काठमाडौं – नेपाली चलचित्र तथा गीत संगीतमा काम गर्ने कलाकार तथा प्राविधिकहरुले श्रमको उचित मूल्य पाउन नसकेको सम्बन्धित पक्षले जनाएका छन् । नेपाल चलचित्र तथा श्रमिक सँगठन (फावन)ले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीलाई आफ्नो समस्या सुनाउन सोही प्रतिष्ठानमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनीहरुले श्रमको उपयुक्त मूल्य नपाएको बताएका हुन् ।
फावनको मानार्थ सदस्य माधवराज खरेलले सहजीकरण गरेको सो कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्माले अब चाँडै नै प्रतिष्ठानले कलाकारहरुको योगदानको आधारमा बर्गिकरण गर्ने बताईन् । सोही बर्गिकरणको आधारमा उनीहरुले गीत रेकर्डिङदेखि स्टेजमा गीत प्रस्तुतिसम्मको न्युनतम पारिश्रमिक आफुहरुले तय गर्ने पनि जनाईन् ।
सोही प्रतिष्ठानका उपकुलपति शम्भु राईले कलाकारका पारिश्रमिक’bout आफुहरु निकै चिन्तित रहेको र यसका लागि चाँडै नै आफुहरुले कार्यविधि ल्याउने पनि उनले बताए,‘हामी अहिले कार्यविधिको तयारीमा छौं । यो वर्ष भित्रै नयाँ कार्यविधि आएपछि गीत संगीत क्षेत्रका धेरै बिकृतिहरु बिस्तारै निकारण हुँदै जानेछन् ।’
कार्यक्रममा संगीत रोयल्टी सँकलन समाजका अध्यक्ष शुरेश अधिकारीले श्रमिक कलाकारहरुको समस्यालाई आफुहरुले नजिकबाट बुझेको र रोयल्टी सम्बन्धि अन्तराष्ट्रिय कानून चाँडै लागु गरेर उनीहरुको सृजनाको अधिकारलाई सुरक्षित गर्ने बताए ।
सो प्रतिष्ठानका परिषद सदस्य चेतन सापकोटाले कानूनकै अभावका कारण श्रमिक कलाकारहरुको श्रममा समानता नभएको बताए । त्यसको लागि नयाँ कानून ल्याउन आफुहरुले पहल गरिहेको उनले बताए ।
कार्यक्रममा फवनका सल्लाहकार शान्तिप्रियले अहिले पनि गीतकारलाई सित्तैं गीत लेखाउने क्रम जारी रहेको बताए । पैसा दिए पनि अत्यन्त कम दिन गरेको उनको कथन थियो । नेपालमा सबैभन्दा बढी गीत संगीतमा लगानी गीतकारहरुकै रहने गरेको पनि उनले बताए । अर्का सल्लाहकार ऋषी लामिछानेले कलाकारहरुको असमान पारिश्रमिका कारण चलचित्र क्षेत्रका आर्थिक बिकृति देखिएको छ भने ।
फावनको उपाध्यक्ष ऋषीराज आचार्यले कलाकारहरुको पारिश्रमिक देखि अन्य कुरालाई समायोजना गर्न संगीत नाट्य एकेडेमीले नयाँ ऐन नै ल्याउनु पर्ने सुझाब दिए । चाँडै आउन लागेको चलचित्र ऐनमा पनि यो कुरा समेट्न आफुहरु सक्रिय रहेको उनले बताए ।
फावनका मानार्थ सदस्य एवम् संगीतकार दीपक शर्माले संगीत नाट्य प्रज्ञा प्रतिष्ठानले संगीतकर्मी कलकारहरुको धेरै समस्यालाई नजिकबाट बुझ्नु पर्ने बताए । प्रतिष्ठानले स्थानीय निकायमा गएर मौलिक गीत संगीतलाई चाँडो भन्दा चाँडो सँरक्षण नगरे एक दशकपछि ती मौलिक गीत संगीत, बाजाहरु लोप हुने सुझाब दिए ।
यस्तै फावनका सह कोषाध्यक्ष प्रवण भुसालले नेपाली चलचित्र एवम् नाट्य क्षेत्रका समस्या’bout प्रकाश पारे । चलचित्र तथा नाटक क्षेत्रका कलाकारहरु सिमित पारिश्रमिक अत्याधिक रहेको र धेरै कलाकारहरु पारिश्रमिकको हिसावले पीडित रहेको बताए । उनले स्थानीय देखि केन्द्रसम्म नाट्य क्षेत्रमा देखिएका समस्यालाई सुधार्न सल्लाह दिए ।
फागनका कोषाध्यक्ष एवम् अभिनेता तेज गिरीले कलाकारहरुलाई चलचित्र तथा संगीत क्षेत्रमा अब कर्पोरेट हिसावले अघि बढाउनु पर्ने बताए । उनले विशेष कोष निर्माण गरेर अबस्यक परेको बेला चलचित्र तथा गीत संगीत, नृत्यका श्रमिक कलाकारहरुलाई सहयोग गर्न संगीत नाट्य प्रतिष्ठानलाई सुुझाब दिए ।
गायिका तथा फावनसँग आबद्ध कलाकार झुमा लिम्बुले केन्द्रमा कलाकारको पहुँच भए पनि स्थानीय क्षेत्रमा रैथाने कलाकारहरुको पारिश्रमिक निकै न्युय रहेको बताईन् । राष्ट्रिय कलाकारहरुको बोलबालका कारण रैथाने कलाकारहरुले आफ्नो स्थानीय क्षेत्रमा हुने कार्यक्रममा पनि कला प्रस्तुतिको लागि स्थान र पारिश्रमिक पनि नपाउने अबस्था रहेको जनाउँदै यस’bout सो प्रतिष्ठानको ध्यानाकर्षण गराईन् । यस्तै फावनकी उपाध्यक्ष सरिता भारतीले पुरुष कलाकारको तुलनामा महिला कलाकारको पारिश्रमिक कम हुने गरेको र सँगीत तथा चलचित्र क्षेत्रमा श्रममा पनि लैँगिक बिभेद छ भनिन् ।
फावनका अर्का मानार्थ सदस्य राजेन्द्र बजगाईंले स्टेजमा गीत संगीत प्रस्तुतिका क्रममा आयोजकबाट निकै विभेद हुने गरेको समस्या’bout कार्यक्रममा अबगत गराए । राम्रा सक्षम कलाकार भन्दा भाईरल भएकाहरुलाई मेला महोत्सबमा स्थान दिईने हुँदा अब त्यस्ता कार्यक्रममा कस्ता कलाकारलाई स्थान दिने भन्ने’bout कार्यविधि बनाउन उनले प्रतिष्ठानलाई अनुरोध गरे । बजगाईंको भनाईमा समर्थन गर्दै अग्रज संगीतकार बसन्त सापकोटाले नयाँ र भाईरललाई स्टेज देखि मिडियासम्मले स्थान दिँदा राम्रा र व्यबसायिक कलाकारहरु मारमा परेका छन भने ।
