काठमाडौँ – दीपेन्द्र के निर्देशित ‘चिसो मान्छे’ उत्कृष्ट चलचित्र घोषित भएको छ । ‘पाँचौँ अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव’ मा ‘चिसो मान्छे’ ले फिल्मतर्फ उत्कृष्ट अवार्ड थाप्दा ‘घुर्रा’ ले लघु चलचित्र तर्फको उत्कृष्ट अवार्ड प्राप्त गर्यो ।
कार्यक्रममा उत्कृष्ट अभिनेत्रीको अवार्ड अभिनेत्री स्वस्तिमा खड्काले ‘चिसो मान्छे’ बाटै प्राप्त गर्दा ‘महापुरुष’ बाट हरिवंश आचार्यले उत्कृष्ट अभिनेता ठहरिए । ‘महापुरुष’ कै निर्देशक प्रदीप भट्टराईले उत्कृष्ट निर्देशकको अवार्ड जिते ।
त्यस्तै ‘छक्का पन्जा ४’ बाट दीपकराज गिरीले उत्कृष्ट लेखक र दीपाश्री निरौला ‘जुरी मेन्सन अवार्ड’ पाए । कार्यक्रममा वृत्तचित्र ‘थिम’, ‘दिअर ईज नो टुमारो’, ‘मकै विवाह’, ‘द गोर्खा गर्ल’, उत्कृष्ट बाल चलचित्रमा ‘ईअर्ली होम’ ले समेत अवार्ड प्राप्त गर्यो ।
स्पेसल जुरी मेन्सन अवार्ड ‘जर्ना’ र ‘युवराज’ ले प्राप्त गरेको कार्यक्रममा लघु चलचित्र ‘साउन्ड अफ ड्रिमिङ’ बाट चिन्तनराज भण्डारीले उत्कृष्ट छायाकारको अवार्ड पाए । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेल, कलाकार मिथिला शर्मा, भुवन चन्द लगायतको उपस्थिति रहेको कार्यक्रममा उत्कृष्ट राष्ट्रिय चलचित्रतर्फ १५ र अन्तर्राष्ट्रिय चलचित्रतर्फ उत्कृष्ट १५ अवार्ड वितरण गरिएको थियो ।
भारतको ‘मुझे स्कुल नही जाना’, बेलायतको ‘नो फ्रिडम नो आर्ट’, बङ्गलादेशको ‘डियर सत्यजित’, पाकिस्तानको ‘ईन्टरभल’, बहराइनको ‘शैख अल तानवीर’, भारतको ‘शट बुट थ्री’, साउथ अफ्रिकाको ‘द लाष्ट सीड’, बेल्जियमको ‘ह्वेर ह्याभ अल द स्माईल्स गन’ ले समेत कार्यक्रममा अवार्ड प्राप्त गरेको थियो ।
महोत्सवको राष्ट्रिय निर्णायकमा कलाकार आँचल शर्मा, मोहन निरौला, सुष्मा कार्की, मोहन राई र पत्रकार शान्ति प्रिय, जय निशान्त र सुवास प्रधान थिए । त्यस्तै अन्तर्राष्ट्रिय निर्णायकमा पोल्यान्डकी म्याग्डालेना जुज्जिक, जर्मनीकी डर्क गिल्सन, सर्बियाकी ल्जुबिन्का स्टोजानोभिक, जर्मनीका जान स्लेंक, भारतका मुश्ताक अली अहमद खान, क्रोएसियाका इभा गालोभिक, कोरियाकी मिरियम ग्लेजर थिए ।
तीन दिन चलेको महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म प्रदर्शनसँगै प्यानल डिस्कशन र मास्टर क्लास समेत आयोजना भएको थियो । महोत्सव निर्देशक सन्तोष सुवेदीले सहभागी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र र त्यसका श्रष्ठालाई सहभागिताका लागि धन्यवाद दिँदै मायाको चिनो समेत प्रदान गरेका थिए ।
काठमाडौ — सन २००४ मा स्थापना भएको यौनजन्य हिंसामा परेका महिलाहरूको उत्थानमा क्रियाशील सामाजिक संस्था रक्षा नेपालका किशोरीहरुको लागि दुध जन्य पदार्थ प्रदान गरिएको छ ।
नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका सचिव तथा सहयोगी मनका धनी श्याम कुमार घिमिरेले आइतबार मातातीर्थ मा रहेको संस्थामा आश्रित किशोरीहरुका लागि पनिर, दही, घ्यू लगाएतको दुध जन्य पदार्थ सहयोग प्रदान गरेका हुन ।
युवा व्यवसायी घिमिरेले यौनजन्य हिंसा पीडित तथा प्रभावितको आश्रय दिंदै आएको रक्षा नेपाललाई आगामी दिनमा पनि सहयोग प्रदान गर्दै जाने बताए ।
