generalnews
||Power News Asia||

आजको समाचार

चाम्स निर्देशित चलचित्र “गोर्खा वारियर” फागुन ११ बाट रिलिज हुँदै

समाचार


काठमाण्डौ –  ११ फागुनबाट रिलिज हुने मिलन चाम्सद्धारा निर्देशित चलचित्र गोर्खा वारियरको ट्रेलर सार्वजानिक भएको छ । यो चलचित्रको ट्रेलर उत्कृष्ट भएको भन्दै यसलाई अहिले धेरैले आफ्नो च्यानलबाट समेत समेत शेयर गरेका छन् । यो चलचित्र यही ११ फागुनबाट नेपालमा रिलिज हुँदैछ । ११ माघमा ओएसआर डिजिटलबाट रिलिज भएको गोर्खा वारियरको नेपाली संस्करणको ट्रेलरले अहिले सर्वाधिक सकरात्मक प्रतिक्रिया पाएको छ ।

ओएसआर डिजिटलबाट रिलिज भएको पाँच दिनमा यो फिल्मको ट्रेलरले ४ लाख ५० हजार भन्दा बढी भ्युज पाएको छ । यो ट्रेलरलाई २५ हजार दर्शकले लाईक गरेका छन् । यो एक्सन क्राईम तथा हिस्टोरीकल जनरामा निर्मित चलचित्र भएकाले यसको ट्रेलरलाई बुष्ट गर्न नमिले पनि दर्शकको हेराईबाटै दैनिक करिब एक लाख भ्युज यसले पाउँदै आएका निर्देशक मिलन चाम्सले बताएका छन् । यस्तै यो अवधिमा एक हजार तीन सय भन्दा बढी कमेन्ट यो ट्रेलरले पाएको छ । सबै कमेन्टहरु सकरात्मक छन् । ट्रेलर हेरेपछि यो चलचित्र सिनेमा हलमा हर्न आफुहरु निकै उत्साहित भएको कुरा ट्रेलरको कमेन्टमा उल्लेख गरिएको छ,‘नेपाली चलचित्रको इतिहाँसमै हलिउड शैलीको ट्रेलर हेर्न पाउँदा साह्रै खुसी लागेको छ । यो फिल्म हलमा हेर्न म आतुर छु ।’ धेरेले यस्तो प्रतिक्रिया दिएका छन् ।

यस्तै काठमाडौंको वान सिनेमाले पनि यो चलिचत्रको ट्रेलरलाई आफ्नो साईटमा राखेको छ । सो साईटमा पनि गोर्खा वारियरको ट्रेलरले करिब तीन लाख भ्युज पाएको छ । २२ हजार लाईकसँगै दर्शकले गरेको पाँचसय भन्दा बढी दर्शकको पूर्ण सकरात्मक प्रतिक्रिया यसमा आएको छ । यो सहित विभिन्न एक दर्जन भन्दा बढी सिनेमा हल र अन्य च्यानलमा गोर्खा वारियरको ट्रेलर राखिएको छ । सबै ट्रेलरमा पूर्ण प्रसँसायुक्त प्रतिक्रिया रहेको छ ।

यो चलचित्रमा क्याप्टेन रितेश चाम्स, क्याप्टेन विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रियर राई, बिरूप घले, सारा राईलगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । अभियनमा बेलायतबाट डिप्लोमा गरेका यो चलचित्रका मुख्य अभिनेता रितेश चाम्सले गोर्खा वारियरबाटै चलचित्र अभिनयमा डेब्यु गरेका हुन् ।

गोर्खा वारियर नेपाली, हिन्दी, अँग्रेजी र कोरियनगरी चार भाषामा निर्माण भएको छ । यो चलचित्रको नेपाली संस्करण तयार भईसकेको छ भने हिन्दी, कोरियन र अँग्रेजी सँस्करणको निर्माण पनि अन्तिम अबस्थामा पुगेको छ ।