फावनको उपाध्यक्ष दयाराम घिमिरेले बृत्तचित्रसँग सम्बद्ध सिनेकर्मीहरुको श्रमको अबस्था’bout कार्यक्रममा अबगत गराए । कार्यक्रममा गायक डेभिड शँकरले स्टेज कार्यक्रममा आफुहरुलाई कार्यक्रम प्रस्तुतिपछि सुरुमा तोकेको भन्दा पारिश्रमिक घटाएर पारिश्रमिक दिने गरेको समस्या सुनाए । यस’bout सम्झौताको लागि एउटा कार्यविधि बनाउन पनि उनले प्रतिष्ठानलाई अनुरोध गरे । अर्का गायक कृष्ण काफ्लले विदेशमा गीत संगीत प्रस्तुत गर्दा नेपालको तुलनामा त्यतिधेरै समस्या नभएको बताए ।
कार्यक्रममा फावनका मानार्थ सदस्य ओम सुनारले संगीतकारहरुको पारिश्रमिकको ’bout जानकारी गराए । यस्तै फावनका महसचिब राजन थापा, सचिब कमला जोशी, सदस्य एवम् छायाँकार राजन खरेल, सदस्य एवम् गायक नविन कुमार पौडेल, गायक नारायण थापालगायतले पनि आफुहरुको भोगाई’bout चर्चा गरे ।
सो अन्तरक्रिया कार्यक्रममा उठेका सबै समस्याहरुलाई एउटा प्रतिवेदन बनाएर नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानलाई बुझाउने फावनका सल्लाहकार डब्बु क्षत्रीले बताए । उनले यी समस्यालाई केही महिनापछि आफुहरुले आईएलओको अन्तराष्ट्रिय सम्मेलनमा पेश गर्ने पनि जानकारी गराए ।
काठमाण्डौ– पावर ईन्टर नेशनल मिडिया नेपाल (पिम नेपाल) को आयोजनामा सम्पन्न हुन गैरहेको सातौं संस्करणको राष्ट्रिय समावेशी म्यूजिक अवार्ड (निम अवार्ड ) २०२४ को मनोनयन सार्वजनिक भएको छ ।
निम अवार्डको सातौं संस्करणको कार्यक्रमको व्यवस्थापकिय जिम्मेवारी एरा प्रोडक्सन प्रा.लि.ले लिएको छ । विभिन्न भाषाभाषीका गरी कुल ४१ विधामा प्रतिस्पर्धामा रहेका कलाकार, श्रष्टा तथा सर्जकहरुलाई अनलाईन भोटिङ प्रकृया र निर्णायकहरुको मतको आधारमा सर्वोत्कृष्ट घोषणा गरी अवार्ड प्रदान गरिने निम अवार्डका कार्यक्रम संयोजक कमला जोशीले बताएकी छिन ।
कार्यक्रमको समापन एक भव्य समारोहको विच फाल्गुनको चौथो साता सम्पन्न हुने भएको छ । उक्त कार्यक्रममा रजत सम्मान, पत्रकारिता पुरस्कार लगायत सम्मान तथा पुरस्कारहरु समेत प्रदान गरिने आयोजकले वताएका छन् ।
विगत सात वर्ष देखी पुर्व मेचि देखी पश्चिम महाकाली सम्म देश भित्र र देश बाहिर रहेर नेपालमा बोलीने नेपाली लगायत अन्य विभिन्न भाषा भाषीहरुमा गीत संगीत तथा भिडियोहरु तयार पार्ने श्रष्ठा तथा सर्जकहरुलाई पिम नेपालले प्रोत्साहन स्वरुप समावेशी अवार्डको आयोजना हुदै आएको आयोजकले बताएका छन् ।
सातौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) को लागि aventoz.com मार्फत अनलाइन भोटिङ पनि खुल्ला गरिएको छ ।
१.उत्कृष्ट राष्ट्रिय भाव
१. बाबु राम श्रेष्ठ : राष्ट्रिय एकताको प्रतिक
२. महेश राज थापाः मेरो आफ्नै जन्म भुमी
३. रोजी डंगोल श्रेष्ठ : मेरो मातृभुमी
४. राम प्रशाद अवस्थी : उठौं जनता उठौं
५. कर्मा : हाम्रो भावना त एउटै
२. उत्कृष्ट गजल गायन
१. संगीता राना प्रधान : चोखो माया
२. रुद्रशेखर शर्मा : किन
३. शशि विक्रम थापा : मेरो मरणको बेला
४. केशव पौडेल : तिमिलाई हेर्दा हेर्दै
५. राज सिग्देल : अनायास अन्जान
३. उत्कृष्ट आधुनिक गायक
१. यस कुमार : सुस्तरी सुस्तरी
२. रविन्द्र बर्तौला : सम्झन्छु म तिमिलाई
३. विष्णु भट्ट : छुट्नु पर्छ कसो गरु
४. कैलास भट्टराई : धेरै माया गर्छु
५. सिडि विजय अधिकारी : मन्द मन्द
४. उत्कृष्ट आधुनिक गायिका
१. मिना नेपाली : माया छ गाढा
२. एलिना चौहान : हे धोकेबाज
३. अनु चौधरी : बाडुली
४. बेनिषा पौडेल : सधै यस्तै मिठा कुरा
५. निता आचार्य : जिन्दगी त संगै जिउने हो ।
५. उत्कृष्ट आधुनिक संगीतकार
१. नरहरी प्रेमी : घर छोडेको मान्छे
२. कुमार थापा मगर : मैले दिएको चोखो माया
३. रामकुमार रिमाल : पुरा भयो सपना मेरो
४. कृति न्यौपाने : ए मेरो मनको राजा
५. गोविन्द मधुर आचार्य : एक दिन उज्यालो छाउला
६. उत्कृष्ट आधुनिक गीतकार पुरुष
१. टेक तामाङ : तिमी सागर
२. रोशन सिंह : किन मरिन म २
३. विजय खड्का गगन : आगो छैन धुवा छैन
४. दावा तामाङ : काली गोरी
५. केदार बरुवाल क्षेत्री : गाजलु
७. उत्कृष्ट आधुनिक गीतकार महिला
१. पद् मा लिंखा मगर : मन्द मन्द
२. हिमांसु रायमाझी गोधुली : दिन ढल्यो
