काठमाण्डौ - वरिष्ठ गायक सिताराम पोखरेल रेडियो प्रचार सेवा विकास समितिको सदस्यमा नियुक्त भएका छन् । उनलाई संचार तथा सुचना प्रविधि मन्त्री स्तरिय निर्णयबाट दुई वर्षका लागि सदस्यमा नियुक्त गरिएको हो ।
सदस्य नियुक्त भएपछि पोखरेलले रेडियो प्रचार सेवा विकास समितिमा रहेर रेडियो नेपालको विकास र विस्तारमा सक्दो योगदान दिने बताए । २०४४ मा ‘सजाइदियौ जिन्दगी मेरो’ बोलको गीतबाट सांगीतिक यात्रा थालेका पोखरेलका अहिलेसम्म दुई सयभन्दा बढी गीत तथा कबिर एक दर्जन एल्बम बाहिर आएका छन् ।
पोखरेल मोडल तथा कलाकार पनि हुन् । उनी आफ्नो गीतको भिडियोको अलवा ठुला तथा सानापर्दाका फिल्ममा समेत अभिनय गर्दै आएका छन् ।
गायक पोखरेललाई मन्त्रालयका उपसचिव मुकुन्द शर्माद्वारा हस्ताक्षरित पत्रमा समितिको सदस्यमा मनोनित हुनु भएको वधाइ ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ ।
काठमाडौं,
चैत २३ ।
विभिन्न स्थानबाट व्यावसायिक मोडल बन्ने लक्ष्य लिएकाका लागि काजी प्रोडक्सनले सौन्दर्य प्रतियोगिता ‘ट्रेजमी मिस ग्लोबल इन्टरनेसनल नेपाल २०२२’को आयोजना गर्ने भएको छ । जुन प्रतियोगिताको आवेदन फारम खुला गरिएको छ ।
आगामी २०७९ वैशाख ३ गते राजधानीको ठमेलस्थित टोटोज पबमा हुने प्रतियोगिताको ग्राण्ड अडिसनमा १६ वर्षदेखि ३० वर्षसम्म उमेर समूहका युवतीहरूले आवेदन फारम भरी अडिसनमा भाग लिन सक्नेछन् ।
संस्थाका सिइओ सुशान्तकाजी श्रेष्ठले उपत्यकालगायत मोफसलबाट पनि जो कोहिले सहभागिता जनाउन सक्नेछन् । फेसन तथा मोडलिङ क्षेत्रमा प्रवेश गर्न चाहने युवतीहरूको शैक्षिक विकास, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, रोजगारीको अवसरसँगै आन्तरिक क्षमता विकास गर्ने उद्देश्य आयोजना संस्थाले लिएको छ ।
प्रतियोगिताका विजेताले ‘मिस ग्लोबल इन्टरनेसनल नेपाल २०२२’कोे ताजसहित अन्तर्राष्ट्रियस्तरमा नेपाललाई प्रतिनिधित्व गर्ने अवसरसँगै विभिन्न उपहार पाउनेछन् ।
काठमाण्डौ – नेपाली सांगीतिक इतिहासमा सबैभन्दा धेरै भाषाभाषीका कलाकारहरूको सहभागितामा हरेक वर्ष सम्पन्न हुने यो पाँचौं संस्करणको कार्यक्रम हो । बरिष्ठ चलचित्र निर्देशक तथा कलाकार मोहन निरौलाको सभापतित्वमा सम्पन्न भएको अवार्ड कार्यक्रममा गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झा प्रमुख अतिथि रहनुभएको थियो । नेपाली बाहेक ६ वटा अन्य भाषामा प्रतिस्पर्धा भएर उत्कृष्टमा छनौट भएका विभिन्न भाषाभाषीका गीतहरु सहित उक्त समारोहमा जम्मा ५१ विधामा विभिन्न अवार्ड प्रदान गरिएको पिम नेपालकी महासचिव एवं कार्यक्रम संयोजक कमला जोशीले बताएकि छन् ।