गोर्खा वारियरमा निर्देशक मिलन चाम्स र गिरिराज घिमिरेको लेखन रहेको छ । जसमा हिमाल केसीको द्वन्द्व निर्देशन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डीओपी छ । यसको गीत शैलेन्द्र खनाल ‘शरद’ले लेखेका हुन भने जसमा एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन रहेको छ । फिल्मलाई राजेन्द्र मोक्तानको रंग संयोजन गरेका छन् ।

गोर्खा वारियरको निर्मातामा सुमन राई, सुस्मिता वाइवा छन् । यसको कार्याकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सहनिर्मातामा सुरेश राई रहेका छन् । यो चलचित्र लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो ।
चलचित्र गोर्खा वारियर रिलिज अघि नै निकै चर्चामा छ । पहिलोपटक बेलायतमा हालै ऐतिहाँसिक रेड कार्पेट प्रिमियर गरेपछि ‘गोर्खा वारियर’ले अन्तराष्ट्रिय जगतमै चर्चा पाएको हो । त्यसो त गोर्खा वारियरले हालै ‘ब्रिटिश एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्टस्’ (बाफ्टा) अवार्डका लागि प्रवेश पाएपछि यसको चर्चा झनै बढ्यो । नेपालमा यो चलचित्रलाई नेपालमा श्री बेंकेटेस फिल्मस्का मनोज राठी र उज्ज्वल पौडेलले नेपालमा बितरण गर्दैछन् ।

गीतकार सामना शाहको आँशुको वर्षात सार्वजनिक

समाचार


काठमाण्डौ – गीतकारका रुपमा परिचित सामना शाहले आफ्नो नयाँ गीत आँशुको वर्षातलाई रिलिज गरेकी छिन् । आफ्नै यूट्युब च्यानल सामना म्यूजिक क्रियशनबाट उनले यो गीतलाई रिलिज गरेकी हुन् ।

मार्मिक प्रेम संवेदनामा आधारित आँशुको वर्षात मा मोडल सरस्वती खत्री फिचरिङ छन् । सरस्वती पछिल्लो समयमा चलेकी मोडल हुन् भने उनलाई विक्रम बुढाथोकी एवं उमेश लम्सालले साथ दिएका छन् ।
सामना शाहको शब्दमा नेत्र भण्डारीले पुरुष स्वर र पूर्णकला विसीले महिला स्वर यस गीतका लागि प्रदान गरेका छन् । संगीत नेत्र भण्डारीकै रहेको छ । गीतको संगीत संयोजन विश्वास नेपालको रहेको छ भने गीत मुद्रण कुमार रानाको रहेको छ । मारुनी डिजीटलमा गीतको कार्य गरिएको हो ।

भिडियोतर्फ यस गीतका लागि श्रीजन बरालले कथा÷निर्देशन गरेका हुन् भने राम केसीले छायाङ्कन गरेका हुन् । रंग संयोजन तथा सम्पादन अमृत चापागाईंको रहेको छ ।

माया यस्तै हुँदो रहेछ भन्दै बजारमा आए गायक कृष्ण पाण्डे

समाचार


काठमाडौँ-  गायक कृष्ण पाण्डेको माया यस्तै हुँदो रहेछ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम वियोगको भावलाई समेटेर गायक पाण्डेले तयार गरेको भिडियोमा गायक स्वयमको अभिनय देख्न सकिन्छ । हस्त गौतमको शब्द शृजना, मनोज चौलागाईको संगीत तथा एरेन्जमा तयार भएको गीतमा मिक्सिगं तथा मास्टरिङ प्रकाश मिश्रको रहेको छ ।

धोका दिएर आफ्नो बाटो लागेकी मायालुको सम्झनाको कथामा तयार पारिएको सार्वजनिक गीतको छायांकन तथा निर्देशन संचारकर्मी आशिष नेपालले गरेका हुन् । काठमाडौँका रमणीय स्थलमा छायांकन गरिएको भिडियोको सम्पादन, कलरिगं गायक पाण्डेकै रहेको छ । क्लासिकल संगीतका बिदार्थी समेत रहेका गायक पाण्डेले यसअघि आज सारा बन्धन, लेकबेसी, जुनकिरी, जे जे पर्छ पर्छ, लगायतका गीतमा स्वर दिइसकेका छन् । त्यस्तै गायक पाण्डेले फिल्म बाह्र मासेको ढिक्के फुली बोलको गीतमा पनि स्वर दिएका छन् । सार्वजनिक गीत म्यूजिक बिट नामक च्यानलबाट बजारमा आएको हो ।