३. सविता पोख्रेल : एक चिम्टी सिन्दुर
४. कृष्णा आचार्य रोशनी : तिम्रो याद
५. सरिता सापकोटा : बाडुली लाग्यो
८. उत्कृष्ट नव प्रतिभा गायक
१. टि एन बम्जन : मेरो साेधाई
२. निमा शेर्पा : भन आज
३. राजु भट्ट : यो मुल्याई
४. सन्त बहादुर दराई : पछ्यौरी
५. गोपाल पुनः “शिरोन” : मारुम
९. उत्कृष्ट नव प्रतिभा गायिका
१. करुणा वली : खर काटेर
२. इन्दिरा ढकाल : सुकेको रुख
३. प्रिति रिमाल : हाम्रो माया
४. सुमित्रा बुढा : मारुम
५. प्रिजा मिश्र : के छ विचार
१० उत्कृष्ट पप गायन
१. विनोद ढकाल : सेक्सी नाना
२. सारिका घिमिरे : कलियुगकी राधा
३. डेविट शंकर : तिमिलाई हेरेर
४. चेष्टर लिम्बू : जिवन एक संघर्ष
५. सिजम सिंजाली : टाढा नजानु
११. उत्कृष्ट लोक पप गायन
१. नविन कार्की : मान्छे होस इमान्दार
२. सुनिल दवाडी : गुँडैले चरी
३. मानस राज : मुड फ्रेस
४. लक्ष्मण श्री : म तिम्रै डल्ले हो
५. दिपेश श्रेष्ठ वैद्य : खाम भने खाम
१२. उत्कृष्ट लोक पप गीतकार
१. सुन्दरमान श्रेष्ठ : घुमाउला तिमिलाई न्युरोड बजार
२. देवेन्द्र के.सी : मान्छे होस ईमान्दार
३. अनिल तिखत्री : तिमिलाई हेरेर
४. आर के विवश : सोह्रै आना
५. सरला श्रेष्ठ : अधिकार बाडी देउ
१३. उत्कृष्ट लोक पप संगीतकार
१.लक्ष्मण पोख्रेल : अधिकार बाँडी देउ
२.सुवास श्रेष्ठ प्रधान : हुदैन माया
३.दिपक शर्मा : तिमिलाई हेरेर
४.मानस राज : मुड फ्रेस
५.भिम वि.सी : चस्मा लगाउनी
१४. उत्कृष्ट युगल गायन
१ शान्तिश्री परियार/महेन्द्र बराल : काली तरेर
२. निता आचार्य/ सिडि विजय अधिकारी : गरिदेउ विदा
३. मोहन श्रेष्ठ/ सहिमा श्रेष्ठ : अरे क्यानम
४. कर्ण राज गिरी/ कमला रेग्मी : लुकी लुकी
५. राहुल श्रेष्ठ/ मेलिना राई : मखमली चोली
१५ उत्कृष्ट मौलीक गीत
१. कल्पना सुनुवार : माया मिठो
२. पवन रानाभाट : पर्छ की पिर
३. डब्बु क्षेत्री : जिस्केर मस्केर
४ हेमन्त कान्छा : कोही मर्दा कसैको त
५. दिपक लाखे : रामदली
१६. उत्कृष्ट लोकदोहोरी शब्द
१. सागर रेग्मी : अनाथ
२. अमृत भारती : मुटु चसकेर हो
३. प्रल्हाद सुवेदी : सम्पती
४. सागर बास्तोला : गरिदेउ विदा
५. दिपक विवश अंसु : आँखैमा गाजलु
१७. उत्कृष्ट लोकदोहोरी लय
१. ऋषि खड्का : गरिदेउ बिदा
२. तेजश रेग्मी : पोखरा बगर
३. मोहन खड्का : है सानु
४. शम्भु कँवर : त्यो मन रुन्छ रुन्न
५. कुशल बेल्वासे : अनाथ
१८. उत्कृष्ट लोकदोहोरी गायक
१. राजु परियार : गुल्मी अर्धाखाँची
२. राम कुमार नेपाली : मुटु चसकेर हो
३. आलिफ खान : ऐना र काईयो
४. रमन रायमाझी : परानी
५. प्रकाश सपुत : सकम्बरी
१९. उत्कृष्ट लोकदोहोरी गायिका
१. सुद्धलक्ष्मी श्रेष्ठ : आँखैमा गाजलु
२. काव्य आचार्य : ऐना र काईयो
३. सञ्जु न्यौपाने : लामो कपाल
४. जयन्ती मगर : मुटु चसकेर
५. सुनिता बुढा क्षेत्री : घाम जस्तो चम्कीलो
२०. उत्कृष्ट मौलिक भिडियो
१. लिगेश भट्टराई : गाउँला
२. कमल एक्चै मगर : रामदली
३. केशव महर्जन : जगतया गरुवर गौतमबुद्ध
४. अरुण प्रधान : कमर लप लप करे
५. हरिश विजलाजी : कठैबरी
२१. उत्कृष्ट आधुनिक/पप निर्देशक
१. लक्ष्मण सुनार : बैरागी
२. पुजा ठकुरी : नोटमा विकेको माया
३. केशव राज भट्ट : राजाको भैसी
४. जिवि आग्री : राताे टिका
५. आदित्य बुढाथोकी : माया गरे तिमिलाइ
२२. उत्कृष्ट आधुनिक/पप मोडल पुरुष
१. सागर खनाल : म हाँस्दा
२. राज टाईगर : माया गरे तिमिलाई
३. दिनेश कठायत : नर्क
४. सागर एन.पी : सोह्रै आना
५. दिपेन्द्र राज गिरी : मानव
२३.उत्कृष्ट आधुनिक/पप मोडल महिला
१. सोफि धरेल : जिन्दगी त
२. अश्विीनी शाही : तिम्रो मनमा
३. निशा कार्की : सधै यस्तै मिठा कुरा
४. जेनेलिया श्रेष्ठ : मलाई मारिदेउ
५. सनिसा भट्टराई : छौं तिमि मुटुमा छौं
२४. उत्कृष्ट लोकदोहोरी निर्देशक
१. प्रविन थापा : रुन्न भन्दा भन्दै
२. सृजन बराल (ऋषि) : जारी
३. दिपेन्द्र तिमल्सिना : घर त गैरी गाउँ
४. बिनोद भण्डारी : त्यो मन रुन्छ रुन्न
५. डि.वी खड्का : घाम जस्तो चम्कीलो
२५. उत्कृष्ट लोकदोहोरी मोडल पुरुष
१. दामोदर सापकोटा : माछी फुर्लुङमा
२. दिपेन्द्र सोनाम : मुटु चसकेर हो
३. अभिषेक खड्का : मिहचुली मा हिउ
४. सागर लम्साल (बले) : सोल्टी सोल्टीनी
५. ईस्वर खाती : जारी
२६ उत्कृष्ट लोकदोहोरी मोडल महिला
१. स्मारिका ढकाल : त्यो मन रुन्छ रुन्न
२. एन जेड सानु : आँखैमा बस्छौ की
३. सरिता ढुङ्गाना : घाम जस्तो चम्कीलो
४. विनिता दाहाल : मायालु
