काठमाडौ- गायक निसान भट्टराई र शोभा पाण्डेको स्वर रहेको नयाँ गीत ‘ताज महल’ सार्वजनिक भएको छ । नेपाली गीति लेखनका क्षेत्रका नक्षत्र डा. कृष्णहरि बरालको शब्द रहेको ताजमहललाई नबि जनकपुरीले सङ्गीत भरेका छन् भने गीतको सङ्गीत संयोजन विष्णु अधिकारीले गरेका छन् ।
गीतको आकर्षक भिडियो पनि बनेको छ । जसमा सुधीर श्रेष्ठ र सिम्रिका ढकालको अभिनय देख्न सकिन्छ । भिडियोमा प्रेमकथा देखाउन खोजिएको छ । भिडियोको निर्देशन तथा कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् । मदनकृष्ण महर्जनको छायाङ्कन रहेको भिडियो बन्दे प्रसादले सम्पादन गरेका हुन् ।
काठमाण्डौं । बुधवार नेपाल क्योकुशिन सेईसिन काईकान कराँते संघले खेलाडीहरुलाई सम्मान गरि गुरु पुर्णिामा मनाएको छ । संघले गुरु पुर्णिामा मनाउने क्रममा भारतमा सम्पन्न भएको ११औं साउथ एसियन फुलकन्ट्याक्ट कराँते प्रतियोगिता २०२२ का बिजेता खेलाडीहरुलाई सम्मान गरेको हो । राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोईरालाको प्रमुख आतिथ्यतामा भएको उक्त खेलाडी सम्मान तथा गुरु पुर्णिामा कार्यक्रम २०७९ मा संघले साउथ एसियन प्रतियोगितामा १६ स्वर्ण, ७ रजत र ९ कास्य पदक प्राप्त खेलाडीहरुलाई खादा, माला र सम्मानपत्र प्रदान गरेको छ ।
संघका अध्यक्ष शिहान अशोक कुमार श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य संघका महासचिव प्रविण बस्नेतले दिएका थिए भने संघका सल्लाहकार तथा राखेप सदस्य जनक बर्तौला, बरिष्ठ उपाध्यक्ष हेमा मानन्धर, मिस नेवा २०२१ कृषा महर्जन, मिस नेवा:२०२२ सलिना महर्जनले बधाई तथा शुभकामना मन्तव्य दिएका थिए । विशेष अतिथी समाजसेवी सुर बहादुर श्रेष्ठले गुरु पुर्णिामाको महत्त्वका साथै शिष्य र गुरुको अलौकिक सम्बन्धका बारेमा प्रकाश पार्दै खेलाडीहरुलाई अन्तर्राष्ट्रियस्तरमा नेपालको नाम उच्च राखेकोमा हार्दिक बधाई दिएका थिए । विभिन्न जिल्ला तथा डोजो साथै विभागिय टिम नेपाली सेनाका गरि १३५ जना खेलाडीहरु सहभागीता रहेको उक्त प्रतियोगितामा खेलाडीहरुले एक आपसमा शुभकामना आदानप्रदान गरि गुरुहरुलाई उपहार, मायाको चिनोका साथै खादा, माला, अविर लगाएर भव्य रुपमा गुरु पुर्णिामा मनाएका थिए। कार्यक्रममा सल्लाहकार रामशरण राणा, टेक्निकल कमिटीका उपाध्यक्ष हर्कबहादुर तामाङ (सुर्य), जिल्ला संघ ललितपुर अध्यक्ष हेराकाजी देशार, नेपाली सेनाका प्रशिक्षक बद्री थापा, चागुनारायण डाेजाे प्रमुख राजकुमार बल, आशापुरी डाेजाे प्रमुख जेन कुमार तामाङ , धादिङ प्रमुख जयराम थिंग, बुरुन्चुली डाेजाे प्रमुख राजु तामाङ,चापागाँउ डाेजाे प्रमुख समीर महर्जन, ठमेल डाेजाे प्रमुख सन्ताेष गुप्ता, बालाजु डाेजाे प्रमुख विशाल बल, बालकाेट डाेजाे प्रमुख प्रकाश तामाङ, नुवाकाेट प्रमुख श्याम तामाङकाे बिशेष उपस्थिति रहेकाे थियाे ।
