generalnews
||Power News Asia||

आजको समाचार

स्वदेशवाद, बहुल राष्ट्रिय राज्य तथा सामुदायिक समाजवादको लागि राष्ट्रिय मुक्ति क्रान्तीले चैत्र २४ गते बृहत जन प्रदर्शन गर्ने

समाचार


काठमाडौं । स्वदेशवाद, बहुल राष्ट्रिय राज्य तथा सामुदायिक समाजवादको लागि राष्ट्रिय मुक्ति क्रान्तीले चैत्र २४ गते बृहत जन प्रदर्शन गर्ने भएको छ । यो आन्दोलन मार्फत वागमती प्रदेशको नाम परिवर्तन गरी नेपाः मण्डल राख्न दवाव सिर्जना गर्ने स्वनिग बिशेष व्युरो तथा नेवाः राष्ट्रिय परिषदले जनाएको छ । बहुल राष्ट्रिय राज्य स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्तिको लागि वागमतीप्रदेशको नाम खारेजी तथा काठमाडौं उपत्यकालाई नेपाः मण्डल घोषणा गर्न यस्तो दबाबमूलक कार्यक्रम गर्न लागिएको स्वनिग बिशेष व्युरोले जानकारी गराएको छ ।

स्वनिग बिशेष व्युरो तथा नेवाः राष्ट्रिय परिषदको आयोजनामा चैत्र २४ गते बिहान ११ बजे बसन्तपुरबाट बृहत जनप्रदर्शनसहित र्यालिको आयोजना गरिएको हो । र्यालिमा मधेसी, तामाङ, च्योबाङ, गुरूङ, राई, बाहुन, क्षेत्री, थारू, लिम्बू, शेर्पा, कुसुन्डालगायत नेपालमा रहेका सम्पूर्ण जातिलाई सहभागिता जनाउन परिषदका संयोजक सुमन सायमी र ब्युरोका संयोजक रवीन्द्र श्रेष्ठले आह्वान समेत गरेका छन् । जन प्रदर्शनमा विभिन्न जातिको भेषभुषा, झाँकी, लाखे, बाजासहित उपस्थित हुन संपुर्ण नेवार समुदायलाई आयोजकहरुले आग्रह गरेका छन् ।

आफ्नो पहिचान र अस्तित्वको लागि पहिलो पटक बागमति प्रदेशको नाम खारेजी तथा नेपा मण्डल घोषणा गर्न बृहत् जनप्रदर्शनमा मधेसी, तामाङ, च्योबाङ , गुरूङ , राई, मगर, बाहुन, क्षेत्री , थारू , लिम्बू, शेर्पा, कुसुन्डा लगायत नेपालमा रहेका सम्पुर्ण जातिको संयुक्त सहभागीता सहितको जनप्रदर्शनमा सहभागी हुन आव्हान गरिएको ब्युरोका संयोजक रवीन्द्र श्रेष्ठले बताएका छन् ।

सदियौं देखि उत्पिडनमा रहेका आदिबासी,जनजाती तथा मु्लबासी हरुमाथि पहुँच भएका सिमित व्यक्तिहरुले शासन गरिरहेको भन्दै आँट भए स्वदेशवाद, बहुल राष्ट्रिय राज्य तथा सामुदायिक समाजवादको लागि टेबुलमा बसेर बहस गर्न आफुहरु तयार रहेको राष्ट्रिय मुक्ति क्रान्तीका अगुवा नेताहरुले बताएका छन् । राष्ट्रिय मुक्ति क्रान्ती आम जनताको अधिकारलाई स्थापित गराउन शुरु भएकोले यसमा कोहि पनि छुट्न नहुने यसका नेताहरु बताउँछन् ।

जुगल डंगोललाई यस वर्षको पिम नेपाल रतज सम्मान प्रदान गरिदै

समाचार


काठमाण्डौ– पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) ले विगत ७ वर्षदेखी निरन्तर रुपमा आयोजान हुँदै आएको सातौं संस्करणको राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड )–२०२४ को सम्पुर्ण तैयारी पुरा भएको आयोजक कार्यक्रम व्यवस्थापक समितिका प्रमुख सनम कठायतले बताएका छन् ।

