generalnews
||Power News Asia||

आजको समाचार

एकसीस र थ्री स्टारका आयुश रेग्मी र गौरब सुबेदी मास्टर सुदूरपश्चिमान्चल

समाचार


धनगढि । सरस्वती सेठी र प्रियंका चन्दले मिस सुदूरपश्चिम र मिस कल्चर एम्बासडरको उपाधी हात पारेका छन्। धनगढिमा सम्पन्न प्रतियोगितामा त्यसैगरि आयुश रेग्मी र गौरब सुबेदी मास्टर सुदूर पश्चिम र मास्टर कल्चर एम्बासडरको उपाधी चुम्न सफल रहे । जसमा मास्टर तर्फ फस्ट रनर अफ अर्जुन क्षेत्री भएका छन् ।

 

उक्त्त कार्यक्रम शीर्ष उपाधि मिस्टर इन्सपाइरीङ मोडेलतर्फ जनक बजुरेली र मिस इन्सपाइरीङ मोडेलतर्फ लक्ष्मी बमले उपाधी हात पारेका थिए भने लिटल मिसतर्फ सोनाली सिंह र सभ्यता पोखरेलले उक्त्त टाइटल हात पारे । त्यस्तै मिस फ्रेण्डलीमा दिपा ऐरमिस्टर, लिटल मोडेल मिरगेस बिस्ट रहेका थिए भने मिस कन्जेनालीटिमा अनुस्का बिस्ट र मिस कन्फिडेन्टमा अभिलाष बम विजेता बनेका छन् ।

 

कैलाली उद्योग वाणिज्य संघको हलमा सम्पन्न कार्यक्रममा भिम बिस्ट (अछामी रेखा) अतिथि हुनुहुन्थ्यो । प्रतियोगितामा बिना देउवा ,अदिति जोगी ,बिशाल शाह,रजनी के.सी,आयुश साउदले निर्णयको भूमिका गर्नु निभाउनु भएको थियो। कार्यक्रमको कोरियोग्राफी नबराज देउवा,सिर्जना थापामगरले गरेका थिए भने ड्रेस डिजाइन पुजा मल्लले गर्नु भएको थियो । जसमा फोटोग्राफी पि डि फोटोग्राफिले गरेको थियो । 

 

आगामीदिनमा अझै नयाँ प्रतिभाहरुको खोजी र अन्तर्राष्ट्रिय कार्यक्रममा नेपालको प्रतिनिधित्व गराऊने आयोजक टिमले जानकारी गराएको छ ।

चैत्र ७ देखी १० गते सम्म काठमाण्डौमा नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभल हुने

समाचार


काठमाडौं -  “युरोपियन युनियन–नेपाल सम्बन्धको ५० वर्ष, सांस्कृतिक विविधताको उत्सव” नारासहित आयोजना हुन गैरहेको १३ औं संस्करणको  नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभलको आयोजना हुने भएको छ । नेपालसँग दौत्य सम्बन्ध स्थापना भएको ५० वर्षको विशेष अवसर भएकाले पनि यस वर्षको संस्करण अन्य बर्षहरुको भन्दा पनि महत्वपूर्ण रहेको युरोपियन युनियनको उपप्रमुख डा. जोएल इभोनेटले रहेको बताइन् । काठमाण्डौ सुन्धारास्थित सीटीसी सिनेमामा आगामी चैत ७ देखि १० गतेसम्म महोत्सवको आयोजना हुँदैछ ।

राजधानी काठमाण्डौको अलावा युरोपियन युनियन चलचित्र महोत्सवलाई  अप्रिल १० र ११ गते सुदूरपश्चिम प्रदेशमा समेत आयोजना हुनेछ । सुदूरपश्चिम विश्वविद्यालयको हलमा फिल्म स्क्रिनिङ हुनेछन् त्यसै गरी नेपालगञ्जमा अप्रिलमा १५ फिल्म स्क्रिनिङ हुनेछन् भने कर्णाली प्रदेशको सुर्खेत वीरेन्द्रनगरमा समेत महोत्सव १९ र २० अप्रिलमा महोत्सव हुनेछ ।

