generalnews
||Power News Asia||

आजको समाचार

ग्लोवल पिस योङलिडर्सको नेतृत्वको सह्राहनिय कार्य

समाचार


काठमाण्डौ– फरक पहिचान एवं संस्कृतिसंग आवद्ध भए पनि विश्व शान्ति र समृद्धिको लागि विश्वभर विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको ग्लोवल पिस फाउण्डेशन, नेपाल चयाप्टर अन्तर्गत रहेको ग्लोवल पिस योङ लिडर्सले नेपालमा आफ्ना विभिन्न सामाजिक कार्यक्रमहरुलाइ सक्रियरुपमा अगाडी बढाउदै आईरहेकोे छ । समाजमा विभिन्न कारणले उत्पन्न भईरहने प्राकृतिक वा मानव सृजित विपत्तिहरुमा आफ्नोे उलेख्य सहभागीता जनाउँदै आएको योङ लिडर्सले आफ्नो सम्पुर्ण कार्यक्रमहरुलाई यतिवेला विषेश गरि युथ लिडर्सहरुको नेतृत्व विकास गर्ने उदेश्यले विभिन्न किसिमका तालिमहरु प्रदान गर्ने कार्य गर्दै आईरहेको छ । ४५० जना भन्दा वढी यूवा तथा बालबालिकाहरुलाई नेतृत्व विकासको तालिम प्रदान गरिसकेको र आर्थिक वर्ष भित्र १००० जना भन्दा वढि  यूवाहरुलाई तालिम प्रदान गरिने ग्लोबल पिस योङलिडर्स नेपालकोे अध्यक्ष सपना जोशीले बताईन ।

यूवाहलाई तालिम प्रदान मात्रै हैन योङ लिडर्सले जाडो यामलाई लक्षित गर्दै चिसोवाट बच्नको लागी आम मानिसहरुलाई न्यानो कपडा वितरणको कार्यलाई पनि अघि वढाउँदै आईरहेका छन् । विशेष गरी हिउँदको समयमा हुने अत्याधिक जाडोलाई मध्यनजर गर्दै फाउण्डेशनले विभिन्न आश्रम तथा गरिव तथा विपन्न बस्तीहरुमा न्यायो कपडाहरुको वितरण कार्यलाई अघि वढाएको छ ।
योङ लिडर्सले गतसाता बालसारथी बालआश्रममा रहेका बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको थियो । त्यस्तै पवित्र सेवा समाज लगायत विभिन्न आश्रमहरुमा ग्लोबल पिस योङ्लिडर्सका सदस्यहरुले न्यानो कपडा वितरण  गरेका छन् ।
स्थापना काल देखिनै समाज तथा युवा केन्द्रित रहदै आएको यस फाउण्डेसनले मेला–महोत्स, चाडपर्व र उत्सवहरुमा पनि योङ लिडर्सका तर्फवाट आफ्ना सदस्यहरुलाई स्वयम् सेवकको रुपमा पठाउँदै आएको अध्यक्ष जोशीले वताईन । यूवाहरुमा सकारात्मक उर्जाको विकास गर्नको लागी यस्ता किसिमका सामाजिक कार्यक्रम तथा विभिन्न अभिमुखिकरण तालिमहरुले पनि मद्धत पुग्ने गरेको पाईन्छ । यसर्थ ग्लोवल पिस योङलिडर्ससंग आवद्ध यूवाहरुको कार्य पक्कै पनि सह््रानिय रहको छ । र यस्ता कार्यहरुmलाई सरोकारवाला निकायहरुले पनि प्राथमितामा राख्नुपर्ने देखिन्छ ।

 

एसियन फुलकन्ट्याक्ट (क्योकुशिन-सेईसिन) कराँते प्रतियोगितामा नेपाललाई ३ स्वर्ण, ४ रजत, ६ काँस्य

