generalnews
||Power News Asia||

आजको समाचार

अधिकारकर्मी जोशीको आधिकारिक यात्रा

समाचार



काठमाण्डौ – सुदुरपश्चिमको बझाङ जिल्लामा जन्मिएका  दिर्घराज जोशी बाल्यकाल देखीने मानव अधिकारको पक्षमा उभिदै आएका छन् । जन्म स्थान छोडेर कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकामा बसोबास गर्दे आइरहेका जोशी तत्कालिन जनआन्दोलनका क्रममा निकै सक्रियताका साथ मानवअधिकारका विषयमा वकालत गर्दर्थे । उनले त्यतिवेला सरकार र तत्कालिन विद्रोही पक्ष नेकपा माओवादीबाट वेपत्ता पारिएका मान्छेहरुलाई सार्वजनिक गर्नु पर्ने माग राख्दै निक्कै लामो संघर्षका आन्दोलनहरुमा समेत सक्रियरुप भुमिका खेलेका थिए ।

जोशीे मानवअधिकारका विषयमा कुरा गर्दा सम्झन्छन् “वि सं २०६२– ६३ को जनआन्दोलन, जुन बेला देशमा राजतन्त्र विरुद्धको आगो बल्दै थियो भने लोकतनत्र र गणतन्त्रका चर्का नाराहरु घन्किदै थिए र सोही भिडमा धनगढीको गर्मी मौसमको तातो सडकमा २१–२२ वर्षको ठिटो पनि प्रहरीको दमन र वर्बरताको विरोध गर्दै सडकमा शान्तिको नारा लगाउदै थियो । मानव अधिकार र मानविय कानुनको सम्मान गर्न अनुरोध गर्दै र्याली निकालेका भिडमा रहेका युवाहरुको जमातलाइ थाहा थिएन , मात्र उनिहरु तत्कालिन व्यवस्थाविरुद्ध लागेका पार्टीका कार्यकर्ता जस्ता बन्न पुगेका थिए र तीनै पार्टीका नेतृत्वले उनिहरुलाई संचालन गरेका थिए । तर कुनै पार्टी वा दलसंग नजोडिई विसुद्ध मानवअधिकारको  रक्षाको निम्ती लडिरहेका जोशी जस्ता युवाहरुको जमातलाई पनि तत्कालिन व्यवस्थाले पार्टीका कार्यकर्ता सम्झेर २०६२ साल चैत्र १२ गते धनगढीको पार्कमोडवाट प्रहरीले घेरा हालेर गिरफ्तार गरी जिल्ला प्रहरी कार्यलय कैलाली पुर्याएको थियो । २०६३ बैशाख १ गतेका दिन तत्कालिन राजा ज्ञानेन्द्र विर विक्रम शाहदेवको सत्ताच्युत पछि मात्रै थुनिएका जोशी लगायतका मानवअधिकारका लागी आवाज उठाउने  युवाहरुलाई थुनामुक्त गरिएको थियो ।”

थुना भित्रै रहेर पनि जोशीले मानव अधिकार र नेपालमा मानव अधिकारका क्षेत्रमा काम गर्ने व्यक्ति र संघ संस्थाहरुको बारेमा अध्ययन गर्ने मौका पाएका थिए । एक महिने जेल जिवनको अवधिमा जोशीले थुप्ै संघ संस्था तथा मानवाधिकारकर्मीहरु संगको आफ्नो चिनजानलाई निकै अगाडी बढाई सकेका थिए मानव अधिकारको विषयमा वकालत गर्न चाहाने जोशीसंग थुपै्र  व्यक्तित्वहरु जोडिएका थिए र जोशीलाई  मानव अधिकार र शान्तिको लागि आवाज उठान गर्न उर्जा प्रदान गर्ने जमातहरु झन बढ्दै गईरहेको थियो र त्यहि मौकामा  शान्तिका लागि शाझा अभियान (कोक्याप) नामक एक गैरसहकारी संस्था जसले मानव अधिकारका क्षेत्रमा काम  गर्ने व्यक्तिहरुको सहभागिता एउटा विशेष कार्यक्रमको आयोजना गर्ने योजना बनाएको थियो, तयस बखत जोशीले पनि त्यो संस्थामा आवद्ध रहेर स्वयंसेवक रुपमा काम गर्न थाले । त्यो संस्था वास्तवमा नेपालमा शान्ति र मानवअधिकारको क्षेत्रमा कार्यरत ५० वटा भन्दा बढी संस्थाको छाता संगठन थियो । जोशीले लामो समय खोजीरहेको मञ्च कोक्यापले प्रदान गरेको थियो ।

कोक्यापमा बसेर भोलेन्टियरको काम गर्न सुरुगरे लगत्तै उनले भावी नेपाल नागरिकको पहल नामक बृहत ३ दिने कार्यशालामा सहभागी हुने मौका पाएका थिए । जहाँ देशभरीबाट शान्ति र  मानव अधिकारको क्षेत्रमा काम गरेका विभिन्न व्यक्तित्वहरुको उपस्थिीती थियो । जुनकार्यक्रमको प्रभावले जोशी प्रती कोक्याप पनि निकै आकर्षित हुदै वि सं २०६४ माघ १ गते देखी फागुन ७ गते सम्म आयोजना गर्न लागेको बृहत राष्ट्रव्यापी साईकल यात्रामा  विषेश भुमिकामा सहभागी गराउने निर्णय समेत गरेको थियो । “उनिहरु कहाँ छन ?” भनेर नाम दिएको त्यो यात्राको मुख्य उदेश्य भनेको दन्द्ध कालमा राज्य र तत्कालिन विद्रोही माओवादी पक्षबाट विभिन्न बहानामा वेपत्ता पारिएका नागरिकहरुलाई तत्काल सार्वजनिक गर्न र उनिहरुको वास्तवीक अवस्थाबारे आम जनसमुदायलाई जानकारी गराउन दुवै पक्षलाई दवाव दिने उदेश्यले आयोजना गरिएको थियो । १५ जना नेपाली र १ जना विदेशी गरी कुल १६ जनाको टोली नेपालको मेचीबाट यात्रा सुरु गरी महाकालीमा समापन गर्ने गरी कार्यक्रमको आयोजना गरिएको थियो । देशका विभिन्न स्थानमा सभा, सम्मेलन नागरिक सुनुवाइ कार्यक्रम एवम् स्वयम नागरिक सचेतना जस्ता कार्यक्रम गरी करिव ३६ दिन पछि त्यो यात्रा महाकालीको गड्डाचौकीमा समापन भएको थियो । त्यस यात्रामा मुख्य भुमिकामा जोशीनै रहेका थिए । हजारौंको संख्यामा राज्य तथा तत्कालिन विद्रोही पक्षबाट वेपत्ता पारिएका मान्छेहरुको खोजी गर्न सरकार पक्षलाइ दवाव स्वरुप सुरु गरिएको अभियान थियो । सोही दबाब र राष्ट्रिय तथा अन्तराष्ट्रिय मानवअधिकार संगठनको चर्को आलोचनापछि सरकारले वेपत्ता नागरिक छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग जस्ता महत्वपुर्ण आयोगहरु समेत गठन गरेको थियो ।