त्यसैगरी यस वर्षको रजत सम्मानबाट वरिष्ठ गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन “अमर” सम्मानित भएका छन् । रंग पत्रकारितामा लामो समय कलम चलाएका बरिष्ठ पत्रकार कृष्ण भट्टराईलाई पिम नेपाल कला पत्रकारिता पुरस्कार प्रदान गरिएको छ भने लामो समय देखी मानव अधिकारका क्षेत्रमा सक्रिय अधिकारकर्मी दिर्घ राज जोशीलाई सेवा सम्मान, चर्चित संगीतकार दिपक शर्मालाई यूवा संगीत सम्मान, बालगायिका सफलता श्रेष्ठलाई बाल प्रतिभा सम्मानवाट सम्मान गरिएको थियो भने अन्य विभिन्न क्षेत्रमा संलग्न व्यक्तित्वहरुलाई सम्मान एवं कदर गरिएको थियो ।
कार्यक्रममा नेपाली चलचित्र, गीत संगीत, कला संस्कृतिका क्षेत्रमा साथै विभिन्न क्षेत्रमा सक्रिय विशिष्ठ तथा अतिविशिष्ठ व्यक्तित्वहरुको भव्य सहभागीता रहेको थियो भने कार्यक्रमलाई नेपाल टेलिकम, एभरेष्ट वियर, गरिमा विकास बैंक, गोकर्णेश्वर नगरपालिका, वुढानिलकण्ठ नगरपालिका, घोडाघोडी नगरपालिका, साउथ वेष्टर्न कलेज, ओम समाज अस्पताल, व्ल्याकपर्ल कस्मेटिक, होटल आर्ट, गरिमा विकास बैंक, कुमारी बैंक, एस.मए.एस . सेक्यूरिटी एण्ड एच आर सोलुशन प्रा.लि., टिका गोपाल एम्. क्रियशन, डेल्फिक काउन्सिल, काठमाण्डौ महानगरपालिका लगायतको संघ संस्था तथा प्रतिष्ठानहरुको सहभागिता रहेको थियो ।
त्यस्तै उक्त अवार्ड कार्यक्रममा नेपाली रंगीन सिनेमाको पहिलो नायिकाचैत्य देवी सिंह, चलचित्र प्राविधिक संघ पुष्कर लाम, बरिष्ठ पत्रकार,गीतकार शान्तिप्रय ,अध्यक्ष, म्यूजिक भिडियो समाज अध्यक्ष, विधान कार्की , गायक अजय अधिकारी “सुशिल” समाजसेवी /गायिका सोमा खत्री वित्तविद नन्दहरि शर्मा, बरिष्ठ गीतकार भरत बम्जन बरिष्ठ पत्रकार विजयरत्न तुलाधर, बरिष्ठ गायक सिताराम पोखरेल, बरिष्ठ संगीतकार जुगल डंगोल चर्चित संगीतकार सन्तोष श्रेष्ठ चर्चित गायक शिव परियार चर्चित गायक कृष्ण काफ्ले, गीतकार रमेश दाहाल, कोरियो ग्राफर अजय स्याङ्तान सम्पादक विपिन भाट ,संगीतकार/एरेन्जर राजेन्द्र बजगाई, रंग पत्रकार जिवन पराजुली, रंग पत्रकार विष्णु सुवेदी, पत्रकार गीता अधिकारी ,अभिनेता विशाल विष्ट, सञ्जित भण्डारी, गोपाल ढकाल “छन्दे”, श्रीदेव भट्टराई लगायका व्यक्तित्वहरुको उत्साहजनक सहभागीता रहेको कार्यक्रमकी संयोजक जोशीले बताइन् ।

राष्ट्रिय समावेशी म्युजिक अवार्डका विजेताहरु यस प्रकार रहेका छन् :
उत्कृष्ट राष्ट्रिय भावको गीत टेक तामाङ: नेपाल आमा
उत्कृष्ट गजल बी.बी. थापा : बाँचुञ्जेल हाँसो रहेछ
उत्कृष्ट आधुनिक गायक नविन कार्की : आँखाले हेर्यो
उत्कृष्ट आधुनिक गायिका मिलन नेवार : पल पल चोट
आधुनिक संगीतकार ओम प्रकाश राई : सिरानी लाए
उत्कृष्ट आधुनिक गीतकार (महिला) तारा अधिकारी : तिम्रै लागि
उत्कृष्ट आधुनिक गीतकार (पुरुष) डा.कृष्णहरि बराल : ऐलान
उत्कृष्ट आधुनिक निर्देशन अञ्जन शर्मा : भत्केको घर
