generalnews
||Power News Asia||

आजको समाचार

‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०७९’ गीतकार विश्व वल्लभलाई प्रदान गरियो

समाचार


काठमाडौं– टिकागोपाल एम क्रियशनको आयोजना तथा पिम नेपालको व्यवस्थापनमा गायक कन्हैया सिंह तथा गायिका अञ्जना गुरुङद्वारा स्थापित ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०७९’ गीतकार विश्व वल्लभलाई प्रदान गरिएको छ ।  टिकागोपाल एम क्रियसनका अध्यक्ष गीता सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा युवा तथा खेल कुद मन्त्री महेश्वर जंग गहतराज अथक प्रमुख अतिथि रहनुभएको थियो । साथै विशिष्ठ अतिथिमा कार्यक्रमका प्रमुख सल्लाहकार एवं वरिष्ट संगीतकार एवं गाएक शम्भूजित बासकोटा, बरिष्ट लोक गायिका चन्द्रकला शाह, ईनास अमेरिकाका क्षेत्रीय सभापति आनन्दु थिङ, सत्यनिररुपण तथा मेलमिलाप आयोजकी पुर्व सदस्य विष्णु पोखरेल, बरिष्ठ सञ्चारकर्मी शान्तिप्रिय, कृष्ण भट्टराई, डब्बु क्षेत्री, कमला जोशी, बरिष्ठ संगीत संयोजक अमुल कार्की ढली, चलचित्र निर्देशक माधव राज खरेल, चर्चित संगतिकार सन्तोष श्रेष्ठ, अभिनेता श्रीदेव भट्टराई, भिडियो निर्देशक हेम प्रभाष, भिडियो निर्देशक समन अधिकारी, संगतिकार विपिन आचार्य, लगायतका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि एवं  युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज ‘अथक’ ले गीतकार वल्लभलाई ५१ हजार रुपैयाँ नगद राशि, दोसल्ला तथा सम्मान–पत्रसहित उक्त समारोहमा पुरस्कृत गरेका हुन् । पुरस्कारको यो दोस्रो संस्करण हो । अघिल्लो वर्ष लोकगायिका चन्द्रकला शाह शाहलाई यो पुरस्कार प्रदान गरिएको थियो ।  गीतकार वल्लभले धेरै दिन भो तिम्रो झझल्को, तिमी बादल, मेरो माया तिम्रो, सपनीमा रुवाउँछौ, गोर्खाली, “भाग्यले खुशी खोसेर लग्या, सबैबाट फ्याकिएका, च्यातिदेउ जस्ता दर्जनौं लोकप्रिय गीतहरु रचना गरेका छन् । प्रमुख अतिथि मन्त्री गहतराजले जीवनभरी गीत–संगीतको माध्यमबाट देशलाई योगदान दिने व्यक्तित्वलाई पुरस्कृत गर्न पाउँदा खुशी लागेको धारणा व्यक्त गरे ।

मन्त्री अथकले विपिलाई सम्झदै भने “म नास्तिक हुं तर म गीत संगीतमा ईश्वर देख्छु” कलाकार र खेलाडीको माध्यमबाट मात्रै नेपाललाई संसार भरि चिनाउन सकिने तर्क मन्त्री अथकको रहेको छ । त्यसै गरि विशिष्ट संगीतकार शम्भूजित बासकोटाले लोकप्रिय गायक कन्हैया सिंह परियार र चर्चित गायिका अन्जना गुरुङको कार्यलाई सादुवाद दिदै यसको निरन्तरताको लागि पनि आग्रह गरेका छन् । गीतकार बल्लभ पुरानो र नयाँ पुस्ताका नयाँ गतिकारहरुका सेतुका रुपमा रहेकोले यस्ता सर्जकहरुलाई सबैले प्रोत्साहन गर्न आग्रह समेत गरेका छन् । समारोहमा पुरस्कृत गीतकार वल्लभलाई वधाइ दिँदै संगीतकार शम्भूजीत बासकोटाले नेपाली सुगम संगीतको विकासमा अनवरत रुपमा योगदान दिँदै आएका गीतकार वल्लभको प्रसंसा गरेका थिए ।  
त्यसै गरि नेपाली गीत संगीतको क्षेत्रमा गायक जोडी कन्हैया र अन्जना योगदान विशिष्ट रहेको र यस्ता कार्यहरुले निरन्तरता पाउनेमा आफुहरु विश्वस्थ रहेको कार्यक्रमका संयोजक समेत रहेका संगीतकार सन्तोष श्रेष्ठले बताए ।
चर्चित सञ्चारकर्मी एवं प्रस्तोता हेम सुवेदीले सञ्चालन गरेको उक्त समारोहमा लोकप्रिय गायक कन्हैया सिंह तथा  चर्चित गायिका अञ्जना गुरुङकी मोडेल सुपुत्री अपेक्षा सिंहले नृत्य प्रस्तुत गरेकी थिइन् भने गाायिका माण्डवी त्रिपाठी तथा जमुना शर्माले गीत गाएका थिए । र सोहि समारोहमा बरिष्ट संगीतकार शम्भूजित बासकोटाको शब्द संगीतमा तयार भएको गीत “नजर नजरको” को भिडियो समेत प्रदर्शनी गरिएको थियो । गायक कन्हैया सिंह तथा गायिका अञ्जना गुरुङ साढे दुई दशकभन्दा लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय छन् ।