ओपनिङ फिल्मको रुपमा ओस्कार अवार्डमा मनोनित मार्टिन म्याकडोनाग निर्देशित ‘द ब्यानसिस अफ इनीसेरिन’ छ । यो फिल्मको पुनः प्रदर्शन चैत ९ गते हुने जनाइएको छ । शान्ता नेपाली निर्देशित ‘डाय ड्रीम्स’ पनि स्क्रिनिङ हुनेछ । हरेक प्रदर्शनमा एउटा नेपाली र अर्को युरोपियन गरी दुई फिल्म देखाइनेछ । महोत्सवका लागि नेपाली सर्ट फिल्म छनोट गर्न प्रतिस्पर्धा आह्वान गरिएको थियो । विजेता फिल्मका निर्देशकहरु शरद ऋतुमा ब्रसेल्समा हुने नेपाली फिल्म महोत्सवमा सहभागी हुने जनाइएको छ ।

जसका लागि १० नेपाली छोटा फिल्म छनोट भएका थिए । ‘युरोपको विविधतापूर्ण संस्कृति, जीवनशैली र सिनेम्याटिक सिर्जनशीलता काठमाडौं, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका नेपाली दर्शकसँग आदानप्रदान गर्न पाउँदा म हर्षित छु,’ उपप्रमुख इभोनेटले भनिन् ।

महोत्सवमा ९ युरोपेली सहित ११ नेपाली सर्टफिल्महरु प्रदर्शन हुनेछन् । युरोपेली लाइनअपमा ‘द ब्यानसिस अफ इनीसेरिन’सहित मेरियन ब्लिचर निर्देशित मिस भिर्बोग (डेनमार्क), इम्यानुएल परभु निर्देशित मिकादो (रोमानिया, चेज रिपब्लिक), पिलर पालोमेरो निर्देशित स्कुल गर्ल्स (स्पेन), एन्टोनियो लुकीच निर्देशित लक्जेम्बर्ग लक्जेम्बर्ग (युक्रेन), इभान ओस्ट्रोचोभ्स्की निर्देशित सरभेन्ट्स (चेज रिपब्लिक, आयरल्याण्ड, रोमानीया, स्लोभाकीया), भिक्टर बोजिनोभल निर्देशित द नेकेड ट्रुथ अवाउट झिगुली ब्याण्ड )बुल्गेरिया), जाइदा बरग्रोथ निर्देशित टोभ (फिनल्याण्ड) र रोड्रिगो सोरोगोएन निर्देशित द बीस्ट (स्पेन) छन् । भने नेपाली लाइनअपतर्फ शान्ता नेपालीको डाय ड्रिम्ससहित गोपाल आचार्य निर्देशित डिभिनेसन (आखत), समाल बज्राचार्य निर्देशित हावाम्यान, निमा गेलु शेर्पा निर्देशित काठमाडौं मनसुन, अतिन श्रेष्ठ निर्देशित मखमली उडान, रजिन महर्जन निर्देशित लेट्स टक् पिरियड, मिराज रोशन ठकुरी निर्देशित रातो पछ्यौरी, आकांक्षा कार्की निर्देशित सनाई, स्वोयन मास्के मानन्धर निर्देशित द बुल, द काउ, द काल्फ, सन्तोष दाहाल निर्देशित द मिराज र अनिल कुर्मी निर्देशित रिल प्रदर्शन हुनेछन् ।

उक्त महोत्सवमा चलचित्र समालोचना प्रतियोगिता समेत आयोजना हुने युरोपियन युनियनको उपप्रमुख डा.  इभोनेट बताईन् । प्रतियोगितामा उत्कृष्ट चलचित्र समीक्षा र समालोचनालाई“‘फिल्म क्रिटिक्स अवार्ड” प्रदान गरिने भएको छ ।

The fourth edition of The National Designer Runway organized by Rajya Media Network has concluded

समाचार


Kathmandu, The fourth edition of The National Designer Runway organized by Rajya Media Network has concluded. The above runway program was concluded on Wednesday at Sukute Beach Resort in Sindhupalchowk. A total of 14 designers participated in the runway show held at night.

Asmita Shrestha has won the top title of ‘The National Designer Runway 2024’. Shrestha’s excellent creation, which was the first choice of the judges and the audience on the runway of the edition, earned her the coveted title of winner.

In the same competition, Miraj Hussain won the title of first runner-up, while Sushmita Ghising won the title of second runner-up.

The audience was mesmerized by the models who came on the ramp wearing the creativity and unique craftsmanship of the talented and emerging designers.

Talented fashion designers of the country combined their best dresses in a new style and presented an extraordinary scene for the Nepali fashion connoisseurs at ‘The National Designer Runway’.

The competition choreographed by Rojin Shakya was directed by Swasti Dangal and managed by Parmanand Chaudhary. In which Rejina Tuladhar, Dhiraj Tandukar and Ankit Maiti were in the role of judges.

