generalnews
||Power News Asia||

आजको समाचार

युगान्तकारी सन्देश भन्दै बुद्धिजीवीहरुले गरे फैसलाको स्वागत

समाचार


 १२ फागुन, काठमाडौँ । बुद्धिजीवी पेशाकर्मीहरुले प्रतिनिधिसभा पुर्नस्थापनाको स्वागत गरेका छन् । फागुन १२ गते संगठनका संयोजक डा. दिनेशचन्द्र देवकोटा र सहसंयोजक कृष्ण केसीले विज्ञप्ति जारी गर्दै सर्वोच्चको निर्णयको स्वागत गरेका हुन ।उक्त फैसलालाई नेपालको राजनैतिक इतिहासमा एउटा युगान्तकारी सन्देश भन्दै उनीहरुले न्यायालयको गरिमा र विश्वास बढेको टिप्पणी समेत गरेका छन् । संगठनले संसद विघटनलाई प्रतिगमनको संज्ञा दिदै सो निर्णयको विरुद्धमा आन्दोलनमा सक्रिय रुपले लागेको थियो ।

नेपाल बुद्धिजीवी संगठनबाट जारी विज्ञप्तिको सारसंक्षेप

मिति : फागुन १२, २०७७

प्रेस विज्ञप्ति

प्रतिनिधिसभा पुनस्र्थापना सम्बन्धमा सम्मानित सर्वोच्च अदालतले २०७७ फाल्गुण ११ गते गरेको फैसलाको नेपाल वुद्धिजीवी संगठन हार्दिक स्वागत गर्दछ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मार्फत प्रधानमन्त्री बन्नु भएका केपी शर्मा ओलीले पदलाई दुरुपयोग गर्दै प्रतिनिधिसभा विघटनमार्फत गर्नुभएको प्रतिगमनलाई पूर्णत अस्विकार गर्दै सर्वाेच्चले संविधानभन्दा माथी कोहि रहन नसक्ने नजीर बनाएको ठहर हाम्रो संगठनले गरेको छ । यो फैसला नेपालको राजनैतिक इतिहाँसमा एउटा युगान्तकारी सन्देशको रुपमा रहेको र न्यायालयको गरीमा र विश्वासलाई सर्वाेच्चको यो निर्णयले अझै बढाएको अनुभूति पनि संगठनले गरेको छ । प्रतिगमन विरुद्धको आन्दोलनको क्रममा संगठनको तर्फबाट बिभिन्न विरोध प्रदर्शनमा सक्रिय सहभागिता जनाउनु भएका, प्रतिगमनका विरुद्ध बृहत राजनीतिक तथा संवैधानिक अन्तरक्रिया एवम् पेशाकर्मी बुद्धिजीवीहरुको ऐक्यबद्धतासहित आन्दोलनमा जुटनु भएका तमाम बुद्धिजीवी र पेशाकर्मीहरुप्रति आभार ब्यक्त गर्दै संगठनले आयोजना गर्ने आगामी कार्यक्रममा सक्रिय सहभागिता जनाउन पनि यसै विज्ञप्तिमार्फत अनुरोध गर्दछौ ।

डा.दिनेशचन्द्र देवकोटा- संयोजक

कृष्ण केसी - सहसंयोजक

दोस्रो साधना म्युजिक अवार्ड २०७७ का उत्कृष्ट ५ लाई प्रमाण पत्र वितरण

समाचार


काठमान्डौं –  साधना म्युजिक अवार्डको नोमिनेसन प्रमाणपत्र वितरण गरिएको छ । साधना म्युजिक अवार्ड २०७७ का उत्कृष्ट पाँचमा परेकालाई काठमान्डौंको प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमका बीच प्रमाणपत्र प्रदान गरिएको हो । ‘अग्रजलाई सम्मान , नवलाई प्रोत्साहन कला गला संरक्षणमा हाम्रो अभियान’ भन्ने मुल नाराको साथ उक्त कार्यक्रम हुन लागेको हो ।

कार्यक्रमलाई रौनकता दिनको लागी विभिन्न नृत्यहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष रमेश बिजीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि रमेश बीजीले अवार्डप्रति लक्षित गर्दै भने वास्तविक स्रष्टाहरुले अवार्ड पाएर भाडाको साँघुरो कोठामा राख्न गाह्रो भइरहेको छ र अवार्ड भन्दा पनि कलाकारहरुलाई कलाकारितामा टिकिरहनको लागि पहिला पहल हनुजरुरी रहेको बताए ।