 

नुनमा आवश्यकता भन्दा बढी मात्रामा आयोडिन मिसिएको छैन् : खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग

समाचार


काठमाडौं । नेपालमा बिक्री हुने दुई बालबालिका लोगो चिन्ह अंकित आयोडिनयुक्त प्याकेट नुनमा आवश्यकता भन्दा बढी मात्रामा आयोडिन नभएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । विभागले मंगलबार पत्रकार सम्मेलन आयोजना गरि प्रयोगशालामा गरिएको परीक्षणबाट आयोडिन नुनमा आयोडिनको मात्रा बढी नभएको पाइएको जनाएको हो ।

पत्रकार सम्मेलन माझ बाहिर हल्ला भए जस्तो र नुनबारे प्रकाशित अध्ययनहरुले भने झैं अधिक मात्रा आयोडिन नुनमा आयोडिन नदेखिएको विभागले जनाएको छ । ‘नेपालीले प्रयोग गर्ने आयोडिनयुक्त नुनको प्याकेटमा गरिएको परीक्षणमा बाहिर हल्ला भए जस्तो अधिक मात्रा आयोडिन छैन्, प्रयोगशाला परीक्षणमा यस्तो देखिदैन’ विभागकी महानिर्देशक डा.मतिना जोशी वैद्यले जानकारी दिदै भनिन्।

महानिर्देशक जोशीले भनिन्,‘नेपाललाई जुन मात्रामा आयोडिन सेवनका लागि नुनको व्यवस्था गरिएको छ त्यसको न्यूनतम् मात्रा भन्दा माथि नै नुन पाएका छौं ।’ उनले आयोडिन नुनमा आयोडिनको अधिकतम् मात्रा कति भन्नेबारे नतोकिएका कारण अधिक आयोडिन ठीक र बेठीक भन्ने छुट्टै बहस भएको र यसका लागि स्वास्थ्य मन्त्रालयले स्तर निर्धारण गर्नुपर्ने बताइन् ।

 

उनले आयोडिनको मात्रा बारेको अध्ययन अपुरो रहेकाले थप खदिलो, विश्वसनिय र विस्तृत बनाउनुपर्ने आशय व्यक्त समेत गरिन् ।

त्यसैगरि, विभागका उपमहानिर्देशक शैलेशकुमार झाले आयोडिनयुक्त नुनको मात्रा घटी वा बढि के भन्ने बिषय पकाउने तरिकामा निर्भर हुने बताए । ‘आयोडिनको मात्रा घट्ने वा बढ्ने कुरा खाना पकाउनेको तरिकामा भरपर्छ, कसले कसरी पकाएर खाना आयो भन्ने कुरामा यो भर पर्ने कुरा हो’ उनले प्रष्ट पार्दै भने ।

विभागका गुणस्तर महाशाखा प्रमुख किशोर केसीले नेपालले औषत खानुपर्ने भन्दा धेरै नुन खानाले आयोडिनको मात्रा धेरै भएको बताए । दैनिक ५ एमएम सेवन गर्दा पुग्नेमा नेपालीमा औसत ९.५ एमएम नुन खाने बानी देखिएको उल्लेख गर्दै केसीले आयोडिनको प्रयोग र मात्राबारेमा विस्तृत अनुसन्धानको खाँचो औंल्याए ।

छौठौ काठमाण्डौ सर्टफिल्म फेष्टा सम्पन्न२०७९ सम्पन्न

समाचार


काठमाण्डौ – छौठौ काठमाण्डौ सर्टफिल्म फेष्टा सम्पन्न भएको छ । हिमाल उप्रेती निर्देशित सर्टफिल्म ‘आमा’बाट निर्माता भुपेन्द्र कुमार खड्काले उत्कृष्ट चलचित्रको अवार्ड हाँसिल गरेका छन् । छायाँछबि क्रियसनले मंगलबार काठमाडौंको मैतिदेवी स्थित डोरी रेष्टुरेन्टमा आयोजना गरेको ‘छैठौ काठमाडौँं सर्टफिल्म फेष्टा २०७९’ मा उत्कृष्ट निर्देशक अवार्ड फिल्म ‘पैसा’ बाट रमेश कोइरालाले प्राप्त गरे । यस्तै लघु चलचित्र ‘लड डाउनको पीडा’ बाट विष्णु प्रसाद काप्री (मुस्कान)ले उत्कृष्ट अभिनेताको अवार्ड चुमे । सो सर्ट फिल्म फेस्टामा ‘द डटर’ सरिता भारतीले अभिनेत्री तर्फ क्रिटिक्स अवार्ड जितन् । सो क्रममा ‘पैसा’ बाट सुनिला इन्करेजमेन्ट अवार्ड प्राप्त गरिन् ।

फेष्टाका विजेतालाई बागमती प्रदेशका सांसद लक्ष्मण लम्साल, कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र संघका उपाध्यक्ष गोपालकाजी कायस्था, चलचित्र कलाकार संघका उपध्यक्ष तथा बरिष्ठ कलाकार मोहन निरौला लगायतले अवार्ड तथा प्रमाण पत्र प्रदान गरेका थिए । काठमाडौं सर्ट फिल्म फेस्टाको निर्णायकमा गजित बिष्ट (अभिनेता), कुबेर गिरी (पत्रकार), हेरुका लामा (मोडल), सुशिला थापा (मोडल), सागर घिसिङ (अभिनेता), आयुव केसी (अभिनेता), सुदीप क्षेष्ठ (मोडल) रहेका थिए । बागमती प्रदेशका प्रदेश साँसद लक्ष्मण लम्सासले नेपाली चलचित्र क्षेत्रमा लगातार दुई दशकभन्दा बढी योगदान दिने कलाकारलाई राज्यले विधावारिधीबाट सम्मान गर्नुपर्ने धारणा उनले सो कार्यक्रममा राखे ।

कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, उपाध्यक्ष मोहन निरौला लगायतले कलाक्षेको बिषयमा धारणा राखेका थिए । यो फेस्टाले नेपालमा लघू चलचित्रको विकाशमा टेवा पु¥याउने गरेको उनले बताए । आयोजक तथा कार्यक्रमका सभापति छायाँछवि क्रियसनका अध्यक्ष शान्ति प्रियले छोटा फिल्मले पनि प्रथामिकता पाउनुपर्ने र त्यसले पनि समाजमा राम्रो प्रभाव पार्नसक्छ भन्ने सन्देश दिदै त्यसका श्रष्ठालाई सम्मान तथा प्रोत्सानका लागि नियमित रुपमा आफुले काठमाडौं सर्टफिल्म फेष्टा आयोजना गर्दै आएको हो भने ।

सो कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, उपाध्यक्ष मोहन निरौला, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, नेपाल चलचित्र संघका उपाध्यक्ष गोपालकाजी कायस्थ, काभ्रेकी महिला नेतृ लक्ष्मी दनुवारलगायतले अवार्ड बिजेतालाई बधाई सहित फेस्टाले नेपालमा लघू चलचित्रको विकाशमा योगदान दिएको बताए । राममणी ढकालको सँयोजनमा भएको काठमाडौं सर्ट फिल्म फेस्टा २०७९ मा साप्ताहिक पत्रिका ‘हेराल्ड खबर’ को बिमोचन समेत गरिएको थियो । समिर लामा प्रकाशक रहेको पत्रिकाको सम्पादक शान्ति प्रिय हुन् ।

प्रतापदास र सरिताको तिम्रो मायाले न होमा कर्णालीको सुन्दरता

समाचार


काठमाडौं-कर्णाली प्रदेशको आन्तरिक पर्यटन प्रवर्धन गर्ने उदेश्य सहित नयाँ आधुनिक गीत तिम्रो मायाले न हो।।।को भिडियो ओएसआर डिजिटलबाट आज रिलिज गरिएको छ ।
गायक प्रताप दाश र गायिका सरिता भारतीको स्वरमा रहेको यो गीतको छायाँकन मुगुको रारा, आछाम र जुम्लाका विभिन्न स्थानमा गरिएको छ । छायाँकार दिब्यराज सुवेदीले कर्णालीको सुन्दरतालाई निकै आकर्षकसँग भिडियोमा उतारेका छन् । तिम्रो मायाले न हो गीतले सुन्दर भिडियोले अझ आकर्षक बनाएको छ ।
देवल भण्डारीले लेखेको यो गीतलाई एलिश कार्कीले संगीत गरेका हुन् । चलचित्रका लागि भनिएको यो गीतलाई बिलक्षण क्रियसनले बजारमा ल्याएको हो । गीतमा संगीत संयोजन शैलेन्द्र एम श्रेष्ठ ९बाबु०ले गरेका हुन् । जसमा जुगल डंगोलको मिक्सिङ र मास्टरिङ रहेको छ ।
यो गीतको भिडियोमा अभिनेता यसराज गराच र गायिका सरिता भारतीले अभिनय गरेका छन् । उनीहरुको अभिनय निकै आकर्षक छ । काठमाडौंबाट चार दिनको यात्रा पछि सो स्थान पुगेर भिडियोको छायाँकन गरिएको हो ।  
कर्णाली प्रदेश प्राकृतिक रुपमा अत्यन्त सुन्दर रहेकाले त्यहाँको पर्यटन प्रवर्धन गर्न यो भिडियोको छायाँकन मुगु, अक्षाम र जुम्लामा गरिएको भिडियोका निर्देशक डब्बु क्षत्रीले बताए ।
यो भिडियोमा सुवास बुढाथोकीको नृत्य निर्देशन रहेको छ । दिलमाया मगर (एमकेएम फेसन हाउस) र चिटिक्क द फेसन स्टोरको फेसन रहेको यो भिडियो फिल्मी शैलीको बनेको छ । जसमा बीरेन्द्र भाट विपिनको सम्पादन रहेको छ ।

https://www.youtube.com/watch?v=MTFiDL8SisE&list=RDMTFiDL8SisE&start_radio=1

कन्हैया-अन्जना राष्ट्रिय सङ्गीत पुरस्कारको कार्यसमिति विस्तार

समाचार


काठमाण्डौ– टिकागोपाल एम्. क्रियशन प्रा.लि.को आयोजनामा चर्चित सांगीतिक जोडी कन्हैया सिंह परियार र अन्जना गुरुङको नामबाट स्थापना भएको ”कन्हैया–अन्जना राष्ट्रिय सङ्गीत पुरस्कार” श्रावण १८ गते राजधानी काठमाण्डौ स्थित राष्ट्रिय नाचघरमा आयोजना हुने भएको छ । शो कार्यक्रमको कार्यसमिति विस्तार समेत भएको छ ।