नेक्स्ट वर्ल्ड मिडिया प्रा.लि द्वारा नेपालमा नेक्स्ट ग्ल्यामर नेपाल प्रतियोगिताको आयोजना हुने भएको छ ।आउँदो असार ३२ गते काठमाडौंको सामाखुसी स्थित नेक्स्ट वर्ल्ड मिडियाको अफिसमा नेक्स्ट ग्ल्यामर नेपाल २०२२ को अडिसन हुने जनाइएको छ ।
नेक्स्ट वर्ल्ड मिडिया प्रा.लि आयोजना गर्न लागेको यस सौन्दर्य प्रतियोगितामा भाग लिन इच्छुक महिला तथा पुरुष प्रतियोगीहरुले नेक्स्ट वर्ल्ड मिडिया प्रा.लि को कार्यलयबाट फर्म लिएर सहभागिता जनाउन सक्ने जनाइएको छ ।
प्रतियोगितामा भाग लिनको लागि १६ बर्षदेखि ३० बर्ष सम्मको हुनुपर्ने जनाइएको छ । त्यस्तै महिलाको उचाइ ४ फिट र पुरुषको ५ फि ५ इन्चभन्दा माथि हुनुपर्नेछ
प्रतियोगिताको विजेताले चलचित्रमा अवसर ,म्युजिक भिडियो, वेब सुरिज, सर्ट फिल्ममा अभिनय गर्ने अवसर पाउनुका साथै अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा भाग लिन पाउने, अवार्ड, ट्रफि मिडियामा अन्तर्वार्ता र अन्य थुप्रै उपहारहरु पाउन सक्ने आयोजक संस्था नेक्स्ट वर्ल्ड मिडिया प्रा.लि का अध्यक्ष सबनम चौधरीले बताउनु भएको छ ।
प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ एक महिना सम्म विशेष प्रशिक्षण प्रदान गरिने छ जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनर रोजिन शाक्यबाट प्रतिस्पर्धिहरुलाई र्याम वाक, मोडेलिङ ट्रेनीङ, सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् । प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागि गराइने छ साथै ट्रेनिङको बेला पोर्टफोलियो फोटोसुट गराईनेछ| मोडेलिङमा आफ्नो उज्ज्वल भविश्य खोज्नुहुने ईच्छुकले तुरुन्त फोन नं- 9765559252, 9823781351 मा सम्पर्क गरि आफ्नो सिट बुक गर्नसक्नुहुनेछ|||
मिस्टर एण्ड मिस नवलपरासीको उपाधि क्रमश: रवि बर्मा र श्रुति न्यौपानेले जितेका छन् । त्यस्तै नुरलाम अन्सारी र रोशनी चौधरी फ्रस्ट रनर अप भएका छन्। विजेता बर्मा र न्यौपानेले उपाधिसँगै नगद पुरस्कार,गिफ्ट ह्याम्पर, छात्रवृत्ति र एक वर्षका लागि मोडलिङको अवसर प्राप्त गरेका छन्।
पि प्रोडक्शनको आयोजनामा भएको प्रतियोगितामा मिस्टर एण्ड मिस नवलपरासीसँगै मिस एण्ड मिस टिन नवलपरासी पनि सम्पन्न भएको छ । जसको उपाधि शिवम् बानिया र अम्बिका कोइरीले जितेका छन् । त्यस्तै प्रशान्त धरिकार र स्नेहा अग्रहरी फ्रस्ट रनर अप भएका छन् ।
त्यसैगरी सम्पन्न मिस्टर लिटिल र मिस लिटिलको उपाधि सिसङ सिंह चौधरी र सुहानी कोइरालाले जितेका छन् जेनिश थापा मगर र आयुषी प्रधान फ्रस्ट रनर अप भएका छन् ।
नवलपरासीको सुनवलस्थित होटलमा वरिएनमा सम्पन्न ग्राण्ड फिनालेबाट उनीहरु विजेता घोषित भएका हुन् । ग्राण्ड फिनालेमा नेपालकै चर्चित फेशन कोरियोग्राफर सुजित बस्याल मुख्य निर्णायक रहेका थिए । त्यसैगरी प्रज्ञा तिवारी,प्रदिप अर्याल,अंकित शाह , शाहिर केसी,गोविन्द विश्कर्माले निर्णायक रहेका थिए ।