लामो समय देखी मानव अधिकार र समाजसेवाका क्षेत्रमा सक्रिय भुमिकामा रहदै आएका जोशीले  राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा आयोजना गरिने विभिन्न मानव अधिकार सम्बन्धि गोष्टि सेमिनार  लगायतका कायृक्रमहरुमा सहभागी हरँदै मानव अधिकारको विषयमा अध्ययन तथा अनुसन्धान थर्दै नेपालमा शान्ति मानव अधिकार र लोकतन्त्रलाई कसरी बलियो बनाउन सकिन्छ भन्ने विषयमा वकालत गर्दे आईरहेका छन् । यसै सिलसिलामा जोशी क्यानडा, अस्ट्रेलियत, जापान, ताईवान, हङकङ मकाउ, थाईल्याण्ड, जर्मन, फ्रान्स  लगायत युरोपका विभिन्न देशहरुमा  गएर तालिमहरु प्राप्त गरिसकेका छन् ।

नेपालको मानव अधिकारको अवस्थालाई अन्तराष्ट्रियस्तर सम्म लैजान र एक शान्त समृद्ध र सम्पन्न देशको रुपमा नेपाललाई विश्व सामु चिनाउन पाउनु जत्तिको गर्व गर्न लाएक कुरा केही हुदैन तर नेपालमा दिनहँु भईरहने मानव अधिकार हननका घटनाहरुले शान्ति र लोकतन्त्रको नारालाई ओझेलमा पार्दै आईरहेको छ । जोशी मात्रै हैनन्,  मानव अधिकारका  पक्षमा वकालत गर्ने थुपै्र व्यक्ति एवम् संगठनहरु भए पनि उनिहरुले पनि सोचे अनुरुप कामगर्न सकेको छैनन । तत्कालिन समयमा जोशी तथा उनिहरुको समुहले उठान गरेको “उनिहरु कहाँ छन् ?” नामक दबाब मुलक यात्रामा सम्पुर्ण पक्षबाट साथ सहयोग भयो । तत्कालिन समयमा राज्यपक्षबाट वेपत्ता नागरिकहरुको खोजी गर्ने एवं दन्द्धकालिन मुद्धाहरुमा  मेलमिलाप गर्ने लगायतका कार्यहरु गर्नको लगी सरकारले जनतालाई आश्वस्त पार्ने उदेश्यले विभिन्न किसिमका आयोग तथा निकायहरु खोलेर कार्यको सुरुवात पनि गरेकै हो तर सोचे अनुरुप अझै पनि ति आयोगहरुले काम गर्न भने आजको दिन सम्मपनि सकिरहेका छैनन् ।

क्यानडामा आयोजना हुने अन्तराष्ट्रिय मानव अधिकार सम्वन्धि विशेष तालिम कार्यक्रममा नेपालको तर्फबाट अधिकारकर्मी दीर्घराज जोशीले सहभागीता जनाएका थिए । उनले  सन २०१६ मा करिव २६ सय जना अधिकारकर्मीहरुले विश्वभरीबाट कार्यक्रममा सहभागिताको लागी आवेदन दिएका थिए । आवेदनमा दिएका मध्येवाट छानिएका १०० जना भित्र जोशी पनि एक थिए, तत्कालिन समयमा नेपालवाट प्रतिनिधित्व गर्ने जोशी लगायतका २ जना अधिकारकर्मीहरु क्यानेडामा आयोजना भएको तालिममा सहभागिता जनाएका थिए । हरेक वर्ष आयोजना हुने मानवअधिकार सम्बन्धी कार्यक्रममा करिव ५० देशबाट आएका १ सय जनाको सहभागीता रहेकोे त्यो कार्यक्रम मानव अधिकारकर्मीको लागी एउटा महाकुम्भ थियो त्यो ईक्विटास क्यानडको ३६ औं संस्करणमा कार्यक्रम थियो , ईक्विटास क्यानडा सरकारको मानवअधिकार सम्बन्धि काम गर्ने आधिकारिक सरकारी निकाय हो ।

मानव अधिकारको क्षेत्रमा सक्रिए रहदै आएका जोशीलाई विभिन्न संघ संस्थाहरुले सम्मान एवं कदर समेत प्रदान गर्दै आईरहेका छन् ।  लामो समयसम्म मानव अधिकार, लोकतन्त्र र शान्तिको  लागि सक्रिए  भुमिका निर्वाह गर्दै आएका जोशीलाई नेपालकै पहिलो समावेशी म्युजिक अवार्ड राष्ट्रिय समावेशी म्युजिक अवार्ड समारोहमा “मानव अधिकार सेवा सम्मान २०२२” समेत प्राप्त गर्नुको साथै गण्डकी प्रदेश प्रमुखले उल्लेखनिय कार्य गरेको भन्दै जोशीलाई प्रशंसा पत्र प्रदान गरिसकेका थिए, त्यसै गरी अधिकारकर्मी जोशीले गिनिज बुक अफ वल्र्ड रेकर्ड २०१९, एभरेष्ट अनर अवार्ड २०१९ लगायतका अवार्ड तथा सम्मानहरु प्राप्त गरिसकेका छन् ।