सामना म्युजिक क्रियसनको आयोजनामा हुन लागेको यस अवार्डमा लोकदोहोरी आधुनिक, पप र विधामा देशभरका कलाकर्मीहरुले सहभागी जनाएका छन् । प्रमाण पत्र वितहरण कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष चन्द्र शर्मा, वरिष्ठ पत्रकार शान्तिप्रिय, रेडियो काठमाडौंका प्रमुख बजार व्यवस्थापक एवं संचारकर्मी चन्द्रमणी गौतम, चलचित्र निर्देशक माधव राज खरेल, पावर न्युज राष्टिय मासिकका सम्पादक कमला जोशी , म्यूजिक खबरका सम्पादक सविता पोखरेल, गीत कला पत्रकार संघका अध्यक्ष सुमन पण्डित गायिका तथा व्यवसायी धनकुमारी थापा सरु, चर्चित गीतकार लोकराज अधिकारी, मोडल तथा अभिनेता श्रीदेव भट्टराई लगायत विभिन्न सञ्चार माध्यममा आवद्ध पत्रकार , संगीतप्रेमी तथा चर्चित कलाकारहरुको बाक्लो उपस्थिती रहेको थियो ।

सामना क्रियशनका अध्यक्ष सामना शाहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरुलाई अवार्डका सदस्य सचिव गोकर्ण लामिछानेले स्वागत मन्तव्यद्वारा स्वागत गरेका थिए । कार्यक्रमलाई संचारकर्मी दीपज्योति थापाले संचालन गरेकी थिइन् ।

आइएलओको रकममा अनियमितताको आरोपको एनआरएनए साउदीद्धारा खण्डन, प्रमाणित गर्न चुनौती (विज्ञप्तिसहित)

समाचार


काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदी अरेबियाले ले आइएलओको रकममा अनियमितताको आरोपको खढडन गर्दै प्रमाणित गर्न चुनौती दिएको छ । केही दिनयता विभिन्न सञ्चार माध्यममा संस्थाको आर्थिक हिनामिना सम्बन्धमा आएका समाचारहरु झुटा रहेको भर्चुअल पत्रकार सम्मेलनमार्फत एनआरएनए साउदी अरेबियाले खण्डन गरेको हो ।

कोभिड–१९ को अबस्थामा एनआरएनएले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) द्वारा सहयोगका रुपमा प्राप्त रकम सामाजिक प्रोजेक्टमा साउदी अरबमा पनि अनियमितता भएको भन्दै केही माध्यममा समाचार प्रकाशित भएका थिए ।

एनआरएनए साउदीले समाचारलाई खन्डन गर्दै सम्पुर्ण कोष विवरण पारदर्शी रुपमा रहेको सार्वजनिक गर्दै तथ्य र प्रमाण बिनाको समाचार फैलाउनेहरुलाई कुनै पनि आर्थिक हिनामिनाको प्रमाण देखाउन पनि चुनौती दिएको छ । उक्त कार्यक्रममा एनआरएनए आइसिसी मध्यपुर्वका उपसंयोजक, आइसिसी सदस्यहरु तथा एनसिसि पदाधिकारीहरु, आइएलओ प्रोजेक्टको अनुगमन टोली र अन्यको उपस्थित थिए ।

संस्थाका अध्यक्ष तेज थापाको अध्यक्षतामा महासचिव उमेश भट्टराईद्वारा संचालित प्रेस मिट कार्यक्रममा संस्थाका कोषाध्यक्ष सन्तोष लुइँटेलद्वारा आर्थिक विवरण सार्वजनिकसमेत गरिएको थियो ।

यसै गरि कार्यक्रममा उपस्थित आइसिसी सदस्य नरायाण पास्वान, आइसिसी मध्यपुर्व उप संयोजक राजेन्द्र अर्याल, एनसिसि संरक्षक राजु सैयद, एन सिसि उपाध्यक्षहरु बिशाल श्रेष्ठ, रोशन श्रेष्ठ, सचिब लाल बहादुर मगर, सह कोषाध्यक्ष योगेन्द्र श्रेष्ठ, प्रोजेक्ट अनुगमन सदस्य दिपक रेग्मी लगायत सम्पुर्ण उपस्थित हरुले बोल्दै मध्यपुर्व साउदीमा निस्वार्थ भावनाले सामाजिक कार्यहरू गर्दै जाँदा, अधिकांश पीडित श्रमिकहरुलाइ सहरा बनेर धेरै समस्यामा मल्हम लगाउदै समाधानमा सहयोग गर्दै आइरहेको श्रमिकको एक मात्रै सामाजिक संस्था, साउदी अरबको एनआरएनलाई लगाइएको मिथ्या आरोप प्रती घोर निन्दा व्यक्त गरे ।
कार्यक्रममा बिना प्रमाण सुनेको भरमा समाचार छापेकोमा आपत्ति जनाउँदै प्रमाण जुटाएर आउन र यदि प्रमाण नभए भ्रमात्मक समाचार फैलाउनेलाइ कार्वाही गर्ने चेतावनीसमेत दिइएको थियो ।