कार्यक्रमको प्रमुख सल्लाहकारमा विशिष्ट संगीतकार तथा सङ्गीत तथा नाट्य प्रतिष्ठानका पूर्व उपकुलपति शम्भुजित बासकोटा, विशेष सल्लाहकार संविधानविद् डा. भीमार्जुन आचार्य (गायक अर्जुन मिलन), मानार्थ सल्लाहकार विशिष्ट लोकगायिका चन्द्रकला शाह (शाहलाई यसअघि कन्हैया-अन्जना राष्ट्रिय सङ्गीत पुरस्कार प्रदान गरिएको थियो) , त्यस्तै पुरस्कार समितिको अध्यक्षमा टिकागोपाल एम्. क्रियशनकी गीता सिंह, कार्यक्रम निर्देशक चर्चित सङ्गीतकार सन्तोष श्रेष्ठ, सदस्यसचिव चलचित्र निर्देशक माधब राज खरेल र सदस्यहरुमा मोडल अपेक्षा सिंह, नायक श्रीदेव भट्टराई, संचारकर्मी कमला जोशी, निर्देशक तथा कवि हेम प्रभाष र अनुप सिंह रहेका छन् । त्यसैगरी अफिसियल कार्यक्रम उद्घोषक सुप्रसिद्ध आर.जे. हेम सुवेदी रहेका छन् भने कार्यक्रमको व्यवस्थापन पिम नेपालको रहने छ ।

१८ गते सम्पन्न हुने यस वर्षको कन्हैया -अन्जना राष्ट्रिय सङ्गीत पुरस्कार बरिष्ठ गीतकार विश्व बल्लभलाई प्रदान गरिने भएको छ ।“तिमि बादल, मेरो माया तिम्रो, सपनीमा रुवाउँछौ, गोर्खाली, धेरैदिन भो” लगायत थुप्रै गीतका गीतकार विश्व बल्लभ नेपाली सुगम सङ्गीतको विकासमा अनवरत रुपमा योगदान दिदै आएका व्यक्तित्व हुन । पुस्कारको राशी ५१ हजार नगद सहित सम्मान पत्र र दोसल्ला रहेको कार्यक्रमका संयोजक संगतिकार सन्तोष श्रेष्ठले बताए ।

कन्हैया सिंह परियार नेपाली गीत सङ्गीतको क्षेत्रमा झण्डै तिन दशकदेखी सक्रिय गायकको रुपमा परिचित छन् भने अन्जना गुरुङ पाश्व गायन तथा नेपाली गीति गायनको क्षेत्रमा चर्चाको शिखरको रुपमा रहेकी गायिका हुन् । नेपाली सांगीतिक आकाशमा आदर्श जोडीको छवि बनाएका यस जोडीले गत वर्ष देखी नेपाली गीत सङ्गीतको क्षेत्रमा विशिष्ठ योगदान पुर्याएका एक जना संगीतकर्मीहरुलाई नगद राशी सहित सम्मान गर्दै आएको छ । गत वर्ष कन्हैया सिंह राष्ट्रिय सङ्ंगीत पुरस्कारको नामबाट आयोजित यस पुरस्कारको नामलाई संशोधन गर्दै यस वर्षबाट कन्हैया अन्जना राष्ट्रिय सङ्गीत पुरस्कार बनाईएको कार्यक्रम संयोजक श्रेष्ठले बताए । गतवर्ष बरिष्ठ लोक गायिका चन्द्रकला शाहलाई यो पुरस्कार प्रदान गरिएको थियो ।

निगरानी दैनिकको प्रथम वार्षिकोत्सव समारोह सम्पन्न

समाचार


निगरानी दैनिक मिडियाको आफनो प्रथम वार्षिकोत्सव भव्यतापूर्वक सम्पन्न गरेको छ ।आइतबार नेपाल पर्यटन बोर्डको सभा हलमा वैदेशिक रोजगारका क्षेत्रमा देखिएका समस्या समाधानका उपायहरु विषयक विचार गोष्ठि तथा पुरस्कार एवं सम्मान प्रदान कार्यक्रम आयोजना गरि संचारकर्मी साथै अन्य  विशिष्ठ क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तीहरुलाई सम्मान  गर्दै प्रथम वार्षिकोत्सव मनाएको हो ।

कार्यक्रमका प्रमुख अतिथि श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेर बहादुर कुँवर, विशष्ठ अतिथीमा गैरआवासीय नेपाली संघ (एनआरएनए) केन्द्रीय अध्यक्ष कुल आर्चाय, गोकर्णेश्वर नगरपालिका पूर्व उपमेयर शान्ती नेपाल, टानका अध्यक्ष  खुम बहादुर सुवेदी, ग्लोबल नेपलिज सेफ फेडरेशनका अध्यक्ष लक्ष्मण प्रसाद भण्डारी, फेसियल हाउसकी प्रवन्ध निर्देशक सुष्मा महरा, कृषि विज्ञ शिव अधिकारी लगायत विशष्ठ व्यक्तीहरुको उपस्थिती रहेको थियो ।

निगरानी दैनिकलाई शुभकामना व्यक्त गदै श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेर बहादुर कुँवरले कुल गार्हस्थ उत्पादनमा विप्रेषणको २५ प्रतिशत योगदान रहेको र वार्षिक ९ खर्ब ८३ करोड नेपाल भित्रिरहेको सन्दर्भ उल्लेख गदै अझै १५ देखी २० वर्ष वैदेशिक रोजगारको विकल्प नभएको उल्लेख गरे ।

