काठमाण्डौ - बरिष्ठ कलाकार एबम् चलचित्र कलाकार संघको सदस्य शान्ति राना लाई अमेरिकामा बसोवास गदै आएका अभिनेता किरण प्रताप के, सि ले चलचित्र निर्देशक रामशरण कोइराला मार्फत पठाएको रु ७,५०० मा चलचित्र निर्माण नियन्त्रक सुबाश राज काफ्ले ले रु, २,५०० थप गरि एकमुष्ट नगद रु १०,००० नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, निवर्तमान अध्यक्ष रवीन्द्र खड्का, निर्देशक रामशरण कोइराला, निर्माण निर्देशक सुवाश राज काफ्ले तथा केन्द्रिय कार्यसमिति सदस्य पवन के सि, राजु शाही सहितको टोलीले रानालाई शो रकम हस्तान्तरण गरेका छन् ।
गत शनिवार कलाकार शान्ति रानाको निवासमै पुगेर रकम हतान्तरण गरेको कलाकार संघका निवर्तमान अध्यक्ष रवीन्द्र खड्का ले जनाएका छन् ।
कलाकार शान्ति राना विगत केही समय देखि अस्वस्थ रहेकी छन् । कलकार संघका पदाधिकारी तथा सदस्यहरुले शो अवसरमा रानाको स्वास्थ्य अवस्थाका बारेमा समेत चासो राखेको थियो ।
चितवन । महाकविे लक्ष्मीप्रसाद देवकोटाको ११५ औँ जन्मजयन्तीका पावन अवसरमा रत्ननगर वाङमय परिषदले महाकाव्यकारद्वय ईश्वरी ओझा र केशवराज आमोदीलाई सम्मान गरेको छ । परिषदले रू बीस हजार नगद सहित साहित्यकारद्वयलाई सम्मानित गरेको हो । परिषदद्वारा रत्न नगर नगरपालिकाको सभाकक्षमा आयोजित साधना सम्मान तथा कविता वाचन कार्यक्रम माझ रत्न नगरका कार्यबाहक नगर प्रमुख पोटबहादुर घिमिरे एवम् सुप्रसिद्ध निबन्धकार रामबाबु घिमिरेले उहाँहरुलाई सम्मान गर्नुभएको थियो ।
सो अवसरमा सम्मानित स्रष्टाको कृतित्व र व्यक्तित्वका बारेमा क्रमश: गजलकार धनराज गिरी र समालोचक एवम् सहप्राध्यापक लक्ष्मण अर्यालले प्रकाश पार्नुभयो । कार्यक्रममा एल वी क्षेत्री,केदार खनाल,रमाकान्त सापकोटा,मुकुन्द पौडेल,गोविन्द गिरी प्रेरणा,किसानप्रेमी, राजेन्द्र घायल,गणेश पौडेल, चिरन्जिवी दाहाल, सामना पहाड,अम्विका कार्की, मायादेवी सापकोटा, बालकविद्वय लगायतले मन्तव्य र कविता वाचन गर्नुभएको थियो ।
तिलकराज शर्माको स्वागत मन्तव्य रहेको कार्यक्रममा कमल अर्याल र राजेन्द्र हमालले सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो । साथै उक्त अवसरमा कवि मुकुन्द पौडेलले ती थान कृति रत्ननगर वाङ्मय परिषद्का अध्यक्ष रामबाबु घिमिरेलाई हस्तान्तरण गर्नुभएको थियो । जसमा कविता तथा मुक्तक संग्रह रहेका छन् ।


काठमाण्डौ - खरका छाना र काठका बलोले सजिने गाउँका घरहरुको कथा, लहरा र छहराले बान्की परेका डाँडापखाहरुको कथा , सेतै फुलेका हिम श्रृंखलाहरु, चरचुङ्गीहरुको चिरविर्र आवाजहरु, मेची महाकालीको कथा, प्रकृतिको कथा, सुन्दरताको कथा अनि हाम्रो आफ्नै माटोको कथा बोकेको एउटा सुन्दर प्रस्तुती हरेको “त्यो डाँडा पारी,यो डाँडा पारी”बोलको गीतलाई अहिलेकी सर्वाधिक चर्चित तथा मिठो स्वरकी धनी गायिका अञ्जु पन्तको स्वरमा ओएसआर मार्फत सार्वजानिक भएको छ ।
