generalnews
||Power News Asia||

आजको समाचार

मलेसिया र मध्यपुर्व रोजगारीको क्षेत्रमा छुट्टै पहिचान बनाउदै ‘जंग दोंग मेनपावर’

समाचार


काठमाडौं । राजधानीको मैतीदेवीमा रहेको जंग दोंग मेनपावर प्रा. लि .ले छोटो समयमा वैदेशिक रोजगारको क्षेत्रमा लोभलाग्दो प्रगति हासिल गरेको छ । आफै बैदेशिक रोजगारमा रहेर अनुभव सँगालेका र अझै बिदेशमै रहेर काम गरिरहेका युवा ब्यावसायीहरुद्वारा संचालीत जंग दोंग मेनपावरले छोटो समयमा नै आफ्नो ब्रान्ड बनाउने तयारीमा जुटेको छ । यो मेनपावरले मलेसिया र मध्यपुर्वका कतार,युएई,कुवेत,बहराईन,साउदी अरबलगाएतका देशमा आकर्षक बैदेशिक रोजगारीमा पठाउने गर्दछ ।

जंग दोंग मेनपावर प्रालि मलेसियामै बर्षौ बसेका डिक बहादुर राई,मलेसियामा २० बर्ष बसेर रोजगारी गरि फर्किएका मदन तामाङ,युवा ब्यावसायी ज्ञान तामाङ र सुरेश बस्नेतले संचालनमा ल्याएका हुन । सामान्य मध्यमवर्गीय परिवारमा जन्मे हुर्केका संचालकहरुका लागि वैदेशिक रोजगार व्यवसाय नयाँ क्षेत्र र नयाँ पेशा नभए पनि मेनपावर नै संचालन गरेको भने पहिलो हो । उनिहरुको मेनपावर शुरु गर्नु कारणका बारेमा थप केही नयाँ गर्ने आत्मविश्वास र उर्जा नै रहेको बताउछन । कडा मेहेनत, इमान्दारिता र लगनशीलताले पेसा व्यवसायमा सफल हुने सत्यलाई मुलमन्त्र बनाएका उक्त मेनपावरका संचालकहरुले वैदेशिक रोजगारसँगै अन्य व्यवसायलाई पनि अगाडि बढाएका छन । उनिहरुले सफल हुन कडा मेहनत र इमान्दारिताको साथमा आधुनिक प्रविधिको उच्चतम प्रयोग गर्न सक्नुपर्ने बताउँछन् ।

उक्त मेनपावरका संचालक राईले आफू सामान्य मध्यमवर्गीय परिवारमा जन्मे हुर्केको मान्छे भएको जनाउदै यो ब्यावसायका कारण धेरै युवायुवती हाल वैदेशिक रोजगारमा कार्यरत रहेको र देशमा बेरोजगारि समस्या हटाउन आफ्नो पनि योगदान रहोस भन्ने नै रहेको बताउछन । राईले हाल देखिएको सफलता आफूले एकैदिनमा प्राप्त गरेको नभई बर्षौको मेहनत रहेको बताउछन । यसमा मेरो वर्षौंको कडा मेहनत, पसिना र इमान्दारिता मिसिएको छ । कडा परिश्रम, इमान्दारिता, निरन्तरता र प्रतिकुल अवस्थाको धैर्यताले नै कुनै व्यक्ति वा व्यवसायी सफल बन्न सक्छ भन्ने कुरामा म विश्वास गर्छु । व्यापारमा जोखिम पनि मोल्न तयार हुनुपर्छ, अनि इमान्दारिता पनि उत्तिकै जरुरी छ । आज जति कठिन छ भबिस्यमा झनै कठिन अवस्था आउँन सक्छ । तर, एकदिन निश्चय नै गन्तव्यमा पुग्न सकिने राई दावी गर्छन । ‘टिम वर्क इज ड्रिम वर्क’ भन्ने भनाइलाई आत्मसात गर्दै सोही अनुसार काम गर्दै अगाडी बढ्दा उत्कृष्ट मेनपावर बनाउने ईच्छा पुरा हुने बताउछन राई । एउटा सफलताले अर्को सफलताको लागि प्रेरित गर्ने भएकाले ब्यावसायमा लागेको राईले बताए ।
अहिलेको अवस्थामा व्यवसाय संचालन गर्दा व्यवसायमा धेरै समस्याको सामना गर्नुपरेको जनाउदै
राईले सरकारी नीति र व्यवहारमा खासै नमिलेकोले हाल ब्याबसायमा केही समस्या सिर्जना उत्पन्न भएको बताउछन । कानून व्यक्ति वा व्यवसायलाई विधिभित्र रहेर काम गर्न सक्ने गरी निर्माण गर्नुपर्ने र वैदेशिक रोजगार व्यवसायीले कामदार पठाए बापत लिन पाउने सेवा शुल्क अलि व्यवहारिक भए यो क्षेत्रमा समस्या उत्पन्न नहुने राईको दावी छ । बैदेशिक रोजगारी दक्षिण एशियाली मुलुक सरह भएको भए अझै सहज र पारदर्शी ढंगले काम गर्न सकिने राईको कथन छ । कोही कसैलाई पनि नियतवश दुःख दिनु हुँदैन र कहिले काहीँ काम गर्दै जाँदा तलमाथि पनि हुनसक्छ तेस्लाई इमान्दार भएर अघि बढेमा हरेक समस्याको समाधान हुने राई बताउछन । वैदेशिक रोजगारसँग सम्बन्धित सबै निकायले अनलाइनमार्फत सेवा दिन सकेमा यो क्षेत्रलाई छिटो, छरितो र विश्वाशिलो बनाउन सकिने राइको भनाई छ । वैदेशिक रोजगारमा जाने जो कोहीले यो क्षेत्र बुझेर अनी आफू जाने कम्पनी, काम र तलवका बिषयमा जानकारी लिएर मात्रै बिदेश जादा समस्या नहुने राई दावी गर्छन ।