काठमाडौँ । ‘पाँचौँ नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२४ नेपाल पर्यटन वोर्ड भृकुटीमण्डपमा सुरु भएको छ । गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसालले महोत्सवको उद्घाटन गर्दै नेपालमा यस्ता किसिमका महोत्सवहरुले नेपाली कला संस्कृतिको विकास तथा विस्तारमा जोड पुग्ने बताउदै नेपाल साँस्कृतिक चलचित्र केन्द्रले गर्दै आएको महोत्सवको प्रशंसा गरे ।
उद्घाटन समारोहमा प्रशीद्ध गायक रुद्र शेखर शर्मा सम्मानित भएका छन् । लामो समय देखी नेपाली गजल तथा आधुनिक गायनका क्षेत्रमा सक्रिय रुपमा लागि रहेका शर्माका दर्जनौ नेपाली तथा त्यत्तिकै संख्यामा हिन्दी गीतहरु सांगितीक बजारमा रहेका छन् । समारोहमा गायक रुद्र शेखर शर्मा संगै नारायण सुवेदी, राम कुमार हमाल, शम्भु प्रशाद अधिकारी, लक्ष्मी प्रशाद बुढाथोकी, राती लामा, चाँदनी मोक्तान सञ्जय लामा, सीता सुवेदी, पदम बहादुर तामाङ्, उत्तम पुडासैनी, रामेश्वर बुर्लाकोटी, सुदिप हमाल, सेसेमी लिम्बु, दिपक तामाङ, पुर्णी तामाङ, बिर बहादुर तामाङ, एलिन घिमिरे लगायत दर्जनौ व्यक्तित्वहरु सम्मानित भएका छन् ।
यस वर्षको महोत्सवमा ३७ विभिन्न देशका ३७ विभिन्न भाषाहरूको प्रतिनिधित्व गर्ने ६० फिल्महरु महोत्सवमा सहभागी भएका छन् । तिन दिन सम्म चल्ने महोत्सवको उद्घाटन सत्र सकिएपछि चलचित्र प्रदर्शन, प्यानल छलफल, मास्टर क्लास हुने छ । सर्वसाधारणका लागि निःशुल्क प्रवेशको ब्यवस्था गरिएको महोत्सवले सबै क्षेत्रका मानिसलाई चलचित्र प्रति आकर्षण गर्ने विश्वास लिएको नेपाल साँस्कृतिक चलचित्र केन्द्र तथा महोत्सव समितिका अध्यक्ष सन्तोष सुवेदीले बताए ।
महोत्सव अवधिभर प्रदर्शन गरिने चलचित्रहरु मध्यबाट विभिन्न विधामा सर्वोत्कृष्ट लामा चलचित्र, छोटा चलचित्र, मानव अधिकार सम्बन्धी बनेको चलचित्र बालबालिका सम्बन्धी बनेका चलचित्र लगायत विभिन्न विधामा निर्माण गरिएका चलचित्रहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रि निर्णायकहरुको समुहले छनौट गरि समापन समारोहमा उत्कृष्ट फिल्म तथा फिल्मकर्मी पुरस्कृत समेत गरिने बताइएको छ । कार्यक्रममा नेपाल, भारत, सर्विया, जर्मनी, पाकिस्तान, लगायत विभिन्न देशका चलचित्रकर्मीहरुको भव्यसहभागतिा रहेको छ । महोत्सव यहि १८ गते नेपाल चलचित्र बिकास बोर्डमा समापन हुदै छ ।
काठमाडौँ : गीतकार डा. हेमन्त खतिवडाको हिन्दी गीतसंग्रह ‘कैसा मन मस्ताना प्यारे’ प्रकाशित भएको छ। गीतकारले यसमा रोमान्टिक विषय समेटेका छन्। २ सय पृष्ठको यो संग्रहमा २ सयवटा हिन्दी गीत रहेका छन्। गीतहरू प्रेम गीतको प्रचलित रूपभन्दा फरक किसिमले लेखिएका छन्। गीतकार खतिवडा भन्छन्‚ ‘प्रेम सतही विषय होइन। यसको आफ्नै दर्शन छ, प्रेम गीतलाई म दर्शनसँग जोडेर हेर्छु र लेख्न रुचाउँछु।’
ओम प्रकाशन दिल्लीद्वारा प्रकाशित गीतसंग्रहका गीत कलात्मक र बिम्बात्मक छन्। सरल शब्दमा गम्भीर भाव प्रकट भएको छ। प्रस्तुत गीतहरूमा प्रेमका विविध स्वरूपलाई विभिन्न आयामबाट व्याख्या गरिएको छ। २०५३ सालमा नातिकाजीको स्वर संगीतमा ‘मनमा काँडा बिझेपछि’ बोलको गीत रेकर्ड गराएर सांगीतिक क्षेत्रमा उदाएका खतिवडाका दर्जनौँ गीत चर्चित छन्। उनी नेपालको सबभन्दा कम उमेरमा गीत लेख्ने गीतकार पनि हुन् ! यस कृति लाई निकै महत्वका साथ हेरिएको छ !