प्रस्तुती: अरविन्द्र गौतम

 

बैरो संघद्वारा संसदको श्रम समिति र श्रममन्त्रीसमक्ष मलेसियाको मेडिकल समस्या समाधान गर्न आग्रह, महिनौ पहिले मेडिकल गरेका कामदारको अनलाइन भए

समाचार


काठमाडौं–मलेसिया रोजगारीका लागि स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य व्यवसायीहरुको छाता संस्था नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष एबं नेपालमा बायोमेट्रिक स्वास्थ्य परीक्षणका ठेकेदार कैलाश खड्काले मलेसिया जाने कामदारको नेपालमा स्वास्थ्य परीक्षण गरे पनि मलेसियामा अनलाईन नगरिदिएपछि रोजगारीमा जान लागेका हजारौ कामदार र बैदेशिक रोजगार व्यवसायी समस्यामा परेका छन ।
समस्यामा परेका बैदेशिक रोजगार ब्यावसायीहरु र यससँग सरोकार राख्ने संघ संस्थाहरुले सोमबार संसदको श्रम समिति र श्रममन्त्रीलाई भेटि मलेसिया रोजगारिमा मेडिकलको समस्या र अन्य बैदेशिक रोजगारको समस्याको बारेमा छलफल गरेका थिए । उनीहरुले मलेसिया रोजगारिमा मेडिकलको समस्या, वैदेशिक रोजगार ब्यबसायीले लिने सेवा शुल्क, संख्या १०० को समस्या, युरोप जाने कामदारको भिसा समस्या, राजदूतावासमा मागपत्र प्रमाणीकरण समस्याका बारेमा संसदको श्रम समितिलाई जानकारी गराएको संघका संयोजक बिमल ढकालले बताए ।
संघको नेतृत्वमा गएको प्रतीनिधीमण्डलले श्रम समितिका सभापति विमल श्रीवास्तब, वैदेशिक रोजगारका समस्या अध्ययन गर्न गठित उप समितीका संयोजक एलपी सावाँ लिम्बु र समितिका अन्य सांसदहरुसँग छलफल गरि विविध समस्याको समाधानको लागि पहल गरिदिन समिति समक्ष अनुरोध गरेको छ । ढकालको नेतृत्वमा गएको प्रतिनिधि मंडलले मलेसिया रोजगारिमा हाल देखिएको मेडिकल समस्याका बारेमा जानकारी गराउदै मेडिकल गरिएका कामदार र मेनपावर ब्यावसायीलाई दुख दिएको, पुन मेडिकल गर्दा खर्च कस्ले बेहोर्नेलगाएतको बिषयमा कुरा उठाएको थियो । तत्काल यो समस्या समाधान गर्नुपर्ने संघका सदस्य प्रज्ञान न्यौपानेले बताए । न्यौपानेले बैदेशिक रोजगार ब्यावसायी र कामदारलाई अनावश्यक दुख दिनेलाई तत्काल कारवाहीको माग गरे ।
भेटघाटमा नेपाल बैदेशिक रोजगार व्यवसायी संघका संयोजक बिमल ढकाल, सदस्य प्रज्ञान न्यौपाने, सदस्य रविन्द्र यादव, बैदेशिक रोजगार लोकतान्त्रिक फोरमका अध्यक्ष कुमुद खनाल, सल्लाहकार चिरन्जिवी बस्याल, प्रगतीशिल बैदेशिक रोजगार मञ्चका अध्यक्ष राजेन्द्र भण्डारी लगायत व्यवसायीहरुको उपस्थिती रहेको थियो । केहिदिन पहिले महासंघका अध्यक्ष एबं नेपालमा बायोमेट्रिक स्वास्थ्य परीक्षणका ठेकेदार खड्काविरुद्ध ठगी ,राजस्व छलीको आरोपमा अर्थ मन्त्रालय, राष्ट्रबैंक, राजस्व बिभाग, कम्पनी रजिस्टार, नेपाल प्रहरी अपराध महाशाखालगायतका निकायमा उजुरीसमेत परेको थियो ।
खड्काबिरुद्द महासंघका पुर्व महासचिव, कोषाध्यक्ष एबं उनकै मलेसियाको बायोमेट्रिक स्वास्थ्य परीक्षण गर्नको लागि खोलिएको कम्पनी म्याक्रो टेक प्रालिका संचालकहरु मुकुन्द भट्टराई र शालिकराम क्षेत्रीले मलेसियाको बायोमेट्रिक स्वास्थ्य परीक्षणको नाममा बेस्टिनेट कम्पनीको नाम लिएर स्वास्थ्य व्यवसायीहरु र देशलाई करोडौ ठगी गरेको भन्दै बिभिन्न निकायमा उजुरी दर्ता गराएका थिए । उक्त मुद्दामा अध्यक्ष खड्काबिरु दर्जनौ आरोप प्रमाणसहित दर्ता गरिएको छ । आरोपको साथ साथमा निवेदकहरुले सबै प्रमाणहरु पनि पेश गरेको बताएका छन ।
निवेदकहरुले कोभिड–१९ महामारी सुरु हुनुअघि कलिङ भिसा लागेका करिब ७० हजार कामदारको बायोमेट्रिक स्वास्थ्य परीक्षण गरिसकिएको दावी गरेका छन । ७० हजार कामदारसँग ब्यवसायीहरुले स्वास्थ्य परीक्षणबापत प्रतिब्यक्ति ७ हजार ६ सय ६४ रुपैयाँ शुल्क लिने गरेका थिए । त्यसमा स्वास्थ्य परीक्षणबापत ४ हजार ५ सय रुपैयाँ र ३ हजार १ सय ६४ रुपैयाँ मेडिकल गराएबापत मलेसियालाई दिनुपर्ने कमिसन शुल्क भनेर उठाउने गरिएको छ ।