विगत सात वर्ष देखी आयोजना हुदै आएको उक्त समारोहमा सदा झै यस वर्ष पनि अवार्डका साथसाथै नेपाली गीत संगीत, कला साहित्य एबम पत्रकारिताको क्षेत्रमा योगादान पुर्याउँदै आउनु भएका तथा प्रतिभावान विभिन्न व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिने भएको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री माननिय भानुभक्त जोशीको प्रमुख आतिथ्यतामा भोली चैत्र २२ गते विहिवारका दिन ललितिपुर स्थित होटल स्क्वायरमा सम्पन्न हुनगईरहेको छ ।

पिम नेपालको आज बसेको कार्यसमितिको बैठकले सातौं राष्ट्रिय समावेशी अवार्ड को विशेष अवसरमा यस वर्षको संगीत रजत सम्मान बरिष्ठ संगीतकार जुगल डंगोललाई प्रदान गर्ने निर्णय गरेको छ । समारोहमा संस्कृतिविद् सम्मानबाट राष्ट्रिय साँस्कृतिक संघका अध्यक्ष चन्द्र कुमार राई (हतवाली), बरिष्ठ लेखक तथा साहित्यकार हरिसिंह थापा, पत्रकारिता सम्मानवाट बरिष्ठ पत्रकार राजन नेपाल, बालप्रतिभा सम्ममानबाट अशोक दर्जी, कला सम्मानवाट अभिनेता संजीत भण्डारी, संगीत पत्रकारिता पुरस्कारबाट रंगपत्रकार हरी दुलाल लगायत व्यक्तित्वहरु सम्मानित हुने आयोजक समितिका निर्देशक राजन थापाले बताए । संगीत पत्रकार दुलाललाई पिम नेपाल संगीत पत्रकारित पुरस्कारको लागी लोक संचारकर्मी नेपालले पुरस्कारको लागी छनौट गरेको थियो ।

गीत संगीतका माध्यमबाट नेपाली भाषा, भेषभुषा, कला संस्कृतिको जगेर्ना गर्ने उदेश्यले विगत लामो समय देखी आयोजना हुदै आएको समावेशी अवार्डको सम्पुर्ण तयारी पुरा भएको आयोजक समितिका संयोजक तथा पिम नेपालको महासचीव कमला जोशीले बताएकी छन् ।

‘पाँचौँ अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव’भव्यरुपमा सम्पन्न

समाचार


काठमाडौँ – दीपेन्द्र के निर्देशित ‘चिसो मान्छे’ उत्कृष्ट चलचित्र घोषित भएको छ । ‘पाँचौँ अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव’ मा ‘चिसो मान्छे’ ले फिल्मतर्फ उत्कृष्ट अवार्ड थाप्दा ‘घुर्रा’ ले लघु चलचित्र तर्फको उत्कृष्ट अवार्ड प्राप्त गर्‍यो ।

कार्यक्रममा उत्कृष्ट अभिनेत्रीको अवार्ड अभिनेत्री स्वस्तिमा खड्काले ‘चिसो मान्छे’ बाटै प्राप्त गर्दा ‘महापुरुष’ बाट हरिवंश आचार्यले उत्कृष्ट अभिनेता ठहरिए । ‘महापुरुष’ कै निर्देशक प्रदीप भट्टराईले उत्कृष्ट निर्देशकको अवार्ड जिते ।

त्यस्तै ‘छक्का पन्जा ४’ बाट दीपकराज गिरीले उत्कृष्ट लेखक र दीपाश्री निरौला ‘जुरी मेन्सन अवार्ड’ पाए । कार्यक्रममा वृत्तचित्र ‘थिम’, ‘दिअर ईज नो टुमारो’, ‘मकै विवाह’, ‘द गोर्खा गर्ल’, उत्कृष्ट बाल चलचित्रमा ‘ईअर्ली होम’ ले समेत अवार्ड प्राप्त गर्‍यो ।

