generalnews
||Power News Asia||

आजको समाचार

राष्ट्रिय गीतका रचनाकार माईलाको ‘ओखलढुङ्गा सुन्दर’ सार्वजनिक (भिडियो सहित)

समाचार


काठमाडौं – व्याकुल माइलाले लेख्नु भएको ‘ओखलढुङ्गा सुन्दर’ गीत सार्वजनिक भएको छ । युगकवि सिद्धिचरण श्रेष्ठले ‘मेरो प्यारो ओखलढुंगा’ बोलको गीतले ओखलढुंगालाई देशभर चिनाउन सफलता मिलेको थियो । अहिले फेरि जिल्लाको समग्र भौगोलिक तथा सांस्कृतिक पक्षलाई उजागर गर्ने गरी व्याकुल माइलाले ‘ओखलढुङ्गा सुन्दर’ गीत आएको छ । लेखकका अनुसार यसबाट ओखलढुङ्गा जिल्लाको पर्यटन प्रबर्धन हुन सकोस् भन्ने शुभेच्छा राखिएको छ ।

कुवेर राई, विष्णु अधिकारी,कला राई, कविता खत्री निशा देशार लगायतका कलाकारहरुको सुमधुर आवजमा सजिएको गीतमा संगीत संयोजन विष्णु अधिकारीको रहेको छ । व्याकुल माइला प्रतिष्ठानको  प्रस्तुती रहेको उक्त गीतको भिडियोलाई जेनेक्स मिडिया नेपालको युटुव मार्फत सार्वजनिक गरिएको छ ।

गीतका बारेमा लेखक माइलाको विचार यस्तो छ– करिब ३ वर्षअघि ओखलढुङ्गा जिल्लामा जन्मी सानैदेखि काठमाडौं बसोवास गर्नुभएका गायिका बहिनी कविता खत्रीले आफ्नो जन्मभूमि ओखलढुङ्गा जिल्लाको सम्झना हुने एउटा गीत लेखिमाग्नु भयो । गीत सङ्गीतकार विष्णु अधिकारीलाई सङ्गीतबद्ध गराएँ । सङ्गीत संयोजन पनि भयो । मैतीदेवीस्थित ओपल स्टुडियोमा बोलाएर बहिनीलाई श्रवण गराइयो । बहिनीलाई कस्तो भयो भनेर सोध्न नपाउँदै गीतको भाव र सङ्गीतले भावविभोर भएर रुनु भयो ।
मलाई योभन्दा खुशीको कुरा अरु थिएन । रेकर्डिङ्गका लागि बहिनीले गाउने अभ्यासको गीत कपी गरेर लिनुभयो । अपसोच उहाँ लोकगायिका हुनु हुँदोरहेछ । गीतको धुन आधुनिक थियो । उहाँको स्वरसँग तालमेल नमिलेपछि उहाँसमेतलाई समावेश गरेर सिद्धहस्त गायक÷गायिकाहरू कुबेर राई, विष्णु अधिकारी, कला राई र निशा देसारको स्वरमा रेकर्डिङ्ग गरियो ।

यस गीत गाउनु हुने मुख्य गायक कुबेर राई यतिखेर पक्षघातको कारण अस्पतालमा हुनुहुन्छ । यस गीतबाट व्यावसायिक लाभको आशा गरिएको छैन । आफ्नो जन्मभूमि ओखलढुङ्गाप्रतिको जिम्मेवारी पूरा गर्ने सानो प्रयास मात्र हो । यसबाट ओखलढुङ्गा जिल्लाको पर्यटन प्रबद्र्धन हुन सकोस् भन्ने शुभेच्छा राखिएको छ । यसको रेकर्डिङ्ग व्याकुल माइला प्रतिष्ठान, नेपालबाट गरिएको छ । यस कार्यका लागि प्रतिष्ठानलाई प्रदेश–१, पर्यटन तथा संस्कृति मन्त्रालयबाट अनुदान प्राप्त भएको छ । युगकवि सिद्धचरण श्रेष्ठले ओखलढुङ्गलाई चिरपरिचित गराइसक्नु भएको कुरा जगजाहेरै छ । यो पनि आजको ओखलढुङ्गालाई यस गीतको माध्यमबाट थप बुझ्न, हेर्न एवम् जान्न सकिन्छ । यसबाट पर्यटन प्रबर्धन गर्न मद्दत मिलोस् भन्ने हो ।

 

बृद्धाश्रमलाई प्रतिष्ठानको सहयोग

समाचार


काठमाण्डौ – राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले राजधानीको धुम्बाराही स्थिति ‘धुम्बाराही लायन बृद्धाश्रम नेपाल’मा आश्रीत बृद्धबृद्धालाई सहयोग हस्तान्तरण गरेको छ । चिसो बढ्दै जाँदा बृद्धाश्रममा आश्रीत बृद्धबृदालाई न्यानो कम्बल सहित खाद्यान्न, फलफुल र नगद समेत सहयोग हस्तान्तरण गरेको प्रतिष्ठानका अध्यक्ष राजेन्द्र बजगाईले जानकारी दिएका छन् । उनका अनुसार काठमाडौंमा दिन प्रतिदिन बढिरहेको चिसोबाट बुद्ध उमेरका बुबा–आमालाई सुरक्षित गर्न सकिन्छ कि भन्ने पवित्र भावनानुरुप उक्त सहयोग गरिएको हो ।

कला क्षेत्रका बिभिन्न बिधामा सक्रिय श्रष्टा तथा प्रस्तोताहरु आवद्ध रहेको एकेडेमीले उक्त अवसरमा बिबिध सांस्कृतिक प्रस्तुतिहरु समेत प्रस्तुत गरेको छ । कलाकारहरुले भजन गाउन थालेपनि बृद्धाश्रम आश्रीत बुबाआमाहरुले नाचगान गर्दै रमाइलो गरेका थिए ।

