generalnews
||Power News Asia||

आजको समाचार

नक्कली मोरी ओएसआर डिजिटल च्यानल मार्फत सार्वजानिक

समाचार


काठमाडौं - युवा पुस्ताप्रति लक्षित रोमान्टिक गीतको म्यूजिक भिडियो ‘नक्कली मोरी’ ओएसआर डिजिटल च्यानल मार्फत सार्वजनिक भएको छ । प्रतिभाशाली गायक, कलाकार दिल ब्लोनको शब्द, संगीत र स्वर रहेको उक्त गीतको भिडियो ओएसआर डिजिटल च्यानल मार्फत सार्वजनिक गरिएको हो । गीतलाई याकुव तामाङ गरेका हुन् ।

कलाकार तथा संगीतकर्मी दिल ब्लोन एक दशक पछि गीतसंगीतको क्षेत्रमा पुनःफर्केका हुन् । क्रान्ति केसीको सम्पादन तथा निर्देशनमा रहेको उक्त भिडियोमा दिल ब्लोन, उषा उप्रेती लगायतको कलाकारहरुको अभिनिय रहेको छ । उत्सव दाहालले उक्त गीतको म्युजिक भिडियोलाई खिचेका छन्।

कोइरालालाई मानार्थ विद्याबारिधिको उपाधि

समाचार


काठमाडौं- संयुक्त राज्य अमेरिकाको फ्लोरिडास्थित सामाजिक जागरूकता र शान्ति विश्वविद्यालयले कलाकार तथा लोक सॉस्कृतिक अभियान्ता आरसी कोइराला (रामचन्द्र) लाई मानार्थ (विद्याबारिधि)डाक्टरको उपाधि प्रदान गरेको छ ।

कोइरालाले अन्तर्राष्ट्रिय संस्कृतिको क्षेत्रमा पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै अन्तर्राष्ट्रिय संस्कृति विज्ञको रुपमा उनलाई मानार्थ (विद्याबारिधि)डाक्टरको उपाधि प्रदान गरिएको सो विश्वविद्यालयले जनाएको छ।  

नुवाकोट जिल्लाको हर्कपुर (हाल बिदुर नगरपालिका वडा नम्बर १३) मा बुबा रत्न प्रसाद कोइराला तथा माता सावित्री कोइरालाको कोखबाट जन्मेका कोइराला विगत तीन दशकदेखि अनवरतरुपमा नेपाली कला संस्कृतिको सम्बर्द्धन तथा प्रबर्द्धनमा उल्लेखनीय कार्य गर्दै विश्वभर नेपाली संस्कृतिमार्फत नेपालाई परिचित गराउँदै  आएका छन् ।

उनी एभरेष्ट नेपाल कल्चरल ग्रुपका संस्थापक अध्यक्ष समेत हुन् । उनको नेतृत्व तथा  एभरेष्ट नेपाल कल्चरल ग्रुपको आयोजनामा नेपालमा हरेक वर्ष एक मात्र अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलाको आयोजना हुँदै आएको छ ।

मिसेस् नेपाल कल्चर २०२३ को उपाधि डा ओजस्वी शेरचनलाई

समाचार


काठमाण्डौ । नेपाली समाजको गौरवमय परिचय भनेको साँस्कृतिक विविधता हो । यही परिचयलाई फरक रुपमा र विस्तारित दायरामा सम्बद्र्धन र प्रवद्र्धन गर्ने हेतुले गत वर्ष देखि आयोजना हुन थालेको साँस्कृतिक सौन्दर्य प्रतियोगिता हो, मिसेस् नेपाल कल्चर । यस प्रतियोगिता दोस्रो संस्करण राष्ट्रिय नाचघर जमलमा बुधबार भव्यता पूर्वक सम्पन्न भएको छ । फेसनलाई भन्दा मौलिकता र ग्ल्यामरलाई भन्दा शालीनतालाई प्राथमिकता दिंदै प्रस्तुत गरिएको सो प्रतियोगितामा डा। ओजस्वी शेरचनले मुख्य उपाधि जितेकी छिन् । मुख्य उपाधिसहित उनी पब्लिक च्वाइस विधाको विजेता समेत बनिन् । ओजस्वीलाई प्रतियोगिताका ब्रान्ड एम्बेसडर प्रथम मिस नेपाल रुबी राणाले विजेताको ताज पहि¥याएकी थिइन् । 

प्रतियोगितामा डा। अंकिता ठाकुरले फस्ट रनर अपसंगै डाइनामिक विधाको अवार्ड आफ्नो नाममा पार्न सफल भइन् भने शुष्मा बस्नेतले सेकेन्ड रनर अप उपाधि जितिन् । थर्ड रनर अपतर्फ श्रेया ढुंगाना र फोर्थ रनर अपमा नीरा तामाङ विजयी छनौट भएका थिए । नीराले इन्टिलेक्चुयल विधामा पनि आफ्नो नाम दर्ता गरिन् । विजेता सबै जनाले मिना बजार र यचु हेयर ओयलबाट एक्सक्लुजिभ गिफ्ट प्राप्त गरेका थिए । 