मोलिक शब्द तथा संगीतको संयोजन रहेको उक्त गीतले प्राकृतिक सुन्दरता, ग्रामिण सहअस्तित्वका कुराहरुलई बिम्बित गरेका छ । देशको माटोको, प्रकृति छटाको, पहाडको, कन्दराको तथा मेची महाकालीको कथालाई वाचन गरेको छ । गीतकार सालु डिसीको शब्द रचना रहेको उक्त गीतलाई अहिलेका चर्चित संगीतकार राजेश कुमार श्रेष्ठले एरेन्ज तथा संगीत गरेका हुन । गीतको शब्द र संगीतको भाव अनुसार गीतलाई प्राण भर्ने काम गायिका पन्तले गरेकी छिन् ।
मोडल तथा संचारकर्मी समिर लामाको निर्देशन रहेको उक्त गीतको भिडियो निक्कै आकर्षक बनेको छ । लामाले गीतको भाव अनुसार नै कथा वाचन गर्ने प्रयत्न गरेका छन् । प्रकृतिक सुन्दरता, ग्रामिण परिवेश तथा जनजीवन एवं राष्ट्रिय भावलाई उत्कृष्ट तवरवाट प्रस्तुत गर्न खोजेका छन् । गीतको कोरियोग्राफर राहुल बराईली हुन् ।
अनिसा ओलीको आकर्षक अभिनय रहेको उक्त गीतमा मुकेश हुँमागाईको छायाँकन तथा विनोद बमको सम्पादन रहेको छ । “त्यो डाँडा पारी,यो डाँडा पारी” बोलको गीत मेलोडी नम्बर मन पराउनेहरुको लागी उत्कृष्ट गीत रहेको छ ।
कार्तिक २४, काठमाडौं । रोटरी क्लव ज्ञानेश्वरले उद्यमशिलता विकास एवं स्वरोजगार कार्यक्रम अन्र्तगत मैनबत्ती बनाउने तालिम सञ्चालन गरेको छ । काठमाडौंको ज्ञानेश्वरस्थित एट्टिक रेष्टुरेन्टमा भएको तालिम कार्यक्रममा करिव २५ जनाले सहभागिता जनाएका छन । सहभागीहरुलाई राधाको बर्न सर्भाईबरकी संस्थापक एवं महिला चेम्बरकी सदस्य राधा लक्ष्मी श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो ।
युवा र महिला उद्यमशिलता अन्र्तगत रोटरीले व्यवसायिक अभिवृद्धि एवं स्वरोजकारका विभिन्न कार्यक्रम गर्दै आएको छ । क्लवले यसअघी व्युटिसियन एवं पाककला सम्वन्धी विभिन्न प्रशिक्षण गर्दै आएको छ ।
कार्यक्रमको संयोजक रोटरियन श्रृष्ठि त्रिपाठीले गर्नुभएको छ । घरेलु महिलालाई लक्षित गरी आगामी दिनमा पनि थप कार्यक्रहरु सञ्चालन गरिने उहाँको भनाई छ । मैनबत्ती बनाउने कला सिकेपछि व्यवहारिक कार्यन्वयनमा पनि ध्यान दिनुपर्ने त्रिपाठीले बताउनुभयो ।
सो कार्यक्रममा रोटरीकी अध्यक्ष लेलिना भट्टराइ र पूर्वअध्यक्ष रश्मिला श्रेष्ठको पनि सहभागिता थियो ।

