generalnews
||Power News Asia||

आजको समाचार

राष्ट्रिय साधना म्युजीक अवार्ड (रिवार्ड) २०८० को लागी आवेदन खुल्ला

समाचार


काठमाण्डौ – अग्रजलाई सम्मान, नवलाई प्रोत्साहन, कला गला संकृती संरक्षणमा हाम्रो अभियान भन्ने मुल उद्देश्यका साथ अवार्ड संगै नगद राशि सहितको रिवार्ड आयोजना आयोजना गर्दै आईरहेको संस्था सामना म्युजीक क्रियसनले चौथौ संस्करणको राष्ट्रिय साधना म्युजीक अवार्ड (रिवार्ड) २०८० को लागी आवेदन खुल्ला गरेको आयोजक ले बताएको छ ।

नेपाली लोक गित आधुनिक, पप, राष्ट्रीय गित लगायतका २१ विद्यामा फारम भर्न सकिने आयोजकका अध्यक्ष सामना शाहले जानकारी दिईन् । २०७८ चैत्र देखि २०७९ चैत्र मसान्तभित्र बजारमा आएका सिर्जनाहलाइृ समावेश गरिने आयोजकले बताएको छ ।नेपाली मौलिक लोक गित संगितको विकास र विस्तार एवं प्रवद्र्धन गर्ने उद्देश्यका साथ भव्य र सभ्य रुपमा आयोजना गर्न लागिएको आयोजकका अध्यक्ष सामना शाहले जानकारी दिइन् ।
आवेदन फारम अनामनगर स्थित सामना म्युजिक क्रियशन प्रा.लि.को कार्यालबाट प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको आयोजकले वताएको छ ।

‘¥याप स्टार’को अन्तिम प्रतिस्पर्धा असार–२ मा हुदै

समाचार


काठमाडौं- ¥याप गीतमा आधारित रियालिटी सो ‘¥याप स्टार’को अन्तिम प्रतिस्पर्धा असार–२ मा हुने भएको छ । सोमबार काठमाडौंमा पत्रकार भेटघाट गर्दै आयोजक संस्था ग्रीन मन्की फिल्मस् प्रा.लि.ले यस्तो जानकारी गराएको हो । हिपहप र ‘¥याप गीतसंगीतको प्रवद्र्धन र प्रमोशन गर्न यो रियालिटी शोको आयोजना गरिएको निर्देशक आदित्यविक्रम अछामीले बताउनुभयो । ‘हामीले हिपहप र ‘¥याप गीतसंगीतको प्रवद्र्धन र प्रमोशन गर्न यो रियालिटी शो को आयोजना गरेका छौं । पहिलो शो बाटै हामी धेरै उत्साहित भएका छौं’, निर्देशक अछामीले भन्नुभयो । अन्तिम प्रतिस्पर्धामा अनुप उप्रेती (अनुप्रास), अरुण शाही, आयुस राई (यमप्वाइन्ट), विवेक घोरासैनी (बिजी), साजन लामा (निम्बुजोडा) र सफल विष्ट (बिसेफ) पुग्नुभएको छ । उहाँहरूमध्ये असार–

२ गते हुने अन्तिम प्रतिस्पर्धामा एकजना विजेता छानिने प्रतियोगिताका कार्यकारी निर्माता ईश्वर बल्लभ उप्रेतीले जानकारी गराउनुभयो । यो प्रतियोगिता नयाँ पुस्ताहरूमा लोकप्रिय रहेकाले आयोजक टोली उत्साहित हुँदै यस कार्यक्रमको सिजन–२ छिट्टै आउने ग्रीन मन्की फिल्मस् प्रा.लि.का सिइओ सुरेश कुसवारले बताउनुभयो दिनुभयो । यो कार्यक्रमले नयाँ प्रतिभालाई प्लेट्फर्म दिँदा नयाँ–नयाँ प्रतिभाले पनि अवसर पाएको कार्यक्रमका कृएटिभ हेड अबिरल विष्टको भनाइ थियो । कार्यक्रमका अर्का निर्माता विनोद पोख्रेलका अनुसार यो प्रतियोगितमा भोटिङको आधारमा विजेता घोषणा गरिने छ ।