शंकर थापा स्माईलको संगीत रहेको ‘झिम झिम परेली’ सार्वजनिक (भिडियोसहित)

समाचार


काठमाडौं – लामो समयदेखि प्रवासमा रहेर गायनमार्फत अनबरतरूपमा नेपाली गीतसंगीतमा लागिरहनुभएकी निता आचार्यको नयाँ गीत ‘झिमझिम परेली’ सार्वजनिक भएको छ । गायिका आचार्यलाई स्वरमा प्रताप दासले साथ दिनुभएको गीतको भिडियो काठमाडौंमा एक विशेष समारोहबीच बरिष्ठ गायिका ज्ञानु राणाको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको हो ।

गायिका आचार्यको सभापितत्वमा भएको कार्यक्रममा गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, नेपाली फिल्म सोसाइटिका अध्यक्ष, अभिनेता एवं निर्माता कृष्ण मल्ल, संगीत तथा चलचित्र उत्पादक समाज नेपालका अध्यक्ष सूर्यबहादुर मगर, पिम नेपालका अध्यक्ष माधव खरेल, सदाबाहार नायिका शर्मिला मल्ल, वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशी, गायिकाका बुबा सुरेन्द्रप्रसाद आचार्य लगायतकाको आतिथ्यता रहेको थियो ।

अभिनेता एवं निर्माता कृष्ण मल्लले गीत कला क्षेत्रको सर्वव्यापी माध्यम भएको बताउँदै सार्वजनिक गीत ‘झिम झिम परेली’ सबैले रुचाउनेमा आफू विश्वस्त रहेको बताउनुभयो । गीतकार संघका अध्यक्ष थापाले राम्रो गीत र भिडियो पनि त्यतिकै उत्कृष्ट रहेको भन्दै बधाई तथा शुभकामना दिनुभएको थियो । यस्तै अन्य अतिथिले शुभकामना मन्तव्य राखेका थिए । गायिका बुबा सुरेन्द्र आचार्यले आफ्ना भनाई राख्दै छोरीलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।

संगीतकार शंकर थापा स्माइलले स्वागत मन्तव्य राख्दै गीतको रेकर्डिङदेखि भिडियो बन्दा सम्मका विभिन्न अनुभव सुनाउनुभएको थियो । कार्यक्रममा अतिथि र गीत एवम् भिडियोसँग सम्बन्धित स्रष्टालाई मायाको चिनो प्रदान गरिएको थियो ।गायिका आचार्यले आफू जहाँ भएपनि गीत संगीतसँग जोडिने बताउँदै छिट्टै अर्को गीत पनि स्रोता/दर्शकमाझ ल्याउने तयारीमा रहेको जानकारी गराउनुभयो । कार्यक्रमको सहजिकरण सञ्चारकर्मी गीता अधिकारीले गर्नुभएको थियो । डिपी खनालको शब्द रचना रहेको गीतमा शंकर थापा ‘स्माईल’को संगीत र बिषम आचार्यको संगीत संयोजन छ । कुमार केसीले स्टुडियो फिलमा रेकर्डिङ गरेको गीतमा अशोक महर्जनको ध्वनि सम्पादन र मिश्रण छ ।

केशवराज भट्टले निर्देशन गरेको गीतको भिडियोमा अलिशा शर्मा र बद्रीप्रसाद तिवारीलाई फिचरिङ गरिएको छ । नवराज उप्रेतीको छायांकन रहेको भिडियोमा बन्दे प्रसादको सम्पादन छ । गीतको भिडियो निता आचार्यअफिसियल युट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

चर्चित संगीतकार एवं गायक सन्तोष श्रेष्ठले ल्याए महाकविको ‘आकाशमा शशी छन्’ (भिडियोसहित)