काठमाडौं । राजधानीमा बिहिबार राष्ट्रिय बाल परामर्श भेला सम्पन्न भएको छ । बाल दुर्व्यवहार विरुद्धको विश्व दिवस २०२३ को अवसर पारेर आयोजित यस भेला कुल ६९ जना बालबालिकाहरुको प्रत्यक्ष सहभागीता माझ सम्पन्न भएको हो । जसमा देशका सातै प्रदेश र १८ बर्ष मुनीका यौनिक अल्पसंख्यक, अपांङ्ता, बाल श्रम, मनोरंजन, बाल क्लब आदी बिषयगत क्षेत्रलाई प्रतिनिधित्व गर्दै बालबालिकाहरुले आफना भोगाई र अपेक्षा बारे कुरा राखेका छन् । सो अवसरमा ७ भिन्न समुहबाट बालबालिकाहरुले भोगाई र अपेक्षा बारे छलफल गर्दै प्रस्तुतिकरण गरेका थिए ।
प्रस्तुतीका क्रममा बालबालिकाहरुले बालसहभागीताको सुनिस्चिता पूर्ण रुपमा हुन नसकेको, अनलाईन तथा सामाजिक सँजालबाट पिडित बन्नु परेको, यौन शोषण हुने गरेको,कम उमेर भएकै कारण हेपाई व्यहोर्नु परेको, सामाजिक विभेदको शिकार, परिवारको आर्थिक अवस्था कमजोर हुँदा उत्पिडन तथा शोषण हुने गरेको जस्ता कुराहरु राखेका थिए ।

त्यस्तै, उनीहरुले आफना अपेक्षा बारे पनि खुलस्त पारेका छन् ।जसमा उनीहरुले बालअधिकार सम्बन्धी ऐन २०७५ का केही प्रावधान सच्याउनुपर्ने, बाल श्रम ऐनमा सुधार गरिनुपर्ने, बालबालिका माथि गरिने विभेद अन्त्य, यौन हिंसाका घटना हुन नदिन राज्य सचेत रहनुपर्ने, तीनै तहका सरकारले बालबालिकालाई प्राथमिकता दिएर बजेट ल्याउनुपर्ने, गम्भिर रोगको निशुल्क उपचार, शिक्षामा गुणस्तरियता र समान अवसरको ग्यारेण्टी, विद्यालयमा मनोपरामर्श सेवा, आर्थिक अवस्था कमजोर भएका बालबालिकाको परिवारलाई बिशेष ग्रायता, बनेका कानुनको कार्यान्वयन, सजायका नाममा कुटपिट-गाली गर्न अन्त्य गरियोस भन्ने जस्ता अपेक्षा रहेको सुनाए ।
उक्त बाल परामर्श भेला कार्यक्रम समाज सेवा तथा मानवअधिकारमा महिला तथा बालबालिका (सिविस) को संयोजनमा एनटिभि न्युज (सचेतना कार्यक्रम र शैली थियटरसहित बालबालिकाको क्षेत्रमा कृयाशिल देशभरका करिब ४० गैर सरकारी संस्थाहरुको संयुक्त आयोजनामा भएको हो । सो अवसरमा कार्यक्रमलाई सहजिकरण गर्नुहुँदै सिविसका एडभोकेसी एडभाईजर युवराज घिमिरेले भेलामा बालबालिकाबाट प्राप्त सुझावलाई प्रधानमन्त्री, सभामुख लगायतका अन्य तालुकात एवम् नीतिगत तहसम्म पुर्याउने र २० तारिख अर्थात अन्तरराष्ट्रिय बाल अधिकार दिवसका दिन र्याली तथा कोणसभा कार्यक्रम गर्ने तय गरिएको जानकारी दिनुभयो।

१९ नोभेम्वरका दिन बालदुब्र्यवहार बिरुद्ध बिश्व दिवस मनाइने गरिन्छ । यस दिवस मनाउनुको खास उद्देश्य भनेको बालबालिकाको क्षेत्रमा काम गर्ने नागरिक समाज, नीति निर्माता, राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्र र राज्यलाई सचेत गराउनु हो भने नागरिक समाज स्वयंले आफूले गरेका कार्यको बारेमा मुल्यांकन गर्नु रहेको छ। यस दिवसलाई सन् २००१ बाट विश्वभरी नै मनाउन थालिएको हो । विश्व दिवसका निम्ति अन्तराष्ट्रिय स्तरमा नै गैससहरुसँगको सहकार्य तथा साझेदारी भनेर सुरु गरिएको थियो । खासगरी यस दिवसको अवसरमा रोकथामबारे शिक्षा दिन, जनचेतना फैलाउन, जानकारी दिनका निम्ति विश्वभर विभिन्न कार्यक्रमहरूको आयोजना गर्ने गरिन्छ ।
