generalnews
||Power News Asia||

आजको समाचार

धरानमा जुनियरतर्फ जसले जिते उपाधि

समाचार


धरानः धरानमा सम्पन्न जुनियर मिस्टर एण्ड मिस धरान सिजन–२ को उपाधि शिशिर विश्वकर्मा र अमिशा चौधरीले जितेका छन् ।
ड्रिम मोडलिङ एजेन्सीले आयोजना गरेको कार्यक्रम धरान–१३ स्थित धरान बैक्युटमा सम्पन्न भएको हो । उनीहरु दुवैजना ग्राण्ड फिनालेमा जुनियर मिस्टर एण्ड मिस धरान सिजन टुको बिजेता चुनिएका हुन् । त्यस्तै, जुनियर मिस्टर तर्फ फस्ट रनरअप आशिष नेपाली र सेकेण्ड रनरअप जेसन आचार्य घोषित भए । जुनियर मिस धरानतर्फ फस्ट रनरअप सृष्टि विश्वकर्मा र सेकेन्ड रनरअप नामसाङ राई घोषित भए ।
बिजेताले क्राउन सहित जनहि १५ हजार रुपैयाँ, प्राइम लाइफ इन्स्योरेन्सको ५ लाख बराबरको इन्स्योरेन्स, ट्रफी, प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् । फस्ट रनरअपले जनही १० हजारको रुपैयाँ, ट्रफी, ३ लाख बराबरको इन्स्योरेन्स, प्रमाणपत्र, गिफ्ट ह्याम्पर र सेकेन्ड रनरअपले जनही ५ हजार, २ लाख बराबरको इन्स्योरेन्स, प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्राप्त गरे ।
बिजेता तथा उपविजेताहरुलाई बिजेताहरुले क्राउन पहिराइ दिएका थिए भने मुख्य निर्णायक मिस नेपाल २०१७ निकिता चन्दक, निर्णायक सुमन खड्का, आयोजक ड्रिम मोडल एजेन्सीका सिइओ सौरभराज भण्डारी, कार्यक्रम संयोजक निश्चल पलिखे लगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतिस्पर्धाको व्यक्तिगत विद्यामा पुरुषतर्फ मिस्टर पपुलर उपाधि शिशिर विश्वकर्मा, वेष्ट डिस्पिलिनमा प्रिन्स राई, वेष्ट पर्सानालिटि युगल लिम्बू, वेष्ट ड्रेस जसम आचार्य, वेष्ट वक आशिष नेपाली र पव्लिक च्वाइस सन्तोन राई घोषित भए । जुनियर मिस अवार्ड वेष्ट स्माइलमा उपासना कटुवाल, वेष्ट स्टाइलिसमा एलिसा राई, वेष्ट ड्रेस एण्ड वकमा मेनुका कार्की, वेष्ट फिगर प्रतिशा शाक्य, वेष्ट डिसिप्लिनमा आयुषा तामाङ , वेष्ट मोडल आईसा अधिकारी, मिस ट्यालेन्ट नाम्साङ राई र पव्लिक च्वइसमा सुदीक्षा चौधरी, वेष्ट आइकन नुरङ राई घोषित भए । उनीहरुलाई ट्रफी र गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।
कार्यक्रमको मुख्य निर्णायकको रुपमा मिस नेपाल २०१७ निकिता, फेसन स्टाइलिस्ट मुमन खड्का, काजी प्रोडक्सनका सिइओ सुसान्तकाजी श्रेष्ठ, इन्टरनेसनल मोडल ग्यालेटसेन शेर्पा र चलचित्र महासंघ प्रदेश १ अध्यक्ष अरुण प्रधान रहेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि इलाका प्रशासन कार्यालय धरानका प्रमुख चुडाराज भट्टराई, विशेष अतिथि नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई, धरान ३ न. वडाध्यक्ष विद्या शाक्य, ९ न. वडाध्यक्ष रुपेश आचार्य, १६ न. वडाधयक्ष मुरारी भट्टराई, इलाका प्रहरी कार्यालय धरानका प्रमुख बुद्ध श्रेष्ठ, सशस्त्र प्रहरी बल धरानका डिएसपी वुद्धिनारायण चौधरी, धरान ट्राफिक प्रहरी निरीक्षक श्यामकुमार बस्नेतलगायतको उपस्थिति रहेको थियो ।

नवौं छायाँछबि तीज म्युजिक अवार्ड –०७९ भव्य र सभ्यरुपमा सम्पन्न

समाचार


काठमाण्डौ – छायाँछवि क्रियशनको प्रस्तुतिमा नवौं छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य  सभ्यरुपमा सम्पन्न भएको छ । शुक्रबार काठमाण्डौमा सम्पन्न भएको कार्यक्रममा गीत संगीत क्षेत्रमा सक्रिय व्यक्तित्वहरुको उत्साहजनक सहभागिता रहेको थियो । विषेश गरी हिन्दु नारीहरुको महान पर्वका रुपमा परापुर्वक काल देखिनै हर्षोउल्लासका साथ मनाउदै आएको हरितालीका तिजको पुर्व सन्ध्यामा कला क्षेत्रमा लागेका स्रष्टा तथा सर्जकहरुलाई थप हौसला प्रदान गर्दै एक आपसमा माया एवं सद्भाव फैलाउने उदेश्यका साथ विगत नौं वर्ष देखि निरन्तर रुपमा छायाँछवि तिज म्युजिक अवार्डको आयोजना हुदै आईरकेको छ ।

कार्यक्रममा छायाँछवि रंग पत्रकारिता पुरस्कार बाट संचारकर्मी दिपज्योती थापालाई नगद रु पाँच हजार पाँच सय पचपन्न सहित सम्मानित गरिएको थियो । त्यस्तै छायाँछवि तीज नारी सम्मान बाट खेलाडी तथा कलाकार नन्दा बस्याल, गीतकार सामाना शाह, सामाजिक सेवा सम्मानबाट समाजसेवी लक्ष्मण मल्ल र नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठलाई  सामाजिक सेवा सम्मान प्रदान गरिएको छ ।
कलाकारिताका माध्यमबाट हाम्रो मौलिक संस्कृतिको जगेर्नाका निम्ती योगदान पुर्याने स्रष्टा एवं सर्जकहरुलाई सम्मान स्वरुप दर खुवाउनुका साथै सांस्कृतिक प्रस्तुति सहित तीज अवार्डको समापन हुदै आएको छ । मौलिक सांस्कृतिक पर्व तीजलाई मनोरञ्जनको भन्दा पनि संस्कृतिको संम्बर्धन एवं प्रवद्र्धनमा यस अवार्डले जोड दिदै आएको छायाँछवि तीज म्युजिक अवार्डका अध्यक्ष शान्तिप्रियले बताए ।
कार्यक्रममा बरिष्ठ चलचित्रकर्मी मोहन निरौला, निर्माता तथा वितरक प्रदिप कुमार उदय, गोपाल काजी कायस्थ, निर्देशक नवल नेपाल, नायक गजित विष्ट, लेखकरनिर्देशक ओम प्रतिक, संचारकर्मी जयन सुब्बा मानन्धर, नायिका ममता प्रधान, संचारकर्मी एवं गीतकार डब्बु क्षेत्री , प्राज्ञ एवं संगीतकार ज्योती प्रकाश, संचारकर्मी सुर्य चन्द,  प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, चलचित्र निर्देशक माधव राज खरेल, अभिनेता मोडल सागर घिसिङ, अभिनेता श्रीदेव भट्टराई, नायिका सरिता भारती लगायतका व्यक्तित्वहरुको सहभागीता रहेको थियो ।