कार्यक्रममा संस्थाका प्रबक्ता बिष्णु न्यौपानेले यस्ता भ्रमात्मक खबरलाइ चिर्न सदैब तत्पर रहेको बताएका थिए। अन्त्यमा अध्यक्ष तेज बहादुर थापाले कार्यक्रम समापन गर्ने क्रममा यसरी बिना प्रमाण युरोप अमेरिकाको कुनै कुनामा बसेर भ्रमात्मक र मिथ्या खबर प्रकाशित गरेर एक सिङ्गो संस्थालाई असर पुग्ने खालका समाचार छपाउनेलाइ सप्रमाण सहित आउन पनि अनुरोध गर्दै हिनामिना भएको प्रमाण भए जस्तोसुकै अबस्थामा आफुहरुले सजाय भोग्ने र प्रमाण नभए संस्थालाई आँच पुर्याउने समाचार छाप्नेलाइ सामाजिक रुपमा क्षमा माग्नु पर्ने, नमागे कार्वाहीको दायरामा ल्याउने बताए ।

कार्यक्रममा अध्यक्ष थापाले गलत समाचारलाई चिर्नको लागि पनि सहयोग गर्न अनुरोध गरे । उनले हिड्दा पनि ठेस लाग्छ भने निस्वार्थ भावानाले सामाजिक कामहरु गर्दा यस्ता बाधा अड्चनहरु आइपर्ने र यस्ता मिथ्या समाचारहरुबाट सचेत रहि बिचलित नहुन र सदैब अडिग रहन एनआरएनए साउदी टिमलाइ आग्रह गरे ।

विज्ञप्ति

गैर आवासीय नेपाली संघ साउदी अरब माथि फैलाइएको भ्रामक दुस्प्रचार प्रति गम्भिर ध्यानाकर्षण

सम्पूर्ण पाठक, बुद्धिजीवी, समाजसेवी, मिडियाकर्मी, संघका बिभिन्न तह र तप्काका पदाधिकारी लगायत सम्पूर्णमा सर्व बिदितै छकि कोरोना माहामारिले साउदी अरबमा रहेका नेपाली श्रमिकहरु माथि निम्त्याएको अफ्ठेरो परिस्थिति उपर गैर आवासीय नेपाली संघ साउदी अरबले गत १०-अप्रेल-२०२० देखि यहाँ स्थित नेपाली कुटनितिक नियोग, बिभिन्न संघ संस्था संग हातेमालो गर्दै युध्द स्तरमा पहल, पैरवी र समन्वयकारी भूमिका निभाउंदै पीडितहरुलाई राहत, खाद्यान्न, स्वदेश फिर्ती, आवास तथा सेल्टरको ब्यवस्था, आउटरिच क्याम्पिङ मार्फत राहदानी सहजिकरण, पिसिआर टेस्ट तथा हवाई टिकट उपलब्ध गराउनु साथै अन्य बिबिध मानविय कार्यमा निरन्तरता दिंदै आएका छौं। संघले गरेका हरेक गतिबिधिहरुका अभिलेखहरु हरेक साता सम्बन्धित सरोकारवालाहरु समक्ष सम्प्रेषण गर्नुको साथै वेवसाइट तथा सामाजिक सन्जाल मार्फत सम्प्रेषण गरिएको छ। जानकारीको निम्ती हाम्रो वेवसाइट https://nrnaksa.com/ मा हेर्नु हुन सबैमा अनुरोध गर्दछौं। हामी निस्वार्थ भावनाले इमान्दारी पूर्वक मानवीय कार्यमा बिगत देखि निरन्तर लागिरहेका छौं र लागिरहने प्रतिबध्दता व्यक्त गर्दछौं। परन्तु: हामीले गरेका बिबिध गतिबिधिहरु उपर तथ्यहिन, भ्रामक समाचार, कु-प्रचार, आधारहिन आरोप बिभिन्न सामाजिक सन्जाल बाट आएकोमा गैर आवासीय नेपाली संघ साउदी अरबको घोर आपत्ति रहनुको साथै भ्रत्सना गर्दछौं। यस्ता दुस्प्रचार र भ्रामक अफवाह फैलाउने प्रती खेद प्रकट गर्दछौं र सत्य तथ्य छनबिन गरी मिथ्या भ्रम फैलाउने उपर कडा भन्दा कडा कारबाहिको निम्ती संघको माथिल्लो निकाय सहित सम्बन्धित सरोकारवालाहरु समक्ष जोडदार माग गर्दछौं ।

बोधार्थ:
• NRNA ICC
• Embassy of Nepal –Riyadh
• General Consulate of Nepal-Jeddah