यस दिवसको अवसरमा गैसससँग साझेदारी गर्नुको मुख्य कारण भनेको बालदुव्र्यवहार रोकथामको संस्कृतिलाई बढवा दिन र यस विषयमा जनचेतना अभिबृद्धि गर्न, जनमानसका अभिव्यक्तिहरू तथा कार्यहरू एकआपसमा आदानप्रदान गर्न र रोकथामका कार्यक्रमहरूको सहि विरतणको सुनिश्चिततालाई विश्वव्यापीकरण गर्नका लागि हो । बिगतमा झै यो बर्ष पनि नेपाल लगायत संसारका धेरै मुलुकहरुमा समुदाय, बिद्यालय देखि राष्टियस्तर सम्म बालदुब्र्यवहार बिरुद्ध बिश्व दिवस मनाइरहेका छन् ।
नेपालमा पनि चालिसभन्दा बढी गैर सरकारी संस्थाहरु मिलेर बालदुब्र्यवहार बिरुद्ध बिश्व दिवस मनाइ रहेका छन् । बालबालिकाको सुरक्षित भविष्यको दीगो लगानी, बालमैत्री कानुन र कार्यक्रमका लागि स्थानीय सरकार, प्रदेश सरकार तथा संघीय सरकार साथै नीती निर्मातासँग नागरिक समाजले सहकार्य गर्दै आएको छ ।
अभियानमा संलग्न संस्थाहरु
▪ राष्ट्रिय बाल संरक्षण संजाल
▪ सामाजिक सुरक्षा नागरिक समाज संजाल
▪ कन्सोटियम
▪ नेपाल यूथ नेटवर्क
▪ सिविस
▪ विश्वास नेपाल
▪ रक्षा नेपाल
▪ आसमान नेपाल
▪ बाल विकास समाज
▪ शक्ति समूह
▪ ओरेक नेपाल
▪ स्वतन्त्रता अभियान
▪ छोरी नेपाल
▪ सचेतना कार्यक्रम एनटीभि न्यूज
▪ शैली थियटर
▪ नेपाल गुडविभ फाउन्डेशन
▪ किशोरी अधिकार मञ्च कपिलबस्तु
▪ किशोरी अधिकार मञ्च रुपन्देही
▪ हामी दाजुभाई
▪ साथसाथ
▪ कादम्बारी मेमोरियल कलेज
▪ सादा नेपाल
▪ जेसीबाईसीएन्
▪ कुमोदिनी
▪ भिओसी
▪ एक्सेस
▪ ब्लुडाइमण्ड सोसाइटी
▪ याभ नेपाल
▪ रोयम नेपाल
▪ सुनिता फाउण्डेसन
▪ युवालय
▪ लुनिभा
▪ संरक्षण नेपाल
▪ बाल कल्याण समाज मकवानपुर
▪ एन्एसीजी







काठमाडौ । नेपाली कांग्रेस काठमाडौ ४ नम्बर इकाई समिति द्वारा जाजरकोट र रुकुम पश्चिममा आएको विनाशकारी भूकम्पका कारण मानवीय र जनधनको भौतिक क्षति भोगेका त्यस क्षेत्रका पीडितका उद्धार एवम् घाइतेको उपचारका लागि सहयोग रकम हस्तान्तरण गरेको छ।
भूकम्पपीडितका लागि पार्टी केन्द्रीय कार्यालय राहत कोषमा जम्मा गर्ने रकममा थप सहयोग पुर्याउने उद्देश्यले नेपाली कांग्रेस काठमाडौ ४ नम्बर इकाईले २ लाख ५१५५५ रुपैयाँ बराबरको चेक प्रदान गरेको हो ।
नेपाली कांग्रेस काठमाडौ ४ नम्बर इकाई सभापति तथा समाजसेवी रामप्रसाद न्यौपानेको अगुवाइको टोलीले नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवालाई बिहीबार चेक हस्तान्तरण गरेको हो ।