Chairman of rajya Media Network Saroj Ojha said that the program served as a platform for emerging designers to showcase their talent and establish themselves easily within the Nepali fashion industry.

Devil Singh Rajput, CEO of the organizing organization, expressed his happiness that the dream of having a runway in the middle for the first time in Nepal was realized amid the enthusiastic presentation of the best models on the banks of the Sunkoshi River.

गौरीशङ्कर च्छोरोल्पा मिडियाले आफ्नो चौथो वार्षिक उत्सब भव्य रुपमा मनायो

समाचार


काठमाण्डौ - गौरीशङ्कर च्छोरोल्पा मिडिया प्रालिले आफ्नो चौथो वार्षिक उत्सवको अवसरमा विभिन्न क्षेत्रका उत्कृष्ट व्यक्तिलाई सम्मान गर्दै दोलखा शैलुङ स्वर्णिम साँझ– २०८० को आयोजना गरेको छ । काठमाडौँको बत्तिसपुतलि स्थित होटल तपसमा आयोजना भएको कार्यक्रममा वरिष्ठ लोक गायक एवं लोक सम्राट कुमार बस्नेतलाई अभिनन्दन गरिएको थियो । बागमती प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा पत्रकारिताको माध्यमबाट दोलखाको पर्यटन प्रवर्धनमा टेवा पु¥याउनु हुने नेपाल पत्रकार महासंघ दोलखा शाखाका पूर्व अध्यक्ष जीवन लामा, कान्तिपुरकर्मी केदार शिवाकोटी र दोलखाली पत्रकार समाजका अध्यक्ष ज्ञानेन्द्र कार्कीलाई सम्मान गरिएको थियो ।

चौथो वार्षिक उत्सवको अवसरमा शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान गर्ने सुन्दर खड्का, सन्तोष श्रेष्ठ, बालकृष्ण दहाल, नेप्लीज फेसनको अध्यक्ष हेमा मानन्धर, द्वाल्खा म्यासमुचा खलकको अध्यक्ष बिष्णुलक्ष्मी श्रेष्ठ, साहित्यिक पत्रकार संघको अध्यक्ष राधेश्याम लेकाली, जिल्ला युवा समिति दोलखाको अध्यक्ष भरत रोहण श्रेष्ठ लगायतलाई सम्मान तथा प्रशंशापत्र प्रदान गरिएको गौरीशङ्कर च्छोरोल्पा मिडिया प्रालिका अध्यक्ष प्रवीण प्रसाद थपलियाले बताए ।

दोलखाको शैलुङ लगायतका क्षेत्रको विकासको लागि वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, समाजसेवी एवं राजनीतिज्ञ शोभित उप्रेती, युवा समाजसेवी नवराज खड्का लगायत सक्रिय रहेको र उहाँहरूको सक्रियतामा गौरीशङ्कर च्छोरोल्पा मिडिया प्रालिले साथ दिएको अध्यक्ष थपलियाले बताए ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठले दोलखाको विकासको लागि कलाकार, साहित्यकार, पत्रकार, राजनीतिज्ञ र समाजसेवीले खेलेको भूमिकाको सह्राना गर्दै आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

वरिष्ठ कलाकार मदनदास श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजसेवी एवं एसएस फाउण्डेशनका संरक्षक शोभित उप्रेती, लोकसम्राट कुमार वस्नेत, साहित्यिक पत्रकार संघको अध्यक्ष राधेश्याम लेकाली, नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामा, नेकपा एमाले दोलखाका उपाध्यक्ष राजेन्द्र मानन्धर, नेकपा माओवादी केन्द्र दोलखाका सचिव ज्योती श्रेष्ठ, नेकपा एकिकृत समाजवादी दोलखाका उपाध्यक्ष अशोक दहाल, दोलखा तामाकोसी गाउँपालिकाका अध्यक्ष प्रोणप्रताप केसी, नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दीपशङ्कर चौलागाई, सहकारी अभियन्ता हेमन्त चौलागाई, एसएस फाउण्डेशन दोलखाको संयोजक नवराज खड्का लगायतको सहभागिता रहेको थियो ।

गायक तथा संगीतकार नरहरि प्रेमीले संचालन गरेको उक्त कार्यक्रममा विभिन्न कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । सोही अवसरमा भुल भयो एल्बम विमोचन समेत गरिएको थियो ।

एभरेष्ट नेपाल कल्चरल ग्रुपको आयोजनामा १२औँ अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला सम्पन्न