चितवन – १२ गते सोमबार रत्ननगर ४ बगैंचा टोलमा नेपाल राष्ट्रिय कलाकार संघ चितवन र कैलाशेश्वर महादेवको संयुक्त रुपमा आयोजना गरिएको ‘होली विशेष २०८०’ बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम बीच सम्पन्न भएको छ ।
रत्ननगर ४ का वडाध्यक्ष रामकुमार चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संबोधन गर्दै चौधरीले होली पर्वले सबैमा एकता र सद्भाव कायम गराउने भएकाले परापूर्व कालदेखि नै यो पर्व मनाइदै आइएको र होली पर्व थारु जातिहरुले झन उत्साहपूर्वक मनाउने प्रचलन स्वरुप आफ्नो लागि समेत होली विशेष भएको बताउनु भयो ।
राप्रपा चितवनका उपाध्यक्ष जीवलाल पुरी लगायत स्थानीयको बाक्लो उपस्थिति रहेको कार्यक्रममा राष्ट्रिय तथा स्थानीयस्तरका कलाकारहरुको सांगीतिक प्रस्तुति रहेको थियो । होली कार्यक्रम उत्साहका साथ सम्पन्न भएकोले यस्तो कार्यक्रमलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिइने कार्यक्रम संयोजक पिताम्बर आचार्यले बताउनुभयो ।
काठमाडौं-कविशिरोमणि लेखनाथ पौड्यालद्वारा रचित तथा सन्तोष श्रेष्ठद्वारा संगीत स्वरबद्ध ‘हे मातृभूमि…’ (गजल लालित्य भाग २) श्रव्यदृश्य सार्वजिनक गरिएको छ । नेपाली साहित्य परिषद्को आयोजनामा लेखनाथ साहित्य भवन सोह्रखुट्टे, काठमाडौंमा समालोचक प्रा.डा.कृष्णहरि बराल र समालोचक प्रा।रमा शर्माले उक्त गजलको श्रव्यदृश्य सार्वजनिक गर्नुभएको हो । सार्वजनिक गरिएका उक्त श्रव्यदृश्यको निर्देशन हेमप्रभास अधिकारी र सम्पादन वीरेन्द्र भाट ‘विपीन’ले गर्नुभएको छ । प्रा.डा.बरालले आफूले विद्यावारिधिको शोध गर्ने क्रममा फेला पारेको कविशिरोमणि लेखनाथ पौड्यालको गजल सन्तोष श्रेष्ठले संगीत र स्वर दिएकोमा खुशी लागेको बताउनुभयो ।
नेपाली शिक्षा परिषद्की अध्यक्षसमेत रहनुभएकी समालोचक प्रा।रमा शर्माले सन्तोष श्रेष्ठले लेखनाथलाई गजलकारका रूपमा समेत चिनाउन गरेको कर्म सराहनीय भएको जिकिर गर्नुभयो ।संगीतकार, गायक श्रेष्ठले अग्रजहरूप्रति श्रद्धा, सम्मान गर्न अनुज स्रष्टाको कर्तव्य भन्दै आफूले अग्रज स्रष्टालाई नै तीर्थ धाम र उहाँहरूका सिर्जनालाई प्रसाद ठानेको, कुनै लाभको अपेक्षाले नभएर सम्मान र श्रद्धाले यी काम गरेको दाबी गर्नुभयो । श्रेष्ठले यसअघि महाकवि लक्ष्मीप्रसाद देवकोटाको गजल ‘आकाशमा शशी छन्…’को पनि श्रव्य-दृश्य सार्वजनिक गर्नुभएको थियो ।
काठमाण्डौ । मोडल कृष्टिना अधिकारी अभिनित जय जय माया बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। चर्चित गायक गायिका नेत्र भण्डारी र शान्ति श्री परियारको सुमुधुर आवाजमा सजिएको गीतसहितको म्युजिक भिडियो रिजन नेपालको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको हो ।