पर्यटन क्षेत्र पुनरुत्थानका लागि पर्यटन क्षेत्र सम्बद्ध संघसंस्थाका १० बुँदे माग

समाचार


काठमाडौं, १० फाल्गुण -कोभिड प्रभावित मुलुकको पर्यटन क्षेत्र पुनरुत्थानका लागि पर्यटन क्षेत्र सम्बद्ध संघसंस्थाले विभिन्न दशबुँदे माग अघि सारेका छन् । विभिन्न ३७ वटा संघसंस्थाले सोमवार राजधानीमा संयुक्त पत्रकार सम्मेलन आयोजना गरी पर्यटन क्षेत्र पुनरुत्थानका लागि विभिन्न १० बुँदे माग राखेका हुन् । उक्त माग अघि सार्नेमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), होटल संघ नेपाल (हान) नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा), टुरिष्ट गाइड एशोसिएशन अफ नेपाल (टुर्गान), पाटा नेपाल, नेपाल पर्वतारोहण संघ (एनएनएम) लगायत छन् । उनीहरुले नेपाल घुम्न आउने विदेशी पर्यटकले अनिवार्य क्वारेन्टिन बस्नुपर्ने व्यवस्था हटाउनुपर्नेमा जोड दिएका छन् । ७२ घण्टाको पीसीआर नेगेटिभ रिपोर्ट लिएर नेपाल आउने विदेशी पर्यटकलाई ५ दिनसम्म अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने प्रावधान हटाउन उनीहरूले सरकारलाई आग्रह समेत गरेका छन् । स्वास्थ्य प्रोटोकलको नाममा ५ दिन अनिर्वाय क्वारेन्टिन बस्नुपर्ने व्यवस्थाले पर्यटक आगमन प्रभावित बनेको व्यवसायीको भनाई छ ।

उक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पत्रकार सम्मेलनका संयोजक एवं टानका अध्यक्ष खुमबहादुर सुवेदीले स्वास्थ्य प्रोटोकलमा ध्यान दिन तयार रहेको भन्दै त्यो मापदण्ड हटाउन आग्रह गरे । सरकारले कोरोना प्रभावित व्यवसायलाई पुनरुत्थान गर्न चाहेको हो भने पर्यटन क्षेत्र सम्बद्ध संघसंस्थाले अघि सारेको मागलाई तत्काल सम्बोधन गर्न उनले आग्रह गरे ।

त्यसैगरि नाट्टाका अध्यक्ष अच्युत गुरागाईंले सरकारले पर्यटन क्षेत्र सम्बद्ध संघसंस्थाले राखेको मागलाई बेवास्ता गरे कडा आन्दोलनमा उत्रने चेतावनी दिए । साथै, उनले राजनीतिक दलका नेताले कोरोनालाई बेवास्ता गर्दै लाखौंको भीड जम्मा गर्न मिल्ने सभा, समारोह आयोजना गर्न हुने भनि प्रश्न राख्दै व्यवसायीको राखेको जायज माग भने सम्बोधन नहुनु दु:खद भएको औल्याए । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) कि महासचिव सरिता लामाले संचालकको भूमिका निर्वाह गरेको सो कार्यक्रम माझ डा. कर्ण बहादुर शाहीले धन्यवाद मन्तब्य दिएका थिए ।

यस्ता छन् दशबुँदे माग

१) ​७२ (बहत्तर) घण्टाको पीसीआर रिपोर्ट लिएर आउने विदेशी पर्यटकहरुका हकमा ७ (सात) दिनसम्म अनिबार्य क्वारेण्टाइनमा बस्नपर्ने प्रावधान हटाउनुपर्ने ।

२)​अनलाइन र अराइभल भीषा तथा विदेशस्थित नेपाली दूतावास वा नियोगहरुबाट भीषाको ब्यवस्था पूर्ववत् रुपले गराउनुपर्ने ।

३)​त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोभिड जाँच मेशिन राख्नुपर्ने ।

४)हालसम्म खुल्न बाँकी रहेका अन्तर्राष्ट्रिय हवाई उडानहरु यथाशीघ्र खोल्न पहल गर्नुपर्ने ।

५)​कोरोना विरुद्धको भ्याक्सिन पर्यटन ब्यवसायी र पर्यटन श्रमिकहरुलाई उपलब्ध गराउनुपर्ने ।

६)​नेपाल र चीनबीचको सीमा नाकाहरु यथाशीघ्र खोल्न पहल गर्नुपर्ने ।

७)​नेपाल घुम्न आउने पर्यटकहरुले कम्पनीबाट अनिबार्य गाइड तथा पदयात्रा सहयोगी लिएरमात्र नेपाल भ्रमण गर्न–गराउन पाउनु पर्ने ब्यवस्था गर्नुपर्ने ।

८)नेपाल–भारतका र नेपाल-चीन सीमानाहरुबाट भित्रिने पर्यटकहरुलाई सरकार तथा सम्बन्धित निकायबाट अनुगमन गर्नुपर्ने ।

९)कम्तिमा ५००० हजार अमेरिकन डलर बराबरको कोरोना बिमा हटाउनुपर्ने ।

१०)कोरोना विरुद्धको भ्याक्सिन पुरा मात्रा लगाई आएका पर्यटकलाई सहज र निर्बाध रुपमा घुम्न दिनुपर्ने ।