कला क्षेत्रका बिभिन्न बिद्यामा आवद्ध संगीतकर्मीको हक–हितका लागि संस्था स्थापना भएपनि सामाजिक कार्यमा समेत सक्रिय रहने उद्देश्य अनुसार आफुहरुले पहिलो काम नै बृद्धाश्रमलाई सहयोग गरेको प्रतिष्ठानका महाचिव दिपक शर्माको भनाई छ ।

आज भन्दा ९ वर्ष अघि स्थापना भएको बृद्धाश्रममा हाल १२ जनाले आश्रय लिइरहेका छन् । आमाहरुका लागि मात्र भनेर सञ्चालन गरिएको आश्रममा हाल भने एकजना बुबालाई पनि आश्रय दिइएको सञ्चालक धनराज भडेलले जनाएका छन् । १३ वर्षकै उमेरमा आमा गुमाएका धनराजले आमा गणेश कुमारीको सम्झनामा यो बृद्धाश्रम सञ्चालन गरेका हुन् । धनराजले आश्रमलाई सहयोग गरेकोमा प्रतिष्ठान प्रति आभार समेत ब्यक्त गरेका छन् । कलाकारहरु आएर नाचगान सहित आमाबुबाहरुलाई मनोरञ्जन समेत प्रदान गरेको भन्दै उनले बुद्ध बुबाआमाको ओठमा खुशी ल्याउने यस्तो कार्यले आफुलाई थप उर्जा मिलेको बताए ।

सहयोग हस्तान्तरणका लागि प्रतिष्ठानका अध्यक्ष बजगाई, महासचिव शर्मा, सचिव सुजाता केसी, कोषध्यक्ष नारायण थापा सहित सदस्यहरु रिता केसी, बेनिशा पौडेल, माइकल चन्द, मनोज परियार, सविन सुबेदी, प्रतिक्षा काफ्ले, उक्तम अधिकारी, भद्र ओली, शिलन लम्साल, पुस्कर सुनुवारलगायतका कलाकर्मी उपस्थित थिए ।

नेपाल चलचित्र कलाकार संघका वर्तमान उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले अध्यक्ष पदमा उम्मेदवारी दिने

समाचार


काठमाडौं- नेपाल चलचित्र कलाकार संघको १९औं महाधिवेशन अगामी ४ चैतमा आयोजना हुनेभएको छ । संघका अध्यक्ष रविन्द्र खड्काको अध्यक्षतामा बुधबार बसेको संघको कार्यसमिति बैठले सो निर्णय गरेको हो ।

संघको विधानअनुसार वर्तमान कार्यसमितिको पदावधी सकिएकाले बैठले सोही महाधिवेनबाट नयाँ कार्यसमितिको चयन गर्ने निर्णयसमेत गरेको कलाकार संघले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ । संघका सदस्यलाई सदस्यता नवीकरणका लागि फागुन ४ गतेसम्म समय तोकिएको विज्ञप्तिमा उल्लेख छ ।

यसपटकको निर्वाचनमा संघको स्थापनाकालदेखि विभिन्न पदमा सक्रिय रहेका वर्तमान उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले अध्यक्ष पदमा उम्मेदवारी दिने चर्चा रहेको छ ।

महामना मदन मोहन मलवीयको १६१ औँ जन्मजयन्ती भव्यरुपमा सम्पन्न

समाचार


काठमाडौँ – उपराष्ट्रपति नन्दबहादुर पुनले आगामी दिनमा नेपाल र भारतबीचको सम्बन्ध आपसीहितका विविध क्षेत्रमा अझै व्यापक र विस्तार गर्नुपर्ने बताउनुभएको छ । शिक्षाप्रेमी महामना मदन मोहन मलवीयको १६१ औँ जन्मजयन्तीको अवसरमा महामना मालवीय मिसन–नेपालले काठमाडौँमा आइतबार आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति पुनले नेपाल र भारतबीच सदियौँ देखि निकै पुरानो सम्बन्ध रहेको र त्यसलाई अझै बहु आयामिक र मैत्रीपूर्ण बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले नेपाल र भारतको सम्बन्ध जनस्तर सम्ममा पनि अत्यन्त प्रगाढ र विशिष्ट प्रकारको रहेको बताउँदै सम्बन्धले थप विकास र थप उचाइ लिने विश्वास व्यक्त गर्नुभयो ।उपराष्ट्रपति पुनले नेपालमा पनि हिन्दू विश्वविद्यालय खोल्ने सन्दर्भमा थप पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।उहाँले भन्नुभयो, “नेपालमा हिन्दु विश्वविद्यालय खोल्नका लागि सरकारले आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ, सायद यो प्रक्रिया अन्तिममा पुगेको छ, काभ्रे जिल्लामा स्थानीय निकायबाट जग्गा उपलब्ध गराउने प्रक्रिया भई नै सकेको छ, र शिक्षा मन्त्रालयमा यो विषय पुगेको छ, यो विषय मन्त्रिपरिषद्बाट स्वीकृतिमा ढिलाइ भएको खण्डमा मैले आफ्नो ठाउँबाट गर्ने सहयोग गर्नेछु ।”

मदन मोहन मालवीय एक असल शिक्षक, पत्रकार, कानून व्यवसायी, प्रखर वक्ता एवं वार्ताकार तथा राजनेताका रूपमा मित्रराष्ट्र भारतमा मात्रै नभई दक्षिण एसियामा नै चिरपरिचित हुनुहुन्थ्यो ।