स्पेसल जुरी मेन्सन अवार्ड ‘जर्ना’ र ‘युवराज’ ले प्राप्त गरेको कार्यक्रममा लघु चलचित्र ‘साउन्ड अफ ड्रिमिङ’ बाट चिन्तनराज भण्डारीले उत्कृष्ट छायाकारको अवार्ड पाए । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेल, कलाकार मिथिला शर्मा, भुवन चन्द लगायतको उपस्थिति रहेको कार्यक्रममा उत्कृष्ट राष्ट्रिय चलचित्रतर्फ १५ र अन्तर्राष्ट्रिय चलचित्रतर्फ उत्कृष्ट १५ अवार्ड वितरण गरिएको थियो ।

भारतको ‘मुझे स्कुल नही जाना’, बेलायतको ‘नो फ्रिडम नो आर्ट’, बङ्गलादेशको ‘डियर सत्यजित’, पाकिस्तानको ‘ईन्टरभल’, बहराइनको ‘शैख अल तानवीर’, भारतको ‘शट बुट थ्री’, साउथ अफ्रिकाको ‘द लाष्ट सीड’, बेल्जियमको ‘ह्वेर ह्याभ अल द स्माईल्स गन’ ले समेत कार्यक्रममा अवार्ड प्राप्त गरेको थियो ।

महोत्सवको राष्ट्रिय निर्णायकमा कलाकार आँचल शर्मा, मोहन निरौला, सुष्मा कार्की, मोहन राई र पत्रकार शान्ति प्रिय, जय निशान्त र सुवास प्रधान थिए । त्यस्तै अन्तर्राष्ट्रिय निर्णायकमा पोल्यान्डकी म्याग्डालेना जुज्जिक, जर्मनीकी डर्क गिल्सन, सर्बियाकी ल्जुबिन्का स्टोजानोभिक, जर्मनीका जान स्लेंक, भारतका मुश्ताक अली अहमद खान, क्रोएसियाका इभा गालोभिक, कोरियाकी मिरियम ग्लेजर थिए ।

तीन दिन चलेको महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म प्रदर्शनसँगै प्यानल डिस्कशन र मास्टर क्लास समेत आयोजना भएको थियो । महोत्सव निर्देशक सन्तोष सुवेदीले सहभागी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र र त्यसका श्रष्ठालाई सहभागिताका लागि धन्यवाद दिँदै मायाको चिनो समेत प्रदान गरेका थिए ।

रक्षा नेपालका किशोरीहरुको लागि दुध जन्य पदार्थ प्रदान

समाचार


काठमाडौ — सन २००४ मा स्थापना भएको यौनजन्य हिंसामा परेका महिलाहरूको उत्थानमा क्रियाशील सामाजिक संस्था रक्षा नेपालका किशोरीहरुको लागि दुध जन्य पदार्थ प्रदान गरिएको छ ।

नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका सचिव तथा सहयोगी मनका धनी श्याम कुमार घिमिरेले आइतबार मातातीर्थ मा रहेको संस्थामा आश्रित किशोरीहरुका लागि पनिर, दही, घ्यू लगाएतको दुध जन्य पदार्थ सहयोग प्रदान गरेका हुन ।

युवा व्यवसायी घिमिरेले यौनजन्य हिंसा पीडित तथा प्रभावितको आश्रय दिंदै आएको रक्षा नेपाललाई आगामी दिनमा पनि सहयोग प्रदान गर्दै जाने बताए ।

पाँचौँ नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव राजधानीमा सुरु

समाचार


काठमाडौँ । ‘पाँचौँ नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२४ नेपाल पर्यटन वोर्ड भृकुटीमण्डपमा सुरु भएको छ । गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसालले महोत्सवको उद्घाटन गर्दै नेपालमा यस्ता किसिमका महोत्सवहरुले नेपाली कला संस्कृतिको विकास तथा विस्तारमा जोड पुग्ने बताउदै नेपाल साँस्कृतिक चलचित्र केन्द्रले गर्दै आएको महोत्सवको प्रशंसा गरे ।