समाचार


काठमाण्डौ - "पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार" भन्ने मुल नारा सहित आयोजना भएको १२औँ अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला सम्पन्न भएको छ । फागुन १८ गते देखी २७ गते सम्म देशका बिभिन्न भागमा आयोजना गरिएको मेला फाल्गुन १९ गते काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा उद्घाटन समारोहबाट मेलाको सुरुवात भएको थियो। कार्यक्रममा ११ देशका ३५० भन्दा बढी कलाकारको सहभागी रहेको थियो ।

काठमाडौंमा उद्घाटन कार्यक्रमपछि मेला दाङको घोराही, पोखराको लेकसाइड हुँदै काठमाडौं फर्किएको ११ देशका कलाकारले बसन्तपुर दरबारक्षेत्र तथा काठमाडौंको मनमैजुस्थित लालीगुराँस नेशनल एकेडेमीमा आफ्नो प्रस्तुती दिएका थिए।

दाङको घोराही बजार, काठमाडौंको असन ईन्द्रचोक हुँदै बसन्तपुर दरबारक्षेत्र, पोखराको लेकसाइड तथा मनमैजुक्षेत्रमा अष्ट्रिया, बेल्जियम, बोत्सवाना, इस्टोनिया, जर्मनी, नेपाल, भारत, इन्डोनेसिया, मलेसिया, पोल्याण्ड र दक्षिण अफ्रिकाका सहभागी कलाकारहरूले आ–आफ्नो देशको संस्कृति झल्काउँदै संगीत र नृत्यप्रतिको साझा प्रेम झल्किने झाकी प्रदर्शन गरेको गरेका थिए । १० दिन सम्म चलेको उक्त मेलामा १० लाख भन्दा बढीले अबलोकन गरेको आयोजक एभरेष्ट नेपाल कल्चरल ग्रुपको दाबी गरेको छ।

विगत दुई दशकदेखि प्रत्येक दुई वर्षमा विश्वका विभिन्न देशलाई निमन्त्रन्णा गरी आयोजना गरिने यस मेला एभरेष्ट नेपाल कल्चरल ग्रुपको आयोजनामा सम्पन्न गरिएको हो।

उद्घाटन सत्रमा एभरेष्ट नेपाल कल्चरल ग्रुपका सस्थापक अध्यक्ष तथा १२औँ अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलाका संयोजक डा.आरसी कोइराला (रामचन्द्र)ले भने “हामी सबै फरक पृष्ठभूमिबाट आएका छौं, तर नृत्य र संगीतमा हाम्रो साझा लगावले आज हामीलाई यहाँ जोडेको छ ” यस्ता किसिमका सांस्कृतिक आदानप्रदान गरिने कार्यक्रमहरुले विभिन्न देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने आफुले विश्वास लिएको कोइरालाले बताए ।

१२औँ अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलाको स्थानिय आयोजक दाङ उध्योग बणिज्य संघ, नेपाल उध्योग बणिज्य महासंघ गण्डकी प्रदेश, वज्र कला कुन्ज, लालीगुराँस नेशनल एकेडेमीलाई एभरेष्ट नेपाल कल्चरल ग्रुप हृदय देखी धन्यवाद दिंदै नेपाल टेलिकम लगाएत बुढानिलकण्ठ नगरपालिका, पोखरा महानगरपालिका, ललितपुर महानगरपालिका, नेपाल संगीत नाट्य एकेडेमी साथै बिभिन्न अन्तर्राष्ट्रिय संघसस्थाहरु तथा बिभिन्न संचारगृहहरु, संचार माध्यमहरु लगएत प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी हातहरुलाई एभरेष्ट नेपाल कल्चरल ग्रुप आभार प्रकट गरेको छ ।

योगेशकाजीको फूलमाया कान्छी सार्वजानिक

समाचार


काठमाडौं - एकपछि अर्को श्रोता रुचिको गीतसंगीत सार्वजनिक गर्दै आईरहेका गायक एवं संगीतकार योगेशकाजी शाह र शान्तिश्री परियारको स्वरमा ‘फूलमाया कान्छी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

कृष्ण के.सी.को शब्द, संगीत रहेको गीतमा योगेशकाजी शाहको संगीत संयोजन रहेको छ । सुरुमा गायन क्षेत्रबाट नै संगीतमा प्रवेश गरेका योगेशकाजीले अहिलेसम्म चार दर्जन भन्दा बढी गीतमा स्वर दिइसकेका छन् भने दर्जनौं गीतमा संगीत, एरेन्ज र शब्दरचना समेत गरिसकेका छन् ।