साथै मन्त्री कुँवरले विदेशमा कार्यरत धेरै नेपाली युवाहरु निकै नै समस्यामा रहेको घटनाहरुबाट पाठ सिक्दै सामाजिक सुरक्षा कोषको अवधारणा र नीतिगत सुधारका कामहरु सरकारी स्तरबाट भएको बताए स्वदेश भित्र नयाँ रोजगारीको क्षेत्र पहिचान गरि युवाहरुलाई स्वदेश भित्र नै श्रम पोख्ने वातावरण सिर्जनाका लागि प्रयास हुँदै आईरहेको समेत उल्लेख गरे ।

त्यसैगरि, विशिष्ट अतिथिको आसनबाट बोल्दै गैर आवासिय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुल आचार्यले हालसालै मात्र दुवै सदनबाट पारित भएको नागरिकता विधयेक राष्ट्रको हितमा भएको उल्लेख गदै त्यसबाट गैरआवासिय नेपालीहरुमा उत्साह थपेको प्रतिकृया दिए । साथै उनले विभिन्न देशहरुसँग संवाद गरि विदेशमा काम गर्ने नेपालीहरुको आर्जनको केहि हिस्सा नेपाल सरकार मातहतको सामाजिक सुरक्षा कोषमा कोष कट्टी गर्ने व्यवस्था गर्न सके विदेशमा कार्यरत तमाम नेपाली साथै मुलुकको विकासमा टेवा पुग्न जाने उल्लेख गरे ।

त्यसैगरि, विशेष अतिथिको आसनबाट बोल्दै टानका अध्यक्ष खुम बहादुर सुवेदीले नेपालको पर्यटन उद्योगमा रहेका पर्यटन श्रमिकहरुको योगदान उच्च रहेको स्मरण गदै उनीहरुको समस्याको समाधान हुन नसकिरहेकाले अन्तर मन्त्रालय समन्वय गरि समस्या समाधानमा पहल गर्न मन्त्री कुँवरलाई आग्रह गरे ।

त्यसैगरि, विशेष अतिथिको आसनबाट बोल्नुहुँदै टानका अध्यक्ष खुम बहादुर सुवेदीले नेपालको पर्यटन उद्योगमा रहेका पर्यटन श्रमिकहरुको योगदान उच्च रहेको स्मरण गर्नु हुँदै उनीहरुको समस्याको समाधान हुन नसकिरहेकाले अन्तर मन्त्रालय समन्वय गरि समस्या समाधानमा पहल गर्न मन्त्री कुँवरलाई आग्रह गर्नुभयो । 

कार्यक्रममा निगरानी दैनिककी प्रबन्ध निर्देशक निर्मला दंगाल खनालले सभापतिको आसनबाट बोल्नुहुँदै मिडियाले स्वच्छ, निर्भिक  र निष्पक्ष तबरले पत्रकारिता गर्न गर्दै आएको र सोही भावना अनुरुप कार्य गर्दै जाने प्रण गर्नुभयो ।  

कार्यक्रममा संचारकर्मीहरुको तर्फबाट बोल्नुहुँदै ग्लोरी मिडियाका हध्यक्ष सरोज ओझाले संचार क्षेलाई व्यवस्थित र मर्यादित बनाउदै अघि नबढ्दासम्म मुलुकले समृद्धि हासिल गर्न नसक्ने बताउनु भयो । 

त्यसैगरि ग्लोबल नेपलिज सेफ फेडरेशनका अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले संस्कार र संस्कृतीको जगेर्ना गर्न नेपालीहरु चुकिरहेको महशुश गरेको बताउदै देशको चौथो अंगले यस विषयलाई गम्भिरतापूर्वक लिनु पर्ने बताउनु भयो । 

त्यसैगरि, निगरानी मिडियाका अध्यक्ष  जीवन खनालले मिडियालाई माया गरि छोटो समयमा सफलतापूर्वक कार्यक्रम गर्न सक्ने अवस्थासम्म ल्याई पुर्याउन सघाउनु हुने सबैमा आभार व्यक्त गर्नुहुँदै कार्यक्रममा उपस्थिती तथा सम्मानित हुनुहुने सबैमा धन्यवाद तथा बधाई  ज्ञापन गर्नुभएको थियो ।  

निगरानी दैनिकले विभिन्न क्षेत्रका विशिष्ठ व्यक्तिहरुलाई सम्मानित गरेको छ ।

  • शिक्षासेवी सम्मा

शिक्षा क्षेत्रमा योगदान दिनु भएका जया मल्टिपल क्याम्पसका प्राचार्य भवानी प्रसाद पौडेल, आकाशदिप कलेजका प्रिन्सीपल मदन सुवेदी तथा भेनेश नेशनल कलेजका क्याम्पस प्रमुख कृष्ण गौतम र खगेन्द्र नवजीवन विशेष शिक्षा मा.वि.का अध्यक्ष राघव दुवाडीलाई  शिक्षासेवी सम्मान २०७९ बाट सम्मान गरिएको छ ।