उत्कृष्ट आधुनिक/लोकपप मोडल(पुरुष) सनम कठायत : किन मरिन म
उत्कृष्ट आधुनिक लोकपप मोडल महिला अनु शाह : उसलाई पाउन–२
उत्कृष्ट लोकपप गायन नविन कुमार पौडेल : मेरी डल्ली
उत्कृष्ट लोकपप गीतकार अभि क्षेत्री (समर्पण) : नसोध भो
उत्कृष्ट लोकपप संगीतकार राजेश थापा : सल्लेरीको फेदैमा
उत्कृष्ट लोकपप निर्देशन बविता श्रेष्ठ : हाम्रो माया चोखो
उत्कृष्ट पप गायन कृष्ण भट्टराई : शहर
उत्कृष्ट पप गीतकार गौतम डंगोल “सन्देश” : अर्कै साथी
सर्वोत्कृष्ट गीतकार (महिला ) रमा थापा : माया विरानो
उत्कृष्ट नवगायिका (आधुनिक/लोकपप) मिना नेपाली : हर श्वासमा
उत्कृष्ट नवगायक (आधुनिक/लोकपप) सविन सुवेदी : आज त लभ पर्छ
उत्कृष्ट नवगायक/गायिका लोकदोहोरी बाबुराम भट्टराई : लभको चक्करमा
उत्कृष्ट नव मोडल (पुरुष) अभि लामा : मर्यो भन्दिनु
उत्कृष्ट नव मोडल (महिला) आलिसा बास्तोला : रुवाउने हजार
उत्कृष्ट लोकदोहोरी गायक स्वरुप राज आचार्य : डाँडाघरे सांइली
उत्कृष्ट लोकदोहोरी गायिका रमिला न्यौपाने : पिर नभाको को छ र
उत्कृष्ट लोकदोहोरी गीतकार सविता पोखरेल : ढाँटे मरिजाउ
उत्कृष्ट लोकदोहोरी संगीतकार श्रीकृष्ण बम मल्ल : डाँडाघरे सांईली
उत्कृष्ट लोकदोहोरी निर्देशन देबेन्द्र पाण्डे : मन बुढो भएन
उत्कृष्ट लोकदोहोरी मोडल(महिला/पुरुष) जिसु कोईराला : कसो गर्ने होला
उत्कृष्ट ध्वनी मिश्रण मनोज परियार : नयाँ गलबन्दी
उत्कृष्ट सम्पादन राजेश कुमार : तारी खेत
उत्कृष्ट छाँयाकार उत्सव दाहाल : किन मरिन म
उत्कृष्ट कोरियोग्राफर सुनिता बस्नेत : भाग्य भित्र
उत्कृष्ट डेउडा भाका गायन पुष्पा बोहोरा : झुम्केनी बौजु
उत्कृष्ट डेउडा भाका मोडल चक्र बम : ओ मेरी बौजु
उत्कष्ठ थारु भाषा गायन राजेन्द्र शर्मा : सखिय हो
उत्कृष्ट थारु भाषा निर्देशन हिरा चौधरी : सुनर सुनर पहिरन
उत्कृष्ट थारु भाषा मोडल सुनिता दहित : सखिय हो
उत्कृष्ट काँठे भाका गायक अमृत खाती : मिरमिरे साइली
उत्कृष्ट काँठे भाका गायिका उमा श्रेष्ठ : मिरमिरे साईली
उत्कृष्ट काँठे भाका गीतकार डब्बु क्षेत्री : असारे मास
उत्कृष्ट मैथली भाषा गायन आदित्य अजय : रमजान के महिना
उत्कृष्ट मैथली भाषा गीतकार समिर खान : समझु प्रेमक इशारा
उत्कृष्ट मैथली भाषा निर्देशन हुशैन शेख : धोखा हमरा
उत्कृष्ट मैथली भाषा मोडल फिरोज शेख : हम अहाँ के दीवाना
उत्कृष्ट तामाङ भाषा गायक अभिषेक तामाङ : ज्याबा ङ्ङ्बा
उत्कृष्ट तामाङ भाषा गायिका लक्ष्मी तामाङ : चाईना जुत्ता
उत्कष्ट तामाङ भाषा मोडल (पुरुष) हेरुका लामा : चम चम
उत्कृष्ट तामाङ भाषा मोडल (महिला) सुष्मा मोक्तान : रानी
उत्कृष्ट नेपाल भाषा गायन तेजवती जोशी : योःम जित
उत्कृष्ट नेपाल भाषा शब्द राजु मानन्धर : सुथें लुमनी छन्तः