नवौं छायाँछवी तिज म्युजिक अवार्ड २०७९का विजेताहरु
उत्कृष्ट तीज गीत ध्वनी मुद्रण
दीप घतानी : सिउँदोमा सिन्दुर
उत्कृष्ट तीज गीत एरेञ्जर
सुदिप सागर : माइतीको आगन
उत्कृष्ट मौलीक तीज गीत एरेञ्जर
दिनेश लामा : रेशमी सारी
उत्कृष्ट तीज गीत मोडल (पुरुष)
समुन्द्र बाग्ले : झम्म झम्म साइली
उत्कृष्ट तीज दोहोरी गीत सम्पादक
विनोद बम : नाचि देउ पातली
उत्कृष्ट तीज गीत सम्पादक
विकाश दाहाल : खर्च माग्दीन
उत्कृष्ट तीज गीत छायांकार
अजय रेग्मी : झम्म झम्म साइली
उत्कृष्ट मौलीक तीज गीत छायांकार
बज्र ङ्यासुर : छुनुमुनु गर्दै
उत्कृष्ट तीज गीत नृत्य निर्देशक
सुमन सागर जंग के.सी. : तीज आयो भन्दा
उत्कृष्ट मौलीक तीज गीत नृत्य निर्देशक
देवेन्द्र पाण्डे : खर्च माग्दीन
उत्कृष्ट तीज दोहोरी गीत भिडियो निर्देशक
मनिष पन्थ : माइतीको आगनी
उत्कृष्ट तीज गीत भिडियो निर्देशक
नारायण रिवाल : छम्म छम्म नाचौं
उत्कृष्ट मौलीक तीज गीत भिडियो निर्देशक
हेरुका लामा : छुनुमुनु गर्दै
उत्कृष्ट तीज गीत मोडल
उषा खनाल : दर्पण छायाले
उत्कृष्ट मौलीक तीज गीत मोडल
शुशिला थापा : लै लै तीजै आयो
उत्कृष्ट तीज गीत दोहोरी शब्द
हेमनाथ खरेल : हिउँचुली हेरी हेरी
उत्कृष्ट तीज गीत शब्द
सिन्धु जलेशा : लै लै तीजै आयो

उत्कृष्ट तीज मौलिक गीत शब्द
प्रवल विष्ट : माइती देशको सम्झना
उत्कृष्ट सन्देश मुलक तीज गीत शब्द
राजकुमार बगर : छोरी
उत्कृष्ट तीज दोहोरी गीत गायक
राजु परियार : बादलु लाएर
उत्कृष्ट तीज गीत नव–गायिका
शोभा कार्की : दर्पण हेर बाटुली
उत्कृष्ट तीज युगल गीत
सकुना श्रेष्ठ र मञ्जु उपासना : तीजको लहर
उत्कृष्ट तीज दोहोरी गीत लय
रञ्जीत परियार : औधि राम्री छौं
उत्कृष्ट तीज गीत लय
राकेश सोनी : छुनुमुनु गर्दै
उत्कृष्ट मौलीक तीज गीत लय
सन्तोष श्रेष्ठ : माइती देशको सम्झना
उत्कृष्ट तीज दोहोरी गीत गायिका
प्रतिक्षा वाग्ले : झम झम साइली
उत्कृष्ट तीज दोहोरी मौलिक गीत
सहिमा श्रेष्ठ :यानी मै
उत्कृष्ट तीज गीत गायिका
विन्दु विसी. :छुनुमुनु गर्दै

उत्कृष्ट मौलिक तीजगीत गायिका
कोपीला गौतम : नाचौं छम्छम्
उत्कृष्ट मौलिक तीज गीत
माण्डवी त्रिपाठी : बाबाले सारेको 
उत्कृष्ट तीज गीत जुरी अवार्ड
शर्मिला श्रेष्ठ
उत्कृष्ट तीज गीत गायिका जुरी अवार्ड
अञ्जु श्रेष्ठ
उत्कृष्ट तीज गीत भिडियो निर्देशक डायस्पोरा
सुमन दाहाल
उत्कृष्ट मौलिक तीज गीत नव मोडल
लक्ष्मी जोशी
उत्कृष्ट तीज दोहोरी गायिका जुरी अवाड
शोभा जिसी
उत्कृष्ट तीज दोहोरी गायिका इन्करेज्मेन्ट
सिर्जना केसी
हृदयघातबाट वरिष्ठ पत्रकार शंकर कार्कीको निधन

समाचार


काठमाण्डौं । वरिष्ठ पत्रकार शंकर कार्कीको निधन भएको छ । ६६ बर्षिय कार्कीको हृदयघातका कारण शुक्रबार विहान शिक्षण अस्पतालमा असामयिक निधन भएको हो । चार दशकसम्म अनवरत रुपमा पत्रकारिता क्षेत्रमा सकृय कार्की जानकारी साप्ताहिकका सम्पादक साथै साँघु साप्ताहिकका स्तम्भकार हुनुहुन्थ्यो । नेपाल पत्रकार महासंघको एशोसियट संस्था एभरेष्ट प्रेस क्लबका सदस्य रहनुभएका कार्की नेपाल पत्रकार महासंघको पार्षद् समेत बन्नु भएको थियो।
कार्कीको निधन पश्चात् एभरेष्ट प्रेस क्लबले शोक विज्ञप्ती जारी गदै वरिष्ठ पत्रकार शंकर कार्कीको निधनबाट पत्रकारिता जगतलाई क्षती पुगेको जनाएको छ । क्लबको तर्फबाट महासचिव सरोज ओझाले जारी गर्नुभएको शोक विज्ञप्तीमा कार्कीको निधनसँगै क्लबले एक होनहार सदस्य र देशले एक ईमान्दार एवं निर्भिक पत्रकार गुमाएको महशुस गरेको पनि उल्लेख गरिएको छ ।