अहिलेका चल्तिका कलाकार प्रकाश सपुत र सनिसा भट्टराईको मुख्य भूमिका रहेको भिडियो बुध्द थापाले खिचेका हुन भने सुनिल बि.क.को निर्देशन रहेको छ ।

गायक मानसराजको ‘माया माया हो’ को भिडियो सार्वजनिक

समाचार


काठमाडौँ – गायक मानसराज बोहराको नयाँ गीत ‘माया माया हो’ को भिडियो सार्वजनिक भएको छ।गीतमा शब्द, सङ्गीत र स्वर मानसराजकै रहेको छ।

सार्वजनिक गीतको एरेन्ज उदयराज पौडेलले गर्नुभएको हो।यसको मिक्सिङमा नरेन्द वियोगीले मेहनत गर्नुभएको छ।

गम्भीर विष्टको कोरियोग्राफी तथा निर्देशनमा तयार गीतको भिडियोको छायाङ्कन पवन शिस्लुगंले गर्नुभएको हो।सम्पादनमा प्रविन भट्टले मेहनत गर्नुभएको छ।

मतुवाली र आर्यन बीचको माया प्रेम "पलपल बगिरहेछु" गीतको भिडियो सार्वजनिक

समाचार


काठमाडौं – पूर्व पर्यटन मन्त्री सुदन किराँतीले आफ्नो जन्मोत्सवको अवसर पारेर शनिबार एक कार्यक्रमको आयोजना गरि बरिष्ठ नृत्य निर्देशक भैरव थापालाई सम्मान गर्दै पलपल बगिरहेछु गीतको भिडियो सार्वजनिक गरेका छन् । गायक तथा संगीतकार कन्काइष्ट राईको आवाजमा रहेको नयाँ गीत ‘पलपल बगिरहेछु’को म्युजिक भिडियो सार्वजनिक भएको हो । प्रस्तुत गीतमा माननिय सुदन किराँतीको शब्द, शान्तिराम राईको संगीत, देवेश राईको संगीत संयोजन रहेको छ । 

मतुवाली र आर्यन बीचको बाल्यकालको मायाँप्रेमलाई बिथोल्न खोजियता पनि कालान्तरमा उनिहरुको प्रेमले सार्थकता पाएको थिडियोमा देखाउन खोजिएको छ । विशेष गरि पूर्वेली समाजमा देखिने वास्तविकतालाई उजागर गर्न खोजिएको गीतलाई योगेन मुकारुङले रेकर्डिङ गरेका हुन भने मिक्सिङ मास्टरिङ्ग मिन विष्टले गरेका छन् । गाउँवस्तिको सुन्दर दृश्य कैद गरिएको भिडियोमा आर्यान सिग्देल, मल्लिका महत आदिको अभिनय रहेको छ भने बाल कलाकारमा उचित ढकाल, समृध्दि खड्गी, आएल्य शेर्पा रहेका छन् । सम्पादन बिकास धमला, क्यामरा उत्तम हुमगाई, निर्देशन निकेश खड्काको रहेको छ ।

बिगतमा हजारौ श्रोता रुचिको सिर्जना पस्किसकेका गायक कन्काईष्ट राईले पलपल बगिरहेछ बोलको भिडियोलाई आफ्नै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

Hyatt Regency celebrated International Women's Day by honoring influential female figures

समाचार


7 March, Kathmandu | Hyatt Regency, a renowned hotel, celebrated International Women's Day by honoring influential female figures from Nepal. Among the recipients were Arika Gurung, the first Nepali silver medal achiever in the history of the Asian Games in karate at the age of 19, AIGP Dr. Asha Singh, the Medical Director of Nepal Police Hospital, Brinda Hada, the first female Secretary of the Nepal Government, Aarati Chataut, the Deputy General Manager of Nepal Television, Ila Sharma, a lawyer and former Election Commissioner of Nepal, and Suchitra Thapa, the first District Governor of Lions Club.

The General Manager of Hyatt Regency, Ashish Kumar, presented the awardees with letters of appreciation to honor their outstanding achievements. During the event, each woman shared her experiences and insights, shedding light on the challenges faced by women in their respective fields and emphasizing the need for women's empowerment.