 त्यसैगरि ट्यालेन्ट विधामा सुलोचना श्रेष्ठ जोशी विजेता, सुजाता खनाल फस्ट रनर अप तथा अनु फुँयाल सेकेन्ड रनर अप चयन भएका थिए भने पब्लिक च्वाइस फस्ट रनर अप अनिता संग्रौला भेटवाल बनेकी थिइन् । अनिताले पर्सनालिटी विधाको अवार्ड पनि आफ्नो नाममा पारिन् । भ्युअर च्वाइसतर्फ पंकज अधिकारी विजेता बन्दा शुभद्रा गौतम फस्ट रनर अप बनिन् । म्यानेजमेण्ट च्वाइस तर्फ रेखा यादव, फोटोजेनिकमा रिचा पराजुली, कन्जिनियालिटीमा लक्ष्मी झा, एलेगेन्समा अर्चना अमात्य, डिलिजेन्टमा तुलसा पन्त, डिसेन्टमा कल्पना श्रेष्ठ, एक्टिभमा समी पौडेल, इनोसेन्समा दुर्गा कुमारी रावल र इन्थिुजियास्टिकमा ललिता डंगोलले उपाधि प्राप्त गरेका छन् ।

फेसन कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्यको कोरियोग्राफीमा संचालन भएको सो प्रतियोगितामा मिस नेपाल २००५ सुगरिका के सी, मिसेस् हेरिटेज इन्टरनेसनल नेपाल २०१९ दुर्गा विसुराल, मिडियाकर्मी एवं समाचार प्रस्तोता मनोज जोशी, पर्यटन एवं एभिसियन क्षेत्रकी संगीता रौनियार तथा खाल्डा एड इन्टरनेसनलका नेपाल प्रतिनिधि रिम्पल सिंह निर्णायकका रुपमा रहेका थिए । 

युजिशा इन्टरनेसनल इभेन्टसका सानु खान इभेन्ट म्यानेजर रहेको सो प्रतियोगितामा नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष एवम् नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ प्रमुख अतिथिका रुपमा कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो ।  सो अवसरमा उहाँले कार्यक्रमलाई संबोधन गर्ने क्रममा मिसेस नेपाल कल्चर विवाहित महिलाहरुको स्वतन्त्रता साथै व्यक्तित्व विकाससँग जोडिएकोले यसलाई मनोरंजनसँग मात्रै जोडन नमिल्ने जिकिर पेश गर्दै भन्नुभयो ‘मिसेस नेपाल कल्चर चाही मलाई किन राम्रो लाग्यो भने यो समाजमा महिला विवाहित भएपछि वा बच्चालाई जन्म दिईसकेपछि महिलाहरु स्वतन्त्र र खुला हुन सक्दैनन् भन्ने जुन विश्वास समाजमा व्याप्त छ यस्ता कुराहरुलाई चिर्दै महिलाहरु संचारिका, मोडल आदी पेशामा वा कुनै क्षेत्रमा अगाडि आउन सक्छ भन्ने गतिलो उदाहरण हो’ । त्यस्तै उहाँले नारी माथि हुने हिंसासँगै पुरुषमाथि गरिने हिंसा पनि निन्दनिय रहने बताउनुहुँदै नारीले नारीमाथि गर्ने अन्याय र हिंसाका घटना उस्तै विकराल रहेको औंल्याउनुभयो । सो अवसरमा उहाँले मन स्वच्छ भएमात्रै मानिस पूर्ण रुपमा सुन्दर हुने धारणा समेत व्यक्त गर्नुभयो ।  

प्रमुख अतिथि श्रेष्ठले संचारकर्मी सरोज ओझा, युवा व्यवसायी डेभिल सिंह राजपुत, काठमाडौं उद्योग वाणिज्य संघका सदस्य एवम् आईआईएफटीका संचालक तेन्जिङ शेर्पा, गायक बिनोद ढकाल लगायतलाई प्रमाण पत्र वितरण गर्नुभएको थियो ।

अग्रीम टिकट बुकिङ खुलासँगै नयाँबसपार्कको कान्तिपुर मलमा ग्राहकको घुईँचो

समाचार


काठमाडौँ । काठमाडौँको नयाँबसपार्कमा चाडपर्वका लागि अग्रीम टिकट बुकिङ खुला गरेसँगै कान्तिपुर मलमा सामान किन्न ग्राहकको घुईँचो लागेको छ । विगत १८ वर्षदेखि होमल्याण्ड इनभेष्टमेन्ट कम्पनीद्धारा सञ्चालित उक्त मलले प्रत्येक वर्षजस्तै यसवर्ष पनि उपहार योजना सार्वजनिक गरेसँगै घुईँचो लागेको हो । मलले नेपालीहरुको महान् पर्व विजयादशमी शुभ दिपावली तथा छठ पर्वलाई लक्षित गरी ‘कान्तिपुर मल दशैँ तिहार महोत्सव उपहार योजना–२०८०’ सञ्चालन गरेको हो ।