नन्दु परियारको संगीत रहेको यस गीत विक्रम विश्वकर्माको शब्द लेखनमा दर्शकमाझ आएको हो । मौसम हिमालीको निर्देशन कोरियोग्राफि,नवराज उप्रेतीको छायांकन रहेको गीतलाई मनोज कार्कीले सम्पादन गरेका हुन। यस गीतको भिडियोमा कृष्टिना अधिकारीसहित नायक पुष्प खड्काको पनि अभिनय रहेको छ।
पछिल्लो समयमा दर्शक श्रोताले अत्यधिक मन पराउने गरेका गायक हुन नेत्र भण्डारी र गायिका शान्ती श्री परियार । जसले एक पछि अर्को गर्दै चर्चित गीत पस्कदै आएका छन् ।
हजारौं गीत भिडीयो बजारमा पठाईसकेका गायक भण्डारीले जय जय मायालाई पनि दर्शकले त्यतिकै मन पराईदिने अपेक्षा राखेका छन । कृष्टिनाले यो गितको भिडीयोमा नयाँपन दिएको देख्न सक्किन्छ। उनले डान्स सिकेर आफ्नो पढाइलाई पनि सँगै अगाडी बढाएकी छिन् । जय जय माया बोलको गीतमा दमदार प्रस्तुती दिएकी नव मोडल कृष्टिना अधिकारीले अब्बल मोडलको रूपमा उदाउने दाबी निर्माण पक्षको छ।
नन्दु परियार आफैमा संगीतकार मात्र नभै मीठो गाउने गाउने गायक हुन। तर उनले स्वर भन्दा पनि धेरै गीतमा संगीत भर्ने काम गरेका छन। आफुले धेरै गीतमा संगीत गरेपनि नन्दनी बोलको गीतले दर्शकसामु आफुलाई चिनाउने गरेको उनी बताउँछन। जय जय माया बोलको गीतले पनि अघिल्ला संगीत जस्तै दर्शकबाट माया पाउने उनको दाबी छ ।
मोडल कृष्टिनाले यो गित र भिडीयोलाई दर्शकले मन पराईदिनेमा आशावादी भएको बताएकी छिन् ।
काभ्रेपलान्चोक – नेपाली कांग्रेस बागमती प्रदेश वैदेशिक रोजगार समन्वय विभागको सदस्यमा काभ्रेबाट नेपाल ट्रेड युनियन कांग्रेस बनेपा नगर सभापति संगम थापा र रामध्वज लामा मनोनित भएका छन् ।
नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिका सभापति ईन्द्रबहादुर बानियाँले वैदेशिक रोजगार समन्वय विभागको सदस्यहरू मनोनित गरेका हुन् । शुक्रबार जारी विज्ञप्ति अनुसार सभापति बानियाँले विभागमा २३ जना सदस्य मनोनित गरेका छन् । विभागको प्रमुखमा बागमती नेपाली कांग्रेसको प्रदेश कार्यसमितिका सदस्य सविन तामाङ रहेका छन्।
सदस्य मनोनित हुनेमा टिका शिवाकोटी, नरेन्द्र डंगोल, टिकाराम खरेल, सुवास रानाभाट, ध्रुब अधिकारी, रामलाल नेपाल, पुष्कर पौडेल, अर्जुन ढकाल, प्रदिप खड्का, मिना पाठक, पुष्पा कुमारी पौडेल, हेमन्त फुयाल, बद्रिराम मानन्धर, समिर सुनुवार, तुलाराज थापा, विकास धिताल, नविन लामा, मिना प्रसाद दुलाल, सुरेश गोतामे, उपेन्द्र तामाङ र शिवहरि विष्ट रहेका छन् ।
काभ्रेपलाञ्चोक– बनेपा नगरपालिका वडा नं. ३ काशी भञ्ज्याङ् पिकनिक स्पोर्ट्समा राखिएको नेपालको राष्ट्रिय झण्डा फेरिएको छ । लामो समय सम्म हावाले च्यातिएको नेपालको राष्ट्रिय झण्डा नफेरिएको भन्दै चर्को आलोचना भइरहेको थियो । सोमबार आर्शु स्मृति प्रतिष्ठिनका अध्यक्ष रुपेश काफ्ले र काभ्रे प्रेसको अरबिन्द्र गौतमले हावाले च्यातिएको राष्ट्रिय झण्डालाई फेरेका हुन् ।