यसै माझ नेपाल पत्रकार महासंघका पूर्व कोषाध्यक्ष समेत रहनु भएका क्लबका अध्यक्ष शिव खड्काले वरिष्ठ पत्रकार कार्की आफनो हितैषी मित्र पनि रहेको उल्लेख गर्नुहुँदै उहाँको निधनले मर्माहत तुल्याएको बताउनुभयो । त्यसैगरि, नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य एवं क्लवका संंस्थापक सदस्य प्रदिप न्यौपाने, बरिष्ठ पत्रकार शरदराज गौतम लगायतले पनि कार्कीको निधनले विक्षिप्त तुल्याएको प्रतिक्रिया दिनुभएको छ ।

हाम्रो यात्रा थप प्रभावकारी, पूर्ण र निरन्तरता बनाउने प्रतिबद्धता व्यक्त गर्दछौं : रामजी बगाले

समाचार


काठमाडौं । जनसवाल राष्ट्रिय दैनिक १६ औं वर्षमा प्रवेश गरेको छ । नेपालमा गणतन्त्र स्थापनासँगै प्रारम्भ भएको जनसवाल रास्ट्रीय दैनिकले विभिन्न आरोह–अवरोहसँगै प्रकाशनको डेढ दशक पूरा गरेको हो । राजनीतिक, आर्थिक, सामाजिकसँगै गैरआवासीय नेपाली र वैदेशिक रोजगारका विषयलाई केन्द्रविन्दुमा राखेर जनसवाल रास्ट्रीय दैनिक प्रकाशन हुँदै आएको छ ।
सयमक्रमसँगै पाठकहरुका चाहना, अपेक्षा र आवश्यकताहरुलाई सम्बोधन गर्दै पत्रकारिताको माध्यमबाट निर्वाह गर्नुपर्ने दायित्वमा अग्रसर हुँदै आएको जनसवाल राष्ट्रिय दैनिकका अध्यक्ष तथा सम्पादक रामजी बगाले बताउँछन् । ‘पाठकलाई जस्तोसुकै अवस्थामा पनि सूचना प्रवाह गर्ने हाम्रो दायित्वलाई हामीले हाम्रा लाखौं पाठक, विज्ञापनदाता, सहकर्मी, कर्मचारी तथा शुभचिन्तकसँग हातेमालो गर्दै अहिले पनि निरन्तररुपमा अगाडि बढिरहेका छौं । हाम्रो यो सुनौलो यात्राको साक्षीको रुपमा हामीलाई सदैव साथ दिनुहुने सम्पूर्ण नेपाली तथा गैर आवासीय नेपालीमा सोह्रौं वार्षिकोत्सवको यो खुशीको क्षणलाई बाँडदै हाम्रो यात्रा थप प्रभावकारी, पूर्ण र निरन्तरता बनाउने प्रतिबद्धता व्यक्त गर्दछौं । हाम्रो यात्रामा सधैंझैं भविष्यमा पनि यहाँहरुको साथ, सहयोग र सहकार्यको अपेक्षा राख्दछौं’, बगालेले बताए ।
जनसवाल पब्लिकेसनबाट जनसवाल दैनिकसँगै जनदबाब साप्ताहिक, अर्थ–रोजगार टेलिभिजन कार्यक्रम तथा जनसवाल डटकम सञ्चालन हुँदै आएका छन । यसैक्रममा वार्षिकोत्सवकै अवसर पारेर केही समयमै जनसवाल टेलिभिजन सञ्चाल गर्ने पब्लिकेशनका अध्यक्ष रामजी बगालेले जानकारी दिए ।

सोर्हौ बार्षिकोत्सवका अवसरमा आज जनसवाल रास्ट्रीय दैनिकको केन्द्रिय कार्यालय दरवारमार्गमा केक काटि  बार्षिकोत्सव कार्यक्रम मनाईयो । नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एबं बरिस्ठ पत्रकार महेश्वर दाहाल,गैर आवासीय नेपाली संघ एनआरएनएका आईसिसि उपाध्यक्ष धर्मराज अधिकारी,रोविन्द प्रसाद श्रेस्ठ(गोबिन्द),समावेसी मासिकका संपादक एबं बरिस्ठ पत्रकार खिला बहादुर भण्डारी,नेपाल पत्रकार महासंघका लेखा समिती संयोजक लेखनाथ न्यौपाने,केन्द्रिय सदस्य ज्ञान प्रसाद पौडेल,गैर आवासीय नेपाली संघ एनआरएनए युएईका अध्यक्ष ठाकुर प्रसाद ढुंगाना,प्रेस सेन्टर नेपाल केन्द्रिय समितिका महासचिव सन्तोष पौडेल,नेपाल पत्रकार महासंघ काठमाण्डुका अध्यक्ष सुर्य सुवेदी,नेपाल पत्रकार महासंघ ललितपुरका सचिव रामहरी कार्की,बैदेशिक रोजगार पत्रकार समाजका अध्यक्ष ऊद्दव भट्टराईलगाएत विभिन्न संचारमाध्यमका पत्रकार,विभिन्न देशबाट आएका गैर आवासीय नेपालीहरु,बिभिन्न ब्यावसायिक घरानाका प्रतिनिधिहरु,जनसवाल रास्ट्रीय दैनिकका पत्रकारहरु र कर्मचारीहरुको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा उपस्थित सबैले जनसवाल रास्ट्रीय दैनिकको बार्षिकोत्सवका अवसरमा शुभकामना ब्यक्त गरेका थिए । उनिहरूले प्रिण्ट मिडियाका समस्याका बारेमा जानकारी गराउदै जनसवाल रास्ट्रीय दैनिकले अझै बर्षौ बार्षिकोत्सव मनाईरहन सफल होस भन्दै शुभकामना ब्यक्त गरे ।

नवौं छायाँछबि तीज म्यूजिक अवार्ड -२०७९ का उत्कृष्ट ५ मनोनयन सार्वजनिक

समाचार


 

काठमाण्डौ – नवौं छायाँछबि तीज म्युजिक अवार्ड –०७९ को उत्कृष्ट मनोनयन सार्वजनिक गरिएको छ । यहि भाद्र १० गते सम्पन्न हुन गइरहेको तिज म्युजिक अवार्ड २०७९ को पुर्व सन्ध्यामा उत्कृष्ट ५ को छनौट गरिएको आयोजक पक्षले बताएको छ । तीजको अवसरमा प्रकाशित गरिने तीज गीतको संख्या गत बर्षहरुमा कारोना प्रभाव परेपनि यो पटक भने केही उत्साहजनक देखीएको आयोजकले बताएको छ ।

तीजका अबसरमा संलग्न हुने सर्जकहरुलाई सांस्कृतिक पर्व तीजका अवसरमा प्रोत्साहन मिलोस र तीजका गीतले र त्यसका श्रष्टारसर्जकले प्रोत्साहित हुने मौका पाउन् भन्ने धेयका साथ यो अवार्डको आयोजना गरिन लागेको आयोजक समितिका अध्यक्ष शान्तिप्रियले बताए । मौलिक सांस्कृतिक पर्व तीजलाई मनोरञ्जनको भन्दा पनि संस्कृतिको संम्बर्धन एवं प्रबर्धन सँग जोडेर अवार्ड आयोजना हुदै आएको यो तीज अवार्डको नवौं श्रृंखलामा हो ।