यस बाहेक नेपाली कामदारको सीप र दक्षता बढ्न नसक्दा उनीहरूले समकक्षी विदेशी कामदारले भन्दा बढी जोखिमयुक्त काम गर्नुपर्ने र कम तलब सुविधा पाउने अवस्था भएकाले आफू जाने कामको बिषयमा केही भने पनि सिकेर जादा समस्या कम आउने राई बताउछन । उनले ओरियन्टेशन नाम मात्रको भएको र कानूनीरूपमा एजेन्ट हटे पनि उनीहरूले कामदारलाई घेराबन्दी गरेर सिधै मेनपावर कम्पनी आउन नदिने अनुचित प्रलोभनमा पारेका कारण ठगीका घटनाहरु बढने गरेको बताए । वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउन यसभित्रका खराब कुरा रोक्न जरुरी रहेको बताउछन राई ।

सरकारले वैदेशिक रोजगारलाई शोषणमुक्त बनाउन फ्रि भिसा र फ्रि टिकट निर्णय गरेकोे आधा दशक हुदा पनि फ्रि भिसा फ्रि टिकट पूर्णरूपमा कार्यान्वयन नहुनुको कारण सरकारको अस्पस्ट निती रहेको संचालक राई बताउछन । उनले फ्रि भिसा फ्रि टिकटको सैद्धान्तिक पक्ष अत्यन्तै राम्रो रहेको भए पनि नेपालमा सरकारले निःशुल्क भनेर मात्रै नहुने र विदेशमा व्यापारमा निःशुल्क हुँदैन भन्ने मान्यता रहेकाले नेपालीको सम्भावना हरु बाहिर गैरहेको राई बताउछन । राईले मेनपावर ब्यावसायीको चाहना रोजागारदाताले नै सम्पूर्ण भर्ना खर्चहरु प्रदान गरोस् भन्ने नै रहेको तर सम्पूर्ण खर्च नतिरेको अवस्थामा स्वयं कामदारले हवाई टिकट गरेर जाने सम्मको व्यवस्था बनाउन सकेमा यो क्षेत्र अझै राम्रो हुने बताए ।