उपराष्ट्रपति पुनले मालवीयले समाजका निर्धन, निमुखा र पछिडिएको तप्कालाई पुर्‍याउनुभएको सेवा, समर्पण अविस्मरणीय र प्रेरणादायी रहेको बताउँदै मालवीयले मानव स्वतन्त्रताका लागि दिएको योगदानको चर्चा गर्नुभयो ।उहाँले भन्नुभयो, “मालवीय संस्थापक रहेको बनारस हिन्दू विश्वविद्यालयको स्थापनाले भारतीय जनताको चेतना वृद्धिमा मात्रै योगदान पुगेको नभई विश्वकै ज्ञानका आकाङ्क्षी ज्ञान र विविध विधामा शिक्षा प्राप्त गरी व्यक्तिगत रूपमा सक्षम हुँदै राष्ट्र र समाजका लागि केही गर्ने शुभअवसर पाएको कुरालाई हामीले विर्सनु हुँदैन ।”

बनारस हिन्दू विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गर्दै स्वदेशको सेवा गर्ने नेपालीको सङ्ख्या उल्लेखनीय रहेको चर्चा गर्दै उपराष्ट्रपति पुनले सो विश्वविद्यालय नेपाल भारतबीच मित्रताको विम्ब र कडीका रूपमा स्थापित रहेको बताउनुभयो । उहाँले नेपालको सर्वाङ्गीण विकासमा वनारस हिन्दू विश्वविद्यालयले प्रत्यक्ष, अप्रत्यक्षरूपमा पु¥याएको योगदानको प्रशंसा गर्नुभयो ।

महामना मालवीय मिसन–नेपालका अध्यक्ष योगाचार्य जी.एन.सरस्वतीले नेपालमा हिन्दू विश्वविद्यालय स्थापनाका निम्ति पहल गरिदिन आग्रह गर्नुभयो । कार्यक्रममा साहित्यकार तथा समाजसेवी पुष्पप्रसाद लुइँटेल, ईश्वरचन्द्र शर्मा र श्यामप्रसाद अधिकारीलाई सम्मान गरिएको थियो । त्यस्तै कार्यक्रमा नेपालका लागि भारतीय उप–राजदूत प्रसन्न श्रीवस्तावको पनि सभागिता रहेको थियो ।

‘मिस्टर एन्ड मिस डाईनामिक, २०२२' को शीर्ष ताज अनु र विश्वासलाई

समाचार


तेश्रो संस्करणको ‘मिस्टर एन्ड मिस डाईनामिक' को शीर्ष ताज अनु राजभाट (मिसतर्फ) र विश्वास तामाङ (मिस्टरतर्फ)ले पहिरिएका छन्। ब्ल्यू रेज प्रोडक्सनद्वारा पोखरामा सम्पन्न ‘मिस्टर एन्ड मिस डाईनामिक, २०२२' को अन्तिम स्पर्धामा अन्य प्रतिस्पर्धीहरुलाई पछि पार्दै राजभाट र तामाङ्गले क्रमश: मिस र मिस्टर तर्फको शीर्ष ताज पहिरीएका हुन् ।

बिजेताले उपाधीसंगै ब्ल्यू रेज प्रोडक्सनको तर्फबाट मोडलिङ सम्वद्द बिभिन्न आकर्षक अवसरहरु प्राप्त गरेका छन। 

त्यस्तै प्रतियोगितामा नियो गुरुङले फर्स्ट रनरअप फर्स्ट रनरअपको ताज हात पार्दा कृतिका क्षेत्रीले सेकेन्ड रनरअपको ताज आफ्नो हातमा परिन।  विधागततर्फ भने अर्गनाइजरहरुको मन जित्दै मुना क्षेत्रीले ओर्गनाइजर चोइसको ताज हात पार्दा सरला शर्माले भ्युअर्स चोईसको अवार्ड हात पारिन।  

राजु भुजेलको प्रमूख आतिथ्यतामा सम्पन्न उक्त प्रतियोगिताको निर्णायकमा किशोर परियार ,मिस्टर एन्ड मिस हेरिटेज २०२२ का विजेता संदेश श्रेष्ठ र मोडल सपना कार्की रहेका थिए। 

युवायुवतीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, अन्तर्निहित क्षमता उजागर , प्रतियोगीको प्रतिभा प्रस्फुटन, उच्च शिक्षा अध्ययनमा सहयोग पुर्याउने तथा नेतृत्वदायी क्षमताको विकास गर्दै उज्ज्वल भविष्य निर्माणमा सहयोग पुर्याउन उद्देश्यले लगातार दोश्रो संस्करणको ‘मिस्टर एन्ड मिस डाईनामिक, २०२२' सम्पन्न गरिएकोआयोजकले जनाए ।

सुमनको निर्देशनमा गायक जय खडगी'जिमी'को 'हेलम्बुको स्याउ' मिठो सार्वजनिक

समाचार


काठमाडौं- गायक जय खडगी'जिमी'को सुमधुर स्वरले सुसज्जित निकै नै मिठो गीत "हेलम्बुको स्याउ मिठो' बोल रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक तथा सञ्चारकर्मी सुमन कुमार श्रेष्ठको निर्देशनमा तयार पारिएको यस् म्युजिक भिडियोमा गायक खडगीलाई डोल्मा शेर्पाले अभिनयमा साथ दिएकी छिन । बिक्रम थापाको संगीत तथा आतिस लामाको शब्द रहेको यस गीतमा काठमाण्डौको छेउ हिमालसंगैको ठाँउहरुको मनोरम दृश्यहरु कैद गर्दै प्रस्तुत गरिएको छ । भिडियोमा राजु के सिको सिनेम्याटोग्राफी नवीन चौधरीको सम्पादन तथा रंग संयोजन रहेको छ । स्वयम् गायक जय र मोडेल डोल्माको अभिनयसंगै भुमिका लामा, समीक्षा अधिकारी, स्मृति राई, सम्झना मगर लगायत रोशनी लामा र सुजन तामाङले बाल कलाकारको रुपमा अभिनय गरेका छन ।