एैक्यबद्धताका अध्यक्ष तिवारीद्धारा वडा कार्यालय भवनका लागि गरे जग्गा दान

समाचार



पर्वत । एैक्यबद्धता प्रकाशनका अध्यक्ष निलकण्ठ तिवारीले जग्गा दिएसंगै गण्डकी प्रदेश पर्वत जिल्लाको पैयु गाउपालीका ६ सरौखोलामा वडा कार्यालय भवनको काम अघि बढने भएको छ ।
सो पालिकाको वडा नं ६ सरौखोलाका स्थायी बासिन्दा निलकण्ठ तिवारीले सरौफांट सोताको १ रोपनि जमिन निशुल्क प्रदान गर्ने घोषणा गरेपछि वडाले भवन निर्माण प्रक्रिया अघि बढाउने भएको हो ।
वडासचिव पाराश्वर सापकोटाका अनुसार स्थानीय, जनप्रतिनिधि,राजनैतिक दलका प्रतिनिधि र समाजसेवीहरुको उपस्थितिमा उनले सो घोषणा गरेका थिए ।
२०४६, २०५४ र २०५५ मा राजनैतिक कारणले जेल बसेका तथा २०५८ पछाडि पेशा छाडेर गणतान्त्रिक आन्दोलनका लागी भुमिगत भएका तिवारी हाल सामाजिक अभियानहरुमा बढि क्रियाशिल छन । उनी दक्षिणी पर्वतमा भएको २०५७ को ऐतिहासिक हातेमालो श्रमशिविरका परीकल्पनाकार तथा कार्यक्रम संयोजक समेत रहेका थिए । एैक्यबद्धता प्रकाशनका अध्यक्ष उनी गैर आवासीय नेपाली पत्रकारीताका प्रवर्तक पनि हुन ।

जग्गा घोषणा सम्बन्धमा मागिएको एक प्रतिक्रियामा तिवारीले भने ‘जग्गा वा भुमि अन्तत राज्यकै हो र नागरीकका समग्र जिम्मा पनि अन्तत राज्यकै हो भन्ने एउटा भाव, संघियता र गणतन्त्रको मर्मबोधका साथ स्थानीय तह र वडालाइ भौतिक रुपले संस्थागत गर्न सहयोग पुगोस भन्ने अर्को भाव तथा आफनो बंशजको परंपरा लगायतलाइ मनन गर्दै मैले जग्गा दिने निर्णय गरेको हु ’

शेरबहादुर तामाङ दम्पत्ति ओली क्याम्पमा प्रवेश गर्ने !

समाचार


काठमाडौं- नेकपा दाहाल-नेपाल समूहका नेता शेरबहादुर तामाङ र प्रदेश सांसदसमेत रहेकी उनकी श्रीमती उषाकला राई नेकपा ओली समूहमा प्रवेश गर्ने भएका छन् । आज विराटगनरमा हुने आमसभामा प्रधानमन्त्री ओलीले यसबारेमा घोषणा गर्ने बुझिएको छ । यसअघि पनि तामाङ ओली क्याम्पमा गएका थिए ।

पछि उनी नेकपा दाहाल-नेपाल समूहमै प्रवेश गरेका थिए । तामा ङले संसद पूनःस्थापना हुने सम्भावना नभएको भन्दै बरु शासकीय स्वरुप नै परिवर्तनको माग गरेका छन् । उनले प्रत्यक्ष निर्वाचित शासन प्रणाली लागु गर्नुपर्ने धारणा राखेका छन् ।

ओली सरकारमा सहभागी एक मन्त्रीका अनुसार मुलुक चुनावमा होमिएकोले अब दाहाल नेपाल समूहका धेरै प्रभावशाली नेताहरु आफूहरुको क्याम्पमा प्रवेश गर्ने लहर चल्नेछ । पछिल्लो समय दुवै पक्षमा नेताहरु तानाताना भएको अवस्था छ ।

राससकर्मी अच्युत रेग्मी सम्मानित 

समाचार


 

काठमाडौँ, ७ फागुन । राष्ट्रिय समचार समिति ९रासस० का समचारदाता अच्युत रेग्मी सम्मानित भएका छन् । 

राससको ६० औँ वार्षिकोत्सव एवम् हिरक वर्ष प्रवेश समारोहका अवसरमा आज रासस केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच पत्रकार रेग्मीलाई सम्मान गरिएको हो । 

६ वर्षदेखि रासस केन्द्रीय कार्यालयमा कार्यरत रेग्मी रासस बागमती प्रदेशमध्येको समचार लेखनमा उत्कृष्ट समचारदाता घोषित भएका थिए । 

उनलाई रु १५ हजार नगद राशीसहित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले सम्मान गरेका हुन् ।