राईले अन्य श्रोत मुलुकभन्दा नेपालको कामदार भर्ना प्रक्रिया झन्झटिलो र लामो भएकोले रोजागारदाताहरु नेपाली व्यवसायीसँग त्यति खुशी नरहेको जनाउदै केही रोजगारदाताले यसै कारणले गर्दा नेपाललाई दिएको डिमाण्ड रद्द गरी अन्य देशहरुबाट पनि कामदार लिएको बताउछन । पछिल्ला दिनमा मलेसियामा न्यूनतम तलब १५ सय र कतारले १३ सय रिंगेट बनाएकोले पनि वैदेशिक रोजगारमा जानेको आकर्षण बढ्दो छ ।
देश अझै पनि आर्थिक संकटमा रहेको जनाउदै राईले बेरोजगारी समस्या समाधान गर्न बैदेशिक रोजगारीको बिकल्प नभएको दावी गर्छन । विदेशस्थित दूतावासहरूमा काम गर्ने कर्मचारीले आफ्नो भूमिका र दायित्व नबुझेको जनाउदै राईले कुटनैतिक नियोगमा जानु भनेको देशको लागी काम गर्न नै रहेकाले सह

 

जरूपमा नेपाली कामदारका लागी आएको मागपत्र प्रमाणित गरिदिने र समस्यामा पर्ने कामदारको समस्या चासोका साथ हेरिदिए हाल व्यवसायी र कामदारमा रहेको निराशा र आक्रोस हट्दै आर्थिक संकटबाट देशलाई मुक्त गर्न ठूलो सहयोग पुग्ने बताउछन राई । राईले खाडी र मलेसिया केन्द्रित भएको नेपालको वैदेशिक रोजगारलाई युरोपेली लगाएत अन्य देशहरूमा विस्तार गर्न सकिँने तर्फ सरकारको ध्यान जानुपर्ने बताए ।
हामीले युरोपेली मुलुकलगाएत बिकसित मुलुकमा नेपाली कामदार पठाउन पाए रेमिट्यान्समा बिर्द्दी हुन्छ । उक्त मेनपावरका अर्का संचालक मदन तामाङले व्यवसाय सफलताका लागि आफूसँग भएको ज्ञान, सीप र क्षमताको उच्ततम प्रयोग गरि वैदेशिक रोजगारका विविध विषयमा केही नयाँ कुरा सिक्दै,सिकाउदै सबैसँग सहकार्य गरी वैदेशिक रोजगार ब्याबसाय संचालनमा ल्याउने बताउछन ।
उनले आफुले बिसौ बर्ष मलेसियामा सिकेको सिपलाई आफुहरुले वैदेशिक रोजगार व्यवसायको क्षेत्रमा प्रयोग गर्न ब्यावसाय संचालन गरेको दावी गर्छन । उनले ब्यावसायको क्रममा कोही कसैलाई पनि नियतवश दुःख दिनु हुँदैन र कहिले काहीँ काम गर्दै जाँदा तलमाथि भएपनि इमान्दारका साथ्वअघि बढेमा हरेक समस्याको समाधान रहेको जनाए ।

मलेसियाको बातुपहाड,जोहोर र केएलमा चाईनिज नयाँ बर्षमा रिमिक्स धमाका हुदै

समाचार


चर्चित कलाकारहरूको उत्कृस्ट प्रस्तुती रहने क्वालालम्पुर,अंग्रेजी नयाँ बर्ष र मलेसियामा परेको चाइनिज नयाँ बर्ष (चाइनिज न्यु इयर) को अवसरमा सार्वजनिक विदाको सदुपयोग गर्दै ‘रिमिक्स धमाका-१४’ सांगीतिक कार्यक्रम मलेसियामा भब्य रुपमा आयोजना हुने भएको छ । जिरो माइलको प्रमुख आयोजनामा ‘रिमिक्स धमाका’ कार्यक्रम जनवरी २२ तारिख आइतबार , २३ तारिख सोमबार र २४ तारिख मंगलबारको दिन मलेसियाको विभिन्न मुख्य-मुख्य शहरहरुमा आयोजना हुन गैइरहेको कार्यक्रमका संयोजक राजेश श्रेष्ठले बताए ।

रिमिक्स धमाका मलेसियामा हरेक बर्ष आयोजना हुँदै आएको मनोरन्जनात्मक कार्यक्रम हो, जसमा नेपालबाट विभिन्न क्षेत्रका ख्यातिप्राप्त नेपाली कलाकारहरुको उपस्थिति रहने गर्दछ । यस बर्षको १४ औ संस्करणको रिमिक्स धमाका जनवरी २२ मा बातुपहाडको एसकेजे चाइनिज स्कुलमा, जनवरी २३ मा चेमरल्याङ जेबिको जोहोरमा र जनवरी २४ तारिखमा क्वालालाम्पुरस्थित होटल ग्र्याण्ड कन्टिनेन्टलमा आयोजना हुने संयोजक श्रेष्ठले बताए ।