अभिविन्द खनियाले अन्तराष्ट्रिय योंग पोलिटियन्स सम्मेलनमा नेपाललाई प्रतिनिधित्व गर्ने

समाचार


यही जुन ४ देखि ११ सम्म मलेसियाको पेनांग सिटी मा हुने"KASYP Asia" को सम्मेलनमा नेपाललाई अभिविन्द खनियाले प्रतिनिधित्व गर्ने भएका छन्। विश्वभरिका डेमेक्रेटिक पार्टीहरुका युवा नेताहरुको उक्त सम्मेलनमा उनले नेपाल तथा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई प्रतिनिधित्व गर्ने भएका हुन्।

उक्त कार्यक्रम राजनीतिक र सामाजिक विकास, राजनीतिक दल र नागरिक समाज, सामाजिक बजार अर्थव्यवस्था, क्षेत्रीय सुरक्षा, अन्तर्राष्ट्रिय सहयोग र एशिया-युरोप सम्बन्धमा केन्द्रित छ।यहां दिइने विभिन्न प्रकारका तालिमहरूमा लोकतान्त्रिक समाजमा राजनीतिक दलका कार्यहरू र संगठन, अभियानमा नेतृत्व तालिम, राजनीतिक दल संगठन र स्थानीय राजनीति, स्थानीय शासन र विकास आदि विषयहरु समावेश छन्। यस कार्यक्रम युवाहरूलाई राजनीतिक दल निर्माण, स्थानीय शासन र विकास, राजनीतिक अभियान, परियोजनाको कार्यान्वयन र अन्तर्राष्ट्रिय सम्बन्धहरूमा तालिम दिने मञ्च हो।

 

दशक लामो माओवादी विद्रोहको दौरान नेपालको ग्रामीण पश्चिमी भागमा जन्मिएकाले मैले बाल्यकालमा प्रजातान्त्रिक नेताहरूको हत्या , सेनाको ब्यारेक र निजामती कर्मचारीको कार्यालयमा भएका विभिन्न आक्रमणहरू जस्ता डरलाग्दो घटनाहरू अनुभव गरेको र देखेको छु। लोकतान्त्रिक आदर्श भएको उदारवादी पार्टीसामु ठूला चुनौतिहरू छन्, यी चुनौतीहरूले राजनीतिमा सक्रिय भएर राष्ट्र र खाँचोमा परेकाहरूको सेवा गर्ने रुचीले उत्प्रेरित भएर आफू राजनीतिमा आएको उनी बताउंछन्। उनी बायोटेक्नोलोजीमा स्नातक तथा हाल राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका महासचिवको रुपमा कार्यरत छन्।

 

उनी कृषि वन उद्यम, फ्लोरिकल्चर र सुदृढ लोकतन्त्रसहितको राष्ट्र निर्माणमा योगदान पुर्याउन सपना देख्ने व्यक्ति भएकाले प्रदेश र स्थानीय तहमा नागरिक समाजको सहभागिता, सर्वाङ्गीण विकास र लोकतन्त्रलाई सुदृढ गर्ने अभियानमा छन्। उनी राष्ट्रिय स्वाधीनता र सार्वभौमसत्ताको रक्षा, अन्तरधर्म सद्भाव र पूर्ण धार्मिक स्वतन्त्रतासहित सनातन धर्म सापेक्ष हिन्दू राष्ट्रको स्थापना, संवैधानिक राजतन्त्र, स्वतन्त्र र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माणमा विश्वास गर्छन्।

 

उनी थप्छन् "म युवाहरू, सीमान्तकृत समुदायहरू, विद्यार्थीहरूलाई उनीहरूको व्यक्तित्व विकासको लागि परिचालन गर्न र विशेष रूपमा युवा स्वयंसेवकहरूलाई तालिम दिँदै समाजमा सकारात्मक परिवर्तनहरू ल्याउने काम गर्दैछु।" अभ्यानी प्रोडक्सन नामक नेतृत्व विकास संस्थाको अध्यक्षको रुपमा काम गर्दै आएका उनी डिबेट नेटवर्क नेपालका पूर्व महासदस्य, संयुक्त राष्ट्र युवा तथा विद्यार्थी संघ नेपालका पूर्व महासदस्य तथा मिस्टर टिन २०१७ का विजेता पनि हुन् साथै यस कार्यक्रमले आफूमा थप राजनीतिक सुझबुझको साथै नेतृत्व शैलीमा अझ निखार ल्याउन सहयोग गर्ने कुरामा उनी विश्वस्त छन्।

यी हुन् डिएसए स्टार र ट्यालेन्ट स्टार नेपालका विजेता

समाचार


काठमाडौं, परिवर्तन ईभेन्ट हाउस प्रालिको आयोजनामा जमल स्थित राष्ट्रिय नाचघरमा डिएसए स्टार २०२२ सिजन-८ र ट्यालेन्ट स्टार नेपाल-२०२२ सिजन–३ को ग्राण्ड फिनाले सम्पन्न भएको छ । नेपाल बायु सेवा निगमका कार्यकारी अध्यक्ष युबराज अधिकारीको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न भएको कार्यक्रममा प्रमुख निर्णायकमा नेपाल शसस्त्र प्रहरी बलका डिआईजी कृष्णभक्त ब्रम्हाचार्य हुनुहुन्थ्यो भने निर्णायकमा अभिनेता रोबिन पोखरेल, लायन प्रनिता बराल, सञ्चारकर्मी दशरथ सुनार, चलचित्र लेखक तथा निर्देशक जगादीश्वर थापा रहनुभएको थियो । यस्तै ट्यालेन्ट स्टार नेपाल-२०२२ सिजन-३ को निर्णायकको रुपमा वरिष्ठ अभिनेता शुशील पोखरेल, वरिष्ठ गीतकार बिबि थापा, चलचित्र छांयाकार निरज कंडेलको रहनुभएको थियो भने कार्यक्रम लाई आरसी कोलाले प्रायोजन गरेको थियो ।