नयाँबसपार्क नेपालभरका सडकमार्गबाट काठमाडौँ भित्रिने तथा बाहिरीने यात्रुको पहिलो गन्तव्यस्थल समेत हो । उक्त बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा दैनिक ५०० भन्दा बढी सार्वजनिक यातायात ओहोरदोहोर गर्दै आएका छन् । मलका महाप्रबन्धक अमर निरौला मलमा ग्राहकले रोजेजस्तै, खोजेजस्तै गुणस्तरीय सामान सुपथ मूल्यमा विक्रिवितरण गरेकाले पनि ग्राहकको आकर्षणको केन्द्र बनेको बताउँछन् । “हामीले विस २०६४ सालदेखि कान्तिपुर मलमा बडादशैँ, शुभदिपावली तथा छठ पर्वको अवसरमा उपहार योजना निरन्तर रुपमा सञ्चालन गर्दै आएका छौँ,”– उनी भन्छन् । ग्राहकले रु १००० भन्दा बढी मूल्यको सामाग्री कान्तिपुर मलमा खरिद गर्दा एकवटा उपहार कुपन सित्तैमा पाउने र लक्की ड्रमार्फत विभिन्न मोटरसाइकलदेखि टिभीसम्म पुरस्कार पाउने व्यवस्था मिलाइएको महाप्रबन्धक निरौला बताउँछन् ।

उक्त मलले उपहार योजनाअन्तर्गत प्रथम पुरस्कार १५० सीसीको यमाहा मोटरसाइकल, द्धितीय पुरस्कार ११३ सीसीको यमाहा स्कुटर, तृतीय पुरस्कार ३२ इन्चको डिएचआई स्मार्ट एलईडी टिभी, चौँथो पुरस्कार डिएचआई १८५ लीटरको फ्रिज रहेको छ । यस्तै, डिसहोम फाइवर नेट पाँच जनालाई र विभिन्न पुरस्कार घोषणा गरेको छ ।

गोर्खाली रग्वी क्लबको दशैँ, तिहार र छैठ शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

समाचार


ललितपुर -  हिन्दुहरुको महानपर्व बडा दशै भित्रीएसँगै  गोर्खाली रग्वी क्लबले  बडा दशैं, तिहार, नेपाल संवत तथा छठ लगायतका पर्वका अवसरमा शुभकामना आदानप्रदान सम्पन्न गरेको छ ।

क्लवले बिहीबार  बगैंचा रेस्टुरेन्ट एन्ड बार  जाउलाखेलमा  सम्पूर्ण    पदाधिकारी , सदस्यहरु लगायत  जमघट गराएर  शुभकामना आदानप्रदान तथा विभिन्न रचनात्मक भेटघाट,  सर्टिफिकेट वितरण, भावी योजना लगाएको बिषयमा छलफल गदै  कार्यक्रम सम्पन्न  गरेको हो ।

कार्यक्रममा बिशिस्ट अतिथि , अन्य अतिथि लगाएतको सहभागीहरुले दशैं तथा दीपावलीको अवसरमा नेपाली–नेपालीबीच सदैव आपसी सदभाव, सम्पूर्ण नेपालीहरुको सुख समृद्धिको कामनासहित शुभकामना आदानप्रदान गरेका थिए ।

चाड पर्वहरुको खुशियाली र महत्त्वलाई कायमै राख्दै तथा आपसी मेलमिलापलाई अझै प्रगाढ बनाउने उदेश्य ले उक्त कार्यक्रम  आयोजना गरिएको क्लबका अध्यक्ष रोहित कार्कीले  बताए ।


नेपालमा गोर्खाली रग्वी क्लबले भविष्यमा गाउँ गाउँ देखी सहर सम्म रग्वी खेलको विकासको लागि गोर्खाली रग्वी क्लबले सधै नेपाल रग्वी संघ संग सहकार्य गरेर खेल र खेलाडीको विकासमा निरन्तर लागि रहनेका साथ आउदो जनवरीमा  गोर्खाली नेशनल सेभेन प्रतियोगिता आयोजना  गर्न लागिएको  सचिव प्रेम कोइरालाले  जानकारी दिनुभयो ।

नेपाल रग्वी संघको महासचिव गोविन्द  घिमिरेको बिशिस्ट आतिथ्यमा सम्पन्न  भएको  कार्यक्रममा सल्लाहकारहरू रबिन्द्र श्रेष्ठ ,दिलिप श्रेष्ठ , बिष्णु थापा ,गोबिन्द पाैडेल क्लबका कानुनी सल्लाहकार गोबिन्द राज न्याैपाने   कर्णाली रग्वी प्रदेशका अध्यक्ष सुरेन्द्र कुवँर क्लबका उपाध्यक्ष कृष्ण थापा , कोषाध्यक्ष श्रीराम श्रेष्ठ  क्लबका  पदाधिकारीहरू ,  खेलाडी ,सदस्यहरु लगायत  उपस्थिति थियोे ।

'महिलाहरुले आफुलाई आत्मनिर्भर बनाउन अग्रसर हुनुपर्छ':उर्मिला श्रेष्ठ उपाध्यक्ष,नेपाल चेम्बर