५. प्रमिता राजघतानी : १८ प्लस
२७. उत्कृष्ट नव मोडल पुरुष
१. बसन्त उदास : बैरागी
२. गौरब मगर : तिमि मेरो
३. विशाल लामा : तम्रो फोटो
४. प्रज्वलराज भट्ट : मुटु रेटियो
५. गोविन्द पोख्रेल : आँखैमा थियौ
२८. उत्कृष्ट नव प्रतिभा मोडल महिला
१. सोनिका पौड्याल : ऐना अघि
२. सविना सानु : जिन्दगीमा हाँस्नै भुले
३. मिशेल घिमिरे : परिणाम
४. पुनम श्रेष्ठ : सुस्तरी सुस्तरी
५. साक्षी सुवाल : आज मैले देउता
२९.उत्कृष्ट कोरियोग्रफर
१. राहुल बराईली : तिमि नै हौ
२. सुरेन्द्र बसेल : कोल्टे पारेर
३. सियोन श्रेष्ठ : सत्य राम कसम
४. गम्भिर विष्ट : अरे क्यानम
५. सोम लामा : चोखो माया
३०. उत्कृष्ट म्युजिक एरेन्जर
१. कुमार थापा मगर : मैले दिएको चोखो माया
२. राकेश सोनी : टिपौ त भिरेमा
३. असोक राई : महार्दै थिए
४. सुदिप सागर : सकम्बरी
५. अनिल तुलाधर : न्याकुं कया वल छ
३१ उत्कृष्ट ध्वनी मिश्रण
१. मीन विष्ट : धड्कन
२. नरेन्द्र वियोगी : नदेखेको
३. प्रकाश मिश्र : मायाको भरिया
४. श्याम श्वेत रसाईली : अरे क्यानम
५. पुष्कर खत्री : सेक्सी नाना
३२ उत्कृष्ट छायाँकार
१. नवराज उप्रती : मुड प्रेस
२. विरेन्द्र भट्ट : मेरो लाहुरे
३. मनोज राज शाही : जिगु देय् जीत यः
४. चक्र बहादुर बराल : ओ लभ्ली
५. मुकेश हुमागाई : तिम्रो याद
३३. उत्कृष्ट भिडियो सम्पादक
१. बन्दे प्रसाद : राजाको भैसी
२. दिलसन शाह : जाउँ कतै
३. मिन रावल : गल्ती भए
४. पदम सुवेदी : कठै ऐना हेरी
५. अमृत चापागाई : मेरो लाहुरे
३४. नेपाल भाषा गीतकार
१. रामकृष्ण दुवाल : जिगु देय् जित यः
२. सुन्दरमान श्रेष्ठ : माया मतिना जक मखु
३. नातीकाजी महर्जन : बाला आपालँ
४. केशव महर्जन : वा जिन्दगीया पासा
५. वंशीधर बज्राचार्य : असं बजाः मंग बजाः
३५ नेपाल भाषा संगीतकार
१. मनराज नकर्मी : असं बजाः मंग बजाः
२. रामकृष्ण दुवाल : जिगु देय् जित यः
३. सुन्दर ब्यञ्जु : जिमी बाज्या
४. निल शाक्य : जोवन जिगु चुली
५. दिप तुलाधर : छंगु नगलय्..
३६ नेपाल भाषा गायन
१. मोहन शाक्य : असं बजाः मंग बजाः
२. सुद्धलक्ष्मी श्रेष्ठ : योम्ह छन्त मनया खः
३. एन्जिला सिंह श्रेष्ठ : जोवन जिगु चुली
४. सुन्दर व्यञ्जु : जिमि बाज्या
५. सरस्वती मानन्धर : छंगु नुगलय्..
३७. नेपाल भाषा भिडियो
१.विश्वास बज्राचार्य : असः बजाः मंग बजाः
२.रोहिया महर्जन : चकना व. चकना
३.दर्शन विर शाक्य : जिगु देय् जित यः
४.बाबुकाजी जल्मी : वा जिन्दगीया पासा
५.रामकृष्ण खड्गी : ज्वरा ज्वरा पर्सो
३८. डेउडा गीत
१. गोपाल दयाल : साली डेउडा
२. गोर बहादुर कार्की : सिंजा खोला
३. हिक्मत शाही : दरिय
४. शान्ति शाही : पहाडकी मैना चडी
५. उमाशंकर जोशी : सुवाकी सौराई
३९. उत्कृष्ट मैथली/भोजपुरी गीत
१. प्रेमनारायण झा : आजुक दिन शुभमंगल हो
२. सतेन्द्र जी : कमर लप लप करे
३. हरुन रसिद : बिन्दिया तोहर गे
४. किशोर बतास : अहाँ हमर रानी
५. रञ्जन राउत : इजोरीयाके चाँद २
४० मैथली/भोजपुरी गायन
१. कुमार सुरज : बेटीपर नही करु अत्याचार
२. कंचन महतो : जितिया पावेन
३. विरेन्द्र कुमार झा : तुतै तोईड देल्ही हमर दिल
४ पुजा श्रीवास्तव : अहाँ हमर रानी
५. सतेन्द्र जी : कमर लप लप करे
४१ मैथली/भोजपुरी भिडियो
१. रानी थापा मगर : कंगना खन्कैया हमर
२. बद्री शाह : बेटीपर नही करु अत्याचार
३. काजल कर्ण : अहाँ हमर सपना छि
४. मुन्ना कुमार : बिन्दिया तोहर गे
५ विक्रम गुप्ता : रसिली है हमरा नाम
काठमाण्डौ – ११ फागुनबाट रिलिज हुने मिलन चाम्सद्धारा निर्देशित चलचित्र गोर्खा वारियरको ट्रेलर सार्वजानिक भएको छ । यो चलचित्रको ट्रेलर उत्कृष्ट भएको भन्दै यसलाई अहिले धेरैले आफ्नो च्यानलबाट समेत समेत शेयर गरेका छन् । यो चलचित्र यही ११ फागुनबाट नेपालमा रिलिज हुँदैछ । ११ माघमा ओएसआर डिजिटलबाट रिलिज भएको गोर्खा वारियरको नेपाली संस्करणको ट्रेलरले अहिले सर्वाधिक सकरात्मक प्रतिक्रिया पाएको छ ।
ओएसआर डिजिटलबाट रिलिज भएको पाँच दिनमा यो फिल्मको ट्रेलरले ४ लाख ५० हजार भन्दा बढी भ्युज पाएको छ । यो ट्रेलरलाई २५ हजार दर्शकले लाईक गरेका छन् । यो एक्सन क्राईम तथा हिस्टोरीकल जनरामा निर्मित चलचित्र भएकाले यसको ट्रेलरलाई बुष्ट गर्न नमिले पनि दर्शकको हेराईबाटै दैनिक करिब एक लाख भ्युज यसले पाउँदै आएका निर्देशक मिलन चाम्सले बताएका छन् । यस्तै यो अवधिमा एक हजार तीन सय भन्दा बढी कमेन्ट यो ट्रेलरले पाएको छ । सबै कमेन्टहरु सकरात्मक छन् । ट्रेलर हेरेपछि यो चलचित्र सिनेमा हलमा हर्न आफुहरु निकै उत्साहित भएको कुरा ट्रेलरको कमेन्टमा उल्लेख गरिएको छ,‘नेपाली चलचित्रको इतिहाँसमै हलिउड शैलीको ट्रेलर हेर्न पाउँदा साह्रै खुसी लागेको छ । यो फिल्म हलमा हेर्न म आतुर छु ।’ धेरेले यस्तो प्रतिक्रिया दिएका छन् ।