समाचार


काठमाडौँ —माघ ३, २०७९। 

भारतको कलकत्तामा अल ईण्डिया क्योकुशिन काई कराँते संघको आयोजनामा मिति २०७९ साल पुष ३० र माघ १ गते देखि दुई दिनसम्म सन्चालित “एसियन फुलकन्ट्याक्ट (क्योकुशिन–सेईसिन) कराँते प्रतियोगिता–२०७९” मा नेपाल क्योकुशिन–सेईसिन काईकान करा“ते संघको तर्फबाट सहभागि भई ३ स्वर्ण, ४ रजत, ६ कास्य पदक हात पारेको छ ।

विश्व क्योकुशिन काई कराते महासंघका उपाध्यक्ष तथा नेपालका प्रमुख शिहान अशोक कुमार श्रेष्ठले नेतृत्वमा नेपालबाट सहभागि गरेको उक्त प्रतियोगितामा नेपालकी ओलिभिया पुनले महिला १० वर्ष उमेर समूहमा, सरोज थापाले पुरुष १० उमेर समूहमा र १२ वर्ष उमेर समुहमा रोहन लामाले स्वर्ण पदक हात पारेको छ । त्यसैगरी १७ वर्ष उमेर समूहका सुस्मा बल, १४ वर्ष उमेर समूहमा प्रज्जवल पाण्डे, १५ वर्ष उमेर समुहमा जिवन बि.क., १० वर्ष उमेर समुहका निशान्त श्रेष्ठले रजत हासिल गरेका छन भने १२ वर्ष उमेर समूहका आरति श्रेष्ठ, २० वर्ष उमेर समुहका सल्मा लकन्रि, ८ वर्ष उमेर समुहका अमन यादव, १४ वर्ष उमेर समुहको अनु तामाङ्ग, १४वर्ष उमेर समुहका पौल तामाङ्ग, १४ वर्ष उमेर समुहका श्रृष्टि तामाङ्गले रजत पदक हातपार्न सफल भएका छन ।

दुई दिन सम्म संचालन भएको उक्त प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश लगायतका खेलाडीहरु गरी जम्मा ३७५ जना खेलाडीहरुले सहभागिता जनाएको थियो भने सो कार्यक्रममा नेपालको तर्फबाट टिम मेनेजरमा जितेन्द्र श्रेष्ठ, जुरीमा प्रविण बस्नेत, मुख्य रेफ्रिमा हेराकाजि देशार, रेफ्रिहरु सन्तोष कुमार गुप्ता, विशाल बल, टिम कोचमा राजेश महतो तथा कोचहरुमा पुस्कल थापा तथा राजकुमार बल रहेका थिए ।

परिवर्तन नेपालद्धारा विज्ञप्ति जारी गर्दै पोखरामा भएको जहाज दुर्घटना प्रति दुःख व्यक्त

समाचार


काठमाण्डौ - परिवर्तन नेपालका केन्द्रिय अध्यक्ष तथा विशिष्ठ कलाकार, लेखक तथा निर्देशक मोहन निरौलाले आज एक विज्ञप्ति जारी गर्दै पोखरामा भएको यति एयरलाईन्स दुर्घटना प्रति दुःख व्यक्त गरेका छन् । साथै निरौलाले विज्ञप्तिमा भनेका छन " मिति २०७९ साल माघ १ गते आईतबार विहान १०ः ३० बजे काठमाडौं देखि पोखराका लागि २५ महिला, ३७ पुरुष, ३ बालक र ३ शिशु सहित ६८ जना यात्रुहरु र चालक दलका ४ जना सदस्य सहित ७२ जना सदस्य बोकेर उडेको यती एयरलाइन्सको ९ एन–एएनसी विमान गन्तव्यमा नपुग्दै दुर्घटनामा परेको खबरले परिवर्तन नेपाल परिवार स्तव्ध भएका छौं ।