समाचार


काठमाडौं । नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष एवम् नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले नारी माथि हुने हिंसासँगै पुरुषमाथि गरिने हिंसा पनि निन्दनिय रहेको बताउनुभएको छ । बुधबार युजिसा इन्टरनेशनलद्वारा राष्ट्रिय नाच घर जमलमा आयोजित मिसेस नेपाल कल्चर प्रतियोगितामा प्रमुख अतिथिको आसनबाट बोल्नुहुँदै श्रेष्ठले उक्त धारणा राख्नुभएको हो । कोभिडपस्चात अर्थतन्त्र शिथिल भैरहेको अवस्थामा यस्ता कार्यक्रमले प्रगती र उत्साह दुवै बढाउने औंल्याउनुहुँदै श्रेष्ठले हरेक पेशा व्यवसायको आफनै महत्व हुने हुँदा सबैले कोही कसैमाथि भेदभावनराखी सम्मानजनक व्यवहार गर्नुपर्नेमा जोड दिनुभयो । ‘कुनै चिज पनि ठुला साना हुँदैनन्, कसैप्रति पनि भेदभाव गर्नु हुँदैन, काम सानो ठुलो भन्ने हुँदैन, म यहि मान्यता राख्छु र यहाँहरुलाई पनि यहि आग्रह गर्दछु ’ उहाँले भन्नुभयो ।

उहाँले मिसेस नेपाल कल्चर विवाहित महिलाहरुको स्वतन्त्रता साथै व्यक्तित्व विकाससँग जोडिएकोले यसलाई मनोरंजनसँग मात्रै जोडन नमिल्ने जिकिर पेश गर्दै भन्नुभयो ‘मिसेस नेपाल कल्चर चाही मलाई किन राम्रो लाग्यो भने यो समाजमा महिला विवाहित भएपछि वा बच्चालाई जन्म दिईसकेपछि महिलाहरु स्वतन्त्र र खुला हुन सक्दैनन् भन्ने जुन विश्वास समाजमा व्याप्त छ यस्ता कुराहरुलाई चिर्दै महिलाहरु संचारिका, मोडल आदी पेशामा वा कुनै क्षेत्रमा अगाडि आउन सक्छ भन्ने गतिलो उदाहरण हो’ । महिला सशक्तिकरणको आधार स्तम्भ आर्थिक सबलिकरण रहेको उल्लेख गर्नुहुँदै उहाँले महिलाहरुले आफुलाई आत्मनिर्भर बनाउन अग्रसर हुनुपर्नेमा जोड दिनुभएको छ । सो अवसरमा मन स्वच्छ भएमात्रै मानिस पूर्ण रुपमा सुन्दर हुने धारणा समेत व्यक्त गर्नुभयो । साथै उहाँले नारी माथि हुने हिंसासँगै पुरुषमाथि गरिने हिंसा पनि निन्दनिय रहेको उल्लेख गर्नुभयो ।  

प्रमुख अतिथि श्रेष्ठले संचारकर्मी सरोज ओझा, युवा व्यवसायी डेभिल सिंह राजपुत, काठमाडौं उद्योग वाणिज्य संघका सदस्य एवम् आईआईएफटीका संचालक तेन्जिङ शेर्पा, गायक बिनोद ढकाल लगायतलाई प्रमाण पत्र वितरण गर्नुभएको थियो । उक्त प्रतियोगिता कार्यक्रममा पूर्व मिस नेपालद्वय रुबि राणा र सुगारिका केसी, संचारकर्मी मनोज जोशी आदी निर्णायक रहनुभएको थियो ।

पौडेलले दिए एसिया प्यासिफिक क्षेत्रको संयोजकमा उम्मेद्बारी (प्रतिबद्धता पत्र सहित)

समाचार


काठमाडौ-  एनआरएनए जापानको निवर्तमान अध्यक्ष शिवप्रसाद पौडेलले एसिया प्यासिफिक क्षेत्रको संयोजक पदको उम्मेदवारी मनोनयन दर्ता गरे सङगै काम गर्ने योजना सहितको प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन । चुनाव हुन केही हप्ता मात्रै बाकी रहेकाले एसिया प्यासिफिक क्षेत्रमा छरिएर बसेका सम्पुर्ण मतदाताहरुलाइ भोटको समेत अपिल गरेका छन । कोभिड -19 को बेला जापानमा रहेका थुप्रै नेपालीहरुलाइ खोप ब्यवस्थापन देखि नेपाल आउन सहज बाताबरण समेत मिलाइ सबैको नजरमा पर्न सफल भएका कारण आफुले जित्नेमा बिश्वस्त रहेको पौडेलले जानकारी दिएका छन।

प्रतिबद्धता पत्र:

१- वैदेशिक रोज़गारलाई सुरक्षित र मर्यादित बनाऊनको लागी सम्बन्धित निकायहरुमा पहल गर्ने।

२) श्रमिकको हक अधिकारको लागि बिचौलियाको अनावश्यक हस्तक्षेप र सम्बन्धित कम्पनीबाट पिडित बनाईने समस्या समाधानको लागि सचेतनामूलक कार्यक्रम संचालन गरिने ।

३) विदेशमा जाने श्रमिकलाई सक्षम र सबल तथा दक्ष बनाउनको लागि गन्तव्य मूलुक जानु अघि सम्बन्धित कार्यको सिपयुक्त बनाउन एनआरएनएमार्फत निःशुल्क सिप सिकाउन भोकेसनल पार्क तथा कलेजको स्थापना गर्ने व्यवस्था गराउन सम्बन्धित निकायमा पहल गर्ने ।