प्रतियोगितको भोटिङ पार्टनरमा ओएसआर डिजिटल, टिकट पाटनरमा माइपे र फोटोग्राफी पाटनरमा फोटो फेशन स्टुडियो रहेका छन् । करिब चार महिना चलेको यो कार्यक्रमलाई बिबी एयरबेजले मुख्य प्रायोजन गरेको छ भने स्पेश फोरके टिभीमा नियमित प्रसारण हुँदै आएको छ । यो प्रतियोगितालाई ओएसआर रियालिटीबाट डिजिटल प्लेटर्फमा देख्न सकिन्छ । प्रतियोगितको निर्णयकमा गिरिश खतिवडा, मिस्टर डी (सन्दीप विष्ट), एजे (अभिजीत भण्डारे) रहनुभएको छ ।

फेश अफ उदयपुर २०२३ को उपाधी गाईघाटकी अल्का विश्वकर्मा भए

समाचार


उदयपुर । विङ्स इन्टरटेन्मेन्टले आयोजना गरेको फेश अफ उदयपुर २०२३ को उपाधी गाईघाटकी अल्का विश्वकर्माले हासिल गरेकी हुन् । मोतिगडा स्थित होटल दि एम्पायर इनको सभा हलमा शनिबार आयोजना गरिएको फेश अफ उदयपुरको ग्राण्ड फिनालेमा जिल्लाका बिभिन्न पालिकाबाट अन्तिम ७ जनाले उपाधीको लागी प्रतिष्पर्धा गरेका थिए ।

ग्राण्ड फिनालेबाट उपाधीको ताज चुमेकी गाईघाटकी अल्कालाई विङ्स इन्टरटेन्मेन्टकि अध्यक्ष शान्ति ठाकुरले ताज पहिर्याइदिएकी थिइन् । त्यसैगरी गाईघाटकि स्नेहा शोनिले फस्ट रनर अप, चौदण्डिगढि नगरपालिकाकि  सृस्टि कार्किले सेकेण्ड रनर अप, वेलका नगरपालिकाको किरण कार्कि थर्ड रनर अप र रौतामाई गाउपालिकालि सङिता विश्वकर्माले फोर्थ रनर अपको उपाधी हात पारेका छन् । फिनालेमा ७ जना अन्य विधामा पनि विजेता घोषणा गरिएको थियो ।

ग्राण्ड फिनालेको निर्णायकमा डाक्टर निर्मला चौधरि, सोम्स कलेजका निर्देशक तथा प्रोफेसर दिनेश दहाल, मिस थारु २०२१ लिभा थारु रहेका थिए ।

विङ्स इन्टरटेन्मेन्टले हरेक वर्ष आयोजना गर्ने मिस उदयपुरको चौथो संस्करणलाई फेश अफ उदयपुरको रुपमा प्रस्तुत गरेको बताएकाछन ।  २०२३ को बिजेताको उपाधी सहित अल्काले पब्लिक चोईस अवार्डको सबटाइटल समेत जितिन् भने भिवर्स चोईस र वेस्ट ड्रेसको अवार्ड स्नेहा शोनि,वेस्ट वाक अवार्ड शृस्टि कार्कि, पपुर र वेस्ट ट्यालेन्ट अवार्ड किरण कार्क, वेस्ट पर्फमर अवार्ड सङिता विश्वकर्मा,  मोस्ट पन्चुअल गायत्रा विक र वेस्ट कन्फिडेन्ट हिमानि मगरले हात पारेका छन् । 
कार्यक्रमलाई जैन विश्वविधालय वैङ्लोर र टुवर्गले प्रायोजन गरेका थिए।

एकसाथ छानिए मिस्टर एण्ड मिस एसईई र किड्स स्टार इन्टरनेशनल

समाचार


‘मिस्टर एण्ड मिस किड्स स्टार इन्टरनेशनल २०२३’ को विजेता आयुंश कार्की, जस्मिन पुन, मार्लाेन तामाङ र प्रिया गुरुङ भए । किड्स स्टार इन्टरनेशनल मिस्टर तर्फ ग्रुप ‘ए’मा आयुंश कार्की र ग्रुप ‘बि’मा मार्लाेन तामाङ विजेता बन्दा किड्स स्टार इन्टरनेशनल मिस तर्फ ग्रुप ‘ए’मा जस्मिन पुन र ग्रुप ‘बि’मा प्रिया गुरुङ विजेता चुनिएका हुन् । ग्रुप ‘ए’ तर्फ अर्गनाइजर च्वाइस सुबिज्ञा कुँवर भए ।