भिडियोमा आफ्नो सानै देखिको मायालाई पर्खेर बसेको एक युवक र युवतीको प्रेम कथामा आधारित रहेर भिडियोलाई सकेसम्म न्याय दिन खोजेको निर्देशक सुमन कुमार श्रेष्ठले बताए । त्यस्तै आफ्नो पहिलेको भिडियोलाई जस्तै यस भिडियोलाई पनि दर्शकश्रोताले मनपराईदिने र माया गर्ने कुरामा आफू ढुक्क रहेको र भिडियोमा सहयोग पुर्‍याउने सम्पुर्ण सहयोगी हात र मनलाई हृदयदेखि नै धन्यवाद दिन चाहेको कुरा गायक जय खडगीले बताए । तेजस्वी कला केन्द्र एण्ड मिडिया तथा तेजनेपालको प्रोडक्सनमा तयार पारीएको भिडियोलाई गायक जय खड्गी 'जिमी'को अफिसियल युट्युब च्यानल मार्फत तमु ल्होसारको अवसरमा सार्वजनिक गरिएको हो ।

 

‘पेजेन्ट नेपाल इन्टरनेशनल फेशन एन्ड मोडल अवार्ड–२०२२’ मा एवरेस्ट इभेन्ट्सको बर्चस्व 'बेस्ट अर्गनाईजर'को अवार्ड कृष्ण श्रेष्ठलाई

समाचार


काठमाडौँ — पुस १८, २०७९।  

चौथो संस्करणको ‘पेजेन्ट नेपाल इन्टरनेशनल फेशन एन्ड मोडल अवार्ड–२०२२’ मा 'बेस्ट अर्गनाईजर' विधाको अवार्ड एभरेस्ट इभेन्ट्सका सिईओ कृष्ण श्रेष्ठले जितेका छन।  श्रेष्ठले 'बेस्ट अर्गनाईजर'को अवार्डसंगै उनी आवद्द रहेको ईभेन्ट कम्पनी एभरेस्ट इभेन्ट्सले 'बेस्ट इभेन्ट कम्पनी' को अवार्ड जित्न सफल रह्यो। 

एवरेस्ट ईभेन्टसले सन् २०२२ मा 'मिस्टर एन्ड मिस एसईई सुपर मोडल, किड्स सुपर मोडल, मिस्टर एन्ड मिस टीन सुपर मोडल, मिस्टर एन्ड मिस मोडल अफ दे ईयर, किड्स मोडल अफ दी ईयर, नेपाल किड्स टप मोडल' लगायतका चर्चित सौन्दर्य प्रतियोगिताहरु संचालन गरी भव्य रुपमा सम्पन्न गरेको थियो।  

त्यसैगरी एभरेस्ट ईभेन्ट्सकै अफिसियल कोरियोग्राफरद्वय आर्शु महर्जनले 'बेस्ट कोरियोग्राफर-पुरुष' र सुगन्धा अधिकारीले 'बेस्ट कोरियोग्राफर-महिला' तर्फको अवार्ड आफ्नो हातमा पार्न सफल रहे। 

अंग्रेजी नयाँ वर्षको पूर्व सन्ध्यामा काठमाडौंको हायात प्लेस होटलमा फिल्म, मोडलिङ तथा फेशन क्षेत्रका विभिन्न सेलीब्रेटीहरुलाई 
उक्त समारोहमा यस पटक मोडलिङ तर्फ ४० विधा, फेशन तर्फ ४० विधा र अन्य २३ विविध विधामा सम्मान प्रदान गरिएको थियो । अवार्ड समारोहमा अग्रज मोडल तथा कोरियोग्राफरलाई उनीहरुको योगदानको कदर गर्दै अनर अवार्डबाट सम्मानित गरिएको आयोजक दिक्पाल कार्कीले जनाएका छन ।

नेपाली व्यवसायी पोखरिया र श्रेस्कोठ हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था

समाचार


कतार । वैदेशिक रोजगारीको लागि आकर्षक गन्तव्य मानिएको देशहरुमध्य कतार पनि एक हो । भौगोलिक हिसावले सानो देश भएपनि करिब साढे ३ लाख नेपालीहरुले रोजगारी तथा व्यवसाय गरिरहेका छन हाल कतारमा । नेपाली श्रमिकहरूको बाहुल्यता रहेको कतारको प्रत्यक गल्ली गल्ली र चोक चोकमा नेपालीहरु भेट्न सकिन्छ । कतारमा केही नेपालीहरु उच्च पदमा रोजगारीमा रहेका छन भने धेरै नेपाली न्यून कार्यमा रोजगारीमा रहेका छन । कामदार मात्रै नभएर नेपालीको संख्या बढेसंगै ब्यापार ब्यावसाय गर्ने नेपालीहरु थपिने क्रम पनि बढेको छ कतारमा । यसै क्रममा नयाँ बर्षका दिनदेखी थप नेपाली व्यवसाय पनि थपिएको छ ।

नयाँ बर्ष २०२३ को जनवरि १ तारेखको अवसर पारेर कतारमा रहेका नेपाली ब्यवसायीहरु पुर्ण बहादुर पोखरिया र राकेश श्रेष्ठले कतारको अल सादमा रहेको अल अस्मख मलमा लेडिज सैलुन हेरमोसा ब्युटी सेन्टरको सुरुवात गरेका छन ।अल अस्मख मलको बेसमेन्टमा रहेको हेरमोसा ब्युटी सेन्टरमा मेकअप र सुन्दरतासँग जोडिएका सबै कार्य गरिने

संचालकहरुले बताएका छन । यसरी ठुलो लगानिमा कतारको मलमा नेपालीहरुबाट खोलिएको यो पहिलो ब्युटी ब्यावसाय रहेको छ । कतारी नागरिक अली मुबारक र संचालकद्वयले रिवन काटेर समुदघाटन गरी सन्चालनमा ल्याईएको उक्त पार्लर लेडिज पार्लर रहेको संचालक पोखरियाले बताए । गैरआवासीय नेपाली संघ एनआरएनएका आईसिसि सदस्य,नेपाली ब्याबसायी संघ कतारका सचिव,अन्तरास्ट्रिय नेपाली युवा उद्दमी महासंघ मध्यपुर्वका अध्यक्ष पोखरिया कतारका सफल ब्यावसायी मानिन्छन । कतारको अल अस्मख मलमा सैलुन हरमोसा ब्युटी सेन्टरको सुरुवातीपछि संचालक पोखरियाले उपस्थित सबैलाई हार्दिक धन्यवाद ब्यक्त गर्दै उदघाटनको अवसरमा ४०% छुटको ब्यवस्था रहेकाले उपस्थितिको लागी आग्रह गरे ।