भूकम्पको भयावह अवस्थाबाट गुज्रिरहेका सम्बन्धित क्षेत्रका आम जनताको तत्काल उद्धार, घाईतेहरुको आवश्यक औषधोपचार र राहतसहित सुरक्षित पुर्नस्थापनामा सहयोग पुगोस् भन्ने हेतुले चियापानका छुट्याएको रकममा अन्य सहयोगी हात जुटाई केन्द्रीय सभापति मार्फत भूकम्प पीडितको सहयोग हस्तान्तरण गरिएको इकाई सभापति रामप्रसाद न्यौपानेको जानकारी दिनु भयो ।
सहयोग हस्तान्तरण सगैं भूकम्पबाट ज्यान गुमाउनेहरु प्रति सम्वेदना व्यक्त गर्दै घाइतेहरूको स्वास्थ्य लाभका लागि कामना समेत सभापति न्यौपानेले गरेका छन्।
काठमाडौं– चर्चित एबम् गायक तथा संगीतकार कन्हैया सिंह परियार करिव आठ महिनापछि आफ्नो नयाँ गीतमार्फत दर्शक तथा स्रोतामाझ आएका छन् । ‘आँखी झ्यालैमा’ बोलको यो गीतका म्युजिक भिडियो गायक सिंहको ‘कन्हैया सिंह परियार’ यूट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । यो गीतमा बिपिन आचार्यको शब्द, संगीत तथा संगीत संयोजन छ ।
अञ्जना गुरुङ तथा अपेक्षा गुरुङ निर्माता रहेको यो गीतको अडियो तथा भिडियो टिका गोपाल डिजिटल एम.क्रिएशन प्रा.लिले तयार पारेको हो । गीतको भिडियोमा बिपिन आचार्यकै कथा तथा निर्देशन छ । भिडियोमा गायक कन्हैया सिंह परियार, प्रेक्षा बानिया तथा सञ्जीव तामाङलाई फिचर गरिएको छ । विजय रुम्बा यो भिडियोका छायांकार तथा सम्पादक हुन् ।
भिडियोमा गायक परियारले अभिनय तथा नृत्यसमेत गरेका छन् । फरक गेटअपमा देखिएका गायक परियारलाई भिडियोमा अभिनय गरेको सुहाएको छ । गायक परियारले निर्देशक निर्देशक आचार्यको अनुरोधमा अलि पृथक भूमिकामा देखिएको बताएका छन् ।
काठमाण्डौ - गीतकार अम्बिका गुरुङको एकल शब्द र संगीतकार शंकर थापा ‘स्माइल’को एकल संगीतमा रहेका दुई गीति संग्रह ‘भाव’ र ‘अनुपम यात्रा’ बिमोचन गरिएको छ । राजधानीमा आयोजित एक समारोहका बिच दुई एल्वम एकसाथ बिमोचन गरिएको हो । प्रमुख अतिथी संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति, प्रतिष्ठित संगीतकार शम्भुजित बासकोटा, बिशिष्ठ अतिथीहरु संगीत उद्योग संघ, नेपालका अध्यक्ष सूर्य बहादुर मगर, गीतकार संघ नेपालका अध्यक्ष बसन्त बित्यासी थापा, संगीतकार संघ नेपालका उपाध्यक्ष अष्ट लामा, एल्मबमा श्रष्टाद्वय गीतकार गुरुङ र संगीतकार थापा, राष्ट्रिय लोक सांस्कृतिक संघ नेपालका महासचिव योगेन्द्र उपाध्याय, पीम नेपालका अध्यक्ष माधव राज खरेललगायतले संयुक्त रुपमा बिमोचन गरेका हुन् ।
बिमोचन समारोहमा बोल्दै प्रमुख अतिथी बासकोटाले संगीतकार थापा नेपाली गीतसंगीतको स्टार संगीतकार भएको बताए । उनले उत्कृष्ट संगीतसृजना मार्फत स्रोताहरुको मन जितेर नेपाली संगीतमा एकछत्र राज गरिरेको भन्दै उनको प्रसंसा गरेका छन् । यस्तै गीतकार गुरुङलाई त्यागी गीतकारको उपमा दिदै बासकोटाले उनका सृजनाले नेपालीसंगीतलाई निरन्तर रुपमा सिंचित गरिरहेको बताए । यस्तै संगीत उद्योग