त्यस्तै किड्स स्टार इन्टरनेशनल मिस्टर ग्रुप ‘ए’ तर्फ सुभम घिमिरे फष्टरनर अप, साहिल तामाङ सेकेन्ड रनरअप र कृष श्रेष्ठ थर्ड रनरअप बन्दा किड्स स्टार इन्टरनेशनल मिस तर्फ ओजस्वी घिमिरे फष्ट रनरअफ, रीवा चौहान सेकेन्ड रनर अफ र निमा तामाङ थर्ड रनरअप भए । यही प्रतियोगीता अन्तर्गत गु्रप ‘बि’ मा मिस्टर तर्फ रायन लखन्द्री, सेकेन्ड रनरअप जोन्सन ओझा, थर्ड रनरअफ स्यामुएल तामाङ बन्दा मिस तर्फ क्रिष्टिना पोखरेल फष्ट रनरअप, रिहाना उप्रेती सेकेन्ड रनरअप र थर्ड रनरअप सान्विका बुढाथोकी भए । अर्गनाइजर च्वाइस प्रनेश घले र समृद्धी बुढाथोकीले पाए ।

राजधानीमा आयोजित एक सारोहका बीच सम्पन्न प्रतियोगीतामा ‘मिस्टर एण्ड मिस एसईई २०२३’ तर्फ विजेता सोनिका श्रेष्ठ र रोनिश पाण्डे भए । सोनिका मिस र रोनिश मिस्टर तर्फ विजेता बनेका हुन् । प्रतियोगीतामा अर्गनाइजर च्वाइस विवेक रानापाल र झरना ओली भए ।

प्रतियोगीतामा फष्ट रनरअप जानवी भण्डारी र युग अधिकारी , सेकेन्ड रनरअप कृष्मा क्षेत्री र विकास भट्ट, थर्ड रनरअफ एकता शाह र रोनिश नेपाली भए ।
प्रतियोगीतामा इन्टरनेशनल अवार्ड विजेता तर्फ एसईई बेष्ट मोडल अफ द युनिभर्स नेपाल रीना तामाङ, प्रि टिन इन्टरनेशनल नेपाल स्मृती विस्वकर्मा, टिन इन्टरनेशनल नेपाल आईरिस गुरुङ, इन्टरनेशनल टिन अफ द इयर नेपाल नेहा बुढाथोकी, इन्टरनेशनल टिन अफ द इयर मेल स्मित ढुंगाना, बेष्ट मोडल अफ द युनिभर्स नेपाल विवेक रानापाल, किड्स इन्टरनेशनल विनर लिटिल टुरिजम एम्बेसडर नेपाल आर्यन पोखरेल र उभ्भी लामा गुरुङ, किड्स बेष्ट मोडल अफ युनिभर्स नेपाल ब्रियाना उप्रेती भए ।

एसईई दिएर बसेका छात्र तथा छात्राको क्षमता अभिबृद्धी गर्दै उनीहरुलाई सक्षम रुपमा अगाडि बढ्न सक्ने ब्यक्तित्व विकास गर्ने उदेश्यले फेशन ईराले प्रतियोगीता आयोजना गरेको हो । आयोजकले विजेता सबैलाई गरेर १२ लाख बराबरको छात्राबृतीका अवसर र बिभिन्न गिफ्ट पुरस्कारको रुपमा प्रदान गरेको छ । सबै विजेताले अगामी अगस्टमा स्पेनमा आयोजना हुने अन्तराष्ट्रिय प्रतियोगीतामा अन्य देशका सहभागीसँग भिड्नेछन् ।