आजको यस घटनाले नेपाली आकाश सुरक्षित छैन भन्ने आरोप फेरि एक पटक पुष्टि हुन पुगेको छ । दुर्घटनामा परि ज्यान गुमाउन पुगेका मृतकका परिवारहरुलाई राहत तथा क्षतीपुर्तिको व्यवस्था मिलाउदै दुर्घटनाको कारण र यसलाई आगामि भविष्यमा नदोहोरिन दिन चाल्नु पर्ने कदमहरुको बारेमा तत्काल ठोस कदम चाल्न नेपाल सरकार तथा सम्बन्धित निकायको ध्यान आकर्षण गराउन चाहान्छौं ।

यस दुर्घटनामा जीवन गुमाउने हुने विमानमा सवार ५३ नेपाली, ५ भारतिय, ४ रसियन, २ कोरियन, १ अर्जेन्टिनी, १ अष्ट्रेलियन, १ आईरिसर १ फ्रान्सेली सहित ४ जना चालक दलका सदस्यहरुको प्रति परिवर्तन नेपाल परिवार श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौं ।"  निरौलाद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख भएको छ ।

शिला मुन्नी फेल होगईल भन्दै आईन गायिका शिल्पीराज (भिडियो सहित)

समाचार


काठमाण्डौ – भोजपुरी चर्चित गायिका शिल्पीराजको सुमधुर आवाजमा सजिएको भोजुरी गीत शिला मुन्नी फेल होगईल सार्वजनिक भएको छ । एस.के डिजिटल नेपालको युटुव च्यानल मार्फत सार्वजनिक गरिएको उक्त गीतमा गायिका शिल्पीराज संगै रहमान खानलेस्वरबद्ध गरेका छन् ।
गीतकार समिर खानको शब्द रहेको उक्त गीतमा संगीत तथा ऐरेन्ज उत्सव गान्धीको रहेको छ ।  गीतको भिडियोमा कलाकार हुसेन शेख, माहि तनवीर खान संगै अन्य कलाकारहरुको नृत्य देख्न सकिन्छ, भने भिडियोमा निर्देशन तथा कोरियोग्रफि सञ्जय साहको रहेको छ ।

विषेस गरि मैथली मनोरनजन क्षेत्रमा कमल चलाउदै आएका गीतकार समिर खानका सयौको संख्यामा नेपाली, भोजपुरी, मैथली, हिन्दी लगायत विभिन्न भाषाहरुमा रचना गरिएका गीतहरु सांगितिक बजारमा चर्चाको शिखरमा रहेको छन् ।

रविन्द्र खड्का कलाकार संघको अध्यक्षमा चुनिएलान् त ? के भन्छ विधान ले ??

समाचार


काठमाण्डौ- नेपाल चलचित्र कलाकार संघको चुनाव संघारमै रहेको छ, आगामी चैत्र ४ गतेकाका लागी संघले चुनावी मिति समेत घोषणा गरिसकेको छ भने चुनावी मैदानमा कलाकार मोहन निरौला, रविन्द्र खड्का, रेजिना उप्रेती, सविन श्रेष्ठ, सुशान्त श्रेष्ठ लगायतका कलाकारहरु देखिएका छन् । रविन्द्र खड्का यस अघि दुई पटक अध्यक्ष भैसकेका छन् भने अन्य कलाकारहरु पहिलो पटक अध्यक्षका लागी चुनावी मैदानमा उत्रिएका हुन् ।
नेपाल चलचित्र कलाकार संघको विधान २०५६ को प्रस्तावनामा नेपाल चलचित्र कलाकार संघ २०४९ र नेपाल राष्ट्रिय कलाकार संघ २०५४ विच विभिन्न मितिहरुमा आपसि छलफल गरी एउटै मात्र सर्वाधिकार सम्पन्न पेशागत संगठन निर्माण भएको थियो । २०५६ सालमा सर्वाधिकार सम्पन्न नेपाल चलचित्र कलाकार संघको रुपमा स्थापना भएपस्चात सो संघमा विभिन्न व्यक्तितवहरु अध्यक्ष पदमा निर्वाचित भएका थिए । सोही अनुरुप २०७६ सालमा भएको निर्वाचनमा उम्मेदवारी दिएका कलाकार रविन्द्र खड्का दोश्रो कार्यकालको लागी अध्यक्ष पदमा विजय भएका थिए यस अघि २०४९ सालमा पनि खड्का संघको अध्यक्ष भई कार्य गरेका छन् ।