संघ, नेपालका अध्यक्ष सूर्य बहादुर मगरले संगीतकार थापामा हरेक गीतलाई उत्कृष्ट बनाउन सक्ने क्षमता रहेको बताएका छन् । पहिले देखिनै आफुले सुन्दै आएका उनका सृजनामा उत्कृष्टता भेटिने बताउँदै उनले यसपटक पनि थापाले आफुलाई अब्बल सावित गरेको बताए । यस्तै गीतकार गुरुङ शब्दको खानी रहेको भन्दै उनले हरेक भावका गीतमा उत्कृष्ट शब्द रचना गर्न सफल भएको बताए ।
यस्तै संगीतकार संघ नेपालका उपाध्यक्ष अष्ट लामाले आफु ब्यक्तिगत रुपमा पनि संगीतकार थापाको ठुलो प्रसंसक रहेको जनाए । बिभिन्न बिधाका गीतमा उनले उत्तिकै शशक्त रुपमा संगीत सृजना गर्ने गरेको उनको भनाई छ । उनले गीतकार गुरुङले बिदेशी भूमिमा रहेर पनि नेपाली संगीत प्रति देखाएको माया र सदभाबले सम्पूर्ण संगीतकर्मी गौरवान्वित भएको बताए । यस्तै गीतकार संघ नेपालका अध्यक्ष बसन्त बित्यासी थापाले विसम परिस्थितिमा पनि निरन्तर रुपमा संगीतमा लगानी गरेर गीतकार गुरुङले नेपाली संगीतमा महत्वपूर्ण योगदान दिएको जनाएका छन् । उनले पछिल्लो समय फिजिकल मार्केट कम हुँदै गर्दा पनि एल्वम प्रकाशन गरेर नेपाली संगीतलाई गीतकार गुरुङ र संगीतकार थापाले तिर्नै नसकिने गुन लगाएको बताए । एउटा गीतकारको भावलाई संगीतकारले जीवन दिने भन्दै उनले शब्दमा प्राण भर्न संगीतकार थापा जहिले सफल रहने गरेको जनाए ।
कार्यक्रममा संगीतकार थापाले सार्वजनिक दुई एल्वमहरुको बारेमा प्रष्ट पारेका थिए । उनले अतिथीहरुले आफ्ना सृजना प्रति दिएको प्रतिक्रियाले आफु उत्साहित भएको बताए । उनले निरन्तर रुपमा आफुलाई विश्वास गरेर संगीत सृजनाको जिम्मेबारी दिनुहुने अम्बिका गुरुङ प्रति आभार प्रकट गरेका छन् । यस्तै गीतकार अम्बिका गुरुङले आफुले सयभन्दा बढी गीतमा संगीतकार थापासँग सहकार्य गरिसकेको जनाइन । सयभन्दा बढी गीतमा सहकार्य गर्दै गर्दा आफुहरुको सहकार्यलाई कृतिका रुपमा एल्वममार्फत सार्वजनिक गरेको उनको भनाई छ । उनले शंकरको संगीत सृजना उत्कृष्ट रहने भएकैले निरन्तर रुपमा सहकार्य गरिरहेको जनाइन ।
सार्वजनिक एल्बमहरु मध्ये ‘भाव’मा यो मनले भन्छ, आँखा खोल्दा, सँग सँगै, आँखा नलागोस, मात्तिएको बेला, अजम्बरी पिरती, रुपको बयान, छड्के नजर, मायाको छु भोको र धेरै भाउ नखोज गरि १० वटा गीतहरु समावेश छन् । यस्तै ‘अनुपम यात्रा’मा देखिन तिमी जस्तो कोही, सदियौं देखि, तिमी सँगै, भुल्न सकिन, कारण तिमी, तिमी टाढा, गुराँसैको फूल फुल्दा, बुझाउँ कसरी र कारण तिमी (फिमेल भर्सन) गरि ९ वटा गीतहरु समावेश छन् । सार्वजनिक दुबै एल्वमहलाई भावसागर इन्टरटेनमेण्ट एलएलसीले उत्पादन तथा बजार व्यवस्थापन गरेको हो ।