कार्यक्रममा ख्यातीप्राप्त गायक/गायीकाहरु आनन्द कार्की, खेम सेञ्चुरी ,प्रीति आलेमगर र भ्वाईस अफ किड्सका बिजेता जेनिस उप्रेती तथा डान्सर अन्जली अधिकारी,प्रिती पासवान र विभिन्न १५० भन्दा बढी चराचुरुंगी तथा जनावरहरुको आवाज निकाल्ने कलाकार रमेश दुलाल कागेलगायत कलाकारहरुको धमाकेदार प्रस्तुती रहने संयोजक श्रेष्ठले बताए ।

मलेसियामा रहेका नेपाली श्रमिक तथा विभिन्न पेशा व्यवसायमा संलग्न नेपालीहरुलाई मनोरञ्जनसँगै भेटघाट र सुखदुःख साटासाटको अवसर जुटाउन तथा नेपाली कलाकारहरुलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन रिमिक्स धमाका कार्यक्रम गर्दै आएको आयोजक श्रेस्ठले दावी गरे । रिमिक्स धमाका कार्यक्रमको टिकट प्रभु पेमार्फत पनि किन्न सकिने जानकारी दिदै संयोजक श्रेष्ठले मलेसियामा रहेका सम्पूर्ण नेपालीलाई कार्यक्रममा सहभागिताका लागि अनुरोध गरे । साथै यस पटकको रिमिक्स धमाका सांगीतिक कार्यक्रममा इन्टरनेशनल सोसियल अवार्डको कार्यक्रम पनि रहने संयोजक श्रेष्ठले बताए ।

उक्त कार्यक्रम जनवरि २४ मा होटल ग्रान्ड कंटिनेन्टलमा रिमिक्स धमाकासँगै हुनेछ । उक्त कार्यक्रममा लागी

ग्लोवल पिस योङलिडर्सको नेतृत्वको सह्राहनिय कार्य

समाचार


काठमाण्डौ– फरक पहिचान एवं संस्कृतिसंग आवद्ध भए पनि विश्व शान्ति र समृद्धिको लागि विश्वभर विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको ग्लोवल पिस फाउण्डेशन, नेपाल चयाप्टर अन्तर्गत रहेको ग्लोवल पिस योङ लिडर्सले नेपालमा आफ्ना विभिन्न सामाजिक कार्यक्रमहरुलाइ सक्रियरुपमा अगाडी बढाउदै आईरहेकोे छ । समाजमा विभिन्न कारणले उत्पन्न भईरहने प्राकृतिक वा मानव सृजित विपत्तिहरुमा आफ्नोे उलेख्य सहभागीता जनाउँदै आएको योङ लिडर्सले आफ्नो सम्पुर्ण कार्यक्रमहरुलाई यतिवेला विषेश गरि युथ लिडर्सहरुको नेतृत्व विकास गर्ने उदेश्यले विभिन्न किसिमका तालिमहरु प्रदान गर्ने कार्य गर्दै आईरहेको छ । ४५० जना भन्दा वढी यूवा तथा बालबालिकाहरुलाई नेतृत्व विकासको तालिम प्रदान गरिसकेको र आर्थिक वर्ष भित्र १००० जना भन्दा वढि  यूवाहरुलाई तालिम प्रदान गरिने ग्लोबल पिस योङलिडर्स नेपालकोे अध्यक्ष सपना जोशीले बताईन ।