ग्राण्ड फिनाले आयोजक पि प्रोडक्शनका प्रमुख तथा कोरियोग्राफर प्रशान्त शाहको अध्यक्षता, रामग्राम नगरपालिकाकी उपप्रमुख सम्झना चौधरी, पाल्हीनन्दन गाउँपालिका विजु यादव, सकिना अन्सारी लगाएतको विशेष आत्थियतामा भएको कार्यक्रमका संयोजक हिमांशु अग्रहरीले बताए ।
काठमाण्डौं । फेशन ईराद्धारा आयोजित मिस्टर एण्ड मिस एसईई २०२२ को उपाधि प्राप्ती शिल्पकार र अनिमेश यादवले जितेका छन् । प्राप्तीले महिला स्पर्धामा उपाधि हात पार्दा अनिमेशले भने पुरुष बीचको स्पर्धामा सर्वोकृष्ट बन्दै विजेता घोषित भएका हुन् । प्राप्ती र अनिमेशले शिर्ष उपाधि जित्दा सारिका प्रजापती र धिरेन्द्र यादवले फस्र्ट रनर अपको उपाधि आत पारे ।
त्यस्तै प्रतियोगितामा सृजा नेपाल र केमोन मगर सेकेण्ड रनर अपको टाईटल जित्न सफल रहे । त्यसैगरि, मलिना दाहाल र सुजन गिरीले अर्गनाईजर च्वाईसको उपाधि प्राप्त गरे भने रोशनी खप्तरी मगरले ईन्टरनेशनल टिन अफ द ईयर, नेपाल २०२२, मलिना दाहालले मिस प्रि टिन ईन्टरनेशनल नेपाल, २०२२ को उपाधि हासिल गरे ।
प्रतियोगिता पश्चात् राज्य दैनिकसँग संक्षिप्त कुराकानी गर्दै आयोजक संस्था फेशन ईराका आनन्द सिंहले विजेताहरुले थाईल्याण्डमा हुने अन्तराष्टिय शोमा भाग लिन पाउने जानकारी दिए । प्रतियोगिताका शिर्ष विजेताहरुले नगद, फोटो शुट, भिडियो शुट, गिफ्ट हाम्पर र गिफ्ट भौचर सहित कुल १२ लाख बराबरको सुविधा प्राप्त गर्ने पनि उनले बताए ।
काठमाण्डौ –एरा प्रोडक्सन प्रा.लि.को व्यानरमा कमला जोशी निर्माता र माधव राज खरेलको निर्देशन रहेको चलचित्र चिट्ठीको “टुुटेको तारा” बोलको गीत सोमबार राजधानीको फाईन टिद्युन स्टुडियोमा रेकर्डिङ भएको छ । डा. कृष्णहरी बरालको शब्द, संचारकर्मी एवं गायक, संगीतकार सरोज कोईरालाको संगीत, विश्व अधिकारीको एरेन्जर रहेको गीतलाई चलर्चित गायक शिव परियारले गायका छन् ।
संञ्जित भण्डारी, कमेडि च्याम्पियनका सेकेण्ड रनअप खड्ग बहादुर पुनमगर (खवपु), गोपाल ढकाल (छन्दे), नबुजंग थापा, मुस्कान लामा, प्रवन भुषाल, कन्चन चालिसेका साथै शान्तिप्रिय, श्रीदेव भट्टराई, नम्रता खरेल पौडेल, मोहन निरौला, रश्मि भट्ट, उद्धव भट्टराइर्, कृष्ण भट्टराई, डेविल सिंह राजपुत, राजन थापा, पुरुषोत्तम सानु, पुर्ण राई, राजु कार्की, रज्जु गुरुङ, मुना निरौला, कविन्द्र त्रिपाठी लगायतका कलाकारहरुको चलचित्रमा अभिनय रहेको छ भने चलचित्रको सम्पदान राजेश ुकारले गरेका छन् ।
जिवन पराजुलीको छायाँकन रहेको चलचित्र चिट्ठीमा नरेश खरेलको मेकअप रहेको छ । काठमाण्डौ, काभ्रपलाञ्चोक, ललितपुर लगायतका जिल्लाका विभिन्न रमणीय स्थलहरुमा सम्पन्न गरिएको चलचित्र चिट्ठीको पोष्ट प्रोडक्सनको काम लगभग अन्तिम चरणमा पुगेको निर्मात्री कमला जोशीले वताईन ।