कार्यक्रममा स्वागत मन्तब्य राख्दै रिवर्तन इभेन्ट हाउसकी सिईओ सोनिया जिआरले यस किसिमको कार्यक्रमबाट बाल बालिकामा लुकेका प्रतिभाहरूलाई बाहिर ल्याउन सहज वातावरण बन्ने र राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि प्रतिस्पर्धा गर्न सक्ने क्षमताको बिकास हुने बताउनुभयो ।

कार्यक्रमलाई राज बाराईलीले उद्घोषण गर्नुभएको थियो भने प्रमुख अतिथीको हातबाट कार्यक्रममा सहयोग गर्नुहुने विभिन्न संस्था व्यक्तित्व, निर्णायक मण्डल, अतिथि, कलाकार पत्रकार, बिजेता, उपबिजेता लगायतलाई सम्मान-पत्र, कदर-पत्र, प्रमाण-पत्र, मायाकोचिनो, टर्फी र पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा गीत सङ्गीतमा अमुल्य योगदान पुर्‍याएको भन्दै गायक सङ्गीतकार टंक बुढाथोकी र बाल गायक अशोक दर्जीलाई राष्ट्रिय सम्मान गरिएको थियो । भने गायक प्रमोद निर्वान जगदिश आधिकारी एरिक बिश्वोकर्मा लगयतको प्रस्तुति रहेकोथियो ।

प्रतियोगितमा मिनी डन्सिङ स्टारको उपाधि आशदिप खत्रीले जित्नुभयो भने जुनियर डन्सिङ स्टारको उपाधि आवाज थापाले जित्नुभएको थियो । यस्तै प्रतियोगितामा फष्ट रनरअप प्रिया बस्नेत, सेकेण्ड रनरअप गेल्मु शेर्पा, थर्ड रनरअप प्रिन्सा पुन मगर, फोर्थ रनरअप जेनिशा अधिकारी र फिफ्थ रनरअप इलिका केसी हुनुभएको थियो ।

यसैगरी प्रिटीन डन्सिङ स्टारको उपाधि दिपिका घिसिङले जित्नुभयो भने फर्स्ट रनरअप, शब्द थापा, सकेण्ड रनरअप प्रितीका तामाङ, थर्ड रनरअप बिविशेक न्यौपाने, फोर्थ रनरअप समृद्धि रेग्मी हुनुभयो ।

त्यस्तै जुनियर सिङगिङ स्टारको उपाधि मिकुरनी श्रेष्ठले जित्नुभयो भने फष्ट रनर अप एलिशा शर्मा हुनुभयो । प्रिटीन सिङगिङ स्टारको विजेता बिदविशा मैनाली हुनुभयो भने फष्ट रनरअप अश्री राणा, स्केण्ड रनरअप पुष्पा बोहोरा, थर्ड रनरअप सरल थपलीया हुनुभयो ।

त्यसैगरी एक्टिङ स्टारको विजेता द्रुपद पोखरेल हुनुभयो भने फष्ट रनरअपमा थाउनी लामा, स्केण्ड रनरअपमा आभियाना कँडेल हुनुभयो ।
त्यस्तै ट्यालेन्ट स्टार नेपाल-२०२२ तर्फ अडिसन राउण्ड, ट्यालेण्ट राउण्ड, ग्राण्ड फिनाले गर्दै छानिँदै सहभागीता जनाएका कुल मध्यबाट अन्तिम प्रतिस्पर्धीमा मिनी ट्यलेन्ट स्टारको विजता आदर्श थापा हुनुभयो भने जुनियर ट्यलेन्ट स्टारनेपालको विजेता राइसा सुबेदी हुनुभयो । यस्तै फष्ट रनरअपमा साध्वी नकर्मी, स्केण्ड रनरअपमा बुनु बल, थर्ड रनरअपमा अनुस्का थापा मगर, फोर्थ रनरअपमा स्मरिका आधिकारी र फिफ्थ रनरअप पल्सा महर्जन हुनुभयो ।

त्यसैगरी जुनियर ट्यलेन्ट स्टार नेपालको बिजेता याबेश लामा हुनुभयो भने फष्ट रनरअपमा सक्सेस केसी, स्केण्ड रनरअपमा बिशेष पन्त हुनुभयो । यस्तै पिटिन ट्यलेन्ट स्टार नेपालको विजेता दिपिका ढुंगाना, फष्ट रनरअप जेसिका देबकोटा, स्केण्ड रनरअप सक्सेस सुबेदी, थर्ड रनरअप सुजु तामाङ, फोर्थ रनरअप एरिशा थापा मगर, फिफ्थ रनरअप आयुस्का चौधरी र सिक्स्थ रनरअप सिम्रन रिजाल हुनुभयो ।

बिजेतालाई अमेरिकामा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको तर्फबाट प्रतिनिधित्व गराइने बताइएको छ । बिजेतालगायत अन्य प्रतियोगिलाई विभिन्न अवार्डबाट पुरस्कृत गरिएको थियो । कार्यक्रमलाई काष्ठमण्डप टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।

१० औं नेपाल अफ्रिका फिल्म फेस्टिबल मा नेपाली चलचित्र कुईनेटो सहित १५ देशका २६ फिल्म चयन