च्यातिएको झण्डालाई नफेरेको भन्दै बनेपा नगरपालिकाल वडा नं. ३ लगायत सरोकारवाला निकायको आलोचना भएको थियो। स्थानीय जनप्रतिनिधि, सम्बन्धित निकाय, युवा नेताहरु, व्यवसायीहरु, समाजसेवीहरु र अभियान्तले नसके आफूहरुले झण्डा फेर्ने भन्दै काभ्रे प्रेसका अरबिन्द्र गौतमले बताएका थिए ।
सोही अनुसार काभ्रे प्रेस र आर्शु स्मृति प्रतिष्ठिनले आज च्यातिएको झण्डा फेरिदिएको छ । प्रतिष्ठिनले यो भन्दा अगाडि पनि बनेपा चार दोबाटोमा चार वटा नै राष्ट्रिय झण्डा फेरेको थियो । अनेरास्ववियु काभ्रेले पनि सम्बन्धित निकायको यसमा ध्यानाकर्षण गरेको थियो । तर झण्डा नितान्त एउटा समाजसेवामा अनवरत रुपमा लाग्ने आर्शु स्मृति प्रतिष्ठिन र काभ्रे प्रेसले फेरि दिएको हो।
काठमाडौं -११ औं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचभित्र पर्न सफल स्रष्टा र सिर्जनाको मनोनयन सार्वजनिक गरिएको छ । प्रतिक्षित रुपमा हेरिएको म्यूजिक खबर म्यूजिक अवार्ड ११ औं संस्करण विभिन्न ३९ विधामा आयोजना गरिन लागिएको हो । विगत ११ वर्षदेखि निरन्तर हुँदै आइरहेको यो अवार्ड म्यूजिक क्षेत्रकै विशिष्ट अवार्डमा रुपमा लिइने गरिन्छ । राष्ट्रिय भाव, पप, लोकदोहोरी, चलचित्र र आधुनिक विधाका विभिन्न स्रष्टा, सिर्जना, प्राविधिकहरुलाई समावेश गरेर अवार्ड आयोजना गरिँदै आइएको छ ।
म्यूजिक खबरको प्रस्तुतिमा रहेको यस अवार्डको आयोजना शुभकामना मिडिया सोलुसनले गरेको हो । गीतसंगीतको क्षेत्रमा सामाजिक कार्य गर्ने उद्देश्यका साथ स्थापित भएको म्यूजिक खबर फाउन्डेसनको सहकार्यमा भएको यस अवार्डको अन्तिम कार्यक्रम आगामी बैशाखको अन्तिममा आयोजना गरिनेछ । अवार्डमा दीर्घ साधना सम्मान, दशकको सम्मान, युवा प्रतिभा सम्मान, बाल प्रतिभा सम्मान र कला पत्रकारिता सम्मानसमेत प्रदान गरिँदै आइएको छ ।
उत्कृष्ट पाँचभित्र पर्न सफल स्रष्टा र सिर्जनाको मनोनयन निम्नानुसार रहेको छ ।
सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत
१. प्रकृतिलाई -डा.आश बहादुर तामाङ
२. राष्ट्रिय एकताको प्रतीक -बाबुराम श्रेष्ठ
३. सगरमाथा जस्तै -पुरुषोत्तम सानु
४. एक मुठी सास -उमेश लम्साल
५. देश छोड्नेको लर्को -डा.नवि अधिकारी
सर्वोत्कृष्ट पप/लोकपप गीतकार
१. मोहित मर्दन थापा- विहानी पख चरीले
२. लेखु सहयात्री -मायाको सुगन्ध
३. विपिन आचार्य -पाइजनवाला ठुम्का
४. पुरुषोत्तम सानु -ढुङ्गा कुँदेर
५. श्याम महर्जन -आकाशमा
सर्वोत्कृष्ट पप/लोकपप संगीतकार
१. सौगात जंग थापा -माया बराबरी
२. रमेशराज भट्टराई -मेरो क्रस हौ तिमी