उत्कृष्ट नेपाल भाषा मोडल श्रेया कार्की : पन्तिया मकर मेला
उत्कृष्ट कल्चरल गीत सिता तुम्रुक : हिलिक हिलक (लिम्बु भाषा)
सर्वोत्कृष्ट गायक आधुनिक (पपुलर) यम बराल : खुशीको गीत
सर्वोत्कृष्ट मोडल आधुनिक (पपुलर) राजेश हमाल :मन बुढो भएन
सर्वोत्कृष्ट गीतकार आधुनिक (पब्लिक च्वाईस) भिष्मराज फुलारा :आँशु पिउँदै
सर्वोत्कृष्ट संगीतकार (पब्लिक च्वाईस) सरोज कोईराला : भकारीमा धान
सर्वोत्कृष्ट काँठे गायक (पब्लिक च्वाईस) शरण प्रसाद हुमागाई : भिरैको खनायो
सर्वोत्कृष्ट मोडल आधुनिक (जुरी) अनिषा पोखरेल : पिक्का
सर्वोत्कृष्ट मोडल आधुनिक (जुरी) समिक्षा क्षेत्री : दोष
सर्वोत्कृष्ट लोकदोहारी शब्द (जुरी) शिव पौडेल : अँधेरीमा जुन
सर्वोत्कृष्ट गीतकार आधुनिक (जुरी) विरेन्द्र थाम्सोहाङ : मनमा माया
सर्वोत्कृष्ट गायिका (जुरी) अस्मिता श्रेष्ठ : शिरमा रिवन
सर्वोत्कृष्ट गीतकार पप (जुरी) पदम विश्वकर्मा : सल्लेरीको फेदैमा
सर्वोत्कृष्ट गायक लोकपप (जुरी) सुजन मोक्तान : नाच्ने गाउने
सर्वोत्कृष्ट गायक लोकपप (जुरी) सुनिल कटुवाल : फिक्का
सर्वोत्कृष्ट मोडल डेउडा (ईन्करेज्मेन्ट) उमेश भट्ट : मन पण्याकी
सर्वोत्कृष्ट गायिका लोकपप (ईन्करेज्मेन्ट) सदिक्षा भुर्तेल : घाँसको भारी
सर्वोत्कृष्ट गतिकार लोकपप (जुरी) ज्ञान बहादुर लामा : नाच्नु गाउनु
सर्वोत्कृष्ट थारु भाषा मोडल (जुरी) प्रमोद चौधरी : कंगना
सर्वोत्कृष्ट नेपाल भाषा गायन (जुरी) विजेन्द्र चवाल : जिवनया छु ईं
सर्वोत्कृष्ट मोडल लोकदोहोरी (जुरी) सजिना लामिछाने : पैसाको विटो
सर्वोत्कृष्ट लोकपप निर्देशन (जुरी) केशव राज भट्ट : पिरती वस्यो
काठमाडौं । कथा इभेन्टको आयोजनमा हुन लागेको मिस हिमालय लिटल एन्जल काठमाडौं २०२२ को पहिलो अडिसन चैत्र १८ शुक्रबार भेनश पब्लिक स्कूल, बेसीगॅाउ गोकर्णेश्वर काठमाण्डौंमा सम्पन्न भएको छ , अडिसनको प्रमुख निर्णायकमा वरिष्ट ऱ्यापर तथा म्यूजिक निर्देशक निर्णय श्रेष्ठ (NSK Da )ज्यू रहनु भएको थियो भने निर्णायकमा कथा इभेन्टकी प्रमुख गनिका गुरुङ र मिस लेडी नेपाल २०१९ कि ऒकि किमोचि विष्ट “ रहेका थिए मिस हिमालय लिटल एन्जल सिजन ३ मा ११३ जनाले अडिसन दिएको जानकारी इभेन्ट डाइरेक्टर अनिल बुर्जा मगरले बताएका छन । प्रतियोगीहरुलाई १५ दिनसम्म विभिन्न विषयमा प्रशिक्षणमा समावेश गरिनेछ जस अन्तर्गत स्टेज प्रस्तुतिकरण, ब्यत्तित्व विकास, भौतिक बिकास , आत्मविश्वास अभिवृद्धि, सामाजिक तथा समान्य ज्ञान, फेशन तथा क्याटवाक, सेलिब्रेटी अन्तरक्रिया, फोटोसेसन लगायतका कृयाकलापहरु रहनेछन् । मिस हिमालय लिटल एन्जल काठमाडौंको विजेताले नगद रू ५० हजार साथै इन्टरनेशनलमा प्रतिनिधित्व गर्नेछन् । त्यसैगरी फष्ट रनरअपले नगद रू ३० हजार र सेकेण्ड रनरअपले नगद रू २० हजार पाउने छन् । विजेताहरूले नगद सँगै ताज, ट्रफी र अन्य पुरष्कारहरू पनि पाउने छन् । प्रतियोगितामा उमेरको हिसाबले तीन समुहमा बिभाजन गरेर समुह बिजेताहरु र १ जना मुख्य विजेताको रुपमा घोषणा गरिनेछ । कथा इभेन्टले २०१७ देखि बिभिन्न रोचात्मक कार्यक्रमहरू गर्दै आईरहेको र त्यस मध्येको एक बिसेस कार्यक्रम मिस हिमालय लिटल एन्जल पहिलो र दोस्रो सृखंला भब्य र सब्यताका साथ सम्पन्न गरेका थिए भने यस बर्ष सिजन ३ एडुकेशन पार्टनर भेनश पब्लिक स्कुल बेसीगॅाउ , गोकर्णेश्वर बाट गरेका छन् र कार्यक्रम योहो टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुने जानकारी समेत इभेन्ट डाइरेक्टर अनिल बुर्जा मगरले बताएका छन्
काठमाण्डौ– पावर ईन्टर नेशनल मिडिया नेपाल (पिम नेपाल)को आयोजनामा चैत्र २० गते आइतवार राधानीमा सम्पन्न हुन गईरहेको नेपालको पहिलो समावेशी म्युजिक अवार्ड “निम अवार्ड”मा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मानित गरिदै छ । सम्मानित हुनेमा बरिष्ठ गीतकार/ साहित्यकार सुरेन्द्र महर्जन “अमर”, बरिष्ठ पत्रकार कृष्ण भट्टराई, चर्चित युवा संगीतकार दिपक शर्मा, समाज सेवी एवं मानव अधिकारकर्मी दिर्घ राज जोशी, बाल गायिका सफलता श्रेष्ठ, गीतकार राखी गौचन लगायतका विभिन्न व्यक्तित्वहरु सम्मानित हुने कार्यक्रमकी संयोजक कमला जोशीले वताएकी छिन् । विगत लामो समय देखि विभिन्न क्षेत्रमा रहेर देश र समाजमा को लागि उल्लेखनिय कार्य गर्दै उदाहरणीय व्यक्तित्वको रुपमा उदाउन सफल व्यत्तित्वहरुको योगदानलाई मुल्याँकन गर्दै निम अवार्डको भव्य समारोहमा सम्मान गर्न लागिएको जोशीले वताईन ।
विगत पाँच वर्ष देखी नेपालमा बोलीने विभिन्न भाषा भाषीसहितलाई समेटेर बृहत् रुपमा निम अवार्डको आयोजना हुदै आईरहेको छ । नेपालको पहिलो समावेशी म्युजिक अवार्डको रुपमा आफ्नो वेग्लै प्रस्तुती र भुमिका गीत संगीत र कला एवं संस्कृतिको प्रवद्र्धन गर्दै निम अवार्डले कलाकारिता क्षेत्र मात्रै नभएर विभिन्न क्षेत्रमा सिद्धहस्त व्यक्तित्वहरुलाई उनिहरुको कार्यको सम्मान स्वरुप सम्मान एवं पुरस्कृत गर्दै आईरहेको छ ।
कार्यक्रममा नेपाल टेलिकम, एभरेष्ट वियर, गोकर्णेश्वर नगरपालिका, बुढानिलकण्ठ नगरपालिका, घोडाघोडी नगरपालिका, काठमाण्डौ महानगरपालिका, गरिमा विकास बैंक, होटल आर्ट, व्ल्याक पर्ल, डेल्फिक काउन्सिल, ओम समाज डेन्टल अस्पताल, साउथवेष्र्टन कलेज, एस.आई गु्रप, एस.एम्ं.एस.सेक्यूरिटिज प्रा.लि., कुमारी बैंक, प्लान ईन्टरनेशनल एजुकेशन, शोभा कलेक्सन लगाएतका व्यवसायिक संस्थाहरुले कार्यक्रमलाई सघाएका छन् । स्मार्ट प्यालेस चावहिलमा सम्पन्न हुन गेरहेको उक्त समारोहमा कुल ५१ विधामा अवार्ड प्रदान गरिनेछ ।