समाचार


काठमाडौं- महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल, सङ्गीतकार गायक सन्तोष श्रेष्ठले बजारमा ल्याउनुभएको छ । देवकोटाको नाटक ‘सावित्री सत्यवान्’मा रहेको ‘आकाशमा शशी छन्’ गजललाई श्रेष्ठ स्वयंले लय भरेर स्वर दिनुभएको छ । शुक्रबार मैतीदेवीमा रहेको देवकोटा सङ्ग्रहालयमा आयोजित कार्यक्रममा प्रा.डा. कृष्णहरि बरालले उक्त गजलको भिडियो लोकार्पण गर्नुभएको हो ।

सार्वजनिक गजलबारे कवि, समालोचक घनेन्द्र ओझाले टिप्पणी गर्नुभएको थियो । ओझाले महाकवि देवकोटाले गजल भनेर रचना नगरे पनि उक्त रचना गजलको संरचनामा रहेको बताउनुभयो । झण्डै सय वर्षअघि लेखिएको देवकोटाको गजल पूर्णतः शास्त्रीय संरचनामा रहेको बताउँदै ओझाले महाकविको गजल रेकर्ड भएर आउनु समग्र गजल प्रेमीका लागि खुशीको कुरा भएको उल्लेख गर्नुभयो । नयाँ र कीर्ति रहने खालका काम गर्न रुचाउने सङ्गीतकार तथा गायक सन्तोष श्रेष्ठले यस्ता अन्य कामहरू पनि गरिरहेको भन्दै ओझाले नेपाली गजल लेखनमा शास्त्रीयताको खोजी व्यापक बनिरहेका बेला सङ्गीत र गायनमा पनि शास्त्रीय गजलहरूलाई ल्याउने श्रेष्ठको कदमको सराहना गर्नुभयो ।

महाकवि देवकोटाका सुपुत्र प्रा.डा. पद्मप्रसाद देवकोटाले आफ्ना पिताको सिर्जनालाई सङ्गीतबद्ध र स्वरबद्ध गरेर बाहिर ल्याएकामा खुशी व्यक्त गर्नुभयो । सङ्गीतकार श्रेष्ठले आफूले अग्रज स्रष्टालाई सम्मान गर्न तथा गजललाई गायनमा ल्याउने प्रयासमा महाकविको गजललाई रेकर्ड गरेको बताउनुभयो । सङ्गीतमै समर्पित हुनुका कारण पनि स्रष्टा र सङ्गीतलाई जोड्नुपर्ने उहाँको भनाइ थियो ।

प्रमुख अतिथि प्रा.डा. कृष्णहरि बरालले आफूले विद्यावारिधि गर्ने क्रममा फेलापारेको देवकोटाको उक्त गजल श्रेष्ठले रेकर्ड गरेर सार्वजनिक गरेकामा प्रसन्नता जनाउनुभयो । अरबदेखि भारत हुँदै नेपाल छिरेको गजलले नयाँ बाटो पनि बनाउँदै गएको उल्लेख गर्दै बरालले देवकोटाको कृतित्वबारे चर्चासमेत गर्नुभयो । कार्यक्रममा महाकवि देवकोटाकी सुपुत्री अम्बिकादेवी रिमालको समेत उपस्थिति थियो । हेम प्रभास अधिकारीले निर्देशन गरेको तथा वीरेन्द्र भाट ‘विपिन’ले छायाङ्कन र सम्पादन गरेको भिडियोमा श्रेष्ठ स्वयंले अभिनय गर्नुभएको छ । गजल गोल्डेन क्रियसन युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

विन्ध्यवासिनीको सम्मान एवं पुरस्कार घोषणा,बरिष्ठपत्रकार शान्तिप्रियलाई २५ हजार रुपैयाँ राशिको ‘विन्ध्यवासिनी कला पत्रकारिता सम्मान प्रदान गर्दे