२०५६ सालकै विधानको परिच्छेद ८ को निर्वाचन सम्बन्धी व्यवस्थाको दफा २४ को ६ अनुसार कुनै पनि सदस्य दुई पटक वा दुई भन्दा बढी पदावधीका लागी अध्यक्ष हुन पाउने छैन भनि उल्लेख भएको छ । यसरी नेपाल चलचित्र कलाकार संघ २०४९ र नेपाल राष्ट्रिय कलाकार संघ २०५४ विच विभिन्न चरणमा भएको सहमती बमोजिम २०५६ मा दुवै संघका विधानलाई निस्क्रिय नगराई संशोधन मात्र गरेकाले पनि ती दुवै विधानहरु नेपाल चलचित्र कलाकार संघ २०५६ ले अंगीकार गरेको देखिएकाले पनि कलाकार रविन्द्र खड्काले संघको विधान बमोजिम दुई कार्यकाल काम गरिसकेको देखिन्छ । यदी विधानलाई मान्ने हो भने खड्काले आसन्न निर्वाचनमा आफुलाई नेपाल चलचित्र कलकार संघको अध्यक्षको रुपमा दावी प्रस्तुत गर्न नपाउने अवस्थामा देखिएका छन् ।

यदि रविन्द् खड्काले अध्यक्षको रुपमा दावेदारी प्रस्तुत गर्न नपाएको खण्डमा संघका बरिष्ठ उपाध्यक्ष रेजिना उप्रेती र उपाध्यक्ष तथा प्रबक्ता मोहन निरौला विच रोचक प्रतिष्प्रधा हुने देखिन्छ । स्थापना काल देखी नै संघको विभिन्न तहतप्कामा रहँदै आएका निरौला विभिन्न संघसंस्थामा काम गरेका अनुभवी व्यक्तिका रुपमा कलाकर्मीहरुका विचमा परिचित छन् भने उप्रेती एक कार्यकाल कलाकार संघको वरिष्ठ उपध्यक्षको रुपमा कार्यानुभव संगालेकी छन् । अभिनेता सविन श्रेष्ठ र सुसान्त श्रेष्ठको दावेदारीलाई पनि चलचित्र वृत्तमा अर्थपुर्ण रुपमा हेरिएको छ ।
साथै नेपाल चलचित्र कलकार संघको विधानको परिच्छेद ८ को निर्वाचन सम्बन्धी व्यवस्थाको दफा २७ को १ घ बमोजिम संघको अध्यक्षका रुपमा उम्मेदवार बन्नका लागी कम्तीमा एक कार्यकाल कार्यसमिति सदस्यका रुपमा कार्य गरेको हुनु पर्ने छ ।

बाँस्कोटालाई २५ हजार ५५५ रुपैयाँ राशिको झापा सहकारी सम्मान पुरस्कार प्रदान

समाचार


बिर्तामोड । सहकारी अभियानका अग्रणी व्यक्तित्व दिपक प्रकाश बाँस्कोटालाई झापा सहकारी सम्मान पुरस्कार प्रदान गरिएको छ । बाँस्कोटालाई झापा जिल्ला सहकारी संघले २५ हजार ५५५ रुपैयाँ राशिको पुरस्कार प्रदान गरेको हो ।

संघको २६ औँ वार्षिक साधारणसभाको अवसर पारेर बिर्तामोडमा आयोजित एक कार्यक्रमकाबीच बाँस्कोटालाई सम्मान गरिएको थियो।