नवौं छायाँछवी तिज म्युजिक अवार्ड २०७९को उत्कृष्ट ५ को मनोनयनहरु

१ उत्कृष्ट तीज गीत ध्वनी मुद्रण
१. दीप घतानी : सिउँदोमा सिन्दुर
२. एच.वी.एन. किस्मत : नाई बाबा नाई
३. सन्तोष पौडेल : लै लै तिजै आयो
४. कुमार राना : झम्म झम्म साईली
५. राजकुमार बगर : छोरी

२ उत्कृष्ट तीज गीत एरेञ्जर
१. रमेश सेञ्चुरी : लै लै तीजै आयो
२. कमल सौराग :छोरी
३. विशाल निरौला :सिउँदोमा सिन्दुर
४. सुनिल परियार : नाइ बाबा नाई
५. सुदिप सागर : माइतीको आगन

३. उत्कृष्ट मौलीक तीज गीत एरेञ्जर
१. नरेन्द्र वियोगी : खर्च माग्दीन
२. दिनेश लामा : रेशमी सारी
३ं विपिन आचार्य : बाबाले सारेको
४. राकेश सोनी : छुनुमुनु गर्दै
५. राजु कार्की : रातो साडी लाउनी हो

४. उत्कृष्ट तीज गीत मोडल (पुरुष)
१. समुन्द्र बाग्ले : झम्म झम्म साइली
२. प्रेम रसाइली : झम्म झम्म साइली
३. प्रकाश कडेल : कलशमा पानी

४. नारायण खत्री : माइतीको आगनी
५. रञ्जित परियार : औधी राम्रो छौ

५.. उत्कृष्ट तीज दोहोरी गीत सम्पादक
१. मनिष पन्थ : माइतिको आगनी
२. विरेन्द्र भाट विपिन : हिउँचुली हेरी हेरी
३. गुरु पाठक : हरियो डलर
४. विनोद बम : नाचि देउ पातली
५. नीराजन केसी : झम्म झम्म साइली

६. उत्कृष्ट तीज गीत सम्पादक
१. विकाश दाहाल : खर्च माग्दीन
२. सुरेश राउत : सिउँदोमा सिन्दुर
३. विष्णु शर्मा : छम्मछम्म नाचौं
४. प्रकाश धमला : नाई बाबा नाई
५. बज्र ङ्यासुर : छुनुमुनु गर्दै

७. उत्कृष्ट तीज गीत छायांकार
१. इशक जवेगु : सिउँदोमा सिन्दुर
२. दीनेश पराजुली : हात काट्यो चोयाले
३. मानिस पन्थ : माइतीको आगनी
४. अजय रेग्मी : झम्म झम्म साइली
५. प्रवेश पोखरेल : छोरी

८. उत्कृष्ट मौलीक तीज गीत छायांकार
१. उत्सब दाहाल : खर्च माग्दीन
२. अजय रेग्मी : लै लै तीजै आयो
३. बज्र ङ्यासुर : छुनुमुनु गर्दै
४. राजेश घिमिरे : नाई बाबा नाई
५. मनिस पन्थ : नाच्छु मजैले

९. उत्कृष्ट तीज गीत नृत्य निर्देशक
१. नीम बाबु तामाङ : सिउँदोमा सिन्दुर
२. शुशीला थापा : लै लै तीजै आयो
३. लोकेन्द्र शाह : माइतीको आगनी
४. सुमन सागर जंग के.सी. : तीज आयो भन्दा
५. रोशन बुढाथोकी :छम्म छम्म नाचौं

१०. उत्कृष्ट मौलीक तीज गीत नृत्य निर्देशक
१. सुमन सागर जंग के.सी : बारुली कम्मर
२. हेरुका लामा : छुनुमुनु गर्दै
३. लोकेन्द्र शाह : नाच्छु मजैले
४. देवेन्द्र पाण्डे : खर्च माग्दीन
५. स्मृती तिमिल्सीना : नाई बाबा नाई

११. उत्कृष्ट तीज दोहोरी गीत भिडियो निर्देशक
१. सुरेन्द्र वसेल : हात काट्यो चोयाले
२. गुरु पाठक : हरियो डलर

३. क्रान्ति के.सी. : झम्म झम्म साइली
४. सुमन सागर जंग केसी : तीज आयो भन्दा
५. मनिष पन्थ : माइतीको आगनी

१२. उत्कृष्ट तीज गीत भिडियो निर्देशक
१. सुमन दाहाल : रातो सारी लाउनी हो
२. नारायण रिवाल : छम्म छम्म नाचौं
३. मनिष पन्थ : नाच्छु मजैले
४. सुमन सागर जंग केसी : छोरी
५. मनिष पन्थ : फूल झै फूलेर

१३. उत्कृष्ट मौलीक तीज गीत भिडियो निर्देशक
१. देवेन्द्र पाण्डे : खर्च माग्दीन
२. स्मृति तिमिल्सिना : नाई बाबा नाई
३. हेरुका लामा : छुनुमुनु गर्दै
४. शुशीला थापा : लै लै तीजै आयो
५. सुमन सागर जंग के.सी. : बारुली कम्मर

१४. उत्कृष्ट तीज गीत मोडल
१. वीना राउत : खर्च माग्दीन
२. ज्योती खड्का : बारुली कम्मर
३. दीपाशा वि.सी. : कलशमा पानी
४. उषा खनाल : दर्पण छायाले
५. बविता धिताल/अभिषेष गौतम : फूल झै झूले

१५. उत्कृष्ट मौलीक तीज गीत मोडल
१. शुशिला थापा : लै लै तीजै आयो
२. प्रिति आले : नाई बाबा नाई
३. दीपाशा वि.सी. : तल तल
४. लक्ष्मी जोशो : यो रमाइलो तीजमा
५. अञ्जली अधकारी : नाच्छु मजैले

१६. उत्कृष्ट तीज गीत दोहोरी शब्द
१. नेत्र अर्याल : बादलु लाएर
२. हुम गैरे : माइती चेली
३. सुमन कार्की : रातो साडी लाउनी हो
४. विष्णु डुम्रे : हरियो डलर
५. हेमनाथ खरेल : हिउँचुली हेरी हेरी

१७. उत्कृष्ट तीज गीत शब्द
१. सुनिता बस्नेत थापा : खर्च माग्दिन
२. मुक्त उदास : फूल झै फूलेर
३. सिन्धु जलेशा : लै लै तीजै आयो
४. तेज प्रसाद पाण्डे : नाच्छु मजैले
५. नेत्र अर्याल : झम्म झम्म साइली

१८. उत्कृष्ट तीज मौलिक गीत शब्द

१. प्रवल विष्ट : माइती देशको सम्झना
२. विजय खड्का गगन :अडिएन हत्केलामा
३. शुष्मा देवकोटा : सिउँदोमा सिन्दुर
४. भरत बम्जन : छम्म छम्म
५. शिव हमाल : नाइ बाबा नाई