यस्तै काठमाडौंको वान सिनेमाले पनि यो चलिचत्रको ट्रेलरलाई आफ्नो साईटमा राखेको छ । सो साईटमा पनि गोर्खा वारियरको ट्रेलरले करिब तीन लाख भ्युज पाएको छ । २२ हजार लाईकसँगै दर्शकले गरेको पाँचसय भन्दा बढी दर्शकको पूर्ण सकरात्मक प्रतिक्रिया यसमा आएको छ । यो सहित विभिन्न एक दर्जन भन्दा बढी सिनेमा हल र अन्य च्यानलमा गोर्खा वारियरको ट्रेलर राखिएको छ । सबै ट्रेलरमा पूर्ण प्रसँसायुक्त प्रतिक्रिया रहेको छ ।
यो चलचित्रमा क्याप्टेन रितेश चाम्स, क्याप्टेन विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रियर राई, बिरूप घले, सारा राईलगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । अभियनमा बेलायतबाट डिप्लोमा गरेका यो चलचित्रका मुख्य अभिनेता रितेश चाम्सले गोर्खा वारियरबाटै चलचित्र अभिनयमा डेब्यु गरेका हुन् ।
गोर्खा वारियर नेपाली, हिन्दी, अँग्रेजी र कोरियनगरी चार भाषामा निर्माण भएको छ । यो चलचित्रको नेपाली संस्करण तयार भईसकेको छ भने हिन्दी, कोरियन र अँग्रेजी सँस्करणको निर्माण पनि अन्तिम अबस्थामा पुगेको छ ।
गोर्खा वारियरमा निर्देशक मिलन चाम्स र गिरिराज घिमिरेको लेखन रहेको छ । जसमा हिमाल केसीको द्वन्द्व निर्देशन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डीओपी छ । यसको गीत शैलेन्द्र खनाल ‘शरद’ले लेखेका हुन भने जसमा एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन रहेको छ । फिल्मलाई राजेन्द्र मोक्तानको रंग संयोजन गरेका छन् ।
गोर्खा वारियरको निर्मातामा सुमन राई, सुस्मिता वाइवा छन् । यसको कार्याकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सहनिर्मातामा सुरेश राई रहेका छन् । यो चलचित्र लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो ।
चलचित्र गोर्खा वारियर रिलिज अघि नै निकै चर्चामा छ । पहिलोपटक बेलायतमा हालै ऐतिहाँसिक रेड कार्पेट प्रिमियर गरेपछि ‘गोर्खा वारियर’ले अन्तराष्ट्रिय जगतमै चर्चा पाएको हो । त्यसो त गोर्खा वारियरले हालै ‘ब्रिटिश एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्टस्’ (बाफ्टा) अवार्डका लागि प्रवेश पाएपछि यसको चर्चा झनै बढ्यो । नेपालमा यो चलचित्रलाई नेपालमा श्री बेंकेटेस फिल्मस्का मनोज राठी र उज्ज्वल पौडेलले नेपालमा बितरण गर्दैछन् ।
काठमाण्डौ – गीतकारका रुपमा परिचित सामना शाहले आफ्नो नयाँ गीत आँशुको वर्षातलाई रिलिज गरेकी छिन् । आफ्नै यूट्युब च्यानल सामना म्यूजिक क्रियशनबाट उनले यो गीतलाई रिलिज गरेकी हुन् ।
मार्मिक प्रेम संवेदनामा आधारित आँशुको वर्षात मा मोडल सरस्वती खत्री फिचरिङ छन् । सरस्वती पछिल्लो समयमा चलेकी मोडल हुन् भने उनलाई विक्रम बुढाथोकी एवं उमेश लम्सालले साथ दिएका छन् ।
सामना शाहको शब्दमा नेत्र भण्डारीले पुरुष स्वर र पूर्णकला विसीले महिला स्वर यस गीतका लागि प्रदान गरेका छन् । संगीत नेत्र भण्डारीकै रहेको छ । गीतको संगीत संयोजन विश्वास नेपालको रहेको छ भने गीत मुद्रण कुमार रानाको रहेको छ । मारुनी डिजीटलमा गीतको कार्य गरिएको हो ।
भिडियोतर्फ यस गीतका लागि श्रीजन बरालले कथा÷निर्देशन गरेका हुन् भने राम केसीले छायाङ्कन गरेका हुन् । रंग संयोजन तथा सम्पादन अमृत चापागाईंको रहेको छ ।
काठमाडौँ- गायक कृष्ण पाण्डेको माया यस्तै हुँदो रहेछ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम वियोगको भावलाई समेटेर गायक पाण्डेले तयार गरेको भिडियोमा गायक स्वयमको अभिनय देख्न सकिन्छ । हस्त गौतमको शब्द शृजना, मनोज चौलागाईको संगीत तथा एरेन्जमा तयार भएको गीतमा मिक्सिगं तथा मास्टरिङ प्रकाश मिश्रको रहेको छ ।
धोका दिएर आफ्नो बाटो लागेकी मायालुको सम्झनाको कथामा तयार पारिएको सार्वजनिक गीतको छायांकन तथा निर्देशन संचारकर्मी आशिष नेपालले गरेका हुन् । काठमाडौँका रमणीय स्थलमा छायांकन गरिएको भिडियोको सम्पादन, कलरिगं गायक पाण्डेकै रहेको छ । क्लासिकल संगीतका बिदार्थी समेत रहेका गायक पाण्डेले यसअघि आज सारा बन्धन, लेकबेसी, जुनकिरी, जे जे पर्छ पर्छ, लगायतका गीतमा स्वर दिइसकेका छन् । त्यस्तै गायक पाण्डेले फिल्म बाह्र मासेको ढिक्के फुली बोलको गीतमा पनि स्वर दिएका छन् । सार्वजनिक गीत म्यूजिक बिट नामक च्यानलबाट बजारमा आएको हो ।