३. वीपी वाग्ले -मेरो माया तिमीलाई
४. लेखु सहयात्री -माया र मोह
५. विपिन आचार्य -पाइजन वाला ठुम्का
सर्वोत्कृष्ट पप/लोकपप गायक
१. चेतन राई -तिमी धून बन
२. रमेशराज भट्टराई -मेरो क्रस हौ तिमी
३. भद्र वली -मेरो माया तिमीलाई
४. नविन के भट्टराई -आगो सल्किन्छ
५. सौगात जंग थापा -माया बराबरी
सर्वोत्कृष्ट पप/लोकपप गायिका
१. माण्डवी त्रिपाठी -पाइजनवाला ठुम्का
२. एन्जिला रेग्मी -चस्मा लगाउली
३. चाँदनी शाक्य -आकाशमा
४. अस्मिता अधिकारी -माया बराबरी
५. सारिका घिमिरे -कलियुगको राधा
सर्वोत्कृष्ट लोकगीत
१. फरक हामीमा -रेजिना परियार
२. एक्लै भयो पिपलु -विरही कार्की
३. नहेरन त्यसरी कान्छा -अन्जु श्रेष्ठ
४. जन्मघर -राजु ढुंगेल
५. भिज्यो सिरानी -कल्पना काफ्ले
सर्वोत्कृष्ट कल्चरल गीत
१. रोधीघरमा जोर मादल (सालैजो) -सागर गुरुङ/मीना बुढाथोकी
२. माइली (कौरा) -मौसम गुरुङ/पूर्णकला बिसी
३. थर दिन्छौ र (पन्चेबाजा) -रेशम निर्दोष/सुमन थापा मगर
४. कान्छि (पञ्चेबाजा) -विजय केसी/निशा केसी
५. भेना हजुर (कौरा) -देवी आले/हेमन्त आले
सर्वोत्कृष्ट लोकदोहोरी नवप्रतिभा
१. विक्रान्त पोखरेल- बनमा टाँकी छ
२. रेनुका भट्टराई -म त ठिटी गाउँले
३. सचिन भट्टराई -बनमा स्याउला छ
४. पिमसरा आले- फूल रसैले
५. सपना सुनाम -सुन साइँली
सर्वोत्कृष्ट लोकदोहोरी भिडियो मोडल महिला
१. अन्जु सुनार -गैरी खेतैमा
२. नारायणी खत्री- माया रैनछ
३. शिल्पा पोखरेल -मायाको ढोका खोलिदेऊ
४. सञ्चिता शाही -धोको थिएन
५. जुना गुरुङ- तिमी बिना हाँसेर हिन्न
सर्वोत्कृष्ट लोकदोहोरी भिडियो मोडल पुरुष
१. विजय पुन- जुन माया
२. सागर लम्साल -मायाको ढोका खोलिदेऊ
३. सुमन परियार -बन्दुक एक नाले
४. गणेशमान घले -घर त गैरी गाउँ
५. देवेन्द्र बब्लु -रुनलाई त हो नि माया लाउनी
सर्वोत्कृष्ट लोकदोहोरी भिडियो निर्देशक
१. शंकर बिसी -मायाको ढोका खोलिदेऊ
२. मौसम हिमाली -कहाँको साइनो
३. दिप गुरुङ -माइली
४. काजिस श्रेष्ठ -बनको जडिबुटी
५. दिपेन्द्र तिमिल्सिना -घर त गैरी गाउँ
सर्वोत्कृष्ट लोकदोहोरी संगीत संयोजक
१. सुदिप सागर -सकम्बरी
२. सुनिल परियार -बनमा खयर
३. चेतन गोतामे -डुम्रे बजार
४. डोलराज बाह्रघरे -पट्टकोके झोरा
५. धिरज पाल्पाली -पारी पाखा बन
सर्वोत्कृष्ट लोकदोहोरी सम्पादन
१. कुमार राना -पट्टकोके झोरा
२. एचबीएन किस्मत -बनमा खयर
३. श्यामश्वेत रसाइली -सकम्बरी
४.दिप घतानी -नहेरन त्यसरी कान्छा
५. खडग बाजुराली -तप्प आँसु खस्यो
सर्वोत्कृष्ट शब्द लोकदोहोरी
१. रमेश परियार -बनमा खयर
२. डी.बी. खड्का -कर्णाली पारीको
३. निरोज भट्ट -तप्प आँसु खस्यो
४. लक्ष्मण परियार -रुनलाई त हो नि
५. रविन लामिछाने -आँसु बरर
सर्वोत्कृष्ट भाका लोकदोहोरी