४) श्रम स्विकृति लिन विद्यमान झण्झटिलो प्रक्रियाको समाधानका लागि सरोकारवाला निकायसंग आवश्यक छलफल गरि समाधानको लागि विकल्पसहित सहजिकरन गर्ने।

५) सामाजिक सुरक्षा कोषबाट पाईने सम्पूर्ण सुविधाको बारेमा प्रवासमा रहेका हरेक नेपालीलाई सुसूचित बनाउन सचेतनमूलक कार्यक्रमका लागि एनएसीसीसंगको समन्वयमा कार्यक्रम गर्ने ।

६) गैर आवासीय नेपालीहरुलाई नागरिकताको निरन्तरता र बविदेशमा बस्ने नेपालीलाई सम्बन्धित मुलुकहरुबाट मताधिकारको सुरक्षा सुनिश्चीत गर्न पहल गर्ने।

७)एसिया प्यासेफिक क्षेत्रको लागि छुट्टै बैन्किङ कारोबार गर्नका लागि एकाउण्ट संचालनमा ल्याइ सो मार्फत राहत कोषको स्थापनाको लागि पहल गर्ने।

८) वैधानिक रूपमा रेमीट्यान्स नेपाल भित्र्याउन र वैदेशिक लगानीको वातावरण सृजना गर्न पहल गर्ने ।

९) एनआरएनले गर्ने राष्ट्रिय खेलकूदको लागि बिदेसबाट नेपाल जाने खेलाडीका हवाई टिकट, होटल, बीमा र अन्य सहुलियतका लागि खेलकूद प्रतिस्थान मार्फत छुट्टै कोष बनाऊन एनआरएन केन्द्रसंग पहल गर्ने।                                                                           १०) पीएनओ परिचय पत्रको लागि सरकार संग पहल गर्ने ।            - समीर लामा

मेरो जीत सुनिश्चित छ: रोबिन शेरचन (एनआरएनए उपाध्यक्ष पदको उम्मेदवार)

समाचार


काठमाण्डौ- एनआरएनए एउटा विसुद्ध सामाजिक परोपकारी संस्था हो । यसका उद्देश्यहरु प्रष्ट छन् । बिचमा केही आफ्ना उद्देश्य र पद्धति कार्यन्वयनका सन्दर्भमा डगमग गरेको जस्तो भएतापनि सधै त्यस्तो हुँदैन । त्यसैले, आउनुस् हातेमालो गरौं । एकले अर्कालाई सहयोग गरौं । मानवताको धर्म निभाऔं । भन्ने सन्देस प्रबाह गरेका शेरचन यस पटकको एनआरएनए चुनावमा उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

जापानमा रहेर नेपाली समुदायका बिच एक सफल व्यवसायी र सामाजिक व्यक्तित्वको छवि बनाउन सफल रोबिन शेरचनलले उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेसँगै, विश्वभरका एनआरएनएका बिच उनि निकै चर्चामा आइरहेका छन् । हुन त पछिल्लो समय नेपालको राजधानी काठमाण्डौं एनआरएनएमय बनेको छ । आज असोज ३० देखि कार्तिक ३ गतेसम्म अर्थात अक्टोबर १७ देखि २० तारिखसम्म ११औं महाधिवेशन हुने भएकाले विश्वभरका एनआरएनएहरु काठमाडौंमा उत्रिएका छन्।उक्त महाधिवेशन अन्तर्गत कार्तिक २ गते अर्थात सेप्टेम्बर १९ तारिख बिहीवारका दिन नयाँ कार्यकाल(२०२३–२५) का लागि निर्वाचन पनि हुदैछ । सो निर्वाचनमा भाग लिदै लामो समयदेखि जापानमा बस्दै आइरहेका रोबिन शेरचनले पनि उपाध्यक्ष पद (खुला तर्फ ६ जना चुनिने) मा उमेदवारी दिएरका छन् ।

मुस्ताङमा जन्मिएका रोविनको बाल्यकाल पोखरामै वितेको थियो । पोखराको गण्डकी बोर्डिङ स्कुलमा माध्यामिक तहको शिक्षा पुरा गरेपछि उनि उच्च शिक्षा हासिल गर्नका लागी काठमाडौं आए । शंकरदेव क्याम्पसवाट स्नातक गरेपछि परिवार र आफन्तको सल्लाहमा रोविन ३५ बर्ष अघि जापान गएका थिए ।

हाल जापानमा शेरचन रेष्टुरेन्ट, होटल, कलेज, विध्यालय, सीप तालिम कक्षा, हाईड्रोपावर, रेमिट्यान्सलगायतका विविध व्यवसायमा प्रत्यक्ष अप्रत्यक्ष जोडिएको बताउँछन् । उनको ३५ वर्षको प्रवास बसोबाससलाई फर्के हेर्दा सामान्य युवा विदेशमा जाँदा पाउने सबै किसिमका दुःख सुख पार गरेर आफू जस्तै पाँचसय बढी नेपाली परिवारसंग प्रत्यक्ष जोडिएको पनि छन् उनि रोजगारको प्रवद्र्धन मार्फत । उनि आफ्नो व्यवसायसंगै आपत विपतमा परेका नेपालीहरुलाई सहयोग गर्न पनि अग्रसर हुने गर्दछन् ।