  • परोपकारी सेवा सम्मान २०७९

सामाजिक सेवामा योगदान दिनुभएका खगेन्द्र नवजीवन केन्द्रका अध्यक्ष धन जुजु श्रेष्ठ, संयुक्त अपाङ्ग एकता आवाज केन्द्रका अध्यक्ष तिल बहादुर कार्की, नयाँ जीवन नेपालका अध्यक्ष राजन खनाल र समाजसेवी पुष्पा अधिकारीलाई परोपकारी सेवा सम्मान २०७९ बाट सम्मान गरिएको छ ।

  • पत्रकारिता सम्मान २०७९

पत्रकारिता क्षेत्रमा योगदान पर्‍याउनुभएका जनसवाल राष्ट्रिय दैनिकका सम्पादक तथा अध्यक्ष रामजी बगाले, सञ्चार  राष्ट्रिय दैनिकका आर्थिक बिट प्रमुख मधुजंग पाण्डे, नेपाल जागरण मिडिया प्रा.लि.का अध्यक्ष रञ्जित धमला, ग्लोरी मिडिया प्रा. लि.का अध्यक्ष सरोज ओझा, शिवपुरी मिडिया प्रा. लि. का अध्यक्ष रबिन प्रसा थपलिया, अधिराज्य मिडिया नेटवर्क प्रा.लि.का अध्यक्ष प्रताप भट्ट र न्यूजलाईन्स मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक रिता भट्ट ढकाल पत्रकारिता सेवा –२०७९बाट सम्मान गरिएको छ । 

  • उद्यमी सेवा सम्मान २०७९

उद्यमीक्षेत्रमा योगदान दिनुभएका वरिष्ठ पर्यटन उद्यमी केदार बहादुर थापा साथै  वरिष्ठ सौन्दर्यविद तथा फेसल हाउसकी प्रबन्ध निर्देशक  सुषमा महरा, नेपाली ब्यापारी संघ कतारका महासचिव  रमेश भट्ट,एक्टिभ विल्डर्सकाट प्रबन्ध निर्देशक ई. सन्तोष भट्टराई, युनिक प्रिन्ट हाउस प्रा.लि.का प्रबन्ध निर्देशक शिवलोचन पराजुलीसुनेरा नेपाल इनकर्पोरेटेड प्रा.लि.का प्रबन्ध निर्देशक सन्तोष कोइराला उद्यमी, बिण्डो नेपाल एजुकेशन कन्सल्टेन्सीका सञ्चालन नारायण रेग्मी, बिण्डो नेपाल एजुकेशन कन्सल्टेन्सीका सञ्चालन नारायण रेग्मीलाई उद्यमी सेवा सम्मान गरिएको छ । 

  • हस्पिटालिटी सेवा सम्मान२०७९

हस्पिटालिटी क्षेत्रमा योगदान दिनुभएका ग्लोबल नेपलिज सेफ फेडेरेशना अध्यक्ष भान्से लक्ष्मण प्रसाद भण्डारी, होटल द्वारिकाका फ्यूजन बार म्यानेजर रामकृष्ण पुडासैनी, युवा बेकरी एण्ड पेस्ट्री एक्जेक्यूटिभ सेफ उमेश तामाङ  हस्पिटालिटी सेवा सम्मान -२०७९ बाट सम्मान गरिएको छ ।

  • बाल प्रतिभा सम्मान २०७९

बालकलाकार श्री परिस्ना बास्तोलालाई बाल प्रतिभा सम्मान २०७९ सम्मान गरिएको छ ।

  • राष्ट्रिय सेवा सम्मान२०७९

हाप्किडो खेलाडी भुवन बुढा मगरज्यूलाई राष्ट्रिय खेलाडी, राष्ट्रसेवक कर्मचारी  प्रदिप न्यौपाने र केशव रिमाललाई –२०७९ बाट सम्मान गरिएको छ। 

 

‘दि फ्लिक मोडेल्स’ को फिनाले २१ साउनमा हुने

समाचार


काठमाडौँ– फोकस फेसन हाउसद्वारा आयोजित ‘दि फ्लिक मोडेल्स’ को फिनाले यही आउँदो २१ साउनमा हुने भएको छ ।आउँदो २१ गते शनिवारका दिन झण्डै १ महिनाअघि अडिसनबाट चयन भएका मोडेलहरुबाटै प्रतिस्पर्धाको माध्यमबाट एक महिला र एक पुरुष विजेता घोषणा गरिने फेशन हाउसका प्रमुख आदर्श शर्माले जानकारी दिएका हुन् ।

प्रतिस्पार्धाबाट फर्स्ट तथा सेकेन्ड रनरअप समेत चुनिने उनले बताए ।उनका अनुसार, कोटेश्वरको ए वान होटेलस्थित सम्पन्न हुने भनिएको फिनालेको निर्णायक टोलीमा कोरियोग्राफर जयनसुब्बा मानन्धर, सषिता लुइँटेल, विशाल गुरुङ, राजभाई सुवाल र दिपक घिमिरे रहनेछन् । प्रतिस्पर्धामा ८ पुरुष र १५ महिला गरी कुल २३ मोडेलहरुले सहभागिता जनाएका छन् ।

हाल उनीहरु प्रशिक्षणमा व्यस्त छन् ।मोडलिङमा आफ्नो करियर शुरुआत गर्ने चाहानेहरुलाई विशेष अवसर प्रदान गर्दै आएको फेसन हाउसले यसअघि पनि फेसन तथा मोडलिङ क्षेत्रमा विभिन्न कार्यक्रमहरु  गर्दै आएको थियो । यद्यपि ‘दि फ्लिक मोडेल्स’ भने हाउसको पहिलो वृहत् मोडलिङ कार्यक्रम रहेको प्रमुख शर्मा बताउँछन् ।