फेसन इराले अगामी अगष्ट १ बाट लिटिल टुरिजम एम्बेसडर नेपाल पनि आयोजना गर्दैछ । जसमा बिभिन्न देशका सहभागी पनि प्रस्पिर्धा गर्न नेपाल आउनेछन् । त्यस्तै लिटिल टुरिजम एम्बेसडर पनि पनि आयोजना हुनेछ । जसका विजेताले अन्तराष्ट्रिय प्रतियोगीतामा प्रतिस्पर्धा गर्नेछन् ।

GCI Musical Jatra has been Successfully Concluded

समाचार


Kathmandu, GCI Musical Jatra has been Successfully Concluded on 8th June on the premises of Global College International. The Event hosted by the College students has left everyone mesmerized and tapping their feet to the rhythm. An evening filled with magic from breathtaking performances by talented college singers and dancers to a mind-blowing flash mob took everyone by surprise.

GCI is incredibly fortunate to have the renowned singer Pramod Kharel grace our stage, his soul-stirring voice captivating the hearts of everyone present. Likewise, the phenomenal Soul Band's electrifying performance left the audience craving.

The event was shrined not only through shining performers of the college students, but also faculty members showcased their hidden talents in an exciting game session that had everyone cheering and laughing.

𝐒𝐏𝐀 𝐂𝐨𝐥𝐥𝐞𝐠𝐞 𝐒𝐮𝐜𝐜𝐞𝐬𝐬𝐟𝐮𝐥𝐥𝐲 𝐎𝐫𝐠𝐚𝐧𝐢𝐳𝐞𝐬 𝐒𝐞𝐦𝐢𝐧𝐚𝐫 𝐨𝐧 𝐇𝐢𝐠𝐡𝐞𝐫 𝐄𝐝𝐮𝐜𝐚𝐭𝐢𝐨𝐧 𝐚𝐧𝐝 𝐂𝐡𝐚𝐥𝐥𝐞𝐧𝐠𝐞𝐬

समाचार


Kathmandu, SPA College recently hosted a highly successful seminar on the topic of "Higher Education and Challenges." The event, chaired by Subash Shahi, the esteemed Managing Director of the college, aimed to provide valuable insights and discuss the challenges faced by students pursuing higher education. The seminar featured renowned keynote speaker and Chief Guest, Dr. Karan Singh Thagunna, who brought his expertise and experience to the discussion.

The seminar witnessed the presence of esteemed individuals from the academic community, including Campus Chief Yograj Gautam, Program Directors, Professors, Lecturers, and dedicated staff members. Their attendance and participation contributed to the enriching and collaborative environment of the event. Dr. Karan Singh Thagunna, with his extensive knowledge in the field of higher education, delivered an enlightening keynote address. His speech shed light on the current challenges faced by students aspiring to pursue higher education and offered valuable suggestions to overcome these obstacles.

Throughout the seminar, participants engaged in thought-provoking discussions, sharing their experiences and perspectives. The event served as a platform for students, faculty, and staff to gain a deeper understanding of the challenges in higher education and explore potential solutions. Subash Shahi, as the Managing Director of SPA College, expressed his gratitude to all the attendees for their active participation and their commitment to enhancing the quality of education. He emphasized the college's dedication to providing a conducive environment for students to excel academically and personally.

The success of this seminar highlights SPA College's commitment to organizing impactful events that address critical topics in education. Such initiatives contribute to the holistic development of students and the advancement of the academic community. We extend our heartfelt thanks to all participants, speakers, and organizers for making the seminar on "Higher Education and Challenges" a resounding success. Stay tuned for more upcoming events that aim to empower and inspire students in their educational journey

समिन र डोल्माले पहिरिए ‘मिस्टर एन्ड मिस एसईई फेसनिस्टा, २०२३’ को शिर्ष ताज

समाचार


काठमाडौँ — जेष्ठ २४, २०८०।

शनिबार साँझ राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा ‘मिस्टर एन्ड मिस एसईई फेसनिस्टा २०२३’ को फाईनल प्रतिस्पर्धा सम्पन्न भएको छ। द राईजिङ क्रियसनको आयोजनामा सम्पन्न प्रतियोगिताको शिर्ष ताज समिन तामाङ (मिस्टरतर्फ) र डोल्मा तामाङ (मिसतर्फ) ले पहिरिएका छन् ।