AIGP Dr. Asha Singh highlighted how cultural barriers have hindered women from exercising their rights, while Brinda Hada emphasized the importance of granting property rights to women. Ila Sharma stressed the significance of perseverance, encouraging women to keep moving forward despite obstacles. Aarati Chataut mentioned how social and cultural barriers have limited women's access to social justice and economic opportunities. Erika Gurung expressed her pride in challenging societal norms by excelling in karate, emphasizing that girls are equally capable of excelling in any field. Suchitra Thapa underscored the importance of providing equal opportunities to women.

The ceremony was attended by Senior Journalists Saroj Ojha & Navaraj Chalise including Hyatt Regency's Director of Rooms, Pooja Ghosh, Sales & Marketing Director, Amit Waliya, and moderated by Learning & Development Manager, Vilash Khatri. The event featured enlightening discussions led by these influential female figures, who raised their voices against social discrimination and stressed the need for women's empowerment.

The General Manager, Ashish Kumar, commended the wisdom and insights shared by the awardees, inspiring participants to strive for greatness in all areas of life. The warm and inviting ambiance created by the hotel, along with their impeccable service and remarkable hospitality, made the event truly memorable.

The exceptional professionalism and remarkable efforts of the Hyatt staff contributed to the success of the event. It was evident that they were dedicated to creating a positive and empowering environment for women throughout the ceremony.

The event aimed to honor the remarkable contributions and resilience of women from all walks of life. Hyatt curated an insightful program, featuring inspiring speeches, panel discussions, and interactive sessions, shedding light on the diverse achievements and challenges faced by women in various spheres of society.

Overall, the celebration at Hyatt Regency on International Women's Day was a significant and impactful event, promoting gender equality and empowering women in Nepal.

क्यानडाको आमा नेप्लिज कुजिनलाई बेस्ट न्यु रेस्टुरेन्ट अवार्ड

समाचार


काठमाडौँ — क्यानडाको क्यालगरी,एबीस्थित व्यावसायिक एक्जुकेटिभ सेफ ज्ञानेन्द्र बञ्जारा शर्माद्वारा सञ्चालित आमा कुजाईन रेस्टुरेन्टले हालसालै क्यल्गरी बेष्ट न्यू रेष्टुरेष्ट २०२४ एभिन्यु क्यालगरी अवार्ड प्राप्त गरेको छ ।  निकै सकारात्मक सोचका धनी सेफ ज्ञानेन्द्रले प्यारी दिवंगत आमालाई सम्मान गर्दै खोलिएको आमा कुजाईन रेस्टुरेन्ट जहाँ प्राकृतिक तथा शान्त वातावरण, आकर्षक मेनु नेपालको मौलिक खानाको परिकारलाई विश्वमाझ पस्केर नेपाल र नेपालीको सान र गरिमालाई पनि उँचो बनाउन भूमिका खेलेको छ । 

आतिथ्य क्षेत्रमा नयाँ स्वाद पस्किने क्रमलाई निरन्तरता दिँदै पाकशिक्षा एवम् प्रशिक्षण कार्यमा दुई दशक देखि सकृय सेफ ज्ञानेन्द्रले ह्याट रिजेन्सी, हिल्टन होटल्स, फेयरमन्ट होटल्सल, शेरेटन, मेरियट र मिलेनियम होटल्स जस्ता बहुराष्ट्रिय होटल चेनहरूमा सेफको रुपमा काम गर्ने अबसर प्राप्त गरेका छन।

घुमफिर र खानाप्रतिको प्रेमले उनलाई विश्वभर लग्यो जहाँ उनले भियना,अस्ट्रियामा आफ्नो पाक कला डिप्लोमा गरे र धेरै देशहरूमा पनि काम गरे। युरोप, उत्तरी अमेरिका र मध्य पूर्वमा खानाको गुणस्तर कायम राख्ने कुरामा ध्यान दिएर खानाको तयारी, मेनु योजना र कार्यान्वयनमा आफ्नो विशेषज्ञता कुशलतापूर्वक प्रदर्शन गरेका छन्।

पिता गोविन्द प्रसाद बञ्जारा र माता रूकमणी देवी बञ्जारा कोखबाट सन १९८२ मा दारहिया, विराटनगर १२,मोरङमा जन्मिएका सेफ ज्ञानेन्द्र एक मिलनसार र सबैका प्रेरणाक स्रोत ब्यक्तित्व हुन । हाल उनि जिबन संग्गिनी तारा पौडेल र छोराछोरीका साथमा सपरिवार अहिले क्यालगरी एबी क्यानडामा बसोबास गर्छन् ।