यूवाहलाई तालिम प्रदान मात्रै हैन योङ लिडर्सले जाडो यामलाई लक्षित गर्दै चिसोवाट बच्नको लागी आम मानिसहरुलाई न्यानो कपडा वितरणको कार्यलाई पनि अघि वढाउँदै आईरहेका छन् । विशेष गरी हिउँदको समयमा हुने अत्याधिक जाडोलाई मध्यनजर गर्दै फाउण्डेशनले विभिन्न आश्रम तथा गरिव तथा विपन्न बस्तीहरुमा न्यायो कपडाहरुको वितरण कार्यलाई अघि वढाएको छ ।
योङ लिडर्सले गतसाता बालसारथी बालआश्रममा रहेका बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको थियो । त्यस्तै पवित्र सेवा समाज लगायत विभिन्न आश्रमहरुमा ग्लोबल पिस योङ्लिडर्सका सदस्यहरुले न्यानो कपडा वितरण  गरेका छन् ।
स्थापना काल देखिनै समाज तथा युवा केन्द्रित रहदै आएको यस फाउण्डेसनले मेला–महोत्स, चाडपर्व र उत्सवहरुमा पनि योङ लिडर्सका तर्फवाट आफ्ना सदस्यहरुलाई स्वयम् सेवकको रुपमा पठाउँदै आएको अध्यक्ष जोशीले वताईन । यूवाहरुमा सकारात्मक उर्जाको विकास गर्नको लागी यस्ता किसिमका सामाजिक कार्यक्रम तथा विभिन्न अभिमुखिकरण तालिमहरुले पनि मद्धत पुग्ने गरेको पाईन्छ । यसर्थ ग्लोवल पिस योङलिडर्ससंग आवद्ध यूवाहरुको कार्य पक्कै पनि सह््रानिय रहको छ । र यस्ता कार्यहरुmलाई सरोकारवाला निकायहरुले पनि प्राथमितामा राख्नुपर्ने देखिन्छ ।

 

एसियन फुलकन्ट्याक्ट (क्योकुशिन-सेईसिन) कराँते प्रतियोगितामा नेपाललाई ३ स्वर्ण, ४ रजत, ६ काँस्य

समाचार


काठमाडौँ —माघ ३, २०७९। 

भारतको कलकत्तामा अल ईण्डिया क्योकुशिन काई कराँते संघको आयोजनामा मिति २०७९ साल पुष ३० र माघ १ गते देखि दुई दिनसम्म सन्चालित “एसियन फुलकन्ट्याक्ट (क्योकुशिन–सेईसिन) कराँते प्रतियोगिता–२०७९” मा नेपाल क्योकुशिन–सेईसिन काईकान करा“ते संघको तर्फबाट सहभागि भई ३ स्वर्ण, ४ रजत, ६ कास्य पदक हात पारेको छ ।

विश्व क्योकुशिन काई कराते महासंघका उपाध्यक्ष तथा नेपालका प्रमुख शिहान अशोक कुमार श्रेष्ठले नेतृत्वमा नेपालबाट सहभागि गरेको उक्त प्रतियोगितामा नेपालकी ओलिभिया पुनले महिला १० वर्ष उमेर समूहमा, सरोज थापाले पुरुष १० उमेर समूहमा र १२ वर्ष उमेर समुहमा रोहन लामाले स्वर्ण पदक हात पारेको छ । त्यसैगरी १७ वर्ष उमेर समूहका सुस्मा बल, १४ वर्ष उमेर समूहमा प्रज्जवल पाण्डे, १५ वर्ष उमेर समुहमा जिवन बि.क., १० वर्ष उमेर समुहका निशान्त श्रेष्ठले रजत हासिल गरेका छन भने १२ वर्ष उमेर समूहका आरति श्रेष्ठ, २० वर्ष उमेर समुहका सल्मा लकन्रि, ८ वर्ष उमेर समुहका अमन यादव, १४ वर्ष उमेर समुहको अनु तामाङ्ग, १४वर्ष उमेर समुहका पौल तामाङ्ग, १४ वर्ष उमेर समुहका श्रृष्टि तामाङ्गले रजत पदक हातपार्न सफल भएका छन ।

दुई दिन सम्म संचालन भएको उक्त प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश लगायतका खेलाडीहरु गरी जम्मा ३७५ जना खेलाडीहरुले सहभागिता जनाएको थियो भने सो कार्यक्रममा नेपालको तर्फबाट टिम मेनेजरमा जितेन्द्र श्रेष्ठ, जुरीमा प्रविण बस्नेत, मुख्य रेफ्रिमा हेराकाजि देशार, रेफ्रिहरु सन्तोष कुमार गुप्ता, विशाल बल, टिम कोचमा राजेश महतो तथा कोचहरुमा पुस्कल थापा तथा राजकुमार बल रहेका थिए ।

परिवर्तन नेपालद्धारा विज्ञप्ति जारी गर्दै पोखरामा भएको जहाज दुर्घटना प्रति दुःख व्यक्त