मारुती सिमेन्ट, एनआईसी बैंक, मत्स्य फिटनेस एवम् साथी मार्टको प्रायोजनमा हुन लागेको सो कार्यक्रमका विजेतालाई १ लाख रुपैयाँ नगद, १ वर्षको मोडलिङ सम्झौता, दुईवटा विज्ञापन, एउटा म्युजिक भिडियो तथा एक वर्ष फिटनेस क्लासलगायतको पुरस्कारहरु प्रदान गरिने आयोजक समितिले जनाएको छ ।

‘छम्म छम्म नाचौ न’ भन्दै आइन संचारकर्मी गीता आधिकारी (भिडियो सहित)

समाचार


काठमाण्डौ – शान्तिश्री परियार र सारिका घिमिरेको स्वरमा रहेको नयाँ तीज गीत ‘छम्म छम्म नाचौ न’ सार्वजनिक भएको छ । संचारकर्मी गीता आधिकारीको शब्द रहेको गीतमा योगेश काजिको शब्द रहेको छ।

राजधानीमा शनिबार आयोजित कार्यक्रममा गायिका ज्ञानु राणा, संगीतकार राजु सिंह, संगीतकार सन्तोष श्रेष्ठ, साहित्यकार शैलेन्द्र चापागाईं लगायतले गीत सार्वजनिक गरेका थिए ।

भिडियोमा रश्मी भट्ट, सारिका घिमिरे, रेनुका रिजाल, सुस्मिता लामा, संगीता श्रेष्ठ, आरती थापा मगर, सुस्मिता पौडेल, सपना रिमाल, माया थापा फिचर रहेका छन् । रोशन बुढाथोकीले भिडियोमा कोरियोग्राफी गरेका छन्।

कन्हैया सिंह र अन्जना गुरुङको स्वरमा नजर नजरको सार्वजनिक (भिडियो सहित)

समाचार


काठमाडौँ- कन्हैया सिंह र अन्जना गुरुङको स्वरमा रहेको गीत ‘नजर नजरको’ सार्वजनिक गरिएको छ। बिहिवार राजधानी काठमाडौँमा एक कार्यक्रमका बिच म्युजिक भिडियो सार्वजनिक गरिएको हो । गीतको संगीत र रचना शम्भुजित बास्कोटाले गरेका छन् । भिडियोलाई गम्भिर बिष्टले निर्देशन गरेका हुन् भने म्युजिक भिडियोमा पुष्प खड्काको साथ पहिलो पल्ट कन्हैया सिंहको छोरी अपेक्षा सिंहले डेब्यु गरेकी छिन् ।

बहिनी अन्जना र भाई कन्हैयाको जोडीलाई हेर्दै सम्झदै नजर नजरको शिर्षक राखेर गीतमा संगीत भरेको संगीतकार बाँस्कोटाले बताए । नेपाली गीत संगीतमै लागेर जीवन बिताउन पाइयोस र सदैव दर्शकहरुको मायाले बाँधिएर रहने चाहनाले नै परदेशमा बसे पनि नेपाली गीतसंगित प्रती को मोह नहराएकाले दुबैले फेरी यो सोलो गीत बजारमा ल्याएको गायक संगीतकार सिंहले बताउनु भयो । सिनेमाटोग्राफर नवराज उप्रेती,सम्पादन र कलरिङ्ग नबिन निरौलाको रहेको छ ।

बहुआयामिक व्यक्तित्व डा. बाँस्कोटाको संस्मरणात्मक कृति ‘निष्ठाको यात्रा’ लोकार्पण

समाचार


काठमाडौं । निष्ठाको धरोहरका रुपमा चिरपरिचित रहदै आउनुभएका बहुआयामिक व्यक्तित्व पूर्व गृह राज्यमन्त्री डा दिपक प्रकाश बाँस्कोटाको संस्मरणात्मक कृति ‘निष्ठाको यात्रा’ लोकार्पण भएको छ । राष्ट्रिय नाचघरमा विहिबार आयोजित पुस्तक लोकार्पण तथा वैदिक नेपालको भबिष्य बिषयक संगोष्ठि कार्यक्रम माझ नेपाली काँग्रेसका पूर्व महामन्त्रि एवम् पूर्व मन्त्रि कुलबहादुर गुरूङ् प्रभावशाली नेता शेखर कोईराला, अर्जुन नरसिहं केसी, नेतृ महालक्ष्मी उपाध्याय ’डिना’, राजा डा किन्स्ले ब्रूक, प्रा डा कुमार कोईराला, संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति प्रा डा कुल प्रसाद कोईराला र श्रष्टा स्वयंले संयुक्त रुपमा कृति लोकार्पण गर्नुभएको थियो ।