समाचार


काठमाडौं-१० औं संस्करणको नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२२ यही १५ देखि १७ जेठसम्म तीन दिन काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा हुने भएको छ ।कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेशन र बिलक्षण क्रिएसन प्रा.लि.को आयोजनामा हुन लागेको यो महोत्सबमा विभिन्न देशका १०० भन्दा बढी फिल्म प्राप्त भएका थिए । जसमध्यबाट निर्णायक समितिले २६ वटा फिल्म चयन गरेको छ । नेपाल सहित १५ देशका २६ वटा फिल्म चयन भएको महोत्सब अध्यक्ष डा. मञ्जु मिश्रले बताएकी छिन् । कोरोना महामारी मत्थर भएकाले यतीबेला यो महोत्सब गर्न लागिएको पनि उनले बताएकी छिन् ।
नेपाल र अफ्रिकाको चलचित्र संस्कृतिका लागि आफुहरुले एक दशक अघिबाट नेपालमा नेपाल अफ्रिका फिल्म फेस्टिबल आयोजना गर्दै आएको अध्यक्ष डा. मिश्रले बताएकी छिन्,‘प्राकृतिक र सांस्कृतिक रुपमा धनी नेपाल र अफ्रिकन मुलुकका धेरै कुराहरु मिल्दा जुल्दा छन् । अफ्रिकालाई अब हामीले पश्चिमाहरुको नभएर अफ्रिकन लेन्सबाटै हेर्नु पर्छ भनेर हामीले बिगत १० वर्षदेखि यो महोत्सब आयोजना गर्दै आएका छौं ।’
महोत्सब निर्देशक डब्बु क्षत्रीका अनुसार यो महोत्सबमा बिदेशबाट १४ मुलुकका १५ वटा चलचित्र चयन भएका छन् । जस मध्य अधिकाँस अफ्रिकन मुलुकबाट फिल्म चयन गरिएको छ । अन्य मुलुकबाट निर्माण गरिएका अफ्रिकन विषय बस्तुमा आधारित फिल्म पनि महोत्सबमा चयन भएका छन् । महोत्सबका लागि फिल्म चयन भएका बिदेशी मुलुकहरुमा बुर्किना फासो, इजिप्ट, ट्युनेशिया, सँयुक्त राज्य अमेरिका, घाना, सोमालिया, अस्ष्ट्रिया, जर्मनी, बेनिन, कँगो, फ्रान्स, क्यामरुन, अल्जेरिया, मोरक्को रहेका छन् ।
महोत्सबमा नेपालबाट १२ वटा फिल्म छानिएका छन् । जस मध्य ८ वटा चलचित्र खुला प्रतिस्पर्धा अन्तर्गत रहेको छ । जसमा द ब्लाक कर्नर, ऐना, राईज, शँका, कुईनेटो, गरिमा, द डटर, थर्ड आई रहेका छन् । यस्तै यसपटक विधार्थीहरुको फिल्मलाई छुट्टै प्रतिस्पर्धामा राखिएको छ । फिल्मका विधार्थी फिल्म प्रतिस्पर्धामा विधार्थीहरुले बनाएको फिल्म राखिएको हो । जसमा झोल, सेफ्टी पिन, आखिर किन र द डेलिभरी रहेका छन् ।
यस्तै बिदेशी फिल्म तर्फ बुर्किना फासोको लोयल ड्यु साएक्लोन–आई अफ द साएक्लोन, मोरक्कोको घोष्ट अफ स्पेश टाईम, अल्जेरियाको ला चेम्बर, क्यामरुन लेश मेलोडियस डु, फ्रान्सको ले मोन्डे डी चिज टी काफ, कँगोको एबुला नगान्दो, बेनिनको ले मोन्डे ए लिप्रियुभी, सोमालिया÷अस्ष्ट्रिया/जर्मनीको लाईफ अन द हर्न, घानाको लिबर्टी, ट्युनेशिया÷युएसएको द मेन हु बिकेम म्युजियम रहेका छन् । यस्तै इजिप्टबाट यसपटक दिई ईज माई नाईट, आजिया, द अदर चेक, एबाउट ए गर्ल सहित ४ वटा चलचित्र चयन भएका छन् ।

दर्शकलाई मनपर्ने चलचित्र नबनाए यस क्षेत्रको अस्तित्वनै मेटिन सक्छ : नायक घिसिङ

समाचार


काठमाण्डौ – विगत एक दशक भन्दा लामो समय देखी नेपाली एवं तामाङ भाषाको चलचित्र तथा मोडलिङको क्षेत्रमा सक्रिय रहदै आएका नायक तथा मोडल सागर घिसिङ पछिल्लो समय चक्लेटी नायक तथा मोडल चिनिने गर्दछन् । नेपाली तथा केही तामाङ चलचित्रहरुमा आफ्नो अभिनय कला प्रस्तुत गरिसकेका घिसिङले चलचित्रका अलावा दर्जनौ म्युजिक भिडियोहरुमा समेत मोडलिङ गरिसकेका छन् । खास गरेर तामाङ कल्चरलाई चलचित्र तथा गीत संगीतका माध्यमबाट संसार सामु चिनाउने जमर्को गरेर अगाडी बढिरहेका घिसिङले तामाङ कल्चरका अलवा नेपाली लगाएत अन्य भाषा तथा कल्चरहरुलाई पनि असाध्यै माया गर्ने बताए छन् ।

घ्रान, हल्ला लासी लगायतका तामाङ चलचित्रहरुमा आफ्नो दमदार प्रस्तुती देखाईसकेका नायक तथा मोडल घिसिङकै अभिनयमा“त्यो रात, पिरोमा रैछ, मेरो रुप, च्याङ्वाले, कोही छ की” लगाएत दर्जनौं नेपाली भाषामा तैयार भएका भिडियोहरु एवं “ए विना ङा, फ्याफुल्ला माया, नेसी मुसुक्क, पर्दा, मायाला रंग, ज्यावा डाङ्वा, जिन्दगी री, टिङ मे धुक धुक, ओई नाला, जामेला कर्मा” लगायतका उनका दर्जनौ म्युजिक भिडियोहरु बजारमा आईसकेका छन् भने “तिङ मी ढुकढुक र सारी आरे” लगाएतका उनका दर्जनौ म्यूजिक भिडियोहरु चर्चामा रहेका छन् ।