समाचार


काठमाण्डौ - परिवर्तन नेपालका केन्द्रिय अध्यक्ष तथा विशिष्ठ कलाकार, लेखक तथा निर्देशक मोहन निरौलाले आज एक विज्ञप्ति जारी गर्दै पोखरामा भएको यति एयरलाईन्स दुर्घटना प्रति दुःख व्यक्त गरेका छन् । साथै निरौलाले विज्ञप्तिमा भनेका छन " मिति २०७९ साल माघ १ गते आईतबार विहान १०ः ३० बजे काठमाडौं देखि पोखराका लागि २५ महिला, ३७ पुरुष, ३ बालक र ३ शिशु सहित ६८ जना यात्रुहरु र चालक दलका ४ जना सदस्य सहित ७२ जना सदस्य बोकेर उडेको यती एयरलाइन्सको ९ एन–एएनसी विमान गन्तव्यमा नपुग्दै दुर्घटनामा परेको खबरले परिवर्तन नेपाल परिवार स्तव्ध भएका छौं ।

आजको यस घटनाले नेपाली आकाश सुरक्षित छैन भन्ने आरोप फेरि एक पटक पुष्टि हुन पुगेको छ । दुर्घटनामा परि ज्यान गुमाउन पुगेका मृतकका परिवारहरुलाई राहत तथा क्षतीपुर्तिको व्यवस्था मिलाउदै दुर्घटनाको कारण र यसलाई आगामि भविष्यमा नदोहोरिन दिन चाल्नु पर्ने कदमहरुको बारेमा तत्काल ठोस कदम चाल्न नेपाल सरकार तथा सम्बन्धित निकायको ध्यान आकर्षण गराउन चाहान्छौं ।

यस दुर्घटनामा जीवन गुमाउने हुने विमानमा सवार ५३ नेपाली, ५ भारतिय, ४ रसियन, २ कोरियन, १ अर्जेन्टिनी, १ अष्ट्रेलियन, १ आईरिसर १ फ्रान्सेली सहित ४ जना चालक दलका सदस्यहरुको प्रति परिवर्तन नेपाल परिवार श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौं ।"  निरौलाद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख भएको छ ।

शिला मुन्नी फेल होगईल भन्दै आईन गायिका शिल्पीराज (भिडियो सहित)

समाचार


काठमाण्डौ – भोजपुरी चर्चित गायिका शिल्पीराजको सुमधुर आवाजमा सजिएको भोजुरी गीत शिला मुन्नी फेल होगईल सार्वजनिक भएको छ । एस.के डिजिटल नेपालको युटुव च्यानल मार्फत सार्वजनिक गरिएको उक्त गीतमा गायिका शिल्पीराज संगै रहमान खानलेस्वरबद्ध गरेका छन् ।
गीतकार समिर खानको शब्द रहेको उक्त गीतमा संगीत तथा ऐरेन्ज उत्सव गान्धीको रहेको छ ।  गीतको भिडियोमा कलाकार हुसेन शेख, माहि तनवीर खान संगै अन्य कलाकारहरुको नृत्य देख्न सकिन्छ, भने भिडियोमा निर्देशन तथा कोरियोग्रफि सञ्जय साहको रहेको छ ।

विषेस गरि मैथली मनोरनजन क्षेत्रमा कमल चलाउदै आएका गीतकार समिर खानका सयौको संख्यामा नेपाली, भोजपुरी, मैथली, हिन्दी लगायत विभिन्न भाषाहरुमा रचना गरिएका गीतहरु सांगितिक बजारमा चर्चाको शिखरमा रहेको छन् ।

रविन्द्र खड्का कलाकार संघको अध्यक्षमा चुनिएलान् त ? के भन्छ विधान ले ??