समाचार


काठमाण्डौ - विन्ध्यवासिनी फाउन्डेसनले आगामी चैत १ गते आयोजना गर्ने ‘रमपम विन्ध्यवासिनी म्यूजिक अवार्ड २०८०’ मा गायिका मिरा राणालाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड २०८०’ प्रदान गर्ने भएको छ । फाउण्डेसनको शनिबार राजधानीमा सम्पन्न दसौँ वार्षिक भेलाले गायिका राणालाई १ लाख रुपैयाँ राशीसहित ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गर्ने निर्णय गरेको हो । भेलाले संगीतकार भूपेन्द्र रायमाझीलाई ‘विन्ध्यवासिनी संगीत साधना सम्मान २०८०’ बाट सम्मानित गर्ने निर्णय गरेको छ । यो सम्मानको राशि ५० हजार रुपैयाँ छ ।

त्यस्तै, पत्रकार शान्तिप्रियलाई २५ हजार रुपैयाँ राशिको ‘विन्ध्यवासिनी कला पत्रकारिता सम्मान २०८०’ प्रदान गर्ने निर्णय गरेको छ । बैठकले फाउन्डेसनका दिवङ्गत सल्लाहकार तथा गायक र संगीतकार प्रेमध्वज प्रधानको नाममा स्थापित ‘प्रेमध्वज संगीत रत्न सम्मान २०८०’बाट युवा गायक रुपक डोटेललाई सम्मान गर्ने निर्णय गरेको छ । यो सम्मानको राशि नगद २५ हजार रुपैयाँ छ ।

यसैगरी स्वर्गीय झलकमान गन्धर्वको नाममा स्थापित ‘झलकमान लोक–संगीत सम्मान २०८०’ लोकदोहोरी गायक राजु परियारलाई सम्मान गर्ने निर्णय गरेको छ । यो सम्मानको राशि २५ हजार रुपैयाँ छ । विन्ध्यवासिनी म्यूजिकका कार्यकारी निर्देशक सुवास रेग्मीले स्रष्टा र पत्रकारको योगदानको सम्मान र कदर गर्दै विगतका वर्ष झैँ यसवर्ष पनि सम्मानित गर्न लागिएको बताए ।

किड्स एण्ड टिन्ज वर्ल्डवाइड नेपाल सिजन ३ को उपाधि प्रेशु सिंह थारुलाई

समाचार


नेपालगंज । म्याजेस्टिक ग्रुप अफ इन्टरटेन्मेण्टको आयोजनामा हालै नेपालगञ्जमा सम्पन्न किड्स एण्ड टिन्ज वर्ल्डवाइड नेपाल सिजन ३ को ताज प्रेशु सिंह थारुले पहिरिएकी छिन । नेपालगञ्जकै प्रेशुले किड्स एण्ड टिन्ज वर्ल्डवाइड नेपाल सिजन ३, २०२४ को ताज पहिरिएसंगै उनले किड्स गियर साइकलसहित सारदा एजुकेशन पार्क कन्सल्टेन्सीको तर्फबाट ३५ हजार रुपैया बराबरको छात्रवृति प्राप्त गर्न सफल भएकी छिन।

 

यस्तै टिन्स वर्ल्डवाईड नेपाल २०२४ अपेक्षा जिसी भइन भने किडस वर्ल्डवाईड नेपाल २०२४ बिन्दु यादव हुन सफल भएकी छिन। यसैगरी अतिथि थापा मगरले मिनि लिटिल वर्ल्डवाईड नेपालको ताज पहिरिन सफल भएकी छिन भने प्रेरणा चौधरी र सुशान्त पौडेल अर्गनाइजर च्वाईसमा पर्न सफल भएका छन। यसैगरी सोमेश कुमार वैसे कोरियोग्राफअर च्वाईसमा परेका छन भने आशिका बडुवा किडस एम्बेसडर बन्न सफल भएको म्याजेस्टिक ग्रुप अफ इन्टरटेन्मेण्टका प्रोप्राइटर मन्जेस गिरीले जानकारी दिनुभएको छ।

 

प्रतियोगितामा टिन्स वर्ल्डवाईड नेपालको उपाधी गरिमा शर्मा, मिस्टर पब्लिक च्वाईसको उपाधी सुभम कँडेल, मिस पब्लिक च्वाईसको उपाधी करिश्मा अधिकारी, किडस रनरअप ग्रेनिशा शर्मा बनेका छन भने किडस सेकेन्ड रनर अप बिना पोखरेल भएका छन। त्यस्तै टिन्स रनर अप हसन अली अन्सारी, टिन्स सेकेन्ड रनर अप सुजता चौधरी भएका छन।