ब्लु रेज प्रोडक्सनले आयोजना गरेको ‘मिस टियारा तनहुँ सिजन १’ को फिनाले यहीँ चैत्र २६ गते हुने भएको छ। पोखरा स्थित स्वीस ईन्टरनेसनल होटल सरोवर मा २ बजे हुन गइरहेको फिनालेमा ६ जना प्रतिस्पर्धीहरु फाइनलका लागी भिड्ने छन।
कार्यक्रममा मेन टाइटलहरु ‘मिस टियारा तनहुँ’ रक ‘मिस टियारा तनहुँ अर्गनाईजर्स च्वाइस’ रहने छन् भने भोटिङ पार्टनर ग्लोबल अनलाइन पे, साउन्डीङ पार्टनर मन्जित साउन्ड सेन्टर, भेन्यू पार्टनर स्वीस ईन्टरनेसनल होटल सरोवर (स्ट्रीट न.१३,लेकसाइड पोखरा) र वार्डरब पार्टनर सायना बुटीक एण्ड एसोसरीज (सिमलचौर,पोखरा) रहेका छन्।
विशेष धन्यबादः सुजुकी २ ह्वीलर्स पोखरा(नयाँबजार पोखरा), नन्दोज रेष्टुरेन्ट एण्ड क्याफे(निभागल्ली, चिप्लेढुङगा,पोखरा), मिडटाउन रेष्ट्रो एण्ड बार(दुलाईगौँडा), तनहुँ) कार्यक्रममा विजेताले क्यास प्राईज, क्राउन, ट्रफी, होलीडे प्याकेज, टिभी सोको साथसाथै अन्तराष्ट्रिय पेजेन्टमा प्रतिस्पर्धा गर्ने अवसर प्राप्त गर्ने छन् भने सबटाइटलहरु मिस फोटोजेनिक, बेस्ट फिगर, मस्ट स्टाइलिस, बेस्ट परफरमेन्स, पब्लिक च्वाइस र बैस्ट पर्सनालिटी रहने छन्।
फिनालेमा ६ फाइनल प्रतिस्पर्धीहरु पोखरा हेम्जाबाट आस्मा भुजेल (उमेर १५), तनहुँ खैरेनीटारबाट अनुसा सुनार(उमेर १७), तनहुँ दुलाईगौँडाबाट कबीना श्रेष्ठ(उमेर १७), तनहुँ खैरेनीटारबाट भूमिका शाही(उमेर १६), तनहुँ बेलचौताराबाट अन्जली भट्ट(उमेर १७) र तनहुँ दुलाईगौँडाबाट सुमी परियार(उमेर १६) उपाधीको लागी एक अर्कासगँ प्रतिस्पर्धा गर्नेछन्।
काठमाडौं । ट्राभल एण्ड टुर्स व्यवसायीहरुको संस्था नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी १७ चैत्रमा हुने निर्वाचनका लागी प्रमोद दाहालले बरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन । दाहालले अध्यक्षका उम्मेद्वार रमेश थापाको प्यानलबाट आफ्नो दावेदारी प्रस्तुत गरेका हुन ।
कोलम्बस ट्राभल एण्ड टुर्स प्रा.लि.का प्रबन्ध निर्देशक दाहाल पुराना पर्यटन व्यवसायी हुन । विगत तीन दशकदेखि पर्यटन व्यवसायमा संलग्न दाहालले यसअघि ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) को कार्यसमिति सदस्यका रुपमा पनि आफ्नो जिम्मेवारी पुरा गरेका थिए । लामो समयदेखि उल्लेख्य संख्यामा बंगलादेशी पर्यटकलाई नेपाल भित्र्याउन सक्रिय दाहाल नेपाललाई “सभा सम्मेलन पर्यटन गन्तव्य” का रुपमा समेत विकास गर्न सकिने मान्यता राख्छन ।