समाचार


काठमाण्डौ- नेपाल चलचित्र कलाकार संघको चुनाव संघारमै रहेको छ, आगामी चैत्र ४ गतेकाका लागी संघले चुनावी मिति समेत घोषणा गरिसकेको छ भने चुनावी मैदानमा कलाकार मोहन निरौला, रविन्द्र खड्का, रेजिना उप्रेती, सविन श्रेष्ठ, सुशान्त श्रेष्ठ लगायतका कलाकारहरु देखिएका छन् । रविन्द्र खड्का यस अघि दुई पटक अध्यक्ष भैसकेका छन् भने अन्य कलाकारहरु पहिलो पटक अध्यक्षका लागी चुनावी मैदानमा उत्रिएका हुन् ।
नेपाल चलचित्र कलाकार संघको विधान २०५६ को प्रस्तावनामा नेपाल चलचित्र कलाकार संघ २०४९ र नेपाल राष्ट्रिय कलाकार संघ २०५४ विच विभिन्न मितिहरुमा आपसि छलफल गरी एउटै मात्र सर्वाधिकार सम्पन्न पेशागत संगठन निर्माण भएको थियो । २०५६ सालमा सर्वाधिकार सम्पन्न नेपाल चलचित्र कलाकार संघको रुपमा स्थापना भएपस्चात सो संघमा विभिन्न व्यक्तितवहरु अध्यक्ष पदमा निर्वाचित भएका थिए । सोही अनुरुप २०७६ सालमा भएको निर्वाचनमा उम्मेदवारी दिएका कलाकार रविन्द्र खड्का दोश्रो कार्यकालको लागी अध्यक्ष पदमा विजय भएका थिए यस अघि २०४९ सालमा पनि खड्का संघको अध्यक्ष भई कार्य गरेका छन् ।

२०५६ सालकै विधानको परिच्छेद ८ को निर्वाचन सम्बन्धी व्यवस्थाको दफा २४ को ६ अनुसार कुनै पनि सदस्य दुई पटक वा दुई भन्दा बढी पदावधीका लागी अध्यक्ष हुन पाउने छैन भनि उल्लेख भएको छ । यसरी नेपाल चलचित्र कलाकार संघ २०४९ र नेपाल राष्ट्रिय कलाकार संघ २०५४ विच विभिन्न चरणमा भएको सहमती बमोजिम २०५६ मा दुवै संघका विधानलाई निस्क्रिय नगराई संशोधन मात्र गरेकाले पनि ती दुवै विधानहरु नेपाल चलचित्र कलाकार संघ २०५६ ले अंगीकार गरेको देखिएकाले पनि कलाकार रविन्द्र खड्काले संघको विधान बमोजिम दुई कार्यकाल काम गरिसकेको देखिन्छ । यदी विधानलाई मान्ने हो भने खड्काले आसन्न निर्वाचनमा आफुलाई नेपाल चलचित्र कलकार संघको अध्यक्षको रुपमा दावी प्रस्तुत गर्न नपाउने अवस्थामा देखिएका छन् ।

यदि रविन्द् खड्काले अध्यक्षको रुपमा दावेदारी प्रस्तुत गर्न नपाएको खण्डमा संघका बरिष्ठ उपाध्यक्ष रेजिना उप्रेती र उपाध्यक्ष तथा प्रबक्ता मोहन निरौला विच रोचक प्रतिष्प्रधा हुने देखिन्छ । स्थापना काल देखी नै संघको विभिन्न तहतप्कामा रहँदै आएका निरौला विभिन्न संघसंस्थामा काम गरेका अनुभवी व्यक्तिका रुपमा कलाकर्मीहरुका विचमा परिचित छन् भने उप्रेती एक कार्यकाल कलाकार संघको वरिष्ठ उपध्यक्षको रुपमा कार्यानुभव संगालेकी छन् । अभिनेता सविन श्रेष्ठ र सुसान्त श्रेष्ठको दावेदारीलाई पनि चलचित्र वृत्तमा अर्थपुर्ण रुपमा हेरिएको छ ।
साथै नेपाल चलचित्र कलकार संघको विधानको परिच्छेद ८ को निर्वाचन सम्बन्धी व्यवस्थाको दफा २७ को १ घ बमोजिम संघको अध्यक्षका रुपमा उम्मेदवार बन्नका लागी कम्तीमा एक कार्यकाल कार्यसमिति सदस्यका रुपमा कार्य गरेको हुनु पर्ने छ ।

बाँस्कोटालाई २५ हजार ५५५ रुपैयाँ राशिको झापा सहकारी सम्मान पुरस्कार प्रदान

समाचार


बिर्तामोड । सहकारी अभियानका अग्रणी व्यक्तित्व दिपक प्रकाश बाँस्कोटालाई झापा सहकारी सम्मान पुरस्कार प्रदान गरिएको छ । बाँस्कोटालाई झापा जिल्ला सहकारी संघले २५ हजार ५५५ रुपैयाँ राशिको पुरस्कार प्रदान गरेको हो ।