तामाङ चलचित्र संघको अनुशासन विभाग प्रमुखको भुमिका निर्वाह गरिहेका नायक घिसिङ विषेश गरेर तामाङ चलचित्रलाइ  तथा गीत संगीतलाई आधुनिकिकरण गर्नको लागि सक्रिय रहदै आएका छन् । विश्वभर रहेका तामाङ समुदाय सम्म आफ्नो भाषामा निर्माण भईरहेका चलचित्रहरु पुर्याउनको लागि सरकारी तथा निजि स्तरमा गएर आवाज उठाउने प्रयास भईरहेको उनि बताउछन् । उनि भन्छन् “अहिलेको जमाना एक दमै आधुनिक हो र अहिलेका दर्शकहरु पनि निक्कै आधुनिक छन र उनिहरुलाई मनपर्ने चलचित्र बनाए मात्रै  टिक्न सकिने नत्र भने अस्तित्वनै मेटिन सक्छ ” ।
नायक तथा मोडल घिसिङका अनुसार तामाङहरुको गाउँ–गाउँ पिच्छे फरक फरक खालको भाषा एवं संस्कृति भएको कारणले पनि  तामाङहरुको भाषा–संस्कृतिका समस्त विषयहरुलाई उठान गर्न निकै गाह्रो भईरहेको र जतिसक्दो तामाङ कलाकारहरुले आफ्नो आफ्नो संस्कृतिलाई चलचित्र तथा गीत संगीतका माध्यमबाट उठान गर्ने कोशीस गरिरहेको अनुभव उनिसंग छ । जसरी पहिले–पहिले भाषा तथा संस्कृतिको जगेर्ना गर्नको लागीे गाउँ–गाउँमा गएर माईकिङ गर्ने, एफ रेडियोबाट प्रचार प्रसार गर्ने जुन परम्परा थियो त्यसलाई अहिले यूटुद्यव, फेसबुक, टिकटक लगायत समाजिक संजालहरुले प्रचार प्रसारमा गर्न निकै सजिलो भएको घिसिङको अनुभव रहेको छ ।

“सुरुमा रहरमा यस क्षेत्रमा प्रवेश गरेको हुँ, पछि काम गर्दै जाँदै यस क्षेत्रमा केही गर्नको लागी अभिनय, नृत्य लगाएतको तालिम एवं अध्ययनको अत्यन्त जरुरी भएको महसुस भयो र मैले यस क्षेत्रमा प्रवेश गरेको लामो समय पछि मात्रै चलचित्र संम्बन्धी आवश्यक तालिमहरु लिएको हुँ र त्यो अध्ययन एवं तालिमले मलाई आज काम गर्नकोको लागी निक्कै सहज भएको महशुस गरेको छु”। नायक तथा मोडल घिसिङले विभिन्न मिडियाहरुलाई बताएका छन् ।

नायक तथा मोडल घिसिङको तामाङ गीत “तिङ मी धुक धुक” घिसिङको चर्चित म्युजिक भिडियो हो त्यसै गीतवाट सन् २०१९ मा घिसिङले “नेशनल पावर न्युज म्युजिक अवार्ड २०१९”मा सर्वाेत्कृष्ट तामाङ भाषाको मोडलको अवार्ड समेत प्राप्त गर्न सफल भएका थिए  भने उनले सन २०१९ मै हिमालयन इन्टरनेशनल नेपाली म्युजिक भिडियो आवार्डमा पनि सार्वोत्कृष्ट मोडलकै अवार्ड प्राप्त गरेका थिए ।

त्यस्तै दोस्रो स्पाइनी ब्याब्लर अन्तराष्ट्रिय फिल्म फेष्टिवलमा नायक तथा मोडल सागर घिसिङले तामाङ चलचित्र “घ्रान” मार्फत सर्वोत्कृष्ट नायकको रुपमा अवार्ड जित्न सफल भएका थिए । स्पाइनी मुभिजको प्रस्तुतीमा हरेक वर्ष आयोजना हुदै आएको स्पाईनी व्याब्लर अन्तराष्ट्रिय चलचित्र महोत्सवको दोश्रो संस्करण ३ मे २०२२ मा चलचित्र विकास बोर्ड भृकुटीमण्डप काठमाण्डौमा सम्पन्न भएको थियो । उक्त फेष्टिबलमा नेपाल लगायत फिलिपिन्स, ईरान, भारत लगायतका देशका चलचित्रहरुको सहभागिता रहेको थियो । यसका अलावा नायक घिसिङलाई छाँयाछवि कला सम्मान २०७८ लगाएत विभिन्न गीत संगीत क्षेत्रसंग आवद्ध संघ संस्थाहरुले  नेपाली एवं तामाङ चलचित्र तथा म्यूजिक भिडियोको क्षेत्रमा अमुल्य योगदान पुर्याएको भन्दै विभिन्न शिर्षकका सम्मानहरु समेत प्रदान गर्दै आईरहेका छन् ।
– कमला जोशी

'मिस्टर एण्ड मिस नवलपरासी' को आवेदन खुला, अडिसन जेष्ठ १४ मा हुने

समाचार


काठमाडौँ — जेष्ठ ९, २०७९। 

'मिस्टर एण्ड मिस नवलपरासी २०२२' का लागि आवेदन खुल्ला गरिएको छ ।  पि प्रोडक्सनले सोमबार एक विज्ञप्ती जारी गर्दै प्रतियोगिताको ग्राण्ड अडिसनको लागि आवेदन खुला गरेको जानकारी दिएको हो । 

मिस्टर एण्ड मिस नवलपरासी प्रतियोगितामा सहभागीता जनाउन ईच्छुक ६ देखि  २६ बर्ष उमेर समूहका प्रतिस्पर्धीहरुले ग्लोवल अनलाईन पे को वेबसाइटमार्फत आवेदन दिन सक्नेछन् । प्रतियोगीताको ग्राण्ड अडिसन यहि जेष्ठ १४ गते शनिवार परासीस्थित सिद्धार्थ पार्क रेजेन्सीमा हुनेछ। 