“आज पनि पर्यटन क्षेत्रमा २०३४ सालको पर्यटन ऐन छ, पर्यटन क्षेत्रमा ठूलो परिवर्तन आईसक्यो, पर्यटन क्षेत्र र व्यवसायका समस्या हरु सम्बोधन गर्न पर्यटन ऐनलाई समयसापेक्ष बनाउन जरुरी छ”– दाहाल भन्छन–“त्यसका लागी नाट्टा मार्फत सरकारसंग सहकार्य र छलफल गर्दै पर्यटन ऐनलाई समयानुकुल बनाउन पहल गर्ने एजेण्डा छ ।” नाट्टाको अगुवाईमा अन्य पर्यटन क्षेत्रका सरोकारवालाहरुसंगको सहकार्यमा पर्यटन ऐनलाई समयानुकुल बनाएर पर्यटन क्षेत्रका महत्वपूर्ण विषयहरुलाई सम्बोधन गर्न आवश्यक रहेको र त्यसका लागी आँफुहरुले पहल गर्ने उनले वताए । नाट्टालाई टिमवर्क मार्फत थप व्यवस्थित बनाउन सकिने उनको विश्वास छ । सरकार र नीजि क्षेत्रविचको सहकार्यले पर्यटन क्षेत्रलाई थप सुदृढ बनाउन सकिने उनको मान्यता छ ।
नाट्टामा बरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएका दाहाल टिकेटिङ क्षेत्रका समस्या समाधानका लागी आयटासंग सम्बन्धित विषयहरु पुनरावलोकलन गर्न पहल गर्ने, नेपाल राष्ट्र बैंक संग छलफल गरी विदेशी मुद्रा आर्जन गर्ने पर्यटन क्षेत्रलाई केहि राहत प्रदान गर्न पहल गर्ने जस्ता विषयलाई आफ्ना प्रमुख एजेण्डा रहेको उनले वताए । नाट्टाका सदस्य व्यसायीहरुको हितलाई ध्यानमा राखि अन्तर्राष्ट्रियस्तरमा गरिने पर्यटन पर्यटन प्रवद्र्धनका गतिविधिहरुलाई थप प्रभावकारी ढंगले गर्न सकिने उनको धारणा छ । त्यसका लागी सवै अग्रज र समकालिन व्यवसायीहरुको सल्लाह र सुझाव मार्फत नाट्टाको गरिमा बढाउने गरी कार्य गर्ने योजना बनाएको दाहालले वताए ।
काठमाडौं । लिटल प्रिन्स एण्ड प्रिन्सेसको उपाधी अभीश्री कुमारी गौतम र समीक्षा मोक्तानले हात पारेका छन्। राष्ट्रिय नाचघरमा सम्पन्न भएको उक्त कार्यक्रमलाई दुई समूहमा विभाजन गरिएको थियो। जसमध्ये समूह–ए बाट अभीश्री कुमारी गौतम र समूह–बी बाट समीक्षा मोक्तानले उपाधी हात पारेका हुन्। लिटल प्रिन्स एण्ड प्रिन्सेसको यो दोस्रो संस्करण हो । आई.ई.एम भक्तपूर निष्ट्सँगको सहकार्यमा कार्यक्रम आयोजनामा आएको थियो । प्रतिस्पर्धामा फस्ट रनर अप समूह–ए बाट विशेषता पौडेल र समूह–बी बाट सिमोन बरुवाल भएका छन्। त्यसैगरी सेकेन्ड रनर अपको उपाधी समूह–ए बाट प्रज्ना भुसाल र समूह–बी बाट सुप्रिम खत्री, सगँसगैँ थर्ड रनर अपको उपाधी समूह–ए बाट अथर्व ढकाल रु समूह–बी बाट आकांक्षा पोख्रेल र फोर्थ रनर अपको उपाधी समूह–ए बाट स्नीग्धा ढकाल र समूह–बी बाट सूबीसा श्रेष्ठले हात पार्न सफल भएका छन्। त्यस्तै लिटल च्याम्प अफ द ईभेन्ट महिलातर्फबाट आश्रा बोहरा र पूरुष तर्फबाट प्रसिस चौलांगाँई भएका छन्। कार्यक्रम पूर्ण रुपमा सफल भएको कार्यक्रमका अर्गनाईजर महेश के.सी.ले बताए। कार्यक्रममा जजहरु रुष्का श्रेष्ठ, जीवन गिरी, सुवर्ण खड्का, प्रमिला, अभिविन्द खानिया, आकांक्षा भट्टराई रिमाल, सनिस शाक्य, पवन आचार्य, धिरज तन्डुकार, ईरीना श्रेष्ठ र अनिसा शाक्य रहेका थिए।