 

यसैगरी सबटाईटलतर्फ बेस्ट वाकमा प्रेशु सिंह थारु, उत्कृष्ट सेल्फ ड्रेसमा सुभम कँडेल, बेस्ट सेल्फ ड्रेसमा सुभम कँडेलले टाईटल हात पार्दा अपेक्षा जिसी बेस्ट रन वे मोडल भएकी छन। यस्तै बेस्ट फोटोजेनिक प्रेशु सिंह, मोस्ट कन्फिडेन्टको उपाधी पर्णा चौधरी र इन्टेलिजेन्टको उपाधी बिन्दु यादवले हात पार्न सफल भएको आयोजकले जनाएको छ।

 

नेपालगञ्जको सिएसटी होटेल एण्ड पार्टी प्यालेसमा सम्पन्न भएको कार्यक्रममा सुबि एजुकेश्नल एण्ड भिजा सर्भिसेज सहप्रायोजक रहेको थियो भने यस प्रतियोगिताका विजेता प्रेशु सिंह थारुले यही मे महिनामा फिलिपिन्सको मनिलामा हुने विश्व किड्स अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउने आयोजकले जनाएको छ।

सञ्चारकर्मी गीता अधिकारीको कृति संग्रह लोकार्पण

समाचार


काठमाडौं  - सञ्चारकर्मी गीता अधिकारीको ‘मैले पढेका ५१ पुस्तक’ लोकार्पण गरिएको छ । सोमबार काठमाडौंमा मिलाप पब्लिकेशनको आयोजनमा एक विशेष समारोहबीच उक्त कृतिको लोकार्पण गरिएको हो । वरिष्ठ साहित्यकार कथाकार माया ठकुरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वरिष्ठ पत्रकार एवं साहित्यकार पुरुषोत्तम दाहाल, वरिष्ठ साहित्यकार खेमनाथ दाहाल, लेखक गीता अधिकारी, महिला सुरक्षा दबाब समूह अध्यक्ष कल्याणी शाह, सञ्चारिका समूह अध्यक्ष विमला तुम्खेवा, हिमालय टाइम्स दैनिकका कार्यकारी निर्देशक उज्ज्वल शर्मा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय महासचिव विमला निरौला, प्राडा अर्जुनदेव भट्ट, वशिष्ठ कलाकार लय संग्रौला, वरिष्ठ साहित्यकार विमल भौकाजी, पब्लिकेसनका अध्यक्ष कृष्ण भुसाललगायतले उत्त पुस्तकको लोकार्पण गर्नुभएको थियो ।

कार्यक्रम लेखिका अधिकारीले आफूले विभिन्न समयमा पढेका पुस्तकका बारेमा विभिन्न पत्रिकामा प्रकाशित भएका पुस्तक परिचयलाई यसमा समावेश गरेको जानकारी गराउनुभयो । आफ्नो स्वागत मन्तव्य राख्दै उहाँले भन्नुभयो, ‘पत्रकारितामा संलग्न हुँदै गर्दा मैले पढेर विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका लेखलाई यसमा समावेश गरेकी छु । यसलाई समीक्षाभन्दा पनि पुस्तक परिचयका रूपमा बुझ्नका लागि अनुरोध गर्दछु ।’

पुस्तकका रहेका स्रष्टामध्येबाट उपन्यासकार सन्तोष श्रेष्ठले गीताले पत्रकारितमा रहँदा रहँदै कृति पाठकमाझ ल्याएकोमा बधाई दिँदै केही कमिकमजोरीका बाबजुद पनि राम्रो कृति आएको बताउनुभयो । चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष एवं गीतकार शान्तिप्रियले गीतासँग आफूले सहकार्य गरेको बताउँदै चलचित्र पत्रकारितमा लामो समयसम्म टिकिरहनु नै महत्वपूर्ण कुरा रहेको जिकिर गर्नुभयो ।