शेरचन नेपाली कला संस्कृतिलाई औधि मन पराउनेहरुमा पर्दछन् । विशेषतः नेपालको कला संस्कृति जगेर्ना गर्ने खालका कार्यक्रमहरुलाई उनले यथासक्य सहयोग पनि पुरÞ्याउँदै आएका छन् । शेरचन परदेशमा बसेका धेरै नेपालीहरु जोडिएको संस्था एनआरएनएसंग जोडिएका छन । उनि अहिले आईसीसी सदस्य पनि छन् निश्वार्थ समाजसेवा, परोपकारी साथै नेपालको विकास र समृद्धिका लागि उनिल व्यापक रुपमा काम समेत गरि रहेका छन् भने आफुले सके सम्म अझै काम गर्ने बताउँछन् ।

शेरचनका अनुसार “नयाँ नयाँ परदेशमा आएकाहरुले विभिन्न किसिमका कठिनाइहरु सामना गर्नुपर्ने हुन्छ । भाषा, काम, परिवेश, जीवनशैली सबै नयाँ हुन्छ। अप्ठ्यारोमा परेकाहरुलाई थोरै भएपनि सहयोग गर्दा उनिहरूलाई ठूलो राहत पुग्छ। नेपाली भएर हेर्दा दान गर्ने दिने अनि अर्कोलाई परेको बेलामा सक्दो सहयोग गर्ने हाम्रो संस्कार हो । यो ३ दशकको अवधिमा आफूले केही रूपमा स्थापित हुने कोसिस गरेका र आफु संगै आफ्नो व्यवसायमा जोडिएका नेपालीहरु र तिनका परिवारलाई परेको बेला धेरै सहयोग गर्दै आएका छन् । उनि भन्छन् “पहिलेबाट अहिलेसम्म पनि साना ठूला हरेकको समस्यालाई प्रत्यक्ष ढंगले हातेमालो गर्दै आएको छु । सामाजिक काममा एक पटक दुइ पटक भन्ने हुदैन । परेको बेला सदैव सहयोग गर्ने नै छु ।”

शेरचनका अनुसार “कम्पनी, व्यवसायको संचालन र परोपकारी कार्य बिच एक किसिमको घनिष्ठ सम्बन्ध हुन्छ । एकले अर्कोलाई सहयोग पुर्याउन सकेमा ठूलो धर्म हुन्छ भन्ने उनि ठान्दछन् । नेपाली भएका नाताले नेपालीले कहीपनि दुःख पायो भने मैले तपाईले सहयोग गर्नुपर्छ भन्ने भावना उनि पाईने उनका निकट रहेर काम गर्नेहरु बताउँदछन् ।”

लामो समयदेखि समुदायमा मेरो भूमिका फरक र आवश्यक संझिएर त म कहा आउनुहुन्छ । दिन सकेको मैले दिएको छु । यसले मलाई एककिसिमको आत्मसन्तुष्टि मिल्छ । तसर्थ, मैले सहयोग गर्दा दिल खोलेर निस्वार्थ सहयोग गरेको छु । अहिलेसम्म बाहिर हल्लाखल्ला नगरि चुपचाप निस्वार्थ सेवा र काम मात्र गरेको हुँ । मनबाटै चाहने हो भने असम्भव केही छैन । व्यवसाय पनि समाजसेवा पनि संगै गर्न सकिने तर्क शेरचनको रहको छ ।

विशेषत पछिल्लो समय एनआरएनएमा कुर्सीका लागि लडाइ हुन्छ, काम भन्दा कुरा बढि हुन्छ आरोपलाइ रोविनले फरक किसिमले प्रष्टाउने कोशिस गरेका थिए । उनि भन्छन् “नेपाल आमाका सन्तान थरिथरिका भने जस्तै संस्थाको विधान, पद्दति र प्रणालीलाई आफू अनुकुल व्याख्या गर्दा बाहिरबाट हेर्नेले लडाइ झगडा भएको देखिन्छ । तर, विधान, संरचनाले बहुपद अनि प्रजातान्त्रीक प्रणाली अवलम्बन गरेकाले विश्वभरिका अभियान्ताहरुका बिच प्रतिस्पर्धा भएको हो । नेतृत्वका लागि तँछाडमछाड गरे पनि काम गर्नेबेलामा नीति तथा कार्यतालिका अनुरूप ठोस कार्ययोजना बनाएर काम नभएकाले अलिक व्यवस्थिति नभएको भान त पक्कै पनि हामी सबैलाई भएकै हो । तर, जव सम्म कुरा बढी र काम कमको विषयमा चर्चा हुने गरेको छ यस भने म आफै चाही काम मात्र गर्ने र कुरा नगर्नेमा पर्छु । कतिपय साथीहरूले नगरेको काम पनि मैले गरेको र म मात्र जान्ने हुँ भन्न खोजेको जस्तो बुझिन्छ । यस्ता गलत परिपाटी भएका व्यक्तिका कारण संस्था पनि बदनाम छ । तर, अब गलत काम गर्न नदिन हामी आउदै छौं । यदि हामीले संस्थाकोे बागडोर सम्हाल्ने अवसर आएमा पक्कै पनि अवका दिनहरुमा यस्ता नचाहिने कुराहरू अथवा नकरात्मक कुराहरु कमै सुन्न पाउनुहुनेछ हामी तपाईहरुलाई काम मार्फत सकारात्मक सन्देस प्रवाह गर्ने प्रयासमा रहने छौं ।”