काठमाडौं – लामो समयदेखि प्रवासमा रहेर गायनमार्फत अनबरतरूपमा नेपाली गीतसंगीतमा लागिरहनुभएकी निता आचार्यको नयाँ गीत ‘झिमझिम परेली’ सार्वजनिक भएको छ । गायिका आचार्यलाई स्वरमा प्रताप दासले साथ दिनुभएको गीतको भिडियो काठमाडौंमा एक विशेष समारोहबीच बरिष्ठ गायिका ज्ञानु राणाको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको हो ।
गायिका आचार्यको सभापितत्वमा भएको कार्यक्रममा गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, नेपाली फिल्म सोसाइटिका अध्यक्ष, अभिनेता एवं निर्माता कृष्ण मल्ल, संगीत तथा चलचित्र उत्पादक समाज नेपालका अध्यक्ष सूर्यबहादुर मगर, पिम नेपालका अध्यक्ष माधव खरेल, सदाबाहार नायिका शर्मिला मल्ल, वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशी, गायिकाका बुबा सुरेन्द्रप्रसाद आचार्य लगायतकाको आतिथ्यता रहेको थियो ।
अभिनेता एवं निर्माता कृष्ण मल्लले गीत कला क्षेत्रको सर्वव्यापी माध्यम भएको बताउँदै सार्वजनिक गीत ‘झिम झिम परेली’ सबैले रुचाउनेमा आफू विश्वस्त रहेको बताउनुभयो । गीतकार संघका अध्यक्ष थापाले राम्रो गीत र भिडियो पनि त्यतिकै उत्कृष्ट रहेको भन्दै बधाई तथा शुभकामना दिनुभएको थियो । यस्तै अन्य अतिथिले शुभकामना मन्तव्य राखेका थिए । गायिका बुबा सुरेन्द्र आचार्यले आफ्ना भनाई राख्दै छोरीलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।
संगीतकार शंकर थापा स्माइलले स्वागत मन्तव्य राख्दै गीतको रेकर्डिङदेखि भिडियो बन्दा सम्मका विभिन्न अनुभव सुनाउनुभएको थियो । कार्यक्रममा अतिथि र गीत एवम् भिडियोसँग सम्बन्धित स्रष्टालाई मायाको चिनो प्रदान गरिएको थियो ।गायिका आचार्यले आफू जहाँ भएपनि गीत संगीतसँग जोडिने बताउँदै छिट्टै अर्को गीत पनि स्रोता/दर्शकमाझ ल्याउने तयारीमा रहेको जानकारी गराउनुभयो । कार्यक्रमको सहजिकरण सञ्चारकर्मी गीता अधिकारीले गर्नुभएको थियो । डिपी खनालको शब्द रचना रहेको गीतमा शंकर थापा ‘स्माईल’को संगीत र बिषम आचार्यको संगीत संयोजन छ । कुमार केसीले स्टुडियो फिलमा रेकर्डिङ गरेको गीतमा अशोक महर्जनको ध्वनि सम्पादन र मिश्रण छ ।
केशवराज भट्टले निर्देशन गरेको गीतको भिडियोमा अलिशा शर्मा र बद्रीप्रसाद तिवारीलाई फिचरिङ गरिएको छ । नवराज उप्रेतीको छायांकन रहेको भिडियोमा बन्दे प्रसादको सम्पादन छ । गीतको भिडियो निता आचार्यअफिसियल युट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
काठमाडौं- महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल, सङ्गीतकार गायक सन्तोष श्रेष्ठले बजारमा ल्याउनुभएको छ । देवकोटाको नाटक ‘सावित्री सत्यवान्’मा रहेको ‘आकाशमा शशी छन्’ गजललाई श्रेष्ठ स्वयंले लय भरेर स्वर दिनुभएको छ । शुक्रबार मैतीदेवीमा रहेको देवकोटा सङ्ग्रहालयमा आयोजित कार्यक्रममा प्रा.डा. कृष्णहरि बरालले उक्त गजलको भिडियो लोकार्पण गर्नुभएको हो ।
सार्वजनिक गजलबारे कवि, समालोचक घनेन्द्र ओझाले टिप्पणी गर्नुभएको थियो । ओझाले महाकवि देवकोटाले गजल भनेर रचना नगरे पनि उक्त रचना गजलको संरचनामा रहेको बताउनुभयो । झण्डै सय वर्षअघि लेखिएको देवकोटाको गजल पूर्णतः शास्त्रीय संरचनामा रहेको बताउँदै ओझाले महाकविको गजल रेकर्ड भएर आउनु समग्र गजल प्रेमीका लागि खुशीको कुरा भएको उल्लेख गर्नुभयो । नयाँ र कीर्ति रहने खालका काम गर्न रुचाउने सङ्गीतकार तथा गायक सन्तोष श्रेष्ठले यस्ता अन्य कामहरू पनि गरिरहेको भन्दै ओझाले नेपाली गजल लेखनमा शास्त्रीयताको खोजी व्यापक बनिरहेका बेला सङ्गीत र गायनमा पनि शास्त्रीय गजलहरूलाई ल्याउने श्रेष्ठको कदमको सराहना गर्नुभयो ।
महाकवि देवकोटाका सुपुत्र प्रा.डा. पद्मप्रसाद देवकोटाले आफ्ना पिताको सिर्जनालाई सङ्गीतबद्ध र स्वरबद्ध गरेर बाहिर ल्याएकामा खुशी व्यक्त गर्नुभयो । सङ्गीतकार श्रेष्ठले आफूले अग्रज स्रष्टालाई सम्मान गर्न तथा गजललाई गायनमा ल्याउने प्रयासमा महाकविको गजललाई रेकर्ड गरेको बताउनुभयो । सङ्गीतमै समर्पित हुनुका कारण पनि स्रष्टा र सङ्गीतलाई जोड्नुपर्ने उहाँको भनाइ थियो ।