कमेडि जनारामा बनेको चलचित्रमा केही सस्पेन्स र थ्रिलर पनि रहेको छ र यसले गर्दा कथा लेख्ने शैलीमा पनि नौलोपना झल्किएको बताइएको छ । चाँडै नै सम्पुर्ण नेपाली दर्शहरुले नौलो कथाबस्तु समेटिएको चलचित्र हलमा हेर्न पाउने निर्देशक माधव राज खरेलले जानकारी दिएका छन् ।
समिर मियाँन को सम्पादन, एनिमेशन तथा कलर संयोजन रहेको छ । चलचित्रलाई सन २०२२ भित्र नै प्रदर्शनमा ल्याउने निर्माण कम्पनीका तर्फबाट जानकारी गराईएको छ ।

काठमाण्डौ – हरितालिका तीजलाई लक्षित गरेर गायिकाद्वय लक्ष्मी पुरी प्रधान र अस्मिता श्रेष्ठले नयाँ गीत बजारमा ल्याएका छन् । ‘छम्म छम्म’ बोलको गीतमा लक्ष्मी र अस्मिताले स्वर भरेका छन् । बरिष्ठ सञ्चारकर्मी भरत बमजनको शब्द रहेको गीतमा संगीत समेत गायिका लक्ष्मीको नै रहेको छ ।
सुर संगीत स्टुडियोमा रेकर्ड गरिएको गीतलाई राजिब शाहले एरेन्ज तथा मिक्सिङ गरेका हुन् । गीतको भिडियोमा सुजता पाण्डे र आयुषा क्षेत्रीको नृत्य तथा अभिनय रहेको छ । मरुभुमी नारायणले छायांकन गरेको भिडियोलाई निरेन श्रेष्ठले निर्देशन गरेका हुन् । त्यस्तै राजकुमार मगरले भिडियो सम्पादन गरेका हुन् । रोयल मुभीज प्रा.लि र दर्शित म्यूजिक एण्ड मिडिया प्रा.लिले पोष्ट प्रोडक्सन गरेको हो । भिडियोलाई गायिका लक्ष्मी पुरीको युट्युब च्यानलबाट सार्वजनि गरिएको हो ।
काठमाण्डौं । नेपालमा पहिलो पटक विच फेशन शो आयोजनामा आएकोे छ । र्ईभेण्ट आयोजक कम्पनी फेसन ईराको आयोजनामा असार १७ गते सिन्धुपाल्चोकको सुकुटेमा उक्त शो सम्पन्न भएको हो । जहाँ किड्स र टिनएजर्स गरि कुल ३० मोडलहरुको सहभागीता रहेको थियो ।
सुकुटे स्थित माया विच क्याम्पमा उनीहरु फेशन र्याम्पमा उत्रिएका थिए । कार्यक्रमको ओपनिगं र क्लोजिगं सेसनमा फेसन ईराका सिईओ आनन्द सिंहले चर्चित गित फूल बुटे सारीमा प्रस्तुती दिएका थिए । सिंह उक्त गीतको म्युजिक भिडियोका मोडल समेत हुन् ।
प्रारम्भ प्रोडक्सनद्वारा होटल पौवा, योगिकुटीमा आयोजित लुम्बिनी प्रदेशब्यापी "लिटिल स्कुल स्टार लुम्बिनी २०२२" को उपाधि नमस्ते एकेडेमीका आर्य मान भारीले जितेका छन् त्यसैगरी लुम्बिनी वल्ड स्कुलका योजन पाठकले भने फस्ट रनर अप उपाधि हात पार्न सफल भए। विजेताले उपाधिसंगै स्यास,ट्फी, विशेष छात्रवृत्ति, स्पोट्स साइकल, हाई लाइफको तर्फबाट गिफ्ट ह्यामपर्स, समृद्धि हेयरको तर्फबाट क्यास कुपन तथा छुट, भिभिड म्यागजिनबाट विशेष फोटोसुट र नेपाललाई प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय बाल कार्यक्रममा जाने भएका छन्। प्रि-जुनियर तर्फ दिप बोड्डिंग स्कुलका प्रायुश बज्राचार्यले "लिटिल स्कुल स्टार लुम्बिनीको विजेता हुन सफल भए र छात्रातर्फको उपाधि भने एभरेष्ट बोडिंग स्कुलकी समृद्धि कुंवरले हात पारिन्।