अन्य प्रतियोगीहरुलाई पछि पार्दै समिन र डोल्माले प्रतियोगिताको शिर्ष उपाधि चुमेका छन् । विजेताद्वयले विभिन्न आकर्षक गिफ्ट ह्याम्परसँगै उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति लगायत विभिन्न मोडलिङ सम्वद्द क्षेत्रहरुमा आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसरहरु प्राप्त गरेका छन् ।

शनिबार राष्ट्रिय नाचघरमा अबेर साँझ सम्पन्न प्रतियोगितामा बिबेक राई र अरिष्मा महर्जन फस्ट रनरअप, करिना गिरी सेकेन्ड रनरअप र कृतिका झा थर्ड रनरअप घोषित भए । सबै विजेताले विभिन्न विभिन्न गिफ्ट र उपहारसमेत हात परेका छन् । त्यस्तै कबिता घले अर्गनाईजर चोईस र पुजा तामाङ ब्राण्ड एम्बासडर घोषित भए । 

प्रनिमा दाहालले संचालन गरेको प्रतियोगिताको केरियोग्राफी आर्शु महर्जनले गरेका थिए । प्रतियोगिताको को-अर्डिनेटर उर्गेन घलान र मेन्टर सुमन घलान रहेका थिए। 

एसईई दिएर बसेका छात्रछात्राहरूको प्रतिभा निखार्दै उनीहरूलाई भविष्य निर्माणमा सक्षम बनाउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता आफूले सोचेभन्दा उत्कृष्ट तवरले सम्पन्न भएको र अब लगत्तै 'टीन एजर' सम्वद्द अर्को प्रतियोगिता आयोजनाको तयारीमा रहेको आयोजक संस्थाका सिईओ सागर मगरले जनाए ।

'मिस्टर एण्ड मिस एसईई सुपर मोडल, २०२३' को ताज सज्ञान र आर्याले जिते

समाचार


काठमाडौँ — जेष्ठ २४, २०८०। 

'मिस्टर एण्ड मिस एसईई सुपर मोडल, २०२३' को शिर्ष उपाधि सज्ञान ओझा र आर्या गौतमले जितेका छन् । एभरेष्ट ईभेन्ट्सको आयोजनामा अवेर साँझ राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा अत्यन्तै रोमान्चक प्रतिस्पर्धासंगै सम्पन्न 'मिस्टर एण्ड मिस एसईई सुपर मोडल, २०२३' को फाइनल प्रतिस्पर्धामा आफ्ना अन्य प्रतिस्पर्धीहरुलाई पछि पार्दै सज्ञान र आर्याले बिजेताको ताज पहिरिए । 

प्रतियोगितामा लाजिमा लिम्बु र अनुज कटुवाल फर्स्ट रनर अप, खुबी श्रेष्ठ र टासि शेर्पा सेकेन्ड रनर अप तथा खुशी कार्की र अनिश खड्का थर्ड रनर अप छनौट भए । त्यस्तै एन्जेल शेर्पा फोर्थ रनर अप चयन भएकी थिइन् । 

रोजिन शाक्यले संचालन गर्नुभएको उक्त कार्यक्रममा आर्शु महर्जन र सुगन्धा अधिकारीको कोरियोग्राफी रहेको थियो। बिधागत तर्फ कृतिका प्रधान र रुस्तम रोक्का प्रतियोगिताको ब्राण्ड एम्बेसडर तथा सिफाली महर्जन र सृजल श्रेष्ठ अर्गनाइजर च्वाइस घोषित भएका थिए । ब्युटी विथ ब्रेनको अवार्ड शुवानी श्रेष्ठ हात पारिन् । 

रन्जु ठकुरी स्टेला प्रोफेसनलको ब्रान्ड एम्बेसेडर छनौट भइन् भने बेदान्त नरसिंह राणा र रिद्धिमा महर्जन आरुप्स डिजाइनका लागि ब्रान्ड एम्बेसडर नियुक्त भए । यसैगरी एन्जेल शेर्पा, रिद्धिमा श्रेष्ठ र सृजल श्रेष्ठले पपुलर विधाको अवार्ड जित्न सफल भए भने जेनी श्रेष्ठ र ओम थिङले भ्युअर च्वाइस विधाको अवार्ड हात पारे। 