यस्तै, वरिष्ठ संगीतकार राजु सिंह, विशिष्ठ कलाकार लय संग्रौला, वरिष्ठ साहित्यकार दामोदार पुडासैनी अन्तर्र्राष्ट्रिय नेपाली साहित्य समाज ९अनेसास० महासचिव विमला निरौला, प्राडा अर्जुनदेव भट्टले कृतिका लागि अधिकारीलाई बधाई तथा शुभकामना दिँदै उहाँको सक्रियताको तारिफ गर्नुभएको थियो ।

सञ्चारिकका समूह अध्यक्ष विमला तुम्खेवाले महिला सञ्चारकर्मीले अघि बढनका लागि हाम्रो समाजमा निकै संघर्ष गर्नुपर्ने तीतो यथार्थ रहेको बताउँदै गीताले पनि संघर्ष गर्दै आफूलाई अघि बढाइरहेको जिकिर गर्नुभयो । महिला दबाक समूहकी अध्यक्ष कल्याणी शाहले नेपाली महिलाहरू आज पनि विभिन्न समस्याबाट गुज्रिरहेको बताउँदै गीतका कार्यको तारिफ गर्नुभएको थियो । वरिष्ठ साहित्यकार खेमनाथ दाहालले अधिकारीले यसमा संलग्न गरेका कृति र उहाँका हरेक समीक्षा ज्ञानबर्धक र मननयोग्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस समीक्षा कृतिमा संलग्न गरेका कृति र उहाँका हरेक समीक्षा ज्ञानबर्धक र मननयोग्यमात्र होइन, कृतिलाई जीवन्त बनाउने श्रेणीमा पर्दछन् ।’

यस्तै, प्रा।पुरुषोत्तम दाहालले आफ्नो कविता कृति ‘काला बादलमा उज्याला पाइला’का बारेमा पनि यसमा समावेश भएको बताउँदै यसमा धेरै विधाका कृति रहेको बताउनुभयो । आफ्नो ‘शान्ता’ उपन्यासका बारेमा चर्चा गर्दै उहाँले गीताले यस कृतिलाई जन्म दिएर आज आमा बनेको धारणा राख्नुभयो ।

प्रमुख अतिथि ठकुरीले गीतासँग आफ्नो दश वर्षभन्दा लामो सम्बन्ध रहेको बताउँदै आफ्नै वरिपरि रहेका परिवेशलाई आफ्ना प्रस्तुतिमा स्थान दिनुपर्ने विचार व्यक्त गर्नुभयो । आफूले कथामा पनि आफ्नो परिवेश र आफ्नै वरिपरिका विषयवस्तुलाई प्राथमिकता दिँदै आएको बताउँदै भन्न खोजेको कुरा सरल भाषामा व्यक्त गर्नुपर्ने धारणा राख्नुभयो । पब्लिकेशनका अध्यक्ष कृष्ण भुसालले मिलाप मासिकको चर्चा गर्दै गीताको मैले पढेका ५१ पुस्तक समीक्षाको संग्रह नभएर कृति परिचयसंग्रह रहेको बताउनुभयो । गीतकार गणेश सुवेदीले सहजिकरण गरेको कार्यक्रममा अथितिहरूलाई मायाको चिनो पनि प्रदान गरिएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

गीता अधिकारीले कला मनोरञ्जन पत्रकारितमा आफूलाई संलग्न गराउँदै आउनुभएको छ । उहाँका ‘यतै घमाइलो उतै घमाइलो’, ‘तीजैमा व्रत बसी’, ‘बजाउँदै चुरा’, ‘श्वास फेरी’, ‘छम्मछम्म’ जस्ता एकदर्जन जति गीत श्रोतारदर्शकमाझ आएका छन् । चलचित्र पत्रकार संघमा सदस्य हुँदै उपाध्यक्षको जिम्मेवारीमा रहेर कुशल कार्यसम्पादन गर्नुभएकी गीतको ‘मैले पढेका ५१ पुस्तक’ पाठकमाझ आएको पहिलो कृति हो । गीताले आफ्नो जन्मदिनको अवसर पारेर सोमबार यो कृति पाठकमाझ ल्याउनुभएको हो । मिलाप पब्लिकेशन प्रा।लि।ले पाठकमाझ ल्याएको १९२ पेजको यस कृतिको मूल्य ४०० रुपैयाँ राखिएको छ ।
- तस्बिर : सुरेन्द्र थापा ।