जुनियरतर्फको उपाधि एभरेष्ट बोडिंग स्कुलका केभिन पोख्रेलले जिते भने दिप बोडिंग स्कुलकी जान्या तिवारीले छात्रा तर्फको ताज जित्त सफल भइन्। त्यसैगरी आवर पिस ल्यान्ड एकेडेमीकी रोशनी पाण्डे फस्ट रनर अप र क्यानन सेकेन्डरी स्कुलकी आराध्या अधिकारी सेकेन्ड रनर अप भइन्। "लिटिल स्कुर स्टार लुन्बिनीको" चौथो संस्करणको रुपमा आयोजित उक्त कार्यक्रममा विभिन्न व्यक्तित्व सम्मिलित निर्णायक समितिरहेको थियो। उक्त समितिको सदस्य तथा निर्णायकको भुमिकामा मिस्टर नेपाल वल्ड २०१८ तथा कमरसियल मोडल विकल्प राज श्रेष्ठ, अभ्यानी प्रोडक्सनका संस्थापक तथा "विशेष युवा सम्मान" बाट सम्मानित युवानेता अभिविन्द खनिया, पेडियाट्रिसियन तथा एस्थेटिसियन डा. प्रज्ञा सिंह, फेसन कोरियोग्राफर सुजित बस्याल, युवा उद्दमी तथा फेसन फोटोग्राफर कुबिर जंग जिसी, मिसेस नेपाल इन्टरनेसनल २०१९ स्नेहालता राउत थापा र सौन्दर्य प्रतियोगिता आयोजक अंकित साह रहनुभएको थियो।
२५ दिन सम्म संचालित उक्त कार्यक्रममा छात्र/ छात्राको व्यक्तित्व विकास तथा नेतृत्व विकास, उनिहरुको क्षमता प्रस्फुटन गर्न विभिन्न सिपमुलक सिकाई तथा तालिमहरु दिइएको र बाबुनानीको अन्तिम प्रस्तुतीले आफू निकै हर्षित रहेको कुरा प्रारम्भ प्रोडक्सनका सिइओ पवन आचार्यले बताउनुभयो। यस तालिमको मुख्य कोरियोग्राफर रेशम न्यौपाने, इभेन्ट कोर्डिनेटर विवेक केसी, ट्रेनिंग कोडर्डिनेटर केशव पौडेल, सहयोगी कोरियोग्राफर प्रिया थापा मगर, मेन्टरहरु युकेश मान ज्ञवाली, एलिशा श्रेष्ठ, रोबन पहाडी, संजय राउत रहेका थिए।
आवाश ग्रुपको मुख्य प्रायोजनमा संचालित कार्यक्रममा हाई-लाइफ, भिविड म्यागजिन, संमृद्धि हेयर, ग्लोबल अनलाइन पे को मुख्य प्रायोजन रहेको थियो। त्यसैगरी उपविधातर्फ मिस ट्यालेन्ट ओजस्वी पौडेल, मिस मल्टिमिडिया समृद्धि कुंवर, मिस फोटोजेनिक जान्या तिवारी, वेस्ट ड्रेस स्वस्तिका श्रेष्ठ, मिस इन्टेलेकचुअल तथा वेस्ट वाक आराध्या अधिकारी, वेस्ट पर्सनालिटी तथा भ्युअर्स च्वाइस प्रत्युशा बज्राचार्य र मिस ब्युटिफुल रोश्नी पाण्डेले जितिन्। र छात्र तर्फ मिस्टर ट्यालेन्ट आरभ पौडेल, फोटोजेनिक श्रेयान बज्राचार्य, ड्रेस केबिन पोख्रेल,मल्टिमिडिया समर खत्री, इन्टेलक्चुअल आर्यमान भारी, कन्फिडेन्ट र ऐक्टिभ आदर्श खत्री, वेस्ट वाक तथा हेन्डसम योजन पाठक, पर्सनालिटी रोहन शाही, डिस्सिपिल्नड प्रशन्न श्रेष्ठ र चार्मिंगको उपाधि प्रायुश बज्राचार्यले जिते।
काठमाडौं – गायक आयुष्मान विष्टको पहिलो गीति एल्वम ‘मेरो कलिलो मन’ तथा साङ्गीतिक समारोह सम्पन्न भएको छ । गीतकार संघ नेपालको आयोजनामा गीतकार संघ नेपालका अध्यक्ष शुभ मुकारुङको अध्यक्षतमा आयोजित उक्त कार्यक्रममा अग्रज एवम् प्रतिष्ठित लोक गायक कुमार बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो भने अग्रज गीतकार विश्व बल्लभ, वरिष्ठ गायिका तारा थापा, सुक्मित गुरुङ, वरिष्ठ सङ्गीतकार राजु सिंह, गायक शशी गुरुङ र लोकप्रिय नायक भुवन के.सीको विशेष आतिथ्यता थियो ।