उद्घाटन समारोहमा प्रशीद्ध गायक रुद्र शेखर शर्मा सम्मानित भएका छन् । लामो समय देखी नेपाली गजल तथा आधुनिक गायनका क्षेत्रमा सक्रिय रुपमा लागि रहेका शर्माका दर्जनौ नेपाली तथा त्यत्तिकै संख्यामा हिन्दी गीतहरु सांगितीक बजारमा रहेका छन् ।  समारोहमा गायक रुद्र शेखर शर्मा संगै नारायण सुवेदी, राम कुमार हमाल, शम्भु प्रशाद अधिकारी, लक्ष्मी प्रशाद बुढाथोकी, राती लामा, चाँदनी मोक्तान सञ्जय लामा, सीता सुवेदी, पदम बहादुर तामाङ्, उत्तम पुडासैनी, रामेश्वर बुर्लाकोटी, सुदिप हमाल, सेसेमी लिम्बु, दिपक तामाङ, पुर्णी तामाङ, बिर बहादुर तामाङ, एलिन घिमिरे लगायत दर्जनौ व्यक्तित्वहरु सम्मानित भएका छन् ।

यस वर्षको महोत्सवमा ३७ विभिन्न देशका ३७ विभिन्न भाषाहरूको प्रतिनिधित्व गर्ने ६० फिल्महरु महोत्सवमा सहभागी भएका छन् । तिन दिन सम्म चल्ने महोत्सवको उद्घाटन सत्र सकिएपछि चलचित्र प्रदर्शन, प्यानल छलफल, मास्टर क्लास हुने  छ । सर्वसाधारणका लागि निःशुल्क प्रवेशको ब्यवस्था गरिएको महोत्सवले सबै क्षेत्रका मानिसलाई चलचित्र प्रति आकर्षण गर्ने विश्वास लिएको नेपाल साँस्कृतिक चलचित्र केन्द्र तथा महोत्सव समितिका अध्यक्ष सन्तोष सुवेदीले बताए ।

महोत्सव अवधिभर प्रदर्शन गरिने चलचित्रहरु मध्यबाट विभिन्न विधामा सर्वोत्कृष्ट लामा चलचित्र, छोटा चलचित्र, मानव अधिकार सम्बन्धी बनेको चलचित्र बालबालिका सम्बन्धी बनेका चलचित्र लगायत विभिन्न विधामा निर्माण गरिएका चलचित्रहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रि निर्णायकहरुको समुहले छनौट गरि समापन समारोहमा उत्कृष्ट फिल्म तथा फिल्मकर्मी पुरस्कृत समेत गरिने बताइएको छ । कार्यक्रममा नेपाल, भारत, सर्विया, जर्मनी, पाकिस्तान, लगायत विभिन्न देशका चलचित्रकर्मीहरुको भव्यसहभागतिा रहेको छ । महोत्सव यहि १८ गते नेपाल चलचित्र बिकास बोर्डमा समापन हुदै छ ।

गीतकार खतिवडाको हिन्दी गीतिसङ्ग्रह ‘कैसा मन मस्ताना प्यारे’ प्रकाशित

समाचार


काठमाडौँ : गीतकार डा. हेमन्त खतिवडाको हिन्दी गीतसंग्रह ‘कैसा मन मस्ताना प्यारे’ प्रकाशित भएको छ। गीतकारले यसमा रोमान्टिक विषय समेटेका छन्। २ सय पृष्ठको यो संग्रहमा २ सयवटा हिन्दी गीत रहेका छन्। गीतहरू प्रेम गीतको प्रचलित रूपभन्दा फरक किसिमले लेखिएका छन्। गीतकार खतिवडा भन्छन्‚ ‘प्रेम सतही विषय होइन। यसको आफ्नै दर्शन छ, प्रेम गीतलाई म दर्शनसँग जोडेर हेर्छु र लेख्न रुचाउँछु।’

ओम प्रकाशन दिल्लीद्वारा प्रकाशित गीतसंग्रहका गीत कलात्मक र बिम्बात्मक छन्। सरल शब्दमा गम्भीर भाव प्रकट भएको छ। प्रस्तुत गीतहरूमा प्रेमका विविध स्वरूपलाई विभिन्न आयामबाट व्याख्या गरिएको छ। २०५३ सालमा नातिकाजीको स्वर संगीतमा ‘मनमा काँडा बिझेपछि’ बोलको गीत रेकर्ड गराएर सांगीतिक क्षेत्रमा उदाएका खतिवडाका दर्जनौँ गीत चर्चित छन्। उनी नेपालको सबभन्दा कम उमेरमा गीत लेख्ने गीतकार पनि हुन् ! यस कृति लाई निकै महत्वका साथ हेरिएको छ !

