा वरिष्ठ चलचित्र निर्देशक मोहन निरौला, वरिष्ठ सञ्चारकर्मी शान्तिप्रिय, चलचित्र निर्देशक माधव राज खरेल लगायत मानार्थ सदस्य रहेको कार्यसमितिमा सल्लाहकार चलचित्र अर्काईष्टि चिरञ्जिवी गुरागांईं श्रीदेव भट्टराई लगायतलाई पनि परिचय पत्र वितरण गरिएको थियो ।
कार्यसमितिको मंगलबारको बैठकमा अध्यक्ष प्याकुरेलले कला क्षेत्रमा भौती तथा बौद्धिक श्रमदान गर्दै आएका कलाकर्मीको उचित सम्मान हुनु पर्नेमा जोड दिनुका साथै आफ्नै अधिकारप्रति सचेत र नेपाली कलाकारिता प्रति जिम्मेबार रहन संगठनका पदाधिकारी तथा सदस्यहरुलाई ध्यानाकर्षण पनि गराएका छन् ।संगठनका मानार्थ सदस्या तथा चलचित्र निर्देशक माधव राज खरेलले नेपाली चलचित्र क्षेत्रको ईतिहास देखी वर्तमान अवस्था प्रति कलाकर्मीको भुमिका र संगठनको विधानगत साथै उदेस्य र योजनाबारे प्रकाश पारेका थिए । विसं २०६० सालमा स्थापना भएको संगठनले नेपाली चलचित्र, गीतसंगीतका क्षेत्रमा कार्यरत कलाकर्मी तथा श्रमिकहरुको हकहितका लागि विभिन्न समयका विभिन्न किसिमका कार्यक्रमहरु आयोजना गर्दै आईरहेको संगठनमा चलचित्र गीत संगीतका क्षेत्रमा कार्यरत हरेक व्यक्तिले नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठनमा सदस्य बन्न सक्ने प्रावधान रहेको छ ।
काठमाडौं- गत चैत २३ गते बूधबार साँझको समय छिप्पिदै जाँदा ¥याम्पमाथि विस्तारै मोडलहरुको चहलपहल बाक्लिंदै गयो र एक पछि अर्को गर्दै मनमोहक फेसनशैलीका विविध रुप रंग, स्वरुप र सृजनाहरुसित उपस्थित फेसन पारखीहरु साक्षात्कार हुँदै गए । नमूना कलेज अफ फेसन टेक्नोलजीको ब्याचलर अफ फेसन डिजाइन एण्ड म्यानेज्मेन्ट शीर्षक अन्तर्गतको फेसन डिजाइनिङ सम्बन्धी स्नातक तहको अन्तिम परिक्षाको रुपमा अद्धितिय प्रतिबिम्ब शीर्षक अन्तर्गत उक्त फेसन शोले मूर्त रुप पाएको हो । नमूना कलेजका संस्थापक प्रिन्सिपल ज्ञानी शोभा तुलाधर सहित मोडलहरु रनवेमा उपस्थिति भएसंगै शुभारम्भ भएको उक्त कार्यक्रममा एघारवटा विभिन्न कलेक्सन अन्तर्गत ८२ वटा रेगुलर तथा ११ वटा क्रिएटिभ डिजाइनका पहिरनहरु प्रस्तुत भएका थिए ।
करिब तीन घण्टासम्मको अद्धितिय प्रतिविम्बको यात्रामा लेदर तथा फरसित प्रभावित हाय फर नेट, ओरिगामीबाट प्रेरित शैली, जेन्डर फ्लुडका अवधारणा, हेभेन्ली बडीजबाट प्रेरित शैलीहरु, पिसेस् अफ ड्रिम, टाइम स्टे«टममा केन्दि«त पहिरनहरु देख्न पाइएको थियो । यसैगरी बोटविरुवा र तीसंग जोडिएको अन्डर ग्राउन्ड जीवन, समुद«ी जीवनको शैली, घृणा र प्रेमसित जोडिएको मनोभावहरु, राशिबाट प्रभावित स्वरुपहरु, नारी व्यक्तित्व र फूलको आकर्षणको समायोजनलाई पहिरनको स्वरुपमा अवलोकन गर्न पाइएको थियो ।
२३ जना युवती मोडलहरु र ८ जना युवा मोडलहरुको प्रस्तुतिमा सम्पन्न हुने उक्त फेसन शोको सम्पूर्ण मेकिङ कलेजको १६औं ब्याचका ८२ जना विद्यार्थी डिजाइनरहरुको जिम्मेवारीमा सम्पन्न भएको थियो । कार्यक्रमको कोरियोग्राफी र निर्देशनको अविभारा संचारकर्मी तथा फेसन कोरियोग्राफर रोजिन शाक्यले सम्हालेका हुन् । कार्यक्रममा बेलिनी बाइकले पावर्ड बाइको रुपमा प्रायोजन थियो भने मेकअप दरबार ग्रुमिङ पार्टनरका रुपमा रहेको थियो । कार्यक्रममा नमूना कलेजद्वारा प्रकाशित पहिलोे फेसन क्याटलगको पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रोफेसर डा. यादव राज कोइराला तथा नमूना कलेजका संस्थापक प्रिन्सिपल ज्ञानी शोभा तुलाधरद्वारा संयुक्त रुपमा विमोचन गरिएको थियो ।
सृजनशीलता र कल्पनाशीलतामा निखारिएका अनुपम एवं उत्कृष्ट फेसन शैलीहरु पदार्पण भएको नमूना कलेज अफ फेसन टेक्नोलजीको ब्याचलर अफ फेसन डिजाइन एण्ड म्यानेज्मेन्ट शीर्षक अन्तर्गतको फेसन डिजाइनिङ सम्बन्धी स्नातक तहको अन्तिम परिक्षाको रुपमा अद्धितिय प्रतिबिम्ब शीर्षक अन्तर्गत उक्त फेसन शोले मूर्त रुप पाएको हो । उक्त परिक्षा रुपी फेसन शोमा फेसन अध्यापकत्रय राजेन्द« सिंह, निशा श्रेष्ठ र कुश्मा श्रेष्ठ, पूर्व मिस नेपाल अनुष्का श्रेष्ठ, फोटोग्राफर राजभाई सुवाल, गोल्यान ग्रुपका शक्ति गोल्यान, शिक्षाविद् जया प्रधान, फेसन स्टाइलिष्ट निलिमा तामाङ, , द हिडेन टे«जरका दिवाकर राजकर्णिकार, फेसन डिजाइनर अनु श्रेष्ठ, फेसन उद्यमीद्वय महेश्वर श्रेष्ठ र राहुल मान शाक्यले निर्णायकको भूमिका निर्वाह गरेको थिए ।