पुस्तकको लोकार्पण पस्चात कार्यक्रमलाई संबोधन गर्नेक्रममा पुस्तकका लेखक डा बाँस्कोटाले आफ्नो पुस्तक स्व नेता गिरिजा प्रसाद कोईरालामा समर्पण गरेको उल्लेख गर्नुहुँदै निष्ठाको यात्रामा पर्यन्त हिडदै गर्दा आफुले कुनै पनि काम असंभव हुँदैन भन्ने मान्यता बोक्दै आएको खुलासा गर्नुभयो । साथै उहाँले आफनो जीवन भोगाई बारे सत्य र निष्ठापूर्वक नै पाठक माझ घटना विवरण कृति मार्फत पस्किएको उल्लेख गर्नुभयो ।लेखक बास्कोटाले निष्ठाको यात्रा अझै नसकिएको उल्लेख गर्नुहुँदै वैदिक नेपाल निर्माण अभियानमा आफू लागेको र पश्चिमी जगत समेत वैदिक दर्शनमा आकर्षित भएको देखेर नेपाललाई वैदिक देशका रुपमा पुनस्र्थापित गर्न आफू लागेको भनाई राख्नुभयो ।

सो अवसरमा नेपाली काँग्रेसका पूर्व महामन्त्री एवम् पूर्व मन्त्री कुलबहादुर गुरूङ्ले लेखक आफ्नो राजनीतिक सहयोद्धा हुनुका साथै वास्तवमै निष्ठावान राजनीतिज्ञ रहनुभएको उल्लेख गर्नुहुँदै कालिम्पोङ घुमेर बाँस्कोटाले सहकारीका माध्यमबाट अर्गानिक चिया उद्योग स्थापना गर्नुभएको स्मरण गर्नुभयो ।

त्यसैगरि, नेपाली काँग्रेसका प्रभावशाली नेता शेखर कोईरालाले दिपक प्रकाश बाँस्कोटाबाट मेहनत नै सबै कुरा हो साथै निष्ठापूर्वक राजनीति गर्नुपर्छ भन्ने पाठ राजनीतिकर्मीहरुले सिक्न जरुरी रहेको उल्लेख गर्नुहुँदै समकालिन राजनीतिमा नैतिकता र सुशासनको कमी महशुस हुँदै आएकाले उहाँको पदचापलाई नपछ्याउँदासम्म मुलुकले सहि दिशा लिन नसक्ने बताउनुभयो । नेपाल श्रीलङ्काको अवस्थामा नपुग्ने उल्लेख गर्नुहुँदै उहाँले समृद्ध नेपाल निर्माणका लागि दण्डहीनताको अन्त्य, भ्रष्टाचार निर्मुल र सुशासन स्थापना गर्नुपर्नेमा जोड दिनुभयो । राजनीति गर्नेले देशलाई पहिलो प्राथमिकतामा राखेर सोच्नुपर्ने उहाँको भनाइ थियो ।

त्यसैगरि, पूर्व मन्त्री एवम् कांग्रेस नेताअर्जुन नरसिहं केसीले बाँस्कोटाले सहकारी क्षेत्रमा गर्नुभएको योगदानको चर्चा गर्नुहुँदै वैदिक संस्कारलाई व्यवहारमा उतार्न हुने गरेका कमीकमजोरी खोजेर त्यसको अन्त्य गरिनुपर्ने तर्क पेश गर्नुभयो । त्यसैगरि पूर्व मन्त्री एवम् कांग्रेस नेतृ महालक्ष्मी उपाध्याय ’डिना’ ले दिपक प्रकाश बाँस्कोटा बहुआयामिक र असल हुनुभएकाले उहाँ व्यक्तित्व ओजपूर्ण रहेको सन्दर्भ उल्लेख गर्नुभयो ।

राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मीनराज कँडेलले पुस्तकमा सहकारी बिषयमा समेटिएका बिषय अत्यन्तै कम रहेको आफुले पाएको बताउनु हुँदै विसं २०४८ मा सहकारी ऐन ल्याउन बाँस्कोटाको ठूलो भूमिका रहेको, विसं २०७२ को संविधानमा तीन खम्बे अर्थनीतिमा सहकारीसमेत जोडिने गरी अभियान चलाउन पनि बाँस्कोटाले योगदान गर्नुभएको बारेमा बिशेष चर्चा गर्नुभयो ।

पुस्तकका बारेमा समीक्षा गर्नुहुँदै प्रा डा कुमार कोइरालाले बास्कोटाको पुस्तक अध्ययनबाट अध्यात्म र भौतिकता दुवैको समन्वयात्मक अभ्यास गरेर जीवन सार्थक बनाउन सक्नुभएको बताउनुभयो । विसं २०५६ मा चुनाव लड्दिन भनी गिरिजाप्रसाद कोइरालासँग स्पष्ट कुरा राख्नुले उहाँको निष्ठा प्रष्ट हुने कोइरालाले उदघोष गर्नुहुँदै राजनीति, धर्म, सहकारी, शिक्षा, स्वास्थ्य, ध्यान, समाजसेवा विविध क्षेत्रमा बाँस्कोटा अब्बल रहनु भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति प्रा डा। कुलप्रसाद कोइराला, विश्व शान्ति राष्टमका अन्तर्राष्ट्रिय निर्देशक किङ्स्ले ब्रुक्स, ध्यान शिक्षक भरतराज पौडेललगायतले नेपाललाई वैदिक देश बनाउन सबैको सहयोग आवश्यक रहेकामा जोड दिनुभयो ।

बुक्स राइटिङ नेपालले प्रकाशन गरेको २१२ पृष्ठको सो पुस्तकमा राजनीतिक, सहकारी, प्रांगारिक कृषि र वैदिक नेपाल निर्माणका लागि उहाँले गर्नुभएका कामको चर्चा गरिएको छ