उदघाटनको अवसरमा नेपालीहरूको बाक्लो उपस्थित रहेको थियो । लमजुंग जिल्लामा जन्मिएका पुर्ण पोखरिया र गोर्खा जिल्ला स्थायि घर भएका राकेश श्रेस्ठले सञ्चालनमा ल्याएको उक्त ब्याबसायको उदघाटन कार्यक्रममा कतारमा रहेका विभिन्न संघ संस्थाका पदाधिकारी तथा सामाजिक व्यक्तित्वहरूको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा रिवन काटेर र केक काटेर उदघाटन गरे लगत्तै अङ्ग्रेजी नयाँ वर्षको शुभकामना आदानप्रदान पनि गरिएको थियो ।

मोडेल अवार्ड भब्यताका साथ सम्पन्न

समाचार


फिल्म, मोडलिङ, ब्युटी तथा फेशन क्षत्रीका विभिन्न सेलीब्रेटीलाई अवार्ड प्रदान गर्दै ‘ चौथा पेजेन्ट नेपाल इन्टरनेशनल फेशन एन्ड मोडल अवार्ड–२०२२’ काठमाडौंको हायात प्लेस होटलमा सम्पन्न भएको छ ।

टच इन्टरटेनमेन्ट एन्ड स्पर्श फिल्म्स, पेजेन्ट नेपाल इन्टरनेशनल र ब्राईट इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा यो अवार्ड अभिनेताद्धय यसराज गराच, दिक्पाल कार्की र मोडल राजन अधिकारीले आयोजना गरेका हुन् ।

समारोहमा अग्रज मोडल तथा कोरियोग्राफरलाई अनर अवार्डबाट सम्मानित गरियो । कार्यक्रममा कोरियोग्राफर तथा मोडल प्रशान्त ताम्राकार, मोडल तथा अभिनेत्री मलिना जोशी, अग्रज सञ्चारकर्मी नरेश भट्टराई, अभिनेता रोहित रुम्बा, अग्रज मोडल तथा इभेन्ट निर्देशक आयोजक धिरज तन्डुकार, नेपालको पहिलो महिला रेश्लर भगवाती खड्का ‘युनिका’, लोकप्रिय मेकअप आर्टिस्ट तथा मोडल बिना रानामगरलगायतलाई पनि विभिन्न ब्यक्तिहरु अनर अवार्डबाट सम्मानित गरिने भए ।

यस पटक मोडलिङ तर्फ ४० विधामा र फेशन तर्फ ४० विधा र अन्य २३ विधामा अवार्ड तथा सम्मान प्रदान गरियो । अवार्ड तथा सम्मान बिजेताहरु यस प्रकार छन् ।