काठमाडौं-सङ्गीतकार राजेन्द्र बजगाईंले आफ्नो जन्मदिन अनाथ बालबालिकासँग मनाउनुभएको छ । काठमाडौंको मूलपानी फूयाँलगाउँमा हास्य कलाकार सुलेमान शंकर (इकु)ले विगत आधा दशकदेखि सञ्चालन गर्दैै आएको स्नेह बाल आश्रममा पुगेर सङ्गीतकार बजगाईले आफ्नो जन्म दिन मनाउनु भएको हो । त्यहाँ रहेको १६ जना बालबालिकाहरूलाई स्टेशनरी सामग्री, कापी, डटपेन, इरेजर, पेन्सिल तथा विभिन्न खाद्य सामग्री, फलफूल, मास्कलगायतका सामग्री सङ्गीतकार बजगाईंले प्रदान गर्नुभएको थियो । केक काटेर त्यहाँ रहेका अनाथ बालबालिकाहरूलाई खाना खुलाउँदै उहाँले जन्मदिन मनाउनुभयो ।
स्नेह बाल आश्रमका सञ्चालक तथा हास्य अभिनेता इकुले राजेन्द्रलाई जन्म दिनको शुभकामना दिँदै आफ्नो आश्रममा रहेका बालबालिकासँग जन्मदिन मनाउँदै उनीहरूका लागि केही सहयोग गरेकोमा धन्यबाद ज्ञापन गर्नुभयो । सङ्गीतकार बजगाईंको जन्मदिन मनाउन आश्रम पुग्नुभएका गायक तथा सङ्गीतकार भुवन प्यासीले पनि सो क्रममा अनाथ बालबालिकाहरूको स्कुल शुल्कको लागि भनेर पाँच हजार रुपैयाँ सहयोग प्रदान गर्नुभएको थियो ।
काठमाडौं – ग्लोबल कलेज इन्टरनेशनलले ए–लेभल पढाई पुरा गरेका विद्यार्थीहरुको सम्मानमा शुक्रबार विदाई कार्यक्रम आयोजना गरेको छ । ग्लोबल कलेज इन्टरनेशनलले सोल्टी होटलमा आनी छोयिङ ड्रोल्माको उपस्थितिमा विदाई गरेको हो । कार्यक्रमको प्रमुख अतिथिको रुपमा युएसईएफ नेपालका कार्यकारी निर्देशक सुश्री रेशु अर्याल ढुंगानाको उपस्थिति रहेको थियो ।
बिदाइ कार्यक्रममा उत्तीर्ण विद्यार्थीहरुलाई सम्बोधन गर्दै प्राचार्य डा. करणसिंह ठगुन्नाले विद्यार्थीहरूलाई प्रोत्साहित गर्दै आफ्नो करियर मार्फत जुनसुकै पदमा रहे पनि कलेजसँग सम्पर्कमा रहन सल्लाह दिदै यो उनीहरूको जीवनको नयाँ सुरुवात भएको बताए ।
प्रमुख अतिथि ढुङगानाले अन्तर्राष्ट्रिय शिक्षाको सान्दर्भिकता बारे प्रकाश पार्दै नेपालको विकास एवम् परिवर्तनमा युवाहरूलाई योगदान पु¥याउने अवसरको साथै समाजमा परिवर्तन र सुधारका लागि नवप्रवर्तन साथै उनीहरूको प्रतिभाको प्रयोगमा जोड दिईन् ।
गायिका एवम् समाजसेवी आनी छोइङ डोल्माले आफ्नो जीवनमा कडा परिश्रम र शिक्षाको मूल्यमा ध्यान केन्द्रित गर्न विद्यार्थीहरुलाई आग्रह गरिन । सोही अवसर माझ प्रधानाध्यापक डा करणसिंह ठगुन्नाले उनलाई नेपाली पश्मिना शाल र सम्मान पत्र प्रदान गरी सम्मान गरेका थिए ।
बिदाई कार्यक्रम माझ सबै स्नातक विद्यार्थीहरूलाई मायाको टोकन हस्तान्तरण गरिएको थियो भने उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई शैक्षिक, अनुशासन, नवीनता, कलेजलाई सहयोग, र उत्कृष्ट अनुसन्धानको लागि ट्रफी प्रदान गरिएको थियो। विदाई समारोहमा ए लेभल संकाय र जिसिआईका सबै शैक्षिक कार्यक्रमहरूका संयोजकहरूको उपस्थिती रहेको थियो ।