१९. उत्कृष्ट सन्देश मुलक तीज गीत शब्द
१. राजकुमार बगर : छोरी
२. दीपक भण्डारी : नाच्छु मजैले
३. तीर्थराज आचार्य : बाबाले सारेको
४. के.एल. पिडित : ए दीदी बहिनी
५. कौशीला खनाल : जेठानी देउरानी

२०. उत्कृष्ट तीज दोहोरी गीत गायक
१. राजु परियार : बादलु लाएर
२. धिरज खत्री : माइती चेली
३. कृष्ण रसाल : आफ्नो त माइती टाढा बरी लै
४. रञ्जीत परियार : औधी राम्री छौं
५. सन्दीप न्यौपाने÷दीपक भण्डारी : माइतिको आगनी

२१. उत्कृष्ट तीज गीत नव–गायिका
१. अञ्जु श्रेष्ठ : सिउदोमा सिन्धुर
२. रञ्जु नेपाल : माइती चेली
३. शोभा कार्की : दर्पण हेर बाटुली

२२. उत्कृष्ट तीज युगल गीत
१. सकुना श्रेष्ठ र मञ्जु उपासना : तीजको लहर
२. लक्ष्मी पुरी प्रधान र अस्मीता श्रेष्ठ : छम्म छम्म
३. सारिका घिमिरे र शान्तिश्री परियार : छम्म छम्म नाचौं
४. अनुश्का पाठक र मेनुका पौडेल : जेठानी देउरानी
५. रीता बुढाथोकी र अम्विका भण्डारी : तल तल

२३. उत्कृष्ट तीज दोहोरी गीत लय
१. महेन्द्र भण्डारी : बादलु लाएर
२. धिरज खत्री : माइती चेली
३. रञ्जीत परियार : औधि राम्री छौं
४. विष्णु डुम्रे : हरियो डलर
५. कमल वि.सी. : झ्याम्म झ्याम्म साइली

२४. उत्कृष्ट तीज गीत लय
१. दिप घतानी : सिउँदोमा सिन्दुर
२. सन्तोष श्रेष्ठ : रातो सारी लाउने हो
३. राजकुमार बगर : छोरी
४. गोविन्द मधुर आचार्य : नाचौं छम छम
५. राकेश सोनी : छुनुमुनु गर्दै

२५. उत्कृष्ट मौलीक तीज गीत लय
१. सन्तोष श्रेष्ठ : माइती देशको सम्झना
२. राजकुमार बगर : अडिएन हत्केलामा

३. विपिन आचार्य : बाबाले सारेको
४. दीपक शर्मा : खर्च माग्दीन
५. सिन्धु जलेशा : लै लै तीजै आयो

२६. उत्कृष्ट तीज दोहोरी गीत गायिका
१. प्रतिक्षा वाग्ले : झम झम साइली
२. सिर्जना के.सी. : आफ्नो त माइती
३. मिना बुढाथोकी : हरियो डलर
४. सुनिता बुढाथोकी : माइतिको आगनी
५. शोभा जि.सी. : नाचिदेउ पातली

२७. उत्कृष्ट तीज दोहोरी मौलिक गीत
१. शोभा त्रिपाठी : बादलु लाएर
२. सहिमा श्रेष्ठ :यानी मै
३. टीका पुन : कर्मले घुमायो
४. रानी शाक्य : खर्च माग्दीन
५. देवीका के.सी. : नाई बाबा नाई

२८. उत्कृष्ट तीज गीत गायिका
१. अञ्जु श्रेष्ठ : सिउँदोमा सिन्दुर
२. रानी शाक्य : खर्च माग्दीन

३. सुजाता के.सी. : टोलै थर्काउने
४. विन्दु विसी. :छुनुमुनु गर्दै
५. रेखा शाह : छम छम पातली

२९. उत्कृष्ट मौलिक तीजगीत गायिका
१. अञ्जु गौतम : बारुली कम्मर
२. देवीका के.सी. : नाइ बा बा नाई
३. सिन्धु जलेशा : लै लै तीजै आयो
४. गंगा गौतम आचार्य : छोरी
५. कोपीला गौतम : नाचौं छम्छम्

३०. उत्कृष्ट मौलिक तीज गीत
१. माइतीको सम्झना : शारदा घिताल
२. अडिएन हत्केलामा : शान्तीश्री परियार
३. यो रमाइलो तीज :सुनिता दुलाल
४. कर्मले घुमायो : टीका पुन
५. बाबाले सारेको : माण्डवी त्रिपाठी
शान्तिप्रियको तीजगीत छुनुमुनु गर्दै सार्वजनिक

समाचार


काठमाण्डौ – शान्तिप्रियको मौलीक तीज गीत “छुनुमुनु गर्दै “ सार्वजनीक भएको छ । सीसी नेपाल च्यानल बाट गीत सार्वजनीभएको हो । नेपाली मौलीक पर्व तीजको अवसर पारेर गीत सार्वजनीक गरीएको हो । तीजका अवसरमा विकृति स्वरुप धेरै अघिबाट तीज गीतहरु सार्वजनीक गर्ने गरिएपनि आफूले तीजको छेकोमा मात्रै गीत ल्याउने गरेको शान्तिप्रियले बताए ।

“छुनुमुनु गर्दै” तीज गीतको शब्द शान्तिप्रियले लेखेका हुन् । गीतलाई संगीत संयोजन एवं संगीत राकेश सोनीले गरेका छन् । बिन्दु बिसीको आवाजमा तीज गीत आएको छ । प्रिज्म रेकर्डीङमा कमल थापा र गोबिन्द अनेकले रेकर्डीङ गरेको गीतलाई श्यामश्वेत रसाईलीले ध्वनी मुद्रण गरेका हुन् ।

सार्वजनीक गरीएको तीज गीतलाई चल्तीका कोरीयोग्राफर एवं निर्देशक हेरुका लामाले निर्देशन गरेका हुन् । गीतमा अप्सरा पुरी, बर्षा तामाङएवं झरना परीयार फिचरीङ छन् । स्टिलफोटोग्राफी राममणी ढकालले गरेका छन् भने छायांकन, सम्पादन एवं रंग संयोजन बज्र ङ्यासुरले गरेका छन् । एञ्जेलतामाङको नृत्य समूहले गीतमा नृत्य गरेको छ भने बब्लु गुरुङ निर्माण नियन्त्रक हुन् । शर्मीला सुनुवारले श्रृङ्गारको काम गरेकीछिन् । गीतको निर्दिष्टशान्तिप्रियले गरेका हुन् ।