नेपाल चेम्बर अफ कमर्श ७० बर्ष पुगेको अवसरमा नेपाल महिला चेम्बरको रक्तदान

समाचार


काठमाडौं, ०७ फाल्गुण-नेपाल चेम्बर अफ कमर्श ७० बर्ष पुगेको अवसरमा नेपाल महिला चेम्बरले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । शुक्रबार ललितपुरको मंगलबजारमा आयोजित सो कार्यक्रमको विधीवत उद्धघाटन कार्यक्रमका प्रमुख अतिथी नेपाल चेम्बर अफ कमर्शका वरिस्ठ उपाध्यक्ष राजेन्द्र मल्लले गरेका थिए ।

उद्धघाटन पस्चात कार्यक्रमलाई सम्बोधन गर्दै वरिस्ठ उपाध्यक्ष मल्लले नेपाल चेम्बर अफ कमर्श ७० बर्ष पुगेको अवसरमा नेपाल महिला चेम्बरले रक्तदान जस्तो पुण्य कार्य गरेकोमा धन्यवाद ज्ञापन गर्दै महिला उद्यमशिलता विकाससँगसगै सामाजिक उत्तर दायित्वलाई पुरा गर्ने निस्वार्थ भावनाका साथ अघि बढेको भन्दै साधुवाद व्यक्त गरे । साथै वरिस्ठ उपाध्यक्ष मल्लले नेपाल चेम्बरको शाखा संजाल देशैभर बिस्तारित रहेको सन्दर्भ उल्लेख गर्दै अन्तर जिल्ला र नगर स्तरमा व्यवसायिक उत्पादनलाई प्रबर्धन गर्न केन्द्रले समन्वयको भूमिका निर्वाह गर्ने बताए । उनले ललितपुरको उत्पादनलाई खपतका लागि अन्य भुभागसम्म पुर्याउन र अन्य क्षेत्रको उत्पादनलाई त्यस क्षेत्रसम्म ल्याउने गरि व्यापार आदानप्रदानमा सकृय रहन पनि ललितपुर चेम्बर सम्बद्ध व्यवसायीलाई आव्हान गरे ।

सो अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले महिला चेम्बरले आयोजना गर्ने हरेक कार्यक्रममा चेम्बर अध्यक्ष एवम् वरिस्ठ उपाध्यक्ष सहित अन्य नेतृत्वको सल्लाह र सुझावलाई शिरोधार्य गर्दै आएको बताउदै नेतृत्वबाट सदैव साथ, सहयोग र समर्थन प्राप्त हुँदै आएको स्पस्ट पारिन् ।अध्यक्ष श्रेष्ठले रक्तदान जीवनदान भएकाले यस्तो पवित्र कार्यले मानव जीवन रक्षामा सानो भए पनि योगदान पुग्न जाने भएकाले रक्तदान कार्यक्रमको आयोजना गरिएको प्रस्ट पारिन् ।साथै, उनले महिला चेम्बरले महिला उद्यमशिलता विकासका लागि शहर बजार मात्र नभई गाउँघर एवम् जिल्ला तहमा सकृय महिला उद्यमीका उत्पादनको बजारिकरणका लागि पनि अनलाइन प्लेटफर्म जस्ता प्रभावकारी कार्यक्रम पस्किएको बताइन् ।

सो अवसरमा बोल्दै ललितपुर चेम्बर अफ कमर्शका अध्यक्ष पुष्परत्न शाक्यले ललितपुरको मंगलबजारमा रक्तदान कार्यक्रम आयोजना गरिएकोमा महिला चेम्बर र नेतृत्व प्रति आभार व्यक्त गर्दै महिला चेम्बरले प्रभावकारी कार्यक्रम गर्दै आएकोले ललितपुर चेम्बर नेतृत्वसँग सहकार्य गर्दै आपसी हितका लागि काम गर्न तत्पर रहेको उल्लेख गरे । साथै उनले ललितपुर पुरातात्विक महत्व बोकेको एतिहासिक धरोहरको क्षेत्र रहेको उल्लेख गर्दै यस् क्षेत्रको विकासमा ७० बर्षको पृष्‍ठभुमी बोकेको गर्विलो संस्था नेपाल चेम्बरले योगदान पुर्याउन सक्ने औल्याए ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै ललितपुर महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष निर्मलभक्त शाक्यले समुदायको विकासमा सामुहिक प्रयासले ठुलो महत्व राख्ने बताउदै महिला चेम्बरको सत्प्रयास गर्व गर्न लायकको भएको उल्लेख गरे ।

त्यसैगरि राष्ट्रिय उपभोक्ता मंचका अध्यक्ष प्रेमलाल महर्जनले महिला चेम्बरको गतिविधीलाई आफुले नजिकबाट नियाल्दै आएको उल्लेख गर्दै सक्षम र इमान्दारितापुर्वक व्यवसाय गर्न महिला चेम्बरले सबैलाई प्रोत्साहित गर्दै आएको बताए ।