त्यस्तै, १० हजार ५५५ रुपैयाँ राशिको पुरस्कारबाट उत्कृष्ट सञ्चारकर्मीमा लक्ष्मण ढकाल र पूर्वसञ्चालक सम्मान पुरस्कार हरिकिशोर आचार्यलाई प्रदान गरिएको छ ।

उत्कृष्ट बहुउद्देश्यीय सहकारी संस्थाका रुपमा गणेश बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बाह्रदशी, उत्कृष्ट बचत कारोबार गर्ने सहकारीका रुपमा सिम्रिक बचत तथा ऋण सहकारी संस्थालाई पुरस्कृत गरिएको थियो । पुरस्कारको राशि १० हजार ५ सय ५५ रुपैयाँ रहेको छ ।

त्यस्तै, उत्कृष्ट कृषि सहकारी संस्थाका रुपमा कमल गाउँपालिकामा रहेको लगनशील कृषि सहकारी संस्था लिमिटेड र उत्कृष्ट कारोबार गर्ने सहकारीका रुपमा नेपाल बहुउद्देश्यीय सहकारी संस्था मेचीनगरलाई पुरस्कृत गरियो । पुरस्कारको राशि १० हजार ५ सय ५५ रुपैयाँ रहेको छ ।

त्यस्तै, उत्कष्ट कर्जा कारोबार गर्ने फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्था र विराट बहुउद्देश्यीय सहकारी संस्थालाई पुरस्कृत गरियो । पुरस्कारको राशि ५ हजार ५५५ रुपैयाँ रहेको छ ।

कार्यक्रममा सम्मानित व्यक्तित्व बास्कोटा, जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बराल, नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रामचन्द्र उप्रेती लगायतले शुभकामना मन्तव्य राखेका थिए ।अघिवेशनको बन्द सत्रबाट हरिकृष्ण अधकिारी ३ नम्वर क्षेत्रीय सदस्यमा निर्वाचित भएका छन् ।

लायन महर्जनले आशापुरीमा ३० जना जेष्ठ नागरिकलाई न्यानो पछ्यौरा वितरण गरेर मनाईन जन्मदिन

समाचार


भक्तपुर ।  लायन्स क्लब अफ टेम्पल भ्यालीकी कोषाध्यक्ष प्रदीका महर्जनले भक्तपुर नगरपालिकाको आशापुरीमा ३० जना  बृद्ध आमाबुवाहरुलाई न्यानो पछ्यौरा वितरण गरेर जन्मदिन मनाएकी छिन् । त्यस कार्यक्रममा नेपलिज फेसन होमेकी अध्यक्ष हेमा मानन्धर, लायन्स क्लब अफ डिस्ट्रीक एलका जोन चियरपर्सन अशोक कुमार श्रेष्ठ, मिस नेवाः नितु डंगोल, मिस नेवाः कृषा महर्जन, मिस नेवाः सलिना महर्जन, समाज सेवी सुर बहादुर श्रेष्ठ,समाज सेवी जीतेन्द्र श्रेष्ठ, समाज सेवी अनु उर्मिला शेरचनको उपस्थिति थियो। 

यस कार्यक्रमको संयोजक स्थानिय खेलाडी जेन तामाङले गर्नुभएको थियो।

राप्रपा लपुव्दारा न्यानो कपडा बितरण

समाचार


काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी ‘राप्रपा’ ललितपुरको संयोजनमा जिल्लाको क्षेत्र नं १ कोञ्जोसोम गाँउपालिका ४ नल्लु वनस्पति आधारभूत बिधालयमा अध्यायनरत बिधार्थिहरुलाई न्यानो कपडा बितरण गरिएको छ ।

माननिय ज्ञानेन्द्र शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा राप्रपा लपु जिल्ला अध्यक्ष अष्ट महर्जन, पर्शुराम सिलवाल, राजकुमार महर्जन लगायत जिल्लाका अन्य बिशिष्ट ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।