१. खेलकुद आइकन – भगवती खड्का (नेपालको पहिलो महिला पहलवान)
२. उत्कृष्ट सेलिब्रेटी हेयर स्टाइलिस्ट – सोनु शर्मा
३. उत्कृष्ट अन्तर्राष्ट्रिय मेकअप आर्टिस्ट – निलम पौडेल
४. उत्कृष्ट फेसन कोरियोग्राफर (महिला/पश्चिम नेपाल)– सेन्जल पौडेल
५. बिशिष्ट मेकअप आर्टिष्ट – रुष्का श्रेष्ठ बैद्य
६. उत्कृष्ट बालबालिका प्रतियोगिता विजेता (पुरुष)– हारून श्रेष्ठ
७. उत्कृष्ट फेसन डिजाइनर–बिवेश राई
८. उत्कृष्ट फेसन मोडेल (पुरुष÷मोफसल)–नरेश जंग थापा
९. सेलिब्रेटी फेसन डिजाइनर (मोफासल)–रोहित चौधरी
१०. उत्कृष्ट कार्यक्रम आयोजक–कृष्ण श्रेष्ठ (रोबेन)
११. उत्कृष्ट फेसन कोरियोग्राफर (महिला)– सुगन्ध अधिकारी
१२. उत्कृष्ट इभेन्ट कम्पनी–एभरेस्ट इभेन्टस्
१३. प्रभावशाली टिभी व्यक्तित्व – बिना श्रेष्ठ
१४. मस्ट स्पिरिङ टिन मोडेल (महिला)–ईशिम पोखरेल
१५. मस्ट पर्मिसिङ सिरियल एक्टर (महिला)– सोनु परियार
१६. उत्कृष्ट मोडेल (पुरुष/मोफसल)–सौगात श्रेष्ठ
१७. उत्कृष्ट मेकअप आर्टिस्ट (मोफसल)–साकिरा सुनार
१८. उत्कृष्ट प्रतियोगिता आयोजक–पुरुषोत्तम मल्लिक
१९. उत्कृष्ट फेसन मोडेल (बाल/महिला)–आश्रिया थापा
२०. उत्कृष्ट उदयमान प्रोडक्सन कम्पनी – काजी प्रोडक्सन
२१. उत्कृष्ट इभेन्ट म्यानेजर प्रबन्धक (मोफसल)–चेतन सिंह बस्नेत
२२. उत्कृष्ट कार्यक्रम आयोजक (मोफसल)–अली अकरम रजा
२३. पपुलर पेजेन्ट विजेता (टिन/पुरुष)–योगेश भण्डारी
२४. एस्पिरिङ पेजेन्ट बिजेता (मोफसल)–मनिष पासवान
२५. उत्कृष्ट फेसन मोडेल (महिला/मोफासल)–आलिशा श्रेष्ठ
२६. उत्कृष्ट इमर्जिङ फेसन डिजाइनर–अमृता सुब्बा
२७. उत्कृष्ट महत्वाकांक्षी मेकअप आर्टिष्ट–सुमित्रा श्रेष्ठ
२८. उत्कृष्ट फेसन कोरियोग्राफर (पुरुष)–आर्षु महर्जन
२९. उत्कृष्ट कोरियोग्राफर (महिला) – मेरीना तुम्सा लिम्बु (एरास्ट नेपाल)
३०. उत्कृष्ट मोडल (महिला)–अञ्जली थापा
३१. उत्कृष्ट मेकअप आर्टिष्ट– सरला बाटी
३२. उत्कृष्ट फेसन मोडेल (टिन/पुरुष)–शुभाङ्गम तन्दुकार शाह
३३. आशावादी मोडेल (पुरुष)–मनिष धराल
३४. उत्कृष्ट सेलिब्रेटी फेसन डिजाइनर–कुसुम श्रेष्ठ
३५. उत्कृष्ट म्युजिक भिडियो महिला मोडल–प्रणिमा दाहाल
३६. उत्कृष्ट सेलिब्रेटी मेकअप आर्टिष्ट–करुणा पुरी
३७. उत्कृष्ट युवा समाजसेवी – सबित बज्राचार्य
३८. उत्कृष्ट मोडल (टिन–महिला)– सम्वृद्धी क्षत्री
३९. बेस्ट किड्स मोडेल प्रतियोगिता विजेता–सतविषा भण्डारी
४०. बेस्ट रनवे मोडेल (मोफसल)–श्याम गुरुङ
४१. उत्कृष्ट कोरियोग्राफर पुरुष (मोफसल)–निशान चेम्जोङ लिम्बु
४२. इमर्जिङ फेसन मोडेल–निपुन मल्ल
४३. उत्कृष्ट हेयर÷मेकअप आर्टिष्ट – फुर्डिकी शेर्पा (डेकी)
४४. सर्वश्रेष्ठ कस्मेटोलोजिस्ट–फुर्डिकी शेर्पा (डेकी)
४५. उत्कृष्ट मोडेल महिला (मोफसल)–रेश्मा गुरुङ
४६. उत्कृष्ट प्रतियोगिता विजेता (पश्चिम नेपाल)–धिरज बोगटी
४७. उत्कृष्ट प्रतिस्पर्धा विजेता (श्री÷समुदाय आधारित)–अमन गडाल
४८. उत्कृष्ट घटना प्रबन्धक–अंकित अधिकारी
४९. सेलिब्रेटी किड मोडेल–परिष्ण बास्तोला
५०. उत्कृष्ट फिटनेस फिट –रोजिन आचार्य
५१. उत्कृष्ट प्रोगाम आयोजक (पूर्वी नेपाल)–सौरभमान भण्डारी
५२. उत्कृष्ट इभेन्ट विजेता (मोफसल)–इरशाद आलम
५३. बेस्ट फेसन मोडल (प्रि–किड)–नयुमा श्रेष्ठ
५४. पपुलर मोडेल (मोफसल)–चिराग शर्मा
५५. लोकप्रिय शीर्षक विजेता (मिस)–जुना श्रेष्ठ
५६. उत्कृष्ट इमर्जिङ किड्स (फेसन मोडेल)–वाङ्जे शेर्पा
५७. उत्कृष्ट पुरुष पेजेन्ट फेसन डिजाइनर– ज्वालाराज पोखरेल
५८. उत्कृष्ट नृत्य कलाकार (मोफसल)–बबिता धिताल
५९. उत्कृष्ट पेजेन्ट विजेता (मिस÷समुदायमा आधारित)–अनिमा विश्वकर्मा
६०. उत्कृष्ट किड मोडेल (महिला)–नम्रता बज्राचार्य
६१. उत्कृष्ट बालबालिका प्रतियोगिता विजेता (महिला)–सुनम्रता बज्राचार्य
६२. उत्कृष्ट फेसन मोडेल (पूर्व÷टिन)–अपेक्षा शेरचन
६३. उत्कृष्ट प्रतियोगिता विजेता (पुरुष पूर्व नेपाल)–अंकित प्रताप सिंह
६४. इमिरिङ फेसन मोडल (मोफसल)– श्रवण अग्रवाल
६५. डाईनामिक युथ इन्टरपेटर–बिकाश श्रेष्ठ
६६. उत्कृष्ट मिसेज पेजेन्ट विजेता (मोफसल)– भवन जबेगु लिम्बु
६७. उत्कृष्ट मोडेल (पुरुष)–मुकुन्द झा
६८. एस्पिरिङ फेसन डिजाइनर–सुशिला थिङ तामाङ
६९. उत्कृष्ट इभेन्ट कम्पनी (पूर्वी नेपाल)– बिर्ता मिडिया एन्ड इन्टरटेनमेन्ट
७०. उत्कृष्ट फोटोग्राफर–सुशान्त सुवेदी
७१. एभरिग्रिन लिजेन्ड्री फेसन आइकन–प्रशान्त ताम्राकार
७२. आइकोनिक टिभी व्यक्तित्व–नरेश भट्टराई
७३. उत्तम अनलाइन भोटिङ कम्पनी–ग्लोबल अनलाइन भुक्तानी
७४. आइकोनिक मिस नेपाल–मलिना जोशी
७५. युवा सिने फेसन आइकन (पुरुष)–सलोन बस्नेत
७६. उत्कृष्ट नेशलन डिरेक्टर –धिरज तन्दुकार
७७. उत्कृष्ट मिस्टर पेजेन्ट विजेता–मिलेनियम तन्दुकार शाह
७८. डायनामिक सिने अभिनेता–रोहित रुम्बा (लाखे)
७९. युथ सिने फेसन आइकन (महिला)–पूजा शर्मा
८०. इनफुन्टियल फेसन डिजाइनर–अदिति श्रेष्ठ
८१. उत्कृष्ट प्रभावशाली मोडेल–काशिफ नियाजी
८२. उत्कृष्ट मिसेज पेजेन्ट विजेता–रुकु श्रेष्ठ
८२. इमर्जिङ फेसन मोडेल–निया तामाङ
८४. पपुलर पेजेन्ट विजेता (मोफासल)–सम्राट ठाकुर
८५. सर्वश्रेष्ठ ब्यूटीशियन–सिर्जना कडेल
८६. डायनामिक फेसन डिजाइनर–भावना बिष्ट
८७. उत्कृष्ट मोडेल किशोर (पुरुष)–अपूर्व गौतम
८८. प्रभावशाली मेकअप कलाकार–प्रमिला बुढाथोकी
८९. सबैभन्दा आशाजनक अभिनेता–संजोग राणा
९०. वर्षको उत्कृष्ट एक्सन चलचित्र–लाखे
९१. मस्ट डाईनामिक सीईओ–प्रविन रेग्मी
९२. उत्कृष्ट अन्तर्राष्ट्रिय इभेन्ट मेकअप आर्टिष्ट– शैलजा शाह
९३. रियलिटी शो उत्कृष्ट स्टार–छिरिङ शेर्पा
९४. इन्फुन्टियल मेडिकल प्रोफेशनल–डा. श्याम काजी महर्जन
९५. सेलिब्रेटी मोडेल मोफासल–अरमान साहनी
९६. उत्कृष्ट अन्तर्राष्ट्रिय फेसन डिजाइनर–सुयम गुरुङ
९७. राईजिङ सिने स्टार–सृष्टि के खड्का
९८. उत्कृष्ट इभेन्ट फोटोग्राफर–सुशान्त सुवेदी
९९. उत्कृष्ट फेसन मेकअप आर्टिष्ट–एनआईए लामा
१००. उत्कृष्ट टिभी प्रस्तुतकर्ता–सागरिका श्रेष्ठ
१०१. उत्कृष्ट फेसन डिजाइनर (महिला)–जवाफ थापा
१०२. उत्कृष्ट पेजेन्ट विजेता (महिला)–सोनिया ज्याको
१०३. उत्कृष्ट इन्डिभरिङ टाईटल विजेता–जीना श्रेष्ठ