विमोचित कार्यक्रममा गायक आयुष्मानका हजरवुवा तथा अमर स्रष्टा जगत मर्दन थापाको सम्झनामा उहाँद्वारा स्वरवद्ध र सङ्गीतवद्ध रहेको तथा म।वि।विको शब्द रचना रहेको गीत ‘भन लौ तिमी ‘’सहित एल्वममा रहेका पाँच बटा गीतको प्रत्यक्ष गायनले अतिथि तथा दर्शक, स्रोतालाई थप उत्साहित बनाएको थियो ।
गीतकार संघ नेपालका उपाध्यक्ष बसन्त वित्यासी थापाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा प्रमुख अतिथि कुमार बस्नेतले मन्तव्यको क्रममा कलिलो उमेरमा नै गीति एल्वम सार्वजनिक गरेकामा गायक आयुष्मान विष्टको प्रशंसा गर्दै आगामी साङ्गीतिक यात्राको सफलताको लागि शुभकामना दिनुभएको थियो । यस्तै बरिष्ठ गायिका तारा थापा, बरिष्ठ सङ्गीतकार राजु सिंह तथा लोकप्रिय नायक भुवन के।सीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
गीतकार संघ नेपालका अध्यक्ष शुभ मुकारुङले एल्वमको सफलताको कामनासहित गायक आयुष्मान विष्टको उज्जवल साङ्गीतिक यात्राको लागि बधाई तथा शुभकामना दिनुभएको थियो । आमन्त्रित अतिथिहरूलाई गीतकार मोहित मर्दन थापाले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
गीति एल्वम ‘कलिलो मनमा’ प्रभुराज ढकाल, सञ्जिव सिह, मदन सिह, ज्योतिचन्द्र शाह, वसन्त सापकोटा, सुनिल सिह, मनराजा नकर्मीको सङ्गीत रहेको छ भने जगत मर्दन थापा, सञ्जिव सिह, मोहित मर्दन थापा र कुशल कुमारको शब्द छ । विशाल बिष्टको प्रस्तुति तथा पुष्पाञ्जली थापा बिष्टको निर्माण रहेको गीति एल्वम ‘कलिलो मन’को बजार व्यवस्थापन भकारी म्युजिक डेभलपमेन्ट कम्पनी प्रा।लि।ले गरेको छ ।
मनोहर सुनामको सङ्गीत संयोजनमा सम्पन्न प्रत्यक्ष गायन कार्यक्रममा कि वोर्डमा सुनिल सिंह, अक्टो प्याडमा तेजकुमार श्रेष्ठ, बाँसुरीमा गोपालदेव घतानी, लिड गीतारमा ज्योतिचन्द्र शाह, ऋदम लिड गीतारमा अनिष मानन्धर, वेस गीतारमा सन्दीप गुरुङ, गीतार ऋदममा आकांक्षा थापा र साउण्डमा अनुपम शर्माको साथ रहेको थियो । यो भन्दा अगाडी ‘पोख्रेली कान्छी’ बोलको गीतमार्फत चर्चा बटुल्नुभएका आयुष्मानले शुक्रबार उक्त गीत प्रत्यक्ष गाउँदा दर्शक दीर्घाबाट ‘वान्स मोर’ गुञ्जिएको थियो ।
नवगायक आयुष्मान बिष्टको जन्म वि.स. २०६१ साल मंसिर १७ गते आमा पुष्पाञ्जलि थापा बिष्ट तथा वुवा विशाल बिष्टको सुपुत्रको रुपमा भएको थियो । जेम्स स्कुलबाट एस.ई।ई. तथा आइडियल मोडेल स्कुल धोविघाट बाट प्लस टु उत्तीर्ण गर्नुभएका आयुष्मानले आफ्नो मन्तव्यको क्रममा हजुरबुवा जगतमर्दन थापाको आशिर्वादलाई आत्मसात गर्दै आफू निरन्तर रुपमा साङ्गीतिक यात्रामा यात्रारत रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको समारोहमा गीत सङ्गीतका स्रष्टा तथा सञ्चारकर्मीको बाक्लो उपस्थिति थियो ।