प्रतियोगितामा ‘मिस्टर एण्ड मिस नवलपरासी’, ‘मिस्टर एण्ड मिस टिन नवलपरासी’ र ‘मिस्टर एण्ड मिस लिटिल नवलपरासी’ गरी तीन मुख्य टाइटल रहनेछन् । 

आफू भित्रको रहेको क्षमता, आत्मविश्वास र मोडलिङ क्षेत्रमा अघि बढ्ने चाहनालाई सही दिशा र यसैमा भबिस्य खोज्नेहरुका लागि  नवलपरासी क्षेत्रमै हुन गईरहेको मिस्टर एण्ड मिस नवलपरासी एउटा सुनौलो अवसर रहेकोले सो प्रशिक्षणमा सहभागिताको निम्ति छनौट अडिसन पनि हुने भएकोले ईच्छुक प्रतिस्पर्धीहरुलाई अडिसन दिन पनि आयोजक संस्थाका सिईओ प्रशान्त साहले आग्रह गरे ।

महाङ्काल गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका गणेश केसी विजयी

समाचार


ललितपुर – ललितपुरको माहाँकाल गाउपालिकामा सत्तागठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेपाली काग्रेसका गणेश केसी विजयी भएका छन भने उपाध्यक्षमा नेकपा माओवादी केन्द्र निर्वाचित भएको छ । उपाध्यक्षमा माओवादी केन्द्रकी डोल्मा माया गोले निर्वाचित भएकी हुन । अध्यक्षका लागि केसीले ३४५५ मत ल्याएर गाउँपालिकाको अध्यक्षमा जित हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कमला लामाले २८८७ मत प्राप्त गरेकी छन्।

त्यस्तै डोल्मामाया गोलेले ३१५२ मत ल्याउदै उपाध्यक्ष पद जित्न सफल भईन भने उनका प्रतिद्धोन्द्धी नेकपा एमालेका पुरुषोत्तम हुमागाईले २७८७ मत प्राप्त गरेका छन् ।अध्यक्षको पदमा निर्वाचित भएका केसी नेपाली कलाकारिता क्षेत्रमा  निर्माताको रुपमा चिनिएका छन् । उनि नेपाली चलचित्र सुर्याका निर्माता समेत हुन भने अन्य थुप्रै म्युजिक भिडियोहरुको निर्माण समेत गरिसकेका छन् ।

ईश्वरपुर नगर प्रमुखमा काँग्रेसका मनोज कुमार आचार्य निर्वाचित

समाचार


काठमाण्डौ - सर्लाहीको ईश्वरपुर नगरपालिकामा नेपाली कांग्रेसबाट मनोजकुमार आचार्य मेयर पदमा निर्वाचित भएका छन । वैशाख ३० सम्पन्न भएको स्थानिय निर्वाचनमा आचार्यले नेकपा एमालेका मनोज कुमार देवकोटालाई हराँउदै नगर प्रमुखमा निर्वाचित भएका हुन ।

आचार्यले ७४९८ मत प्राप्त गरि प्रमुख पदमा निर्वाचित भएका हुन भने उनका निकटतम प्रतिदन्द्धी देवकोटाले ५१७० मत प्राप्त गरेका थिए । राजनितिमा प्रवेश गरेको
छोटो समयमानै राजनीतिमा सफलता हात पारेका आचार्य नेपाली काँग्रेसमा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए ।

समाज सेवामा क्रियाशिल रहँदै आएका आचार्य सर्लाही जिल्लामा आममानिसहरुले रुचाईएका व्यक्तिको रुपमा पर्ने गर्दछन् । कोभिड १९ को महामारीमा आफ्नो ज्यानको बेवास्ता गर्दै ईश्वरपुर नगरवासीका लागि अहोरात्र खटिएका कारण आचार्र्य ग्यालेक्सि एक्सिलेन्स अवार्डमा कोभिड हिरो अवार्डबाट समेत सम्मानित भएका थिए ।

उनको जीतले सम्पूर्ण नगरवासी मात्र नभएर सर्लाही जिल्लावासी नै उत्साहित देखिएका छन । नगरको विकास उन्नती र प्रगतिको लागि सधैंं तत्पर रहने युवा नेता आचार्य अव नगर प्रमुख मार्फत नगरको मुहार फेर्ने अभियानमा लागेपछि ईश्वरपुरवासीमा मात्र नभएर जिल्लावासीमा नै हर्षोल्लास छाएको छ ।

उनले आफ्नो जित पश्चात छोटो प्रतिक्रिया दिदै भने “म सम्पुर्ण नगरवासी तथा मतदाताहरुप्रती कृतज्ञ छु । छोटो समयमा नै जनताले आफुमाथी भरोसा राखी नगर प्रमुख बनाएको प्रती म ईश्वरपुरवासी जनसमुदायलाई हार्दिक धन्यवाद दिन चाहान्छु । नगरका जनताले म माथी भरोसा राखी नगर प्रमुखका लागि निर्वाचित गरी मलाई समाजका लागी केही योगदान गर्ने अवसर दिएकोमा म अत्यन्तै खुशी छु ।” उनले आफु सम्पूर्ण नगरवासी प्रति कृतज्ञ भएको बताएका छन् ।

नगर उपप्रमुखमा भने ७२५१ मत ल्याई रंजीता देवी चौधरी विजयी भएकी छिन् ।

The Students of Global College International A-Levels have bagged the NEPAL TOPPERS AWARD in 4 Subjects

समाचार


The Students of Global College International A-Levels have received the NEPAL TOPPERS AWARD in 4 Subjects from the November 2021 exam series. According to  Programme Coordinator of Cambridge GCE A-Level Mid-Baneshwor, Kathmand NEPAL TOPPERS AWARD was bagged by Nayam Barun in Physics & Mathematics, Chirag Timilsina in Biology, Ejen Prajapati in Chemistry.

Outstanding Cambridge Learner Awards are a group of awards issued by Cambridge Assessment International Education. They recognize exceptional learner achievement in Cambridge examinations around the world. The primary purpose of these awards is to celebrate and recognize the success of high-performing Cambridge learners.