सहारा एप चौथो सगरमाथा म्युजिक अवार्ड २०७९ सम्पन्न

समाचार


काठमाडौं- सहारा एप चौथो सगरमाथा म्युजिक अवार्ड २०७९ काठमाडौंमा बिहिबार सम्पन्न भएको छ । अवार्ड समारोहमा अग्रज गीतकार श्रीपुरुष ढकाललाई सगरमाथा लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरियो । उनलाई आवर्ड सहित १७ हजार ६९६ रुपैयाँ र ताम्रपत्र पनि प्रदान गरियो । टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, ज्योती विकास बैंकका एजिएम रामहरी आचार्य, कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेत, कार्यक्रम संयोजक मनोज थापाले प्रदान गरेका थिए ।

नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति संरक्षण । प्रबद्र्धन हाम्रो अभियान भन्ने नाराको साथ भएको अवार्ड अर्थ नेपाल प्रालिको आयोजनामा भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रकाश अधिकारीले कलाकारको सम्मानको लागि नगरपालिकाले सहकार्य गरेको बताए । साथै आगामी दिनमा पनि सहकार्य गर्ने प्रतिबद्धता जनाए । अधिकारीले कलाकारलाई सम्मान गर्न पाउँदा आफु हर्षित भएको पनि बताए ।

त्यसैगरी वरिष्ठ पत्रकार विजयरत्न तुलाधरलाई ८ हजार ८४८ रुपैयाँ सहित सगरमाथा कला पत्रकारिता रजत सम्मान प्रदान गरियो । सगरमाथा कला पत्रकारिता सम्मान कृष्ण भट्टराई, नेमिष गौतम, कल्पना रेग्मीलाई र सगरमाथा रेडियो पत्रकारिता सम्मान कमला पन्थीलाई प्रदान गरियो । कार्यक्रममा वरिष्ठ संगीत प्रशिक्षक तिलकसिंह पेलालाई संगीत विशेष सम्मान गरियो । लोक गायक अमृत सापकोटा, गायक चिरञ्जीवी भण्डारी, गायिका सुनिता गुरुङ,साउण्ड डिजाइनर मनोज परियार, बाल गायिका सफलता श्रेष्ठ, निर्देशक आदित्य बुढाथोकी, गीतकार लोकराज अधिकारी लगायतकालाई सम्मान गरियो ।

सो अवार्डको निर्णायकहरुमा लोक तथा पारम्पारिक गायिका झुमा लिम्बु, गीतकार बद्री पाण्डे, संगीतकार योगेन्द्र उपाध्याय, गायक शंकर थापा (स्माइल), रमेश पाठक र मोडल सनम कठायत थिए ।