राष्ट्रिय गीतका रचनाकार माईलाको ‘ओखलढुङ्गा सुन्दर’ सार्वजनिक (भिडियो सहित)

समाचार


काठमाडौं – व्याकुल माइलाले लेख्नु भएको ‘ओखलढुङ्गा सुन्दर’ गीत सार्वजनिक भएको छ । युगकवि सिद्धिचरण श्रेष्ठले ‘मेरो प्यारो ओखलढुंगा’ बोलको गीतले ओखलढुंगालाई देशभर चिनाउन सफलता मिलेको थियो । अहिले फेरि जिल्लाको समग्र भौगोलिक तथा सांस्कृतिक पक्षलाई उजागर गर्ने गरी व्याकुल माइलाले ‘ओखलढुङ्गा सुन्दर’ गीत आएको छ । लेखकका अनुसार यसबाट ओखलढुङ्गा जिल्लाको पर्यटन प्रबर्धन हुन सकोस् भन्ने शुभेच्छा राखिएको छ ।

कुवेर राई, विष्णु अधिकारी,कला राई, कविता खत्री निशा देशार लगायतका कलाकारहरुको सुमधुर आवजमा सजिएको गीतमा संगीत संयोजन विष्णु अधिकारीको रहेको छ । व्याकुल माइला प्रतिष्ठानको  प्रस्तुती रहेको उक्त गीतको भिडियोलाई जेनेक्स मिडिया नेपालको युटुव मार्फत सार्वजनिक गरिएको छ ।

गीतका बारेमा लेखक माइलाको विचार यस्तो छ– करिब ३ वर्षअघि ओखलढुङ्गा जिल्लामा जन्मी सानैदेखि काठमाडौं बसोवास गर्नुभएका गायिका बहिनी कविता खत्रीले आफ्नो जन्मभूमि ओखलढुङ्गा जिल्लाको सम्झना हुने एउटा गीत लेखिमाग्नु भयो । गीत सङ्गीतकार विष्णु अधिकारीलाई सङ्गीतबद्ध गराएँ । सङ्गीत संयोजन पनि भयो । मैतीदेवीस्थित ओपल स्टुडियोमा बोलाएर बहिनीलाई श्रवण गराइयो । बहिनीलाई कस्तो भयो भनेर सोध्न नपाउँदै गीतको भाव र सङ्गीतले भावविभोर भएर रुनु भयो ।
मलाई योभन्दा खुशीको कुरा अरु थिएन । रेकर्डिङ्गका लागि बहिनीले गाउने अभ्यासको गीत कपी गरेर लिनुभयो । अपसोच उहाँ लोकगायिका हुनु हुँदोरहेछ । गीतको धुन आधुनिक थियो । उहाँको स्वरसँग तालमेल नमिलेपछि उहाँसमेतलाई समावेश गरेर सिद्धहस्त गायक÷गायिकाहरू कुबेर राई, विष्णु अधिकारी, कला राई र निशा देसारको स्वरमा रेकर्डिङ्ग गरियो ।

यस गीत गाउनु हुने मुख्य गायक कुबेर राई यतिखेर पक्षघातको कारण अस्पतालमा हुनुहुन्छ । यस गीतबाट व्यावसायिक लाभको आशा गरिएको छैन । आफ्नो जन्मभूमि ओखलढुङ्गाप्रतिको जिम्मेवारी पूरा गर्ने सानो प्रयास मात्र हो । यसबाट ओखलढुङ्गा जिल्लाको पर्यटन प्रबद्र्धन हुन सकोस् भन्ने शुभेच्छा राखिएको छ । यसको रेकर्डिङ्ग व्याकुल माइला प्रतिष्ठान, नेपालबाट गरिएको छ । यस कार्यका लागि प्रतिष्ठानलाई प्रदेश–१, पर्यटन तथा संस्कृति मन्त्रालयबाट अनुदान प्राप्त भएको छ । युगकवि सिद्धचरण श्रेष्ठले ओखलढुङ्गलाई चिरपरिचित गराइसक्नु भएको कुरा जगजाहेरै छ । यो पनि आजको ओखलढुङ्गालाई यस गीतको माध्यमबाट थप बुझ्न, हेर्न एवम् जान्न सकिन्छ । यसबाट पर्यटन प्रबर्धन गर्न मद्दत मिलोस् भन्ने हो ।