संघको २६ औँ वार्षिक साधारणसभाको अवसर पारेर बिर्तामोडमा आयोजित एक कार्यक्रमकाबीच बाँस्कोटालाई सम्मान गरिएको थियो।

त्यस्तै, १० हजार ५५५ रुपैयाँ राशिको पुरस्कारबाट उत्कृष्ट सञ्चारकर्मीमा लक्ष्मण ढकाल र पूर्वसञ्चालक सम्मान पुरस्कार हरिकिशोर आचार्यलाई प्रदान गरिएको छ ।

उत्कृष्ट बहुउद्देश्यीय सहकारी संस्थाका रुपमा गणेश बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बाह्रदशी, उत्कृष्ट बचत कारोबार गर्ने सहकारीका रुपमा सिम्रिक बचत तथा ऋण सहकारी संस्थालाई पुरस्कृत गरिएको थियो । पुरस्कारको राशि १० हजार ५ सय ५५ रुपैयाँ रहेको छ ।

त्यस्तै, उत्कृष्ट कृषि सहकारी संस्थाका रुपमा कमल गाउँपालिकामा रहेको लगनशील कृषि सहकारी संस्था लिमिटेड र उत्कृष्ट कारोबार गर्ने सहकारीका रुपमा नेपाल बहुउद्देश्यीय सहकारी संस्था मेचीनगरलाई पुरस्कृत गरियो । पुरस्कारको राशि १० हजार ५ सय ५५ रुपैयाँ रहेको छ ।

त्यस्तै, उत्कष्ट कर्जा कारोबार गर्ने फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्था र विराट बहुउद्देश्यीय सहकारी संस्थालाई पुरस्कृत गरियो । पुरस्कारको राशि ५ हजार ५५५ रुपैयाँ रहेको छ ।

कार्यक्रममा सम्मानित व्यक्तित्व बास्कोटा, जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बराल, नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रामचन्द्र उप्रेती लगायतले शुभकामना मन्तव्य राखेका थिए ।अघिवेशनको बन्द सत्रबाट हरिकृष्ण अधकिारी ३ नम्वर क्षेत्रीय सदस्यमा निर्वाचित भएका छन् ।

लायन महर्जनले आशापुरीमा ३० जना जेष्ठ नागरिकलाई न्यानो पछ्यौरा वितरण गरेर मनाईन जन्मदिन

समाचार


भक्तपुर ।  लायन्स क्लब अफ टेम्पल भ्यालीकी कोषाध्यक्ष प्रदीका महर्जनले भक्तपुर नगरपालिकाको आशापुरीमा ३० जना  बृद्ध आमाबुवाहरुलाई न्यानो पछ्यौरा वितरण गरेर जन्मदिन मनाएकी छिन् । त्यस कार्यक्रममा नेपलिज फेसन होमेकी अध्यक्ष हेमा मानन्धर, लायन्स क्लब अफ डिस्ट्रीक एलका जोन चियरपर्सन अशोक कुमार श्रेष्ठ, मिस नेवाः नितु डंगोल, मिस नेवाः कृषा महर्जन, मिस नेवाः सलिना महर्जन, समाज सेवी सुर बहादुर श्रेष्ठ,समाज सेवी जीतेन्द्र श्रेष्ठ, समाज सेवी अनु उर्मिला शेरचनको उपस्थिति थियो। 

यस कार्यक्रमको संयोजक स्थानिय खेलाडी जेन तामाङले गर्नुभएको थियो।

राप्रपा लपुव्दारा न्यानो कपडा बितरण

समाचार


काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी ‘राप्रपा’ ललितपुरको संयोजनमा जिल्लाको क्षेत्र नं १ कोञ्जोसोम गाँउपालिका ४ नल्लु वनस्पति आधारभूत बिधालयमा अध्यायनरत बिधार्थिहरुलाई न्यानो कपडा बितरण गरिएको छ ।

माननिय ज्ञानेन्द्र शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा राप्रपा लपु जिल्ला अध्यक्ष अष्ट महर्जन, पर्शुराम सिलवाल, राजकुमार महर्जन लगायत जिल्लाका अन्य बिशिष्ट ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।