यस वर्षको एसएलसी परिक्षा दिएर बसेका परिक्षार्थीहरुबीच खाली रहेको समय मोडलिङ संगसगै उनीहरुको व्याक्तित्व बिकास, आत्मविश्वास अभिवृद्दि तथा उच्च शिक्षा अध्ययनमा सहयोग पुर्याउने हेतुले 'मिस्टर एण्ड मिस एसईई सुपर मोडल' को आयोजना गरेको र कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजक संस्थाका सिईओ कृष्ण श्रेष्ठले जनाए। 


 

निशिम र अनिक लाई मिस्टर एन्ड मिस् एस इ इ को उपाधी

समाचार


बिर्तामोड । बिर्ता मिडिया एण्ड इन्टरटेन्टमेन्ट प्रालिको आयोजनामा भएको मिस्टर एण्ड मिस एसईई २०२३ प्रोभिन्स वान अन्तर्गत मिस एसईईको उपाधि बिर्तामोडकी निसिम थाम्सुहाङले हात पारेकी छिन् भने मिस्टर एसईईको उपाधि बिर्तामोडकै अनिक चौधरीले हात पारेका छन् । 
 बिर्तामोडमा भएको फाइनल प्रतियोगितामा चिल्ड्रेन इन्भाइरोमेन्ट स्कुलकी विद्यार्थी थाम्सुहाङले मिस एसईईको र न्युटन्स एजुकेशन एकेडेमीका विद्यार्थी चौधरीले मिस्टर एसईईको उपाधि हात पारेका हुन् । 
त्यस्तै मिस एसईईको फस्ट रनरअप चिल्ड्रेन इन्भाइरोमेन्ट स्कुलकी  सलिना गुरागाईं , सेकेन्ड रनरअप सुरुंगाको हरिकुल नमुना माविकी चेतसा न्यौपाने भए भने मिस्टर एसईईको फस्ट रनरअप इलामका उत्तम थापा र सेकेन्ड रनरअप चारआलीको सहिद दशरथ चन्द माविका योगेश लिम्बू भएका थिए । 
प्रतियोगितातर्फ मिस कन्फीडेन्ट स्नेहा ढुंगाना, वेस्ट वाल्क चेतसा न्यौपाने,वेस्ट स्माइल सेन्थीया लिम्बू, मिस हार्डवर्किङ संगीता राजवंशी, वेस्ट ट्यालेन्ट निसिम थाम्सुहाङ,मिस व्युटीफुल सुप्रिना संग्रौला, वेस्ट फिगर टोनिसा भण्डारी, मिस एक्टीभ प्रियंका लामिछाने, मिस फोटोजेनिक सलिना गुरागाईं, मोस्ट फे्रण्डली अनिक चौधरी, मोस्ट हेण्डसम उत्तम थापा, मोस्ट अनेस्ट आशिका ढकाल, मिस पर्सनालिटी विपिसा संग्रौला, मिस्टर इनरजेटिक निश्चल लिम्बू, मिस पङच्युअल चेतकुमारी लिम्बू, मिस मोरालिटी सञ्जु मिया, मिस्टर फोटोजेनिक योगेश लिम्बू, मिस डिसिप्लेन विपिका राजवंशी, वेस्ट डान्सर कृतिका लिम्बू, मिस चार्मिङ लिजा राई, मिस पपुलर चेतकुमारी लिम्बू, मोस्ट पपुलर कृतिका लिम्बू, भ्युवर च्वाइज सुप्रिना संग्रौलाले उपाधि प्राप्त गरे । 
 प्रतियोगितामा श्वेता श्रेष्ठ, चेतन ढुंगेल, स्वस्तिका आचार्य र सविना लिम्बू निर्णायकको भूमिकामा रहेका थिए ।
प्रतियोगिताका विजेताहरुलाई निदी स्कूल तथा  इन्द्रेणी क्याम्पस बिर्तामोड, श्री हरिकुल सुरुङ्गा, आदर्श स्कूल अफ होटल म्यानेजमेन्ट बिर्तामोड, होलीवेल इङलिस स्कूल धुलाबारी, पशुपति इङलिस स्कूल सुरुङ्गा, , स्प्रिङडेल कलेज फर हस्पिटालिटी म्यानेजमेन्ट बिर्तामोड, सिद्धार्थ इङलिस स्कूल खोर्साने , ब्राइट फ्युचर इङलिस स्कूल सुन्दर हरैचा , युएन नवोदय कलेज धरानले शतप्रतिशत छात्रवृत्ति उपलव्ध गराउने आयोजकले जनाएको छ । 
बिर्ता मिडिया इन्टरटेन्टमेन्ट प्रालिका निर्देशक एलसी श्रेष्ठको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रम संयोजक दिनेशराज शर्माले स्वागत गरेका थिए । 
कार्यक्रममा प्याब्सन झापाका वरिष्ठ उपाध्यक्ष छत्र कार्की, झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेत, प्रतियोगिताको एजुकेशन पार्टनर निदि सेकेण्डरी स्कुल तथा इन्द्रेणी क्याम्पसका प्रमुख रञ्जित शाह लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुले उत्कृष्ट र  देश भक्तीपूर्ण नृत्य प्रस्तुत गरेर दर्शक तथा श्रोताको मन जितेका थिए । कार्यक्रमको सञ्चालन सुरज प्रधान र अनुप भण्डारीले गर्नुका साथै सबिना श्रेष्ठ र आरति गौतमले कोरियोग्राफी रहेको इभेन्ट म्यानेजर विजय लिम्बूले जानकारी दिए ।
 