प्रमुख अतिथि प्रा.डा. कृष्णहरि बरालले आफूले विद्यावारिधि गर्ने क्रममा फेलापारेको देवकोटाको उक्त गजल श्रेष्ठले रेकर्ड गरेर सार्वजनिक गरेकामा प्रसन्नता जनाउनुभयो । अरबदेखि भारत हुँदै नेपाल छिरेको गजलले नयाँ बाटो पनि बनाउँदै गएको उल्लेख गर्दै बरालले देवकोटाको कृतित्वबारे चर्चासमेत गर्नुभयो । कार्यक्रममा महाकवि देवकोटाकी सुपुत्री अम्बिकादेवी रिमालको समेत उपस्थिति थियो । हेम प्रभास अधिकारीले निर्देशन गरेको तथा वीरेन्द्र भाट ‘विपिन’ले छायाङ्कन र सम्पादन गरेको भिडियोमा श्रेष्ठ स्वयंले अभिनय गर्नुभएको छ । गजल गोल्डेन क्रियसन युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
काठमाण्डौ - विन्ध्यवासिनी फाउन्डेसनले आगामी चैत १ गते आयोजना गर्ने ‘रमपम विन्ध्यवासिनी म्यूजिक अवार्ड २०८०’ मा गायिका मिरा राणालाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड २०८०’ प्रदान गर्ने भएको छ । फाउण्डेसनको शनिबार राजधानीमा सम्पन्न दसौँ वार्षिक भेलाले गायिका राणालाई १ लाख रुपैयाँ राशीसहित ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गर्ने निर्णय गरेको हो । भेलाले संगीतकार भूपेन्द्र रायमाझीलाई ‘विन्ध्यवासिनी संगीत साधना सम्मान २०८०’ बाट सम्मानित गर्ने निर्णय गरेको छ । यो सम्मानको राशि ५० हजार रुपैयाँ छ ।
त्यस्तै, पत्रकार शान्तिप्रियलाई २५ हजार रुपैयाँ राशिको ‘विन्ध्यवासिनी कला पत्रकारिता सम्मान २०८०’ प्रदान गर्ने निर्णय गरेको छ । बैठकले फाउन्डेसनका दिवङ्गत सल्लाहकार तथा गायक र संगीतकार प्रेमध्वज प्रधानको नाममा स्थापित ‘प्रेमध्वज संगीत रत्न सम्मान २०८०’बाट युवा गायक रुपक डोटेललाई सम्मान गर्ने निर्णय गरेको छ । यो सम्मानको राशि नगद २५ हजार रुपैयाँ छ ।
यसैगरी स्वर्गीय झलकमान गन्धर्वको नाममा स्थापित ‘झलकमान लोक–संगीत सम्मान २०८०’ लोकदोहोरी गायक राजु परियारलाई सम्मान गर्ने निर्णय गरेको छ । यो सम्मानको राशि २५ हजार रुपैयाँ छ । विन्ध्यवासिनी म्यूजिकका कार्यकारी निर्देशक सुवास रेग्मीले स्रष्टा र पत्रकारको योगदानको सम्मान र कदर गर्दै विगतका वर्ष झैँ यसवर्ष पनि सम्मानित गर्न लागिएको बताए ।
नेपालगंज । म्याजेस्टिक ग्रुप अफ इन्टरटेन्मेण्टको आयोजनामा हालै नेपालगञ्जमा सम्पन्न किड्स एण्ड टिन्ज वर्ल्डवाइड नेपाल सिजन ३ को ताज प्रेशु सिंह थारुले पहिरिएकी छिन । नेपालगञ्जकै प्रेशुले किड्स एण्ड टिन्ज वर्ल्डवाइड नेपाल सिजन ३, २०२४ को ताज पहिरिएसंगै उनले किड्स गियर साइकलसहित सारदा एजुकेशन पार्क कन्सल्टेन्सीको तर्फबाट ३५ हजार रुपैया बराबरको छात्रवृति प्राप्त गर्न सफल भएकी छिन।
यस्तै टिन्स वर्ल्डवाईड नेपाल २०२४ अपेक्षा जिसी भइन भने किडस वर्ल्डवाईड नेपाल २०२४ बिन्दु यादव हुन सफल भएकी छिन। यसैगरी अतिथि थापा मगरले मिनि लिटिल वर्ल्डवाईड नेपालको ताज पहिरिन सफल भएकी छिन भने प्रेरणा चौधरी र सुशान्त पौडेल अर्गनाइजर च्वाईसमा पर्न सफल भएका छन। यसैगरी सोमेश कुमार वैसे कोरियोग्राफअर च्वाईसमा परेका छन भने आशिका बडुवा किडस एम्बेसडर बन्न सफल भएको म्याजेस्टिक ग्रुप अफ इन्टरटेन्मेण्टका प्रोप्राइटर मन्जेस गिरीले जानकारी दिनुभएको छ।
प्रतियोगितामा टिन्स वर्ल्डवाईड नेपालको उपाधी गरिमा शर्मा, मिस्टर पब्लिक च्वाईसको उपाधी सुभम कँडेल, मिस पब्लिक च्वाईसको उपाधी करिश्मा अधिकारी, किडस रनरअप ग्रेनिशा शर्मा बनेका छन भने किडस सेकेन्ड रनर अप बिना पोखरेल भएका छन। त्यस्तै टिन्स रनर अप हसन अली अन्सारी, टिन्स सेकेन्ड रनर अप सुजता चौधरी भएका छन।
यसैगरी सबटाईटलतर्फ बेस्ट वाकमा प्रेशु सिंह थारु, उत्कृष्ट सेल्फ ड्रेसमा सुभम कँडेल, बेस्ट सेल्फ ड्रेसमा सुभम कँडेलले टाईटल हात पार्दा अपेक्षा जिसी बेस्ट रन वे मोडल भएकी छन। यस्तै बेस्ट फोटोजेनिक प्रेशु सिंह, मोस्ट कन्फिडेन्टको उपाधी पर्णा चौधरी र इन्टेलिजेन्टको उपाधी बिन्दु यादवले हात पार्न सफल भएको आयोजकले जनाएको छ।
नेपालगञ्जको सिएसटी होटेल एण्ड पार्टी प्यालेसमा सम्पन्न भएको कार्यक्रममा सुबि एजुकेश्नल एण्ड भिजा सर्भिसेज सहप्रायोजक रहेको थियो भने यस प्रतियोगिताका विजेता प्रेशु सिंह थारुले यही मे महिनामा फिलिपिन्सको मनिलामा हुने विश्व किड्स अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउने आयोजकले जनाएको छ।