त्यसैगरि कार्यक्रम माझ बोल्दै नेपाल महिला चेम्बरकी सचिव लिमा अधिकारीले आगामी अन्तरराष्ट्रिय महिला दिवस र चेम्बर ७० बर्ष पुगेको उपलक्ष्यमा मार्च ८, ९ र १० गते महिला चेम्बरले उत्सव तथा मेड इन नेपाल, मेक इन नेपाल- प्रदर्शनी कार्यक्रम गर्ने जानकारी गराईन् ।

कार्यक्रम माझ बोल्दै नेपाल महिला चेम्बरकी हेल्थ कमिटी संयोजक स्वरुपा श्रेष्ठले महिला चेम्बरले उद्यमका अलवा स्वास्थ्य क्षेत्रलाई समेत महत्व दिदै आएको बताइन् ।

कार्यक्रममा महिला चेम्बरका सल्लाहकारद्वय निलम ताम्राकार एवम् शान्ती शाक्य, महिला चेम्बरकी मिडिया कोअर्डिनेटर पृथ्वबिन्दु महर्जन, महिला चेम्बरका केन्द्रिय पदाधिकारी एवम् सदस्य, नेपाल चेम्बरकी निर्देशक सृस्‍टि त्रिपाठी, ललितपुर महिला चेम्बरकी अध्यक्ष सबिता सिंह एवम् कार्यसमितीका पदाधिकारी एवम् सदस्य, शुभेच्छुक आदीको उपस्थिती रहेको थियो । उक्त कार्यक्रम माझ बाट महिला चेम्बर, ललितपुर चेम्बर, ललितपुर महिला चेम्बर, ललितपुर युथ चेम्बर सम्बद्ध र शुभेच्छुकहरुले रक्तदान गरेका थिए ।

भावातित ध्यान बिशेषांक बिशेषांक‘महर्षि सन्देश’ सार्वजनिक

समाचार


काठमाडौं, ०६ फाल्गुण- भावातित ध्यान विचार गोस्ठी माझ भावातित ध्यान बिशेषांक ‘महर्षि सन्देश’ विहिवार सार्वजनिक गरिएको छ । नेपाल महर्षि वैदिक फाउण्डेसनद्वारा प्रकाशित उक्त पुस्तकको विमोचन कार्यक्रमका प्रमुख अतिथी स्वामी ज्ञानानन्द सरस्वती, नेपाल महर्षि वैदिक फाउण्डेसनका अध्यक्ष तथा पुर्व मन्त्री दिपक प्रकाश बाँस्कोटा, नेपाल महर्षि वैदिक फाउण्डेसनका अन्तरराष्ट्रिय निर्देशक डा. किन्सली बुक, स्वामी वासुदेव प्रपन्नाचार्य, वरिस्ठ अभिनेत्री मनिषा कोइराला, नास्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठ, राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा. जगदिश चन्द्र पोखरेलले संयुक्त रुपमा गरे । सो अवसरमा पुस्तकको समिक्षा गर्दै भरत राज पौडेलले पुस्तक ५ खण्डमा विभक्त रहेको जानकारी गराउदै भावातित ज्ञानको आवश्यकता, महत्व, अबलम्बन विधी आदीको बारेमा विस्तृत रुपमा वर्णन गरिएको र पुस्तक जीवनमा एक पटक पढनै पर्ने खालको रहेको उल्लेख गरे ।

‘आजको सन्दर्भमा भावातीत ध्यानको आवश्यकता’ बिषयक राष्ट्रिय विचार गोस्ठीमा प्रमुख अतिथीको आसनबाट बोल्दै स्वामी ज्ञानानन्द सरस्वतीले पारमात्मिक सत्ता र व्यवहारिक सत्ता दुवैलाई अबलम्बन गर्न र २४ घण्टा मध्ये एक घण्टा ध्यानमा लिन हुन सके जीवन सार्थक र सुखी हुने बताए ।

नेपाल महर्षि वैदिक फाउण्डेसनका अध्यक्ष तथा पुर्व मन्त्री दिपक प्रकाश बाँस्कोटाले मानव मन मस्तिकलाई सकारात्मक उर्जाले भर्न भावातित ध्यान वरदान साबित हुने उल्लेख गर्दै देशको मुल नीति अर्थात राजनीतिलाई गति प्रदान गर्न पनि शान्त र अविचलित भई सहि निर्णय लिने अवस्थाको नेतृत्व पंक्ती तयार पार्नुपर्ने आवश्यकता औल्याए । अध्यक्ष बाँस्कोटाले भावातित ध्यानको माध्यमबाट अफ्रिकी मुलुक मोजाम्बिकमा लामो समयसम्म जारी रहेको सशस्त्र युद्ध अन्त्य भएको उदाहरण पेश गर्दै शान्ती, समृद्धी र अमनचयनका लागि साध्य र साधनका रुपमा वैदिक ध्यान विधी रहेको बताए ।