१. विरही कार्की -मायाको ढोका खोलीदेऊ
२. विमल परियार -कहाँको साइनो
३. रमेश परियार -बनमा खयर
४. श्रीकृष्ण बममल्ल -रुनलाई त हो नि
५. सरोज लामिछाने -मुसौरी
सर्वोत्कृष्ट लोकदोहोरी गायक
१. सागर बिसी -बनको जडिबुटी
२. विमल परियार -कहाँको साइनो
३. राजु गुरुङ -डुम्रे बजार
४. सरोज लामिछाने -मुसौरी
५. सुमन परियार -मैसाफ
सर्वोत्कृष्ट गायिका लोकदोहोरी
१. रुपा घर्ती मगर -निर्मोही
२. सन्जु न्यौपाने -लामो कपाल
३. शशि पुन -फूलमै रानी
४. अनिता चलाउने -कर्णाली पारीको
५. प्रिति आले -पट्टकोके झोरा
सर्वोत्कृष्ट चलचित्र गीतकार
१. शंकर अधिकारी घायल -सिरुपाते जुँगामा (छक्कापञ्जा ४)
२. मिलन कान्छा किराँती -काँडेतार (काँडेतार)
३. बी.पाण्डे -रुमालै बाटेर (तिम्रो मेरो साथ)
४. हर्क साउद -रीत (जारी
५. राजनराज शिवाकोटी -मार्सी धान (प्रसाद २)
सर्वोत्कृष्ट चलचित्र संगीतकार
१. दिपक शर्मा -दर्शन सलाम (छक्कापञ्जा ४)
२. बाबुल गिरी -सिरुपाते जुँगामा (छक्कापञ्जा ४)
३. गोविन्दमधुर आचार्य -नाच सुवा नाच (विहेपास)
४.सुबास भुसाल -रुमालै बाटेर (तिम्रो मेरो साथ)
५. कालिप्रसाद बास्कोटा -माया रैछ र (फूलबारी)
सर्वोत्कृष्ट चलचित्र पाश्र्वगायक
१. युवराज चौलागाई -बहाव यी (बहाव)
२. राजनराज शिवाकोटी -मार्सीधान (प्रसाद २)
३. बाबुल गिरी -सिरुपाते जुँगामा (छक्कापञ्जा ४)
४. डेभिड शंकर -दर्शन सलाम (छक्कापञ्जा ४)
५. शान्तिम कोइराला -पर्खाल (महापुरुष)
सर्वोत्कृष्ट चलचित्र पाश्र्वगायिका
१. मिलन नेवार -मार्सी धान (प्रसाद २)
२. सदिक्षा कट्टेल -माया रैछ र (फूलबारी)
३. सहिमा श्रेष्ठ -दर्शन सलाम (छक्कापञ्जा ४)
४.सत्यकला राई -काँडेतार (काँडेतरा)
५. सुनिता थेगिम -रीत (जारी)
सर्वोत्कृष्ट म्यूजिक भिडियो छायाँकार
१. दुर्गा पौडेल -भीर माहुरी
२. करण चैंसिर -मायाको ढोका खोलिदेऊ
३. नवराज उप्रेती -एक चिम्टी सिन्दुर
४. नरेश ऐर कस्तो -थिएँ कस्तो भएँ
५. राजेश घिमिरे -आहा माया
सर्वोत्कृष्ट सम्पादक
१. विष्णु खड्का -शीरफूल
२. पदम सुवेदी -कठै ऐना हेरि
३. टेकेन्द्र शाह -किनारा
४. कल्पेश विश्वकर्मा -कस्तो थिएँ कस्तो भएँ
५. दिनशन शाह -थाहै थिएन
सर्वोत्कृष्ट भिडियो निर्देशक पप आधुनिक
१. देवेन्द्र पाण्डे -मोहनी मायाले
२. सुवास प्रधान -गाँसेर प्रिति
३. केशवराज भट्ट -पहरी फूल २
४. बबिता श्रेष्ठ -कस्तो थिएँ
५. विजय रुम्बा -पाइजनवाला ठुम्का
सर्वोत्कृष्ट भिडियो मोडल महिला पप आधुनिक
१. रश्मी श्रेष्ठ -गाँसेर प्रिति
२. अनिता गिरी -सम्झनामा ताजमहल
३. सरस्वती खत्री -तिम्लाई आफ्नो ठान्नु
४. सुप्रिमा भट्टराई -मेरो क्रस
५. विना राउत -पहरी फूल–२
सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल पुरुष पप आधुनिक