पाँचौ पिम नेपाल फिल्म फेष्टिवल असार १५ मा हुदै

समाचार


काठमाण्डौ– पिम नेपाल चलचित्र महोत्सव २०२२ को लागि आवेदन खुल्ला गरिएको छ । यहि असार १३ देखी १५ गते सम्म काठमाण्डौमा आयोजना हुन गईरहेको पाँचौ संस्करणको फिल्म फेष्टिवलका आवेदन खुला गरिएको आयोजक समितिले बताएका छन् । चलचित्र, बृत्तचित्र तथा लघुचलचित्र लगायतले विभिन्न विधामा आवेदन फारम भर्न सक्ने छन् । आवेदन दिने अन्तिम मिति २०८० को असार असार ७ गते सम्म रहेको आयोजक समितिको अध्यक्ष कमला जोशीले वताईन ।

नेपालमा बोलिने विभिन्न भाषामा बनेका चलचित्र, बृत्तचित्र र लघुचलचित्रले महोत्सवमा सहभागिता जनाउन पाउने भएका छन् । नेपाली चलचित्र, कला संस्कृति तथा पर्यटन प्रवद्र्धन तथा सम्वद्र्धनको गर्ने उदेश्यले सन् २०१८ देखी पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल)ले यस महोत्सवको सुरुवात गरेको हो । हाल संस्थाले पाँचौ संस्करणको कार्यक्रमको आयोजना गर्न गईरहेको संस्थाका अध्यक्ष माधब राज खरेलले वताए ।

पिम नेपाल चलचित्र महोत्सवमा नेपाली चलचित्र एवं विभिन्न भाषाभाषीका चलचित्रहरुतर्फ निर्देशक, लेखक, नायक/ नायिकाको लगायतको प्रतिष्प्रधा हुनेछ भने वृत्तचित्रतर्फ पर्यटन, मानवअधिकार, सामाजिक उत्तरदायित्व लगायतका विषयमा प्रतिष्प्रधा हुनेछ जसमा निर्देशक, लेखक ,स्वरांकन, छाँयांकार लगायतका रहनेछन् । त्यस्तै लघु चलचित्र तर्फ निर्देशक र नायक / नायिकाको प्रतिष्प्रधा हुने र विजेतालाई अवार्ड समेत प्रदान गरिने आयोजकले वताएको छ । कार्यक्रममा चलचित्र कलकार तथा श्रमिक संगठन, एरा प्रोडक्सन, राष्ट्रिय लोक सांस्कृतिक संघ, पावर न्यूज मासिक, नेशनल पावर न्यूज डट कम लगायतका विभिन्न संघ संस्थाहरुको संलग्नता रहने बताईएको छ ।