नयाँ बर्षको अवसरमा अमेरिकाको बाल्टिमोरमा साँगीतिक कार्यक्रम हुँदै

समाचार


काठमाण्डौ– नयाँ वर्षको अवसर पारेर अमेरिकाको बाल्टिमोर स्थित नेपाली कलाकारहरुको बेजोड साँस्कृतिक प्रस्तुती सहितको सांगीतिक कार्यक्रम हुने भएको छ ।  शुक्रबार अर्थात जनवरी २६को साँझ बाल्टिमोर स्थित 4132 E Joppa Rd, Nottingham, MD 21236  मा हुने कार्यक्रममा चर्चित गायक "शिव परियार, कन्हैया सिंह परियार, अञ्जना गुरुङ, आभा मुकारुङ, कल्पना देवकोटा, प्रनिमा आचार्य, स्वरुपा रसाईली ,गायक लक्ष्मण पौडेल, भगवान भण्डारी, उदय भट्टराई, राजल लामा" लगायतका कलाकारहरुको बेजोड प्रस्तुती रहने भएको छ ।

बाल्टिमोर अमेरिकामा रहेका ख्यातिप्राप्त कलाकारहरु समेतको प्रस्तुति हेर्नको लागि जनवरी २६को साँझ बाल्टिमोर आसपासको क्षेत्रमा बस्नु हुने सम्पूर्ण संगीतप्रेमी दर्शक तथा श्रोताहरुलाइ उपस्थितिको कार्यक्रमका सल्लाहकार एवं बरिष्ठ गायक तथा संगीतकार कन्हैया सिंह परियारले आव्हान गरेका छन् ।

कार्यक्रमको संयोजन मोडल तथा गायिका शान्ति भण्डारीले गरेकी छिन् भने कार्यक्रमलाई गायक तथा मोडल सज्जन बाहोराले संचालन गर्ने भएका छन् ।

सिन्धु फुड प्रोडक्स प्रालि टोखाको भब्य बनभोज कार्यक्रम सम्पन्न

समाचार


९ माघ,काठमाडौं । गुणस्तरीय मासुको व्यवसायमा छुट्टै पहिचान बनाउन सफल सिन्धु फुड प्रोडक्स प्रालि टोखाले भब्य बनभोज कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंको चोभारमा सोमबार संचालक,स्टाफ अन्य उत्साहजनक सहभागिताका बीच मनोरञ्जनात्मक क्रियाकलापका साथ पिकनिक कार्यक्रम सम्पन्न भएको हो ।पिकनिकमा सहभागीहरुलाई सम्बोधन गर्दै कम्पनिका संचालक एवमं निर्देशक बद्री बस्नेतले पछिल्लो समय हामी काममा धेरै व्यस्त भयौँ त्यसैले यस्ता खालका रिफ्रेस्मेन्ट भेटघाट कार्यक्रमहरुले पारस्परिक भाइचारा, सद्भाव र सौहाद्रता कायम गर्ने भएकाले सिन्धु फुड प्रोडक्स प्रालि टोखाले आगामी दिनमा पनि निरन्तरता दिने भन्दै उत्साहाजनक सहभागिताका लागि धन्यबाद दिए।

सिन्धु फुड प्रोडक्स प्रालि टोखाले ताजा र स्वच्छ मासु उपलब्ध गराउनको लागि उत्पादन गर्नेदेखि आधुनिक प्रविधिको फ्रेस हाउसको अवधारणा सहित हस्पिलिटी क्षेत्र होटल , रिसोर्ट ,रेस्टुरेन्ट, क्लब, बार, पार्टी–प्यालेस, क्यान्टिन, सुपर–मार्केट, ग्रोसरी मार्ट लगाएतलाई गुणस्तरीय स्वस्थ्य वर्द्धक सम्पूर्ण मासुजन्य परिकारको सुपथ मूल्य खरिदबिक्री गर्दै आएको छ।