रोविन शेरचन पक्कै पनि आसातित ब्यक्ति हुन् । अनुभवले निखारिएका, ब्यबसायिक क्षमता भएका । स्पष्ट वक्ताको रुपमा एआएनहरु विच चिनिएका शेरचनले विश्वभरिबाट आफुलाई उपाध्यक्ष पदमा जिताउन एक किसिमको अभियान नै साथीहरूले चलाउनु भएको सुनाउँछन् । उनि भन्छन् “स्वतस्फूर्त यसरी भइरहेको सहयोगप्रति आभारी छु ।” अहिलेसम्म आफुलार्ई ६०% भन्दा बढी निवर्तमान कमिटि र वर्तमान एनसीसी कमिटिबाट सकारात्मक सन्देश प्राप्त भएको शेरचन बताउँछन् । प्रतिस्पर्धामा केही नयाँ अनुहार तथा पुराना टिमका साथीहरूले समेत आकाँक्षा देखाउनु भएकाले, प्रतिस्पर्धा रोचक हुने देख्छ, मेरो चुनाव जित्ने आधारहरूमा मेरो काम मात्र हो । कुरा कम, काम बढी गर्ने भएकाले नै मैले निरन्तरको सम्मान र यो अभियानमा जोडिएको छु । यस कारणले नै मेरो जीत सुनिश्चित छ । म जित्नेमा ढुक्क छु ।

एनआरएनएको पद्धतिलाई सुदृढ बनाउने, रुपान्तरण गर्ने , बौद्धिक, सीपयुक्त जनशक्ति, दोस्रो पुस्तालाई एनआरएनएको घेरा भित्र ल्याउने, रेमिट्यान्स रकमलाई उत्पादन मूलक क्षेत्रमा लगानीको वातावरण बनाउने लगायत यसका थुप्रै साझा मुद्दाहरु रहेका छन् त्यसलाई निराकरण पनि सुझवुझ युक्त नेतृत्वको आवश्यकता एनआरएनएमा देखिएको छ । शेरचन जस्ता अनुभवी नेतृत्वले मौका पाए भने पक्कै पनि संस्थागत सुधारहरु गरि सवै गैर आवसिय नेपालीहरुले गर्व गर्न लाएको साझा संस्था बनाउने कोशिस गर्ने थिए भन्ने विश्वास गर्न सकिन्छ ।

  • समिर लामा
किड्स आइडल चन्द्रागिरी २०२३ सम्पन्न

समाचार


काठमाण्डौ- हिमालयन मुभिज को आयोजना एवं फोटो फेसन स्टुडियो को संलग्नतामा शनिवार अपरान्ह राजधानीमा ‘किड्स आइडल चन्द्रागिरी २०२३’ कार्यक्रम सम्पन्न भएको छ ।
चन्द्रागिरी नगरपालिका प्रमुख घनश्यामगीरीको विशेष आतिथ्य मा सम्पन्न उक्त कार्यक्रम विशेषगरि राजधानी उपत्यकाको चन्द्रागिरी क्षेत्रका बाल प्रतिभाको सम्बन्धि थियोे जसमा साम्राज्य रत्न बज्राचार्य बिजेता भएका थिए भने फस्ट रनर अपमा आरोग्या आर्चाय, सेकेन्ड रनर अपमा श्रीतिजा सिलवाल, थर्ड रनर अपमा निभा खड्का र फोर्थ रनरअपमा सारा तामाङ घोषित भएका थिए । विजेताहरुले कप, ट्रफी, स्यास र उपहारहरु पाएका थिए। करिब डेढ दर्जन प्रतियोगीहरुले सिनियर फेसन कोरियोग्राफर हिमानी सुब्बाको प्रशिक्षणमा स्टेज प्रस्तुति का विविध तालिम समेत लिएका थिए ।

कार्यक्रममा बिबिध सबटाइटल अर्वाडहरु समेत वितरण गरिएको थियो जसमा मोस्ट स्मार्ट निभा खडका, मोस्ट एयाक्टीभ सारा तामाङ, मोस्ट डिलाइटफुल प्रितम श्रेष्ठ, मस्ट इनिक्र्ज्वेल साम्राज्य रत्न बज्राचार्य, मोस्ट करिजम्याटिक आरोग्या आचार्य, बेस्ट डिसिप्लीन आकृति खनाल, मोस्ट इन्डरिङ इसिका महर्जन, मोस्ट सिन्सियर स्तुती सुवेदी, बेस्ट फोटोजेनिक श्रीतिजा सिलवाल, मोस्ट चार्मिङ देवयानी पाण्डे, मोस्ट प्यासोनेट बिबिसा सापकोटा, मोस्ट अनेस्ट बिनिसा सापकोटा, मोस्ट पपुलर गर्ल्स तर्फ श्रीतिजा सिलवाल र मोस्ट पपुलर ब्वाइज तर्फ प्रितम श्रेष्ठले हात पारेका थिए।
चलचित्र निर्देशक माधवराज खरेल, ब्यूटीयन नेपाल २०१९ हेमा पुन मगर, मिसेस क्यापिटल क्विन २०२३ लक्ष्मी भुसाल, मोडल मेकअप आर्टिस्ट दिलाशा श्रेष्ठ, गायिका सोना अमात्य एवं अभिनेता संजोग राणा निर्णायक रहेको सो कार्यक्रमको संयोजन ईश्वर बल्लभ उप्रेतीले गरेका थिए भने असिस्टेन्ट कोरियोग्राफी प्रतिशा कटुवालले गरेकी थिए । उक्त कार्यक्रममा काठमाडौं फोटोग्राफर संघका अध्यक्ष हरि घिमीरे तथा उपाध्यक्ष्य आनन्द प्रभाकर घिमीरेलाई NFEA 2023 बैंकक अर्वाड हयान्ड‌ओभर समेत गरिएको थियो भने लाइफ ओके टीभी बाट सम्प्रेसित कार्यक्रमको सन्चालन इभेन्ट म्यानेजर कोमल नाथ खतिवडाले गरेका थिए ।