 

बृद्धाश्रमलाई प्रतिष्ठानको सहयोग

समाचार


काठमाण्डौ – राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले राजधानीको धुम्बाराही स्थिति ‘धुम्बाराही लायन बृद्धाश्रम नेपाल’मा आश्रीत बृद्धबृद्धालाई सहयोग हस्तान्तरण गरेको छ । चिसो बढ्दै जाँदा बृद्धाश्रममा आश्रीत बृद्धबृदालाई न्यानो कम्बल सहित खाद्यान्न, फलफुल र नगद समेत सहयोग हस्तान्तरण गरेको प्रतिष्ठानका अध्यक्ष राजेन्द्र बजगाईले जानकारी दिएका छन् । उनका अनुसार काठमाडौंमा दिन प्रतिदिन बढिरहेको चिसोबाट बुद्ध उमेरका बुबा–आमालाई सुरक्षित गर्न सकिन्छ कि भन्ने पवित्र भावनानुरुप उक्त सहयोग गरिएको हो ।

कला क्षेत्रका बिभिन्न बिधामा सक्रिय श्रष्टा तथा प्रस्तोताहरु आवद्ध रहेको एकेडेमीले उक्त अवसरमा बिबिध सांस्कृतिक प्रस्तुतिहरु समेत प्रस्तुत गरेको छ । कलाकारहरुले भजन गाउन थालेपनि बृद्धाश्रम आश्रीत बुबाआमाहरुले नाचगान गर्दै रमाइलो गरेका थिए ।

कला क्षेत्रका बिभिन्न बिद्यामा आवद्ध संगीतकर्मीको हक–हितका लागि संस्था स्थापना भएपनि सामाजिक कार्यमा समेत सक्रिय रहने उद्देश्य अनुसार आफुहरुले पहिलो काम नै बृद्धाश्रमलाई सहयोग गरेको प्रतिष्ठानका महाचिव दिपक शर्माको भनाई छ ।

आज भन्दा ९ वर्ष अघि स्थापना भएको बृद्धाश्रममा हाल १२ जनाले आश्रय लिइरहेका छन् । आमाहरुका लागि मात्र भनेर सञ्चालन गरिएको आश्रममा हाल भने एकजना बुबालाई पनि आश्रय दिइएको सञ्चालक धनराज भडेलले जनाएका छन् । १३ वर्षकै उमेरमा आमा गुमाएका धनराजले आमा गणेश कुमारीको सम्झनामा यो बृद्धाश्रम सञ्चालन गरेका हुन् । धनराजले आश्रमलाई सहयोग गरेकोमा प्रतिष्ठान प्रति आभार समेत ब्यक्त गरेका छन् । कलाकारहरु आएर नाचगान सहित आमाबुबाहरुलाई मनोरञ्जन समेत प्रदान गरेको भन्दै उनले बुद्ध बुबाआमाको ओठमा खुशी ल्याउने यस्तो कार्यले आफुलाई थप उर्जा मिलेको बताए ।

सहयोग हस्तान्तरणका लागि प्रतिष्ठानका अध्यक्ष बजगाई, महासचिव शर्मा, सचिव सुजाता केसी, कोषध्यक्ष नारायण थापा सहित सदस्यहरु रिता केसी, बेनिशा पौडेल, माइकल चन्द, मनोज परियार, सविन सुबेदी, प्रतिक्षा काफ्ले, उक्तम अधिकारी, भद्र ओली, शिलन लम्साल, पुस्कर सुनुवारलगायतका कलाकर्मी उपस्थित थिए ।