१. दिक्पाल कार्की -अधुरो सपना
२. सागर लम्साल -एक चिम्टी सिन्दुर
३. विमल अधिकारी -आहा माया
४. पल शाह -चस्मा लगाउली
५. अमन श्रेष्ठ -पर्खि बसेँ
सर्वोत्कृष्ट नवप्रतिभा पप आधुनिक
१. प्रचण्ड राई दिल -खोलेर कुरा गर न
२. विक्रान्त पोखरेल- माया नमार
३. विमला गुरुङ -जूनको किरण
४. पेम्बा लामा -बैमानी
५. सान्वी बिसी -मेरो के दोष
सर्वोत्कृष्ट युगल गायन
१. गगन सरगम–अन्जु पन्त -देख्छु सपनी
२. युवराज चौलागाईं–अनुष्का पाठक -हाम्रो सम्बन्ध
३. निमा शेर्पा–सुरक्षा सेन्चुरी -भन आज
४. उदय सोताङ–मनिला सोताङ -नजाउ परदेश
५. पुष्पन प्रधान–अस्मिता अधिकारी -मायाको फेरि
सर्वोत्कृष्ट संगीत संयोजक आधुनिक
१. विश्व अधिकारी -जिन्दगी यो कहिले फूल
२. नरेन्द्र वियोगी -तुषारो
३. उदयराज पौडेल -मेसो मिलाएर
४. राजु कार्की -हेर्दा हेर्दै
५. शाहस शाक्य -आजभोलि तिम्रो मेरो
सर्वोत्कृष्ट ध्वनि मुद्रक आधुनिक
१. नरेश बीबीसी -मेसो मिलाएर
२. चन्द्र चौधरी -दिल खोलेर कुरा गर न
३. विप्लव अधिकारी -एक चिम्टी सिन्दूर
४. शम्भू तण्ड्कार -तिमी दुख्दा
५. प्रकाश मिश्र -हेर्दा हेर्दै
सर्वोत्कृष्ट गीतकार आधुनिक
१. दिग्गज द्यौराली -मेसो मिलाएर
२. डि.आर -नजाऊ परदेश
३. प्रबल विष्ट -दई मुटुको साइनो हाम्रो
४. महेश आचार्य -मुसुक्क हाँसीदेऊ
५. विपिन किरण -मायाको फेरि
सर्वोत्कृष्ट गीतकार महिला
१. संचिता कर्माचार्य -प्रतिक्षा
२. देवी पराजुली -कहिले म जितमा रोएँ
३. सिर्जना मञ्जरी -मेरी भूपू माया
४. किस्ना आचार्य रोशनी -याद
५. प्रिति कार्की -फूलको चोट
सर्वोत्कृष्ट संगीतकार आधुनिक
१. सुरज कुमार थापा -तिमी दुख्दा
२. कर्ण दास -प्रतिक्षा
३. सरोज कोइराला -एक चिम्टी सिन्दूर
४. निम संगीत -देख्छु सपनी
५. दिपकराज विश्वकर्मा -आमा
सर्वोत्कृष्ट गायक आधुनिक
१. कर्ण दास -प्रतिक्षा
२. यश कुमार -गल्ली
३. सुरज कुमार थापा -तिमी दुख्दा
४. निशान भट्टराई -जिन्दगी यो कहिले फूल
५. गोविन्द मधुर आचार्य -धेरै माया नगर्नु
सर्वोत्कृष्ट गायिका आधुनिक
१. बबिना भट्टराई -कति मिठो भूल
२. मन्जु उपासना -हेर्दा हेर्दै
३. संगीता राना प्रधान -आँसुका कथा
४. समिक्षा अधिकारी -लैजा सन्देश
५. अन्जु पन्त -एक चिम्टी सिन्दूर
सर्वाेत्कृष्ट डायस्पोरा गीतकार
१. गीता गिरी -पहरी फूल २
२. कुमार शिवाकोटी -भिजाएर आँसु
३. सरला श्रेष्ठ -तिमीलाई जब
४. प्रतिमा गुरुङ -मेरो बाबा
५. नारायण कँडेल -जिन्दगीले ठग्यो मलाई
सर्वोत्कृष्ट प्रत्यक्ष दोहोरी गायक
१. बालचन्द्र बराल
२. चिज गुरुङ
३. सिद्धार्थ आले
४. सागर बिसी
५. श्याम राना
सर्वोत्कृष्ट प्रत्यक्ष दोहोरी गायिका
१. सिता परियार
२. तारा थापा
३. इब्सल सन्ज्याल
४. रेनुका भट्टराई
५. बबिता बानियाँ