दुई एल्वमका गरि पाँच वटा म्युजिक भिडियोहरु सार्वजनिक गरिएको समारोहमा बरिष्ठ चलचित्र सम्पादक नरेन्द्र खड्का, पहिलो महिला निर्देशक सुचित्रा श्रेष्ठ, लगायत एल्वमका गीतमा स्वर दिएका गायक गायिका तथा मोडलहरुको उपस्थिति रहेको थियो ।
काठमाडौं - पछिल्लो समय स्टेज कार्यक्रममा ब्यस्त रहदै आइरहेका गायक कृष्ण गैरेले देशमा चलिरहेको मिटरब्याजीका कारण गरिब जनताको कसरी उठिवास भैरहेको छ भन्ने अतिनै मर्मश्पर्शी, सन्देशमुलक गीत ‘मुटु रेटिन्छ’को भिडियो सार्वजनिक भएको छोटो समयमै १५ लाख भन्दा बढीले टिकटक बनाएर पोष्ट गरिसकेका छन् ।
मनैछुने गीतको भिडियोमा रबी गीरी, निक्स शर्मा, जुनु गुरुङ, अर्जुन भट्टराई, दिनेश भण्डारी, आशा बिश्वकर्मा, विदुर पोखरेल, शरण थामी, आशिष अधिकारी, अनिल भण्डारी, विष्णु थापा रहेका छन् । लोकप्रिय गायक कृष्ण गैरे र सुनिता बुढा क्षेत्रीको स्वर, हुम गैरेको शब्द समेटिएको गीतको लय नन्दु परियार, संगीत संयोजन विनोद बाजुरालीले गरेका हुन् । रोशन तामाङले खिचेको म्युजिक भिडियोका सम्पादक, निर्देशन हुम गैरे हुन् ।
काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले खुद्रा व्यापारीहरुलाई चिनी बिक्री सुरु गरेपछि चिनीको बजार सर्वसुलभ बन्दै गएको छ। कर्पोरेशनले तिहारमा चिनीको अभाव कम गर्न आईतबारदेखि खुद्रा व्यापारी र मिठाइ पसलहरुलाई चिनी उपलब्ध गराउन थालेको हो । कर्पोरेशनले खुद्रा ब्यापारीहरुलाई ५० किलोका २० बोरासम्म चिनी बिक्रीवितरण गर्दै आएको छ । २ दिनमा कर्पोरेशनबाट ४५० भन्दा बढि किराना पसल तथा स्टोरहरुले चिनी खरिदगरि लगेका छन् । आज अर्थात बुधबार पनि सयौं व्यवसायीहरु कर्पोरेशनबाट चिनी किन्न लाईनमा बसेका छन् ।
कर्पोरेशनका विभागीय प्रबन्धक ब्रजेश कुमार झाले डिलरशिप नलिएका खुद्रा व्यापारीलाई व्यवसाय दर्ताको सक्कल प्रमाणपत्र र प्यान÷भ्याट दर्ता प्रमाणपत्रको प्रतिलिपि, पसल रहेको स्थान र मुख्य व्यक्तिको नाम तथा सम्पर्क नम्बरसहितको विवरणका आधारमा चिनी बिक्री गरिएको जानकारी दिनुभयो । कर्पोरेशनको कार्यालय कालिमाटीबाट प्रतिकेजी १ सय १२ रुपैयाँ ५० पैसामा चिनी बिक्री गरिएको विभागीय प्रबन्धक झाले बताउनुभयो । उहाँका अनुसार खुद्रा व्यवसायीले उपभोक्तालाई बढीमा १ सय १८ रुपैयाँ केजीमा सुलभ तरिकाले चिनी उपलब्ध गराउनुपर्नेछ।
दैनिक रुपमा चिनी खरिद गरेर लाने पसलको विवरण वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा पठाइने कर्पोरेशनले जनाएको छ। व्यक्तिगत प्रयोजनका लागि भने कर्पोरेसनले प्रतिकेजी ९७ रुपैयाँमा बढीमा २ केजीका दरले चिनी उपलब्ध गराइरहेको ।विभागीय प्रबन्धक झाका अनुसार तिहारलाई लक्षित गरी एभरेष्ट चिनी मिलसँग ३ हजार टन चिनी खरिद गरी कर्पोरेशनले बिक्रीवितरण थालेको हो।