मौलीक तीज गीतको मर्मलाई आत्मसातगर्दै त्यसै अनुसारको भावनमर्नैगरी आफूले भीडीयोलाई सकभर राम्रो बनाउने प्रयास गरेको कोरीयोग्राफर एवं निर्देशक हेरुका लामाले बताए । मौलीकपन त्यही अनुसारको शब्द र तीजको मर्मलाई आत्मसात गर्दै गीत निर्माण गरेको गीतकार शान्तिप्रियले बताए ।

 

नेपाल महिला चेम्बरको आयोजनामा डिजिटल मार्केटिङ तथा ई कमर्स कार्यशाला तालिम शुरु

समाचार


काठमाडौं, भाद्र २। नेपाल चेम्बर अफ कमर्स अन्र्तगतको नेपाल महिला चेम्बरको आयोजनामा गत २४ असारबाट शुरु भएको आर्थिक शसक्तिकरणका लागि शिप विकास कार्यक्रम अन्तर्गत आजबाट डिजिटल मार्केटिङ तथा ई कमर्स कार्यशाला तालिम शुरु भएको छ  । उक्त कार्यशाला तथा तालिम कार्यक्रम बुमन फर ईन्फरमेशन टेक्नोलोजीसँगको सहकार्यमा जमल स्थित चेम्बर भवनमा शुरु भएको हो ।सो अवसरमा कार्यक्रमलाई संबोधन गर्नुहुँदै नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष एवं महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले महिलाहरुको आर्थिक सुरक्षाका लागि तालिम सञ्चालन गरिएको बताउनुहुँदै  डिजिटल मार्केटिङ तथा ई कमर्स संबन्धी शिक्षाले व्यापार व्यवसायलाई समायानुकुल संचालन गर्न तथा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न सघाउ पुग्ने उल्लेख गर्नुभयो ।  साथै उहाँले महिला उद्यमीहरुलाई उद्यमशिलता विकास र रोजगारी सिर्जना मार्फत आर्थिक क्षेत्रमा महिलाको सहभागिता बढाउन नेपाल महिला चेम्बरले विभिन्न  शिप विकास कार्यक्रम समेटेर तालिम आयोजना गर्दै  आएको जानकारी दिनुभयो ।  

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सकी कार्यसमिति सदस्य तथा नेपाल महिला चेम्बरकी महासचिव लिमा अधिकारीले आर्थिक शसक्तिकरणका लागि शिप विकास कार्यक्रम २०२२ अन्तर्गत महिला उख्मीहरुलाई पहिलो चरणमा बेकरी, फोटोग्राफी, क्यान्डल क्राफ्टीङ, पुर्नप्रयोग, जस्ता तालिम उपलब्ध गराईएको जानकारी दिनुहुँदै डिजिटल मार्केटिङ तथा ई कमर्स कार्यशाला तालिम त्यसैको निरन्तरता भएको उल्लेख गर्नुभयो । साथै उहाँले महिलाको आर्थिक सशक्तिकरणका लागि विभिन्न शिप मुलक कार्यक्रमको आवश्यकता महशुस हुँदै आएको सन्दर्भ उल्लेख गर्नुहुँदै शिप विकास कार्यक्रमलाई  आगामी दिनमा पनि निरन्तरता दिईने जानकारी समेत दिनुभयो । 

त्यसैगरि नेपाल चेम्बर अफ कमर्स महानिर्देशक कैलाश कुमार बजिमयले नेपाल महिला  चेम्बरले महिला  उद्यमशिलता विकासमा महत्वपूर्ण कार्यहरु गर्दै आएको  उल्लेख गर्नु हुँदै डिजिटल मार्केटिङ सम्बन्धि तालिमले महिला  सशक्तिकरणमा ठुलो  योगदान पुग्ने बताउनुभयो । 

कार्यक्रम माझ बुमन फर ईन्फरमेशन टेक्नोलोजीकी गुणकेशरी प्रधानले  आईटीको प्रयोग गरि व्यापार प्रबद्र्धन गर्न यस्ता तालिमको महत्व रहने हुदाँ कार्यशालालाई अवसरको रुपमा लिन आग्रह गर्नुभयो । 

त्यसैगरि महिला चेम्बरकी शिप विकास समितिकी रत्न ताराले मार्केटिङ सिकाईको निरन्तर प्रक्रिया रहेको र डिजिटल मार्केटिङमा पनि निरन्तर अपडेटको अझ बढि खाँचो रहने उल्लेख गर्नुहुँदै डिजिटल मार्केटिङको ज्ञानले व्यपार प्रबद्र्धनमा ठुलो सघाउ पुग्ने बताउनुभयो । 

कार्यशाला माझ श्वेता शेरचनले साना व्यवसायीका लागि डिजिटल मार्केटिङ विषयमा प्रशिक्षण दिनुभएको थियो । सो अवसरमा कार्यक्रम अगष्ट २१ सम्म संचालनमा रहने जानकारी समेत दिईयो ।

कामदारलाई शुन्य लागतमा लैजानका लागि नेपालको व्हाईट हर्ष रिक्रुटमेन्ट प्राली मेनपावरसँग माई टेक र एसेम्ब्लीको सम्झौता

समाचार


काठमाडौं , मलेसियामा रहेको अन्तर्राष्ट्रिय कम्पनी माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिले शून्य लागतमा नेपाली कामदार लैजानका लागि विहिवार सम्झौता गरेको छ । माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिले आफ्नो कम्पनीमा कामदारलाई शुन्य लागतमा लैजानका लागि नेपालको व्हाईट हर्ष रिक्रुटमेन्ट प्राली मेनपावरसँग सम्झौता गरेको हो ।

मलेसियाको माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिले र नेपालमा रहेको व्हाईट हर्ष रिक्रुटमेन्ट प्रालि मेनपावरबीच विहीबार काठमाडौंको रेडिसन होटलमा पत्रकार सम्मेलन गरेर द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ ।

सम्झौतापत्रमा माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिका तर्फबाट एच आर निर्देशक माईकल लि  र व्हाईट हर्ष रिक्रुटमेन्ट प्राली मेनपावरका तर्फबाट अध्यक्ष सागर गिरि र सिईओ राजन श्रेस्ठले हस्ताक्षर गरेका हुन  । सम्झौताअनुसार माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिमा जाने नेपाली श्रमिकले व्हाईट हर्ष रिक्रुटमेन्ट मेनपावर कम्पनीमार्फत शून्य लागत अर्थात एकरुपैया पनि नतिरी मलेसिया जान पाउनेछन ।

मलेसियाको यो कम्पनीले पहिलो चरणमा एक हजार श्रमिक लैजाने जनाएको छ । व्हाईट हर्ष रिक्रुटमेन्ट प्राली मेनपावरबाट पहिलो चरणमा १००० कामदार मलेसिया जान पाउने र केहि समयमै थप  १००० कामदार मलेसिया लैजाने कम्पनीका एच आर निर्देशक माईकल लिले पत्रकार सम्मेलनमा जानकारी गराए । छनोट भएर मलेसिया जाने नेपाली श्रमिकको सम्पूर्ण खर्च कम्पनीले बेहोर्ने लिले बताए । ‘कामदारको सुरक्षा र स्वास्थ्यका बारेमा हामी अत्यन्त सजक रहेका छौँ’ उनले भने –‘नेपाली श्रमिक र मलेसियाका श्रमिकका बीचमा पारिश्रमिक तथा अवसरमा कुनै विभेद नहुने लिले दावी गरे ।