सो अवसरमा नेपाल महर्षि वैदिक फाउण्डेसनका अन्तरराष्ट्रिय निर्देशक डा. किन्सली बुकले वैदिक ध्यानलाई आधुनिक बि ज्ञानसँग जोडदै अघि बढन सम्पूर्ण मानव समुदाय जागरुक हुनुपर्ने बताए । सो अवसरमा वरिस्ठ अभिनेत्री मनिषा कोइरालाले आफ्नो अनुभव राख्दै क्यान्सर पस्चात मनलाई विचलित हुन नदिन आफुले शरीर, दिमाग र अध्यात्म बीचको अन्तरसम्बन्धलाई व्यवहारिक रुपमा लागु गर्ने क्रममा ध्यानको मार्गलाई अबलम्बन गर्दै आएको उल्लेख गरिन ।

त्यसैगरि, कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नास्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठ, राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा. जगदिशचन्द्र पोख्रेल, मिर्गौला रोग बिशेषज्ञ डा. ॠषि कुमार काफ्ले, वास्तुविद एवम् इन्जिनियर अर्जुन कोइराला, ज्ञाता माधव प्रसाद अर्याल लगायतले मानव जीवनलाई स्वस्थ राख्न र सकारात्मक उर्जा प्रवाह गर्न भावातित ध्यानको महत्व रहने उल्लेख गरेका थिए । कार्यक्रममा महर्षि महेश योगीले वैदिक योगलाई आधुनिक शिक्षामा समाहित गराउन पुर्याएको योगदानको चर्चा गरिनुका साथै उनले प्रबर्द्धन गरेका वैदिक चिन्तनलाई सयमा एकलाई मात्र बुझ्न र अनुशरण गर्न सक्ने बनाउँदा राष्ट्रले छिट्टै समृद्धी हासिल गर्न सक्ने उल्लेख गरिएको थियो ।

भक्तपुरको नागरिक समाज संजालद्धारा जिसस प्रमुखलाई ध्यानाकर्षण पत्र हस्तान्तरण

समाचार


दिपेश विसुन्के

भक्तपुर -भक्तपुर नागरिक समाज संजालले जिल्ला समन्वय समिति भक्तपुर ध्यानाकर्षण पत्र हस्ताण्तरण गरेको छ । भक्तपुर जिल्लाका चार वटै स्थानीय तहलाई नागरिक प्रति उत्तरदायी, जवाफदेही बनाउन र पारदर्शीता एवम् सुशासन कायम गर्न जिल्ला समन्वय समिति मार्फत उक्त ध्यानाकर्षण पत्र हस्ताण्तरण गरिएको हो । नागरिक समाजले तयार पारेकाे पत्रमा समेटिएको सुझावहरु कार्यान्वयन गर्न जिसस प्रमुख नवराज गेलाललाई नागरिक संजालमा आबद्ध गैसस महासंघ नेपाल भक्तपुर, नेपाल पत्रकार महासंघ भक्तपुर, नेपाल बार भक्तपुर , नेपाल रेडक्रस भक्तपुर, शिक्षक महासंघ भक्तपुर र नागरिक समाजका अगुवाहरु उपस्थित भई कार्यन्वयनका लागि आग्रह समेत गरेका छन् ।

ध्यानाकर्षण पत्रमा वर्तमान परिस्थितिमा भक्तपुर जिल्लामा नागरिकहरुले भाेग्दै आएका समस्याहरु, सार्वजनिक सेवा प्रवाहमा भएका कमिकमजोरीहरु, भष्ट्राचार,अनियमिता,ढिला, सुस्ती, सुशासन र पारदर्शिता,कृषि, स्वास्थ्य उपचार, कालाेबजारी लगायत नागरिकसँग सराेकारका विषयहरु समेटिएको छ ।

उक्त पत्र बुझ्दै प्रमुख गेलालले यस्तो ध्यानाकर्षण समय सापेक्ष रुपमा नागरिक समाजहरु जागरुग भई आवाज उठाईराख्नुपर्ने र नागरिक समाजका गुनासोहरु सम्बाेधन गर्न स्थानीय तहकाे याेजना तर्जुमा प्रक्रिया र नीति तथा कार्यक्रम तर्जुमा प्रक्रियामा नागरिक समाजकाे पनि सहभागीता भएको खण्डमा अझै स्थानीय सरकारलाई सुशासनमैत्री, जवाफदेही, पारदर्शी बनाउन मद्दत पुग्ने धारणा राखे । साथै उनले नागरिकका मागहरु नीतिगत रुपमा समावेश गरेर अगाडि बढाउनु पर्ने आवश्यकता रहेकाे र नागरिक समुदायकाे

सुझावहरुलाई कार्यान्वयन गर्न र सहजिकरण समन्वय गर्न जिल्ला समन्वय समितिले कुनै कसर बाकी नराख्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमकाे समन्वयकारी भुमिका पारस्परिक जवाफदेही र सुशासन प्रबर्द्धनमा काम गर्दै आएको संस्था मानव अधिकार सञ्चार प्रतिष्ठान नेपालले गरेकाे थियाे ।