काठमाडौं - सञ्चारकर्मी गीता अधिकारीको ‘मैले पढेका ५१ पुस्तक’ लोकार्पण गरिएको छ । सोमबार काठमाडौंमा मिलाप पब्लिकेशनको आयोजनमा एक विशेष समारोहबीच उक्त कृतिको लोकार्पण गरिएको हो । वरिष्ठ साहित्यकार कथाकार माया ठकुरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वरिष्ठ पत्रकार एवं साहित्यकार पुरुषोत्तम दाहाल, वरिष्ठ साहित्यकार खेमनाथ दाहाल, लेखक गीता अधिकारी, महिला सुरक्षा दबाब समूह अध्यक्ष कल्याणी शाह, सञ्चारिका समूह अध्यक्ष विमला तुम्खेवा, हिमालय टाइम्स दैनिकका कार्यकारी निर्देशक उज्ज्वल शर्मा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय महासचिव विमला निरौला, प्राडा अर्जुनदेव भट्ट, वशिष्ठ कलाकार लय संग्रौला, वरिष्ठ साहित्यकार विमल भौकाजी, पब्लिकेसनका अध्यक्ष कृष्ण भुसाललगायतले उत्त पुस्तकको लोकार्पण गर्नुभएको थियो ।
कार्यक्रम लेखिका अधिकारीले आफूले विभिन्न समयमा पढेका पुस्तकका बारेमा विभिन्न पत्रिकामा प्रकाशित भएका पुस्तक परिचयलाई यसमा समावेश गरेको जानकारी गराउनुभयो । आफ्नो स्वागत मन्तव्य राख्दै उहाँले भन्नुभयो, ‘पत्रकारितामा संलग्न हुँदै गर्दा मैले पढेर विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका लेखलाई यसमा समावेश गरेकी छु । यसलाई समीक्षाभन्दा पनि पुस्तक परिचयका रूपमा बुझ्नका लागि अनुरोध गर्दछु ।’
पुस्तकका रहेका स्रष्टामध्येबाट उपन्यासकार सन्तोष श्रेष्ठले गीताले पत्रकारितमा रहँदा रहँदै कृति पाठकमाझ ल्याएकोमा बधाई दिँदै केही कमिकमजोरीका बाबजुद पनि राम्रो कृति आएको बताउनुभयो । चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष एवं गीतकार शान्तिप्रियले गीतासँग आफूले सहकार्य गरेको बताउँदै चलचित्र पत्रकारितमा लामो समयसम्म टिकिरहनु नै महत्वपूर्ण कुरा रहेको जिकिर गर्नुभयो ।
यस्तै, वरिष्ठ संगीतकार राजु सिंह, विशिष्ठ कलाकार लय संग्रौला, वरिष्ठ साहित्यकार दामोदार पुडासैनी अन्तर्र्राष्ट्रिय नेपाली साहित्य समाज ९अनेसास० महासचिव विमला निरौला, प्राडा अर्जुनदेव भट्टले कृतिका लागि अधिकारीलाई बधाई तथा शुभकामना दिँदै उहाँको सक्रियताको तारिफ गर्नुभएको थियो ।
सञ्चारिकका समूह अध्यक्ष विमला तुम्खेवाले महिला सञ्चारकर्मीले अघि बढनका लागि हाम्रो समाजमा निकै संघर्ष गर्नुपर्ने तीतो यथार्थ रहेको बताउँदै गीताले पनि संघर्ष गर्दै आफूलाई अघि बढाइरहेको जिकिर गर्नुभयो । महिला दबाक समूहकी अध्यक्ष कल्याणी शाहले नेपाली महिलाहरू आज पनि विभिन्न समस्याबाट गुज्रिरहेको बताउँदै गीतका कार्यको तारिफ गर्नुभएको थियो । वरिष्ठ साहित्यकार खेमनाथ दाहालले अधिकारीले यसमा संलग्न गरेका कृति र उहाँका हरेक समीक्षा ज्ञानबर्धक र मननयोग्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस समीक्षा कृतिमा संलग्न गरेका कृति र उहाँका हरेक समीक्षा ज्ञानबर्धक र मननयोग्यमात्र होइन, कृतिलाई जीवन्त बनाउने श्रेणीमा पर्दछन् ।’
यस्तै, प्रा।पुरुषोत्तम दाहालले आफ्नो कविता कृति ‘काला बादलमा उज्याला पाइला’का बारेमा पनि यसमा समावेश भएको बताउँदै यसमा धेरै विधाका कृति रहेको बताउनुभयो । आफ्नो ‘शान्ता’ उपन्यासका बारेमा चर्चा गर्दै उहाँले गीताले यस कृतिलाई जन्म दिएर आज आमा बनेको धारणा राख्नुभयो ।
प्रमुख अतिथि ठकुरीले गीतासँग आफ्नो दश वर्षभन्दा लामो सम्बन्ध रहेको बताउँदै आफ्नै वरिपरि रहेका परिवेशलाई आफ्ना प्रस्तुतिमा स्थान दिनुपर्ने विचार व्यक्त गर्नुभयो । आफूले कथामा पनि आफ्नो परिवेश र आफ्नै वरिपरिका विषयवस्तुलाई प्राथमिकता दिँदै आएको बताउँदै भन्न खोजेको कुरा सरल भाषामा व्यक्त गर्नुपर्ने धारणा राख्नुभयो । पब्लिकेशनका अध्यक्ष कृष्ण भुसालले मिलाप मासिकको चर्चा गर्दै गीताको मैले पढेका ५१ पुस्तक समीक्षाको संग्रह नभएर कृति परिचयसंग्रह रहेको बताउनुभयो । गीतकार गणेश सुवेदीले सहजिकरण गरेको कार्यक्रममा अथितिहरूलाई मायाको चिनो पनि प्रदान गरिएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
गीता अधिकारीले कला मनोरञ्जन पत्रकारितमा आफूलाई संलग्न गराउँदै आउनुभएको छ । उहाँका ‘यतै घमाइलो उतै घमाइलो’, ‘तीजैमा व्रत बसी’, ‘बजाउँदै चुरा’, ‘श्वास फेरी’, ‘छम्मछम्म’ जस्ता एकदर्जन जति गीत श्रोतारदर्शकमाझ आएका छन् । चलचित्र पत्रकार संघमा सदस्य हुँदै उपाध्यक्षको जिम्मेवारीमा रहेर कुशल कार्यसम्पादन गर्नुभएकी गीतको ‘मैले पढेका ५१ पुस्तक’ पाठकमाझ आएको पहिलो कृति हो । गीताले आफ्नो जन्मदिनको अवसर पारेर सोमबार यो कृति पाठकमाझ ल्याउनुभएको हो । मिलाप पब्लिकेशन प्रा।लि।ले पाठकमाझ ल्याएको १९२ पेजको यस कृतिको मूल्य ४०० रुपैयाँ राखिएको छ ।
- तस्बिर : सुरेन्द्र थापा ।