नेपालमा स्मार्टगफ आयो संचालनमा

समाचार


काठमाण्डौ । नेपालमै नयाँ सामाजिक सञ्जालको शुरुवात गरेको छ, स्मार्टगफ लन्च भएको छ । स्मार्टगफमा  हाल प्रयोगमा रहेको फेसबुक, इन्स्टाग्राम र टिकटक जस्ता सामाजिक सञ्जालहरुको फिचर रहेको छ । स्मार्ट गफ नामक उक्त  सामाजिक सञ्जालको मोबाइल एप र वेभ भर्सन औपचारिक रुपमा शुभारम्भ गरिएको हो ।

राजधानी शहरको गैह्रीधारा स्थित एलिस रिसेप्सनमा  स्मार्ट गफ लन्चिङ साँगीतिक माहौल माझ भएको हो ।  उक्त एपको लन्चिङ स्मार्ट गफका सिईओ रमेश शाही, प्रबन्ध निर्देशक प्रमिला सिलवालको उपस्थितिमा वरिष्ठ हाँस्य अभिनेता मदन कृष्ण श्रेष्ठ तथा नेपाल प्रहरीका पूर्व आइजिपि सर्वेन्द« खनालले संयुक्त गरेका थिए । सो अवसरमा स्मार्ट गफको जिंगल समेत सार्वजनिक गरियो । एप लन्चिङ कार्यक्रम पश्चात् सोही स्मार्ट गफको प्रयोजनका केन्दि«त रहेर थालनी गरिएको मोडल सुपरस्टार नामक मोडल प्रतियोगिताको फाइनल प्रतिस्पर्धा संचालन गरिएको थियो । प्रोमोटिङ सोलुसनको ब्यानरमा प्रस्तुत गरिएको उक्त प्रतियोगितामा २९ जना युवतीहरुको सहभागिता रहेको थियो ।

प्रतियोगितामा डिजाइनरद्धय सजिना विष्ट तथा दुर्गा विष्ट र नमूना कलेज अफ फेसन टेक्नोलजीका ग्राजुएट डिजाइनरहरुले तयार पारेका विभिन्न पहिरनमा सजिएर सहभागि प्रतिस्पर्धी मोडलहरुले रनवेमा आफ्नो आकर्षक प्रस्तुति दिएका थिए । उनीहरुको प्रस्तुतिलाई संचारकर्मी एवं कोरियोग्राफर रोजिन शाक्यले निर्देशन गरेका थिए । प्रतियोगिताको अन्तमा सुष्मि खतिवडाले मोडल सुपरस्टारको ताज पहिरिन सफल भइन् भने उनले मल्टिमिडिया विधाको अवार्ड पनि प्राप्त गरिन् । प्रतियोगितामा अस्मिता बैंजु पपुलर च्वाइस विधामा विजेता बनिन् । प्रतियोगितामा मन्जु खड्काले फस्ट रनर अप  र माही श्रीवास्तवले सेकेन्ड रनर अपको टाईटल हात पारे । ।

अर्गनाइजर च्वाइस विधामा सृष्टि श्रेष्ठ र रफिना महर्जनलाई अवार्ड प्रदान गरिएको थियो । स्मार्ट गफ पपुलर च्वाइस तर्फ भने सविता भट्टराईले अवार्ड प्राप्त गरेकी थिइन् । प्रतियोगितामा सिम्रन भुजेल डिसिप्लीन र करुणा कार्की वेष्ट वाक विधामा विजेता चयन भएका थिए ।

कार्यक्रममा गायकहरु आनन्द कार्की, कमल खत्री, विनोद ढकाल, गायिका मेलिना मैनालीले आ आफ्नो चर्चित गीतहरु सुनाएर कार्यक्रमलाई साँगीतिक माहौल प्रदान गरेका थिए भने अभिनेता किरण के।सी। र गायक यमन श्रेष्ठले आफ्ना गीतहरु प्रस्तुत गरेका थिए ।

सामाजिक सञ्जाल व्यक्तिको दैनिकीको महत्वपूर्ण पाटो बन्न थालेको परिप्रेक्ष्यमा व्यक्तिगत र व्यवसायिक लाभ हासिल गर्न स्मार्ट गफ आम नेपालीका लागि लाभदायिक रहने स्मार्ट एपको दाबी छ ।