नेपाल राष्ट्रिय कलाकार संघ चितवन र कैलाशेश्वर महादेवको संयुक्त आयोजनामा ‘होली विशेष २०८०’ सम्पन्न

समाचार


चितवन – १२ गते सोमबार रत्ननगर ४ बगैंचा टोलमा नेपाल राष्ट्रिय कलाकार संघ चितवन र कैलाशेश्वर महादेवको संयुक्त रुपमा आयोजना गरिएको ‘होली विशेष २०८०’ बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम बीच सम्पन्न भएको छ ।

रत्ननगर ४ का वडाध्यक्ष रामकुमार चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संबोधन गर्दै चौधरीले होली पर्वले सबैमा एकता र सद्भाव कायम गराउने भएकाले परापूर्व कालदेखि नै यो पर्व मनाइदै आइएको र होली पर्व थारु जातिहरुले झन उत्साहपूर्वक मनाउने प्रचलन स्वरुप आफ्नो लागि समेत होली विशेष भएको बताउनु भयो ।

राप्रपा चितवनका उपाध्यक्ष जीवलाल पुरी लगायत स्थानीयको बाक्लो उपस्थिति रहेको कार्यक्रममा राष्ट्रिय तथा स्थानीयस्तरका कलाकारहरुको सांगीतिक प्रस्तुति रहेको थियो । होली कार्यक्रम उत्साहका साथ सम्पन्न भएकोले यस्तो कार्यक्रमलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिइने कार्यक्रम संयोजक पिताम्बर आचार्यले बताउनुभयो ।

सन्तोष श्रेष्ठद्वारा संगीत स्वरबद्ध ‘हे मातृभूमिको श्रव्यदृश्य सार्वजिनक

समाचार


काठमाडौं-कविशिरोमणि लेखनाथ पौड्यालद्वारा रचित तथा सन्तोष श्रेष्ठद्वारा संगीत स्वरबद्ध ‘हे मातृभूमि…’ (गजल लालित्य भाग २) श्रव्यदृश्य सार्वजिनक गरिएको छ । नेपाली साहित्य परिषद्को आयोजनामा लेखनाथ साहित्य भवन सोह्रखुट्टे, काठमाडौंमा समालोचक प्रा.डा.कृष्णहरि बराल र समालोचक प्रा।रमा शर्माले उक्त गजलको श्रव्यदृश्य सार्वजनिक गर्नुभएको हो । सार्वजनिक गरिएका उक्त श्रव्यदृश्यको निर्देशन हेमप्रभास अधिकारी र सम्पादन वीरेन्द्र भाट ‘विपीन’ले गर्नुभएको छ । प्रा.डा.बरालले आफूले विद्यावारिधिको शोध गर्ने क्रममा फेला पारेको कविशिरोमणि लेखनाथ पौड्यालको गजल सन्तोष श्रेष्ठले संगीत र स्वर दिएकोमा खुशी लागेको बताउनुभयो ।
नेपाली शिक्षा परिषद्की अध्यक्षसमेत रहनुभएकी समालोचक प्रा।रमा शर्माले सन्तोष श्रेष्ठले लेखनाथलाई गजलकारका रूपमा समेत चिनाउन गरेको कर्म सराहनीय भएको जिकिर गर्नुभयो ।संगीतकार, गायक श्रेष्ठले अग्रजहरूप्रति श्रद्धा, सम्मान गर्न अनुज स्रष्टाको कर्तव्य भन्दै आफूले अग्रज स्रष्टालाई नै तीर्थ धाम र उहाँहरूका सिर्जनालाई प्रसाद ठानेको, कुनै लाभको अपेक्षाले नभएर सम्मान र श्रद्धाले यी काम गरेको दाबी गर्नुभयो । श्रेष्ठले यसअघि महाकवि लक्ष्मीप्रसाद देवकोटाको गजल ‘आकाशमा शशी छन्…’को पनि श्रव्य-दृश्य सार्वजनिक गर्नुभएको थियो ।

मोडल कृष्टिना अधिकारी अभिनित जय जय माया बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