चौथो सगरमाथा अवार्ड विजेताहरु यस प्रकार छन्
१, सर्वोत्कृष्ट राष्ट्रिय भाव गीतकार : घनेन्द्र ओझा – परे म मर्छु भोकैले
२, सर्वोत्कृष्ट राष्ट्रिय भाव संगीतकार : रोशन बान्तवा – गौतम बुद्ध
३, सर्वोत्कृष्ट गायक चलचित्र : प्रदाप दास – हर युग होस
४, सर्वोत्कृष्ट गायिका चलचित्र : मेलिना राई – सुन्तला
५, सर्वोत्कृष्ट गीतकार चलचित्र : राजेश कुमार श्रेष्ठ – हर युग होस
६, सर्वोत्कृष्ट संगीतकार चलचित्र : एलिस कार्की – हर युग होस
७, सर्वोत्कृष्ट आधुनिक गायक : युवराज चौलागाई – तिम्रो याद
८, सर्वोत्कृष्ट पप गायक : आशिष सचिन – सानो सानो कुरामा
९,सर्वोत्कृष्ट पप आधुनिक गायक (जुरी) राज सागर – खै कसोरी विझाए
१०, सर्वोत्कृष्ट पप–आधुनिक गायिका – निशा देशार – पाउ हजुर
११, सर्वोत्कृष्ट पप–आधुनिक गीतकार पुरुष : विरेन्द्र कुमार बलामी – म बाचेको संसार
१२, सर्वोत्कृष्ट पप–आधुनिक गीतकार पुरुष (डायस्पोरा) : कुमार मिश्र – एउटा कथा
१३, सर्वोत्कृष्ट पप–आधुनिक गीतकार महिला : गीता अधिकारी – स्वास फेरी
१४, सर्वोत्कृष्ट पप–आधुनिक संगीतकार : योगेश काजी – मलाई हेप्नी
१५, सर्वोत्कृष्ट पप–आधुनिक संगीतकार (जुरी) : शेरा थामी – तिमी बस दिलैमा
१६, सर्वोत्कृष्ट नव प्रतिभा गायन : सौगातजंग थापा – हाम्रो माया जाल
१७, सर्वोत्कृष्ट पप–आधुनिक युगल गायन : रिता केसी / प्रविण बेडवाल – तिमी पनि हरायौं
१८, सर्वोत्कृष्ट पप–आधुनिक मोडल महिला : रोशनी कार्की – विरानो देश
१९, सर्वोत्कृष्ट पप–आधुनिक मोडल पुरुष : कमल सिंह – रुन्न भन्दानी
२०, सर्वोत्कृष्ट पप–आधुनिक मोडल पुरुष (जुरी) : विरेन्द्र नौभाग्य – अर्को सार्थी
२१ सर्वोत्कृष्ट पप–आधुनिक नव मोडल महिला : अस्मी थापा – चरी भरर
२२, सर्वोत्कृष्ट पप–आधुनिक नव मोडल महिला (जुरी) : प्रनिमा दाहाल – तिम्रै माया
२३, सर्वोत्कृष्ट पप–आधुनिक नव मोडल पुरुष : अंश वर्मा –ए साइली
२४, सर्वोत्कृष्ट पप–आधुनिक म्युजिक भिडियो निर्देशन : प्रकाश धिताल – भन्नु हुन्थ्यो बाले
२५, सर्वोत्कृष्ट लोक पप गायक : ओम सुनार – लाहुरे सिपाई दाई
२६, सर्वोत्कृष्ट लोक पप गायिका : निता आचार्य – रंगीन संसार
२७, सर्वोत्कृष्ट लोक पप गायिका (जुरी) : अन्जु श्रेष्ठ – नहेरे झै गर्ने
२८, सर्वोत्कृष्ट लोक दोहोरी गायक : नमराज ढुंगाना – पिरतीमा दम छ
२९, सर्वोत्कृष्ट लोक दोहोरी गायक (जुरी) : रामहरी भण्डारी – चुरोट सलाई
३०, सर्वोत्कृष्ट लोक दोहोरी गायक (पब्लिक च्वाइस ) : जय देवकोटा – माया लाउँछ र त
३१, सर्वोत्कृष्ट लोक दोहोरी गायिका : कालिका रोक्का मगर – मुग्लिन पुलतरी
३२, सर्वोत्कृष्ट लोक दोहोरी शब्द : विपिन केसी – दाजु भाई
३३, सर्वोत्कृष्ट लोक दोहोरी लय : सागर विरही – फुल रसैको
३४, सर्वोत्कृष्ट लोक दोहोरी नव गायक : रमेश लामिछाने – हेलम्बुको स्याउ
३५, सर्वोत्कृष्ट लोक दोहोरी नव गायिका : रिया घले – बार्दलीमा गम्छा
३६, सर्वोत्कृष्ट लोक दोहोरी मोडल पुरुष : निक्स शर्मा – सिकारी
३७, सर्वोत्कृष्ट लोक दोहोरी मोडल महिला : एलिना रायमाझी – मैले माया सम्झेर
३८, सर्वोत्कृष्ट लोक दोहोरी नव मोडल महिला : खुशी थापा – ए मुना
३९, सर्वोत्कृष्ट लोक दोहोरी नव मोडल महिला (जुरी) : अपेक्षा सिंह– नजर नजरको
४०, सर्वोत्कृष्ट लोक दोहोरी नव मोडल पुरुष : यज्ञराज गिरी – फुर्के जुंगा
४१, सर्वोत्कृष्ट लोक दोहोरी नव मोडल पुरुष (सन्देश मुलक जुरी) : नरेन्द्र सिंह ठकुरी
४२, सर्वोत्कृष्ट लोक दोहोरी म्युजिक भिडियो निर्देशक : स्मृति तिमिल्सीना – मुटु बैना
४३, सर्वोत्कृष्ट म्युजिक भिडियो छायांकार (पप/आधुनिक) : अमृत सुनुवार – माया लाग्छ कति
४४, सर्वोत्कृष्ट म्युजिक भिडियो छायांकार (लोक दोहोरी) : कृष्णबहादुर थापा – मिठो सारंगी
४५, सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादन : अनिलकुमार महर्जन – आज किन
४६, सर्वोत्कृष्ट नव गितकार पप/आधुनिक : विजय खड्का – न बदलिन्छ जीन्दगी
४७, सर्वोत्कृष्ट नव गितकार पप/ आधुनिक (जुरी) : सागर बास्तोला– हे धोकेवाज
४८, सर्वोत्कृष्ट नव गितकार ( सन्देश मुलक लोक दोहोरी) : दान आचार्य – बस पियारी
४९, सर्वोत्कृष्ट एरेन्जर पप/आधुनिक : जीवन बडु – तामा पित्तल
५०, सिनियर सिनेमाटोग्राफर अवार्ड : मधुर बस्नेत