रेष्पोन्सिबल विजनेश एलाइन्स (आरबिए)मा आवद्ध एच आर निर्देशक माईकल लिको मलेसियालगायतका देशमा विविध उद्योग रहेको छ । मलेसियामा मात्रै दुई उद्योग ४ प्लाण्ट  रहेका छन् । यो कम्पनीमा विभिन्न देशका गरी ३००० भन्दा बढी श्रमिक कार्यरत छन । एच आर निर्देशक माईकल लिले श्रमिकको आरामदायी बसोवासका लागि आफ्नै अपार्टमेन्ट रहेको जनाउँदै नेपाली कामदार इमान्दार, परिश्रमी र छिटो भाषा सिक्न सक्ने भएकाले नेपालीलाई नै पहिलो रोजाईमा परेको बताए ।
यो कम्पनीमा नेपाली श्रमिकलाई न्यूनतम एक हजार ५०० मलेसियन रिङ्गेट तलबका साथै भत्ता, बोनस, ओभरटाइमका साथै वार्षिक बिदाको पनि व्यवस्था रहेको छ ।

व्हाईट हर्ष रिक्रुटमेन्ट प्राली मेनपावरका अध्यक्ष सागर गिरीले शुन्य लागतमा कामदार पठाउने नमूना मेनपावर बनाउने लक्ष्यसहित कम्पनीले काम गरिरहेको बताए । मेनपावरका सीईओ राजन श्रेस्ठले कामदारबाट कुनै पनि पैसा नउठाउने जनाउदै आफ्नो मेनपावरमा कुनै एजेण्ट वा मिडिलमेन नहुने र इथिकल रिक्रुटमेण्ट मात्र गर्ने बताए । 
कार्यक्रममा पत्रकारहरुको प्रश्नको जवाफ दिदै एचआर निर्देशक लि र मेनपावरका सीईओ श्रेस्ठले आफुहरुको अभियान भनेको निशुल्क बैदेशिक रोजगारी भएकाले सरोकारवाला संघ सँस्थालाई अनुगमन गर्न र आवश्यक सहयोग गर्न अनुरोध गरे ।

बर्षौदेखी वैदेशिक रोजगारीमा श्रमिक पठाउँदै आएको यो मेनपावरले सन २०२० देखि शून्य लागतमा श्रमिक पठाउँदै आएको छ । कार्यक्रममा उपस्थित पत्रकारहरुले सबै कामदार तथा मेनपावरको चाहना जिरो कष्टमा वैदेशिक रोजगारमा जानु पर्छ भन्ने भएकोमा केही मेनपावरले शुरु गरेकोमा खुशी व्यक्त गरे । उनिहरुले भने–‘ अव यो मेनपावर मात्र होइन सबै मेनपावरबाट नेपाली कामदार जिरो कष्टमा नै जानु पर्छ ।’

सरकारले निशुल्क भिसा र टिकटको नियम राखे पनि अहिले केही मेनपावरहरुले जिरो कष्ट लागु गर्दा वैदेशिक रोजगारमा जाने कामदारलाई धेरै सजिलो भएको छ । नेपालका सबै मेनपावरले जिरो कष्ट लागु गर्ने हो भने विदेशी रोजगारदाताले पनि बाध्य भएर नेपालीलाई नै रोज्ने दिन अवस्य आउनेछ ।
उक्त कार्यक्रममा माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिका एचआर लिले आफ्नो कंपनी  मलेसियाको जोहर राज्यमा रहेको र आफ्नो उत्पादन कारखानामा नेपाली कामदारहरूलाई काममा लगाउने योजना घोषणाको लागी नेपाल आई पत्रकार सम्मेलन आयोजना गरेको बताए । माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिले नैतिक भर्तीको समर्थनमा शून्य माइग्रेसन-लागत भर्ती सुनिश्चित गर्न आफ्नो प्रतिबद्धता पुष्टि गरेको उनले बताए । माईटेकका एचआर निर्देशक लिले नेपाली आप्रवासी कामदारहरूको अधिकारको रक्षा गर्न सुरुदेखि नै जिम्मेवार भर्ना सुनिश्चित गर्न कम्पनीले काठमाडौंमा भर्ना प्रक्रियामा सक्रिय रूपमा संलग्न रहेको बताए । शून्य प्रवास लागत भर्तीको एक भागको रूपमा कामदारहरुलाई आफ्नो रोजगारको लागी शुल्क तिर्न आवश्यक छैन उनले भने । यसको मतलब माइटेकले सेवाको अन्त्यमा एजेन्ट शुल्क, चिकित्सा परीक्षण, राहदानी, उडान टिकट, स्थानीय यातायात, आवास र स्वदेश फिर्ता लगायत सबै भर्ती खर्च बेहोर्ने एचआर लिले दावी गरे । नेपाल छाड्नुअघि र रोजगारीका क्रममा कामदारले भर्नासँग सम्बन्धित तालिम खर्च वहन गर्नुपर्ने छैन उनले भने । हामी कुनै पनि सरकारी निकायहरू र गैर-सरकारी संस्थाहरूलाई हाम्रो शून्य-भर्ती अवलोकन र समर्थन गर्न स्वागत गर्दछौं कार्यक्रममा एचआर लिलेले आफ्नो एकमात्र भर्ती एजेन्सीको रूपमा नेपालको मेनपावर  व्हाईट हर्ष प्रालिलाई नियुक्त गरेको बताए । आफ्नो कम्पनीको मलेसिया वा नेपालमा अन्य कुनै भर्ती एजेन्सी संलग्न नभएको र नहुने एचआर लिले बताए । व्हाईट हर्ष रिक्रुटमेन्ट प्रालिको भूमिका भनेको नेपालमा कुनै पनि अन्य म्यानपावर एजेन्सी र एजेन्टको प्रयोग नगरी सीधै कामदारहरूको स्रोत बनाउनु रहेको एचआर लिले बताए ।

माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिले भर्ती टोली अन्तर्वार्ता र छनोट गर्न कामदारहरूले कुनै भर्ती शुल्क नतिर्ने कुरा सुनिश्चित गर्न काठमाडौंमा आएको जनाएको छ । यदि कुनै कामदारले व्हाइट हर्षलाई भर्ती शुल्क तिरेको छ भने हामी उसलाई सम्बन्धित अधिकारीहरू र माई टेक एसडिएन बिएसडि भर्ती टोलीलाई यो रिपोर्ट गर्न आग्रह गर्दछौ एचआर निर्देशक लिले पत्रकार सम्मेलनमा भने । माई टेक र एसेम्ब्ली एसडिएन बिएसडि वा व्हाईट हर्ष रिक्रुटमेन्टले कम्पनीको प्रतिष्ठालाई हानि पुर्‍याउने झूटा दाबी गर्ने जो कोही विरुद्ध पुलिस  र सरोकारवाला निकायमा रिपोर्ट दर्ता गर्न पछि नपर्ने जनाएको छ । माईटेकले श्रमशक्तिसँग विगतका सकारात्मक अनुभवका कारण नेपाललाई आफ्नो श्रमको प्राथमिक स्रोतको रूपमा रोजेको बताएको छ । नेपाली कामदारहरू छिटो सिक्ने र इमान्दार भएकाले आफ्नो रोजाइमा परेको एचआर निर्देशक लिले बताए । माई टेक कम्पनीमा सामेल भएका कामदारहरूको अनैतिक भर्ती वा भर्तीसँग सम्बन्धित शुल्कको भुक्तानीको सम्बन्धमा कुनै चिन्ता छ भने कम्पनीको  इमेल info@mybrushgroup.com या  +6075981316 मा सम्पर्क गर्न कम्पनीले अनुरोध गरेको छ । माई टेक र एसेम्ब्ली एसडिएन बिएसडि सन २००४ मा स्थापित भै जोहोरवारु राज्य मलेशियामा मुख्यालय रहेको  निर्माण समाधान कम्पनी भएको कम्पनीले जनाएको छ । अन्तर्राष्ट्रिय र स्थानीय आवश्यकताहरू सेवा गर्दै कारखानाको साथ ४ प्लान्टहरु बाट आफ्नो उत्पादन गर्ने गरेको कम्पनीले जनाएको छ । कम्पनीको प्राथमिक उत्पादन गतिविधिहरू हाल मलेसिया र फिलिपिन्समा आधारित रहेका छन । कम्पनीको अन्तर्राष्ट्रिय साझेदारहरूले उत्पादनहरू विश्वभर बजारीकरण गर्ने गरेको कम्पनीले जनाएको छ ।

झम्म झम्म साईली बोलको रमाइलो तिज गित सार्वजनिक

समाचार


काठमाडौं-यसपालिको तिजमा सबैलाई नचाउने मौलिक झ्याउरे गित लिएर आएका छन गायक कमल बिसि माल्दाई । गायक बिसि र गायिका प्रतिक्षा वाग्लेको आवाजमा  झम्म झम्म साईली बोलको रमाइलो तिज गित सार्वजनिक भएको छ ।

चर्चित सर्जक नेत्र अर्यालको शब्द सृजना र गायक माल्दाईकै लय सृजनामा रहेको उक्त गित भोलुम अन नामक युट्युब च्यानल मार्फत बजारमा आएको हो। हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको अवसर पारी तिजकै भाकामा उक्त गित सृजना गरिएको हो । गायिका प्रतिक्षा वाग्लेको प्रस्तुतिमा बजारमा आएको उक्त गितमा क्रान्ति केसीको उत्कृष्ट निर्देशन रहेको छ भने अजय रेग्मीको छाँयाकन रहेको छ । हरेक बर्ष झै यस बर्ष पनि तिज गितलाई निरन्तरता दिएको गायिका प्रतिक्षा वाग्लेले बताउनु भयो ।

यस गितमा दुई प्रेमि जोडिहरु एक अर्कालाई वयान गर्दै तिजमा संगसंगै नाच्ने गाउने गरेको दृश्य देखाईएको छ । गितमा टिकटक स्टार मोडल लोसिना लामिछाने, प्रेम रसाईली, समुन्द्र वाग्ले, जसोदा कार्कीले उत्कृष्ट नृत्य तथा अभिनय गरेका छन । राजेन्द्र कुवरको बिशेष सहयोगमा तयार भएको उक्त गितको संगीत संयोजन महेन्द्र भण्डारीले गर्नु भएको हो ।

 

संगीतकार बासकोटालाई अमेरिकामा सम्मान

समाचार


अमेरिका - संगीतरत्न बरिष्ठ संगीतकार तथा गायक सम्भुजित बाँस्कोटा अमेरिकामा सम्मानित हुनुभएको छ । कलाकारहरुको अन्तरराष्ट्रिय कलाकारहरुको सन्जाल ईनास अमेरिका र बानाले मेरिल्यान्ड राज्यको बाल्टिमोर शहरमा आयोजना गरेको कार्यक्रममा बिशिष्ठ संगीतकार तथा गायक सम्भुजित बाँस्कोटालाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी अबैतनिक महाबाणिज्यदुत तथा बरिस्ठ लोकगायक प्रेमराजा महत, ईनास अमेरिकाका अध्यक्ष चर्चित गायक कन्हैया सिंह र बानाका अध्यक्ष सुबोध बिलास पन्तले संयुक्त रुपमा सम्मान तथा अभिनन्दन गर्नु भएको हो ।

कार्यक्रममा गायक प्रेमराजा महतले नेपाली चलचित्र र आधुनिक गीतसङितको क्षेत्रमा सम्भुजीत बाँस्कोटाले गर्नु भएको योगदानको चर्चा गर्नु भएको थियो ।त्यस्तै ईनास अमेरिकाका अध्यक्ष कन्हैया सिंहले सम्भुजीत बाँस्कोटाले खनेको बिशाल राजामार्गमा हामी हिंड्न पाएकोमा खुशी ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा बानाका अध्यक्ष सुबोधबिलास पन्त ,चलचित्र निर्देशक गोपाल चन्द्र लामिछाने ले समेत आफ्नो मन्तब्य राख्नुभएको थियो ।

सम्भुजीत बाँस्कोटाका शुभचिन्तक र प्रसम्सक हरुले भरिएको सभामा संगीतकार बाँस्कोटाले आफ्ना कालजयी गीतहरु गाउदा कुनै बिशेष पर्ब चलिरहेको छ । चर्चित गायिका अन्जना गुरुङ र आभा मुकारुम ले संगीत रत्न बाँस्कोटा द्वारा सङितबद्द गीतहरु गाउँदा सभा नै गुन्जायमान भएको थियो । सो सम्मान कार्यक्रमा शम्भुजीत बासकोटा कि नातिनी जारा रित् प्रसाईंले साङीतिक कार्यक्रमको सुरुवातमा नातिकाजीद्वारा संगीतबद्ध गीत शुभकामना भरी गाएर सबैलाई मन्त्रमुग्ध पारेकी थिईन् र गायिका रानी शाक्यले समेत आफ्नो साङितिक प्रस्तुति दिनुभएको थियो ।

कार्यक्रम सन्चालन इनास अमेरिकाका महासचिब चर्चित मोडल तथा नायक राहुल के सीले संचालन गरेका थिए ।

प्रस्तुती : सन्देश खड्का