समाचार


काठमाण्डौ । मोडल कृष्टिना अधिकारी अभिनित जय जय माया बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।  चर्चित  गायक गायिका नेत्र भण्डारी र शान्ति श्री परियारको सुमुधुर आवाजमा सजिएको गीतसहितको म्युजिक भिडियो रिजन नेपालको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको हो । 

नन्दु परियारको संगीत रहेको यस गीत  विक्रम विश्वकर्माको शब्द लेखनमा दर्शकमाझ आएको हो । मौसम हिमालीको निर्देशन कोरियोग्राफि,नवराज उप्रेतीको छायांकन रहेको गीतलाई मनोज कार्कीले सम्पादन गरेका हुन। यस गीतको भिडियोमा कृष्टिना अधिकारीसहित नायक पुष्प खड्काको पनि अभिनय रहेको छ।

पछिल्लो समयमा दर्शक श्रोताले अत्यधिक मन पराउने गरेका गायक हुन नेत्र भण्डारी र  गायिका शान्ती श्री परियार । जसले एक पछि अर्को गर्दै चर्चित गीत पस्कदै आएका छन् । 

हजारौं गीत भिडीयो  बजारमा पठाईसकेका गायक भण्डारीले जय जय मायालाई पनि दर्शकले त्यतिकै मन पराईदिने अपेक्षा राखेका छन । कृष्टिनाले यो गितको भिडीयोमा नयाँपन दिएको देख्न सक्किन्छ। उनले डान्स सिकेर आफ्नो पढाइलाई पनि सँगै अगाडी बढाएकी छिन् । जय जय माया बोलको गीतमा दमदार प्रस्तुती दिएकी नव मोडल कृष्टिना अधिकारीले अब्बल मोडलको रूपमा उदाउने दाबी निर्माण पक्षको छ।

नन्दु परियार आफैमा संगीतकार मात्र नभै मीठो गाउने गाउने गायक हुन। तर उनले स्वर भन्दा पनि धेरै गीतमा संगीत भर्ने काम गरेका छन।  आफुले धेरै गीतमा संगीत गरेपनि नन्दनी बोलको गीतले दर्शकसामु आफुलाई चिनाउने गरेको उनी बताउँछन।  जय जय माया बोलको गीतले पनि अघिल्ला संगीत जस्तै दर्शकबाट माया पाउने उनको दाबी छ ।  

मोडल कृष्टिनाले यो गित र भिडीयोलाई दर्शकले मन पराईदिनेमा आशावादी भएको बताएकी छिन् । 

वैदेशिक रोजगार समन्वय विभागको सदस्यमा काभ्रेबाट संगम थापा मनोनित

समाचार


काभ्रेपलान्चोक – नेपाली कांग्रेस बागमती प्रदेश वैदेशिक रोजगार समन्वय विभागको सदस्यमा काभ्रेबाट नेपाल ट्रेड युनियन कांग्रेस बनेपा नगर सभापति संगम थापा र रामध्वज लामा मनोनित भएका छन् ।

नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिका सभापति ईन्द्रबहादुर बानियाँले वैदेशिक रोजगार समन्वय विभागको सदस्यहरू मनोनित गरेका हुन् । शुक्रबार जारी विज्ञप्ति अनुसार सभापति बानियाँले विभागमा २३ जना सदस्य मनोनित गरेका छन् । विभागको प्रमुखमा बागमती नेपाली कांग्रेसको प्रदेश कार्यसमितिका सदस्य सविन तामाङ रहेका छन्।

सदस्य मनोनित हुनेमा टिका शिवाकोटी, नरेन्द्र डंगोल, टिकाराम खरेल, सुवास रानाभाट, ध्रुब अधिकारी, रामलाल नेपाल, पुष्कर पौडेल, अर्जुन ढकाल, प्रदिप खड्का, मिना पाठक, पुष्पा कुमारी पौडेल, हेमन्त फुयाल, बद्रिराम मानन्धर, समिर सुनुवार, तुलाराज थापा, विकास धिताल, नविन लामा, मिना प्रसाद दुलाल, सुरेश गोतामे, उपेन्द्र तामाङ र शिवहरि विष्ट रहेका छन् ।